नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्पा क्याम्पमा सञ्चालनमा रहेको केन्द्रीय कारागार र पृष्ठभूमिमा त्रिशूली नदी र नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको २५ मेगावाट क्षमताको सौर्य प्लान्ट । तस्वीर : रामहरि न्यौपाने / रासस
Author: nepalone
मेस्सीको दुई गोलमा अर्जेन्टिनाको शानदार जित, ब्राजिलले पनि जित्यो
काठमाडौं । फुटबलका जादुगर लियोनेल मेस्सीको दुई गोल मद्दतले अर्जेन्टिनाले विश्वकप छनोट खेलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको छ । यो जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायम राख्दै ३८ अंकका साथ तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
तर, भेनेजुएलाको लागि भने यो हार २०२६ को विश्वकपमा पुग्ने आशामा ठूलो धक्का बनेको छ । ब्युनस आयर्सको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले सुरुदेखि नै दबाब सिर्जना गरेको थियो । खेलको ३९ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिला ए। उनको जादुई खुट्टाबाट निस्केको यो गोलले रंगशालामा उपस्थित हजारौं दर्शकलाई उत्साहित बनायो । पहिलो हाफमा अर्जेन्टिना यही अग्रताका साथ मैदानमा फर्कियो ।
दोस्रो हाफमा पनि अर्जेन्टिनाले आफ्नो आक्रामक खेल जारी राख्यो । ७६ औं मिनेटमा युवा स्ट्राइकर लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । यसपछि ८० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अर्जेन्टिनालाई शानदार जित दिलाए । मेस्सीको अर्जेन्टिनाका लागि यो ११४ औं गोल हो ।
यो खेल लियोनेल मेस्सीको अर्जेन्टिनाका लागि घरेलु भूमिमा हुने अन्तिम प्रतिस्पर्धात्मक खेल हुन सक्ने अनुमान गरिएको छ । विश्वकप विजेता अर्जेन्टिनाले यसअघि नै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । यता, भेनेजुएलाको लागि भने विश्वकप सपना जटिल बनेको छ । अब उसले अन्तरमहाद्वीपीय प्लेअफमार्फत मात्र विश्वकपका लागि अवसर पाउन सक्छ । त्यसका लागि पनि भेनेजुएलाले बोलिभियालाई पछि पार्नुपर्नेछ । हाल भेनेजुएला बोलिभियाभन्दा एक अंकले अगाडि छ । अन्तिम चरणको खेलमा बोलिभियाले बलियो ब्राजिलसँग खेल्नेछ भने भेनेजुएलाले कोलम्बियाको सामना गर्नेछ ।
अर्को खेलमा ब्राजिलले चिलिलाई ३–० ले पराजित गरेको छ । माराकाना स्टेडियममा भएको यस खेलमा ब्राजिलले सुरुदेखि नै खेलमा आफ्नो पकड जमाएको थियो । ब्राजिलका लागि एस्टेभाओले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । मध्यान्तरसम्म ब्राजिल यही अग्रता कायम राख्न सफल भयो । दोस्रो हाफमा लुकास पाक्वेटाले ७२औं मिनेटमा एल हेनरिकको पासमा गोल गर्दै ब्राजिलको अग्रता २–० मा पुर्याए । त्यसको लगत्तै, ७६औं मिनेटमा ब्रुनो गुइमारेसले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।
तस्वीरमा एमाले विधान महाधिवेशनस्थलको चहलपहल
ललितपुर । सत्तारुढ नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनस्थल सनराइज सभा हलमा उद्घाटनको चहलपहल सुरु भइसकेको छ । गोदावरीको मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारबाट प्रवेश गर्ने प्रतिनिधि, पर्यवेक्षक, सर्वसाधारणलाई स्वयंसेवकहरूले व्यवस्थित गर्दैछन् । प्रतिनिधि, पर्यवेक्षक, सञ्चाकर्मी र सर्वसाधरणको सवारी साधरणका लागि मूल सडक छेऊमै पार्किङको व्यवस्था मिलाइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीअनुसार महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी रहने छन् । परम्परागत रूपमा उद्घाटन, स्वागत, शुभकामना मन्तव्य जस्ता कार्यक्रम नहुने एमालेले जनाएको छ । उद्घाटन समारोह जम्मा १२ मिनेटको हुनेछ । यसअघि २०७८ सालमा एमालेले विधान महाधिवेशन गरेको थियो ।

उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ। उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बाहिर मिडिया सेन्टरमा कलाकारहरूले आर्ट बनाउने छन्। जसको लाइभभित्र हलमा पनि गर्ने तयारी छ ।

स्वयंसेवक, प्राविधिकहरुको कार्ड स्क्यान कार्य सुरु भइसकेको छ । प्रतिनिधि, पर्यवेक्षकका लागि गेटभित्र छिर्ने प्रक्रिया खुला भइसकेको छैन । सञ्चारकर्मीहरुका लागि पर्खालसँगै जोडिएको मिडिया सेन्टर राखिएको छ । हलभित्र स्थायी, पोलिटब्युरो, केन्द्रीय सदस्य, आयोगका प्रमुख र प्रतिनिधिहरुका लागि प्रदेश अनुसारको सिट व्यवस्थापन गरिएको छ ।

अहिले हलभित्र सरसफाई, सिट व्यवस्थापन, डिजिटल, सुरक्षा प्रबन्ध, प्राविधिक पक्षको धमाधम परिक्षण भइरहेका छन् । हलभित्र उपमहासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापनका संयोजक पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले नेतृत्व गरिरहेका छन् । ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ, बाँया टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएको छ ।

त्यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्वीर राखिएको छ । दायँतिर कार्ल मार्क्स, एङ्गेल्स र लेनिनको तस्वीर राखिएको छ । मञ्चको शिरमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो महाधिवेशन लेखिएको छ । त्यसमाथि सर्वोच्च शिखर सगरमाथाको प्रतीक राखिएको छ । सगरमाथा माथि पार्टीको लोगो सूर्यभित्र हँसिया हथौडा र नेपालको झण्डा राखिएको छ ।

प्रत्यक्ष प्रशारणसहित बाहिर मिडिया सेन्टरमा डिजिटल बोर्ड राखिको छ । हलको दाँया–बाँया झ्यालमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’को नारासहित दुईवटा ठूला डिजिटल बोर्ड राखिएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने एमाले दोस्रो विधान महाधिवेशन स्थल गोदावरी सनराइज सभाहलतिर अहिले सातदोबाटोबाट प्रतिनिधि, पर्यवेक्षक, पार्टी शुभचिन्तकहरु आउनेक्रम जारी छ । दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहनेछ । स्वयं सेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ ।

अस्पतालको मुल गेट अगाडि शव राखेर प्रदर्शन
सर्लाही । सर्लाही बरहथवामा चिकित्सकको लापरबाहीले एक दलित युवकको उपचारको क्रममा ज्यान गएपछि आफन्तले अस्पतालको मुल गेटमै शव राखेर प्रदर्शन गरेका छन् । बरहथवा नगरपालिका–७ दुधडेरी चौकका ३८ वर्षीय प्रमोद पासवानको पेटमा समस्या भएपछि उपचारका लागि बिहीबार बिहान स्थानीय हनुमन्त अस्पतालमा गएका थिए ।
पासवानको अचानक पेट दुखेर समस्या भएपछि परिवारले सरकारी अस्पताल बरहथवामा लगे । तर सरकारी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि आफन्तले नजिकै बरहथवामै रहेको हनुमन्त अस्पताल पुर्याए ।
बिहीबार बिहान करिब ७ बजे पासवानलाई हनुमन्त अस्पताल बरहथवामा भर्ना गरेर अस्पतालले उपचार सुरु गरियो । पासवानको स्वास्थ्य सुधारको साटो झन् थप समस्या देखा पर्न थालेपछि बेलुका करिब पाँच बजे अस्पतालले अन्यत्र लैजान रिफर गरे र पासवान परिवारलाई अस्पतालको बिल सात हजार तिर्न बिल थमायो ।
अत्यन्त विपन्न र दलित परिवारका युवक प्रमोद पासवान स्थानीय बजारमै पलदारीको काम गर्थे र उनको आर्थिक अवस्था अत्यन्त कमजोर थियो । अस्पतालको पैसा तिरेपछि मात्रै बिरामीलाई थप उपचारका लागि लैजान दिने अस्पताल प्रशासनले गेटमा खटिएका ड्युटी कर्मचारीलाई समेत फर्मान जारी भयो ।
पासवानको अवस्था झन् बल्झिँदै गयो । जेनतेन गरेर परिवारले एक जना चामल व्यापारीमार्फत अस्पतालको बिल तिर्ने जिम्मा लिएपछि बिहीबार साँझ सात बजे अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा अस्पतालबाट निस्केको करिब पाँच किलोमिटर नपुग्दै पासवानको ज्यान गएको उनका भाइ सुबोध पासवानले सुनाए ।
अस्पतालले पैसाको कारण देखाउँदै आफ्ना भाइ प्रमोदप्रति दानवीय व्यवहार देखाएको र जथाभावी उपचार गरेको कारण पीडित मृतक परिवारले भाइको शव अस्पताल अगाडि राखेर न्याय मागेको बताएका छन् । ‘पैसाको कारण देखाउँदै बिरामी भाइलाई हनुमन्त अस्पतालभित्र घेरेर पैसा नतिरुञ्जेल बिरामी लैजान नदिने अस्पताल प्रशासनले अडान लिएको कारण भाइको समुचित उपचार अभावमा जथबल गएको’ परिवारको आरोप छ ।
इलाका प्रहरी कार्यालय बरहथवाले अस्पताल प्रशासन र उपचारमा संलग्न डाक्टर खुशनन्दन पाण्डेयलाई नियन्त्रणमा राखेको बताएका छन् । इप्रका बरहथवाले पीडित र अस्पताल प्रशासन दुवै पक्षलाई समस्या समाधान गर्न छलफलमा जुटेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए । हनुमन्त अस्पतालका चिकित्सक डाक्टर पाण्डेयले अत्यधिक मात्रामा रक्सी सेवन गरेको कारण उनको ज्यान गएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौंमा मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित सडकमा बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । आज मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं साँखु बस्ने उदयपुरकी ३५ वर्षीया उषा तामाङ घाइते भएकी थिइन् ।
उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
पोखरामा आजबाट महिला भलिवल लिग शुरु हुँदै
काठमाडौं । वात्सल्य एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदै छ । उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमने–सामने हुँदैछन् ।
उद्घाटन खेल पोखराको बहुउद्देश्यीय कभर्डहलमा दिउँसो २ बजेबाट हुनेछ । त्यस्तै आज हुने दोश्रो खेलमा ललितपुर क्विन्स र मधेश यूनाइटेड भिड्ने छन् । सो खेल अपरान्ह ४ बजे सुरु हुनेछ । कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिताको फाइनल खेल २८ गते हुनेछ ।
रमाइलो गाउँ, रमाइलो ठाउँ
म्याग्दीको मालिका गाउँपालिका–४ मा पर्ने ओखरबोट गाउँ । मगर र दलित समुदायको बसोबास रहेको ओखरबोट गाउँ नजिकै तामाखानी छ। तस्वीर : रासस ।

अमेरिकाको रक्षा मन्त्रालयलाई ‘युद्ध मन्त्रालय’ बनाउने ट्रम्पकाे तयारी
काठमाडौं । अमेरिकाको रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयका रुपमा परिवर्तन गरिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयका रुपमा परिणत गर्नेसम्बन्धी कार्यकारी आदेशमा आज हस्ताक्षर गर्दैछन् । यस्तै रक्षामन्त्री पिट हेगसेथलाई युद्धमन्त्री भनिनेछ ।
विगतमा पनि पेन्टागन युद्ध मन्त्रालयको रुपमा थियो । सन् १७८९ मा स्थापना गरिएको युद्ध मन्त्रालय सन् १९४७ सम्म अस्तित्वमा थियो । ट्रम्पले जारी गर्ने कार्यकारी आदेशले रक्षामन्त्री, पेन्टागन र कार्यरत अधिकारीलाई नयाँ नाम प्रयोग गर्ने अनुमति दिन्छ ।
आदेशले रक्षामन्त्री हेगसेथलाई स्थायी रुपमा नाम परिवर्तन गर्नका लागि आवश्यक कानुनी र कार्यकारी कदमहरु सिफारिस गर्न निर्देशन दिएको छ । तर, संसदीय स्वीकृतिविना औपचारिक रुपमा नाम परिवर्तन गर्न सकिने व्यवस्था भने छैन । ह्वाइट हाउसले स्थायी रुपमा नाम परिवर्तनका लागि कति लागत लाग्छ भन्नेकुरा भने खुलाएको छैन । तर, उक्त कार्यका लागि अर्बौं डलर लाग्ने अनुमान गरिएको छ ।
फिफा विश्वकप छनोट : बुल्गेरियामाथि स्पेनको सहज जीत
काठमाडौं । विश्वकप छनोटको अर्को खेलमा स्पेनले बुल्गेरियामाथि तीन–शून्य गोलको सहज जीत हात पारेको छ । गए राति भएको खेलमा भ्रमणकारी टिम स्पेनले सुरुवाती पाँच मिनेटमा नै अग्रता लिएको थियो ।
मिकेल ओयासाबलले, लमिन यामल, पेड्री हुदै मार्टिन जुबीमेन्डीबाट आएको बललाई गोलमा परिणत गरेका हुन् । उनको पछिल्लो छैटौं अन्तर्राष्ट्रिय खेलमा यो पाँचौ गोल हो । ३० औं मिनेटमा मार्क कुकुरेयाले अग्रता दोब्बर बनाए ।
कुकुरेयाले स्पेनका लागि पहिलो पटक गोल गरेका हुन् । ३८ औं मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि स्पेन, बुल्गेरिय विरुद्ध पहिलो हाफमा नै तीन–शून्यले अघि रहेको थियो ।
पुरै खेल अवधिभर दबाब बनाएको स्पेनसँग ब्रेकपछि पनि बुल्गेयिाले पुनरागमन गर्न सकेन । स्पेनले भने थप गोलको अवसर गुमाएको थियो । समूह–इ मा रहेको स्पेनको तीन अंक भएको छ ।
यसै समूहमा रहेको टर्कियले जर्जियालाई तीन–दुई गोलले पराजित गरेको छ । समूह जीमा रहेका नेदरल्यान्डस र पोल्यान्डले भने एक–एक गोलको बराबरी खेलेका छन् । घरेलु टिम नेदरल्यान्ड्सले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन ।
२८ औं मिनेटमा डेन्जल डम्फ्रिजले डच टिमका लागि गोल गरेका थिए । रोवर्ट लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्यान्डका लागि बराबरी गोल भने डिफेन्डरले फर्काए । ८० औं मिनेटमा माटी क्यासले गोल गरेपछि पोल्यान्ड हारबाट जोगिएको हो । गत मार्च यता लेवान्डोस्कीको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
आज बिहान ६ बजेको समयमा बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्करले दिँदा स्थानीय ४६ वर्षका भुवन भुजेलको मृत्यु भएको हो । उनको उपचारको क्रममा बिहान सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
स्थानीय ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते छन् । उनको टाउको र छातीमा चोट लागेको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भई सडक किनारमा रहेको लोकनाथ गौतमको घरमा आड लागेर कोल्टे परेको छ । घरका मानिसहरु सुरक्षित छन् । तर घरको गारोले थिचिएर २० वटा कुखुरा मरेका छन् । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
टाटा मोटर्सको अफरै अफर : ‘प्रि–फेस्टिभ फियस्टा’ सुरु
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै ‘प्रि–फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम आज भदौ २० र २१ गतेसम्म दुई दिन सञ्चालन हुनेछ ।
यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल तथा आईसिई मोडलका गाडीहरूको संयुक्त प्रदर्शनी अवलोकन गर्नुका साथै ती गाडीहरू टेस्ट ड्राइभको गर्दै विशेष अफरहरुको साथ गाडी बुक गर्न सक्नेछन् । प्रदर्शनीमा टियागो ईभी, पञ्चईभी, नेक्सन के३ ईभी, कर्भ ईभी लगायतका लोकप्रिय इलेक्ट्रिक गाडीहरु राखिएका छन् ।
त्यस्तै, आईसिई मोडेलहरूमा टाटाका टियागो, पञ्च, नेक्सन र टाटा सफारी समेत राखिएका छन् । यी मोडलहरूले किफायतीदेखि प्रिमियम सेग्मेन्टसम्मका ग्राहकलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ ।
ग्राहकलाई थप आकर्षित गर्न टाटा मोटर्स नेपालले ‘प्रि–फेस्टिभ फियस्टा’ मा विभिन्न सुविधाहरु जसमा लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, फ्री कम्पर्हेन्सिभ अटो प्लस इन्स्योरेन्स, फ्री एसोसोरिज, एक वर्षको निःशुल्क वार्षिक सवारी कर, र फ्रि होम चार्जिंग इंस्टॉलेशन समावेश गरिएका छन् ।
कार्यक्रम टाटाको नेपालभरी रहेको शो रुममा भइरहेको छ । यसरी आकर्षक सुविधासहित सञ्चालन हुने यस ‘प्रि–फेस्टिभ फियस्टा’ कार्यक्रमको उद्देश्य आर्थिक सुविधा प्रदान गराउनु मात्र नभई ग्राहकहरूलाई चाडपर्वको खुशी तथा उत्साहसँग जोड्ने एउटा सुनौलो मध्यामका रुपमा कम्पनीले लिएको छ ।
अमेरिकाबाट निष्काशित १९ नेपाली हातमा बोरा बोकेर आइपुगे
काठमाडौं । अमेरिकाले निष्काशन गरेका १९ नेपाली काठमाडौं आइपुगेका छन् । ओम्नी एयरलायन्सको चार्टर्ड विमानबाट उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन् ।
गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका उनीहरूलाई त्यहाँको आइस प्रहरीले नियन्त्रणमा लिएको थियो । आवश्यक अनुसन्धानपछि उनीहरूलाई नेपाली दूतावाससँग समन्वय गरेर ट्राभल डकुमेन्ट बनाई नेपालतर्फ निष्काशन गरिएको हो ।
निष्काशनमा पर्नेमा १७ जना पुरुष र दुई जना महिला छन् । अमेरिकी अध्यागमनले यसअघि ३७ जना नेपालीलाई निष्काशन गरेको सूचना दिएको थियो । निष्काशनमा परेका बाँकी १८ जनालाई पनि क्रमशः नेपाल ल्याइने स्रोतले जनाएको छ । उनीहरु हातमा बोरा बोकेर फर्किएको अवस्थामा छन् ।
एमाले विधान महाधिवेशन आजदेखि : के–के छन् तीन दिनका कार्यक्रम ?
काठमाडौं । सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज (बाट सुरु हुदैछ । २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्ध्घाटन गर्नेछन् ।
महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधी र आयोजकका हैसियतमा ३१५ जना गरी २,३४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरु काठमाडौं आइपुगिसकेका छन् ।
महाधिवेशनस्थलमा पुग्ने सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मुल नारा तय गरेको छ ।
गौतमका अनुसार उद्ध्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ । प्रतिनिधि परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन् ।
प्रतिनिधिहरु चार वटा डिजिटल ढोकाबाट सनराइज हलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई झकिझकाउ बनाउन प्रवेश द्वारबाट महाधिवेशन हल छिर्ना साथ दाँयातिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्विर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ ।
हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अंग्रेजीमा ‘सीपीएन यूएमल’ ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलिरहेका हुनेछन् । महाधिवेशन स्थल परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्व प्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्ण कदका तस्वीर छन् । यसैगरी कार्लमार्क्स , फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्वीरहरु राखिएका छन् ।
करिब १२ मिनेटमा उद्ध्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ । अध्यक्ष ओलीको प्रतिवेदन पछि करिब एक बजे एक घण्टाका लागि ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ ।
त्यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । यस्तै निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेश गरिनेछ । साँझ पाँच बजे आजका कार्यसुची सकिने गौतमले बताए ।
मञ्च व्यवस्थापन समिती संयोजक एवं पार्टी पोलिटव्यूरो सदस्य बिनोद श्रेष्ठका अनुसार हल बाहिर निरन्तर विभिन्न जातजाति र समुदायका झाँकीहरु प्रस्तुत गरिनेछ । उक्त दृष्य हलभित्रका प्रतिनिधिहरुले डिजिटल बोर्डमार्फत हेर्नेछन् ।
भोलि प्रतिवेदनहरुमाथि नौ वटा समुहमा छलफल हुने र पर्सी समूहले पेश गरेका प्रतिवेदन प्रस्तुतीसहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ । एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यसै हलमा आयोजना गरेको थियो ।
धमाधम बन्द हुने थाले सामाजिक सञ्जाल
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् ।
नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्म हालका लागि बन्द गरिएको जनाएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले फेसबुक बन्द गरेको हो ।
अहिले वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ । वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशन अनुसार फेसबुक बन्द गरेको जानकारी दिए । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले प्रक्रिया सुरु भइसकेको र सबै इन्टरनेट प्रदायकबाट बन्द हुनका लागि भने केही समय लाग्ने बताए । ‘सरकारबाट आएको निर्देशन अनुसार सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढिसक्यो । विस्तार बन्द हुँदै जान्छन्,’ उनले भने ।
प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त निर्णय गरिएको टेलिकमले जनाएको छ ।
एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ । प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् ।
रामहरिलाई सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ।
सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई सुनुवाइ समितिको सभापति बनाउने तयारी छ ।
कुलिङ पिरियड प्रकरणमा मुछिएपछि राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले फेरि सुनुवाइ समितिको सभापति बनाउन लागेको हो ।
नेपालमा बन्द हुन थाल्यो फेसबुक
काठमाडौं । नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक बन्द हुन थालेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरेको हो ।
अहिले वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ । वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशन अनुसार फेसबुक बन्द गरेको जानकारी दिए ।
अमेरिकाबाट डिपोर्ट गरिएका १९ नेपाली काठमाडौँमा अवतरण (तस्बिरहर)
काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाली अवतरण भएका छन् ।
उनीहरुलाई २ घण्टा पछि एअरपोर्ट बाहिर निकालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयको वरिष्ठ अध्यागमन अधिकृत (सूचना अधिकारी) अन्जन न्यौपानेका अनुसार २ महिला र १७ पुरुष गरि जम्मा १९ जना नेपाल पठाइएको हो ।
उनीहरु बोरा बोकेर आएको अवस्था रहेको उनले बताए ।






एनसेलले गर्यो सामाजिक सञ्जाल नचल्ने सूचना जारी
काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ ।
कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराउँदै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा समेत मागेको छ ।
सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको हो । यसैबीच एनसेलले सरकारको निदेशन बमोजिम सञ्जालहरू नचल्ने जानकारी गराएको हो ।

सामाजिक सञ्जाल भोलि साँझ मात्रै बन्द हुने
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्दगर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघले भोलिसम्म समय लाग्ने बताएको छ ।
इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)का अध्यक्ष सुधीर पराजुलीले सरकारले गरेको निर्णय र प्राधिकरणको आदेश पूर्ण रुपमा कार्यान्वयन गर्न भोलिसम्मको समय लाग्ने बताए ।
, ‘प्राधिकरणको परिपत्र आइएसपानको आधिकारिक इमेलमा आइसकेको भएपनि सामाजिक सञ्जाललाई बन्द गर्न टेक्निकल कमिटी बनाएर बन्द गर्न भोलि साँझसम्म समय लाग्ने बताईएको छ ।
अध्यक्ष पराजुलीले सरकारलाई आफूहरूले सामाजिक सञ्जाललाई पूर्णरुपमा बन्द नभई नियमन गर्नेगरी सुझाव दिएको बताए ।
यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषदको भदौ ५ गतेको निर्णय,आज (बिहीबार) बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बसेको मन्त्रीस्तरीय निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो।
साथै सरकारले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्ने निर्णय गरेको हो ।
पेरूका पूर्वराष्ट्रपति टोलेडोलाई १३ वर्षको जेल सजाय
पेरुको एक अदालतले पूर्वराष्ट्रपति अलेजान्ड्रो टोलेडोलाई मनी लन्ड्रिङको आरोपमा १३ वर्ष चार महिनाको जेल सजाय सुनाएको छ । व्यापक भ्रष्टाचारसँग जोडिएको यो उनका लागि दोस्रो सजाय रहेको अल जजिराले जनाएको छ ।
सन् २००१ देखि २००६ सम्म राष्ट्रपतिको रूपमा सेवा गरेका टोलेडोलाई उच्च मूल्यको अचल सम्पत्ति प्राप्त गर्न ब्राजिलको निर्माण जायन्ट ओडेब्रेक्टबाट घुसको पैसा प्रयोग गरेको अभियोगमा दोषी ठहर गरिएको हो । ओडेब्रेक्टलाई अहिले नोभोनोर भनेर चिनिन्छ ।
अभियोजनकर्ताका अनुसार टोलेडो र उनकी श्रीमतीले ५१ लाख डलर लिमा नजिकैको अपस्केल घर र कार्यालय किन्न र अन्य दुई सम्पत्तिमा धितो तिर्न प्रयोग गरिएको थियो । कोषहरू कोस्टा रिकाको अपतटीय कम्पनीमार्फत फनेल गरिएको थियो र यसलाई जुन टोलेडोले अवैध मनी लन्ड्रिङ गर्न सिर्जना गरेको अल जजिराले रिपोर्ट गरेको छ ।
बुधबार टोलेडोको सजाय सन् २०२४ अक्टोबरमा २० वर्ष र छ महिनाको सजायपछि आएको हो । त्यतिबेला उनी कम्पनीलाई आकर्षक सार्वजनिक निर्माण सम्झौता प्रदान गरेको बदलामा ओडेब्रेक्टबाट तीन करोड ५० लाख डलर घुस लिएकोमा दोषी देखिएका थिए ।
आफ्नो एक वर्ष लामो मुद्दाको दौरान टोलेडोले लगातार मनी लन्ड्रिङ र अभियोजकहरूले लगाएका मिलीजुली आरोपहरू अस्वीकार गरेका थिए
। उनका दुई सजाय एकैसाथ भोगिने छन् ।
स्ट्यानफोर्ड युनिभर्सिटी र सान फ्रान्सिस्को युनिभर्सिटीबाट डिग्री हासिल गरेका ७९ वर्षीय अर्थशास्त्री टोलेडोले लिमा पुलिस बेसको जेलमा सजाय भोगिरहेका छन् ।
अन्य दुई पूर्वराष्ट्रपति, ओलान्टा हुमाला र पेड्रो क्यास्टिलोलाई पनि देशका पूर्व नेताहरूका लागि बनाइएको विशेष सुविधा अन्तर्गत राखिएको छ ।
एघार वर्षअघि मोक्वेगुआ क्षेत्रका गभर्नर हुँदा घुस लिएको आरोपमा गत महिना जेल परेका पूर्वराष्ट्रपति मार्टिन विजकारालाई पेरुको शीर्ष अदालतले बुधबार रिहा गरेको अल जजिराले जनाएको छ । विजकाराको अभियोजनले १५ वर्षको सजायको माग गरेको थियो । उनले आरोपहरू राजनीतिक उत्पीडनको भाग भन्दै अस्वीकार गरेका छन् । उनले सन् २०२६ मा फेरि राष्ट्रपति पदका लागि लड्ने योजना बनाएका थिए ।
व्यापक ‘कार वाश’ घोटालाको हिस्सा ओडेब्रेक्ट भ्रष्टाचार मुद्दाहरूले ल्याटिन अमेरिकाका सरकारहरू र यस शताब्दीका पेरुका लगभग सबै राष्ट्रपतिलाई दोषी बनाएको छ ।
अर्का पूर्वनेता, ८६ वर्षीय पेड्रो पाब्लो कुजिन्स्की हाल यस योजनामा उनका कथित भूमिकाका लागि मुद्दामा छन् । अभियोजकहरूले उनलाई ३५ वर्षको जेल सजाय मागेका छन् ।
सामाजिक सञ्जाल बन्दबारे गोकुलको टिप्पणी : सरकारले उत्तर कोरिया पो बनाउने भएछ
काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले आफूले नियमन कानुन बनाउने भनेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘नियमन प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ । विकृति अन्त्य गर्न सूचनामा बिर्को लगाउने हैन नि ।’ सरकारले आजैबाट नेपालमा सूचीकरण नभएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्दैछ ।
यसैबीच नेपाल सरकारले २६ सामाजिक सञ्जाल आज (बिहीबार) देखि नै बन्द गर्ने प्रक्रिया अगाडि बढाएपछि सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सरकारको सम्पर्कमा आएको छ । मेटाले सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एक कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेका हुन् ।
उनले सरकारसँग सम्पर्क गरे लगत्तै दर्ता तथा सूचीकरणका लागि आवश्वयक विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको उनले जानकारी दिएका छन् । ठाकुरले सुनाए, ‘मेटाको सिंगापुरमा कार्यरत एक अन्सारी थरको कर्मचारीले मन्त्री ज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि के–के डकुमेन्ट चाहिन्छ भनेर जानकारी माग्नु भएको रहेछ । मन्त्री ज्यूको पीएले हामीलाई दर्ता तथा सूचीकरणका लागि चाइने विवरण पठाइ दिन भन्नु भएपछि हामीले तत्काल इमेल गरेर ५ मिनेटमा आवश्यक पर्ने विवरणबारे इमले पठाइसकेका छौ ।’
मेटाले सरकारसँग दर्ता प्रक्रिया अघि बढाउन माग्यो विवरण
काठमाडौं । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेको हुन् ।
उनले लगत्तै दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको बताए ।
‘पौने ५ बजे मेटाका कोही प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर दर्ता हुनका लागि आवश्यक कागजातको विवरण माग्नुभएको रहेछ,’ उनले भने, ’हामीले त्यसको ५ मिनेटभित्रै सामाजिक सञ्जाल प्ल्याटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातको विवरणबारे जानकारी दिंदै इमेल गरेका छौं ।’
सरकारले क्रमश: लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको छ ।
यो सँगै सामाजिक सञ्जाल यतिबेला तरंगित बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।
नेपालमा २६ वटा सामाजिक सञ्जाल निष्क्रिय हुने, यस्तो छ प्राधिकरणको पत्र
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा २६ सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकृत भएका पाँच र दर्ता प्रक्रियामा रहेका २ बाहेक सबै सामाजिक सञ्जाल नेपालमा निष्क्रिय हुने निर्णय गरे पनि प्राधिकरणले २६ वटालाई मात्र निष्क्रिय बनाउने भएको हो ।
मन्त्रालयको निर्णयपछि मोबाइल तथा इन्टरनेट (इमेलसहित) सबै सेवा प्रदायकलाई प्राधिकरणले बिहीबार नै पत्राचार गरी निष्क्रिय पार्न निर्देशन दिएको छ । २६ सामाजिक सञ्जालहरुमा फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कार्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, क्योरा, टम्बलर, क्लबहाउस, म्यास्टोडन, रम्बल, मिवि, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो छन् ।
यद्यपि नेपालमा प्राधिकरणले तोकेभन्दा धेरै संख्यामा सामाजिक सञ्जाल एपहरु प्रयोग भइरहेका छन् । सर्वोच्च अदालतले दिएको आदेशमा टेकेर सरकारले गत ९ गते कम्पनीहरुलाई मन्त्रालयमा सूचीकरण हुन सात दिनको म्याद दिएको थियो । तर कुनै पनि सूचीकरणमा नआएपछि बिहीबार यस्तो निर्णय गरिएको हो ।
हाम्रो पात्रोले दियो दर्ताका लागि निवेदन, मेटालाई पठाइयो सूचीकरणको सूची
सरकारले नेपालमा दर्ता नभएका कारण निष्क्रिय पार्ने सूचीमा समावेश ‘हाम्रो पात्रो’ प्लेटफर्मले दर्ताका लागि सञ्चार मन्त्रालयमा आजै निवेदन दिएको छ । सरकारले फेसबुक कम्पनी मेटाको आग्रह बमोजिम दर्ताका लागि आवश्यक विवरणको लिष्ट समेत पठाएको छ । सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार हाम्रो पात्रो प्लेटफर्मका तर्फबाट आजै सूचीकरणका लागि निवेदन दर्ता भएको हो ।
त्यस्तै मेटाका प्रतिनिधिले मन्त्रालयसँग सूचीकरणका लागि आवश्यक कागजातको बारेमा अनौपचारिक जानकारी मागेको बताइएको छ । मन्त्रायका प्रवक्ता गजेन्द्र ठाकुरले मेटाको ठेगानामा नेपालको कानूनबमोजिम दर्ताका लागि आवश्यक विवरणको सूची पठाएका छन् । सरकारले आजैबाट फेसबुक, हाम्रो पात्रो समेत २६ प्लेटफर्म दर्ता नभएसम्म निष्क्रिय नबाउन दूरसन्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरिसकेको छ ।

शाङ्घाइ शिखर सम्मेलन : क्षेत्रीय सुरक्षा, बहुपक्षीयता र दिगो विकासमा नेपाली प्रतिबद्धता
काठमाडौँ । “हामीले भौतिक, आर्थिक, डिजिटल, सामाजिक–सांस्कृतिक र जनता–जनताबीचको सम्पर्क सञ्जाललाई बढावा दिएर क्षेत्रीय शान्ति, प्रगति र समृद्धिलाई बढावा दिनुपर्छ ।’’ चीनको थियानजिनमा आयोजित शाङ्घाइ सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको यो सम्बोधन साझा चुनौतीको सामनाका लागि विश्वलाई थप एकताबद्ध र एकीकृत हुन केन्द्रित थियो ।
पछिल्लो समयमा अन्तर्राष्ट्रिय मञ्चमा क्षेत्रीय सुरक्षा, बहुपक्षीयता र दिगो विकासलगायत सवालमा नेपालको स्पष्ट र दर्बिलो प्रस्तुति हुँदै आएको छ । साझा भविष्यलाई खतरामा पार्न सक्ने भूराजनीतिक, आर्थिक र जलवायुजन्य झट्काको सामना गर्न थप गम्भीर हुन नेपालले ध्यानाकर्षण गराएको छ । यसका लागि सन् २०१६ देखि संवाद साझेदारका रुपमा एससिओमा रहेको नेपालले पूर्ण सदस्यका रुपमा रहेर न्यायपूर्ण, समावेशी र लचिलो व्यवस्था निर्माणका लागि मिलेर सघाउन तत्पर रहेको जनाउ दिएको छ ।
“विश्वमा असहमतिहरू स्वाभाविक हुन्छन् तर विवादहरू विनाशकारी हुनु हुँदैन । एससिओको भावनालाई अँगालेर, हामीले गहिरो समझदारीलाई बढावा दिन संवाद र कूटनीतिलाई अगाडि बढाउनुपर्छ ।’’ एससिओका सदस्य राष्ट्रहरू, पर्यवेक्षक राष्ट्र, संवाद साझेदारहरू तथा अन्य अतिथिसमेत गरी २४ मुलुकका राष्ट्र र सरकार प्रमुखहरू उपस्थित शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन विश्वलाई विभाजन होइन, साझेदारीको आवश्यकताको आम भावनामा केन्द्रित थियो ।
दिगो भविष्यको लागि नियममा आधारित र समावेशी बहुपक्षीय प्रणालीलाई समर्थन गर्दै नेपालले मित्रता, साझेदारी र राम्रो छिमेकी सम्बन्धलाई बलियो बनाउन पनि आग्रह गरेको थियो । एससिओमा नेपालको सहभागिताको स्तर बृद्धिका साथै सो मार्फत् नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रधानमन्त्री ओलीको नेतृत्वमा २३ सदस्यीय टोली चीन गएको थियो । भ्रमणबारे प्रधानमन्त्री ओलीले यही भदौ १३ गते प्रतिनिधिसभामा जानकारी गराएका थिए ।
यही भदौ १४ देखि १८ गतेसम्म भएको प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल थियानजिनको शिखर सम्मेलनका साथै चीन सरकारद्वारा बेइजिङमा आयोजित ‘फाँसिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औं वार्षिकोत्सव समारोह’ पनि सहभागी भएर स्वदेश फर्किएका छन् । रुसी महासङ्घका राष्ट्रपति भ्यादिमिर पुटिनलगायत एससिओमा आबद्ध २० भन्दा बढी मुलुकका राष्ट्र प्रमुख/सरकार प्रमुख सहभागी यस कार्यक्रमको विश्वस्तरमा चर्चा भएको छ । यसले नेपालका प्रधानमन्त्री ओलीलाई एक समसामयिक एसियाली नेताका रुपमा परिचित पनि गराएको छ ।
सन् १९९६ मा चीन, रुस, काजाकस्तान, कीर्गिस्तान र ताजिकिस्तानबीच ‘शाङ्घाइ फाइभ’ नामक क्षेत्रीय समूह बनेको थियो । सन् २००१ मा उज्बेकिस्तानसमेत सामेल भएपछि यसलाई औपचारिक रूपमा शाङ्घाइ सहयोग सङ्गठन नाम दिइएको थियो ।
स्थापनाकालमा यसले सीमा क्षेत्रीय सुरक्षा, आतङ्कवाद विरोधी संयन्त्र र सैन्य विश्वास निर्माणका उद्देश्य बोकेको थियो । पछिल्ला दुई दशकमा यसको कार्यक्षेत्र विस्तार भई आर्थिक सहकार्य, ऊर्जा साझेदारी, पारवहन सञ्जाल, वातावरणीय स्थायित्व र सांस्कृतिक सम्पर्कसम्म भएको छ । यसका पूर्ण सदस्य, पर्यवेक्षक सदस्य र संवाद साझेदार सदस्य गरी तीन प्रकारका सदस्य रहेका छन् ।
हाल चीन, रुस, भारत, पाकिस्तान, काजाकस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान, इरान र बेलारुस गरी दस पूर्ण सदस्य छन् । यसको दुई पर्यवेक्षक राष्ट्रहरूमा अफगानिस्तान र मङ्गोलिया छन् भने संवाद साझेदार सदस्यमा नेपाल, अजरवैजान, अर्मेनिया, क्याम्बोडिया, टुर्किये, श्रीलङ्का, साउदी अरबिया, इजिप्ट, कतार, बहराइन, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स, र कुवेतसहित १४ मुलुक छन् । नेपालले पर्यवेक्षक हुँदै पूर्ण सदस्य मुलुकमा स्तरोन्नतिका लागि आफ्नो प्रस्ताव अघि सार्दै आएको छ । हालको संरचनाले नेपाललाई मतदान अधिकार नदिए पनि उच्चस्तरीय बैठक, छलफल, परियोजना र नीति–निर्माण प्रक्रियामा सहभागिता जनाउँदै आएको छ ।
गत वर्ष काजकिस्तानको अस्ताना सहरमा सम्पन्न शिखर सम्मेलनले ऊर्जा सुरक्षा, पारवहन मार्ग विस्तार, हरित विकास, डिजिटल सहकार्यलाई प्राथमिकता दिएको थियो । नेपालले त्यतिबेला भूपरिवेष्ठित मुलुकका चुनौती, जलवायु परिवर्तनको प्रभाव, पर्वतीय क्षेत्रको दिगोपन र ऊर्जा पहुँचमा सहकार्यको आवश्यकतामा जोड दिएको थियो ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग थियानजिनमा भेट गरी प्रधानमन्त्री ओलीले दुई पक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयहरूमा खुला र हार्दिकतापूर्ण छलफल गरे । सो क्रममा उनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध समस्यारहित रहेको उल्लेख गर्दै नेपालको विकास प्रयासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरे । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत सहमति भएका लगायत विभिन्न परियोजनाहरूको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै उनले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरण जस्ता क्षेत्रहरूमा सहयोगका लागि आग्रह गरेको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री स्वदेश फर्केपछि जारी भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपति सीलाई अनुरोध गरेको विषयको समाचारले नेपालमा निकै स्थान पाएको थियो । साथै, राष्ट्रियताका सवालमा प्रधानमन्त्री ओलीको स्पष्ट अडानको प्रशंसा भएको पाइयो ।
चीनका राष्ट्रपति चिनफिङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने र चीनले संयुक्त राष्ट्रसङ्घ र साङ्घाई सहयोग सङ्गठनलगायतका बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने विश्वास दिलाएर नेपालप्रतिको सद्भाव पुनः अभिव्यक्त गरे । राष्ट्रपति चिनफिङसँगको भेटमा नेपालले ग्लोबल सेक्युरिटी इनिसियटिभ (जिएसआई) मा नेपालले समर्थन गरेको भन्ने भावको चिनीयाँ पक्षको प्रेस विज्ञप्तिलाई नेपाली पक्षले खण्डन गरिसकेको छ ।
नेपालको संविधानमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने भनी उल्लेख गरिएको राज्यका निर्देशक सिद्धान्तप्रति वर्तमान सरकार स्पष्ट रहेका शङ्का देखिँदैन । विगतमा भएका सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौताहरू गर्ने पनि नेपालको प्राथमिकता हुनेछ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुने विषयमा सत्ता गठबन्धनका दलहरु पनि स्पष्ट देखिएका अवस्थामा अन्य आशङ्का गर्नुपर्ने स्थिति देखिँदैन ।
बेइजिङमा प्रधानन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग दिपक्षीय भेट गरेका थिए र उपराष्ट्रपति हानले देउथाइ सरकारी गेष्ट हाउसमा दिएको रात्रिभोजमा सहभागी भए । भ्रमणका क्रममा राष्ट्रपति सी र उनकी धर्मपत्नी पेङ लियानले आयोजना गरेको स्वागत भोज प्रधानमन्त्री ओली सहभागी भए । सोही क्रममा भारतका समकक्षी नरेन्द्र मोदीसँग अनौपचारिक भेटवार्ता पनि भएको थियो ।
रूसी महासङ्घका राष्ट्रपति पुटिनसँगको भेटवार्तामा दुबै नेताहरूले नेपाल–रूस सम्बन्धलाई अझ सुदृढ तुल्याउने र व्यापार, लगानी, शिक्षा तथा संस्कृतिका साथै हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायक सहयोग प्रवद्र्धन गर्ने विषयमा छलफल गर्नुका साथै राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुले नेपालको अन्तर्राष्ट्रिय छवि थप विस्तार भएको मानिएको छ ।
सोही क्रममा प्रधानमन्त्री ओलीले लाओ जनवादी प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति डा थोङलौन सिसोलिथसँग भएको भेटमा दुबै नेताहरूले संस्कृति, कृषि र जनस्तरको सम्बन्धका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने बारेमा विचार विमर्श गरे । त्यसैगरी, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मिज्जुसँग भएको भेटमा दुवै नेताहरूले कृषि, पर्यटन, शिक्षा तथा जनस्तरको सम्बन्धका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल गरे । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिन्हसँगको भेटमा नेपाल–भियतनाम मैत्री सम्बन्धलाई अझ सुदृढ तुल्याउने एवं व्यापार तथा लगानी, विज्ञान र प्रविधि, नवप्रवर्तन, डिजिटलाइजेशन, जलवायु परिवर्तन, खेलकुद, शिक्षा, संस्कृतिका साथै हवाई सम्पर्कजस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भयो ।
कम्बोडिया अधिराज्यका प्रधानमन्त्री सम्देच मोहा बोर्भर थिपैदिइ हन मानेटसँग भेटघाट हुँदा दुई मुलुकबीच व्यापार, लगानी, पर्यटन, सांस्कृतिक सहयोग प्रबद्र्धन गर्ने विषयमा छलफल भएको थियो । साथै, संयुक्त राष्ट्रसङ्घ लगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने सहमति भयो ।
भ्रमणका क्रममा तियानजिन नगरपालिकाको हुयिगुआन गाउँमा रहेको धानको पकेट क्षेत्र तथा चाउ एनलाई र डेंग यिङ्चाओ स्मारक सङ्ग्रहालयको पनि अवलोकन गरे । भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओलीलगायत नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनुभएको थियो । विश्वकै ठूलो क्षेत्रीय सुरक्षा–आर्थिक सङ्गठनमध्ये एक मानिने यो सङ्गठनको शिखर सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्ध अझ मजबुत बनाउन र बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्वपूर्ण अवसर सावित भएको छ ।
एआई प्रविधिमा अगाडि बढ्दै ‘एनथ्रपिक’, १३ अर्ब डलर लगानी सङ्कलन
अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) स्टार्टअप एनथ्रपिकले १३ अर्ब अमेरिकी डलरको लगानी जुटाएको छ । यो लगानी आईकोनिक नामक लगानी संस्थाको नेतृत्वमा सिरिज एफ चरणमा गरिएको हो । कम्पनीको पछिल्लो मूल्यांकन १८३ अर्ब डलर पुगेको छ ।
‘एनथ्रपिक’ एक अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)प्रविधि कम्पनी हो, जसले सुरक्षित, पारदर्शी र उत्तरदायी एआई प्रणालीहरू विकास गर्ने लक्ष्य राखेको छ ।
सन् २०२१ मा पूर्व ओपनएआई अनुसन्धानकर्ताहरूले स्थापना गरेको यो कम्पनी विशेषगरी ‘क्लोड’ नामक उन्नत भाषा मोडेलहरू निर्माण गरेर चर्चित भएको हो । एनथ्रपिकको मुख्य उद्देश्य मानवीय मूल्यसँग मेल खाने र दीर्घकालीन रूपमा सुरक्षित रहने एआई प्रविधि तयार गर्नु हो । यस कम्पनीले व्यवसायिक प्रयोगका लागि भरपर्दो एआई समाधानहरू प्रदान गर्दैछ, जसमा भाषा प्रशोधन, ज्ञान सहायता र निर्णय समर्थन प्रणालीहरू पर्छन् ।
यस लगानी चरणमा फिडेलिटी म्यानेजमेन्ट एन्ड रिसर्च कम्पनी र लाइटस्पिड भेन्चर पार्टनर्सले पनि सह–नेतृत्व गरेका छन् ।
कम्पनीका अनुसार, यो लगानीले व्यवसायिक माग पुरा गर्न क्षमता विस्तार, सुरक्षा अनुसन्धानमा गहिराइ ल्याउन तथा अन्तर्राष्ट्रिय विस्तारमा सहयोग पु¥याउनेछ ।
“हाम्रो सम्पूर्ण ग्राहक समूहमा माग तीव्र रूपमा बढिरहेको छ,” एनथ्रपिकका आर्थिक प्रमुख (सीएफओ) कृष्ण रावले बताए ।
यसअघि मार्च महिनामा, कम्पनीले सिरिज ई चरणमा ३.५ अर्ब डलर जुटाउँदै ६१.५ अर्ब डलरको मूल्यांकन प्राप्त गरेको थियो ।
कम्पनीका अनुसार, २०२३ को मार्चमा क्लोड नामक एआई मोडेल सार्वजनिक गरेपछि एनथ्रपिकको विकास दर निकै तीव्र भएको हो ।
कर्मचारीले कुनै पार्टीको काम गर्नु हुँदैन : देउवा
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए ।
देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत कुरा भएको उल्लेख गर्दै देउवाले पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताए ।
सभापति देउवाले भने, ‘संसदमा सबैभन्दा ठूलो पार्टी हाम्रो छ त्यसकारण हामीले तपाईंहरुका कुराहरु लागू गर्न सक्दछौं । हामी अरु पार्टीलाई पनि सहभागी गराउन सक्छौं । कर्मचारीको हक हित हेर्ने हो । कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन । देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो । कुनै पार्टीको लागि काम गर्ने होइन ।’
सभापति देउवाले सरकारी सेवाहरु चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताएका छन् । २१ औं शताब्दीको आकांक्षाअनुरुप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने उनको भनाइ थियो ।
अष्ट्रेलियाबाट निष्कासित आप्रवासी नाउरुमा पुनःस्थापित हुने
अष्ट्रेलिया । अष्ट्रेलियाले आफ्नो भूमिमा बस्न कानुनी आधार नभएका आप्रवासीहरूलाई सानो द्वीप राष्ट्र नाउरुमा पुनःस्थापना गर्नका लागि आगामी ३० वर्षभित्र १.६ अर्ब अमेरिकी डलर (२.५ अर्ब अष्ट्रेलियाली डलर) भुक्तानी गर्ने भएको छ ।
दुवै देशबीच हालै गोप्य रूपमा हस्ताक्षरित सम्झौताअनुसार, नाउरुले ३५४ जना आप्रवासीहरूलाई स्थायी रूपमा बसोबासको अनुमति दिनेछ । प्रारम्भिक रूपमा नाउरुले ४०८ करोड अष्ट्रेलियाली डलर पाउनेछ र त्यसपछि हरेक वर्ष ७० करोड डलर थप भुक्तानी गरिनेछ ।
बुधबार राति भएको संसदीय सुनुवाइमा, अष्ट्रेलियाली गृह मन्त्रालयका अधिकारीहरूले यो सम्झौता तीन दशकसम्म जारी रहन सक्नेछ भन्दै यससम्बन्धी आर्थिक विवरण पहिलोपटक सार्वजनिक गरेको छ ।
गृह मामिला विभागकी आप्रवासन प्रमुख क्लेयर शार्पले भने,“यो प्रक्रिया दुवै देशको हितमा छ । नाउरुको हकमा त अझ महत्वपूर्ण, किनभने उनीहरूले रकम त्यतिखेरमात्र पाउँछन् जब आप्रवासीहरू त्यहाँ पुग्छन् ।”
करीब १२ हजार ५ सय जनसङ्ख्या भएको नाउरु विश्वकै साना देशहरूमध्ये पर्छ । २० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो द्वीप जलवायु परिवर्तन, बेरोजगारी र स्वास्थ्य समस्याको उच्च जोखिममा रहेको छ भन्ने तथ्य हालैको विश्व बैंकको प्रतिवेदनले उल्लेख गरेको छ ।
कुनै समय फस्फेटको समृद्ध स्रोतले नाउरुलाई विश्वकै धनी देशहरूमध्ये एक बनाएको थियो । तर ती स्रोत समाप्त भइसकेपछि, हाल नाउरुको ८० प्रतिशत भू–भाग खानीका कारण बसोबास गर्न अयोग्य भएको अध्ययनहरूले देखाएका छन् ।
सम्झौताअनुसार, अष्ट्रेलियाबाट प्राप्त रकम नाउरु सरकार र अष्ट्रेलियासँगको संयुक्त कोषमा राखिनेछ । यदि सम्झौताका केही प्रावधान पूरा भएनन् भने रकम फिर्ता गरिने प्रावधान पनि राखिएको छ ।
कोषमा जम्मा भएको रकमबाट आउने व्याज नाउरुले पाउनेछ भने मुख्य रकम सन् २०५५ मा भुक्तानी गरिने छ ।
अष्ट्रेलियाली अधिकारीहरूले ती सबै ३५४ जना व्यक्तिलाई अनिवार्य रूपमा नाउरु पठाइन्छ भन्ने ग्यारेन्टी नभएको जनाएको छ । अन्तिम निर्णय नाउरु सरकारको अधिकार क्षेत्रभित्र पर्छ । तीमध्ये केही गम्भीर आपराधिक अभियोगमा दोषी ठहरिएकाहरू पनि छन् ।
त्यसैगरी, अष्ट्रेलियाले प्रत्येक आप्रवासन निवेदनको लागि एक हजार डलर अतिरिक्त शुल्क पनि तिर्नेछ ।
सन् २०२३ मा अष्ट्रेलियाली सर्वोच्च अदालतले भनेको थियो कि, यदि कुनै व्यक्तिलाई अन्यत्र देश निकाल्न सकिँदैन भने अनिश्चितकालीन हिरासत गैरकानुनी हुन्छ । सो निर्णयपछि २२० जनालाई रिहा गरिएको थियो ।
हाल यस्ता स्थितिमा रहेका आप्रवासीहरूको संख्या ३५४ पुगेको अष्ट्रेलियाली अधिकारीहरूको भनाइ छ ।
यस वर्षको मार्च महिनामा, अष्ट्रेलियाले तीन जना गम्भीर आपराधिक मुद्दामा दोषी ठहरिएका आप्रवासीहरूलाई नाउरुले स्वीकार गर्न रकम दिएको थियो । तर कानुनी अड्चनका कारण तिनको स्थानान्तरण अहिलेसम्म रोकिएको बताइएको छ ।
गत वर्ष, अष्ट्रेलिया र नाउरुबीच समुद्री सुरक्षा, रक्षा र प्रहरी सम्बन्धी सहकार्यसम्बन्धी छुट्टै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयबाट ५६ डिईहरुको सरुवा (सूचीसहित)
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले सडक विभागका सिभिल र हाइवे समूहका ५६ उपसचिव तहका इन्जिनियरहरुको सरुवा सूची सार्वजनिक गरेको छ । मन्त्रालयले आज एकै पटक ठूलो संख्यामा डिईहरुको सरुवा गरेको हो ।
हेर्नुस् सरुवा सूची
एकीकृत समाजवादी र नेकपासँग चाँडै एकता हुन्छ : प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव ‘नेतृत्व’ को नेकपासँग चाँडै एकता हुने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज (बिहीबार) बसेको पदाधिकारी बैठकमा दुवै दलसँग एकता प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् ।
प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘नेकपासँग एकता गर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ त्यही अनुसार छलफल चलिरहेको छ, नेकपासँग लगत्तै माधव नेपालीजीको पार्टीसँग पनि एकता गर्छौं ।’ माओवादीले हालै बसेको स्थायी कमिटीको बैठकबाट नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। त्यो निर्णय प्रचण्ड आफैँले विप्लव निवासमै पुगेर जानकारी गराइसकेका छन् ।
नेकपामा जारी बैठकले माओवादीको निर्णयलाई स्वागत गर्दै केन्द्रीय समिति बैठकबाट एकताबारे निर्णय लिँदैछ । यता, नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि प्रचण्ड निरन्तर संवादमा छन् । माधव नेपाल माओवादीसँग एकता गर्न तयार भएपनि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित उनीहरूनिकट नेताहरू एकताको विपक्षमा छन् ।
भारतको नयाँ बाढी चेतावनीपछि पूर्वी पाकिस्तानमा थप तीन लाख मानिस विस्थापित
भारत । भारतले जारी गरेको पछिल्लो बाढी चेतावनीपछि पाकिस्तानको पञ्जाब प्रान्तका बाढी प्रभावित क्षेत्रहरूबाट विगत ४८ घण्टामा करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
यससँगै, गत महिनादेखि विस्थापितको कुल सङ्ख्या १३ लाख पुगेको छ ।
भारतको सीमामा नरोवाल र सियालकोट क्षेत्रमा आएको बाढीपछि पञ्जाबको मुजफ्फरगढ जिल्लाका धेरै गाउँ डुबानमा परेका छन् । प्रमुख सहरहरूलाई जोगाउन अधिकारीहरूले नदीको अतिरिक्त पानी खेततिर मोड्ने प्रयास गरिरहेका छन् । जसलाई पञ्जाबको इतिहासकै सबैभन्दा ठूलो उद्धार र राहत अभियान मानिएको छ ।
हजारौँ उद्धारकर्ताहरूले डुङ्गा प्रयोग गरेर मानिस र गाइवस्तुलाई सुरक्षित स्थानमा लैजाँदैछन् । सेनासमेत उद्धार कार्यमा खटाइएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक अरफान अली काठियाले जानकारी दिए ।
उनका अनुसार भारतले बुधबार बिहान कूटनीतिक माध्यममार्फत पाकिस्तानलाई नयाँ बाढी चेतावनी पठाएको हो । भारी वर्षा र बाँधबाट पानी छोडिएपछि २४ घण्टाभित्र नै यो दोस्रो चेतावनी आएको उनले बताए ।
रावी, चेनाब र सतलज नदीहरूमा पानीको सतह उच्च बाढी स्तरमा पुगेको काठियाले जानकारी दिए । प्रभावित क्षेत्रमा छतमा फसेकाहरूलाई उद्धार गर्न ड्रोनको पनि प्रयोग भइरहेको छ । उनका अनुसार पञ्जाबका ३३ हजार गाउँका ३३ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । क्षतिको मूल्याङ्कन जारी रहेको र घर तथा बाली गुमाउनेलाई सरकारको तर्फबाट क्षतिपूर्ति दिने तयारी भइरहेको उनले बताए ।
भारतको पञ्जाब राज्यमा पनि बाढी र पहिरोका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ ।
पाकिस्तानतर्फ अस्थायी टेन्ट शिविरहरू स्थापना गर्दै प्रभावित जनतालाई खाना र आवश्यक सामग्री उपलब्ध गराइँदैछ । तर धेरै प्रभावितहरूले सरकारी सहयोग अभावमा गुनासो गरेका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार हाल करिब ४० हजार मानिस राहत शिविरमा बसिरहेका छन्, तर बाँकी कहाँ आश्रय लिइरहेका छन् भन्ने स्पष्ट छैन ।
मुजफ्फरगढ नजिकैको शेर शाह गाउँका ५४ वर्षीय किसान नूर मोहम्मदले कुनै सहयोग नपाएको बताए । “स्थिति बिग्रिँदै गएपछि मैले परिवारलाई आफन्तकहाँ पठाएँ”, उहाँले डुबानमा परेको गाउँ हेर्दै भने।
अर्का प्रभावित बासिन्दा मलिक रमजानले राहत शिविरमा जानेभन्दा पनि आफ्नो डुबानमा परेको घर नजिकै बस्न रोजेको बताए । “शिविरमा कुनै सुविधा छैन, खाना समयमा पाइँदैन र हामीलाई भिखारी सरह व्यवहार गरिन्छ”, उनले गुनासो गरे ।
यसैबीच, पञ्जाबकी मुख्यमन्त्री मरियम नवाज सरिफ बुधबार मुजफ्फरगढ पुगेका थिए। उनले राहत शिविरमा विस्थापितहरूसँग भेटवार्ता गरे । भारतले नयाँ बाढी चेतावनी जारी गरेको केही घण्टापछि उहाँको यो भ्रमण भएको हो ।
गत हप्ताको बाढीले कसुर, बहावलपुर र नरोवाल जिल्लामा ठूलो असर पुर्याएको थियो । यसक्रममा भारतीय सीमासँगै रहेको गुरु नानक मन्दिरसमेत डुबानमा परेको थियो । तर पानी घटेपछि सफा गरी पुनःस्थापना गरेपछि तीर्थयात्रीका लागि मन्दिर पुनः खोलिएको अधिकारीहरूले बताएका छन् ।
गत महिना भारतले सीमावर्ती क्षेत्रमा रहेका बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानले सामूहिक रूपमा निकासी अभियान सुरु गरेको थियो ।
पाकिस्तानमा यो पछिल्लो बाढी सन् २०२२ पछि सबैभन्दा विनाशकारी मानिएको छ । त्यतिबेला जलवायु परिवर्तनजन्य बाढीले करिब एक हजार सात सय जनाको ज्यान लिएको थियो ।
आइतबार राति हुने पूर्ण चन्द्रग्रहणमा देखिनेछ ‘ब्लड मुन’
खगोलविद्हरूले आइतबार राति दुर्लभ दृश्यको आनन्द लिने मौका पाउनेछन् । एसिया, युरोप र अफ्रिकाका विभिन्न भागमा देखिने यस पूर्ण चन्द्रग्रहणका क्रममा ‘ब्लड मुन’ उदाउनेछ ।
जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्छन्, पृथ्वीको छायाँले चन्द्रमामा परेर यसलाई डरलाग्दो गाढा रातो रङमा देखाउँछ । यो अद्भुत दृश्यले सहस्राब्दीयौँदेखि मानिसलाई आकर्षित गर्दै आएको छ ।
भारत र चीनसहित एसियाका मानिसहरू यस ग्रहण अवलोकनका लागि सबैभन्दा अनुकूल स्थानमा हुनेछन् । साथै, अफ्रिकाको पूर्वी किनार र पश्चिमी अस्ट्रेलियामा पनि ब्लड मुन देखिनेछ ।
पूर्ण चन्द्रग्रहण १७ः३० जिएमटीदेखि १८ः५२ जिएमटीसम्म रहनेछ । युरोप र अफ्रिकाका खगोलविद्हरूले चन्द्रमाको उदयसँगै आंशिक ग्रहण देख्ने मौका पाउनेछन् । तर अमेरिकाका दर्शकहरूले भने यसपटक ग्रहण गुमाउनेछन् ।
उत्तरी आयरल्यान्डको क्विन्स युनिभर्सिटी बेलफास्टका खगोलशास्त्री रायन मिलिगनका अनुसार चन्द्र ग्रहणको समयमा चन्द्रमा रातो देखिनुको कारण पृथ्वीको वायुमण्डल हो । उनले भने, “सूर्यको प्रकाश वायुमण्डलमा प्रतिबिम्बित र छरिएको हुन्छ । नीलो तरङ्ग आयाम छोटो भएकाले सजिलै फैलिन्छ, तर रातो तरङ्ग आयाम लामो भएकाले चन्द्रमा पुग्छ र यसलाई रक्तिम रङ दिन्छ ।”
सूर्य ग्रहणजस्तो विशेष चश्मा वा पिनहोल प्रोजेक्टरको आवश्यकता नपर्ने भएकाले चन्द्र ग्रहण हेर्न सजिलो हुन्छ । स्पष्ट मौसम र उपयुक्त स्थान भए पर्याप्त हुन्छ ।
यसअघि यस वर्ष मार्चमा पूर्ण चन्द्रग्रहण भएको थियो । त्यसअघि सन् २०२२ मा भएको थियो । आफूलाई ‘सूर्य ग्रहण चेजर’ भनी चिनाउने मिलिगनले आइतबारको घटना आउँदो वर्ष हुने ‘ठूलो घटना’ को प्रस्तावना भएको बताए ।
सन् २०२६ अगस्ट १२ मा युरोपको केही भागमा दुर्लभ पूर्ण सूर्यग्रहण देखिनेछ । त्यसबेला चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्नेछ ।
मिलिगनले पछिल्ला एक दशकमा संसारभर १२ वटा पूर्ण सूर्यग्रहणको अवलोकन गरेका छन् । आउँदो वर्षको पूर्ण ग्रहण स्पेन र आइसल्यान्डमा देखिनेछ । यो सन् २००६ पछि मुख्यभूमि युरोपमा पहिलो हुनेछ । अन्य मुलुकहरूले आंशिक ग्रहण देख्न सक्नेछन् ।
स्पेनमा, मेड्रिड र बार्सिलोना बीचको करिब एक सय ६० किलोमिटर(एक सय माइल) लामो क्षेत्रमा समग्रता देखिनेछ । तर यी दुवै सहरले पूर्ण घटना अवलोकन गर्न नपाउने मिलिगनले बताएका छन् ।
सन् २०२४ अप्रिलमा उत्तर अमेरिकामा भएको पूर्ण सूर्य ग्रहणपछि यो पहिलो पूर्ण सूर्य ग्रहण हुनेछ ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा किन पुग्यो सरकार ?
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी आग्रहलाई बेवास्ता गर्दै दर्ता प्रक्रियामा नआएका फेसबुक लगायतका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने बताएका छन् । उनले नेपालको कानुन र सार्वभौमिकतालाई चुनौती दिने गरी ती कम्पनीहरूले ‘ठूला कुरा’ गरेको भन्दै सरकारले यो कदम चाल्न बाध्य भएको बताएका छन् ।
बिहीबार संचारकर्मीसँगको कुराकानीमा गुरुङले भने, ‘हामीले दर्ता गर्न आऊ भन्दा उनीहरूले नेपालको संविधान र कानुन नमान्ने जस्ता ठूला कुरा गरे । पटक–पटकको आग्रह र कूटनीतिक पहललाई समेत बेवास्ता गरेपछि हामीले बन्द गर्ने निर्णय गरेका हौं।’
सरकारले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिका अनुसार, नेपालमा सञ्चालित सबै सामाजिक सञ्जालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुनुपर्ने प्रावधान राखिएको थियो ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गरी सात दिनभित्र दर्ता प्रक्रियामा आउन समयसीमा दिएको थियो । ‘हामीले दिएको समयसीमाभित्र जो–जो आए, उनीहरू चल्छन् । जो आएनन्, उनीहरूलाई आजैदेखि निष्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकिएको छ,’ उनले भने ।
सरकारको यो निर्णयले फेसबुक, एक्स (ट्वीटर), इन्स्टाग्राम र युट्युब जस्ता प्रमुख सामाजिक सञ्जालहरू प्रभावित हुनेछन् । मन्त्री गुरुङले दर्ता प्रक्रियामा नआउनुमा ती कम्पनीहरूको गैरजिम्मेवारपन र नेपाली कानुनप्रतिको अनादर प्रमुख कारण रहेको बताए ।
‘दर्ता गर्न कुनै शुल्क लाग्दैनथ्यो, केवल नेपालमा सम्पर्क कार्यालय र गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने थियो,’ उनले भने, ’त्यति पनि गर्न नमान्नु भनेको उनीहरूको नियतमाथि प्रश्न उठ्नु हो ।’ यद्यपि, दर्ता प्रक्रियामा आएलगत्तै बन्द गरिएका सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आउन सक्ने ढोका भने सरकारले खुला राखेको छ ।
सूचीकृत यी पाँच सञ्जाल निरन्तर चल्ने
–टिकटक
–भाइबर
–निम्बज
–वीटक
–ओपोलाइभ
सूचीकृत नभएका यी सञ्जाल बन्द हुने
–फेसबुक
–म्यासेन्जर
–इन्स्टाग्राम
–युट्युब
–ह्वाट्सएप
–ट्वीटर
–लिंक इड
–स्न्याप च्याट
–रेडिट
–डिस्कर्ड
–पिन्ट्रेस्ट
–सिग्नल
–थ्रेड
–वी च्याट
–कोरा
–सम्ब्लर
–क्लब हाउस
–मास्टर डन
–रम्बल
–मि वी
–मि भिके
–लाइन
–इमो
–जालो
–सोल
–हाम्रो पात्रो
गाजामा इजरायली कारबाही यथावत, युद्धविराम प्रस्ताव अस्वीकार
इजरायल । इजरायलले हमासद्वारा प्रस्ताव गरिएको युद्धविराम सम्झौतालाई अस्वीकार गर्दै गाजा सहरमा सैन्य कारबाही जारी राख्ने स्पष्ट सङ्केत दिएको छ । हमासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली बन्धकहरूको रिहाइ सँगै प्यालेस्टाइनी बन्दीहरूको अदलाबदल, गाजाबाट इजरायली फौजको फिर्ता, सीमाना नाकाहरू पुनः सञ्चालन, मानवीय सहायता आपूर्ति र गाजाको पुनर्निर्माण कार्य प्रारम्भ गर्ने प्रस्तावसहित एक व्यापक सम्झौता प्रस्तुत गरेको थियो ।
त्यसका अतिरिक्त, हमासले प्राविधिक विज्ञहरूको सहभागितामा स्वतन्त्र राष्ट्रिय प्रशासन गठन गरी गाजाको नागरिक प्रशासन सम्हाल्ने प्रस्ताव समेत अघि सारेको थियो । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले उक्त प्रस्तावलाई ‘सिर्फ प्रचारात्मक चाल’ मात्र भएको भन्दै खारेज गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा इजरायलले तब मात्र युद्ध अन्त्य गर्न सहमति जनाउनेछ जब हमासले गाजामा इजरायली सुरक्षाको पूर्ण नियन्त्रण स्वीकार गर्ने, गाजा क्षेत्रलाई पूर्ण रूपमा निरस्त्रीकरण गर्ने, गैर–प्यालेस्टाइनी प्रशासन गठन गर्ने र सबै इजरायली बन्धकहरूलाई मुक्त गर्ने जस्ता शर्तहरू पूरा गर्ने भनिएको छ ।
इजरायलको यो अडानले युद्धको अवस्था थप जटिल बन्ने सङ्केत दिएको छ, जसले गाजाको अवस्था झनै संकटपूर्ण बन्न सक्ने देखिन्छ ।
च्यासलमा एमाले सचिवालय बैठक (तस्वीरहरु)
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । दोस्रो विधान महाअधिवेशनबारे छलफल गर्न बैठक बसेको हो । एमालेको विधान महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ ।
च्यासलमा जारी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूलाई अन्तिम रूप दिन आज बैठकको आयोजना गरिएको हो । आजको बैठकमा विधान महाधिवेशनमा अध्यक्ष ओलीको तर्फबाट प्रस्तु हुने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने साँगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
‘तीन वटै प्रतिवेदनका प्रस्तुतकर्ताले प्रतिवेदनको व्याख्या गर्ने र सचिवालयले पास गरेको प्रतिवेदन भोलि विधान महाधिवेशनमा पेश हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । सँगै महाविधेशनको तयारी, व्यवस्थापन र उपसमितिले गरेका कामको पनि ब्रिफिङ गर्ने एजेण्डा छ ।






नेड द स्नेलको रूप, धैर्य र प्रेमको असाधारण कथा
न्युजिल्यान्ड । नेड पूर्ण रूपमा राम्रो घुँगी हो । यदि ऊसँग डेटिङ प्रोफाइल हुन्थ्यो भने, यसले लेख्ने थियोः राम्रो श्रोता, स्थिर घर, ब्रोकाउली मनपर्छ, प्रेम खोज्छ ।
तर नेडले आफ्नो स्थानीय विकल्पहरू पहिल्यै सकाइसकेको छ । यो किनभने ऊ चुनौतीपूर्ण वा अप्रिय छैन, बरु ऊ एउटा साधारण बगैँचाको घुँगी हो जसमा असामान्य शारीरिक समस्या छ र जसले उसको प्रेम जीवनलाई प्रभावित गरेको छ ।
नेडको खोल कुण्डल बायाँतिर छ, दायाँतिर होइन । यस दुर्लभ विशेषताका कारण ४० हजार घुँगीमा एक मात्र यस्तो घुँगी हुन्छ जसको यौन अङ्गहरू बाँकी प्रजातिहरूसँग मेल खाँदैन । अर्को बायाँ खोल कुण्डल भएको घुँगी नभएसम्म, नेड जीवनभर अनैच्छिक ब्रह्मचर्य भोग्न बाध्य हुन्छ ।
यो चुनौतीले न्युजिल्यान्डका प्रकृति प्रेमीहरूलाई प्रेरित गर्यो । अगस्टमा, जसले उनको बगैँचामा घुँगी भेट्टाए, नेडको उत्तम मेल फेला पार्न अभियान सुरु गरे । तर नेडको साँचो प्रेम पाउने यात्रा अनुमानित रूपमा ढिलो भइरहेको छ ।
– बगैँचामा अप्रत्याशित भेट –
उत्तरी टापुको वैरारापामा आफ्नो घरको तरकारीको टुक्रा झारपात बनाइरहेको बेला जिसेल क्लार्कसनको आँखा नेडमा पर्न गयो ।
‘द अब्जर्भोलोजिस्ट’ पुस्तककी लेखक एवं चित्रकार क्लार्कसन घुँगीको प्रेममा दीर्घकालीन रुचि राख्छन् र लामो समयदेखि साइनिस्ट्रल वा बायाँ खोल कुण्डल भएका घुँगी खोज्दै आएका छन् ।
“मलाई तुरुन्तै थाहा भयो कि मैले यस घुँगीलाई झारपातमा फिर्ता फ्याँक्न सक्दिनँ”, उनले भने । त्यसपछि उनले न्युजिल्यान्ड जियोग्राफिकमा आफ्ना सहकर्मीहरूलाई नेडको फोटो पठाए ।
पत्रिकाले नेडका लागि साथी खोज्ने राष्ट्रव्यापी अभियान सुरु गर्यो । अभियानको नाम बायाँ हाते पात्र नेड फ्लान्डर्सको नामबाट ‘द सिम्पसन्स’ राखिएको थियो । नेड फ्लान्डर्सले एकपटक द लेफ्टोरियम नामक स्टोर खोलेका थिए ।
“जब दायाँ खोल कुण्डल भएको घुँगी र बायाँ खोल कुण्डल भएको घुँगी भेट्छन्, उनीहरू माथि स्लाइड गर्न सक्दैनन् र यौन अङ्गहरूको सही मिलान हुँदैन”, क्लार्कसनले भने, “त्यसैले लेफ्टीले केवल अर्को लेफ्टीसँग मात्र समागम गर्न सक्छ ।”
– लामो दूरीका साझेदार आवश्यक छैन –
नेडका लागि रोमाञ्चक आशा भनेको उसले सेक्स म्याच नभए पनि प्रेम पाउन सक्छ । तर उसको इनबक्समा अझै कुनै बायाँ खोल कुण्डल भएको घुँगी आएको छैन । “हामीले धेरै उत्साह पाएका छौँ, तर अहिलेसम्म कुनै बायाँ खोल कुण्डल भएका घुँगी आएका छैनन्”, क्लार्कसनले भने ।
नेडका समस्या विश्वव्यापी समाचारमा आएका छन्, तर न्युजिल्यान्डको कडा जैविक सुरक्षा नियमले लामो दूरीको प्रेम सम्भव नहुने सङ्केत गरेको छ । अन्य बायाँ खोल कुण्डल भएका घुँगीहरू सार्वजनिक अभियानमार्फत साथी फेला पारेका थिए, जसले क्लार्कसनलाई आशावादी बनाउँछ ।
सन् २०१७ मा बेलायती साइनिस्ट्रल स्नेल जेरेमीको दुई वर्षको छोटो जीवनपछि मृत्यु भयो । यसको नाम वामपन्थी राजनीतिज्ञ एवं बागवानी प्रेमी जेरेमी कोर्बिनको नाममा राखिएको थियो ।
जेरेमीका लागि बायाँ कुण्डल खोल भएको साथीको खोजले सम्भावित जोडी खोज्न प्रेरित गर्यो । सुरुमा उनीहरूले एक अर्कालाई मन पराउँथे । तर उसको मृत्युको समयसम्म उनीहरूका ५६ बच्चा भएका थिए र ती सबै दायाँ खोल कुण्डल भएको थाहा भयो ।
वैज्ञानिकहरूका लागि बायाँ खोल कुण्डल भएको घुँगीको अध्ययन दुर्लभ आनुवंशिक उत्परिवर्तन बुझ्ने आकर्षक अवसर हो । युरोपमा गरिएको अनुसन्धानले प्रत्येक ४० हजार घुँगीमा एउटा बायाँ खोल कुण्डल भएको घुँगी हुन्छ भन्ने देखाएको छ ।
वैरारापामा, क्लार्कसनको बैठक कोठामा नेडको निरन्तर उपस्थितिले शान्ति र अस्तित्वगत प्रश्नहरूलाई प्रज्ज्वलित गरेको छ । “सायद घुँगीमा एक्लोपनको अवधारणा हुँदैन”, क्लार्कसनले भने ।
नेड अझै जवान छ । उसको खोलले छ महिनाको उमेर देखाउँछ । बगैँचाका घुँगी दुईदेखि पाँच वर्षसम्म बाँच्छन् । क्लार्कसन उसलाई रोमान्टिक रूपमा पूरा भएको हेर्न उत्साहित हुन्छन् ।
“साधारण बगैँचाको घुँगीको कल्याणका बारेमा यस्तो तनाव मैले पहिले कहिल्यै अनुभव गरेको थिइनँ”, उनले भने, “म नेडलाई लगभग पागलपूर्ण रूपमा हेर्छु ।”
यी हुन् चल्ने र नचल्ने सामाजिक सञ्जाल (सूचीसहित)
काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आज (बिहीबार) देखि बन्द गर्ने निर्णय गरेको छ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने २६ सामाजिक सञ्जाल आज बन्द गर्ने निर्णय गरेको हो ।
बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सूचीकरण नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल भने बन्द गर्ने निर्णय गरेको हो । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन समेत दिइसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो र जिज्ञासाको विषयमा बनेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् । जसका कारण यी प्लेटफर्महरू बन्द हुने छैनन् । नेपालमा यी प्लेटफर्महरू सञ्चालन हुनेछन् । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।
सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमशः बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभरत नचल्ने गरी रोक लगाउन लागिएको हो । बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुनः खोलिने पनि सरकारले जनाएको छ । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
उक्त म्याद गए रातिबाट सकिएको थियो । सरकारले उक्त निर्णयलाई बेवास्ता गरिएपछि आज सञ्चार मन्त्रालयले पुनः मन्त्रीस्तरीय निर्णय गर्दै नेपालभर सूचीकृत नभएका सञ्जालहरू चल्नबाट रोक लगाउने निर्णय गरेको हो । नेपालमा प्रयोगमा आएका सञ्जालहरूमध्ये नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो सूचीमा राखेका र फेला पारेका सञ्जालहरूमाथि आज निर्णय भएको हो ।
‘यदि यस्ता सूचीकृत नभएका अन्य सञ्जालहरू फेला पर्नासाथ उनीहरूमाथि पनि यही प्रक्रिया लागू हुन्छ,’ मन्त्रालयका एक अधिकारीले भने ।
सूचीकृत यी पाँच सञ्जाल निरन्तर चल्ने
–टिकटक
–भाइबर
–निम्बज
–वीटक
–ओपोलाइभ
सूचीकृत नभएका यी सञ्जाल बन्द हुने
–फेसबुक
–म्यासेन्जर
–इन्स्टाग्राम
–युट्युब
–ह्वाट्सएप
–ट्वीटर
–लिंक इड
–स्न्याप च्याट
–रेडिट
–डिस्कर्ड
–पिन्ट्रेस्ट
–सिग्नल
–थ्रेड
–वी च्याट
–कोरा
–सम्ब्लर
–क्लब हाउस
–मास्टर डन
–रम्बल
–मि वी
–मि भिके
–लाइन
–इमो
–जालो
–सोल
–हाम्रो पात्रो
दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन
काठमाडौँ । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने २६ सामाजिक सञ्जाल आज बन्द गर्ने निर्णय गरेको हो ।
आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सर्वोच्च अदालत र यसअघिको सरकारको निर्णय अनुसार मन्त्रालयले प्राधिकरणलाई दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय बनाउन निर्देशन दिएको प्रवक्ता ठाकुरले बताए । उनले प्राधिकरणले प्राविधिक चेकजाँच गरेर निष्क्रिय बनाउने बताए ।
सरकारको यो निर्णयसँगै फेसबुक, ह्वाटसएप, इन्टाग्राम लगायतका सामाजिक निष्क्रिय हुनेछन् । मन्त्रालयले दर्ता हुन नआएका सामाजिक सञ्जालको सूची केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ । सरकारले सामाजिक सञ्जाल सूचीकरण गर्न अन्तिम पटक दिएको एक साताको समय बुधबार सकिएको थियो । मन्त्रिपरिषद्को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत बिहीबार (भदौ १२ गते) सूचना जारी गर्दै नेपालमा प्रयोग हुने सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन आग्रह गरेको थियो । सो अवधिमा दर्ता हुन नआएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्दै जाने मन्त्रालयको सूचनामा उल्लेख गरिएको थियो ।
त्यसअघि भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले तोकिएको अवधिभित्र सूचीकरण हुन नआउने वा सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउन मन्त्रालयमार्फत् नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको निर्णयकै व्यहोरामा सञ्चार मन्त्रालयको सूचना प्रकाशन भएको देखिन्छ ।
२०८१ असोज १३ गते सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई सूचीकरण गरी नियमनको दायरामा ल्याउनु भन्ने व्यहोराको आदेशको पूर्णपाठ केही दिनअघि मात्रै सार्वजनिक भएको थियो । यसको अर्थ सरकारले सामाजिक सञ्जाल बन्द गर्यो र कोही अदालतमा गयो भने सञ्जाल खोल्ने आदेश सामान्य अवस्थामा नआउन सक्छ ।
अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत छन् । सर्वोच्च अदालतले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल, ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रशारण हुने सामग्रीमाथि बन्देज गर्न र नियमनका लागि आवश्यक कानुन बनाउन सरकारको नाममा परमादेश जारी गरेको थियो ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले सरकारका नाममा बुधबार परमादेश जारी गरेको थियो । सर्वोच्चले विदेशी प्रसारण संस्थाले नेपालमा प्रसारण गर्न अनुमतिपत्र लिनुपर्ने र सरकारलाई आवश्यक कानुन निर्माण गर्न परमादेश दिएको हो ।
प्रसारण नियमावलीमा कुनै विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले आफ्नो मुलुकबाट प्रशारण गरेको कुनै डिजिटल कार्यक्रमलाई नेपालमा डाउनलिंक गरी प्रशारण गराउन चाहने व्यक्ति वा संगठित संस्थाले अनुमति लिनुपर्ने व्यवस्था छ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेकै बेला सर्वोच्चले परमादेश जारी गरेको हो । रिट निवेदनमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरणलायतलाई विपक्षी बनाइएको थियो ।
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सरकारले पछिल्लो पटक सूचीकरणका लागि सात दिनको म्याद दिएको थियो । उक्त गए राति १२ बजे नै सकिएको छ । मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो । सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।
स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिदिने निर्णय भएको स्रोतको भनाइ छ ।
सरकारले यही भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको म्याद दिएर सामाजिक सञ्जाललाई सूचीकरणका लागि समय दिएको थियो । त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना जारी गरेको थियो । अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत छन् । सर्वोच्च अदालतले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल, ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रशारण हुने सामग्रीमाथि बन्देज गर्न र नियमनका लागि आवश्यक कानुन बनाउन सरकारको नाममा परमादेश जारी गरेको थियो ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले सरकारका नाममा बुधबार परमादेश जारी गरेको थियो । सर्वोच्चले विदेशी प्रसारण संस्थाले नेपालमा प्रसारण गर्न अनुमतिपत्र लिनुपर्ने र सरकारलाई आवश्यक कानुन निर्माण गर्न परमादेश दिएको हो ।
प्रसारण नियमावलीमा कुनै विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले आफ्नो मुलुकबाट प्रशारण गरेको कुनै डिजिटल कार्यक्रमलाई नेपालमा डाउनलिंक गरी प्रशारण गराउन चाहने व्यक्ति वा संगठित संस्थाले अनुमति लिनुपर्ने व्यवस्था छ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेकै बेला सर्वोच्चले परमादेश जारी गरेको हो । रिट निवेदनमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरणलायतलाई विपक्षी बनाइएको थियो ।
जीआईएस र सैन्य परेडमा सहभागी भएकोबारे संसद्मा प्रधानमन्त्रीको जवाफ माग
जलवायु सङ्कट गहिरिँदैः युरोपमा डढेलो बारम्बार हुने स्थिति
पोर्चुगल . गत अगस्त महिनामा स्पेन र पोर्चुगलमा फैलिएको भीषण डढेलोले ती क्षेत्रहरूमा ठूलो क्षति पु¥याएको छ । एक नयाँ वैज्ञानिक अध्ययनअनुसार, यस्ता परिस्थिति जलवायु परिवर्तनका कारण उत्पन्न भएका हुन् ।
अगस्त महिनाभर इबेरियन प्रायद्वीपमा तापक्रम असामान्य रूपले बढेको थियो । धेरै स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम मापन गरिएको थियो, जसले गर्दा विशेषगरी उत्तर पोर्चुगल र पश्चिम तथा उत्तरपश्चिमी स्पेनमा डढेलो फैलन थालेको थियो ।
उक्त डढेलोबाट स्पेन र पोर्चुगल दुबै देशमा ४–४ जनाको मृत्यु, हजारौँ नागरिकको सुरक्षित स्थानतर्फ सार्ने व्यवस्था र विशाल वन तथा कृषियोग्य भूमि नष्ट भएको छ ।
युरोपेली वन डढेलो जानकारी प्रणालीका अनुसार, स्पेनमा यस वर्ष तीन लाख ८० हजार हेक्टरभन्दा बढी जमिन डढेलोबाट प्रभावित भएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च र वर्षे औसतको झण्डै पाँच गुणा बढी हो ।
त्यस्तै, पोर्चुगलमा पनि दुई लाख ८० हजार हेक्टरभन्दा बढी जमिन डढेलोबाट नष्ट भएको जनाइएको छ, जुन सामान्य वार्षिक औसतको तीन गुणा बढी हो ।
विश्व मौसम सम्बन्ध पहिचान समूहद्वारा गरिएको अनुसन्धानअनुसार, मानवजन्य तापवृद्धिका कारण यस्ता मौसमीय अवस्था ४० गुणा बढी सम्भाव्य भएका हुन् । साथै, यस्ता डढेलोको तीव्रता पनि ३० प्रतिशतले बढी भएको पाइएको छ ।
इम्पेरियल कलेज लन्डनका वैज्ञानिक कीपिङका अनुसार,“यदि तापवृद्धिमा मानवको प्रभाव नहुने हो भने, यति गम्भीर डढेलो ल्याउने मौसम करिब ५ सय वर्षमा एकपटक मात्र देखिने सम्भावना हुन्थ्यो । तर अहिले यस्तो अवस्था प्रत्येक १५ वर्षमा एकपटक देखिन थालेको छ ।”
गर्मीले वनस्पति अत्यधिक सुक्ने भएकाले डढेलो फैलन सजिलो हुने जनाइएको छ । स्पेनको मौसम विभागका अनुसार, यो अगस्त महिनामा भएको १६ दिन लामो गर्मी लहर अहिलेसम्मकै सबैभन्दा कडा भएको थियो । अघिल्ला वर्षहरूको तुलनामा यसपटकको गर्मी लहर ४.६ डिग्री सेल्सियस बढी मापन गरिएको हो ।
स्पेनको कार्लोस तेस्रो स्वास्थ्य संस्थानले दिएको अनुमानअनुसार, सो गर्मी लहरका कारण करिब एक हजार एक सय जनाको ज्यान गएको छ ।
सन् १९७५ यता स्पेनमा ७७ वटा गर्मी लहरहरू दर्ता भएका छन् । यस किसिमको डढेलोको जोखिम अझ बढ्नुमा गाउँवस्तीको खालीपन र परम्परागत खेती तथा पशुपालनको गिरावट समेत कारण भएको विज्ञले उल्लेख ग/]sf छg\ ।
रेडक्रस–रेडक्रेसन्ट जलवायु केन्द्रकी सल्लाहकार माया वालबर्गका अनुसार,“पहिले मानिसहरूले बसोबास गर्ने, खेतीपाती गर्ने र गाईबस्तु चराउने ठाउँहरू अहिले खाली हुन थालेका छन् । यस्तो अवस्था आउँदा प्राकृतिक वनस्पति नियन्त्रण कम हुन्छ र भू–भाग डढेलोका लागि अझ जोखिमपूर्ण बन्न पुग्दछ ।”
