`

‌‌जेलमा हुँदा विद्यार्थी भेटे पढाउथेँ, नभेटे पढ्थेँ : एमाले अध्यक्ष ‌ओली (भिडियाे)

Nepal One HD ११ फागुन २०८२ १३:३९
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नियमित पढ्ने नेता भएकाे बताएका छन् । उनले समाचारै भए पनि राति पढ्ने गरेकाे सुनाए ।

हरेक दिन केही न केही पढ्ने गरेकाे बताउने उनले जेलमा हुँदा त पढाएकाे बताए । यदि जेलमा पढ्न चाहने विद्यार्थी नभेटिए आफैँ पढ्ने गरेकाे भन्दै अध्यनकाे महत्त्व दर्शाए ।

‘अलिकति समाचार भए पनि नपढी छाेड्दिनँ राति, ३ बजे कुराकानी सकियाे, मिटिङ सकियाे, भेटघाट सकियाे, त्यसपछि भए पनि एकछिन आधा घण्टा-एक घ‍‍‍ण्टा भए पनि पढ्छु, १२ बजेतिरै सकियाे भने कमसेकम २ घण्टा पढ्छु, ३ घण्टा पढ्छु,’ उनले भने, ‘पढ्न चाहिँ हरेक दिन केही न केही पढ्छु । म जेलमा हुँदाखेरि पनि अलिक पढ्ने र पढाउने गर्थेँ विद्यार्थी भेटियाे भने पढाउने भेटिएन भने आफैँले पढ्ने ।’

ओलीले आफू कयाैँपटक सवारी र हवाइ दुर्घटनामा परेकाे मात्रै नभएर अनेक राेगबाट पीडित बनेकाे तर बाँचेकाे कथा सुनाए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *