`

विष्णुमतीमा चार पेस्तोल र ५८ राउन्ड गोली फेला

Nepal One HD ६ वैशाख २०८३ १४:३७
अपराध

काठमाडौं।  विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल र ५८ राउन्ड गोली फेला पारेको छ। काठमाडौं महानगरपालिका-१५, शोभाभगवतीस्थित क्षेत्रमा सरसफाइका क्रममा हतियार भेटिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार फेला परेका पेस्तोल टाइप-५४ रहेका छन्। साथै सात थान म्यागजिन पनि बरामद गरिएको छ।

महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले काम गरिरहेका बेला आइतबार बिहान हतियार भेटिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

सूचना पाएपछि प्रहरी वृत्त स्वयम्भुको टोलीले हतियार र गोली संकलन गरी अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार बरामद हतियार प्रहरीकै हुनसक्ने आशंका गरिएको छ। यसलाई जेनजी आन्दोलनका क्रममा लुटिएको वा हालै फालिएको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *