`

राष्ट्रिय स्वाधिनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड

Nepal One HD २४ असोज २०८२ १३:४७
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश ठूलो राजनीतिक संकटमा परेको बताएका छन् । स्वाधीनता र स्वतान्त्रतामाथि यस्तो दबाब कुनै पिँढीले नभोगेको उनको भनाइ छ । काठमाडौंंमा सम्पादकहरूसँगको अन्तक्रियामा उनले भने, ‘स्वाधीनता र लोकतन्त्रका लागि ऐतिहासिक एकता अनिवार्य भएको छ ।’ उनले आफू प्रधानमन्त्री हुँदा विचौलियाहरूको बिगबिगी देखेको उनले बताए । तर, आफू नझुकेको प्रचण्डको दाबी छ । उनले एमाले अध्यक्ष केपी ओलीमा अझै अहंकार नगएको टिप्पणी पनि गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *