`

सन्दीपको अनुपस्थितिमा नेपालको बलिङ कमजोर हुने भन्दै त्रिवि मैदानमा नाराबाजी,यूएई लैजान माग

Nepal One HD ९ फागुन २०७९ १३:४३
खेलकुद

काठमाडौं / आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डको खेल चलिरहँदा समर्थकहरुले सन्दीपको पक्षमा नाराबाजी गरेका हुन् । त्रिवि मैदानमा खेल चलिरहँदा क्रिकेट समर्थकहरुले सन्दीप लामिछानेलाई नेपालको यूएइ भ्रमणमा समावेश गर्न माग गरेका हुन् ।

म‍गलबार म्याचमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । नेपालका लागि सन्दीपले उत्कृष्ट प्रदर्शन गरी १० ओभर बलिङ गर्दा चार विकेट लिन सफल भए । यो प्रतियोगितामा उनले ४ म्याचमा उत्कृष्ट बलिङको प्रदर्शन देखाइ १३ विकेट ल्याउन सफल भएका छन् ।

सन्दीपका प्रत्येक विकेटमा समर्थकहरुले सेलिब्रेसन गरी ‘सन्दीपलाई दुबइ लग’ भन्दै नारावाजी गरेका हुन् । नेपाली टिम आगामी १३ गते विश्वकप लिग २ को अर्को त्रिकोणात्मक श्रृंखला दुबइ जाँदैछ । सन्दीपलाई अदालतले विदेश भ्रमणमा रोक लगाएकाले उनी यूएइ जान पाउँदैनन् ।

सामाजिक सञ्जालमा त धेरैले लैजानुपर्ने माग गरेका थिए तर, आज सन्दीपको अनुपस्थितिमा नेपालको बलिङ कमजोर हुने भन्दै फ्यानहरुले उनलाई यूएइ लैजानुपर्ने माग गरेका हुन्


प्रतिक्रिया