एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि
प्रमुख खबर
काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुदैछ ।बैठक आज बिहान ११ बजे बस्नेछ । बैठक १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ।
उनका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।
यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
