एमालेले सडकमा मनायो ‘गणतन्त्र उत्सव’

NepalOne १५ जेठ २०८२ १३:४३
प्रमुख खबर

काठमाडौँ । नेकपा एमालेले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा मनाएको छ र एमालेले सातदशक लामो बलिदानपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रुपमा मनाएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक वेशभूषामा पार्टीका कार्यकर्ता सांस्कृतिक झाकीसहित र्याली भृकुटीमण्डमा पुगेर उत्सवमा सहभागी भएको थियो ।

यही जेठ ११ गतेको नेकपा एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया