`

रुकुम–पूर्व र बागलुङको सीमामा भूकम्पको धक्का

Nepal One HD १ असोज २०८२ २१:१२
समाज

काठमाडौँ । रुकुम–पूर्व र बागलुङ जिल्लाको सीमा नजिकैको पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ भूकम्प गएको छ ।

रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ८ बजेर २५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सो क्षेत्र र आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। यद्यपि, यसबाट कुनै ठुलो क्षति भएको खबर भने आएको छैन ।

यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *