`

देउवा-कोइराला पक्षको बैठकमा को को भए सहभागी ? (सूचीसहित)

Nepal One HD १७ चैत २०८२ १४:३१
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले बोलाएको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक महाराजगन्जस्थित स्मार्ट होटलमा सुरु भएको छ। बैठकमा आधा दर्जन निवर्तमान पदाधिकारीसहित ६० भन्दा बढी केन्द्रीय सदस्य सहभागी छन्।

बैठक उपसभापतिमा निर्वाचित र गत असोज २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ।

निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार, महालक्ष्मी उपाध्याय ‘डिना’ पनि उपस्थित छन्। १४औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइरालासमेत बैठकमा सहभागी छन्।

त्यस्तै केन्द्रीय सदस्यहरू बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, एनपी साउद, श्यामकुमार घिमिरे, अम्बिका बस्नेत, ईश्वरीदेवी न्यौपाने, रमा कोइराला पौड्याल बैठकमा उपस्थित भएका छन् । विद्यादेवी तिमल्सिना, लक्ष्मी खतिवडा, सरस्वती बजिमय, मानबहादुर विश्वकर्मा, राजीवविक्रम शाह, मानबहादुर नेपाली, ध्यानगोविन्द रञ्जित, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत, जीतजंग बस्नेत, मीन विश्वकर्मा समेत सहभागी छन् ।

डा. मिनेन्द्र रिजाल, पदमनारायण चौधरी, मदन अमात्य, सिता गुरुङ, भीम पराजुली, सरस्वती अर्याल तिवारी, महिन्द्र लिम्बु, दिपक गिरी, गेहेन्द्र गिरी पनि उपस्थित भइसकेका छन् । रामहरि खतिवडा, शिव हुमागाई, उमेशजंग रायमाझी, दिलेन्द्र बडू, सुजाता परियार, हरिशंकर परियार, गुरु बराल, शान्ति परियार बिक, सिता राना र वीरबहादुर बलायर उपस्थित भएका छन् ।

बलायर पार्टीका सुदूरपश्चिम प्रदेश सभापति हुन् । उनी केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुन्छन् । त्यस्तै कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि उपस्थित रहेका छन् ।

त्यस्तै यता केन्द्रीय सदस्यहरू कुन्दन काफ्ले, पुष्प पराजुली, अर्जुनजंगबहादुर सिंह, राधा घले, डा. रणबहादुर रावल, गणेश लामा, कल्याणी रिजाल, किरण पौडेल, प्रदीप सुनुवार, गोविन्द भट्टराई, आशा बिक, शारदा पौडेल, जीवन राना र सुशीला मिश्र पनि बैठकमा उपस्थित भइसकेका छन् ।

निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाका अनुसार  बैठक सुरु भइसकेको र नेताहरू आउने क्रम अझै जारी रहेको छ।

तस्वीरहरु :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *