काठमाडौं । रसुवामा गएको बाढीले पुर्याएको क्षतिको ८४ करोडको बिमा दाबी परेको छ । गत असार २३ गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले पुर्याएको क्षतिको बिमा कम्पनीहरूमा ८४ करोडभन्दा बढीको दाबी परेको हो ।
हालसम्म बाढीका कारण क्षति भएका सम्पत्तिको बिमा बापत व्यवसायीले ८४ करोड ८४ लाख रुपैयाँ बिमा दाबी गरेको बिमा प्राधिकरणले जनाएको छ ।
हालसम्म ७३ वटा कुल दाबी सङ्ख्यामा ६ वटा सम्पत्ति बिमा दाबी परेको छ भने, ९ वटा सामुद्रिक, ४ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम, ४० वटा मोटर९सार्वजनिक० र १४ वटा निजी मोटर बिमा दाबी गरिएको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै सम्पत्ति बिमाको माग दाबी परेको छ । सम्पत्ति बिमा बापत बिमा कम्पनीमा ५८ करोड १ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ । त्यस्तै, सामुन्द्रिक बिमामा १६ करोड २५ लाख, इन्जिनियरिङ तथा ठेक्का बिमामा १६ करोड, मोटर बिमा ९सार्वजनिक०मा २ करोड ९८ लाख र निजी मोटरमा २ करोड १४ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
कुन इन्स्योरेन्स कम्पनीमा कति बिमा दाबी रु
सबैभन्दा बढी हिमालयन एभेष्टमा इन्स्योरेन्समा ५५ करोड रुपैयाँ बिमा दाबी गरिएको छ । हिमालयनमा २ वटा मात्रै दाबी परेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्समा १६ करोड ९६ लाख बराबरको १५ वटा बिमा दाबी परेको छ ।
त्यसै गरी, नेको इन्स्योरेन्समा ५ करोड १२ लाख बराबरको ३ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख रुपैयाँ बराबरको २ वटा, नेपाल इन्स्योरेन्स १ करोड ६३ लाख बराबारको १४ वटा, युनाइटेड अजोडमा ९१ लाख बराबारको ३ वटा, आईजीआई प्रुडेन्सियलमा ७५ लाख बराबरको ९ वटा, सानिमा जीआज्ईसीमा ७५ लाख बराबरको ६ वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बरबाबरको ६ वटा, सिद्धार्थ प्रिमियममा ३१ लाख बराबरको ७ वटा र प्रभु इन्स्योरेन्समा २८ लाख बराबरको ६ वटा दाबी परेका छन् ।
Author: A B
पहिलो पटक ’अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो २०८२’ हुँदै
नेपाल काठमाडौं । नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी अर्थात् ‘फिटनेस एक्स्पो, २०८२’ आयोजना हुने भएको छ । क्लासिक फिटनेस एकेडेमीले आगामी भदौ १४ गतेदेखि होटेल मल्लमा अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी आयोजना हुन लागेको हो ।
फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न क्लासिक फिटनेसको आयोजना तथा रिगल इभेन्टको व्यवस्थापनमा एकेडेमीले नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी रहेको आयोजक संस्था क्लासिक फिटनेस एकेडेमीका संस्थापक रोजल शाहीले बताए । एक्स्पो केवल फिटनेससम्बन्धी सामग्री र सेवाहरूको प्रदर्शनी मात्र नभई व्यावसायिक सञ्जाल विस्तार गर्ने प्लेटफर्म समेत भएको उनले बताए । यसले नेपाली फिटनेस उद्योगलाई व्यावसायिक रूपमा बलियो बनाउने र अन्तर्राष्ट्रियस्तरमा पु¥याउने उद्देश्य राखेको उनको भनाई छ ।
एक्स्पोमा ब्राण्ड प्रदर्शनी, पोषण, उपकरण, पोशाक र यससम्बन्धी सेवाहरूबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहने छन् ।
‘नेपाल फिटनेस एक्स्पो, २०८२ केवल एक इभेन्ट मात्र होइन, यो आन्दोलन हो । फिटनेसलाई जीवनशैलीको रूपमा स्थापित गर्ने, युवाहरूलाई सशक्त बनाउने र नेपाललाई स्वस्थ र फिटनेसको नयाँ युगमा प्रवेश गराउने माध्यम हो,’ उनले भने’, ‘एक्स्पोमा फिटनेस अवार्ड शो पनि गरिने छ । राइजिङ एथलेटिक, बेष्ट एथलेटिक, बेष्ट कोच र लाइफटाइम एचिभमेन्ट गरी प्रमुख चार विधामा उक्त सम्मान प्रदान गरिने छ ।’
भारत, मलेसिया तथा अन्य एसियाली मुलुकहरूबाट प्रसिद्ध फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरू यस कार्यक्रममा सहभागी हुने जनाइएको छ । फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरूबाट फिटनेससम्बन्धी सङ्क्षिप्त ट्रेनिङहरू र विशेषज्ञहरूबाट निःशुल्क स्वास्थ्य परामर्श उपलब्ध गराइने छ ।
एक्स्पोमा नेपाली फिटनेस आइकनहरू राजेश शाही, महेश्वर महर्जन, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ तथा अन्तर्राष्ट्रिय फिटनेस सेलीब्रेटीहरू रोहित खत्री, नरेश सूर्या, युनिश शेख, सोनिया सिंह खत्री, रजत गोयल, बिन्दिया शर्मा र जेर्री कान टानलगायतको सहभागिता रहने छ ।
संस्थापक सेयर स्वतः सर्वसाधरणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिक: चेम्बर
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रस्तावित नयाँ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ । शुक्रबार चेम्बरले एक विज्ञेप्ती जारी गर्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको हो ।
सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियड पछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्था प्रति गम्भिर ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको छ ।
सीडीएससीको निर्देशिका लागू भएमा नेपालको सेयर बजारमा दीर्घकालीन असर पर्ने, लगानीकर्ताको भरोसा कमजोर हुने, र विशेषतः ऊर्जा क्षेत्र, सिमेन्ट, होटल, उत्पादनमुलक उद्योग, मिडिया लगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ । प्रस्तावित सो व्यवस्था अन्तराष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरित हुने पनि चेम्बरको भनाई छ ।
‘यो निर्देशिका लगानीकर्ताको हितविरुद्ध जान्छ, र नेपालको परिपक्व नबनेको पु“जी बजारमा यस्ता व्यवस्थाले लगानीको वातावरणमा अन्योलता र असुरक्षा थप्नेछ’, विज्ञेप्तीमा उल्लेख छ ।
विगत केही वर्षदेखि सीडीएससीले सेयरको अभौतिकीकरण प्रक्रिया रोकेको अवस्थामै अहिले निर्देशिका ल्याएर संस्थापक सेयरमा स्वतः रूपान्तरण रोकिने तथा वर्गीकरणमा अलग–अलग आईएसआईएन नम्बरको व्यवस्था गर्ने निर्णयले बजारमा विश्वासको संकट सिर्जना गरेको चेम्बरले जनाएको छ । सीडीएससीले आफैंले बनाएका पुराना मापदण्ड उल्ट्याउँदै नयाँ व्यवस्था ल्याउँदा बजारमा नकारात्मक मनोविज्ञान उत्पन्न भएको चेम्बरको भनाइ छ ।
चेम्बरले निर्देशिका तत्काल संशोधन गरी व्यावहारिक र लगानीमैत्री खालको व्यवस्था बनाउन सरकार तथा नियामक निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ । अन्यथा, लगानीकर्ताको भरोसा घट्दै जाने, संस्थापक सेयर निष्क्रिय हुने, र बजारमा तरलताको संकट बढ्दै जाने गम्भीर जोखिम रहेको चेम्बरले जनाएको छ । सीडीएससीले ल्याएको निर्देशिकालाई पुनर्विचार गर्न समेत चेम्बरले धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।
१७ वर्षदेखि ५० प्रतिशत पनि बनेन कोशी कोरिडोर
काठमाडौं। आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्नु पर्ने कोशी कोरिडोरको काम ५० प्रतिशत पनि सम्पन्न हुन सकेको छैन । आगामी आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्नुपर्ने म्याद रहेको कोशी कोरिडोरको हालसम्म ४७ प्रतिशत भौतिक र ४१.२५ प्रतिशत वित्तीय गति भएको हो ।
आर्थिक वर्ष २०६५/६६ सालदेखि सुरु गरिएको कोरिडोरको हालसम्मको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ४१.२५ प्रतिशत पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
मन्त्रालयबाट प्राप्त असार मसान्तसम्मको प्रगति विवरण अनुसार हालसम्म यस कोरिडोरमा १६२ किलोमिटर सडकमध्ये १३ किलोमिटर कालोपत्रे, ८० किलोमिटर ग्राभेल र ६९ किलोमिटर सडक कच्ची सडक बनेको छ । कुल लागत १६ अर्ब २० करोड लागत रहेको यस आयोजनामा असारसम्म ६ अर्ब ६८ करोड रुपैयाँ बराबर खर्च भएको छ ।
यस कोरिडोरले दक्षिणमा भारतको सिमाना जोगवानदीेखि विराटनगर, इटहरी धनकुटा खाँदबारी हुँदै नेपालको उत्तरी सिमाना किमाथांका जोड्छ । कुल ३९० किलोमिटर लम्बाई रहेको यस योजनाको कार्यक्षेत्र संखुवासभा जिल्लाको खाँदबारीदेखि नेपालको उत्तरी सिमा किमाथांकासम्म कुल १६२ किलोमिटर छ ।
चालू आर्थिक वर्षमा खाँदबारीदेखि फाकसिन्डा चेनेजमा कालोपत्रमा स्तरोन्नति भइरहेको छ भने, फाकसिनडादेखि बरुण बजारसम्म र बरुण बजारदेखि च्याम्ताङसम्म ग्राभेलको काम भइरहेको छ ।
च्याम्ताङदेखि घोङघोप्पासम्म नेपाली सेनाद्वारा ट्र्याक खोल्ने कार्य सम्पन्न भई स्तरोन्नति कार्य भइरहेको जनाइएको छ । यस्तै घोङघोप्पादेखि किमाथांकासम्म पहिरो सफा गर्न तथा नाकासम्मको भीर फोड्ने कार्य भइरहेको छ ।
बीपी राजमार्ग पुनः स्थापना गर्न २.८ अर्ब येन जापानी सहयात लिइने
काठमाडौं । नेपालले बिपी राजमार्ग अन्तर्गत सिन्धुली सडकको आपतकालीन पुनः स्थापनाको लागि जापान सरकारबाट २.८ अर्ब जापानी येन अनुदान सहायता लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले क्षतिग्रस्त सन्धुली सडकको आपतकालीन पुनः स्थापनाको लागि जापान सरकारबाट २.८ अर्ब जापानी येन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
गत साल असोज दोस्रो साता आएको बाढीले बिपी राजमार्गलाई क्षतिग्रस्त बनाएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग अर्थात् जाइकाले २६ अर्ब येन खर्च गरेर धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर सडक निर्माण गरेको हो ।
जापान सरकारको आर्थिक सहयोग निर्माण गरिएको बीपी राजमार्गमा २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
आज पनि दोहोरो अंकले घट्यो सेयरबजार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । अघिल्लो दिन बुधबार मात्रै उच्च अंकले घटेको नेप्से परिसूचक साताको अन्तिम कारोबारका दिन ३१ दशमलव ५० अङ्कले घटेर २९२२ दशमलव ६३ को बिन्दुमा बन्द भएको हो । यस दिन बजारमा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन बुधवार परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर २९५४ दशमलव १४ को बिन्दुमा बन्द भएको थियो ।
आजको कारोबारमा ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरू नाफामा रहेका छन् भने, भूगोल इन्र्जी माई खोला हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरू घाटामा परेका छन् ।
बिहिबार बजार पुँजीकरण ४८ खर्ब ७६ अर्ब रुपैयाँ बढी पुगेको छ ।
आजपनि बजारबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट २५ अर्ब खिच्न लागेको छ । रोष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण जारी गर्दै बजारबाट ४२ दिनको लागि २५ अर्ब खिच्न लागेको हो ।
आज बुधबार नै निक्षेत्र संकलन उपकरणको बोलकबोल आजै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ ।
साउन सुरु भएपछि राष्ट्र बैंकले तेस्रो पटक निक्षेप संकलन उपकरण जारी गरेको हो । गत बुधवार मात्रै राष्ट्र बैङ्कले ८० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको थियो । भने आइतबार ५० अर्बको उपकरण जारी गरेको थियो ।
राष्ट्र बैंकका अनुसार बुधबार ३ बजेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।
उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ भने, सावाँ तथा ब्याज भुक्तानी भदौ २५ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण जारी गर्दै आएको छ ।
मदिरा उत्पादक सागर डिस्टिलरीले पायो आईपीओ अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मदिरा उत्पादन कम्पनी सागर डिस्टिलरीलाई साधारण शेयर अर्थात् आइपीओ निष्कासन अनुमति दिएको छ । बोर्डले सागर डिस्टिलरीलाई साउन १२ गतेबाट आइपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।
सागर डिस्टिलरीले आइपीओ गर्न धितोपत्र बोर्डमा दिएको निवेदन स्वीकृत भएको हो। योसँगै चालु आर्थिक वर्षमा आइपीओ अनुमति पाउने पहिलो कम्पनी समेत सागर डिस्टिलरी बनेको छ।
कम्पनीले सर्बसाधारणका लागि १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता शेयर जारी गर्नेछ । जहाँ प्रति कित्ता सेयरको मूल्य १ सय रुपैयाँ हुनेछ ।
कम्पनीको आइपीओ निष्काशन तथा बाडफाँडमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल तोकिएको छ ।
कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ लगायतका मदिरा उत्पादन तथा बिक्री गर्दै आइरहेको छ ।
स्थानीय तहको खाता व्यवस्थापन गर्न राष्ट्र बैंकको थप अनुमति नचाहिने
काठमाडौं । स्थानीय तहअन्तर्गतका निकायको वाणिज्य बैंकमा खाता खोल्न नेपाल राष्ट्र बैंकबाट थप स्वीकृति लिनु नपर्ने भएको छ । राष्ट्र बैंकले स्थानीय तहका विभिन्न निकायहरुले वाणिज्य बैंकमा खाता खोल्न थप स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको हो ।
आइतबार राष्ट्र बैंकले सरकारी कारोबार निर्देशका, २०७६ (दोस्रो संशोधन, २०८१)बमोजिम स्थानीय तहअन्तर्गतका समिति, बोर्ड र कोषको ‘ग’ समूहको राष्ट्र बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरुमा खाता सञ्चालन गर्न थप स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको हो ।
१८ अङ्कले घट्यो नेप्से, २६ अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर २९६४ दशमलव २० को बिन्दुमा कायम भएको हो । यस दिन बजारमा ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयरको खरिदबिक्री हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।
साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर २९८२ दशमलव ६४ को बिन्दुमा बन्द भएको थियो ।
आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । कारोबारका आधारमा भने सिभम सिमेन्टस १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
आइतबार बजार पुँजीकरण ४९ खर्ब ४६ अर्ब रुपैयाँ बढी रहेको छ ।
एक साता नबित्दै दोस्रो पटक राष्ट्र बैङ्कले बजारबाट ५० अर्ब तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दोस्रो पटक निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले साउनमा दोस्रो पटक निक्षेप सङ्कलन उपकरण जारी गरेको हो ।
आइतबार केन्द्रीय बैङ्कले २८ दिनको लागि ५० अर्ब रुपैयाँको निक्षेप सङ्कलन गर्न लागेको हो । जसको बोलकबोल आइतबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ ।
गत बुधवार मात्रै राष्ट्र बैङ्कले ८० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको थियो । एक साता नबित्दै राष्ट्र बैंकले आज ५० अर्बको निक्षेप संकलन उपकरण जारी गरेको हो ।
आइतबार ३ बजेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।
उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ भने, सावाँ तथा ब्याज भुक्तानी भदौ ८ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।
एक वर्षमै स्मार्ट वाच खरिदमा बाहिरियो २९ करोड
काठमाडौं। एक वर्षमा स्मार्ट वाच खरिदका लागि नेपालबाट २९ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट स्मार्ट वाच खरिद बापत २९ करोड ४५ लाख ६२ हजार रुपैयाँ बाहिरिएको हो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल १ लाख ७३ हजार ६७८ थान स्मार्ट वाचहरु भित्रिएका छन् । सरकारले उक्त स्मार्ट वाच आयातबाट ८ करोड ९० लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड रुपैयाँ स्मार्ट वाच खरिद बापत बाहिरिएको थियो ।
नेपालमा अष्ट्रेलिया, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, इजरायल, जापान, कोरिया, कुवेत, मलेसिया, माल्दिभ्स, नर्वे, कतार, साउदी अरेबिया, सिंगापुर, श्रीलंका, स्विट्जरल्याण्ड, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, उज्बेकिस्तान र भियतनाम लगायतका रष्ट्रहरुबाट स्मार्ट वाच आयात हुने गरेका छन् ।
अनुगमन स्थलमै कन्सल्टेन्सीलाई १ लाख जरिबाना
काठमाडौँ । नयाँ वानेश्वर स्थित एसएमएस कर्पोरेसन प्रालीलाई १ लाख रुपैयाँ जरिबाना गरिएको छ । बुधवार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त परामर्शदाता संस्थालाई १ लाख रुपैयाँ जरिबाना गरेको हो ।
विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) बमोजिमको कसुर र दफा ३९ को १(घ) बमोजिम अनुगमन स्थलमै १ लाख जरिबाना गरेको जनाएको छ । यसका साथै सोही दिन विभागले ब्रिज इन्टरनेशनल ग्रुपलाई पनि अनुगमन स्थलमै १ लाख रुपैयाँ जरिबाना गरेको हो ।
यसका साथै विभागले बाबा नेपाल एजुकेसन कन्सल्टेन्सी, इन्टरनेशनल टेस्ट सेन्टर, रोयल जापानिज ल्याग्वेज एन्ड कल्चर सेन्टर, फास्ट सोर्स एजुकेसन कन्सल्टेन्सी, नर्म एब्रोड स्टडी, ई–स्पोट नेपाल र महालक्ष्मी कम्प्युटर प्रालीलाई विभागले तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा वृद्धि, अन्य सूचकहरु कस्ता छन ?
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफा सामान्य बढेको छ। गत आर्थिक वर्षमा बैंकको खुद नाफा ६ दशमलव ५१ प्रतिशतले वृद्धि भएको बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले देखाएको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष बैंकले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ कमाएको छ । नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको खुद नाफा ६ दशमलव ५१ प्रतिशतले बढीको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो।
आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद ब्याज आम्दानी १ दशमलव ३६ प्रतिशत घटेर १ अर्ब ८८ करोड ९ लाखमा खुम्चएको छ । बैंकको कुल सञ्चालन आम्दानी ३ दशमलव ३९ प्रतिशत र सञ्चालन मुनाफा १० दशमलव ०६ प्रतिशत बढेको छ।
बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८० पैसा बढेर ११ रुपैयाँ ६४ पैसा, प्रतिशेयर आम्दानी ४० पैसा बढेर १५ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ।
बैंकको कुल ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी हुँदा जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।
राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई गर्यो कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८१ को चौथो त्रैमास दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनललाई पहिलो पटक र एनआईसी एशिया बैंकलाई दोस्रो पटक कारबाही गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकीकृत निर्देशनको व्यवस्थाविपरीत र बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशनविपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको, ‘सिटीजन फास्ट ट्रयाक लोन’ अन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न यस बैंकबाट दिइएको निर्देशनको पालना नगरेकोले सञ्चालक समितिलाई नेपाल राष्ट्र बंैक ऐन, २०५८ को दफा १००(२)(क) अनुसार सचेत गराइएको छ ।
यसका साथै सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दावी परेका बैंक जमानतको भुक्तानी एकीकृत निर्देशन नं. २ को बुँदा नं. १९ मा तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद बढाइएका कर्जाहरूमा ब्नभष्लन धष्कभ कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, चालुपुँजी सम्बन्धी मार्गदर्शन, २०७९ मा भएका व्यवस्थाहरूको पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ्ग गरेकोले सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) अनुसार सचेत गराइएको हो ।
एनआईसी एसिया बैंकले राष्ट्र बैंकको व्यवस्था विपरीत ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर/परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था लगायत, सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाईएको तथा ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई दिएको नदेखिएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराइएको हो ।
एमआरपीमा देखिएको अन्यौलताबारे उद्योग मन्त्रीसँग व्यवसायीको गुनासो
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अधिकतम खुद्रा बिक्री मुल्य एमआरपी कार्यान्व्यनमा देखिएको समस्याबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग अन्तरक्रिया गरेको छ । बुधबार मन्त्री भण्डारीसँग निजी क्षेत्रका उद्यमी व्यवसायी सहित वृहत अन्तरक्रिया गरिएको हो । एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता एवं पर्याप्त जनचेतना नहुदा आम उपभोक्तामा परेको असरबारे चेम्बरले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
मन्त्री भण्डारी समक्ष सरोकारवाला निकायसंग सर्वपक्षीय छलफल र सहमतीको आधारमा मात्रै एमआरपीलाई कार्यन्व्यनमा लैजानुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।
अध्यक्ष अग्रवालले भने, ‘वाणिज्य आपूर्ति एवं उपभोक्ता संरक्षण विभागले केही समय देखि बजारमा कडा अनुगमन शुरु गरेको छ र एमआरपी उल्लेख नभएको पाईएमा अधिक जरिवाना लाग्ने गरेको छ ।’
देशमा अधिकांश उपभोग्य सामानका लागि आयातमा नै निर्भर हुनुपरेकाले एमआरपी लेवलको व्यवस्था आयातित बस्तुहरुको हकमा लागु गर्न निकै कठिन हुने अध्यक्ष अग्रवालको भनाई छ ।
भन्सारमा सन्दर्भ मुल्यको व्यवस्था कायमै रहेकाले भन्सार प्रयोजनका लागि विश्व व्यापार संगठनको मान्यता अनुसार कारोबार मुल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवाल बताए ।
व्यवसायिक र औद्योगिक वातावरण शिथिल रहेको बर्तमान अवस्थामा हाल विभागले अत्याधिक जरिवाना गरी अनुगमन गरेको कृयाकलापले व्यवसायिक वातावरण थप बिग्रन सक्ने अध्यक्ष अग्रवालको भनाई छ ।
उनले भने, ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो, उक्त अधिकारबाट उपभोक्तालाई बञ्चित हुन नदिन तथा बजार र माल बस्तुकाबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरु अगाडी बढाईनु पर्ने अहिलेको आवश्यक्ता देखिएको छ ।’
कार्यक्रममा निजी क्षेत्रका अधिकांश पदाधिकारीहरुले निजी क्षेत्रका एमआरपी र लेवलिङको नाममा भएको अनुगमनका कारण व्यवसायीले अनावश्यक दुःख पाउनुपरेको गुनासो गरे । एमआरपीको बारेमा अधिकांश व्यवसायी र उद्यमीलाई जानकारी समेत नभएको उनिहरुको भनाई छ ।
चेम्बरमा आयोजित छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायहरुसंगको समन्वयमा अविलम्व थप छलफल गरी मात्रै एमआरपी कार्यन्व्यन प्रक्रीयालाई आवश्यक्ता अनुसार अघि बढाईने बताए ।
छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा राम प्रसाद घिमिरेको सहभागिता रहेको थियो ।
सेयरबजारमा समान्य वृद्धि, १८ अर्बको कारोबार
काठमाडौं । सातको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक झिनो अङ्कले बढेको छ । बिहिबार नेप्से परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर २९८२ दशमलव ६४ को बिन्दुमा कायम भएको हो ।
बुधवार मात्रै नेप्से परिसूचक ५ दशमलव १७ अङ्कले बढेर २९७८ लशमलव ८८ को बिन्दुमा बन्द भएको थियो ।
आज बजारमा ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयरको खरिदबिक्री हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार सबैभन्दा बढी ग्रिन भेन्चर्स लिमिटेडका लगानीकर्ताहरूले नाफा कमाएका छन् । जहाँ ग्रिन भेन्चर्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ ।
त्यसै गरी आज सर्वाधिक नाफा कमाउनेमा ट्रेड टावर लिमिटेड, सान्पी इन्र्जी, स्वेट–गंगा हाइड्रोपवार एन्ड कन्स्ट्रक्सन लिमिटेड र हिमालयन हाइड्रोपावर रहेका छन् ।
कारोबारका आधारमा राधी विद्युत् कम्पनी ७७ करोड २१ लाख ४५ हजार रुपैयाँ बढीको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।
बिहीबार बजार पुँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ बढी रहेको छ ।
सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै दरमखोला हाइड्रो इनर्जी
काठमाडौँ । साउन १५ गतेदेखि दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपश्चात् अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।
१५ गतेदेखि खुल्न लागेको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने जनाइएको छ । यसको निष्कासन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते हुने जनाएको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत बराबरको शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यसअघि नै कम्पनीले आफ्ना कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
अहिले निष्कासन गर्न लागेको अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्कासन गर्न लागेको हो।
यस कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २४ करोड ७९ लाख रुपैयाँ रहेको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
सन्तोषनारायण श्रेष्ठको पहिलो नीति तथा कार्यक्रमः यस्ता छन् बोर्डका महत्त्वाकाङ्क्षी योजनाहरू
काठमाडौं। नेपाल धितो पत्र बोर्ड (सेबोन)ले आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलवार सेबोनले पुँजी बजारमा संरचनागत सुधार, कानुनी सबलीकरण, प्रविधिको स्तरोन्नति र बजारको दायरा विस्तार गर्ने लक्ष्यसहितको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
धितो पत्र बोर्डको अध्यक्षमा नियुक्त भएपछि सन्तोषनारायण श्रेष्ठको यो पहिलो नीति तथा कार्यक्रम हो । गत मङ्सिर १० गते श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको थियो । करिब ७ महिनादेखि बोर्डमा काम गरिरहेका अध्यक्ष श्रेष्ठले निकै महत्त्वाकाङ्क्षी नीति तथा कार्यक्रम अघि सारेका छन् ।
बोर्डले नियमन व्यवस्था तथा सुधार, कानुन तर्जुमा, कानुन प्रबलीकरण तथा कारबाही बजार निरीक्षण तथा सुपरिवेक्षण, लगानीकर्ता शिक्षा र अध्ययन तथा अनुसन्धानमा उल्लेख्य काम गरेको दाबी समेत गरेको छ ।
बोर्डले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलको स्वामित्वमा रहेको धितोपत्रको लकइन अवधि सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले हालको एक वर्षबाट दुई वर्ष बनाउने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
बोर्डले लगानीकर्ताको ट्रेडिङ्ग म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा बैङ्क खाता लिङ्क गरिने व्यवस्था लागू गर्ने समेत जनाएको छ । त्यस्तै बोर्डले दोस्रो बजारबाट सेयर खरिद गर्दा खातामा पर्याप्त रकम भए मात्र खरिद आदेश कार्यान्वयन गर्ने जनाएको छ ।
नीति तथा कार्यक्रममा धितो पत्र बोर्डको पुनर्संरचना गरी बोर्डमा राजस्व सचिव र डेपुटी गभर्नरले प्रतिनिधित्व गर्ने प्रावधान बनाउने, विज्ञ सदस्य थप्ने, निजी क्षेत्र र अन्य मन्त्रालय निकायको प्रतिनिधित्व हटाउने योजना अगाडी सारेको छ । यसका साथै बोर्डले पुँजी बजारसम्बन्धी जनचेतना जगाई पुँजी बजारबाट वित्तीय साधन परिचालन गरी देशमा लगानी प्रवद्र्धन गर्ने, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्थालाई सहजीकरण गर्ने कुरा समेत नीति तथा कार्यक्रममा समेटेको छ ।
धितो पत्र कारोबारको लागि धितो पत्र व्यवसायी मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था गर्ने, जलविद्युत क्षेत्रका कम्पनीहरूलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक सेयर निष्कासन गर्न सक्ने व्यवस्था गर्ने, सरकारी संस्थानहरूमा सरकाले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्ने व्यवस्था गर्ने र निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि नेपाल स्टक एक्सचेञ्जको पुनः संरचना गर्ने नीति अघि सारेको छ ।
नेप्सेका अतिरिक्त अन्य संस्थाको पनि सेयर सहभागितामा धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने सिडिएस एण्ड क्लियरिंग लिमिटेडको पुनः संरचना गर्ने, निजी क्षेत्रका उत्पादनमूलक कम्पनीहरूलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न सहजता पुर्याउने गरी सेयर तथा बण्ड जारी गर्ने लागत घटाउने र प्रक्रिया सरलीकरण गर्ने, प्रिमियम र बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासनको लागि पारदर्शी विधि अवलम्बन गर्ने र प्राइभेट इक्विटि र भेन्चर्स क्यापिटलहरूमा विदेशी लगानी थप आउने गरी विशिष्टीकृत लगानी कोषसम्बन्धी नियमावली संशोधन गर्ने कार्यक्रमहरू नीति तथा कार्यक्रम राखिएको छ ।
यस्तै, धितो पत्र ऐनमा इक्विटी क्राउड फण्डिङको अनुमति दिन सक्ने गरी कानुनी व्यवस्था गर्ने, डेरिभेटिभ बजारको विकासको लागि आवश्यक पूर्वाधार बनाउने र पब्लिक कम्पनीको रूपमा स्थापना भई नेपालको धितो पत्र बजारमा सूचीकृत कम्पनीलाई अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच विस्तार गर्न नेपाल राष्ट्र बैङ्क र धितो पत्र बोर्डले ग्लोबल डिपोजिटरी रिसिट जारी गर्ने कार्यविधि तर्जुमा गरी लागू गर्ने योजना पनि अगाडि सारेको छ ।
यस्तो छ बोर्डले सर्वाजनिक गरेको वार्षिक नीति तथा कार्यक्रमः
नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार नौ सय ७८ दशमलव ८८ को बिन्दुमा कायम भएको हो।
आज तीन सय १९ कम्पनीको चार करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर एक लाख ७० हजार ३१८ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ दशमलव ६७ को कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव २५, विकास बैंक शून्य दशमलव ९२, होटल तथा पर्यटन एक दशमलव १०, जीवन बिमा शून्य दशमलव ५०, लघुवित्त शून्य दशमलव ७२ र निर्जीवन बिमा शून्य दशमलव ६१ प्रतिशतले घटेको छ। अरु सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा बढी वित्त समूह तीन दशमलव २३ प्रतिशतले बढेको छ। जलविद्युत् शून्य दशमलव ८८, लगानी शून्य दशमलव ९०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, म्युचुअल फण्ड शून्य दशमलव १५, व्यापार शून्य दशमलव ३१ र अन्य समूह एक दशमलव ४४ प्रतिशतले बढेका छन्।
ट्रेड टावर लिमिटेड र सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ३२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ७८ करोड १० लाख २८ हजार ४३३ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको १९ लाख ५४ हजार १३० कित्ता शेयर खरिदबिक्री भएको छ।
