प्रतिनिधिसभा सदस्य निर्वाचनः आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू गरिएको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि निष्क्रिय हुने निर्णय गरेको छ।
निर्वाचन आयोग का प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले सोमबार बसेको बैठकबाट यस्तो निर्णय गरेको हो।
आयोगले गत माघ ४ गते राति १२ बजेदेखि राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले आचारसंहिता लागू गरेको थियो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त आचारसंहिता लागू गरिएको थियो।
गत माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो भने फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन सम्पन्न भइसकेपछि आयोगले आचारसंहिता आज रातिदेखि लागू नहुने निर्णय गरेको जनाएको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा माघ ४ गतेको निर्णयअनुसार सोही दिन राति १२ बजेदेखि आचारसंहिता लागू भएको र अब आज रातिदेखि निष्क्रिय हुने उल्लेख गरिएको छ ।
