`

‘राष्ट्रिय जेनजी पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोग निवेदन दिएको छ । यो पार्टीको अध्यक्षमा हिराप्रसाद सेती रहेका छन् । दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ छ । पार्टीको सिद्धान्त र नीतिमा राजनीतिक दर्शनका रूपमा सामाजिक उदारवाद लाई अंगीकार गर्ने भनिएको छ । युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भहरूका रूपमा उल्लेख गरिएको छ ।

दलको विधानमा कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी वहन गर्न पाउने भनिएको छ । पार्टीको संघीय कार्यालय अनामनगर काठमाडौंमा रहेको रहेको उल्लेख छ । पदाधिकारी संरचनामा प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य छन् । अध्यक्ष हिरा प्रसाद सेती, उपाध्यक्षमा मुना बिक, महासचिवमा गोपाल आचार्य, सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान, होम श्रेष्ठ रहेका छन् ।

 

तिहार लागेसँगै सुनसान बने उपत्यकाका सडक

काठमाडौं । तिहार शुरु भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिन थालेका छन् । आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ । तिहारमा केही काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु गाउँ फर्किएका छन् भने कोही कार्यालय बन्द हुँदा घरमै आराम गरिरहेका छन् । जसकारण पनि उपत्यकाका सडकमा सुनसान देखिन्छ । सडकमा सवारीसाधनहरुको चाप धेरै कम रहेको छ । मानिसहरु बजारमा सामान किनमेलमा व्यस्त देखिन्छन् । तिहार नेपालीहरुको बडा दशैँपछिको दोस्रो ठूलो चाड हो । —न्युज एजेन्सी नेपाल

जापानिज इन्सेफलाइटिसबाट दुई महिनामा चारको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ। गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिस जिल्लाको हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए।

मृतकहरू बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरूको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको र त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उनले बताए। ‘संक्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमुना काठमाडौँ पठाउनुपर्छ’ उनले भने, ‘नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ।’

जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म जम्मा १४ जना संक्रमित भएका जनाउँदै तिवारीले संक्रमितमध्ये ९ जना पूर्ण निको भएका, एक जना उपचाररत रहेका तथा चार जनाको मृत्यु भएको तिवारीले जानकारी दिए। उनले भने, ‘जापानिज इन्सेफलाइटिस संक्रमित व्यक्तिलाई सिधैँ मष्तिष्कमा असर गर्ने भएकाले उनीहरूको अवस्था गम्भीर बन्न थाल्छ र उनीहरूको मृत्यु हुने सम्भावना बढी हुन्छ।’

संक्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका–६ जना, मध्यविन्दु नगरपालिकाका चार जना तथा हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक/एकजना रहेका उनले बताए।

हाँस, कुखुरा, चराचुरुङ्गी र सुङ्गर–बङ्गुरजस्ता जनावरलाई टोकेका संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने बताउँदै तिवारीले यो रोग मानिसबाट मानिसमा भने नसर्ने जानकारी दिए।

आजपनि बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा रु ३०० बढेको छ ।

आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला रु दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला रु पाँचले बढेर तीन हजार २८० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

पूर्व माओवादी लडाकु डायमण्ड रूसी सेनाको ‘सर्जेन्ट’ पदमा बढुवा, युक्रेन युद्धको अग्रमोर्चामा

काठमाडौं । नेपालको माओवादी जनयुद्धमा दशकौं सक्रिय भूमिका खेलेका डायमण्ड अहिले एक फरक भूमिकामा छन्–उनी अहिले रूसको युक्रेनविरुद्धको युद्धमा अग्रपंक्तिमा लडिरहेका छन्, रूसी सेनामा ‘सेक्सन कमाण्डर’ का रूपमा । म्याग्दी घर भएका डायमण्डले हालै सामाजिक सञ्जालमार्फत् आफू रूसी सेनामा सर्जेन्ट (सेक्सन कमाण्डर) पदमा बढुवा भएको जानकारी दिएका छन् । उनका अनुसार, झण्डै दुई वर्षअघि उनी जुनियर सर्जेन्टका रूपमा रूसी सेनामा भर्ती भएका थिए । अहिले उनलाई ‘प्राइमरी एसल्ट सेक्सन’ को कमाण्ड दिइएको छ, जुन युक्रेनविरुद्धको युद्धको अग्रभागमा खटिने खण्ड हो ।

जनयुद्धदेखि रूसी फौजसम्मको यात्रा
डायमण्डले माओवादीको जनमुक्ति सेनामा ‘बटालियन सह–कमाण्डर’को भूमिका निभाएका थिए । वि.सं २०६८ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला भएको सेना समायोजन प्रक्रियामा उनले स्वेच्छिक अवकाश लिएका थिए । अवकाशपछि केही समय मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपामा सक्रिय रहे पनि पछि २०७१ सालमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा प्रवेश गरेका थिए र म्याग्दी जिल्लाको सेक्रेटरीसम्म बने । उनको जीवनको मोड त्यतिबेला आयो जब उनले पारिवारिक जिम्मेवारी, अधुरो सपना र देशभित्रको निराशाले थिचिएर वैदेशिक विकल्प रोजे । उनले अवैधानिक माध्यमबाट रूस यात्रा गरेका थिए र त्यसपछि रूसी फौजमा भर्ती भएका थिए ।

असन्तुष्टि र विकल्पको खोजी
डायमण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिलेकाहीँ जीवनमा देखेको सपना पूरा हुन्न, बरु नदेखेको सपना पूरा हुन्छ ।’ उनले नेपालमा माओवादी आन्दोलनपछि आश गरेका परिवर्तन नआएको र नेतृत्वप्रति गहिरो असन्तुष्टि रहेको खुलासा गरेका छन् । ‘हिजो १० वर्षे जनयुद्धको एक योद्धा, आज लेनिनको देशमा पुटिनको सिपाही बनेर युक्रेनविरुद्धको कठिन लडाइँ लड्दैछु’, उनले लेखेका छन् ।

युद्धमा जीवन
सेक्सन कमाण्डर बनेपछि डायमण्ड अब युक्रेन युद्धको अग्रपंक्तिमा छन् । उनले प्राइमरी एसल्ट सेक्सनलाई नेतृत्व गर्दै युद्धको सबैभन्दा खतरनाक मोर्चामा खटिनु पर्ने हुन्छ । उनकी श्रीमती प्रेरणा सिर्पाली पनि माओवादी जनयुद्धमा सहभागी लडाकु थिइन् ।
डायमण्डको यो यात्रा नेपाली जनयुद्धबाट अन्तर्राष्ट्रिय युद्धमा पुगेको एउटा दुर्लभ उदाहरण हो, जसले माओवादी आन्दोलनबाट निस्किएका कतिपय लडाकुहरूको वर्तमान अवस्थाको जटिलता उजागर गर्छ ।

हेर्नुस् डायमण्डको स्टाटस

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ । आगामी मंसिरमा हुने एनपीएल भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ ।

रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०-३० टनका हाइमास्ट लाइट जडान भइरहेको छ  ।

 

स्नेहा केयरमा कुकुर तिहारको माया हरेक दिन

काठमाडौँ । आज बिहानैदेखि देशभरका घर–आँगनमा कुकुरहरूलाई फूलको माला लगाइँदैछ, मिष्ठान्न खुवाइँदैछ र टीका लगाइँदैछ। आजको दिन सबैजना कुकुरलाई सम्मान र प्रेमका साथ मनाउँदैछन् – सडकदेखि समाजिक सञ्जालसम्म ‘ह्याप्पी कुकर तिहार’ का शुभकामना छरिएका छन्।

आज कुकुर तिहार हो, वफादारी र मित्रताको प्रतीकको पर्व। तर प्रश्न उठ्छ – के यो माया केवल आजकै दिनका लागि हो? भोलिदेखि पुनः तिनै सडकका कुकुरहरू, तिनै लात्ती र ढुंगाका चोटहरू, अनि तिनै उपेक्षित नजरहरूमा फर्किँदैनौं हामी?

ठ्याक्कै यही सोचले २०१४ मा स्नेहा श्रेष्ठलाई भित्रदेखि हल्लायो। आफ्नै घरको कुकुरलाई छिमेकीले विष खुवाएर मारेपछि, न्यायका लागि उनले प्रहरीमा पुगेकी थिइन्। तर पुलिस स्टेशनमा उनको निवेदन दर्ता नै भएन। “त्यो दिन मलाई बुझियो, जनावरका लागि बोल्ने कोही छैन,” स्नेहा सम्झिन्छिन्, “मेरो दुःखलाई सुन्ने कोही थिएन। त्यसपछि मैले ठानें, अरूको पीडा सुन्ने मान्छे त म नै बन्छु।”

त्यही पीडाबाट सुरु भयो स्नेहा केयर । एउटा यस्तो आश्रय जसले आजसम्म २५,००० भन्दा बढी जनावरको उद्धार र उपचार गरिसकेको छ। चोभारस्थित यो सानो संसार अहिले २०० भन्दा बढी जनावरहरूको घर बनेको छ -जसमा १८२ कुकुर, ७ भैँसी, ५ सुंगुर, ७ बोकाहरू र १८ गाई–गोरुहरू छन्।

स्नेहा भन्छिन्, “पहिले त मानिसहरू सडकका कुकुरहरूलाई विष खुवाउँथे, ढुंगा हान्थे। अहिले कम्तीमा चेतना बढ्दैछ, तर अझै पनि जनावरको न्यायका लागि हामी धेरै पटक सरकारी ढोकाहरू ढकढक्याउँछौं।” उनले सम्झिन्छिन् कि एकपटक कीर्तिपुरमा भएको घटनामा, “एउटा कुकुरलाई मार्ने प्रयास गरियो, उसको आँखा नै निकालियो। हामी निवेदन लिएर प्रहरीमा गयौं, तर दर्ता नै भएन। उल्टै हाम्रो शेल्टरलाई घेरियो। सांसदसम्मका फोन आउँथे — सेल्टर बन्द गरिदिन्छौं भनेर।” तर स्नेहा पछि हटिनन्। “मान्छेको लागि यस्तो घटना भए आन्दोलन हुन्थ्यो, तर जनावरको पीडा सामान्य ठानिन्छ,” उनी भन्छिन्, “किन यस्तो दोहोरो मापदण्ड?”

