`

गोविन्द कार्की सरकारको मुख्य सचिवमा नियुक्त

Nepal One HD २४ असार २०८३ १६:५७
प्रमुख खबर

काठमाडौं। सरकारले सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको नयाँ मुख्यसचिव नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन्।

हालका मुख्यसचिव सुमनराज अर्याल अनिवार्य उमेर हदका कारण शुक्रबारदेखि अवकाशमा जाँदै छन्। उनको अवकाशसँगै रिक्त हुने मुख्यसचिव पदमा सरकारले कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

अर्याल जेनजी आन्दोलनपछि गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले गत मंसिर ८ गते मुख्यसचिवमा नियुक्त गरेका थिए। करिब आठ महिनापछि उमेर हदका कारण उनले पदबाट अवकाश लिन लागेका हुन्।

नवनियुक्त मुख्यसचिव कार्कीले अब मुलुकको निजामती प्रशासनको नेतृत्व गर्दै सरकारका नीतिगत निर्णय कार्यान्वयन, प्रशासनिक समन्वय तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *