`

‘नेता बचाउन देशविरुद्ध प्रमाण खोज्ने प्रवृत्ति खतरनाक छ’

Nepal One HD १९ जेठ २०८३ १५:२९
भिडियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको बचाउ गर्न खोज्नेहरूलाई लक्षित गर्दै व्यक्ति पूजा र नेता केन्द्रित राजनीतिप्रति कडा टिप्पणी गरेकी छन्।

उनले आफ्ना नेताको बचाउ गर्ने नाममा राष्ट्रिय हित र सार्वभौमिकतामाथि प्रश्न उठाउने गतिविधि स्वीकार्य नहुने बताइन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले गम्भीर विषय बनेको उल्लेख गरिन्।

‘प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ। प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय सङ्कट उत्पन्न गर्ने जोखिम बढेको छ । यसलाई भइहाल्यो, सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन,’ उनले भनिन्।

संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीले अत्यन्त सावधानी, जिम्मेवारीबोध र कूटनीतिक परिपक्वतासहित भाषा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।

‘आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौहिँरहेका छन् । देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन् तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन र यो सदनका सम्मानित माननीयज्यूहरूले त्यस किसिमका गतिविधि नगर्न आग्रह गर्न चाहन्छु,’ उनले भनिन्।

ओलीले नेता पूजा र व्यक्ति पूजा गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यका लागि घातक हुने चेतावनीसमेत दिइन्।

‘एकदिन मानिसले आफ्नो नेताको बचाउ गर्दै आफ्नो देशको पक्ष छोडेको यहाँहरूलाई स्मरण पनि रहँदैन । त्यसैले मैले सम्पूर्ण सदनलाई भन्न चाहेँ,’ उनले भनिन्।


प्रतिक्रिया

One thought on “‘नेता बचाउन देशविरुद्ध प्रमाण खोज्ने प्रवृत्ति खतरनाक छ’

  1. खुस्बु ओलि ज्यु २०२५ जुलाईमा तपाईंको पिता श्री केपि ओलि र भारत सरकारले बनाएको दस्तावेज लेखिएको कुरा बालेनले रोस्ट्रम मा भनेका हुन।तपाईं पनि ओलि जोगाउन बालेन फसाउने काम नगर्नुस।बुझ्नु भ्स्यो।२०५८ मा दरबार हत्याकान्ड रचाउने तपाईं हरु पनि हो।तसर्थ विवेक बुद्धि प्रयोग गरेर बोल्नुस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *