`

१६ महिला पक्राउ,कारण यस्तो?

Nepal One HD ६ वैशाख २०८३ १३:२७
अपराध

पोखरा।  पोखराको लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरानी दिने तथा लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले १६ जना महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने, हैरानी गर्ने र अनैतिक गतिविधि गर्ने गुनासो बढेपछि कारबाही गरिएको हो।

वैशाख ५ गते राति साढे १२ बजेदेखि वैशाख ६ गते बिहान २ बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले विशेष अपरेसन सञ्चालन गरेको थियो।

सो क्रममा १६ जना महिलालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *