`

चीनकै ठूलो मरुभूमिमा फलफूल फलाइयो

Nepal One HD २ कार्तिक २०८२ ११:१९
विश्व

काठमाडौं । ताक्लिमाकान मरुभूमिको उत्तरी सिमाना, जहाँ खेतीपातीको कल्पना पनि दुष्कर मानिन्छ, त्यही ठाउँमा २९ वर्षीया ली जिफानले हरित क्रान्तिको बीजारोपण गरेकी छिन् । विश्वविद्यालयबाट स्नातक गरेपछि सिन्जियाङ फर्किएकी लीले सन् २०१९ मा टिमेनगुआन शहरमा एउटा प्रयोगात्मक बगैँचा सुरु गरिन् । कृषिबारे सामान्य ज्ञानसमेत नभएकी उनलाई सुरुमा अनेकौँ चुनौतीले घेरेको थियो ।

तर लीले हार मानिनन्। उनले शिहेजी विश्वविद्यालयका कृषि विशेषज्ञहरूसँग सहयोग मागिन् र बालुवा खेती प्रविधिको गहन ज्ञान हासिल गरिन्। बालुवा खेती एउटा यस्तो नवीन प्रविधि हो, जहाँ परम्परागत माटोको सट्टा बालुवा वा बालुवामा आधारित माध्यममा बिरुवाहरू उमारिन्छ । यो प्रविधि विशेष गरी हरितगृह खेतीका लागि उपयुक्त मानिन्छ र यसले सुख्खा क्षेत्रहरूमा समेत खेती गर्न सम्भव बनाउँछ । यद्यपि यसमा पोषक तत्व र पानीको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।

आजसम्म, लीले विभिन्न स्थानहरूमा आधुनिक कृषि औद्योगिक पार्कहरू स्थापना गरेकी छिन् । उनले करिब १ हजार ७ सय हरितगृहहरूको लागि खेती प्रविधिहरू स्तरोन्नति गर्न महत्त्वपूर्ण सहयोग गरेकी छिन् । मरुभूमिको प्रतिकूल वातावरणमा पनि कृषि कर्मलाई सफल बनाएर ली जिफानले असम्भवलाई सम्भवमा परिणत गरेकी छिन्। उनको यो कार्यले सिन्जियाङको कृषि क्षेत्रमा नयाँ आयाम थपेको छ र अन्य युवाहरूलाई पनि प्रेरणा प्रदान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *