एनसेलले गर्यो सामाजिक सञ्जाल नचल्ने सूचना जारी

समाजिक सञ्जाल

काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ ।
कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराउँदै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा समेत मागेको छ ।
सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको हो । यसैबीच एनसेलले सरकारको निदेशन बमोजिम सञ्जालहरू नचल्ने जानकारी गराएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट