काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले वागमती प्रदेशसामु २१० रनको लक्ष्य प्रस्तुत गरेको छ।
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४२.१ ओभरमा २०९ रनमै समेटिएको हो।
सुदूरपश्चिमका लागि नारायण जोशीले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ६८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ७५ रन बनाए। त्यस्तै दीपक बोहराले ४०, अभिषेक पालले ३९ र अशोक धामीले १७ रन जोडे। अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
वागमतीका लागि कप्तान सन्दीप लामिछाने र प्रतिस जिसीले समान ४-४ विकेट लिए। त्यस्तै, सोनु देवकोटा र रिजन ढकालले एक एक विकेट लिए।
यसअघि टस जितेर वागमती प्रदेशले पहिले फिल्डिङ रोजेको थियो।
काठमाडौं । १९ औँ संस्करणको जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
आइतबारको पहिलो खेलमा सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ। राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ।
हालसम्म सनराइजर्स हैदरावादले २ खेल खेल्दा एकमा जित र एकमा हार बेहोरेको छ। उसले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको थियो। उता लखनउ सुपर जाइन्ट्स भने आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो।
त्यसैगरी, आजको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किंग्स आमनेसामने हुनेछन्। बैंगलुरुमा हुने यो खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ।
रोयल च्यालेन्जर्स बैंगलुरुले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो भने चेन्नई सुपर किंग्सले हालसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ।
काठमाडौं। बलिउड फिल्म ‘धुरन्धर २’ ले बक्स अफिसमा उल्लेखनीय सफलता हात पारेको छ।
रणवीर सिंह अभिनीत ‘धुरन्धरः द रिभेन्ज’ले विश्वभर १५०० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गर्दै सर्वाधिक कमाउने भारतीय फिल्महरूको सूचीमा चौथो स्थान हासिल गरेको हो।
रिपोर्टअनुसार फिल्मले प्रदर्शनको छोटो समयमै यो उपलब्धि हासिल गरेको हो। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सशक्त प्रस्तुतिका कारण फिल्मले घरेलु तथा अन्तर्राष्ट्रिय दुवै बजारमा राम्रो कमाइ गर्न सफल भएको छ।
प्रस्तुतकर्ता जियो स्टुडियोका अनुसार भारतमा फिल्मको ग्रस बक्स अफिस कमाइ ११३४ करोड भारू पुगेको छ भने नेट कमाइ १००० करोड क्लब नजिक पुगेको छ। विदेशमा ३६७ करोड भारू कमाएसँगै यसको विश्वव्यापी ग्रस कमाइ १५०१ करोड भारू पुगेको छ।
ग्रस कमाइ भनेको टिकट बिक्रीबाट प्राप्त कुल आम्दानी हो भने नेट कलेक्सन भनेको कर कटौतीपछिको आम्दानी हो।
यससँगै ‘धुरन्धर २’ विश्वव्यापी बक्स अफिसमा १५०० करोड कमाउने चौथो भारतीय फिल्म बनेको छ। साथै, ‘दंगल’पछि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो बलिउड फिल्मका रूपमा पनि यसले आफ्नो स्थान बनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आकस्मिक रूपमा बोलाएका छन् । बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बैठक बस्ने भएको हो । अघिल्लो मन्त्रिपरिषद् बैठकले सरकारका १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो ।
त्यसअघि १३ चैतको साँझ बसेको मन्त्रिपरिषद् बैठकले भने जेन–जी विद्रोहमा २३ गतेको घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।
काठमाडौं। नेपाली अटो बजारमा मध्यम मूल्यका विद्युतीय गाडी (ईभी) सेग्मेन्ट झनै प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ। ३५ देखि ५० लाख रुपैयाँ मूल्य दायरालाई लक्षित गर्दै तीन नयाँ एसयूभी मोडल नेपाली बजारमा प्रवेश गर्न लागेका छन्।
पछिल्ला वर्षहरूमा यही मूल्य समूहका ईभीप्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। यही बढ्दो मागलाई ध्यानमा राख्दै टाटा, आरफक्स र दीपल ब्राण्डले आफ्ना नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्।
नेपाली बजारमा पहिलोपटक भित्रिन लागेको आरफक्स ब्राण्डलाई लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनीले ल्याउँदैछ। आरफक्सले टी-०१ ह्याचब्याक मोडलमार्फत आफ्नो उपस्थिति सुरु गर्नेछ, जसले किफायती सेग्मेन्टमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ।
यसैबीच, नेपाली सडकमा लोकप्रिय बनेको टाटा पञ्च ईभीको लङ रेन्ज संस्करण पनि चाँडै सार्वजनिक हुने भएको छ। सिप्रदी ट्रेडिङमार्फत बिक्री हुने यो मोडल फेसलिफ्ट डिजाइनसहित आउनेछ र यसमा बढी रेन्ज तथा अद्यावधिक फिचरहरू रहने अनुमान गरिएको छ।
त्यस्तै, दीपलले आफ्नो इन्ट्री-लेभल एसयूभीका रूपमा एस-०३ मोडल नेपाल ल्याउन लागेको छ। थाइल्याण्डमा उत्पादन हुने यो गाडी एमएडब्लू वृद्धिले नेपाली बजारमा उपलब्ध गराउनेछ।
यी नयाँ मोडलहरूको आगमनसँगै मध्यम मूल्यका ईभी गाडीबीच प्रतिस्पर्धा अझ तीव्र हुने देखिएको छ। साथै, उपभोक्ताले एउटै मूल्य दायराभित्र थप विकल्प पाउने भएका छन्।
काठमाडौं । प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ । कुनै बेला होटल मजदुर रहेका रास्वपा सांसद डोलप्रसाद अर्याल (डीपी) आइतबार निर्विरोध सभामुख निर्वाचन भएका भएका छन् ।
सभामुख पदको लागि भएको निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), गृहमन्त्री सुधन गुरुङलगायत पदाधिकारी पनि सहभागी भए ।
काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ। उनी आज दिउँसो साढे २ बजे पद तथा गोपनीयताको शपथ लिनेछन्।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई शपथ गराउने कार्यक्रम रहेको छ। शपथपछि उनी आजै आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नेछन्।
गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता हुँदा अर्यालको मात्र उम्मेदवारी परेको थियो। त्यसअनुसार प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले उनलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र लुम्बिनी प्रदेशका पूर्वएमाले सांसद रेखा शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाई हुँदैछ ।
न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाई हुने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाउँदै ओली पत्नी राधिका शाक्य, लेखक पत्नी यशोधा र रेखाको पति चिन्तामणि शर्माले गैरकानुनी ढंगले पक्राउ गरेको भन्दै रिहा माग गरेका छन् ।
तर, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ओली कानुनभन्दा माथि नभएको भन्दै कारबाही गर्न पक्राउ गरेको लिखित जवाफ पेश गरिसकेका छन् ।
यही १६ चैतमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले ओलीको पक्राउ गरेको प्रकरणमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
त्यसबेला न्यायाधीश पोखरेलले निवेदक राधिकाको मागअनुसार ओलीलाई रिहा गर्न अस्वीकार गरेको थियो ।
ओली १४ चैतको बिहानै भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका हुन् । स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा छन् । लेखक र शर्मा भने प्रहरी हिरासतमा छन् ।
काठमाडौं । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलियापन तथा अभद्र व्यवहारजस्ता गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको अभियानमा चार दिनमै २ सय २६ जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार चैत १८, १९, २० र २१ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानमा उनीहरूलाई नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चैत १८ गते काठमाडौं उपत्यकाबाट ५१ जना र कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए।
चैत १९ गते कोशी प्रदेशबाट एक, मधेस प्रदेशबाट सात, बागमती प्रदेशबाट २३, गण्डकी प्रदेशबाट दुई र कर्णाली प्रदेशबाट ११ जना पक्राउ परेका छन्।
त्यसैगरी चैत २० गते मधेस प्रदेशबाट आठ, गण्डकी प्रदेशबाट १०, लुम्बिनी प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ।
चैत २१ गते पुनः काठमाडौं उपत्यकाबाट ६२ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गुण्डागर्दी गर्ने, बिचौलियाको भूमिका खेल्ने, यातायात तथा मालपोत कार्यालयमा सर्वसाधारणलाई दुःख दिने तथा सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने व्यक्तिहरू रहेका छन्।
प्रवक्ता काफ्लेले यस्तो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जानकारी दिएका छन्।
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले युवा संघका सचिवालय सदस्य वकिल बम पक्राउ प्रकरणबारे कडा प्रतिक्रिया जनाएका छन्।
बमलाई विना कारण नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका हुन्। उनले लेखेका छन्, ‘हिजो राति करिब १० बजे सादा पोशाकका ४-५ जना प्रहरीले ‘केही समयका लागि’ भन्दै उहाँलाई नियन्त्रणमा लिएर कालिमाटी प्रहरी वृत्तमा थुनेको छ।’
उनले कुनै झैझगडा, उजुरी वा पुरानो मुद्दा नरहेको दाबी गर्दै यस्तो कार्य कानुनी शासनविपरीत भएको बताएका छन्।
‘न कुनै झैझगडा भएको थियो, न कुनै उजुरी वा पुरानो केस नै थियो। ठमेलमा व्यवसाय गरेकै कारण ‘गुन्डागर्दी’को आरोप लगाएर विना कारण र विना प्रमाण नियन्त्रणमा लिनु नागरिक स्वतन्त्रतामाथिको प्रहार हो,’ बस्नेतको भनाइ छ।
बस्नेतले उक्त घटनामा राजनीतिक उद्देश्य लुकेको आरोप लगाएका छन् । ‘यो घटनाले राजनीतिक उद्देश्यको संकेत गर्छ,’ उनले स्टाटसमा उल्लेख गरेका छन्।
उनले सरकार र सम्बन्धित निकायलाई यस्ता कार्य तुरुन्त अन्त्य गर्न आग्रह गर्दै वकिल बमलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।
एजेन्सी। फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि ठूलो आक्रमण गरेदेखि हालसम्म ३ सय ६५ अमेरिकी सैनिकहरू युद्धमा घाइते भएका छन् ।
पेन्टागनको अनलाइन अपडेट अनुसार २ सय ४७ सेना, ६३ नौसेना, १९ मरिन र ३६ वायुसेना घाइते भएका हुन् । त्यस्तै १३ जनाको मृत्यु भएको बताइएको छ । जसमा ७ जना शत्रुतापूर्ण मृत्यु, ६ जना कुवेतमा इरानी आक्रमणमा मारिएका र १ जना साउदी अरबमा घाइते भएपछि मृत्यु भएको बताइएको छ ।
शुक्रवार इरानी सेनाले खसालेका वा प्रहार गरेका अमेरिकी युद्धविमानमा सवार कुनै चालक दलका सदस्यहरू यस संख्यामा समावेश छन् कि छैनन् भन्ने स्पष्ट छैन ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ५६ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता व्यवस्थापन गर्नको लागि निक्षेप संकलन गर्ने भएको हो ।
केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख २७ गते हुनेछ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
काठमाडौं । डोनाल्ड ट्रम्पले इरानलाई फेरि ४८ घन्टाको अल्टिमेटम दिएका छन्।
शुक्रबार इरानले आफ्नो भूमिमा अमेरिकी एफ-१५ ई स्ट्राइक इगल लडाकू विमान खसालेपछि ट्रम्पले स्ट्रेट अफ हर्मुज खुला गर्न ४८ घन्टे समयसीमा तोकेका हुन्।
उक्त घटनामा विमानका एक चालकको उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजीका लागि पुगेको अमेरिकी सेनाको हेलिकप्टरमाथि समेत इरानी आक्रमण भएको बताइएको छ।
घटनापछि शनिबार आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मा पोस्ट गर्दै ट्रम्पले ४८ घन्टाभित्र हर्मुज नखोले इरानमाथि ‘नर्क बर्सिने’ चेतावनी दिएका छन्।
उनले भनेका छन्, ‘मैले उनीहरूलाई सम्झौताका लागि १० दिनको समय दिएको थिएँ। त्यो समय सकिँदैछ। ४८ घन्टाभित्र तयार नभए भयानक हमला हुनेछ।’
फेब्रुअरी २८ देखि सुरू भएको द्वन्द्वयता ट्रम्पले पटक पटक वार्ताका लागि अल्टिमेटम दिँदै आएका छन्, तर अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन। सुरुमा दिएको ४८ घण्टे समयसीमा उनले वार्ता सकारात्मक रहेको दाबी गर्दै पटक पटक थप्दै अन्ततः अप्रिल ६ सम्म पुर्याएका छन्।
ट्रम्पले इरानले माग नमाने ऊर्जा संरचनामाथि आक्रमण गर्न सकिने चेतावनी समेत दिएका छन्।
यता, इरानले पनि कडा प्रतिक्रिया दिएको छ। इरानी सेनाका कमान्डर अली अब्दोल्लाही अलीवादीले अमेरिका तनाव बढाउन चाहन्छ भने ‘नर्कको ढोका खुला’ रहेको चेतावनी दिएका छन्।
सैनिक मुख्यालयका प्रवक्ता इब्राहीम जोल्फाघरी ले पनि अमेरिकाविरुद्ध कडा प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘यदि शत्रुता बढाइयो भने इरान तपाईंका लागि नर्क हुनेछ। इस्लामिक गणतन्त्रलाई हराउने भ्रम अन्ततः तपाईंलाई नै निल्ने दलदल बन्नेछ।’
काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा चुनावले नेपालमा अभूतपूर्व राजनीतिक उलटफेर ल्यायो। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ सय ८२ सिटसहित एकल बहुमत प्राप्त गरेपछि ३५ वर्षदेखि सत्ताको मुख्यधारमा रहेका स्थापित दलहरूको राजनीतिक पकड लगभग समाप्त जस्तै बन्यो।
त्यसपछि, चैत १३ गते रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री चयन भए। जुन परिवर्तनलाई राजनीतिक विश्लेषकहरूले आधुनिक नेपालको सबैभन्दा ठूलो सत्ता उलटफेरका रूपमा व्याख्या गरिरहेका छन्।
बहुदल पुनःस्थापनापछि नेपाली कांग्रेस, नेकपा एमाले र पछिल्लो तीन दशकमा उदाएको नेकपा (माओवादी केन्द्र) को एकछत्र प्रभाव रहँदै आएको थियो। तर पछिल्ला निर्वाचन परिणामले ती दलहरूलाई अस्तित्व संरक्षणको संकटसम्म पुर्याइदियो।
नयाँ सरकार गठनसँगै, गृहमन्त्री सुधन गुरुङ को नेतृत्वमा सुरु गरिएको तीव्र ‘क्लिन-अप ड्राइभ’ ले देशभर चर्को बहस उब्जाएको छ। नेपाल प्रहरीले दैनिक सयौँजना पक्राउ गरिरहेको दाबी छ, जसमा उच्च श्रेणीका राजनीतिक व्यक्तिबाट साधारण सवारी चालकसम्म परेका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउ प्रक्रियाबाट सुरु भएको अभियानमा पूर्वगृहमन्त्री रमेश लेखक, लुम्बिनी प्रदेश सांसद रेखा शर्मा, पूर्वमन्त्री दीपक खड्का, उद्योगपति दीपक भट्ट, तथा जगदम्बा सिमेन्ट का अधिकारीसमेत परेका छन्। सरकारको यो तीव्रताका कारण एकातिर आम नागरिक खुसी प्रकट गरिरहेका छन् भने अर्कोतर्फ कानुनी प्रक्रियाको मर्यादा तोडिएको आरोप लगाइँदैछ।
सरकारले २३ र २४ भदौको घटनाक्रम छानबिन गर्ने विवादित कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेपछि ‘विधिको शासन’ सम्बन्धी बहस झनै बाक्लिएको छ। राजनैतिक दल, नागरिक समाज र अन्य माध्यमबाट पनि आयोगका अध्यक्ष गौरीबहादुर कार्की माथि नै उठाइरहेका छन् । कार्कीले २३ भदौमा सामाजिक सञ्जाल एक्समा लेखेका विवादित स्टाटसका कारण उनीमाथि प्रश्न उठिरहेको छ। यता सरकारले उनी कार्की आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयनमा लिएपछि प्रश्नहरु तिव्र बनेका छन्। अर्कोतर्फ सरकारले २४ भदौका घटना छानबिन गर्न छुट्टै आयोग गठन गर्ने निर्णय गरेको छ। यसले विवादलाई झन् मलजल गरिरहेको छ।
आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारले ‘राजनीतिक नेतृत्व’ र ‘सुरक्षा निकाय’ भनेर छुट्टायो। यसलाई विश्लेषकहरुले सेलेक्टिभ जस्टिसको संज्ञा दिइरहेका छन्।
चैत १९ मा प्रारम्भ भएको संसद अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री उपस्थित हुँदाहुँदै पनि सरकारको आधिकारिक सन्देश प्रधानमन्त्रीको पार्टी सभापतिले प्रस्तुत गरे। संसदीय परम्परा अनुसार सरकारको नीति वक्तव्य प्रधानमन्त्री वा वरिष्ठतम् मन्त्रीले प्रस्तुत गर्नुपर्ने प्रावधान छ। पार्टी पदाधिकारीद्वारा सरकारको प्रतिनिधित्व गरिनु लोकतान्त्रिक परिपाटीविरुद्ध हो।
यता गृहमन्त्री गुरुङले दैनिक ‘गुड मर्निङ’ स्टाटससहित गरिरहेको पक्राउ संख्या सार्वजनिक गर्ने शैली चर्चा र विवाद दुबैमा छ। मन्त्रीको भूमिका सुरक्षा प्रमुखजस्तो देखिएको आरोप पनि छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको ऐन कानुन खारेज गर्ने घोषणाले अर्को बहस जन्माएको छ। नेपालको संविधान अनुसार कानून बनाउन वा हटाउन सक्ने एकमात्र अधिकार संसदलाई छ। कार्यपालिकाबाट यसरी घोषणा गरिनु प्रक्रिया विपरीत कदम मानिन्छ।
न्यायपालिकामा समेत सरकारले संरचनागत परिवर्तन गर्न खोजिरहेको आशङ्का छ। बरिष्ठता तोडेर प्रधानन्यायाधीश नियुक्त गर्ने प्रस्तावले अदालतभित्र ‘त्रासको वातावरण’ सिर्जना भएको कानुनी वृतको दाबी छ। यस्तो परिवर्तनले शक्ति सन्तुलन कमजोर हुने र न्यायपालिकाको स्वतन्त्रता जोखिममा पर्ने विश्लेषण हुँदैछ।
सरकारले केही दिन अगाडी मात्रै आफ्ना १०० कार्यसूची सार्वजनिक गर्यो। कार्यसुची सार्वजनिक भएलगत्तै सरकारको आमतवरबाट वाहवाही पनि भयो। तर सरकारको १०० कार्यसुची भित्रै रहेका केही निर्णय सरकार आफैलाई भारी पर्ने देखिन्छ।
विद्यार्थी संगठन खारेज गर्ने सरकारी तयारीले राजनैतिक वृत्तमा हलचल नै मच्चाएको छ । लोकतन्त्रमा विद्यार्थी राजनीति शैक्षिक सुधार र प्रतिपक्षी भूमिकाको महत्त्वपूर्ण मंच मानिन्छ। पञ्चायतको निरङ्कुश शासनले समेत खारेज गर्न नसकेको संरचना लोकतान्त्रिक सरकारले हटाउन खोज्नु अधिनायकवादतर्फको चाल भएको टिप्पणी छ। ट्रेड युनियन र अरु विभिन्न दलगत जनसंगठन खारेजीका योजनाले श्रमिक अधिकारमाथि प्रहार हुने आशङ्का थपिदिएको छ।
प्रेस क्षेत्रमा समेत सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममा सीमित गर्न लागिएको प्रस्तावले सरकारले असंवैधानिक दबाब बढाइरहेको जस्तो देखिन्छ । निजी सञ्चार माध्यमका लागि विज्ञापन प्रमुख आम्दानी स्रोत भएकाले धेरै मिडिया बन्द हुने जोखिम देखिएको छ।
सरकार विरोधी विचार राख्नेहरूमाथि संगठित रूपमा ट्रोलिङ, अभद्र प्रतिक्रिया र सार्वजनिक बहसलाई कमजोर पार्ने गतिविधि बढेको नागरिक समाजको आरोप छ। यस्तो वातावरण ‘निर्वाचित अधिनायकवाद’ को संकेत हुन सक्ने चेतावनीसमेत विभिन्न बौद्धिक वर्गबाट आउन थालेको छ।
सरकारलाई १०० दिनको ‘हनीमुन पिरियड’ दिनुपर्ने तर्क छ। तर राजनीतिक निर्णय र कानुनी कदमहरूको प्रभाव दिन प्रतिदिन बदलिन्छ; त्यसैले तत्काल प्रश्न उठाउनैपर्छ। सत्ताको हिसाब किताब १०० दिनपछि होइन, निर्णय हुने दिनमै मागिनुपर्छ।
देशले दिएको जनमतले रास्वपालाई अभूतपूर्व शक्ति प्रदान गरेको छ। तर ‘बिग्रेको संरचना भत्काउने’ नाममा संस्थागत फोरम कमजोर बनाइने, ऐन कानुन एकतर्फी हटाइने, प्रेसमाथि नियन्त्रण बढाइने र आलोचकलाई दुश्मन ठानिने प्रवृत्ति देखियो भने दिगो लोकतन्त्रभन्दा पनि निर्वाचित अधिनायकवाद जन्मिन सक्ने खतरा विश्लेषकहरूको चेतावनीमा बारम्बार दोहोरिन्छ।
देश परिवर्तनको आकांक्षासहित जन्मिएको नेतृत्वले स्वतन्त्रता, प्रतिपक्ष, बहस र संस्थागत सन्तुलनलाई सम्मानसहित अघि बढे मात्र लोकतान्त्रिक यात्राको भविष्य सुरक्षित हुने धेरैको मान्यता छ।
काठमाडौं। चैत्र २७ गतेबाट सोलो रिलिज गर्न तयारी गरिएको चलचित्र ‘राम नाम सत्य’ को ट्रेलर युट्युबमा ट्रेन्डिङ–१ मा उक्लिएको छ। सस्पेन्स, प्रेम र एक्सनको मिश्रणमा बनेको यस चलचित्रको ट्रेलर बुधबार सार्वजनिक भएको थियो, र केही समयमै ट्रेन्डिङ सूचीमा प्रवेश गरेको हो।
माइकल चन्दले लेखेको कथा, पटकथा र संवादमा आधारित ट्रेलरले सार्वजनिक भएको करिब १ घन्टा ३० मिनेटमै युट्युबको सिनेमा विधामा ८औँ स्थान ओगटेको थियो। हाल भने यो ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ। ट्रेलरले २४ घन्टाभित्र १० लाखभन्दा बढी भ्यूज प्राप्त गरेको जनाएको छ।
ट्रेलरबाट पाइएका सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको निर्देशक चन्दले बताएका छन्। ट्रेलरमा विराज भट्टको दमदार एक्सन, सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेमकथा, तथा विराज र सुशीलको एक्सन सिक्वेन्सलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
चलचित्रमा टिकटकर आयुष सिंह ठकुरीको भूमिका पनि विशेष मानिएको छ। डेब्यु भूमिकामै उनले निभाएको सस्पेन्स क्यारेक्टरले दर्शकमा उत्सुकता जगाउने निर्माण टिमको दाबी छ। यसैगरी अर्की नव–नायिका खुशी कार्कीले पनि यस चलचित्रमार्फत डेब्यु गरेकी छन्।
विराज, आयुष, खुशी, दिव्या र सुशीलसँगै चलचित्रमा सुपुष्पा भट्ट, दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाहलगायत कलाकारहरूको अभिनय समावेश छ। साथै आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल–कलाकारको भूमिकामा छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बनेको चलचित्रमा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् भने सह–निर्मातामा तेजराज चटौत र दमन बहादुर चन्द छन्।
मोती कार्की क्रिएटिभ निर्माता भएका यस चलचित्रमा राजेन्द्र आचार्य लाइन प्रोड्युसरका रूपमा छन्। मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन डिजाइन, बन्दे प्रसादको सम्पादन, काला चरणको ब्याकग्राउन्ड संगीत, सियोन श्रेष्ठको कोरियोग्राफी र शेर बहादुर लामाको छायांकन समावेश छ। अभिमन्यू निरवी र समय थपलिया स्क्रिप्ट कन्सल्ट्यान्टका रूपमा रहेका छन्।
चलचित्रको ‘धागोले बाटेको’ बोलको गीत सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। एक महिनामै यस गीतलाई ६० लाख पटक हेरिएको छ। चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नै रहेको यो उत्साहका आधारमा, चलचित्रले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने अनुमान वितरक गोविन्द शाहीले व्यक्त गरेका छन्।
काठमाडौं । अफगानिस्तानमा शुक्रबार राति ५.८ म्याग्निच्युडको भूकम्प गएको छ।
अफगान अधिकारीहरूका अनुसार यस भूकम्पमा कम्तीमा ८ जनाले ज्यान गुमाएका छन्।
अफगान स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार राजधानी काबुलको बाहिरी क्षेत्रमा घर भत्किँदा एकै परिवारका ८ जनाको मृत्यु भएको हो। घटनामा एक बालक घाइते भएका छन्।
१८० किलोमिटरभन्दा गहिराइमा उत्पन्न भूकम्पका धक्का पाकिस्तानसम्म पुगेको थियो।
इस्लामाबाद, पेसावर, चित्राल, स्वात र साङ्ला क्षेत्रमा पनि कम्पन महसुस गरिएको रोकिएको छ, तर त्यहाँ अहिलेसम्म कुनै क्षति वा घाइतेबारे सूचना आएको छैन।
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदीय दल गठन गर्न विलम्ब गरेको छ । पार्टीमा दुई लाइन (थापा–खड्का) सङ्घर्ष चर्किँदै जाँदा संसदीय दल गठनमा ढिलाइ गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
दलको नेता हुन संसदीय राजनीतिमा अनुभवीदेखि नयाँ सांसदसम्मले आकाङ्क्षा प्रकट गरेका छन् । तर, सभापति गगन थापाको ‘इन्ट्रेस्ट’अनुसार दलको नेता चयन हुने निश्चितै छ ।
यसपाली पाँचथरदेखि प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित सांसद नरेन्द्रकुमार केरुङ दलको नेता बन्ने चर्चा तीब्र छ । उनी प्राज्ञिक क्षेत्रबाट राजनीतिमा आएका सांसद हुन् ।
प्रभावशाली छवि भएका केरुङ प्रतिनिधिसभामा जनता र देशलाई केन्द्रविन्दुमा राखेर घनघोर आवाज उठाउन सक्ने सांसद हुन् । विपक्षी नेताको पदीय मर्यादा र जिम्मेवारीलाई न्याय गर्न सक्ने नेताको रूपमा पनि उनलाई हेरिन्छ ।
सांसद केरुरूलाई हालै नेपालवान एचडीको भिडियो वार्तामा सोधिएको थियो, ‘दलको नेता हुन तपाईंले ‘लबिइङ’ गर्दै हुनुहुन्छ ?
जवाफमा उनले ‘आज्ञाकारी कार्यकर्ता’ आफू भएको र पार्टीले जे निर्णय गर्छ, त्यो भूमिका निर्वाह गर्न तयार रहेको तर नेताहरूको घरघर धाएको छैन ।’
नेता केरुङको यो अभिव्यक्तिले उनी संसदीय दलको हुन मरिहत्ते गरिरहेका छैनन्। अर्थात् नेताहरूसँग ‘लबिइङ’मा उनी छैनन् । तर, जिम्मेवारी पाए ‘उत्कृष्ट परफर्मेन्स’ को लागि तयार रहेको बताएका छन् ।
केरुङसँगै संसदीय दलको नेतामा निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि बलिया दाबेदार हुन् । उनले प्रतिनिधिसभामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकै दिन आफू दलको नेतामा ‘हकदार’ रहेको बताएका थिए । त्यसका लागि नेताहरूसँग गम्भीर रूपमा छलफल गर्ने बताए ।
उनका अनुसार पार्टीभित्रको संकट निवारण गर्न सहजीकरण गर्न पनि आफू संसदीय दलको नेता हुनुपर्ने आवश्यकता छ । आङ्देम्बेको पनि घर पाँचथरै हो ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनको निकै प्रभावशाली सम्बोधन सुनिएको थियो । सन्तुलित, वस्तुनिष्ठ र आलोचनात्मक कोणबाट आएको उनको सम्बोधनले कांग्रेसभित्र प्रभावशाली नेता छायाँमा परेको भनेर टिप्पणी भइरहेको छ । उनी दोस्रोपटक संसदमा छन् ।
उनै सांसदहरू आङ्देम्बे र केरुङसँगै कांग्रेसका ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी, मोहन आचार्यलगायत नेताहरू पनि दाबेदार छन् । केसी प्रतिनिधिसभाका २७४ जना सांसदलाई शपथ ग्रहण गराउने नेता हुन् ।
उनकै अध्यक्षतामा प्रतिनिधिसभाको पहिलो बैठकसमेत बस्यो । २०३८ सालदेखि संसदीय राजनीतिमा रहेका केसी पार्टी सभापति गगन थापाका ससुरा हुन् । केसी समानुपातिकतर्फबाट सांसदको सूचीमा रहँदा व्यापाक आलोचना भएको थियो ।
थापा स्वयंले आफूले सूचीमा नराखेको भनेर प्रष्टीकरण दिनुपरेको थियो । ‘नातावाद’विरोधी राजनीतिक परिदृश्यबीच अब थापाले आफ्ना ससुरा केसीलाई दलको नेता नबनाउने विवरणहरू आइरहेका छन् । तर, पार्टीकै केही नेताहरू भने केसीलाई नै दलको नेता बनाउन विलम्ब गरेको टिप्प्णी गरेका छन् ।
यस्तै, रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य पनि आकाङ्क्षी देखिएका छन् । तर, स्रोतको दाबीमा कांग्रेस नेता आङ्देम्बे र केरुङ दलको नेता बन्ने प्रबल सम्भावना छ ।
काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्दै गएको कारण गम्भीर रूपमा विश्लेषण गर्नु आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित निर्वाचन मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रास्वपाले हालैका निर्वाचनमा देखाएको ‘चमत्कारिक’ सफलता कुनै साधारण घटना नभएको उल्लेख गरे। उनका अनुसार यस्तो परिणाम किन र कसरी सम्भव भयो भन्ने विषय अझै अध्ययन र खोजतलासको खाँचो छ।
डा. भट्टराईले भने, ‘आज शक्तिशाली रूपमा उदाएको दल निकै फरक तरिकाले अघि आएको छ। यसको उदय नै चमत्कारिक छ। यससँग के–कस्ता पक्ष जोडिएका छन् भन्ने कुरा अझै खोजतलासको विषय बनेको छ।’
उनले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढिरहेको उल्लेख गर्दै यस अवस्थामा राजनीतिक दलहरूले आपसी संवाद बढाई राष्ट्रिय एकताको ढाँचा मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। विदेशनीतिसम्बन्धी विषयमा दलहरूले साझा समझदारी बनाउँदै समग्र राष्ट्रहितका लागि सार्वजनिक बहस सुरु गर्नु अपरिहार्य रहेको उनले बताए।
काठमाडौं । नेकपाका नेता तथा पुर्व उपप्रधामन्त्री वामदेव गौतमले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेख्दै नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीलाई हिरासतमुक्त गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहलाई खुलापत्र लेख्दै उनले उक्त धारणा राखेका हुन्।
गौतमले लेखेको पत्रको व्यहोरा:
सम्माननीय प्रधानमन्त्रीका नाममा खुल्लापत्र
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू !
प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको र देशको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा तपाईंलाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
यस सन्दर्भमा तपाईंलाई केही ध्यानाकर्षण तथा सुझाव दिने प्रयत्न गरेको छु ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत हासिल गर्न सकेनन् । बाध्यात्मक अवस्थामा मिलिजुली सरकार सञ्चालन गर्नुपर्ने अवस्था आयो ।
यस वर्षको भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र दमन तथा राष्ट्रिय विध्वंशको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) को मिलीजुली सरकार थियो र प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो ।
भाद्र २३ को घटनामा त्यसै दिन १९ जना आन्दोलनकारीको मृत्यू भयो । त्यसपछि अरु धेरै व्यक्तिले घाइते अवस्थामा अस्पतालमै मृत्युवरण गरे । यो अत्यन्त दुखद र पीडादायी घटना बनिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु राम्रो हुन्छ भनेर अनुरोध गर्ने एकजना म पनि थिएँ । उहाँले राजीनामा दिनुभयो । त्यसपछि प्रतिनिधिसभा भंग गर्ने र सुशीला कार्कीलाई प्रधानमन्त्री मनोनयन गर्ने अवस्था भयो ।
त्यसपछि फागुन २१ गतेको निर्वाचन घोषणा भयो । यी सबै घटनामा सम्माननीय राष्ट्रपतिले पनि अत्यन्त सकारात्मक रुपमा भूमिका निर्वाह गर्नुभयो ।
आज तपाई नेपालको ४३ औं प्रधानमन्त्री बन्नु भएको छ । आजको अवस्थासम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरुमा प्रकारान्तरले केपी ओलीजीको पनि योगदान छ ।
प्रधानमन्त्रीज्यू,
म प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको बृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ ? उहाँलाई थुन्नका निम्ति जे-जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र ? हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यास अनुसार कुनै पनि घटनाका छानवीन प्रतिवेदन सरकार समक्ष पेश भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारवाही प्रक्रिया अगाडि बढ्ने हो ।
प्रधानमन्त्री ज्यू !
हाम्रो संविधानबमोजिम कसैलाई मृत्यूदण्ड दिइन्न । तर, संसारका अन्य राष्ट्रमा मृत्यूदण्ड दिने व्यक्तिलाई पनि अन्तिम इच्छा सोधिन्छ । केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियोे । त्यसो नगरी रातारात घर घेरेर, एकाविहानै पकाउ गर्ने शैली गलत थियो । म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रुपमा पनि अस्वस्थ्य राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन ।
अन्त्यमा यहाँको सफल र प्रभावकारी कार्यकालका निम्ति फेरि पनि शुभकामना व्यक्त गर्दछु ।
एजेन्सी। संयुक्त अरब इमिरेट्सको अबुधाबीमा ड्रोन दुर्घटनामा घाइते भएका सात नेपालीमध्ये छ जना अस्पतालबाट उपचारपछि घर फर्किएका छन्। अबुधाबीस्थित नेपाली दूतावासले सामान्य उपचारपछि उनीहरू डिस्चार्ज भएको जानकारी दिएको छ।
सातमध्ये एक नेपालीको उपचार अझै अस्पतालमा भइरहेको छ। दूतावासका अनुसार, उनी पहिले गम्भीर घाइते भएको भनिए पनि हाल पूर्ण रूपमा खतरा रहित छन् र छिट्टै डिस्चार्ज हुने तयारीमा छन्।
दूतावासका अधिकारीहरूले सबै घाइतेको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका छन्। उनीहरूले टेलिफोन सम्पर्क र चार घाइतेसँग प्रत्यक्ष भेट गरी विवरण संकलन गरेका छन्।
दूतावासले आवश्यक सहयोग र समन्वयका लागि निरन्तर काम गरिरहेको जनाएको छ। साथै, यूएई सरकारले घाइतेहरूको आवश्यक स्वास्थ्य उपचार उपलब्ध गराइरहेको पनि उल्लेख गरिएको छ।
‘गम्भीर घाइते हुनुभएका भनिएका व्यक्ति अस्पतालमा उपचार गराइरहनुभएको तर उहाँ पनि पूर्ण खतारामुक्त रहनुभएको र छिट्टै डिस्चार्ज हुने बताउनुभएको व्यहोरा जानकारी गराइन्छ,’ दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले यूएई सरकारले जारी गरेको सुरक्षासम्बन्धी मार्गदर्शन र सूचनाको पूर्ण पालना गर्न नेपाली नागरिकहरूलाई अनुरोध गरेको छ।
‘अहिले मध्यपूर्वमा विकसित परिस्थितिको सन्दर्भमा संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपाली नागरिकहरूलाई यूएई सरकारले जारी गरेको सुरक्षासम्बन्धी मार्गदर्शन तथा सूचनाहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरिन्छ,” विज्ञप्तिमा उल्लेख छ, “साथै, आधिकारिक स्रोतबाट प्रकाशित सूचनाहरू मात्र विश्वास गर्न र त्यसैअनुसार सचेत रहन पनि सबैमा अनुरोध छ ।’
यो घटना शुक्रबार, अपिल ३ मा अबुधाबीको अजबन क्षेत्रमा भएको थियो। घटनामा पाँच भारतीय नागरिक पनि घाइते भएका थिए र उनीहरूको उपचार जारी रहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
सामान्य कुरा प्रायः भइरहन्छ। त्यति सम्झना रहँदैन। असामान्य कुरा एकचोटी भएपछि सधैंभरि सम्झना रहन्छ। आफैंभित्र हुँदा जीवनभरि रहन्छ तर आफूभन्दा बाहिर गयो भने पुस्तौँ पुस्तासम्म पनि रहन सक्छ। त्यो उपन्यास वा आख्यानको रूपमा रहन सक्छ अथवा आलेख-अभिलेखको रूपमा रहन सक्छ, लोककथा बन्न सक्छ, गीत, कविता, कथा,नाटक आदि बनेर रहन सक्छ। हो, मेरो पनि जीवनको एउटा कथा छ-मुटुमा लुकाएर राखेको कथा। लुकाएर राखेका कुराहरू आफैँमा असामान्य भएर छट्पटिँदा रहेछन्, त्यसैले म सबैको माझ झिक्छु, फाल्छु र छरपस्ट पारिदिन्छु, जसले गर्दा मलाई शान्ति मिलोस् र अरुलाई पनि सही/गलत छुट्याउने अवसर मिलोस्।
कुरा सामाजिक सञ्जाल फेसबुकबाटै सुरु भएको थियो। धेरैपटक यस सामाजिक सञ्जाल बनाउने मान्छेलाई भगवान मानेर धन्यवाद दिँदै ढोगेको छु। छुटेका साथी भेटिए। छुटेका आफन्त भेटिए। नयाँ साथी बने। सबैको हालखबर देखियो, बुझियो। भौतिक रूपमा टाढा भए पनि प्रत्यक्ष रूपमा बोल्न पाइयो, देख्न पाइयो। आवश्यकता परे धाइरहनु परेन। सेकेन्ड भरमा चाहेको व्यक्तिसँग कुरा गर्न पायो। तर, कहिले काँही धिकारेको पनि छु। यसले गर्दा सामान्य मान्छेको जनजीवन अस्तव्यस्त भयो। पढ्नेले पढेनन्, सुन्नेले सुनेनन्, नबोली नहुनेहरुसँग बोलेनन्, बोल्नै नपर्नेहरुसँग बोलेर समय र चरित्र बर्बाद गरे। हो, त्यही समय र चरित्र बर्बाद गर्ने मान्छेहरू मध्य म पनि एक हुँ।
म विवाहित स्त्री थिएँ। मेरा श्रीमानले मलाई अत्यन्त प्रेम गर्नुहुन्थ्यो तर उहाँ मेरो साथमा हुनु हुन्नथ्यो। कार्यालयको कामले बाहिर बस्नुहुन्थ्यो, समय मिलाएर आउने/जाने गर्नुहुन्थ्यो। फेसबुक चलाउँदा, एकजना विवाहित पुरुषसँग मेरो परिचय भयो। वहाँ एक छोरा र एक छोरीका बा हुनुहुन्थ्यो। म पनि एउटा छोरीकी आमा थिएँ। हाम्रा बच्चा सानै थिए।
कुराकानी च्याटबाट सुरु भयो। बिस्तारै अडियो हुँदै भिडियोसम्म पुग्यो। भिडियोसम्म पुग्दा हामी साथी नभएर आफ्नै भइसकेका थियौँ ।सुरुमा बोल्न निक्कै अप्ठेरो भए पनि पछि नबोली नसक्ने भएका थियौं। विशेष गरेर म आफैं, नबोल्ने प्रयास गरेकी थिएँ-म विवाहित हुँ ऊ पनि विवाहित हो भनेर। पहिले ‘साथी’ भनेर बोलियो। बोल्दै जाँदा प्रेमिल कुराहरू भए र प्रेम भयो।
विपरीत लिङ्गि हुँदैंमा प्रेम हुन्छ भन्ने छैन। प्रेम हुन संयोग मिल्नुपर्छ। विवाहित हुँदा प्रेम हुँदैन भन्ने कुरा झुटो भयो। विवाह एउटा कुरा रहेछ, प्रेम अर्कै कुरा रहेछ। विवाहित भएर पनि प्रेम भयो, छोराछोरी भएर पनि प्रेम भयो, उमेर ढल्किएर पनि प्रेम भयो। उसँग नबोल्दा अथाहा पीडा हुन्थ्यो, बरु श्रीमानसँग नबोल्दा पीडा भएन। त्यति धेरै पीडा हुन्थ्यो जति कोही प्रिय मान्छेको मरेको थियो।
कुनै दिन ऊ व्यस्त भएर कल गरेनन् भने मेरा आँखा उसै चुहिन थाल्थे। म रोइदिन्थें। मनले शंका गर्थ्यो- ‘माया गर्दैनन् कि, प्रयोग पो भएँ कि!!’
बदनाम हुने कि, घरपरिवार, श्रीमान, बच्चा, समाज, आफन्त, साथी-सबैलाई सम्झन्थें। अनि मुटु फुट्नेगरी दुख्थ्यो। कतिपटक त मुटु भड्किएको पनि थियो, अनुभव गरेकी थिएँ। त्यसरी केही समय वा धेरैपटक भड्किएपछि मुटु निस्क्रिय हुने संकेत पाएकी थिएँ। नसानसा दुख्थे। बिरामी महसुस हुन्थ्यो। आँखा उसै चुहिन्थे। बस रोइदिन्थें। धित मारेर रोइदिन्थें। जबसम्म आँखा थाक्दैनन्, आँसु सकिंदैनन्,आफैँलाई पिटेर रुन्थें।
जब उनको फोन आउँथ्यो, तब मनैदेखि शरीरमा स्फूर्ति आउँथ्यो। अनुहार तातिन्थ्यो,चम्किन्थ्यो, शान्ति मिल्थ्यो र आनन्द मिल्थ्यो। प्रेममा ठूलो शक्ति हुँदो रहेछ। उनी आकर्षक र मोहित थिए। उनलाई कहिलै नछोडौँजस्तो लाग्थ्यो। म जसरी व्यक्त हुन्थें, उनि पनि त्यसरी नै व्यक्त हुन्थे। हाम्रा कुरा मिल्थे र विचार पनि मिल्थे। आखिर सबै कुरा मिलेर नै प्रेम भयो।
फोनमा कुरा गरेर चित्त बुझेन। हामी लुकेर भेट्न थाल्यौं। एक अर्कामा शरीर साट्यौं। हामी अंगालोमा निक्कै कसिएर बेरिन्थ्यौं। एउटा मुटुको आवाज अर्को मुटुलाई सुनाउँथ्यो। हामीमा बढो प्रेम थियो। उनले सानो भन्थे, मैले बाबा, हजुर भन्थें। हामी समाजले दिने पोतेबिना श्रीमान-श्रीमती भैसकेका थियौं। यसरी भेटेर छुटिने बेलामा निक्कै टाढाको एकल यात्राको महसुस हुन्थ्यो। हामी अँध्यारो मुहारमा बिना चाहना छुटिन्थ्यौं।
समय यसरी नै बितिरहेको थियो। धर्म नछोडेका मान्छेले धर्म छोड्दा पाप लाग्छ भन्ने कुरा मैले महसुस गरेँ। मैले कतै नछोडेको धर्म पुरुषमाथि छोडेकी थिएँ। अत्यन्त माया गर्ने श्रीमान हुँदा हुँदै जोगाएर राखेको धर्म छोडेकी थिएँ। मलाई पाप लाग्यो। मलाई श्राप लाग्यो। हृदयघातको कारणले मैले श्रीमान गुमाएँ। म विधवा भएँ। मेरो श्रृंगार गुम्यो। मेरो जिम्मेवारी गुम्यो। मेरो अमूर्त प्रेम गुम्यो। छोरीले बाबा गुमाइन। हाम्रो सबैथोक गुम्यो।
म शोकको घडीमा धेरै डुबेँ।पश्चातापले डुबेँ,प्रेमले डुबेँ,व्यवहारले डुबेँ । सबै कुराले डुब्दाडुब्दै आँसुको तलाउमा डुबेँ । कहिलै निस्किन्न जस्तो लागेर डुबें। जति डुबे पनि व्यवहार-व्यवहार नै रहेछ। उठेर सम्हालिनु पर्दोरहेछ। के गर्नु छोरी सानी थिई । उसका लागि भए पनि म उठ्नुपर्यो। साहसका साथ उठें, सम्हालिएँ।
मैले पहिले जस्तो उनलाई भेटेकी थिइन । एकदिन उनी भेट्न आए। उनलाई देखेपछि धेरै रोएँ। आवाज छोडेर रोएँ तर अंगालेर रुन सकिनँ । मलाई लाग्यो, मेरो श्रीमानको आत्माले देखिरहेको छ। मैले उनलाई हेरेर रोएँ। घरमा म एक्लै थिएँ। उनले पनि खै किन हो अंगालेनन्। धेरै बेरपछि धेरै कुरा सम्झाए। मन अलि शान्त भयो। जाने बेलामा उनले अंगाल्न खोजे, म मानिनँ, तर उनको प्रेमको अगाडि मैले हारी हाल्थें। म फेरि अंगालोमा बाँधिएँ।
फेरि हाम्रो दिनचर्या पहिलेझैँ सुरु भयो। हामी लुकेर भेट्ने गर्थौं। उनले पहिलेभन्दा बढी प्रेम गरेको महसुस हुन्थ्यो। पहिले केही नदिने मान्छे, मेरो आवश्यकता हेरेर सामान ल्याइदिने गर्दथे। पैसा पनि दिन्थे। लुगा किनिदिन्थे। छोरीको फी तिरिदिन्थे। आधाभन्दा बढी व्यवहार उनले टार्न थालेका थिए।
पापको परिणाम उनलाई पनि पर्यो। उनकी श्रीमती पनि मेरो श्रीमानझैँ बितिन्। उनलाई पनि ठूलो चोट पर्यो। उनका छोराछोरीले आमा गुमाए। उनको घरमा पनि बज्रपात पर्यो। उनका परिवारका कसैले नचिने पनि म भेट्न गएँ। उनका बा किरियामा बसेका रहेछन्। हेराहेर गर्यौं। दुवै बोल्न सकेनौं। मलाई देख्ने बित्तिकै उनका आँखा रसाए। भित्र पसे, त्यसपछि बाहिरै आएनन्। मैले धेरै बेर पर्खिएर बसें। उ ननिस्किएपछि म हिँडेँ।
घर आएर म धेरै रोएँ। रूदै सम्झाउने शब्दहरू, सन्देश पठाएँ। लामो सन्देश पठाएँ। उनले हेरे र हाँस भने। मलाई केही आनन्द भयो, तर बिचलित भने भैरहें।
छोरी स्कूल गएकी बेला केही दिनपछि फेरि उनी भेट्न आए। पहिलेजस्तै फेरि हाम्रो सम्बन्ध सुधारियो। उनी आफैं मलाई बुझाउँथे। हाम्रो भाग्य नै यस्तै रहेछ। हामी सकिनसकी आफैंलाई बुझाइरहेका थियौँ। यो पाली मैले नै उनलाई अँगालो हालें। सुनसान कोठामा शोकलाई शान्तिमा बदल्दै रमाउन खोज्यौं। केही समयपछि उनी आफ्नो घर गए।
समय बितिरह्यो। दुवैको वर्षान्त सकियो। पहिलेभन्दा भेट पातलो हुन थाल्यो। उनी व्यस्त भएँ,भनेर आउँदैन थिए। एकदिन फेसबुकमा देखें, उनले फेरि अर्को विवाह गरेछन् । मलाई पहिले के बज्रपात परेको थियो र,उनका विवाहका तस्वीर देखेपछी ठूलो बज्रपात पर्यो।
त्यसपछि ठूलो हिम्मतका साथ म्यासेज गरे- ‘के हाम्रो प्रेम झुटो थियो? म योग्य थिइँ? छोराछोरीलाई माया गर्दिन थिएँ? किन अर्को विवाह गर्नु भयो?’
उनले सजिलै भने, ‘तिमी एक विधवा हौ। आफ्नो श्रीमान हुँदा हुँदै पर पुरुषसंग लाग्ने चरित्रहीन हौ। जानी–जानी म कसरी विवाह गरौँ? विवाह हुन त अरुसँग नलागेको मान्छे हुनुपर्छ।’ उनले बुढी कन्या विवाह गरे । बुढी अविवाहित थिइन्। तर के कन्या नै थिइन् त? सबैको चरित्र सबैले बुझेका हुन्छन्? मेरो चरित्र उनले बुझेका थिए। मैले पनि उनको चरित्र बुझेकी थिएँ। म उनलाई चाहन्थें। उनले इन्कार गरे। महिलाले अर्को पुरुष भोग्दा चरित्रहीन हुने, तर पुरुषले जति वटी महिला भोगे पनि किन चरित्रवान हुन्छन्?
उनी पनि त मसँग लागेका थिए। म चरित्रहीन भएँ, उनी चरित्रवान भए। उनकै अनुरोधमा सबै गरेकी थिएँ। जे गरें, उनकै लागि गरेकी थिएँ। त्यसपछि मलाई त्यो शहरमा बस्न मन लागेन। घर बेचें र अर्को शहरमा छोरी लिएर गएँ। एक्लै जिउने प्रण गरेँ। सावधान भएँ। कुनै पुरुषप्रति नजर नलागोस, बरु आँखा फुटेर अन्धो हुनु परोस्,यही प्रतिबद्धता राखें।
उनलाई हरेक सम्पर्कका माध्यमबाट बन्द गरें। तर याद बन्द गर्न सकेकी छैन। एककोहोरो यादले सताएको छ-बुढाको याद, प्रेमीको याद।
छोरीलाई मैले पाएको शिक्षाको संस्कार दिनु छ। छोरीलाई बुझाउनु छ। पुरुषवादी समाजको एउटा आँखो देखाउनु छ। मेरी छोरीलाई म भएर होइन,मेरी छोरी भएर बाँच्न सिकाउनु छ। छोरी बढ्दैछिन्। जति छोरी बढ्छिन्,मेरा कर्तव्य, जिम्मेवारी र एककोहोरो याद त्योभन्दा धेरै भएर बढिरहेका छन्।
काठमाडौं। पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन हाल आफ्नै आत्मकथात्मक पुस्तक बिक्रीमा सक्रिय देखिएका छन्। सांसद पदमा रहँदासमेत उनले बिदाको दिन शनिबारलाई उपयोग गर्दै काठमाडौँको कोटेश्वर चोकमा स्वयं उपस्थित भई पुस्तक बिक्री गरेका हुन्।
किताब बेच्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘राम्रो विकास हुन्छ। भ्रष्टहरु हट्छन्। खोलीखोला जान्छन्।’
प्रतिनिधिसभा बैठकमा आफुले दिएको अभिव्यक्तिबारे संसदको क्लास राम्रो भैरहेको जिकिर गर्दै उनले थपे, ‘क्लास राम्रो छ। म पनि राम्रो विद्यार्थी हुँ। तयारी गरेर काम गर्छौं।’
उनले सञ्चारकर्मीको प्रश्नको ‘सबै कुरा राम्रो भएको’ भन्दै छोटो-छोटो जवाफ थिए।
सार्वजनिक जीवनमा सक्रिय रहँदै पनि आफ्ना अनुभव समेटिएको पुस्तक पाठकमाझ पुर्याउन व्यक्तिगत रूपमा खटिएको दृश्यले धेरैको ध्यान आकर्षित गरेको छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटघाट भएको छ।
नेता शाहीले सभापति लामिछानेसँगको एक तस्विर सार्वजनिक गर्दै देश निर्माणका लागि आफूहरू एकजुट भएर अघि बढ्ने उद्घोष गरेका छन्। शाहीले भनेका छन्, ‘विगतका दुःखहरुले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा-अभियानमा अघि बढिरहेका छौं।’
विगतका राजनीतिक तथा व्यक्तिगत आरोह-अवरोहलाई शक्तिमा बदल्ने संकल्प गर्दै शाहीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आर्टेमिस-२ टोलीले खिचेको चन्द्रमाको वरिपरिको पृथ्वीको पहिलो उच्च-रिजोल्युसन तस्वीर सार्वजनिक गरेको छ। नासाका अनुसार, मिसन कमाण्डर रिड वाइजम्यानले यी ‘अद्भुत’ तस्वीर खिचेका हुन्।
‘नमस्ते, संसार’ शीर्षकको तस्वीरमा पृथ्वीको एटलान्टिक महासागर हल्का चमकले घेरिएको देखिन्छ। तस्वीरमा पृथ्वीले सूर्यलाई आंशिक रूपमा ढाकेको देखिन्छ भने दुवै ध्रुवमा हरियो अरोरा बत्तीहरू पनि देखिन्छ।
तस्वीरमा पृथ्वी केहीमा उल्टो देखिन्छ , बायाँतिर पश्चिमी सहारा र इबेरियन प्रायद्वीप देखिन्छ भने दायाँतिर दक्षिण अमेरिकाको पूर्वी भाग देख्न सकिन्छ।
नासाका वैज्ञानिकहरूले यी तस्वीरलाई पृथ्वी र अन्तरिक्षको अध्ययनमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
कास्की। पोखरा महानगरपालिका ले फेवाताल छेउछाउमा बनाइएका टहरामा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन्। महानगरपालिकाले शनिबार बिहानै अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्।
डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ ।
फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन्।
काठमाडौं। नयाँ जनादेशअनुसार गठन भएको सरकारले सक्रिय बनाएको अभियानअन्तर्गत प्रहरीले गुण्डागर्दी विरुद्ध विशेष अपरेशन सुरु गरेको छ। अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरले गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार, शुक्रबार राति मात्र १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमा अशोक गिरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोस लगायत रहेका छन्।
काठमाडौं प्रहरी परिसरले पनि चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। श्याम लामा समूहका प्रविण गुरुङ, बाफल एरियामा गुण्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकी क्षेत्रका सुनज कार्की र स्यूचाटार क्षेत्रका सरु हुमागाईं पक्राउ परेका छन्।
यस अभियानमा प्रहरीले पछिल्लो समय बिचौलियाहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। विभिन्न सरकारी कार्यालयहरूमा बिचौलियाको बिगबिगी भएको गुनासो आएपछि प्रहरीले सक्रियता देखाएको हो।
काठमाडौँ। स्व. उज्वल थापाको जीवनयात्रामा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब ओटीटीमार्फत विश्वभरि हेर्न सकिने भएको छ। डीगो ओटीटी प्लेटफर्ममा आधिकारिक रूपमा प्रदर्शनका लागि तयार भएपछि यो वृत्तचित्र विश्वका जुनसुकै स्थानबाट पहुँचयोग्य भएको हो। निर्माण टोलीका अनुसार प्रदर्शनबाट संकलित आम्दानीको मुख्य हिस्सा उज्वल थापा फाउन्डेसनलाई प्रदान गरिनेछ, ताकि थापाले सुरु गरेका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन सहयोग पुगोस।
‘दिमाग घोच्ने मान्छे’ ले उज्वल थापाको बाल्ययात्रादेखि अमेरिकामा बिताएको शैक्षिक जीवन र नेपाल फर्किएपछि उद्यमशीलता तथा वैकल्पिक राजनीतिमार्फत परिवर्तन ल्याउने उनको प्रयासलाई गहिराइका साथ प्रस्तुत गर्छ। दुर्लभ फुटेज, उनका साथी, सहयात्री र आलोचकका कथनहरूले सिँगारेको यो वृत्तचित्रले समाजलाई प्रश्न गर्न र जिम्मेवारी लिन प्रेरित गर्ने व्यक्तिको जीवन दर्शन उजागर गर्छ। यो चलचित्र केवल एक व्यक्तिको कथामात्र नभई समृद्ध नेपालको कल्पना गर्ने हरेक नेपालीका लागि प्रेरणाको स्रोतको रूपमा प्रस्तुत गरिएको छ।
दर्शकहरूले डीगो ओटीटीको एपमार्फत यो वृत्तचित्र हेर्न सक्नेछन्। क्षेत्रअनुसार फरक फरक शुल्क तोकिएको छ। नेपालमा १९९ रुपैयाँ, अमेरिका र अष्ट्रेलियामा ४.९९ डलर तथा अन्य देशका दर्शकका लागि २.९९ डलर निर्धारण गरिएको छ।
उज्वल थापा फाउन्डेसन उज्वल थापाको विचार, सपना र नागरिक चेतनालाई जीवित राख्न सञ्चालन गरिएको संस्था हो। फाउन्डेसनले मुख्यतया युवा नेतृत्व विकास, वैकल्पिक राजनीति तथा नागरिक सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।
काठमाडौँ । आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो दैनन्दिन जीवनको अविभाज्य उपकरण बनिसकेको छ। संचार, काम, मनोरञ्जनदेखि लिएर वित्तीय कारोबारसम्म धेरैजसो काम अब मोबाइलमार्फत सहज रूपमा सम्पन्न हुन्छन्।
धेरैजसो अवस्थामा स्मार्टफोन अकस्मात बिग्रिएको जस्तो देखिए पनि, त्यसले यसअघि नै केही चेतावनीका संकेतहरू दिइसकेको हुन्छ। ती संकेतलाई समयमै पहिचान गरी आवश्यक कदम चाल्न सकिएमा न त डाटा गुम्ने जोखिम रहन्छ, न त महँगो मर्मत खर्च नै पर्छ। दुर्भाग्यवश, धेरै प्रयोगकर्ताले यस्ता प्रारम्भिक लक्षणहरूलाई बेवास्ता गर्छन्, जसको परिणामस्वरूप फोन पूर्ण रूपमा नचल्ने अवस्थामा पुग्न सक्छ।
कुनै पनि प्रविधि एक्कासि विफल हुँदैन; यसका साना गडबडीहरू विस्तारै ठूलो समस्या बन्ने हो। त्यसैले यदि स्मार्टफोन बारम्बार ह्याङ्ग हुन थालेको छ, ब्याट्री छिट्टै सकिँदैछ, स्क्रिनले आदेश नदिँदा पनि प्रतिक्रिया दिन थालेको छ, वा फोन अनावश्यक रूपमा तात्न थालेको छ भने अब सावधानी अपनाउने समय आएको हो। साना देखिने यी संकेतलाई बेवास्ता गर्दा भविष्यमा ठूलो क्षति हुन सक्छ।
यस लेखमा स्मार्टफोनमा देखिन सक्ने यस्ता प्रमुख चेतावनी संकेतहरू समेटिएका छन्, जुन देखिनासाथ तुरुन्त ध्यान दिन आवश्यक हुन्छ। समयमै कदम चाल्न सकिएमा तपाईंको डाटा सुरक्षित रहन्छ, फोनको आयु बढ्छ र अनावश्यक खर्चबाट समेत बच्न सकिन्छ।
फोन बारम्बार ह्याङ्ग हुनु वा आफैँ रिस्टार्ट हुनु
फोन बारम्बार स्लो हुनु, फ्रीज हुनु वा एकाएक रिस्टार्ट हुन थाल्नु सामान्य समस्या मात्र होइन, गहिरो प्रविधिगत त्रुटिको संकेत हो। यस्तो समस्या प्रायः सफ्टवेयर क्र्यास, असफल अपडेट, वा आन्तरिक हार्डवेयर खराबीका कारण हुन्छ। यस्तो अवस्थामा फ्याक्ट्री रिसेट वा विशेषज्ञबाट प्राविधिक परीक्षण आवश्यक पर्न सक्छ।
ब्याट्री छिटो सकिनु वा चार्ज नहुनु
यदि ब्याट्री सामान्यभन्दा चाँडै सकिन थाल्यो वा चार्जर जडान गर्दा कुनै प्रतिक्रिया आउँदैन भने ब्याट्री कमजोर भइसकेको वा चार्जिङ पोर्टमा समस्या आएको संकेत हुन सक्छ। लिथियम–आयन ब्याट्री समयसँगै डिग्रेड हुन्छ। त्यसैले ढिलाइ नगरी आधिकारिक सर्भिस सेन्टरमा परीक्षण गराउनु उचित हुन्छ।
टचस्क्रिन सुस्त प्रतिक्रिया दिनु वा ‘घोस्ट टच’ देखिनु
टचस्क्रिन ढिलो चल्नु वा आदेश नदिँदा पनि स्वयं चल्न थाल्नु अत्यन्त गम्भीर समस्या हो। यो डिस्प्ले डिजिटाइजर, नमी, झट्का वा मदरबोर्डमा खराबीका कारण हुन सक्छ। यस्तो समस्या देखिनेबित्तिकै प्राविधिक जाँच अनिवार्य छ।
फोन अत्यधिक तात्नु
सामान्य काम गर्दा पनि फोन अस्वाभाविक रूपमा तात्न थाल्नु प्रोसेसर, ब्याट्री वा थर्मल सिस्टममा खराबीको लक्षण हो। बेवास्ता गरिएमा ब्याट्री फुलिने वा आन्तरिक भागहरू क्षतिग्रस्त हुने जोखिम हुन्छ।
स्टोरेज भरिएको देखिनु, तर वास्तवमा खाली हुनु
स्टोरेज पर्याप्त हुँदाहुँदै पनि ‘फुल’ देखाइरहनु मालवेयर, क्याश ओभरफ्लो वा सफ्टवेयर बगको परिणाम हुन सक्छ। स्टोरेज क्लिनअपले समस्या कम गर्न सक्छ तर समस्या दोहोरिरहेमा सिस्टम स्क्यान वा सफ्टवेयर मर्मत आवश्यक हुन्छ।
क्यामेरा वा एप्स बारम्बार क्र्यास हुनु
क्यामेरा खुल्दाखुल्दै बन्द हुनु वा सामान्य एप्स पनि चल्न नसक्नु र्याम ओभरलोड, असंगत अपडेट वा हार्डवेयर समस्याको संकेत हो। समयमै समाधान नगरेमा समग्र प्रदर्शनमा गम्भीर असर पर्न सक्छ।
कल क्वालिटी खराब हुनु वा नेटवर्क बारम्बार ड्रप हुनु
कलको आवाज कटिनु, सिग्नल हराउनु वा नेटवर्क सुन्दै–सुन्दै छुट्नु एन्टेना मोड्युल, नेटवर्क चिप वा सिम ट्रेमा समस्या आएको सूचक हो। यसले दैनिक संचारमा बाधा पुर्याउन सक्छ त्यसैले प्राविधिक परीक्षण आवश्यक हुन्छ।
फोन ढिलो चार्ज हुनु वा बारम्बार केबल बदल्नु पर्ने स्थिति आउनु
फोन अत्यधिक ढिलो चार्ज हुनु वा केबल बारम्बार बिग्रिनु चार्जिङ पोर्ट, ब्याट्री हेल्थ वा पावर म्यानेजमेन्ट युनिटमा खराबी रहेको संकेत हो। समयमै समाधान नभए फोनले चार्ज लिनै बन्द गर्ने जोखिम रहन्छ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबारको खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई पाँच विकेटको जितसहित पराजित गरेको छ। यो पञ्जाबको लगातार दोस्रो जीत हो भने चेन्नई लगातार दोस्रो खेलमा पराजित बन्यो।
पञ्जाबका लागि कप्तान श्रेयस ऐयरले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए। प्रियांश आर्याले पनि ३९ रनको महत्वपूर्ण योगदान दिए। लगातार दोस्रो खेल जित्दा पनि पञ्जाबले मनग्गे खुसी मनाउन भने पाएन।
खेल सकिनासाथ भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पञ्जाबका कप्तान श्रेयस ऐयरलाई स्लो ओभर रेटको कारण २४ लाख भारतीय रुपैयाँ जरिवाना तिराउने निर्णय गर्यो। निर्धारित समयभन्दा ढिलो बलिङ गराएको भन्दै यो कारबाही गरिएको हो।
कप्तान ऐयरसँगै अन्य खेलाडीहरूलाई पनि कारबाही गरिएको छ। उनीहरूको म्याच फिबाट २५ प्रतिशत रकम कट्टा गरिनेछ। चालु सिजनमा स्लो ओभर रेटकै आरोपमा ऐयरमाथि दोस्रो पटक जरिवाना लगाइएको हो।
काठमाडौं । काठमाडौंमा प्रहरीले रातभर व्यापक सर्च अपरेशन सञ्चालन गरेको छ।
गुण्डागर्दी, ठगी तथा बिचौलिया जस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि केन्द्रित सो अपरेशनमा प्रहरीले विभिन्न स्थानहरूबाट ठूलो संख्यामा मान्छे पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार अपरेशनमार्फत काठमाडौंका विभिन्न क्षेत्रबाट १९५ जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठलगायत स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
पक्राउ परेकाहरू विरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
एजेन्सी। इरानले दुई वटा अमेरिकी लडाकु विमान खसाएको दाबी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार इरानले दुई सिटे एफ-१५ई स्ट्राइक इगल आफ्नो भूभागभित्र खसाएको जनाएको हो।
घटनामा एक चालकलाई उद्धार गरिएको बताइएको छ भने अर्का चालक अझै बेपत्ता रहेका छन्। एसोसिएटेड प्रेस का अनुसार बेपत्ता पाइलटको अवस्था अज्ञात रहेको भन्दै अमेरिकी अधिकारीहरूले संसदअन्तर्गतको सशस्त्र सेवा समितिलाई जानकारी दिएका छन्।
यसैबीच, रोयटर्स ले इरानले पहिलोपटक एफ-१५ विमान खसाएको दाबी सार्वजनिक गरेको जनाएको छ। इरानले सोही दिन अर्को ए–१० वार्थहग लडाकु विमान कुवेत क्षेत्रमा खसाएको दाबी समेत गरेको छ। उक्त विमानका पाइलटले भने प्यारासुटमार्फत ज्यान जोगाएको बताइएको छ।
यद्यपि, एक अमेरिकी अधिकारीले यी घटनामा इरानी आक्रमण नै कारण हो भन्ने पुष्टि नभएको बताएका छन्।
बेपत्ता पाइलटको खोजीका लागि यूएच-६० ब्ल्याक हक हेलिकप्टर परिचालन गरिएको थियो। तर ती हेलिकप्टरमाथि समेत आक्रमणको जोखिम देखिएपछि फर्काइएको जनाइएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजिसी) ले पनि घटनास्थल आसपास खोजी अभियान तीव्र बनाएको छ र बेपत्ता पाइलटलाई फेला पार्नेलाई पुरस्कार दिने घोषणा गरेको छ।
यस विषयमा डोनाल्ड ट्रम्प ले प्रत्यक्ष प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। तर उनी ह्वाइट हाउसबाट उद्धार कार्यको नियमित जानकारी लिइरहेको बताइएको छ।
यसअघि पनि इरानले एफ-३५ लाइटनिङ दुई लडाकु विमान खसाएको दाबी गरेको थियो। तर उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। अमेरिकी पक्षले भने एफ-३५ जेटले आपतकालीन अवतरण गरेको र पाइलट सुरक्षित रहेको जनाएको थियो।
एफ-३५ ‘स्टेल्थ’ प्रविधियुक्त अत्याधुनिक लडाकु विमान हो, जसलाई विश्वकै शक्तिशालीमध्ये एक मानिन्छ। यसको मूल्य करिब १० करोड डलर रहेको अनुमान छ।
फेब्रुअरी अन्त्यदेखि तीव्र बनेको द्वन्द्वमा हजारौं मानिसले ज्यान गुमाइसकेका छन्। एपीका अनुसार इरानमा मात्रै १,९०० भन्दा बढी मानिस मारिएका छन्। खाडी क्षेत्र, वेस्ट बैंक र इजरायलमा पनि दर्जनौंको मृत्यु भएको छ। रोयटर्सका अनुसार हालसम्म १३ अमेरिकी सैनिक मारिएका छन् र ३०० भन्दा बढी घाइते भएका छन्। भने,लेबननमा १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
विभिन्न अन्तराष्ट्रिय क्षेत्रहरूमा मानवीय क्षति बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध गर्ने भएको छ। प्राधिकरणले सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म केही क्षेत्रमा बिजुली कटौती हुने जनाएको हो।
प्राधिकरणले जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।
यस अवधिमा नरेफाट, सिसिआरसी कलेज आसपास तथा सूर्यकोट मार्ग क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता ७ करोड ७५ लाख ४७ हजार ४३.९ कित्ता सेयर सूचीकृत भएका छन्। आइतबारदेखि शुक्रबारसम्म विभिन्न कम्पनीका सेयर सूचीकृत भएका हुन्।
आइतबार नबिल बैंक को ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरअन्तर्गत ५ करोड कित्ता सेयर सूचीकृत भएको थियो।
सोमबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स को ४ प्रतिशत बोनस सेयरबापत २० लाख ४१ हजार ४५९.२ कित्ता, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी को ५ लाख ६४ हजार ९०० कित्ता, एनएलजी इन्स्योरेन्स कम्पनी को ४ प्रतिशत बोनसबापत १० लाख २६ हजार ८९.७८ कित्ता र युनिभर्सल पावर कम्पनी को ९ प्रतिशत बोनसबापत २० लाख ५१ हजार ९३६.९३२ कित्ता सेयर सूचीकृत भएका थिए।
त्यसैगरी मंगलबार समता घरेलु लघुवित्त वित्तीय संस्था को ५ प्रतिशत बोनसबापत ३ लाख १४ हजार ५२५.७८२३ कित्ता, सांग्रिला डेभलपमेन्ट बैंक को ५ प्रतिशत बोनसबापत १७ लाख ७८ हजार १२७.८६ कित्ता, प्राइम कमर्सियल बैंक को ८ प्रतिशत बोनसबापत १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता, महुली लघुवित्त वित्तीय संस्था को ४.७५ प्रतिशत बोनसबापत १ लाख ७५ हजार ७१३.६६ कित्ता, महालक्ष्मी विकास बैंक को ५ प्रतिशत बोनसबापत २१ लाख ४८ हजार २२९.०७९० कित्ता र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी को ५ प्रतिशत बोनसबापत १९ लाख २४ हजार १ कित्ता सेयर सूचीकृत भएका हुन्।
नेप्सेमा सूचीकृत हुने क्रमसँगै बजारमा सेयर आपूर्ति बढ्ने र लगानीकर्ताका लागि कारोबारको दायरा अझ विस्तार हुने अपेक्षा गरिएको छ।
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुहरूलाई दुःख दिने गतिविधिमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनीहरूलाई शुक्रबार राति करिब १० बजे विमानस्थल परिसरबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा सर्लाहीका १८ वर्षीय सूर्य माझी, बाँकेका २२ वर्षीय एकेश तामाङ, पाँचथरका २६ वर्षीय प्रेमकुमार मगर, सिन्धुलीका ३२ वर्षीय राजकुमार राई, मकवानपुरका ४० वर्षीय मंगलमान घलान, ३४ वर्षीय विश्व मोक्तान, पाँचथरकै ३८ वर्षीय खगेन्द्र लिम्बू, मोरङका २९ वर्षीय आशिष खतिवडा, धनुषाका ४५ वर्षीय वीरेन्द्र झा छन्।
प्रहरीका अनुसार उनीहरूले विमानस्थल क्षेत्रमा यात्रुहरूलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिने, विभिन्न प्रलोभनमा पारेर आफ्नो सम्पर्कका होटलहरूमा लैजाने र त्यसबापत होटल तथा यात्रुबाट कमिसन लिने काम गर्दै आएका थिए। साथै, आपसी झगडा गरी अभद्र व्यवहार गर्ने आरोप पनि उनीहरूमाथि लागेको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं। कलाकार सागर लम्साल (बले)लाई प्रहरीले बूढानीलकण्ठ नगरपालिका-कपन, बालुवाखानी क्षेत्रबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर प्रकृतिको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
लम्सालमाथि कलाकार परिवारकै एक सदस्यले बलात्कारको आरोप लगाएकी छन्। अमेरिकामा रहेकी ती महिलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई अमेरिकामै बलात्कार गरिएको दाबी गरेकी थिइन्।
बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएको केही घण्टामै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परे। एमाले सचिवालय बैठकले ओलीको पक्राउ ‘पूर्वग्रहीपूर्ण, प्रतिशोधपूर्ण र अस्वीकार्य कदम’ भन्दै प्रतिवाद गर्ने, सडकबाट, सदनबाट र अदालतबाट भनेर निर्णय गरिसकेको अवस्था छ।
यस बीचमा जनसंगठनहरू सडकमा ओर्लिए पनि त्यति धेरै प्रभावकारी ढंगको प्रदर्शन नभएको भन्ने कतिपयको टिप्पणी पनि सुनिन्छ। तर, हालैको सचिवालय बैठकले बैशाख १२ सम्मको जनसंघर्षको कार्यक्रमहरू तय गरेको अवस्था देखिन्छ। यो सँगै, अब के यो जनसंघर्षले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न सक्छ ?
अर्को विषयचाहिँ चुनावमा नेकपा एमाले पराजित भयो। अहिले संसदमा एमालेको हैसियत तेस्रो दलको अवस्थामा छ। यो अवस्थामा कसरी आइपुग्यो एमाले? अनि एमाले अब कसरी अगाडि बढ्छ ? यिनै मूल विषयमा एमाले नेता कर्ण थापासँग गरिएको पूरा संवाद ।
000
बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएको केही घण्टामै एमाले अध्यक्ष ओली पक्राउ परे, रिहा गराइछाड्नु हुन्छ ?
अहिले नयाँ सरकार गठन भएको छ र त्यसको नेतृत्व बालेन्द्र शाहले गरिरहनुभएको छ। त्यो गर्नेबित्तिकै उहाँहरूले पूर्व सरकारले नै गठन गरेको गौरीबहादुर कार्कीको नेतृत्वको छानबिन आयोग थियो, जो भदौ २३ र २४ गतेका सम्पूर्ण घटनाहरूको सत्यतथ्य ल्याउने र आयोगले जे सत्यतथ्य विवरणहरू प्राप्त गर्छ, त्यसका आधारमा सुझावहरू दिने, सिफारिस गर्ने भनेर गठित गरिएको आयोगको प्रतिवेदन अहिलेको सरकार भन्दा यो आउटगोइङ सरकारलाई उहाँले बुझाउनुभएको थियो। उहाँहरूले त्यसलाई कार्यान्वयन गर्ने भन्ने निर्णय गर्नुभयो। र, त्यसपछि यी घटनाक्रमहरू अगाडि बढिरहेका छन्।
यसमा नेकपा एमालेको स्पष्ट दृष्टिकोण, धारणा के हो भने त्यो गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगले जुन टीओआर दिएको थियो, २३ गतेका घटनाहरू कस्ता-कस्ता कारणले गर्दाखेरि भए। देखिने चिज के हुन्, त्यो विवरण देऊ मात्रै भन्या होइन। त्योचाहिँ त्यो विवरणलाई एउटा लिपिबद्ध गर्ने काम मात्रै त्यसको होइन। उम्, त्यसपछाडिका कारणहरू के थिए त? जाँचबुझ आयोग किन चाहिन्छ त भन्दाखेरि, जो नदेखिएका चिजहरू पनि उहाँले अध्ययन गरेर यस्ता-यस्ता कारणहरूले गर्दाखेरि चाहिँ यस्तो प्रकारको घटना घट्न गयो भन्ने कुरा जान्नका निम्ति, पछिको निम्ति पनि त्यो एउटा रेफरेन्सका रूपमा, अध्ययनको एउटा सामग्रीका रूपमा सरकार सच्चिएर अगाडि जानुपर्ने, विभिन्न सरकारका निकायहरू, अंगहरू सच्चिएर जानुपर्ने, त्यसका लागि पनि यस्ता आयोगहरूको महत्त्व हुन्छ, त्यसकारणले त्यो बनेको थियो। र यो आयोगको प्रतिवेदन कस्तो प्रकारको आयो भने २३ गतेका घटनाका सन्दर्भमा पनि जहाँ जसरी प्रवेश गर्नुपर्ने थियो, नदेखिएका रहस्यमय कुराहरू पनि त्यसमा छन्। त्यो रहस्यका कुराहरू बाहिर ल्याएको स्थिति देखिँदैन। वर्णनात्मक मात्रै छ त्यो।
अनि अर्कोचाहिँ जे विवरणहरू उहाँहरूले प्रस्तुत गर्नुभयो, निकालिएको निष्कर्ष फेरि मिल्दैन। त्यो गलत छ। एउटा हाम्रो असहमतिको कुरा र नेपाली जनतालाई हामी यो कुराचाहिँ बताउन चाहन्छौँ। त्यसकारणले हामीले विरोध गरेका हौँ। अर्कोचाहिँ २४ गतेको त उहाँहरूले खाली घटना मात्रै उल्लेख गर्नुभयो। सिंहदरबार जल्यो, संसद भवन जल्यो, सर्वोच्च अदालत जल्यो, राष्ट्रपतिको कार्यालय जल्यो, अनि देशभर चाहिँ अब खरबौंको नोक्सानी भयो भन्ने विवरण छ। तर, नोक्सानीमा संलग्न अथवा आगजनीमा संलग्नहरूलाई चाहिँ कारबाहीको सिफारिस गरेन भन्ने उहाँको कुरा हो। नोक्सानीमा संलग्न कारबाहीको सिफारिस पनि गरेन, अनि को मान्छे थियो त सामेल त्यसमा भन्ने? किटान पनि गरिएन । सँगसँगै कस्तो सम्मचाहिँ छुटायो त भन्दाखेरि, जब कि अहिलेको श्रव्यदृश्य सबै चिजहरू जो अहिले डिजिटल युगमा छौँ हामी, त्यो बेलामा त यो नेपालको घटना भनेको त एउटा नयाँ ढंगले भएको छ नि त। आफैले आगो लगाउन जाने, आफैले फोटो खिच्ने, आफैले सार्वजनिक गर्ने। ती भएका मान्छेहरु त सबै चिनिएका छन् त। संख्या ठूलो होला। देशैभरि ती सबै चिजहरु नभेटिएका, नदेखिएका पनि होइन।
जो पक्राउ परे तिनीहरुलाई पनि कारबाही गर्नुपर्छ भन्ने सिफारिस पनि यसले गरेन। भन्नाले यो पूर्ण छैन। अनि आयोगको प्रतिवेदन जब त्यसले प्रस्तुत गर्यो, प्रस्तुत गरिसकेपछि अर्को काम के हुन्छ त सरकारको ? कार्यान्वयन त गर्नुपर्छ सरकारले, ठिक छ, मान्छु। तर त्योभन्दा अगाडि त्यसको अध्ययन हुनुपर्छ के, सांगोपांगो अध्ययन हुनुपर्छ। ९०७ पेजको चाहिँ प्रतिवेदन छ। अघिल्लो सरकारले बुझायो। उनले सार्वजनिक गर्ने भनेको छ। सार्वजनिक कसरी गर्ने भनेको छ भन्दा संसदको लाइब्रेरीमा राख्ने भनेको छ। सार्वजनिक गर्ने विभिन्न विधि हुन्छन्। त्यसमध्येको एउटा विधि त्यो हो। हुन त त्यसको अन अफिसियल्ली त जनआस्था साप्ताहिकले बाहिर ल्यायो, त्यो सबैसँग छ अहिले। तर औपचारिक रुपमा जब राज्यको स्ट्यान्ड हुन्छ नि, कहाँ उभिन्छ त राज्य? भन्दा उनले औपचारिक रुपमा त्यो प्राप्त गर्नुपर्छ, अध्ययन गर्नुपर्छ। सरकारको कुनै त्यसमा निर्णय छैन। अनि कार्यान्वयन गर्ने भयो, सुनेका भरमा। हामीले यस्तो सिफारिस गर्याछौँ भन्यो।
सबैभन्दा ठूलो आपत्तिको विषय हाम्रो के हो भने अहिले पूर्व प्रधानमन्त्री नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखकलाई लगाइएको जुन आरोप छ। फौजदारी अपराध संहिताको दफा १८१ र १८२ भन्या छ। त्यो चाहिँ स्टार्ट कहाँबाट हुन्छ भन्दाखेरि १७७, १७८, १७९, त्यसको सिक्वेन्स छ। त्यो हेलचेक्र्याइँ र लापरबाही गरेर कुनै व्यक्तिको ज्यान गयो भने, त्यो ज्यान लिने काममा संलग्न भएको व्यक्तिलाई ३ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन्छ भन्ने प्रकारको चिज चाहिँ १८१ र १८२ मा छ। अपराध कुन हो भन्दाखेरि त्यो १७७, १७८, १७९ मा त्यसको व्यवस्था भएको छ।
जुन दफा आकर्षित गरियो, त्यसमै विमति हो तपाईँहरुको?
एकदम १००% विमति छ र म आयोगको अध्यक्ष पूर्वन्यायाधीश पनि हुनुहुन्छ। म कानुनको विद्यार्थी पनि हुँ। यो अपराध संहिताको त्यो लिखतमा त्यो निर्माण गर्दा म त्यसमा सहभागी छु । त्यो बेलामा विधायन समितिको सदस्य पनि थिएँ।अनि त्यसमा विधायकी मनसाय के हो भन्ने पनि हुन्छ ।
विधायकी मनसाय के थियो?
विधायकी मनसायमा जानैपर्ने छैन यसमा, म तपाईँलाई भन्दै छु। त्यो जुन जुन प्रावधानहरु राखिएको छ नि, त्यसको एउटा निश्चित सीमा हुन्छ। त्यो कसका लागि गरिएको हो त भन्दाखेरि कुनै व्यक्ति, तपाईँ या म, कुनै मान्छेलाई कसैमा कुनै मान्छेको ज्यान जान्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छ। मेरो कर्मले, मेरो एक्सनले ज्यान जान्छ भन्ने चाहिँ थाहा छ तर त्यो कर्म गरेँ। तर मैले त मार्ने नियत त राखेको थिइनँ नि भनेर उम्किन पाइँदैन भनेर त्यसलाई के भन्यो? हेलचेक्र्याइँ भनियो। अर्थात् लापरबाही भनियो। हो, त्यसो भयो भनेपछि त्यो व्यक्तिले कुनै व्यक्तिको ज्यान लिनका निम्ति गरिएको कामसँग सम्बन्धित छ यो। त्यसलाई चाहिँ राज्य सञ्चालनसँग सम्बन्धित कुनै कामहरुका सन्दर्भमा जोड्न मिल्दैन।
तर शासकीय जिम्मेवारीमा तत् समयमा जो रहे, जो राजनीतिक पदाधिकारी रहे, उनलाई जिम्मेवारीमा ठहर्याउने यो कदम, त्यसो भए न्यायोचित छैन?
हाम्रो संविधानको मनसायसँग पनि सम्बन्धित छैन, कानुनको व्यवस्थासँग पनि सम्बन्धित छैन र विधायकी मनसायसँग पनि सम्बन्धित छैन। त्यसविपरीत छ।
शासकीय जिम्मेवारीमा रहने व्यक्तिहरुबाट त्यहाँनेरी कुनै ढङ्गको नवयुवाहरुको ज्यान जाँदै गर्दा हस्तक्षेप नभएको जस्तो त देखिन्छ नि, हैन ?
बडो राम्रो कुरासँग सोध्नुभयो तपाईँले। धेरै मान्छेलाई अहिले परिरहेको भ्रम के छ भने, हरेक स्टेप-स्टेपमा आदेश चाहिन्छ गोली चलाउनका निम्ति या राज्यको बल प्रयोग गरिन्छ के, त्यसलाई। बल प्रयोग त धेरै चिजहरु पर्छन्। गोली मात्रै पर्दैन, रोक्ने हुन्छ, छेक्ने हुन्छ, सम्झाउने बुझाउनेदेखि लिएर। त्यसो नहुँदा पछि अन्तिम बेलामा मात्रै अनि गोली हान्नुपर्ने खालको स्थितिको लाई पनि बल प्रयोगभित्रका विभिन्न फेजहरू हुन्छन्, विभिन्न चरणहरु हुन्छन्। त्यसका लागि हरेक बेलामा कसैको आदेश लिरहनुपर्दैन।
म तपाईँलाई के बताउन चाहन्छु भने, यहाँनेरी नेपाली जनतालाई ठूलो भ्रम छ। हामी भ्रममा बसेर, भ्रममा परेर कुनै कुराको समर्थन या विरोध गर्नुहुँदैन। पहिलो कुरा, तथ्य के हो, त्यो जान्नुपर्छ। जस्तो: कुनै घरको सुरक्षाका लागि खटाईएको कुनै प्रहरी कर्मचारी छ या सेना छ, या सशस्त्र छ। त्यसलाई त्यसको सुरक्षामा आँच आउँदा म के गरुँ? लाठी हानौँ कि? गोली हानौँ कि? पानीको फोहरा हानौँ कि? अश्रु ग्यास हानौँ कि? भनेर केही पनि अनुमति लिनु पर्दैन।
त्यहाँनिर गर्छ के त राज्यले भन्दाखेरि, जस्तो उदाहरणका लागि, अब अहिले त घटनाकै हिसाबले चाहिँ त्यो कहाँ घटेको छ त? घटना घटेको ठाउँ संसद भवन हो। अथवा त्यो बेलाको अन्तर्राष्ट्रिय सभा केन्द्र हो त्यो। त्यसलाई हामीले संसद भवनमा रूपान्तरित गर्यौं। घटना त्यहाँ घट्यो। बरु, त्यो बेलाको राज्यले के चाहिँ गरेको छ भने, त्यहाँ बालबालिकाहरूको सहभागिता कुन कारणले भयो भन्ने खोज्नुपर्ने थियो र यो आयोगले कहाँ थियो? त्यहाँ थियो। किनकि, त्यहाँ १८ वर्षभन्दा मुनिका बालबालिकाहरू पनि स्कुलको ड्रेससहित गएका छन् नि त।
गोली हानेको विषय चाहिँ छानबिन गर्नुपर्ने थिएन ?
म पर्छ भन्दै छु तपाईंलाई। म त्यहाँ आउँदै छु। म एउटा घटना जस्ताको तस्तै पहिले भन्न जरुरी हुन्छ भनेर भनेको। वयस्क अरु नै धेरै थिए। भनेपछि राज्यको एक्सन फरक हुन्थ्यो। त्यहाँ सहभागी कसलाई गराइयो त भन्दाखेरि उमेर नपुगेका स्कुलका बालबालिकाहरूलाई पनि लगिएको छ । भनिएको के छ? शान्तिपूर्ण हुन्छ। घरबाट आह्वान गर्दाखेरि कमलको फूल लिएर आउनु भन्या छ, हैन? अनि, त्यसपछि ती मान्छेहरू सहभागी भए। अनि, बढी उनीहरूलाई त्यो चासो र रुचि केमा छ त भन्दा सामाजिक सञ्जाल। त्यसको पछाडिको ब्याकग्राउन्डमा त धेरै कारणहरू छन्। त्यो बेला रोकिएको छ,? औपचारिक रूपमा रोकिएको छ, अनौपचारिक चलाउने त चलाइ राख्या छ।
अनि, यो देशमा भ्रष्टाचार भयो, बेथिति भयो, सुशासन भएन। त्यसका निम्ति खाली प्रदर्शन गर्ने भन्या छ। म स्पष्ट गर्न चाहन्छु भने, त्यो सरकारले प्रदर्शन गर्नका निम्ति रोक्यो त? भन्दा रोकेन। कहाँसम्म रोकेन त भन्दा जहाँभन्दा माथि चाहिँ त्यसलाई निषेधित क्षेत्र भन्ने त संसारमा जहाँ पनि छ। त्यो नेपालमा मात्रै पहिलो पटक भएको त होइन। त्यो दुनियाँका कुनै पनि देशमा कहाँसम्म प्रदर्शन गर्न पाइन्छ भन्ने कुरा छ। अनि, जब त्यो ब्यारिकेडहरू तोडिसकेपछि के भयो त भन्दा, त्यो शान्तिपूर्ण प्रदर्शन भनिएको अशान्तिमा रूपान्तरित भयो। त्यहाँबाट फेरि राज्यले एक्सन गर्न सुरु गर्यो। हो, एक्सन गर्दाखेरि त्यहाँ प्रधानमन्त्रीको आदेश, त्यहाँ गृहमन्त्रीको आदेश, न त्यो लिखत हुन्छ, न त्यो मौखिक हुन्छ। अनि, तपाईं जो, यो अर्को कुरा गर्दै हुनुहुन्थ्यो, तपाईं अ कर्फ्यु लगाउने या चाहिँ अ स्थानीय के रे प्रशासन ऐनअन्तर्गत सिडिओले आदेश गर्ने भनेको पनि कुन बेला हो भने? उहाँले जब शान्ति सुरक्षा भङ्ग हुन थाल्यो। अब त्यहाँनेरी चाहिँ त्यो भङ्ग हुने कुरालाई रोक्नका निम्ति उहाँले आदेश गर्छ। त कर्फ्यु लगाइसकेपछि कर्फ्यु तोड्यो भनेपछि त अनि कर्फ्यु तोड्नलाई के गर्ने भन्ने कुरा त सेनालाई, प्रहरीलाई, जसलाई पनि अधिकार जे छ नि, त्यसको प्रयोग गर्छ उहाँले, उसको भए नि। अनि, त्यसकारणले म यहाँनेर तपाईंलाई भन्दै छु। अनि, त्यहाँ चाहिँ कहाँ चाहिँ कुन चाहिँ व्यक्ति कसको छोरा गएको छ, कसको छोरी गएको छ? अनि, के चाहिँ दुश्मनी अ केपी ओलीको प्रधानमन्त्रीका रूपमा थियो कि या मतलब के रे गृहमन्त्रीको थियो कि? यो व्यक्तिगत रूपमा कुनै कारणले गर्दाखेरि रिस लेओस्, डाहा लेओस्, प्रतिशोध लेओस्। कुनै व्यक्तिलाई मार्ने उद्देश्यका साथ गरिएको चिजमा लापरबाहीका साथ भन्ने छ नि। छ। त्यो भएपछि मात्रै प्रयोग हुने चिज हो यो। त्यसैले, उहाँहरू केका लागि जिम्मेवार हुनुभयो/हुनुहुन्छ त भन्दाखेरि, जिम्मेवारी हुँदैन हामीले भन्या छैनौँ। सरकार सरकारका निम्ति जिम्मेवार हुन्छ त भन्दाखेरि त्यतिखेरका प्रधानमन्त्री ओली, त्यतिखेरका गृहमन्त्री नैतिक रूपमा राजनीतिक रूपमा नैतिक रूपमा किनकि देशको उहाँ अभिभावक भएको हुनाले, देशको प्रधानमन्त्री भएको हुनाले, गृहमन्त्री भएको हुनाले, सुरक्षा अङ्गको पनि हेड, त्यसको पनि हेड प्रधानमन्त्री, प्रधानमन्त्री प्रणालीमा छौँ नि त हामी। तर, त्यसैले त्यसको नैतिक जिम्मेवारी लिएर त उहाँले त सरकार छोड्नु भो नि त। होइन। त्यो पनि स्वभावकि ढंगले हो, छोड्नुभएको हैन नि त्यो त।
उसो भए त्यतिखेरका प्रधानमन्त्री केपी शर्मा ओली अथवा त्यतिखेरका गृहमन्त्री रमेश लेखक दोषमुक्त, सुरक्षा निकायका अधिकारीहरू जो फिल्डमा उत्रिए, उनीहरू मात्रै दोषी हुन् २३ गतेको घटनामा ?
दोषी चाहिँ को हो भन्ने कुरा हेर्दाखेरि दुईटा चिजलाई हेर्नुपर्छ। व्यक्तिलाई त शक्तिको प्रयोग गर्ने अधिकार नै दिएको छैन, दिँदैन। मलाई, तपाईंलाई छैन। तर राज्यको निकायलाई चाहिँ राज्यको कानून अन्तर्गतको शक्तिको प्रयोग, बलको प्रयोग गर्ने अधिकार दिएको छ। त्यो अधिकारको दुरुपयोग गर्यो कि कर्तव्य पालन गर्यो भन्ने चाहिँ हेर्ने हो मुख्य। राज्यका सन्दर्भमा कहिले पनि कुन कुरा लोकप्रिय छ भनेर अहिले लोकप्रियताका पछाडि कुद्ने हो भने, प्रणाली ध्वस्त हुन्छ। विधिको शासनको मर्यादा रहँदैन। जवाफदेहीता र जिम्मेवारी समाप्त भएर जान्छ। तपाईं पत्रकार हुनुहुन्छ। तपाईंको जिम्मेवारी र नेपाली सेनामा काम गर्ने सेनाका अधिकृत वा जवानको जिम्मेवारी एउटै हुँदैन। फरक-फरक हुन्छ। त्यसो भए कसैको पनि फरक हुँदैन। कसैले पनि कसैको जिम्मेवारी लिनु पर्दैन। कि त्यो व्यवस्था हामीले खोजेको हो त? यो उत्तरदायित्वको, जिम्मेवारीको व्यवस्था होइन, लोकतन्त्र भनेको? जुन व्यक्तिलाई जहाँ जे जिम्मेवारी दिएको छ, त्यसले त्यो काम नगर्ने हो भने, गर्न नपाउने हो भने भोलि पनि त राज्य त चलाउनुपर्ला नि त, आज पनि त चलाउनुपर्छ नि त।
त्यसैले यो कसैलाई आरोप लगाएर, आक्षेप लगाएर, कसैको बदनामी गरेर, कसैलाई जेल ठोक्छु भनेर, यो परिबन्ध गरिकन कसैलाई जेल हाल्ने, कसैलाई कारबाही गर्ने व्यवस्था होइन यो। त्यसैले राज्यले के हुनुपर्छ भन्दा, प्रतिशोध राख्नु हुँदैन। बदलाको भाव हुनु, राज्यसँग हुँदैन। व्यक्तिको हुन सक्ने भयो। तर राज्य भनेको चाहिँ सबैको संरक्षक हुनुपर्छ र राज्य कानुनको पालक हुनुपर्छ, कानुनको संरक्षक हुनुपर्छ।
२४ गते देश जल्यो। त्यतिखेर पनि सुरक्षा निकायका केही अधिकारीहरूले पनि ज्यान गुमाए। अब, ध्वंस भयो। कार्की आयोगले २३ गतेको घटनामा क-कसलाई दोषी ठहर्याउनुपथ्र्यो र २४ गतेको घटनामा क-कसलाई दोषी ठहर्याउनुपथ्र्यो?
दोषी ठहर्याउनैपर्छ यस्तो जरुरी छैन।
अपराधमा संलग्नहरू यि यि हुन् भनेर किटान्त गर्नुपथ्र्यो होला नि?
अनिवार्य छैन। छ भने गर्नुपर्यो। पहिले त तथ्य केलाउनुपर्यो। नदेखिएका चिजहरू उसले खोतल्नुपर्यो। विश्लेषण गर्नु पर्यो। म तपाईंलाई एउटा कुरा भन्दै थिएँ र म तपाईंको यो अहिले सञ्चारमाध्यममार्फत म गौरीबहादुर कार्कीजीलाई र त्यसका सदस्यहरूलाई पनि विनम्रताका साथ आग्रह गर्न चाहन्छु, बालबालिकाको हत्या हुने सम्मको जुन परिस्थिति भयो, त्यसमा के हामी दुःखी छैनौँ होला त? भनेपछि घटनाभन्दा अगाडिको परिस्थिति कसरी निर्माण भयो? त्यो निर्माणमा को-को संलग्न भए? त्यो चाहिँ निष्पक्ष रूपमा छानबिन गरेर सत्य अथवा तथ्य बाहिर ल्याउनुपर्छ भन्नु कुरा मैले भनिसकेँ। हो, म तपाईंलाई एउटा कुरा उदाहरण दिन्छु, नेपालको राजनीतिक इतिहासमा घटनाक्रमहरूलाई केलाउँदा खेरि कस्ता-कस्ता घटनाहरू पनि भएका छन् भने बाहिर प्रदर्शन भइराख्या छ। कुनै केटाकेटीहरू आफ्नो घरको झ्यालबाट यसो हेरेर लाग्दा खेरि प्रहरीको गोली लागेर मान्छे घरमै मरेको छ। त्यो राज्यको ज्यादती हो। अब यहाँ कस्तो छ भने बालबालिकालाई हामीले कुनै पनि किसिमको प्रदर्शनमा, राजनीतिक कामको प्रयोगमा, हामीले त्यसलाई प्रयोग नगर्ने भनेर हामीले स्वीकार गरेका छौँ। यो राज्यले स्वीकार गर्या छ। हामी संयुक्त राष्ट्रसंघको पनि सदस्य छौँ। हामी बालबालिका सम्बन्धि महासन्धिको पनि सदस्य राष्ट्र हौँ, नेपाल। अनि अहिले जो हामीलाई अहिले लोकतन्त्र पढाउन खोज्दै हुनुहुन्छ, अमेरिकनहरूलाई म भन्न चाहन्छु, यहाँ सेभ द चिल्ड्रेन यूएस भन्ने पनि संस्था छ, सेभ द चिल्ड्रेन नर्वे भन्ने पनि संस्था छ, सेभ द चिल्ड्रेन यूके भन्ने पनि संस्था छ, र युनिसेफ पनि नेपालमा क्रियाशील छ र उनीहरूले हामीलाई के भने भने, ‘बालबालिका भनेको शान्ति क्षेत्र’ भने। किन भनेको? भन्दा, बालबालिकाहरू भनेको सबै कुराहरूमा मेच्युअर्ड भइसकेका हुँदैनन्, परिणाम उनीहरूले सबै कुरा थाहा पाउँदैनन्। त्यसकारणले त त्यो अठार वर्षभन्दा मुनिकोलाई बालबालिका मानेको हो त? यो बालबालिकाको उमेर त हामीले पार गरेर अगाडि बढेका हौं नि त हामी। हाम्रो पनि मनोविज्ञान कस्तो हुन्छ भन्ने कुरा हामीले भोगेका छौं नि, देखेका छौं। त त्यहाँ म एउटा तपाईंहरूलाई सानो दृष्टान्त भन्छु।
बालबालिकाहरूलाई के भनिएको छ भने, त्यो डिस्कर्डमा जो अहिले हाम्रो गृहमन्त्री हुनुहुन्छ, उहाँले सबभन्दा धेरै भन्न सक्नुहुन्छ। के अब भन्नुहुन्छ कि भन्नुहुन्न? राज्यको अंगमा, निकायमा गइसकेपछि आफूले गरेको गल्ती र त्रुटि, आफूले गरेको षड्यन्त्र र जालीझेल, आफ्ना सबै तयारीहरू उहाँले भन्नुपर्छ नि त, हैन ? उहाँले भन्ने हो भने त्यो डिस्कर्डमा कस्ता-कस्ता किसिमका छलफल चलाइएका छन् भने, सामान्य बालबालिकालाई भनिएको छ: सुशासनको कुरा मात्रै गरिएको छ। सामाजिक सञ्जाल माथिको प्रतिबन्धका विरुद्धमा हामीले शान्तिपूर्ण प्रदर्शन गर्ने मात्रै भनिएको छ। र त्यसलाई सँगै के भनिएको छ भने, स्कूलको ड्रेससहित आयो भने राज्यले राज्यको बल प्रयोग गर्न मिल्दैन। हामीले भनेका छौँ, बालबालिका शान्ति क्षेत्र भनेर प्रदर्शनमै आउन पाइँदैन, लिनु हुँदैन, प्रयोग गर्न हुँदैन भनेका छौँ। बाल सैनिक बनायो भनेर त माओवादीको अहिले पनि हेगसम्म लैजान्छौं भन्ने कुरा त जीवितै छ के त्यो विषय। भनेपछि त्यो किन भनेका थियौं भन्दाखेरि जो नाबालकहरू हुन्, नाबालकहरूलाई चाहिँ यस्तो प्रकारको कुनै परिणामका बारेमा उनीहरू त्यति गम्भीरताका साथ लिन सक्दैनन् अथवा परिणम चाहिँ आंकलन गर्न सक्दैनन्। हो, त्यसलाई प्रयोग गर्न हुँदैन भनेका छौं।
उनीहरूलाई कसले उक्साएर हिंसात्मक विद्रोहसम्म ल्याइपुर्यायो त उसो भए ?
रक्षा बमजी, उहाँ अमेरिकन युथ काउन्सिलको सदस्य पनि हुनुहुन्छ, अहिले पनि त्यो रेकर्ड हेरे हुन्छ। अनि उहाँहरूले चाहिँ भन्नुभएको त्यस्ता सदस्यहरू नेपालमा पच्चिस हजार भन्दा बढी बनाइएका रहेछन्। अस्ति को त्यो आयोगले एउटा खोज्नुपर्ने विषय के थियो भने, त्यसका सदस्यहरू यो अस्तिको मुभमेन्टमा कति परिचालित थिए त ? कुन-कुन रूपमा परिचालित थिए? एम्बुलेन्सको तयारी गर्नेमा थिए कि, पानी सर्भिस गर्नेमा थिए कि, घाइतेहरूलाई ओसार्नेमा थिए कि? अथवा ती कति, त्यहाँ त्यो डिस्कर्डमा त्यो बेलामा बमको नाम अर्कै नामाकरण गरिएको थियो, हैन? अनि त्यो प्रयोग गर्ने भनेर भनेको छ। जसलाई सम्पूर्ण हिसाबले यो राज्य व्यवस्था उल्टाउनका निम्ति भनेर उहाँहरूले साजिस गर्नुभएको छ। त्यसमा वैदेशिक एजेन्सीहरूको त्यहाँ हात छ। त्यो कुरामा यो आयोग प्रवेश नै गर्न सकेको छैन, अनि उनले देखिने कुरा मात्रै के गर्या छ त भन्दाखेरि खाली मान्छे गएर त्यहाँ संसद भवनमा पुगे, अनि त्यसपछि चाहिँ त्यहाँ त अन्धाधुन्ध गोली चल्यो भन्ने ढङ्गको।
भनेपछि तथ्यको निष्पक्ष ढङ्गबाट अन्वेषण भएन?
तपाईंलाई भन्न खोज्दै थिएँ। बीचमा अन्ततिर गयो। अनि एउटा बच्चाले के भन्छ भने, अनि तपाईंहरू किन यहाँ संसद भवनसम्म आउनुभयो त? यहाँ त ब्यारिकेट थियो तल। त्योभन्दामाथि त प्रदर्शन गर्न दिँदैन। भन्दाखेरि होइन, संसद सचिवालयको सचिवलाई हाम्रा अगाडि राखेर यो सामाजिक सञ्जाल चाहिँ खुलाउँछु भनेर प्रतिबद्धता व्यक्त गराउन आएको भनेको छ। भन्नाले त्यो कस्तो मिसलिड गर्या छ? मिसगाइड।
षडयन्त्रपूर्ण ढंगबाट नियोजित ढंगबाट २३ गतेको घटना भएको थियो।
त्यहाँ त अर्को पनि कुरा छ, जब त्यो ब्यारीकेट तोड्नका निम्ति भनेर टिओबिहरु आए। हैन? तिबेटियन ओरिजिनल ब्लड भन्ने छ, अनि उहाँहरू आउनुभयो। सबै गरिसकेपछि, त्यो अ मोटरसाइकलको पनि साइलेन्सर खुल्ला, ठुला आवाज गरेर गए, साँच्चै जो जेन्जी मुमेन्ट गर्छु भन्नेहरुले के भन्नुभयो भने, ‘हाम्रो यो उद्देश्य थिएन, हामी शान्तिपूर्ण प्रदर्शनका लागि मात्रै थियौं, अब यो चाहिँ अन्तै गयो, अब हामी फर्कौं।’ भन्या छ, हो ? जो मान्छेहरुलाई उत्तेजित गरेर त्यहाँसम्म गए, अर्काका छोराछोरी मारिए, बच्चा मारियो भन्ने सेन्टिमेन्टमा मत प्राप्त गर्नुभयो। तर ती बच्चालाई त्यहाँसम्म लगेर मर्नुपर्ने सम्मको तयारी साजिश कसले गर्यो? अहिले सेन्टिमेन्ट त तिनको लिइया छ, तर जसको बच्चा मरेको छ, तिनका आमा, तिनको परिवार, हाम्रा पनि बच्चा बच्ची छैन, हामीलाई पिडा हुदैन, हो? कार्की अयाोगले र तथ्य चाहिँ उसले त यो हेर्नुपर्थ्यो नि त। त्यो अनि कुनै सेभ द चिल्ड्रेन नर्बे, युके अथवा युनिसेफ कसैले त्यो विज्ञप्तिहरू निकाल्यो ? ‘बालबालिकाको प्रयोग किन यसरी भयो, हुनु हुँदैन थियो’ भनेर भन्यो ? अनि कलेज र स्कुल, एकछिन एकछिन कलेज र स्कुल बन्द थिए, त्यो बेलामा तिनीहरूले बसका बस त्यहाँ पठाएका थिए। भनेपछि यो त घटना घटाउनै पर्ने थियो र त्यसमाथि कुनै राजनीतिक लाभ लिनु थियो।
अहिले उहाँहरु भन्दिनुहुन्छ, ‘हामी रेजीम चेन्ज हामीले गर्यौं’ भन्दै हुनुहुन्छ। स्टार्टिङ भएको थियो रेजीम चेन्जका लागि होइन, सरकारका कमी कमजोरी, त्रुटिहरु सच्याउनका निम्ति थियो, सुशासनको कुरा उठाउनका लागि नि, भ्रष्टाचार भयो भनेर, भ्रष्टाचार हुँदैन भन्नका निम्ति थियो। तर अहिले उहाँहरू के भन्दिनुहुन्छ भन्दा, ‘रेजीम चेन्जका लागि हामीलेगरेका थियौँ, रेजीमै चेन्ज गर्यौ हामीले। भनेपछि यस्तो प्रकारको मुभमेन्ट चाहीँ नेपालको इतिहासमा कहिँ कहिले पनि भएको छैन।
त्यसो हो भने जेन–जी बिद्रोह कसले गरायो भन्ने विषयमा एमालेको निचोड के हो?
हामीले यसलाई राम्रो गरी विश्लेषण गर्दाखेरि के भन्या छौँ भने, जनतामा निराशा थियो, अविश्वास थियो, व्यथिति पक्का पनि थियो, भ्रष्टाचार पनि थियो, यो कुरा चाहिँ हामी स्वीकार गर्छौं। त्यसमा नेपालका राजनीतिक पार्टीहरुले जिम्मा लिनुपर्छ। हामीले भनेका छौँ, व्यक्तिका हिसाबले म भन्नुहुन्छ भने म यो सबै कुरा जे-जे भएको थियो, अहिले कमी कमजोरी, त्रुटिहरु, त्यसबाट म अलग हुन्छु भन्दिनँ, म यसको विपक्षमा थिएँ सधैँभरि।
दलहरुले चाहिँ गर्नुपर्ने काम थिए, दलको सरकारले जुन गर्नुपर्ने थियो, त्यो बेलाका प्रधानमन्त्री, मन्त्रीहरुले जे गर्नुपर्ने थियो, त्यो भइरहेको छैन है, जनता धेरै असन्तुष्ट भएका छन्, जनतामा घृणाको तहको अविश्वास फैलिरहेको छ, यो बिध्वंशमा जान सक्छ, यसले अकल्पनीय खालको परिस्थिति ल्याउन सक्छ, त्यो पाटो पनि त पार्टी भित्र हामी संघर्ष गरिराख्या छौँ नि त। यो अहिले जो बाहिर हामीले नै सारा यो यो बीचको सबै चिज बिग्रियो, भत्कियो, सम्भव त भो, ति नियोजित रुपमा यहाँ बिगार्न मात्रै मान्छे लाग्या थियौँ, हामी चाहिँ बनाउन आएका हौं भन्ने कुरामा प्रतिशत भन्नुहुन्छ भने एक दुई प्रतिशत पनि त्यो सत्य छैन, हामीले त केलाउनुपर्छ होला नि त आँकडाहरु केलाएर भन्नुपर्यो नि त।
यो बिचमा केहि पनि नभएको भन्ने होइन, तर जे उद्देश्यका साथ हामी त ज्यान दिनका निम्ति तयार भएर बलिदान हुन तयार भएर समाज बदल्नका निम्ति भनेर हिड्या मान्छेहरु हो नि त। अहिले के देखाउन खोजिदैछ यो नयाँ भन्नुहुन्छ भने बलिदानलाई पनि स्वाहा, त्याग् तपस्या पनि स्वाहा, समाज बदल्नका निम्ति भनेर त मान्छे त जेल भोका छन्, छोराछोरी मारिएका छन्, जीवन बर्बाद भएका छन्, त्यो सबै कुरा अर्थहीन हुन्छ, तर अर्थहीन बनाउन खोजिदैछ। रातारात अपत्यारीला मान्छेहरु पनि यो असन्तुष्टिलाई संगठित गरिकन मत जो प्राप्त गर्नुभो। राजनीति भनेको त यस्तै कुरा रहेछ त।
तर सत्य के हो भने बहुदल चाहिँ स्थापना गर्नका लागि ठुलो संघर्ष गर्नु भो, त्यसपछिका संघर्षहरु पनि हामीले देखेका छौँ कि ६२, ६३ को आन्दोलन पनि तपाईँहरुले कसरी गर्नु भो, त्यो पनि थाहा छ। तर एउटा कुरा के हो भने भ्रष्टाचारमा लिप्त त भाकै हो नि, होइन? एमाले होस् या माओवादी होस् या चाहिँ कंग्रेस होस्, जो सत्तामा उक्लिए, भ्रष्टाचारमा लिप्त भाकै हो।
त्यसलाई म यसरी लिन्छु। मैले तपाईंको सम्पूर्ण रूपमा राजनीतिक पार्टीहरूले गर्नुपर्ने जे काम गर्नुपर्ने थियो, गरेन भनिसकेपछि तपाईंले यसमा थप धेरै जानु परेन। तर, अहिले जो प्रचार गरिँदै छ, केही पनि भएन, भ्रष्टाचारका विरुद्धमा भन्ने पनि। म बडो एक दुइटा तथ्यहरू तपाईंलाई बताउँछु। नेपाली कांग्रेसका सम्मानित शक्तिशाली नेताहरू विजयकुमार गच्छेदार अब अहिले हुनुहुन्न, बित्नुभयो। खुमबहादुर खड्का,गोबिन्दराज जोशी, चिरञ्जीवी कुमार वाग्ले वाग्ले, उहाँहरूलाई कारबाही, दण्डित पनि त यही राज्य व्यवस्थाभित्र गरियो,
पछि अरुलाई जोगाइयो नि …
सुन्नुस् न, हत्तेरिका। अब अदालती प्रक्रियामा कानुनबमोजिम सबै मान्छेले को छुट पाउँछ, के गर्छ? सबै कुरा के अहिले बालेन्द्र जी प्रधानमन्त्री हुनुभएको छ? उहाँले संविधान नमान्ने, अदालत नमान्ने, अदालती प्रक्रिया नमान्ने अनि यो सेपरेसनको थेओरी छ राज्य व्यवस्थाको, होइन, न्यायालय अलग्गै चीज हो, कार्यपालिका अलग्गै चीज हो, व्यवस्थापिका अलग्गै चीज हो, एकै ठाउँ चीज होइन नि त। अनि यो सबै केही नमान्ने भन्नुहुन्छ तपाईंहरू? तर त्यो दण्डित त भएकै हुन् नि त। मुद्दा चलिराख्या छन् नि त कति मान्छेमाथि। जस्तो बालुवाटारको जग्गा प्रकरणमा मलाई लाग्छ, मैले सम्झेसम्म १७५ मान्छे माथि मुद्दा चलिराख्या छ। कोही धरौटीमा छुट्छन्। मुद्दा त जीवितै छ नि त। त्यहाँभित्र सबै कुरा केही पनि नभएको भन्ने हो भने ती सबै खालका चीजहरू जहाँ जहाँ भएका छन्, त्यहाँ हामी त्यसका विपक्षमा छौं नि त, उभ्या छौं नि त।
त्यसलाई त सुधार्ने होला नि त। अनि त्यहाँ पनि कुनै मान्छेले नै गएर काम गर्छ, होइन त? अनि उहाँहरू अलि केही गर्नुहुन्छ त? अख्तियार दुरुपयोग अनुसन्धानको ठाउँमा अर्को केही ल्याउनुहुन्छ कि? अथवा सीबीआईको ठाउँमा अर्को केही गर्नुहुन्छ कि, के चाहिँ गर्नुहुन्छ त? भन्नाले यो चिजलाई त सुधार गर्ने न उहाँले भन्नुभएको थियो। तर त्यसकारणले म के भन्छु भने राज्य चलाउँदाखेरि राज्य सञ्चालनका विधिहरू छन्, प्रक्रियाहरू छन्, संविधान छ, कानुन छ र सबभन्दा ठूलो कुरा भनेको चाहिँ लोकतान्त्रिक व्यवस्था छ र विधिको शासन छ यहाँ। विधिको शासनले के भन्छ भन्दाखेरि सम्पूर्ण अधिकार भनेको प्रधानमन्त्रीका हातमा हुँदैन नि त। त्यो अदालतको काम पनि प्रधानमन्त्रीले गर्ने, प्रहरीको काम पनि प्रधानमन्त्रीले गर्ने, सेनाको काम पनि प्रधानमन्त्रीले गर्ने। अनि त्यो व्यवस्थापिकाको काम पनि प्रधानमन्त्रीले गर्ने, अनि त्यो स्वास्थ्य उपचारको काम पनि प्रधानमन्त्रीले गर्ने त हुँदैन नि। शिक्षा युनिभर्सिटीमा पढाउने काम पनि प्रधानमन्त्रीले गर्ने त हुँदैन नि। संविधानले अधिकारको बाँडफाँड गर्या छ। बाँडफाँड गर्या छ, सेपरेसनको थेओरी छ हामीसँग। शक्ति पृथकीकरणको सिद्धान्त हामीले मान्छौं। लोकतन्त्रका विश्वव्यापी मान्यताहरू छन्, नियन्त्रण र सन्तुलन पनि मान्छौं। नियन्त्रण र सन्तुलन पनि हामी मान्छौं। भनेपछि नभएपछि त एउटा छोटो भइहाल्छ नि त। के निरङ्कुश तानाशाहि व्यवस्था खोजेको हो त? त्यो त सधैं थियो त हिजो पञ्चायतमा। सबै बाहिर देखाउने चिज जे भए पनि राजा भनेको फाइनल थियो।
हाम्रो सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहजीलाई समर्थन गर्नेहरूको एउटा जमात अहिले कस्तो बनेको छ भने त्यसले कुनै कुराको विश्लेषण नगर्ने, सही कुरा के हो भन्ने अ खोज्नै नलाग्ने, बुझ्नै नलाग्ने। अलिकति मेरा दुई चारवटा शब्दावली तपाईंले मैले अहिले धेरै कुरा भन्या छु। तपाईंले त्यो उसमा आउँछ, तपाईंको युट्युबमा आउँछ या सञ्चार माध्यममा आउँछ। अनि मलाई गाली गर्न सुरु गर्छन्। कसैले बौलाहो भन्लान्, कसैले कसको के हो, झोले भन्लान्, कसैको के भन्लान्। अब गालीका पनि यस्तो कि सामान्य त त्यस्तो गाली दिँदाखेरि गाली बेइज्जतीसम्बन्धी कानुन लाग्छ। एउटा सुसंस्कृत समाजका निम्ति त्यस्ता शब्दावलीहरूको प्रयोग गर्न पाइँदैन। त उहाँहरू त्यो चीज गरेर मान्छेलाई ह्यरेसमेन्ट गर्न खोज्दै हुनुहुन्छ। अनि त्यसलाई चाहिँ उहाँ के भन्नुहुन्छ, हामी नयाँ युगका नयाँ मान्छे भन्न खोज्दै हुनुहुन्छ। नयाँ युगका सिल्ली मान्छेहरू भन्न मिल्छ तिनलाई। ती मान्छेले समाजै बुझेको छैन। समाजको संस्कार बुझेको छैन। हाम्रो संस्कृति बुझेको छैन। हाम्रो सभ्यता बुझेको छैन। मसँग असहमति राख्नु छ भने त तर्क गर्नुपर्छ होला नि त। मलाई गाली गर्न पाइन्छ त? पाँडे गाली गर्न पाइन्छ? आमाचकारी गाली गर्न पाइन्छ? त्यस्तै बनाउने हो त समाज? त्यस्तै समाजलाई नयाँ भन्ने हो? त्यस्तै समाजलाई सुसंस्कृत समाज भन्ने हो? त्यस्तै समाजलाई अब बालेन्द्रजीले बनाएको नयाँ युगको बालेन्द्र युग भन्ने हो? बनाउनुस् न त त्यस्तो बालेन्द्र युग, एकचोटि हेरौँ न।
भाष्य के बनायो भन्दाखेरि सबै बिगार्यो मात्रै भनियो के। अब सडक छ लेनको, सडकका बीचमा उभिएर अनि के भन्छ भने, ‘यो देशमा केही पनि भएन। बाटो पनि बनेन। केही पनि भएन। सारा ध्वंस भयो। ध्वंस समाप्त हो,’ भन्छ। छ लेनको सडक छ, चिल्लो सडक छ, होइन? अनि विश्वविद्यालय पहिले एउटा मात्रै विश्वविद्यालय थियो। अहिले सुदूरपश्चिममा अर्को एउटा विश्वविद्यालय छ, मध्यमान्चलमा अर्को एउटा विश्वविद्यालय छ। म कानुन पढ्नका लागि मेरो त्यहाँ, त्यो सिंगै त्यो रिजनमा नै पढाइ नहुने हुनाले काठमाडौँ आएको हुँ। अहिले मेरो जिल्लामा तीनवटा क्याम्पस छ। क्याम्पस त्यही भएको भए, म त्यहीँ पढ्थेँ। मलाई रहर थिएन यहाँ आउन। अब त्यो हामीले भनेको चाहिँ, चाहिँ फेरि जनताले कसरी लिन्छ? त्यो जनताले जान्ने कुरा भयो।
अन्तिममा अब ओलीको रिहाइको लागि तपाईंहरूले गर्ने जनसंघर्षको कार्यक्रमहरू अन्तर्गत के के हो ?
होइन, त्यो त अहिले बाहिर सार्वजनिक भइसकेको छ। हामी जनतालाई अब प्रशिक्षित गर्ने ढङ्गले जान्छौं र हामी फेरि केमा स्पष्ट छौं भने, लोकतान्त्रिक व्यवस्थामा सबै कुराको फैसला, निरूपण सडकले मात्रै गर्दैन। हामी सबै कुरा बढी, हामी अब ध्यान केमा दिन्छौं त भन्दाखेरि, सडकबाट सबै कुराको समाधान लोकतन्त्रले अनुमति दिँदैन,? त्यो सडकमा मान्छे अ एउटा अह कुनै सन्देशका निम्ति सडकमा आउँछ।
तर त्यसले नै फैसला गर्दैन।
दबाबका निम्ति आएका होइनन् ।
होइनन, फैसला देशको कानुनले गर्छ। संविधानले गर्छ। राज्यका अङ्ग र निकायले गर्छ। हामी त्यसमा विश्वास गर्छौं। त्यहाँ निष्पक्षता हुनुपर्छ। त्यहाँ चाहिँ फेरी एउटा भ्रम अहिले के छ भन्नुहुन्छ भने, नेपाली जनताको ठुलो पङ्क्तिमा सरकार जसको छ, प्रधानमन्त्री जसको छ, गृहमन्त्री जसको छ अनि अरू नियम, कानुनको पालना केही पनि गर्नु पर्दैन। संविधान हेर्नु पर्दैन। जे जे पनि मनलागे ढंगले गर्न पाइन्छ, सकिन्छ भन्ने प्रकारको सन्देश यो राजनीतिक दलले नै पनि दिएका हुन्। त्यसमा कांग्रेस दोषी छ, त्यसमा एमाले दोषी छ, त्यसमा अरू अरू राजनीतिक पार्टी दोषी छन्। हो, त्यही चिजलाई फलो चाहिँ फेरी अहिले राप्रपाले गर्छ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले हालै स्टेटस लेखेर ‘पपुलिजमको उत्कर्ष भएको बेला न्यायालयप्रति पनि भरोसा नराख्नु’ भनेर उहाँले स्टेटस लेख्नुभएको छ नि।
उहाँ वरिष्ठ अधिवक्ता, संविधान, संवैधानिक कानुनको एउटा अध्येता हो। उहाँले एउटा आफ्नो फिलिङ चाहिँ बताउनुभयो होला। म त्यसमा के भन्छु भन्दाखेरि, म त्यसको विपक्षमा छु। किनकि कुनै पपुलिजमले कुनै जनताको मतले अदालत प्रभावित हुनुहुँदैन। न्यायालय पनि प्रभावित हुनुहुँदैन। व्यवस्थापिका पनि प्रभावित हुनुहुँदैन। राज्यका कुनै अङ्ग र निकायहरू चाहिँ कुनै बलबाट प्रभावित हुनुहुँदैन। उनीहरूलाई राज्यको कानुनले दिएको अधिकारको प्रयोग गर्नुपर्छ। कसैको आदेशले चल्ने राज्य व्यवस्थामा हामी छैनौं अहिले।
एउटा प्रसङ्ग जोडौँ, 0१५ सालमा चार जना कम्युनिस्ट सांसदले संसदमा प्रतिनिधित्व गरे। ४८ सालको संसद अझ धेरै, ५१ सालमा त झन् एमाले पहिलो दल बन्यो। त्यसपछिका हरेक सदनमा कम्युनिस्ट दलहरूको प्रतिनिधित्व हुँदै आएको छ र 0६४ यता हेर्ने हो भने त अ बहुमत पनि देखिन्छ, तर यसपटक भने हरिविजोकै भयो। कम्युनिस्टहरू के पतनको दिशामा गयो भनेर अब भन्दा हुन्छ?
अ, त्यो ठीकै प्रश्न उठाउनुभयो र म तपाईंको त्यो निष्कर्ष निकाल्नुभएको छ, निष्कर्षसँग चाहिँ असहमत छु। पतनको दिशामा गयो भन्नुभएको कुरा चाहिँ साँचो हो। किन भन्दाखेरि कम्युनिस्ट आन्दोलनमा धेरै ठूलो धक्का लागेको छ र त्यो धक्का अरूका कारणले पनि होला, मूलतः हाम्रै कारणले लागेको छ। हामी जे गर्दाखेरि यो पार्टी र यो आन्दोलनलाई यो तहमा पुग्दैन, पुर्याउनुहुँदैन भन्ने थियौंँ। त्यहाँ हामीले त्यो कुरालाई प्रमाणित गर्न सकेनौंँ। जसका कारणले नेपाली कम्युनिस्ट नेताहरू के-केमा चुके त? जहाँ-जहाँ नोक्सान भएको छ नि, हो, त्यो नोक्सानीलाई हामी आन्तरिक रूपमा सच्याउँछौंँ र नेपालमा कम्युनिस्ट आन्दोलन धराशायी हुन सम्भव छैन। किनकि यो कम्युनिस्ट आन्दोलन भनेको जागरणको, जागृतिको, न्यायको, स्वतन्त्रताको, अहँ, विभेदको अन्त्यको, शोषणको अन्त्यको, रोजगारी सिर्जना गर्ने व्यक्तिलाई म वास्तविक रुपमा यो देशको चाहिँ सक्षम व्यक्ति हुँ भन्ने किसिमको कुरा बनाउने, अधिकार सम्पन्न बनाउने त्यो आन्दोलनको मुख्य मक्सद हो। त्यो पुरा भइसकेको छैन, त्यो सम्पन्न भइसकेको छैन।
त्यसकारणले यसको सान्दर्भिकता बाँकी छ र सच्याउनुपर्ने कुरा फेरि अरुले सच्याएर त भएन। एमालेले एमालेलाई सच्याउनुपर्यो। माओवादीले माओवादीलाई सच्याउनुपर्यो। अब त्योभन्दा बाहिरको लोकतान्त्रिक आन्दोलनको कुरा गर्ने हो भने काँग्रेसले पनि काँग्रेसलाई सच्याउनुपर्यो र दीर्घकालीन देशको भविष्यका निम्ति स्थापित राजनीतिक दलहरू जो व्यवस्थित एउटा प्रणालीबाट अगाडि बढेका छन्। जसको स्पष्ट दिशा छ, स्पष्ट दर्शन छ, विचार छ र दृष्टिकोण छ। त्यसकै आधारमा चाहिँ अगाडि बढ्ने हो। अब अहिले जनमत प्राप्त गर्नुभएको सरकारलाई पनि हामी के भन्छौं भने उहाँहरूमा कुनै दम्भ, घमण्ड प्रकट नहोस्। विधि मान्नुस्, संविधानको पालना गर्नुस्। देश बनाउनका निम्ति हो भने एजेण्डामा हामी साथ सहयोग दिन्छौं, सहयोग गर्छौं। तर प्रतिशोधको भावनाबाट मुक्त हुनुस्।
काठमाडौं । विवादास्पद उद्योगी शंकर अग्रवाल पक्राउ परेका छन् । केहीबरेअघि उनी पक्राउ परेका हुन् । उनी जगदम्बा ग्रुपका अध्यक्ष हुन् ।
कर छलीलगायत विभिन्न आरोप उनीमाथि लागेको थियो । उनका कम्पनीहरुले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइन महसुलको बक्यौता पनि तिर्न बाँकी छ ।
अग्रवालकै मुख्य लगानी हिल्टन होटलमा पनि रहेको बताइन्छ । गत जेन–जी विद्रोहको बेला हिल्टन विद्रोहीहरूलाई जलाइ दिएका थिए ।