`

धनुषामा १० दिनदेखि बेपत्ता ७ वर्षीय बालक धानखेतमा मृत फेला

Nepal One HD १५ कार्तिक २०८३ १७:००
अपराध
काठमाडाै । धनुषामा १० दिनदेखि बेपत्ता रहेका ७ वर्षीय बालक साकेत झा मृत अवस्थामा फेला परेका छन्। नगराइन नगरपालिका-७ देवडिहाका अजय झाका छोरा साकेतको शव घरदेखि करिब अढाई किलोमिटर उत्तरतर्फको धानखेतमा फेला परेको हो।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार केही समयअघि बालकको शव फेला परेको हो। गत कार्तिक ४ गते दसैँको टीकाका दिन घरबाट निस्किएका साकेत त्यसपछि बेपत्ता भएका थिए।

बालक बेपत्ता भएपछि परिवार, स्थानीयवासी र प्रहरीले निरन्तर खोजी गरिरहेका थिए। प्रहरीले नजिकका गाउँ, पोखरी, झाडी तथा आसपासका विभिन्न स्थानमा खोजतलास गरे पनि उनलाई फेला पार्न सकेको थिएन।

शव फेला परेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको डीएसपी खनालले बताएका छन्। बालकको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। यद्यपि घटनाको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *