`

सुजता केसीको नयाँ गीत ‘कसले देला बर’ सार्वजनिक

काठमाडौं । गायिका सुजता केसीको नयाँ लोकदोहोरी गीत ‘कसले देला बर’८सार्वजनिक गरिएको छ । दोस्रो सन्तानको जन्मको प्रतीक्षामा रहेकी सुजताले आफ्ना दर्शक–श्रोताका लागि विशेष उपहारस्वरूप यो गीत ल्याएकी हुन्।

गीतमा सुजता केसीसँगै रमेश परियारको स्वर रहेको छ भने संगीत पनि रमेशकै रहेको छ। बिमल छिनालको संगीत संयोजन रहेको गीतको भिडियोमा बिना राउत, सुरेश कोहली, सरोज प्रजा र सन्जना गुरुङको अभिनय देख्न सकिन्छ। सुनिल बिकेको निर्देशनमा तयार भएको भिडियो पशुपति मन्दिर आसपासका क्षेत्रमा छायांकन गरिएको हो। भिडियोको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन् भने छायांकन मिलन थापा र सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्।

गायिका सुजताका अनुसार गीत केही महिनाअघि नै रेकर्ड गरिएको भए पनि भिडियो भने अहिले सार्वजनिक गरिएको हो।गीत सार्वजनिक हुनुअघि गत शुक्रबार काठमाडौंको चिया फल्चामा आयोजित कार्यक्रममा सुजता गर्भावस्थाकै अवस्थामा उपस्थित भएकी थिइन्। उनी अब करिब एक साताभित्र दोस्रो सन्तानलाई जन्म दिने तयारीमा छिन्।यसअघि सुजताका ‘पाइएन ओखती दिल दुखेको’ र ‘आलु तामाले’ लगायतका गीतले दर्शक–श्रोतामाझ राम्रो लोकप्रियता पाएका थिए।

भदौ २६ मा रिलिज हुने ‘बेहुली’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं – आगामी हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो।

सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) को अनुहारमा गम्भीर भाव र सामान्य चोट देखिन्छ भने उनको नाडीमा हतकडी झुन्डिएको छ। रातो रङ्कको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी दिव्या रायमाझीले आँखा चिम्लिएर शान्त मुद्रामा पारसको छातीमा टाउको अडेसाएकी छन्। हतकडी लागेको पुरुषलाई नवदुलहीले गरेको यो भावनात्मक आलिङ्गनले सिनेमाभित्र कुनै गम्भीर पारिवारिक वा सामाजिक द्वन्द्वको बीचमा हुर्किएको सशक्त प्रेम लुकेको प्रष्ट सङ्केत गर्छ। श्रीधर पौडेलले खिचेको यो तस्बिरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टरको रूप दिएका हुन्।

पोस्टर सार्वजनिक गर्न काठमाडौंमा आयोजित जमघटमा मुख्य कलाकार द्वय पारस र दिव्या पोस्टरकै हुबहु आवरणमा मिडियासामु प्रस्तुत भएका थिए। दिव्या दुरुस्तै बेहुलीको पहिरनमा थिइन्, अनि पारसको हातमा हतकडी थियो। मञ्चमै उनीहरूले एक अर्काप्रतिको प्रेमिल भाव व्यक्त गर्दा उपस्थित सञ्चारकर्मी र अतिथिको ध्यान तानिएको थियो। चलचित्रमा यी दुईका अलावा सुशान्त कार्कीको पनि प्रमुख अभिनय रहनेछ।

‘होस्टेल ३’ बाट ठूलो पर्दामा डेब्यु गरेका पारस यस पटक एउटा निकै परिपक्व र गम्भीर प्रेमकथामा दिव्याको जोडी बनेर आउँदै छन्। युवापुस्तामाझ लोकप्रिय कुलब्वाय र दिव्याको यो फ्रेस अनस्क्रिन केमेस्ट्री कस्तो जम्ला भन्ने कौतूहल दर्शकवृत्तमा पहिल्यैदेखि छ। निर्माण पक्षले तिजको उल्लासमय माहौल र बेहुलीको मर्मस्पर्शी कथाबीचको संयोजनले दर्शकलाई एउटा फरक सिनेम्याटिक अनुभव दिने विश्वास लिएको छ।

‘होस्टेल ३’ मै सहकार्य गरेको सशान कँडेल र माधव शर्माको जोडीले नै ‘बेहुली’लाई आकार दिएको हो। माधवको कथामा सशानले सिनेमाको निर्देशन कमान्ड सम्हालेका छन्। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस प्रोजेक्टमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गानाले सहायकको भूमिका निर्वाह गरेका छन्।

पर्दामा पारस, दिव्या र सुशान्तलाई पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरजस्ता कलाकारले साथ दिएका छन्। प्राविधिक पक्षतर्फ नरेन्द्र मैनालीको क्यामेरा, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहनेछ।

चर्चित सङ्गीतकार अर्जुन पोखरेलले निर्माण गरेको चलचित्रमा प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ भने कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।

यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

भोजपुर। सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा पनि सञ्चालन भइरहेको छ ।

प्रत्येक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुनेगरी सरकारले सुरु गरेको सगरमाथा वृक्षरोपण महाअभियान भोजपुरमा पनि जारी रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भोजपुरमा पनि यो अभियान निरन्तर चलिरहेको छ, यसले वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।”

महाअभियानअन्तर्गत भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्ज्याङबाट यो अभियान सुरु गरिएको हो । अभियान सुरु भएसँगै पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले जिल्लाको पर्यटकीय तथा धार्मिक महत्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँस अभियान सुरु भएको डिभिजन वन कार्यालयका प्रमुख मियाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार स्थानीय कालुमान गुरुङ पार्कमा लालीगुराँसका बिरुवा रोपण गरिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउने उद्देश्यले गुराँस रोपन गरिएको हो । यहाँ डिभिजन वन कार्यालयबाट उपलब्ध भएको ५०० गुराँसका बिरुवामध्ये पहिलो चरणमा एक सय बिरुवा रोपण गरिएको उहाँले जानकारी दिनुभयो ।

नयाँ बिरुवा भने टेम्केमैयुङ गाउँपालिकासँगको सहकार्यमा सरकारको एक सय पर्यटकीय गन्तव्य सूचीमा समावेश मुन्दुम पदमार्गअन्तर्गतको चेखेवा क्षेत्रमा रोपण गरिनेछ । यो अभियानलाई जिल्लामा रहेको पालिकाले सहयोग गरेका छन् ।

सरकारबाट निर्णय भएर सुरु भएको र डिभिजन वन कार्यालयले कार्यान्वयमा ल्याएको यो अभियानलाई सफल बनाउन सम्बन्धि सबैको निरन्तर सहयोग रहने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा स्थानीयवासीको सक्रिय सहभागिता जरुरी छ । यसमा सबै मिलेर हातेमालो गरौँ ।”

नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता गरिसककेको छ भने हालै सम्पन्न सगरमाथा संवाद, २०२५ ले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट र त्यसको असरबारे विश्वजगत्लाई ध्यानाकर्षण गर्दै ‘हिमालय जोगाऔँ’का लागि आह्वान गरेको थियो ।

वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा वृक्षरोपणले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता अभियान सफल बनाउनु सबैको दायित्व भएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो । सरकारी अभियानअन्तर्गतको वृक्षरोपण अभियान भोजपुरमा पनि आगामी साउन १५ गतेसम्म सञ्चालन हुनेछ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २१, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४२, आलु रातो (गोलो) प्रतिकिलो रु ४०, आलु रातो (मुढे) प्रतिकिलो रु ४२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ३५, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ३५, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ४५, चुकन्दर प्रतिकेजी रु ८०, सजीवन प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १५०, आँप (दशहरी) प्रतिकिलो रु १६०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ६०, खुर्सानी भेडे प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३२० निर्धारण भएको छ ।

नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार सेवालाई वाह्य देशमा पनि सञ्चालन गर्न प्राथमितामा राखेको छ । नेपालको विशेष गरेर आँखा उपचारको पहुँच नपुगेका ग्रामीण र विपन्न क्षेत्रमा सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्र मार्फत् शिविर सञ्चालन गर्दै आएको सङ्घले वाह्य देशमा पनि मागका आधारमा शिविर सञ्चालन गर्न थालेको हो ।

नेपाली विशेषज्ञ तथा स्वास्थ्यकर्मीद्वारा वाह्य देशमा सञ्चालित यस्ता शिविर अन्त्यन्त प्रभावकारी बनेका जनाइएको छ । सङ्घले नेपाललाई दक्षिण एसियाकै अग्रणी आँखा उपचार तथा तालिम केन्द्रका रूपमा स्थापित गर्ने, गुणस्तरीय आँखा आँखा चिकित्सा शिक्षा तथा आँखा स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने र अन्धोपन न्यूनीकरण गर्नेलाई जोड दिँदै आएको छ ।

यसक्रममा नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहकार्य तथा थाइल्याण्डस्थित नेपाली राजदूतावास (कम्बोडिया समेत ) को समन्वयमा कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । यही असार २० र २१ गते कम्पोङ चाम प्रान्तीय अस्पतालमा पहिलो पटक सञ्चालन गरिएको उक्त शिविरमार्फत एक हजार दुई कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार शिविरमा सेवा लिनेमा ६४१ महिला र ३६१ पुरुष रहेका थिए । उहाँले आँखा परीक्षणका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चस्मा तथा १९२ जनालाई औषधिसहित चस्मा वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार शिविरमा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ । उनीहरूलाई थप उपचारका लागि स्थानीय अस्पतालमा ‘रेफर’ गरिएको थियो । शिविरको शुभारम्भ नेपालका कम्बोडियाका लागि राजदूत धनबहादुर ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गरेका थिए।

अनुभव आदान प्रदान गर्न सहकार्य

कार्यक्रमका क्रममा कम्बोडियाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा तालिम तथा व्यावसायिक अनुभव आदानप्रदानको अवसर उपलब्ध गराउने विषयमा सहमति भएको जनाइएको छ ।

शिविरमा लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर (श्री रण अम्बिका शाह आँखा अस्पताल) की चिफ मेडिकल डाइरेक्टर प्रा डा सुशीला पटेलको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकको टोलीले आँखा परीक्षण, उपचार तथा विशेषज्ञ परामर्श सेवा प्रदान गरेको थियो ।

यसैबिच, सङ्घका महासचिव भरतबहादुर चन्दको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले कम्बोडियाको स्वास्थ्य मन्त्रालय, कम्पोङ चाम प्रदेश सरकार तथा विभिन्न सरोकारवाला निकायसँग आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, प्राविधिक सहयोग, क्षमता अभिवृद्धि तथा संस्थागत साझेदारी विस्तारका विषयमा छलफल गरेको थियो ।

नेपाल र कम्बोडियाबीच सार्वजनिक स्वास्थ्य, आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा ज्ञान र अनुभव आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । दुवै पक्षले स्वास्थ्य क्षेत्रमा संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका सङ्घले जनाएको छ ।

सङ्घका महासचिव चन्दले यस प्रकारको अन्तरराष्ट्रिय सहकार्यले नेपाल र कम्बोडियाबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाललाई गुणस्तरीय आँखा उपचार, चिकित्सा शिक्षा तथा आँखा स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने सङ्घको दीर्घकालीन योजनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सङ्घका उपाध्यक्ष एवं रणअम्बिका शाह आँखा अस्पतालका अध्यक्ष सागर प्रताप राणाले नेपालले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा हासिल गरेको अनुभव तथा दक्षता अन्तरराष्ट्रियस्तरमा विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने बताए ।

त्यसैगरी, श्री रणअम्बिका शाह आँखा अस्पतालका अस्पताल व्यवस्थापक प्रकाश रायमाझीले शिविरसम्पन्न हुनुमा नेपाली राजदूतावास, स्थानीय सरकार, कम्पोङ चाम प्रान्तीय अस्पताल, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायको सक्रिय सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।

नेपालले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा हासिल गरेको उपलब्धि, विशेषज्ञता तथा व्यवस्थापन अनुभव अन्तरराष्ट्रिय समुदायसँग साझेदारी गर्दै विश्वव्यापी रूपमा अन्धोपन न्यूनीकरणमा योगदान पुर्याउन सङ्घ प्रतिबद्ध रहेको पनि सङ्घले जनाएको छ ।

सङ्घले यस्ता अन्तरराष्ट्रिय सहकार्यका कार्यक्रममार्फत गुणस्तरीय आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, अनुसन्धान तथा जनशक्ति विकासलाई प्रवर्द्धन गर्दै नेपाललाई दक्षिण एसियाकै अग्रणी आँखा उपचार तथा तालिम केन्द्रका रूपमा स्थापित गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने जनाएको छ ।

सङ्घका अनुसार सङ्घले स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा, २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

आज चार वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं । चार वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो ।

सोमबार बिहान ९ः३० बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराउने कार्यसूची रहेको छ ।

बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं। बेल्जियम फिफा विश्वकप २०२६ क्वाटरफाइनलमा प्रवेश गरेको छ।अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।बेल्जियमले ९ मिनेटमै गोल गर्दै अग्रता लियो। चार्लस डे केटेलएरेको गोलमा बेल्जियमले अग्रता लिएको हो । उनले निकोलस रस्किनको पासमा गोल गरेका हुन् ।

बेल्जियमका लागि चाल्स डे केटलारेले खेलको नवौँ र ३३औँ तथा हान्स भानाकेनले ५८औँ मिनेटमा गोल गर्दा रोमेलु लुकाकुले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए ।यस्तै, अमेरिकाका मालिक टिलम्यानले ३१औँ मिनेटमा गोल फर्काएका थिए ।यो जितसँगै बेल्जियमले अब क्वार्टरफाइलनमा स्पेनसँग खेल्नेछ। आयोजक राष्ट्र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर देउवालाई बयानका लागि बोलायो

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा अनुसन्धानको दायरामा तानिएका छन् ।

सम्पत्ति शुद्धीकरण विभागले शेरबहादुर देउवाका छोरा जयवीरलाई ७ दिने पुर्जी काट्दै सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले तत्कालै उपस्थित हुन भनेको छ ।

विभागले जयवीरलाई उपस्थित हुनका लागि जम्मा ७ दिनको समय दिएको छ ।

ट्रफीको सपना अधुरै, रोनाल्डोले भने– ‘अन्तस्करण सफा छ, कुनै पछुतो छैन’

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तिम फिफा विश्वकप ट्रफीबिनै समाप्त भएकोमा दुःख व्यक्त गरेका छन् । यद्यपि उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे भने हतारमा कुनै निर्णय नगर्ने बताएका छन् ।

राउण्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले आफूले देशका लागि सक्दो योगदान दिएको र कुनै पछुतो नरहेको बताए ।

‘यसरी विश्वकपबाट बाहिरिनुपर्दा दुःख लागेको छ । मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ । अन्तस्करण सफा छ, यो मेरो अन्तिम विश्वकप थियो । अब केही समय परिवारसँग बिताएर शान्त रूपमा भविष्यबारे सोच्नेछु । भावनामा बगेर कुनै निर्णय गर्नेछैन,‘ उनले भने ।

रोनाल्डोले आफू आवेगमा आएर निर्णय गर्ने

सरकारी भवन नछोडे कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयको चेतावनी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकका राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनहरूले प्रयोग गर्दै आएका सरकारी भवन तथा संरचना तीन दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी काजगात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनु पर्नेछ ।

मन्त्रालयका अनुसार नेपाल सरकारले २०८३ वैशाख २० गते नेपाल राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत निजामती सेवा ऐन, २०४९ अन्तर्गत रहेको निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको छ ।

तोकिएको समयभित्र संरचना खाली नगरिए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी पनि मन्त्रालयले दिएको छ । साथै, जिल्ला प्रशासन कार्यालयको रोहवरमा उक्त संगठनका भवनहरूमा समेत सूचना टाँसिएको मन्त्रालयले जनाएको छ ।

जारी सूचनाअनुसार स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल लगायतका संगठनले प्रयोग गरिरहेका संरचना खाली गर्नुपर्ने छ ।

महोत्तरीका उखु किसानले पाए १ अर्ब ७६ करोडभन्दा बढी भुक्तानी

महोत्तरी। महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु दुई अर्ब रकम किसानले भुक्तानी पाएका छन् ।जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै उद्योगमा गरेर किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु आर्थिक वर्ष २०८२/८३ को याममा बुझाइएका अभिलेखले देखाएको छ । जम्मा उखुको मूल्यबापत हुने रु एक अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ मध्ये रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिनुभयो ।

यसैगरी, सरकारले उखु किसानलाई दिने अनुदानबापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिस गरिएको छ । जिल्ला भुक्तानी समितिले अहिले रु २० करोड सात लाख ५९ हजार ११७ अनुदान भुक्तानीका लागि सिफारिस गरेको यादवले स्पष्ट पार्नुभयो ।

जिल्लामा भुक्तानी सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भुक्तानी समितिको व्यवस्था छ । यसपालीको उखुबापतको मूल्य र अनुदान सबै भुक्तानी यसै असार मसान्तभित्र भइसक्ने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

तनहुँ। नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो ।

भानु नगरपालिकाका प्रमुख एवं भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा सोमबार यहाँ सम्पन्न बैठकले यही असार २७, २८ र २९ गते तीन दिनसम्म विविध कार्यक्रम सञ्चालन गरी २१३औँ भानु जयन्ती मनाउने निर्णय गरेको हो ।

समितिका कार्यकारी सचिव कृपाहरी लौडारीका अनुसार असार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजाअर्चना गरिनेछ । असार २८ गते भानुभक्तीय रामायण वाचन÷पाठ प्रतियोगिता आयोजना गरिनेछ भने साँझ साहित्यकार, कवि तथा स्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी हुनेछ ।

असार २९ गते बिहान भानुभक्तको शालिकमा माल्यार्पणपछि झाँकीसहितको प्रभातफेरी निकाल्ने कार्यक्रम तय भएको लौडारीले जानकारी दिनुभयो । त्यसपछि कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका विषयमा संवाद कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

बैठकमा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठलगायतले भानु जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेर साहित्यलाई जनताको पहुँचमा पुर्‍याएका कारण उहाँ नेपाली भाषा र साहित्यका अमर विभूतिका रूपमा चिनिनुहुन्छ । उहाँका कृतिले नेपाली भाषाको विकासमा पुर्‍याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् ।

विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादक पनि हुनुहुन्छ ।

मोतिराम भट्टले उहाँलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेख्नुभएको छ भने उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तक प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यमा चिनिनुभएको थियो ।

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारको समपूरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो ।

म्याग्दीको पश्चिमी क्षेत्रको व्यापारिक केन्द्र मानिने दरवाङमा विसं २०६४ मा सडक पुगेको थियो । रु एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु एक करोड २६ लाख ८२ हजार ८८८ कबोल गरेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो ।

सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ग्राभेल, बेस र सबबेस राखेर गत सातादेखि बिटुमिन र चिप्स बिछ्याउन थालेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । “यस योजनामार्फत दरवाङको तल्लो–उल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर कालोपत्र गरिनेछ,” उनले भने, “चालु आवभित्रै सम्पन्न हुनुपर्ने योजना निर्माणमा ढिलाइ भएकाले ताकेता गरेका छौँ ।”

हुलाकचोक र तल्लो बजार क्षेत्रमा करिब ३०० मिटर कालोपत्र भइसकेको छ । उपल्लो बजार, धौलागिरि चोक र स्याउली बजार क्षेत्रमा कालोपत्र गर्न बाँकी छ । यही असार १५ गतेभित्र ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न नभएकाले व्यवसायीले म्याद थपका लागि निवेदन दिएका छन् । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि तथा व्यस्त सडकमा यातायात व्यवस्थापनका कारण ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ ।

सडक विस्तार र कालोपत्र भएपछि सवारीसाधन आवतजावत सहज हुने स्थानीयवासी भवीराज फगामीले बताए । “सडक आएको १९ वर्षपछि कालोपत्र हुन लागेकोमा खुसी भएका छौँ,” उनले भने, “कालोपत्र भएपछि हिलो र धुलोको समस्या हटेर बस्ती सफा हुने अपेक्षा गरेका छौँ ।”

तीव्र रूपमा बस्ती विकास भएको दरवाङ बजारको भित्री सडक साँघुरा हुँदा सवारीसाधन आवतजावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ । स्थानीय बासिन्दाले सडकलाई फराकिलो पार्न स्वस्फूर्त रूपमा घरको पेटी र टहरा भत्काएका छन् । यसपालि धौलागिरि टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काएका छन् ।

विस्तार गरेपछि सडक फराकिलो बनेको छ । यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुलतर्फ सडकको दायाँ र बायाँ पर्ने संरचना हटाएर करिब ४०० मिटर लामो नाली निर्माण भएको उपभोक्ता समितिका सचिव कृष्ण आचार्यले बताए । दरवाङमा ३०० भन्दा बढी घरपरिवारको बसोबास रहेको छ । जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारमार्फत कालोपत्र भएको थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११८ रुपैयाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

देशभर मनसुनको प्रभाव, पहाडमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल, साथै गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा पनि साधारणतया बादल लागेको छ। गण्डकी र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन रचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा, मधेश प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भूभागका केहि स्थानमा हावाहुरीको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू ,भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल क्रियाकलाप र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन विदेशी महिलालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकलाई दुःख हैरानी दिएको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा तीन युगान्डाली महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका महिलाले ठमेलमा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी दुःख हैरानी दिने गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका तीन विदेशी महिलालाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रबेश

काठमाडौँ – फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै स्पेन विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ-१६ मै समाप्त भएको छ । यसैबीच, स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यसयता क्वाटरफाइनलमा पुग्न सकेको थिएन । अन्तिम समयमा विजयी स्पेन विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ ।

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा। पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति लिन नसके पनि गोरखाको पर्यटकीय गाउँ बारपाकमा भने यतिबेला कोदो रोपाइँको चटारो छ ।

गाउँका पाखाबारीमा किसानहरू परम्परागत गीत गाउँदै र नाच्दै अर्मपर्मका आधारमा कोदो रोप्न व्यस्त छन् ।

समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा अवस्थित बारपाकमा उच्च हावापानीका कारण धान खेती गर्ने चलन छैन । यहाँ खेतभन्दा पाखाबारी बढी भएकाले मौसमअनुसार कोदो, मकै, गहुँ, जौ र आलु खेती गरिन्छ ।

बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेका अनुसार असार लागेसँगै माथिल्लो भेगका बारीमा कोदो रोप्न सुरु हुन्छ भने तल्लो भेगका बारीमा साउनको दोस्रो सातासम्म रोपाइँ जारी रहन्छ ।

उहाँका अनुसार गाउँको दायाँ र बायाँ रहेका ठूला फाँटमा बाली चक्रअनुसार एक वर्ष कोदो र अर्को वर्ष मकै खेती गरिन्छ । एउटातर्फ कोदो लगाइएका बेला अर्कोतर्फ मकै खेती गरिने र अर्को वर्ष त्यसलाई उल्ट्याइने प्रचलन छ । ती बारीमा वर्षमा दुईवटा बाली मात्र उत्पादन हुने उहाँले बताउनुभयो ।

बारपाक गाउँका करिब एक हजार दुई सय घरधुरी वडा नं. १ र २ मा फैलिएर रहेका छन् । वडा नं. २ का अध्यक्ष पूर्ण गुरुङका अनुसार अधिकांश किसानले अझै पनि अर्मपर्मको परम्परा कायम राख्दै सामूहिक रूपमा कोदो रोप्ने गर्छन् । अहिले पनि केही स्थानमा ज्यालादारी श्रमिक प्रयोग गरिए पनि अधिकांश किसान परम्परागत अर्मपर्ममै निर्भर छन् ।

कोदो रोपाइँसँगै गाउँमा विशेष लोकगीत पनि गुञ्जिने गरेको उहाँले बताउनुभयो । खेतालाहरू गीत गाउँदै, नाच्दै उत्सवमय वातावरणमा कोदो रोप्ने परम्पराले बारपाकको सांस्कृतिक पहिचानलाई जीवन्त बनाइरहेको उहाँको भनाइ छ ।

बारपाकमा हिउँदयाममा गहुँ र जौ तथा वर्षायाममा मकै र कोदो मुख्य बालीका रूपमा लगाइन्छ । वडाध्यक्ष घलेका अनुसार माघ-फागुनमा रोपिएको मकै साउन-भदौमा भित्र्याइन्छ ।

त्यसपछि असोजमा गहुँ र जौ रोपेर वैशाख–जेठमा भित्र्याइन्छ भने त्यसपछि पुनः कोदो रोपेर मङ्सिरमा भित्र्याउने गरिन्छ । यसरी बाली चक्र मिलाएर खेती गर्ने परम्परा यहाँ अझै कायम छ ।

बारपाकमा उत्पादन हुने कोदो मुख्य रूपमा ढिँडो बनाउन प्रयोग गरिन्छ । साथै जाँड, रक्सी, रोटी तथा स्थानीय परिकार ‘आलुम’ बनाउन पनि यसको प्रयोग हुने वडाध्यक्ष गुरुङले बताउनुभयो ।

पछिल्लो समय गाउँमा चामलको प्रयोग बढे पनि अधिकांश स्थानीयको मुख्य परिकार अझै पनि ढिँडो नै रहेको उहाँले बताउनुभयो ।

एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौँ। एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबीबीच दुईवटा छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो । उक्त सहुलियत पूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च हुनेछ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रगत) आयोजना’ का लागि ११ करोड ५० लाख अमेरिकी डलर र भन्सार प्रशासनको आधुनिकीकरणका लागि ५ करोड अमेरिकी डलर परिचालन गरिनेछ ।

त्यस अवसरमा अर्थमन्त्री डा वाग्लेले नेपालको दिगो विकासमा एडीबीबाट प्राप्त सहयोगको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

एडीबीका अध्यक्ष कान्डाले नेपालसँगको छ दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै आन्तरिक तथा बाह्य आर्थिक चुनौती सामना गर्न बैंक सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम

काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।

समितिका अनुसार सो सहकारीका २४८ जनाले बचत फिर्ता पाएका हुन् । हालसम्म उक्त सहकारीका एक हजार ११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमशः अन्य बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य सञ्चालन भइरहेको छ ।

स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज आयुर्वेद चिकित्सालय नरदेवीको अनुगमन तथा निरीक्षण गरेका छन् ।

मन्त्री मेहताले चिकित्सालय र चिकित्सालयले सञ्चालन गरेको वैद्यखानाको पनि अनुगमन तथा निरीक्षण गरेकी हुन्। अनुगमनका क्रममा उनले आयुर्वेद औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड दिइन् ।

मन्त्री मेहताले चिकित्सालयबाट प्रदान हुँदै आएको उपचार, योग तथा प्राकृतिक चिकित्सा सेवा, औषधि उत्पादन, भण्डारण, प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारीसमेत लिएकी थिइन् ।

मन्त्री मेहताले वैद्यखानाले नेपालमै उपलब्ध जडीबुटीको वैज्ञानिक उपयोग गरी आफ्नै आयुर्वेदिक औषधिको उत्पादन विस्तार गर्नुपर्ने उल्लेख गरिन् । उनले उत्पादन क्षमता बढाएर सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने बताइन् ।

उनले नेपालमा प्रशस्त मात्रामा पाइने जडीबुटीको वैज्ञानिक उपयोग, प्रशोधन र उत्पादनमार्फत स्वदेशी आयुर्वेद औषधिलाई प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।

चिकित्सालयका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुरका अनुसार दैनिक तीन सय भन्दा बढी बिरामी उपचार गर्न आउने गरेका छन् ।

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अनुसन्धान अघि नबढाउन अन्तरिम आदेश गरेको हो ।

अदालतले आज सार्वजनिक आएको लिखित पाठमा भनिएको छ, “प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट भएको अन्तिम आदेश विपरीत हुने गरी निवेदकका विरुद्धमा कुनै कारबाही नगर्नु, नगराउनु ।”

व्यवसायी सुमार्गीले आफूमाथि धेरै पटक अनुसन्धान भइरहेको उल्लेख भन्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गरेका थिए । दुई साताअघि सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध व्यवसायी सुमार्गी सर्वोच्च अदालतमा गएका थिए । ।

सरकारमाथि प्रसाईंको आरोप : ‘सत्तामा पुगेकाले सिस्टम नै बिगारे’

जनकपुर । नागरिक बचाउ अभियानका संयोजक एवम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समिक्षा अहिले गर्ने समय नआएको बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रसाईंले सरकारको १०० दिनको काम बारे अहिले केही नभन्ने बताए । उनले अबको १० दिनपछि भिडियो सार्वजनिक गर्ने र सो भिडियोमार्फत विशेष खुलासा गर्ने जानकारी दिए । उनले सिंहदरबारमा आगो लगाउनेहरु आज सत्तामा पुगेको उल्लेख गरे । उनले सत्तामा पुगेकाहरुले सिस्टमनै बिगारेर राखेको आरोप लगाएका छन् ।

प्रसाईले आफूलाई बिना आरोप पक्राउ गर्ने गरिएतापनि अदालतले सगरमाथा झै ठडिएर आफूप्रति न्याय गर्ने गरेको बताए ।

त्यस्तै उनले नेपालीलाई अब पुरानो बुटिक नेपाल चाहिएको बताए । उनले धर्म, संस्कृति, मिथिला र राजासहितको नेपाल आजको नेपालीले चाहेको धारणा राखे । उनले सुकुम्बासीहरुको उठिबास लगाउने सरकारको नीतिको विरोध गरे ।

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा स्वीकार गर्दै बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरबको भ्रमणमा जाने कार्यक्रम तय भएको सोमबार प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायुन कबिरले जानकारी गराउनुभएको छ।

बैठकको बारेमा विस्तृत जानकारी दिँदै कबिरले भन्नुभयो, “बङ्गलादेशका लागि साउदी अरबका महामहिम राजदूत डा. अब्दुल्लाह जाफर एच. बिन अबियाहले आज बिहान प्रधानमन्त्री तारिक रहमानलाई भेटी राजकुमार बिन सलमानले प्रधानमन्त्री तारिक रहमानलाई साउदी अरबको औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको छ।”

सल्लाहकार कबिरले यो कूटनीतिक भेटलाई दुवैतर्फी उच्चस्तरीय भ्रमणको रूपमा व्याख्या गर्नुभयो ।

विदेश मामिला सल्लाहकारले अगाडि भन्नुभयो, “राजदूतले राजकुमार बिन सलमान बङ्गलादेश भ्रमण गर्न इच्छुक हुनुहुन्छ । उहाँले उपयुक्त समयमा बङ्गलादेश आउन चाहनुहुन्छ ।”

दुई देशबीचको पुरानो सम्बन्धलाई जोड दिँदै कबिरले भन्नुभयो, “यो आदानप्रदानबाट हामी साउदी अरबसँग रणनीतिक सहयोग र साझेदारी गर्न अत्यन्त सकारात्मक छौँ । ऐतिहासिक रूपमा हाम्रो द्विपक्षीय सम्बन्ध सधैँ राम्रो रहिआएको छ। हामी यसलाई थप मजबुत बनाउनेछौँ र इन्शाअल्लाह नयाँ उचाइमा पु¥याउनेछौँ।”

उहाँले आगामी उच्चस्तरीय भ्रमणले ठूलो आर्थिक अवसर खोल्ने पनि बताउनुभयो ।

“भ्रमण कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने, व्यापार तथा लगानीको मात्रालाई बढाउने, साउदी अरबको निजी क्षेत्र र सरकार दुवैबाट बङ्गलादेशमा लगानी गर्ने सम्बन्धमा छलफल हुनेछ”, कबिरले भन्नुभयो, “साउदी अरबको निजी क्षेत्र र सरकार दुवैबाट लगानीका लागि व्यापक चासो दिएकोे देखिएको छ ।”

“यो हाम्रो द्विपक्षीय सम्बन्धको लागि महत्वपूर्ण क्षण हो। प्रधानमन्त्रीलाई साउदी अरब भ्रमणको निमन्त्रणा मात्र होइन, साउदी राजकुमार विन सलमानले पनि बङ्गलादेश भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ। यो दुवैतर्फी हो,” सल्लाहकार कबिरलेले थप्नुभयो ।

नयाँ सरकार गठन भएपछि गरिएका कूटनीतिक प्रयासबारे बोल्दै कबिरले भन्नुभयो, “पछिल्ला चार महिनामा हाम्रो सरकारले मध्यपूर्वमा भाइचारा सम्बन्ध स्थापित गरेको छ। प्रधानमन्त्रीले विशेष दूतमार्फत मध्यपूर्वका देशहरूको भ्रमण गर्नुभयो, जसले ठूलो सद्भावना सिर्जना गरेको छ।”

“यसको परिणामस्वरूप हामी साउदी अरबसँग रणनीतिक सञ्चार र साझेदारीलाई थप मजबुत र विस्तार गर्न लागेका छौं,” उहाँले भन्नुभयो ।

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा आलोचना

अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्ड दिइ निकालेपछि हुने अर्को एक खेलको प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने विवादास्पद निर्णयमा फिफाले सीमारेखा पार गरेको युरोपेली फुटबल महासङ्घ (युइएफए)ले सोमबार जनाएको छ ।

फिफाको यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि आएको भन्ने सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा उल्लेख छ । यसले बालोगुनलाई सोमबार भएको विश्वकप अन्तिम १६ को खेलमा बेल्जियमविरुद्ध मैदानमा उत्रन अनुमति दिएको छ ।

युइएफएको विज्ञप्तिमा भनिएको छ, “हिजो फोलारिन बालोगुनलाई दिइएको रातो कार्डपछि लागू हुने एक खेलको स्वतः प्रतिबन्धलाई एक वर्षका लागि स्थगित गर्ने निर्णयले सीमारेखा पार गरेको छ।”

युइएफएले भनेको छ, “फुटबल वा अन्य कुनै पनि खेल नियममा आधारित हुन्छ, जुन निष्पक्ष, इमानदार र पारदर्शी प्रतिस्पर्धाको आधार हो। कहिलेकाहीँ नियमको व्याख्या गर्न सकिन्छ, तर यो मामिलामा सकिँदैन।”

युइएफएले फिफाको निर्णयले खेलको समग्रतामा पर्न सक्ने प्रभावप्रति चेतावनी दिएको छ ।

“फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो किनकि यो सुन्दर खेल हो र विश्वभर एउटै नियमअनुसार खेलिन्छ भन्ने विश्वास गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले भनेको छ, “कुनै पनि प्रतियोगिता पूर्ण रूपमा अलग हुँदैन । यदि त्यो विश्वकप प्रतियोगितामा प्रश्न उठ्यो भने यसले समग्र खेलमा सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्छ ।”

“हामी यो अभूतपूर्व, अकल्पनीय र अस्वीकार्य निर्णयप्रति आश्चर्य र असन्तुष्टि व्यक्त गर्दछौँ,” युइएफएले भनेको छ।

बालोगुनले विश्वकपमा तीन गोल गरिसक्नुभएको छ । बोस्निया–हर्जेगोभिनाविरुद्धको ३२ समूह चरणको खेलमा अमेरिकाले २–० गोलले जित निकालेको थियो । खेलका क्रममा प्रतिद्वन्द्वी खेलाडीको खुट्टामा टेकेको भन्दै भिडियो रिभ्यूपछि बालोगुनलाई सिधा रातो कार्ड दिइएको थियो ।

फिफा नियमअनुसार सिधा रातो कार्डले स्वतः एक खेलको प्रतिबन्ध निम्त्याउँछ ।

ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई बालोगुनको सजाय पुनरावलोकन गर्न आग्रह गरेको यस बिषयमा जानकारी दुई स्रोतले बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सार्वजनिक रूपमा कार्ड खारेज गर्न माग गर्नुभएको थियो ।

फिफाको अनुशासन समितिले प्रतिबन्ध स्थगित गर्ने निर्णय गरेको छ ।

फिफाले आइतबार प्रतिबन्ध एक वर्षका लागि स्थगित गरिएको घोषणा गरेको थियो । यो निर्णय कुनै स्पष्ट कारणबिना नै लिइएको थियो ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “फिफालाई धन्यवाद, जसले सही काम ग¥यो र ठूलो अन्यायलाई उल्टायो!”

बेल्जियमको फुटबल टोलीले भने यो निर्णयबाट आफूहरू स्तब्ध भएको जनाएको छ ।

बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले निर्णय लिने फिफा समितिप्रति व्यङ्ग्य गर्दै भन्नुभयो, “मलाई थाहा थिएन कि फिफा विश्वकपमा ५ जुलाईलाई १ अप्रिल बनाइएको रहेछ र आज ‘अप्रिल फुल’ डे रहेछ ।”

नेप्सेका सीईओको राजीनामा स्वीकृत

काठमाडौँ – अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको राजीनामा स्वीकृत गरेको छ ।

सिइओ चापागाईंले आजै अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका थिए। सीईओ चापागाईंले बुझाउनुभएको राजीनामापत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ ।

धान रोपाइँका बेला रासायनिक मलको अभाव नभएको सरकारको दाबी

काठमाडौँ। यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नुपरेको छैन ।

असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ । यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्वतयारी सहितको उपस्थितिले पुष्टि गरेको बताइएको छ ।

यही असार १ देखि १९ गतेसम्मको सरकारी तथ्याङ्कअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत कूल ४० हजार ५६९.२५ मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ ।

“विगतका वर्षहरूमा धान रोपाइँको मुख्ययाममै किसानले रासायनिक मल नपाएर सास्ती खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो”, “प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल भन्नुहुन्छ, “तर यसपटक सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन् ।”

यसबाट राष्ट्रिय आपूर्तिमा सरकारी निकायका बीचको समन्वय पनि निकै प्रभावकारी देखिएको छ । कूल वितरणमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २६ हजार ९९४.६५ मेट्रिकटन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले १३ हजार ५७४.६ मेट्रिकटन मल उपभोक्ता समक्ष पु¥याएर बजारको मागलाई सन्तुलित बनाएको छ ।

रापोइँको समयमा मलको आवश्यकताका बारेमा जानकार रहेको सरकारी संयन्त्रले मागअनुसार कै मल बजारमा पठाएका कारण यस अवधिमा सबैभन्दा बढी २३ हजार ४८२.४ मेट्रिकटन युरिया, १७ हजार ७४९ मेट्रिकटन डिएपी र दुई हजार ३३७ मेट्रिकटन पोटास मल किसानले सहजै प्राप्त गर्न सकेका हुन् ।

विगतका अनुभवहरूलाई हेर्दा असार १५ गते (राष्ट्रिय धान दिवस) को आसपासमा मलको माग अत्यधिक भई प्रणाली नै प्रभावित हुने गर्दथ्यो । असारको सुरुमा दैनिक औसत बिक्री ८७६.४५ मेट्रिकटन मात्र रहेकोमा असार १५ गते बढेर चार हजार ८७७.१५ मेट्रिकटन पुगेको थियो । विगतका कैयौँ बर्षका तुलनामा यो सबैभन्दा धेरै मात्रा हो ।

तर, माग सँगसँगै वितरण प्रणालीलाई पनि समानान्तर रूपमा चुस्त राखिएकाले एकैदिन झण्डै पाँच हजार टन मल वितरण हुँदासमेत कतै पनि आपूर्ति शृङ्खला नखल्बलिएको कृषिका अधिकारीहरु बताउँछन् ।

प्रेस तथा अनुसन्धान विज्ञ दाहाल भन्नुहुन्छ, “असार १५ गते एकैदिन करिब पाँच हजार मेट्रिकटन मल कुनै अवरोध विना किसानको हातमा पुग्नु आफैँमा सरकारी संयन्त्रको प्रभावकारिता र किसानप्रतिको जवाफदेहिताको बलियो प्रमाण हो । आगामी दिनमा पनि मलको अभाव हुन नदिन प्रधानमन्त्री कार्यालयले निरन्तर अनुगमन र समन्वय गरिरहेकै छ ।”

समयमै बजेट सुनिश्चितता, वैदेशिक खरिद प्रक्रियाको पूर्वतयारी र जिल्ला–जिल्लामा रहेका डिपोको निरन्तर निगरानीका कारण यसवर्ष रासायनिक मलको मौज्दात पर्याप्त रहेको छ ।सरकारको योजनाबद्ध पहल र सक्रिय अग्रसरताले बाँकी यामहरूमा पनि कृषि क्षेत्रमा आवश्यक सहयोग, समन्वय तथा उत्साहलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ ।

कोशी प्रदेशसभामा बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले दिए जवाफ

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेकयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनुभएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सरकारले सार्वजनिक गरेको बजेटप्रति आलोचना हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो । उहाँले यसपटकको बजेटले प्रदेशको जनताको मन छुने विश्वास व्यक्त गर्नुभयो । बजेटमा देखिएका त्रुटीलाई बजेट कार्यान्वयन हुनु अगावै सच्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले स्रोत नबढाउने र विकासका योजना मात्र बढाउने प्रवृतिबाट समस्या देखिएको बताउनुभयो । उहाँले मन्त्रालयले प्राथमिकताका आधारमा झोलुङ्गे पुल, सडकका योजना छनौट गरेको उल्लेख गर्नुभयो ।

पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक र आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विनियोजन विधेयकमाथि उठेका प्रश्नले जवाफदेही बन्न बल पुगेको बताउनुभएको थियो ।

सगरमाथा आरोहणअघि ७ हजार मिटरको हिमाल चढ्नुपर्ने व्यवस्था ल्याइने

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संस्कृतिको जगेर्ना, प्रवर्द्धन र पर्यटकीय क्षेत्रको विकासका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत पर्यटन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नागरिक उड्डयन क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । मन्त्री पौडेलले प्राप्त बजेट सीमा तथा सिलिङभित्र रहेर देशैभरि समन्यायिक ढङ्गले बजेट विनियोजनको प्रयास गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले अब बन्ने पर्यटन ऐन र नियमावलीमा सात हजार मिटर माथिका हिमाल आरोहण नगरी सगरमाथा चढ्न नपाउने प्रावधानको व्यवस्था गरिने बताउनुभयो । “आगामी दिनहरूमा सगरमाथा माथिको ‘प्रेसर’ लाई घटाउन सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

पर्यटनको विविधतालाई ख्याल गर्नुपर्ने धारणा राख्दै मन्त्री पौडेलले एउटै मात्र क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने र त्यसबाट मात्रै पर्यटनलाई आधारित गराउँदै जाने हो भने त्यो दिगो र ‘सस्टेनेबल’ हुन नसक्ने बताउनुभयो । “त्यसका लागि पर्यटनका विभिन्न आयामहरूमा प्रवेश गर्नैपर्छ भनेर आरोग्य पर्यटन जस्ता योजना ल्याइएको हो”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले लक्ष्यअनुसार पर्यटक भित्र्याउन पर्यटकीय गतिविधि व्यवस्थित रूपमा अगाडि बढाउने, जीर्ण विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराउनुभयो।

“नेपालका विभिन्न तीर्थस्थल, मेचीदेखि महाकालीसम्मका पर्यटकीय क्षेत्र, चिसो ठाउँहरूमा भारतीय पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ”, उहाँले भन्नुभयो, “मुक्तिनाथ क्षेत्रमा मात्रै गत वर्ष करिब एक लाख ३२ हजारभन्दा बढी भारतीय पर्यटक प्रवेश गरेका छन् ।”

पर्यटक आगमन अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा सरकारी, निजी, गैरसरकारी, दातृ निकाय र ‘डायस्पोरा’ सँगको सहकार्यलाई सरकारले जोड दिएको उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले निजगढ विमानस्थललाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाउने योजनामा मन्त्रालय रहेको स्पष्ट पार्नुभयो । “नीतिमा मात्रै होइन, कार्यान्वयनयोग्य र लगानी ‘मोडालिटी’ तय भए पश्चात आवश्यक बजेटसमेत विनियोजन हुनेछ”, उहाँले भन्नुभयो ।

नेपाललाई भारत सरकारले उपलब्ध गराएको अयोध्यास्थित जग्गामा धार्मिक पर्यटक विश्रामस्थल बनाइएको जानकारी दिँदै मन्त्री पौडेलले सो विषयले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । “जसरी लुम्बिनीमा विभिन्न देशहरूको स्मारकको रूपमा गुम्बा, चैत्य निर्माण भइरहेका छन् । त्यसरी नै हामीले अयोध्यामा विश्रामस्थल बनाउन लागेका हौँ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि अत्यावश्यक मानिएको ‘एयर रुट’ सम्बन्धी विषय टुङ्ग्याउन सरकारले कूटनीतिक पहल गरिरहेको सदनलाई जानकारी गराउनुभयो ।

राष्ट्रियसभाको आगामी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय तथा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यक्रम रहेको छ । सभाको अर्को बैठक यही असार २३ गते मङ्गलबार मध्याह्न १२ः१५ बजे बस्नेछ ।

५४ वर्ष बित्दा पनि डुम्रे–बेँसीसहर सडक स्तरोन्नति अधुरै

लमजुङ। डुम्रेदेखि बेँसी सहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।विसं २०२९ मा सुरु भएको ‘डुम्रे–बेँसी’ सहर ४२ किमी सडक विसं २०४६ मा खुलेको थियो भने विसं २०५२ सालमा कालोपत्र सुरु गरिएको थियो ।

डुम्रे–बेँसीसहर सडकखण्डमा सञ्चालन हुने सवारीसाधन सजिलो तरिकाले सञ्चालन हुन सकेका छैनन् भने यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।

लमजुङ र तनहुँ जोड्ने यो सडकलाई दुई लेनमा स्तरोन्नति गर्न जनताले जताततै हारगुहार गरे पनि हालसम्म सडक स्तरोन्नति गर्ने काम अघि बढ्न सकेको छैन ।

उल्टै वर्षा मौसममा निर्माण कम्पनीले जथाभावी निर्माण सामग्री, थन्काएर राखिदिएका कारण सडक आवतजावतमा यात्रुहरुले थप कठिनाइ व्यहोर्नु परेको छ ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने यो सडकका कारण व्यहोर्नु परेको कष्ट कहालिलाग्दो भएको यहाँका स्थानीयले व्यापक गुनासो गर्ने गरेका छन् ।

पछिल्लो पटक जनताको हारगुहारपछि भने डुम्रे–बेँसीसहर–चामे सडक तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजागर खण्डको करिब आठ दशमलव नौ किलोमिटर दुई लेनमा विस्तार भइरहेको छ। “पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलोले देख्नै गाह्रो हुन्छ, यात्रा निकै कठिन छ,” यात्रु सरिता गुरुङले बताउनुभयो ।

“वर्षामा त यो सडकमा यात्रा गर्न निकै गाह्रो छ,” सवारी चालक नारायण घिमिरेले भन्नुभयो । डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले सडक पिके निर्माण सेवा काठमाडौंसँग विसं २०८२ जेठमा कार्यसम्पन्न गर्ने गरि सम्झौता भएको बताउनुहुन्छ ।

दुई वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि हाल्सम्म काम सकिएको छैन। सडकको निर्माण लागत रु ७२ करोड रहेको छ। निर्माणका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएको थियो ।

डुम्रे–बेँसीसहर सडक लमजुङ, मनाङ तथा आसपासका क्षेत्र जोड्ने मुख्य मार्ग हो । यही सडक हुँदै अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटकसमेत बेँसीसहर हुँदै यात्रा गर्ने गर्छन् ।

बर्दियाबाट लालपुर्जा वितरण सुरु, बजेट अभाव हुन दिँदैनौँ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले भूमिहीनलाई जग्गा दिने नीति लिएको जानकारी दिइन् ।

उनले भनिन्, “सरकारले बर्दियाबाट लालपुर्जा दिन थालनी गरिसकेको छ । यस काममा बजेटको अभाव हुँदैन ।”
भूमि व्यवस्था मन्त्री रावलले वैज्ञानिक भूमिसुधार, उत्पादनकेन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको सदनलाई जानकारी दिइन् ।

उनका अनुसार हालसम्म करिब १२ लाख भूमिहीन र सुकुमवासीले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । यसका लागि रु ६१ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।

सुशासन र पारदर्शितालाई महत्त्व दिँदै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने तथा ‘डिजिटल’ रूपान्तरणसँग जोडेर काम भइरहेको जानकारी गराउँदै उनले समस्याग्रस्त सहकारीको रकम फिर्ता कार्यक्रम जारी रहने बताइन् ।मन्त्री रावलले ट्रेड युनियन खारेजीबाट निजामती सेवामा देखिएका विकृति र विसङ्गति अन्त्य हुने विश्वास व्यक्त गर्दै सङ्घीय निजामती ऐन जारी भएपछि प्रशासनिक सङ्घीयता प्रभावकारी हुने बताइन् ।

अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने तयारीमा सरकार

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ माथि सांसदहरूले राखेका जिज्ञासाको जवाफमा उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिइन् । मन्त्रालय तथा मातहतका निकायका लागि रु ९६ अर्ब ३७ करोड ७३ लाख बजेट विनियोजन गरिएको उनले उल्लेख गरिन् ।

“स्वास्थ्यमा गरिएको लगानी खर्च होइन, यो देशको भविष्य र मानव पुँजी निर्माणमा गरिएको सबैभन्दा महत्वपूर्ण लगानी हो,” मन्त्री मेहताले भनिन्, “नागरिकको उपचार खर्चको आर्थिक भार कम गर्दै स्वस्थ नागरिकमार्फत उत्पादकत्व अभिवृद्धि गरी दिगो विकास गर्न स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नु आवश्यक छ ।”

संविधानप्रदत्त मौलिक हक कार्यान्वयन गर्न ‘राष्ट्रिय स्वास्थ्य वित्त रणनीति’ले निर्धारण गरेको १० प्रतिशतको लक्ष्य हासिल गर्नेतर्फ सरकार प्रयासरत रहेको उनको कथन छ ।

आगामी आर्थिक वर्षहरूमा स्वास्थ्य बजेटलाई क्रमिक रूपमा वृद्धि गर्दै यसलाई व्यावहारिक कार्यान्वयनको दिशामा लैजाने मन्त्री मेहताले उल्लेख गरिन् । उनले १०९ स्थानीय तहका आधारभूत अस्पताल निर्माण सम्पन्न भइसकेको र ३३६ वटा निर्माणका क्रममा रहेको जानकारी दिइन् । अन्य स्थानीय तहमा नक्साङ्कन गरी रणनीतिक स्थानमा निर्माण गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।निर्माण सम्पन्न भएका आधारभूत अस्पतालमा स्वास्थ्य सेवा सञ्चालन गर्नु तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उनको भनाइ छ ।

आधारभूत स्वास्थ्य सेवाको प्याकेजलाई एकीकृत रूपमा सञ्चालन गर्ने गरी आगामी वर्षको कार्यक्रममा बजेट उपलब्ध गराइएको उनको भनाइ छ ।
नागरिकलाई निःशुल्क वितरण गरिने अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने तयारीस्वरूप मन्त्रालयले नेपाल औषधि लिमिटेडसँग सहकार्य गरी सिधैँ खरिद गर्ने व्यवस्था अघि बढाइएको उनले बताइन् ।

यस्तै सिंहदरबार वैद्यखानाको संस्थागत क्षमता अभिवृद्धिका लागि पनि रु सात करोड ६० लाख बराबरको बजेट व्यवस्था गरिएको उनले जानकारी दिइन् । सरकारले स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले रु २३ अर्बभन्दा बढी भुक्तानी भइसकेको छ भनिन् ।बाँकी दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्री मेहताको कथन छ ।

स्वास्थ्य सेवामा सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने र सेवा प्रवाहलाई सहज बनाइने उनको भनाइ छ । निजी अस्पतालले आफ्नो स्वीकृत शय्या सङ्ख्याको १० प्रतिशत निःशुल्क उपचारका लागि उपलब्ध गराउनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन भइरहेको मन्त्री मेहताले जानकारी दिइन् ।सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको उपस्थिति, सेवाप्रतिको आचरण, सरसफाइ तथा सेवा गुणस्तर सुनिश्चित गर्न सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गरिएको उनले सदनलाई जानकारी दिइन् ।

नेपाली कला र संस्कृतिको प्रर्दशन गर्न  किड्स किङ एण्ड क्विनका बिजेता भियतान जाने

काठमाडौँ । किड्स किङ एण्ड क्विनका ४ जना बिजेता भियतान जाने भएका छन् । जेठको २३ गते भक्तपुरको हेरिटेज प्यालेसमा भव्यताका साथ सम्पन्न  भएको फिनालेबाट चयन भएका ४ बिजेताहरु नाम्दिन सुब्बा , सान्भिका बज्राचार्य , प्रान्सी तुलाधर र बेदाश्री राज्य लक्ष्मी राणा आगामी बिहिबार  भियतान जान लागेको आयोजक संस्था शाह स्टुडियो एन्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत  मोनु शाहले जानकारी दिए ।

बिजयी प्रतियोगीहरुले भियतनाममा आगामी आईतबार नेपालको प्रतिनिधित्व गर्दै आफ्नो कला र संस्कृति प्रर्दशन गर्नेछन् । कार्यक्रममा नेपालका तर्फबाट  मोनु शाह पनि निर्णायकका रुपमा रहेका छन् । ४ दिन लामो बसाई सकेर उनीहरु स्वदेश फर्किने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको निरीक्षणमा गृहमन्त्री सुदन गुरुङ

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन् ।

आइतबार राति झापा आइपुगेका गृहमन्त्री गुरुङले आज अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरे ।

भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डे सहभागी थिए ।

सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचबिखनलगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको छ ।

गृहमन्त्री गुरुङ आज बिहान १०ः२० बजे सालबारीबाट मेचीनगर नगरपालिका–४ स्थित बाहुण्डाँगीको हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका थिए । सोही क्रममा उनले बुद्धशान्ति गाउँपालिका–६ सन्तपुर पुगेर जेन–जी आन्दोलनका क्रममा घाइते भएका अनिकेत चौलागाईँसँग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । भेटपछि उनी पुनः बाहुण्डाँगीतर्फ प्रस्थान गरेका छन् ।

गृहमन्त्री गुरुङले मेचीनगर नगरपालिका–७ इट्टाभट्टास्थित सशस्त्र प्रहरी बल नेपालको जोरसिमल चेकपोस्टको निरीक्षण गरे । निरीक्षणका क्रममा उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएको जानकारी छ ।

त्यसपछि उनी मेचीनगर–६ स्थित काँकरभिट्टा नाकामा पुगेर सीमा नाकाको समग्र सुरक्षा व्यवस्था तथा यात्रु जाँच कक्षको स्थलगत अनुगमन गरे । त्यसलगत्तै उनले मेची भन्सार कार्यालयको निरीक्षण गरी राजस्व सङ्कलन, भन्सार व्यवस्थापन तथा सीमा नाकाबाट हुने आवतजावतको अवस्थाबारे जानकारी लिए ।

झापा–भारत सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध ओसारपसार, मानव बेचबिखन, अवैध सीमा गतिविधि तथा बाहुण्डाँगी क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको जङ्गली हात्तीको समस्याप्रति गृहमन्त्रीले विशेष चासो व्यक्त गरेका छन् । उनले सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरी आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।

बाहुण्डाँगीमा उनले जङ्गली हात्तीबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग प्रत्यक्ष संवाद गरी त्यहाँका जनताले भोगिरहेका समस्या, गुनासा र सुझाव सङ्कलन गर्ने कार्यक्रम छ ।

गृहमन्त्री गुरुङको भ्रमणलाई मध्यनजर गर्दै झापामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी प्रशासनका अनुसार सुरक्षा निकाय विगत करिब ३६ घण्टादेखि उच्च सतर्कताका साथ परिचालित छन् ।

मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ गोलले परातिग गरेको छ ।सोमबार सम्पन्न खेलमा मेक्सिकोलाई ३–२ गोलले हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्डका जुड बेलिङहमले खेलको ३६ औं र ३८ औं मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।क्विन्योनेसका युलियन क्विन्योनेसले खेलको ४२ औं मिनेटमा गोल गर्दै घरेलु टोली मेक्सिकोलाई १–२ को स्थितीमा ल्याए ।

५४ औं मिनेटमा जारेल क्वान्साले रातो कार्ड खाँदै बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटियो । खेलको ६० औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ३–१ ले बनाए ।

त्यसपछि ६९ औं मिनेटमा राउल जिमिनेजले पेनाल्टीमार्फत गोल गर्दै मेक्सिकोलाई २–३ को बनाएका थिए ।त्यसपछि दुबै टिमले गोल गर्न सकेन । अन्ततः इंग्ल्यान्ड विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गर्यो ।मेक्सिको विश्वकपबाट बाहिरिएको छ ।

सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्‌मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट राजनीतिक विवादको चपेटामा परेको छ। प्रतिपक्षी दलको विरोधलाई स्वाभाविक मानिए पनि यसपटक सरकारकै प्रमुख साझेदार दलले बजेट निर्माण प्रक्रिया, योजना छनोट र स्रोत बाँडफाँटमाथि सार्वजनिक रूपमै प्रश्न उठाएको छ। गठबन्धनभित्रकै असन्तुष्टिका कारण असार १ गते सार्वजनिक भएको बजेट हालसम्म प्रदेशसभामा प्रवेश गर्न सकेको छैन। यद्यपि मङ्गलबार बस्ने प्रदेशसभा बैठकमा बजेट टेबल गर्ने सरकारको तयारी छ।

राजनीतिक रस्साकस्सीबिच बजेटले प्राथमिकतामा राखेका उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, निजी लगानी प्रवर्द्धन र उद्यमशीलताजस्ता महत्त्वपूर्ण पक्ष भने ओझेलमा परेका छन्। प्रदेशको आर्थिक भविष्यसँग जोडिएका यस्ता कार्यक्रम सार्वजनिक बहसको केन्द्रमा पर्न सकेका छैनन्। हालको बहस कसले कति बजेट पायो, कुन मन्त्रालयलाई प्राथमिकता दिइयो र कुन निर्वाचन क्षेत्र समेटियो भन्ने राजनीतिक भागबन्डामा मात्र सीमित देखिन्छ। आरोप-प्रत्यारोपले ठाउँ ओगट्दा प्रदेशले सामना गरिरहेका आधारभूत चुनौतीमाथिको छलफल पछि धकेलिएको छ।

बजेट सार्वजनिक भएपछि सरकारको प्रमुख साझेदार नेकपा एमालेले सबैभन्दा ठुलो असन्तुष्टि जनाएको छ। आफूहरूसँग पर्याप्त परामर्श नगरिएको, स्रोत बाँडफाँट असन्तुलित भएको र योजना छनोटमा प्रक्रियागत त्रुटि भएको एमालेको आरोप छ। एमाले संसदीय दलले त बजेट संशोधन प्रस्ताव नै लैजाने निर्णय गरिसकेको छ। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल बजेट निर्माणको आधार र मन्त्रालयगत स्रोत निर्धारणमै समस्या भएको बताउँछन्। ‘बजेटको सिलिङ बढाउने विषयमा पनि हामीसँग छलफल गरिएन, एकातिर बजेटको आधार बढाइयो, अर्कोतिर हाम्रो पार्टीको नेतृत्वमा रहेका मन्त्रालयको बजेटको आधार गत वर्षभन्दा पनि घटाइयो,’ उनले भने। अर्को मन्त्रालयको क्षेत्राधिकारमा पर्ने योजना राखेर बजेट ठुलो देखाउने प्रयास गरिएकोमा उनको असहमति छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री नरेश शाही विकासका विषयमा पक्ष–प्रतिपक्ष हुन नहुने बताउँदै अहिले समस्या सरकारभित्रै देखिएको प्रस्ट पार्छन्। समग्र प्रदेशको विकासभन्दा पनि आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिने प्रवृत्तिका कारण यस्तो अवस्था आएको उनको भनाइ छ। दलहरू हिस्सेदारीमा केन्द्रित भइरहँदा सुदूरपश्चिमको न्यून उत्पादन क्षमता, सीमित उद्योग, कमजोर निजी लगानी र युवा पलायनजस्ता समस्या ओझेलमा परेका छन्। बजेटले कृषिलाई उद्यम र रोजगारीसँग जोड्दै ‘पोखौँ पसिना, देशमै हाँसेर’ जस्ता अभियान सञ्चालन गर्ने प्रस्ताव गरे पनि यी विषयमा संसद्‌मा बहस हुन पाएको छैन।

कैलाली बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक गगनराज घिमिरे प्रदेश संरचना आएदेखि नै समग्र क्षेत्रको विकासभन्दा आफ्नो क्षेत्र र मतदाता हेर्ने सोचले समस्या भइरहेको बताउँछन्। बजेटको दीर्घकालीन सोच र समृद्ध सुदूरपश्चिममा योगदान पुग्ने नवीन योजनाबारे चर्चा हुनुपर्नेमा बजेट प्रदेशसभामा प्रवेश नै नगराइनु राम्रो नभएको उनको तर्क छ। अर्थ राजनीतिका जानकार डा. राजेन्द्रवीर चन्द पनि योजना छनोट र स्रोत विनियोजनको स्पष्ट विधि स्थापित हुन नसक्नु नै विवादको मूल कारण भएको बताउँछन्। विगतका योजनाको प्रभाव मूल्याङ्कन र आवश्यकता हेरेर स्रोत विनियोजन गर्ने अभ्यास गरे विवाद समाधान हुने उनको विश्लेषण छ।

आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल समयको चाप र राजनीतिक हस्तक्षेपका कारण बजेटमा प्राविधिक त्रुटि भएको स्वीकार गर्छन्। ‘बजेट बनाउने बेला राजनीतिक विषयले स्थान पाउँदा हामीले समय लिएर काम गर्न पाएनौँ, असार १ गतेसम्म नै योजनाका विषय रुमल्लिनुपर्‍यो र त्यसक्रममा त्रुटि भएका छन्,’ उनले भने। उनले अब एकअर्कालाई दोषारोपण गर्नुभन्दा सबै गम्भीर भएर समाधानको बाटो खोज्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कमलबहादुर शाह भने विवादका विषय सदनमै गएर टुङ्गिने बताउँछन्। बजेटमा प्राविधिक त्रुटि भए पनि नीति तथा कार्यक्रमसँग तालमेल मिलाउन धेरै मेहनत गरिएको उनको दाबी छ। ‘कृषि आधुनिकीकरण, उद्यमशीलता, पर्यटन प्रवर्द्धन, सामाजिक समावेशीकरणलगायतका विषयलाई हामीले प्राथमिकतामा राखेका छौँ,’ मुख्यमन्त्री शाहले भने। बजेट विवादकै कारण प्रदेशको दीर्घकालीन विकासका विषय सार्वजनिक बहसबाट ओझेलमा पर्नु चिन्ताको विषय भएको उनले बताए।

सत्ता साझेदार दलले बजेट संशोधनको कुरा उठाए पनि संसदीय अभ्यासमा यो अपवाद मात्र हुने जानकारहरू बताउँछन्। वरिष्ठ पत्रकार मनमोहन स्वार संसद् प्रवेश गर्नुअघि नै सत्ता गठबन्धनभित्र सार्वजनिक मतभेद छताछुल्ल हुनु राम्रो सङ्केत नभएको बताउँछन्। बजेटमा एक रुपैयाँ घटाउने वा थप्ने कुरा प्रतीकात्मक विषय भए पनि समग्र बजेट नै संशोधन गर्ने विकल्प सरकारसँग नहुने उनको भनाइ छ। हालसम्मको अभ्यासअनुसार बजेट कि पास हुने कि फेल हुने भन्दै बजेट फेल भएमा सरकार विघटन हुने उनले प्रस्ट पारे।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४२, आलु रातो (गोलो) प्रतिकिलो रु ४०, आलु रातो (मुढे) प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४३०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु १६०, आँप (दशहरी) प्रतिकिलो रु १७०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ९५, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १७०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३२० निर्धारण भएको छ ।

२४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्लनकर्ता १५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना छन् ।

साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक पुथपाथ पार्किङमा ११०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेका छन् । उक्त कारबाहीबाट रु १० लाख ६२ हजार असुली गरिएको छ ।

भदौ १९ मा आउने ‘ककाकिकी’को पहिलो झलक सार्वजनिक

काठमाडौँ । माया इन्टरटेन्मेन्टको प्रस्तुतीमा ‘कमेडी दरबार’ टिमले बनाएको फिल्म ‘ककाकिकी’को पहिलो झलक सार्वजनिक गरिएको छ । जसमा मुख्य कलाकारहरु आफ्नो गाउँका लागी केहि गर्न खोजेको देखिन्छ । अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीले एउटा डाँडामा बसेर योजना बनाइरहेका छन् ।

उनीहरु ‘कुलेबारी’ नामको गाउँमा छन्, उक्त गाउँका लागी केहि गर्ने योजनामा छन् । सार्वजनिक झण्डै तीनमिनेटको झलकमा अभिनेत्री रेखाले भनेकी छिन्ः ‘गाउँको लागी यो काम गर्दा केहि भइहाल्यो भने के हुन्छ होला है ?’ यस्तै अभिनेत्री गौरीले ‘एउटा सालिक त बलाउलान् नि हरामीहरुले ।’ भनेको देखिन्छ । तर अर्की अभिनेत्री तृप्तिले भने ‘सालिक त बनाउँदैन होला, अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिक ?’ भन्दै जवाफ फर्काउँछिन् ।

आगामी भदौ १९ मा प्रदर्शनमा आउने ‘ककाकिकी’को निर्माण टिमले पहिलो झलक सार्वजनिक गरेसँगै आफ्नो प्रचारप्रसारको काम औपचारिक रुपमा सुरु भएको जानकारी गराएको छ । फिल्मका निर्देशकद्धय बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले आफूहरुले मिहिनत गरेर बनाएको फिल्म अब दर्शकको हातमा छाडिदिन लागेको र जस्तो प्रतिक्रिया आउँछ त्यसमा आफूहरु सन्तुष्ट रहने बताउँछन् । निर्देशक बिक्की भन्छन्ः ‘हामी अहिलेनै हामीले यस्तो उस्तो फिल्म बनाएका छौं भन्दैनौं, राम्रो बनाउने कोशिस गरेका छौं बाँकी दर्शकको हातमा छ ।’ यस्तै निर्देशक श्रृद्धा सम्पुर्ण कलाकार तथा प्राविधिक टिमले आफूहरुलाई निकै साथ दिएकाले पनि फिल्म राम्रो बनेकोमा ढुक्क छिन् ।

पहिलो झलक सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के, अभिनेता महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी) लगायतले फिल्ममा काम गर्दाका अनुभव साटेका थिए । फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी बिजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, बिश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय रहेको छ ।

फिल्मको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन् । फिल्मको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् । यस्तै कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरकोकाम विश्वास तिमल्सिना (बिटी कान्छा)ले गरेका छन् । सुदिप बरालको डिओपी रहेको फिल्ममा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी हुन् भने सहायक निर्देशक बिशाल राई हुन् । मेकअपमा अनिस तामाङ, कस्टुम डिजाइनमा सुमन परियार, प्रोडक्सन हेड अरुण रेग्मी रहेका छन् । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ ।

हात्ती आक्रमणका पीडितलाई राहत तथा समस्याको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

शनिबार भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेका परिवारसँग भेट गर्दै मन्त्री गौतमले पीडित परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने बताइन् ।

आवश्यक प्रक्रिया पूरा गरी राहत रकम यही २५ गतेभित्र हस्तान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् । मन्त्री गौतमले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि सरकार गम्भीर रहेको भन्दै वन्यजन्तुको गतिविधि नियन्त्रण तथा निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग गरिने बताइन् ।

उनले निकुञ्ज आसपासका क्षेत्रमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढ्दै गएको उल्लेख गर्दै सुरक्षित र बलिया आवास निर्माण आवश्यक रहेको बताइन् । साथै, समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत बस्ती वा सुरक्षित संरचना निर्माणको योजनामा समेत जोड दिइन् ।