सर्मनाक कांग्रेसको हारमा गगनकाे बचाउ, राजीनामा नदिन निकट नेताहरूकाे दबाब (भिडियाे)
काठमाडौं । इतिहासमै कमजोर बनेको छ– नेपाली कांग्रेस । हालैको चुनावमा कांग्रेस मात्रै हारेन, कांग्रेसबाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार गगन थापा हारे, जो सभापति हुन् ।
उनको ‘बदलीयको कांग्रेस र देश बदल्ने संकल्पलाई मतदाताहरूले पत्याएनन् । अलिक कडा शब्दमा उनी भावी प्रधानमन्त्रीमा मतदाताको रोजाइमा परेनन् । अर्थात् उनी र उनको दल कांग्रेस जनताबाट अस्वीकृत भए ।
विगतमा शेरबहादुर देउवा सभापति छँदा कांग्रेसको चुनावमा हार हुँदा गगन थापा देउवालाई नैतिकताको आधारमा राजीनामा दिन दबाब दिन्थे । यसपटक त कांग्रेसले इतिहासमै सर्मनाक हार बेहोर्यो ।
तर, गगनको राजीनामा आएको छैन । भनिन्छ, उनी राजीनामा दिन तयार छन् । यस्ता समाचारहरू केही दिनदेखि आइरहेका छन् । कतिपयले उनले मिडिया ट्रायल गरिरहेको भनेर टिप्पणी गरेका छन् ।
यद्यपि, उनीपक्षीय भनौँ या उनलाई समर्थन गर्ने नेताहरूले राजीनामा नदिन सुझाव दिने गरेका छन् । शनिबार मात्रै ३५ जना केन्द्रीय सदस्यहरूले थापालाई भेटेर पदबाट राजीनामा नदिन आग्रह गरे ।
कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीका अनुसार उनीहरूले अहिले पार्टी प्रमुखको जिम्मेवारीबाट नबाहिरिन अनुरोध गरेका हुन्।
सभापति थापालाई भेट्न मधु आचार्य, अजयबाबु शिवाकोटीलगायत नेताहरू उनको घर पुगेका थिए ।
केही दिनअघि उपसभापति विश्वप्रकाश शर्माले पनि सभापति थापालाई अहिले पदबाट राजीनामा नदिन सुझाव दिएका थिए।
