`

तामाकोशीमा बस दुर्घटना : थप तीनको शव फेला, मृतकको संख्या ९ पुग्यो (भिडियो)

काठमाडौं । तामाकोशीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार मृतकको संख्या ९ पुगेको हो ।

उनले बस खसेको स्थानमा खोजी गर्दा थप तीन जनाको शव फेला परेको बताए । त्यसअघि ६ जनाको शव फेला परेको थियो ।

मंगलबार बिहान उक्त बस काठमाडौंबाट ओखलढुंगाको पोकली जाँदै गरेको थियो । रामेछापको मचानेटार भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको थियो । उक्त बस तामाकोशी नदीमा पुरैजसो डुबेको देखिन्छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि रामेछाप सदरमुकाम मन्थली र सिन्धुलीको खुर्कोट पठाइएको छ ।

दुर्घटना भएको बस प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको हो ।

घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोली पुगेर खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

जनताको पीडामा राजनीतिक दोकान रविले खोल्दैन : लामिछाने (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताको पीडामा राजनीति गर्ने दोकान कहिल्यै नखोल्ने बताएका छन् ।

जनतामा व्याप्त निराशामा दोकान थापेर राजनीति गरेको कतिपयको आलोचनाबीच लामिछानेले यस्तो बताएका हुन् ।

उनले रास्वपाले प्रतिनिधिसभामा जनतालाई पीडाबाट बाहिर निकाल्ने खालका कानुन र नीति नियम बनाउने दाबी गरे ।

‘जनतालाई सधैँ पीडित राख्ने होइन कि पीडाबाट बाहिर निकाल्न आवश्यक कानुन सांसदका रूपमा हामीले बनाउने हो । कस्तो कानुन बन्दाखेरी ? कस्तो नीति बन्दाखेरी सम्बन्धित मानिसहरूलाई फाइदा हुन्छ ? पीडितहरुलाई मल्हम लगाउन सकिन्छ र न्याय दिन सकिन्छ ? त्यसै क्षेत्रमा पीडा भोगेका र विज्ञता हासिल गरेका मान्छेले भन्न सक्ने हो,’ उनले भने, ‘तपाईंको पीडामा राजनीति गर्ने दोकान रास्वपाले रोल्दैन । रवि लामिछानेले खोल्दैन ।’

लामिछाने चुनावी अभियानमा छन् । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उनले रास्वपालाई मत माग्दै बहुमत दिलाउन मतदातासमक्ष आग्रह गर्दै आएका छन् ।

उनले देश बनाउने भन्दै आएका छन् ।

नामिवियाद्वारा नेदरल्याण्डलाई १ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । जारी टि-२० विश्वकपअन्तर्गतको १० औ खेलमा नामिवियाले नेदरल्याण्ड सामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। दिल्लीस्थित अरुण जैट्ली क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो। 

उसका लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ४२ रनको पारी खेले।  उनले ३८ बलमा १ चौका र २ छक्काको मद्दतमा ४२ रन जोडेका हुन्। त्यस्तै, नामिवियाका लागि ओपनर जान फ्रीलिङ्कले ३०, जेजे स्मिटले २२ र कप्तान गेरहार्ड इरास्मसले १८ रन बनाए। 

यता नामिवियालाई १ सय ५६ रनको मध्यमस्तरको योगफलमा रोक्न नेदरल्याण्डका लागि लगन वान बीक र बास डि लिडे ले समान २/२ विकेट लिदा आर्यन दत्त र फ्रेड क्लासेनले समान १/१ विकेट लिए।

ओलीको गलामा विद्यार्थीको खादा, ओलीसँग सेल्फी खिचेपछि विद्यार्थीहरू उत्साहित (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओलीलाई विद्यार्थीहरूले खादा लगाउँदै सेल्फी खिचेका छन् ।

मंगलबार जेन–जी उमेर समूहका विद्यार्थीहरूले हार्दिकता देखाउँदै ओलीका गलामा खादा लगाएपछि सेल्फी खिचेका हुन् ।

उनीहरूले ओलीप्रति श्रद्धाभाव प्रकट गरेका थिए । विद्यार्थीहरू ओलीसँग सेल्फी खिचेपछि निकै उत्साहित देखिएका थिए ।

ओली शनिबारदेखि चुनाव क्षेत्र झापा–५ मा छन्, जहाँ उनको घर पनि छ । यस क्षेत्रको गौरीगञ्जलगायत क्षेत्रमा ओलीले घरदैलो गरेका छन् ।

आगामी २१ फागनुमा हुने निर्वाचनमा ओलीले यहीँ क्षेत्रबाट निर्वाचित चाहेका छन् ।

 

तामाकोसी बस दुर्घटना: घाइतेको उद्दार जारी

काठमाडौं ।

रामेछापमा बस दुर्घटना हुदा ६ जना भन्दा बढी घाइते भएका छन्। मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार घाइतेहरुलाई अस्पताल पुर्‍याइसकेको छ। ‘हामीले उद्दार कार्य जारी राखेका छौ,’ उनले नेपालवन एचडीसँग भने,’अहिलेसम्म ६ जना घाइतेलाई अस्पताल पुर्‍याउने काम भइसकेको छ।’

बस नदीमा खसेका कारण हताहतको संख्या यकिन हुन नसकेको उनले बताए । बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको उनको भनाइ छ । डुंगामार्फत उद्धारकार्य जारी छ ।

०३०१–०००५ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै थियो । तीनवटै सुरक्षा निकाय उद्धारमा जुटेका छन् ।

निर्वाचन आचारसंहिता देखाउँदै नवलपरासीमा रास्वपाको कार्यक्रममा रोक

काठमाडौं । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको निर्वाचन आचारसंहिता २०८२ देखाउँदै जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रस्तावित कार्यक्रम सञ्चालन गर्न नदिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार जिल्लामा रास्वपा सभापति रवि लामिछानेको जनसम्पर्क तथा ‘घण्टी अभिवादन कार्यक्रम’ आयोजना हुने जानकारी प्राप्त भएपछि प्रशासनले सो कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत हुने ठहर गरेको हो।

आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त कार्यक्रम चुनावी गतिविधिको स्वरूपमा पर्ने भन्दै प्रशासनले कार्यक्रम नगर्न र नगराउन निर्देशन दिएको जनाएको छ।

प्रशासनका अनुसार निर्वाचन आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता २०८२ लागू गरिसकेको छ। सो आचारसंहिताअनुसार राजनीतिक दल, उम्मेदवार तथा उनीहरूसँग सम्बन्धित सबै गतिविधि आचारसंहिताको दायराभित्र हुनुपर्ने स्पष्ट व्यवस्था छ।

सूचनामा आचारसंहिता उल्लङ्घन गरी कुनै पनि राजनीतिक कार्यक्रम सञ्चालन गरिएमा प्रचलित कानुनअनुसार कारबाही हुनसक्ने चेतावनीसमेत दिइएको छ।

त्यसैले जिल्लाभित्र प्रस्तावित रास्वपाको कार्यक्रम सञ्चालन गर्न नदिइएको प्रशासनको भनाइ छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषण राज भण्डारीद्वारा जारी गरिएको हो। प्रशासनले निर्वाचन अवधिभर जिल्लामा हुने सबै राजनीतिक गतिविधिमाथि कडाइका साथ अनुगमन गरिने जनाएको छ।

‘देउवा हाम्रो अभिभावक हो, कांग्रेस उम्मेदवारहरूलाई जिताउन अपिल गर्नुहुन्छ’ (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वतमान सभापति शेरबहादुर देउवाले कांग्रेसलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् ।

देउवा मौन बस्दा अन्तर्घात हुन सक्ने आशंकाबीच पौडेलले देउवालाई कांग्रेसको के गर्दा हित हुन्छ भन्ने थाहा भएको र उनले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन अपिल गर्ने विश्वास व्यक्त गरे ।

‘उहाँ (देउवा)ले लोकतन्त्र बुझ्नुभएको छ, कांग्रेसको हित के गर्दा हुन्छ ? त्यो पनि बुझ्नुभएको छ । त्यसैले उहाँले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन अपिल गर्नु हुनेछ,’ उनले भने, ‘उहाँले पार्टीभित्र एकता कायम गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ । उहाँले सक्रिय राजनीति नगर्दैमा कांग्रेसको अभिभावक नबन्ने भन्ने हुँदैन । उहाँ हाम्रो अभिभावक हो । उहाँले अहिले कांग्रेसले किन जित्नुपर्छ भन्ने उहाँले गहिराइमा बुझ्नुभएको छ ।’

महामन्त्री पौडेललाई देउवाको घरमा भेटिएको पैसाबारे धारणा बुझ्न खोज्दा उनले राज्यले छानबिन गर्नुपर्ने जवाफ दिए ।

जेन–जी विद्रोहको बेला २४ भदौमा काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो ।

त्यसबेला ठूलो मात्रमा पैसा भेटिएको थियो । लगत्तै सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेर अनुसन्धान थालेको थियो । तर, पाँच महिना बित्दासम्म विभाग मौन छ ।

मंगलबार पनि बढ्यो सुनको मूल्य

 काठमाडौँ।  नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रूपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला तीन लाख चार सय ६ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ।

सोमबार तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार दुई सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। 

 

जारी टी–२० विश्वकप क्रिकेटमा तीन खेल हुँदै, दुई खेल दिल्ली र एक खेल कोलम्बोमा

काठमाडौं । आईसीसी पुरुष टी– २० क्रिकेटअन्तर्गत आज तीनवटा खेल हुँदैछन् ।

ग्रुप ‘ए’ का दुई र ग्रुप ‘डी’का एक खेल हुने छन् । पहिलो खेल नामिबिया र नेदरल्यान्डसबीच जारी छ ।  यो खेल भारतको दिल्लीमा भइरहेको छ ।

दोस्रो खेल अपराह्न ३ः१५ मा हुनेछ । भारतको चेन्नईमा हुने यो खेलमा न्युजिल्यान्ड र यूएई भिड्नेछन् । तेस्रो खेल श्रीलङ्काको कोलम्बोमा साँझ ७ ः १५ मा पाकिस्तान र अमेरिकाबीच हुनेछ ।

जारी खेलमा समूह ‘ए’बाट भारत र पाकिस्तानले पहिलो खेल जितेका छन् र क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । दुवै देशको समान २ अंक छ ।

समूह ‘बी’बाट जिम्बाब्वे र श्रीलंकाले जित निकाल्दै २ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदा समूह ‘सी’मा १ खेलमा जित निकालेको वेस्ट इन्डिज पहिलो स्थानमा छ । दुई खेल खेलेको स्कटल्यान्डले १ खेलमा हार र १ मा जित निकाल्दै २ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

१ खेलमा जित निकालेको इंग्ल्यान्ड दुई अंकसहित कम रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

यस्तै, ग्रुप ‘डी’मा दक्षिण अफ्रिका र न्युजिल्यान्डले पहिलो खेल जित्दै क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

जारी खेलको हालसम्म ग्रुप ‘ए’मा नेदरल्यान्ड र अमेरिकाले पहिलो खेलमा हार व्यहोरेका छन् । ‘बी’बाट आयरल्यान्ड र ओमानले पनि पहिलो खेल हार्दा समूह ‘सी’मा नेपाल र इटलीले पहिलो खेलमा हार व्यहोरेका छन् ।

समूह ‘डी’बाट अफगानिस्तान र क्यानडाले पनि पहिलो खेलमा पराजय बेहोरेका छन् ।

सशस्त्र प्रहरीलाई आक्रमण गरेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको घटनामा संलग्न आरोपमा चार जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।

पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आक्रमणमा संलग्नहरूलाई पक्राउ  गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

‘सिसी टिभी फुटेजका आधारमा पहिचान गरेर हामीले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरेका छौँ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ, प्रारम्भिक अनुसन्धान सकिएपछि नाम सार्वजनिक गर्छौँ,’ बस्नेतले नेपालवान एचडीलाई बताए ।

भन्सार र सशस्त्रको टोलीले आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा रहेको अवैध गोदाममा सोमबार छापा मारेको थियो । त्यहाँ ठूलो मात्रामा भन्सार छलीर ल्याएको कपडा फेला परेको थियो ।

कपडा बरामद गर्ने क्रममा स्थानीय व्यापारीको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । हो । सशस्त्र प्रहरीले करिब १२ लाख ५० हजार मूल्यका सामान बरामद गरेको जनाएको छ ।

स्थानीय व्यापारीको आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए । दुईवटा सशस्त्र प्रहरीको गाडीमा क्षति पुगेको थियो ।

नेपाल–कतारबीच आर्थिक विकास, पर्यटन र लगानी सहकार्यबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजको प्रतिनिधी मण्डलसंग नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा आपसी सहयोग विस्तारका विषयमा छलफल भएको छ । 

सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसंग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी,नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए.अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच छुट्टाछुट्टै भेटवार्ता भएको हो ।

पर्यटन मनत्रालयमा भएको भेटवार्तामा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको संख्या  बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित रहेको थियो ।

 सो अवसरमा मन्त्री सिन्हाले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको जानकारी दिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिकालाई महत्वपूर्ण हुने बताए । 

‘अन्य क्षेत्रका अतिरिक्त नेपालको पर्यटनका क्षेत्रमा कतासंग धेरै सहकार्य गर्न सकिन्छ । नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारहरू गर्दै आएको छ । कतारी लगानीकर्तालाई नेपालमा लगानीको वातावरण निर्मार्ण गर्न तथा कनेक्टिभिटी बढाउन आवश्यक सहजिकरण गर्न नेपाल सरकार तयार छ’ उनले भने । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तारको बृहत सम्भावना भएको बताए । उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको बताए । कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतार निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

यस्तै, परराष्ट मन्त्रालयमा भएको छलफलमा पनि लगानीका लागि नीतिगत सहजिकरण, द्विपक्षीय लगानी प्रवद्र्धन, नेपालमा कतारी लगानीका सम्भावना, पर्यटन विकास तथा भावी आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव प्रेम बहादुर राईले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गर्दै ऊर्जा, पर्यटन, पूर्वाधार, र सूचना प्रविधि क्षेत्रमा लगानीका पर्याप्त सम्भावना रहेको बताए । उनले सन् २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमण एतिहासिक भएको स्मरण गर्दै त्यस भ्रमण पछि नेपाल र कतारबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बन्दै भएको धारणा व्यक्त गरे। 

नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारीले नेपाल–कतारबीचको सम्बन्ध मित्रतापूर्ण र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै आर्थिक तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न कतार इच्छुक रहेको बताए  । 

नेपाल  र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद (जेबीसी) सम्बन्धी छलफलका लागि आइतवार काठमाडौँ आइपुगेको हो । प्रतिनिधिमण्डललेसंयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवद्र्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको संस्था हो । जेबीकीको बैठक माघ २६ र २७ गते (फेब्रुअरी ९ र १० तारिख) काठमाडौँमा परिषद्को बैठक बस्नेछ ।

९०.४% नेपाली पुरुषसँग आफ्नै मोबाइल फोन, शहरी क्षेत्रमा डिजिटल पहुँच अझ बलियो

काठमाडौं । नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका ९०.४ प्रतिशत नेपाली पुरुषसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार देशका झण्डै १० मध्ये ९ पुरुष मोबाइल फोनको पहुँचमा पुगेका हुन् ।

सर्वेक्षणअनुसार पछिल्लो तीन महिनामा ७८.७ प्रतिशत पुरुषले मोबाइल फोन प्रयोग गरेका छन्, जसले पुरुषमा मोबाइल प्रयोगको सक्रियता उच्च रहेको देखाउँछ ।

