`

ऐरी ४४ रन बनाएर आउट

इंग्ल्याण्डसँगको टि-२० विश्वकपको पहिलो म्याचअन्तर्गत दिपेन्द्र सिंह ऐरी ४४ रन बनाएर पेभेलिएन फर्किएका छन्। 

उनले २९ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४४ रन जोडेका हुन्। 

ताजा स्थितिमा नेपालले १४.५ ओभरको खेल सकिदा तिन विकेटको क्षतिमा १२५ रनको योगफल तयार पारेको छ। नेपाललाई यो खेल जित्न अब ३० बलमा ६० रन चाहिएको छ।

घाम ताप्नु, रुखको छहारीमा बस्नु तर भोट घण्टीमा हाल्नु : रवि लामिछाने (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एकपटक बहुमत पाए देशलाई छाती ठोकेर अगाडि बढाउने दाबी गरेका छन् ।

कुनै बेला रास्पवालाई भोट हालेको भनेर गर्व गर्न मिल्ने देश बनाउने भन्दै उनले यसपटक रास्वपालाई रोज्न मतदाताहरूलाई आग्रह गरे ।

उनले मतदाताहरूलाई कांग्रेस र एमाले नछाडिकन भोट मात्रै रास्वपालाई हाल्न सुझाए ।

‘त्यो सिद्धान्तलाई छोड्नुहोस् भनेकै छैन मैले । बिहान घाम तापे भइहाल्यो नि । धेरै गर्मी भए रुखको छहारीमा बसे भइगयो नि । खाली भोट घन्टीमा हाल्ने त हो नि,’ उनले भने ।

एकपटक बहमुत पाए सुशासनको जग बसाएर छाड्ने लामिछानेले बताए ।

पावर ‘प्ले’ मा नेपालले २ विकेट गुमाउदा जोड्यो ४७ रन

काठमाडौं । इंग्ल्याण्डसँगको टि-२० विश्वकपको पहिलो म्याचअन्तर्गत नेपालले पावर प्ले मा २ विकेट गुमाएर ४७ रन बनाएको छ। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाएर आउट भए। त्यस्तै आसिफ सेखको ब्याटबाट ७ रन नेपालको खातामा जोडियो। 

अहिले क्रिजमा नेपालका लागि कप्तान रोहित पौडेल र उपकप्तान दिपेन्द्र सिंह ऐरी खेलिरहेका छन्।  

 

नेपालका दुवै ओपनर आउट, भुर्तेल २९ रन बनाएर आउट

काठमाडौं । नेपाल र इंग्ल्याण्डबीच भइरहेको विश्वकपको खेलमा कुशल भुर्तेल आउट भएका छन्। 

यो सँगै नेपाललाई दोस्रो झट्का लागेको छ। भुर्तेल १७ बलमा ४ चौका र १ छक्काको मधतामा २९ रन बनाएर आउट भएका हुन्।  उनलाई विल ज्याक्सले आउट पारेका हुन्।   

 

नेपाललाई पहिलो झट्का, आशीफ ७ रन बनाएर आउट

नेपाल र इंग्ल्याण्डबीच भइरहेको विश्वकपको खेलमा आसिफ़ शेख आउट भएका छन्। 

यो सँगै नेपाललाई पहिलो झट्का लागेको छ। शेख ९ बलमा ७ रन बनाएर आउट भएका हुन्।  उनलाई लियाम डसनले आउट पारेका हुन्।   

 

इंग्ल्याण्डले दियो नेपाललाई १ सय ८५ रनको लक्ष्य

काठमाडौं । भारतको वानखेडे स्टेडियमा जारी नेपाल र इंग्ल्याण्डबीचको खेलमा इंग्ल्याण्डले नेपाललाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा इंग्ल्याण्डले १ सय ८४ रन जोडेको हो।  उसका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्याकब वेथलले सर्वाधिक ५५ रन बनाए। उनले ३५ बलमा ४ चौका र ४ छक्काको सहायतामा ५५ रन जोडेका हुन्। 

त्यस्तै, इङ्ग्लिस कप्तान ह्यारी ब्रुकले पनि अर्धसतक प्रहार गरे। उनले ३२ बलमा ४ चौका र ३ छक्काको मदतबाट ५३ रन जोडे। विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४ छक्का र १ चौकाको सहयोगमा ३९ रनको विष्फोटक पारी खेल्दा ओपनर जोश बटलरले १७ बलमा ५ चौकाको मद्दतमा २६ रन बनाए। 

यता नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २/२ विकेट लिदा सन्दिप लामिछाने र शेर मल्लले समान १/१ विकेट लिए। 

 

अर्धसतक बनाएर आउट भए इङ्ग्लिस कप्तान ब्रुक, नन्दनलाई दोस्रो सफलता

काठमाडौं । इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले अर्धसतक प्रहार गरेका छन्।  भारतमा जारी नेपाल र इंग्ल्याण्ड बिचको खेलमा ब्रुकले अर्धसतक प्रहार गरेका हुन्। 

उनी अर्धसतक प्रहार गरेको अघिल्लो बलमै आउट हुन पुगे। उनलाई नन्दन यादवले शेर मल्लमार्फत क्याच आउट गराएका हुन्। नन्दनको लागि यो दोस्रो सफलता हो। उनले यो भन्दा अघि इङ्ग्लिस ओपनर बटलरलाई २६ रनमा आउट पारेका थिए।  

उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धसतक पुरा गरेका हुन्।  यसअघि अर्का ब्याटर ज्याकब वेथलले पनि अर्धसतक प्रहार गरेका थिए। 

ब्रुकको अर्धसतकसँगै इंग्ल्याण्डले यो समाचार तयार पार्दासम्म १९ ओभरको खेल सकिदा १६३ रनको योगफल तयार पारेको छ।  

ऐरीलाई दोस्रो सफलता, कुरान २ रनमा आउट

काठमाडौं ।नेपाली टोलीका उपकप्तान रहेका दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका छन्।  उनले ८ बलमा २ रन बनाएर खेलिरहेका सम कुरानलाई पेभेलिएनको बाटो देखाए। 

यो सँगै इंग्ल्याण्डको पाँचौ विकेट गुमेको छ।  ताजा स्थितिमा इंग्ल्याण्डले १६ ओभरको खेल सकिदा १३८ रनको योगफल तयार पारेको छ।

वेथललाई ऐरीले आउट गरे

काठमाडौं । अर्धसतक बनाएर खेलिरहेका ज्याकब वेथल आउट भएका छन्।  उनलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका हुन्।  

यो सँगै नेपाललाई चौथो सफलता मिलेको छ। वेथलले ३५ बलमा ४ चौका र ४ छक्का सहित ५५ रन जोडे। 

यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले १४ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १२८ रनको योगफल तयार पारेको छ।  

नेपालका विरुद्द वेथलको अर्धसतक

काठमाडौं । इंग्ल्याण्डका लागि तेसो नम्बरमा ब्याटिङ गर्न आएका ज्याकब वेथलले अर्धसतक प्रहार गरेका छन्।

उनले २८ बलमा ४ चौका र ४ छक्का सहित ५३ रन प्रहार गरेका हुन्।

यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले १२ ओभरको समाप्तीमा तिन विकेट गुमाउदै १०६ रन को योगफल तयार पारेको छ।

लामिछानेले लिए पहिलो बलमै विकेट

काठमाडौँ । भारतको वानखेड़े स्टेडियममा जारी विश्वकपमा सन्दिप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन्। 

उनले चौथो नम्बरमा ब्याटिङ गर्न आएका टम ब्यान्टनलाई आफ्नो बलिङ स्पेलको पहिलो बलमै पेभेलिएनको बाटो देखाएका हुन्। उनले ब्यान्टनलाई एलबिडब्ल्यु आउट गरेका हुन्। 

ब्यान्टनले ५ बलमा २ रन बनाए। 

यो सँगै ६.१ ओभरको खेल सकिदा इंग्ल्याण्डले ५७ रनको योगफलमा ३ विकेट गुमाएको छ।

बालेनको घरबाट ल्यापटप, चार्जर र भिडियो रेकर्डर चोरी आरोपमा तीन पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)को घरबाट चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूको नाम प्रहरीले सार्वजनिक गरेको छ्रैन । तर, तीन जना पक्राउ गरेको र उनीहरूको साथबाट बालेनको घरबाट चोरी भएका केही सामग्री बरामद गेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले नेपालवान एचडीलाई जानकारी दिए ।
प्रहरीले पक्राउ परेकाहरूबाट ल्यापटप, त्यसको चार्जर र भिडियो रेकर्डर बरामद गरेको हो । उनीहरूविरुद्ध प्रहरीले चोरीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 

पावर ‘प्ले’ मा नेपालको मध्यमस्तरको प्रदर्शन, २ विकेट लिदा ५७ रन दियो

काठमाडौँ । जारी विश्वकपमा इंग्ल्याण्डले पावर ‘प्ले’ को समाप्तीमा ५७ रन बनाएको छ। 

पारीको दोस्रो ओभरमै पहिलो विकेट गुमाएको इंग्ल्याण्डले  चौथो ओभरमा दुवै ओपनर गुमाएको थियो। तर विकेटसँगैको इंग्ल्याण्डको रफ्तारको खेलाईले उसलाई पावर ‘प्ले’ मा ५७ रनको योगफलमा पुर्यायो। 

पावर ‘प्ले’ उसका लागि ओपनर जोश बटलरले २६ रन बनाएर पेभेलिएन फर्किए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्याकब बेथलले १३ बलमा २७ रन जोडे।  

यता नेपालका लागि भने शेर मल्ल र नन्दन यादवले समान १/१ विकेट लिए।   

 

नन्दनले लिए बटलरको विकेट

काठमाडौं । भारतको वानखेड़े स्टेडियममा जारी विश्वकपमा नन्दन यादवले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। 

पहिलो पारीको ४.३ ओभरको खेल चल्दै गर्दा यादवले बटलरलाई आउट गरे। ताजा स्थितिमा इंग्ल्याण्डले ४.४ ओभरमा २ विकेटको क्षतिमा ४४ रन बनाएको छ।

इंग्ल्याण्डका लागि बटलरले १७ बलमा ५ चौकाको सहायतामा २६ रन बनाए।  

आदिवासी ज्ञान प्रणालीहरू केवल परम्परामा सीमित छैनन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व हुनुपर्ने बताएका छन् ।

नेपाल आदिवासी ज्ञान सम्मेलनको उदघाटन गर्दै राष्ट्रपति पौडेलले भने, ‘देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ । राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि नै राजनीतिक स्थायित्व सम्भव हुने हो भन्ने हामीले विर्सन हुन्न ।’

उनले देशलाई फूलवारीको रूपमा चित्रण गर्दै सबै जाति, भाषा र संस्कृति मान्ने समुदायलाई संविधानले समान अवसर दिएको उल्लेख गरे ।

‘यस फूलबारीलाई अझ सुन्दर, समुन्नत र सन्तुलित बनाउन सबै जाति, भाषा, संस्कृति र समुदायको समान पहुँच, समान अवसर र समान सम्मान अपरिहार्य हुन्छ। हाम्रो संविधानले निर्दिष्ट गरेको लक्ष्य पनि यही हो’, उनले भने ।

राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, परम्परा, मूल्य–मान्यता, ज्ञान प्रणाली र धार्मिक विश्वासहरू केवल सांस्कृतिक सम्पदा मात्र नभएर ती नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारहरू पनि भएको बताए ।

उनले यिनको संरक्षण, संवद्र्धन र समुचित विकासका लागि राज्यले नीतिगत, संस्थागत र संरचनागत रूपमा थप प्रभावकारी भूमिका निर्वाह गर्नु आवश्यक ठानेको बताए ।

‘आदिवासी ज्ञान प्रणालीहरू केवल परम्परामा सीमित छैनन् । यी सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ पनि हुन्,’ राष्ट्रपति पौडेलले बताए ।

नेपाललाई पहिलो सफलता, मल्लले लिए साल्टको विकेट

काठमाडौं । भारतको वानखेड़े स्टेडियममा जारी विश्वकपमा शेर मल्लले नेपाललाई पहिलो सफलता दिलाएका छन्। 

पहिलो पारीको १.१ ओभर चल्दै गर्दा मल्लले साल्टलाई आउट गरे। यो सँगै मल्लले टी-२० क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन्।  उनले डेब्यु खेलको पहिलो ओभरको पहिलो बलमै विकेट लिदै रेकर्ड बनाएका हुन्।  

शेयर बजार घट्दा पनि कारोबार ११ अर्ब बढी

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.२५ अंक घटेको छ । ०.३७ प्रतिशत गिरावट सहित सेयर बजार २६९८.४४ बिन्दुमा झरेको छ ।

आइतबार ‘अन्य’ र लगानी उपसूचक बाहेक अन्य सबै उपसूचकको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै २.१३ होटल र पर्यटन उपसूचकका लगानीकर्ताले गुमाएका छन् । आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भएको छ । आइतबार कुल ११ अर्ब ६५ करोड ९७ लाख बराबर कारोबार भएको देखिएको छ ।

आज सबैभन्दा धेरै १० प्रतिशतले सुपर माई हाइड्रोपावरको मूल्य बढेको छ । यसबाहेक रिडी पावर कम्पनी, खानीखोला हाइड्रो, हिमालयन हाइड्रोपावर सहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् ।

कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाए ।

ईंग्ल्याण्डविरूद्ध नेपालको प्लेइङ-११, सोमपाल बाहिरिँदा नन्दनलाई अवसर

काठमाडौं । भारतमा जारी विश्वकपमा इंग्ल्याण्डविरुद्धको पहिलो खेलमा रोहित कुमार पौडेलको कप्तानीमा नेपालले आफ्नो अन्तिम-११ घोषणा गरेको छ। 

पौडेल कप्तान रहेको नेपालको अन्तिम ११ मा आसिफ शेख विकेटकिपर ब्याटर छन्।  त्यस्तै, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, आरिफ शेख, लोकेश बम, गुलशन झा, शेर मल्ल, नन्दन यादव ले अन्तिम-११ मा स्थान बाएका छन्। 

यसअघि दुईवटा विश्वकपका सबै खेल खेलेका सोमपाल कामी भने अन्तिम-११ मा परेका छैनन्।   

नेेपालविरूद्ध इंग्ल्यान्डले जित्यो टस

काठमाडौं । मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा समूह ‘सी’ अन्तर्गतको पाँचौं खेलमा इंग्ल्याण्ड र नेपाल भिड्दैछन्।

खेल आइतबार नेपाली समयअनुसार दिउँसा सवा तीन बजे हुँदैछ।

नेपालविरूद्ध इंग्ल्यान्डले टस जितेको छ भने पहिले ब्याटिङ गर्ने भएको छ। नेपाली टोलीमा शेर मल्लले डेब्यू गर्दैछन्।

यस्तै शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी-२० विश्वकप खेल्दैछन्।

नेपाली टोली

कुशल भुर्तेल
आसिफ शेख
रोहित पौडेल
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
लोकेश बम
गुलशन झा
करण केसी
शेर मल्ल
नन्दन यादव
सन्दीप लामिछाने

 

टी-२० विश्वकप: न्युजिल्याण्डसँग अफगानिस्तान पराजित

काठमाडौं । भारत र श्रीलंकामा जारी टी-२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग पराजित भएको छ । अफगानिस्तानले दिएको १८३ रनको न्युजिल्याण्डले १३ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

न्युजिल्याण्डका ओपनर टिम सेइफर्टले सर्वाधिक ६५ रन जोडे । यस्तै ग्लेन

भारतको चेन्नाईमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दक्षिण एसियाली टोली अफगानिस्तानले निर्धारित २० ओभरमा विकेट ६ गुमाएर १८२ रन जोड्यो ।

अफगानिस्तानका लागि गुलबदिन नैबले सर्वाधिक ६३ रन बनाए । उनले ३५ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । अफगानिस्तानका लागि सदिकउल्लाह अतलले २९, रमनुल्लाह गुरबाजले २७ तथा डार्बिस रसुलीले २० रनको महत्वपूर्ण योगदान गरे ।

न्युजिल्याण्डका लकी फर्गुसनले २ तथा म्याट हेनरी, ज्याकोब डफी र रचिन रविन्द्रले १-१ विकेट लिए ।

इंग्ल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ। 

भारतको वानखेडे स्टेडियममा टस हारेर नेपालले पहिले बलिङको निम्तो पाएको हो। 

काठमाडौं बन्यो विश्वको सातौँ प्रदूषित सहर

काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने  ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ ।

आज काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो ।

‘औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ’, उनले भने, ‘पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।’ सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिइएको पनि जानकारी दिए ।

विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीका अनुसार ० देखि ५० एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेंलो सङ्केत) मानिन्छ । त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ। १५१ देखि २०० एक्यूआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ ।

यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने उल्लेख गरिएको छ

इङ्गल्याण्डसँग भीड्न नेपाल तयार, कस्तो रहला रणनीति?

१९९६ मा पहिलो अन्तराष्ट्रिय क्रिकेट म्याच खेलेको नेपाल आफ्नो क्रिकेट इतिहासमा तेस्रोपल्ट सिनियर टोलीको विश्वकप खेल्दैछ। यसअघि २०१४ मा बंगलादेशमा आयोजना भएको पहिलो टि-२० विश्वकप खेलेको नेपालले दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन १० वर्ष पर्खिनुपर्यो। यसअघि नेपालले अघिल्लोपटक अमेरिका र क्यारेबियनमा भएको २०२४ को विश्वकप खेलेको थियो।

क्रिकेटमा तिन फरक प्रकारका विश्वकप हुन्छन्। विश्व टेष्ट च्याम्पियनसिप, एकदिवसीय विश्वकप र टि-२० विश्वकप।  तिनमध्ये नेपालले अहिलेसम्म खेलेको र खेल्नलागेको विश्वकप टि-२० विश्वकप मात्रै हो। टि-२० क्रिकेट विश्वपक हुने सबैभन्दा छोटो फर्म्याट हो। 

२०२४ को विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि कुनै जित निकाल्न सकेन। अमेरिकामा निकटम प्रतिद्वन्द्वी मानिने नेदरल्याण्डसँग पराजित भएको नेपाल क्यारेबियनमा दुई ठुला ‘टेष्ट प्लेइङ नेसन’ साउथ अफ्रिका र बंगलादेशसँग झिनो अन्तरले पराजित भयो। अनुभवको कमी र धैर्यताको अभावबीच विश्वकपमा टेष्ट टिमलाई पराजित गर्ने अवसरबाट नेपाल त्यतिबेला चुक्यो। २०२४ को विश्वकपमा नेपाल साउथ अफ्रिकासँग १ रनले पराजित भएको थियो भने बंगलादेशसँग २१ रनले पराजित भएको थियो। 

कुनै पनि क्रिकेट प्लेइङ नेसन ‘टेष्ट मान्यता प्राप्त नेसन’ बन्नलाई विश्वकपमा अर्को ‘टेष्ट प्लेइङ नेसन’ लाइ पराजित गर्नुपर्ने ‘इन्टरनेसनल क्रिकेट काउन्सिल’(आईसीसी) को प्रावधान छ। नेपालले २०२४ को विश्वकपमा आईसीसीको उक्त प्रावधान पुरा गर्दै टेष्ट मान्यताप्राप्त राष्ट्र बन्ने अर्को खुड्किलो पार गर्नसक्थ्यो। तर साउथ अफ्रिकाले दिएको ११५ र बंगलादेशले दिएको १०७ रनको लक्ष्य भेटाउन नसक्दा नेपाल मन रित्तो बनाएर घर फर्कियो। 

२०१४ को विश्वकपमा नेपालले अफगानिस्तान र हङकङलाइ पराजित गरेको थियो। बंगलादेशसँग पराजित भएको नेपाल रनरेटमा पछाडि पर्दा त्यो बेला पनि सुपर-८ मा पुग्नबाट बंचित भएको थियो।  रोचक पक्ष के भने २०१४ को विश्वकपमा नेपालले अफगानिस्तानलाइ पराजित गर्दा अफगानिस्तान पनि एसोसियट राष्ट्रको सूचीमा थियो। तर २०१७ मा अफगानिस्तानले टेष्ट नेसनको मान्यता पाउदा नेपाल एकदिवसीय अन्तराष्ट्रिय खेल्ने देशको मान्यताका लागि लडिरहेको थियो।  पछि २०१८ मा नेपालले ओडीआई खेल्ने राष्ट्रको मान्यता पायो। 

यो बिचमा नेपाली क्रिकेट ठुलो अन्तरसंघर्षबाट गुज्रियो। क्यानभित्रको अनियमितता र गुटबन्दीका कारण बिचमा क्यान निलम्बनमा पर्यो।  जसले नेपाली क्रिकेट करीब २ वर्षसम्म अभिभावकविहीन अवस्थामा रहन पुग्यो। २०१८ मै ओडीआई स्टाटस पाएको नेपालले त्यसपछि पनि विश्वकप खेल्न अझै ६ वर्ष कुर्नुपर्यो। ओडीआई विश्वकपको ग्लोबल क्वालिफायरसम्म पुगेको नेपालले ओडीआई विश्वकप भने अझै खेलिसकेको छैन। 

आज नेपालले तेस्रोपटक विश्वकपमा विश्व क्रिकेटको हब मानिने ईङ्ग्ल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ। १६ औ शाताब्दीमा ईङ्ग्ल्याण्डका केन्ट र ससेक्स सिटीबाट क्रिकेट खेलको सुरुवात भएको थियो।  त्यही ईङ्ग्ल्याण्डसँग नेपालले पहिलोपल्ट खेल्दैछ। 

ईङ्ग्ल्याण्ड एकपटकको टि-२० विश्वकप विजेता हो। उसले २०२२ को विश्वकप जितेको थियो। विश्व क्रिकेटको महारथी मानिने ईङ्ग्ल्याण्डसँग नेपालले खेल्ने भएपछी यतिबेला नेपाली क्रिकेट समर्थक निकै उत्साहित देखिन्छन्। जोस बटलर, ह्यारी ब्रुक, जोफ्रा आर्चर, फिल साल्ट जस्ता विश्वविख्यात खेलाडी रहेको ईङ्ग्ल्याण्डसँग नेपालले कस्तो प्रदर्शन गर्ला?- चासोको विषय बनिरहेको छ। 

अझ नेपालका बलरहरुका विरुद्ध जोस बटलर र फिल साल्ट जब ब्याटिङ गर्न सँगै आउनेछन्, नेपाली बलरहरुका लागि अग्नीपरिक्षा सुरु भएजस्तै हुनेछ। अझ रोचक त त्यतिबेला देखिनेछ जब जोफ्रा आर्चरले नेपाली ब्याटरहरुलाई बलिङ गर्नेछन्।  आर्चर ती विश्वविख्यात बलर हुन्, जो १४०-१५० को एभरेज गति र त्यो गतिसँगै फाल्ने तिखो बाउन्सरको लागि चिरपरिचित छन्। समकालीन विश्व क्रिकेटमा तिखो बाउन्सरसहितको बलिङका लागि आर्चर निकै प्रख्यात बलर मानिन्छन्। 

नेपालले ईङ्ग्ल्याण्डलाइ पराजित गर्ने पहिलो लक्ष्य राखेको छ। नेपाली टोलीका कप्तान रोहित पौडेलले यसअघि नै एउटा पत्रकार सम्मेलनमा उक्त कुरा बताएका थिए। ईङ्ग्ल्याण्डको टोलीको नेतृत्व भने यसपटक ह्यारी ब्रुकले गरेका छन्।   

नेपाल र ईङ्ग्ल्याण्डबीचको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समय ३ बजेर १५ मिनेटमा सुरु हुदैछ।  ३३ हजार दर्शक क्षमता रहेको वानखेडे स्टेडियमको नेपाल र ईङ्ग्ल्याण्ड बिचको खेलको टिकट भने यसअघि नै सोल्ड आउट भइसकेको छ। 

ईङ्ग्ल्याण्डले नेपालसँग खेल्ने अन्तिम-११ यसअघि नै घोषणा गरिसकेको छ। उसले ह्यारी ब्रुकको नेतृत्वमा जोस बटलर(विकेटकिपर ब्याटर), फिल साल्ट, ज्याकब बेथल, टम ब्यान्टन,सम कुरान, विल ज्याक्स, लियाम डसन, जोफ्रा आर्चर, आदील रसिद, लुके वुडलाई आफ्नो अन्तिम ११ मा मौका दिएको छ। नेपालको अन्तिम-११ भने घोषणा हुन बाकि छ।  

विश्वकपको पहिलोचरण अन्तर्गत चार समुहमा रहेका २० वटा टोलीले एकआपसमा प्रतिष्पर्धा गरिरहेका छन्। चारवटा समुहबाट शिर्ष-२ मा रहने आठवटा टोली विश्वकपको सुपर-८ मा प्रवेश गर्नेछन्। नेपाल ग्रुप ‘सी’ मा छ।  ग्रुप ‘सी’ बाट सुपर-८ मा पुग्नलाई नेपालले कम्तिमा तिन टोलीलाई पराजित गर्नुपर्नेछ।

ग्रुप ‘सी’ अन्तर्गत नेपालका यसपछिका खेल इटाली, वेष्ट इन्डिज र स्कटल्याण्डसँग हुनेछन्। 

‘घण्टीसन्टी चाहिँदैन, काठमाडौं सबै जलाएछ घण्टीले’ (भिडियो)

काठमाडौं । देशको १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सिंगो देशवासीको ध्यान खिचेको क्षेत्र हो, झापा– ५ ।

सर्वाधिक चासोको चुनाव क्षेत्र हुनुमा यहाँ पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा उत्रिनाले हो ।

ओली चुनावमा पराजित भए उनी सत्ता राजनीतिबाट किनारा लाग्नेछन् । त्यसले गर्दा यो चुनाव ओलीलाई जित्नैपर्ने दबाब छ । उनी समर्थित एक मतदाताले यसपटक पनि ओलीलाई जिताउने बताइन् ।

‘घण्टीसन्टी चाहिँदैन । काठमाडौं सबै आगो लाएछ घण्टीले । अब झापालाई पनि खरानी बनाउन आँटेका होलान्, तर हामी जान्दैनौँ घण्टी । घण्टी हल्लाउँदैनौँ । मैले पहिलेदेखि भोट हालेको सूर्यनारायणलाई । केपी बालाई जिताउने नै भनिराखौँछौँ हामीले । हेरेको छ, बाटोघाटो, खोला आएको पनि बाँध कसिदेको छ,’ उनले भनिन् ।

उनले ओलीले चुनाव क्षेत्रमा राम्रो गरिदिएको दाबी गरिन् । त्यही भएर ओलीलाई यसपटक पनि जिताउन चाहेको उनले बताइन् ।

ओलीसँग खयरबारीका मतदाताले भने: खोलो बाँधियो, अब धनीपुर्जा चाहियो

दमक। झापा निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको वडा नं. ६ को खयरबारी बस्ति रतुवा खोलाको किनारामा पर्दछ । खोलाको पुर्वी किनारामा रहेको यो बस्तिले अघिल्लो दशक सम्म पनि वर्षेनी बस्ति उठाउने गरेको थियो । तर, यहाँ दर्विलो गरि तटबन्धन गरिए पछि यो समस्याको अन्त्य भएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार खयरबारी पुगे ।  त्यहाँ पुग्दा उनले विगतमा रतुवा खोलाले दिएको दुःखको स्मरण गरे । बस्ति बगाउँदै गर्दा गाउँसम्म पुग्ने सडक पनि थिएन । तर, अहिले न सडकको दुःख छ न, खोलाको हैरानी । अध्यक्ष ओलीलाई यो सुविधा विस्तारका लागि स्थानीयले धन्यवाद दिए र अर्को अपेक्षा सुनाए, ‘खोला बाँधियो, बाटो आयो अब चाँहि धनीपुर्जा चाहियो ।’
स्थानीयबासीहरुले अझै पनि केहि परिवार भुमिहिन रहेको र केही स्थानमा अव्यवस्थित बसोबासको समस्या रहेकाले भुमिसम्वन्धिको समस्या समाधान गरि दिन आग्रह गरेका हुन् । अध्यक्ष ओलीले विगतमा समेत एमाले नेतृत्वकै सरकारले भुमि सम्बन्धि समस्या समाधानका लागि आयोग गठन गरेर काम थाले पछि अर्को सरकार आएर आयोगनै खारेज गरि दिने गरेकाले समस्या समाधान हुन नसकेको बताए। शनिबार समेत कमल गाउँपालिकामा केन्द्रित भएका ओली आइतबार समेत विभिन्न बस्तिमा पुगिरहेका छन् ।

यो निर्वाचनबाट रवि र बालेनको ‘पपुलिष्ट’ योजना पराजित हुन्छ: महेश बस्नेत

काठमाडौं। नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले यो निर्वाचनमा नेकपा एमाले एकमना एकताका साथ आएको बताएका छन् ।

नेकपा (एमाले) भक्तपुर क्षेत्र नं २ निर्वाचन परिचालन कमिटी अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले केही दिनमा बरालिएका युवाहरू पनि एमालेमा नै फर्कने बताए। यो निर्वाचन मार्फत रवि लामिछाने र बालेनको पपुलिष्ट योजना परास्त हुने बस्नेतको दाबी छ । ‘गुगल नेटवर्कबाट आएको पार्टी गुगलमा नै हुन्छ, नेकपा एमाले भूगोलमा हुन्छ’, उनले भने ।

संविधान बचाउन र विकासको लागि नेकपा एमालेलाई नै जिताउनु पर्नेमा उनको भनाइ छ । ‘हामीले यस वर्ष नसोचेको भोट ल्याएर विजय हासिल गर्नेछौ‌ं’, बस्नेतले भने ।

उनले राष्ट्र बचाउनको लागि पनि एमालेलाई मतदान गर्नुपर्ने बताए । शान्तिपूर्ण देश नेपाललाई बचाउन युवाको महत्वपूर्ण भूमिका हुने बताउँदै देश बचानको लागि युवाले दायाँबायाँ नगरी एमालेलाई भोट हाल्नु पर्ने बस्नेतको धारणा छ ।

एमालेले मुलुकको विकास र समृद्धिको लागि मिसन २०८४ को अभियान लिएर आएको भए पनि असंवैधानिक तरिकाले संसद विघटन गरेर २०८२ सालमा नै चुनावमा जानु परेको उनले बताए । यो चुनावमा एमालेले भाग नलिओस् र संसदलाई एमाले विहीन बनाउन सकिन्छ भन्ने षडयन्त्र गरिएको भए पनि त्यो सफल नभएको बस्नेतले बताए।
भदौ २३ र २४ को घटना आन्दोलन नभएका र त्यो नेपालीको चहना अनुसारको घटना नभएको उनले बताए । २३ गते सुरुमा विद्यार्थीले देशको अवस्था परिवर्तनको लागि प्रदर्शन गरेका भए पनि पछि त्यसलाई हाइज्याक गरी हिंसात्मक बनाइएको उनले दाबी गरे।

उनले भदौ २३ र २४ को घटना सुनियोजित आक्रमणकारीबाट भएको बताए । उनीहरूले लुटेर लैजान मिल्ने सामान जति सबै लगेका र लैजान नसक्ने सामान समेत घातक रसायन प्रयोग गरेर जलाइएको उनले बताए । ‘यो ठुलो अन्तर्राष्ट्रिय डिजाइन अनुसारको योजना हो, यो कुनै आन्दोलन होइन’, बस्नेतले भने।

पुराणमा पुगेरे ओलीले भने– हिन्दुराष्ट्र २–४ सय वर्ष अगाडिदेखि भन्न थालिएको हो (भिडियो)

काठमाडौं । झापा पुगेर नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओली पुराणमा सहभागी भएका छन् । त्यहाँ उनले भने, ‘म कुनै चुनाव प्रचार गर्न आएको होइन । तर मैले मेरो देश बनाउने संकल्प मात्रै भनिदिएको हो ।’

ओलीले नेपाललाई समृद्ध र विकसित बनाउने आफ्नो संकल्प एमालेको रहेको बताए । पुराणमा एक जना हिन्दु धार्मिक गुरुले हिन्दुराष्ट्र पुनःस्थापनाको विषय ओलीसामु उठाएका थिए ।

त्यसबारे जवाफ दिँदै ओलीले भने, ‘दुई–चार सय वर्ष अगाडिदेखि हिन्दुराष्ट्र भन्न थालिएको हो । हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो सभ्यताको विकास सनातनदेखि चल्दै आएको हो र सनातनबाट विकास हुँदै आएको हो ।’

उनले हिन्दु भएर वेद नबनेको भन्दै र हिन्दु धर्मले सनातन नबनाएको पनि तर्क गरे । उनले सनातन नै धर्म भएको बताए ।

तर, आफू एक धर्मको पक्षमा उभिएर अरु धर्मावलम्बीहरूको चित्त दुखाउने पक्षमा नरहेको उनले स्पष्ट पारे ।

टी-२० विश्वकप: न्युजिल्याण्डलाई अफगानिस्तानले दियो १८३ रनको चुनौति

काठमाडौं । भारत र श्रीलंकामा जारी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्याण्डलाई १८३ रनको चुनौति दिएको छ ।

भारतको चेन्नाईमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दक्षिण एसियाली टोली अफगानिस्तानले निर्धारित २० ओभरमा विकेट ६ गुमाएर १८२ रन जोड्यो ।

अफगानिस्तानका लागि गुलबदिन नैबले सर्वाधिक ६३ रन बनाए । उनले ३५ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । अफगानिस्तानका लागि सदिकउल्लाह अतलले २९, रमनुल्लाह गुरबाजले २७ तथा डार्बिस रसुलीले २० रनको महत्वपूर्ण योगदान गरे ।

न्युजिल्याण्डका लकी फर्गुसनले २ तथा म्याट हेनरी, ज्याकोब डफी र रचिन रविन्द्रले १-१ विकेट लिए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा वैदिक मन्त्रबाट प्रेरित : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा वैदिक मन्त्रबाट प्रेरित रहेको बताएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका प्रचारप्रसारका क्रममा झापामा आयोजित भेटघाट कार्यक्रममा उनले उक्त नाराको धार्मिक–दार्शनिक आधारसम्बन्धी स्पष्टिकरण दिएका हुन्।

मतदातासँग कुराकानी गर्दै ओलीले वेदमा उल्लेखित ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत’ भन्ने श्लोकस्मरण गर्दै यही भावनाले राष्ट्र निर्माणको मार्ग देखाउने बताए। उनका अनुसार उक्त वैदिक वाक्यांशले सबै नागरिक सुखी, स्वस्थ र सुरक्षित बन्ने आकांक्षा अभिव्यक्त गर्छ, जसलाई एमालेले आफ्नो विकासशील राष्ट्रिय दृष्टिकोणसँग जोडेको हो। ‘यो मन्त्रले हामीलाई सुकार्य, सुमार्ग र सुमतिको बाटोमा अघि बढ्न प्रेरित गर्दछ,’ओलीले भने, ‘देशलाई फेरि पनि त्यही सकारात्मक मार्गमा लैजान हामी सबै मिलेर अघि बढ्नुपर्छ।’

कार्यक्रममा हिन्दुराष्ट्रको बहसबारे बोल्दै ओलीले पछिल्ला दुई–तीन सय वर्षयता यस विषयमा उठ्दै आएको माग नयाँ नभएको टिप्पणी गरे। उनका अनुसार सनातन परम्परा र वेदको उद्गम हिन्दु पहिचानसँग मात्र जोडिएको होइन, बरु हिन्दु धर्म त्यसै साँस्कृतिक–दार्शनिक परम्पराको एउटा पाटोका रूपमा विकसित भएको हो। ‘हिन्दु भएर वेद लेखिएको होइन, र सनातन पनि हिन्दु भएर मात्र बनेको होइन,’ उनले स्पष्ट पारे।

‘जेफ्री एपस्टिन’ फाइलमा दलाइ लामाको नाम १५० ठाउँमा ! लामाले गरे प्रतिवाद

काठमाडौं । भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्म गुरु दलाइ लामाले अमेरिकी बाल यौन दुराचारी जेफ्री एएपस्टिनको फाइलमा १५० पटक नाम आएपछि उनीसँग भेट्दै नभेटेको प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नो नाम फाइलमा उल्लेख भएपछि प्रतिवादसमेत गरेका छन् ।

‘हालैका केही सञ्चारमाध्यमका समाचार तथा सामाजिक सञ्जालका पोस्टहरूमा ‘एपस्टिन फाइल’ सम्बन्धमा दलाई लामालाई जेफ्री एपस्टिनसँग जोड्ने प्रयास गरिएको छ,’ लामाको सचिवालयबाट आइतबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट रूपमा पुष्टि गर्छौँ कि दलाई लामाले जेफ्री एपस्टिनसँग कहिल्यै भेट गर्नुभएको छैन, न त उहाँको तर्फबाट कसैलाई पनि एपस्टिनसँग कुनै भेटघाट वा अन्तरक्रिया गर्न अनुमति दिनुभएको छ ।’

तर, अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको फाइलमा लामाको नाम उल्लेख छ । उनी पहिलोपटक विवादित भएका भने होइनन् । तीन वर्षअघि एक बालकलाई आफ्नो जिब्रोमा चुम्बन गर्न लगाएर विवादित भएका थिए ।

अमेरिकामा सीआईएको २० वर्ष तलब खाएको र उनले चीनविरुद्ध गुप्तचरीको काम गरेको अमेरिकाको ‘जर्नल अफ पब्लिक अफेयर्स’ले खुलासा गरेको थियो ।

त्यसबेला उनले महिनामै एक लाख ८० हजार अमेरिकी डलर तलबवापत बुझ्ने गरेका थिए ।

चीन–भारतबीचको युद्ध गराउन पनि उनको भूमिका रहेको भन्दै विगतमा आलोचना भएको थियो ।

 

टी-२० विश्वकप: न्युजिल्याण्डविरूद्ध अफगानिस्तानले रोज्यो ब्याटिङ

काठमाडौं । भारत र श्रीलंकमा भइरहेको टी-२० विश्वकपमा आजको पहिलो खेल अफगानिस्तान र न्युजिल्याण्डबीच हुँदै छ ।  चेन्नाईको एम.ए. चिदम्बरम रंगशालामा हुने खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।

क्रिकेटको पावरहाउस मानिने किवि टिमलाई अन्तिम भेटमा अफगानिस्तानले पराजित गरेको थियो । त्यसैले पनि आजको खेल रोचक हुने अपेक्षा गरिएको छ ।

न्युजिल्याण्ड र अफगानिस्तान यसअघि २०२४को टी-२० विश्वकपमा आमनेसामने भएका थिए । यो खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

यी दुई टीमले अहिलेसम्म दुई खेल खेलेका छन्, जसमा दुवैले एक-एक जित दर्ता गरेका छन् ।

 

तीन वर्षमा तीनपटक मतदान गर्दै इलाम–२ का मतदाता : विजयी झण्डा कसले फहराउलान् ?

काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा निर्वाचन फेरि एकपटक प्रतिष्ठाको लडाइँमा परिणत भएको छ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनपछि छोरा सुहाङ नेम्बाङलाई संसद् पठाएका मतदाता अब डेढ वर्ष नबित्दै फेरि मतदान गर्न बाध्य छन् ।

एमालेले यसपटक पनि सुहाङ नेम्बाङलाई नै उम्मेदवार बनाएको छ । कांग्रेसबाट भेषराज आचार्य उम्मेदवार छन्, जो सुहाङका बुबा सुवाससँग पटक–पटक झिनो मतान्तरले पराजित भएका थिए ।

यसपटक उनै भेषराज बुबासँग भएको हारको बदला छोरा सुहाङसँग लिन चुनावी मैदानमा उत्रिएका छन् । यसले इलाम–२ मा चुनाव व्यक्तिगत प्रतिष्ठा र राजनीतिक विरासतको संघर्षमा परिणत भएको छ ।

यहाँ यसपटक १४ जना उम्मेदवार छन् । तर, निर्णायक भिडन्त एमाले र कांग्रेसबीच हुने लगभग निश्चित छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा, श्रम संस्कृति पार्टीसहित अन्य साना दलको संगठनात्मक प्रभाव कमजोर देखिँदा मुख्य प्रतिस्पर्धा दुई ठूला दलमै सीमित हुने संकेत देखिएको छ ।

यसबीच उपनिर्वाचनमार्फत संसद् पुगेका सुहाङ दोस्रो जितको खोजीमा छन् । संगठन शक्ति, अघिल्लोपटक निर्वाचन क्षेत्रमा केन्द्र सरकारका मन्त्रालयहरूबाट पारेका केही विकासे योजना, बुबा सुवासको लोकप्रियता आफ्नो जितको प्रमुख आधार भएको सुहाङ बताउँछन् ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल तथा स्थानीय उत्पादनमार्फत रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाएका छन् ।

‘उनले नेपालवान एचडीसँग भने, ‘अघिल्लोपटक जसरी इलाम–२ का मतदाताहरूको माया पाएँ, यसपटक पनि पाउने विश्वास छ ।’

सुहाङको घोषणापत्र भने सार्वजनिक हुन बाँकी छ । किनभने पार्टी केन्द्रले नै घोषणापत्र सार्वजनिक गरिसकेको छैन ।

कांग्रेस उम्मेदवार आचार्य भने यसपटक परिणाम उल्टिने दाबी गर्छन् । विकास, सुशासन र सामाजिक न्यायलाई एजेन्डा बनाएका उनले आफू तीन दशकदेखि इलामको सामाजिक–राजनीतिक क्षेत्रमा सक्रिय रहेको दाबी गरे । ‘यसअघि जनादेश पाउन सकिनँ, तर यसपटक इलामे जनताले मलाई न्याय गर्ने विश्वास छ,’ उनले भने ।

रास्वपाका उम्मेदवार गोकुल राई सबैभन्दा कान्छा उम्मेदवार हुन् । परिवर्तनको एजेन्डासहित मैदानमा उत्रिएका उनले यसपटक उपनिर्वाचनभन्दा फरक नतिजा आउने दाबी गरेका छन् ।

तर, अघिल्लो नतिजाले रास्वपाको कमजोर सांगठनिक शक्ति देखाइसकेको छ । यहाँ नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ, श्रम संस्कृति पार्टीका सुदीप राईसहित १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

इलाम–२ मा कुल एक लाख १९ हजार ४८९ मतदाता छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू प्रचार–प्रसारमा सक्रिय बन्दै गएका छन् ।

निर्वाचन आचारसंहिताअनुसार फागुन ४ देखि खुला प्रचार सुरु भएसँगै इलाम–२ को चुनावी माहोल थप तातेको छ । अधिकांश उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । मतदाता उम्मेदवारका प्रतिबद्धता सुन्दै उनीहरूका एजेन्डाको लेखाजोखा गरिरहेका छन् । तर, अधिकांश दलले औपचारिक घोषणापत्र र विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छैनन् ।

गत उपनिर्वाचनमा यसपटक पनि एमाले उम्मेदवार रहेका सुहाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गरेका थिए । सुहाङले २७ हजार ७७२ मत पाउँदा खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए ।

त्यही उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका थिए ।

उपनिर्वाचनको समानुपातिक मततर्फ पनि इलाम–२ मा एमाले नै सबैभन्दा अगाडि छ । एमालेले २६ हजार ५६२ मत पाउँदा कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो ।

यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रले ५ हजार १५३, रास्वपाले ४ हजार ६८६ र मंगोल नेसनल अर्गनाइजेसनले १ हजार ६६१ समानुपातिक मत प्राप्त गरेका थिए ।

एमालेपछि कांग्रेसको दिग्विजय काठमाडौं–१ मा रवीन्द्र मिश्र बनाउँदै जितको माहोल

काठमाडौं । तेस्रोपटकको आक्रमणमा कान्तिपुरमाथि पृथ्वीनारायण शाहले विजय हासिल गरेको दृष्टान्त पेस गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र आफू पनि तेस्रोपटकमा विजयी हुने दाबी गरिरहेका छन् ।

उनले प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा लगातार हारे । लगातार चुनाव हारेको क्षेत्र काठमाडौं– १ हो । यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका मिश्र विजयी हुँदै संसद् पुग्ने तीब्र आकांक्षामा देखिएका छन् । उनी यतिबेला मत माग्दै घरदैलोमा छन् ।

आइतबार बिहान उनले एउटा भिडियो सामाजिक सञ्जालमा शेयर गरे । भिडियोमा एक जना समर्थकले ‘भोट के मा ? भनेर नारा लगाउँदा मिश्रसहित उनका समर्थकहरूको एउटा समूह ‘हलो’मा भनिरहेको देखिन्छ । जोसिलो पारामा केहीबेर नारा लगाएपछि ‘क्षेत्र नम्बर–१ मा कसलाई जिताउने ?’ भन्दा ‘रवीन्द्र मिश्रलाई’ भनेको देखिन्छ ।

मिश्रको दल राप्रपाले २०४८ यताको कुनै निर्वाचन काठमाडौं–१ मा जितेकै छैन । यदि मिश्रले जिते भने त्यहाँ राप्रपाको पहिलो जित हुनेछ । तर, पछिल्ला निर्वाचनहरूले त्यहाँ कांग्रेस, एमालेसहितका दलहरूको जनमत घट्दो देखाउँछ ।

२०७९ र २०७४ मा मिश्रले कांग्रेसका तत्कालीन उम्मेदवार प्रकाशमान सिंहलाई आछुआछु नै पारे ।

जबकि, सिंह २०६४ यताका हरेक निर्वाचनमा एकछत्र विजयी हुने नेता हुन् । सिंहको दिग्विजयले कांग्रेस मजबुत भएको देखाउँछ । तर, त्यसअघि त्यहाँ एमालेको संगठन बलियो थियो । २०५६ मा त्यहाँबाट एमालेबाट प्रदीप नेपाल विजयी भए ।

२०५३ को उपनिर्वाचनमा नारायणप्रसाद ढकाल, २०५१ को मध्यावधि निर्वाचनमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, २०५० को उपनिर्वाचनमा एमालेकै विद्यादेवी भण्डारी र २०४८ मा विद्या पति मदन भण्डारी विजयी भएका थिए ।

विगतको परिणामले यहाँ कांग्रेस र एमाले नै बलियो देखिन्छ । तर, जनमत जहिल्यै सीमित दलमा केन्द्रित हुँदैन । मतको अदलीबदली भइरहन्छ । त्यसो हुँदा यसपटक मिश्र राप्रपा र आफ्नो पहिलो जित निकाल्न प्रयासरत देखिन्छन् ।

उनीसँगको प्रतिस्पर्धामा कांग्रेसले प्रबल थापालाई उम्मेदवार बनाएको छ । एमालेल महेशराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीले रञ्जु दर्शनालाई मैदानमा उतारेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रेणुका भण्डारी र नेमकिपाबाट रमिला सुवाल पनि चुनावी मैदानमा छन् ।

यहाँको कुल मतदाता ४८ हजार ४ सय ८९ हो जसमध्ये महिला मतदाताको सङ्ख्या पुरुषको तुलनामा २ हजार १५ ले बढी छ । यहाँ २५ हजार २५२ महिला मतदाता छन् भने पुरुष मतदाता २३ हजार २३७ मात्रै छन् ।

भारतले साफ यू–१९ महिला उपाधि जित्यो, बंगलादेशलाई हरायो

काठमाडौं । भारतीय यू–१९ महिला टोलीले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै साफ यू-१९ महिला च्याम्पियन्ससिपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई हराउँदै उपाधि हात पारेको हो। भारतले यस च्याम्पियनसिपमा तेस्रो पटक उपाधि जितेको हो। यसअघि भारतले सन् २०२२ र २०२४ मा उपाधि उचालेको थियो।

उपाधि रक्षा गर्ने लक्ष्यसहित फाइनल खेलमा उत्रिएको बंगलादेश यस पटक असफल रह्यो। बंगलादेशले सन् २०१८, २०२१, २०२३, २०२४ र २०२५ मा उपाधि जितेको थियो।

खेलको पहिलो हाफमा भारतले १–० को अग्रता बनायो। ४२औँ मिनेटमा जुलान नोङमाइथेमको गोलमा भारतले सुरुवाती अग्रता दिलायो। दोस्रो हाफमा भारतले थप तीन गोल गर्दै खेलमा दबदबा कायम राख्यो।

६३औँ मिनेटमा एलिजावेथ लार्काको गोलले अग्रता दोब्बर बनायो। त्यसको पाँच मिनेटपछि पर्ल फर्नान्डेजले गोल गर्दै स्कोर ३–० बनाइन्। खेलको ८३औँ मिनेटमा अंविता रघुरमनले गोल गर्दै भारतको जित ४–० मा पुर्‍याइन्।

सन् २०२४ मा बंगलादेशमा भएको फाइनलमा दुई टोलीबीच विवाद भएपछि साफले दुबै टोलीलाई संयुक्त विजेता घोषणा गरेको थियो।

प्रतियोगितामा बंगलादेश अपराजित रहँदै फाइनल खेलेको थियो भने समूह चरणमा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहे। घरेलु टोली नेपाल तेस्रो र भुटान चौथो स्थानमा रह्यो।

झापाका भूमिहीनहरूले ओलीलाई भने– हाम्रो समस्या एमालेबाहेकले समाधान गर्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापाको कमल गाउँपालिकामा रहेका भूमिहीनहरूले आफ्नो समस्या समाधान गर्न एमालेबाहेक अन्य विकल्प नभएको बताएका छन् ।

ओलीसँग शनिबार भएको भेटमा उनीहरूले भूमिसम्बन्धी समस्या समाधानका लागि एमालेकै नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन् ।

भेटका क्रममा उनीहरूले आगामी दिनमा पनि निर्वाचन जितेर आफूहरूलाई जग्गाको धनीपुर्जा उपलब्ध गराइदिन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए ।

जवाफमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा बसोबाससम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेर काम सुरु गरे पनि सरकार परिवर्तनसँगै ती प्रयासहरू अवरुद्ध हुने गरेको बताए ।

उनले भने, ‘हामी आयोग गठन गरेर काम सुरु गर्छौं तर अरू सरकार आएपछि त्यसलाई भत्काइदिन्छन् । काम त आखिर हामीले नै गर्नुपर्ने हो ।’

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर– ५ का उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयसँग भलाकुसारी गरेका थिए ।

स्थानीयबासीहरूले एमाले र ओलीकै नेतृत्वमा गाउँको मुहार फेरिने गरी विकासका कामहरू अघि बढेको बताएका थिए ।

स्थानीयबासीहरूले एमाले र अध्यक्ष ओलीको कुनै विकल्प नरहेको उल्लेख गर्दै अधुरा विकास योजनाहरू पूरा गर्न फेरि पनि निर्वाचन जिताउने बताएका छन् ।

 

ओलीलाई शुभेच्छुकको हातमा फूल, गलामा खादा (भिडियो)

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्दा उनलाई फूल उपहार दिइएको छ ।

कसैले गलामा खादा लगाइदिएका छन् । निधारमा रातो टिका लगाएका ओलीलाई गृहजिल्लामा गरिएको भव्य स्वागत हो ।

ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । संसदीय निर्वाचनमा ओलीले आठौँपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । ५ माघमा उनले उम्मेदवारी दर्ता गरेका थिए ।

पार्टीको पक्षमा देशव्यापी चुनावी अभियानसमेत सञ्चालन गर्नुपर्ने अभिभारा बोकेका ओलीले चुनाव क्षेत्रका मतदातासँग भेटघाट गर्दैछन् ।

त्यसका लागि आएका ओलीले जिल्लावासीबाट न्यानो सत्कार पाएका हुन् ।

ओली गृहजिल्ला झापा पुग्दा फोटो खिच्न झ्यामिए समर्थकहरू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापामा पुगेका छन् ।

उनी चुनावी अभियानका लागि झापा पुग्दा समर्थकहरूको ठूलो भिड देखियो ।

साना बालबालिकादेखि वृद्धवृद्धासम्मका समर्थकहरूले उनीसँग तस्बिर खिचाउन चाहे । त्यहीबीचमा एक जना मतदाताले ओलीलाई ढाडस दिँदै भने, ‘हामी छौँ ।’

ओली यसपटक पनि झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । ६ पटक निर्वाचित हुँदा तीनपटक प्रधानमन्त्री भइसकेका ओलीलाई यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ मुख्य चुनौती छन् ।

नेकपा उम्मेदवार रञ्जित तामाङ, कांग्रेस उम्मेदवार मन्दरा चिमरिया, श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ पनि चुनावी मैदानमा छन् ।

अघिल्ला निर्वाचनहरूमा भन्दा यसपटक चुनावमा जितका लागि चुनौती थपिएको अवस्थामा ओलीको चुनाव क्षेत्रमा आगमन भएको हो ।

ओलीले बालेनलाई ‘बतासे अण्डा’ र ‘ठुटे सिङ भएका’ भनेर कमजोर प्रतिस्पर्धी आँकेका छन् ।

रवि भन्छन्– कांग्रेस–एमालेको राम्रा मान्छे निकाल्दैनौँ (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलीय जालोबाट देशलाई निकाल्नुपर्ने भएको बताएका छन्

यसको अर्थ कांग्रेस–एमालेको मान्छेलाई निकालेर रास्वपाको राख्ने नभनिएको स्पष्ट पारे ।

रास्वपा सरकारमा जाँदा राम्रा मान्छे भए तिनको निरन्तरता हुने सुनिश्चित गर्ने पनि बताए । त्यसबारे चिन्ता कसैले लिनुपर्ने उनको भनाइ छ ।

‘हामी हरेक क्षेत्रमा सुधार चाहन्छौँ तर तपाईंहरूलाई त्रसित बनाएर होइन, तपाईंहरूको विश्वास लिएर, संवैधानिक निकायहरूको विश्वास लिएर,’ उनले भने ।

तर, देशमा विधिको शासन हुनुपर्ने र कानुनी राज्य हुनुपर्ने उनले बताए ।

बालेनले माला लगाउन खोज्नेलाई हुत्याएपछि शर्माले भने– प्रधानमन्त्री बन्न संस्कार चाहिन्छ(भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रास्वपाले भावी प्रधानमन्त्रीमा प्रस्ताव गरेका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को आलोचना गरेका छन्

संस्कार, व्यवहार र आचरणसँगै राजनीतिमा योगदानको दृष्टिले बालेन प्रधानमन्त्री बन्न अयोग्य भएको शर्माले बताए ।

बालेनले हालै माला लगाउन खोज्ने शुभेच्छुकलाई हुत्याइदिएको प्रसङ्ग कोट्याउँदे शर्माले भने, ‘वडाध्यक्ष हुने मान्छेसँग विनम्रता खोजिन्छ, दुईवटा हात जोडिदियोस्, आमा नमस्कार गरिदियोस्, युवा साथीहरू भनेर अंकमाल गरिदियोस्, साथीहरूको कुरा सुनिदियोस्, खुसीमा नाचिदियोस्, कसको मापदण्ड यो ? वडाध्यक्षको । वडाध्यक्ष बन्नलाई पनि मापदण्ड यो हो । तर, प्रधानमन्त्री बन्नेलाई माला लगाइदिँदा हैट भनेर धकेलिदिरहेको अवस्था छ ।’

बालेन संस्कारयुक्त नभएको र उनी सन्की नेता भएको चित्रण गर्दै शर्माले पार्टीमा अनुशासनको प्रशिक्षण चलाउन रास्वपालाई सुझाव दिए । तर, कांग्रेसले प्रधानमन्त्रीमा अघि सारेको सभापति गगन थापा संस्कारयुक्त भएको उनको दाबी छ ।

‘कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवारले मेचीदेखि महाकालीसम्म पुग्दा ज्येष्ठ नागरिकको अघिल्लोतिर पुगेको बेला श्रद्धाले शिर निहुरिन्छ, युवा साथीहरू देखिए हात मिलाएर अंकमाल गर्दै तिम्रो जोसलाई लिएर जान्छु भन्न तयार हुनुहुन्छ’, उनले भने ।

उनले प्रधानमन्त्री पदलाई ‘करार’ जस्तो बनाएर सत्ताको सौदावाजी गर्ने प्रवृत्तिको कडा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री नियुक्ति कुनै फाउन्डेसन, बन्द कोठा वा बाह्य दबाबको सहमतिबाट हुन नसक्ने स्पष्ट गर्दै उनले लोकतन्त्र र संविधानको मूल मर्म सम्झाउन खोजे ।

 

दुईपटक चुनाव लडेको र सरकारमा पुगेको रास्वपा कसरी नयाँ दल ? (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसबाट ललितपुर–२ मा उम्मेदवार रहेका उदयशम्शेर राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ नभएको बताएका छन् ।

लामिछाने दुईपटकसम्म उपप्रधान तथा गृहमन्त्री भएको भन्दै उनको दललाई नयाँ भन्न नमिल्ने बताए ।

चुनावी अभियानको क्रममा नयाँ दल र तिनका उम्मेदवारहरूलाई निर्वाचित गराउनुपर्ने भन्दै रास्वपाले प्रचार तीब्र पारेपछि पूर्वमन्त्रीसमेत रहेका राणाले रास्वपा दुईपटकसम्म सरकारमा गइसकेको दृष्टान्त पेस गर्दै नयाँ नभएको तर्क गरे । उनले रास्वपाले यसअघि पनि चुनाव लडेको बताए ।

‘भोटको लागि यहाँ नयाँ नयाँ भनेर हिँड्दै गर्छन्, मैले नबुझेको नयाँ पार्टी कुन हो मैले बुझिरहेको छैन,’ उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्दा मैले बुझेको अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी पहिलोचोटी चुनावको फिल्डमा उत्रिएको होइन, यो भन्दा पहिलेको निर्वाचनमा पनि उहाँहरूले उम्मेदवारी दिनुभएको थियो ।’

पटकपटक निर्वाचन लडिसकेको र सरकारमा गइसकेको दल कुनै पनि हालमा नयाँ हुन नसक्ने उनको भनाइ थियो । उनले भने, ‘उहाँहरू कसरी नयाँ भयो ? उहाँहरू पनि पुरानै पार्टी हो ।’

निवर्तमान सभापति शेरबहादुर देउवाभन्दा बढी विवादित रास्वपा सभापति रवि लामिछाने भएको तर्क गर्दै उनले कांग्रेसले नेतृत्व फेरेको तर रास्वपाले नफेरेका कारण उक्त दल परिवर्तित पार्टी नभएको पनि उनको जिकिर छ ।