`

ओलीसँग झापामा जेन–जी क्रेज, पालैपालो खिचाउँदै तस्बिर (भिडियो)

Nepal One HD ३ फागुन २०८२ १७:५६
निर्वाचन विषेश

काठमाडौं । झापा–५ का एमाले उम्मेदवार केपी शर्मा ओलीसँग झापाली जेन–जीहरूले तस्बिर खिचाएका छन् ।

कालो टोली, कालै सर्ट र रातो गलबन्दीमा चिटिक्क ओलीसँग जेन–जीहरूले आइतबार पालैपालो तस्बिर खिचाएका हुन् । यो दृश्यले ओलीप्रति झापालीहरूको क्रेज उत्तिकै देखाएको छ ।

ओली काठमाडौंदेखि झापामा आइतबार मध्याह्नतिर पुगेका हुन् । उनी झापा जाने कार्यक्रम तय भएपछि भद्रपुर विमानस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

उनले भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यही २१ फागुनको निर्वाचनमा बंगलादेशमा जस्तै जेन–जी विद्रोही शक्तिको हालत हुने टिप्पणी गरे ।

बंगलादेशमा शेख हसिना सरकार ढालेको विद्रोही शक्तिले कुल पाँच सिट जित्यो, जुन लज्जास्पद परिणाम हो ।

त्यस्तै परिणाम जेन–जी विद्रोहको अघोषित शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हुने ओलीले बताएका हुन् ।

तर, ओलीलाई चुनौती थपिदिने रास्वपाकै उम्मेदवार बालेन्द्र शाह छन् । उनीविरुद्ध चुनावी मैदानमा जित निकाल्न ओली चाहन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *