`

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच भेटवार्ता 

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच भेटघाट भएको छ । बिहिबार सिंहदरबारमा अर्थमन्त्री पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको हो ।

नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापनका विषयमा छलफल भएको छ । यसका साथै भेटवार्तामा
बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयन लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

एक वर्षभित्र प्रयोग नगरिए दर्ता भएका ट्रेडमार्क पनि खारेज हुने

काठमाडौं । दर्ता भएका ट्रेडमार्क एक वर्षसम्म प्रयोग नगरे खारेज हुने भएका छन् । उद्योग विभागले गरेको नयाँ व्यवस्थाअनुसार एक वर्षभित्र ट्रेडमार्क प्रयोग नगरिए खारेज हुने भएका हुन् ।

ट्रेडमार्क दर्ता गर्ने तर, व्यवसाय सञ्चालन नगरी होल्ड गरिराख्ने प्रवृत्ति बढेसँगै विभागले नयाँ व्यवस्था गरेको हो । ट्रेडमार्क दर्ता भइसकेका व्यवसायीलाई विभागले प्रयोगसम्बन्धी प्रमाण पेश गर्न आग्रह गरेको छ । प्रयोग नगरेको अवस्थामा कारणसहितको विवरण पेश नगरेमा दर्ता स्वतः खारेज हुने विभागले जनाएको छ ।

पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ ले ट्रेडमार्क दर्ता, संरक्षण र अधिकारसम्बन्धी स्पष्ट प्रावधान राखेको छ । ऐनको धारा १६(१) अनुसार, दर्ता भएको ट्रेडमार्क व्यवसायमा एक वर्षभित्र प्रयोगमा ल्याउनुपर्ने व्यवस्था छ । प्रयोगमा नल्याएको अवस्थामा विभागलाई जानकारी दिनुपर्ने र नगरेमा ट्रेडमार्क स्वतः अमान्य हुने ऐनमा उल्लेख छ ।

उत्तरी नाका बन्द हुँदा दशैँमा महँगी बढ्ने चिन्ता

काठमाडौं । चीनसँग जोडिएका रसुवाको केरुङ र सिन्धुपाल्चोक तातोपानी नाका बन्द हुँदा चाडपर्वलक्षित सामान अड्किएको छ । लत्ताकपडालगायत दशैँतिहारमा खपत हुने सामान डेढ महिनादेखि नेपाल-चीन नाकामा अड्किएका हुन् । गत २४ असारमा आएको बाढीले नेपाल र चीन जोड्ने उत्तरी नाका रसुवाको मितेरी पुल बगाएको थियो ।

पुल बगाएसँगै डेढ महिनादेखि रसुवा नाका ठप्प भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निर्माणको काम भइरहे पनि दशैँअगाडि नाका खुल्ने सम्भावना कम छ ।

यस्तै, बाढीपहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका पनि बन्द छ । तातोपानी नाका भदौमा एक हप्ता खुला भए पनि फेरि बन्द भएको हो । नाका बन्द हुँदा सामान बाटोमै रोकिएका छन् ।

पानी परिरहेको र बाढीपहिरोको जोखिम अझै रहेकाले कहिलेसम्म नाका सञ्चालन गर्न सकिन्छ भन्ने यकिन नभएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

दशैँलक्षित सामान नाकामा रोकिँदा व्यवसायीलाई ठुलो क्षति त भएको छ नै उपभोकतालेसमेत महँगीको मारमा पर्ने देखिएको हो । लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु, कच्चा पदार्थ र अन्य आवश्यक सामग्रीको आयात अवरुद्ध भएकाले बजारमा सम्भावित अभाव सिर्जना हुने जोखिम बढेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१/८२ मा तातोपानी नाकाबाट ५० अर्बभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्बभन्दा बढीको सामान आयात भएको छ ।

नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार

काठमाडौंं । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले बढेको छ । साताको चौथो कारोबारका दिन बुधबार नेप्से परिसूचक ५३ दशमलव ०१ अंकले बढेर २८१९ दशमलव १० को बिन्दुमा बन्द भएको हो । आज दिनभर बजारमा कुल १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयरको खरिदविक्रि हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मङ्गलवार नेप्से परिसूचक ४ दशमलव ८३ अङ्कले बढेको थियो । जाहाँ ४ अर्ब १५ करोड ५३ लाख १५ हजार रुपैयाँको कारोबार भएको थियो ।

आज विकास हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् । विकास हाइड्रोपावर कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कारोबारका आधरामा भने, हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थनमा रहेको छ ।

बुधबार बजार पुँजीकरण ४७ खर्ब १० अर्ब रुपैयाँ रहेको छ ।

कर्मचारीलाई पौने १२ अर्ब बोनस बाँड्दै बैंक तथा वित्तीय संस्थाहरू काठमाडौं

काठमाडौं । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको नाफामा सुधार भएसँगै कर्मचारी बासेन समेत बढेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीको बोनसका लागि ११ अर्ब ७५ करोड ६५ लाख रुपैयाँ छुट्याएका हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले कर्मचारी बोनस प्रयोजनका लागि ९ अर्ब १९ करोड ७८ लाख रुपैयाँ छुट्याएका थिए । आर्थिक वर्ष २०७८/७९ मा नै बैंकहरूले ११ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेका थिए । त्यसपछिका आर्थिक वर्षमा कर्मचारी बोनस घट्दै गएको थियो । कर्मचारी बोनसका लागि नाफाको १० प्रतिशत छुट्याउनुपर्ने बोनस ऐनमा व्यवस्था छ ।

वाणिज्य बैंकहरूले कर्मचारी बोनसको लागि १० अर्ब ६१ करोड १४ लाख रुपैयाँ छुट्याएका छन् भने विकास बैंकहरूले ९६ करोड रुपैयाँ छुट्याएका छन् । यसैगरी, फाइनान्स कम्पनीहरूले १८ करोड रुपैयाँ छुट्याएका छन् ।

कर्मचारी बोनसमा सबैभन्दा धेरै नबिल बैंकले १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ छुट्याएको छ ।

ग्लोबल आईएमई बैंकले कर्मचारी बोनसको लागि करिब ९८ करोड रुपैयाँ छुट्याएको छ । त्यस्तै, एभरेष्ट बैंकले करिब ८३ करोड रुपैयाँ कर्मचारी बोनसमा छुट्याएको छ ।

सामान्य अङ्कले बढ्यो नेप्से 

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) सामान्य अङ्कले बढेको छ । साताको तेस्रो कारोबारका दिन मङ्गलवार नेप्से परिसूचक ४ दशमलव ८३ अङ्कले बढेर २७६६ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आज कुल बजारमा ४ अर्ब १५ करोड ५३ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन सोमबार २१ दशमलव ३० अङ्कले बढेर बन्द भएको बजारमा आज तीव्र उतार चढावपछि सामान्य अङ्कले बढेको हो ।
जहाँ विकास हाइड्रोपावर कम्पनी, नेपाल रिपब्लिक मिडिया र नारायणी डेभलपमेन्ट बैङ्कको सेयर मूल्यमा सर्वाधिक वृद्धि देखिएको छ । तर कारोबारका आधारमा भने, नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै, कुल कारोबारमा रहेका कम्पनीहरूमध्ये १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने, १४९ वटा कम्पनीको घटेको छ ।

मङ्गलवार बजार पुँजीकरण ४६ खर्ब २२ अर्ब रुपैयाँ बढी रहेको छ ।

सेयर कर्जा एक वर्षमै दोब्बरले बढ्यो

काठमाडौं । सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाको लगानी दोब्बरले बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ लगानी गरेका हुन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५० अर्ब अर्थात् ५६ दशमलव १७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ९० अर्ब ९ करोड रुपैयाँ लगानी गरेका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फाइनान्स कम्पनीले मात्रै सेयर धितो कर्जाको लगानी ४ दशमलव २७ प्रतिशतले बढाएका छन् । अघिल्लो आर्थिक वर्ष ४ अर्ब १५ करोड रुपैयाँ लगानी गरेका फाइनान्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्म आईपुग्दा बढाएर कुल ४ अर्ब ३५ रुपैयाँ लगानी गरेका हुन् ।

यस्तै, सेयर धितो कर्जामा अघिल्लो आर्थिक वर्षमा १५ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेका विकास बैंकहरूले गत वर्षको सोही अवधिमा २५ दशमलव ३१ प्रतिशतले बढाएर १९ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा ७० अर्ब ३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका वाणिज्य बैंकले गत आर्थिक वर्षमा ६६ दशमलव ०५ प्रतिशतले बढाएर १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याएका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यस्तो कर्जा प्रवाह सर्वाधिक बढाउने माछापुच्छ्रे बैंक रहेको छ । अघिल्लो आर्थिक वर्षमा ४६ करोड रुपैयाँ लगानी गरेको माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा ४४२ दशमलव १० प्रतिशतले बढाएर २ अर्ब ५३ करोड रुपैयाँ पुराएको छ । नेपाल एसबीआई बैंकले गत वर्षको अन्त्यसम्म आईपुग्दा २०७ दशमलव १५ प्रतिशतले बढाएर यस्तो कर्जा ६१ करोड रुपैयाँ लगानी पुराएको छ ।

त्यस्तै, आर्थिक वर्षको असारसम्ममा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा नबिल बैंकले सर्वाधिक १६ अर्ब ७६ करोड, ग्लोबल आईएमई बैंकले १२ अर्ब ३० करोड, कुमारी बैंकले १० अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको तथ्यांक छ ।

वर्षको तुलनामा दोब्बर बढीले गरे नाडा अटो शो अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ झण्डै दुई लाख बढी दर्शकले अवलोकन गरेका छन् । ६ दिनसम्म चलेको नाडा अटो शोमा १ लाख ७६ हजार बढीले अवलोकन गरेको अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । जुन गत वर्षको तुलनामा दोब्बर हो ।

सबैभन्दा बढी अवलोकनकर्ता गाडी निर्माता कम्पनी दीपलको स्टलमा पुगेका थिए । दीपलको फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) तथा रोबोटसँगै गाडीहरू पनि प्रदर्शनमा राखिएका थिए । दुईपांग्रेतर्फ सबैभन्दा बढी आकर्षण रोयल इन्फिल्ड मोटरसाइकलको स्टलमा देखिएको नाडाले जनाएको छ । प्रदर्शनीमा फ्लाइङ ट्याक्सी, रोबोट, भिन्टेज गाडीलगायत राखिएको थियो ।

नाडा अटो शो सुरु हुनुभन्दा ९ दिनअघि अर्थात् साउन २५ मा नाइमा अटो एक्स्पो सकिएको थियो ।

नाडा अटो शोमा हरेक दिन विभिन्न विषयमा अन्तरक्रियासमेत गरिएको थियो । सडक र यातायातदेखि मेड इन नेपाललगायत विषयमा अन्तरक्रिया गरिएको नाडाले जनाएको छ ।

भाटभटेनीलाई २ लाख जरिवाना

काठमाडौं । भाटभटेनी सुपरमार्केटलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख जरिवाना गरेको छ । आइतबार विभागले काठमाडौं महानगरपालिका १४ कलंकी स्थित भाटभटेनीलाई २ लाख जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन २०७४ को दफा ३८ ९ङ० बमोजिम र सोही ऐनको दफा ३९ को १ ९ख० बमोजिम भाटभटेनीले कैफियत गरेको प्रमाणित भएपछि कारबाही गरिएको हो । जहाँ अनुगमनका क्रममा विभागको टोलीले किरा परेको फलफूल बेच्न राखेको भेटाएपछि कारबाही गरेको हो ।

सातको पहिलो कारोबारमा दोहोरो अङ्कले घट्यो सेयर बजार  

काठमाडौं । साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८ दशमलव ०२ अङ्कले घटेर १७३९ दशमलव ९५ को बिन्दुमा बन्द भएको हो । आज बजारमा कुल ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यसअघि गत सातको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ९ दशमलव २२ अङ्कले घटेको थियो ।

आइतबार कुल ४१ कम्पनीको सेयर मूल्य बाढेको छ भने, २०८ कम्पनीको घटेको छ । उपसमूहतर्फ मेन्यूफ्याक्चर समूहबाहेकका सबै घटेका छन् ।
कारोबारका आधारमा हिमालयन  डिस्टिलरी १ अर्ब ७५ करोड ७९ लाख ३० हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

आइतबार बजार पुँजीकरण  ४५ खर्ब ७८ अर्बमा सीमित भएको छ ।

 

आयात–निर्यात दुवै बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा आयातनिर्यात दुवै बढेको छ । चालुआर्थिक वर्षको साउनमा आयात ११ दशमलव ४२ प्रतिशत र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार साउनमा एक खर्ब ४३ अर्ब ४० करोड ६६ लाख ६९ हजार रुपैयाँको आयात भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजारको आयात भएको थियो ।

निर्यात भने झन्डै दोब्बरले बढेर २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार पुगेको छ । गत वर्ष सो अवधिमा १२ अर्ब २२ करोड ६१ लाख ४७ हजारको निर्यात भएको थियो ।

साउनमा समग्र वैदेशिक व्यापार १८ दशमलव ७५ प्रतिशतले बढेर एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख पुगेको छ ।

आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा भने बढेको छ । २०८१ साउनमा एक खर्ब १६ अर्ब १५ करोडको व्यापार घाटा रहेकोमा २०८२ साउनमा २ दशमलव ५५ प्रतिशतले बढेर एक खर्ब १९ अर्ब १० करोड ८२ लाख पुगेको हो ।

नाडा अटो शो आज सकिँदै, के–के छन् अन्तिम दिनका आकर्षण ?

नाडा अटो शो आज सकिँदै, के–के छन् अन्तिम दिनका आकर्षण ?

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२५ आज सकिँदै छ । १७औं संस्करणको ६ दिने नाडा अटो शोमा शनिबारसम्म १ लाख ४९ लाख हजारले अवलोकन गरिसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

चाडबाडको मुखमा आयोजना गरिएको अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्ने क्रम आज सकिने छ ।

प्रायः ब्रान्डमा केही न केही छुट अफर राखिएको आयोजकको भनाइ छ । अटो शोमा मुख्य आकर्षण युनिट्री रोबोटिक डग, अत्याधुनिक चारपांग्रे रोबोट्स र दीपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) छ ।

शनिबार मात्रै ४५ हजारभन्दा बढी अवलोकनकर्ता अटो एक्स्पोमा सहभागी भएको ‘नाडा अटो शोले जनाएको छ ।

ब्याट्री, टायर, लुब्रिकेन्ट र विभिन्न कम्पनीका सवारीसाधनका स्टल, बैंक तथा वित्तीय संस्था, बिमालगायतबारे जानकारी र सुविधा एउटै छानामुनि पाइने भएकाले धेरैको रोजाइमा नाडा अटो शो परेको हो । अटो शोमा विभिन्न कम्पनीले सवारीसाधनको खरिदमा आकर्षक छुट दिएका छन् ।

विगतका वर्षमा आयोजना हुँदै आएको अटो शोको तुलनामा यस पटक आगन्तुकको उपस्थिति सोचेभन्दा धेरै राम्रो रहेको नाडाले बनाएको छ ।

१७औं संस्करणको अटो शोमा स्टल धेरै रहेको रोबोट, उड्ने ट्याक्सीलगायत नयाँ प्रविधिले गर्दा अटो शो हेर्न अवलोकनकर्ता बढेका हुन् । गत वर्षको अटो शो ८२ हजारले अवलोकन गरेका थिए । यस वर्ष १ लाख जनाले अटो शो अवलोकन गर्ने अपेक्षा गरे पनि साढे १ लाख जनाले अवलोकन गरिसकेका छन् । छुट अफरका कारण दुई र चारपांग्रे सवारीसाधन बुकिङसमेत बढिरहेको नाडाले जनाएको छ ।

अटो शोमा १ सय २५ भन्दा बढी अटो र यससँग सम्बन्धित ब्रान्ड प्रदर्शनीमा छन् ।

यस पटकको नाडा अटो शोमा विभिन्न ब्राण्डहरूले आफ्ना नयाँ उत्पादनहरू सार्वजनिक गरेका छन् । खासगरी सीजी अटोमोबाइल्स, एमएडब्ल्यु इन्टरप्राइजेज, साइमन इङ्क, एमएडब्लू वृद्धि अटोकर्प, सिप्रदी ट्रेडिङ प्रालि लगायतले अटो शोको लागि नयाँ मोडलका सवारी साधन प्रदर्शनीमा ल्याएका छन् । अटो शोका लागि व्यवसायीहरूले छुटसहितको ‘रिजनेबल’ मूल्य कायम गरेको दाबीसमेत गरेका छन् । अहिले अटो शोमा प्रदर्शनीमा आएका नयाँ मोडलका सवारी साधनमध्ये केही सवारी साधनको बारेमा यहाँ उल्लेख गरिएको छ ।

मुख्य आकर्षणको रुपमा उड्ने कार देखाइँदै छ। दोस्रोमा मानिससँग अन्तरक्रिया गर्ने रोबोट प्रदर्शन हुँदैछ ।

एक महिनामै ६८ हजार बढीले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक २०८२/८३ साउनमा मात्रै ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका छन् । जुन गत आवको तुलनामा बढी हो । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए ।

पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको विभागले जनाएको छ । करार रद्द गरेर आएका श्रमिक पनि स्वदेशमा केही विकल्प नदेखिपछि नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गएको हो ।

श्रमिक स्रोत देश नेपालको आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्य मुलुकमा श्रमिक अभाव भएका कारण पनि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको श्रमका जानकारहरू बताउँछन् ।

विभागका अनुसार पछिल्लो चार वर्षमा २९ लाख ९८ हजार २६६ युवाले रोजगारी खोज्दै नेपाल छोडेका छन् । चार वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख ४५ हजार ६६ युवाशक्ति रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएका समेतको हो । विदेश जान श्रम स्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ ।

युआनलाई बलियो बनाउने चीनको रणनीति

काठमाडौं । चीनले पहिलोपटक चिनियाँ मुद्रा युआन-समर्थित स्टेबलक्वाइनको प्रयोगलाई अनुमति दिने विचार गरिरहेको छ । यसले विश्वव्यापी रूपमा आफ्नै मुद्राको प्रयोगलाई बढावा दिनेछ । यो कदम डिजिटल सम्पत्तिप्रति चीनको अघिल्लो धारणा उल्ट्याउने ठूलो संकेत दिन्छ।

चीनको मन्त्रिपरिषद् (स्टेट काउन्सिल) ले यस महिनाको अन्त्यसम्ममा एक रोडम्याप समीक्षा गर्ने र सम्भवतः अनुमोदन गर्ने अपेक्षा गरिएको छ । यसले विश्वभर युआनको प्रयोगलाई विस्तार गर्ने मात्र नभई अमेरिकाले अघि बढाएको स्टेबलक्वाइन रणनीति पनि समेट्ने रोयटर्सले जनाएको छ ।

योजनामा विश्व बजारमा चिनियाँ मुद्राको प्रयोगका लक्ष्य र घरेलु नियामकहरूको जिम्मेवारीसमेत समावेश हुनेछ । साथै, रोडम्यापमा जोखिम व्यवस्थापनका दिशानिर्देशहरू पनि हुनेछन् ।

मुलुकको वरिष्ठ नेतृत्वले यसै महिनाको अन्त्यसम्मै एक अध्ययन सत्र बोलाउने अपेक्षा गरिएको छ, जसमा युआन अन्तर्राष्ट्रियकरण र स्टेबलक्वाइन जस्ता विश्वव्यापी रूपमा बढ्दो प्रवृत्तिमा केन्द्रित गरिनेछ ।

त्यस्तो बैठकमा वरिष्ठ नेताहरूले स्टेबलक्वाइन सम्बन्धी धारणा प्रष्ट पार्ने र यसको व्यवसायिक प्रयोग तथा विकासका सीमा निर्धारण गर्ने सम्भावना छ ।

चीनले स्टेबलक्वाइन प्रयोग गर्ने योजनालाई अनुमोदन गरेमा, यो डिजिटल सम्पत्तिप्रति चीनको दृष्टिकोणमा ठूलो परिवर्तन हुनेछ । चीनले २०२१ मा वित्तीय प्रणालीको स्थिरताप्रति चिन्ता व्यक्त गर्दै क्रिप्टोकरेन्सी ट्रेडिङ र माइनिङ प्रतिबन्ध लगाएको थियो ।

चीनले लामो समयदेखि युआनलाई अमेरिकी डलर वा युरोजस्तै विश्वव्यापी मुद्रा बनाउन चाहेको छ । तर, कडाइका साथ लागू गरिएका पुँजी नियन्त्रण र हरेक वर्षको ट्रिलियन डलरभन्दा बढीको व्यापार अधिशेषले त्यस लक्ष्यलाई अवरुद्ध गरेको छ ।

नेपाल आउने विदेशी श्रमिकको संख्या बर्सेनि घट्दै

काठमाडौं । रोजगारीको खोजीमा नेपालमा आउने विदेशी श्रमिकको संख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या आर्थिक वर्षको २०८०/८१ को तुलनामा आवमा २०८१/८२ मा पाँच प्रतिशतले घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

अघिल्लो आवमा नवीकरण र नयाँ गरेर दुई हजार ६८५ विदेशी नागरिकले नेपालमा काम गर्न अनुमति लिएका थिए । तर, गत आवमा दुई यो संख्या घटेर दुई हजार ५५९ मा झरेको विभागले जनाएको छ ।

नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति दिइने गरेको छ । नेपालमा रोजगारीका लागि लगभग ७४ देशका नागरिकले श्रम स्वीकृति लिएका छन् । यीमध्ये सबैभन्दा बढी चिनियाँ छन् ।

विभागका अनुसार विगत तीन वर्षदेखि नै यो क्रम निरन्तर घटिरहेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न आउने विदेशीको सङ्ख्या क्रमशः घट्दो दरमा रहेको देखिन्छ ।

नाडा आटो सो २०२५मा टाटाको नयाँ सफारीदेखि टीयागोसम्म

काठमाडौं । नाडा आटो सो २०२५ मा टाटाले आफ्नो धमाकेदार प्रर्दशन गरेको छ । काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको नाडा अटो सो २०२५ मा टाटाले सफारीदेखि कर्भ ईभीसम्मको मोडेल सार्वजनिक गरेको हो ।

नेपालका लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले अटो सोमा टाटा सफारीका तीन भोरियन्ट सार्वजनिक गरेको छ । टाटाको आइकोनिक एसयूभी सफारीको नयाँ जेनेरेशन मोडल अटो सोमा नै लन्च गरिएको हो ।


हाइटेक फिचरका साथ टाटाको नयाँ जेनेरेशन सफारी नेपाल भित्र्याएको हो ।

८.८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचरका साथ नयाँ सफारी नेपाल भित्रिएको हो । त्यस्तै, नयाँ जेनेरेशनमा २.० लिटर डिजेल इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पिक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।
यी तीन भेरियन्टमध्ये एकम्प्लिस्ड प्लस एमटीको मूल्य १ करोड २१ लाख ९९ हजार तोकिएको छ । त्यस्तै, एकम्प्लिस्ड प्लस एटीको मूल्य १ करोड २९ लाख ९९ हजार र एकम्प्लिस्ड प्लस डार्क एटीको मूल्य १ करोड ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कर्भ ईभी:

कुपे डिजाइनमा नयाँ मोडलको रूपमा कर्भ ईभीको टप भेरियन्ट प्रर्दशनमा रहेको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ ।

हाई भेरियन्टमा १०.२५ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर छ । ५५ किलोवाट आवरको ब्याट्रीमा सार्वजनिक भएको कर्भ इभीमा सुरक्षा फिचर्समा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अधिकतम गति १६० प्रतिकिलोमिटर छ ।

टाटा टियागो

टाटाले २०२५ मोडलमा टीगायो पनि सार्वजनिक गरेको छ । टाटा टियागो इन्ट्री लेभलको मोडल हो । एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको ७ ईन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । बाहिरी भागमा १८० एमएम ग्राउन्ड क्र्ल क्लियरेन्स छ ।

टाटा टियागोको २६ किलोवाट आवर ब्याट्रीले एआरएआई अनुसार ३१५ किमीको रेन्ज दिने दाबी गरिएको छ । जसका लागि २५ किलोवाट डिसी फास्ट चार्जिङले ६५ मिनेटमै ८० प्रतिशत चार्ज हुन्छ ।

 

पंन्च ईभी:

गत वर्ष नेपालमा लन्च गरिएको टाटाको पन्च ईभी अटो सोमा राखिएको छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स रहेको पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।

नेपालका विभिन्न भूभागमा गरेको परीक्षणमा यो गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी कम्पनीको छ । पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको कम्पनीले जनाएको छ ।

 

टाटा नेक्सनको नयाँ भर्जन के थ्रीः

टाटाको नेक्सनको नयाँ भर्जन के थ्री ४५ किलोवाट आवर ब्याट्री क्षमतामा आएको छ । अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्छ । यसमा ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिने कम्पनीको दाबी छ । तर ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिनेद दाबी गरिएको छ ।

साताको अन्तिम कारोबारमा ९ अङ्कले घट्यो नेप्से

काठमाडौं । सातको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज९नेप्से० झिनो अङ्कले घटेको छ । सातको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ९ दशमलव २२ अङ्कले घटेर २७५७ दशमलव ९७ को बिन्दुमा कायम भएको छ । यस दिन बजारमा कुल १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन बुधवार भने  नेप्से परिसूचक ९ दशमलव ७० अङ्कले घटेर २७६७ दशमलव २० को बिन्दुमा बन्द भएको थियो ।

आज विकास हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ डेभेन्चर  र रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी नाफा कमाएका छन् । त्यस्तै, कारोबारमा रहेका कम्पनीहरूमा ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने, १९७ वटाको घटेको छ ।

कारोबारको आधारमा भने हिमालयन रिइन्स्योरेन्स २४ करोड ९ लाख ५० हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

बिहीबार बजार पुँजीकरण भने ४६ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ ।

यस्तो रह्यो साताको कारोबार:

साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक २७ दशमलव १४ अङ्कले घटेर २७७० दशमलव २२ को बिन्दुमा बन्द भएको थियो ।

साताको दोस्रो कारोबारका दिन सोमबार भने परिसूचक ९ दशमलव १६ अङ्कले बढेर २७७० दशमलव ३९ को बिन्दुमा बन्द भएको थियो ।

तेस्रो दिन मङ्गलवार ६ दशमलव ५१ अङ्कले सेयर बजारमा वृद्धि भएको थियो ।

बुधवार नेप्से परिसूचक ९ दशमलव ७० अङ्कले घटेर २७६७ दशमलव २० को बिन्दुमा बन्द भएको थियो । र साताको अन्तिम कारोबारका दिन नेप्से ९ दशमलव २२ अङ्कले घटेर बन्द भएको छ ।

नेपालले आईएमएफमा सेयर हिस्सा बढायो, अब मताधिकार र कर्जा सुविधा पनि बढ्न

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा आफ्नो सेयर हिस्सा बढाउने भएको छ । हाल १५९ दशमलब ९ मिलियन एसडीआर रहेको नेपालको फन्ड कोटा २३५ दशमलव ३५ मिलियन बनाउन लागेको हो।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आईएमएफ सदस्यको राष्ट्रको फन्ड कोटा ५० प्रतिशतले बढाउने प्रस्तावको पक्षमा सहमति दिएको थियो । अब सरकारले ७८ दशमलव ४५ मिलियन एसडीआर थप गर्नेछ ।

यो रकममध्ये २५ प्रतिशत अर्थात् ३ अर्ब ७५ करोड रुपैयाँ चालु आर्थिक वर्षको विनियोजित बजेट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको नाममा प्रमिसरी नोट (अर्थपत्र) जारी गरी भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयअनुसार आर्थिक वर्ष ०८१/८२ सम्म आइएमएफमा नेपालको सेयर लगानी ६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ छ।

आईएमएफमा कोटा भनेको सेयर हिस्सा (कित्ता जस्तै) हो । कोटा आईएमएफको वित्तीय तथा गभर्नेन्स स्ट्रक्चर पनि हो । कोटाको इकाइ स्पेसियल ड्रइङ राइट (एसडीआर) हो ।

कोटाको अर्थ विश्वको अर्थतन्त्रमा सम्बन्धित देशको हिस्सा कति छ भन्ने पनि हुन्छ । यसले आईएमएफको स्रोतमा देशको हिस्सा, आईएमएफको निर्णयमा मतको हिस्सा पनि जनाउँछ भने साधारण अवस्थामा सम्बन्धित देशले पाउने ऋणको सीमा पनि तय गर्दछ ।

हालको १५६ दशमलव ९ कोटामा ३ हजार २१ मत छ । जसअआधारमा नेपालको मतको हिस्सा ० दशमलव ९३ प्रतिशत र भोटको हिस्सा ० दशमलव ०६ प्रतिशत छ ।

एक एसडीआर बराबर १ दशमलव ३६ अमेरिकी डलर हुन्छ । अर्थात् आईएमएफमा नेपालको कुल सेयर ३२ करोड २१ लाख अमेरिकी डलर (४४ अर्ब ७७ करोड रुपैयाँ) बराबरको हुनेछ ।

नेपालले ७८ दशमलव ४५ मिलियन एसडीआर थप गरी कोटा बढाउँदा आईएमएफलाई १० करोड ७३ लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँ) दिनुपर्ने हुन्छ ।

अमेरिकी डलर र दिनार महँगिए, कुन देशको मुद्राको विनिमय दर आज कति ? [सूची]

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको मूल्य घटेको छ । तर, अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्रा भने महँगिएका छन् ।

आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा थियो ।

साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो ।

त्यसैगरी आज युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा थियो ।

त्यस्तै, आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २९ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा थियो ।

त्यसैगरी, आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा थियो ।

कुबेती दिनार एकको खरिददर ४५४ रुपैयाँ ८२ र बिक्रीदर ४५६ रुपैयाँ ७८ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५४ रुपैयाँ २४ र बिक्रीदर ४५६ रुपैयाँ २१ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७० रुपैयाँ ३१ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८४ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

भदौमा दोस्रो पटक बजारबाट ३० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । भदौ महिनाको पहिलो साताभित्रै नेपाल राष्ट्र बैङ्कले दोस्रो पटक निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । बुधबार दोस्रो पटक बैङ्क तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण जारी गरेको हो ।

गत आइतबार अर्थात् भदौ महिनाको पहिलो दिन राष्ट्र बैंकले ३१ दिनको लागि ६० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको थियो । आज बुधबार २५ दिनको लागि ३० अर्ब रुपैयाँ बजारबाट खिच्न लागेको हो । जसको बोलकबोल बुधबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ ।

राष्ट्र बैंकका अनुसार बुधबार ३ बजेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।

उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ भने, सावाँ तथा ब्याज भुक्तानी भदौ २९ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।

 

६ अङ्कले बढ्यो सेयर बजार

काठमाडौं । आज पनि नेपाल स्टक एक्सचेन्ज९नेप्से० झिनो अङ्कले बढेको छ । मङ्गलवार नेप्से ६ दशमलव ५१ अङ्कले बढेर २७७६ दशमलव ९० को बिन्दुमा  बन्द भएको हो । अघिल्लो दिन सोमबार पनि परिसूचक ९ दशमलव १६ अङ्कले बढेर २७७० दशमलव ३९ को बिन्दुमा बन्द भएको थियो । 

साताको तेस्रो कारोबार दिन बजारमा कुल  १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयरको लेनदेन हुँदा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । 

आज उपसमूहतर्फका सबै सूचकहरू बढेका छन् । कारोबार समयमा १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने, १०७ वटाको घटेको छ । 

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड कारोबारका आधारमा ३१ करोड ७२ लाख ३७ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । 

मङ्गलवार बजार पुँजीकरण ४६ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ । 

सेयरबजारमा समान्य अंकले सुधार

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले बढेको छ । साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक ९ दशमलव १६ अङ्कले बढेर २७७० दशमलव ३९ को बिन्दुमा बन्द भएको हो । आज बजारमा कुल १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयरको लेनदेन हुँदा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ । 

सातको पहिलो कारोबारका दिन आइतबार परिसूचक २७ दशमलव १४ अङ्कले घटेर २७६१ दशमलव २२ को बिन्दुमा बन्द भएको थियो । 
आज १७५ कम्पनीको सेयरमूल्य बढ्दा ७४ वटाको घटेको छ । त्यस्तै, युनियन हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र अपर लोहोर खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक वृद्धि भएको छ ।

कारोबारका आधारमा भने नेपाल रिइन्स्योरेन्स कम्पनी २१ करोड ७५ लाख २८ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । 

सोमबार बजार पुँजीकरण ४६ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ । 

एकैदिन बजारबाट ६० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । आइतबार बैङ्क तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण जारी गरेको हो ।

आइतबार राष्ट्र बैङ्कले ३१ दिनको लागि ६० अर्ब रुपैयाँको निक्षेप सङ्कलन गर्न लागेको हो । जसको बोलकबोल आइतबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ ।

राष्ट्र बैंकका अनुसार आइतबार ३ बजेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।

उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ भने, सावाँ तथा ब्याज भुक्तानी आसोज १ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।

साताभर सेयर बजारमा ६२ अङ्कको गिरावट, कस्तो रह्यो कारोबार ?

काठमाडौं । यस साता सेयर बजार २ दशमलव १८ प्रतिशतले घटेको छ । यस साता ९साउन २५ गतेदेखि २९ गतेसम्म०नेपाल स्टक एक्सचेन्ज९नेप्से० २ दशमलव १८ प्रतिशतले घटेको हो ।

साताभर नेप्से परिसूचक ६२ दशमलव ०१ अङ्कले घटेको छ । अघिल्लो साता९साउन १८ गतेदेखि २२ सम्म० नेप्से ७२ दशमलव २६ अङ्कले घटेर २८२६ दशमलव ३७ को बिन्दुमा बन्द भएको थियो ।

साताभर बजारमा तीव्र उतारचढावसँगै कुल ३० अर्ब ७५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । परिसूचकले साताभर उच्चतम २८७५ दशमलव ४५ को बिन्दुलाई छोएको थियो भने न्यूनतम २७८४ दशमलव ३६ को बिन्दुसम्म उतारचढाव देखियो ।

कस्तो रह्यो साताको कारोबार ?

साताको पहिलो कारोबारका दिन सार्वजनिक बिदाका कारण कारोबार बन्द रह्यो । साताको पहिलो कारोबार सोमबार नेप्से २७ दशमलव९१ अङ्कले गिरावट आयो । सोमबार बजारमा कुल १० अर्ब २१ करोडको कारोबार हुँदा सेयर बजारमा ० दशमलव ९८ प्रतिशतले घटेको थियो ।

साताको दोस्रो कारोबारको दिन मङ्गलवार पनि सेयर बजारमा दोहोरो अङ्कले गिरावट भयो । मङ्गलवार परिसूचक २६ दशमलव २२ अङ्कले घटेर २७९६ दशमलव २४ को बिन्दुमा बन्द भएको थियो । जहाँ कुल ६ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, साताको तेस्रो कारोबारका दिन बुधवार नेप्से १० दशमलव ५० अङ्कले घटेर २७८५ दशमलव ७४ को बिन्दुमा बन्द भयो । बुधवार बजारमा कुल ६ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको अन्तिम कारोबारका दिन बिहीबार सेयर बजारमा सामान्य अङ्कको वृद्धि भयो । बिहीबार नेप्से परिसूचक २ दशमलव ६२ अङ्कले बढेर २७८८ दशमलव ३६ को बिन्दुमा बन्द भएको हो । साताको अन्तिम कारोबारका दिन बजारमा कुल ७ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

एक वर्षमा वाणिज्य बैंकहरुले कमाए ७१ अर्ब गरे नाफा, कुन बैंकको कति ?

काठमाडौं । एक आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७१ अर्ब १८ नाफा कमाएका छन । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ७१ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।

बैंकहरुले सर्वाजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष बैंकहरुले ४९ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ दशमलव ९७ प्रतिशत नाफा बढेको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये नबिल बैंक लिमिटेडले सर्वाधिक ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। सबैभन्दा कम एनआईसी एशिया बैंकले १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ६ अर्ब ७५ करोड र ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड खुद नाफा कमाएका छन् । नाफाका आधारमा कुमारी बैंकको नाफा सबैभन्दा बढी ४५ हजार ८२१ प्रतिशत वृद्धि भएको छ ।

कुन बैंकले कति कमाए ?
हेर्नुस् लिस्ट:

झिनो अङ्कले बढेर बन्द भयो सेयर बजार 

काठमाडौं । साताको अन्तिम कारोबारका झिनो अङ्कले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २ दशमलव ६२ अङ्कले बढेर २७८८ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । अघिल्लो दिन बुधवार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले घटेर २७८५ दशमलव ७४ को बिन्दुमा बन्द भएको थियो । 

आज बजारमा १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ । 

आजको कारोबारमा नेपाल रिपब्लिक मिडिया, पञ्चकन्या माइ हाइड्रोपावर, कुमारी सबल योजना र राधी विद्य्युत कम्पनीको सेयरमूल्यमा सर्वाधिक वृद्धि भएको छ । र एनआइसी एसिसया फ्लेक्सी क्याप फन्ड, एनआइसी एसिया सिलेक्ट फन्ड र एनआइसी एसिया ब्यालेन्सड फन्डको सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ । 

बिहीबार बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब रुपैयाँ बढी रहेको छ । 

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन् ।

नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सय जना कर्मचारी रहेका छन् भने उपकार लघुवित्तमा एकसय भन्दा बढी कर्मचारी रहेका छन् । कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्था अनुसार दुवै लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आवद्ध भएका हुन् । यसअघि पनि कोषसँग नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भइसकेको छ ।

कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत भएपछि भुक्तानी गर्ने गरिएको छ । यस योजनामा योगदानमा आधारित र गैर योगदनामा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ । हाल यस योजनामा एक हजार १५० संगठित संस्था र त्यस्ता संस्थामा कार्यरत करिब ३३ हजार कर्मचारी सहभागी रहेका छन् । यस योजनामा व्यक्तिगत सहभागिता जनाउने कर्मचारीहरूले आवास कर्जा सुविधा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा पाउनु हुनेछ ।

त्यसैगरी सहभागीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भइपरी आउने कार्यका लागि सरल कर्जा सुविधा पाउने व्यवस्था समेत रहेको छ ।

बुधबार बजारबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । बुधबार बैङ्क तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण जारी गरेको हो ।

बुधबार राष्ट्र बैङ्कले २५ दिनको लागि २५ अर्ब रुपैयाँको निक्षेप सङ्कलन गर्न लागेको हो । जसको बोलकबोल बुधबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ ।

राष्ट्र बैंकका अनुसार बुधबार ३ बजेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।

उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ भने, सावाँ तथा ब्याज भुक्तानी भदौ २२ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।



वाणिज्य बैङ्कहरूको नाफामा अत्यधिक वृद्धि, कुन बैङ्कले कति कमाए ?

काठमाडौँ । वाणिज्य बैङ्कहरूको नाफामा निकै सुधार आएको छ । वाणिज्य बैङ्कहरूको नाफामा ठुलो सुधार आएको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले देखाएको हो ।

बैङ्कहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवर अनुसार अधिकांश वाणिज्य बैङ्कहरूको नाफामा उल्लेखनीय सुधार आएको छ भने केहीको नाफामा गिरावट पनि आएको छ ।

हालसम्म बैङ्कहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एभरेस्ट बैङ्क, कृषि विकास बैङ्क, सिद्धार्थ बैङ्क, एनएमबि बैङ्क, सानिमा बैङ्क, कुमारी बैङ्क, माछापुच्छ्रे बैङ्क, हिमालयन बैङ्क र प्रभु बैंकले आफ्नो खुद नाफा बढाएका छन् । तर सिटिजन बैङ्कको नाफामा भने गिरावट आएको छ ।

कुन बैङ्कको अवस्था कस्तो ?

एनएमबि बैङ्क

एनएमबि बैङ्कको खुद नाफा ४६ दशमलव २२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

एनएमबि बैङ्कको खराब कर्जा ० दशमलव ३२ प्रतिशतले बढेर ३ दशमलव ७२ प्रतिशत रहेको छ । एनएमबि बैङ्कको प्रति सेयर आम्दानी ५ रुपैयाँ ६५ पैसाले बढेर १७ रुपैयाँ ८७ पसा पुगेको छ । एनएमबि बैङ्कको खुद ब्याज आम्दानी ११ दशमलव १४ प्रतिशतले बढेर ८ अर्ब २ करोड,

नबिल बैक

नबिल बैङ्कको खुद नाफा गत वर्षमा १५ दशमलव ०१ प्रतिशतले बढेर ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस बैङ्कको खुद नाफा ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

नबिल बैङ्कको खराब कर्जा ० दशमलव १८ प्रतिशतले घटेर ४ दशमलव २७ प्रतिशत पुगेको छ । नबिल बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९० पैसाबाट बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ ।

खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

हिमालयन बैङ्क

हिमालयन बैङ्कको खराब कर्जा सर्वाधिक रहेको छ । बैङ्कको खराब कर्जा २ दशमलव ३० प्रतिशतले बढेर ७ दशमलव २८ प्रतिशत पुगेको छ । हिमालयन बैङ्कको प्रतिशेयर आम्दानी १ रुपैयाँ २६ पैसाले बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ ।

हिमालयन बैङ्कको खुद ब्याज आम्दानी १० अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

कुमारी बैङ्क

कुमारी बैङ्क लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैङ्कले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको खुद नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको छ । बैङ्कले देखाएको नाफालाई तुलना गर्दा बैङ्कको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको छ ।

चौथो त्रैमाससम्ममा बैङ्कको इम्पेरेमन्ट चार्ज २ अर्ब ७९ करोड ६२ लाख ४१ हजार रहेको देखिएको छ । २०८१ असार मसान्तसम्म बैङ्कको इम्पेरेमेन्ट चार्ज ६ अर्ब ८४ करोड रुपैयाँ उल्लेख गरिएको छ ।

कृषि विकास बैङ्क

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कृषि विकास बैङ्क लिमिटेडले ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा बैङ्कले २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.८८ प्रतिशत बढी हो । बैकको वितरणयोग्य मुनाफा भने २ अर्ब ५५ करोड २० लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ । बैङ्कको खुद ब्याज आम्दानी ६.९३ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ७.२१ प्रतिशत घटेको छ ।
बैङ्कको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत पुगेको छ ।

सिद्धार्थ बैङ्क

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ बैङ्क लिमिटेडको खुद नाफा १० दशमलव २४ प्रतिशतले बढेको छ । गत आवमा बैङ्कको खुद नाफा ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैङ्कको यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो ।

आर्थिक वर्ष २०८०÷८१ को तुलनामा गत आवमा यस बैङ्कको वितरणयोग्य मुनाफा ३ गुणाले बढेको छ । गत आवमा बैङ्कको विवरण योग्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

बैङ्कले गत आवमा ८ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, सेवा शुल्क र अन्य आम्दानी १५.०९ प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ र सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको बढेर कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
बैङ्कको खराब कर्जा भने २.६२ प्रतिशतमा रहेको छ ।

सिटिजन्स बैङ्क

सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले कुल १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा बैङ्कले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्कको खुद नाफामा २ दशमलव ०८ प्रतिशतले घटेको छ ।
बैङ्कको खुद ब्याज आम्दानी ११ दशमलव २० प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १९ दशमलव ७४ प्रतिशतले बढेको छ । यस बैङ्कको खराब कर्जा ४ दशमलव १० प्रतिशतले बढेर ४ दशमलव ९४ प्रतिशत पुगेको छ ।

माछापुच्छ्रे बैङ्क

माछापुच्छ्रे बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमाससम्म खुद नाफा ९२.४५ प्रतिशतले बढाएको छ ।
गत आर्थिक वर्षमा बैङ्कले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैङ्कले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैङ्कको खुद नाफा ९२.४५ प्रतिशत बढेको छ ।

गत आवमा बैङ्कको खुद ब्याज आम्दानी १५ दशमलव ४१ प्रतिशतले बढेको छ । यसका साथै खुद फि तथा कमिशन आम्दानी १८ दशमलव १६ प्रतिशत, बैङ्कको कुल सञ्चालन आम्दानी १६ दशमलव ५१ प्रतिशत र सञ्चालन मुनाफा ९९ दशमलव ९१ प्रतिशतले बढेको छ ।

एभरेस्ट बैङ्क

गत आर्थिक वर्ष २०८१÷८२ मा एभरेस्ट बैङ्क लिमिटेडले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्कको खुद नाफा ३२.८१ प्रतिशतले बढेको छ ।

बैङ्कको वितरण योग्य मुनाफा भने ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैङ्कको खुद ब्याज आम्दानी १९ दशमलव ३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ छ ।

प्रभु बैंक

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ थियो । जुन अवधिको तुलनामा करिब ९६५ प्रतिशतले बढी हो ।

बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ। बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै बैंकको प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ रहेेको छ ।

दोहोरो अङ्कले घटेर २७ सयको बिन्दुमा झर्यो सेयरबजार

काठमाडौं । दोहोरो अंकले घटेर नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २७ सयको बिन्दुमा झरेको छ । मङ्गलवार नेप्से परिसूचक २६ दशमलव २२ अङ्कले घटेर २७९६ दशमलव २४ को बिन्दुमा बन्द भएको हो ।

गत असार ३२ गते २७ सयको मनोवैज्ञानीक बिन्दुलाई पार गरेर परिसूचक २८ सयको बिन्दुमा उक्लिएको थियो । आज करिब ४ सातापछि पुन २७ समयको बिन्दुमा परिसूचक झरेको हो ।

अघिल्लो दिन सोमबार नेप्से २७ दशमलव ९० अङ्कले घटेर २८२२ दशमलव ४६ को बिन्दुमा बन्द भएको थियो । 

आज १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयरको खरिदबिक्री हुँदा ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । जहाँ सिक्लेस हाइड्रोपावर, उनन्ती सहकार्य लघुवित्त संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ ।

आजको कारोबारमा २५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २२५ वटाको घटेको छ । र एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी २६ करोड ७७ लाख ५५ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थनमा रहेको छ । 

मङ्गलवार बजार पुँजीकरण ४६ खर्ब ६९ अर्ब रुपैयाँ बढी रहेको छ । 

एमआरपी लागु नगर्नेलाई विभागले गर्‍यो तीन लाख जरिवाना

काठमाडौं । नेपाल लेदर क्राफ्टलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले धिकतम् खुद्रा बिक्री मूल्य लागु नगरेको भन्दै उक्त लेदर क्राफ्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । 

विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुरमा उक्त जरिवाना गरेको जनाएको छ । धिकतम् खुद्रा बिक्री मूल्य ९एमआरपी०  लागु नगर्नेलाई तत्काल जरिवाना गरिरहेको विभागको भनाई छ ।



यसका साथै सोमबार विभागले रोयल क्लास कलेक्शनलाई पनि ३ लाख रुपैयाँ जरिवाना गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित रोयल क्लास कलेक्शनलाई पनि विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिमको कसुरमा कारबाही गरेको जनाएको छ । 

गत फागुन पहिलो सातादेखि विभागे बजार अनुगमनलाई कडाइ गर्दै अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० अनिवार्य अभियान नै सुरु गरेको हो । अहिले उक्त एमआरपी अभियान अन्तर्गत नै विभिन्न होलसेल तथा रिटेल सबैमा अनुगमन गर्दै कारबाही गरिरहेको छ । 

जीवन बीमा कम्पनीको नयाँ व्यवसाय २७ प्रतिशतले वृद्धि

काठमाडौं । गत आर्थिक वर्षभरी जीवन बीमा कम्पनीहरुले ४३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ४३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले यो प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमकको व्यवसाय २७ दशमलव २२ प्रतिशतले बृद्धि भएको छ ।


नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, एशियन लाइफ र प्रभु महालक्ष्मी लाइफको नयाँ व्यवसायमा पनि बृद्धि देखिएको छ ।

गत आवको असार महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नयाँ व्यवसाय भित्र्याएको छ । कम्पनीको नयाँ व्यवसाय ३३ दशमलव ९० प्रतिशतले बढे ८ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको नयाँ व्यवसाय १९ दशमलव ५५ प्रतिशतले बढेर ६ अर्ब चार करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, एशियन लाइफको नयाँ व्यवसाय ६५ दशमलव ७५ प्रतिशतले बढेर तीन अर्ब १९ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

सूर्यज्योति लाइफको नयाँ व्यवसाय २५ दशमलव ७४ प्रतिशतले बढेर
३ अर्ब १८ करोड ६१ लाख रुपैयाँ, एलआइसी नेपालको १६ दशमलव ६४ प्रतिशतले बढेर ३ अर्ब तीन करोड ८१ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ९ दशमलव ४० प्रतिशतले बढेर २ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

यता सिटिजन लाइफको २० दशमलव १४ प्रतिशतले बृद्धि भई २ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको ४० दशमलव ८८ प्रतिशतले बृद्धि भइ २ अर्ब २० करोड ३७ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफको २ अर्ब १२ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

त्यसै गरी आइएमई लाइफले १ अर्ब ९३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ७५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १अर्ब ७४ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ४५ करोठ रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ११ करोड रुपैयाँको नयाँ व्यवसाय गरेको तथ्यांकले देखाएको छ ।

विदेशी विनिमयसम्बन्धी व्यवस्था संशोधन, नयाँ प्रावधान कस्ता छन् ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र संशोधन गरेको छ । बिहीबार राष्ट्र बैङ्कले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०८१ लाई संशोधन गरेको हो । 

राष्ट्र बैङ्कले अमेरिकी डलरको अनुमति लिनुपर्ने सीमालाई बढाएको छ । संशोधनमार्फत यसअघि १२ हजार डलरभन्दा बढीको रकमका लागि नियामक निकायको सिफारिस लिनुपर्नेलाई १५ हजार डलर पुर्‍याइएको छ । अर्थात् अब १५ हजार डलरसम्म नियामक निकायको सिफारिस लिनुपर्ने छैन । सोभन्दा बढीले भने सिफारिस लिनुपर्ने छ । 

यसका साथै निर्यात प्रयोजनको लागि प्राप्त रकमको अग्रिम भुक्तानी प्रमाणपत्र जारी गरी निर्यातकर्तालाई रकम भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ । तर, निर्यात रकम भित्रिई अग्रिम भुक्तानी प्रमाणपत्र जारी नभएकाको हकमा २०८२ पुस मसान्तभित्र अग्रिम भुक्तानी प्रमाणपत्र जारी गर्न बाधा नपर्ने जनाइएको छ । 

सेवा आयात गर्दा प्रति पटक अमेरिकी डलर १५ हजार वा सो बराबरको परिप विदेशी मुद्रा भन्दा बढी रकमको विदेशी मुद्रा अग्रिम भुक्तानी गर्नु पर्ने भएमा विदेशी बैङ्कको बैङ्क ग्यारेन्टी आवश्यक पर्ने उल्लेख गरिएको छ । 

भारतबाहेक तेस्रो मुलुकबाट हुने सेवा आयातमा एक पटकमा ८ हजार डलरसम्मको भुक्तानीको लागि तोकिएका कागजात पेस गरेपछि राष्ट्र बैङ्कको स्वीकृति नचाहिने भएको छ । यसअघि ५ हजार डलरसम्मको सेवा आयातमा मात्रै उक्त व्यवस्था थियो । तर, ८ हजार अमेरिकी डलरभन्दा बढीको विदेशी विनिमयमा दायित्व सृजना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नु परेमा वा सेवा बापतको भुक्तानी गर्नु पर्ने भएमा आफ्नो नियामक निकायबाट स्वीकृति वा सिफारिस प्राप्त गर्नु पर्नेछ ।

यस्तो छ संसोधित एकीकत परिपत्र:

 

समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सचिवहरूलाई निर्देशन दिएका छन् । बिहीबार अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यान्वयनमा परिणाम निकाल्न पनि उनले निर्देशन दिएका छन् ।


अर्थमन्त्री पौडेलले विद्यमान कानूनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए ।


अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रूपैयाँ संकलन भएको थियो जुन कूल राजस्वको १०.९ प्रतिशत हो ।

बैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोतहरू पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ । बैठकमा अर्थ सचिव, राजस्व सचिव र अन्य मन्त्रालयहरूका सचिव लगायतको उपस्थिति थियो ।

सेयर बजारमा सामान्य अङ्कको गिरावट

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज सामान्य अङ्कले घटेको छ । बुधवार नेप्से परिसूचक १ दशमलव १४ अंकले घटेर २८३२ दशमलव ०६ को बिन्दुमा कायम भएको हो ।

अघिल्लो दिन मङ्गलवार परिसूचक ४१ दशमलव ७८ अङ्कले घटेर २८३३ दशमलव ५७ को बिन्दुमा बन्द भएको थियो । 

साताको चौथो कारोबारका दिन बजारमा २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ । 

आजको कारोबारमा वीन नेपाल लघुवित्त वित्तीयको सेयर सर्किट लेभलमा कारोबार भएको छ । यस संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

त्यसै गरी कारोबारका आधारमा न्गादी ग्रुप पावर २९ करोड ४५ लाख ५७ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । 

भृकुटिमण्डपमा सुरु भयो नाइमा मोबिलिटी एक्स्पो २०२५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरु भएको छ । बुधबार उप पर्धान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन गरेका हुन् ।


नेपालको अटोमोबाइल क्षेत्रले तरक्कि गरिरहेको अर्थमन्त्री पौडेलले बताए ।

बुधबारदेखि सुरू भएको मोबिलिटी एक्स्पो साउन २५ अर्थात् आइतबारसम्म चल्नेछ । एक्स्पोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे तथा पाँचवटा व्यावसायिक सवारीसाधन लन्च गरिदैछ ।

प्रदर्शनीमा ५० ब्रान्डका सवारी साधनहरू सोकेश गरिएको छ ।

सेयर बजारमा उच्च अङ्कको गिरावट 

काठमाडौं । सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) ४१ दशमलव ७८ अङ्कले घटेर २८३३ दशमलव ५७ को बिन्दुमा बन्द भएको हो । 

साताको तेस्रो कारोबारका दिन कुल २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन सोमबार मात्रै नेप्से १६ दशमलव ४६ अङ्कले बढेर २८७५ दशमलव ३६ को बिन्दुमा बन्द भएको थियो । 

आजको कारोबारमा समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर सर्किट लेभलमा कारोबार भएको छ । 
त्यस्तै, थ्रि स्टार हाइड्रोपावर लिमिटेडको सेयर नेगेटीभ सर्किट लेभलमा कारोबार भएको छ । 

मङ्गलवार कारोबार रकमका आधारमा हिमालयन रिइस्योरेन्स शीर्ष स्थानमा रहेको छ ।

१७ औँ संस्करणको ‘नाडा आटो सो २०२५’ भदौ ३ देखि हुँदै

काठमाडौं । १७ औँ संस्करणको ‘नाडा अटो सो २०२५’ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने नाडा अटो सो २०२५’ काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने भएको हो ।

२०२५ को अटो शो उद्घाटन उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने जनाइएको छ । यस वर्षको अटो सो हालसम्मकै भव्य हुने नाडाका अध्यक्ष करण चौधरीले बताए । यस वर्षको आटो सो प्रदर्शनीमात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्व हुने उनको भनाई छ ।

प्रदर्शनीले आधुनिक प्रविधि, स्मार्ट मोबिलिटी समाधान र अटो उद्योगको सम्पूर्ण पक्षलाई एकै स्थानमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।

१७ औं संस्करणको प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स स्वचालन र कृत्रिम बुद्धिमत्तामा आधारित उन्नत चारपांग्रे रोबोट र डिपल ईभीटोल यूएभी रहनेछ ।

‘गो फर मोर’ नारासहित आयोजना हुने १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, चारवटा दुईपांग्रे सवारी ब्रान्ड, ३५ वटा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवाप्रदायक कम्पनी सहभागी हुनेछन् । नाडाका अनुसार कुल १२५ भन्दा बढी प्रदर्शक रहनेछन् ।

करिब तीन लाख वर्गफुट क्षेत्रमा फैलिएको भृकुटिमण्डपको प्रदर्शनीस्थलको एक लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्र रहने जनाइएको छ ।

प्रदर्शनीमा भिन्टेज मोटर शो विशेष आकर्षणका रूपमा रहनेछ । जसमा मोरिस माइनर, फियाट, प्युजो, बिटल, मिनी कुपर, टोयोटा आरटी ४०, भीडब्ल्यू बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया, टोयोटा एमआर२ लगायतका ऐतिहासिक सवारीसाधन प्रदर्शन गरिनेछ ।

यसका साथै ‘मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्माण भएका सवारी तथा अटो पाट्र्स देखाइनेछ । अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवद्र्धन गरिने छ ।
ईभी, स्मार्ट मोबिलिटी र दिगोपनका विषयमा सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रम हुनेछन् । दैनिकरूपमा १२ भाग्यशाली विजेताको घोषणा हुनेछ, जसले एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा पाउनेछन् ।

प्रदर्शनीमा आगन्तुकका लागि सहज सुविधा र सुरक्षा सुनिश्चित पार्किङ सुविधा हुनेछ । चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन, अग्रिम टिकट बुकिङ सुविधा, सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, आपत्कालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी र आगो नियन्त्रणको पूर्ण व्यवस्था हुनेछ ।

प्रदर्शनीलाई एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे बैंकले वर्षदिनमा कमायो २ अर्ब बढी नाफा, अन्य सूचकहरु कस्ता छन ?

काठमाडौं । वर्षदिनमा माछापुच्छ्रे बैंक लिमिटेडले २ अर्बबढीको नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले देखाएको हो । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले गत आर्थिक वर्षमा ९२.४५ प्रतिशतले खुद नाफा बढाएको छ ।

चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत र सञ्चालन मुनाफा ९९.९१ प्रतिशतले बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६३. ८० रुपैयाँ रहेको छ।

निरन्तर ओरालो झदै नेप्से, एकैदिन ६३ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ६३ दशमलव ७३ अङ्कले घटेर २८५८ दशमलव ९० को बिन्दुमा बन्द भएको हो । गत बुधबारदेखि निरन्तर आज तेस्रो कारोबारका दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको हो ।

आजको कारोबारमा उपसमूर्तर्फका सबै सूचकहरु रातम्मे भएका छन् । १३ वटै उपसमूहको सेयरमूल्यमा गिरावट आएको छ ।

आइतबार बजारमा कुल ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयरको खरिदबिक्री हुँदा १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।  

आज ट्रेड टावरका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । ट्रेड टावरको सेयर कारोबार आज सर्किट लेबलमा भएको छ ।
त्यस्तै, सान्वी इन्र्जी लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडका लगानीकर्ताहरू आज
सर्वाधिक घाटामा परेका छन् ।

आइतबार बजार पुँजीकरण ४७ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ ।