निजामती कर्मचारीहरुले राज्य व्यवस्था समितिका सभापतिलाई बुझाए ११ बुँदे ज्ञापनपत्र


काठमाडौँ । निजामती कर्मचारीहरू ११ बुँदे माग राखेर संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेका छन् ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका पदाधिकारी ११ बुँदे माग राखे समितिमा पुगेका हुन् ।
नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालसहितको टोलीले समितिका सभापति रामहरि खतिवडालाई भेटेर ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।
ज्ञापनपत्रमा समितिले गठन गरेको उपसमितिले संयुक्त ट्रेड युनियनवाट पटक–पटक उठान गरिएका विषयवस्तु समावेश नगरी समितिमा प्रतिवेदन पेस गरेकाले गम्भीर आशंका भएको उल्लेख छ ।
साथै ट्रेड युनियनको व्यवस्था, कुनै पनि पदमा ५ वर्ष सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि, अस्थायी करारमा काम गरेक कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्नेलगायतका माग उनीहरुले राखेका छन् ।


