`

भारतीय बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

Nepal One HD १ कार्तिक २०८२ २१:०५
समाज

नवलपुर (नवलपरासी), १ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो पश्चिमतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोहीदिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बस्ने ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको हो ।

अनिताका श्रीमान् मोटरसाइकल चालक सर्लाहीको लालबन्दी–४ का ३४ वर्षीय नरेश चौधरी र उहाँका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

घाइते दुवैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको जनाउँदै उहाँले भारतीय यात्रुवाहक बस र चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *