`

उपत्यकामा बढ्यो जाडो {तस्वीरहरु}

काठमाडौं । पुस महिना लागेसँगै काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम घट्दो क्रममा छ । जसका कारण बिहान र बेलुकाको समयमा काठमाडौं उपत्यकामा चिसो बढदै गएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान गरिएको मापन अनुसार न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उपत्यकामा बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउन थाली सकेको अवस्था छ, भने कतिपय मानिसहरू आगो ताप्न सुरु गरिसकेको अवस्था छ । विशेष गरी बिहानको समयका विद्यालय, कलेज र विभिन्न काममा संलग्न मानिसहरु जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका देखिन्छन् ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

दलिततर्फ १२ केन्द्रीय सदस्यका लागि २८ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौँ । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा दलिततर्फ १२ केन्द्रीय सदस्यका लागि २८ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार दलिततर्फ १२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेमा खुलातर्फ ७ जना, महिलातर्फ ४ जना र एक जना युवातर्फ निर्वाचित हुनेछन् । ती सबै पदका लागि २८ जनाको उम्मेदवारी परेको हो ।

जसमा दलित खुलातर्फ ७ पदका लागि १६ जना, दलित महिलातर्फ ४ पदका लागि ८ जना र ४० वर्षमुनिको दलित युवातर्फ एक जनाका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको हो । दलित खुलातर्फ अफिलाल ओखेडा, खेमराज नेपाली, गोविन्दबहादुर नेपाली, चक्रबहादुर स्नेही, जंगबहादुर नेपाली, ज्यानु कालिकोटे, तुलसीप्रसाद पासी, दानसिंह परियार, प्रदिप रम्तेल, प्रभु हजरा, बुद्धिमान परियार, बोमबहादुर विश्वकर्मा, मनोहर विश्वकर्मा (पौडेल), मेघराज हजरा, मोती विक (महेन्द्र) र हिक्मतबहादुर विकको उम्मेदवारी दर्ता भएको हो । अफिलाल ओखेडा, गोविन्दबहादुर नेपाली, जंगबहादुर नेपाली, प्रभु हजरा र बोमबहादुर विश्वकर्मा अहिले पनि केन्द्रीय सदस्य छन् ।

यस्तै, दलित महिलातर्फ आशाकुमारी विक, दशरथ राम, नन्दा बस्याल, पार्वती विसुंखे, मीनाकुमारी परियार, रुक्मणी राना (बराइली), बिष्णुमाया विक र सरिता जिरेल (खाती) को उम्मेदवारी दर्ता भएको छ । ४० वर्षमुनिको दलित युवामा देवकृष्ण विक, निता घतानी, सरोज विक र हिरालाल विश्वकर्माको उम्मेदवारी दर्ता भएको छ । जसमा आशाकुमारी विक, विष्णुमाया विक र रुक्मणी राना (बराइली) अहिले पनि केन्द्रीय सदस्य छन् ।

केन्द्रीय सदस्य खुलातर्फ १ सय २६ पदमा लागि हुने निर्वाचनमा १ सय ६८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा दलित समुदायबाट जगतबहादुर विश्वकर्मा, जितु गौतम, यमबहादुर परियार, इश्वरबहादुर रिजाल र भागवत विश्वासी नेपाली गरेर ६ जनाले उम्मेदवारी दिएका छन् । जसमा विश्वकर्मा, गौतम र रिजाल अहिले पोलिट ब्यूरो सदस्य छन् । यस्तै केन्द्रीय सदस्य खुलाको महिलातर्फ ५२ पदका लागि ७२ जनाले उम्मेदवारी दिएका छन् । जसमा दलित समुदायबाट बिमला विक र सीताकुमारी सुन्दास छन् । यस्तै, १९ जना पदाधिकारीमा सचिवमा एक्ला उम्मेदवार छविलाल विश्वकर्मा छन् । उनी यसअघि खुलातर्फ सचिवमै निर्वाचित भएका थिए । अहिले खुलातर्फ नै सचिव पदमा दोहोरिएर उम्मेदवार बनेका हुन् ।

 

 

राजेन्द्र गौतमले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उपसमहासचिवम उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन् । उनले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । यद्यपि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेका कारण मतपत्रमा उनको नाम भने रहनेछ । गौतम यसअघि एमालेको प्रचार विभाग प्रमुख हुन् । उनी केपी ओली टिमबाटै उपमहासचिवको आकांक्षी थिए ।

ओलीको टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल उपमहासचिवको उम्मेदवार बनेपछि गौतमले उपमहासचिव पदमै स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले भनेका छन्, ‘पार्टीको एघारौं महाधिवेशनको आज चौंथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै, पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विश्वास लिएको छु । धन्यवाद ।

एमाले महाधिवेशनमा कसैलाई पुरस्कार कसैलाई आंशु उपहार!

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा सोमबार नेतृत्वका लागि उम्मेद्वारी दर्ताको क्रममा विभिन्न दृश्य देखियो । पदाधिकारीका आकांक्षी धेरै भएको अध्यक्ष केपी शर्मा ओलीको समूहमा कसैलाई आंशु उपहार मिल्यो भने कसैलाई पद पुरस्कार । कसैले खुशीखुशी स्वीकार गरे हार भने कुनै समूहले भेटेन चाहिनेजति उम्मेद्वार ।

अध्यक्ष ओलीको अत्यन्तै नजिक रहेका वर्तमान उपमहासचिव प्रदीप ज्ञवाली आफूले चाहेको पद नपाउँदा आंशु झार्दै हिडेका थिए । १०औं महाधिवेशनबाट उपमहासचिव बनेका ज्ञवाली यसपटक महासचिव बन्न चाहन्थे । तर, अध्यक्ष ओली भने महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याउने पक्षमा थिए । आफूले चाहेको पद नपाउने भएपछि उनी केन्द्रीय सदस्य मात्रै हुन्छु, कुनै पद चाहिँदैन भन्दै हिडेका थिए । उनले केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिएका छन् ।

खोजेको पद नपाउने ज्ञवाली एक्ला पात्र होइनन् । रघुजी पन्त, अग्नी खरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, भीम आचार्य, सुहाङ नेम्वाङ लगायतले पनि टिम ओलीको सूचीमा परेनन् । प्यानलमा नपरेपछि रघुजी पन्तले उपाध्यक्षमा स्वतन्त्र लड्ने निर्णय गरे भने लालबाबु पण्डितले सचिवमा उम्मेद्वारी दिएका छन् । यस्तै, सचिव पदका आकांक्षी राजेन्द्र गौतमले उपमहासचिव पदमा बिना प्यानल उम्मेद्वारी दर्ता गराएका छन्

सामाजिक सञ्जाल प्रयोगकर्ता र युवापुस्तामाझ लोकप्रीय रहेका संविधान सभा अध्यक्ष सुवास नेम्वाङ पुत्र  सुहाङ नेम्वाङ भने ओली प्यानलको केन्द्रीय सदस्यमा पनि अँट्न सकेनन् । महाधिवेशन सुरू हुनु अगाडि नै केन्द्रीय सदस्यका लागि उम्मेद्वारी घोषणा गरेका सुहाङले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् ।

ओलीले सचिव बनाउन खोजेका लेखराज भट्टलाई भने भानुभक्त ढकालले सजिलो बनाइदिए । पहिले उपमहासचिवमा टुंगो भइसकेका भानुभक्त सचिवमा नै बस्न तयार भएपछि लेखराज उपमहाचिवको उम्मेद्वार बन्ने बाटो खुल्यो ।

जेनजी आन्दोलनपछि ओलीका लागि बास र सुरक्षा समेत मिलाएका महेश बस्नेत सचिवका उम्मेद्वार बन्ने भएका छन् । उनले सचिव पदको टिकट आफ्ना लागि पुरस्कार भएको बताए । उनले भने, ‘रविलाई गृहमन्त्री चिट्ठामा मिलेको थियो, मलाई सचिव पदको उम्मेद्वारी पुरस्कारमा ।’

सचिवको आकांक्षी रहेकी रामकुमारी झाँक्री भने खुशीखुशी केन्द्रीय सदस्य मात्रै बन्न तयार भइन् । पार्टी विभाजन हुँदा आफैंले हात समातेर लगेका माधव कुमार नेपालको साथ छोडेर एमाले फर्किएकी उनले भनिन्, ‘म पदका लागि एमाले फर्किएको होइन, पार्टीमा योगदान गर्न फर्किएको हुँ । पार्टीले जुन झोला बोकाए पनि बोक्न तयार छु ।’

यता ईश्वर पोखरेलले भने पदाधिकारी बन्ने १९ जना उम्मेद्वार पनि पाउन सकेनन् । उनको प्यानलमा पाँच उपाध्यक्षमा चार मात्रै उम्मेद्वार छन् भने तीन उपमहासचिवमा दुई जना मात्रै उम्मेद्वार बने । नौ जना सचिवको पदमा ईश्वर पक्षले आठ जना मात्रै उठाएको छ । केन्द्रीय सदस्यमा भने ओलीको लिस्टमा परेका पनि धेरै उम्मेद्वारलाई आफ्नो सहयोग हुने ईश्वर पक्षका महासचिव उम्मेद्वार सुरेन्द्र पाण्डेले बताएका छन् ।

ईश्वर पक्षले ओलीसँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेद्वारी दिएका रघुजी पन्तदेखि लालबाबु पण्डितसम्मलाई आफ्नो प्यानलमा ल्याउन छलफल गरिरहेको छ ।

महानगरको खाना मेलामा चटामरीदेखि हाकु छोयलासम्म, झुम्मिए आगन्तुक

काठमाडौँ । नारायण चौरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको रैथाने मौलिक खाद्य स्वच्छता मेलामा राखिएका परिकारमा महानगरवासीको रुचि देखियो । ३१ औँ महानगर दिवसको अवसर पारेर महानगरपालिकाले खाद्य सेवालाई गुणस्तरीयता बढाउन सहभागिता र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको मेलामा यस्तो देखिएको हो । मेलामा ४९ वटा खानाका स्टल थिए ।

मेलामा नेवारी परिकारहरु चटामरी, झुकु, चाकु यमरी, खुवा यमरी, छोइला, अण्डा बारा, मिक्स बारा, फोक्सो, मःम, समयबजी, हाकु छोयला, आलु अचार, मस्यौरा छोयला जस्ता परिकारहरू राखिएका थिए । यसैगरी लिम्बू समुदायका सेर्गेम्बा, याङ्बेन सेट, फाक्सा सेट, गुन्द्रुकको अचार, वाम्युक फिलिङ्गे अचार, चाम्रे सेट लगायतका परिकार थिए ।

फापरको फुलौरा, मकैको फ्याप्लो, कोदोको रोटी, अनादी मसला, बट्टाइ तारेको, कुराउनीको स्वाद पस्किएको थियो । पूर्वी तराईका राजवंशी समुदायले बिहानको खाजाका रूपमा खाने भक्का परिकार मेलाको आकर्षण थियो । जनकपुर तावा माछा, खट्टेको भुजा, मुलाको अचार र लोकल टमाटरको चट्नी सेटको स्वादमा आगन्तुकहरु झुम्मिएका थिए ।

मेलामा महानगरपालिकाभित्रका २४ वटा वडा र अन्य खाद्य तथा आतिथ्यता सेवाबाट परिकार राखिएका थिए । एउटा स्टलमा करिब ५ सय व्यक्ति पुगेर खानाका बारेमा सोधखोज गरेको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट भारती अधिकारीको भनाइ छ । स्टलहरुले ५० हजार रुपियाँसम्मको बिक्री गरेको उनले जानकारी दिइन्।

पतञ्जली जग्गा प्रकरण : माधव नेपालविरुद्धको मुद्दा नयाँ मोडमा

काठमाडौं । पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध परेको उजुरी तामेलीमा राख्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोग (अदुअआ) को निर्णयमाथि विशेष अदालतले प्रश्न उठाएको छ । अदालतले सो निर्णयसम्बन्धी सम्पूर्ण फाइल झिकाउन आदेश दिएको हो । सोमबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २०६९ साल मंसिर २५ गते अख्तियारले उजुरी तामेलीमा राख्ने गरी गरेको निर्णयको फाइल अदालतमा पेश गर्न निर्देशन दिएको छ । आदेशमा उक्त निर्णय कसरी र के आधारमा गरिएको हो भन्ने विषय स्पष्ट पार्न फाइल आवश्यक रहेको उल्लेख छ ।

विशेष अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दासँग सम्बन्धित उजुरीबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०६९-०८-२५ मा भएको निर्णयसहितको फाइल झिकाउनू ।’ यससँगै अख्तियार तथा प्रतिवादी पक्षका साक्षीहरूलाई भौतिक रूपमा वा भिडिओ कन्फरेन्समार्फत उपस्थित गराई बकपत्र गराउन पनि अदालतले निर्देशन दिएको छ । माधव नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीसहितका कानुन व्यवसायीहरूले बहस गर्दै उजुरीलाई तामेलीमा राख्ने निर्णय आफैं विवादास्पद रहेको जिकिर गरेका थिए । उनीहरूले अख्तियारको सो निर्णय कानुनी परीक्षणको विषय हुनुपर्ने दाबी गरेपछि अदालतले फाइल झिकाउने आदेश दिएको हो ।

यसअघि अख्तियारले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आरोपअनुसार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले काभ्रेपलाञ्चोकको साँगामा रहेको हदबन्दी छुटको जग्गा पतञ्जलीलाई खरिद गर्न अनुमति दिएको थियो । त्यस्तै, सोही मन्त्रिपरिषद्ले पछि उक्त जग्गा बिक्री गर्नसमेत स्वीकृति दिएको आरोप छ ।

२०६६ माघ १८ को मन्त्रिपरिषद् बैठकबाट पतञ्जलीलाई ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न अनुमति दिइएको थियो भने २०६६ चैत ६ मा उक्त जग्गा बेच्न पाउने निर्णय भएको थियो । सरकारको सो निर्णयपछि राज्यलाई नोक्सान पु¥याइएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको हो । अख्तियारले माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ। मुद्दाको प्रारम्भिक सुनुवाइपछि विशेष अदालतले असार ११ गते ३५ लाख रुपैयाँ धरौटीमा नेपाललाई थुनामुक्त गर्न आदेश दिएको थियो । अब अदालतले तामेली निर्णयसम्बन्धी पुराना फाइल झिकाएर अध्ययन गर्ने भएपछि यस प्रकरणले नयाँ कानुनी मोड लिने संकेत देखिएको छ ।

 

 

एमाले महाधिवेशन : सकियो उम्मेदवारी दर्ताको समय

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय सकिएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय सकिएको जानकारी दिएको छ । यो सँगै आयोगले कार्यालयको ढोका समेत बन्द गरेको छ । सोमबार दिउँसो ३ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । यी दुवै नेताले प्यानलगत प्रतिष्पर्धा गर्दैछन् ।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्य सहितका पदमा उम्मेदवारी दर्ताको समय सकिएको हो । एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । आज नै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । नेता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्ष उम्मेदवार बनाउने तयारी थियो । तर ज्ञवालीले आफू महासचिव मात्रै बन्ने अडान अन्तिम समयमसम्म राखे । ज्ञवालीसँग विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङले पनि कुराकानी गरेका थिए । ज्ञवालीका स्वकीय सचिव खेमराज ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी परेको बताए ।

उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा दावी गरेका ज्ञवालीलाई उपाध्यक्ष बनाइएपछि असन्तुष्ट थिए ।

अन्ततः ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसले अध्यक्ष ओलीको टीममा खैलाबैला मच्चाएको छ । ज्ञवालीको उम्मेदवारी केन्द्रीय सदस्यका लागि मात्र परेको निर्वाचन आयोग स्रोतले जानकारी दियो । संस्थापन प्यानलबाट शंकर पोखरेल महासचिवका लागि प्रतिष्पर्धामा छन् । इतर पक्षले सुरेन्द्र पाण्डेलाई महासचिवमा अगाडि सारेको छ ।

अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति बन्यो

काठमाडौं । सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो ।

उक्त समितिमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् ।

ओलीले केन्द्रीय सदस्यको सूचीमा राखेका अग्नि खरेलले दिए सचिवमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला क्लस्टरको केन्द्रीय सदस्य उम्मेदवारमा परेका नेता अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन्। स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खरेलले आफ्नो योगदानको मुल्यांकन हुनुपर्ने भन्दै अध्यक्ष ओलीसँग सचिवमा आकांक्षा राखेका थिए।

तर आफूभन्दा जुनियर व्यक्तिहरुलाई सचिव उम्मेदवार बनाइएपछि खरेलले देशभरका महाधिवेशन प्रतिनिधिबाट न्यायको याचना गरेका छन् । उनले आफू पछि नहट्नेगरी सचिवको उम्मेदवार बनेको समेत बताए। २०३६ सालमा पार्टी सदस्य लिएर निरन्तर काममा रहेको र सधैं अध्यक्ष ओलीलाई पार्टी तथा राजकीय काममा सघाएको भन्दै खरेलले सचिवको दावी गरेका थिए।

ओलीले केन्द्रीय सदस्यमा मात्र राखेपछि लालबाबुले दिए सचिवमा उम्मेदवारी

काठमाडौं । संस्थापन पक्ष (केपी शर्मा ओली) को केन्द्रीय सदस्यको सूचीमा परेका लालबाबु पण्डितले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा जारी एमालेको ११ औँ महाधिवेशनमा लालबाबुले सचिव पदमा उम्मेदवारी दर्ता गराएको बताए । यसअघि उनी नेकपा एमाले प्रशिक्षण विभाग प्रमुख भएका थिए । दशौँ महधिवेशनमा पनि पदाधिकारीको आकांक्षी पण्डित सूचीमा नपरेपछि रिसाउँदै फर्किएका थिए । उनले कुन प्यानलबाट उम्मेदवारी भन्ने विषयमा भने उनले खुलाएनन् । उनले भने, ‘अहिले त्यस्तो कुरा नगरौँ । मैले सचिव पदमा उम्मेदवारी दिएको छु ।’

पण्डितले आफू पार्टी संगठनलाई थप सुदृढ बनाउन र विचार, नीति तथा नेतृत्वलाई बलियो बनाउन सचिव पदमा उम्मेदवारी दिएको दावी गरेका छन् । पार्टीमा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई उपयोग गर्दै संगठनात्मक काममा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकोले अहिलेलाई सचिव पदको उम्मेदवारी दर्ता गराएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यको सूचीमा रहेका पण्डितले आफू सँधैँ केन्द्रीय सदस्य भएर बसिरहन नसक्ने बताए । ‘कहिलेसम्म केन्द्रीय सदस्य भएर बस्ने हो र ?,’ पण्डितले भने, ‘अरु कुरा त्यस्तै हो मैले सचिव पदमा उम्मेदवारी दिएको छु ।’

 

 

मेरो कित्ता एमाले नै हो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै स्पष्ट शब्दमा भनेका छन्, ‘मेरो कित्ता एमाले नै हो ।’ एमालेको ११औँ महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीभित्रको प्रतिष्पर्धालाई स्वाभाविक अभ्यासको रूपमा व्याख्या गरे । बास्कोटाले एमालेले निर्माण गरेको राजनीतिक जग र संस्कारभित्र रहेर प्रतिष्पर्धा हुनु अस्वाभाविक नभएको बताए । पद र जिम्मेवारीका विषयमा आकांक्षा हुनु सामान्य भए पनि त्यसलाई गलत अर्थ लगाएर विभाजनको रूपमा हेर्न नहुने उनको भनाइ थियो ।

उनले आफू ईश्वर पोखरेल र केपी ओलीको ‘जन्ती’ न मलामी’ भएको स्पष्ट पार्दै पार्टीभित्रको बहसलाई व्यक्तिगत कित्तामा बाँध्न खोज्नु अनुचित भएको बताए । पत्रकारले ‘तपाईं केपी शर्मा ओली पक्षको हो ?’ भनेर सोध्दा बास्कोटाले व्यंग्यात्मक शैलीमा जवाफ दिए, ‘सबै केपी शर्मा ओलीका हुन्, सबै ईश्वर पोखरेलका हुन् ।’ उनले थपे, ‘म जन्मिनुअघि नै उहाँहरू यो आन्दोलनमा लाग्नुभएको हो । त्यसैले मलाई किन कित्ताकाट गर्नुपर्छ ?’ एमालेको हरेक महाधिवेशनमा प्रतिष्पर्धाको अभ्यास हुँदै आएको उल्लेख गर्दै बास्कोटाले यो चुनाव एमालेभित्रकै लोकतान्त्रिक प्रक्रिया भएको बताए । ‘तपाईंहरू सबै पत्रकार हुनुहुन्छ, तर मिडियाको ब्रान्ड र अनुहार फरक–फरक छ । पार्टीभित्रको प्रतिष्पर्धा पनि त्यस्तै हो,’ उनले भने ।

उनले एमाले फेरिएको होइन, केवल समीकरण फेरिएको दाबी गरे । ‘एमालेको संस्कार फेरिएको छैन, एमालेप्रतिको जनविश्वास कमजोर भएको छैन,’ भन्दै उनले पार्टीलाई नजिकको विगत र टाढाको भविष्य दुवै कोणबाट हेर्न आग्रह गरे । एमालेको इतिहासलाई स्मरण गराउँदै बास्कोटाले भने, ‘एमालेको जीवनभित्र देशको लोकतन्त्र अटेको छ ।’ अन्त्यमा उनले उदाहरण दिँदै पत्रकारलाई प्रश्न गरे, ‘बाउ–छोरा एउटै घरमा बस्दा कहिलेकाहीँ दायाँबायाँ हुँदैमा के सबै सम्बन्ध तोडिन्छन् ?’

रामकुमारी झाँक्रीले दिइन् केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट हालै नेकपा एमालेमा प्रवेश गरेकी रामकुमारी झाँक्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन् । काठमाडौंमा जारी एघारौँ महाधिवेशनमा उनले सदस्य पदमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएकी छन् ।

उम्मेदवारी दर्तापछि झाँक्रीले भनिन्, ‘पार्टीले दिने जुनसुकै मोर्चाको जोखिमपूर्ण जिम्मेवारी लिन सधैँ तयार छु-छौं । मेरा पछिल्ला दिनहरू अत्यन्तै रोमाञ्चक, अविस्मरणीय छन् । नयाँ पुराना सबै कमरेडहरूसँगको एक प्रकारको पुनर्मिलन छ । सबैको माया, स्नेह र भरोसा देख्दा लाग्छ बास्तवमै मैले धेरै कुरा मिस गरेको रहेछु ।’

विन्दा पाण्डेले दिइन् उपाध्यक्षमा उम्मेदवारी, अष्टलक्ष्मी प्रस्तावक

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम जारी छ । काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ विन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् । सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । उनको समर्थकमा भने महेन्द्रप्रसाद श्रेष्ठ छन् । पाण्डे अध्यक्षका प्रत्यासी ईश्वर पोखरलको टिममा छिन् ।

पार्टीमा तेस्रो पुस्ता आइसक्यो, उनीहरुलाई भरोसा गर्नुपर्छ : अष्टलक्ष्मी
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा तेस्रो पुस्ता आइसकेकाले उनीहरुलाई भरोसा गर्नुपर्ने बताएकी छन् । एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्द सत्रको दोस्रो दिन भृकुटीमण्डपमा पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष शाक्यले नयाँ पुस्तालाई भरोसा र विश्वास गर्नुपर्ने बताइन् ।शाक्यले भनिन्, ‘उहाँहरुको योग्यताछ्, विज्ञता छ, प्रविधिले युक्त हुनुहुन्छ, हामी जस्तो होइन नि त ?’ उनले ३÷४ वर्षअघिदेखि नै आफूले पार्टीको सक्रिय राजनीति छोड्ने बताइरहेको प्रष्ट पारिन् ।

‘मलाई टिकट पनि चाहिँदैन, मलाई मन्त्री पनि चाहिँदैन भन्याथें, मेरो बारेमा चिन्ता नगर्नु भनेको थिएँ,’ शाक्यले भनिन्, ‘मैले टिकट पनि लिइनँ, अहिले आएर पार्टीको स्थिति हेरिरहँदाखेरि यति धेरै पार्टीमा दोस्रो पुस्ता भइरहँदा मैलेमात्र पार्टीमा बस्नुपर्छ, पार्टी सम्हाल्नु पर्छ भन्ने मलाई लाग्दैन ।’ उपाध्यक्ष शाक्यले पार्टीका लागि पछाडि बसेर पनि गर्न सकिने बताइन् । उनले पद नै चाहिन्छ भन्ने नलागेको बताइन् । उनले पार्टीको सक्रिय राजनीतिबाट अचानक बिदा लिएको बताइन् । कसैको सल्लाह बिनै, कसैले नभनी नै बिदा लिएको शाक्यले बताइन् । उनले भनिन्, ‘सबै छक्क पनि पर्नुभयो।’

 

वन्यजन्तु सुरक्षाका लागी नेपाल–चीन नाकामा संयुक्त गस्ती टोली परिचालन

मुक्तिनाथ (मुस्ताङ) ।  चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाको छोसेर क्षेत्रमा वन्यजन्तुको सुरक्षाका लागि गस्ती परिचालन बढाईएको छ ।

अत्याधिक चिसोका कारण चरन क्षेत्रमा हिउँ जमेपछि वन्यजन्तु तल झर्ने क्रममा वन्यजन्तु चोरी शिकारी नियन्त्रण तथा बन्यजन्तुको अवस्था बुझ्न गस्ती गर्न थालिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमान्थाङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत इलाका प्रहरी कार्यालय लेमान्थाङ, सशस्त्र प्रहरी बलको (बिओपी) को टोलीले नेपाल–चीनको २७ नम्बर पिल्लरसम्म पुगेर गस्ती गरेको एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिएका छन् ।

प्रमुख पौडेलले भने, ‘जाडोयाम वन्यजन्तुका लागि पनि निकै कष्टकर हुन्छ, चरन क्षेत्रमा आहाराको कमी, बस्ती क्षेत्रमा आउँदा शिकारको जोखिम हुन्छ ।’ पौडेलका अनुसार गस्तीले संरक्षण क्षेत्रमा गस्ती, चरन खर्कमा पासो थापेको देखेमा हटाउने, अवैध ओसारपसार नियन्त्रणमा सघाएको छ ।

माथिल्लो क्षेत्रमा मङ्सिरदेखि फागुन महिनासम्म चोरी–सिकारका दृष्टिले बढी जोखिम मानिने क्षेत्रमा सुरक्षा निकाय, स्थानीय समुदायसँग मिलेर नियमित गस्ती गर्ने गरिएको छ । जाडोयाममा बस्तीमा मान्छेको सङ्ख्या कम हुने र वन्यजन्तुले घरपालुवा जनावरलाई समेत आक्रमण गर्न सक्ने भएकाले समुदायस्तरमा समेत नियमित निगरानीको संयन्त्र बनाइएको छ ।

एक्यापले बस्ती क्षेत्र नजिकै वन्यजन्तुको निगरानी गर्न समेत क्यामेरा जडान समेत गरेको छ । गस्तीमा एक्यापका प्रमुख पौडेल सहित कर्मचारी, सशस्त्र प्रहरी बलको (बिओपी) छोसेरका प्रहरी निरीक्षक अरुण भण्डारी, इलाका प्रहरी कार्यालय छोसेरका असई विष्णु रानाभाटको टोली रहेको थियो ।

सिमा क्षेत्रमा समुद्री सहतदेखि ४९ सय १७ मिटरको उचाइसम्म पुगेको टोलीले चरन क्षेत्रमा हिउँ जमे पनि आहारा प्रजाति र शिकारी प्रजातिका वन्यजन्तुलाई समस्या नभएको जनाएको छ । नेपाल र चीनको सीमा रहेको कोरलास्थित २४ नम्बर पिल्लरबाट २७ नम्बर पिल्लर करिब ७ किलोमिटर टाढा छ ।

कोरला नाकाबाट पश्चिम २३ नम्बर पिल्लरसम्म चिनियाँ र नेपालको सुरक्षा निकायले समेत संयुक्त गस्ती गरीएको छ । यस क्षेत्रमा झारल, घोरल, नाउर, हिमचितुवा लगायतका विभिन्न प्रजातिका वन्यजन्तु लगायत चराचुरुङ्गी समेत पाइन्छ । मुस्ताङको चीनको स्वशासित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ र कोरला नाका रहेको २४ नम्बर सीमा स्तम्भ समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको छ ।

एमाले लक्षित गृहमन्त्रीको चेतावनी : निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनि भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिएका छन् । सोमवार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु, गराउन न्यायोचित नहुने पनि स्पष्ट पारे । उनले वर्तमान सरकार निर्वाचन गराउने गरी बनेको उल्लेख गर्दै त्यस कामलाई सम्पन्न गर्न लागि परेको बताए ।

मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभुति हुनेगरी निष्पक्ष ढंगबाट कार्य सम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरुलाई निर्देशन दिए । मन्त्री अर्यालले जनताले महशुस गर्नेगरी आफ्नो काममा सुधार गर्न पनि सुरक्षा निकायहरुलाई सचेत गराए ।

रघुजी पन्तले पनि छाडे ओली समूह, ईश्वर समूहबाट उपाध्यक्ष उठ्ने

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । केपी शर्मा ओली समूह छाडेर उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् । ‘उपाध्यक्ष पदमा उठ्न मैले मनोनयन फारम लिइसकें,’ उनले सुनाए ।

ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरू बराल र पृथ्वीसुब्बा गुरूङको नाम टुंगो लागेको भनिए पनि ज्ञवाली महासचिव पदमै उठ्ने अडानमा छन् । उपाध्यक्षमा आफ्नो नाम समावेश नभएपछि ओली निकट पन्त ईश्वर समूहबाट उपाध्यक्ष उठ्न लागेका हुन् । स्थायी कमिटी सदस्य तथा पूर्व शिक्षामन्त्री समेत रहेका पन्तले आफू उपाध्यक्ष पदमा विवेकको उम्मेदवार बनेको भन्दै सबै पक्षसँग सहयोगको अपेक्षा राखेको बताएका छन् । यसअघि नवौं महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओली निकट मानिन्थे ।

 

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार: जेलेन्स्की

किएभ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् ।

वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र अन्य सहयोगीहरूबाट कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टीहरू स्वीकार गर्न सक्ने उनले बताएका छन् ।

पछिल्लो समयमा युक्रेन र अमेरिका बिचको द्विपक्षीय सुरक्षा ग्यारेन्टी, र युरोपेली सहकर्मीहरू, साथै अन्य देशहरू–क्यानडा, जापानबाट सुरक्षा ग्यारेन्टीहरू अर्को रूसी आक्रमण रोक्ने अवसर भएको बताउदै जेलेन्स्कीले त्यस्ता आश्वासनहरू कानुनी रूपमा बाध्यकारी हुनु पर्ने बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आफू “मर्यादापूर्ण“ शान्ति र रूसको अर्को आक्रमण नगर्ने दृढ ग्यारेन्टी खोजिरहेको बताउदै मस्कोले युक्रेनी सहरहरू र महत्वपूर्ण पूर्वाधारहरूमा निरन्तर आक्रमण गरी द्वन्द्व लामो बनाएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो दबाबका कारण कूटनीतिक प्रयासहरू तीव्र भएपछि यो टिप्पणी आएको हो । ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुसनर युक्रेनी र युरोपेली प्रतिनिधिहरूसँगको वार्ताका लागि आइतबार बर्लिन पुगेका थिए ।

अल जजिराका अनुसार यस अघि किएभ र मस्को दुवैसँग वार्तामा संलग्न रहेका विटकोफलाई पठाउने निर्णयलाई वासिङ्टनले प्रगतिमुलक हुने विश्वास गरेको जनाइएको छ ।

युक्रेनले अमेरिका र युरोपेली साझेदारहरूसँग मिलेर २०–बुदे योजनाको समीक्षा गरिरहेको उल्लेख गर्दै जेलेन्स्कीले यसले युद्धविराम हुन सक्ने बताएका छन् ।

अधिकारीहरूले जारी कूटनीतिक छलफलका बावजुद रूसले आक्रमण नरोकि जानाजानी जाडो महिनामा नागरिकहरूलाई तातो र पानीबाट वञ्चित गर्न पावर ग्रिडलाई लक्षित गरि हजारौंलाई बिजुली विहीन बनाएको बताएका छन् ।

 

ओलीलाई ‘राजनीतिको पेले’ भन्ने कृष्णगोपाल श्रेष्ठ ईश्वर समूहबाट सचिवको उम्मेदवार

काठमाडौं । लामो समयसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर समर्थक मानिएका कृष्णगोपाल श्रेष्ठले ११औं महाधिवेशनमा ओली समूह छोडेर ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका छन् । श्रेष्ठको राजनीतिक यात्रा लामो र विविधतापूर्ण छ । उनी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक रहँदै आएका छन् र यही सम्बन्धले उनलाई ओलीबाट टाढा पुर्‍याएको बताइन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार, भण्डारीलाई एमाले सदस्यता नदिएको भन्दै श्रेष्ठ ओलीको विरोधी खेमासँग आबद्ध भएका हुन् ।

श्रेष्ठलाई लामो समयसम्म ‘केपी ओलीको डाई हार्ड फ्यान’ मानिन्थ्यो । पार्टीभित्र र बाहिर ओलीविरुद्ध उठ्ने आवाजमा उनी सार्वजनिक रूपले ओलीको बचाउमा उत्रिन्थे । २०७८ सालमा शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दिएको भाषण अझ चर्चित रह्यो । उनले त्यतिबेला ओलीको पक्षमा भन्दै भनेका थिए, ‘केपी ओली इज केपी ओली, केपी ओली राजनीतिको पेले हो ।’ तर अहिले, राजनीतिक परिस्थितिका कारण श्रेष्ठले आफ्नो रुख परिवर्तन गरेका छन् । उनी ओलीको समूह छोडेर प्रतिद्वन्द्वी ईश्वर पोखरेलको पक्षमा आइसकेका छन् र सचिवको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

श्रेष्ठले काठमाडौं उपत्यकामा केन्द्रित रहेर लामो समयसम्म एमालेको राजनीति गर्दै आएका छन् । २०४७ सालदेखि चार पटक संसदमा निर्वाचित भइसकेका उनी छैठौं महाधिवेशनदेखि पार्टीका केन्द्रीय सदस्य पनि हुन् । उनले विभिन्न मन्त्रालयहरूमा काम गरेका छन्–स्थानीय विकास राज्यमन्त्री, सहरी विकास मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन वातावरण मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री । शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयमा दिएको भाषणले राजनीतिक विवाद पनि उत्पन्न गरेको थियो । राजनीतिक विश्लेषकहरूले कृष्णगोपाल श्रेष्ठको निर्णयलाई एमालेभित्रको शक्ति सन्तुलन, भण्डारीसँगको सम्बन्ध र पार्टीभित्रको रणनीतिक चालसँग जोडेर विश्लेषण गरिरहेका छन् ।

एआई र डिजिटल प्रविधिले अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउँदै

शेन्जेन । चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पु¥याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् ।

कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो पहिलो पटक हो कि यी दुई प्रतियोगिता गुआङ्ग्डोङ–हङकङ–माकाओ ग्रेटर बे क्षेत्रका तीनै क्षेत्रमा संयुक्त रूपमा आयोजना भएका हुन् ।

आयोजक समितिका अनुसार, प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण विशेषता प्रविधिको व्यापक प्रयोग हो । विभिन्न स्थलहरूमा इन्टरनेट अफ थिङ्स, कृत्रिम बुद्धिमत्ता ९एआई० र डिजिटल ट्विन्स जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी पहुँचयोग्य र सहयोगी वातावरण निर्माण गरिएको छ ।

बेइजिङका स्वयंसेवक गोङ्ग वेईले एक वर्षदेखि दूरसञ्चार मार्फत साङ्केतिक भाषामा अनुवाद प्रदान गर्दै आएका छन् । प्रतियोगिता सुरु भएयता यस सेवामा माग उल्लेखनीय रूपमा बढेको छ । वीच्याटमार्फत प्रयोगकर्ताहरू केही सेकेन्डमै स्वयंसेवकसँग भिडियो कल गर्न सक्छन्, जसले भौगोलिक दूरी मात्र होइन, मनोवैज्ञानिक दूरी पनि घटाउने काम गर्छ ।

कार्यक्रमका विकासकर्ता शि चेङ्गचुआन, जो आफैं सुनाइमा अपाङ्गता भएका व्यक्ति हुन्, ले साङ्केतिक भाषा अनुवाद सफ्टवेयर र उपकरणहरू विकास गरेका छन्, जुन सरकारी कार्यालय, अस्पताल र विद्यालयहरूमा पनि प्रयोग भइरहेका छन् ।

गुआङ्ग्जौका खेलकुद अधिकारी झेङ चिहाओका अनुसार, विभिन्न स्थलहरूमा स्मार्ट र बाधारहित मोड्युलहरू जडान गरिएको छ । यसमा आपतकालीन सहायता बटन, पहुँचयोग्य प्रश्न प्लेटफर्म, स्मार्ट सेवा स्तम्भ र अनलाइन साङ्केतिक भाषा अनुवाद यन्त्रहरू समावेश छन्, जसले स्थलको केन्द्रीय नियन्त्रण प्रणालीसँग जडान भएर प्रयोगकर्ताको सुरक्षा र सुविधा सुनिश्चित गरेको छ ।

मुख्य मिडिया सेन्टरमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा एआई–समर्थित पहुँचयोग्य प्रणाली, रोबोट र उन्नत व्हीलचेयरहरू प्रदर्शन गरिएको थियो, जसले दर्शकहरूको ठूलो चासो आकर्षित गरेको थियो । निर्माता ल्यु यी’आनका अनुसार, यी उपकरणहरूले उन्नत सन्तुलन नियन्त्रण एल्गोरिदम र भरपर्दो यान्त्रिक संरचनाका माध्यमबाट विभिन्न सतहमा स्थिरता र सुरक्षा सुनिश्चित गर्छन् ।

नयाँ परिचय गराइएको इलेक्ट्रोनिक डार्टबोर्डले व्हीलचेयर प्रयोगकर्ताहरूको सुविधा सुनिश्चित गर्न स्वतः उचाइ समायोजनको सुविधा दिएको छ । सानक्सी प्रान्तको अपाङ्गता डार्ट टोलीका प्रशिक्षक लुओ बाओगाङले भने, “डार्टबोर्डको स्वतः उचाइ समायोजनले यसलाई पारम्परिक मोडेल भन्दा धेरै सुरक्षित र भरपर्दो बनाएको छ, जसले खेलाडीहरूलाई बढी सहजता प्रदान गर्छ ।”

प्रतिस्पर्धा स्थल बाहेक, गाइड डग रोबोटहरूले दृष्टिहीन खेलाडीहरूलाई सहयोग गर्दै छन् भने डिजिटल ट्विन प्रविधिले स्थल सञ्चालनको वास्तविक समय निगरानी सम्भव बनाएको छ । यी आधुनिक उपकरणहरूले प्रयोगशालाबाट वास्तविक संसारमा प्रविधि लागू गर्ने अवसर पाएका छन् ।

आयोजन समितिका उपमहासचिव चेन् स्युजुनले अनुसार यी खेलकुदहरूले अपाङ्गता सेवाहरूलाई सामाजिक विकाससँग सम्पूर्ण रूपमा एकीकृत गर्ने अवसर प्रदान गरेका छन् । उनका अनुसार,“हामी उच्च गुणस्तर र दीगो प्रगतिका लागि निरन्तर प्रयासरत छौं, ताकि अपाङ्गता भएका व्यक्तिहरूले उज्जवल भविष्यको आशा गर्न सकून् ।”

नेकपा एमाले ११ औं महाधिवेशन: मनोनयन दर्ता गरेर निस्किए ओली (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गरेर निस्किएका छन् ।

महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रतिष्पर्धामा उत्रिएका छन् । ११ औं महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।

ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टीपंक्तिको प्रमुख दायित्व भएको बताएकी छन् । सोमवार पार्टी महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो टिप्पणी गरेकी हुन् । ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमाले नेता, कार्यकर्ता पंक्तिले उनको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाई थियो । उनले जेनजी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरुको पक्ष लिन नसकिने पनि स्पष्ट पारिन् ।

नेतृ झाँक्रीले भनिन्, ‘जो नेतृत्वको बारेमा यत्रो ठूलो घेराबन्दी भइराखेको छ । जुन नेतृत्वको बारेमा यत्रो ठूलो एक प्रकारले भन्ने हो भने दृश्य, अदृश्य शक्तिहरुले लडिराखेका छन् । यस्तो बेलामा नेतृत्वको संरक्षण गर्नु, रक्षा गर्नु नै प्रमुख दायित्व हुन आउँछ । त्यही काम अहिले हामी गर्छौं ।’ नेतृ झाक्रीले नेतृत्व चयन गर्ने भएकाले महाधिवेशनमा नेतृत्वको लागि हुने प्रतिष्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने समेत बताइन् ।

 

पुरानै नेतृत्वले पार्टी सम्हाल्न सक्ने अवस्था छैन : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले जेनजी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताएका छन् । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनु पर्ने आवश्यकता रहेको पनि बताए । उनले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरु प्रतिष्पर्धामा रहेको दाबी समेत गरे ।

उनले भने, ‘भदौ २३ र २४ को विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको छ । यस्तो अवस्थामा पार्टीको पुरानै नेतृत्वले फेरि सम्हाल्न सक्ने अवस्था छैन । नेतृत्वप्रति धेरै प्रश्नहरु उठेका छन् । त्यसकारण नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ नेकपा एमाालेलाई अगाडि बढाउनु पर्छ भन्ने नै मुख्य कुरा हो । त्यसैका लागि मैले उम्मेदवारी दिएको हुँ । पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्ने, पार्टीका सदस्यहरुको गरिमालाई बढाउने विषय पनि महत्वपूर्ण छ । पार्टी अहिले नेतातिर फर्किएको छ । अब पार्टी नेतातिर फर्किर भएन, अब जनतातिर फर्काउने र जनताबाट आउने निर्वाचनमा अनुमोदित भएर आउने नेताले नेकपा एमालेलाई राज्यसत्ताको समेत नेतृत्व गर्ने उद्देश्यका साथ हामी चुनावी प्रतिस्पर्धामा छौँ ।’ महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले राज्य सत्ताको समेत नेतृत्व गर्नेगरी आफूहरु आन्तरिक प्रतिष्पर्धामा रहेको उनको भनाइ छ ।

 

धार्मिक सहिष्णुता र शान्ति संरक्षणमा अन्तर्राष्ट्रिय एकता आवश्यक छ

संयुक्त राष्ट्र ।  संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले अष्ट्रेलियाको सिड्नीमा हनुक्का पर्वको अवसरमा भएको आतङ्कवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनका उपप्रवक्ता फरहान हकका अनुसार महासचिवले पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको छिटो र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।

महासचिवले यो कठिन समयमा अष्ट्रेलियाका जनता र सरकारसँग आफ्नो समर्थन र एकजुटता प्रकट गरेका छन्, र देश तथा विश्वभरका यहूदी समुदायप्रति सहानुभूति व्यक्त गरेका छन् । उनले यस प्रकारका हिंसात्मक घटनाले समुदायको शान्ति, मेलमिलाप र सहअस्तित्वका मूल्यहरूमा असर पु¥याउने चेतावनी पनि दिएका छन् ।

साथै, महासचिवले सबै प्रकारका यहूदीविरोधी हिंसाको कडाइका साथ निन्दा गरेका छन् । धार्मिक समुदाय र शान्तिपूर्ण पर्वहरूमाथि कुनै पनि हमला सहिष्णुता, मानव अधिकार र मानवीय गरिमामा प्रतिकूल असर पु¥याउने काम हो भन्ने कुरा उनले औँल्याएका छन् ।

महासचिवको यस अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायलाई धार्मिक सहिष्णुता, मानव अधिकार र शान्तिपूर्ण पर्वहरूको सम्मान सुनिश्चित गर्न सकारात्मक र संयमपूर्ण कदम चाल्न प्रेरित गर्दछ । उनले सबै पक्षलाई संयम, सहिष्णुता र साझा मानवीय मूल्यहरूको संरक्षणमा ध्यान दिन अनुरोध गरेका छन् ।

 

तेस्रो पटक अध्यक्षको प्रतिष्पर्धामा ओली, दर्ता गराए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रतिष्पर्धामा उत्रिएका छन् । ११ औं महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।

यस्तै एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा अहिले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । सो क्रममा पोखरेलले केहीबेरअघि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिष्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । सोमबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो ।

बैठकमा सरकारको कामकारबाहीका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

ईश्वर पोखरेलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा अहिले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । सो क्रममा पोखरेलले केहीबेरअघि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिष्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

‘पार्टीलाई ठिक ढङ्गले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँ’
एमाले नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको दाबी गरेका छन् । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो दाबी गरेका हुन् । उनले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । पोखरेलले पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिन नहुने बताए । उनले जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिष्पर्धा भएको उल्लेख गर्दै यसलाई अस्वभाविक रुपमा लिन नहुने उनको भनाइ छ ।

उनले भने, ‘पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धाको कुरा स्वभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिष्पर्धा हुन्थ्यो । अहिले जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिनु हुँदैन । दोस्रो कुरा, उम्मेदवारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । यसमा अरु केही कुरा नै भएन । म चाहीँ पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत, विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउने उद्देश्यसहित आफूले उम्मेदवारी घोषणा गरेको हुँ । म महाधिवेशनका प्रतिनिधि भएर आउनु भएका कार्यकर्ता साथीहरुलाई पार्टीलाई पुर्नव्यवस्थित, सांगठनिक, वैचारिक रुपमा पुर्नव्यवस्थित र नेतृत्वलाई अपडेटेड गर्नुपर्ने आवश्यकता रहेको कुरा आग्रह गर्न चाहन्छु ।’ उनले पार्टीलाई थप व्यवस्थित र पार्टी नेतृत्व अपडेट गर्नुपर्ने आवश्यकता रहेको व्यहोरा पार्टी कार्यकर्तालाई आग्रह गरे ।

 

बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते

सिड्नी (अस्ट्रेलिया) । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व)मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत्यु हुनुको साथै कम्तिमा ४० जना घाईतेहरु अस्पतालमा भर्ना भएको न्यू साउथ वेल्स(एनएसडब्ल्यू)प्रहरीले सोमबार पुष्टि गरेको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्टमा गर्दै एनएसडब्लु प्रहरीले बोन्डीमा आइतबार भएको गोली हानाहानको पुष्टि गर्दै थप जानकारी चाँडै उपलब्ध गराइने बताएको छ ।

सिएनएनका अनुसार, यहुदी समुदायका प्रतिनिधिले ज्यान गुमाउनेहरूमा बालबालीकाहरु समेत रहेको पुष्टि गरेका छन् ।

अधिकारीहरूले घटना पछि बोन्डी समुद्र तट वरपरको क्षेत्र सील गरि अनुसन्धान जारी राखेको तथा हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको बताएका छन् ।

“अनुसन्धानकर्ताहरूले घटना स्थलमा अनुसन्धान गरिरहँदा बोन्डी समुद्र तट र बोन्डी क्षेत्रका वरपरका सडकहरू बन्द हुने र ड्रोनसहितका विमानहरूलाई अपराध स्थलमाथि उड्न निषेध गरिएको प्रहरीले जनाएको छ ।

हनुक्का मनाउन सयौं मानिसहरू भेला भएको अवस्थामा यहुदी समुदायलाई लक्षित गरिएको यो आक्रमणलाई आधिकारिक रूपमा आतंकवादी आक्रमण घोषणा गरिएको जनाइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले सामूहिक गोलीबारी पछि राष्ट्रका नाममा सम्बोधन गर्दै घटनाको निन्दा गरेका छन् । उनले उक्त घटनालाई “विनाशकारी आतङ्कवादी आक्रमणको रुपमा वर्णन गर्दै अस्ट्रेलियाको यहुदी समुदायसँग एकता व्यक्त गरेका छन् ।

उनले घटना “हनुक्का मनाइ रहेका यहूदी अस्ट्रेलियालीहरू लक्षित रहेको बताउदै आनन्दका साथ उत्सव, मनाई रहेका यहूदी विरोध, आतङ्कवाद भन्दै घटना हृदय विदारक भएको बताएका छन् ।

न्यु साउथ वेल्सका प्रहरी आयुक्त माल लान्योनका अनुसार अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा भएको घातक गोली काण्डमा संलग्न दुई संदिग्ध वावु र छोरा छन् ।

पत्रकार सम्मेलनमा बोल्दै लान्यानोनले ५० वर्षीय बुबालाई प्रहरीले घटनास्थलमै गोली हानेर हत्या गरेको र २४ वर्षीय छोरालाई घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको र अवस्था गम्भीर रहेको बता्एका छन् ।

नजिकैको गाडीमा फेला परेका विस्फोटक उपकरणहरू अधिकारीहरूद्वारा सुरक्षित रूपमा हटाइएको पनि अधिकारीहरूले पुष्टि गरेका छन् ।

महाधिवेशन फुट्नका लागि होमवर्क होइन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिष्पर्धालाई लिएर पार्टी नफुट्ने दाबी गरेका छन् । सोमवार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशनको बन्द सत्रस्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका उनले सो टिप्पणी गरेका हुन् । उपमहासचिव गुरुङले एमाले प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरुले पार्टी छोडने काम नगर्न जिकिर गरे । उनले पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि नेतृत्व चयन प्रतिष्पर्धाको आधारमा गर्ने निर्णय गरिएको पनि स्पष्ट पारे ।

निवर्तमान उपमहासचिव गुरुङले भने, ‘प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी हो । प्रतिष्पर्धामा विश्वास गर्ने हाम्रा नेताहरु हुुनुहुन्छ । यो फुट्नका लागि गरिएको होमवर्क होइन । यो त पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि यो गरिएको होमवर्क हो । को सक्षम नेता हो, कार्यकर्ताले मन पराएको नेता हो ? उनीहरुले विश्वास गरेको नेता को हो ? भन्ने कुराको कसी लगाउने थलो महाधिवेशन हो । हामी त्यही कसीमा उभिन्छौ । यो कसीबाट बाहिर निस्कदाखेरी जो विजयी भएर आउँछ, उसले पार्टीलाई सुदृढ ढंगले चलाउने गरेर उनीहरुले जितेका हुन्छन् । बाँकी जो पराजित हुन्छन, पराजित भएकाले पार्टी छोड्नु पर्छ भन्ने हामी मानसिकता राख्दैनौ । त्यसकारण उनीहरुको पनि भावना र विचारको सम्मान गर्दै हामी आफैभित्रको सत्तापक्ष र प्रतिपक्षको भावना नराखि सबै मिलेर अघि बढ्छौँ ।’ उपमहासचिव गुरुङले निर्वाचनमा पराजित हुनेहरुलाई समेटेर उनीहरुको भावनाको कदर गर्दै पार्टी अघि बढ्ने समेत बताए ।

 

कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख विस्थापित

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई सातादेखिको तीव्र लडाइँका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीमध्ये एक लाखभन्दा बढी बालबालिका रहेका छन् । यसबारे संयुक्त राष्ट्र बाल कोषले आइतबार जानकारी दिएको हो ।

संस्थाले दक्षिण किभुमा हिंसात्मक गतिविधि तीव्र रूपमा बढेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न द्वन्द्वमा संलग्न सबै पक्षलाई आह्वान गरेको छ ।

हिंसाले अझ फैलिँदै गएपछि विस्थापितको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ । डिसेम्बर २ यता भएको लडाइँका क्रममा कम्तीमा चार बालबालिकासहित सयौँ मानिसको ज्यान गएको छ ।

छिमेकी बुरुन्डीमा पनि हिंसाबाट भागेका व्यक्तिहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ । डिसेम्बर ६ देखि ११ सम्म पचास हजारभन्दा बढी नयाँ आगन्तुकहरू पहिचान भएका छन्, जसको करिब आधा बालबालिका रहेका छन् । शरणार्थीको पहिचान प्रक्रिया जारी रहेकाले यो सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।

यसै साता मार्च २३ आन्दोलन नामक विद्रोही समूहले दक्षिण किभुको दोस्रो ठूलो सहर उभिरा नियन्त्रणमा लिएको घोषणा गरेको थियो । यसअघि प्रान्तीय राजधानी बुकाभु फेब्रुअरीमा विद्रोही समूहको नियन्त्रणमा परेपछि उभिरालाई अस्थायी प्रशासनिक केन्द्रका रूपमा प्रयोग गरिएको थियो ।

विशेषज्ञहरूले उभिरा गुम्दा समयक्रममा दक्षिणपूर्वी क्षेत्रतर्फ मार्ग खुल्न सक्ने चेतावनी दिएका छन् । बाराका र फिजी क्षेत्रहरूमा पनि सरकारी सुरक्षा बल र विद्रोही समूहबीच झडप भइरहेको छ ।

सहोदर दाजु–भाइसहित यी हुन् ओली पक्षका खुला केन्द्रीय सदस्यका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट तयार पारिएको केन्द्रीय सदस्यको उम्मेदवार सूची सार्वजनिक भएको छ । कुल ३०१ उम्मेदवारमध्ये १२५ जनाले खुला प्रतिष्पर्धाबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यसै क्रममा, जाजरकोटका दुई सहोदर दाजुभाइ चन्द्रप्रकाश घर्ती (सीपी) र नारायण घर्ती ओली पक्षबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन् । दाजु चन्द्रप्रकाश घर्ती यसअघि पनि केन्द्रीय सदस्य रहेका थिए भने उनका भाइ नारायण घर्ती पहिलो पटक उक्त पदमा उम्मेदवार बनेका छन् ।

सीपी घर्ती खुला जनजाति समूहबाट र नारायण घर्ती कर्णाली प्रदेशको युवा समूहबाट उम्मेदवार बनेका हुन् । नारायण घर्ती अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष समेत हुन् । उनी जाजरकोटबाट प्रतिनिधि बनेका थिए भने सीपी घर्ती केन्द्रीय सदस्यको रुपमा आयोजकका हिसाबले प्रतिनिधि बनेका थिए ।

हाल दाजु सीपी घर्ती भेरी नगरपालिकाका प्रमुखको जिम्मेवारी सम्हाल्दै छन् र दोस्रो कार्यकालका लागि सेवा दिइरहेका छन् । उनी अखिल नेपाल कम्युनिष्ट संगठन (अखिलको) सचिवालय सदस्यबाट बिदा भइसकेका छन् । ओली पक्षले स्पष्ट रूपमा आफ्नो पक्षका उम्मेदवारको सूची तयार गरी सबैले उम्मेदवारी मनोनयन गर्न निर्देशन दिएका छन् । यसैगरी, ईश्वर पोखरेल पक्षले पनि महाधिवेशनका सबै पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छ । विशेष रूपमा, जाजरकोटका दाजुभाइको उम्मेदवारीले आगामी निर्वाचनमा दुवै उम्मेदवारको विजयी हुने प्रबल सम्भावना बनाएको विश्लेषकहरू बताउँछन् ।

ओली पक्षबाट खुल्ला केन्द्रीय सदस्यका उम्मेदवार :
१) राजेन्द्र गौतम, संखुवासभा
२) भिम आचार्य, सुनसरी
३) अग्नी खरेल, झापा
४) लिलानाथ श्रेष्ठ, सिरहा
५) शेरवहादुर तामाङ, सिन्धुपाल्चोक
६) कृष्णगोपाल श्रेष्ठ, काठमाडौं
७) रघुजी पन्त, काठमाडौं
८) किरण गुरुङ, तनहु
९) गोरख वोगटी, हुम्ला
१०) लालवावु पण्डित, मोरङ
११) तुलसी न्यौपाने, संखुवासभा
१२) प्रेम दंगाल, सुनसरी
१३) देवेन्द्र दाहाल, झापा
१४) जितवहादुर दर्जी, झापा
१५) गोविन्द थापा, झापा
१६) दिपक कार्की, झापा
१७) विशाल भट्टराई, खोटाङ
१८) सुमन प्याकुरेल, सप्तरी
१९) अच्युत मैनाली, बारा
२०) इश्वरबहादुर रिजाल, दोलखा
२१) पार्वत गुरुङ, दोलखा
२२) माधव ढुंगेल, रामेछाप
२३) महेश वर्तौला, मकवानपुर
२४) यज्ञराज सुनुवार, ओखलढुङ्गा
२५) देवी ज्ञवाली, चितवन
२६) सुभाष देवकोटा, सिन्धुली
२७) यामवहादुर परियार, चितवन
२८) जगन्नाथ थपलिया, चितवन
२९) नारायणवहादुर सिलवाल, काठमाडौं
३०) किरण पौडेल, काठमाडौं
३१) डा. सूर्य पाठक, बागलुङ
३२) कृष्णवहादुर केसी, बागलुङ
३३) जीवन गौतम, दाङ
३४) पदम गिरी, पर्वत
३५) जगतबहादुर सुनार, कास्की
३६) खेममान खडका, रुकुम (पूर्व)
३७) सूर्यवहादुर थापा क्षेत्री, प्युठान
३८) खिमलाल भट्टराई, रुपन्देही
३९) दधिराम न्यौपाने, रुपन्देही
४०) सूर्य ढकाल, बाँके
४१) चेतनारायण आचार्य, रुपन्देही
४२) वलराम अधिकारी, कपिलवस्तु
४३) लक्ष्मीप्रसाद पोखरेल, दैलेख
४४) राजवहादुर वुढाक्षेत्री, दैलेख
४५) धर्मराज रेग्मी, सुर्खेत
४६) दलबहादुर रावल, हुम्ला
४७) निरज आचार्य, जाजरकोट
४८) दामोदर भण्डारी, बैतडी
४९) ऐनबहादुर महर, बझाङ
५०) भूमी त्रिपाठी, धादिङ
५१) लालवहादुर थापा, बाजुरा
५२) गणेश ठगुन्ना, दार्चुला
५३) हरदेव जोशी, दार्चुला
५४) झपटवहादुर वोहरा, अछाम
५५) राजेन्द्रसिंह रावल, कञ्चनपुर
५६) भागवत विश्वकर्मा, दाङ
५७) राजिव पहारी, कास्की
५८) गिरीधारीलाल न्यौपाने,
५९) अमन मास्के, काठमाडौं
६०) रस्मी आचार्य, कास्की
६१) खिम थापा,
६२) वालसिंह काउचा,
६३) नारायण मरासनी, स्याङ्जा
६४) कृष्ण अधिकारी, लमजुङ
६५) भिष्म अधिकारी, लमजुङ
६६) चिन्तन पठाक, झापा
६७) ऋषिकेश पोखरेल, मोरङ
६८) होमवहादुर थापा, झापा
६९) मिनवहादुर शाही, कालिकोट
७०) किसन श्रेष्ठ, तनहुँ
७१) शिवराज सुवेदी, रुपन्देही

युवा :

१) नरेश रोकाय, बाजुरा
२) सुशील थापा, दैलेख

महिला :

१) एलिजा गौतम, झापा
२) भगवति चौधरी –सुनसरी
३) गिता अधिकारी–झापा
४) सुनिता वराल–झापा
५) भारती पाठक–मकवानपुर
६) प्रभा वराल– चितवन
७) पार्वती रावल– चितवन
८) वालिका गिरी– चितवन
९) सिताकुमारी सुन्दास– स्यांजा
१०) मनकुमारी जिसी– वागलुङ
११) टुकाभद्र हमाल–लमजुङ
१२) प्रभा कोइराला – कास्की
१३) भगवती न्यौपाने– तनहू
१४) शोभा ज्ञवाली– वर्दिया
१५) कोमल वली– दाङ
१६) सरिता भुसाल –अर्घाखाँची
१७) सरिता भुसाल खनाल, नवलपरासी
१८) विमला अर्याल, नवलपरासी
१९) सन्तोषकुमारी शर्मा थापा, कैलाली
२०) निरुदेवी पाल –कंचनपुर
२१) लक्ष्मी केसी–नवलपरासी
२२) निर्मला पाठक (नर्मदा), झापा
२३) ज्ञानु केसी –रुपन्देही
२४) राधिका खतिवडा –सर्लाही
२५) सन्तना दाहाल, ललितपुर
२६) डोल्मा तामाङ –सिन्धुपाल्चोक
२७) विन्दु महर्जन– काठमाण्डौ
२८) विनादेवी राई, खोटाङ
२९) विना ज्ञवाली,
३०) सिता सुवेदी, वारा
३१) क्रान्ति वुर्लाकोटी, कास्की
३२) टीका ढकाल,
३३) देवका पहारी, कास्की
३४) विमला विक, बर्दिया
३५) सुशिला नेपाल, ललितपुर
३६) पद्या खडका, सुर्खेत
३७) वसन्ती अधिकारी,
३८) आरती पौडेल,
३९) रामकुमारी झाक्री, गुल्मी
४०) यसोदा रिमाल, लमजुङ
४१) उर्मिला सुनुवार, दोलखा
४२) सकुन्तला लेप्चा, इलाम
४३) कमलाकुमारी बोहरा, कंचनपुर
४४) तारा संजेल, ललितपुर
४५) शिवाकुमारी चौधरी,
४६) जलवर्षा राजवंशी, झापा
४७) अस्मिता थापा, ओखलढुङ्गा
४८) शिल्पा निराला कार्की, मोरङ
४९) सूर्यकुमारी श्रेष्ठ, दैलेख
५०) सरस्वती चिदी, पाल्पा
५१) सिता सिग्देल न्यौपाने, दाङ
५२) सकुन्तला श्रेष्ठ, भक्तपुर

एनपिएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिएका छन् ।

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् । अध्यक्ष चन्दको नेतृत्वमा नेपाली क्रिकेट अर्को नयाँ उचाइमा पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । एनपिएलले नयाँ खेलाडी मात्र उत्पादन गर्ने नभई अन्तराष्ट्रियस्तरमा आफूलाई बलियो बनाउँदै लैजानेमा अध्यक्ष शाहको विश्वास छ ।

एनपिएलले सङ्गठनात्मक व्यवस्थापन र क्रिकेटको गुणस्तरका दृष्टिले उदाहरणीय मापदण्ड स्थापित गरेको उल्लेख गर्दै अध्यक्ष शाहले भविष्यमा नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि क्यानलाई निरन्तर सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

सुनिता डंगोल ओली प्यानलबाट केन्द्रीय सदस्य लड्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा प्रतिसपर्धा गर्ने भएकी छिन् । काठमाडौंको भृकुटिमण्डपमा जारी ११औं राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट प्रतिसपर्धा गर्ने भएकी हुन् । उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गत महिला कोटाबाट उम्मेद्वार बन्ने भएकी हुन् ।

स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा रहेकी सुनितालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७९ सालको स्थानिय निर्वाचनमा उपमेयरको टिकट दिएका थिए । मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाह निर्वाचित हुँदा एमाले उम्मेद्वार केशव स्थापित पराजित भएका थिए । तर, उपमेयरमा भने सुनिताले चुनाव जितेकी थिइन् ।

 

मोरोक्कोमा आएको आकस्मिक बाढीबाट १४ जनाको मृत्यु

राबात । मोरोक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । स्थानीय निकायले आइतबार जारी गरेको वक्तव्यमा यसबारे जानकारी दिएका हुन् ।

वक्तव्य अनुसार करिब एक घण्टाको अवधिमा परेको तीव्र मेघगर्जनसहितको वर्षाले प्रान्तका विभिन्न क्षेत्रहरूमा आकस्मिक बाढी निम्त्याएको हो । यसका कारण दर्जनौँ आवासीय घर तथा व्यापारिक प्रतिष्ठानहरू जलमग्न भएका छन् ।

यस अघि समाचारले सार्वजनिक गरेको विवरण अनुसार साफी नगरमा करिब ७० घर तथा व्यापारिक भवनहरूमा बाढी पसेको थियो भने १० वटा सवारी साधन बाढीले बगाएको थियो । बाढीका कारण सडक संरचनामा क्षति पुग्नुका साथै यातायात सञ्चालनमा व्यापक अवरोध सिर्जना भएको जनाइएको छ ।

स्थानीय प्रशासनका अनुसार हाल बेपत्ता व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको छ भने क्षतिग्रस्त सडक, यातायात व्यवस्था तथा सार्वजनिक सेवाहरू पुनः सञ्चालनमा ल्याउने प्रयास तीव्र रूपमा अगाडि बढाइँदै छ ।

 

यु–१९ एसिया कप : नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

काठमाडौं। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्गशालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो ।

नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए ।

बलिङतर्फ बङ्गलादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई दुई विकेट लिए ।

अहिले बङ्गलादेश जबाफी ब्याटिङ गरिरहेको छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो ।

यी हुन् ओली पक्षका १९ पदाधिकारी उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले पदाधिकारी उम्मेदवारहरूको सूची अन्तिम रूप दिएको छ । ओली पक्षले सार्वजनिक गरेको प्यानलअनुसार अधिकांश पदमा पुरानै अनुहार दोहोरिएका छन् भने केही नयाँ समायोजन पनि देखिएको छ । उपाध्यक्ष पदका लागि रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार रहने तय भएको छ । महासचिवका दाबेदार मानिएका प्रदीप ज्ञवालीले पनि उपाध्यक्षमै उम्मेदवारी दिने भएका छन्।

यससँगै उपाध्यक्ष पदमा ओली पक्षबाट पाँच जनाको नाम अघि सारिएको छ । महासचिव पदमा हालका महासचिव शंकर पोखरेललाई नै निरन्तरता दिइने भएको छ । ओली पक्षले पोखरेललाई दोहोर्‍याउँदै संगठनात्मक स्थिरता कायम राख्ने सन्देश दिएको छ । उपमहासचिव पदका लागि विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठ उम्मेदवार बन्ने भएका छन् ।

सचिव पदमा भने भानुभक्त ढकाल, पद्मा अर्याल र छबिलाल विश्वकर्मालाई पुनः उम्मेदवार बनाउने तयारी गरिएको छ । यस बाहेक सचिवका अन्य उम्मेदवारका रूपमा यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम प्यानलमा समेटिएको छ ।
ओली पक्षले पदाधिकारीको सूची सार्वजनिक गरेसँगै एमालेभित्र आन्तरिक प्रतिष्पर्धा थप तीव्र हुने देखिएको छ । महाधिवेशन नजिकिँदै जाँदा अन्य समूहहरूको रणनीति र सम्भावित गठजोडले पार्टीको नेतृत्व चयन प्रक्रियालाई थप रोचक बनाउने अनुमान गरिएको छ ।

 

 

ओली प्यानलमा परेनन् सुहाङ, स्वतन्त्ररुपमा लड्ने

काठमाडौँ । आफ्ना पिता सुवास नेम्वाङको असमायिक निधन भएपछि राजनीतिमा आएका सुहाङ नेम्वाङ स्वतन्त्ररुपमा केन्द्रीय सदस्य लड्ने तयारीमा रहेका छन् ।

सुवास नेम्वाङको निधन भएपछि २०८१ मा इलाम-२ मा रहेको रिक्त ठाउँमा उपचुनावका लागि एमालेले छोरा सुहाङ नेम्वाङलाई नै उम्मेदवार बनाएको थियो । र उनले जितेका थिए ।

३७ वर्षका उनले राजीतिमा आएको छोटै समयमा एमालेभित्र लोकप्रिय युवा नेताको छवि बनाए। संसद्‍मा आएर पनि उनले लोकप्रियता कमाए। आफ्ना बुवाजस्तै मृदुभाषी उनी सबैका प्रिय बने। तर, ११ औँ महाधिवेशनमा आइपुग्दा पार्टीको संस्थापन केपी शर्मा पक्षको प्यानलबाट उनी केन्द्रीय सदस्यको उम्मेदवार बन्न सकेनन्।

गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहपछि युवालाई पार्टीमा भित्र्याउने भन्दै विधान संशोधन समेत गर्‍यो।

विधानमा हेरफेर गरेर युवाका लागि ५ प्रतिशत छुट्याउँदा पनि युवामाझ आफ्नो पहिचान बनाइसकेका सुहाङ संस्थापन पक्षको प्यालनमा परेनन्।

ओली पक्षको प्यानलमा नपरेका उनी अव स्वतन्त्ररुपमा केन्द्रीय सदस्य लड्ने तयारीमा छन्।

ओली प्यानलमा चारै महानगरका उपमेयर केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा स्थानीय तहबाट उदाएका महिला नेतृहरू केन्द्रीय नेतृत्वमा पुग्ने प्रतिष्पर्धामा देखिएका छन् । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसहित एमालेबाट निर्वाचित चारै महानगरपालिकाका उपमेयर केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

काठमाडौं उपमेयर सुनिता डंगोल अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । उनी उपत्यका विशेष कमिटी अन्तर्गत महिला कोटाबाट उम्मेदवार बनेकी हुन् । यही कोटाबाट महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य र बिना श्रेष्ठ पनि ओली प्यानलबाटै केन्द्रीय सदस्यको उम्मेदवारीमा छन् । सुनिता हाल एमालेको केन्द्रीय स्थानीय तह विभागकी सदस्य समेत हुन् । स्थानीय तह निर्वाचनमा देशभरका ६ महानगरपालिकामध्ये ४ वटामा उपमेयर जितेको एमालेले ती चारै निर्वाचित उपमेयरलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएको हो ।

अध्यक्ष ओलीको प्यानलबाट महानगरका उपमेयर उम्मेदवार बन्नेहरूमध्ये तीन जना पहिलोपटक केन्द्रीय नेतृत्वमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ भने दोस्रो पटक केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । यसअघि पनि उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी थिइन् । काठमाडौं महानगरकी सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य र विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की निराला भने पहिलोपटक केन्द्रीय सदस्यमा उम्मेदवार बनेका हुन् ।

मञ्जली शाक्य बज्राचार्य हाल ललितपुर जिल्ला कमिटीको उपसचिवको जिम्मेवारीमा छन् । शिल्पा कार्की निराला भने मोरङ जिल्ला अधिवेशनमा उपसचिव पदको उम्मेदवार बनेर पराजित भएकी थिइन् । स्थानीय तहमा जननिर्वाचित भएर कार्यकारी भूमिकामा रहेका यी नेतृहरूलाई पार्टीको केन्द्रीय संरचनामा ल्याएर संगठन सुदृढ बनाउने रणनीतिका रूपमा एमालेले उम्मेदवारी अघि सारेको देखिन्छ । महाधिवेशनमा स्थानीय सरकारको अनुभव बोकेका महिला नेतृहरूको उल्लेखनीय उपस्थिति रहने संकेतसँगै केन्द्रीय नेतृत्वमा महिला सहभागिता बढाउने सन्देश पनि एमालेले दिएको छ ।

 

सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिको लोकप्रियता बढ्यो

ल्युब्ल्याना । स्लोभेनियामा करिब एक तिहाइ नागरिकले सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिको लोकप्रियतामा वृद्धिःअध्ययन
स्लोभेनियामा करिब एक तिहाइ नागरिकले सामाजिक सञ्जालमा सक्रिय प्रचारात्मक प्रभावशाली व्यक्तिहरूलाई नियमित रूपमा पछ्याउने गरेको पाइएको छ । ल्युब्ल्याना विश्वविद्यालयअन्तर्गत सामाजिक विज्ञान सङ्कायको सामाजिक सूचना विज्ञान केन्द्रले आइतबार सार्वजनिक गरेको अध्ययनले यस तथ्यलाई उजागर गरेको हो ।

गत मे महिनामा एक हजार दुई सय बयासठ्ठी अन्तरजाल प्रयोगकर्तामाझ गरिएको सर्वेक्षण अनुसार अधिकांश उत्तरदातालाई वस्तु तथा सेवाको प्रचार गर्ने प्रभावशाली व्यक्तिहरूको जानकारी रहेको देखिएको छ । तीमध्ये एकतीस प्रतिशतले यस्ता व्यक्तिलाई नियमित रूपमा पछ्याउने बताएका छन् ।

अध्ययनले तस्वीर तथा दृश्य सामग्रीमा आधारित सामाजिक सञ्जाल माध्यमहरू सबैभन्दा बढी लोकप्रिय रहेको उल्लेख गरेको छ । उत्तरदाताहरूले प्रभावशाली व्यक्तिलाई प्रायः विज्ञापन र प्रचारसँग सम्बन्धित रूपमा बुझ्ने गरेका छन् । यद्यपि यस्ता व्यक्तिहरूले उपभोक्ताको खरिद निर्णयमा प्रभाव पार्न सक्ने भए पनि त्यसको प्रभाव व्यक्तिअनुसार फरक हुने अध्ययनले देखाएको छ ।

सर्वेक्षणअनुसार स्वदेशी प्रभावशाली व्यक्तिहरूको तुलनामा विदेशी प्रभावशाली व्यक्तिहरू बढी चर्चित रहेका छन् । यसैगरी, आभासी प्रभावशाली व्यक्तिप्रतिको चासो भने अत्यन्तै कम रहेको पाइएको छ, जसमा थोरै संख्याका सहभागीहरूले मात्र उनीहरूलाई पछ्याउने बताएका छन् ।

एमाले प्रचार विभाग प्रमुख गौतमले भने–उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिन्छु

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने बताएका छन् । केपी शर्मा ओली निकट गौतम पदाधिकारीको कुनै पनि पदमा समेटिएका छैनन् । त्यसपछि उनले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गर्ने बताएका हुन् ।  ‘म उपमहासचिव पदमा उम्मेदवारी दिँदैछु, नेतृत्वसँग बृहत्तर छलफल भयो, चुनाव भयो भने म उपमहासचिव पदमा लड्ने हो,’ उनले सुनाए । ओली समूहबाट उपमहासचिव पदमा रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट उम्मेदवार छन् ।