प्रधानमन्त्रीले बोलाएको बैठकले संसद पुन:स्थापनाको मागको औचित्य पुष्टी गर्यो : बर्तौला
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले प्रधानमन्त्रीले आज बोलाएको बैठकले संसद पुन:स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्यता पुष्टि गरेको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा बर्तौलाले लेखेका छन्- ‘मुलुकमा बिद्यमान जटिल परिश्थितिको संवैधानिक निकासका लागि तत्काल संसद पुनर्स्थापना गर्ने मागको संवैधानिक र कानुनी आवश्यकता मात्रै होइन ब्यवहारिक र राष्ट्रिय सान्दर्भिकता तथा औचित्यता समेत सुदृद ढङ्गले पुष्टी भएको छ । ‘ साथै उनले सोमबार प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको सर्वदलिय बैठकले आगामी फागुन २१ मा निर्वाचन नहुने घोषणा गरेको पनि दाबी गरेका छन् ।
बर्तौला भदौ २३ र २४ गतेको आन्दोलनपछि विघटित भएको प्रतिनिधिसभाका सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक हुन् ।
बर्तौलाले लेखेको स्टाटसको पुरै अंश:
‘प्रधानमन्त्रीले आज बोलाएको बैठकले नै संसद पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्यता पुष्टी गरेको छ। निर्वाचन को मिति आउन जम्मा ७२ दिन मात्रै बाँकी रहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज भएको बैठकमा नेकपा एमालेको तर्फबाट म पनि सहभागी थिएँ । तर राजनितिक दल, नागरिक समाज र निर्वाचन आयोग समेतलाई सहभागी गराएर प्रधानमन्त्री ज्युले बोलाएको उक्त बैठकमा प्रस्तुत गरिएको सरकारी प्रस्तावले नै फागुन २१ गते निर्वचान हुँदैन र गर्दैन भन्ने कुरा औपचारिक रुपमै घोषणा भएको छ । यसले मुलुकमा बिद्यमान जटिल परिश्थितिको संवैधानिक निकासका लागि तत्काल संसद पुनर्स्थापना गर्ने मागको संवैधानिक र कानुनी आवश्यकता मात्रै होइन ब्यवहारिक र राष्ट्रिय सान्दर्भिकता तथा औचित्यता समेत सुदृद ढङ्गले पुष्टी भएको छ । खेल प्रारम्भ भएको ह्विसल बजिसके पछि खेलाडी को अनुहार हेर्दै पाइलै पिच्छे सर्वस्विकार्यता बिपरित नियमहरु अदलबदल हुन सक्दैन । त्यो खेलको स्वच्छता , निष्पक्षता र निर्भयता का लागी होइन र हुन सक्दैन ।’
