`

जेन-जी आन्दोलनमा ज्यान गुमाएका क्रिकेटर सुलभ श्रेष्ठप्रति श्रद्धान्जली अर्पण

Nepal One HD ३१ भदौ २०८२ २०:३०
खेलकुद

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठप्रति आज श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।

राखेप सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेप सदस्य जगतसिंह धामी, खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी, ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्टलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

आन्दोलनका क्रममा घाइते फुटबलर पवन शाहीसहित सम्पूर्णको शीघ्र स्वास्थ लाभको कामना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *