`

सोचेजस्तो खराब हुँदैन श्रीमान-श्रीमतीबीच उमेरको अन्तर

पहिलो नजरमै प्रेम भएको थिएन। रियालिटी–टेलिभिजनका स्टार निक भियालले नाटाली जोयलाई भेट्दा कहिल्यै डेट नगर्ने बताएका थिए। यसको एउटा कारण थियो—नाटाली उनीभन्दा १८ वर्ष कान्छी थिइन्, करिब एक पुस्ताको अन्तर। तर, सन् २०२४ मा उनीहरूले विवाह गरे। अहिले भने निक नयाँ प्रकारको ‘प्रणय’ यात्रामा छन्- नयाँ दर्शकलाई आकर्षित गर्ने प्रयासमा।

निक र नाटालीले सञ्चालन गर्ने डेटिङ शो ‘एज अफ अट्र्याक्सन’ यसै वर्ष नेटफ्लिक्समा आउनेछ। कार्यक्रममा २२ देखि ५९ वर्ष उमेरका अविवाहित व्यक्तिहरू सहभागी हुनेछन्। उद्देश्य एउटै छ- उमेर केवल एउटा संख्या मात्र हो कि होइन? भन्ने थाहा पाउनु ।

निक भियालका अनुसार कार्यक्रममा उमेरसम्बन्धी सामाजिक पूर्वाग्रहलाई पन्छाएर अनुकूलतामा ध्यान दिइनेछ। यो रोमान्टिक सोच जस्तो लागे पनि यसमा तथ्यगत आधार छ। धेरैले सोचे जस्तो उमेरको अन्तर अस्वस्थ हुँदैन।

‘उस्तै पखेटा भएका चरा सँगै उड्छन्’ भन्ने उखान मानिसहरूमा पनि लागू हुन्छ। विवाहसम्बन्धी तथ्याङ्कले दम्पतीहरू प्रायः उमेरमा समान हुन्छन् भन्ने देखाउँछ । यो अनौठो कुरा होइन। मानिसहरू सामान्यतया आफ्नैजस्तो जाति, शिक्षा वा धर्म मिल्ने व्यक्तिसँग जोडी बाँध्न रुचाउँछन्। अमेरिकामा आठमध्ये एक विवाहित दम्पतीको उमेर लगभग समान छ। करिब एक तिहाइ दम्पतीमा उमेरको अन्तर एक वर्षभन्दा बढी हुँदैन । विद्यालय प्रणालीले पनि विद्यार्थीहरूलाई उमेरका आधारमा कक्षामा विभाजन गरेर यो प्रवृत्तिलाई अझ बलियो बनाउँछ।

रोचक कुरा के छ भने पुरुष र महिलाले आफ्नै उमेर आसपासका जोडी रोज्ने प्रवृत्ति देखाए पनि अमेरिकामा दुई तिहाइ विवाहमा पुरुष महिला भन्दा जेठो हुन्छ। यो ढाँचा संसारभर देखिन्छ। प्यू रिसर्च सेन्टरको अध्ययनअनुसार विश्वव्यापी औसत उमेर अन्तर ४.२ वर्ष छ। उत्तर अमेरिकामा पति औसतमा पत्नीभन्दा २.२ वर्ष जेठा हुन्छन्। युरोपमा यो अन्तर २.७ वर्ष छ भने एसिया–प्रशान्त क्षेत्रमा ४ वर्ष। सबैभन्दा ठूलो अन्तर सब–सहारा अफ्रिकामा देखिन्छ—८.६ वर्ष।

उमेरको अन्तर किन यति सामान्य छ? प्रमुख व्याख्या विकासवादी सोचमा आधारित छ। सामान्य धारणा अनुसार, पुरुषहरू प्रजननक्षमता भएका साथी रोज्छन् भने महिलाहरू सन्तान हुर्काउन सक्षम जोडी खोज्छन्। महिलाहरूको युवावस्थामा बढी प्रजननक्षमता हुन्छन् र पुरुषहरूले उमेरसँगै आर्थिक स्रोत–साधन बढाउँछन्। त्यसैले सानो उमेर अन्तरले सन्तान संख्या बढाउन सक्छ भन्ने तर्क छ। तथ्याङ्कले पनि यो देखाउँछ। सन् २००७ मा भियना विश्वविद्यालयका अनुसन्धानकर्ताले जहाँ पति पत्नीभन्दा करिब पाँच वर्ष जेठा छन्, त्यस्ता स्विडिस दम्पतीमा समान उमेरका दम्पतीभन्दा ५% बढी सन्तान हुन्छन् भन्ने पत्ता लगाएका छन्। अमेरिकी तथ्याङ्कले पनि यही प्रवृत्ति देखाउँछ । गरिब देशहरूमा जेठा र आर्थिक रूपमा सक्षम पति हुनु अझ लाभदायक मानिनसक्छ।

यसमा सामाजिक मान्यताले पनि भूमिका खेल्छ। धेरै जेठो वा धेरै कान्छो व्यक्तिप्रति आकर्षित भए पनि, समाजको आलोचना टार्न मानिसहरूले आफ्नै उमेर आसपासका जोडी रोज्न सक्छन्। ‘के तपाईं आफ्नोभन्दा २० वर्ष कान्छो व्यक्तिलाई अभिभावकसँग भेटाउन लैजान सक्नुहुन्छ?’ म्युनिखस्थित लुडविग म्याक्सिमिलियन विश्वविद्यालयकी सामाजिक वैज्ञानिक रेनाटा टोपीन्कोभा प्रश्न गर्छिन्। समयसँगै ‘स्वीकार्य’ को परिभाषा पनि बदलिन्छ। सन् १९२० मा अमेरिकी पति औसतमा पत्नीभन्दा ४.५ वर्ष जेठा थिए, जुन आज २.२ वर्षमा झरेको छ । एक समय चर्चित ‘ट्रोफी पत्नी’—धनी पुरुषका धेरै कान्छी पत्नी—आज अमेरिकामा यति दुर्लभ छन् कि तथ्याङ्कमै स्पष्ट देखिँदैनन् (यद्यपि मार–आ–लागोजस्ता कन्ट्री क्लबमा भने अझै देखिन सक्छन्)।

पहिले फिल्म र टिभीमा उमेरको अन्तर निकै ठूलो देखाइन्थ्यो। “गोन विथ द विन्ड” मा ३८ वर्षीय क्लार्क गेबलले २६ वर्षीया भिभियन लीसँग अभिनय गरेका थिए। “कासाब्लांका” मा ४३ वर्षीय हम्फ्री बोगार्ट र २७ वर्षीया इन्ग्रिड बर्गम्यान जोडी बनेका थिए। अहिले भने पर्दामा देखाइने रोमान्टिक जोडीहरूबीचको औसत अन्तर करिब छ वर्ष मात्र छ। १९४०–५० को दशकमा यो झन्डै २० वर्ष पुग्थ्यो। आजकाल ठूलो उमेर अन्तर देखाइए पनि प्रायः परम्परा उल्ट्याएर—जेठी महिला र कान्छो पुरुषको सम्बन्ध—देखाइन्छ। जस्तै “बेबीगर्ल”, “द आइडिया अफ यू” र “मार्टी सुप्रिम”। यस्ता कथाहरूले सामान्य जीवनको प्रतिनिधित्व भने गर्दैनन्, तर हलिउडको उद्देश्य पनि सधैं यथार्थ देखाउनु हुँदैन।

के फरक–फरक उमेरका व्यक्तिहरूबीचको सम्बन्ध कम स्वस्थ हुन्छ? परम्परागत धारणा अनुसार धेरै उमेर अन्तर भएका जोडीमा समान रुचि, मूल्य वा सांस्कृतिक सन्दर्भ साझा नहुन सक्छ। शक्ति असन्तुलन पनि देखिन सक्छ, विशेषगरी जेठो जोडीले बढी कमाउँदा। सर्वेक्षणले देखाउँछ- धेरै मानिसलाई लाग्छ कान्छो जोडीले अभिभावकजस्तो व्यक्तिको खोजी गरिरहेको हुन सक्छ । वा अझै खराब भन्दा पैसाको। कम्तीमा दश वर्ष अन्तर भएका दम्पतीले बढी सामाजिक आलोचना भोगेको बताउँछन्। नाटाली जोयले पनि आफूलाई अनलाइनमा ”बाल वधु’ जस्ता अपमानजनक शब्दले सम्बोधन गरिएको बताएकी छन्।

तर, अनुसन्धानले फरक चित्र देखाउँछ। यस्ता सम्बन्धहरू प्रायः सन्तुष्ट र दीर्घकालीन हुन्छन्। सन् २००२ मा मास्ट्रिख्ट विश्वविद्यालयको अध्ययनले ठूलो उमेर अन्तर भएका विवाहमा दुवै जनाको जीवन सन्तुष्टि उच्च हुने देखायो। बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक्सले पनि इङ्ग्ल्यान्ड र वेल्समा उमेर अन्तर र सम्बन्धविच्छेदबीच बलियो सम्बन्ध नदेखिएको जनाएको छ। अमेरिकामा पनि यस्तै नतिजा छ। रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्याङ्क अनुसार, ठूलो उमेर अन्तर भएका दम्पती साना अन्तर भएकाभन्दा अझ लामो समय सँगै बस्ने गर्छन्। करिब ५,००० दीर्घकालीन सहवास सम्बन्धको अध्ययनबाट द इकोनोमिस्टले अनुमान गरेको छ-पाँच वर्षको उमेर अन्तरले सम्बन्ध औसतमा थप छ हप्ता लामो बनाउँछ।

यद्यपि केही जोखिम पनि छन्। जब पुरुष महिला भन्दा कम्तीमा १६ वर्ष जेठो हुन्छ (वा महिला पुरुषभन्दा कम्तीमा १० वर्ष जेठी), घनिष्ठ साथीबीचको हत्याको जोखिम बढ्ने देखिन्छ। तर यस्ता घटना दुर्लभ छन्। अधिकांश सम्बन्धमा उमेरभन्दा अन्य पक्ष-जस्तै मूल्य, समझदारी, व्यवहार र आपसी सम्मान-अझ महत्त्वपूर्ण हुन्छन्। क्यालिफोर्निया विश्वविद्यालय, डेभिसका प्राध्यापक पॉल इस्टविक भन्छन्, ‘दस वर्षको अन्तर होस् वा दुई वर्षको, सम्बन्धलाई चलाउने कुरा उमेरभन्दा अरू नै हुन्छ।’ उदाहरणका लागि-नेटफ्लिक्समा कुन शो हेर्ने भन्ने कुरा। त्यसमा भने निक र नाटाली पक्कै सहमत हुन सक्छन्।
(द इकोनोमिस्टबाट अनुवाद गरिएको ।)

विश्वकपमा इंग्ल्याण्डको दोस्रो जित: स्कटल्याण्ड ५ विकेटले पराजित

काठमाडौं। टी-२० विश्वकपमा नेपाल रहेको समूह सीको आजको खेलमा ईंग्ल्याण्डले स्कटल्याण्डविरूद्ध ५ विकेटको जित दर्ता गरेको छ ।

कोलकाताको इडेन गार्डेन रंगशालामा छिमेकी टीम स्कटल्याण्डले दिएको १५३ रनको चुनौति इंग्ल्याण्डले ५ विकेट गुमाएर १८ओभर २ बलमा पुरा गर्‍यो ।

ब्याटिङमा खराब सुरूवात गरेको इंग्ल्याण्डका लागि टम ब्यान्टनको अविजित ६३ रन र ज्याकब बेथेलको ३२ रन महत्वपूर्ण रहयो ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले पारी सकिन २ बल बाँकी छँदा सबै विकेट गुमाएर १५२ रन बनाएको थियो ।

प्रतियोगितामा यसअघि नेपाललाई पराजित गरेको इंग्ल्याण्डको यो दोस्रो जित हो भने स्कटल्याण्डले लगातार दोस्रो हार व्यहोरेको हो । यसअघिको खेलमा इटालीलाई हराएको स्कटल्याण्ड पहिलो खेला वेष्ट इन्डिजसँग पराजित भएको थियो । वेस्ट इन्डिजले यसअघिको खेलमा इंग्ल्याण्डलाई पनि पराजित गरेको थियो ।

आजको खेलपछि अंकतालिकामा सुधार गर्दै इंग्ल्याण्ड ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने  २अंक भएको स्कटल्याण्ड तेस्रो स्थानमा छ । २ खेल खेलेको वेष्ट इन्डिज ४ अंक सहित नै पहिलो स्थानमा छ भने नेपाल विरुद्ध २ अंक जोडेको इटाली चौथो स्थानमा छ ।

लगातार दुई हार व्यहोरेको नेपाल भने शुन्य अंक सहित तालिकाको अन्तिममा छ ।

दमक भ्युटावर: बन्न सक्छ पूर्वको समृद्धिको आधार (भिडियो)

काठमाडौं। पूर्वी नेपालको झापा जिल्लास्थित दमक नगरपालिकामा उभिएको दमक भ्यु टावर केवल एक अग्लो संरचना मात्र होइन, विकासको केन्द्र बन्न सक्ने परियोजना हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा ‘समृद्ध नेपाल’ को दीर्घकालीन आधार निर्माण गर्ने सोचसहित त्यहाँ कै स्थानीय जनताको जग्गादान पछि यसको शिलान्यास गरेका थिए। उनको दृष्टिमा यो परियोजना केवल दृश्यावलोकनका लागि बनाइएको टावर नभई आर्थिक गतिविधि र शहरी विस्तारको आधार स्तम्भका लागि बनाइएको थियो।

१ अर्ब ६३ करोड रुपैयाँ लागतमा निर्माण भएको यो बहुउद्देश्यीय भवनमा कमर्शियल रिटेल स्पेस, कर्पोरेट अफिस, प्रदर्शनी हल, ग्यालरी, रेस्टुरेन्ट तथा क्याफे सञ्चालन गर्न मिल्छ । टावरको वरिपरि बगैँचा, बालबालिकाका लागि खेल क्षेत्र र पार्किङ सुविधा पनि राखिएको छ। विश्वका धेरै देशहरुले अपनाएको मोडेल जस्तै यसको अवधारणा दमकको भीडभाड भएको पुरानो बजार क्षेत्रलाई सन्तुलन गर्दै नयाँ शहरी केन्द्र विकास गर्ने थियो।

यो टावरलाई औद्योगिक दृष्टिकोणसँग पनि जोडेर हेरिएको छ । दमक, गौरादह र कमल क्षेत्र समेटेर प्रस्तावित चीन-नेपाल मैत्री औद्योगिक पार्कको योजनासँग यसको सम्बन्ध रहेको बताइन्छ। करिब ६४ अर्ब रुपैयाँ अनुमानित लगानी र १० हजारभन्दा बढी रोजगारी सिर्जनाको लक्ष्यसहित अघि बढाइएको यो अवधारणाले बहुराष्ट्रिय उद्योगहरू भित्र्याउने लक्ष्य राखेको थियो। सोही सन्दर्भमा ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्र र जिनपिङ संयुक्त निर्माण कम्पनीसँग सहकार्यको प्रक्रिया पनि अघि बढाइएको थियो। टावरलाई सम्भावित उद्योगहरूको कर्पोरेट तथा प्रशासनिक केन्द्रका रूपमा हेरिएको छ ।

तर, भदौ २३ र २४ गते देशभर फैलिएको अशान्तिपूर्ण घटनाक्रले यो संरचना पनि जोगिन सकेन । आन्दोलनमा गएको आक्रोशित भीडले टावरमा तोडफोड र आगजनीको प्रयास गर्यो। टावरको बाह्य भागमा क्षति भएपनि स्वचालित अग्नि नियन्त्रण प्रणालीका कारण ठूलो क्षति हुन पाएन।  तर, सञ्चालनको सुरुआती चरणमै यो परियोजना अवरुद्ध भएको छ । यससँगै भर्खरै खुलेको आर्थिक सम्भावनाको ढोका अनिश्चितकालका लागि बन्द भएको अनुभूति स्थानीयवासीले गरिरहेका छन् ।

टावरको विषयमा अहिले राष्ट्रिय स्तरमा तीव्र रुपमा सार्वजनिक बहस पनि भइरहेको छ । कतिपयले यसलाई अनावश्यक खर्च र राजनीतिक प्रतीकका रूपमा व्याख्या गरेका छन् भने समर्थकहरूले दीर्घकालीन पूर्वाधार सोचको हिस्सा मानेका छन्। आलोचना र समर्थन दुवै लोकतान्त्रिक समाजका स्वाभाविक पक्ष हुन्। तर, यस्ता संरचनाको मूल्याङ्कन लागत,लाभ विश्लेषण, पारदर्शिता र दीर्घकालीन उपयोगिताका आधारमा हुनुपर्छ ।

आज दमक भ्यु टावर विवादको घेरामा छ। तर, भविष्यमा यदि यो क्षेत्रको औद्योगिक पार्कले गति लियो, आर्थिक गतिविधि विस्तार भयो र रोजगारी सिर्जना भयो भने यही संरचना नयाँ दमकको प्रतीक बन्न सक्ने सम्भावना पनि छ। इतिहासले कुनै परियोजनालाई राजनीतिक नाराभन्दा परिणामका आधारमा मूल्याङ्कन गर्छ र परिणाम देख्न धैर्यता चाहिन्छ। निर्माण गरेका संरचना आपसी वैमनस्यताका कारण ढाल्दै र भत्काउँदै जाने हो भने परिणाम शुन्य हुन्छ। जहाँबाट हजारौ नागरिकले रोजगारीको प्रत्याभुती गर्छन्, त्यस्ता संरचना भत्काउनु भनेको नागरिकको भविष्य र देशको औधोगीकरणमा बन्चरो हान्नु हो।

भिडले सत्य केहो तय गर्दैन तर भ्रम सिर्जना गर्ने प्रयत्न भने अवश्य गरिरहेको हुन्छ। आज त्यही भ्रमले दमक भ्यु टावर आक्रमणकारीको आक्रमणबाट छियाछिया भएको छ। प्रश्न केवल एउटा टावरको होइन दृष्टिको हो र त्यो दृष्टिको परिणाम कस्तो आउँछ भन्ने कुरा समयको कडीले तय गर्छ ।

नेपाली राजनीतिमा वामपन्थी वर्चस्व, समाजको चरित्रसँग मेल खाएन : कमल थापा (भिडियो)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले नेपाली समाजको मौलिक चरित्र र देशलाई नेतृत्व गर्दै आएको राजनीतिक विचारधाराबीच तालमेल नमिलेको बताएका छन्।

शनिबार पार्टी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै थापाले नेपालको राष्ट्रिय राजनीतिमा मूलतः वामपन्थी विचार र शक्तिहरूको वर्चस्व रहँदै आएको उल्लेख गरे। ‘नेपालको राजनीतिमा करिब ७० वर्ष लामो वैचारिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादसम्म हावी रह्यो,’ उनले भने।

थापाले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचारकै संवाहकका रूपमा लिने गरेको बताए। ‘राजनीतिशास्त्रमा समाजवादलाई पनि लेफ्ट–ओरिएन्टेड राजनीतिक विचारधाराका रूपमा लिइन्छ,’ उनको तर्क थियो।

उनले नेपाली जनमानस सनातन धर्म, संस्कृति र परम्पराप्रति आस्थावान रहेको उल्लेख गर्दै वैदिक कालदेखि स्थापित मूल्य-मान्यताले समाजमा बलियो जरो गाडेको बताए। ‘हाम्रो समाज सनातन धर्म र परम्पराबाट अनुप्राणित छ, तर राजनीतिक रूपमा त्यसको ठीक विपरीत मान्यता बोकेको साम्यवाद, मार्क्सवाद र समाजवादले नेतृत्व गर्‍यो,’ थापाले भने।

उनका अनुसार समाजको मौलिक चरित्र र राजनीतिक विचारबीच देखिएको यो विरोधाभास अन्त्य हुनुपर्छ। ‘यो विरोधाभाषपूर्ण विडम्बनाको अन्त्य आवश्यक छ,’ उनले जोड दिए।

थापाले समाजको सांस्कृतिक तथा धार्मिक पहिचानसँग मेल खाने राजनीतिक मार्ग अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे।

राप्रपाको प्रतिबद्धता : बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ (भिडियो)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको घोषणापत्र सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध कठोर अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले ‘नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ भन्ने मूल नारासहित राजनीतिक शुद्धीकरणको प्रतिबद्धता व्यक्त गरे।

लिङ्देनले २०४० सालपछि सार्वजनिक पदमा रहेका उच्च पदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गरिने बताए। ‘अवैध सम्पत्ति जफत गर्ने स्पष्ट कानुनी व्यवस्था मिलाइन्छ,’ उनले भने, ‘भ्रष्टाचारका जरा उखेल्न कानुन र कार्यान्वयन दुवै बलियो बनाइन्छ।’

उनले भ्रष्टाचारसम्बन्धी सूचना दिनेलाई संरक्षण र प्रोत्साहन गर्न सूचक संरक्षण ऐन ल्याइने जानकारी दिए। सार्वजनिक पद धारण गर्ने पदाधिकारीलाई कानुनी दायरामा ल्याउन कन्फ्लिक्ट अफ इन्टरेस्ट (स्वार्थको द्वन्द्व) सम्बन्धी कानून जारी गरिने उनको भनाइ थियो।

न्यायपालिकामा देखिएको विकृति र विसङ्गती अन्त्य गर्न पुनर्संरचना र पुनर्नियुक्तिको व्यवस्था गरिने उल्लेख गर्दै लिङ्देनले न्याय प्रणालीको गुमेको विश्वसनीयता पुनर्स्थापना गरिने बताए। ‘न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र र जनविश्वास योग्य बनाइन्छ,’ उनले भने।

राष्ट्रिय सुरक्षालाई मूल ध्येयका रूपमा अघि सार्दै उनले नेपाली सेनाको परम्परागत गौरव अक्षुण्ण राख्दै आवश्यक सुधार गरिने बताए। सेनाको शिप, विकास र दक्षता अभिवृद्धिलाई प्राथमिकता दिइने उनले स्पष्ट पारे।

त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बलराष्ट्रिय अनुसन्धान विभागलाई राजनीतिक हस्तक्षेपमुक्त, सबल र उच्च मनोबलयुक्त संस्थाका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरियो।

परराष्ट्र नीतिबारे बोल्दै लिङ्देनले ‘सबैसँग मित्रता स्वीकार्य, हस्तक्षेप अस्वीकार्य’ भन्ने सिद्धान्त अवलम्बन गरिने बताए। ‘नेपाल प्रथम, नेपाली प्रथम हाम्रो मार्गदर्शक सिद्धान्त हुनेछ,’ उनले जोड दिए।

राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा सुशासन, राष्ट्रियता र संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।

३० कारणले ओलीलाई मत दिनुपर्छ : एमाले

झापा । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत दिनैपर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा क्षेत्र नम्बर–५ को कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षादेखि शिक्षक दरबन्दी मिलानसम्मका विषयहरू समेटेको छ ।

केपी शर्मा ओलीलाई नै भोट किन भन्ने शीर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनुपर्ने उल्लेख गरिएको छ ।

‘देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्दछ,’ अपिलमा भनिएको छ ‘झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरूलाई सम्पन्न गर्नका लागि केपी ओलीलाई मत दिन अपिल गरिन्छ ।’

एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमुलक विकास गर्दै स्वरोजगारको अभिवृद्धिका लागि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ । ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषि क्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकोले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ ।

निर्माणाधिन एसियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र अधुरो हुलाकी सडक सम्पन्न गर्न पनि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ ।

यसैगरी दमकको मुख्य आर्थिक र मानवीय स्रोतको रुपमा रहेको दमक–रवि–चिसापानी सडक निर्माण सम्पन्न गरी जनताको जीवनस्तर उकास्नका लागि पनि अध्यक्ष ओलीलाई निर्वाचित गर्न माग गर्दै एमालेले अपिल जारी गरेको छ ।

‘नेपाल–चीनमैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न ओलीलाई यस क्षेत्रबाट निर्वाचित गर्नुपर्दछ,’ अपिलमा भनिएको छ, ‘दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकीकरण गर्दै स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि ओलीलाई मतदान गर्नुपर्दछ छ ।’

एमालेले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि ओलीलाई मतदान गर्न अनुरोध गरेको छ ।

एमालेका केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार रतुवा, मावा, कमललगायतका खोलाको तटबन्धन कार्य पूरा गर्नका लागि पनि ओलीलाई जिताउन आम मतदातासँग आह्वान गरिएको हो ।

यसैगरी दमक–गौरादह र गौरीगञ्जका सबै स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तारका लागि पनि ओलीलाई मत दिन आह्वान गरिएको कार्कीले बताए ।

‘केपी ओली र झापा ५ एकअर्काका परिपुरक हुन,’ कार्कीले भने, ‘उहाँले गरेका विकास निर्माणका काम, उहाँले प्रत्यक्ष रुपमा चिनेका मतदाता, भूमिगतकालमा बसेका सेल्टरदाताहरूसँगको सामिप्यताले उहाँले चुनाव सहजै जित्नुहुन्छ ।’

कार्कीका अनुसार पार्टीले मतदातालाई अध्यक्ष ओलीलाई स्मरण गराउनका लागि अपिल जारी गरिएको हो ।

‘अपिलमा मुख्यमुख्य विषयहरू समेटिएकाले घरदैलोमा गएका पार्टीका कार्यकर्तालाई पनि मतदातालाई कुरा बुझाउन सजिलो सामग्रीको रुपमा पनि प्रयोग भएको छ,’ कार्कीले भने, ‘यस्तो अपिल परिवार संख्याका आधारमा एउटा वडामा कम्तीमा १५ सय वटा बाँढिन्छन् ।’

भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’

तनहुँ । तनहुँको पहाडी काखमा सुस्ताइरहेको एउटा शहर—बन्दिपुर । यहाँका ढुङ्गा छापिएका गल्लीहरूमा हिँड्दा लाग्छ, समय कतै थामिएको छ । यो केवल एउटा पर्यटकीय गन्तव्य मात्र होइन, यो त एउटा जीवित सङ्ग्रहालय हो, जहाँ नेवारी वास्तुकला र पहाडी शुन्यताले एकअर्कालाई अङ्गालेका छन् । १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेको यो विशेष अवसरमा बन्दिपुरको हावामा एउटा छुट्टै प्रेमिल सुगन्ध छ ।

यहाँको प्रेम केवल जोडीहरूमा मात्र सिमित छैन; यो यहाँका वृद्धवृद्धाको श्रद्धामा, बालबालिकाको मुस्कानमा, कलात्मक झ्यालका बुट्टाहरूमा र पुस्तौनी संस्कारमा पनि झल्किन्छ । परम्परागत हाकुपटासी र दौरा–सुरुवालमा सजिएका यी जोडीलाई हेर्दा लाग्छ, आधुनिक प्रेमले आफ्नो जरा फेरि एकपटक बन्दिपुरको पुरानो बजारमा गाडेको छ । ढुङ्गाको बाटोमा ठोक्किएका पदचापहरूले एउटै लय गुन गुनाइरहेछन् । माया भनेको केवल युवावस्थाको चञ्चलता मात्र कहाँ हो र ? उमेरको उत्तराद्र्धमा पनि हात समातेर थानीमाईको मन्दिरतिर लाग्नु नै त वास्तविक प्रेम हो । जहाँ खुट्टा थकित भएपनि एउटाको साथले अर्कोको यात्रा सहज बनाउँछ ।

बन्दिपुरको टुँडिखेलमा जब मादल र बाँसुरीको धुन गुञ्जिन्छ, तब परम्पराले नृत्य गर्न थाल्छ । यो केवल नाच होइन यो त आफ्नो माटो र संस्कृतिप्रतिको अगाध प्रेमको उत्सव हो । प्रेमका अनेकौँ रङ हुन्छन् । कसैलाई अबिरको रातोले छोप्छ त कसैलाई मुस्कानको उज्यालोले । बन्दिपुरको यो गल्लीमा आज खुशी र सामीप्यताको रङ पोखिएको छ । यी ढुङ्गा छापिएका गल्लीहरू केवल बाटो मात्र होइनन् यी त हजारौँ संवादका साक्षी हुन् । यहाँ गरिने स–साना भलाकुसारीमा एउटा छुट्टै आत्मीयता र भरोसा लुकेको हुन्छ । काठका कलात्मक बार्दलीहरू, जहाँबाट कहिले कसैको बाटो हेरिन्छ त कहिले गाउँको सुनसान साँझलाई महशुस गरिन्छ ।

यो बार्दलीले कति वटा प्रेमका प्रतीक्षा र मिलनलाई देखेको होला ? तलतिर कुहिरोले ढाकेको उपत्यका, माथि चाँदी झैँ टल्कने हिमाल । प्रकृति र मानिसको यो प्रेमिल संगम बन्दिपुरको पहिचान हो । यहाँको हरेक मोडले नयाँ उमङ्गको कथा भन्छ । बालबालिकाको यो निःस्वार्थ मुस्कानमा बन्दिपुरको भविष्य मुस्कुराइरहेको छ । उनीहरूको आँखामा रहेको यो निर्दोष प्रेम नै भोलिको संस्कृतिको आधार हो  न भाषाको पर्खाल, न भूगोलको सीमा । बन्दिपुरको आतिथ्यले अपरिचितलाई पनि आफ्नै बनाइदिन्छ । यहाँ आएका पर्यटक र स्थानीयबीचको यो सद्भाव नै पर्यटनको वास्तविक सौन्दर्य हो । बन्दिपुरका घरका हरेक काठका बुट्टाहरूमा एउटा कलाकारको समर्पण र प्रेम कोरिएको छ । ती कलात्मक झ्यालहरूले केवल हावा मात्र छिराउँदैनन्, इतिहासका कथा पनि सुनाउँछन् ।

जब सूर्य अस्ताउँछ, बन्दिपुर एउटा छुट्टै जादुमयी सुनौलो रङमा रंगिन्छ । यो साँझले बितेका सम्झनाहरूलाई ताजा बनाउँदै नयाँ सपनाको ढोका खोलिदिन्छ । हातका ठेलाहरू र चाउरी परेका गालाहरूमा आफ्नो संस्कार जोगाउने दृढता छ । पुस्तौनी पेसालाई निरन्तरता दिनु पनि त आफ्नो पुर्खाप्रतिको प्रेम हो । टुँडिखेलको खुल्ला चौरमा बसेर घाम ताप्दै गरिने गफगाफले एक्लोपनलाई भगाइदिन्छ । यहाँको सामुदायिक एकता नै बन्दिपुरको बलियो शक्ति हो । एउटै छानोमुनि हाँसखेल गर्ने यो परिवार, जहाँ एकता र सम्मानको जगमा प्रेम अडिएको छ । बन्दिपुरका घरहरू केवल इँटा र माटोले बनेका छैनन्, यी त माया र विश्वासले बनेका छन् । भ्यालेन्टाइन डेको यो विशेष दिनमा पुरानो शहरको आधुनिक रूप । रातो गुलाव र प्रेमका कोसेलीहरूले बन्दिपुरको बजारलाई थप प्रेमिल बनाएका छन् । आखिर प्रेम त सार्वभौम छ, चाहे त्यो हिजोको होस् या आजको । बन्दिपुर केवल एउटा भूगोल होइन, यो त प्रेम महशुस गर्ने एउटा माध्यम हो । यहाँको ढुङ्गा–ढुङ्गामा इतिहास मुस्कुराउँछ र हावामा संस्कृतिको सुवास आउँछ । यो भ्यालेन्टाइन डेमा, हामी केवल व्यक्तिलाई मात्र होइन, हाम्रो परम्परा, प्रकृति र यो सुन्दर धर्तीलाई पनि माया गर्न सिकौँ ।

एमालेको आह्वान : समृद्धिको बाटो, सूर्यमा मत

काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्थायित्व, विकास र समृद्धिको पक्षमा जनमत दिन मतदातासँग अपिल गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा ‘समृद्धिको बाटो, सूर्यमा मत’ भन्ने मूल नारासहित स्थिर र सक्षम सरकार निर्माणका लागि सूर्य चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेको हो ।

लोकप्रियतावादको भ्रमबाट सचेत रहनुपर्ने जनाउँदै एमालेले आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन र राष्ट्रिय स्वाभिमानलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ ।

पार्टीको आम निर्वाचन प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्तिमार्फत शनिबार भनेका छन्, ‘राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लोकप्रियतावादी शक्तिको रूपमा चित्रण गर्दै शाहीले विश्वभरका धेरै र एसियाका पनि धेरै देशले लोकप्रियतावादको गम्भीर समस्या सामना गरेको बताए ।

त्यसैले निकट गम्भीर समस्याबाट देशलाई जोगाउनुसँगै स्थायित्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग रोज्न एमालेलाई स्पष्ट जनमत आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘एमाले सक्षम नेतृत्व र स्पष्ट दृष्टिकोणसहित राष्ट्र निर्माणमा अघि बढ्न तयार छ ।’

विज्ञप्तिमा अस्थिरता र अवसरवादले देशलाई विकासको लक्ष्यबाट विचलित पार्न सक्ने उल्लेख गर्दै मतदातालाई सचेत रहन आग्रह गरिएको छ ।

एमालेले पेशाकर्मी, नागरिक समाज, युवाशक्ति तथा विदेशमा रहेका नेपालीहरूलाई पनि राष्ट्र निर्माणको अभियानमा सहकार्य गर्न आह्वान गरेको छ ।

 

बंगलादेशमा जनताले अराजक नाराभन्दा स्थायित्व र जिम्मेवार नेतृत्व रोजे: सचिव बस्नेत

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं भक्तपुर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले बंगलादेशको हालै सम्पन्न निर्वाचन परिणामले अराजक नाराभन्दा स्थायित्व र जिम्मेवार नेतृत्वलाई जनताले प्राथमिकता दिएको सन्देश दिएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै छिमेकी देशको जनादेशले लोकतन्त्रको परिपक्वता देखाएको उल्लेख गरेका छन्। उनका अनुसार बंगलादेशमा बंगलादेश नेशनल पार्टी (बीएनपी) ले बहुमत सिट जित्दै सरकार निर्माणतर्फ अग्रसर हुनु र नेसनल सिटिजन्स पार्टी लगायत शक्तिहरू पछि पर्नु अर्थपूर्ण राजनीतिक सन्देश हो।

बस्नेतले नव-उदारवादी शक्तिहरूका खोक्रा नारा र अराजक राजनीतिलाई जनताले अस्वीकार गरेको दाबी गरेका छन्। उनले विकास, स्थिरता र राष्ट्रिय हितको पक्षमा उभिने शक्तिलाई जनमत प्राप्त हुनु लोकतान्त्रिक परिपक्वताको संकेत भएको बताएका छन् । ‘आन्दोलन र उत्तेजनाभन्दा नीतिगत स्पष्टता र परिणाममुखी शासन रोज्ने जनताको निर्णय सम्मानयोग्य हुन्छ,’ उनको भनाइ छ।

उनले जनताको मतले फेरि प्रमाणित गरेको उल्लेख गर्दै अराजकताले होइन, उत्तरदायित्वपूर्ण नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्ने धारणा व्यक्त गर्नुभयो। नेपालमा निर्वाचनको पूर्वसन्ध्यामा आएको छिमेकी मुलुकको परिणामले नेपाली मतदातालाई पनि आफ्नो मतको मूल्य, स्थायित्वको आवश्यकता र राष्ट्रहितको प्राथमिकताबारे गम्भीर समीक्षा गर्न प्रेरित गर्ने उनको विश्वास छ।

बस्नेतले अन्तिम निर्णय जनताकै हातमा रहने उल्लेख गर्दै छिमेकी मुलुकको अनुभवले सोच र विश्लेषणमा प्रभाव पार्न सक्ने धारणा व्यक्त गरे।

नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन्।

नेता थापाले विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा बामपन्थी विचार र शक्तिहरुको वर्चश्व रहेको उल्लेख गर्दै नेपाली काँग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको दाबी गरे । उनले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाँडेर बसेको भएपनि त्यसको विपरित साम्यवाद, माक्र्सवाद र समाजले डोहो¥याउने काम भएकाले मुलुकमा बिडम्वनापूर्ण अवस्था आएको जिकिर समेत गरे ।

नेपालको राष्ट्रिय राजनीतिमा मूलतः बामपन्थी विचार र शक्तिहरुकै वर्चश्व रह्यो, मैले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहकको रुपमा लिएको छु,’ उनले भने,’किनभने राजनीति शास्त्रमा समाजलाई पनि लेफट आरेन्टेट पो्लिटिकल आईडियोलोजीको रुपमा लिने गरिन्छ । यो ७० वर्ष लामो बैचारिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादनै हावी रह्यो।’

नेता थापाले मुलुकलाई सही बाटोमा अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्थाको अपरिहार्य आवश्यक्त रहेको समेत बताए ।

महाशिवरात्रीः पशुपतिनाथ र साधुहरूको रहस्यमयी संसार (फोटो फिचर)

काठमाडौं। काठमाडौंको पूर्वी भेगमा अवस्थित पाशुपत क्षेत्र, जहाँ वागमतीको पवित्र जलसँगै आस्थाको अनन्त सागर बग्छ । महाशिवरात्रीको आगमनसँगै यो क्षेत्र एक अलौकिक उर्जाले भरिन्छ ।

भारत र नेपालका कुना–कन्दराबाट आएका हजारौँ साधु, सन्त र नागा बाबाहरूको उपस्थितिले पशुपतिलाई ‘शिवपुरी’ मा परिणत गरिदिन्छ । महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरले नयाँ काँचुली फेर्दैछ । बाँसका खटहरू ठडिँदै छन् । र भक्तजनहरूको लर्को लाग्न थालेको छ । यो केवल ढुङ्गा र माटोको संरचना मात्र होइन यो करोडौँ हिन्दुहरूको आस्थाको केन्द्रबिन्दु हो, जहाँ शिव स्वयं किराँतेश्वर रूपमा विराजमान छन् ।

हिमालयका कन्दराहरूदेखि भारतका अखाडाहरूबाट लामो यात्रा तय गरेर यहाँ आइपुगेका छन् बाबाजीहरु । कसैका जटाहरू भुइँ छुने लामा छन्, त कोही मौन तपस्यामा लिन छन् । सांसारिक मोह त्याग गरेका यी साधुहरूको अनुहारमा एक प्रकारको अनौठो तेज र शान्ति देखिन्छ । शिवरात्रीको अर्को आकर्षण हुन् यी नागा र अघोरी बाबाहरू । गलामा रुद्राक्षका माला, जसलाई शिवको आँशु मानिन्छ । शरीरमा बाघको छालाको ढाँचा भएका बस्त्रहरू ।

यी केवल पहिरन होइनन्, यी शिवको रौद्र र सौम्य रूपका प्रतीक हुन् । उनीहरूको यो विचित्र वेशभूषाले समाजको स्थापित नियमहरू भन्दा परको आध्यात्मिक स्वतन्त्रतालाई झल्काउँछ । शरीरमा घसिएको यो भष्म अर्थात खरानीले जीवनको नश्वरतालाई जनाउँछ— ‘अन्ततः सबै खरानी भएर जानेछ ।’ चिसो रातमा बल्ने यी धुनीहरूले केवल शरीर मात्र तताउँदैनन्, यसले अज्ञानताको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश छर्ने विश्वास गरिन्छ ।

शिवलाई धतुरो र गाँजा प्रिय लाग्छ भन्ने जनविश्वास छ । साधुहरू चिलिमको धुवाँसँगै गहिरो ध्यानमा प्रवेश गर्छन् । उनीहरूका लागि यो नशा होइन, यो शिवसँग एकाकार हुने एक माध्यम हो । जसलाई उनीहरू ‘प्रसाद’ को रूपमा ग्रहण गर्छन् । पशुपतिनाथको यो पावन भूमिमा अहिले मानिस र देवता बीचको दूरी मेटिए जस्तो भान हुन्छ । धुनीको राप, चिलिमको धुवाँ र ‘जय शम्भो’ को जयघोषले वातावरणलाई गुञ्जयमान बनाएको छ ।

देश बनाउन हिडेका बालेनलाई महालेखाको प्रतिवेदनले सोधिरहेको प्रश्न

काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) यतिबेला देश बनाउने नारा लिएर देश दौडाहा गरिरहेका छन् । प्रधानमन्त्री बन्ने आकांक्षासहित एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट उम्मेदवारी दिएका शाहलाई काठमाडौं महानगरमा चाङ लागेका बेथितिले प्रश्न गरिरहेको छ । कार्यकाल सकिन १५ महिना बाँकी छँदै राजिनामा गरेका बालेनको मेयर कार्यकालमा देखिएको बेथिति विपक्षीले लगाएको आरोप मात्रै होइन, स्वयं महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले औंल्याएका कुराहरू हुन् ।

महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको बालेनको कार्यकालको सबैभन्दा ठूलो बेथिति हो बेरूजु । काठमाडौं महानगरपालिका देशभरमै सबैभन्दा धेरै बेरूजु भएको महानगरपालिका बनेको छ ।

महालेखाको ६२ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा २७ अर्ब ५२ करोड ४४ लाख रूपैयाँको लेखा परीक्षण गर्दा ६८ करोड २ लाख रूपैयाँ बेरुजु देखिएको छ। मुलुकका ६ महानगरपालिकामध्ये काठमाडौं सबैभन्दा बढी बेरुजु भएको निकायका रूपमा देखिएको छ।

अन्य महानगरसँग तुलना गर्दा काठमाडौंको अवस्था झनै चिन्ताजनक देखिन्छ। पोखरा महानगरपालिका मा ५० करोड ४३ लाख, वीरगञ्ज महानगरपालिका मा २२ करोड ७५ लाख, भरतपुर महानगरपालिका मा १० करोड २ लाख बेरुजु देखिएको छ। सबैभन्दा राम्रो वित्तीय अनुशासन भने ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिका मा देखिएको छ, जहाँ बेरुजुको प्रतिशत न्यून छ।

महालेखा परिक्षकको कार्यालयले काठमाडौंमा देखेको दोस्रो बेथिति हो- औचित्यहीन खर्च । यसमा पनि काठमाडौं सबैभन्दा अगाडि छ ।

महालेखाको प्रतिवेदनले केही खर्चलाई औचित्यहीन ठहर गर्दै कडा टिप्पणी गरेको छ। जनप्रतिनिधिका लागि निर्माण गरिएको लोगोमा मात्रै ५५ लाखभन्दा बढी खर्च भएको उल्लेख छ। सुन र चाँदी प्रयोग गरी तयार गरिएका १६२ वटा लोगोको लागत प्रतिलोगो झण्डै ३४ हजार रूपैयाँ पुगेको छ। त्यस्तै, चियापान, बैठक तथा अतिथि सत्कारका नाममा एक वर्षमै डेढ करोडभन्दा बढी रकम खर्च गरिएको र त्यसको स्पष्ट अभिलेख नराखिएको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यति मात्रै होइन, चुनावी अभियानमा बालेनले सबैभन्दा धेरै दोहोर्‍याएको सुशासन र पारदर्शिताको प्रश्नमा पनि काठमाडौंमा विभिन्न समस्या देखिएका छन् ।

डिजिटल गभर्नेन्सको दाबी गरिए पनि सूचना प्रविधि क्षेत्रमा समेत कमजोरी देखिएको प्रतिवेदनमा भनिएको छ। स्वीकृत मापदण्डभन्दा फरक सफ्टवेयर प्रयोग गरी राजस्व संकलन गरिएको, आवश्यक ‘सेक्युरिटी अडिट’ नगरी प्रणाली सञ्चालन गरिएको र सेवा स्तर तथा गोपनीयता सम्झौता स्पष्ट नभएको जस्ता विषय उठाइएका छन्। एउटै प्रकृतिको कामका लागि फरकफरक प्रणाली खरिद गरिनुले पारदर्शिता र प्रतिस्पर्धात्मक प्रक्रियामाथि प्रश्न उठाएको हो ।

आर्थिक सहायता वितरणमा पनि स्पष्ट कार्यविधिको अभाव देखिएको छ।

एक आर्थिक वर्षमा १७ करोड र अर्को वर्ष २५ करोडभन्दा बढी रकम विभिन्न व्यक्ति तथा संघसंस्थालाई वितरण गरिएको उल्लेख छ। यसका साथै विदेश भ्रमण खर्चसमेत बेरुजुमा परेको छ। फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभल मा सहभागितासहित विभिन्न भ्रमणमा बालेनको सचिवालयले ५२ लाखभन्दा बढी खर्च प्रक्रियाविपरीत भएको ठहर गरिएको छ।

यस्तै बालेन आफ्नो मेयरको कार्यकालमा बजेट व्यवस्थापनमा पनि चुकेको देखिन्छन् ।

बजेट विनियोजनमा आर्थिक विकास शीर्षकमा केवल २.१४ प्रतिशत रकम छुट्याइएको थियो भने ‘अबण्डा’ शीर्षकमा ३.१४ प्रतिशत अर्थात् ८० करोडभन्दा बढी रकम राखिएको देखिन्छ। ठूलो रकम अबण्डामा राखेर टुक्रे योजनामा वितरण गरिएको विषयलाई महालेखाले असन्तुलित बजेट व्यवस्थापनको रूपमा व्याख्या गरेको छ।

महानगर योजना कार्यान्वयनमा समेत सुस्त देखिएको छ। ४ हजारभन्दा बढी योजनामध्ये ९८८ योजनामा शून्य प्रगति देखिएको छ, जुन कुल योजनाको करिब २३ प्रतिशत हो। यसबाट पुँजीगत खर्च कार्यान्वयनमा कमजोरी देखिनुले विकासको अपेक्षा राखेका नगरवासी निराश भएका छन्।

महालेखको प्रतिवेदन अनुसार महानगरका आम्दानी स्रोतमा पनि लापरबाही देखिन्छ।

काठमाडौं टावर को मासिक भाडा संकलन नभएको र काठमाडौं प्लाजा को भाडा व्यवस्थापनमा असंगति रहेको उल्लेख छ। दरबार क्षेत्रमा संकलन गरिने प्रवेश शुल्कसम्बन्धी सम्झौता कार्यान्वयनमा पनि कमजोरी देखिएको प्रतिवेदनले औंल्याएको छ।

कार्यसम्पादन मूल्यांकनतर्फ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा काठमाडौं महानगरपालिका ६ महानगरमध्ये अन्तिम स्थानमा परेको छ। उसले ४४.९७ अंक मात्र प्राप्त गरेको छ, जबकि अन्य महानगरहरूले तुलनात्मक रूपमा उच्च अंक हासिल गरेका छन्।

यद्यपि महानगरका प्रवक्ता नबिन मानन्धरले देखिएको बेरुजु र कमजोरीलाई व्यक्तिको भन्दा पनि संस्थागत तथा प्रक्रियागत समस्याका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार नियम, समयसीमा र संरचनागत जटिलताका कारण बेरुजु देखिने अवस्था सिर्जना भएको हो, र यसलाई व्यवस्थापन गर्ने प्रक्रिया जारी रहेको छ।

यसरी हेर्दा बालेनले सुशासनको सशक्त नारा उठाए पनि वित्तीय अनुशासन, योजना कार्यान्वयन र सेवा प्रवाहमा उल्लेखनीय चुनौतीहरू सामना गरेको देखिन्छ। अब उनी संघीय राजनीतिमा उक्लिँदै गर्दा काठमाडौं महानगरमा उठेका यी प्रश्नहरूको छायाँ राष्ट्रिय राजनीतिको बहसमा पनि देखिने निश्चित छ।

मौनता बालेनको हतियार हो । उनी जवाफदेहीताको कुरा गर्छन्, तर जब आफूमाथि प्रश्न उठ्छ, उनी मौनता साँध्छन् । महानगरपालिकाको मेयर हुँदाको कार्यसम्पादनमा उठेका यी प्रश्नहरूमाथि उनले त मुख नखोल्लान्, तर नागरिक र मतदाताले भने उनलाई प्रश्न गर्न जरूरी छ ।

अफगानिस्तानको कापिसामा भीषण पहिरो : चारको ज्यान गयो, छ घाइते

काबुल ।अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएको पहिरोले एक आवासीय घरमा क्षति पुर्‍याउँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल फताह फैजले शनिबार यसबारे जानकारी दिएका छन्।

प्रवक्ता अनुसार, प्राकृतिक विपत्ति प्रान्तीय राजधानी महामूद–ए–राकीको बाहिरी क्षेत्र शुखी गाउँमा घटेको हो। घटनास्थलमा उद्धारकर्मीहरूले तत्काल उद्धार कार्य सुरु गरेका थिए। स्थानीयहरूले पहिरोले घरहरू क्षतिग्रस्त भएको र धेरै परिवार प्रभावित भएको बताए । यद्यपि अझै केही घरहरूमा मानवीय क्षति वा अन्य घाइतेको संख्या पुष्टि हुन बाँकी छ।

अफगानिस्तानमा अधिकांश आवासीय घरहरू माटो र अन्य परम्परागत सामग्रीबाट बनेका हुने भएकाले पहिरो, वर्षा र हिउँपातको समयमा यी घरहरू अत्यन्तै असुरक्षित हुन्छन्। प्रायः ग्रामीण क्षेत्रका घरहरू भत्किन वा पुरिनु सामान्य समस्या हो, जसका कारण कहिलेकाहीँ ज्यान र सम्पत्तिमा ठूलो क्षति पुग्छ।

स्थानीय प्रशासन र राहत समूहहरूले प्रभावित परिवारहरूलाई अस्थायी आवास र आवश्यक सहायता प्रदान गरिरहेका छन्। प्रान्तीय अधिकारीहरूले आगामी दिनमा पुनस् जोखिम मूल्याङ्कन गर्ने र पहिरोको सम्भावित जोखिमका बारेमा समुदायलाई सचेत गराउने आश्वासन दिएका छन्।

विशेषज्ञहरूका अनुसार, अफगानिस्तानका पर्वतीय र ग्रामीण क्षेत्रमा वर्षा र हिउँपात बढेसँगै यस्ता प्राकृतिक विपत्तिहरू बारम्बार हुने गर्दछ। यसले स्थानीय प्रशासन र नागरिकलाई सतर्क रहन अनिवार्य बनाएको छ। रासस/सिन्ह्वा

संविधान संशोधन नगरी राष्ट्रिय समस्या समाधान हुँदैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनर्लेखन नगरी राष्ट्रिय समस्याहरूको समाधान नहुने बताएका छन् ।

संविधान संशोधनको एजेन्डा संविधान बनेकै बेलादेखि उठाएको तर सरकारले ध्यान नदिएको गुनासो गरे ।

संघीयताअन्तर्गतको संरचना प्रदेशहरूलाई अधिकार सम्पन्न नबनाउँदा विगतमा प्रदेशहरूले अपेक्षित काम गर्न नसकेको उनले दाबी गरे ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा पहिचान र संघीयता पक्षधर शक्तिलाई मत दिन पनि उनले जनतासँग आग्रह गरे ।

मधेश आन्दोलनका मुख्य नेता यादवले संघीयतालाई बलियो बनाउनेगरिको कानुन निर्माणका लागि जसपा नेपाललाई मत दिनुपर्ने बताए ।

‘रास्वपाका नेताहरूसँग तीन चिज छ’ (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले रास्वपालाई एकपटक दुई तिहाइ बहुमत दिन कालिमाटी तरकारी बजारका मतदाताहरूसँग आग्रह गरेका छन् ।

उनले रास्वपाका नेताहरू इमानदार, लगनशील र क्षमतावान भएको दाबी गर्दै यसपटक मत दिन अपिल गरे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग तीनवटा कुरा छ, इमानदारिता, लगनशीलता र क्षमता,’ उनले भने, ‘यी तीनवटा कुरा भएका कारणले पक्कै पनि यो देश समृद्धितर्फ अघि बढ्ने छ, सुशासन कायम हुने छ । भ्रष्टाचारको अन्त्य हुने छ ।’

उनले व्यापारी र मजदुरहरूको पक्षमा नीति निर्माण गर्नुपर्ने हुनाले रास्वपाले यसपटक दुई तिहाइ ल्याउने प्रयास गरिरहेको बताए ।

उपसभापति अर्याल काठमाडौं–९ बाट उम्मेदवार छन् । उनी यसअघि समानुपातिक सांसद थिए ।

भ्रष्टाचारीहरूलाई जेलमा कोच्न बाँकी छ : विराजभक्त श्रेष्ठ (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं–८ मा उम्मेदवार भएका विराजभक्त श्रेष्ठले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ‘ट्रेलर’ देखिसकेको बताएका छन् ।

आफूप्रति व्यापारी, मजदुर, कृषक र ग्राहकले सद्भाव देखाएको र त्यसलाई ‘ट्रेलर’ भनेका उनले निर्वाचनबाट रास्वपालाई बहुमत मागे ।

उनले बहुमतको सरकार बनाएर भ्रष्टाचारीहरूलाई जेलमा कोच्ने चेतावनी दिए ।

‘अस्तिको पाली २१ जना मात्रै हुँदाखेरी भ्रष्टाचारका कुराहरूलाई सतहमा ल्याएका थियौँ,’ उनले भने, ‘यो पाली बहुमतको सरकार ल्याएर भ्रष्टाचारीहरूलाई जेलमा कोच्न बाँकी छ ।’

सुशासन कायम गर्नुछ भनेका उनले व्यापारी, उद्योगी, कृषक सबैलाई सम्बोधन हुनेगरी नीतिगत व्यवस्था गर्ने पनि बताए ।

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातालाई आह्वान गरेका छन् ।विभागले शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने भएकोले यसप्रति गम्भीर गर्न आग्रह गरेका हुन् ।

उनका अनुसार राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने गरेको छ । यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने उनको भनाई छ । उनले सबै मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरे । लोकप्रियतावादको प्रभाव विश्वका धेरै देश तथा दक्षिण एशियाका केही राष्ट्रहरूमा देखिएको उल्लेख गर्दै उनले नेपालमा दीर्घकालीन स्थायित्व र विकासको मार्ग रोज्नुपर्नेमा जोड दिए ।

‘देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने यथार्थप्रति हामी गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौं,राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ,’ उनले भने, ‘नेकपा (एमाले) नेपालका आम जनता, आमाबुबा, दाजुभाई, दिदीबहिनी, युवा वर्ग, किशोरकिशोरी सबै मतदाता समक्ष लोकप्रियतावादको भ्रमबाट सचेत रहँदै विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकारको प्रयोग नेकपा (एमाले) को सूर्य चिन्हमा प्रदान गर्न अनुरोध गर्दछौँ ।’

एमालेले ‘समृद्धिको बाटो, सूर्यमा मत’ नारासहित समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य अघि सारेको छ । स्वाधीन, समुन्नत र समाजवादउन्मुख अर्थतन्त्रको आधारमा समान अवसरयुक्त, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने पार्टीको उद्देश्य रहेको उनले बताए। एमालेले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारीका अवसर, सुरक्षित आवास तथा सम्मानित जीवनस्तर सुनिश्चित गर्दै उच्च आयस्तरको विकसित राष्ट्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

तिब्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता तथा राष्ट्रिय स्वाभिमान सुदृढीकरणमार्फत दीर्घकालीन समृद्धि हासिल गर्न आफ्नो नेतृत्व सक्षम रहेको दाबी पनि एमालेको छ ।

बंगलादेशका नयाँ प्रधानमन्त्री तारिक रहमानका चार चुनौति

१७ वर्ष निर्वासनमा बिताएपछि तारिक रहमान डिसेम्बरको अन्त्यमा बंगलादेश फर्किएका थिए। देश फर्किएको दुई महिना पनि नबित्दै उनी प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

बिहीबार भएको निर्वाचनमा उनको पार्टी बंगलादेश नेसनल पार्टी(बिएनपी)ले दुई तिहाइ बहुमत पाएको छ । ३०० सदस्यीय संसदमा बिएनपीले दुई सय १२ सिट जितेको छ । २०२४को अगस्टमा आन्दोलनपछि बर्खास्त भएकी तत्कालीन प्रधामन्त्री शेख हसिनाको पार्टी अवामी लिगको सहभागीतालाई निषेध गरिएको यो निर्वाचनमा इस्लामिक कट्टरपन्थी जमात-ए-इस्लामीले ६८ र आन्दोलनकारी युवाहरूको पार्टी राष्ट्रिय नागरिक पार्टी (एनसिपी)ले ६ सिट जितेको छ ।

पूर्वप्रधामन्त्री खालिदा जियाका पुत्र रहमानले निर्वाचन अघि दक्षिण एसियाको दोस्रो ठूलो अर्थतन्त्रलाई पुनर्जीवित गर्ने र सामाजिक विभाजनमा मल्हम लगाउने योजना प्रस्तुत गरेका थिए। पहिलो प्राथमिकता के हुनेछ भन्ने टाइम म्यागेजिनको प्रश्नमा रहमानले भनेका थिए, ‘कानूनी शासन सुनिश्चित गर्नु। दोस्रो, आर्थिक अनुशासन पुनर्स्थापित गर्नु। तेस्रो, देशलाई एकताबद्ध गर्ने प्रयास गर्नु। हामीसँग जे–जस्ता राजनीतिक कार्यक्रम वा नीतिहरू भए पनि देशलाई एकताबद्ध गर्न सकेनौँ भने अघि बढाउन सम्भव हुँदैन।’

टाइम म्यागेजिनसँग उनको अन्तर्वार्ताका पाँच प्रमुख निष्कर्ष यस्ता छन्:

घाउमा मल्हम लगाउनु

हसिनालाई सत्ताबाट वेदखल गरको जुलाई २०२४ को क्रान्तिमा करिब १,४०० मानिसको मृत्यु भएको थियो। यसका साथै उनको १५ वर्ष लामो हसिनाको शासनकालमा करिब ३,५०० जनालाई गैरन्यायिक रूपमा बेपत्ता पारिएको थियो। ती घाउहरू अझै पनि अत्यन्त ताजा छन् । रहमानले हसिनाको अवामी लिग पार्टीद्वारा पूर्ण रूपमा राजनीतिकरण गरिएका सेना, अदालत, निजामती सेवा र सुरक्षा निकाय लगायतका संस्थाहरूप्रति विश्वास पुनर्निर्माण गर्नुपर्नेछ।

२००१ मा बीएनपी नेतृत्वको गठबन्धनले अन्तिम पटक सत्ता सम्हाल्दा अवामी लिग र धार्मिक अल्पसंख्यकहरूलाई लक्षित हिंसा चाँडै भड्किएको थियो। १७ करोड ५० लाख जनसंख्या भएको राष्ट्रमा फर्किएयता एकताको सन्देश दिँदै र प्रतिशोध नगर्ने प्रतिज्ञा गर्दै आएका रहमानले शान्ति कायम राख्न निरन्तर प्रयास गर्नुपर्नेछ।

‘प्रतिशोधले केही पनि फर्काएर ल्याउँदैन,’ उनी भन्छन्, ‘बरु, यदि हामी यसलाई नियन्त्रण गर्न सक्छौँ, सबैलाई एकताबद्ध राख्न सक्छौँ, देशलाई एकजुट राख्न सक्छौँ भने त्यसबाट केही राम्रो प्राप्त हुन सक्छ।’

अर्थतन्त्रमा सुधार

हसिनाको पछिल्लो कार्यकालमा बंगलादेश एसिया–प्रशान्त क्षेत्रको सबैभन्दा तीव्र गतिमा बढ्दो अर्थतन्त्र बनेको थियो। सन् २००६ मा ७१ अर्ब डलर रहेको जीडीपी सन् २०२२ सम्म ४६० अर्ब डलर पुगेको थियो। तर, बढ्दो महँगी, असमानता र युवाहरूको बेरोजगारीका कारण उनको अवामी लिगप्रति असन्तोष बढ्यो, जसलाई बिहीबारको निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो।

हसिनाको पदच्युति पछि पनि बंगलादेशका समस्या खासै सुधारिएका छैनन्। उच्च मुद्रास्फीति र कमजोर टाका मुद्राले सामान्य परिवारहरूको वास्तविक आम्दानी घटाइरहेको छ। प्रत्येक वर्ष करिब २० लाख युवा श्रम बजारमा प्रवेश गर्छन्, जबकि युवाहरूको बेरोजगारी दर पहिले नै १३.५ प्रतिशत छ। घट्दो विदेशी मुद्रा सञ्चितिका कारण आयातमा लगाइएका प्रतिबन्धहरूले ऊर्जा आपूर्ति र महत्त्वपूर्ण उत्पादन उद्योगलाई कमजोर बनाइरहेका छन्।

४ करोडभन्दा बढी बंगलादेशीहरू चरम गरिबीमा बाँचिरहेका छन्। यसका लागि बीएनपीको प्रमुख नीतिमध्ये एक “फ्यामिली कार्ड” मार्फत महिलाहरू र बेरोजगारहरूलाई मासिक नगद सहायता प्रदान गर्ने योजना हो । तर यो महत्वकांक्षी योजनाका लागि स्रोत के हो भन्ने प्रश्न बाँकी नै छ।

रहमानले डिजिटल अर्थतन्त्रलाई अंगाल्न युवा उद्यमीहरूको सम्भावना उजागर गर्न सम्पर्क सञ्जाल विस्तार गर्न चाहन्छन्, साथै बैंकिङ क्षेत्रलाई उदारीकरण गरी उनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा राम्रो पहुँच दिन चाहन्छन्। साथै, विदेशमा श्रम गरिरहेका करिब १० लाख बंगलादेशी आप्रवासी कामदारहरूको सीप अभिवृद्धि गरेर उनीहरूलाई राम्रो पारिश्रमिक पाउने रोजगारी खोज्न सक्षम बनाउने योजना पनि उनको छ। “हामी उनीहरूलाई भाषा र आवश्यक अन्य सीपमा तालिम दिन सक्छौँ,” उनी भन्छन्।

भारत र अमेरिकासँग सम्बन्ध पुनर्स्थापना

निर्यातमा निर्भर बंगलादेशका लागि क्षेत्रीय महाशक्ति भारत र बंगलादेशी वस्तुहरूको प्रमुख खरिदकर्ता अमेरिका दुवैसँग सम्बन्ध सुधार गर्नु प्राथमिकतामा पर्नेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मानिएकी हसिनालाई सत्ताबाट हटाइएपछि नयाँ दिल्लीसँगको सम्बन्ध बिग्रिएको छ। सम्बन्ध कति तिक्त बनेको छ भने जनवरीमा बंगलादेशका स्टार क्रिकेटर मुस्ताफिजुर रहमानको इन्डियन प्रिमियर लिग सम्झौता अचानक रद्द गरियो । प्रतिशोधस्वरूप ढाकाले उक्त लिगको प्रसारणमा प्रतिबन्ध लगायो। अहिले भारत र श्रीलंकामा भइरहेको टी-२० विश्वकपबाट पनि बंगलादेश बाहिरिएको छ । भारतमा क्रिकेट नखेल्ने बंगलादशको शर्त आइसीसीले अस्वीकार गरेपछि बंगलादेश प्रतियोगितामा नै सहभागी नभएको हो ।

तै पनि, भारत व्यावहारिक रूपमा बीएनपीसँग सहकार्य गर्न तयार रहेको संकेतहरू पनि देखिएका छन्। रहमानले डिसेम्बरको अन्त्यमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेका थिए। टिस्टा नदीसम्बन्धी विवादजस्ता धेरै असहमतिका विषयहरू अझै बाँकी छन्, जहाँ बीएनपीले ‘पानीको उचित हिस्सा दाबी गर्न’ सन् १९९७ को संयुक्त राष्ट्रसंघीय जल महासन्धिमा हस्ताक्षर गर्ने अभियान चलाएको छ।

रहमानका अनुसार हसिनाको कार्यकालमा भारत र बंगलादेशबीच भएका धेरै सन्धिहरू ‘असन्तुलित’ छ, जसलाई द्विपक्षीय सम्बन्ध ठीकसँग पुनर्स्थापित गर्न सच्याउन आवश्यक छ। ‘पक्कै पनि हामी छिमेकी हौँ,’ रहमान भन्छन्, ‘बंगलादेशको हित, हाम्रो जनताको हितको रक्षा पहिले आउँछ, त्यसपछि मात्र हामी सम्बन्धलाई अगाडि बढाउने प्रयास गर्नेछौँ।’

ट्रम्प प्रशासनले पनि अन्तरिम सरकारको आलोचना गरेको छ, जसका नेता नोबेल पुरस्कार विजेता मोहम्मद युनुस हिलारी क्लिन्टनका निकट मित्र मानिन्छन्। ट्रम्पले सुरुमा बंगलादेशमाथि ३७ प्रतिशत ‘पारस्परिक’ भन्सार शुल्क लगाएका थिए, तर ढाकाले वार्तामार्फत त्यसलाई २० प्रतिशतमा झार्न सफल भयो र यसै साता फेरि १९ प्रतिशतमा घटायो, बदला स्वरूप बंगलादेशले अमेरिकी वस्तुहरूको व्यापक दायराका लागि आफ्नो बजार खोल्ने सहमति जनायो। साथै, अमेरिकी कपास र कृत्रिम वस्त्र प्रयोग गरेर उत्पादन गरिएका केही लुगा तथा कपडा सामग्रीहरू अमेरिकामा भन्सारमुक्त प्रवेश गर्न पाउनेछन्।

यो प्रगति भए पनि रहमानले व्यापार घाटा घटाएर थप भन्सार छुट पाउन चाहेका छन्—सम्भवतः बोइङ विमान र अमेरिकी ऊर्जा पूर्वाधार खरिद गरेर। ‘हामी एकअर्कालाई सहयोग गर्न सक्छौँ,’ ट्रम्पबारे रहमानले भने।

इस्लामिक कट्टरपन्थको  व्यवस्थापन

बीएनपी बाहेक बिहीबारको निर्वाचनको अर्को मुख्य लाभार्थी बंगलादेशको प्रमुख इस्लामवादी पार्टी जमात–ए–इस्लामी हो । हसिना कार्यकालको प्रतिबन्ध हटाइएको यो पार्टी दोस्रो ठूलो पार्टी भएको छ ।

जमातको पार्टी विधानमा शरियत कानुन लागू गर्ने लक्ष्य भए पनि यसले आफ्नो कट्टर वक्तव्यलाई नरम बनाउँदै सामाजिक कल्याणमा ध्यान केन्द्रित गरेको र आफूलाई फासीवाद विरोधी पार्टीका रूपमा रिब्रान्डिङ गरेको छ। तर, पार्टीका नेता शफिकुर रहमानका वैवाहिक बलात्कारको अस्तित्व नै अस्वीकार गर्ने जस्ता महिलाविरोधी टिप्पणीहरूले अधिकारकर्मीहरूलाई चिन्तित बनाएको छ।

बीएनपीले स्पष्ट बहुमत जितेको देखिएकाले इस्लामवादीहरूको प्रभाव सीमित हुनेछ। तर जमात आगामी दिनहरूमा पनि देशको महत्त्वपूर्ण शक्ति रहनेछ । रहमान भन्छन्, साझा हिततर्फ सबै दलहरूले सहकार्य गर्नु आवश्यक छ।

‘यो केवल बीएनपीको मात्र जिम्मेवारी होइन, तर देशका सबै लोकतन्त्रमा विश्वास गर्ने र जनताको मताधिकारमा विश्वास गर्ने राजनीतिक दलहरूको पनि हो,’ रहमान भन्छन्, ‘हामीले मिलेर काम गर्नुपर्छ र एकताबद्ध हुनुपर्छ, ताकि हामी ५ अगस्ट अघिको अवस्थामा फर्किन नपरोस्। हामीले अगाडि बढ्नुपर्छ ताकि जनताले आफ्ना राजनीतिक अधिकार पाउन सकून्।’

( मत परिणाम घोषणा हुनुअघि टाइम म्यागेजिनले प्रकाशित गरेको सामग्रीमा आधारित)

‘चुपचाप, घण्टीमा छाप’ षड्यन्त्रकारी नारा हो : महेश बस्नेत (भिडियो)

काठमाडौं । नेकपा एमाले सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन्द्र शाह (बालेन)ले प्रमुख छँदा तीन वर्षसम्म काठमाडौं महानगरमा उल्लेखनीय केही नगरेको बताएका छन् ।

त्यही भएर चुपचाप घण्टीमा छाप भनेको बताए । उक्त नारा षड्यन्त्रकारी नारा भएको पनि बस्नेत बताउँछन् ।

‘जिम्मेवारी पाएको ठाउँमा राम्रो काम गरेको हुनुपर्‍यो नि । महानगरमा तीन वर्षमा के काम गरे त बालेनले ? त्यही भएर चुपचाप घण्टीमा चाप, यो षड्यन्त्रकारी नारा होइन ?,’ उनले भने ।

रास्वपा सभापति रवि लामिछानेले रुपन्देही पुगेर हालै दल नबदल्न तर मत बदल्न मतदातालाई आग्रह गरेको प्रति बस्नेतले कटाक्ष गरे । लामिछानको उक्त आग्रह असैद्धान्तिक र अवसरवादी नारा भएको बताए ।

‘पार्टी नबदल रे, भोट बदल अरे नारा । कति असैद्धान्तिक ? कति गैरजिम्मेवार नारा छ ?’, उनले भने, ‘पैसा जसले दिन्छ खानुहोस् अरे, भोट चाहिँ यता हाल्नुहोस् अरे, कति अवसरवादी नारा छ ?’

उनले रविले आफूजस्तै नारा लगाएको भन्दै व्यङ्ग्य गरे ।

मुलुकको राजनीतिक निकासका लागि संविधान संशोधन अपरिहार्यः उपेन्द्र यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य भएको बताएका छन् । शुक्रवार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान संविधान पुनरावलोकन नगरेसम्म संघीयता सुदृढ हुन नसक्ने दाबी गरे। उनले प्रदेश र स्थानीय तहका अधिकार संकुचित गरिएकाले संघीय संरचना कमजोर बनेको उल्लेख गरे । संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहका अधिकारहरुको सूची समेत अधुरो, अपुरो र कतिपय अवस्थामा विरोधाभासपूर्ण रहेको अध्यक्ष यादवको भनाइ छ । उनले प्रदेशहरूको पुनःसंरचना आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको रहेको उल्लेख गर्दै मुलुकका सबै क्षेत्रमा अझै समावेशी सहभागिता सुनिश्चित हुन नसकेको बताए।

‘संविधान संशोधनको आवश्यकता हामी संविधान बनेदेखि नै उठाउँदै आएका छौँ, वर्तमान राजनीतिक समस्याहरुको समाधानको लागि वर्तमान संविधान पुनरावलोकन गर्न आवश्यक छ,’ उनले भने, ‘प्रदेश र स्थानीय तहहरुका अधिकारहरु एकदमै संकुचि तएको कारण संघीयता कमजोर भएको छ । क्षेत्राधिकारको सूची पनि अधुरो, अपुरो र विरोधाभास रहेको छ । पाएको अधिकार पनि प्रदेशहरुले प्रयोग गर्न पाएको छैन ।’

उहाँले संघीय शासन प्रणाली लागू भए पनि न्याय प्रणाली अझै केन्द्रिकृत र एकात्मक ढाँचामा सिमित रहेको कारण प्रदेश र स्थानीय तह अधिकारविहीन बन्न पुगेको तर्क गर्दै यी सबै समस्याको समाधान गर्न संविधान संशोधन गर्न जरुरी रहेको पनि बताउनु भयो ।

‘ऋषि धमला प्रधानमन्त्री बन्न होइन, देश बनाउन राजनीतिमा आएको हो’ (भिडियो)

काठमाडौं ।आम जनता पार्टी (आजपा)बाट रौतहट–४ मा उम्मेदवार बनेका पूर्वपत्रकार ऋषि धमलाले प्रधानमन्त्री बन्न नभई देश बदल्न राजनीतिमा आएको बताएका छन् । पटकपटक आफूलाई मन्त्री बन्न प्रस्ताव आएको तर अस्वीकार गरेको पनि उनले दाबी गरे ।

पछिल्लोपटक प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई मन्त्री बन्न भनेको र विगतमा गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई काठमाडौंको नयाँ बजारमा गएर ऋषिलाई मन्त्री बनाउनु भनिए पनि आफूले स्वीकार नगरेको सुनाए ।

उनले आफू पदका लागि नभई देश बनाउने लक्ष्यले राजनीतिमा आएको उनको भनाइ छ । मधेशबाट दाइजो प्रथा अन्त्य गर्ने र महिलाहरूलाई न्याय दिलाउने पनि बताए ।

निर्वाचनको समयमा राष्ट्रिय सभाले देशको अभिभावकीय भुमिका निर्वाह गर्‍यो: अध्यक्ष दाहाल

काठमाडाैं । संघीय संसद राष्ट्रिय सभाको १९ औं अधिवेशन ऐतिहासिक उपलब्धिहरूका साथ समापन भएको छ । बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यो अधिवेशन समयका हिसावले छोटो भएपनि कामको हिसाबले निकै महत्वपूर्ण र भविष्यमा गर्व गर्न सकिने रहेको बताए।

अध्यक्ष दाहालले प्रतिनिधि सभा निर्वाचनको संघारमा देशभर चुनावी माहोल बनिरहेको अवस्थामा राष्ट्रिय सभाले अभिभावकीय भुमिका निर्वाह गरेको उल्लेख गरे ।

यस अधिवेशन अवधिमा राष्ट्रिय सभाले महत्वपूर्ण विधेयकहरू पारित गरेको छ । पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधि सभामा पठाइएको छ । यस्तै अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइएको छ । यसैगरी मतदाता नामावली ऐन (संशोधन), प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशहरू सभाबाट सर्वसम्मत स्वीकृत भएका छन् । सरकारले भने सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिएको छ ।

२७ दिन चालु रहेको यो अधिवेशनमा कुल ९ वटा बैठकहरू बसेका थिए । कुल १७ घण्टा २५ मिनेट समय सभाको काममा व्यतित भएको छ । यस अवधिमा २९ जना सदस्यहरूले शून्य समयमा ४८ मिनेट र १५ जना माननीय सदस्यहरूले विशेष समयमा ३ घण्टा ३९ मिनेट समय उपयोग गरेका थिए।

भोट दिनु छोरी दिनुभन्दा ठूलो कुरा हो, हजारपटक सोचेर भोट दिनुहोस् : राजेन्द्र लिङ्देन (भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हजार पटक सोचेर मात्रै मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका छन् ।

उनले मत दिनु छोरी दिनुभन्दा ठूलो कुरा भएको बताए । उनले छोरी दिनुअघि धेरैपटक विचार गर्ने गरेको बताए ।

‘भोट दिने कुरा त छोरी दिने भन्दा ठूलो कुरा हो । छोरी दिन हामी कतिचोटी विचार गर्छौँ ? एउटा कुटुम्ब आउने बित्तिकै छोरी दिन्छौँ त ?’ उनले भने, ‘तपाईंहरूलाई भन्छु, मत दिनुअघि हजारपटक सोच्नहोस् ।’

यो देश धर्मनिरपेक्ष बन्नुमा नेताको मात्रै दोष नभएको भन्दै मतदाताहरू पनि जिम्मेवार रहेको उनको भनाइ छ । मतदाताले मत नदिए देश धर्म निरपेक्ष नहुने दाबी गरे ।

‘यो देशलाई धर्म निरपेक्ष बनाउनुमा, यो देशलाई संविधानमै धर्म निरपेक्ष शब्द घुसाउनुमा नेताको मात्रै दोष छैन । त्यो नेतालाई भोट दिने हाम्रो हातको पनि दोष छ,’ उनले भने, ‘धर्म निरपेक्ष राष्ट्र बनाउँछु भनेर घोषणापत्रमा लेखेर हिँड्नेहरूलाई भोट नदिएको भए देश धर्म निरपेक्ष हुँदैन थियो ।’

नेपाल धर्म निरपेक्ष हुनुमा जन्मकर्मसँगै धर्मको महलमा हिन्दु लेख्नेहरूको पनि गल्ती भएको बताए ।

कांग्रेसले आइतबार चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनका लागि पार्टीको घोषणापत्र आइतबार सार्वजनिक गर्ने भएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबार घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका हुन् । कांग्रेसले घोषणा पत्रलाई ‘प्रतिज्ञा पत्र’ नाम दिएको छ ।

जेनजी विद्रोहको बलमा विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गरेको कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि बढाएको छ ।

 

 

May be an image of ‎text that says "‎नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृद्िकसाचकानतितपुर, नेपाल जैपान នាស់ फागुन 9, ನెಂದ್ಧೆ प्रतिनिधि सभा सदस्य निर्वाचन २०६२ प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम संवत् २०5२ फागून 9٩ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०5२ का लागि नेपाली कांग्रेसको प्रतिज्ञा पत्र देहायको मिति, समय स्थानमा सार्वजनिक गरिने कार्यक्रम रहेको व्यहोरा यसै विज्ञप्ति मार्फत् जानकारी गराइन्छ प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम मिति ၃၀၄၃ फागुन गत समय दिउँसो R:00 बजे स्थान नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन बी.पी. नगर, ललितपुर م देवराज चालिसे प्रवक्ता एवं संयोजक- केन्द्रीय प्रचार प्रसार समिति टैलिफोन: (ဖ/3-9) 뇌을드콩우트원 보다드콩다해산 보9드로산육넛, फुयाक्स (९७७-৭) 보후도세오독록 E-mail: l:info@nepalicongress.org, Website :www.nepalicongress.org‎"‎

प्रभु साहको प्रश्न : जेन–जी विद्रोहपछि रवि जेलबाट निस्किए, अरु उपलब्धि के भयो ? (भिडियो)

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले जेन–जी विद्रोहपछि रास्वपा सभापति रवि लामिछाने जेलबाट निस्केको बाहेक केही उपलब्धि नभएको बताएका छन् ।

वास्तविक जेन–जीहरू अहिले पनि आन्दोलनमै रहेको भन्दै उनले रवि जेलबाट निस्केको बाहेक उपलब्धि केही नभएको साहले बताएका हुन् ।

उनले रवि र बालेन्द्र शाह (बालेन)लाई रावणको रूपमा चित्रण गर्दै उनीहरू जोगीको भेषमा आएर र उनीहरूलाई मतदाताले चिन्नुपर्ने बताए ।

‘रावणहरूले जोगीको ड्रेस लगाएर मान्छेलाई भ्रमित गरिहेका छन् । त्यो नयाँ युग र युवाहरूले चिन्नुपर्छ,’ उनले सोधे, ‘जेन–जी आन्दोलनबाट के प्राप्त भयो ? रवि लामिछाने जेलबाट मुक्त हुनुभयो । आन्दोलनका आह्वानकर्ता ओर्जिनल जेन–जीहरू अहिले पनि आन्दोलनमै हुनुहुन्छ, अग्रभागमा लड्नेहरू अहिले जेलमा छन् ।’

उनले भ्रष्टाचारी र हत्याराहरूले माफी पाएको भन्दै गम्भीर असन्तोष प्रकट गरे ।

तर, आन्दोलनमा देखा नपर्ने, जिम्मा पनि लिन नपर्ने, आन्दोलन मेरो हो भन्न पनि नपर्ने तर आन्दोलनको कमान्डर भन्न पनि नछोड्ने र आन्दोलनबाट सत्ता स्वार्थको खेल भएको भन्दै बालेनको आलोचना गरे ।

 

टी-२० विश्वकप: जिम्बावेसँग अष्ट्रेलिया पराजित

काठमाडौं । टी-२० विश्वकपमा जिम्बावेले अप्रत्याशित नतिजा निकाल्दै अष्ट्रेलियालाई पराजित गरेको छ ।

श्रीलंकाको कोलम्बोमा भएको खेलमा जिम्बावे २३ रनले विजयी भएको हो । शुक्रबार बिहान अष्ट्रेलियाले टस जितेर जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो । जिम्बावेले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १६९ रन बनायो ।

जिम्बावेका ओपनर ब्रेन बेन्नेटले अविजित रहँदै ६५ रन बनाए भने तादिवानाशे मारुमानी र र्‍यान बर्लले ३५-३५ रन बनाए । अविजित रहेका सिकन्दर राजाले २५ रनको योगदान गरे ।

१७० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलिया खेल सकिन ३ बल बाँकी छँदा १४६ रन बनाउँदा अलआउट भयो । म्याट रेनशले ६५ र ग्लेन म्याक्सवेलले ३१ रनको पारी खेल पनि अन्य ब्याटर चल्न सकेनन् । ट्राभिस हेडले १७ रन बनाउनु बाहेक कुनै पनि ब्यारले दोहोरो अंक जोड्न सकेनन् । क्यामरून ग्रीन, टिम डेभिड र म्याथ्युक खुनेमनले खाता पनि खोल्न सकेनन् ।

अष्ट्रेलिया सन् २०२१को टी-२० विश्वकप विजेता हो भने उसले ६ पटक एकदिवसीय विश्वपक जितेको छ ।

 

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे (भिडियो)

काठमाडौं । पूर्व Continue reading “पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे (भिडियो)”

रविको पनि वाचा : गुल्मेली जनताले सागर ढकाल र गोविन्द पन्थीलाई जिताए गुल्मी जाने (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले निर्वाचन जिते सम्बन्धित जिल्लामा सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई ल्याउने वाचा गर्छन् ।

यस्तो वाचा गर्नेहरू पार्टी उपसभापतिसमेत रहेका काठमाडौं–९ का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी), चितवन–३ कि उम्मेदवार सोविता गौतमदेखि समानुपातिक उम्मेदवार रीमा विश्वकर्मासम्म छन् ।

लामिछाने र शाहलाई चुनाव क्षेत्रमा ल्याउने वाचा गरेको प्रसङ्गलाई लिएर आलोचकहरू भने खिसी गर्छन् । हुन पनि चुनावमा उम्मेदवारहरूले मतदातासँग जनसरोकारका मुद्दा सम्बोधन गर्ने वाचा गर्छन् । तर, रास्वपा उम्मेदवारहरू भने नेता ल्याउने वाचा गर्छन् ।

यही मेसोमा शुक्रबार सभापति लामिछानेलाई एक जनाले सोधे, ‘सागर ढकाल र गोविन्दजीलाई जिताएर पठायौँ भने ६/६ महिनामा गुल्मी आउने वाचा तपाईंले पनि गर्न सक्नुहुन्छ ?’

लामिछानेले जवाफ दिए, ‘त्यति ढिला गर्ने ?’

गुल्मी–१ मा रास्वपाका सागर ढकाल र गुल्मी – २ मा गोविन्द पन्थी उम्मेदवार छन् । दुवैलाई गुल्मेली जनताले निर्वाचित गरे छिट्टै गुल्मी जाने लामिछानेले बताएका हुन् ।

उनले गुल्मेली जनताले इतिहासमै पहिलोपटक राम्रा उम्मेदवार पाएको भन्दै ढकाल र पन्थीको प्रशंसा गरे । रविले प्रशंसा गर्दा ढकाल भने घरिघरी हाँसेको देदेखिन्थे ।

 

दुर्गा प्रसाईं समूहले निर्वाचन बिथोल्नेमा प्रधानमन्त्री कार्की चिन्तित (भिडियो)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईं र अन्य केही समूहले निर्वाचन बिथोल्न सक्ने भन्दै चिन्ता प्रकट गरेकी छिन् ।

हिमाली जिल्ला सोलुखुम्बुपछि भोजपुरको भ्रमणपछि मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूको कुराकानी गरेकी प्रधानमन्त्री कार्कीले प्रसाईंसँगै केही समूह शान्तिपूर्ण निर्वाचनको बाधक बन्न सक्ने बताउकी हुन् ।

उनले भनिन्, ‘दुर्गा प्रसाईंजी पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आन्दोलन गर्दै भन्नुहुन्छ । अरु अरु नाम मैले यहाँ टिप्न भ्याइनँ । उहाँहरूले देखाउनु भएको थियो । यस्ता ग्रपहरू त छ, तिनीहरू डिस्टर्ब गर्छन् कि भन्ने प्रोब्लम छ । समस्या छ तर तपाईंहरूको तयारी प्रशंसनीय छ ।’

निर्वाचनमा केही न केही त्रुटि भने देखा पर्न सक्ने उनले बताइन् । शुक्रबार मात्रै उलने ताप्लेजुङको पाथीभरा पुगेर शान्तिपूर्ण निर्वाचनको कामना गरेकी छन् ।

पाथीभराको दर्शनपछि प्रधानमन्त्रीको कामना- ‘निर्वाचन शान्तिपूर्ण होस्’

काठमाडौं । पूर्वको प्रशिद्ध धार्मिक केन्द्र ताप्लेजुङको पाथीभरा मन्दिर पुगेर प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण निर्वाचनको कामना गरेकी छन् ।

स्थानीय लिम्बू समुदायले मुकुम्लुङसमेत भनिने पाथीभरा मन्दिरको दर्शन र पूजाआजापछि उनले आगामी २१ फागुनको निर्वाचन शान्तिपूर्ण सम्पन्न होस् भन्ने कामना गरिन् ।

दर्शनपछि कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट शुरूवात । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु ।’

हिमाली जिल्लाहरूको अनुगमनको क्रममा रहेकी प्रधानमन्त्री कार्की सोलुखुम्बुबाट ताप्लेजुङ पुगेकी हुन् ।

उनले त्यहाँका प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत र सुरक्षा निकायसँगै दलका प्रमुखहरूसँग निर्वाचन तयारीबारे आजै जानकारी लिने भएकी छन् ।

२१ फागुनमा हिमाली जिल्लाहरूमा निर्वाचन नहुने हो कि भन्ने संशय छँदा प्रधानमन्त्री कार्की ती जिल्लाहरूको स्थलगत अवलोकनमा निस्किएकी हुन् ।

४ दिनमा बदलिएको समय, विश्व क्रिकेटको चर्चाको केन्द्रमा इटाली

काठमाडौं । गत ८ फेब्रुअरीमा इंग्ल्याण्डसँग ४ रनले पराजित भएपछी नेपालले विश्व क्रिकेटको ध्यान तान्न सफल भएको थियो।  तर ४ दिन नबित्दै नेपालले पाएको उक्त चर्चा आज इटालीले नेपालबाट खोसेर लिएको छ। 

विश्वकपको प्रारम्भिक चरणमै नेपालमाथि सनसनीपूर्ण जित निकाल्दै इटाली अहिले विश्व क्रिकेटको मुख्य चर्चाको केन्द्र बनिरहेको छ । समूह चरणको खेलमा इटालीले नेपाललाई जम्मा १२ दशमलव ४ ओभरमै १ सय २४ रनको लक्ष्य पछ्याएर नयाँ किर्तीमानी बनायो ।

इटालीले गत जुलाईमा पहिलोपटक टी-२० विश्वकपको क्वालिफायर खेलेको हो। अनुभवी स्कटल्याण्डविरुद्ध अप्रत्याशित जित निकाल्दै उसले आफ्नो विश्वकप यात्रा सुनिश्चित गर्यो। त्यही स्कटल्याण्डसंग इटालीले ९ फेब्रुअरीमा विश्वकप डेब्यू गरेको थियो। तर क्वालिफायरमा पराजित भएको स्कटल्याण्डले विश्वकपमा भने इटालीलाई हराउँदै बदला लियो। ९ फेब्रुअरीमा ७३ रनको विशाल हार बेहोरेको इटालीले ३ दिनमै त्यसको बदला लिदै नेपाललाई १० विकेटले पराजित गर्यो। 

१९९५ मा इन्टरनेसनल क्रिकेट काउन्सिल (ICC) बाट एसोसियट मान्यता पाएको इटालीले विश्वकप खेल्न ३१ वर्ष पर्खनु परेको थियो। क्रिकेटमा धेरै पछि प्रवेश गरे पनि इटालीले पछिल्ला वर्षमा निरन्तर प्रगति देखाउँदै आएको छ। २०१९ मा जर्मनीविरुद्ध पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको इटालीले त्यसको केही वर्षमै विश्वकपमा जित निकाल्नु उसको प्रगतिको परिणाम हो। 

इटालीको आजको सफलताको प्रमुख आधार बहुराष्ट्रिय पृष्ठभूमिबाट आएका खेलाडीहरूको प्रभावशाली उपस्थिति हो । इटालीएन टोलीमा टेस्ट मुलुकहरूमा खेलेका अनुभवी खेलाडीहरू छन्, जसले इटालीलाई अन्य एसोसियट टिमभन्दा बलियो बनाएको छ। 

जेजे स्मुट्स इटालीका सबैभन्दा अनुभवी खेलाडी हुन्, जसले २०११ मा रोयल च्यालेञ्जर्स बेङ्ग्लारुविरुद्ध च्याम्पियन्स लिग खेलेका थिए। उनीसँग पाकिस्तान तथा इंग्ल्याण्डविरुद्ध एकदिवसीय क्रिकेट खेलेको अनुभव पनि छ।

विकेटकिपर मार्कस क्याम्पोपियानो बेलायती मूलका भए पनि अहिले इटालीका प्रमुख खेलाडी हुन्। त्यस्तै अष्ट्रेलियामा जन्मेका ग्रान्ट स्टेवार्टले इटालीको लागि अलराउन्डरको भूमिका निर्वाह गर्छन् । अर्का विकेटकिपर जियान मेएडे दक्षिण अफ्रिकाका घरेलु लिगहरूका चर्चित नाम हुन्। इण्डियामा हुर्केका जसप्रित सिंहले रणजी ट्रफीदेखि विजय हजारे ट्रफीसम्म खेलिसकेका छन्, भने अली हसन र जाईन अली दुवै पाकिस्तानबाट आएका दक्ष खेलाडीहरू हुन्।

विदेशी पृष्ठभूमि र अनुभवको बलमा इटालीले नेपालमाथि जित निकाल्दै क्रिकेट इतिहासमा एक नयाँ अध्यायको सुरुवात गरेको छ । यो जितले इटालीलाई केवल समूह चरणमा मात्र होइन, एसोसियट क्रिकेटमा पनि एउटा बलियो टिमका रूपमा पनि चिनाएको छ।

आइसीसीको टी-२० अन्तराष्ट्रिय रैंकिंगमा इटाली २६ नम्बरमा छ। 

मस्का दाजूभाइ भए भारी, नेपाल इटालीसँग १० विकेटले पराजित

काठमाडौं । जारी टी-२० विश्वकपमा इटालीले नेपाललाई १० विकेटले पराजित गरेको छ। १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको इटालीले १२ दशमलव ४ ओभरमा बिना कुनै विकेट लक्ष्य भेटायो। 

इटालीले मुम्बईको वानखेडेमा चौका र छक्काको वर्षात् गर्यो। इटालीका लागि ओपनिङ गर्न आएका मस्का दाजुभाई नेपालका सबै बलरमाथि भारी भए। उनीहरुले खेलको १२ ओभर नसकिदै इटालीलाई जित दिलाए। 

इटालीका लागि मस्का दाजुभाईले आक्रामक ब्याटिङ गरे।  उनीहरु दुवैजनाले नेपाल विरुद्द अर्धशतक बनाए। एन्थनी मस्का ३२ बलमा ३ चौका र ६ छक्का सहित ६२  रनमा अविजित रहदा जस्टिन मस्का ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६० रनमा अविजित रहे।   

यसअघि मुम्बईको वानखेडे क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमध्ये १९.३ मा सबै विकेट विकेट गुमाएर १ सय २३ रन जोड्न सफल भएको थियो । 

नेपालका लागि आरीफ शेखले २४ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक २७ रन बनाए। त्यस्तै, कप्तान रोहित कुमार पौडेलले २३, आसिफ शेखले २० र उपकप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन जोड्न सफल रहे। 

आठौ नम्बरमा ब्याटिङ गर्न आएका करन केसीले नेपालका लागि १८ रन बनाए।  

नेपाललाई १ सय २३ रनको निम्न योगफलमा समेट्न इटालीको लागि क्रिशन कलुगामागेले किफायती बलिङ गर्दै ४ ओभरमा मात्रै १८ रन खर्चेर ३ विकेट लिए।  त्यस्तै, बेन मानेन्तीले पनि निकै किफायती बलिङ गरे।  उनले ४ ओभरमा मात्रै ९ रन खर्चेर २ विकेट लिन सफल भए। 

अली हसन, जसप्रीत सिंह र जेजे स्मुट्सले इटालीका लागि समान १/१ विकेट लिए।

पावर प्ले मा इटालीले ६८ बनायो रन

काठमाडौं । जारी टी-२० विश्वकपको दोस्रो इनिङको पहिलो पावर प्लेमा इटालीले ६८ रन बनेको छ।  

इटालीको लागि अहिले दुई दाजुभाईले ब्याटिङ गरिरहेका छन्। जस्टिन मस्का र एन्थोनी मस्काले इटालीका लागि अहिले क्रमश: ३७ र ३० रन बनाएका छन्। 

१ सय २३ रनमा समेटियो नेपाल, क्रिशन र मानेन्तीको किफायती बलिङ

काठमाडौं । इटालीलाई नेपालले १ सय रनको लक्ष्य दिएको छ। 

जारी टी-२० विश्वकपमा मुम्बईको वानखेडे क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमध्ये १९.३ मा सबै विकेट विकेट गुमाएर १ सय २३ रन जोड्न सफल रह्यो। 

नेपालका लागि आरीफ शेखले २४ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक २७ रन बनाए। त्यस्तै, कप्तान रोहित कुमार पौडेलले २३, आसिफ शेखले २० र उपकप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन जोड्न सफल रहे। 

आठौ नम्बरमा ब्याटिङ गर्न आएका करन केसीले नेपालका लागि १८ रन बनाए।  

नेपाललाई १ सय २३ रनको निम्न योगफलमा समेट्न इटालीको लागि क्रिशन कलुगामागेले किफायती बलिङ गर्दै ४ ओभरमा मात्रै १८ रन खर्चेर ३ विकेट लिए।  त्यस्तै, बेन मानेन्तीले पनि निकै किफायती बलिङ गरे।  उनले ४ ओभरमा मात्रै ९ रन खर्चेर २ विकेट लिन सफल भए। 

अली हसन, जसप्रीत सिंह र जेजे स्मुट्सले इटालीका लागि समान १/१ विकेट लिए।

जिरो रनमा रनआउट भए नन्दन

काठमाडौं । इटालीसँगको जारी खेलमा नेपालले आठौ विकेट गुमाएको छ। 

आठौ विकेटको रुपमा नन्दन यादव रन आउट भए। उनले खाता खोल्न सकेनन्। 

पछिल्लो २० बलमा नेपालले ९ रन बनाएर पाँच विकेट गुमाएको छ।  एक समय नेपाल ४९ रनमा मात्रै १ विकेट गुमाएर खेलिरेको थियो। 

सातौ विकेटको रुपमा गुलशन ३ रनमा आउट

काठमाडौं । नेपालले सातौ विकेट गुमाएको छ।

छैटौ विकेटको रुपमा गुलशन झा ५ बलमा ३ रन बनाएर आउट भए।  

 

नेपाललाई छैटौ झट्का

काठमाडौं । नेपालले छैटौ विकेट पनि गुमाएको छ।

छैटौ विकेटको रुपमा क्रिजमा जमेका आरीफ सेख पेभेलिएनको बाटो लागे ।  उनले २५ बलमा २७  रन बनाए।  

अहिले नेपाल १५.५  ओभरमा १०० रन बनाएर खेलिरहेको छ।  

पाँचौ विकेटको रुपमा लोकेश बम फर्किए पेभेलिएन

काठमाडौं । नेपालले पाँचौ विकेट पनि गुमाएको छ।

पाँचौ विकेटको रुपमा नेपालले लोकेश बमलाई गुमाएको हो।  उनले ५ बलमा ३ रन बनाए।  

अहिले नेपाल १४.४ ओभरमा ९६ रन बनाएर खेलेको छ। 

नेपालले गुमायो चौथो विकेट, रन बनाएर आउट

काठमाडौं । नेपालले चौथो विकेट गुमाएको छ। 

उपकप्तान दिपेन्द्र सिंह ऐरी १८ बलमा १७ रन बनाएर आउट भएका हुन्। 

३ बलमा नेपालले गुमायो २ विकेट , आसिफ २० रन बनाएर आउट

काठमाडौं । इटालीसँगको विश्वकपको दोस्रो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। 

वानखेडे क्रिकेट मैदानमा भइरहेको खेलमा सेख २० बलमा २० रन बनाएर आउट भएका हुन् । अहिले नेपालले ८ ओभरमा ५२ रन बनाएर खेलिरहेको छ।

नेपालले पछिल्लो तिन बलमा २ विकेट गुमायो। कप्तान रोहित पौडेल १ बलअघि पेभेलिएन फर्किएका थिए।