`

धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र

Nepal One HD २६ फागुन २०८२ ९:४७
निर्वाचन विषेश

धनुषा । धनुषा १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको मुद्दा अदालतमा चलिरहेको बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उठेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

नेकपाका कार्यकर्ता तथा समर्थकहरूको व्यापक दबाबपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो । निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरे पनि उनलाई आएको मतको लगत राख्न भनेको थियो ।तर त्यसको अर्को दिन पुनः अर्को पत्र जारी गर्दै निर्वाचित भएकालाई प्रमाणपत्र उपलब्ध नगराउन र मतगणनाको परिणाम सार्वजनिक नगर्न आदेश दिएको थियो ।

मातृकाप्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले ९ हजार ४८५ र नेकपा (एमाले) का रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका थिए । रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भए पनि उनको चुनाव चिन्हमा झन्डै मातृका भन्दा दोब्बर मत परेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *