`

संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्ति विवादको सुनुवाइ हेर्दाहेर्दैमा

Nepal One HD ३ वैशाख २०८२ १८:२६
प्रमुख खबर

काठमाडौं । ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ बुधबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो । सो विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

२०७७ पुस १ गते अधिवक्ता ओमप्रकाश अर्यालले यी ५२ जनाकै नियुक्ति गैरकानुनी भन्दै बदर गर्न माग गरेर रिट दायर गरेका थिए । गत ३० माघबाट यस रिटमा सुनुवाइ चलिरहेको छ । बुधबार पनि संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेर यही वैशाख ७ गते आइतबारको पेसी तोकेको छ ।


प्रतिक्रिया