`

मनमोहन स्मृति क्रिकेटमा कोशी प्रदेश विजयी

मोरङ । मनमोहन कप फाउण्डेशनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा कोशी प्रदेश विजयी भएको छ ।

विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा मंगलबार भएको ‘बि’ समूहको पहिलो लिग खेलमा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ५० ओभरको खेलमा २९ दशमलव तीन बलमा सबै विकेट गुमाइ ९३ रन बनायो । कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले १५–१५ रन बनाए ।

पुलिसका सुनिल दौल्यानले आठ ओभरमा २५ रन दिएर पाँच विकेट लिएका थिए भने विपिन कार्की र चित्र विष्टले दुई–दुई विकेट लिए । जवाफमा ९४ रन पछ्याएको पुलिसले २४ दशमलव पाँच बलमा सबै विकेट गुमाइ ५६ रन मात्र बनायो ।

कोशीको जितमा प्रेम कामतले नौ ओभरमा १५ रन दिएर पाँच विकेट लिएका थिए । कामत ‘प्लेयर अफ म्याच’ भए । बुधबार समूह ‘बि’ को दोस्रो लिग खेल कोशी प्रदेश र भारतको आसाम क्लबबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ : सभापति देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताएका छन्।

कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताए।

‘प्रतिवेदन विपन्न लक्षित नीतिगत सुधारका लागि महत्त्वपूर्ण छ, निकै मेहनत गर्नुभएको छ, पार्टीको सबै तहका संरचना र निर्वाचित जनप्रतिनिधिलाई काम लाग्ने सुझावहरू छन्, यसलाई पार्टीले महत्त्वपूर्ण दस्तावेजका रूपमा स्वीकार गरेको छ, महत्त्वपूर्ण सुझाव छन्, भोलिका दिनमा ती सुझाव हेर्नेछौँ। केही सुझाव हेर्दा खर्चिलो पनि छन्’, सभापति देउवाले भने।

उनले नेपालको अर्थतन्त्रले भ्याएसम्म विभागले दिएको सुझाव कार्यान्वयन गर्न लाग्ने प्रतिबद्धता जर्नाए। ‘विभागले दिएका अधिकांश सुझाव कार्यान्वयनमा लैजान सक्ने खालका छन्, पार्टीमा छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ, भावी योजना तयका लागि महत्त्वपूर्ण हुनेछ’, उनले भने।

उपसभापति धनराज गुरुङले नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा आएको प्रतिवेदन महत्त्वपूर्ण भएको बताए।

‘गरिब र विपन्नलाई दुईचार टुक्रा जग्गा बाँड्ने गफभन्दा पनि उसको भविष्य उज्ज्वल बनाउन सक्ने गरी सीप, शक्ति र सामथ्र्य दिन सक्नुपर्छ, हामीले दिने सामाजिक भत्ता पनि वैज्ञानिक छैन, सम्पन्न र विपन्नलाई एउटै छ, सम्पन्न मानिसलाई चार हजार भत्ता दिएर विपन्नलाई न्याय गर्न सकिँदैन, अहिले कांग्रेस सरकारमा छ, विपन्नलाई समेट्ने गरी नीति बनाउनुपर्छ, शिक्षा र स्वास्थ्यमा विपन्नका समस्यालाई सम्बोधन गर्न सक्नुपर्छ’, उनले भने।

सुन सिफारिसमा शुल्क नलिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंक सुन सिफारिसमा शुल्क नलिन आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गरी सुन व्यवसाय सम्बन्धी संघ, महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नलिन आग्रह गरेको हो ।

सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ रहेको छ ।

उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघ, महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको छ ।

सर्वोच्चद्वारा अदालतको अवहेलना मुद्दामा गगन थापासँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थापासँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । वैशाख ११ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक निकायका ५२ जना पदाधिकारीको मुद्दामा मोलतोल गरिएको आरोप लगाएका थिए ।

थापाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै उनीहरू रिट दर्ता गराएका थिए ।

काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की

काभ्रे ।  काभ्रेपलाञ्चोकको कोशीपूर्व क्षेत्रको एक सडकखण्ड १५ वर्षपछि पक्की बनाइएको छ । विसं २०६६ मा बाटो खोलिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–बाफल करिब चार किलोमिटर सडक स्तरोन्नति गरी पक्की बनाइएको हो ।

ठेकेदार कम्पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि कालोपत्र सम्पन्न गरेको छ । गत साल मङ्सिर ३ गते जिल्लास्थित पूर्वाधार विकास कार्यालय धुलिखेल र निर्माण व्यवसायी पिएसके–एभरेष्ट जेभीबीच ठेक्का सम्झौता गरेको थियो । आगामी मङ्सिर २ गतेसम्म ठेक्काको समयसीमा रहे पनि निर्माण कम्पनीले यही वैशाख पहिलो साता कालोपत्र सम्पन्न गरेको हो ।

उक्त सडकखण्ड बागमती प्रदेश सरकारको नौ करोड ३२ लाख ६५ हजार ५०० मा ठेक्का सम्झौता भएको थियो । कम्पनीका व्यवस्थापक प्रदीप गौतमका अनुसार पहिलो चरणमा तीन हजार ८०० मिटर ‘आसफाल्ट’ सम्पन्न भएको छ । अब यही ठेक्काअन्तर्गत थप ४०० मिटर ढलान भइरहेको गौतमले बताए ।

यसैबीच सोही क्षेत्रअन्तर्गत अरनिको राजमार्गसँग जोडिएर दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे सडकअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती सडकखण्डमा स्तरोन्नति भइरहेको छ । बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना–‘ए–एफ’ आयोजना कार्यान्वयन इकाइ भक्तपुरमार्फत साढे छ किलोमिटर सडक विस्तार भइरहेको जनाएको छ ।

यसमध्ये गत असोजको बाढीपहिरोले करिब डेढ किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि आयोजनाले त्यस क्षेत्रमा थप नयाँ डिजाइन गर्नुपर्ने जनाएको छ । अर्को डिजाइन नहुँदासम्म यो क्षेत्रमा हाल काम नहुने आयोजनाका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिस्तारित सडकखण्डमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

एसियाली विकास बैङ्क (एडिबी)को लगानीमा बन्धन–भगवती निर्माण कम्पनीले १२ करोड (भ्याटबाहेक)मा ठेक्का सम्झौता गरेको थियो । २०८० साल चैत १३ गते ठेक्का सम्झौता गरी दुई वर्षमा सक्ने समयसीमा छ । हालसम्म योजनाको २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक छुः भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई चुनावको जितका लागि बधाई दिँदै नयाँदिल्ली र ओटावाबीचको सम्भावित सम्बन्ध पुनःस्थापित हुने आशा व्यक्त गरेका छन् ।

“हामी हाम्रो साझेदारी सुदृढ गर्न र हाम्रा जनताका लागि थप अवसरहरू खोल्न तपाईंसँग काम गर्न तत्पर छौँ”, मोदीले एक वक्तव्यमा भने, “भारत र क्यानाडा साझा लोकतान्त्रिक मूल्यहरू, कानूनको शासनप्रति दृढ प्रतिबद्धता र जीवन्त जनता–देखि–जनता सम्बन्धहरूले बाँधिएका छन् ।”

क्यानाडा र भारतबीचको सम्बन्ध एक क्यानाडाली सिखको हत्यामा नयाँदिल्लीको संलग्नताको आरोप पश्चात तनावग्रस्त भएको थियो । उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो ।

क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू समावेश छन् । खालिस्तान भारतीय क्षेत्रबाट कोरिएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन हो ।

ओटावाले यसअघि भारतलाई सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित अन्य सिख कार्यकर्ताहरूलाई लक्षित गरेको आरोप लगाएको थियो ।

भारतले बारम्बार ती आरोपहरूलाई खारेज गरेको छ । यसले कूटनीतिक सम्बन्धहरूलाई तल झा¥यो र दुवै राष्ट्रले गत वर्ष शीर्ष कूटनीतिज्ञहरूको एक शृङ्खलालाई निष्कासन गरे ।

खालिस्तान अभियान भारतको सन् १९४७ को स्वतन्त्रतादेखि सुरु भएको हो र यो अभियानलाई एक प्रधानमन्त्रीको हत्या र यात्रु जेटको बम विस्फोटका लागि दोषी ठहराइएको छ ।

यो भारत र ठूलो सिख जनसङ्ख्या भएका धेरै पश्चिमी राष्ट्रहरू बिचको कटु मुद्दा भएको छ ।

नयाँदिल्लीले भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनविरुद्ध कडा कारबाहीको माग गर्दछ । यसमा प्रमुख नेताहरूलाई ‘आतङ्कवाद’ को आरोप लगाइएको छ । 

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

बेइजिङ । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएका बेइजिङको सरकारी प्रसारकले जनाएको छ । राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ सहरमा आगलागी भएको हो ।

“अप्रिल २९ को दिउँसो १२ः२५ बजे (०४२५ जिएमटी) मा एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो”, सिसिटिभीले भन्यो, “दिउँसो २ः०० बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् ।”

राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरु ‘अत्यन्त गम्भीर’ भएको बताएका सिसिटिभीले जनाएको छ ।

उनले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था गर्न र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्न, आगलागीको कारण द्रुत रूपमा निर्धारण गर्न तथा कानूनअनुसार जवाफदेहिता खोज्न’ आह्वान गरेका छन् ।

अनलाइनमा सेयर गरिएको र एएफपीद्वारा प्रमाणित गरिएको फुटेजमा दुई तले रेस्टुरेन्टमा भीषण आगो लागेको र बाक्लो कालो धुवाँ आकाशतिर उडिरहेको देखाइएको छ ।

चीनको टिकटकको संस्करण डुयिनमा प्रकाशित अन्य प्रमाणित भिडियोहरूमा प्यारामेडिकहरूले एक पीडितलाई स्ट्रेचरमा एम्बुलेन्समा चढाइरहेको र धेरै अग्नि नियन्त्रकहरू पाइपहरूको सहायताले आगो निभाउँदै गरेको देखाइएको छ ।

घातक आगलागीहरू चीनमा फितलो भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाही दृष्टिकोणका कारण अपेक्षाकृत सामान्य छन् ।

यसै महिना उत्तरी चीनको हेबेई प्रान्तमा रहेको एक वृद्धाश्रममा भएको आगलागीमा २० जनाको मृत्यु भएको थियो ।

जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।

त्यसको एक महिनाअघि पूर्वीचीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।

ब्याटिङ रेकर्ड तोडिएपछि १४ वर्षीय सूर्यवंशी ‘नेक्स्ट सुपरस्टार’ घोषित

नयाँदिल्ली । चौध वर्षीय युवाले ३५ बलमा गरेको आइपिएल (इन्डियन प्रिमियर लिग) शतकले ब्याटिङ रेकर्ड तोडेपछि मङ्गलबार किशोर वैभव सूर्यवंशीलाई ‘भारतीय क्रिकेटको अर्को सुपरस्टार’ का रूपमा हेरिएको छ ।

बायाँ हाते ओपनर सूर्यवंशी सोमबार राजस्थान रोयल्सको गुजरात टाइटन्समाथि आठ विकेटको शानदार जितमा टी–२० शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी बने । “यो सपना जस्तै हो”, उनले भने ।

सन् २०१३ मा क्रिस गेलको ३० बलको शतकपछि दोस्रो स्थानमा रहेका सूर्यवंशीले आफ्नो तेस्रो आइपिएल म्याचमा प्रतिस्पर्धाको इतिहासमा दोस्रो सबैभन्दा छिटो शतक बनाएका थिए ।

‘बोस बेबी’ उपनामले चिनिने सूर्यवंशीले वेस्ट इन्डिजका महान खेलाडी गेलसँग तत्काल तुलना गरेका छन् । गेलले आफूलाई ‘युनिभर्स बोस’ का रूपमा प्रस्तुत गरेका थिए ।

तेर्‍ह वर्षको उमेरमा नोभेम्बरको लिलामीमा बोली लगाउने युद्धपछि राजस्थानले एक लाख ३० हजार पाँच सय डलरमा किनेपछि हेडलाइन्स बनाएका सूर्यवंशी अनुभवी प्रतिद्वन्द्वीहरूको सामना गर्न निडर भएका छन् ।

उनले यस महिनाको सुरुमा आइपिएलमा आफ्नो पहिलो बल अनुभवी भारतीय तीब्र गतिका बलर शार्दुल ठाकुरबाट छक्का प्रहार गरेर आफ्नो डेब्युमा आफैँलाई प्रस्तुत गरे र २० बलमा ३४ रन बनाए ।

नौ दिनपछि जयपुरमा सूर्यवंशीले भारतका मोहम्मद सिराज, इशान्त शर्मा र वासिङ्टन सुन्दर समावेश भएको बलिङ आक्रमणलाई ध्वस्त पारे र प्रतिष्ठाहरू छिन्नभिन्न पार्दै उनले आफ्नो १०१ रनमध्ये ११ छक्का र सात चौकासहित ९४ रन सीमा रेखामा बनाए ।

– संहार –

“वैभवको निडर दृष्टिकोण, ब्याटको गति, लम्बाइ चाँडै पहिचान गर्ने र बलको पछाडि ऊर्जा स्थानान्तरण गर्ने शानदार पारीको पछाडिको रेसिपी थियो”, भारतीय क्रिकेट आइकन सचिन तेन्दुलकरले सामाजिक मिडियामा लेखे, “राम्रो खेल !”

सूर्यवंशीले आफ्नो १७ बलमा अर्धशतक बनाउने क्रममा अनुभवी द्रुत गतिका बलर शर्माको एक ओभरमा २८ रन बनाए ।

त्यसपछि उनले अफगानिस्तानका तीव्र गतिका बलर करिम जनतलाई भुल्न नसक्ने डेब्यु दिए । जनतको पहिलो आइपिएल ओभरमा तीन छक्का र तीन चौका सहित ३० रन बनाए ।

खुट्टा भाँच्चिएका राजस्थानका प्रमुख प्रशिक्षक राहुल द्रविड सूर्यवंशीले अफगानिस्तानका स्पिन जादुगर राशिद खानबाट छक्का प्रहार गरेर शतक पूरा गर्दा आफ्नो ह्वीलचेयरबाट उठेर उत्सव मनाउन सफल भए ।

“के तपाईंले यस्तो केही कहिल्यै देख्नुभएको छ ?” अस्ट्रेलियाका पूर्व सेतो बल (एक दिवसीय) क्याप्टेन आरोन फिन्चले सामाजिक मिडियामा पोस्ट गरे, “कस्तो प्रतिभा !”

भारतका सन् १९८३ को विश्वकप विजेता ब्याट्सम्यान क्रिस श्रीकान्तले किशोरको ‘कम्पोजर, क्लास र साहस’ को प्रशंसा गर्दै ‘भारतीय क्रिकेटको अर्को सुपरस्टार यहाँ छ’ भने ।

भारतका टी–२० कप्तान एवं मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवले यो ‘इनिङ्सको नरसंहार’ र ‘बिल्कुल पागल’ भएको बताए ।

स्पिन बलिङ पनि गर्न सक्ने सूर्यवंशी भारतको सबैभन्दा गरिब राज्य बिहारबाट आएका हुन् ।

उनले सन् २०२४ जनवरीमा केवल १२ वर्षको उमेरमा रणजी ट्रफीमा आफ्नो घरेलु डेब्यु गरे । त्यसपछि भ्रमणमा रहेको अस्ट्रेलिया टोलीविरुद्ध भारतको अन्डर–१९ टोलीमा छनोट भए ।

सन् २००५ मा इङ्ग्ल्यान्डका मोइन अलीपछि युवा टेस्टहरूमा दोस्रो सबैभन्दा छिटो उनले तुरुन्तै ५८ बलमा शतक बनाए । 

सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हामफालेर बिरामीको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जनाले छतबाट हाम फालेका छन् । प्रादेशिक अस्पतालमा डायलासिस गराउदै आएका गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलवार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले सोमवार मेडिकल वार्डमा भर्ना भएका सिंहले मंगलबार दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेको जानकारी दिए ।

गम्भीर चोट लागेका सिंहको उपचारका क्रममा मृत्यु भएको छ । मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए ।

सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन्। एकैपछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हाम फालेको देखिएको अस्पतालले जनाएको छ।

नेप्सेमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो ।

आज ३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा सात अर्ब ५७ करोड ५२ लाख छ हजार २७८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा ‘म्युचुअल फन्ड’ समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव २२ प्रतिशतले घटेको छ । बैङ्किङ शून्य दशमलव ५७, विकास बैङ्क शून्य दशमलव ९०, होटल तथा पर्यटन शून्य दशमलव २०, लगानी शून्य दशमलव ८३ र जीवन बिमा समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । 

त्यसैगरी उत्पादन तथा प्रशोधन शून्य दशमलव ३४, लघुवित्त शून्य दशमलव ७८, निर्जीवन बीमा शून्य दशमलव ३२, व्यापार शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर लिमिटेडको रु ८२ करोड ४३ लाख ७३ हजार १३१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको १६ लाख ९८ हजार ८४० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिनिधिसभाबाट केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो ।

त्यसअघि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेको प्राविधिक तथा आनुसाङ्गिक त्रुटी सुधार गर्ने उद्देश्यले ८९ ऐन संशोधन र दुई ऐन खारेजको प्रक्रिया अगाडि बढाइएको बताए । उनले यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा गएपछि विकास निर्माणको काम थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सांसदद्वय पूर्णबहादुर घर्ती मगर र प्रेम सुवालले विधेयकका विभिन्न पाटा र पक्षका बारेमा जिज्ञासा राख्दै सहज कार्यान्वयनको आधार पेस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन सक्दैनः प्रचण्ड

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताएका छन् ।

जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई–मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ९ झुँगामा मंगलबार आयोजित खबरदारीसभामा प्रचण्डले जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै नसक्ने बताएका हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुननदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन तथा आवश्यकतानुसार संशोधन पनि गर्नुपर्ने बताए ।

देश विकासको जनचाहना पूरा गर्न सरकार पनि इमानदारीपूर्वक लाग्नुपर्ने उनको सुझाव थियो । साथै उनले जनभावना अनुसार काम गर्न र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरे ।

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित

काठमाडौं । भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

संसदमा दर्ता भएको १९ महिनापछि प्रतिनिधिसभाबाट विधेयक बहुमतले पारित भएको हो । यो विधेयक तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १८ गते दर्ता गराएका थिए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो । अर्थ समितिबाट पारित भएर विधेयक २०८१ वैशाख १४ मा सभामा गएको थियो ।

अर्थमन्त्री पौडेलले विधेयकले कानुनी मान्यता पाएर कार्यान्वयनमा गएपछि भन्सार प्रशासनमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे ।

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेका थिए ।

काठमाडौँको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए । काठमाडौँबाट टमाटरको बीउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएको छैन । “काठमाडौँबाट फर्किएपछि सुरुमा आधा कट्ठा जमिनमा तीनवटा पोलिहाउस बनाएर टमाटरखेती गरेँ”, वडायकले विगत सम्झँदै भने, “खेतीबाट फाइदा भएन, त्यसपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्तनगर गएर दुई दिनको तालिम लिएँ ।”

तालिमपछि खेतीमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड बढीको कृषियन्त्र जोडेका छन् । उनी हाल वार्षिक २६ लाखसम्म आम्दानी गर्छन् । उनले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धानखेती जस्ता कृषि उपज उत्पादन गर्दै आएका छन् । वडायकले भने, “खेती विस्तार गरेर वार्षिक एक करोडसम्म कमाउने लक्ष्य राखेको छु ।” उनले खेतीका लागि अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको जानकारी दिए ।

उनले हालसम्म खेतीबाट प्राप्त आम्दानीले एक करोड बढी मूल्यका कृषियन्त्रहरु खरिद गरेका छन् । उनले भने, “ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै दश लाखमा ड्रोन खरिद गरेको छु ।” उनले ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनाका साथै उत्पादन समेत वृद्धि भएको बताए ।

उनले भारतका विभिन्न शहरमा व्यावसायिक खेतीको तालिम लिएका छन् । “दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, महाराष्ट्रको साङ्लीमा व्यावसायिकखेतीको तालिम लिएर यहाँ आएपछि खेतीमा सजिलो भयो”, वडायकले भने ।

उनका अनुसार ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कने गरेका छन् । उनले भने, “ड्रोनको प्रयोगले विषादी छर्किंदा मानिसले भन्दा राम्रो छर्किने र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन ।”

ड्रोनको प्रयोगले बीउबिजन र विषादी छर्किंदा थोरै लागतमा धेरै काम गर्न सकिने उनको भनाइ छ । उनलाई खेतीमा उनका परिवारका सदस्यहरुले समेत सहयोग गरेका छन् । उनले ‘सिजन’को बेला ३० देखि ४० जनालाई रोजगारी दिने गरेका छन् ।

“सामान्य किसानले एक बिघा जग्गामा दुईदेखि तीन लाखसम्मको उत्पादन गर्ने गरेकामा मैले एक बिघामा करिब १४ लाख सम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु,” वडायकले भने, “प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुन्छ ।” उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताए ।

वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वोत्कृष्ट कृषकका रुपमा सम्मानित भएको थियो । भीमदत्त नगरपालिकाको उत्कृष्ट किसानबाट समेत उनी सम्मानित भइसकेका छन् । “अहिले खेती गर्न थप सजिलो होस् भनेर मोबाइल ‘एप लन्च’ गर्ने तयारीमा छु”, उनले भने, “त्यो एपबाट कुन समयमा मल हाल्ने, कुन रोगबाट कसरी बच्नेलगायतका पूर्वजानकारी पाउन सकिन्छ ।”

पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रुपमा गोरु र राँगा प्रयोग गरी जोत्ने ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ भने बाली काट्न र पिस्न प्रविधिको प्रयोग भइरहेको छ । काट्नलाई ‘रिपर’, ‘बुस कटर’, ‘कम्बाइन हार्भेस्टर’लगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ । खेतबारी खनजोतमा सहज हुने भएपछि यान्त्रिकीकरणतर्फ किसान आकर्षित भएका हुन् ।

विद्युत उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न राणाको आग्रह

काठमाडौँ । सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्लेख गर्दै अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिए ।

“उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ । विद्युत् उत्पादन बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न जरुरी छ”, उनले भने, “हालसम्म भएको सम्झौताअनुसार १० हजार मेगावट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको छ । यसबाहेकको विद्युत् कहाँ निर्यात गर्ने भन्नेबारे सदनलाई जानकारी गराउनुपर्छ ।”

सांसद मेटमणि चैधरी र वीरेन्द्रप्रसाद महतोले विगतमा शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरे । लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन झन्झटिला प्रावधान हटाउनुपर्नेमा उनले जोड दिए ।

सांसद रामप्रकाश चौधरीले जनकपुर र वीरगञ्जको बीचमा नदीमा पुल बनाउन बजेट अभाव भएकाले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राख्न सरकारसँग माग गरे ।

सांसद प्रेम सुवालले शिक्षकहरुसँग सम्झौता गर्ने तर कार्यान्वयन नहुँदा समस्या भएको बताए । “सम्झौता गर्दा मुलुकलाई पर्ने आर्थिक भारबारे पहिला नै ख्याल गर्नुपर्छ”, उनले भने । सहकारी पीडितका समस्या समाधान गर्न समेत सांसद सुवालले माग गरे ।

दुई दिनमा पाकिस्तान र इरानबाट ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार एक हजार एक सय २७ अफगान परिवारका छ हजार सात सय ७४ मानिस आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको उच्च आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्ति अनुसार शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ र पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा विन्दु हुँदै घर फर्केका छन् ।

आयोगले स्वदेश फर्कनेहरूका लागि आ-आफ्ना प्रान्तमा अस्थायी आश्रय, पोषण, पानी, चिकित्सा सेवा र यातायात लगायतका सेवाहरू प्रदान गर्दछ ।

गत वर्ष ती मुलुकबाट करिब २० लाख अफगान घर फर्केका छन् । पाकिस्तानी सरकारले सन् २०२५ मा ३० लाख अफगानलाई आफ्नो देशमा निर्वासित गर्ने तयारी गरेको छ भने इरानी अधिकारीहरूले कागजातविहीन विदेशी नागरिकहरूलाई उनीहरूको अवैध प्रवास अन्त्य गर्न र आफ्नो घर फर्कन आग्रह गरेका छन् ।

करिब ७० लाख अफगान शरणार्थीहरूमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश अफगानिस्तानको छिमेकी पाकिस्तान र इरानमा बसिरहेका छन् ।

सरकार शिक्षकका समस्या समाधानमा केन्द्रित हुनुपर्छः सांसद थिङ

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले आन्दोलनरत शिक्षकका मागप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले दमनबाट नभई वार्ता र सहमतिबाट समाधान खोज्न आग्रह गरेका छन् ।

नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षा ऐन संशोधनको आवश्यकता औँल्याउँदै सुरक्षाकर्मी र शिक्षकबीच द्वन्द्व सिर्जना गरेर समस्या हल नहुने भएकाले संवादमार्फत निकास खोज्न आग्रह गरे ।

अहिले शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको उनले बताए । शिक्षकका जायज माग सम्बोधन गर्न प्रतिपक्षी दलहरु पनि उत्तिकै जिम्मेवार रहेको उनको भनाइ थियो ।

गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउन माओवादीलाई सुझाव दिए । उनले पेशागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने, सत्ता ढाल्ने अस्त्र बनाउने र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न अन्त्य हुनुपर्ने समेत बताए ।

‘विक्रम संवत् २०२८ मा बनेको शिक्षा ऐनबाट अहिले शैक्षिक क्षेत्र चलाउनु उचित छैन’, सांसद गैरेले भने । संविधानले दिएको मौलिक हकका रुपमा रहेको शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक भएको सांसद गैरेले बताए ।

दिगो विकासका लक्ष्य हासिल गर्ने, २०८० सालको दशकलाई समृद्धिको दशक बनाउने, सामाजिक न्याय र विकासका अपेक्षा पूरा गर्नुपर्ने गरी सरकारका नीति तथा कार्यक्रम आउनुपर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेसकी सांसद सुशीला थिङले शिक्षक आन्दोलनप्रति संवेदनशील बन्न सरकारसँग आग्रह गरिन् ।

उनले यही वैशाख १४ गते आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा र लट्ठी प्रहार गरेको घटनाको आलोचना गरिन् ।

‘शिक्षकहरूमाथि अन्याय भएको छ । सरकार अभिभावक हो, उनीहरुका समस्या समाधानमा केन्द्रित हुन जरुरी छ’, सांसद थिङले भनिन् । नयाँ शिक्षा ऐन नबन्दासम्म विद्यालय नफर्कने अडान त्याग्न उनले शिक्षकहरुलाई सुझाव दिइन् ।

गोबर र गहुँतबाट आम्दानी

पर्वत ।जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको छ ।

स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने व्यवस्था मिलाएको जलजलाले वडा नं ७ धाइरिङको लालुङमा रहेको गण्डकी गोपाल गौशालालाई व्यवस्थित बनाउँदै गाईको गहुँत र गोबरलाई प्रशोधन गरी आम्दानी गर्न थालेको छ । गौशालाबाट उत्पादन भएको मल र गहुँत ‘प्याकेजिङ’का साथै विभिन्न धार्मिक कार्यमा प्रयोग गर्न मिल्ने सामान बनाउन थालिएको हो ।

गौशाला सञ्चालन गर्नका लागि सहयोगदाताबाट प्राप्त जिन्सीलगायत सहयोगलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । गौशालालाई गएको कात्तिकदेखि हालसम्म विभिन्न व्यक्तिले आफ्नो र परिवारको जन्मदिन, विवाहको वर्षगाँठ, पितृ उद्धार तथा विशेष दिनको अवसर पारेर स्वेच्छिक रूपमा गाई पालनका लागि पराल, दानालगायतका सामान दान तथा सहयोग गरेका हुन् ।

गौशालामा पालिएका गाईको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलका रूपमा उपयोग गर्ने योजना कार्यान्वयन गर्न थालिएको हो । गाईको गोबर प्रशोधन गरेर पूजा र सजावटका सामग्री बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। गौशालाका कर्मचारी ओमबहादुर केसी र तुलसीराम आचार्यले भारतको काशीपुर पुगेर गाईको गोबरबाट सामग्री बनाउने तालिम लिएर आएका छन् ।

‘गोबर प्रशोधन गरेर देवीदेवताका मूर्ति, धूप, ‘इकोप्रेसर म्याट’, चप्पल, भित्ते घडीजस्ता सामान बनाउन थालेको छौँ’, कर्मचारी आचार्यले भने, ‘गौशालामा आउने भक्तजनलाई बिक्री गर्ने, रोजगारी सिर्जना र आम्दानीको स्रोतका लागि गोबरबाट पूजा र सजावटका सामग्री बनाउन थालेका हौँ ।’

गहुँत प्रशोधन गर्ने उपकरणसमेत ल्याइएको उनले बताए।

गौशाला नजिकै रहेको धाइरिङ भूमे ठाकुरको थान, जलजला–हम्पाल क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए।

‘हिन्दू धर्मग्रन्थ रामायणमा उल्लेख गरिएको कालञ्जर पर्वत क्षेत्र जलजला गाउँपालिकाकै पहाड हो’, उनले भने, ‘यस क्षेत्रलाई कृषि र धार्मिक पर्यटनका रुपमा विकास गर्ने प्रयासमा हामी लागेका छौँ ।’

विक्रम संवत् २०७२ मा समुदायको अगुवाइमा स्थापना भएको गौशालामा हाल ५८ स्थानीय जातका गाई र बाच्छाबाच्छी छन् । करिब ११ वटा गाईबाट गौशाला सुरु गरिएको कर्मचारी ओमबहादुर केसीले बताए।

केसीका अनुसार स्थानीयले गौशालालाई गाईसहित प्रतिगाई बराबर एक लाख १० हजारले नगद पनि सहयोग गरेका छन् । स्थानीय टेकप्रसाद आचार्यले गौशालाका लागि ४० रोपनी जग्गादान गरेका थिए । दिउँसोको समयमा नजिकैको जङ्गलमा चराउन लैजाने गाई बाँध्नका लागि व्यवस्थित गोठ बनाइएको छ । बिहान–बेलुकी घाँस, पराल र दाना खुवाउने गरिएको छ ।

जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईका लागि चरन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ । गाईको दाना, घाँस, पराल र तीनजना कर्मचारीको तलबका लागि वार्षिक रु २२ लाख खर्च हुने गरेको छ ।

गाईको महत्वका विषयमा समुदायस्तरमा सन्देश प्रवाह गराउन र गौशाला सञ्चालनका लागि आयस्रोत जुटाउन विसं २०७६ मङ्सिरमा मिलनचोकस्थित कालीगण्डकी किनारमा गौ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा तीन करोड २४ लाख सहयोग घोषणा गरिएको थियो । महोत्सवमा संकलित रकमको ब्याज र दाताबाट सहयोग जुटाएर गौशाला सञ्चालन गरिएको हो ।

गौशालाको थप भौतिक पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा समेत गाउँपालिकाबाट एक करोड ४५ लाख बजेट विनियोजन गरिएका छभने सङ्घीय सरकारबाट पनि एक करोड ४५ लाख बजेट परेको अध्यक्ष आचार्यले जानकारी दिए ।

अब राजनीतिमा युवा आउनुपर्छः हरिवंश आचार्य(अन्तरवार्ता)

काठमाडौँ । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आएका छन् । त्यस्तो त आचार्यले चलचित्र ‘बलिदान’ मै आफूलाई भिन्न रुपमा प्रस्तुत गरेर वाहवाही पाएका थिए । तर, प्रदर्शनरत चलचित्र ‘भूठान’ मा उनी हाँसो हराएको मान्छेका रुपमा प्रस्तुत भएका छन् ।

कलाकारितामा ‘ह्युमर कमेडी’ को प्रयोग गर्ने अभिनेता आचार्यले यस चलचित्रमा दुई दृश्यमा मात्र हाँसेको हेर्न पाइन्छ । यसकारण पनि पछिल्लो केही चलचित्रदेखि उनलाई हास्य कलाकार नभई अभिनेता भन्न थालिएको छ ।

सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई गम्भीरतापूर्वक लिएर पात्रलाई जीवन्त बनाएका बहुआयामिक आचार्य विविधता मन परान । ‘मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने म भिन्न देखिएको छु,’ अभिनेता आचार्य भन्छन् ।

प्रस्तुत छ, अभिनेता आचार्यसँग कला यात्रा, चलचित्र निर्देशन र राजनीति प्रवेशको सम्भावना, नेपाली चलचित्रको विदेशी बजारलगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

चलचित्र ‘भूठानमा’ हाँसो हराएको मान्छेको भूमिका गर्न कसरी तयार हुनुभयो ?

– मकहाँ धेरै चलचित्रहरुको पटकथा आउने गरेको छ । अहिले धेरैमा छोराछोरी विदेश र अभिभावक नेपाल रहेको कथा पाउने गरेको छु । तर, म आफूलाई नयाँ रुपमा प्रस्तुत गरौँ भन्ने सोचका साथ ती कथाहरु पढ्ने र सुन्ने गर्छु । तर, ‘सिचुएसनल कमेडी’ नभई संवादमा आधारित वा हाउभाउले गर्ने ‘कमेडी’ भएका कथा आइरहेका थिए । त्यही समयमा मैले ‘भूठान’ को पटकथा पाएँ । त्यो एकैपटकमा बुझ्न सहज थिएन, तर बुझ्दै गएपछि त्यसमा रहेको विविधताले मलाई आकर्षण गर्यो । ‘बलिदान’ चलचित्रमा अभिनय गर्दा मैले सक्दिन कि भन्ने डर थियो, तर चलचित्र हेरेपछि धेरैले राम्रो गरेको प्रतिक्रिया दिनुभयो । ‘महाजात्रा’ मा पनि मैले केही फरक गर्ने कोसिस गरेको थिएँ । तर, निर्देशक प्रदीप भट्टराईले त्यसमा ‘ह्युमर’ हाल्नुभयो । तर ‘भूठान’ को पात्र नितान्त फरक छ । एकै पटक पढ्दा बुझिँदैन, अनि मैले दुई÷तीनपटक पढिसकेपछि मेरो पात्र केही फरक र आफूले सोचेजस्तो पाएँ, त्यसछि कुरा अगाडि बढेको हो ।

तपाइँले चलचित्र ‘भूठान’ मा निर्वाह गर्नुभएको पात्र कसरी तयार भयो ?

– म पटकथा पढेपछि रुने दृश्यमा पनि ‘ग्लिसिरिन’ को प्रयोग गर्दिनँ । किनकि कथा र पात्र जोडिएपछि त्यसको भावना हामीमार्फत देखिनुपर्छ । चलचित्र ‘भूठान’ को कथाले मलाई केही आभाष गराइसकेको थियो । चलचित्र छायाङ्कन अगाडि भएको कार्यशालाले मलाई सहयोग ग¥यो । तर, पनि आफैँलाई मैले निर्वाह गरेको विष्णुबहादुर केसी बन्न नसकिरहेको लागिरहेको थियो । एक दिन निर्देशक विनोद पौडेलले ‘दाइ, तपाइँ नेपाल जान पाउनु भएन भने के गर्नु हुन्छ ?’ भन्नुभयो । म एक्कासि निराश भएँ । किनकि विभिन्न कार्यक्रमका दौरान विदेश धेरै घुमिसकेको छु । म कार्यक्रम सकिनेबित्तिकै नेपाल फर्किन रुचाउने मान्छे । म निराश भएपछि अब यही भाव चलचित्रभर हुनुपर्छ भनेर निर्देशक पौडेलले भन्नुभयो । यसरी नै पात्र तयार भयो ।

छायाङ्कन अगाडि तपाइँको पात्रसँग मिल्दोजुल्दो व्यक्तिहरू भेट्नुभयो ?

– त्यहाँ (अमेरिका) मा रहनुभएका नेपाली मूलका भूटानीसँग भेटघाट गरेर उहाँको कुरा सुनेको छु । हाम्रो संस्कार र संस्कृतिमा केही फरक छैन, तर उहाँहरू आफ्नो देश फर्कन पाउनुभएको छैन । त्यो दुःखद हो । युवा काममा व्यस्त भए पनि वृद्ध उमेरका अभिभावकहरू भने खुसी कम हुनुहुन्छ कि जस्तो लाग्यो । म त्यसरी बस्नु परेको भए सायद जीवित रहन सक्दिन थिएँ । मैले त्यो कल्पना पनि गर्न नसक्ने तीतो सत्य हो ।

चलचित्र ‘भूठान’ मा तपाइँ पूर्ण रुपमा निर्देशकमा समर्पित हुनुभयो ? आफैँले यस क्षेत्रमा ५० वर्ष बिताइसक्दा पनि त्यो समर्पण गर्न सकिन्छ ?

– म कथामा ‘कन्भिन्स’ भएपछि निर्देशकलाई समर्पित गर्छु, किनकि चलचित्रको कप्तान नै निर्देशक हुन्छन् । म कार्यशाला गर्दा होस् वा दृश्य छायाङ्कन गर्दा आफ्नो काम दोहो¥याउनु पर्दा पनि झर्को नमानी गर्छु । किनकि हामी सबैको प्रयत्न राम्रो काम गर्ने नै हुन्छ । मैले चलचित्रमा चुम्बन गरेको छु, जहाँ शरीर नभई भावनाले एकअर्कालाई स्पर्श गरेको हो । श्रीमान्–श्रीमतीबीच यो स्वाभाविक हो । फेरि हामीले अन्तरराष्ट्रिय बजारलाई ध्यानमा राखेर चलचित्र निर्माण गरेका हौँ । मैले गरेका केही नयाँ दृश्य कलात्मक छन्, भद्दा लाग्ने छैनन् ।

अब आफैँ चलचित्र निर्देशन गर्ने तयारी पनि छ ?

– म चलचित्र निर्देशक बन्दिन होला । टेलिशृङ्खलामा छोटो समय र समूह हुने भएकाले गरेको हुँ । तर, चलचित्रको सुरुआतदेखि चलचित्र प्रदर्शन भएर चलचित्र भवनमा रहँदासम्म निर्देशकको दायित्व हुन्छ । मेरो उमेरका कारण पनि मैले त्यसरी समय दिन सक्दिनँ । अहिले मलाई विविधता भएको भूमिकाले आकर्षित गर्ने गरेको छ । म आफूलाई अभिनेताकै रुपमा व्यस्त पार्न चाहन्छु ।

मह सञ्चारमार्फत चलचित्र बनाउने योजना के छ ?

– चलचित्र निर्माणमा पनि अहिले योजना बनिसकेको छैन । तर, हाम्रा मित्र किरण केसीले विषयवस्तुसहित अन्य विविध विषयमा प्रयत्न गरिरहनुभएको छ । हामीले नगर्ने भन्ने होइन, तर तत्काल नै योजना बनिसकेको छैन । मैले हालै अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा पनि अभिनय गरेको छु, त्यसलाई छोरा मोहित (मोहितवंश आचार्य) र सरोज ओलीजीले निर्माण गर्नुभएको छ । त्यसको पनि जिम्मेवारी मैले उहाँहरु दुवैलाई नै दिएको छु । किनकि पुस्तान्तरण पनि हुन जुरुरी छ ।

गत वर्ष नेपाली चलचित्रको बजार बढेको देखियो । ‘पूर्णबहादुरको सारङ्गी’ को व्यापार इतिहास नै बन्यो, तपाइँले समग्र चलचित्र क्षेत्रलाई कस्तो रुपमा बुझ्नुभएको छ ?

– हाम्रो चलचित्र हेर्न आउने दर्शक बढ्नु हामी सबैका लागि खुसीको खबर हो । ती दर्शकलाई पुनः चलचित्र भवनसम्म फर्काइरहनु हाम्रो दायित्व हो । तर, चलचित्र निर्माणमा सङ्ख्यात्मक वृद्धिले मात्र हामीलाई दीर्घकालीन रूपमा फाइदा पुग्दैन । हाम्रो घरेलु बजारले धान्न सक्ने र चलचित्र बुझेका निर्माता वा निर्माण समूह बढ्नुपर्छ । कुनै एक चलचित्रको व्यापार हेरेर चलचित्र निर्माणमा हौसिँदा त्यसले सुखद परिणाम नदिन पनि सक्छ । त्यसकारण चलचित्र बुझेर मात्र निर्माणमा आउन म नवप्रवेशीलाई आग्रह गर्दछु ।

नेपाली चलचित्र अहिले विदेशमा पनि प्रदर्शन हुन्छन् ? तपाइँले बजार बढेको पाउनुभएको छ ?

– विदेशमा नेपाली बढेपछि हाम्रो चलचित्र बढी हेरिएको हो । त्यहाँ पुग्नुभएका नेपालीले नै हेर्नुभएको छ । त्यहाँका स्थानीयले नहेरेसम्म बजार कसरी बढ्यो भन्न सकिन्छ ? किनकि यहाँ रहेका नेपाली नै अहिले अस्ट्रेलिया, अमेरिकालगायतका देशमा पुगेका छन् । पहिला यहाँ हेर्थे, अहिले विदेशमा हेर्छन् । स्थानीयले नहेरेसम्म विदेशी बजार बढ्यो भन्न सकिन्न । पछिल्लो समय नेपाली दर्शक बढेका मात्र हुन् ।

तपाइँले प्रहसन धेरै गर्नुभयो, नाटक गर्ने रहर भएन वा संयोग जुरेन ?

– मलाई प्रहसन र नाटक उस्तै लाग्छ । हामीले प्रयोग गर्ने मञ्च नै हो । प्रहसनमा हास्यव्यङ्ग्य हुन्छ भने नाटकमा विविधता हुन्छ । हामीले गत वर्ष ‘मह जात्रा’ नामक प्रहसन प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेका थियौँ । त्यही कुनै नाटक घरमा गरेको भए, नाटक हुन सक्थ्यो । त्यसकारण यी दुईमा धेरै भिन्नता लाग्दैन । हामीले प्रत्यक्ष दर्शकसमक्ष आफूलाई मञ्चमा प्रस्तुत गरिरहेका हुन्छौँ ।

आगामी दिनमा कस्ता चलचित्र गर्ने सोच बनाउनुभएको छ ?

– म विविधता रुचाउने भएकाले यही गर्छु भन्ने छैन । तर, आफूलाई आएको प्रस्तावमा ‘ह्युमर’ भएका चलचित्र गर्छु । ‘भूठान’ मा काम गरे भन्दैमा म त्यस्तै मात्र चलचित्रमा काम गर्न रुचाउछु भन्ने पक्कै होइन । आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्न चाहन्छु । मेरो आउँदो चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा मैले हरिबहादुरको भूमिका गरेको छु । यसले पनि मैले भनिरहेको विविधता झल्काउँछ होला ।

तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले मह जोडीका रुपमा सहकार्यको ४५ वर्ष पूरा गर्नुभयो, यो सम्बन्ध टिकाइरहन महत्वपूर्ण कुरा के रह्यो ?

– म र मदन दाइ (मदनकृष्ण श्रेष्ठ) ले सहकार्य गरेको यही वैशाख १४ मा ४५ वर्ष पूरा भएको छ । हाम्रो जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया महत्वपूर्ण बन्यो । दर्शकले हामीलाई एकसाथ हेर्न इच्छा नराख्नु भएको भए हामीले यत्रो यात्रा पार गर्न गाह्रो हुन्थ्यो । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत ग¥यो, हाम्रो सम्बन्धमा उनीहरू हाबी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवैको नाम दियो, एउटा स्थान बनायो । हामीले एकअर्कासँग कहिल्यै आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरहयौँ ।

तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले फरक फरक चलचित्रमा अभिनय गरिरहनुभएको छ, यद्यपि दर्शकले एकसाथ हेर्ने इच्छा जाहेर गरेका छन् । तयारी छ केही ?

– दर्शकलाई जस्तै हामीलाई पनि सँगै काम गर्दा खुसी लाग्छ । त्यहाँ काम नगरेर पारिवारिक माहोलमा रमाएको महसुस हुन्छ । त्यसकारण कथा अनुकूल हुने बित्तिकै हामीसँगै देखिने नै छौँ । फेरि हामीलाई एकअर्काको सानो भूमिका छ भन्ने पनि लाग्दैन तर त्यो पात्रको अर्थ हुनुपर्छ । हामी मह जोडी छौँ भनेर मात्र दर्शकलाई खुसी बनाउन सकिँदैन । हामीले निर्वाह गर्ने भूमिका सशक्त, कथामा महत्वपूर्ण भएमा पैसा र समय खर्चेर चलचित्र भवन आइपुग्नुभएका दर्शक पनि खुसी बन्नुहुन्छ । हामीसँगै काम गर्छौं, केही समय मात्र लागेको हो । किनकि मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ?

अहिलेको नयाँ पुस्ताले हास्यव्यङ्ग्यमा कस्तो गरिरहेका छन् ? बेलाबखतमा उच्छृङ्खल भए भन्ने पनि आउँछ नि ?

– मह जोडी बनेर हामीले काम सुरु गर्दा आफ्ना कुरा सिधै भन्न पाइने व्यवस्था थिएन । हामीले अभिव्यक्त गर्ने कुराहरूलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गथ्र्यौं । अहिले द्विअर्थी लाग्ने संवाद वा उच्छृङ्खल भएको भन्ने सुनिन्छ, केही भएका पनि छन् । तर, दर्शकले रुचाउनुभएको छ । ती फेरि नेपाली मात्र नभई विदेशी च्यानल वा डिजिटल माध्यममा उत्तिकै छन् । दर्शकले रुचाउनु भएकै कारण त्यस्ता कार्यक्रम बढेका छन् । यद्यपि यो क्षणिक लहर हो जस्तो लाग्छ । विस्तारै यो परिवर्तन हुँदै जान्छ ।

पछिल्लो समय टेलिभिजनमा शृङ्खला कम पाइन्छ, किन जस्तो लाग्छ ?

– हामी कहाँ शृङ्खला निर्माण लागत बढेको र त्यसबापत प्राप्त हुने लाभ कम भएकाले शृङ्खला निर्माणमा कमी आएको हुनसक्छ । विदेशमा रहेका उद्योगले प्रायोजन गरेर शृङ्खला निर्माणमा सघाउने गरेको सुन्छु । तर, यहाँ त्यो अवस्था निकै कम छ । यसलाई सरकारले भाषा र संस्कृतिको माध्यमका रुपमा बुझेर सघाउनुपर्छ । भारतीय टेलिभिजन नेपालमा हेरिनुले अहिले बिस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ । यसले भाषामा पनि प्रहार गरेको छ । उदाहरणका लागि विवाह नै लिन सकिन्छ । पहिले र अहिले वैवाहिक कार्यक्रममा तपाइँले सहजै अन्तर देख्न सक्नुहुन्छ । त्यसले आर्थिक भार थपेको छ, अभिभावक देखासिकी गर्न बाध्य छन् । त्यसकारण नेपाली कार्यक्रम, शृङ्खलालगायतलाई प्रोत्साहन गर्न सरकार नै अग्रसर हुनु जरुरी छ ।

‘चिना हराएको मान्छे’ को लोकप्रियतापछि किताब लेखनबारे सोच्नु भएको छ कि ?

– मैले एउटा पाण्डुलिपि तयार गरेको छु । सम्भवतः तीनदेखि चार महिनामा त्यो किताबका रुपमा आउनेछ ।

राजनीतिमा आउने तपाइँको चाहना छ ?

– म बिस्तारै ‘रिटायर्ड’ हुँदैछु । त्यसकरण राजनीतिमा आउने सोच पनि मैले बनाउनु हुँदैन । हामीले अहिले राजनीतिमा युवा आउनुपर्छ भनिरहेका छौँ, युवालाई नै प्रोत्साहन गर्ने हो । उहाँहरूसँग नयाँ जोस, जाँगर र काम गर्ने शैली हुन्छ । हामीले युवालाई सघाउने र अगाडि बढाउने हो ।

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

याङ्गुन । म्यान्माका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको बङ्गला लिलामी गर्न असफल भएका छन् । जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता सुकीको सम्पत्ति बिक्रीले चौथो पटक कुनै बोलीकर्तालाई आकर्षित गर्न सकेन ।

अदालतले नियुक्त गरेको लिलामीकर्ताले याङ्गुनको लिफी युनिभर्सिटी एभेन्यु रोडमा फैलिएको दुई तले भवनको पुरानो गेटबाट बाहिर निस्किएर यसलाई १२ करोड ८० लाख डलरको प्रारम्भिक मूल्यमा प्रस्ताव राखेका थिए ।

पत्रकारहरूको समूह र दर्जनभन्दा बढी प्रहरीको निगरानीमा लिलामीकर्ताले तीन पटक बोलीकर्ताहरूका लागि सोधे र अन्तमा घोषणा गरे, “हामी घोषणा गर्दछौँ कि लिलामी सफल भएन ।”

सुकी सन् २०२१ को सैन्य कूद्वारा अपदस्थ भएदेखि जेलमा हुनुहुन्छ तर जुन्ता शासनको अघिल्लो अवधिमा यही ऐतिहासिक सम्पत्तिमा वर्षौं नजरबन्दमा बताएकी थिइन् ।

लामो कानूनी विवादपछि उनका टाढिएका भाइले भिल्लाको आधा हिस्साको अधिकार जितेका छन् । यसको बिक्री जुन्ता–नियुक्त अधिकारीहरूद्वारा निरीक्षण भइरहेको छ र सुकी आधा आम्दानीको हकदार हुन् ।

५४ युनिभर्सिटी एभेन्यु रोडमा नजरबन्दको समयमा सुकीले सीमा बारमा भाषण दिनुहुन्थ्यो । लोकतन्त्र र अहिंसात्मक प्रतिरोधका बारेमा उच्च बयानबाजीका साथ सयौँको भीडलाई आकर्षित गथ्र्यो ।

म्यान्माको एक दशक लामो लोकतान्त्रिक प्रयोगले सुकीलाई सन् २०१० मा रिहा भएपछि निर्वाचित व्यक्तित्वका रूपमा सक्षम बनायो र औपनिवेशिक युगको घर त्यो स्थान थियो जहाँबाट उनले यसको नवजात नागरिक सरकारको नेतृत्व गरिन् ।

देश पतित स्थितिबाट उठ्न थालेपछि यसले बाराक ओबामा र हिलारी क्लिन्टनलगायत विदेशी नेताहरूको एक शृङ्खलाबद्ध ऐतिहासिक भ्रमणहरू देख्यो ।

सेनाले फेरि शक्ति खोसेपछि सुकीलाई राजधानी नेपिडोमा जेलमा राखिएको छ । आलोचकहरूले उहाँलाई प्रहसनको रूपमा निन्दा गरेका छन् र उनलाई राजनीतिबाट हटाउन योजना बनाएका छन् ।

रियल इस्टेट एजेन्टहरूका अनुसार उच्च स्तरीय याङ्गुन क्षेत्रहरूमा यस्तै आकारका सम्पत्तिहरूले १० लाखदेखि २० लाख डलर प्राप्त गर्न सक्छन् ।

सैन्य कूद्वारा सुरु भएको गृहयुद्धले म्यान्माको अर्थतन्त्र ध्वस्त भएकोले देशमा कसले एकल, बढ्दो जीर्ण सम्पत्तिमा १२ करोड ८० लाख डलर खर्च गर्ने स्थितिमा हुनेछ भन्ने अस्पष्ट छ ।

यो पहिलो पटक सन् २०२४ मार्चमा तीन खर्ब १५ अर्ब क्याट (आधिकारिक विनिमय दरको आधारमा १५ करोड डलर) मा बिक्रीको लागि राखिएको थियो, तर त्यसपछिका तीन लिलामीहरूमा क्रमशः मूल्य घटाइएको थियो ।

चर्चित लोकगायक प्रकाश दुतराजले पनि फिल्म खेल्ने

काठमाडौं । चर्चित लोकगायक प्रकाश दुतराजले पनि फिल्म खेल्ने भएका छन् । फिल्म ‘आहुति’मार्फत दुतराजले फिल्ममा अभिनय गर्न लागेका हुन् ।

फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । त्यस्तै फिल्ममा ‘होस्टेल ३’ बाट डेब्यु गरेका रिहान गिरी पनि मुख्य भूमिकामा देखिँदै छन् ।

फिल्म भवानी संग्रौलाले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्ममा अभिनयसहित दुतराजको गीत पनि समावेश हुनेछ ।

प्रचण्डद्वारा सहिद परिवारका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका दअनाथ तथा सहिद परिवारका दुई जनाबालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा मंगलबार आयोजित शैक्षिक कार्यक्रममा उनले अल्पसङ्ख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले वहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष दाहालले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षाको सुनिश्चितताप्रति पार्टी सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताका निम्ति माओवादीले उठाएका सवाल अझै सान्दर्भिक रहेको बताए ।

क्यानाडाको चुनावमा कार्नीको लिबरल पार्टी विजयी

ओटावा । प्रधानमन्त्री मार्क कार्नीले क्यानाडाको चुनाव जितेका छन् । उनको लिबरल पार्टीले मतदाताहरूलाई विश्वास दिलाएपछि उनको सङ्कट व्यवस्थापनको अनुभवले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न तयार पारेको थियो ।

सार्वजनिक प्रसारणकर्ता सिबिसी र अन्य आउटलेटहरूले लिबरलहरूले क्यानाडाको अर्को सरकार बनाउने अनुमान गरेका छन् तर उनीहरूले संसदमा बहुमत प्राप्त गर्नेछन् वा छैनन् भन्ने अझै स्पष्ट भएको छैन ।
कन्जर्भेटिभ नेता पियरे पोइलिभ्रे प्रधानमन्त्री बन्न असफल भए तर उनको पार्टी बलियो विपक्ष गठन गर्ने बाटोमा थियो ।

पहिले कहिल्यै निर्वाचित पदमा नरहेका र गत महिना मात्र जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गरेका कार्नीले पहिले क्यानाडा र बेलायतमा केन्द्रीय बैंकको गभर्नरका रूपमा सेवा गरेका थिए ।
ट्रम्पको व्यापार युद्ध र विलयको धम्कीले क्यानाडालीहरूलाई आक्रोशित बनायो र संयुक्त राज्य अमेरिकासँगको व्यवहारलाई अभियानको शीर्ष मुद्दा बनायो ।

साठ्ठी वर्षीय पूर्व लगानी बैंकर कार्नीले आफ्नो अभियान ट्रम्पविरोधी सन्देशमा आधारित गर्नुभयो, संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न क्यानाडाको विदेशी व्यापार सम्बन्धहरू विस्तार गर्ने वाचा गरे र भने, “अब हामी अमेरिकालाई विश्वास गर्न सक्दैनौँ ।”

कार्नीले ट्रम्पको धम्कीलाई कठोर शब्दहरूमा वर्णन गरेका छन् । “डोनाल्ड ट्रम्प हामीलाई तोड्न चाहनुहुन्छ ताकि अमेरिकाले हामीलाई आफ्नो बनाउन सकोस्”, उनले चुनावी अभियानमा भने, “उनीहरूलाई हाम्रो स्रोत चाहिन्छ, उनीहरूलाई हाम्रो पानी चाहिन्छ, उनीहरूलाई हाम्रो जमिन चाहिन्छ, उनीहरूलाई हाम्रो देश चाहिन्छ । उनीहरूले त्यो पाउन सक्दैनन् ।”

जब सिबिसी प्रक्षेपण घोषणा गरियो, ओटावा स्थलमा उल्लासको जयजयकार भयो जहाँ लिबरल समर्थकहरूले परिणामहरू हेरिरहेका थिए ।

“म यस अर्थमा खुसी छु कि हामीले श्री ट्रम्पसँग उहाँको स्तरमा कुरा गर्न सक्ने कोही पाएका छौँ”, ७२ वर्षीया डोरोथी गोबल्टले भनिन्, “ट्रम्प एक व्यापारी व्यक्ति हुनुहुन्छ, कार्नी एक व्यापारी व्यक्ति हुनुहुन्छ र मलाई लाग्छ उहाँहरू दुवै सम्बन्धित हुन सक्नुहुन्छ ।”

ट्रुडोले राजीनामा दिनुअघि ट्रम्पले उनको उपहास गरेका थिए र प्रधानमन्त्रीलाई ‘गभर्नर’ भन्दै क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न आग्रह गरेका थिए ।

अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्ने ट्रम्पको अपेक्षा

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत भएको अमेरिकी मिडियाले सोमबार रिपोर्ट गरेको छ ।

यो कदम राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो एक सय दिन पूरा भएको अवसरमा डेट्रोइट नजिकै मङ्गलबार राति हुने ट्रम्पको र्‍याली अगावै आएको हो ।

द वाल स्ट्रिट जर्नलले पहिलो पटक रिपोर्ट गरेअनुसार यो परिवर्तनको अर्थ कार आयातमा २५ प्रतिशत भन्सार महसुल तिर्ने कम्पनीहरूले फलाम र एल्युमिनियम जस्ता अन्य शुल्कहरू तिर्नु पर्दैन ।

जर्नलका अनुसार प्रशासनले मे ३ मा लागू हुनुपर्ने विदेशी अटो पार्ट्समा केही प्रतिपूर्तिहरू पनि अनुमति दिइरहेको छ ।

भन्सार महसुलहरूले मेक्सिको र क्यानाडाबाट आयातलाई प्रभावित पार्ने हुनाले अमेरिकी अटो निर्माताहरू सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक हुन् ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतामा पुनः वार्ता गरेपछि डेट्रोइट कार निर्माताहरूले ती बजारहरूमा लगानी कायम राखे ।

विश्लेषकहरूले भन्सार महसुलहरूले उच्च मूल्यहरू निम्त्याउन सक्छ भन्दै यसले अमेरिकी कार बिक्रीलाई घटाउँछ र रोजगारीलाई खतरामा पार्ने चेतावनी दिएका छन् ।

जर्नलका अनुसार वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पले ‘महत्त्वपूर्ण साझेदारी निर्माण गरिरहनुभएको’ बताए ।

“यो सम्झौता पहिले नै घरेलु रूपमा उत्पादन गरिरहेका कम्पनीहरूलाई पुरस्कृत गरेर राष्ट्रपतिको व्यापार नीतिका लागि ठूलो जीत हुनेछ भने अमेरिकामा लगानी गर्न र घरेलु उत्पादन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्ने निर्माताहरूलाई एक मार्ग प्रदान गर्नेछ”, लुटनिकले भने ।

अमेरिकी अटो निर्माताहरूले परिवर्तनलाई स्वागत गरेका छन् ।

“अमेरिकी अटोमोटिभ उद्योग र हामीमाथि निर्भर रहेका लाखौँ अमेरिकीलाई सहयोग गरेकोमा हामी राष्ट्रपति ट्रम्पप्रति आभारी छौँ”, जनरल मोटर्सकी प्रमुख कार्यकारी मेरी बाराले भने । 

आन्दोलनरत शिक्षकहरुसँग छिट्टै सम्झौता हुन्छः प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बर्तौलाले शिक्षकहरुसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरुसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ । आज साँझ सम्ममा निकास निस्कनेमा आशावादी छु ।’

एउटा शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु अब सपना मात्र होः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु अब सपना मात्र हुने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले पटक –पटक व्यवस्था र सरकार फेरिँदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘सरकराले २८ सालमा आएको ऐन पटक पटक व्यवस्था फेरिए । पटक पटक सरकार फेरियो । तर जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउछु भन्नु पनि अब हामीलाई सपना जस्तो भएको छ ।’

उनले सरकारी कर्मचारीले राजनीति गर्न नपाइने व्यवस्था नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न नसक्ने भन्दै सबै भातृ संगठनहरु खारेज गर्नुपर्ने बताए ।

उनले भने, ‘आज जसरी पार्टीका शिक्षकहरु छन् पार्टीका विद्यार्थीहरु छन् । सबै भातृ संगठनहरु खारेज नै गर्नुपर्छ । किनकी सरकारी कर्मचारीले राजनीति गर्ने होइन । त्यो नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न सक्दैन ।’

सरकार आफ्नो असक्षमता लुकाउन दोष प्रतिपक्षीमाथि थुपारिरहेको छः सांसद शाही

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले आन्दोलनरत पक्षको माग सम्बोधन गर्न लाग्नुपर्नेमा रमिते बनेको आरोप लगकाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले शिक्षक, स्वास्थ्यकर्मी आन्दोलनमा रहेका तर सरकार रमिते बनेको आरोप लगाए ।

उनले भने, ‘शिक्षक, स्वास्थ्यकर्मी, सहकारीपीडित सडकमा छन् । कर्मचारी पनि सडकमा जाने तयारीमा छन् । राजावादीले अहिलेको व्यवस्थामाथि धावा बोलिरहेका छन् । तर सरकार रमिते बनेको छ ।’

