`

निर्वाचन आयोगद्वारा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, फागुन २४ देखि ३० सम्म दल दर्ताको समय

Nepal One HD १४ फागुन २०८० १६:०१
प्रमुख खबर

काठमाडौं । निर्वाचन आयोगले इलाम २ र बझाङ १(१) मा हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । निर्वाचन कार्यक्रमअनुसार चैत २४ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

त्यस्तै फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ । चैत २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।


प्रतिक्रिया