नेप्से ३०.०९ अंकले लाग्यो ओरालो
काठमाडौं। साताको कारोबारको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०९ अंकले घटेर २,६२१.५९ बिन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३६२ कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज ११% केबिएल डिबेन्चर २०८९ अग्रस्थानमा रह्यो। यस डिबेन्चरको ६२ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बजारमा आज एनएमबि डिबेन्चर ८.५०%-२०८७/८८ का लगानीकर्ताले सबैभन्दा धेरै लाभ कमाएका छन्। यस डिबेन्चरको मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड का लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरेका छन्। कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा बढीले घटेको छ।
बुधबारको कारोबारमा अधिकांश उपसूचक राताम्मे देखिएका छन्, जसका कारण समग्र बजार परिसूचकमा उल्लेख्य गिरावट आएको हो।