सांसद शाहीले सरकारले प्रतिपक्षका कारण काम गर्न नसकेको भन्ने भाष्य बनाएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘सरकार आफ्नो असक्षमता लुकाउन दोष प्रतिपक्षीमाथि थुपारिरहेको छ । कि त यो सरकारले यी सबै काम पूरा गर्न सक्नुपर्छ । होइन भने सरकारले तत्काल राजीनामा दिनुपर्छ । नैतिक हिसाबले सरकारमा बसिरहने नैतिकता गुमाएको छ ।’

शिक्षकका मागकाबारेमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गराउन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले शिक्षकहरुको माग सम्बोधन गर्नका लागि संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलका निम्ति ‘रुलिङ’को माग गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विपक्षी दलले दर्ता गराएको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै आपत्ति जनाएका हुन् ।

पाण्डेले सरकार संसद् र आन्दोलन र अन्य मागबारे जवाफदेही नभएको बताए । उनले विद्यार्थीका परीक्षा अघि बढाउनुपर्ने बताए । पाण्डे प्रस्तावक रहेको प्रस्ताव सोमबार संसद सचिवालयमा दर्ता गरिएको थियो ।

घरायसी विवादमा म्याग्दीमा एक युवाले गरे श्रीमतीको हत्या

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी मंगलबार बिहान श्रीमतीको हत्या गरेका छन् ।

पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुन तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँ

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य मंगलबार ५०० रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एनआरएनको एकता महाविधेशनमा मेरो सहभागिता छैन : उपेन्द्र महतो

काठमाडौँ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनको एकता महाधिवेशनमा आफ्नो संलग्नता र सहभागिता नरहने घोषणा गरेका छन् ।

विज्ञप्ति जारी गरी महतोले अभियानलाई विचलित पार्नेगरी मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले त्यस महाधिवेशनमा आफ्नो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पारेका हुन् ।

उनले सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन पनि आग्रह गरेका छन् । सर्वोच्च अदालतद्वारा पुर्नस्थापित गैरआवासीय नेपाली संघको उच्च स्तरीय समितिले मे ३ देखि ५ मा एकताको महाधिवेशन गर्ने तयारी गरेको छ ।

सर्वोच्चले एनआरएनको उच्चस्तरीय समितिको पहिलो बैठक बसेको ६ महिनाभित्र एकताको महाधिवेशन गराउन आदेश दिएको छ । संस्थापक अध्यक्ष महतोले सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशन गर्न आवश्यक रहेको बताए ।

कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

सिरहा । सिरहाको लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो ।

यसका लागि सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा उक्त स्मारक व्यवस्थापनका लागि सहमति जुटेको हो ।

सहमतिअनुसार सडकको बीच भागमा रहेको सहिद स्मारक हाललाई करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवनको अगाडि स्थानान्तरण गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

“लामो प्रयास र निरन्तरको छलफलपछि चार लेन सडक विस्तारका लागि अवरोध नहोस् भन्ने उद्देश्यले सालिकलाई स्थानान्तरण गर्ने निर्णय भएको हो । अब यसमा कसैको अवरोध रहँदैन”, उनले भने, “सर्वपक्षीय सहमतिअनुसार सडक निर्माण सम्पन्न भएपछि उक्त सालिकलाई पुनः साविककै स्थानमा व्यवस्थित ढङ्गले पुनःस्थापना गर्न सकिने छ ।”

कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ठेक्का पाएर विगत चार वर्षदेखि काम गरिरहेको छ ।

यस क्रममा लहान बजारको मुख्य चोकमा ‘फ्लाइओभर’ र ‘अन्डरपास’ संरचना निर्माणका लागि सडकको बीच भागमा रहेको मधेस आन्दोलनका क्रममा सहिद भएका रमेश महतो, विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको सम्झनामा निर्मित स्मारकको कारण समस्या हुँदै आएको थियो ।

उक्त स्मारक व्यवस्थापन गर्ने सहमति जुटेसँगै अब सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्रगतिमा विकास गरिने निर्माण कम्पनीले जनाएको छ ।

कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिरहा)का प्राविधिक शाखाका सूचना अधिकारी तथा इञ्जिनियर सरोज कोइरालाको अनुसार बजार क्षेत्रअन्तर्गत मिर्चैयामा ‘ओभरपास’ निर्माणका लागि चाहिने २४ वटा पाइल फाउन्डेसनमध्ये १६ तयार भइसकेको छ ।

तर लहानको मुख्यचोकमा रहेको सहिदपार्क नहट्दा अहिलेसम्म एउटा पनि पाइल फाउन्डेसन निर्माणको कार्य सुरु भएको छैन ।

सूचना अधिकारी कोइरालाले भने, “उक्त सहिद स्मारक अन्यन्त्र सार्नका लागि लहान नगरपालिकालाई लामो समयदेखि ध्यानाकर्षण गराउँदै आएका थियौँ । हिजो उक्त स्मारकलाई त्यहाँबाट स्थानान्तरण गर्ने निर्णय भएसँगै अब तीव्रगतिका साथ सडक निर्माणको काम अघि बढ्छ ।”

उनका अनुसार यस आयोजनाको पश्चिम खण्ड कुशहाबाट कमलासम्मको ४७.४१ किलोमिटर सडक निर्माणको प्रगति विवरण हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको छ । सन् २०२५ डिसेम्बर ३१ सम्म यस आयोजना सम्मन्न गरिसक्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ ।

वर्षातले फूल्न लागेका स्याउका बोटमा असर

मुस्ताङ । वर्षातले मुस्ताङका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए ।

वर्षा भइरहँदा फुल्दै गरेका स्याउ बोटमा असर पुर्याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।

उनले भने, “गत वर्ष धेरै फूल फुलेर स्याउ उत्पादन बढी भएको थियो । यसवर्ष बोटमा सञ्चित इनर्जी निकै कम हुँदा फूल पनि निकै कम फुलेको थिए । फुलेका फूल पनि हावा र पानीले असर गर्यो । स्याउ बोटमा फूल धेरै फुल्न इनर्जी आवश्यकता पर्छ, बोटमा स्याउको फूल धेरै भए पनि अर्को वर्ष फूल फुलाउन स्याउ बोटले आवश्यक सञ्चित इनर्जी प्राप्त गर्न सक्दैन ।”

जिल्लामा गत वर्ष स्याउ उत्पादन राम्रो भएको केन्द्र प्रमुख आत्रेयले बताए । गत वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यसभन्दा अघिल्लो वर्षभन्दा सात सय ३४ मेट्रिक टन स्याउ उत्पादन वृद्धि भएको थियो ।

जिल्लाका स्थानीय जातका स्याउ बगैँचा बोटमा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउको बोटमा भने खासै असर नपुगेको केन्द्र प्रमुख आत्रेयले सुनाए ।

“हामीले कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैँचाका अवलोकन गरेका थियौँ, जहाँ स्थानीय जातका बोटमा फूल निकै कम देखिए पनि हाइब्रिड स्याउमा भने खासै असर परेको देखिएन ।” यस वर्ष स्थानीय जातका स्याउ कम फल्ने लक्षण देखिए पनि हाइब्रिड स्याउ उत्पादनमा कुनै असर नपर्ने केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।

जिल्लामा स्याउ उत्पादनका लागि मौसमसमेत प्रतिकूल बनेको छ । स्याउको फूल फुल्दै गरेको अवस्थामा निरन्तरको वर्षा र कुहिरोका कारण स्याउ बोटको फूलमा फल लाग्न बाधक बनेको हो ।

अगौटे जातका फलफूल यतिबेला फूल फुलेर फल लागिसकेका छन् । अगौटे जातलाई वर्षाले असर नपुर्याए पनि ढिलो फूल फुल्ने मध्यम जातका फलफूलखेतीलाई निरन्तरको वर्षा र कुहिरोले असर पुर्याउने केन्द्र प्रमुख आत्रेयले उल्लेख गरे।

यहाँ फरकफरक स्थानमा लगाएको स्याउ बगैँचामा तापक्रम घटीबढी हुँदा कुनै स्थानमा ढिलो फूल फुल्ने र कुनै स्थानमा फूल फुलेर फल लागिसकेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ । फूल लागेको स्याउ बोटमा वर्षाले असर नपुग्ने केन्द्रले जनाएको छ ।

यस वर्ष यहाँका स्याउ बगैँचामा फूल एकदमै कम फुलेकाले उत्पादन घट्ने लक्षण देखिएको थासाङ–१ टुकुचेका किसान सरोज तुलाचनले जानकारी दिए । उनले भने, “स्थानीय जातका स्याउ बोटमा असर पर्ने देखिए पनि उच्च घनत्वमा प्रविधिमा आधारित स्याउखेतीमा भने कुनै असर पर्दैन ।”

मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु

हेटौंडा ।  मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनले शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको बताए ।

त्रिभुवन आर्मी मनमोहन स्मृति क्रिकेटको फाइनलमा

मोरङ । विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ ।

विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको समुह ए अन्तरगत अन्तिम लिग खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई पाँच विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति वर्षा भएपछि २६ ओभरमा छोट्याएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले २४ दशमलव तीन बलमा सबै विकेट गुमाई ९६ रन बनाएको थियो ।

वागमतीका लागि कप्तान सिचिन लेखकले २४, प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाएका थिए । ९७ रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले १७ दशमलव तीन बलमा पाँच विकेट गुमाई विजयी भएको छ । आर्मीका निश्चल क्षेत्रीले ४६ रन, हिमांशु दत्तले १८ रन बनाएका थिए ।

मङ्गलबार समूह बीको पहिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लवबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

रातो मच्छिन्द्रनाथको रथारोहण

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ सोमबार ललितपुरस्थित मच्छिन्द्र बहालबाट बाजागाजासहित गुरूजुको पल्टनसहितको टोलीले ल्याएर पुल्चोकमा निर्माण गरिएको रथको सोमबार रथारोहण गरिएको छ ।

रथारोहण गरेको तीनदिन पछि रथ जात्रा सुरू हुनेछ । वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो । रातो मछिन्द्रनाथ जात्रा करिब एक महिनासम्म विभिन्न टोलमा घुमाउँदै सम्पन्न हुने छ ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

आफ्ना कमजोरी लुकाउन सबै कुरा भइरहेका छन्, गणतन्त्र जाँदैन ढुक्क हुन्नुस्ः कोइराला

काठमाडौं। नेपालको लोकतन्त्र र समाजवादको सुदृढीकरणका लागि विश्वेश्वरप्रसाद कोइराला (बरीपी) को आदर्श तथा सिद्धान्तहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले तिनको अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

बीपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालले आयोजना गरेको ‘बिपीको समाजवाद र स्थानीय सरकार’ पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा बिपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा वक्ताहरूले समाजवाद र उन्नत लोकतन्त्रका लागि बिपीका विचारहरू मार्गदर्शक हुने धारणा राखेका हुन् ।

कार्यक्रममा प्रथम राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रको स्थापनापछि सडक पूर्वाधार जस्ता क्षेत्रमा उल्लेख्य सुधार भए पनि समग्र अर्थतन्त्र र शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताए।

‘हाल गाउँ–गाउँमा राम्रा सडक बनेका छन्, ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा बिजुली सुविधा पुगेको छ । पछिल्लो दुई दशकमा धेरै गुणात्मक सुधार भएका छन्’, उनले भने, ‘तर अझै पनि अर्थतन्त्रका लागि धेरै चीज गर्न बाँकी छ । कृषि, उद्योग क्षेत्र धराशायी भएको छ । यसमा गम्भीर बनौँ ।’

बिपीले ग्रामीण जीवनको विकासलाई केन्द्रमा राखेर समाजवादको कल्पना गरेकाले अहिले पनि कृषि र ग्रामीण अर्थतन्त्र विकासलाई केन्द्रमा राख्न सके आर्थिक विकास सम्भव हुने डा. यादवको भनाइ छ । नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरणले समस्या सिर्जना गरेको पनि उनले उल्लेख गरे । यस्तै, नदीनाला तथा चुरे क्षेत्रको दोहन रोकेर पर्यावरणमैत्री विकास गरिनुपर्नेमा प्रथम राष्ट्रपति डा यादवको जोड थियो ।

मुलुकमा लोकतन्त्रको स्थापनाका लागि नेपाली कांग्रेस पार्टीको ठूलो योगदान रहे पनि कार्यकर्तामा त्यसको अपनत्व नरहेको उनको बुझाइ छ । प्रथम राष्ट्रपति यादवले नेपालको ऐतिहासिक उपलब्धिलाई देखाउन छुट्टै सङ्ग्रहालय स्थापना गर्न आवश्यक रहेकामा जोड दिए ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपीले परिकल्पना गरेको समाजवादको अवधारणाअनुसार केही पालिकाहरूलाई नमूना पालिकाका रूपमा अघि बढाउन सकिने योजना सुनाए। हाल सरकारमा रहेका व्यक्तिहरूले आफ्ना कमजोरी लुकाउनका लागि मात्रै यो व्यवस्था जान्छ कि भन्नेबारे देखावटी चिन्ता व्यक्त गरिरहेको डा कोइरालाको जिकिर छ ।

‘हामीले ल्याएको लोकतन्त्र जान्छ कि भनेर नेतृत्वले चिन्ता गर्दै छलफल गरेको देखियो तर त्यो आफ्नो कमीकमजोरीलाई लुकाउन मात्र छलफल गरेको हो’, उनले भने, ‘गणतन्त्र जाँदैछ, राजतन्त्र आउँदैछ भन्ने खतरा अहिले छैन । आफ्ना कमजोरी लुकाउन सबै कुरा भइरहेका छन् । गणतन्त्र जाँदैन ढुक्क हुन्नुस् ।’ नेता डा कोइरालाले विद्यमान संविधानमा केही कमजोरी छन् भनेर सबैले स्वीकारी सकेकाले यसलाई सुधार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले हाल देखिएका समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताए। पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले राजनीतिक दलका नेताहरूले देशको हितमा निर्णय गर्नुपर्ने नीति नै बिपीको नीतिको मूल सार रहेको उल्लेख गरे । मुलुकको अर्थतन्त्र बलियो हुन सके मात्र प्रजातन्त्र बलियो हुने उल्लेख गर्दै उनले ग्रामीण विकासलाई केन्द्रमा राखेर सरकारका नीतिहरू आउनुपर्ने बताए ।

नेतृ कोइरालाले राजनीतिक दल र सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरूले एकअर्कालाई गाली गर्ने मात्र नभई समस्याको तार्किक र उचित समाधान दिन सक्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले बिपीले सबैका कुरा सुन्ने गरेको स्मरण गर्दै हाल नेपाली कांग्रेसभित्र प्रश्न उठाउनेलाई सम्मान गर्ने र उठेका प्रश्नको जवाफ दिने परम्परा कमजोर हुँदै गएको बताए। आज पनि बिपीका सूक्ष्म चिन्तन र सिद्धान्तबाट प्रजातन्त्रलाई संस्थागत गर्ने तथा मुलुकलाई स्थायित्व दिने प्रयत्न गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल प्रहरीका ६३ जना एसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको सरुवा गरेको हो ।

१७ अर्ब भन्दाबढी अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैधरुपमा वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न ११ जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले १७ अर्ब, ८६ करोड, ७० लाख, ३९ हजार १०७ रुपैयाँको अवैध कारोबार गरेको खुलेको ब्युरोले जनाएको छ । उनीहरुले रेमिट्यान्सबापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा ट्रान्सफर गरेको देखिएको ब्युरोले जनाएको छ ।

अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

बेइजिङ। चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार युद्धमा ‘इतिहासको सही पक्षमा’ रहेको बताएका छन् ।

जनवरीमा राष्ट्रपति पदमा फर्केपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा १० प्रतिशत भन्सार शुल्क र चीनबाट आउने धेरै उत्पादनहरूमा छुट्टै एक सय ४५ प्रतिशतको भन्सार शुल्क लगाएका छन् ।

बेइजिङले अमेरिकी वस्तुहरूमा आफ्नै एक सय २५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको छ ।

बेइजिङमा एक पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ आर्थिक योजनाकार झाओ चेन्सिनले बेइजिङ ‘इतिहासको सही पक्षमा’ रहेको बताए । पत्रकार सम्मेलनमा अधिकारीहरूले गतिरोधको प्रभावबाट चीनको कमजोर अर्थतन्त्रलाई बचाउन थप कदमहरू चाल्ने प्रतिबद्धता जनाएका थिए ।

“हामी दृढतापूर्वक विश्वास गर्छौं कि यदि तपाईं विश्व र सत्यको विरुद्ध हुनुहुन्छ भने तपाईंले आफूलाई मात्र अलग्याउनु हुनेछ”, झाओले भने, “विश्वसँग र नैतिकतासँग यात्रा गरेर मात्र हामी भविष्य जित्न सक्छौँ ।”

वासिङ्टनको ‘एकपक्षीय र धम्कीपूर्ण व्यवहार’ को निन्दा गर्दै उनले भने, “संयुक्त राज्य अमेरिकाले हावामा कार्ड खेल्छ, धम्की दिन्छ र आफ्नो शब्दमा फर्कन्छ ।”

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आइतबार ट्रम्पको हलचल मच्चाउने भन्सार शुल्क नीतिको बचाउ गरे । उनले यसलाई ‘रणनीतिक अनिश्चितता’ सिर्जना गर्ने माध्यमका रूपमा बताए ।

दर्जनौँ देशले वासिङ्टनसँग सम्झौता गर्न र उच्च, देश–विशिष्ट दरहरूबाट बच्न जुलाईमा समाप्त हुने ९० दिनको समयसीमा सामना गर्नुपरेको छ ।

यद्यपि बेइजिङले ‘अन्त्यसम्म’ व्यापार युद्ध लड्ने वाचा गरेको छ र वासिङ्टनसँग वार्ता गरिरहेको अमेरिकी दाबीलाई अस्वीकार गरेको छ ।

तर उसले विश्वव्यापी आर्थिक परिवर्तनहरूले लामो समयदेखि निर्यातमा निर्भर आफ्नो अर्थतन्त्रलाई तनाव दिएको स्वीकार गरेको छ ।

“बाह्य दबाबहरू बढ्दै छन्”, चीनको श्रम मन्त्रालयका यु जियाडोङले सोमबार भने, “अमेरिकाले लगातार उच्च–भन्सार शुल्क उपायहरू लागू गर्नाले केही निर्यात–उन्मुख कम्पनीहरूका लागि उत्पादन र सञ्चालन चुनौतीहरू सिर्जना गरेको छ र केही कामदारहरूको रोजगारीमा प्रभाव पारेको छ ।”

– सी र ट्रम्पबीच हालै ‘कुनै फोन कल’ भएको छैन –

यसैबीच बेइजिङले सोमबार राष्ट्रपति सी जिनपिङ र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच हालै ‘कुनै फोन कल’ नभएको जोड दिएको छ । ट्रम्पले चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको बताएपछि बेइजिङको यस्तो टिप्पणी आएको हो ।

विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ट्रम्पले चिनियाँ वस्तुहरूमा लगाएको भन्सार शुल्कले सुरु भएको बढ्दो प्रतिशोधात्मक व्यापार लडाइँमा अल्झिएका छन् । यो धेरै उत्पादनहरूमा एक सय ४५ प्रतिशतसम्म पुगेको छ ।

अप्रिल २२ मा टाइम म्यागजिनसँग गरिएको र शुक्रबार प्रकाशित अन्तर्वार्तामा ट्रम्पले बेइजिङले कडा व्यापार विवादमा दुई देशबीच कुनै सम्पर्क भएको अस्वीकार गरे पनि चिनियाँ नेता सीले आफूलाई फोन गरेको दाबी गरे ।

अमेरिकी राष्ट्रपतिले कल कहिले भएको थियो वा के कुरा भएको थियो भनेर खुलाएनन् ।

“जहाँसम्म मलाई थाहा छ, हालै दुई राष्ट्र प्रमुखबीच कुनै फोन कल भएको छैन”, सोमबार टिप्पणीको बारेमा सोधिएको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, “चीन र संयुक्त राज्य अमेरिकाले भन्सार शुल्क मुद्दाहरूमा परामर्श वा वार्ता गरिरहेका छैनन् ।”