स्नेहा केयर अहिले केबल उद्धार मात्र होइन, कानुनी अधिकारका लागि पनि सशक्त वकालत गर्छ। उनीहरू नियमित रूपमा कानुन निर्माणको माग गरिरहेका छन्। “सन् २०३० सम्म रेविज समाप्त गर्ने लक्ष्य भनिएको छ, तर व्यवहारिक कदम कहिल्यै देखिन्न,” स्नेहा भन्छिन्।

“माया भनेको सबै जनावरका लागि हो”
स्नेहा केयरको अर्को ठूलो पहल हो प्लान्ट-बेस्ड जीवनशैलीको प्रचार। उनी भन्छिन्, “हामीले आफ्नो स्वादका लागि जनावर मर्न दिनुहुन्न। हाम्रो स्वार्थका लागि कसैको ज्यान लिनु ठीक होइन।” उनी हाँस्दै थप्छिन्, “हामी सानैदेखि सिकाइन्छ — अण्डाबाट प्रोटिन, मासुबाट शक्ति, दूधबाट क्याल्सियम… तर कसैले पनि सिकाउँदैन — दयालु बन्नु पनि सिक्नुपर्छ।”

त्यही सोचका कारण स्नेहा केयर विद्यालय र समुदायहरूमा गएर ४५ मिनेटका सेसनहरू चलाउँछ। विद्यार्थीहरूलाई जनावरको महत्त्व बुझाउने, कविता र कला प्रतियोगिता गराउने, अनि माया र करुणाको सन्देश फैलाउने।
“हामी कला र कविता मार्फत पनि करुणा फैलाउँछौं,” स्नेहा भन्छिन्। “किनभने माया भन्ने कुरा किताबबाट होइन, मनबाट सिकिन्छ।”


“कुकुर तिहार हाम्रो लागि धेरै विशेष दिन हो”
स्नेहा मुस्कुराउँदै भन्छिन्, “आज हामीले सेल्टरमा बिहान १० बजेदेखि कुकुर तिहार विशेष कार्यक्रम राखेका छौं। धेरै मानिसहरू आउँदैछन्।” तर उनी तुरुन्तै थप्छिन्, “तर म चाहन्छु — यो प्रेम आजकै लागि सीमित नहोस्। कुकुर तिहार केवल एउटा दिन होइन, एक भावना हो। हरेक दिन करुणा देखाउन सक्नु नै साँचो श्रद्धा हो।”

स्नेहा केयरका हाल करिब २३ जना स्टाफ छन् — चिकित्सक, टेक्निसियन, प्रोजेक्ट अफिसर, कम्युनिकेशन अफिसरदेखि लिएर सरसफाइमा काम गर्ने आठ–नौ जनासम्म। यो सानो टोलीले दैनिक रूपमा सयौं जनावरहरूको हेरचाह गर्छ।


स्नेहा भन्छिन्, “हामीले हरेक दिन जनावरका लागि बोल्न सकेौं भने, एकदिन यस्तो समाज बन्न सक्छ जहाँ कुनै पनि प्राणीले दुखका आँसु खसाल्नुपर्दैन।”

मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा

काठमाडौं । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा नरेफाँटका २६ वर्षीय सञ्जु विक, अनु भनिने उर्मिला विक, सरु भनिने सरस्वती भण्डारी, २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ । उनीहरूमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

असोज ९ गते आँचलले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाएकी थिइन् । गम्भीर रूपमा घाइते भएपछि सञ्जुले उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । उपचारका क्रममा चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

टिकटकमार्फत सञ्जुसँग चिनजान भएकी आँचल सरस्वती भण्डारीसँग केही समयदेखि विवाद रहेको भन्दै उनका भिनाजु प्रकाशनाथ योगीले दिएको जाहेरीमा उल्लेख छ । सोही विषयमा आँचललाई गाली गलौज गरिएको र उनले सहन नसकी आत्महत्या गरेको योगीको दाबी छ । केही म्युजिक भिडियोमा देखिएकी आँचल मोडलिङमा समेत सक्रिय थिइन् । दुई वर्षअघि जापानी भाषा अध्ययन गर्न गाउँबाट काठमाडौं आएकी उनी भक्तपुरमा डेरा लिएर बस्दै आएकी थिइन् ।

भैरव बाहन गुल्ममा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरु)

काठमाडौँ । भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार मनाइएको छ ।

त्यस क्रममा सैनिक कुकुरहरूको पूजा तथा डग कला प्रदर्शन गरिएको थियो।

पहिलो सगरमाथा आरोही दलका सदस्य कान्छा शेर्पाको अन्त्येष्टि

काठमाडौं । पहिलो सगरमाथा आरोहण दलको सदस्य कान्छा शेर्पाको आज टेकु दोभानस्थित चिन्तामणि घाटमा अन्त्येष्टि गरिएको छ । कपनस्थित निवासमा ९२ वर्ष उमेरमा निधन भएका शेर्पाको पार्थिव शरीरमा शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाउनुका साथै सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।

सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गर्दा उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा ८ हजार मिटरको उचाइमा पुगेका थिए । शेर्पा हालसम्म सो आरोहण दलको एक मात्र जीवित सदस्यका रूपमा रहेका थिए ।

सुत्केरीको हवाई उद्धार

संखुवासभा । सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि संखुवासभाको मकालु गाउँपालिका– ३ की २९ वर्षीया सीता तामाङको हवाई उद्धार गरिएको छ । पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य अवस्था जटिल भएपछि आज (सोमबार) बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगरस्थित कोशी अस्पतालमा लगिएको हो ।

आइतबार बेलुका उनी सो चौकीमा गएकी थिइन् । स्वास्थ्यकर्मीले उनको परीक्षणका क्रममा नवजात शिशुको अवस्था जटिल देखिएको जनाउँदै तत्काल ‘रिफर’ गरेका थिए । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार आज बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट हेलिकोप्टरमार्फत गर्भवती तामाङको उद्धार गरिएको हो । थपलियाले भनिन्, ‘समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो ।’ राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत तामाङलाई विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको हो । रासस

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं। नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ । यस अवसरमा कुकुरहरूलाई माला, टीका र विशेष भोजन अर्पण गरेर पूजा गरिन्छ ।

कार्यक्रममा प्रहरी ह्यान्डलरहरूले सेवा कुकुरहरूको आज्ञापालन जस्ता प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरिएको थियो। विजेता कुकुरलाई पदक र पुरस्कार प्रदान गरिन्छ ।

पाँच दिने हिन्दु पर्व तिहारको दोस्रो दिन पर्ने कुकुर तिहारले नेपालमा मानव र कुकुरबीचको निष्ठा र आध्यात्मिक सम्बन्धको प्रतीकका रूपमा मनाइन्छ ।

डेंगु भएर भारत गएको थिएँ, श्रीमतीलाई ट्रमा भयो : पूर्व ऊर्जामन्त्री खड्का

काठमाडौं । तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले आफू डेंगु संक्रमणका कारण ११ दिन भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्किएको बताएका छन् । आफू र बच्चालाई डेंगु भएका कारण तराई हुँदै भारतको मेदान्त अस्पताल गएर उपचार गराएको रेकर्ड अहिले पनि आफूसँग रहेको उनले बताए । आफू र बच्चा बिरामी हुनु र आफ्नाविरुद्ध भ्रामक समाचार सार्वजनिक भएपछि अहिले पनि श्रीमती ट्रमामा रहेको पनि उनले बताएका छन् ।

उनले भने, ‘बिरामी भएपछि उपचारका लागि भारतमा गएँ । डेँगु भएछ । ११ दिन मेदान्त अस्पतालमा बसेको रेकर्ड छ । बच्चा पनि सँगै थियो बच्चालाई पनि भएछ ।’ आफ्नाविरुद्ध गृहमन्त्री ओमप्रकाश अर्यालले र विभिन्न मिडियाहरूले भ्रामक कुराहरू गरिरहेको भन्दै उनले दुःख पनि व्यक्त गरे ।

उनले २४ गते आन्दोलनकारीहरु घरको ढोकामा नै पुगेपछि आफूलाई अंगरक्षकहरुले बाहिर निकालेको पछि सेनाको ब्यारेकमा बसेको बताए । सेनाको क्याम्पबाट निस्केर ३, ४ दिन आफू तराईतिर बसेको उनको भनाई छ । तराईबाट आफू उपचारका लागि भारत गएको पनि बताए । गृहमन्त्री र मिडियाले नै समाजलाई भ्रममा पारेर आफ्ना विरुद्ध अफवाह फैलाएको उनको गुनासो थियो । उनले गृहमन्त्री र मिडियाहरू आफ्ना विरुद्ध लागेर कसका लागि काम गरिरहेका छन् भन्दै प्रश्न पनि गरे ।

मन्त्री पुनले भने–मसँग पनि ‘रोलेक्स’ छ है साथीहरु, लगाएको भए त बर्बादै हुने रहेछ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हालै सामाजिक सञ्जालमा चर्चामा रहेको ‘रोलेक्स घडी’ प्रकरणमा व्यंग्यात्मक टिप्पणी गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लगाएको घडीलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि मन्त्री पुनले आफूसँग पनि ‘रोलेक्स’ घडी भएको भन्दै व्यंग्य गरेका हुन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले आफूलाई ताप्लेजुङका एक वृद्ध दम्पतीले उपहार दिएको घडीको तस्बिर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरु । यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङमा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनुभयो ।’

उनले आफूलाई ‘भट्भटे मन्त्री’ भन्दै लेखेका छन्, ‘मैले लगाएर हिँडेको भएता बर्बादै हुने रहेछ नि । धन्न झोलामा राखेर बचिएछ ।’ उनले तीन वर्षअघि बेलायतमा बस्ने एक साथीले दिएको रोलेक्स घडी फेसबुकमै बेचिदिएको तर यो घडी भने तत्काल नबेच्ने बताएका छन् । केही दिनअघि सञ्चारमन्त्री जगदीश खरेलले करोडौं मूल्य पर्ने ‘रोलेक्स’ घडी लगाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । मन्त्री बनेलगत्तै महँगो घडी लगाएको भन्दै प्रश्न उठेपछि मन्त्री खरेलले उक्त घडी ‘रोलेक्स’ नभई आफ्नो दाइको पुरानो ‘रोस्टर’ ब्रान्डको भएको स्पष्टीकरण दिएका थिए । यही प्रसंगलाई लिएर मन्त्री पुनले सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।

हङकङ धावन मार्गबाट चिप्लिएर समुद्रमा खस्यो विमान

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) एउटा कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खसेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उनीहरू ग्राउन्ड स्टाफ थिए । उनीहरूको गाडीसँग ठोकिँदै विमान समुद्रमा खसेको हो। सँगै गाडी पनि समुद्रमा खसेको छ ।

जहाजमा रहेका सबै चार जना चालक दलका सदस्य भने बाँच्न सफल भएका छन् । उनीहरूलाई अस्पताल लगिएको छ । दुर्घटना सोमबार स्थानीय समयअनुसार बिहान ३ः४० बजे भएको हो । दुबईबाट हङकङ एमिरेट्सको उडान ईके ९७८८ दुर्घटनामा परेको हो ।
विमान टर्किस कार्गो एयरलाइन्स एयर एसीको बोइङ ७४७–४८१ थियो । दुर्घटनाका विषयमा विमानस्थल प्राधिकरणले सोमबार बिहान १० बजे (स्थानीय समय) पत्रकार सम्मेलन गर्ने भएको छ ।

जेनजी आन्दोलनले रोकिएको मापसे लगायत अन्य चेकिङ पुन सुचारु

काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही समय ट्राफिक प्रहरीका लागि कष्टप्रद रहे । नेपाली सेना सडकबाट ब्यारेकमा फर्किएपछि नियमित सेवाका लागि सडकमा खटिएका कतिपय ट्राफिक प्रहरीहरुसँग युनिफर्म थिएन, जुत्ता थिएनन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार अहिले नियमित ट्राफिक चेकिङ सुरु भइसकेको छ । ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई जरिवाना र कारवाही प्रक्रिया पनि सुरु भइसकेको छ । मापसे चेकिङ पनि ६०-७० ठाउँमा सुरु भइसकेको छ । बाइक मोडिफाइ, चोरीमा पनि सक्रियता बढाएको छ । चाडपर्वको समयमा मापसे गरेर सवारी चलाउँदा हुन सक्ने जोखिम न्यूनीकरण गर्न चेकप्वाइन्ट खडा गरी ट्राफिक चेकजाँच बढाइएको छ ।
‘सरप्राइज चेकजाँच पनि हुन्छ । चाडपर्वको नाममा सुरक्षामा सम्झौता गर्न पाइँदैन । कारवाही भन्दा अघि सचेतनामा पनि जोड दिन्छौं । नागरिकले म पनि बिना बर्दीको प्रहरी हो भन्ने भावना राख्नुपर्छ,’ उनले भने, ‘बढी जाम हुने ठाउँ लोकेट गरेर अतिरिक्त जनशक्ति पठाउँछौै । पार्किङको समस्या छ त्यमा पनि ध्यान दिन्छौं । ट्राफिक लाइटहरु पनि व्यवस्थित गरिरहेका छौै।  स्पिड मापन गर्ने मेकानिज्म सुचारु छ कारबाही पनि भइरहेको छ ।’
नागरिक एपले काम नगरेका कारण अनलाइन सिस्टम भने अहिले चलेको छैन। यातायात व्यवस्था विभागको सर्भरले पनि काम नगरेको हुनाले अनलाइन सेवा भने सूचना नै जारी गरेर बन्द गरेको छ । सबै कुराहरु भौतिक रुपमै भइरहेको छ । ‘मापसे कक्षा तिहार लगत्तै सुरु हुन्छ । अहिलेसम्म चिट काटिएकाहरुले तिहारपछि क्लास लिनुपर्ने हुन्छ ।
ब्रेथलाइजर कम भएर मापसे चेकिङ कम भएको होइन । चेकिङ नियमित रुपमै भइरहेकै छ,’ अधिकारीले भने ।  नागरिकले भवन मर्मत तथा पुनर्निर्माणमा देखाएको सदासयता र न्यानो मायाले मनोबल बढेको तर व्यवस्थापकीय कुराहरु भने धेरै गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । ‘मनोबल अझै बढाउन रिफ्रेसमेन्ट पनि गरिरहेका छौं । कहिले फिल्म हेर्न जाने कहिले हाइकिङ जाने गरिरहेका छौं । आन्तरिक रुपमा पनि विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । नेपाल प्रहरीसँग अनुभव आदानप्रदान गर्ने गरिरहेका छौं । पहिलेको भन्दा पनि प्रभावकारी र परिष्कृत सेवा दिने कोसिस गरिरहेका छौं,’ उनले भने ।
जेनजी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनर्स्थापना भइसकेको छ । ‘कागजात केही रेकर्डेड छ नभएको हकमा अनलाइन आवेदन दिए हामी सिफारिस दिन्छौं यायातायत कार्यालयमा गएर बनाउन सकिन्छ,’ अधिकारीले भने ।

 

ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

काठमाडौं । आज नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आज प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो । बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई संघीय सरकारद्वारा तोकिएको अधिकतम हवाई भाडादरमा सम्पूर्ण आन्तरिक हवाइमार्गमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको महानिर्देशक अधिकारीले जानकारी दिए । उनका अनुसार ७५ वर्षभन्दा माथिका नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । जुनसुकै उमेर समूहका फरक क्षमता भएका यात्रुको हकमा कम्तीमा ५० प्रतिशत छुट सुनिश्चित गर्ने निर्णय गरिएको उनले बताए ।

आज गरिएको उक्त निर्णयले हवाई यात्रामा समावेशीता र पहुँचको प्रत्याभूति गर्ने विश्वास गरिएको महानिर्देशक अधिकारीले उल्लेख गरे । उनका अनुसार बैठकमा सहभागी वायुसेवा कम्पनीलाई उक्त निर्णयहरू आजैदेखि लागू गर्न निर्देशन दिइएको छ । सोहीअनुसार सम्बन्धित सबै आन्तरिक वायुसेवा कम्पनीले तत्काल निर्णय कार्यान्वयनमा लैजानुपर्ने प्राधिकरणले जनाएको छ ।

यस योजनाले ज्येष्ठ नागरिकको हवाई यात्रालाई सहज, सुलभ र किफायती बनाउने विश्वास प्राधिकरणले लिएको छ । विशेषगरी दुर्गम भेगमा रहेका ज्येष्ठ नागरिकका लागि यो निर्णय प्रभावकारी हुने महानिर्देशक अधिकारीले विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक तथा अन्य यात्रुको हितमा आगामी दिनमा अझ धेरै जनमुखी नीति कार्यान्वयन गर्दै लैजानेछ ।’

 

राजसंस्थासहित सर्वपक्षीय शक्तिको संवाद आवश्यक छ: कांग्रेस नेता श्रेष्ठ

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले लोकतन्त्रमा फरक मतको सम्मान अपरिहार्य हुने बताउँदै राजसंस्थासहित सबै पक्षसँग संवाद गरेर हाल देखिएको राजनीतिक समस्या हल गर्नुपर्ने बताएका छन् ।

आईतवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् । जेन–जी पुस्तादेखि परम्परागत राजनीतिक दलहरुको विचारलाई स्वीकार गर्ने शाहस राजनीतिक दलहरूले देखाउनुपर्ने उनको भनाइ छ ।

उनले जेन—जी आन्दोलनका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउँदै उत्पन्न समस्याको समाधान संवाद, सहकार्य र सहअस्तित्वबाट खोजिनुपर्नेमा जोड दिए । परम्परागत राजनीतिक शक्तिहरूलाई समेत आत्मसात गर्दै सबै पक्षसँग संवादमार्फत राजनीतिक निकास खोज्न ढिला गर्दा मुलुकमा बाहिरी शक्तिको हस्तक्षेप बढ्ने चेतावनी दिए । उनले अहिलेको सरकारले लोकतन्त्रको नाममा राजनीतिक दलहरुलाई निषेश गर्ने नीति लिएको भन्दै आपत्ति समेत जनाए। लोकतन्त्रको नाममा एनजीओहरूले राजनीतिक दलहरूलाई विस्थापित गर्ने प्रपञ्च चलिरहेको उल्लेख गर्दै उनले यो कार्य लोकतन्त्र, राष्ट्रियता र स्वाधीनतामाथिको खतरा भएको बताए ।

उनले भने, ‘लोकतन्त्रमा फरक मत अपरीहार्य हो । त्यसलाई स्वीकार गर्ने साहस हामीले देखाउनुपर्छ । जेनजी आन्दोलनले उठाएको मागहरुलाई गम्भीरतापूर्वक उठाउनुपर्छ । त्यसैगरी परम्परागत राजनीतिक शक्तिहरुलाई समेत हामीहरुले आत्मसाथ गर्नुपर्दछ । तर समस्याको समाधान संवाद, सहकार्य, सहअस्तित्वपूर्ण राजनीतिबाट खोजिनुपर्छ । अहिले दलहरुलाई निषेशको नीति अपनाइएको छ ।

लोकतन्त्रको नाममा राजनीतिक दलहरुलाई एनजीओद्वारा विस्थापित गर्न प्रपञ्चको सिकार हामी राजनीतिक दलहरु बनेका छौं । यसले लोकतन्त्र, राष्ट्रियता र स्वाधिनतामा खतरा उत्पन्न गरिरहेको छ । जेनजी, राजसंस्था लगायत सबै पक्षसँग संवाद गरेर बाहिरी हस्तक्षेप बिना राजनीतिक समाधान निकाल्न अब ढिलाई गर्नु हुदैन ।’
उनले १२ बुँदे सम्झौताको माध्यमबाट शान्ती स्थापना र समृद्धिको लक्ष्यमा पुर्याउनको लागि राजनीतिक दलहरु सफल हुन नसकेको टिप्पणी पनि गरे । उनले शान्ती प्रक्रिया शुरु भएको दुई दशमसम्म पनि टुंगोमा पुर्याउन नसक्दा द्वन्द्वपीडितहरु अहिले पनि न्यायविहीन अवस्थामा भौतारिरहेको बताए ।

उनले भने, ‘१२ बुँदे सम्झौताको परिवेश फरक थियो । त्यसबेला दलहरुको कारण लोकतन्त्रको पुर्नस्थापना भयो । म स्वयं पनि १२ बुँदे सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले स्वीकार गर्दछु कि हामी एक दशक लामो सशस्त्र संघर्ष र संक्रमकाललाई शान्ती स्थापना र समृद्धिको लक्ष्यमा पु¥याउनको लागि हामी पूर्ण रुपमा सफल हुन सकेनौं । शान्ती प्रक्रिया न्यायविहीन भयो । शान्ती प्रक्रिया सुरु भएको करिब दुई दशक पछि पनि द्वन्द्वपीडितहरु न्यायको खोजिमा संघर्षरत छन् । त्यतिबेला म कार्यवाहक सभापति थिएँ ।’

उनले सबै पक्षसँग सहकार्य गरेर समयमै निर्वाचन गराएर मुलुकलाई अगाडि बढाउर्नेतर्फ सबै राजनीतिक दलहरु सचेत हुन आवश्यक रहेको पनि बताए ।

 

देशभरका सीडीओ कार्यालयलाई गृह मन्त्रालयको ६३ बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय (सीडीओ) कार्यालयहरुलाई ११ फरक विषयहरूमा ६३ बुँदे निर्देशन दिएको छ । शान्ति सुरक्षा तथा अपराध अनुसन्धान, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाह सहजीकरण, निर्वाचन सुरक्षा लगायतका विषयमा निर्देशन दिएको हो । जेनजी आन्दोलनपछि तत्काल र दीर्घकालीन रुपमा देखा पर्ने सुरक्ष चुनौतीहरु पहिचान र विश्लेषण गर्ने, त्यसका लागि सूचना संकलन गर्ने निर्देशन दिएको छ ।

७ पेज लामो ११ फरक विषयहरुमा मन्त्रालयले दिएको निर्देशनमा निर्वाचन सुरक्षाका विषयहरु पनि औंल्याइएको छ । जहाँ २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावका लागि सबै सरोकारवालहरुसँगको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातारण बनाउँदै लैजानुपर्ने उल्लेख गरिएको छ ।

निर्देशनका मुख्य बुँदा :
शान्ति सुरक्षा र अपराध नियन्त्रणः जिल्लाभित्रको समग्र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ । लागुऔषध, अवैध मदिरा, र अन्य गैरकानूनी गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्न भनिएको छ।

सेवा प्रवाह र सुशासनः जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवालाई सरल, सहज र पारदर्शी बनाउन, अनावश्यक झन्झट हटाउन र प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन दिइएको छ । कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने र नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउन पनि भनिएको छ । विपद् व्यवस्थापनः मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न, खोज, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न र तत्काल परिचालन हुन सक्ने गरी संयन्त्र बनाउन निर्देशन दिइएको छ ।

आसन्न निर्वाचन तयारीः फागुन २१ मा तोकिएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ। साथै निर्वाचनविरोधी गतिविधि र भूमिगत समूहद्वारा हुने गतिविधिको पहिचान तथा नियन्त्रणमा जोड दिइएको छ ।

बजार अनुगमन र नियन्त्रणः चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिलाई नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्न निर्देशन दिइएको छ । सूचना तथा सञ्चारः सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह र गलत सूचनाप्रति चनाखो रहँदै सत्यतथ्य जानकारी तत्काल प्रवाह गर्न र जिल्लाको शान्ति सुरक्षामा खलल पार्न सक्ने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न निर्देशनमा उल्लेख छ ।

हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति

 

भारत–तालिबान नजिकिँदै, पाकिस्तानको तीव्र असन्तोष

काबुल ।अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि इस्लामाबादले भारतमाथि द्वन्द्व भड्काएको आरोप लगाउँदै कडा असन्तुष्टि प्रकट गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले अफगान तालिबानलाई ‘उक्साएको’ दाबी गर्नुभयो भने रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले अफगान सरकारले भारतको ‘प्रोक्सी’ जस्तो व्यवहार गरेको आरोप लगाए ।

सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यसँगै भएको विभाजनपछि भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी बनेका हुन् । यी दुवै मुलुकले बारम्बार युद्ध र एकअर्कामाथि आतङ्कवादको आरोप आदानप्रदान गर्दै आएका छन् ।

तर पछिल्ला महिनाहरूमा अफगानिस्तानसँगको सम्बन्ध कमजोर हुँदै गए पनि पाकिस्तानले भारत–तालिबान सम्बन्धलाई सहज रूपमा बढ्दै गएको रूपमा हेरेको छ ।

गत अक्टोबर ९ मा तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकी नयाँदिल्ली पुगेपछि भारत–तालिबानबीचको कूटनीतिक निकटता औपचारिक बन्यो । यो सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि उच्चस्तरीय तालिबान नेताको भारत भ्रमण हो ।

भारतले मुत्ताकीका लागि रातो कार्पेट ओछ्याएको दिनै काबुल र पाकिस्तान सीमासँगै बजार क्षेत्रमा विस्फोट भएको थियो ।

अफगान विशेषज्ञ वाहिद फकिरीका अनुसार भारत–तालिबानको यो मेलमिलापले पाकिस्तानलाई तीव्र प्रतिक्रिया दिन बाध्य बनाएको हो । उहाँका शब्दमा, “नयाँदिल्लीले मुत्ताकीलाई आमन्त्रित गरेर पाकिस्तान र अफगानिस्तानबीचको तनाव झन् बढाउने उद्देश्य राखेको छ ।”

त्यो विस्फोटको जिम्मेवारी कसैले नलिए पनि तालिबान सरकारले इस्लामाबादमाथि ‘अभूतपूर्व आक्रमण’ गरेको आरोप लगायो र त्यसको प्रतिशोधस्वरूप आक्रमण ग¥यो ।

यसपछि तोपखाना र ड्रोन आक्रमणको आदानप्रदान हुँदै दुवै मुलुकबीच वर्षौंयताकै भीषण हिंसा फैलियो । प्रारम्भिक युद्धविराम भङ्ग भएपछि अक्टोबर १९ ९आज० मा दोस्रो युद्धविराम सम्झौता गरिएको छ ।

– छिमेकीलाई दोष दिने प्रवृत्ति 

एक समयका निकट सहयोगी अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध अमेरिकी सेनाको फिर्ती र तालिबानको सत्तारोहणपछि चिसिँदै गएको हो ।

इस्लामाबादले सुरुआती दिनहरूमा तत्कालीन गुप्तचर प्रमुख फैज हमीदमार्फत ‘सबै कुरा ठिक हुनेछ’ भन्दै आशावादी वक्तव्य दिएको थियो । तर पाकिस्तानमा बढ्दो आतङ्कवादी आक्रमणले त्यो विश्वास भत्कायो ।

पाकिस्तानी अधिकारीहरूका अनुसार तालिबान सरकारले आतङ्ककारी समूहहरूलाई सुरक्षित आश्रय दिइरहेको छ । यी मध्ये पाकिस्तानी तालिबान (टिटिपी) र यसका सम्बद्धहरू मुख्य रूपमा सुरक्षा बलहरूमाथिका आक्रमणका लागि जिम्मेवार छन् ।

पाकिस्तानी सुरक्षास्रोतका अनुसार अक्टोबर महिनामै अफगानतर्फबाट भएका आक्रमणमा १०० भन्दा बढी सुरक्षाकर्मी र प्रहरी अधिकारी मारिएका छन् ।

यो हिंसाले पाकिस्तानमा अफगान शरणार्थीहरूलाई लक्षित गर्दै सामूहिक निर्वासन अभियानलाई तीव्र बनाएको छ ।

पूर्व पाकिस्तानी कूटनीतिज्ञ मलिहा लोधीका अनुसार मुत्ताकीको नयाँदिल्ली भ्रमण ‘आक्रोश निम्त्याउने’ विषय त हो, तर पाकिस्तानका लागि ‘प्रतिशोधको कारण होइन’ ।

उनले भने, “तालिबानले टिटिपीमाथि नियन्त्रण गर्न अस्वीकार गर्नु नै पाकिस्तानको वास्तविक असन्तोष हो ।”

पाकिस्तानी सेनाले पनि भारतमाथि टिटिपीलाई समर्थन गरेको आरोप लगाएको छ तर भारतको विदेश मन्त्रालयले ती दाबीहरूलाई अस्वीकार गर्दै प्रतिक्रिया दिएको छ, “पाकिस्तानले आफ्नै असफलताको जिम्मेवारीबाट पन्छिन छिमेकीमाथि दोष थोपर्ने पुरानो बानी दोहो¥याएको छ ।”

– एकता र रणनीतिक परिवर्तन 

भारत-तालिबान सम्बन्ध सुरुआती रूपमा भारतको हिन्दू राष्ट्रवादी सरकारका लागि ‘संवेदनशील’ विषय मानिएको थियो ।

तर अन्तर्राष्ट्रिय क्राइसिस ग्रुप (आइसिजी)का विश्लेषक प्रवीण डोन्टीका अनुसार मुत्ताकीले भारतप्रति ‘एकता’ देखाएपछि जनमत परिवर्तन भयो ।

उनका अनुसार अप्रिल २२ मा जम्मु-काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि मुत्ताकीले भारतप्रति ऐक्यबद्धता जनाए । यसले उनलाई भारतभित्र केही लोकप्रियता दिलायो ।

तर उक्त वक्तव्यमा काश्मीरलाई ‘जम्मू र कश्मीर, भारत’ भनेर उल्लेख गरिएकोले पाकिस्तानलाई झन् आक्रोशित बनाएको छ ।

भारत भ्रमणको अन्त्यमा नयाँदिल्लीले काबुलस्थित आफ्नो कूटनीतिक कार्यालयलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने घोषणा ग¥यो ।

विश्लेषकहरूका अनुसार यस कदमले तालिबान सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने दिशातर्फ ठूलो कदम चालिएको हो -यद्यपि यो प्रक्रिया अझै लामो छ ।

अहिलेका लागि यो सम्बन्ध तालिबानका लागि राजनैतिक विजय हो भने भारत-पाकिस्तान-अफगानिस्तान त्रिकोणीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत भएको सङ्केत हो ।

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

काठमाडौं । कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग गरेका हुन् ।

उपकुलपति प्राडा पन्तले अतिक्रमित जग्गाको समस्या समाधानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी तत्काल पहल गर्न लिखित रूपमा अनुरोध गरिएको बताए । त्यस अवसरमा मन्त्री पुनले विश्वविद्यालयका प्रतिनिधिको मागप्रति सकारात्मक रहेको र उक्त विषयमा तत्काल आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको रजिस्ट्रार प्राडा लेखकले जानकारी दिए ।

संविधानअनुसार नै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सकिन्थ्योः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन सकिने भएपनि सोअनुसार नभएको दाबी गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित सम्पादकहरुसंग संवाद कार्यक्रममा उनले यस्तो दाबी गरे। उनले आफुले संसद विघटन नगरी संविधानको धारा ७६ मा उपधारा ८ थपेर नयाँ व्यवस्था गरी प्रनिनिधि सभा बाहिरको व्यक्तिलाई पनि प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राखेर कार्कीलाई संविधानसंवत बनाउने सकिने आधार प्रस्तुत गरेको पनि उल्लेख गरे ।

उनले संसद बाहिरको व्यक्ति प्रधानमन्त्री बन्नै नहुने पक्षमा आफू नरेहेको पनि बताए । कठिन परिस्थिति रहेको बेलामा संविधान संसोधन गरेर सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन कसैले पनि अवरोध नगर्ने उनको जिकिर थियो । संसद विघटन नै गर्नुपर्ने के कारण हो आफुले अहिलेसम्म बुझ्न नसकेको उनले बताए।

उनले भने, ‘मैले सुशीला काकीजी वा कोही अरु संसद बाहिरबाट प्रधानमन्त्री हुनै हुँदैन भन्ने पनि जिकिर गरिन् । मैले के भने भने संविधान कायम रहनुपर्दछ र संसद विघटन हुनुहुँदैन कायम रहनुपर्दछ । त्यहाँबाट समाधान खोजिनुपर्दछ । जस्तो कसैलाई पनि प्रधानमन्त्री संसदभन्दा बाहिरबाट बस्न प¥यो भने संसद त कायम थियो, संसद जिवित थियो । संसदको बैठक चालू थियो । भोलिपल्ट २५ गते नै संसदको दिन थियो । त्यो त पोष्टपोन्ड गर्न लगाईयो । २५ गते एकछिन संसद बसेर यस्तो भयो भन्दा त संसदले बुझ्थ्यो । म बुझेथे, शेर बहादुरजी बुझ्नु हुन्थ्यो । पार्टीहरुले बुझ्दथे । संविधानको धारा ७६ मा एउटा उपधारा अन्तिममा उपधारा ७ भन्दा पछि एउटा उपधारा ८ राख्न सकिन्थ्यो । थप्न सकिन्थ्यो संसोधन गरेर । विशेष परिस्थितिमा राष्ट्रपतिले संसदभन्दाको बाहिरको व्यक्तिलाई पनि प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । प्रतिनिधिसभा भन्दा बाहिरकोलाई पनि नियुक्त गर्न सक्नेछन् भनेर राख्न सक्थ्यो । संसोधन गर्न सक्थ्यो । त्यो अधिकार त संसदसंग थियो । तलतिर स्पष्टिकरण भन्ने राख्नपथ्र्यो । ६ महिनाभित्र चुनाव गराउने र सातौँ महिनामा सत्ता हस्तान्तरण गर्ने भन्ने त कबुल छ नी त । त्यो कबुल हुन्छ भने यो संसोधन, संसोधित बुँदा यो संविधानको धारा ७६ को ८ नम्बर बुँदा, संसोधित बुँदा जारी भएको मितिले ७ महिना कायम रहनेछ र स्वतः खारेज हुनेछ भनेपछि त संविधानभित्रैबाट त्यो काम गर्न सकिन्थ्यो । सुशीलाजीलाई नै ल्याउने भएपनि । त्यो नमान्नुपर्ने र संसद खारेज गर्नुपर्ने, जनप्रतिनिधि, जनप्रतिनिधिमुलक संस्थाप्रति वैरवभाव राख्नुपर्ने कारण के हुन्थ्यो त ?’

उनले संविधान, संसद र लोकतान्त्रिक पद्धतीबाटै निकास निकाल्न सकिने बताएकोपनि उल्लेख गरे । जेज-नीको नाममा यो सरकार संवैधानिक बाटो हुँदाहुदै असंवैधानिक रुपमा बनेको उनको आरोप छ ।

राजदूत फिर्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । विभिन्न ११ मुलुकमा कार्यरत नेपाली राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका अधिवक्ता अर्जुनबहादुर खड्काले जानकारी दिए ।

सर्वोच्च अदालतले उक्त रिटमा कात्तिक ९ गतेका लागि प्रारम्भिक सुनुवाइ (पेसी) तोकेको छ । रिटमा मन्त्रिपरिषद्ले मिति २०८२ असोज ३० गते गरेको राजदूत फिर्ता निर्णय संविधान र कानुनविपरीत रहेको बताउँदै उक्त निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु सर्वोच्चसँग अन्तरिम आदेशको माग गरिएको छ ।

 

रिट निवेदनमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकार केवल चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने म्यान्डेटसहित गठन भएकाले दैनिक प्रशासनिक काम बाहेक दूरगामी राजनीतिक र कूटनीतिक असर पार्ने निर्णय गर्न संविधानले अनुमति नदिएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटन भइसकेको र नयाँ निर्वाचन मिति तोकिएको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा संसदीय अनुमोदनपछि राष्ट्रपतिद्वारा नियुक्त राजदूतहरू फिर्ता बोलाउँदा नेपालको कूटनीतिक प्रतिष्ठामा नकारात्मक असर पर्ने जिकिर गरिएको छ । अहिले संसदीय सुनुवाइ विशेष समिति नै नरहेकाले नयाँ राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया सम्भव नभएको र विदेशस्थित नेपाली दूतावासहरू कूटनीतिक ‘भ्याकुम’ मा फस्ने जोखिम बढेको रिट निवेदनमा उल्ले छ ।

मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले छानिछानी ११ जना देशका राजदूतलाई फिर्ता बोलाएको थियो । सरकारले फिर्ता बेलाएका राजदूतहरुमाचीनका प्रा.डा. कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका प्रा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदी छन् ।

रिटमा मन्त्रिपरिषद्ले एकैदिन सिफारिस भएका कतिपय राजदूतलाई फिर्ता बोलाएर केहीलाई यथावत् राख्नु समानताको हक विपरीत भएको दाबी गरिएको छ । २०८२ भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गरेका थिए । नियुक्तिसँगै ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने म्यान्डेट दिइएको थियो । सोही दिन प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति ९फागुन २१० तोकिएको थियो ।

कांग्रेस धनुषाका सभापतिसहित सात जनाविरुद्ध पक्राउ पुर्जी

धनुषा । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले ज्यान मार्ने उद्योगमा शुक्रबार (असोज ३१) पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला सभापति पञ्जिया, उनका छोरा अमर पञ्जियार, क्षिरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोराहरु ४० वर्षीय नवल मण्डल र ३८ वर्षीय कमल मण्डल धानुक, नवलका छोरा २२ वर्षीय नीरज मण्डल र क्षिरेश्वरनाथ–१ रमदैयाका ३८ वर्षीय उमेश यादवविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरुविरुद्ध क्षिरेश्वरनाथ नगरपालिका–५ का सुशीलकुमार चौधरीले जाहेरी दिएका थिए । पक्राउ पुर्जी तामेल गर्न पनि इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषालाई अदालतले भनेको छ । केही समय पहिले नेपाली कांग्रेस र नेकपा एमाले समर्थित स्थानीय नेताहरूबीच कुटाकुट भएको थियो । दुवै पक्षले एक अर्का विरुद्ध जाहेरी दिएका थिए ।

नेकपा एमालेका नेताहरू यसअघि नै अदालतमा उपस्थित भएपनि कांग्रेस पक्ष अनुपस्थित भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो । वडाध्यक्ष जिवछ मण्डलले पनि ज्यान मार्ने उद्योगमै एमालेका राजदेव चौधरी, सुशील कुमार चौधरी, अनिलकुमार चौधरी, अनिल यादव र अनित यादवविरुद्ध जाहेरी दिएका थिए। उनीहरु भने अदालतमा उपस्थित भएर बकपत्र गराइसकेका छन् ।

हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै

काठमाडौँ । हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने ‘हङकङ सिक्सेस’ प्रतियोगितामा मा नेपालले भाग लिने भएको छ । आगामी नोभेम्बर ७ देखि ९ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शरद् भेषावकरको कप्तानीमा आज सात सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

क्यानले कप्तान शरद्सँगै सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल अन्सारी, रशिद खान र रुपेश सिंह छन् । प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहने छ । चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह‘ए’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।

त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलंका, बंगलादेश र हङकङ छन् । यस प्रतियोगिताको हरेक खेल समान छ/छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ ।

तिहारअघि बढेर बन्द भयो सेयर बजार : नेप्से परिसूचक १६ अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६७ अङ्कले बढेर दुई हजार ५०३.८५ को बिन्दुमा कायम भएको छ ।

आज ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा खुम्चिएको छ ।

आज विकास बैंक समूह ०.२१, म्युचुअल फण्ड ०.१३ र निर्जीवन बिमा समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ ०.८७, वित्त ०.५१, होटल तथा पर्यटन ०.७२, जलविद्युत् ०.७०, लगानी ०.७५, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७, व्यापार ०.९० र अन्य समूह १.६ प्रतिशतले बढेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी हिमालयन ८०(२० को सेयर मूल्य ६.१० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २८ करोड १० लाख ९४ हजार ३६५ बराबरको कारोबार भएको छ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको तीन लाख ४४ हजार ६९८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

शान्ति सुरक्षाको अवस्था भंग भएको छः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षा भंग भएको बताएका छन् ।

आईतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफू प्रधानमन्त्री हुदाँ सुरक्षा व्यवस्था कायम भएपनि हाल भंग भएको दाबी गरे ।

देशमा त्रासदीको वातावरण सिर्जना भएको उनको भनाई छ । उनले हाल देश भताभुङ्ग भएको, अस्थिरता र अनिश्चयमा गएको बताए । आफूले देश विकास र सार्वभौम सत्ताको संरक्षण गरेर अघि बढिरहेको उनको दाबी थियो ।

उनले देश, जनता र मानवजातीप्रति आफ्नो सधैँ बफदारिता रहने बताए । उनले हाल पत्रकारहरु समेत असुरक्षित रहेको बताए । उनले पत्रकारहरु लेखेकै आधारमा डराएर हिड्नुपर्ने, त्रसित भएर बस्नुपर्ने अवस्था आफु प्रधानमन्त्री हुँदा नरहेको पनि दाबी गरे ।

उनले भने, ‘म प्रधानमन्त्री हुँदा पत्रकारहरु कसैले अघि मैले लेखेको लेखको बापतमा, विषयमा हमला गर्लाकी भनेर पल्याकपुलुक हेरेर हिँड्नुपर्ने, डराउँदै हिँड्नुपर्ने, लेख्नुभन्दा अगाडी सेल्फ सेन्सरसीप गर्नुपर्ने, आफुले आफैलाई रिट्रिक्सन गर्नुपर्ने, त्रसित भावले गाईडेड हुने अवस्था थिएन भन्ने म दाबी गर्छु ।

अहिले साथीहरुलाई फेरि म सरकारमा फर्किन्छु कि भन्ने चिन्ता छ । किनभने त्रास छ नि मनमा । के भनेको हो मेरो बौद्धिकताले अलिकति भ्याउदिन । यो के भनेको हो ? शान्ति सुव्यवस्था थियो भंग भएको छ । निर्धक्कको वातावरण थियो त्रासदी भएको छ । देश विकासको बाटोमा अगाडी वढ्दै थियो, सार्वभौम सत्ताको संरक्षण गरेर अगाडी बढ्दै थियो, त्यो भताभुङ्ग भएको छ । अस्थिरतामा गएको छ । अनिश्चयमा गएको छ । कसैलाई मन परेपनि नपरेपनि यस देशप्रति मेरो बफादारिता छ । यस देशका जनताप्रति मेरो बफादारिता छ । मानव जातीप्रति मेरो बफादारिता छ ।’

उनले देशमा समृद्धि, समानता, शान्ति सुव्यवस्था विश्वसनिय ढंगले स्थापना हुनुपर्नेमा जोड दिए । सबैले आफ्नो जीउधन, अधिकार, सम्पतीको रक्षा पाउने र सुरक्षाको प्रत्याभुति हरेक मानिसमा हुनुपर्ने उनको भनाई छ ।

प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पदोन्नतिसँगै रथी श्रेष्ठलाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्ले उनलाई गत असोज ३० गते रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

यो सरकार असंवैधानिक, सुशीला कार्कीको नियुक्ति तमासा : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको दावी गरेका छन् । उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई ‘तमासा’ भन्दै टिप्पणी गरेका छन् । आइतबार सम्पादकहरूसँग ओलीले भने, ‘यो सरकार असंवैधानिक छ । यो सरकारले चुनाव गराउन चाहँदैन । त्यस्तो हुन्छ डेमोक्रेसी ? त्यसरी छानिन्छ प्रधानमन्त्री । त्यो तमासा हो, नाटक हो, त्यो संविधानले चिन्दैन ।’

उनले पूर्व प्रधानन्यायाधीश वा न्यायाधीश मानवअधिकार आयोगबाहेक अन्य ठाउँमा नियुक्त हुनै नमिल्ने जिकीर गरेका छन् । पूर्व प्रधानन्यायधीश कार्की प्रधानमन्त्री बन्नु असंवैधानिक भएको ओलीको तर्क छ ।

‘पूर्व प्रधानन्यायाधीश ज्यूलाई संविधानको धारा १३२, १ २ त थाहा होला नि त ? पूर्व प्रधानन्यायाधीशले मानवअधिकार बाहेक अरु कामको जिम्मा लिन मिल्दैन । कुनै राजनीतिक नियुक्ति लिन मिल्दैन । मन्त्री खान मिल्दैन’ उनले भने, ‘पहिलो गासमै असंवैधानिक क्रियाकलाप भएको छ । नियुक्तिको प्रक्रिया, नियुक्त हुने व्यक्ति नै असंवैधानिक छ । अनि मैले के संवैधानिकै भएको छ भन्नु पर्ने ? डराएर झुट बोल्नु पर्ने ? असत्य बोल्न घुँडा टेक्नु पर्ने ?’ उनले आफूहरूलाई थुन्ने प्रयासमा सरकार रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र आफूलगायत कतिपय नेतालाई सरकारले थुन्ने तयारी गरेको उनले बताएका छन् ।

 

मेरो सम्पत्ति सम्पादक मण्डलले नै छानविन गरेपनि हुन्छः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

आईतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्। भ्रष्टाचार गरेको भन्ने लागेमा छानविन गर्न उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघ र सम्पादक मण्डलले छानविन गरे हुने उनको भनाई छ । उनले जलेको घरको खरानी बाहेक केही नभएको बताए ।

सरकारले बैंक खाता रोक्ने भनेको उल्लेख गर्दै उनले आफू सांसद, प्रधानमन्त्री रहँदाको तलबभत्ताको केही रकम बैक खातामा रहेको बताए । उनले खातामा २०÷२५ लाख रुपैयाँ हुनसक्ने बताए ।

उनले भने ‘मैले एक पैसा भ्रष्टाचार गरिन । ए बाबा तपाईहरु पनि एउटा टोली बनाएर छानविन गर्नुस् न, हो । अरुको सक्नुहुन्न भने केपी ओली एउटाको छानविन गर्नुस् न । गर्दिनुस् त त्यति ल । गर्नुस्, पत्रकार महासंघले गरेपनि हुन्छ, सम्पादक मण्डलले गरेपनि हुन्छ । एउटा बनाउनुस् न । अनि, तर के भने मेरो घरको, डढेको घरको खरानीको कण कणको तपाईहरुले हिसाव गर्नुपर्नेछ । कति कमाएछ भने, नभए त्यो बाहेक त छैन म संग । त्यही गन्ने होला रु खाता रोक्का गर्ने भनेको पनि सुन्छु ।’

उनले विश्वभरका बैकहरुसँग सोधेर आफ्नो सम्पत्ती छानविन गर्न पनि चुनौती दिए । उनले सबैको सम्पती छानविन गर्न पनि आग्रह गरे ।

‘जेनजी’ प्रदर्शनका सहिद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता

काठमाडौँ । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले ‘जेनजी’ प्रदर्शनका क्रममा सहिद भएका योगेन्द्र न्यौपाने (रोशन) को सम्मानमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेल मैदानमा आयोजित प्रतियोगिताको पालिका प्रमुख शङ्करराज बराल र ज्वालाप्रसाद न्यौपानेले निर्णायक९रेफ्रि०लाई बल हस्तान्तरण गरी संयुक्त रूपमा उद्घाटन गरे ।

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ जेनजी प्रदर्शनमा सहभागी भएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा थिए ।

प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाका एकरएक तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुईरदुई गरी १० टोलीको सहभागिता रहेको गोलन्जोरका उपाध्यक्ष न्यौपानेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु ७५ हजार ५० हजार र ३५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नारा दिइएको उक्त प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटन कार्यक्रममा उनका पिता युवराज न्यौपाने (उमेश) र परिवारका सदस्य उपस्थित थिए ।

सुशीलाको सिफारिसबारे प्रमाण सार्वजनिक गर्न प्रचण्डलाई ओलीको चुनौती

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा सिफारिस गरेको भन्ने दाबीमा कुनै सत्यता नरहेको बताएका छन्।

उनले त्यो प्रसङ्गमा आफ्नो सिफारिस पत्रको भाषा स्पष्ट रहेको बताउँदै भ्रम फैलाउनेलाई प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्।

ओलीका अनुसार, उक्त सिफारिसपत्रमा कुनै व्यक्तिको नाम उल्लेख गरिएको थिएन। उनले भने, ’मेरो सिफारिसको भाषा के छ भने – वर्तमान असहज र असाधारण अवस्थामा संविधान र लोकतान्त्रिक परिपाटीलाई पुनः शान्तिपूर्ण स्थितिमा फर्काउन आवश्यक कदम चाल्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएकाले संविधानभित्रैबाट आवश्यक निर्णय लिन सिफारिस गर्दछु।’

उनले अगाडी थप्दै भने, ’त्यसमा सुशीला कार्की भन्ने वा अरू कोही भन्ने कुरा छैन। संविधान र संसद् नचलाउनुपर्ने भन्ने कुरा राष्ट्रपतिको उपस्थितिमा, म कार्यवाहक प्रधानमन्त्री र प्रधानसेनापति भएको बैठकमै मैले सिफारिस गरेको थिएँ।’

ओलीले आफ्नो सिफारिसको प्रतिलिपि अहिले आफूसँग नभए पनि आधिकारिक अभिलेखमा त्यसको प्रमाण रहेको दाबी गरे।

जुन परेको बेला प्रति निकाल्न सकिने पनि उनले दाबी गरे । साथै उनले चुनौती दिँदै प्रचण्डसँग प्रमाण छ भने निकाले हुन्छ,’ भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीकै सिफारिसमा कार्की प्रधानमन्त्री भएको दाबी गर्दै आएका बेला ओलीले प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै यस्तो बताएका हुन् ।

 

‘यस्तै हो भने फेरि केपी ओली सरकारमा फर्किने अवस्था बन्छ’

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारप्रति तीब्र आक्रोश व्यक्त गरेका छन् । सरकारले उपत्यका छोड्न प्रतिबन्ध लगाएकोप्रति आक्रोश व्यक्त गर्दै उनले यस्तै अवस्था हो भने जनताले फेरि आफूलाई सरकारमा पुर्‍याउने दाबी गरे ।

आइतबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले भने, ‘ममाथि थ्रेट छ, मेरै सेक्युरिटी सरकारले फिर्ता लगिदिएको छ । वडाध्यक्षलाई सेक्युरिटी बढाउँछ, मेयरलाई बढाउँछ मेरै सेक्युरिटी खोस्छ यो सरकार ।’ उनले भने, ‘यस्तै हुँदै गयो भने केपी ओली सरकामा फेरि फर्कने अवस्था बन्छ । यो युवाबाट चल्दैन। केपी ओली फिर्ता ल्याऊ ।’ सरकारले आफूलाई पीडितसँग भेट्न जान नदिएकोप्रति ओलीको आक्रोश थियो । ‘जसको घरमा आगो लाग्यो, म त्यहाँ सान्वना दिन जान नपाने ?’ उनले प्रश्न गरे, ‘देशभित्र हिँडडुल गर्न जान नपाउने? कस्तो सरकार बन्या छ ?’

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा घर हस्तान्तरण

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवासुविधाबाट निर्माण गरिदिएको घर मकवानपुरको मनहरी गाउँपालिका-९ की मिठुमाया सुनारलाई हस्तान्तरण गरेका छन्। आज यहाँ एक कार्यक्रम आयोजना गरी उनले घरको साँचो हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री बानियाँले समाजमा उपेक्षित तथा आर्थिक अभावको कारणबाट कठिनाइ भोगिरहेका विपन्न जनताका लागि सामाजिक न्याय दिलाउन आफूले पहल थालेको उल्लेख गरे । उनीहरूलाई सम्मानजनक जीवनयापन गराउन, विकासको पूर्वाधारणलाई पारदर्शी बनाउँदैती वर्गलाई उपलब्ध गराउने उद्देश्यले आफू राजनीतिमा होमिएको उनको भनाइ छ ।

मुख्यमन्त्री बानियाँले सरकारले प्रदेशका १३ जिल्लामा क्रमशः दश लाख भन्दामाथिका विभिन्न टुक्रे आयोजनालाई अब ठेक्का प्रणालीबाट निर्माण गर्ने नीति तर्जुमा गरिसकेको जनाए ।

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाको दुर्गम भेगमा बसोबास गर्ने विपन्न नागरिकलाई खानेपानीको धारा वितरण गर्नुका साथै अति विपन्न, दलित, आदिवासी, जनजाति र चेपाङलाई आवश्यकताअनुसार आयआर्जनका लागि मौसमी तरकारी, चिउरीखेती लगाउन आर्थिक सहयोग उपलब्ध गरेको जानकारी दिए ।

घरको साँचो लिँदै सुनारले पतिको केही वर्षअघि निधन भएको बताउँदै एकमात्र छोरा पनि अपाङ्गताका कारण बेसाहरा भएको उल्लेख गरे । सुनारको घर पानी चुहिने, झुप्रो भएकाले स्थानीयले मुख्यमन्त्री बानियाँलाई जानकारी दिएपछि उनले आफ्नो निजी खर्चमा घर बनाइदिएको मुख्यमन्त्रीको प्रेस संयोजक सुजन बिडारीले जानकारी दिए ।

मुख्यमन्त्री बानियाँको सेवासुविधाबाट प्राप्त रकममध्ये चार लाखको लागतमा तीन कोठा, शौचालय र नुहाउने कोठासहितको घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष कालाखेती जानकारी दिए ।

मुख्यमन्त्रीको खर्चमा राक्सीराङ गाउँपालिका-९ इन्द्रदङका सुमन सिं चेपाङ प्रजाका लागि निमार्णाधीन घर अहिले द्रुतगतिमा काम भइरहेको बानियाँका स्वकिय सचिव मिलन पुडासैनीले बताए । यही कात्तिकको अन्तिम सातासम्ममा प्रजालाई सो घर हस्तान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए ।

बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभरमा आर्थिक रूपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति दिने र चेपाङ, दलित, बोटे, जिरेल हायु, वनकरियालगायत अति विपन्न समुदायका लागि गाँस, बास र कपासको व्यवस्थापन गर्ने विषयलाई उच्च प्राथामिकतामा राखिएको बागमती प्रदेश सामाजिक मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।

ओलीको प्रश्न : श्रृंखला खतिवडालाई हेलिकप्टरबाट स्कुल पुर्‍याउने गरेको थियो र ?

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूलाई बोलाएर अन्तक्र्रिया गरेका छन् । काठमाडौंमा भएको अन्तक्र्रियामा ओलीले पहिले पत्रकारहरूका प्रश्न लिए भने त्यसपछि जबाफ दिएका थिए । सो क्रममा ओलीले जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनको प्रसङ्गमा पनि कुरा राखेका थिए ।

त्यसबेला सामाजिक सञ्जालमा नेपोबेबीबारे चर्चा थियो । त्यसतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले श्रृंखला खतिवडाको प्रसङ्ग कोट्याए । खतिवडा मिस नेपाल २०१८ हुन् । उनको घरमा पनि जेनजी पुस्ता आन्दोलनका क्रममा आगजनी भएको थियो । ‘श्रृंखला खतिवडालाई के गरेका थिए र उनका बाआमाले ? हेलिकप्टरबाट स्कुल पुर्‍याउने गरेको थियो र ?,’ ओलीले प्रश्न गरे । उनले नेपोबेबी भन्ने कुरा नमान्ने पनि बताएका छन् । ‘म यो नेपोबेबी भन्ने कुरा मान्दिनँ, यसलाई मेरो अहंकार भन्नुस् या जे सुकै भन्नुस्,’ उनले भने । भदौ २४ गते क–कसको घरमा आगो लगाउने भन्ने तोकेर आगो लगाइएको उनको भनाइ थियो । ‘कसले लगायो आगो?,’ उनले प्रश्न गरे ।

प्रधानमन्त्रीको शपथसम्म मोबाइल सिज गरिएको ओलीको खुलासा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सेनाले नियन्त्रणमा लिएपछि आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । प्रधानमन्त्रीको सपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको उनले खुलासा गरे ।

आइतबार पत्रकार सम्मेलनमा उनले भदौ २४ गते बालुवाटारबाट निस्किएपछि आफू सेनाको सुरक्षामा रहेको बताए । “राजीनामा दिएपछि म सेनाको सुरक्षामा रहेँ । सेनाको सुरक्षाभित्रै, तपाईंहरूले त्यसलाई जे सुकै विशेषण दिन सक्नुहुन्छ । म सेनाको सुरक्षामा थिए । प्रधानमन्त्रीको शपथ ग्रहण समारोहभन्दा अगाडिसम्म मोबाइल लिन पाएको थिइन । मोबाइल सिज गरिएको थियो,” उनले भने ।

भदौ २७ को साँझसम्म आफू सम्पर्कमा नभएको बताए । आज सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै ओलीले पहिलोपटक यो खुलासा गरेका हुन् ।

राष्ट्रपतिलाई आवश्यक कदम चाल्न सिफारिस गरेकै हुँ, सुशीलाको नाम थिएन : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको स्पष्ट पारेका छन् । सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम चाल्न भने सिफारिस गरेको स्वीकारोक्ति उनले गरे । आज सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले लेखेको सिफारिसको भाषा पनि सुनाएका थिए । त्यसमा कतै पनि सुशीलाको नाम नभएको उनको दावी छ ।

उनले माओवादी अध्यक्ष प्रचण्डलाई सुशीलालाई आफूले सिफारिस गरेको प्रमाणा देखाउन चुनौति दिएका छन् । उनले भने, ‘मैले लेखेको भाषामा सुशीला कार्की कतै सुन्नु भयो ? यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने कुनै छैन । मैले लेखेको पत्र राष्ट्रपतिकोमा छ त । मसँग चाहिँ छैन । कुनै बेला निस्किएला नि ।’

‘मेरो मोवाइल फोन सिज गरिएको थियो’
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोवाइल सिज गरिएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष रहेका ओलीले यस्तो बताएका हुन् । ‘राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहें । तपाईंहरुले जेसुकै संज्ञा, विश्लेषण दिन सक्नु हुन्छ, म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहण अगाडिसम्म मैले मोवाइल लिन पाएँको थिएँ, मेरो मोवाइल फोन सिज गरिएको थियो । त्यस बेलासम्म मैले कसैलाई सम्पर्क गर्न पाएको थिइनँ,’ ओलीले भने ।

ओलीको अडान : कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन जान्नँ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् । आज (आइतबार) सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले कुनै पनि बयानमा आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे ।

‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ?,’ ओलीले भने, ‘त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै बयानमा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’ अध्यक्ष ओलीले आफूले मात्रै देशको चिन्ता लिएर दुःख पाउनु परेको बताएका छन् । ओलीले आफूभन्दा धेरै आयु भएका व्यक्तिहरूले देशको बारेमा चिन्ता लिनुपर्ने बताए । आफू ७३ वर्ष उमेरको भइसकेको भन्दै आफैंले मात्रै दुःख पाउनुपर्ने ? भन्दै उनले प्रश्न गरे ।

‘देश मेरो मात्रै होइन नि त । म ७३ त पूरा भइसकें । मैले मात्रै दुःख पाउने ? मैले भन्दा धेरै बाँच्नुपर्ने मान्छे नेपालमा थुप्रै छन्,’ ओलीले भने, ‘देशको बारेमा उनले मेरो भन्दा बढी सोच्नुपर्ने हो । म सँग किन रिस उठेको हो थाहा छैन । मैले भ्रष्टाचार गरिनँ ।’
उनले नेपालमा राजनीतिक दल र नेताहरूप्रति घृणा भएको स्वीकार गरेका छन् ।

‘नेपालमा पनि पोलिटिक्स, पोलिटिकल पार्टी र लिडरसँग घृणा छ,’ उनले भने, ‘अनुभव नै नभएका छन् । यो ओलम्पिकमा सेलेक्सन किन गर्नुपर्‍यो ? जेनजी पठाऔं न । उहाँहरू सेलेक्सन मान्न त गाह्रो हुन्छ ।’ उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालतर्फ इंकित गर्दै कानुन पढेकाहरू मन्त्री प्रधानमन्त्री भएको बताए । ‘अनि कोही कानुन पढेर न्यायाधीश भएका प्रधानमन्त्री हुने, कोही कानुन पढेका मात्रै अर्को मन्त्री हुने,’ ओलीले भने ।

तत्कालीन महानिर्देशक मिश्रासहित १४ जनाउपर भ्रष्टाचारको अभियोगमा आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा सङ्गीता कौशल मिश्रासहित १४ जनाउपर विभागको ‘मेमोग्राफी’ मेसिन खरिदका क्रममा झुट्टा विवरण र बिल पेस गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।

निजहरूले लागत अनुमान तयार गर्दा सम्झौताको सर्तबमोजिम सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बद्नियत राखी सम्पूर्ण सामग्री आएको भनी गलत दाखिला प्रतिवेदन, झुठो बीलबिजकलगायत तयार गरी/गराई भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको अभियोगमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन महानिर्देशक डा मिश्रा, विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा सुरेन्द्रप्रसाद चौरसिया, विभागका निर्देशक डा विवेककुमार लाल, विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, विभागका तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटाविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरिएको छ ।

यसैगरी, विभागका तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल, विभागका लेखापाल तिलकराम ढकाल, स्वास्थ्य सेवा विभागका बायोमेडिकल इञ्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल इञ्जिनियर पद्मा मिश्र, विभागको केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह, म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

ज्यान जोखिममा राखेर सत्य बोलिरहेको छु : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै जोखिम भए पनि सत्य बोल्ने आफ्नो बानी रहेको बताएका छन् । जेन–जी आन्दोलनपछि सरकार छोडेका उनले पहिलो पटक सम्पादकसँगको संवाद गर्दै सो कुरा गरेका हुन्। ‘ज्यान जोखिममा राखेर असत्यको विरोध गरेको छु,’ उनले भने, ‘मेरो सिद्धान्त, नीति अहिले पनि बदलिएको छैन, अहिले पनि त्यसैमा छु ।’

जेनजीलाई धोका दिएर विरोध प्रदर्शन हिंसात्मक भएको उनले दाबी गरे । ‘जेनजीले उठाएका जम्मा तीनवटा माग थिए तर, त्यहाँ प्रधानमन्त्रीको राजीनाको माग थिएन,’ ओलीले थपे, ‘म तिनै कुराको लागि लडिरहेको थिएँ ।’

सम्पादकहरुलाई ओलीको प्रतिप्रश्न : तपाईंहरुले आत्मालोचना गर्नु भयो ?
एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन र त्यसपछि भएका मानवीय र भौतिक क्षतिबारे पत्रकारहरुले पनि आत्मआलोचना गर्नुपर्ने बताएका छन् । आइतबार संवादकहरुसँगको संवादमा यत्रो क्षति हुँदा पनि किन आत्मआलोचित नभएको भन्ने प्रश्न उनलाई गरिएको थियो । त्यसको जवाफमा ओलीले पत्रकारहहरू पनि जेनजी आन्दोलनमा भएको हिंसाको कारक भएको भन्दै आत्मलोचना तपाईंहरुले पनि गर्नुभयो होला भनेर प्रतिप्रश्न गरे ।

‘अरुले आत्मआलोचना गरे, सम्पादकज्यूहरुले पनि गर्नु भयो होला,’ ओलीले भने, ‘अशान्तिको वातावरण बनाएकोमा, हिंसाको वातावरण बनाएकोमा पक्कै पनि महसुस गर्नु भएको होला भन्ने ठान्छु म । प्रोभोकेसन जुन गर्नु भएको थियो, सबैलाई भन्दिनँ जसले गर्नु भएको थियो उसैले सम्झिनु होला भन्ने ठान्छु ।’ उनले आफूमा अहंकार नभइ सत्य बोल्ने बानी भएको उल्लेख गरे। ‘पक्कै पनि हेर त दम्भव, अहंकार भन्नु हुन्छ । यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी छ,’ ओलीले भने ।