`

ओपन माइकमा सी र पुटिनबीच: अमरत्वबारे छलफल

Nepal One HD १९ भदौ २०८२ १४:०८
विश्व

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता बेइजिङको विशाल सैन्य परेड अघि कुराकानी गर्दा जीवन बढाउने अङ्ग प्रत्यारोपण र अमरत्वसम्बन्धी सम्भावनाबारे छलफल गरेका छन् ।

ऐतिहासिक तस्बिरहरूमा सीले हात मिलाउँदै र पुटिन तथा उत्तर कोरियाली नेता किम जोङ उनसँग कुरा गर्दै तियानानमेन स्क्वायरको रेड कार्पेटमा हिँडिरहेका देखिएका छन् । ति दृश्यहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागी एउटा चुनौतीको रूपमा लिन सकिन्छ।

“यी दिनहरू।।। ७० वर्ष पुरानो”, सीले म्यान्डारिनमा पुटिन र किमको छेउमा हिँड्दै भनेका छन् राज्य प्रसारणकर्ता सिसिटिभीको फुटेजले देखायो ।

सीका अनुवादकले पुटिनलाई आफ्नो टिप्पणी सुनाए । त्यसपछि रूसी भाषामा ताङ राजवंशको कविताको एउटा पङ्क्ति उद्धृत भयोः “विगतमा, कोही ७० वर्षभन्दा माथि हुनु दुर्लभ हुन्थ्यो र आजका दिनहरूमा तिनीहरू भन्छन् कि ७० वर्षको उमेरमा पनि कोही बच्चा हुँदैछ ।”

त्यसपछि पुटिनले हातले इशारा गर्दै सीतिर फर्किए, यद्यपि सिसिटिभी फिडमा सुन्न सकिँदैन ।

चिनियाँ अनुवादकले त्यसपछि पुटिनको टिप्पणी सीलाई रिले गरे ।

“।।। बायोटेक्नोलोजीको विकाससँग, मानव अङ्गहरू निरन्तर प्रत्यारोपण गर्न सकिन्छ, मानिसहरू उमेर बढ्दै जाँदा जवान हुन सक्छन्, र अमर पनि हुन सक्छन्”, अनुवादकका अनुसार पुटिनले भने ।

क्यामेरा कट भएपछि सीले फेरि म्यान्डारिनमा बोले, “भविष्यवाणीहरू छन्, यो शताब्दीमा, यो।।। एक सय ५० वर्षको उमेरसम्म बाँच्न सम्भव हुनसक्छ ।”
पुटिनले बुधबार पत्रकार सम्मेलनमा आदानप्रदानको पुष्टि गरे ।

“ओहो, मलाई लाग्छ हामी परेडमा जाँदै गर्दा राष्ट्रपतिले यस विषयमा कुरा गरेका थिए”, उनले सीलाई उद्धृत गर्दै पत्रकारहरूलाई भने, “आधुनिक माध्यमहरू–स्वास्थ्य सुधार र चिकित्सा प्रविधिहरू र त्यसपछि अङ्ग प्रतिस्थापनसँग सम्बन्धित सबै प्रकारका शल्यक्रियाले–मानवतालाई सक्रिय जीवन जारी राख्ने आशा दिन्छ जुन आज जस्तो छैन ।”

बहत्तर वर्षका दुवै चिनियाँ र रुसी नेताहरूले पदबाट हट्ने कुनै इच्छा व्यक्त गरेका छैन ।

सीका पूर्ववर्तीहरू जियाङ जेमिन र हु जिन्ताओले १० वर्षको कार्यकालपछि सत्ता त्यागेका थिए। तर सीले सन् २०१८ मा कार्यकालको सीमा समाप्त भए पनि सन् २०२३ मा तेस्रो कार्यकाल ग्रहण गर्दै चिनियाँ राष्ट्रपतिको रूपमा कार्यरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *