`

आजको दिन अब कसैले बिर्साएर बिर्सने छैन : प्रचण्ड

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले आफूहरूलाई कमजोरी केलाउने र असाधारण एकताको लागि बल दिएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी घोषणाको कार्यक्रममा बुधबार प्रचण्डले जेनजी आन्दोलन भएकै कारण १० वटा कम्युनिष्ट दलले ऐतिहासिक एकता घोषणा गरेको बताए ।

‘दलहरूलाई सच्याउनका लागि जेनजीले ऊर्जा दिनु भयो । आजको एकता नेताको संकल्पको पछाडि जेनजी आन्दोलन र सहिदको भूमिका छ । उहाँहरूले त्यसो नगरेको भए कमजोरीबाट सच्चिने र एकतातिर यति छिट्टै जानेमा आउने थिएनौं । बरु विभाजनतिर जाने स्थिति हुन्थ्यो,’ प्रचण्डले भने, ‘हाम्रा कमजोरी उजागार गरिदिनु भयो । हामी कहाँ चुक्यौ भन्ने कुरालाई आन्दोलनले, प्रविधिमार्फत् भ्रष्टाचार विरुद्ध र सुशासनका पक्षमा आवाज बुलन्द गर्नुभयो । हामी सच्चिनुको विकल्पै छैन ।’

प्रचण्डले १० वटा कम्युनिष्ट दल एकै पटक मिलेको ऐतिहासिक दिन भएको पनि बताए । ‘नेपाली कम्युनिष्ट इतिहास कहिल्यै नबिर्सने दिन आज बनेको छ । १० वटा कम्युनिष्ट पार्टी एकै दिन मिलेको इतिहास छैन । त्यस कारण आजको दिन अविष्मरणीय ऐतिहासिक दिनका रूपमा अंकित भएको छ । यो दिन अब कसैले बिर्साएर बिर्सने छैन,’ प्रचण्डले थपे, ‘नेपाली राजनीतिमा देखिएका चुनौतीलाई समाधान गर्ने दिन हो । राष्ट्रमा देखिएको संकट र दलमाथि आक्षेप लगाउने कोशिसविरुद्ध राष्ट्रिय एकता स्वाधीनताको दिशामा अगाडि बढ्ने दिन हो ।’ एकै दिनको आन्दोलनले सुगौली सन्धीपछि सबैभन्दा ठूलो संकट ल्याइदिएको भन्दै आफूहरू एकतामा गएको उनले बताए । राष्ट्र संकटमा गएकोले कम्युनिस्टहरू एक भएर जवाफ दिन खोजेको प्रचण्डको दाबी छ ।

 

प्रचण्ड ‘नेपाली कम्युनिष्ट पार्टी’ को संयोजक, माधव नेपाल सहसंयोजक

काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् । भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएका हुन् । सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ । नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव हलबाट पारित गरिएको हो । उनको प्रस्ताव हलले होहल्लाका साथ ताली बजाएर अनुमोदन गरेको नेता वर्षमान पुनले जानकारी दिए । विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बुधबार नयाँ पार्टी घोषणा गरेका हुन् । भेला घोषणा पत्र र विधान पनि पारित गरिसकिएको छ। १० पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरेका हुन् । नेकपा माओवादी र नेकपा एससहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ ।

 

प्रचण्ड–खनाल र भुसालको भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौं । वामपन्थी एकता प्रक्रियालाई तीव्र बनाउने प्रयासका बीच आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच महत्वपूर्ण भेटवार्ता भएको छ । खनालसँगै पार्टी महासचिव धनश्याम भुसाल पनि प्रचण्ड निवास पुगेर करिब एक घण्टा लामो छलफलमा सहभागी भएका छन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार भेटवार्ता अझै जारी रहे पनि प्रारम्भिक वातावरण सकारात्मक रहेको छ । ‘हामी एउटै केन्द्रमा एकताबद्ध हुनुपर्छ भन्ने आग्रह गरेका छौँ,’ श्रेष्ठले सुनाए, ‘उहाँहरूले पनि पदीय बार्गेनिङ होइन, नीतिगत सहमतिको आधारमा अघि बढ्ने संकेत गर्नु भएको छ ।’ श्रेष्ठका अनुसार छलफलमा केही नीतिगत विषय अझै खुल्न बाँकी भए पनि आगामी एकदेखि डेढ घण्टाभित्र निर्णय आउने अपेक्षा गरिएको छ ।

श्रेष्ठले दिउँसो तय गरिएको नौ वामपन्थी दलबीचको एकता प्रक्रियामा खनाल र भुसाल पनि सहभागी हुन सक्ने सम्भावना प्रबल रहेको बताए । ‘अन्तिम टुंगो नलागे पनि वार्ता सकारात्मक दिशातर्फ छ,’ उनले भने, ‘एकता प्रक्रियामा उहाँहरू सहभागी हुनुहुने सम्भावना छ ।’ पूर्व प्रधानमन्त्री खनालले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वाम एकताको विषयमा संवाद गरेका थिए । तर, ओलीसँग सहमतिको सम्भावना नरहेको भन्दै खनाल माओवादी केन्द्रसँगको संवादमा जोडिएका हुन् । यस भेटवार्तालाई वामपन्थी एकता प्रक्रियामा नयाँ गतिका रूपमा हेरिएको छ । भेटवार्ता सकारात्मक रहेको भन्दै श्रेष्ठको अबको एक डेढ घण्टामा निर्णय आउने बताए ।

‘एक–डेढ घण्टामा निर्णय आउँला । हामीले एउटै केन्द्रमा बस्नु पर्छ भनेर उहाँहरुलाई आग्रह गरेका छौँ,’ प्रचण्डसँगै रहेका श्रेष्ठले भने, ‘उहाँहरूले हाम्रो पदीय बार्गेनिङ होइन भन्नु भएको छ । नीतिगत रुपमा केही विषयमा छलफल भइरहेको छ । त्यो छलफलपछि मात्रै निष्कर्ष आउँछ । एक–डेढ घण्टाजति समय लाग्ला । सकारात्मक निर्णय आउने छ भन्ने आशा गरौं ।’

छलफल सकारात्मक भएको भन्दै उनले आज दिउँसो हुन लागेको नौ वामपन्थी दलबीचको एकता प्रक्रियामा पनि खनाल र भुसाल सहभागी हुन सक्ने संकेत गरे । ‘विषय टुंगिसकेको त छैन, तर सकारात्मक छ । एकता प्रक्रियामा आउनु होला भन्ने आशा गरौँ,’ श्रेष्ठले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले गए राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वामपन्थी एकताको विषयमा कुराकानी गरेका थिए । तर, ओलीसँग एकता सम्भव नभएको खनालले बताएका छन् ।

 

ओलीपछि आज प्रचण्डसँग भेट्दै झलनाथ खनाल

काठमाडौं । वामपन्थी दलहरूबीच एकताको बहस चलिरहेका बेला नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शीर्ष नेताहरूसँगको भेटवार्ता तीव्र बनाएका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भोलिपल्टै आज उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग वार्ता गर्दैछन् ।

नेता खनालले वाम एकताका लागि चार वटा वैचारिक शर्त अघि सारेका छन् । जसमा माक्र्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, समाजवादी क्रान्तिको कार्यदिशामा स्पष्ट हुनुपर्ने र समाजवादी कार्यक्रममा एकमत हुनुपर्ने जस्ता विषय प्रमुख छन् । ‘यी शर्तहरू मान्ने जोसुकैसँग पार्टी एकता हुनसक्छ,’ खनालले भने ।

खनाल बृहत् वाम एकताको खोजीमा रहँदा उनकै पार्टी एकीकृत समाजवादी भने विभाजनको संघारमा छ । अध्यक्ष माधवकुमार नेपाल पक्ष माओवादीसँग एकता गर्ने निर्णयमा पुगिसकेको छ भने खनाल, घनश्याम भूसाल र रामकुमारी झाँक्री पक्ष यसमा असहमत छ । झाँक्री नेतृत्वको समूह आजै पत्रकार सम्मेलन गरेर नेकपा (एमाले) फर्कने तयारीमा रहेको बुझिएको छ ।

माधव नेपाल भेट्न नारायणकाजीसहित आलोकनगर पुगे प्रचण्ड

काठमाडौं । एकताको सहमतिपछि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर पार्टी कार्यालय आलोकनगर पुगेका हुन् । माओवादी र नेकपा एससहित आठ पार्टीबीच एकता सहमति भइसकेको छ ।

एकीकृत पार्टीको चुनाव चिह्न भने ‘पाँचकुने तारा’ राख्ने सहमति भइसकेको छ । यद्यपि, नामबारे अझै निष्कर्षमा पुगेका छैनन् । पार्टी एकताको निर्णयसँग एकीकृत समाजवादी विभाजित भइसकेको छ, भने नेकपा माओवादी पनि

‘वाम एकताको इन्जिनबाट फेरि शक्ति केन्द्रमा ‘प्रचण्ड’

काठमाडौं । नेपालको राजनीतिको केन्द्र बिन्दुमा सधैँ तीखो बहसको विषय बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर वामपन्थीय एकीकरणको अभियानमा केन्द्रित छन् । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजकको हैसियतमा उनी शक्ति सन्तुलनको प्रमुख खेलाडी बनेका छन् ।

२०२४ जुलाईमा तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर बाहिरिएका प्रचण्डले त्यसयता पार्टीभित्र र बाहिर एकताको सन्देश दिँदै आएका छन् । हालैका घटनाक्रमहरूले उनलाई फेरि शक्ति केन्द्रको प्रमुख पात्र बनाएको छ । जसमा युवा आन्दोलनको प्रभाव, भ्रष्टाचारविरुद्धको संघर्ष र कम्युनिष्ट दलहरूबीचको एकीकरण प्रक्रिया प्रमुख छन्।

युवा आन्दोलन र प्रचण्डको प्रतिक्रिया
२०२५ को सेप्टेम्बरमा नेपालमा भएको ‘जन जेड’ (जेन जी) आन्दोलनले राजनीतिक उथलपुथल निम्त्यायो । बेरोजगारी, भ्रष्टाचार र विकास मोडेलको असफलताकाविरुद्ध युवाहरू सडकमा उत्रिए । जसले तत्कालीन सरकारलाई नै विस्थापन ग¥यो । यस आन्दोलनमा प्रचण्डले युवाहरूलाई समर्थन गर्दै भ्रष्टाचारविरुद्धको संघर्षलाई राजनीतिक जागरणको संकेत ठाने ।

पेरिसडाँडामा शहीद परिवार संघ नेपालको सभामा बोल्दै उनले भनेका थिए ‘युवा आन्दोलनले नयाँ राजनीतिक जागरणको संकेत गरेको छ । यो संकटलाई सामना गर्न वामपन्थीय एकताबाट मात्र सम्भव छ ।’ उनले शान्ति प्रक्रियाको अपूर्णतालाई पनि स्वीकार गर्दै यसलाई पूरा गर्ने प्रतिवद्धता दोहोर्‍याए । यो घटनाले प्रचण्डलाई विपक्षी भूमिकामा बलियो बनायो । जसले उनलाई शक्ति सन्तुलनको केन्द्रमा लग्यो ।

वाम एकीकरणको ऐतिहासिक कदम : १८ बुँदे सम्झौता
हालैको सबैभन्दा चर्चित गतिविधि भनेको आठ कम्युनिष्ट दलहरूबीच भएको १८ बुँदे सम्झौता हो । काठमाडौंमा आइतबार साँझ भएको यो सम्झौतामा प्रचण्डको माओवादी केन्द्रसहित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी) जनसमाजवादी पार्टी, नेपाल, नेकपा (साम्यवादी) र नेकपा (माओावदी समाजवादी) र नेकपा सहभागी छन् । यसमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीबाट चिरनको समूह पनि सामेल भएको छ ।

सम्झौताको मुख्य उद्देश्य माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर एकीकृत पार्टी गठन गर्नु हो । यसले जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै समाजवादतर्फ शान्तिपूर्ण आन्दोलनमार्फत अघि बढ्ने लक्ष्य राखेको छ । प्रचण्डले यो सम्झौतामा हस्ताक्षर गर्दै माओवादको ‘प्रचण्ड पथ’ लाई औपचारिक रूपमा त्यागेर नेपाल कम्युनिष्ट पार्टी युगको माक्र्सवाद–लेनिनवादतर्फ फर्कने निर्णय गरेका छन् । यसलाई उनको वैचारिक पुनर्संरचनाको रूपमा हेरिएको छ । जसले सशस्त्र संघर्षबाट शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियातर्फको संक्रमणलाई जोड दिन्छ ।

प्रचण्डको भूमिका यस प्रक्रियामा मुख्य छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको समन्वयमा उनी समन्वयकर्ताको जिम्मेवारीमा छन् । राष्ट्रिय एकता सम्मेलन कार्तिक १९ मा हुनेगरी तयारी भइरहेको छ । जसमा घोषणापत्र, अन्तरिम विधान र केन्द्रिय समिति गठन हुनेछ । पार्टीको चुनाव चिन्ह ‘पञ्चकुण्डलिय तारा’ तोकिएको छ । तर नाम अझै टुंगो लाग्न बाँकी छ । छ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन गर्ने योजना छ ।

आन्तरिक असहमति र चुनौतीहरू
एकता प्रक्रियामा प्रचण्डको नेतृत्वमाथि आन्तरिक असहमतिहरू पनि देखिएका छन् । पार्टी सचिवालय सदस्य जनार्दन शर्माले आइतबारको बैठक बहिष्कार गर्दै प्रचण्डको समन्वयमा एकता अघि बढाउन असहमति जनाएका छन् । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यसलाई ‘अनुशासनहीनता’ भन्दै कारबाहीको संकेत गरेका छन् । यद्यपि प्रचण्डले पार्टी एकताको दाबी गर्दै शनिवार भनेका थिए, ‘पार्टी एकजुट छ, आन्तरिक मतभेदले एकतालाई असर गर्दैन ।’

प्रचण्डले काउन्टर–क्रान्तिको चेतावनी दिँदै वाम, देशभक्त र क्रान्तिकारी शक्तिहरूको एकताको आह्वान गरेका छन् । उनले राष्ट्रिय संकटलाई साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको द्वन्द्वका रुपमा लिएका छन् । यो एकीकरणले आगामी निर्वाचनमा वामपन्थीय शक्तिलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

फेरि शक्ति केन्द्रमा प्रचण्ड
२०८२ को भदौदेखि नै नेपालमा राजनीतिक अस्थिरता चर्किएको छ । जसमा प्रचण्डको भुमिका निर्णायक छ । जेन जेड क्रान्तिपछि प्रचण्डले विशेष महाधिवेशनको प्रश्ताव गरेर पार्टी पुनर्संरचना गर्न खोजेका थिए । कार्तिक १९ मा एकीकरणले उनलाई वाम शक्तिको नायक बनाउन सक्छ । तर आन्तरिक र वाह्य चुनौतीहरू कायम छन् । प्रचण्डको यो यात्राले नेपालको राजनीतिलाई नयाँ दिशा दिनसक्ने सम्भावना छ । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सामाजिक न्यायको सुनिश्चितता गर्ने विश्वास गरिएको छ । प्रचण्डको हालका गतिविधिहरूले देखाउँछन् – उनी शक्ति केन्द्रमा मात्र होइनन्, परिवर्तनको इञ्जिन पनि बनेका छन् । वाम एकीकरणको यो प्रयास सफल भए नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आउन सक्छ ।

प्रचण्ड–नेपालबीच पेरिसडाँडामा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् । दुई नेताहरूबीच अहिले माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा छलफल जारी छ । दुई नेताबीच पार्टी एकताको विषयमा छलफलभइरहेको नेताहरूले बताएका छन् । अहिले पेरिसडाँडामा एकता कार्यदलको बैठक पनि जारी छ ।

यी दुईसहितका केही कम्युनिष्ट पार्टीबीच एकताकको टुंगो लागिसकेको छ । माओवादी, एकीकृत समाजवादीसहितको पार्टी मिलेपछि के नाम राख्ने, चुनाव चिह्न के हुने र नेताहरूको जिम्मेवारी कसरी विभाजन हुने भन्ने विषय टुंगिन बाँकी छ । यसैबीच, पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ । माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

कात्तिक २० मा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ ।

 

 

 

 

 

जनार्दनबारे प्रचण्ड- आफ्नो कुरा राखेर उठेर हिँड्ने शैली अराजक

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मालाई अराजकको संज्ञा दिएका छन्।

सचिवालय बैठकपछि आफ्नो कुरा राखेर बैठकबाट हिँड्ने शर्माको शैली अराजक भएको बताए। केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा जनार्दन पनि एकै हुने जिकिर गरे।

शनिबार माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेता शर्मा आफ्ना कुरा राखेर बाहिरिएका थिए । शर्माले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्न समेत माग राखेका छन् । बैठकपछि प्रचण्डलाई पत्रकारहरूले यही विषयमा सोधेका थिए, ‘पार्टीमा पहिरो जाने हो कि भन्ने देखियो नि ?’

प्रचण्डले जवाफ दिए, ‘केही जाँदैन । सबै एकजुट भएको छ हाम्रो पार्टी । केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’

आजको बैठकमा जनार्दनले आफ्नो कुरा राखेको र अरुको कुरा नसुनेको प्रचण्डले बताए । ‘आज बैठक राम्रो सुरु भएको थियो । उहाँले विषय राख्नुभयो । ल बस्नु सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । त्यो शैली उहाँको नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन । बसेर छलफल पो गर्ने हो त,’ प्रचण्डले भने ।

जनार्दन शर्माले महाधिवेशन टार्न खोजिएको भनेकोबारे प्रचण्डलाई प्रश्न गरे । जवाफमा प्रचण्डले भने, ‘त्यो गलत आरोप हो, अराजक आरोप हो ।’

पार्टी एकतापछि प्रचण्ड संयोजक, माधव नेपाल सहसंयोजक, अरुलाई के जिम्मेवारी ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व परित्याग गर्नुपर्ने बताएका छन् । पार्टी एकताको तयारीमा रहेका माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले छोडेमा मात्र एकता सार्थक हुने भुसालको भनाई छ।

एकताको विषयमा निर्णय गर्न एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बुधबारदेखि बस्दैछ । कात्तिक १४ गतेसम्म बस्ने बैठकले औपचारिक निर्णय गरे लगत्तै माओवादीसँग एकता हुने सचिव सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् । घनश्याम लगायतका केही नेताले प्रचण्ड र माधव नेपालको बहिर्गमन नहुने हो भने एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन् । भुसालले यसका लागि एकीकृत समाजवादीका केही नेता, माओवादी केन्द्रका जनार्दन शर्मा र एमालेका केही नेतासँग छलफल पनि गरेका छन् ।

महासचिव भुसाल लगायत नेताले केन्द्रीय कमिटीको बैठकमा यसबारे कुरा उठाउँदै छन् । प्रचण्ड–नेपालको बहिर्गमनको खाका प्रस्तुत नभए एकतामा नजाने उनीहरूको योजना छ । अहिलेको समाजवादी पार्टीभित्रका तमाम समस्या र माओवादीभित्रको समस्याको समाधान नगरी गरिने एकताले समस्या झन् बढाउने र त्यसले वाम आन्दोलनलाई, आम कार्यकर्तालाई उत्साह प्रदान नगर्ने भुसालको निचोड छ । ‘आफ्नो पार्टीमा शुद्धीकरण गरेर पुनर्गठन भएपछि मात्र एकता गर्नुपर्छ,’ भूसाल निकट नेता भन्छन्, ‘आजको माओवादी र हाम्रो नेतृत्वले गर्ने एकताले कार्यकर्तालाई पनि उत्साह दिँदैन, जेन–जी आन्दोलनको भावनाको पनि सम्बोधन हुँदैन र रूपान्तरणको पनि कुरा हुँदैन भने त्यो एकतामा गइरहनुपर्छ भन्ने पक्षमा हामी छैनौं ।’

यही कुरा केन्द्रीय कमिटीमा राख्ने र त्यहाँ समझदारी नजुटे एकता प्रक्रियामा सहभागी नहुने उनले बताए । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल समेत एकताप्रति सन्तुष्ट देखिएका छैनन् । एकता प्रक्रियामा महिन्द्र यादव नेतृत्वको समूह पनि सामेल हुने तयारी छ ।एकतापछिको पार्टीमा प्रचण्ड संयोजक र नेपाल सहसंयोजक हुने कुरा लगभग निश्चित भइसकेको एकता वार्तामा रहेका नेताहरूको दाबी छ । दुई दलका नेताहरूबीच एकतापछिको पार्टीको नामबारे छलफल भइरहेको छ । माओवादी नछोड्न प्रचण्डलाई दबाब छ । उता माओवादी नाम मान्न एकीकृत समाजवादीका नेताहरू तयार छैनन् ।

एकताका विषयमा सहमति गर्न मंगलबार साँझ एकता वार्ता कमिटीको बैठक बसेको छ । यी दुई पार्टीले आगामी १६ गतेभित्र एकता गर्ने प्रयास गरिरहेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई एकतामा सामेल गर्ने प्रयास भएपनि विप्लवको पार्टी बेग्लै निर्वाचन आयोगमा दर्ता प्रक्रियामा छ । यस्तै पार्टी एकताको विपक्षमा रहेका एकीकृत समाजवादी, माओवादी, एमाले र विश्वभक्त दुलाल आहुती नेतउत्वको समूहबीच छुट्टै पार्टी बनाउने चर्चा चलेको छ ।

‘नारायणकाजी, जनार्दन, विप्लव, विश्वभक्त दुलाल आहुति, एमालेका केही नेताहरू यी सबैसँग छलफल चलेको छ, कुरा सबैले सबै ठाउँमा गरेका छन्, तर आकार लिइसकेको छैन,’ भुसालसँग निकट एक नेता भन्छन्, ‘उपयुक्त विकल्प दिनेगरी छलफल भइरहे पनि त्यो निर्णायक तहमा पुगिसकेको छैन । नारायणकाजी र जनार्दनहरू माओवादीबाट निस्किन सक्छन् कि सक्तैनन् भन्ने हो, यो निष्कर्ष निस्किसकेको छैन ।’

गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश जटिल अवस्थामा रहेको भन्दै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत साझा आन्दोलनमार्फत अघि बढ्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ । राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ । यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी सक्तीहरूबिच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ ।’

राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रचण्डले भनेका छन्, ‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झन्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु । साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु ।’

 

अहिलेको परिस्थिति सम्हाल्न चुनावको विकल्प छैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिस्थिति सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् । आज चितनवमा पत्रकारसँग उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थिति सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए ।

संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए । उनले भने, ‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ ।’

उनले थपे, ‘मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ। सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।’ संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनले बताए । यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ’, संयोजक दाहालले भने ।

प्रचण्डको आह्वान : परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपाल निर्माण गरौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न अपिल गरेका छन् । आज छठ पर्वको शुभकामना दिँदै उनले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

‘आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको छ ।’, प्रचण्डले भने, ‘परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौँ भन्ने विश्वास व्यक्त गर्दछु ।’

प्रचण्डले मधेस–तराईको मुख्य चाडका रूपमा मनाइने छठ संस्कृति, परम्परा, श्रम, सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको बताएका छन् । उनले पर्वले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने उल्लेख गरे । छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् भन्ने उनले कामना गरे । देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस् भन्ने कामना गरेका छन् ।

लोकतन्त्र खोस्ने प्रयास हुँदैछ : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै रहेको दावी गरेका छन् । गोरखामा आयोजित कार्यक्रममा प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मुद्दा माओवादीले मात्रै बोक्न सक्ने बताए । ‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ । अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ’, प्रचण्डले भने ।

‘अब जेन–जी युवाहरूसँग हाम्रो छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ’, प्रचण्डले भने । प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे । ‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो । सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु । चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन’, उनले भने । कार्यक्रममा प्रचण्डले सबै कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भने, ‘अहिले पनि प्रतिगामी खतरा कायम छ । तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन् । त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ ।’

छठपछि वामपन्थी एकता हुन्छ, चुनाव तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

जनकपुर । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वपछि वामपन्थी एकता हुने दाबी गरेका छन् । जनकपुुरधाममा बुधवार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरु एकता प्रक्रियामा अग्रसर रहेको बताए । वामपन्थी एकताको नयाँ परिस्थिति छठपछि देखिने उनको दाबी छ ।

उनले प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको समयमै हुनुपर्ने र सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । मंगलवार मात्रै संसदीय दलहरुसँग सरकारले वार्ता गरेको र सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभाष भएको बताए ।

उनले भने, ‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनु पर्छ । हिजो मात्रै संसदीय दलहरुसँग जुन वार्ता भएको छ, सरकारको त्यसबाट सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभाष त मिल्छ तर यतिबेला अझै पनि निर्णय गर्ने पार्टी माओवादी केन्द्रै बन्यो । जेन जी आन्दोलनपछि सार्वजनिक रुपमा अपिल गर्ने पनि हामी नै भयौँ । काठमाडौं उपत्यका बाहिर आएर मधेस प्रदेशमा कार्यक्रम गर्ने पनि हामी नै सायद पहिलो पार्टी हौँ । निर्वाचनको वातावरण बन्नुपर्छ । वामपन्थी एकता र ध्रुविकरणको कुरा समाजवादी मोर्चामा भएका पार्टी एकता प्रक्रियातिर हामी अघि बढेका छौँ । छठपछि नयाँ परिस्थिति देख्नु हुनेछ, वामपन्थी एकताको ।’ उनले जेन—जी आन्दोलनपछि मधेस प्रदेशमा सार्वजनिक कार्यक्रम गर्ने पार्टी माओवादी केन्द्र रहेको समेत दाबी गरे ।

शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् । शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गरे ।

‘आमनिर्वाचनपछि राष्ट्रिय सहमतिमा अग्रगामी रूपान्तरणका लागि संविधान संशोधन गर्दै सामाजिक न्याय र सुशासनको नयाँ अध्याय प्रारम्भ गर्न सकिने हाम्रो विश्वास छ’, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । उनले शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा देश तथा विदेशमा रहेका समस्त नेपाली जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।

मौलिक सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएको जनाउँदै संयोजक दाहालले यी पर्वहरूले सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्दै राष्ट्रिय एकता बलियो बनाउन प्रेरणा प्रदान गर्दै आएका बताएका छन् । संयोजक दाहालले चाडपर्वले सबैमा आशा र आत्मबलको नयाँ ऊर्जा जगाई राष्ट्रिय एकता र अग्रगमनका पक्षमा उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रचण्ड सचिवालयबाट राजीनामा दिएको गंगा दाहालको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय सदस्य गंगा दाहालले पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । उनले आफूमाथि विभिन्न भ्रामक सूचना सम्प्रेषित भइरहेको भन्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ सामाजिक सञ्जाल फेसबुकमा उनले भनेकी छन्, ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु । सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ उनी ०७४ मंसिरदेखि प्रचण्डको सचिवालय रहेकी थिइन् ।

मुलुक असाधरण र जटिल अवस्थामा छ : प्रचण्ड

ललितपुर । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको बताए ।

‘गत भदौ २३ गते जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो, तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ, त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह ग¥यौ’, उनले भने ।

संयोजक प्रचण्डले जेनजी आन्दोलनका माग पनि पार्टीकै माग भएकाले आफूहरुले समर्थन गरेको उल्लेख गर्दै युवाको चाहना र भावनाअनुसार पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिए । ‘परिवर्तित परिस्थितिमा पनि रुपान्तरण हुने पार्टी माओवादी हो, जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ, संविधान संशोधन गरेर उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नु पर्छ, यो कुरा नवयुवाहरूले बुझ्नु पर्छ’, उनले भने ।

उनले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको बताए । ‘लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन्, जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रुपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्’, उनले भने ।

उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्व सभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुआत गरेको धारणा राखे । संयोजक प्रचण्डले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनु हुँदैन भनेर पत्रकारहरूले भन्ने हैन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यहरूले गर्ने विषय भएकामा ध्यानाकर्षण गराए ।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकारलाई प्रत्याभूति गर्ने संविधान लेखेको उल्लेख गरिन् । उनले समाजवादी जनक्रान्ति सफल बनाउन जेनजी समूहका नवयुवा पुस्ताले गरेको मागअनुसारको सुशासन र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्नेमा उनको जोड थियो । उनले १० वर्षे जनआन्दोलनमा समेत नभएको विध्वंस जेनजी आन्दोलनमा संविधान र व्यवस्था मास्ने षड्यन्त्रविरुद्ध राष्ट्रपतिले खेलेको भूमिकाले आन्दोलनलाई शान्त बनाएको बताउँदै फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।

नेकपा (माओवादी केन्द्र) ललितपुर महानगर इन्चार्ज एवं संविधानसभा सदस्य राजकाजी महर्जनले पार्टीलाई उत्साहका नयाँ खालको जिम्मेवारीमा रुपान्तरण गर्न सन्देश प्रवाह गर्ने उद्देश्यका साथ विशेष कार्यक्रम आयोजना गरिएको बताउँदै तल्लो तहसम्म नयाँ कार्ययोजनासहित अगाडि बढ्ने प्रतिबद्धताका साथ क्रियाशील रहेको जानकारी गराए । ललितपुर महानगर समितिका अध्यक्ष रवीन्द्र महर्जनले पार्टीलाई समुदायमा स्थापित गराउँदै जानुपर्नेमा जोड दिए ।

जेनजीका अगुवाहरूलाई प्रचण्डको आग्रह : मित्र र दुष्मन छुट्याउनु होस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी अगुवाहरूलाई मित्र र दुष्मन छुट्याउन आग्रह गरेका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अपिल गरेका हुन् ।

‘आफ्नो सच्चा मित्र र दुष्मन छुट्याउन सक्नुहोस्,’ उनले भने, ‘आफूलाई माया गर्नेहरूलाई चिन्न आवश्यक छ । राम्रोसँग समीक्षा गरौं ।’ एक पक्षले जेनजी आन्दोलनलाई गलत ढंगले व्याख्या गर्न खोजेको पनि उनले बताए । प्रचण्डले भने, ‘एउटा विचारले तपाईंहरूको आन्दोलनलाई आतंकारी भनेको छ । तपाइंहरुलाई आतंककारी भन्दा हामीलाई चसक्क बिझ्छ । हिजो हामीलाई पनि उत्पीडनमा परेकाहरूको पक्षमा संघर्ष गर्दा आतंककारी भन्थे । आज तपाईंहरूलाई त्यस्तै भनिँदैछ ।’

प्रचण्डले जेनजी युवाहरूका माग जायज रहेको बताए । आन्दोलन हुँदै गर्दा सरकारलाई खबरदारी गरेको स्मरण गरे । ‘तपाईंहरूको पक्षमा सबैभन्दा पहिले बोल्ने पार्टी माओवादी हो,’ प्रचण्डले भने, ‘२३ गते साँझ दमनको विरोध गर्ने र तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग गर्ने पहिलो पार्टी माओवादी हो ।’ भ्रष्टाचार न्यूनीकरण र सुशसनका लागि काम गर्दै आएको र सरकारमा नरहँदा निरन्तर खबरदारी गर्दै आएको पनि उनले बताए ।

‘अहिले संसद पुनर्स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण’
प्रचण्डले देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता उनले औंल्याए ।

संयोजक प्रचण्डले भने, ‘हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौं । संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी माघ २१ गते तोकिएको निर्वाचन हो । यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ ।’

संयोजक प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए । ‘निर्वाचनबाट आउने नयाँ संसदले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ । जनताको अपेक्षा पूरा गर्न हामी तयार छौं,’ उनले भने ।

उनले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको बताउँदै भने, ‘निर्वाचन नगरीकन देशमा अर्को अराजकता आउन सक्छ । त्यसैले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी छ ।’

संयोजक प्रचण्डले संसद पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनर्स्थापनाको कुरा गर्नु हाँस्यास्पद भएको बताए । ‘केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो । अहिले उनीहरुकै समूहले संसद्को कुरा गर्नु विडम्बनापूर्ण हो,’ प्रचण्डले भने ।

उनले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिंदै भने, ‘हामीले बृहद बामपन्थी एकताको आवश्यकता महसुस गरेका छौं । तर त्यसले मात्र पुग्दैन । लोकतन्त्रवादी र राष्ट्रवादी सबै शक्तिहरू पनि राष्ट्रिय संकटको सामना गर्न एकजुट हुन जरुरी छ ।’

उनले वर्तमान अन्तरिम सरकार निर्वाचन गर्न गम्भीर रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजवादी मोर्चाको बीचमा यथाशीघ्र एकता हुने बताएका छन् । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

संयोजक दाहालले भने, ‘यस पटक धेरै वामपन्थी पार्टीहरूका बीचमा एकता समाजवादी मोर्चाबाट सुरु गर्छौैँ’, सबै वामपन्थी दललाई एक ठाउँमा ल्याएर अघि बढ्ने योजनाका साथ आफूहरू अघि बढेका छौँ ।’ सामाजवादी मोर्चामा रहेका दलहरूबीच एकता केही दिनमा हुने भन्दै उनले यो एकताले राजनीतिक दलहरूको ध्रुवीकरणको सुरुआत गर्दै राजनीतिक शक्ति सञ्चय गरी समाजवादी क्रान्तिको सुरुआत गर्ने विश्वास व्यक्त गरे । पार्टी एकता एमालेसम्म पुगेर रोकिने उनको भनाइ छ ।

संयोजक दाहालले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’ को संकेतका रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने धारणा राखे । उनले भने, ‘युवाहरूले भ्रष्टाचार विरोधी माग उठाएका छन् । अहिलेको पुस्ताले भ्रष्टाचार अन्त्य र सुशासनको मार्ग खोज्नु गौरवको विषय हो ।’

 

प्रचण्डको सचिवालयले दियो पूर्व एआइजी देवेन्द्र सुवेदीविरुद्ध जाहेरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले नेपाल प्रहरीका पूर्व एइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दिएको छ । सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको दुई दिनअघि दुई करोड रुपैयाँ ट्रकमा निकालिएको दाबी गरेका थिए । प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा बुझाइएको हो ।

जाहेरी आइतबार नै बुझाइएको आचार्यले जानकारी दिए । यसअघि सचिवालयले वक्तव्य जारी गर्दै सुवेदीलाई २ करोडको प्रमाण पेश गर्न चुनौती दिएको थियो । उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ।

प्रचण्ड सचिवालयले भन्यो–‘दुई ट्रक पैसाको हल्ला’ निराधार, भ्रामक र नियोजित चरित्र हत्या

काठमाडौं । जेन–जी आन्दोलन सुरु हुनुअघि ‘दुई ट्रकमा दुई करोड रकम’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले खण्डन गरेको छ । सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको दावी गरेको छ ।

‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

जेन–जीले गरेको प्रदर्शनको दोस्रो दिन २४ भदौमा प्रचण्ड र उनका छोरीहरू (रेणु दाहाल र गंगा दाहाल) को घरमा आगजनी भएको थियो । आन्दोलनपछि नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा प्रचण्डको निवासबाट दुई वटा ट्रकमा लोड गरेर दुई ट्रक रकम अन्यत्र लगिएको दाबी गरेका छन् ।

त्यसको अनुसन्धान गर्न र कानुनी कारबाही गर्न पनि प्रचण्डको सचिवालयले अनुरोध गरेको छ । ‘डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौं,’ आचार्यले भनेका छन् । यसबीच सरकारले पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या कटौति समेत गरेको छ । सुरक्षा कार्यविधिमा उल्लेख मापदण्ड उल्लंघन गर्दै भीआईपीहरूले सुरक्षाकर्मी प्रयोग गरेकाले तिनलाई फिर्ता बोलाइएको सरकारको भनाइ छ ।

 

 

प्रचण्डको प्रश्न : नेताहरुलाई बचाउने सेनाले सिंहदरबार किन जोगाएन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सेनाले सिंहदरबार जल्नबाट किन जोगाएन भनी प्रश्न गरेका छन् । आज (शुक्रबार) सम्पादकहरुसँगको संवादमा उनले नेताहरूलाई जोगाउने सेनाले सिंहदरबार लगायत राज्यका महत्वपूर्ण निकाय किन नजोगाएको भन्दै प्रश्न गरेका हुन् ।

‘सेनाले हामीलाई त जोगायो । त्यसका लागि नेपाली सेनालाई धन्यवाद छ’ उनले भने, ‘तर हामीलाई जोगाउने सेनाले सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, शीतल निवास जस्ता राज्यका महत्वपूर्ण निकाय किन जोगाएन भन्ने हामीलाई लागेकै छ ।’ उनले अहिलेको अवस्था आउनुमा भू–राजनीतिक कारण रहेको दाबी समेत गरेका छन् । ‘यो अवस्था आउनु भू–राजनीतिक कारण हो । हामी भू–राजनीतिक अवस्थाकै कारण फस्यौँ’ उनले भने । चुनावपछि पनि सबैको सहमतिमा जेनजीको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।
‘सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीलाई एक्सपोज गरौं’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक (एक्सपोज) गर्नुपर्ने बताएका छन् । उनले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको र नेपालको आन्दोलनमा पनि देशी–विदेशी शक्तिहरू सक्रिय भएको अनुभव आफूले गरेको बताए ।

‘जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय भयो । विभिन्न देशमा चल्दै छ,’ उनले भने, ‘एक भारतीय बौद्धिकले जेनजी आन्दोलन चटपटे हो भने । राजावादीदेखि देशी–विदेशी समेत छन् । मलाई पनि त्यस्तै लाग्यो ।’ उनले २३ गतेको प्रदर्शनमा आन्तरिक र २४ गतेको प्रदर्शनमा बाह्य पक्षको मुख्य भूमिका रहेको पनि बताएका छन् ।

 

मलाई आफ्नै भाषण सुनें भने ज्योतिषी जस्तो लाग्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कहिलेकाहीँ ज्योतिषी जस्तो लाग्ने बताएका छन् । प्रेस सेन्टरले आज (शुक्रबार) आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष प्रचण्डले आफूले जे भन्दै आएको हो त्यही पुगेकाले ज्योतिषी जस्तो लाग्ने बताएका हुन् ।

‘तीन पार्टीका तीन नेता उस्तै हुन् भन्ने न्यारेटिभमा हाम्रो चित्त दुखेको छ । मलाई आफ्नै पुरानो भाषण सुनेँ भने ज्योतिषीले बोले जस्तो लाग्छ, जे भन्यो त्यही भएको छ,’ उनले भने । अध्यक्ष प्रचण्डले बेलाबेला ठूलो विद्रोह हुने बताउँदै आएका थिए । जनताको असन्तुष्टि चुलिएकाले जनताले नागरिकले सिंहदरबार, बालुवाटार घेर्ने बताउने गरेका थिए । प्रचण्डको यही भनाइ टिपेर केही दिनअघि ओलीले पनि टिप्पणी गरेका थिए ।

अध्यक्ष ओलीले बिहीबार मात्रै जेनजी अघि सारेर माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायत दल आन्दोलनको पछाडि बसेको समेत आरोप लगाएका थिए । अध्यक्ष प्रचण्डले जेनजीको मागमा आफूहरूको समर्थन रहेको पनि बताए । जेन–जी विद्रोहलाई सम्मान नगर्ने हो भने मुलुक पछाडि पर्ने उनको भनाइ थियो । ‘नैतिक र राजनीतिक दृष्टिले हामी त्यसको सम्मान गर्छौं । यसलाई सम्बोधन गर्न सकिएन भने हामी पछाडि पर्छौं,’ उनले भने । उनले अहिलेको आवश्यकता फागुन २१ गते तोकिएको निर्वाचन सफल गराउनु नै रहेको उनको भनाइ थियो।‘जेनजीले मागकै कारण नेतृत्व छोडेर महाधिवेशनमा जान लागेको हुँ । म निवृत्त जीवन बिताउन्न । तर म पार्टी प्रमुख भइरहनु पर्छ भन्ने छैन । पुरानो नेतृत्वले अब बिना भूमिकामा काम गर्नेछ,’ उनले भने ।

प्रचण्डको प्रस्ताव : यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, परिमार्जन गरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको आवश्यकता औंल्याउँदै नयाँ राष्ट्रिय सहमतिको प्रस्ताव गरेका छन् । राजधानीमा आयोजित सम्पादकहरूसँगको छलफलमा उनले वर्तमान संविधानले अबको परिस्थितिमा काम नगर्ने दाबी गर्दै परिमार्जन आवश्यक रहेको बताएका छन् ।

‘यो संविधानले अहिलेकै रूपमा काम गर्दैन,’ प्रचण्डले भने, ‘संशोधन-परिमार्जन गरौं । त्यसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’ उनको प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, संविधानको समग्र पुनरावलोकन र वर्तमान राजनीतिक संरचनामाथिको बहस समेटिएको छ ।

स्वाधीनता र सार्वभौमसत्तामाथि संकट
प्रचण्डले देश गम्भीर राजनीतिक संकटमा रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि यति ठूलो हस्तक्षेप पहिले कहिल्यै नभएको बताए । ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो,’ उनले भने ।

जेनजी आन्दोलनप्रति समर्थन

प्रचण्डले हालैको जेनजी आन्दोलनले संविधान र राजनीतिक संरचनालाई नयाँ कोणबाट हेर्न प्रेरित गरेको उल्लेख गर्दै त्यसप्रति समर्थन जनाए । ‘नैतिक र राजनीतिक दृष्टिले हामी त्यसको सम्मान गर्छौं,’ उनले भने, ‘यसलाई सम्बोधन गर्न सकिएन भने हामी पछाडि पर्छौं ।’

‘रिटायर्ड लाइफ बिताउँदिन, तर पार्टी प्रमुख हुन जरुरी छैन’
राजनीतिक जीवनबारे कुरा गर्दै प्रचण्डले आफू सक्रिय राजनीतिमा रहने तर सधैं पार्टीको शीर्ष नेतृत्वमा बसिरहनुपर्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘रिटायर्ड लाइफ त बिताउन्न, तर म पार्टी प्रमुख भइरहनु पर्छ भन्ने छैन,’ उनले भने, ‘पुरानो नेतृत्वले अब बिना भूमिकामा काम गर्नेछ।’ उनले तीन नेता र तीन दल एउटै हुन् भन्ने आलोचनालाई अस्वीकार गरेका छन् । ‘म लिडरसिप छोड्न तयार भएको र ज्यान जाला छोड्दिन भन्ने पनि उस्तै हो र ?’ भन्दै उनले सत्ता मोहप्रति कटाक्ष गरे ।

निर्वाचन नै अहिलेको प्राथमिकता

प्रचण्डले आगामी फागुन २१ गते तोकिएको आम निर्वाचनलाई सफल बनाउनु नै हालको पहिलो आवश्यकता भएको बताए । ‘निर्वाचन सफल पार्नु अहिलेको पहिलो काम हो,’ उनले भने, ‘त्यसपछि नै संवैधानिक पुनरावलोकन, राजनीतिक सुधार र राष्ट्रिय सहमतिको प्रक्रिया अघि बढ्न सक्छ ।’ ‘अहिलेको परिस्थितिमा केही संविधान टेक आउट त भएको छ । त्यसमा हाम्रो असहमति पनि छ,’ प्रचण्डले भने, ‘तर ६ महिनापछि निर्वाचन गर्ने घोषणा भइसकेको स्थितिमा अब हामी निर्वाचनतिरै लाग्नुपर्ने हुन्छ ।’

घोषित मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहीत निर्वाचन होस् भनेर माओवादी केन्द्रले निर्वाचनमै जाने निर्णय गरेको उनले दाबी गरे । ‘हाम्रा केही रिजर्भेसन छन्, तर अहिलेको अवस्थामा निर्वाचन वातावरण बनाउने नै हो,’ प्रचण्डले भने । निर्वाचन हुनै सकेन भने अर्को कुरा सोच्न सकिनेतर्फ पनि उनले इंगित गरे । उनले भने, ‘निर्वाचन हुनै सकेन भने हामी सबै लाग्दा पनि भने त्यो विकल्पको कुरा होला । तर अहिले निर्वाचन सफल पार्ने र प्रतिनिधिसभा ल्याउनेतिर जोड गर्‍यौं ।’

‘मलाई आफ्नै भाषण सुन्दा ज्योतिषी जस्तो लाग्छ’
ठट्यौली शैलीमा प्रचण्डले विगतका आफ्नै भाषणहरू सुन्दा भविष्यवाणी मिले जस्तै लाग्ने बताएका छन् । ‘मलाई आफ्नै पुरानो भाषण सुनेँ भने, ज्योतिषीले बोले जस्तो लाग्छ, जे भन्यो त्यही भएको छ,’ उनले भने ।

सरकारले सुरक्षाकर्मी घटाएपछि प्रचण्डलाई पूर्व लडाकुको सुरक्षा

काठमाडौँ । सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी कटौती गरेपछि पूर्व लडाकुले सुरक्षा दिन थालेका छन् । वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सुरक्षामा पूर्व लडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएका हुन् ।

उनले भने, ‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौँ ।’ स्रोतका अनुसार प्रचण्डको सुरक्षामा पूर्व लडाकु समेत छन् । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्व लडाकुहरू छन् ।

बाहिरी घेरामा वाईसीएलको फिल्डमा खटिने गरेको टोली छ । अर्को टोली गोप्य सूचना संकलनको उद्देश्यसहित परिचालन गरिएको छ । यो टोलीले ‘इन्टेलिजेन्स’ को जस्तो भूमिका निर्वाह गर्नेछ । प्रचण्डको यात्रामा स्कर्टिङ गर्नुपरेमा पनि केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएलको विशेष टिम खटिने गरी व्यवस्था मिलाइएको छ । १० वर्षसम्म सरकारविरुद्ध सशस्त्र संघर्ष गरेको माओवादी शान्ति प्रक्रियामा आएपछि सशस्त्र लडाइँ लडेकाहरूलाई समेत समेटेर योङ कम्युनिस्ट लिग (वाईसीएल) को रूपमा युवा संगठन बनाएको थियो ।

राष्ट्रिय स्वाधिनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश ठूलो राजनीतिक संकटमा परेको बताएका छन् । स्वाधीनता र स्वतान्त्रतामाथि यस्तो दबाब कुनै पिँढीले नभोगेको उनको भनाइ छ । काठमाडौंंमा सम्पादकहरूसँगको अन्तक्रियामा उनले भने, ‘स्वाधीनता र लोकतन्त्रका लागि ऐतिहासिक एकता अनिवार्य भएको छ ।’ उनले आफू प्रधानमन्त्री हुँदा विचौलियाहरूको बिगबिगी देखेको उनले बताए । तर, आफू नझुकेको प्रचण्डको दाबी छ । उनले एमाले अध्यक्ष केपी ओलीमा अझै अहंकार नगएको टिप्पणी पनि गरेका छन् ।

 

पार्टी एकताबारे प्रचण्ड : माधव नेपाल र महिन्द्र यादव सकारात्मक, विप्लव तयार छैनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ले प्राकृतिक विपद्बाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले विपद्पछिको पुनर्निर्माणमा एकजुट भएर लाग्न सबैमा आह्वान गरेको हो । बैठकले विपद् प्रतिकार्यमा खटिइएका पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा सामान्य कुराकानी भएको उल्लेख गर्दै उनले दुई दिनपछि बस्ने सचिवालय बैठकमा यसबारेमा विस्तृत छलफल हुने बताए । बैठकमा पार्टी एकता, समाजवादी मोर्चा र संयुक्त मोर्चा विस्तारलगायत विषयमा भइरहेको प्रगतिबारे अध्यक्ष दाहालले ‘ब्रिफिङ’ गरेका थिए । उनले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको पहलको कदम सकारात्मक रहेको बताएका छन् । त्यस्तै प्रचण्डले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको विषय सकारात्मक रहेको बताए ।

‘समाजवादी मोर्चामा भएका सबैसँग पार्टी एकताका निम्ति पहल गर्ने काम भइरहेकै छ,’ प्रचण्डलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘माधव नेपाल र महिन्द्र रायहरूसँग एकताको विषय सकारात्मक छ ।’ त्यस्तै प्रचण्डले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भने अहिले एकता प्रक्रियाको सुरुवात नै नभएको ब्रिफिङ गरेका छन् । बैठकमा प्रचण्डले भने, ‘विप्लव चाहिँ अहिल्यै पार्टी एकता गरेर जाने विषयमा त्यति धेरै तयार भई नसकेकोले संवाद जारी राख्ने कुरा भइरहेको छ ।’

बैठकमा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न विघटित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल भइरहेको र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सकारात्मक वातावरण निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जानकारी गराएका थिए ।

‘चुनावमा सहभागिता सम्बन्धमा सबै पार्टीभित्र सकारात्मक छलफल भइरहेको छ, अन्य पार्टीको पनि बैठकहरू बस्दै छन्, चुनावमा जानेमा आमसहमति जस्तै बन्दै छ, माओवादीले त्यसमा नै जोड गरिरहेको छ’, संयोजक दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने, ‘निर्वाचन सम्पन्न गरेर मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत राजनीतिक उपलब्धिलाई जोगाउन सकिन्छ, त्यसकारण चुनावलाई माओवादीले उच्च प्राथमिकतामा राखेको छ ।’

बैठकमा महाधिवशेनको कार्यविधि बनाउने, आयोजक समिति निश्चित गर्ने र विचार, संगठन तथा राजनीतिक कार्यदिशाका बारेमा सामान्य छलफल भएको जानकारी दिए ।

प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकमा

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि सिन्धुपाल्चोक पुगेका छन् ।

राजधानी बाहिर दशैं मनाउने प्रचण्डको चाहना अनुरूप मंगलबार प्रचण्डसहित सपरिवार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीमा रहेको बागमती प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य युवराज दुलालको घरमा आएका हुन् ।

दशैं मनाउन प्रचण्ड छोरी रेणु दाहाल, गंगा दाहाल र ज्वाईहरूसहित आएका हुन् । प्रचण्डसहितको परिवार दुलालको घरमा दशैंभर रहने जनाइएको छ । दशैं मान्न आएको बताइए पनि प्रचण्ड सिन्धुपाल्चोक आउनु राजनीतिक दृष्टिकोणबाट केही महत्वपूर्ण रहेको जानकारहरूले बताएका छन् ।

माओवादीले पुस्तान्तरण प्रक्रिया थालिसक्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले पुस्तान्तरण प्रक्रिया सुरु गरिसकेको दाबी गरेका छन् । जेन–जी आन्दोलनको मनोविज्ञानअनुसार नै माओवादी केन्द्रले पुस्तान्तरण प्रक्रिया आरम्भ गरेको दाहालको दाबी छ ।

‘हाम्रो पार्टीले जेन–जीका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ’, बडादसैंका अवसरमा दाहालले दिएको शुभकामना सन्देशमा भनिएको छ ।

दाहालले माओवादीले उठाउँदै आएका अजेन्डा नै जेन–जीले उठाइरहेको दाबी पनि गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन् ।’

प्रचण्डले भने–अब म माओवादीको अध्यक्ष रहिनँँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न भएको दावी गरेका छन् । बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न गरेका छौं । अब म अध्यक्ष रहिनँ, महाधिवेशन आयोजक कमिटीको संयोजक भएँ ।’

माओवादीले आज केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशन घोषणा गरेको छ । महाधिवेशन मंसिरको अन्तिमसम्म गर्ने गरी अध्यक्षलाई संयोजक तोकिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

हेर्नुस् माओवादी केन्द्रको सातौं पूर्ण बैठकका निर्णय

–केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।
–पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने ।
–नेपोटिज्म (नातावाद, आफन्तवाद) बारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने। संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने ।
–जेनजीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
–आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
–अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
–विभिन्न विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने ।

सबै नेताको सम्पति छानबिन गरी सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनु पर्ने आवश्यकता औँल्याएका छन् । ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नु पर्छ,’ प्रचण्डले भने ।

संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो । बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन दिएका छन् ।

‘आगामी केन्द्रीय कमिटीमा जेनजीको अधिकतम प्रतिनिधित्व हुन्छ’
अध्यक्ष ‘प्रचण्ड’ ले आगामी केन्द्रीय कमिटीमा जेनजी उमेर समूहको अधिकतम प्रतिनिधित्व गराउने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि शुक्रबारदेखि बसेको माओवादी केन्द्रीय कमिटी बैठकमा युवाहरूलाई निर्णायक तहमा ल्याउनु पर्नेमा नेताहरूले जोड दिएका थिए । ‘जेनजीलाई आगामी केन्द्रीय समितिमा अधिकतम प्रतिनिधित्व गर्न अहिलेदेखि तयारी गरिनेछ’ प्रचण्डले भने, ‘सक्रिय र क्षमतावान जेनजीहरू केन्द्रीय कमिटीमा आउने छन् ।’

लिलामणिको टिप्पणी : प्रचण्डको राजीनामा माग बालेन र सुदन गुरुङको हो, जेनजीको होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोख्रेलले प्रचण्डको राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको भएको टिप्पणी गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने, ‘राजीनामाको माग बालेन र सुदन गुरुङहरूको हो, जेनजी होइनन् त्यसैले त्यो पूरा हुँदैन ।’

पोख्रेलले पनि अध्यक्ष प्रचण्डकै प्रस्ताव अनुसार आगामी मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् । प्रचण्डलाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने प्रस्तावमा समर्थन जनाएका छन् । पोख्रेल अगाडि बोल्ने अधिकांश नेताहरूले प्रचण्डको प्रस्तावमा समर्थन जनाएका छन् । माओवादी केन्द्रका सचिव राम कार्कीले भने अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन् । तीन वटै प्रस्ताव भन्दा फरक ढंगले जानुपर्ने बताए ।

‘प्रदेश अध्यक्ष राखौं र सयोजन समिति बनाएर महाधिवेशनमा जाऔं । बाँकी सबै कमिटिहरू भङ्ग गरौ’ कार्कीको प्रस्ताव छ । अन्य नेताहरू नन्दकिशोर पुन, वर्षमन पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव पनि बोलेका छन् । नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पूर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् ।

मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ । महासमिति बनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ । उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए । प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् ।

आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् । उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ ।

प्रचण्ड, नारायणकाजी र जनार्दनको प्रस्तावको विपक्षमा उभिए राम कार्की

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’ अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले प्रस्तुत तीन वटै प्रस्ताव भन्दा फरक ढंगले जानुपर्ने बताए । ‘प्रदेश अध्यक्ष राखौं र संयोजन समिति बनाएर महाधिवेशनमा जाऔं । बाँकी सबै कमिटिहरु भंग गरौ’ कार्कीको प्रस्ताव छ ।

बाँकी बोल्ने नेताहरूले भने अध्यक्ष प्रचण्डको प्रतिवेदनको समर्थन गरेका छन् । हालसम्म पदाधिकारीतर्फबाट नेताहरू हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव बोलेका छन् । उपत्यका विशेष प्रदेश, लुम्बिनी प्रदेशको निष्कर्ष पनि प्रस्तुत भइसकेको छ । नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पुर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् । मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

महासमिति बनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ । उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ । तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम चलिरहेको छ । समुहगत छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी छ ।

प्रचण्डको आशंका : नेताहरूलाई जेल हालेर चलखेल हुनसक्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनपछि देश झनै गम्भीर मोडमा रहेको भन्दै धेरैखाले चलखेलहरू भइरहेको दाबी गरेका छन् । केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले संविधान मास्ने, अन्तरिम सरकार जारी गर्ने र देशमा विभिन्न बहानामा अराजकता मच्चाएर प्रतिगामी शक्ति हावी गराउने खेल हुनसक्ने आशंका गरिएको छ । प्रचण्डले लोकतान्त्रिक दलका नेताहरूलाई भ्रष्टाचार वा अन्य बहानामा जेल हालेर दलमाथि प्रतिबन्ध लगाउने खतरा समेत औंल्याएका छन् । उनले सबै परिस्थितिलाई गम्भीरता साथ लिएर फागुन २१ मै चुनाव गराउन लाग्नुपर्ने बताएका छन्।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भनिएको छ– जेनजी आन्दोलनपछि गैरदलीय सरकार बनेपनि हाम्रा उपलब्धिहरू माथिको संकट भने टरेको छैन । विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थसिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन् ।

यो सबै परिस्थितिलाई गम्भीरतापूर्वक समीक्षा गरी आगामी फागुन २१ मा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन जोड दिनुपर्छ । प्रचण्डले यसबीचमा आफूसहितको पहलमा संविधान जोगाउन सफल भइएको भन्दै षडयन्त्रहरू कायमै रहेको बताएका छन् । उनले शीतल निवासमा सुशीला कार्की प्रधानमन्त्री बन्नुअघिका वार्तामा वार्तामा आफूले संविधान र लोकतन्त्रमा कुनै सम्झौता गर्न नसकिने, संसदबाटै नयाँ सरकार गठन गरी समस्याको निकास खोजिनु पर्ने, संसदबाटै नयाँ जनादेशमा जानुपर्ने, संसदले नियमित कारवाही नगर्ने तर जेनजीले उठाएका प्रत्यक्ष कार्यकारीलगायतका मागहरु सम्बोधन गर्नुपर्ने अडान प्रस्तुत गरेको जनाएका छन् ।

लोकतन्त्रमाथि सरकारकै गतिविधिका कारण संकट आउनसक्छ र जनतामा चुलिएको आक्रोश कुनै पनि बेला सडक तथा सदनबाट विष्फोट हुनसक्ने भन्दै आफूहरुले चेतावनी दिएको पनि प्रचण्डले जनाएका छन् । ‘तर सरकारले हाम्रो खबरदारीको संवेदनशीलता र गाम्भीर्यता बोध गरेन । बरु सरकार विचौलिया र दलालहरुको हितका पक्षमा एकपछि अर्को कुशासनका श्रृंखलामा तल्लीन रह्यो । दुई तिहाइ संख्याको दम्भमा संवेदनहीन बन्दै असन्तुष्टिका आवाजहरु दबाउँदै आएको सरकारले सामाजिक सञ्जालमाथि नै प्रतिबन्ध लगाएपछि परिस्थिति विष्फोटक बन्न पुग्यो’, प्रचण्डको प्रतिवेदनमा भनिएको छ ।

सरकारका यिनै गतिविधिहरुले सिर्जना भएको असन्तुष्टि र आक्रोशलाई आफ्नो निहित स्वार्थमा उपयोग गर्न प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुले उपयुक्त मौका पाए । यसकै परिणामस्वरुप गत भदौ २३ गते शान्तिपूर्णरुपमा सुरु भएको जेन जी आन्दोलन नरसंहारमा रुपान्तरित भयो ।

भदौ २४ गते राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सर्वोच्च अदालत, सिंहदरबार जस्ता देशकै ऐतिहासिक सम्पदाका साथै सयौं सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरुका निवास, बैंक, वित्तीय संस्था, मिडिया तथा व्यावसायमा भीषण आगजनी, लुटपाट, तोडफोड गरिनुका साथै भौतिकरुपमा समेत आक्रमण गरियो र राष्ट्रले अकल्पनीय क्षति बेहोर्नु पर्‍यो ।

एउटा कुरा के प्रष्ट छ भने आन्दोलनमा तोडफोड, लुटपाट र आगजनीका साथै राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण हुने कुरा पूर्णत नियोजित र योजनावद्ध थियो । हामीले नै उठाएका मुद्दाहरुमा सुरु भएको आन्दोलनमा हामीमाथि नै आक्रमण हुने जस्ता घटनाहरु जेन–जी आन्दोलनकारीले गर्न सक्दैनन, ऊनीहरुबाट भएका होइनन् ।

प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन् । आज (बिहीबार) बाट काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका छन् ।

त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले राखेको राजनीतिक एवं संगठनात्मकमाथि प्रदेश अनुसार प्रतिनिधि विभाजन गरी छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ ।

बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीका बारेमा महासचिव देव गुरुङले जानकारी गराएपछि केहि नेताले आपत्ति जनाएका छन् । माओवादी नेता रन्जित तामाङ, सुदन किरातीलगायतले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखेका थिए । अध्यक्ष प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् । सुरुमा बोलेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशनमाजाने भएपछि पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसमा असहमति जनाउँदै उपमहासचिव शर्माले नयाँ प्रस्ताव राखेका छन् । आफ्नो असहमति रहेको भन्दै उनले नयाँ प्रस्ताव राखेका हुन् । उपमहासचिव शर्माले भने, ‘सबै पदाधिकारी राजीनामा दिएर निर्देशक समितिमा बसेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरौं ।’ उपमहासचिव शर्मा अगाडि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोलेका थिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । ‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिवेशन गर्नुपर्छ,’ श्रेष्ठले भनेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् । उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने र पार्टीको महाधिवेशन चुनाव पछाडि गर्नुपर्ने श्रेष्ठको प्रस्ताव छ ।

चुनाव पछाडि महाधिवेशन गरेपनि अध्यक्ष प्रचण्डले भने अहिले नै राजीनामा दिनुपर्ने उनको आग्रह छ । बदलिएको परिस्थितिमा प्रचण्डले नेतृत्व भने अहिले नै छाड्नुपर्ने श्रेष्ठको आग्रह छ । श्रेष्ठले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले अहिले नै अध्यक्ष छोडेर मलाइ कार्यबाहक अध्यक्ष दिनुस । यो मेरो कुरा होइन, आम कार्यकर्ता र यो हलको कुरा राखेको हुँ ।’ यसअघि गत आइतबार बसेको माओवादीको पदाधिकारी बैठकमा समेत वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यबाहक अध्यक्ष माग गरेका थिए ।

‘…नारायणकाजीले पनि मलाई कार्यवाहक दिनुपर्‍यो भनेर माग गर्नु भएको थियो हिजो (आइतबार) मिटिङमा । माग गरेपछि मैले भनें दिइदिनुस् न त उहाँलाई कार्यवाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस्,’ उपमहासचिव शर्माले गत सोमबार भनेका थिए । केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न हुने माओवादीले जनाएको छ ।

 

जिम्मेवारीबाट पन्छिने सोचेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने बताएका छन् । आज (बिहीबार) प्रज्ञा प्रतिष्ठानमा सुुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने स्पष्ट पारेका हुन् ।

‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन,’ उनले भने, ‘त्यसैलै अहिले पनि म हुनैपर्ने भन्ने छैन । राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु ।’ उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम बुझाई कायम गर्न जरुरी रहेको बताएका छन् । प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै पार्टीका महासचिव जनार्दन शर्माले पछिल्लो समय दवाव बढाइरहेका छन् ।

त्यसलाई काउन्टर दिँदै प्रचण्डले असोज ५ गते बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । आजको केन्द्रीय समितिबाट उक्त प्रस्तावलाई अनुुमोदन गर्दै प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी छ ।

नेतृत्व छाड्नेबारे प्रचण्ड : छलफल भइरहेको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र चलिरहेको नेतृत्व परिवर्तनको बहस महाधिवेशनसम्म जाँदा सबै हल हुने दावी गरेका छन् । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि संक्षिप्त प्रक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।’

माओवादीमा प्रचण्डलाई उपमहासचिव जनार्दन शर्माले राजीनामा माग्दै नेतृत्व छाड्न दबाब बढाएका छन् । प्रचण्डले मंसिरमा सबै कमिटी भङ्ग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव राखेका छन् ।

प्रचण्डको प्रस्ताव : सबै कमिटी भङ्ग गरेर मंसिरमा विशेष महाधिवेशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । आज (आइतबार) जारी पार्टी पदाधिकारी बैठकमा एक घण्टा सम्बोधन गरेका उनले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

‘विशेष परिस्थिति हो, विशेष महाधिवेशन गरौं र नयाँ नेतृत्व चयन गरौँ,’ उनले बैठकमा भने । पदाधिकारी बैठकले प्रचण्डको प्रस्तावअनुसार निर्णय गरेर केन्द्रीय समितिमा पठाउने छ । केन्द्रीय समितिले तलदेखि माथिसम्मका सबै तहका पदाधिकारी तथा समिति भङ्ग भएपछि महाधिवेशन आयोजक समिति बन्नेछ । महाधिवेशन आयोजक समितिले नै मंसिरको महाधिवेशन गर्ने अख्तियारी पाउने छ । उक्त प्रस्ताव पदाधिकारी बैठकबाट पारित भएर केन्द्रीय कमिटीमा जानेछ।

केन्द्रीय कमिटी बैठकले यससम्बन्धी औपचारिक निर्णय गर्ने एक पदाधिकारीले बताए । ‘अध्यक्ष प्रचण्डले सबै कमिटी भङ्ग गरेर आयोजक समितिमा रुपान्तरण गर्ने र मंसिरमा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्ने प्रस्ताव राख्नु भएको छ,’ ती पदाधिकारीले भने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठक पनि एक हप्ताभित्रै बोलाउने बताएका छन् ।

प्रचण्ड ‘क्रमभङ्ग’ का लागि तयार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला भनिने दलहरूको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालीन अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफूलाई ठूला दल भन्नेहरूको अहंकारले नै देश परिस्थतिमा आइपुगेको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो पार्टी फरक धातुले बनेका मान्छेहरूको पार्टी भएको दाबी गरे । माओवादी केन्द्रले विगतमा थुप्रै कमी कमजोरी गरे पनि आत्मसमीक्षा गर्दै सुधारको बाटो लिएको पनि प्रचण्डले बताएका छन् ।

‘कम्तीमा पनि इतिहास र वर्तमानको समीक्षा गरेर हेर्दा माओवादी केन्द्रले बीचमा कमजोरीहरू गरेको स्वीकार्छ तर हामी फरक छौँ, अरू जस्तै होइनौँ’, उनले भने, ‘साम्राज्यवादी र प्रतिक्रियावादीहरूले अरू जस्तै हो भन्ने भाष्य बनाउन खोजे पनि त्यो सत्य होइन ।’ अहिलेको जनभावना कसरी सम्बोधन गर्ने भन्नेबारे नेतृत्व सजग रहेको खुलाउँदै प्रचण्डले आवश्यक परे जस्तोसुकै क्रमभंग गर्न तयार रहने स्पष्ट पारे ।

‘के गरी जनभावना सम्बोधन गर्ने भन्ने कुरा नेतृत्व, तपाईं हामीलाई थाहा छ। निरन्तरतामा क्रमभंगता भन्ने गरिएको छ । फेरि पनि जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहन्छ,’ प्रचण्डले भने । प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादीले निरन्तर वकालत गरेको उल्लेख गर्दै त्यसको ऐतिहासिकता आज जेनजी विद्रोहले फेरि एकचोटि पुष्टि गरेको उल्लेख गरे ।

१० वर्षपछि फेरि एकचोटि पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको उनले बताए । प्रचण्डले हीनताबोधमा बाँच्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै देशका सबै उत्पीडित वर्ग, समुदायलाई अधिकार दिलाउने महान् काम गरेकोमा गर्व गर्नुपर्ने धारणा राखे ।

त्यस्तै प्रचण्डले संविधानसभाको नेतृत्व, सुशासनको नेतृत्व, भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्वलाई भ्रष्टाचारी हो भनेर तुलना गर्न खोज्नु इतिहासप्रति, जनताप्रति गहिरो र ठूलो विश्वासघात हुन जाने तर्क गरे । उनले भाद्र २४ गते जेनजीको आन्दोलनमा घुसपैठ वा भयानक डिजाइनमा विध्वंसहरू मच्चाइएको आरोप लगाए । प्रचण्डले अन्तरिम सरकार गठनको प्रक्रियामा गएर भएपनि संविधान बचाउने काममा राष्ट्रपतिको भूमिका प्रसंशनीय रहेको बताए । त्यस्तै प्रधानसेनापतिको भूमिका पनि निकै सकारात्मक देखिएको उनले बताए । प्रचण्डले घोषित मितिमा नै निर्वाचन गरि जेनजी आन्दोलनको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक ढङ्गले नै खुलोस् भन्ने चाहना रहेको उल्लेख गरे ।

 

राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन सहजीकरण गरें : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने कसरत भएको बताएका छन् । आज (शुक्रबार) संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दिया । मैले संसद् विघटन गर्ने मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ । यसको हुनसक्ने सहजीकरणबारे रातभर बसेर राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन आग्रह गरे ।’

राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको उनको भनाई छ । उनले निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई रक्षा गर्न राष्ट्रपति पौडेल उभिएकाले उनलाई धन्यवाद समेत दिए । प्रधानसेनापतिको भूमिका पनि प्रशंसनीय रहेको भन्दै उनले धन्यवाद दिए ।

उनले जेनजीले उठाएका मागहरू आफूहरूले १० वर्ष अगाडि नै उठाएको बताए । अहिले जेन जी आन्दोलन गर्नु पर्ने र दर्जनौँ युवाहरूले ज्यान गुमाउनु पर्ने परिस्थिति सिर्जना हुनु राम्रो नभएको उनले बताए । अहिले ठूला दल भनेर अहंकार गर्दा देश भयानक परिस्थितिमा आएको समेत उनको तर्क छ ।

‘यति धेरै अहंकार ठूला भन्ने पार्टीहरूले गरे । यो अहंकारले कहीँ न कहीँ भोलि जनताले बढार्छन् भनेर मैले पटक पटक भनेको थिए । यो अहंकारको मूल्य धेरै चर्को पर्नेछ, जनतामा आक्रोश दिनप्रतिदिन बढेको छ यो कुनै बेला विस्फोट हुनसक्छ भनेर स्मरण गराएको थिए’, उनले भने । जेन जी आन्दोलन सही छ भन्ने नै माओवादी पहिलो पार्टी रहेको उनले जिकिर गरे । भदौ २३ गते नै आफूहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा नसुनेका कारण २४ गते अर्को घटना भएको उनले बताए ।

त्यसैगरी, अध्यक्ष प्रचण्डले जुरमुराएर अगाडी बढ्न आग्रह गर्दै उनले अगाडि भने, ‘हामी हीनताबोधका बाच्नु पर्ने कुनै आवश्यकता छैन । हामीले गर्वका साथ भन्न सक्छौँ । हामी सही थियौँ । हामीले महान् ऐतिहासिक विद्रोह गरेर यो देशका सबै वर्गलाई अधिकार दिलाउने महान् काम गरेका थियौँ ।’