`

बालेन हटाउँदै सुकुम्बासी बस्ती, के रवि छातीमा गोली थाप्न तयार हो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले थापाथलीका सुकुम्बासी बस्ती शनिबार–आइतबारसम्ममा हटाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बोलाएर जसरी भए पनि सुकुम्बासी बस्ती खाली गर्न बुधबार निर्देशन दिएको खुलेको हो ।

काठमाडौंका प्रमुख हुँदा पनि त्यहाँको सुकुम्बासी बस्ती खाली गर्न पटकपटक डोजर पठाएका थिए । महानगर प्रहरी र सुकुम्बासीहरूबीच धक्कामुक्का भएको थियो । सुकुम्बासीहरूले टायर बालेर बालेनको विरोध गरेका थिए ।

हाल प्रधानमन्त्री रहेका उनले बुधबार भने सुकुम्बासी बस्तीलाई हटाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको खबरले हंगामा मच्चिएको छ ।

सुकुम्बासी बस्ती हटाउने उनको कदमका चौतर्फी आलोचना भएको छ । एमाले सचिव महेश बस्नेतदेखि जेन–जी अभियन्ता रक्षा बमलगायतले कडा शब्दमा बालेन सरकारप्रति प्रतिक्रिया जनाएका छन् । बालेन सरकारलाई ‘गरिबमारा’ भनेका छन् ।

जबकि, गत २१ फागुनमा भएको निर्वाचन अभियानका बेला भने बालेनले सुकुम्बासी बस्तीलाई बागमती नदीको बाढीले बगाउन सक्ने भन्दै जोगाउन खोजिएको रणनीतिक जवाफ दिएका थिए ।

उनका सभापति रवि लामिछानेले बालेन सरकार बन्दा सुकुम्बासी बस्तीमा डोजर नचल्ने र यदि चले आफू छाती थाप्न तयार हुने बताएका थिए ।

तर, सरकार गठन भएको एक महिना पनि नपुग्दै सुकुम्बासी बस्ती बल प्रयोग गरेर हटाउन बालेन कस्सिएका हुन् ।

मध्यमवर्गको समर्थन प्राप्त बालेन सरकारले गरिब, श्रमजीवी र मजदुरहरूमाथि अत्याचार गर्ने भन्दै तीब्र आलोचना भइरहेको छ ।

बालेनलाई एमाले सचिव महेशको प्रश्न- गरिब हटाउने कि गरिबी ?

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सुकुम्बासी बस्ती हटाउने बालेन सरकारको निर्णयको विरोध जनाएका छन्।

बस्नेतले सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गर्दै ‘गरिबविरोधी नीति’ को संज्ञा दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा प्रमुखलाई बोलाएर शनिबार-आइतबारभित्र अतिक्रमित बस्ती खाली गराउन निर्देशन दिएको विषय सार्वजनिक भएपछि बस्नेतले उक्त कदमको विरोध गरेका हुन्।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘सुकुम्बासीलाई लखेट्ने होइन, व्यवस्थित गर्ने हो। गरिबी हटाउने नाममा गरिबलाई नै समाप्त पार्ने नीति स्वीकार्य हुँदैन।’

बस्नेतले विगतमा रास्वपा सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिलाई स्मरण गराउँदै अहिलेको निर्णयसँग तुलना गरेका छन्। उनले उल्लेख गरेका छन्, ‘उनकै दलका सभापति रवि लामिछानेले सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु’ भनेर ठूलो भाषण दिनुहुन्थ्यो। आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त ?हिजो ‘डोजर आयो भने छाती थाप्छु’ भन्नेहरू आज किन मौन छन्? जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त?’

बस्नेतले सरकारका अन्य नीतिहरूको पनि आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायीमाथि डोजर चलाउने, भन्सारमा कडाइ गरेर गरिबको दाल-चामल खोस्ने, यो प्रगति होइन, गरिबमाथिको हमला हो।’

उनले थपेका छन्, ‘यस्ता जनविरोधी र गरिबमारा निर्णयले सरकारको असली चरित्र उजागर भएको छ। जनता चुप लागेर बस्ने छैनन्, धैर्यको सीमा हुन्छ।’

बस्नेतको यो अभिव्यक्तिपछि सुकुम्बासी व्यवस्थापनको विषय पुनः राजनीतिक बहसको केन्द्रमा आएको छ।

एकातर्फ सरकार शहरी व्यवस्थापन र कानुनी शासन कायम गर्ने दाबी गरिरहेको छ भने अर्कोतर्फ विपक्षी दलहरूले यसलाई जनविरोधी कदम भन्दै आलोचना तीव्र बनाएका छन्।

प्रफुल्लित हर्क साम्पाङ, ‘ह्याक’ भएको फेसबुक पेज पुनः नियन्त्रणमा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ आफ्नो फेसबुक पेज ‘हर्क साम्पाङ अ रिभोलुसन’ नियन्त्रणमा लिन सफल भएका छन् ।

उनको यो फेसबुक पेज केही दिनअघि ‘ह्याक्ड’ भएको थियो । उक्त पेज बिहीबार बिहानै नियन्त्रणमा लिन सफल भएपछि साम्पाङले प्रफुल्लित भएको झल्किने ‘इमोजी’ राखेका छन् ।

अर्को स्टाटसमा उनले ‘विरोधीहरूलाई हार्दिक धन्यवाद’ लेखेका छन् ।

१४ लाख फलोअर्स भएको साम्पाङको फेसबुक पेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई यलम्बर अन्तर्राष्ट्रिय विमानस्थल लेखेको केही घण्टामै ह्याक्ड भएको थियो ।

आफ्नो लाखौँ फलोअर्स भएको फेसबुक पेजमा नियन्त्रण गुमाएपछि सोही नामको अर्को पेज खोलेर आफ्ना धारणा राख्दै आएका थिए ।

खासगरी बालेन्द्र शाह (बालेन) सरकारले आफ्ना १२ वटा राष्ट्रिय प्रतिबद्धतामा गणतन्त्र स्थापनापछि नामकरण गरिएको पूर्व–पश्चिम राजमार्गलाई महेन्द्र राजमार्ग भनेर पुनःस्थापित गरेपछि प्रतिक्रियामा साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई यलम्बर अन्तर्राष्ट्रिय विमानस्थल लेखेका थिए ।

कतिपयले उनको विरोध गरेका थिए । त्यहीबीच उनले आफ्नो फेसबुक पेजमा नियन्त्रण गुमाएका थिए ।

 

पाँचथरमा ढुंगाले हानेर हत्या, एक जना पक्राउ

काठमाडौं । सामान्य विवाद हुँदा ढुंगाले हानेर पाँचथरमा एक जनाको हत्या भएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर–६ भारपाका ५२ वर्षीय धनप्रसाद यवाको हत्या भएको हो ।

हत्या आरोपमा सोही गाउँपालिकाको वडा नम्बर–७ भारपाकै ५४ वर्षीय हरिचन्द्र यक्पाहाङ्देनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी अनिशकुमार कर्णले यक्पाहाङ्देनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

‘सामान्य विवाद हुँदा ढुंगाले हानेर मारेको भन्ने छ र थप अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।

यक्पाहाङदेनलाई बिहीबार अदालतमा पेस गरेर म्याद थप अनुमति लिने तयारी प्रहरीको छ ।

तम्घासको फोहोर धमाधम बिक्री हुँदै, किलोको कति ?

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो ।

सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी रु १०, रेडबुलका बोतल प्रतिकेजी रु ८०, एचडिपी प्लास्टिक प्रतिकेजी रु आठ, पानीका बोतल प्रतिकेजी रु १०, फलाम प्रतिकेजी रु १५, सिसा प्रतिकेजी रु एक तथा टिन प्रतिकेजी रु पाँचमा बिक्री हुन थालेको हो । नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुङ्गा नगरपालिकाका–१, २, ७, ८, ९ र ४ को केही भागका एक हजार ७६५ घरबाट फोहोर सङ्कलन गर्छ ।

दुई वटा ट्याक्टर, दुई जना चालक र दुई जना सहचालक राखेको समितिले शनिबार बाहेक साताको छ दिन बजारबाट फोहोर उठाएर फोहोर फाल्ने ठाउँ ओख्रेनीमा फाल्ने गर्दछ । कुहिने र नकुहिने गरी भान्साको फोहोर दैनिक दुई टन सङ्कलन हुने समितिले जनाएको छ । उक्त फोहोर छुट्याउन बैंकले तीन जना मजदुर राखेको छ । उनीहरूलाई फोहोरको मात्राअनुसार बैंकले भुक्तानी गर्छ । एक महिनामा गुल्मीबाट चार ट्रक फोहोर बिक्रीबाट समितिले रु २० हजार आम्दानी गरेको अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए ।

कुन राशीको कस्तो फल ? हेर्नुहोस् आजको राशीफल

वि.सं.२०८३ साल वैशाख १० गते । बिहीबार । 

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

छोटो दूरीको रमाइलो यात्रा हुनेछ। अध्ययनका कारण पनि यात्रा पर्न सक्छ। लामो समयपछि आफन्त–मित्रसँग भेट हुँदा मन खुशी हुनेछ। खाद्यान्न, गरगहना वा निर्माण सामाग्री व्यापारबाट राम्रो धन लाभ प्राप्त हुनेछ। प्रेम सम्बन्धमा अनुकूलता रहनेछ, र जीवनसाथीको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ। बैंक, वित्तीय क्षेत्र वा शेयर बजारमा गरिएको लगानी लाभदायक हुनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

समयअनुसार सिर्जनात्मक विचार उत्पन्न हुने भएकाले धेरैको मन जित्न सकिनेछ। आफन्तसँग मिलेर सुरु गरिएको काम सफलतापूर्वक अघि बढ्नेछ, आर्थिक सुधार हुनेछ। प्रेम जीवनमा रोमाञ्च बढ्नेछ। गीत–संगीत तथा मोडलिङ क्षेत्रमा अपेक्षित आम्दानी हुनेछ। सबैको सहयोग पाउने भएकाले प्रतिष्ठित काम गर्ने अवसर बढ्नेछ। बोलचालसँग सम्बन्धित पेशा–व्यवसाय फस्टाएर जानेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

पुराना कामबाट लाभ पाउने समय आएको छ। व्यापार र शेयर बजारबाट राम्रो नाफा हुनेछ। समयको सदुपयोग गर्दै सृजनात्मक काम गरी सामाजिक प्रतिष्ठा बढाउन सकिनेछ। साथीहरूबाट सहयोग मिल्नेछ। प्रेम जीवनमा अनुकूलता रहँदा नयाँ प्रस्ताव पनि आउन सक्छ। विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति देखाउनेछन्।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

धार्मिक तथा सामाजिक कार्यमा व्यस्त रहने दिन। आम्दानीका स्रोत सक्रिय हुने भएकाले खर्च सहजै धान्न सकिनेछ र केही बचत पनि बन्नेछ। पढाइमा समय दिएमा राम्रो परिणाम हात लाग्नेछ। प्रेममा एकअर्कालाई बुझ्न केही समय लागे पनि सम्बन्ध मजबुत बन्छ। विदेश यात्रा वा विदेशमा बस्नेहरूका लागि समय प्रभावकारी छ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

पैतृक वा प्राकृतिक स्रोत–साधनको प्रयोगबाट आम्दानी वृद्धि हुनेछ। पारिवारिक इच्छा–आकांक्षा पूरा गर्न सकिनेछ। शिक्षा तथा शेयर बजारबाट लाभ प्राप्त हुनेछ। प्रेम सम्बन्ध बलियो बन्दै जानेछ, जीवनसाथीको सहयोगले काममा सफलता मिल्नेछ। राजनीति वा समाजसेवामा सक्रिय हुनेहरूको समय शुभ छ। खानपान र मनोरञ्जनमा समय बित्नेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

पढाइमा मन जानेछ, अध्ययनकै क्रममा यात्रा हुन सक्छ। राज्य संरचनाभित्र बसेर काम गर्ने अवसर आउनेछ। शुभचिन्तकको सल्लाह उपयोगी रहनेछ। व्यापार तथा शेयर बजारको लगानी भविष्यमा राम्रो आम्दानीका रूपमा फिर्ता हुनेछ। प्रेममा भावना साटासाट गर्न अनुकूल समय। नयाँ काम वा जागिरमा बढुवा पाउने सम्भावना छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

व्यापार तथा शेयर बजारमा गरिएको लगानी भविष्यमा राम्रो नाफा दिनेछ। अनुसन्धान तथा खोज क्षेत्रमा उत्कृष्ट प्रगति हुनेछ। विशिष्ट व्यक्तिसँग नजिकिन पाउने अवसर मिल्नेछ। प्रेमी–प्रेमिकाका लागि रमाइलो यात्राको योग छ। सामाजिक तथा परोपकारी काममा मन जानेछ, धार्मिक वा शैक्षिक यात्रा पनि हुन सक्छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

नसोचेको धन–सम्पत्ति प्राप्त हुने सम्भावना। आफन्त तथा दिदीबहिनीबाट आर्थिक सहयोग मिल्नेछ। खोजमूलक काममा रुचि बढ्नेछ, पुराना काम सम्पन्न हुनेछन्। पढाइ वा अन्य कामकै कारण देश–विदेश यात्रा हुन सक्छ। मन्दिर तथा धार्मिक स्थलको यात्रा शुभ रहनेछ। समाजसेवा तथा सकारात्मक कार्यबाट प्रतिष्ठा बढ्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

लगनशीलता र इमानदारिताले दैनिकीमा सुधार हुनेछ। अध्ययनमा सफलता मिल्नेछ। भौतिक सम्पत्ति वा सवारीसाधनको प्रयोगबाट आर्थिक लाभ हुनेछ। प्रेममा समीपता बढ्नेछ। खानपान, मनोरञ्जन तथा यात्रामा समय खर्च हुनेछ। व्यापारको लगानीबाट राम्रो आम्दानी हुनेछ, व्यापारकै क्रममा लामो यात्रा हुन सक्छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खू, खे, खो, गा, गी)

प्रतिस्पर्धामा जित प्राप्त हुनेछ। तपाईँका आलोचकहरू पछि हट्नेछन्। न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन्। पुराना ऋण तथा रोगहरूमाथि नियन्त्रण मिल्नेछ। अध्ययनमा अपेक्षाअनुसार सफलता प्राप्त हुनेछ। प्रेम जीवन अनुकूल। व्यापारमा गरिएको लगानीबाट भविष्यमा राम्रो नाफा हुनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

ज्ञान तथा बुद्धिमत्ताको सही प्रयोगले चुनौती हट्दै जानेछन्। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। मनपर्ने व्यक्तिबाट उपहार वा सम्पत्ति हात पर्न सक्छ। बैंक तथा वित्तीय पेसाबाट लाभ प्राप्त हुनेछ। सन्तानको सहयोगले काम सफल हुनेछ। शुभ–मंगलमय कार्यक्रममा सहभागिता र स्वादिलो भोजनको अवसर मिल्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

भौतिक सम्पत्ति वा सवारी साधन प्राप्त हुने योग। धार्मिक वा सामाजिक क्षेत्रमा राम्रो काम गर्न सकिनेछ, जसबाट सम्मान बढ्नेछ। आमाको सहयोग वा परिवारजनको साथले लक्ष्य हासिल गर्न सजिलो हुनेछ। अध्ययनमा प्रगति हुनेछ, पढाइकै कारण लामो यात्रा हुन सक्छ। नयाँ काम वा नोकरीमा राम्रो स्थानान्तरणको सम्भावना छ।

 

यस्तो छ आज डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११० रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४० रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५४ पैसा र बिक्रीदर २३ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९० रुपैयाँ ५९ पैसा तोकिएको छ  ।

गुफामा देवताहरू देखाएर बलात्कार, आरोपीद्वारा इन्कार !

काठमाडौं । गुफाभित्र देवीदेवताहरू देखाएपछि एक किशोरीलाई बलात्कार गरेको घटना एक महिनापछि बाहिरिएको छ ।

घटना रोल्पाको हो । गत वर्षको १० चैतमा परीक्षा दिएर घर फर्किँदै गरेकी ती किशोरीलाई एक किशोरले शिव गुफा घुम्न जाउँ भनेको र आफूले नमान्दा नमान्दै कर गरेर गुफामा लगेको बताएकी छन् ।

त्यसपछि त्यहाँ जाँदा गुफाभित्रका देवीदेउवताहरू देखाएको र केहीबेरमा डर त्रास देखाई बलात्कार गरेको भनेकी छन् ।

आफूले प्रतिकार गर्दै हारगुहार गरे पनि आरोपीले नसुनी बलातकार गरेको र घटनापछि कसैलाई जानकारी गराएमा मार्ने धम्की दिएको ती किशोरीको जाहेरीमा उल्लेख गरेकी छन् ।

ती किशोरले भने बलात्कार गरेको आरोप इन्कार गरेका छन् । उनले स्तन मात्रै चलाइदिएको प्रहरीसमक्ष बयान दिएका छन् ।

तर, उनीविरुद्ध प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय रोल्पाले जिल्ला अदालतमा बुधबार बलात्कारसम्बन्धी मुद्दाको आरोपपत्र दायर गरेको छ ।

बालेन सरकारको निर्णय ठाडै अवज्ञा

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको संघीय सकारले विद्यालय सञ्चालन र नयाँ शैक्षिक सत्र सञ्चालनबारे गरेको निर्णयलाई काठमाडौं उपत्यका मेयर्स फोरमले अस्वीकार गरेको छ ।

संघ सरकारको निर्णय संविधानप्रदत्त अधिकार प्रतिकूल भएको भन्दै कार्यान्वयन गर्न अस्वीकार गरेको हो ।

देशका विभिन्न स्थानीय तहले संघ सरकारको निर्णय धमाधम अवज्ञा गर्दै नयाँ शैक्षिक सत्र सञ्चालन गर्न विद्यार्थी भर्ना अभियानलगायतका गतिविधि थाल्दा सोही कित्तामा काठमाडौं उपत्यका मेयर्स फोरम उभिएको हो ।

फोरमका अध्यक्ष रहेका ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेनलाई नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को स्मरण गराएका छन् ।

बालेन नेतृत्वको केन्द्र सरकारको मन्त्रिपरिषद् बैठकले २०८३ सालको भर्ना अभियान वैशाख १५ गतेदेखि सुरु गर्ने र पठनपाठन वैशाख २१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

संविधानमा रहेको स्थानीय तहको अधिकार सूची र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आधारभूत तथा माध्यमिक शिक्षासम्बन्धी अधिकार स्थानीय तहमा निहित रहेको भन्दै फोरमले यस विषयमा बालेन सरकारको स्पष्टता आवश्यक रहेको जनाएको छ ।

फोरमले विद्यालय सञ्चालन, व्यवस्थापन, नियमन तथा अनुगमन गर्ने अधिकार स्थानीय तहकै भएको उल्लेख गर्दै शैक्षिक सत्र सुरु हुनुअघि आवश्यक तयारी पूरा नगरी हतारमा विद्यालय सञ्चालन गर्दा गुणस्तरमा असर पर्न सक्ने चेतावनी दिएको छ ।

यसका साथै हालको शैक्षिक तथा प्रशासनिक अवस्थालाई विश्लेषण गर्दै विद्यालय सञ्चालनका लागि पर्याप्त पूर्वाधार, शिक्षक व्यवस्थापन तथा विद्यार्थी भर्ना प्रक्रियामा समन्वय आवश्यक रहेको फोरमले जनाएको छ ।

फोरमले अभिभावक, शिक्षक संघ–संस्था, प्रिन्सिपल्स् एसोसिएसन अफ नेपाललगायत सरोकारवालासँगको छलफलबाट विद्यालय सञ्चालनबारे सुझाव संकलन गरेको जानकारी पनि दिएको छ ।

सुझावका आधारमा विद्यालय सञ्चालन गर्दा सिकाइ उपलब्धि, विद्यार्थीको हित तथा शैक्षिक गुणस्तरलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष फोरमले निकालेको छ ।

त्यसैगरी, फोरमले यस वर्ष विद्यालयहरूमा नयाँ भर्ना अभियान वैशाख ११ गतेदेखि सञ्चालन गर्न र वैशाख १५ गतेभित्र नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । यस निर्णयअनुसार उपत्यकाभित्रका सबै पालिकाहरूलाई समन्वय गरेर अघि बढ्न आग्रह गरिएको छ ।

सूचनामा वर्तमान इन्धन संकट तथा सम्भावित आपूर्तिजन्य समस्यालाई पनि ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । यस्तो अवस्थामा विद्यालय सञ्चालनमा अवरोध आउन सक्ने भन्दै वैकल्पिक उपायहरू, जस्तै अनलाइन कक्षा सञ्चालनको तयारी गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

शैक्षिक सत्रलाई व्यवस्थित, प्रभावकारी र विद्यार्थीमैत्री बनाउने उद्देश्यसहित यस्तो निर्णय गरिएको अध्यक्ष महर्जनले बताए ।

हात काटिएको अवस्थामा प्रहरी जवान फेला, बेहोस अवस्थामा उपचार हुँदै

काठमाडौं । प्रहरी जवान रोशन यादव हात काटिएको अवस्थामा फेला परेका छन् । उनको अवस्था बेहोस् छ ।

उद्धार गरेर उनलाई उपचारका लागि जनकपुर अस्पताल लगिएको छ ।

अहिले प्रहरीको रोहबरमा उनको उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

खाली गरिँदै सुकुम्बासी वस्ती

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार देशभरका अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउने निर्देशन सुरक्षा निकायका प्रमुखहरूलाई दिएका छन्।

आजदेखि गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका प्रधानमन्त्री शाहले साँझ सुरक्षा निकायका शीर्ष अधिकारीहरूसँगको बैठकमा तत्काल काठमाडौँ उपत्यकाबाट अभियान सुरू गर्न आदेश दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

मेयरका रूपमा कार्यरत हुँदाखेरी पनि शाहले काठमाडौँका सुकुम्बासी बस्ती हटाउने पहल गरेका थिए। तर त्यतिबेला ती बस्तीका बासिन्दाले गरेको कडा प्रतिरोधका कारण अभियान सफल हुन सकेको थिएन।

तीन दिदीबहिनीसँगै ४ जना पक्राउ, यस्तो छ कारण

कपिलवस्तु। अवैध लागूऔषध चरेससहित तीन दिदीबहिनी र एक पुरुष गरी चार जना पक्राउ परेका छन्।

सीमावर्ती बजार कृष्णनगर बसपार्कबाट बागलुङ निसीखोला गाउँपालिका-६ की ३७ वर्षीया मनीषा घर्तीमगर, ३७ वर्षीया दिलकुमारी घर्तीमगर र रुकुमपूर्व भूमे गाउँपालिका-१ की ४० वर्षीया दिलकुमारी घर्तीमगरको साथबाट १४ केजी ४२७ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए। यी तीनै जना एउटै आमाबुवाका छोरीसमेत भएको प्रहरीले पुष्टि गरेको छ।

तीन महिलासँगै रहेका बागलुङ निसीखोला-६ का ३४ वर्षीय नकुल घर्तीमगर पनि पक्राउ परेका छन्। उनको साथबाट कुनै सामग्री नसमातिए पनि घटनास्थलमा उनीहरूकै साथमा भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ करिब ७ बजेतिर भारततर्फ जाँदै गर्दा कृष्णनगर बसपार्क नजिकै उनीहरू सीमाबाट करिब २०० मिटर दूरीमै पक्राउ परेका हुन्। गर्मी बढेकाले चरेसको गन्ध बाहिर आएको शंका लागेपछि प्रहरीको चेकजाँचमा ठूलो परिमाणमा चरेस फेला परेको हो। पक्राउ परेकाहरूलाई बुधबार अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

राजीनामा दिए लगत्तै रवि भेट्न पुगे सुधन

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएपछि सुधन गुरुङ मन्त्रालयबाट निस्कनासाथै रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनको निवास पुगेका छन्।

रास्वपा स्रोतअनुसार लामिछानेले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी गुरुङलाई मन्त्री पदबाट हटाउन पार्टीको औपचारिक निर्देशन पत्र बुझाएका थिए। तर प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्ने निर्णय नगरी गुरुङलाई बोलाएर राजीनामा दिन सुझाएको बताइन्छ।

लामिछानेको घरमा पुगेका गुरुङले आफूलाई हटाउन तयार गरिएको निर्देशन पत्रको आधार र कारणबारे कडा शैलीमा स्पष्टिकरण माग गरेको स्रोतले जनाएको छ।

फेरि सार्वजनिक सवारीको भाडा बढाउने सरकारको तयारी

काठमाडौँ । बजारमा महँगी निरन्तर बढिरहेकै समयमा सरकारले सार्वजनिक यातायातको भाडा फेरि समायोजन गर्ने तयारी थालेको छ। पछिल्ला केही महिनामा डिजेलको मूल्य करिब ५५ रुपैयाँ प्रतिलिटरले उक्लिँदा पनि भाडा समायोजन नगरेको व्यवसायीहरूको लगातार गुनासोपछि सरकार सक्रिय बनेको हो।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश रूटमा चल्ने बस तथा मालवाहक सवारी साधनको भाडा बढाउने प्रस्ताव तयार पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अन्तिम निर्णयका लागि पठाइसकेको छ।

विभागको नयाँ प्रस्तावअनुसार यात्रुवाहक बसको भाडा ९.८ प्रतिशत र मालढुवानी गर्ने ट्रक तथा अन्य सवारीको भाडा अधिकतम १३ प्रतिशतसम्म बढाउन सिफारिस गरिएको छ। मन्त्रालयले आवश्यक ठानेमा यस दरमा केही परिमार्जन गर्न सक्ने उल्लेख गरिएको छ।

थुरुरु पार्ने गृहमन्त्री सुधन गुरुङ राजीनामा दिएर लुरुलुरु

काठमाडौं । फिल्मी शैलीमा ‘राजनीतिक हिरो’ बनेका गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई राजीनामा थमाएर हिँडेका छन् । ज्वाला सङ्ग्रौलासहित केही रास्वपा सांसदले गृहमन्त्रीमा उनको पुनरावगमन हुने बताएका छन् । यो सम्भावना भने अत्यन्त न्यून छ ।

आरोपको छानबिन गर्न समिति गठन भएको भए र समितिले आरोपमा गुरुङलाई सफाई दिएको भए फेरि गृहमन्त्री हुन सक्थे । तर, प्रधानमन्त्री बालेन र उनको दल रास्वपाका सभापति रवि लामिछानेको दबाबमा राजीनामा दिएको हुनाले त्यो सम्भावना कमजोर बनेको हो ।

राजीनामा दिन सुधन बाध्य हुनुमा दुई कारण रह्यो । पहिलो– जेन–जी विद्रोह र २१ फागुनको जनादेश । दोस्रो– दीपक साहको श्रममन्त्रीबाट बहिर्गमन ।

गत वर्षको भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहको स्पष्ट जनादेश हो– सुशासन र पारदर्शीता । भ्रष्टाचार नियन्त्रण र नातावादको अन्त्य । यही एजेण्डाधारी दल रास्वपाले गत निर्वाचनमा अभूतपूर्व मतादेश पायो । त्यो मतादेश जेन–जी विद्रोहको जनादेशले सम्भव भयो ।

सोही जनादेशको जगमा गत वर्षको १३ चैतमा बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बन्यो । बालेन सरकारको सुरक्षा मामिला प्रमुखको रूपमा सुधन गृहमन्त्री बने । जेन–जी विद्रोहअघि अत्तोपत्तो नभएका र विद्रोहमा पानी बाँड्ने भूमिकामा देखिएका गुरुङ यति शक्तिशाली मन्त्री बन्नु नै फिल्मी शैलीको राजनीतिक दृश्य थियो ।

अन्ततः सोही दिन साँझ बसेको मन्त्रिपरिषद् बैठकले ‘बोल्ड’ निर्णय लियो । हाइप्रोफाइल व्यक्तिहरूलाई पक्राउ गर्ने । निशानामा परे– जेन–जी विद्रोहको बेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रहेका रमेश लेखक । भुइँमा उज्यालो राम्ररी नखस्दै ‘आयो गोर्खाली’ भन्दै हाइप्रोफाइल नेताहरूलाई ‘कर्‍यापझ्याप’ पारेपछि उनी लेख्थे– गुड मर्निङ नेपाल । नेता र व्यवसायी पक्राउको शृङ्खला लामै गयो । उनले ११ जनासम्म काउन्टडाउन गरे ।

उनको हाइहाइ भयो । कर्मचारीतन्त्र थर्कमान भयो । सुरक्षा निकायका अधिकारीहरू हायलकायल भए । ३५ वर्षसम्म पालैपालो सत्तामा रहेका कांग्रेस, एमाले र हालको नेकपाका भ्रष्टाचार आरोपी नेताहरू थरथर नै भए । काम नगर्ने ठेकेदारहरूले झस्किए । आक्रमक पक्राउ अभियानलाई सुशासन र भ्रष्टाचार नियन्त्रणको कदमको रूपमा व्याख्या गरियो ।

तर, जतिबेला उनले चढेको रातो गाडी व्यापारीको भन्ने फेला पर्‍यो । पोखराको फेवाताल अतिक्रमण गरेर बनाएका संरचना उनको पनि भएको खुल्यो । अझ जग्गाधनीलाई भाडा नदिएको सार्वजनिक भयो । आलोचित हुन थाले । सम्पत्ति विवरण त चकित पार्नेगरीको आयो । बालेन सरकारका सबैभन्दा धनी मन्त्री भए ।

स्वयंसेवी भनिएको संदिग्ध ‘हामी नेपाल’ संस्था चलाएका उनको सम्पत्तिको स्रोत प्रष्ट थिएन । त्यो अपारदर्शी थियो । जुन जेन–जी विद्रोह र चुनावको जनादेशविपरीत थियो ।

रास्वपा र गृहमन्त्री गुरुङमाथि प्रश्न उठ्यो । यसबीचमा उनले दुई बीमा कम्पनीमा ५० लाख बढीको शेयर लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख नगरेको प्रमाण सार्वजनिक भयो । शेयर लुकाएको देखियो ।

धनकुटाको साँगुरगढी गाउँपालिकामा पर्ने भेडेटार क्षेत्रमा पनि जग्गा किनेको प्रमाण बाहिरियो । त्यो पनि सम्पत्ति विवरणमा थिएन । गृहमन्त्री गुरुङ पूरापूर अपारदर्शी देखिए । पार्टीभित्र र बाहिरबाट आलोचनाको ग्राफ बढ्यो ।

कांग्रेस, एमाले, श्रम संस्कृति पार्टीले राजीनामा मागे । सामाजिक सञ्जालबाट दबाब बढेको बढेकै भयो । रास्वपाका सभापति लामिछानेदेखि सांसदहरू बोल्न सक्ने नै भएनन् । पार्टी सार्वजनिक छविमा प्रश्न उठ्यो ।

यसबीचमा गृहमन्त्री गुरुङले बूढानीलकण्ठ–सिंहदरबार कुदामारी गरिरहे । उठेका प्रश्नमा स्पष्टीकरण दिए । तर, चित्तबुझ्दो थिएन । यसपछि झनै राजीनाको दबाब बढ्यो । यद्यपि, मंगलबार साँझदेखि राति अबेरसम्म थप हाइप्रोफाइल नेताहरूलाई पक्राउ गर्ने तयारकिा लागि मन्त्रालयमै बैठक बसे ।

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, गृहसचिव र काठमाडौंका सीडीओ थिए । तर, उनले आफू गृहमन्त्रीबाट नहट्ने भन्दै थप पक्राउ रणनीति बनाएका थिए । राति बैठकबाट निस्किँदा प्रफुल्लित थिए । बुधबार बिहानसम्म केही हाइप्रोफाइल पक्राउ पर्ने कतिपयको अड्कल थियो । तर, बुधबार दिउँसो उनको राजीनामा आयो । पारदर्शीताको प्रश्नसामु उनी झुक्नुपर्‍यो ।

उनी राजीनामा दिन बाध्य हुनुमा अर्को कारण भनेको दीपक साह नातावादको आरोप लागे लगत्तै श्रममन्त्रीबाट हटाइनु हो । बालेन र रविले स्पष्टीकरणको मौकासमेत उनलाई दिएनन् । एकै झट्कामा उनको मन्त्री पद चट् भयो । राइट टु रिकल नीतिअनुसार उनी फिर्ता बोलाइए ।

तर, गृहमन्त्री गुरुङविरुद्ध साहलाई जस्तो तत्काल फिर्ता बोलाइएन । त्यो हिम्मत रवि–बालेनले गरेनन् । बाह्य दबाब थेग्न नसकेपछि मार्ग प्रशस्त गर्न सुझाए । यस्तोमा गुरुङलाई राजीनामा दिन कर लाग्यो ।

प्रधानमन्त्री बालेन सरकार गठन भएको एक महिना नबित्दै आफ्ना दुई मन्त्री गम्भीर विवादमा फसेर सत्ताबाट बहिगर्मनमा परेपछि नैतिक संकटमा फसेका छन् । विगतमा अरुप्रति ठढ्याउने औँला आफैंतिर सोझिएको छ । यसले बालेन सरकार थप अप्ठेरोमा परेको छ ।

कसुर नठहरिने प्रसूति हिंसाको तथ्यांक डरलाग्दो

काठमाडौं। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक प्रसूति सेवाको व्यवस्था गरेको भए पनि गर्भावस्थाका महिलाहरु दुर्व्यवहार र हिंसाको शिकार बन्नु परेको एक अध्ययनले देखाएको छ ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले गरेकाे ‘नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तर महिलाहरुले भोगेका दुर्व्यवहार, हिंसा र अधिकार उल्लंघनसम्बन्धी तथ्य अन्वेषण अध्ययन’मा यस्तो देखिएको हो ।

एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठले प्रस्तुत गरेको तथ्य अन्वेषण अध्ययनमा गर्भवती, प्रसव र प्रसवोत्तर अवस्थाका एकतिहाइ भन्दा बढी महिलाहरुले हिंसा भोग्नुपरेको बताइएको छ । धेरैजसो गृहणी हिंसाको शिकार बनेको, परिवारका सदस्य, नातेदार, छिमेकी र श्रीमान् पीडक भएको, उल्लेख्यमात्रामा सेवा प्रदायकले पनि हिंसा गरेको पाइएको छ ।

यसैगरी भावनात्मक हिंसा, शारीरिक हिंसा र यौंन हिंसाहरुमध्ये भावनात्मक हिंसा एकतिहाइभन्दा बढी हुने गरेको पाइएको छ भने ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका महिलामा बढी हिंसा भएको, मधेशका गर्भवती महिला र सुदूरपश्चिमका प्रसव र प्रसवोत्तरका महिलाहरुले बढी भावनात्मक हिंसा भोग्नुपरेको तथ्य अन्वेषणले देखाउँछ ।

नेपालमा गर्भावस्था, प्रसव र सुत्केरी अवस्थामा महिलाहरुले भोग्नु परेका विभिन्न प्रकारका दुर्व्यवहार, हिंसा र अधिकार उल्लंघनहरुको प्रकृति पहिचान र विस्तृत रुपमा दस्तावेजीकरण गर्न र गर्भधारण, प्रसव र सुत्केरी अवस्थामा आत्मसम्मानपूर्वक उपभोग गर्न पाउने अवस्थाको सिर्जना गर्न कानुन तथा नीति, योजना र कार्यक्रमलाई सुधार र परिमार्जन गर्न सहयोग पुर्‍याउने उद्देश्यले तथ्य अन्वेषण गरिएको एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठको भनाइ छ ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा बसोबास गर्ने ५६० गर्भवती, ५६० प्रसव र ५६० प्रसवोत्तरका १ हजार ६ सय ८० महिलामा तथ्य अन्वेषण गरिएको थियो ।

प्रस्तोता अधिवक्ता श्रेष्ठका अनुसार ७ वटा प्रदेशका १४ जिल्लाका २८ वटा पालिकामा अध्ययन गरिएको थियो । प्रत्येक पालिकाबाट ६० महिला (२० गर्भवती, ४२ दिनभित्रका २० सुत्केरी र ३ महिनाभित्रका २० सुत्केरी) महिलालाई अध्ययनमा संलग्न गराइएको थियो ।

३८ दशमलब ४ प्रतिशत गर्भवती, ३७ दशमलब ९ प्रतिशत प्रसव र ३५ दशमबल ९ प्रतिशत महिलाले हिंसा भोग्नु परेको तथ्यांकले देखाउँछ । यसैगरी ३० दशमलब ७ प्रतिशत गर्भवती, ३२ दशमलब ७ प्रतिशत प्रसव र ३० प्रतिशत प्रसवोत्तर महिलाले भावनात्मक हिंसा भोग्नु परेको थियो ।

यस्तै ४ दशमलब ५ प्रतिशत गर्भवती, ३ दशमलब २ प्रतिशत प्रसव र ४ दशमलब ५ प्रतिशत प्रसवोत्तर महिलाले शारीरिक हिंसा र १६ दशमलब १ प्रतिशत गर्भवती, ९ दशमलब ५ प्रतिशत प्रसव र १६ दशमलब ४ प्रतिशत प्रसवोत्तर महिलाले यौन हिंसा भोग्नु परेको तथ्यांकमा देखाइएको छ ।

गर्भवती, प्रसव र प्रसवोत्तर हिंसा गर्नेमा परिवारका सदस्य र नातेदार सबैभन्दा अगाडि देखिन्छन् । ६० प्रतिशत गर्भवती, ६४ दशमलब ४ प्रतिशत प्रसव र ७१ प्रतिशत प्रसवोत्तर महिलामाथि परिवारका सदस्य र नातेदारबाट हिंसा हुने गरेको पाइएको छ । यसैगरी ५२ दशमलब १ प्रतिशत गर्भवती, ४४ दशमलब ९ प्रतिशत प्रसव र ४७ दशमलब ४७ दशमलब ८ प्रतिशत प्रसवोत्तर महिलामाथि श्रीमानले हिंसा गरेको पाइयो ।
यसैगरी २६ प्रतिशत गर्भवती, २२ दशमलब ७ प्रतिशत प्रसव र १३ दशमबल ४ प्रतिशत प्रसवोत्तर महिलामाथि सेवा प्रदायकबाट हिंसा हुने गरेको तथ्यांकले देखाउँछ ।
कोशी प्रदेशको संखुवासभा र मोरङ, मधेश प्रदेशको सिराहा र धनुषा, बागमति प्रदेशको काठमाडौं र मकवानपुर, गण्डकी प्रदेशको लमजुङ र कास्की, लुम्बिनी प्रदेशको कपिलवस्तु र दाङ, कर्णाली प्रदेशको मुगु र सुर्खेत र सुदुरपश्चिमको कैलाली र डडेल्धुरा जिल्लाको पालिकालाई अध्ययन क्षेत्र बनाइएको थियो ।

अध्ययन अघि नेपाल हेल्थ रिसर्च काउन्सिलबाट अनुमति लिइएको थियो । त्यसपछि ह्वाइट रिबन एलाइन्सको मान्यताअनुरुप सम्मानजनक मातृत्व हेरचाहका सात सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर प्रश्नावली तयार पारिएको थियो । अधिवक्ता श्रेष्ठका अनुसार तालिमप्राप्त जनशक्तिमार्फत् अध्ययन कार्य सम्पन्न गरिएको हो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ दफा ६ (२) ले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाले सम्मानजक प्रसूति सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । तर, एफडब्लुएलडीले सार्वजनिक गरेको पछिल्लो तथ्य अन्वेषणले गर्भावस्था, प्रसव र प्रसवोत्तरमा ठूलो संख्या महिलाहरु दुर्व्यवहार र हिंसाका शिकार भएको देखाउँछ ।

यो दुर्व्यवहार र हिंसालाई राज्यले कसुर नदेख्नु दुर्भाग्य भएको एफडब्लुएलडीकी अधिवक्ता राेजिना श्रेष्ठले सञ्चालन गरेको छलफल कार्यक्रममा बताइयो ।

अनुहारमा मुस्कान राखेर कार्यालयबाट निस्किए सुधन गुरुङ (भिडियो)

काठमाडौं।  गृहमन्त्री सुधन गुरुङ राजीनामा लगत्तै बुधबार अनुहारमा मुस्कान राखेर गृह मन्त्रालयबाट बिदा भएका छन्।उनी कर्मचारीहरूसँग संक्षिप्त छलफल गर्दै बिदा भएका हुन्।

विवादित व्यापारी दीपक भट्टसँग उनको कनेक्सन देखिएर विवादमा तानिएसँगै उनी राजीनामा दिन बाध्य भएका हुन् ।

नेकपा र एमालेले यसरी मनाए पार्टी स्थापना दिवस (तस्बिरहरु)

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले छुट्टाछुट्टै कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाएका छन्। 

७७ वर्ष अगाडी स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सम्झनामा कम्युनिष्ट पार्टीहरुले प्रत्येक वर्ष वैशाक ९ मा स्थापना दीवस मनाउदै आइरहेका छन्। 

विद्यार्थीको सिंहदरबार घेराउ र राँके जुलुसअघि टिक्न सकेनन् गुरुङ

काडमाडौं। विद्यार्थी संगठनलाई चलाउनुको परिणाम स्वरुप  सुधन गुरुङले गृहमन्त्री पदबाट राजिनामा दिनुपरेको भन्दै अहिले सार्वजानिक वृत्तमा बहस सुरु भएको छ।  मंगलबार विद्यार्थी संगठन उर्लेपछि बुधबार गुरुङको एकाएक राजिनामा आएको हो।

चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले १०० वटा कामको सूची स्वीकृत गरेको थियो। उक्त सूचीमा सरकारले ६० दिन भित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यक्रम पनि समावेश थियो। 

बालेन नेतृत्वको सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यसूची सार्वजनिक गर्‍यो। 

सरकारले यस्ता दलीय संगठनको वैकल्पिक प्रारूपको रूपमा ९० दिन भित्र गैरदलीय ‘विद्यार्थी काउन्सिल’ वा ‘स्टुडेन्ट भ्वाइस’ जस्ता वैकल्पिक संरचना स्थापना गर्ने योजना बनाएको छ।   

सामाजिक सञ्जालहरूमा धेरैजसो नागरिकले यस कदमलाई स्वागत गरे तापनि विद्यार्थी संगठनहरूले भने असहमति जनाएका छन् । नेविसंघका निवर्तमान अध्यक्ष दुजाङ शेर्पाले आगोको गोलामा हात नहाल्नू, ‘ज्वालाले भष्म बनाउन सक्छ ।’ भनेर चेतावनी दिए। 

एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीले पनि सरकारी निर्णयको विरोध गरे । तर सरकारले भने शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु आवश्यक रहेको तर्क गरेको छ । 

नभन्दै सरकारले आफै भष्मासुर हुने काम गर्यो ।  र तत्काल उक्त निर्णय कार्यान्वयन गर्न बालेनले विश्वविद्यालयका  उपकुलपतिहरुको भेला गरे। 

त्यसपश्चात विद्यार्थीहरु सडकमा उत्रिए । विद्यार्थी मात्र हैन सरोकारवाला सबैले सरकारको उक्त निर्णय फिर्ता गर्न माग गरे ।

बालेन-सुधनको बिरोधमा सडक आन्दोलन, राँके जुलुस लगायतका विभिन्न कार्यक्रमपनि तिव्र भयो। सडक देखि सदनसम्म सरकारको उक्त निर्णय फिर्ता गर्न माग भयो।

तथापि सरकारले अटेर गरेपछि  मंगलबार संयुक्त विधार्थी संगठन र स्वतन्त्र विधार्थी युनियन रत्न राज्यलाक्क्ष्मी क्याम्पस (आरआर) ले प्रदर्शनी मार्गमा राँके जुलुस निकाले।

प्रधानमन्त्री शाहले सरकारको विधार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध संयुक्त प्रदर्शन गरे ।

विधार्थी आन्दोलन जिन्दावाद, विधार्थी संगठन खारेज गर्न पाइदैन जस्ता नारासहित जुलुस निकालेका उनीहरुले तत्कालिन गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहको राजिनामा माग गरे।  सरकारले आफ्नो निर्णय फिर्ता नलिए आन्दोलन झनै चर्काउने चेतावनी दिए।

बन्धुकधारीहरुलाई हेल्मेट हालेर विश्वविद्यालयको गेटमा गेटमा पठाएर विचार मार्न खोजेको आरोप लगाए। सरकारलाई लिपुलेक र कालापानीमा जनताले सास्ती भोगिरहेको भन्दै त्यस ठाउँमा बर्दीधारी पठाउन चुनौती समेत दिए।

सम्पूर्ण विद्यार्थी साथीधरुलाई न्यायकालागि आवाज उठाउन समेत समेत गरे।

त्यस्तै,मंगलबार तत्कालिन गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबारभित्रै प्रदर्शन गर्यो । नेविसंघले सिंहदरबारभित्र प्रधानमन्त्रीको कार्यालयअगाडि प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग्यो। नत्र सिंहदरबार नै घेराउ गर्ने चेतावनी दियो।

उक्त प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य ईं. भुवन भट्ट, विद्यार्थी नेताहरू कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल वि.सी. लगायत पक्राउ परे । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका नेताहरूलाई पक्राउ गरेकोप्रति आपत्ति जनायो।

विद्यार्थी,दल र नागरिक समाजको चोर औंलो अहिले बालेन सरकार तर्फ सोझियो । जोसिएर आएको सरकारले सबै अन्धाधुन्द प्रतिसोधको डण्डा चलाउन लागेको संकेत प्रारम्भ देखि नै देखिन थालेको टिकाटिप्पणी हुन् थाल्यो ।

दलहरु पनि खरो रुपमा सरकार विरुद्व उत्रे। असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको शैली लोकतान्त्रिक  मान्यता एवं संविधानको मर्म विपरीत रहेको कांग्रेसले ठहर गर्यो।

यस्तै,नेकपा एमालेले सरकारको उक्त निर्णयको विराेध बिरोध गर्यो। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठन खारेज गर्ने निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराए।

अन्तत: बुधबार गुरुङलेबाट राजीनामा दिए।  प्रधानमन्त्री शाहलाई गुरुङ्ले राजीनामा बुझाए ।विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनले संलग्न रहेको कम्पनीमा गुरुङकै सेयर रहेको तथ्य सार्वजनिक भएपछि गुरुङले राजीनामा दिएका हुन्।

यद्यपि,विद्यार्थी संगठनले विरोधमा सिंहदरबा घेराउ गरेपछि र राँके जुलुसले सडक तताएपछि बालेन गुरुङलाई पदबाट हटाउन बाध्य भएको स्रोतले जनाएको छ।

जनताले चुनेर पठाएको सरकारले जनामर्म अनुरुप काम नगरे प्रधानमन्त्री शाहले पनि गृहमन्त्री गुरुङले झैँ राजीनामा दिनुपर्ने दिन नआउला भन्न नसकिने विश्लेषकहरु बताउँछन्।

मन्त्रालयबाट यसरी बिदा भए सुधन (तस्बिरहरु)

काठमाडौं । राजीनामा दिएर मन्त्रालयबाट यसरी बिदा भए भूतपूर्व गृहमन्त्री सुधन गुरुङ बाहिरिएका छन्। 

विवादित व्यावसायी दीपक भट्टसँगको सेयर साझेदारीमा विवादित बनेपछि उनले बुधबार दिउसो राजीनामा दिएका थिए।

 

ओलीको दुत बनेर बादलको गर्जन : ‘एकताबद्ध बनौँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले पार्टीका लागि फागुन २१ को निर्वाचन परिणाम अस्वाभाविक रूपमा प्रतिकूल रहेको बताएका छन्।

पार्टी स्थापना दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रममा स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’मार्फत उनले सन्देश पठाएका हुन्।

ओलीले सन्देशमा भनेका छन्, ‘देशभक्त शक्तिहरूका लागि हाम्रो इतिहासका कतिपय कालखण्ड यस्तै प्रतिकूलताका रहेका छन्, एमालेले त्यसलाई झेलेर यहाँसम्म आएको हो।आज हामीले व्यहोर्नुपरेको असफलताका विषयमा समग्र पार्टीभित्र गम्भीर समीक्षा गर्दै फेरि यस आन्दोलनलाई सफलताको उचाइमा पुर्‍याउनुपर्ने छ। यसका लागि हामी सबै एकताबद्ध हुनु जरुरी छ।’

उनले पार्टीको जीवनमा पटक-पटक चुनौती आएको उल्लेख गर्दै ‘जबज’ (जनताको बहुदलीय जनवाद) लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा लिएको बताए। देशलाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्यप्रति पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘पार्टीले आफ्नो उद्देश्यको झन्डालाई झुक्न दिएन, आफ्नो गन्तव्य बदलेन र समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प कहिल्यै छोडेन। आजको समयका चुनौतीलाई हामीले पार्टीलाई एकताबद्ध बनाएर सामना गर्नुपर्ने छ। त्यसका लागि हामी सबैले प्रण गरौँ।’

सुधनको राजीनामा : सेलिब्रेटीहरूले मच्चाए हंगामा

काठमाडौं।  गृहमन्त्री सुदन गुरुङको राजीनामापछि नेपाली मनोरञ्जन क्षेत्रका सेलिब्रेटीहरूले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । यस क्रममा अभिनेत्री वर्षा राउतको एउटा व्यङ्ग्यात्मक पोस्ट विशेष चर्चामा आएको छ ।

राउतले आफ्नो नयाँ फिल्म ‘मालती मंगले’ का अभिनेता विजय बराललाई संकेत गर्दै राजनीतिक शैलीको व्यङ्ग्य प्रस्तुत गरेकी हुन् ।

उनले लेखेकी छिन्,‘दूर-दूरसम्म सम्बन्ध रहेकै आधारमा यसरी मान्छे फस्दै जाने हो भने, जुन हिसाबले विजय बरालले चाउचाउ खान्छन्, कि त कारबाही हुनुपर्यो कि त नैतिकताका आधारमा चाउचाउ खान छोड्नु पर्छ ।’

उनको यो स्टाटसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हल्का-फुल्का राजनीतिक व्यङ्ग्यका रूपमा लिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई जोडेर गरिएको यो टिप्पणीले हास्य र व्यङ्ग्यको शैलीमा सार्वजनिक बहस प्रस्तुत गरेको देखिन्छ ।

यसअघि पनि गृहमन्त्री सुदन गुरुङको राजीनामापछि अभिनेता तथा निर्देशक आशिफ शाह लगायत विभिन्न कलाकारहरूले सुशासन र जवाफदेहिताबारे आफ्ना विचार सार्वजनिक गरेका थिए ।

सेलिब्रेटीहरूको यस्ता अभिव्यक्तिहरूले पछिल्ला राजनीतिक घटनाक्रमलाई जनस्तरमा फरक ढङ्गले प्रस्तुत गर्दै सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरिरहेको देखिन्छ ।

यस्तै,नायिका प्रियंका कार्कीले गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङ झन् बलियो भएर फर्किने विश्वास व्यक्त गरेकी छन् ।

कार्कीले गुरुङको राजीनामापछि सामाजिक सञ्जालमार्फत् उनको पक्षमा ऐक्यबद्धता जनाउँदै कहिलेकाहीँ सबैभन्दा बलिया मानिसहरूले नै जीवनमा सबैभन्दा कठिन परीक्षा दिनुपर्ने उल्लेख गरेकी छन् ।

उनले गुरुङमाथि ‘मिडिया ट्रायल’ भएको टिप्पणी समेत गरेकी छन् । उनले नेपालले अझै सुधन गुरुङभित्रको शक्ति, भिजन  र सम्भावनाको पूर्ण उचाइ देख्न बाँकी रहेको पनि उल्लेख गरेकी छन् ।

ट्रम्पले दिए धम्की : अमेरिका-इरान तनाव पुनः चर्कियो

एजेन्सी। डोनाल्ड ट्रम्प ले युद्धविराम विस्तारको घोषणा लगत्तै ट्रुथ सोसलमार्फत इरानप्रति कडा चेतावनी दिएका छन्, जसले अमेरिका-इरान सम्बन्धमा नयाँ तनाव थपिएको छ।

ट्रम्पले आफ्नो पोस्टमा हर्मुज जलडमरूमध्य संकट, इरानी तेल ढुवानी र खाडी क्षेत्रमा अमेरिकी जलसैनिक नाकाबन्दीको सन्दर्भ उठाउँदै इरानले उक्त जलमार्ग बन्द गर्ने धम्की केवल ‘इज्जत जोगाउने प्रयास’ मात्र भएको दाबी गरेका छन्।

उनले इरानले अडान परिवर्तन नगरेसम्म कूटनीतिक सहमति सम्भव नरहेको उल्लेख गर्दै कडा चेतावनी दिएका छन्। ट्रम्पले इरानको आन्तरिक राजनीतिक अस्थिरता उल्लेख गर्दै युद्धविराम विस्तार गरिएको पनि बताएका छन्।

अमेरिकाले इरानी तेल निर्यात र समुद्री ढुवानीलाई लक्षित गर्दै दबाब बढाइरहेको बताइएको छ, जसका कारण अन्तर्राष्ट्रिय जलमार्गमा आवागमन प्रभावित भएको रिपोर्टहरूमा उल्लेख छ।

यता अब्बास अराक्ची ले अमेरिकी कदमलाई ‘युद्ध कार्य’ को संज्ञा दिँदै नाकाबन्दी जारी रहे हर्मुज जलडमरूमध्य बन्द गर्न सक्ने चेतावनी दिएका छन्। यो जलमार्ग विश्वको प्रमुख तेल आपूर्ति मार्गमध्ये एक भएकाले यसमा अवरोध आए विश्वव्यापी ऊर्जा संकट निम्तिन सक्ने विश्लेषण गरिएको छ।

यसबीच पाकिस्तान ले मध्यस्थकर्ताको भूमिका खेल्दै वार्ता अगाडि बढाउने प्रयास गरिरहेको छ। प्रधानमन्त्री शहबाज शरीफ ले युद्धविराम विस्तारको स्वागत गरेका छन्।

तर कूटनीतिक प्रयास जारी रहँदा पनि ट्रम्पले सैन्य विकल्प खुला रहेको संकेत दिएका छन्। उनले वार्ता असफल भएमा बल प्रयोग गर्न तयार रहेको अभिव्यक्ति दिएका छन्, जसले खाडी क्षेत्रमा सम्भावित द्वन्द्वको जोखिम अझै बढाएको छ।

‘बिचौलिया पक्राउ’

रौतहट। गौरस्थित यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौर नगरपालिका-५ दोस्तिया टोलका ४० वर्षीय लक्ष्मीकुमार केशरी रहेका छन्। उनलाई गौर नगरपालिका-३ स्थित यातायात व्यवस्था कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार केशरीले सेवाग्राहीलाई विभिन्न काम छिटो गरिदिने भन्दै अनावश्यक झन्झट दिने, हैरानी गर्ने तथा सेवाग्राहीका कागजात बोकेर विभिन्न फाँटमा जाने गरेका थिए। साथै, कार्यालय परिसरमै सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने भन्दै प्रलोभन देखाउने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालका अनुसार पक्राउ परेका केशरीमाथि थप अनुसन्धान अघि बढाइएको छ।

जब च्याटजीपीटी र जेमिनी बने ‘बिक्सोनिमेनिया’ को सिकार

काठमाडौं । एआईले मानिसले भनेका करीब ७६ प्रतिशत कुराहरुमा सहमति जनाउछ। आजका धेरै मानिसहरूबीच कृत्रिम बुद्धिमत्ता (एआई) ले कहिल्यै गल्ती गर्दैन भन्ने धारणा बलियो छ ।  तर सन् २०२४ मा गरिएको एउटा सानो वैज्ञानिक प्रयोगले यो विश्वास पूर्ण रूपमा गलत रहेको देखाएको छ । उक्त प्रयोगमा बिक्सोनिमेनिया नामको कुनै अस्तित्वमै नभएको रोगबारे नक्कली अनुसन्धानपत्र तयार पारेर इन्टरनेटमा राखिएको थियो ।

यस अनुसन्धानपत्रमा कम्प्युटरको अत्यधिक प्रयोगले आँखामा खतरनाक रोग लाग्ने दाबी गरिएको थियो । तर वास्तविकता भने फरक थियो। यो पूरा अनुसन्धान, लेखकहरूको नाम, उनीहरूको संस्था र आर्थिक स्रोत सबै नै बनावटी थिए । यति हुँदाहुँदै पनि च्याटजीपीटी र जेमिनी जस्ता उन्नत एआई प्रणालीहरूले यसलाई सत्य ठानेर प्रस्तुत गरे । उनीहरूले बिक्सोनिमेनिया लाई वास्तविक रोगजस्तै व्याख्या गर्न थाले, जसले गलत जानकारीलाई अझ विश्वसनीय बनायो ।

यो घटनाले देखाउँछ कि एआई प्रणालीहरू पनि गलत वा भ्रामक सूचनाबाट प्रभावित हुन सक्छन्, विशेषगरी जब त्यस्तो सूचना बाहिरबाट विश्वसनीय देखिन्छ । वास्तवमा एआईले आफूले सिकेको डाटाका आधारमा उत्तर दिन्छ, र यदि त्यो डाटामै त्रुटि छ भने परिणाम पनि गलत हुन सक्छ ।

यो समस्या एआईमा मात्र सीमित छैन । आजको समाजमा मानिसहरू पनि गलत जानकारीको शिकार भइरहेका छन् । मानिसको मानसिक प्रवृत्ति, पूर्वाग्रह, र अरूमा निर्भर भएर सूचना लिने बानीले यस्तो भ्रमलाई झन् बढावा दिन्छ । यही कारणले गलत सूचना तीव्र गतिमा फैलिन्छ र धेरैले त्यसलाई सत्य मान्न थाल्छन् ।

यस्तै विषयलाई उजागर गर्न हालै क्याम्ब्रिज फेस्टिभलमा एउटा रोचक प्रयोग गरिएको थियो । ‘द ट्रेटर्स’ भन्ने अवधारणामा आधारित कार्यक्रममा चार जना वक्ताहरूले आफ्नो अनुसन्धान प्रस्तुत गरे, जसमा केही जानकारी पूर्ण रूपमा गलत थियो । दर्शकहरूलाई कसले सत्य बोलेको र कसले झूट भनेको छुट्याउन लगाइयो । तर अधिकांश दर्शकहरू सही निर्णय गर्न असफल भए ।

यसबाट के देखियो भने मानिसहरू तथ्यभन्दा पनि प्रस्तुतिको शैली, भाषा, पहिरन, बोल्ने तरिका र व्यक्तिगत पृष्ठभूमिबाट बढी प्रभावित हुन्छन् । कतिपय अवस्थामा वास्तविक अनुसन्धानलाई गलत ठानियो भने झूटो जानकारी दिने व्यक्तिलाई बढी विश्वसनीय मानियो ।

विशेषज्ञहरूका अनुसार यस्तो अवस्थाबाट जोगिन प्राविधिक ज्ञान मात्र पर्याप्त हुँदैन । आलोचनात्मक सोच अझ आवश्यक हुन्छ । शिक्षा प्रणालीमा विज्ञान र गणितलाई प्राथमिकता दिइए पनि तार्किक विश्लेषण गर्ने क्षमतामा पर्याप्त ध्यान नदिँदा मानिसहरू सजिलै गलत सूचनाको जालमा फस्ने गरेका छन् ।

(तस्बिर : एआई)

एक जनालाई मृत्युदण्ड

काठमाडौं। इरान मा इजरायल का लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको छ।

इरानी न्यायपालिकाका अनुसार मेहदी फरीद नामक व्यक्तिले इजरायलको गुप्तचर एजेन्सी मोसादलाई देशका संवेदनशील विषयबारे जानकारी उपलब्ध गराएका थिए।

अदालतका अनुसार फरीद इरानको ‘प्यासिभ डिफेन्स कमिटी’ को व्यवस्थापन विभागमा कार्यरत थिए र इन्टरनेटमार्फत इजरायलसँग सम्पर्क राख्दै आएका थिए।

यता मानव अधिकारसम्बन्धी संगठन र सामाजिक कार्यकर्ताहरूले बढ्दो मृत्युदण्डका घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। विशेषगरी अमेरिका, इजरायल र इरानबीच तनाव तथा युद्धको अवस्था बढेसँगै यस्ता घटनामा वृद्धि भएको बताइएको छ।

बीबीसी फारसी को रिपोर्टअनुसार युद्ध सुरु भएयता मृत्युदण्ड जासुसी आरोपमा सीमित नरही विरोध प्रदर्शनमा संलग्न व्यक्तिहरूमाथि पनि लागू गरिएको जनाइएको छ।

‘मिडिया ट्रायल’ भयो भन्दै सुधनको पक्षमा उभीईन प्रियंका कार्की

काठमाडौं। नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीले गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङ झन् बलियो भएर फर्किने विश्वास व्यक्त गरेकी छन् ।

कार्कीले गुरुङको राजीनामापछि सामाजिक सञ्जालमार्फत् उनको पक्षमा ऐक्यबद्धता जनाउँदै कहिलेकाहीँ सबैभन्दा बलिया मानिसहरूले नै जीवनमा सबैभन्दा कठिन परीक्षा दिनुपर्ने उल्लेख गरेकी छन् ।

उनले गुरुङमाथि ‘मिडिया ट्रायल’ भएको टिप्पणी समेत गरेकी छन् ।

‘मिडिया ट्रायलले दबाब सिर्जना गरेको स्पष्ट देखिन्छ, तर यस्तो कठिन समयमा पनि पदभन्दा नैतिकता रोज्नु आफैंमा ठूलो कुरा हो । सधैं राम्रो काम गर्ने मानिसले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले त्यो बारम्बार देखाएको छ । जति टीकाटिप्पणी आए, जति आरोप लागे, सबैको निष्पक्ष र गहिरो छानबिन होस्, सत्य उजागर होस्,’ कार्कीले लेखेकी छन् ।

उनले नेपालले अझै सुधन गुरुङभित्रको शक्ति, भिजन  र सम्भावनाको पूर्ण उचाइ देख्न बाँकी रहेको पनि उल्लेख गरेकी छन् ।

उनको स्टाटस जस्ताकोत्यस्तै :


 

 

गुगलको ‘जेमिनी फर होम’ मा ‘निरन्तर संवाद’ सुविधा सार्वजनिक

काठमाडौं । गुगलले आफ्नो जेमिनी फर होम सेवामा नयाँ निरन्तर संवाद सुविधा सार्वजनिक गरेको छ । यस सुविधाले प्रयोगकर्ताले प्रत्येक पटक हे गुगल भनेर बोलाउनु नपरी लगातार कुरा गर्न सक्ने बनाउँछ ।

यो सुविधा सक्रिय भएपछि स्मार्ट उपकरणले प्रयोगकर्ताको प्रश्नको उत्तर दिएपछि केही सेकेन्डसम्म माइक खुला राख्छ । सो अवधिमा उपकरणको बत्ती बलिरहन्छ, जसले प्रयोगकर्तालाई संवाद जारी राख्न सकिने सङ्केत दिन्छ । त्यस क्रममा प्रयोगकर्ताले स्वाभाविक रूपमा थप प्रश्न सोध्न वा निर्देशन दिन सक्नेछन् ।

कम्पनीका अनुसार जेमिनीले संवादको सन्दर्भ सम्झिरहने भएकाले एउटै कुरा पटक पटक दोहोर्याउनुपर्ने हुँदैन । यसले संवादलाई छिटो, सहज र प्राकृतिक बनाउने अपेक्षा गरिएको छ । यो सुविधा आजदेखि जेमिनी फर होम भ्वाइस सहायकका सबै समर्थित भाषा र उपलब्ध क्षेत्रहरूमा विस्तार भइरहेको छ ।

यसलाई प्रयोग गर्न प्रयोगकर्ताले गुगल होम एपको सेटिङमा गएर जेमिनी फर होम भ्वाइस सहायक अन्तर्गत गएर म्यानुअली सक्रिय गर्नुपर्ने हुन्छ । गुगलका अनुसार नयाँ प्रणालीले प्रयोगकर्ताले सोधेका प्रश्न र वरिपरि भइरहेका अन्य कुराकानीबीच छुट्याउन सक्ने क्षमता राख्छ ।

यद्यपि विगतमा भ्वाइस सहायकहरूले अनचाहिँदो रूपमा कुराकानी सुनेका घटनाहरू सार्वजनिक भइसकेकाले नयाँ प्रविधिको प्रभावकारितामा चासो बढ्ने देखिन्छ । यसअघि पनि यस्तै प्रकारको निरन्तर संवाद सुविधा गुगल असिस्टेन्टमा सीमित रूपमा उपलब्ध थियो । तर अब गुगलले पुरानो सहायकलाई हटाउँदै जेमिनी फर होम लाई नयाँ पुस्ताको भ्वाइस सहायकका रूपमा अघि बढाउने तयारी गरेको छ ।

नेपालद्वारा रुवान्डा पराजित

काठमाडौं । २०२६ आइसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले रुवान्डालाई २ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। ८९ रनको साधारण लक्ष्य नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै अन्तिम दुई बल बाँकी छँदा पूरा गर्‍यो।

नेपालको जितमा ओपनर सम्झना खड्का चम्किइन्। उनले ४२ बलमा ७ चौकासहित ४८ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई जितको आधार तयार गरिन्।
लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवाती चरणमै केही विकेट गुमाए पनि पुजा महतो (१३) र बिन्दु रावल (१०) ले आवश्यक साथ दिँदै पारीलाई सम्हाले। तर मध्यक्रम दबाबमा परेको थियो—कप्तान इन्दु बर्मा १ रनमै रनआउट भइन् भने कविता कुँवर शून्यमा आउट भएर नेपाल संकटमा फसेको थियो।

रुवान्डाका लागि जियोभानिस उवासे सर्वाधिक प्रभावकारी बलर साबित भइन्। उनले ३ विकेट लिइन् भने हेन्रिट र गिसेले इसिम्वे ले २–२ विकेट निकाल्दै खेललाई रोमाञ्चक बनाइदिए।

पहिले ब्याटिङ गरेको रुवान्डा १९.४ ओभरमै सबै विकेट गुमाउँदै ८८ रनमा समेटिएको थियो। नेपालका बलरहरूको नियन्त्रण र कडा फील्डिङका कारण रुवान्डा ठूलो स्कोर बनाउन सफल भएन।

२७ दिनमा गृहमन्त्रीबाट सुधनको राजीनामा : यस्ता छन् कारण (भिडियो)

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।  उनले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा दिएका हुन् । 

यस्ता छन् राजीनामाका कारण:   

विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनी संलग्न रहेको कम्पनीमा गुरुङकै सेयर रहेको तथ्य सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भयो । कतिसम्म भने उनलाई बालेन र रास्वपाले नै जोगाउन सकेन। उनको सेयर साझेदारी रहेको लघु विमा कम्पनीमा उनी संस्थापक सेयर होल्डरको रुपमा देखिएका थिए ।

स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सका सेयर ऋण लिएर खरिद गरिएको उल्लेख भए पनि अन्य सेयर लगानीबारे स्पष्टता नदिइएकोले कुल लगानी ऋणमार्फत हो वा आंशिक मात्र हो भन्ने विषय अनिश्चितता तर्फा धकेलियो।

त्यस्तै, सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत ‘व्यवसाय, पैतृक सम्पत्ति वा लगानी’ भनेर उल्लेख गरिएको भए पनि ऋणसम्बन्धी विवरण समावेश थिएन । ऋण उल्लेख गर्ने खण्ड खाली राखिएको पाइएपछि गुरुङले वकालत गरिरहेको पारदर्शिताको सवाल झन् पेचिलो बन्यो ।

गुरुङको स्वामित्वमा रहेका केही कम्पनीहरूमा संस्थापक सेयर रहेको तथ्यले पनि सम्पत्ति विवरणसँग मेल खान सकेन । साथै, दीपक भट्टसँगको सम्भावित व्यावसायिक सम्बन्धबारे स्पष्टीकरणमा उल्लेख नभएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा उनको राजीनामाको माग बढ्दै गयो ।

विवादित व्यापारी तथा बिचौलिया दीपक भट्ट समुहसँग शेयर लगानी रहेको तथ्य बाहिरिएपछि गुरुङ नैतिक संकटमा फसेका थिए । जुन प्रकरणले उनले आफ्नो मन्त्री पद जोगाउन सकेनन्। 

त्यसअघि गुरुङलाई फेवातालको जग्गा प्रकरणले पनि विवादित बनाएको थियो । फेवाताल वरपरका अवैधानिक संरचना भत्काउने क्रममा तालको मुलघरमा नै गृहमन्त्रीको जग्गा रहेको विषयले पनि उनी विवादित बने।  उनले त्यसलाई भाडाको जग्गा भएको करार गरेपनि त्यसबाट उनी चोखो भने रहन सकेनन् । 

त्यसको केही दिनपछि गृहमन्त्री गुरुङको सम्पत्ति विवरणमा हदबन्दी भन्दा बढी जग्गा देखियो ।  उनले त्यसलाई पैतृक सम्पत्तिको हवाला दिए। 

एकजना व्यक्तिले  अधिकतम् ७० रोपनी जग्गा राख्न पाउने कानुनी व्यवस्था छ।  तर उनको सम्पत्ति विवरणमा २४१ रोपनी जग्गा उल्लेख छ । जुन भागबण्डा गर्दा पनि ३ जनाभन्दा बढी व्यक्तिको नाममा ७० रोपनी जग्गा हुन आउछ।  

यो प्रकरणले पनि उनमाथि नैतिक दबाब बढ्दै गएको थियो। 

गृहमन्त्री गुरुङले सरकार गठन भएकै राति भदौ २३ को जेनजी विद्रोहमा १९  जनाको ज्यान जाने गरी भएको नरसंहारका मतियार भन्दै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरे ।  उनको यो निर्णय पनि उनकै लागि आत्मघाती जस्तो देखिएको छ। सार्वजनिक वृत्तमै ओली र लेखकलाई हतारोमा पक्राउ गर्ने गुरुङको निर्णय आलोकाँचो भन्दै प्रश्न उठेका थिए।

गुरुङले अन्य थुप्रै नेता तथा व्यावसायीलाई पनि हिरासतमा पुर्याए।  तर उनको पहलमा पक्राउ परेका सबै व्यक्ति अनुसन्धानको आधार नपुग्दा रिहा हुँदै गए। जसले गृहमन्त्री गुरुङलाई झनै राजीनामाको डिलसम्म पुर्याएको देखिन्छ।

किन दिए गृहमन्त्री गुरुङले राजिनामा ? कारण यस्तो

काठमाडौं। विवादै विवादको चपेटामा परेपछि गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।  उनले विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन्।

चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। मन्त्री गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्,’आज देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भनेका छन्, ‘मेरा ४६ जना भाइ-बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको यो सरकारमाथि कसैले प्रश्न उठाउँछ भने त्यसको जवाफ नैतिकता नै हुनुपर्छ।’

उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्।

राजीनामा घोषणाकै क्रममा गुरुङले सञ्चारकर्मीहरूलाई पनि नैतिकताको प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ ‘स्वीट शेयर’ छ, त्यो पनि बिस्तारै आउला। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’

उनले आम नेपाली र युवाहरूलाई सम्बोधन गर्दै साँच्चै परिवर्तन चाहने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने अपिल गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए । सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।

स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका हुन्।

उनको स्टाटस जस्ताको त्यस्तै:

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.

गृहमन्त्री गुरुङले दिए राजीनामा ( भिडियो)

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्।

बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाईगुरुङ्ले राजीनामा बुझाएका हुन्।

विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनले संलग्न रहेको कम्पनीमा गुरुङकै सेयर रहेको तथ्य सार्वजनिक भएपछि गुरुङले राजीनामा दिएका हुन् ।  

इरान युद्धका कारण कण्डमको मूल्य ३० प्रतिशतले बढ्ने

काठमाडौं। कण्डमको मूल्य इरान युद्धका कारण बढाइँदैछ।

५ अर्बभन्दा बढी कण्डम हरेक वर्ष उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी कारेक्सका प्रमुखले इरान युद्धले कच्चा पदार्थ आपूर्ति अवरुद्ध भएको भन्दै कण्डमको मूल्य ३० प्रतिशतले बढाउने बताएका छन्।

कम्पनीका प्रमुख कार्यकारी प्रमुखगो मीआ किआटले युद्ध सुरु भएपछि कण्डमको उत्पादन लागत बढेको दाबी गरेका छन्।

उनका अनुसार ढुवानी खर्च बढ्दा र समयमा ढुवानी नहुँदा कण्डमको अभाव पनि बढ्दै गएको छ।

विश्वको सबैभन्दा बढी कण्डम उत्पादन गर्ने कम्पनी कारेक्स मलेसियामा रहेको छ।

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन (तस्वीरहरु)

काठमाडौं। विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौँमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ।

नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ले संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले विद्यार्थी संगठनमाथिको प्रतिबन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम भनेका छन्।

नेविसंघका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति आपत्ति जनाए। उनका अनुसार सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्धको घोषणा गरेर पञ्चायतकालमा समेत नभएको अभ्यास गरेको छ।

तिमिल्सिनाले सरकारले प्रतिबन्धको निर्णय फिर्ता नलिए देशभर सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसअघि सिंहदरबारमा गरिएको प्रदर्शनका क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

तस्वीर:

 

रविको सांसद पद निलम्बनमा नपर्ने

काठमाडौं ।  रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्ने बाटो बन्द भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा आफ्नो सांसद पद निलम्बनमा पर्ने त्रासमा लामिछाने थिए । 

कानुन व्यवसायीहरूले गत चुनावमा चितवन-२ का मतदातालाई भनेका थिए– लामिछानेले चुनाव जिते पनि निलम्बनमा पर्ने हुन्, उनलाई नजिताउनु । तर, चितवन-२ का मतदाताले लोकप्रिय मतसहित तेस्रोपटक चुनाव जिताएर लामिछानेलाई सांसद पठाए ।

यस्तोमा उनलाई अनुकूल हुनेगरी प्रतिनिधिसभा नियमावली उनकै पार्टीको संसदीय दलका उपनेता रहेका गणेश पराजुली नेतृत्वको समितिले बनाएका हुन् । नियमावली समितिले सभामुख डोलप्रसाद अर्याललाई बुझाइसकेको छ । अर्याल विगतमा रास्वपाको उपसभापति थिए । 

रास्वपाको संसदमा झण्डै दुई तिहाइ बहुमत छ । त्यसो हुँदा सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण मुद्दाको प्रतिवादी भएको अवस्थामा उनको सांसद पद निलम्बनमा नपर्नेगरी पराजुली नेतृत्वको समितिले नियमावली ल्याएको हो । जुन संसदबाट सहजै पारित हुने अवस्था छ । 

प्रतिनिधिसभा नियमावलीलाई ‘विशेष कानुन’ भन्दै सम्पत्ति शुद्धीकरण ऐनभन्दा माथि राखिएको छ । त्यसो हुँदा रविलाई उक्त ऐनअनुसार निलम्बन गर्ने कानुनी आधार बन्द भएको हो । 

सांसदहरूका हकमा यो नियमावली संघीय कानुनभन्दा रुपमा विशेष कानुन सरह लागू हुने भनिएको छ ।

गृहमन्त्रीको चटारो : भेट्न पुगे प्रधानमन्त्री (भिडियो)

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न पुगेका छन् । 

विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनले संलग्न रहेको कम्पनीमा गुरुङकै सेयर रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्रीको चर्को आलोचना भइरहेको छ। यही विषयमा स्पष्टीकरण र आगामी कदमबारे प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्न गुरुङ प्रधानमन्त्री कार्यालय पुगेका हुन्।

दीपक भट्ट ‘बिचौलिया’ तथा विवादास्पद कारोबारीका रूपमा चिनिँदै आएका व्यक्ति हुन्। उनी अहिले हिरासतमा छन्।  भट्टसँगको आर्थिक सम्बन्ध खुलेपछि गृहमन्त्री गुरुङको नैतिक जिम्मेवारी, पारदर्शिता र पदमाथिको आचरणबारे गम्भीर प्रश्न उठिरहेका छन्। सुरक्षा संयन्त्रका उच्च जिम्मेवारी सम्हाल्ने व्यक्तिसँग विवादित व्यवसायीको साझेदारी हुनु सरकारकै विश्वसनीयतामाथि घाउ भएको भन्दै उनीमाथि राजीनामाको दबाब पनि बढ्दो छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी भने यो विषयमा मौन छ। 

गुरुङले प्रधानमन्त्रीलाई आफ्नो पक्ष खुलाउने, परिस्थिति बुझाउने र सम्भावित कदमका बारेमा मार्गदर्शन खोज्ने बताइएको छ। प्रधानमन्त्रीले दिने निर्देशनले नै गुरुङको मन्त्रालयको आगामी अवस्था निर्धारण गर्ने देखिन्छ।

नेपाल ‘ए’ लाई २ सय ८१ रनको लक्ष्य

काठमाडौं । मुलपानी क्रिकेट मैदानमा आजबाट सुरु भएको ‘नेपाल ए एकदिवसीय सिरिज २०२६’ को उद्घाटन खेलमा ओमानले नेपाल ए अगाडि बलियो चुनौती पेस गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८० रनको प्रतिस्पर्धात्मक स्कोर बनायो।

ओमानका मध्यक्रमका मुजिबुर अली शानदार फर्ममा रहे । उनले ८५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रन जोडे। ओपनर जतिन्दर सिंहले आक्रामक सुरुवात दिलाउँदै ४८ बलमा ५८ रन बनाए।
त्यसैगरी हासिर दफेदारले ४६ रन र आशिष ओडेदराले २७ रनको योगदान दिए।

नेपाल ए का लागि आकाश चन्द उत्कृष्ट बलर साबित भए। उनले ४ विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे। शहाब आलम, रशिद खान र शेर मल्लले एक–एक विकेट लिएर ओमानको रन प्रवाह रोक्न प्रयास गरे।

झापामा ‘पेलेट ऊर्जा’ उत्पादन सुरु

झापा। झापाको मेचीनगर-१५ ज्यामिरगढीमा खेर जाने जैविक सामग्री प्रयोग गरी ‘पेलेट ऊर्जा’ उत्पादन सुरु गरिएको छ।

पराजुली बायोमास ब्रिकेट उद्योग ले सुरु गरेको यो उत्पादनमा पत्थर कोइला र दाउराको विकल्पका रूपमा प्रयोग गर्न मिल्ने दानेदार इन्धन तयार गरिन्छ। उद्योगका अनुसार यसको उत्पादन क्षमता १२ घण्टामा करिब ७० हजार किलोसम्म रहेको छ।

उद्योगमा उखुको खोस्टा, बाँसका टुक्रा, काठका फोहोर र पातपतिङ्गर जस्ता जैविक सामग्री प्रशोधन गरी पेलेट बनाइन्छ। उत्पादन भएको इन्धन झापासहित अन्य जिल्ला र भारतसम्म निर्यात गर्ने योजना रहेको छ।

सस्तो र कम प्रदूषण गर्ने इन्धनको माग बढ्दै गएसँगै यस्तो पेलेट उत्पादन विस्तार हुने देखिएको छ। यसले कोइला आयात घटाउने र स्थानीय स्रोतको उपयोग बढाउने अपेक्षा गरिएको छ।

रातो मछिन्द्रनाथ जात्राको रौनक(तस्बिरहरु)

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्ने परम्परागत जात्रा आज मंगलबारदेखि सुरु भएको छ।

ललितपुरको पुलचोकबाट सुरु गरिएको रथ तान्दै गाबाहालसम्म पुर्‍याइएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म सञ्चालन हुने यो जात्रा काठमाडौं उपत्यका कै सबैभन्दा लामो तथा महत्वपूर्ण धार्मिक-सांस्कृतिक पर्व मानिन्छ।

बालेन सरकारमाथि गर्जिए गगन : विराटनगरबाटै दिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा ले सरकारले नागरिकका माग बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

उनले भदौ २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरे। साथै, सरकारले कानुन मिचेर निर्णय गरिरहेको आरोपसमेत लगाए।

थापाले जनहितका विषयमा कांग्रेस दृढ रूपमा उभिने स्पष्ट पार्दै सरकारका राम्रा काममा समर्थन रहने तर कमजोरीमा कडा रूपमा आवाज उठाइने बताएका छन्।