`

माइक्रोसफ्ट पावरपोइन्टमा पनि च्याटजिपिटीको फिचर

Nepal One HD ८ जेठ २०८३ ११:५६
विज्ञान-प्रविधि

काठमाडौं । ओपनएआईले च्याटजिपिटीलाई माइक्रोसफ्ट पावरपोइन्टसँग जोड्ने नयाँ सुविधा सार्वजनिक गरेको छ । यससँगै प्रयोगकर्ताले अब सामान्य भाषामा निर्देशन दिएर एआईमार्फत नयाँ प्रस्तुति स्लाइड बनाउन, सम्पादन गर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन् ।

नयाँ सुविधामार्फत च्याटजिपिटीले जिमेल, आउटलुक र सेयरपोइन्टजस्ता सेवाबाट आवश्यक सामग्री संकलन गरी प्रस्तुति तयार गर्न सहयोग गर्नेछ ।

कम्पनीका अनुसार यो सुविधा हाल बिटा चरणमा भए पनि अधिकांश ओपनएआई प्रयोगकर्ता, नि:शुल्क प्रयोगकर्ता तथा च्याटजिपिटी बिजनेस सदस्यहरूका लागि उपलब्ध गराइएको छ ।

यसअघि एन्थ्रोपिकको क्लाउड च्याटबोटले सेप्टेम्बरदेखि यस्तै प्रकारको सुविधा प्रदान गर्दै आएको थियो भने गुगलको जेमिनी पनि गुगल स्लाइडसँग जोडिएको छ ।

ओपनएआईले पछिल्ला महिनामा आफ्ना प्रतिस्पर्धी कम्पनीका सुविधासँग मेल खाने गरी सेवा विस्तार गरिरहेको छ । यसअघि च्याटजिपिटीलाई माइक्रोसफ्ट एक्सेल र गुगल सिटजस्ता अफिस उपकरणसँग पनि प्रयोग गर्न मिल्ने बनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *