`

काठमाडौं उपत्यकामा रास्वपाको ‘क्लिनस्वीप’उन्मुख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा जित निकाल्ने देखिएको छ ।

नेपालको निर्वाचन इतिहासमा उपत्यकाको सबै क्षेत्रमा कुनै एक दलको विजय सम्भव हुने कहिल्यै देखिएकोे थिएन । यसपटक रास्वपाले जित्ने देखियो ।

काठमाडौं उपत्यकाको काठमाडौंमा १०, ललितपुरको ३ र भक्तपुरको २ दुई क्षेत्र छन् । केहीको निर्वाचन परिणाम आउन बाँकी छ । बाँकी भएकामा पनि रास्वपा उम्मेदवारहरूको निकै फरालिको अन्तर छ, जसले जित निश्चित भन्न मिल्ने भएको छ ।

देशमा प्रजातन्त्रको स्थापनापछि २०१५ सालमा भएको आम निर्वाचन होस् या प्रजातन्त्रको बहालीपछि भएको २०४८ निर्वाचन होस्, त्यसपछि २०६४ को निर्वाचनमा पनि यस्तो भएको थिएन । छासमिस नतिजा आउँथ्यो ।

अझ २०४८ यताको लगातार कुनै एउटा दलले मात्रै निर्वाचन जित्ने क्षेत्रको रुपमा कहलिएको थियो, भक्तपुर–१ । त्यहाँ विगतमा नारायणमान बिजुक्छें अध्यक्ष रहेको नेपाल मजदुर किसान पार्टीले चुनाव जिथ्यो । यसपटक त्यहाँ पनि रास्वपाकै उम्मेदवारले जित्यो ।

ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर राणाले निर्वाचन जित्ने आकलन गरिएको थियो । तर, त्यहाँ पनि रास्वपाकै उम्मेदवार बुद्धरत्न महर्जनले फराकिलो मतान्तरले जिते ।

यससँगै काठमाडौं उपत्यकामा रास्वपाको क्लिनस्वीप भएको छ ।

 

नेकपा उम्मेदवारहरूले अग्रता लिइरहेका यी १० क्षेत्र

प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्म एक क्षेत्रमा मात्र विजयी भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मत गणना चलिरहेका १0 ठाउँमा अगाडी छन्।

अहिलेसम्म रुकुमपूर्वबाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मात्र विजयी भएका छन्।

मतगणना चलिरहेको रामेछापमा नेकपाका श्यामकुमार श्रेष्ठ, सिन्धुली २ मा लेखनाथ न्यौपाने, काभ्रे १ मा दिन नाथ गौतम, सिन्धुपाल्चोक २ मा युवराज दुलाल, रोल्पा १ मा वर्षमान पुन, सल्यानमा रमेशकुमार मल्ल, डोल्पामा धनबहादुर बुढा, हुम्लामा दीपेन्द्र रोकाया, रुकुम पश्चिममा गोपाल शर्मा र अछाममा भीम रावल अगाडी छन्।

बझाङमा एमालेका ऐन महर निर्वाचित, दोस्रोपटकको चुनावी प्रतिस्पर्धाले संसद् यात्रा तय

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

उनले १८ हजार ५४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन् ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छन् । यहाँ नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत ल्याएका छन् ।

 

थरुहट आन्दोलनको केन्द्रबाट रास्वपाकी कोमल ज्ञवाली निर्वाचित

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गर्दै विजयी भएकी हुन् ।

ज्ञवाली १७ हजार ८६२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार कैलाली–१ मा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले आठ हजार ३९२ मत पाएका छन् ।

यस्तै चौथो भएका नेकपा एमालेका उम्मेदवार द्वारिकलाल न्यौपानेको पक्षमाचार हजार ४९३ मत आएको छ ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् ।

विष्णु पौडेललाई भारी मतान्तरले पराजित गर्दै राजनीतिमा उदाए रास्वपाका सुलभ

काठमाडौं । एमालेका प्रभावशाली नेता विष्णु पौडेललाई फराकिलो मतान्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल संसद् आउने भएका छन् ।

एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई खरेलले ४२ हजार ६२५ मतान्तरले पराजित गरे । खरेलले ५४ हजार ९२७ मत प्राप्त गर्दा पौडेलले १२ हजार ३०२ मत मात्र ल्याए।

पराजित गर्दै खरेल राष्ट्रिय राजनीतिमा नयाँ तर शक्तिशाली अनुहार हुन्।

रुपन्देहीमा लगातार चार निर्वाचन जितेका पौडेलले दोस्रोपटक हार बेहोरेका हुन्।

२०५६ सालदेखि रुपन्देहीमा चुनाव लडिरहेका पौडेलले २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार जित हासिल गरेका थिए।

 

भावी प्रधानमन्त्रीका प्रस्तावित बालेनलाई एमाले महासचिव पोखरेलको बधाई

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत बालेनलाई बधाई दिँदै आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा आएको बताए।

उनले भने, ‘जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएका छन्। जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना,’ पोखरेलले भनेका छन्, ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन।’

उनले आफ्नो निर्वाचन अभियानमा जुट्ने सबैलाई हृदयदेखि नै धन्यवाद भनेका छन्।

‘म उमेद्वार भएको दाङ प्रतिनिधि सभा–२ निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन आचार्य निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,’ उनले अगाडि लेखेका छन्, ‘अन्त्यमा, ‘जिन्दगी हो-हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ,’ भन्ने गितको भावझैँ लोकतान्त्रिक प्रक्रियामा हार-जित स्वाभाविक हो। निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा हार्दिक अनुरोध गर्दछु।’

गगन थापा झण्डै २ हजार मतले पछि, अमरेशको अग्रता तोड्न सकेनन्

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ८ा. अमरेश सिंहले लिएको प्रारम्भिक अग्रतालाई यथावत राखेका छन् ।

सुरुबाटै अगाडि रहेका अमरेशले अहिले गगनले भन्दा १९ सय ६६ मत धेरै ल्याइसकेका छन् । हालसम्मको गणना अनुसार सिंहले ४ हजार ४९६ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति थापाले २ हजार ५३० मत प्राप्त गरेका छन् । यहा नेकपा (एमाले)का अमिनेश कुमार यादवले ६४३ मत पाएका छन्।

यसैगरी जनमत पार्टीका राकेशकुमार मिश्रले ३५८ मत र नेपाली कम्युनिष्ट पार्टीका रजनीश रायले १४० मत प्राप्त गरेका छन्।

गगन काठमाडौं ४ छाडेर यो निर्वाचनमा सर्लाही झरेका हुन् । उता अमरेश माघ ५ गते जनकपुरमा भएको रास्वपाको भेलाबाट प्रवेश गरेका हुन् । २०७९ को निर्वाचनमा अमरेशले यही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारलाई हराएका थिए ।

 

प्रचण्डले जिते, रवि जित नजिक, अरु दलीय नेतृत्व कठिन संघर्षमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना भइरहँदा एकाधबाहेक दलका नेतृत्वहरू जितका लागि कठिन सङ्घर्षमा छन् ।

कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई निर्वाचित हुन सहज देखिएको छैन ।
कांग्रेस सभापति थापा सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहसँग कडा प्रतिस्पर्धामा छन् । अमरेशसँग थापाले मतान्तर निकै कम पारेका छन् । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन् । बालेन ओलीभन्दा दोब्बर बढी मतले अघि छन् । झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध रास्वपाका प्रकाश पाठकको सुरुवातदेखि नै अग्रता छ ।

सप्तरी–३ मा जसपा अध्यक्ष उपेन्द्र यादवले रास्वपाका अमरकान्त चौधरीलाई थोरै मतान्तरले मात्रै पछि पारेका छन् । जनमतका अध्यक्ष सिके राउत रास्वपाका रामजी यादवभन्दा झण्डै आधा मतान्तरले पछि छन् ।

उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ रास्वपाकै उम्मेदवार राजुनाथ पाण्डेसँग २ हजार बढी मतान्तरमा संघर्ष गरिरहेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि रास्वपाकै उम्मेदवार शरिन तामाङसँग पछि परेका छन् ।

पार्टी नेतृत्वले निर्वाचन जितेको भनेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मात्रै हो । रास्वपा सभापति रवि लामिछानेले पनि निर्वाचन जित्ने निश्चित भएको छ ।
विगतका निर्वाचनहरूको निर्वाचित भएर प्रायः दलहरूका नेतृत्व संसद् आउँथे । तर, यसपटक गम्भीर संकट झेलिरहेका छन् ।

 

पूर्वको ६ क्षेत्रमा श्रम संस्कृति पार्टीको अग्रता

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ६ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

पाँचथर, इलाम–२, धनकुटा, उदयपुर–२, भोजपुर र खोटाङमा अग्रता लिएको हो ।

जारी मतगणनामा यी क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका हुन् । सुनसरी–१ मा अध्यक्ष साम्पाङलाई भने रास्वपाकी शरिन तामाङ (गोमा)ले लगातार पछि पारिरहेकी छन् ।

सिन्धुपाल्चोक–२ मा कांग्रेस अगाडि

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी सिन्धुपाल्चोक–२ को मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ।

हेलम्बुबाट सुरू गरेको गणनामा नेपाली कांग्रेसका बंशलाल तामाङले ८२८ मत ल्याएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलालले ४ सय ६८ मत ल्याएका छन्। एमालेका शेरबहादुर ताामाङले ३१२ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अजय श्रेष्ठले २५३ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी

 

झापा-५ मा ओलीभन्दा बालेन ५ हजार मतले अगाडी

दमक। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् ।

यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन् । 

पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।

रुपन्देही २ : विष्णु पौडेलसँग फराकिलाे मतान्तरले अघि रास्वपा उम्मेदवार खरेल

रुपन्देही । रुपन्देही २ मा रास्वपाका उम्मेदार सुलभ खरेलले १८५३९ मत ल्याउँदा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार ९ सय ९६ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका चुन्न पौडेलले २४५० मत मात्रै ल्याएका छन् । त्यसैगरी नेकपाका विशवदीप पाण्डेले ४९८ मत मात्रै ल्याएका छन् ।

सुनसरी-१ मा रास्वपा अगाडि: हर्क साम्पाङ पछ्याउदै

विराटनगर। सुनसरी क्षेत्र नम्बर १ मा भएको मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन्।

श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ दोस्रो स्थानमा रहेका छन् । पछिल्लो मत परिणाम अनुसार रास्वपाका गोमा तामाङले १४२ मत पाएकी छन् । साम्पाङले भने ४९ मत पाएका छन् । तेस्रो मत भने नेपाली कांग्रेसका सुजेन्द्र गोलेले पाएका छन् ।

सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका सूर्यकुमार भट्टराईले १२मत पाएका छन् । एमालेका टिका मांगलेन लिम्बुले ८ र राप्रपाका उद्धव श्रेष्ठले ३४ मत पाएका छन् ।

 

मुस्ताङबाट कांग्रेसले पनि खोल्यो खाता, योगेश गौचन निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् ।

उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् ।

गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए ।

मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए । ०७९ मा योगेशले ३९९६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका थिए ।

योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्। उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन्।

 

देउवाको गृहजिल्लामा कांग्रेसको अग्रता, पछि रास्वपा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले सुरुवाती आग्रता कायम गरेको छ।

यहाँ देउवाका विश्वासपात्र नैनसिंह महरले ३०७ मतसहित अग्रता लिएका हुन्।

उनलाई रास्वपाले १०५ मतसहित पछ्याइरहेको छ।

यहाँ नेकपाका उम्मेदवारले ८७ मत पाउँदा एमाले उम्मेदवारले ३७ मत पाएका छन्।

डडेल्धुरामा महरसँगै नेकपा एमालेबाट चक्र स्नेही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा तारा जोशी चुनावी मैदानमा उत्रिएका छन्।

कांग्रेस सभापति गगनलाई फराकिलो मतान्तरले पछि पारे रास्वपाका अमरेशले

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहभन्दा पछि परेका छन् । सिंहले त्यहाँ फराकिलो मतान्तर बनाएका छन् ।
अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् । यसैगरी नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन् ।
यो मत गणना भने अमरेशको गृह पालिकाको हो।

 

कालिकोटमा नेकपा उम्मेदवार शाही झनै बढाउँदै मतान्तर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार महेन्द्रबहादुर शाहीले कालिकोटमा मतान्तर झनै बढाएका छन् ।
उनले ४६५६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका हर्षबहादुर बमले ३४०७ र एमालेका नगिन्द्र शाहीले ३१९४ मत पाएका छन् । नेकपा माओवादीका खड्गबहादुर विश्वकर्माले २२९१ र रास्वपाका प्रकाश न्यौपानेले ६७८ मत पाएका छन् ।

१० हजार मत नघाए बालेनले

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा बढी मत पाएका छन् ।
ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा–५ को मतगणना जारी रहेको छ ।

रास्वपाले काठमाडौं–१ बाट खोल्यो विजयको खाता, रञ्जु निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि रञ्जु दर्शना काठमाडौं–१ मा निर्वाचित भएकी छन् । रञ्जुको जितसँगै रास्वपाले विजयको खाता खोलेको छ ।

अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु  १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।

६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।

पहिलो कम्युनिस्ट प्रधानमन्त्रीले जितेको काठमाडौं–१ मा रास्वपाकी रञ्जुको जित निश्चित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं–१ मा उम्मेदवार बनेकी रञ्जु दर्शनाको जित निश्चित भएको छ ।

हालसम्म २३ हजार २२७ मत गणना हुँदा दर्शनाले १२ हजार ७८ मत पाएकी छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका प्रवल थापाले ५२१६ मतसहित पछ्याई रहेका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन्द्र मिश्रले ३१८५ मत पाएका छन् ।

काठमाडौं–१ त्यस्तो क्षेत्र हो १० वर्षे माओवादी युद्धअघिसम्म यहाँ तारान्तार कम्युनिस्ट नेताहरूले चुनाव जितेका थिए ।

पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले यो क्षेत्रबाट विगतमा चुनाव जितेका थिए । २०६४ पछि भने यो क्षेत्रमा कांग्रेस विजयी हुँदै आएको थियो । यसपटक भने रास्वपाले कांग्रेस र कम्युनिस्ट उम्मेदवारलाई धेरे पछि पार्दै जित निश्चित बनाएको छ ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई झिनो अग्रता, पछ्याउँदै नेकपाका नरेश भण्डारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक क्षेत्रमा अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाममा राप्रपाका ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता लिएका हुन् ।

उनले ८५ मत पाउँदा नेकपाका नरेश भण्डारीले ७४ मत पाएका छन् । कांग्रेसका दीपबहादुर शाहीले १९ र एमालेका शान्तिलाल महतले १६ मत पाए । यहाँ रास्वपा उम्मेदवार विनिता कठायतले अहिलेसम्म एक मत पनि पाएकी छैनन् ।

५५ क्षेत्रमा मतगणना : रास्वपा ४१, एमाले ५, कांग्रेस ५ नेकपा ३ र श्रम संस्कृति १ ठाउँमा अघि

प्रतिनिधि सभा निर्वाचनको मत गणना जारी छ।

अहिलेसम्म ५५ क्षेत्रमा मतगणना चलिरहेको निर्वाचन आयोगले जनाएको छ।

पछिल्लो विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ स्थानमा अग्रता लिएको छ।

त्यसैगरि नेकपा एमालेले ५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा छ।

नेपाली कांग्रेसले ५ स्थानमा अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीले ३ स्थानमा अग्रता लिएको छ।

श्रम संस्कृति पार्टीले एक ठाउँमा अग्रता लिएको छ ।

महोत्तरी–१ मा नेकपाका गिरिराजमणि भन्दा रास्वपाका प्रमोद दोब्बर मतले अघि

महाेत्तरी १ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार प्रमोद महतो अगाडि छन्।

अहिलेसम्म प्राप्त विवरणअनुसार घण्टी चिह्नका प्रमाेद महताेले ३५४७ मत पाएका छन्।

यस्तै नेकपाका गिरिराजमणि पाेखरेलले १६२०, कांग्रेसका मुकेश काफ्लेले ५१७ र एमालेका लक्ष्मी महताेले ७०३ मत पाएका छन्।

एमालेको अग्रता तीन क्षेत्रमा, अग्रता लिने को–को ?

काठमाडौं । नेकपा एमालेले तीन क्षेत्रमा अग्रता लिएको छ । लुम्बिनीको दुई र गण्डकीको एक क्षेत्रमा अग्रता लिएको हो ।

निर्वाचन आयोगका अनुसार गण्डकीको स्याङ्जा– १ मा मीनप्रसाद गुरुङ र लुम्बिनीको रुपन्देही–४ मा प्रमोदकुमार यादव र बाँके–२ मा मोहम्मद इस्तियाक राईले अग्रता लिइरहेका हुन् ।

यसअघि कोशीको तेह्रथुममा भानुभक्त ढकालले प्रारम्भिक अग्रता लिएका थिए । त्यहाँ अहिले कांग्रेसका सन्तोष सुब्बाले अग्रता लिएका छन् ।

कांग्रेसले अग्रता लिएको यी पाँच निर्वाचन क्षेत्र

नेपाली कांग्रेसले पाँच स्थानमा अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार काग्रेंसले तेह्रथुम १ मा सन्तोष सुब्वा, ललितपुर १मा उदयशमशेर राणा, मुस्ताङ १ मा योगेश थकाली, कपिलवस्तु ३ अभिषेकप्रताप शाह र कैलाली १ मा जनकराज चौधरीले अग्रता कायम गरेका छन् ।

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपाको धावा, १७ सय बढी मतान्तर

भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रन्जितले अग्रता कायमै राखेका छन्।

उनले पछिल्लो मतपरिणाम अनुसार ३ हजार ८८४ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २ हजार १३३ मत प्राप्त गरेका छन्।

दुई जनाबीच १७५१ मतान्तर छ।

तेस्रो स्थानमा नेपाली कांग्रेसका किरण न्यौपानेले ६०५ मत प्राप्त गरेका छन्।

Premier
नेकपा एमालेका सोमप्रसाद मिश्रले ३०२ मत प्राप्त गरेका छन्।

मोरङ–३ मा श्रम संस्कृतिका अमिर मगरको अग्रता, कांग्रेसका सुनिल शर्मा पछि

मोरङ क्षेत्र नम्बर ३ मा पनि मत गणना सुरु भएको छ।

५०० मत गणना हुँदा श्रम संस्कृति पार्टीले २१८, नेपाली कांग्रेसले ११९, रास्वपा ११६ र एमालेले २८ मत ल्याएका छन्।

यो क्षेत्रमा श्रम संस्कृति पार्टीले प्रारम्भिक अग्रता लिएको छ।

यहाँ श्रम संस्कृति पार्टीका अमिर मगर, नेपाली कांग्रेसका सुनिल शर्मा र रास्वपाका गणेश कार्कीबिच प्रतिस्पर्धा देखिएको छ।

धादिङ–१ मा आशिका तामाङलाई अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार धादिङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङले अग्रता लिएकी छन्।

तामाङले ५५४ मत पाउँदा पाण्डेले ३३६ मत पाएका छन्। यस्तै, नेकपा एमालेका भूमि त्रिपाठीले २९५ मत पाएका छन्।

रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो अग्रता

रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापाले १७६ मत ल्याएका छन् ।

तीन क्षेत्रमा एमालेको अग्रता कायमै

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा तीन क्षेत्रमा अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार कोशीको तेह्रथुम, लुम्बिनीको रुपन्देही–४ र लुम्बिनीकै बाँके–२ मा एमालेले अग्रता लिइरहेको हो ।

तेह्रथुममा पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, रुपन्देही–४ मा प्रमोदकुमार यादव र बाँके–२ मा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई अन्य दलका उम्मेदवार भन्दा अगाडि छन् ।

झापा–५ मा बालेन अग्रता बढाउँदै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा देशवासीको सर्वाधिक चासो रहेको झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कामयै राखेका छन् ।

उनले १४७६ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछ्याइरहेका छन् । उनले ३८४ मत पाएका छन् । यो २३०३ मत गणना गर्दाको परिणाम हो ।

काठमाडौं– १ मा रास्वपाकी रञ्जुको फराकिलो अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर – १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले फराकिलो मतान्तर बनाएकी छन् ।

उनले ९ हजार ७८ मत प्राप्त गरेकी छन् । उनलाई कांग्रेसका प्रबल थापाले ४ हजार ८८ मतका साथ पछ्याइरहेका छन् ।

राप्रपाका रवीन्द्र मिश्रले २ हजार ३५५ मत पाएका छन् । नेकपाकी कृतु भण्डारीले २०१ मत पाइन् । यो वडा नम्बर १०, ११ र २९ नम्बर वडाको १७ हजार ६६३ मत गणना गर्दाको परिणाम हो ।

दाङ क्षेत्र नम्बर १ मा रास्वपाको अग्रता

दाङ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ। कुल २२३२ मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेको छ। प्राप्त पछिल्लो विवरण अनुसार रास्वपाले १५१६ मत प्राप्त गरी अग्रस्थान सुरक्षित गरेको छ।रास्वपाको तुलनामा अन्य ठूला दलहरूको मत परिणाम निकै कम देखिएको छ। नेपाली कांग्रेस (रूख) २९२ मतका साथ दोस्रो स्थानमा छ भने नेकपा एमाले (सूर्य) ले २२२ मत प्राप्त गर्दै तेस्रो स्थान ओगटेको छ। त्यस्तै अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा निकै पछाडि परेका छन्। तारा चिन्हले ८९ मत ल्याएको छ भने हलो चिन्हका उम्मेदवारले २५ मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गिलास चिन्हले ४८ मत, आँपले १३ मत, स्वतन्त्र उम्मेदवार (चेस गोटी) ले १३ मत र गुलाफको फूलले ८ मत प्राप्त गरेका छन्। यस्तै छाताले ३ र मोबाइल चिन्हले २ मत पाएका छन्। गणना भएका कुल मतमध्ये १०१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मोरङको मतगणना भएको तीन क्षेत्रमै रास्वपाको अग्रता

मोरङका तीनवटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ। सुरुवाती परिणाम अनुसार मत गणना सुरु भएका तीनवटै क्षेत्रमा रास्वपाले प्रारम्भिक अग्रता कायम गरेको छ।

मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपानेले ९६७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका शान्ति पाख्रिनले ६४३, नेपाली काँग्रेसका खड्ग फागोले ४३७ र नेकपा एमालेको घनश्याम खड्काले २३७ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशीले प्रारम्भिक अग्रता कायम गरेका छन्।

उनले १६३० मत ल्याउँदा नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले ३६०, नेकपामा अमनलाल मोदीले ३३८ र नेकपा एमालेका जीवन घिमिरेले २५२ मत प्राप्त गरेका छन्।

त्यस्तै  क्षेत्र नम्बर ५ मा रास्वपा कि आशा झाले १२२९ मत पाउँदै अग्रता सुरु गरेकी छिन्।

यो क्षेत्रमा जसपाका राजकुमार यादवले ५६५, नेकपाका शिवकुमार मण्डलले ३४५ र नेपाली काँग्रेसका फुलकुमार लालवानीले ३२७ मत प्राप्त गरेका हुन्।

चितवन–२, रवि लामिछानेले लिए अग्रता

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् ।
रविले एक हजार १५८ मत ल्याउँदा एमालेका अस्मिनले ९०८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मीना खरेलले ५३९ मत ल्याएकी छन् ।

भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीको अग्रता कायमै

भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता लिएका छन् । खत्रीले १४ सय मतसहित अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पछ्याइरहेका छन् ।

अहिलेसम्मकाे मतपरिणाम अनुसार बस्नेतले १२ सय मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेस उम्मेदवार कबिर रानाले १७१ प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालयले जानकारी  दिएकाे छ ।

नेकपाका रामप्रसाद सापकोटाले १७, नेमकिपाका रमेश वैद्यले १३८, राप्रपाका विक्रम थापाले ३५, श्रम संकृति पार्टीका अर्जुन बासुले १५ र उज्यालो नेपाल पार्टीका जित राम लामाले ३७ मत प्राप्त गरेका छन् ।

रुपन्देही–२ मा रास्वपाका खरेलको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार रहेका रास्वपाका सुलभ खरेल पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेलमाथि सुरुवातमै हावी देखिएका छन् ।
प्रारम्भिक गणनामै सुलभले फराकिलो अग्रता लिने संकेत देखाएका छन् । अहिलेसम्मको गणनाअनुसार उनले पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन् ।
खरेलले चार हजार ७४ मत प्राप्त गर्दा पौडेलले जम्मा ८४५ मत पाएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ले ५०४ मा ल्याएर पछ्याइरहेका छन् ।
बुटवल उपमहानगरपालिका–१ को १८ सय ६५ मतमा खरेलले १२ सय ९३ मत पाएका छन् । यहाँ पौडेलले २४५ र कांग्रेसका चुन्नप्रसादले १९९ मत पाएका छन् । नेकपाका विश्वदीप पाण्डेले ८ मत पाएका छन् ।
तिलोत्तमा वडा नं १ मा रास्वपाका सुलभ खरेलले २७ सय ८१ मत पाएका छन् । यहाँ विष्णु पौडेलले ६०९ मत पाएका थिए भने नेकपाका विश्वदीपले ३५ मत पाएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । रुपन्देही २ मा एकलाख ३५ हजार ५० मतदाता छन् ।

काठमाडौं–३ मा कुलमान पछि, राजु अघि

काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता बनाएको छ ।

बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार रास्वपाका राजु पाण्डेले अगाडि देखिएका छन् । अहिले राजु पाण्डे २५४ मतले अगाडि देखिएका छन् । पाण्डेले २ हजार ९६० मत ल्याएका छन् ।

यसअघिसम्म अग्रता बनाइरहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ भने पछि परेका छन् । कुलमानले २७०६ मत पाएका छन् ।

उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले पछ्याइरहेका छन् ।

बेथेलको शतकका बावजुद इंग्ल्याण्ड पराजित, भारत फाइनलमा

काठमाडौं। संजु सामसनको तूफानी ब्याटिङको मद्धतमा भारतले आईसीसी पुरुष टी२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

मुम्बईको वानखेडे स्टेडियममा खेलिएको यस रोमाञ्चक खेलमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। तर यो निर्णय इंग्ल्यान्डका लागि महँगो पर्यो। संजु सामसनले ४२ गेंदमा ८९ रन बनाउँदै भारतलाई विशाल स्कोर खडा गर्न मद्दत गरे। पावरप्लेमा नै ६७/१ पुगेको भारतले सामसन र ईशान किशनको बीच ९७ रनको साझेदारीको बदौलत आफ्नो पकड बलियो बनायो। त्यसपछि शिवम दुबेले २५ गेंदमा ४३, हार्दिक पाण्ड्याले १२ गेंदमा २७ र तिलक वर्माले ७ गेंदमा २१ रनको तीव्र पारी खेल्दै भारतलाई २०ओभरमा २५३/७ को विशाल स्कोर दिलाए।

२५४ रनको लक्ष्य लिएर उत्रिएको इंग्ल्यान्डको सुरुवात नराम्रो रह्यो। पावरप्लेमै फिल साल्ट, जस बटलर र ह्यारी ब्रुकका विकेट गुमाउँदै इंग्ल्यान्ड ६८/३ मा पुग्यो। जेकब बेथेलले ४८ गेंदमा ८ चौका र ७ छक्कासहित १०५ रन बनाउँदै शानदार पारी खेले तर अन्तिममा रन आउट हुँदा उनको प्रयास व्यर्थ भयो। अन्तिम ओभरमा जोफ्रा आर्चरले तीन छक्का बनाउँदै लडाइँ गरे तर भारतले ७ रनले जित निकाल्यो।

भारत अब ८ मार्चमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डसँग फाइनल खेल्नेछ। यो टी२० विश्वकप सेमिफाइनलमा यी दुई टिमको तेस्रो लगातार भेट हो । इंग्ल्यान्डले २०२२ मा १० विकेटले र भारतले २०२४ मा ६८ रनले जितेको थियो, र दुवै पटक विजेता टोलीले उपाधि पनि जितेको थियो।

झापाका कुन निर्वाचन क्षेत्रमा कति खस्यो मत, क्षेत्र नं. ५मा सबैभन्दा धेरै

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा देशव्यापी चासो रहेको झापा-५ मा ६५.११ प्रतिशत मतदाताले मतदान गरेका छन् । यहाँ एक लाख ६३ हजार ३७९ मतदाता रहेकोमा एक लाख ६ हजार ३७२ जनाले मतदान गरेका हुन् । यो जिल्लामै सबैभन्दा धेरै मत खसेको क्षेत्र हो भने प्रतिशतका हिसाबमा जिल्लाको दोस्रो धेरै हो ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा सात लाख १३ हजार ५३७ मतदाता रहेकोमा चार लाख ५८ हजार ३६२ जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ६४.२४ प्रतिशत हो ।

झापा-१मा ६३.९५ प्रतिशत मत खस्यो । एक लाख ३१ हजार ६७ जना मतदाता रहेको यो क्षेत्रमा ८३ हजार ८२२ जनाले भोट हाले ।  झापा-२मा सर्वाधिक धेरै ६५.२५ प्रतिशत मत खस्यो । यहाँ १ लाख ४७ हजार ५२२ मतदाता थिए, जसमध्ये ९६हजार ५२३ले मतदान गरे ।

एक लाख ४० हजार ८५७ मतदाता रहेको ३मा ८८ हजार ४४९ अर्थात ६२.७९ प्रतिशतले मतदान गरे भने एक लाख ३० हजार ७१२ मतदाता रहेको झापा ४ मा ८३ हजार ४६६ अर्थात ६३.८५ प्रतिशतले भोट दिएका छन् ।