चोरी भएको बोका फिर्ता
अपराध
रौतहट। रौतहटमा चोरी भएको बोका फिर्ता भएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले किसानको घरबाट बोका चोरी गर्ने एक युवकलाई आजै पक्राउ गरेको थियो ।
चन्द्रपुर नगरपालिका-५ का शिवम माझीको घरबाट वैशाख ४ गते राति करिब सवा ८ बजे बोका चोरी भएको थियो। प्रहरीले अनुसन्धानका क्रममा चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर बोका फिर्ता भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
