`

प्रतिपक्षी दलले सरकार ढलोस् भन्नु स्वाभाविक नै हो, तर ढल्दैनः प्रवक्ता महत

Nepal One HD ४ वैशाख २०८२ १३:३१
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका विपक्षमा नबोल्न नेताहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार आफ्नै निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा सभापति देउवाले असन्तुष्टि भए पार्टीमा राख्न तर बाहिर सरकारको विपक्षमा नबोल्न नेताहरूलाई निर्देशन दिएका हुन् ।

बैठकमा सभापति देउवाले सरकारका कामकारबाहीबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी भइरहेको र सात बुँदे सहमतिप्रति प्रतिवद्ध रहेको बताएको एक नेताले जानकारी दिए ।

बैठकमा सरकारको कामकारबाहीका विषयमा पनि छलफल भएको थियो । बैठकले सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले सत्तारुढ दलबीच समन्वय हुनुपर्ने र डेलिभरी दिनसक्नुपर्ने विषयमा समेत छलफल भएको बताए ।

उनले भने, ‘सत्ता गठबन्धन दलहरुबीच समन्वयको आवश्यकता छ। सबैको कुरा समेट्नुपर्ने छ। नियुक्तिमा पनि सन्तुलन मिलाउनुपर्छ । गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलले चाहेजस्तो हुँदैन ।’

प्रवक्ता महतले प्रचण्डले भनेकै आधारमा सरकार बन्ने र ढल्ने नहुने बताए । उनले भने, ‘प्रतिपक्षी दलले सरकार ढलोस् भन्नु स्वाभाविक नै हो । तर उहाँले भनेका आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’


प्रतिक्रिया