त्यस्तै, आफ्नै स्मार्टफोन प्रयोग गर्ने वयस्क पुरुष ८२.१ प्रतिशत पुगेका छन्, जसले साधारण मोबाइलभन्दा स्मार्टफोनतर्फ पुरुषको पहुँच तीव्र रूपमा बढिरहेको संकेत गर्छ ।

शहरी क्षेत्रमा डिजिटल पहुँच अझ बलियो देखिएको छ । काठमाडौं उपत्यकाभित्र (ग्रामीण भेगबाहेक) क्षेत्रमा ९२.४ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेका छन् ।

घरपरिवारस्तरमा ८२ प्रतिशत घरमा इन्टरनेट सुविधा सहितका उपकरण प्रयोग भइरहेको देखिएको छ । तर प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशको ग्रामीण भेगमा इन्टरनेटयुक्त उपकरणको पहुँच सबैभन्दा कम, ५९.१ प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ ।

विध्वङ्स मच्चाउनेहरुको आरोप जनताले पत्याएका छैनन : ओली

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधीक तत्वहरुले आफुमाथि लगाएका आरोप जनताले पत्याउन नसक्ने बताएका छन् । 

सोमबार झापाको गौरीगञ्जको देवीगञ्जमा स्थानीय मतदातासंगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधीक तत्वहरु घुसेर बिध्वंस मच्चाएको र तिनै अपराधीक तत्वहरुले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताएका हुन् । 

तत्कालिन प्रधानमन्त्रीको हैसियतमा आफुले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहराउदै अध्यक्ष ओलीले संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधीक तत्वहरुले नै बनाएको धारणा राखे । ओलीले मुलुकको बिकासका लागि एमालेले सवै भन्दा धेरै काम गरेको दावी समेत गरे ।

गोवर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट बिकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहिले तोडमोड गरेको भन्दै उहाले आपत्ति जनाए ।  उनले नेपालमा ग्यास उन्खनन भइसकेको भन्दै अव त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट बितरण गर्नुपर्ने बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहनुभएका ओली पछिल्लो समय झापामा स्थानीयसंगको छलफलमा केन्द्रीत भएका छन् । 

सो क्षेत्रमा पुग्दा स्थानीयले त्यस क्षेत्रमा टेलिफोनको टावर निर्माण गरि दिन माग गरे । मोवाईलको नेटवर्क राम्रोसँग नटिप्ने भएकाले टावर निर्माणको आवश्यकता रहेको स्थानीय सीताराम यादवले बताए ।

 

रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा

बुटवल । रुपन्देही क्षेत्र नं २ मा शालिन र अनुभवी उम्मेदार रहेका विष्णुप्रसाद पौडेल अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मतदातासमक्ष पुगेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र न.२ का उम्मेदवार निर्वाचन प्रचार प्रसार तथा अन्य औपचारिक कार्यक्रममा समेत अरु पार्टी र उम्मेदवारहरुको आलोचनाभन्दा आफ्ना चुनावी मुद्दाबाट मतदातालाई प्रभावित पार्ने गरी प्रचार अभियानमा खटिएका देखिन्छन् ।

लामो संसदीय अभ्यासबाट खारिएका उनले अपनाएको यो शैलीले एमालेका अन्य नेताकार्यकर्तालाई समेत आश्चर्यमा पारेको छ । उनले चुनावी प्रचार प्रसारका क्रममा हरेक कार्यक्रम, भेटघाट र छलफलमा आफुले यस क्षेत्रमा अहिलेसम्म गरेका कामहरुका बारेमा मतदातालाइ बुझाउने र यस क्षेत्रको विकासका लागि आगामी योजनाका बारेमा बुझाउने गरेका छन् ।

‘चुनावका बेला अरुलाई गाली गर्ने, आलोचना गरेर हाम्रो समाजको भावनात्मक सम्बन्धमा बिगार्नु भन्दा हामीले यस क्षेत्रको विकासका लागि बिगतमा गरेका कामहरु जनतालाई बुझाउन सके मात्र प्रयाप्त हुन्छ’, उनी भन्छन्, ‘त्यसैले अरुको आलोचना भन्दा जनता माझ हामीले बिगतमा गरेका कामहरु र आगामी दिनमा यहाँको विकास र समृद्धिका लागि गर्ने योजनाका बारेमा जनतालाई बुझाउदा पुग्छ ।’

सामाजिक सन्जालमा समेत यो शैलीले उनलाई धेरैले प्रशंसा गरेका छन् । निर्वाचन प्रचार–प्रसारका क्रममा उनले यस क्षेत्रमा आफू पटकपटक निर्वाचित भएर गएपछि गरेका विकास निर्माणका कामहरुको फेरहिस्त नै प्रस्तुत गर्दछन् । एमालेका तर्फबाट निर्वाचित भएपछि उनले पटकपटक निभिन्न मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए ।

यसक्रममा उनी तीन कार्यकाल उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारीमा रहे । अर्थमन्त्री भएर जिम्मेवारी निर्वाह गर्दा उनले गरेका काम, उनको नेतृत्वमा प्रस्तुत बजेटका कारण उनले सफल अर्थमन्त्रीको छवि बनाउन सकेका छन् । रुपन्देही जिल्लाको विकासका लागि उनको नेतृत्वमा स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधारलगायतका क्षेत्रमा उल्लेख्य काम भएका छन् ।

रुपन्देही जिल्लामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–भैरहवा व्यापारिक मार्ग, बुटवलस्थित अन्तर्राष्ट्रिय सभा हल, आधुनिक प्रदर्शनी केन्द्र, बेलवास–बेथरी मार्ग, बुद्ध जन्मस्थलसंग जोडने सडक सञ्जाल, तिनाउ र दानव नदीमा निर्माण भएका दर्जनौ पुल, निर्माणको अन्तिम चरणमा पुगेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गैडाकोट राजमार्ग, हाल निर्माणाधीन अवस्थामा रहेको बुटवल–गोरुसिंगे सडक, निर्माणाधीन सिद्धबाबा सुरुङ् मार्ग, १२ सय सैयाको १२ तले अत्याधुनिक लुम्बिनी प्रादेशिक अस्पताललगायत दर्जनौ आयोजना रहेका छन् । यी आयोजनामध्ये कतिपय निर्माणाधीन अवस्थामा रहेका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् ।

यसबाहेक उनले आगामी दिनमा यस क्षेत्रको पूर्वाधार विकास मात्र नभएर अब मानवीय विकासमा पनि ध्यान पु¥याउनुपर्ने आवश्यकता औल्याउएका छन् । आगामी दिनमा यस क्षेत्रमा पूर्वाधारको विकाससंगै नागरिकका रोजगारी व्यवस्थापन उनको प्राथमिकतामा छ । यसपटक अझै पराकिलो मतान्तरका साथ विजयी हुने योजना लिएर पौडेल चुनावी मैदानमा होमिएका छन् ।

‘मैले रुपन्देहीलाई विकासको नमुना बनाउने गरी योजना अघि बढाएको छु । हिजो अर्थमन्त्री हुँदा पनि अन्तरर्राष्ट्रिय गौतममबुद्ध बिमानस्थल, बुटवल बेलहिया ६ लेन सडकजस्ता दर्जनौ ठूला योजना ल्याए’, पौडेल भन्छन्, ‘अब ती योजना पुरा गर्न र नयाँ योजना सुरु गर्न जनताले साथ दिने विश्वास छ ।’

क्षेत्र नं २ मा बुटवल उपमहानगपालिकाका १ देखि १३ नम्बरसम्मका वडाहरू, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्दछन् । उनी वि.सं २०५१ सालदेखि नै संसदीय निर्वाचन लड्दै आएका छन् । २०५१ सालमा पाल्पाबाट निर्वाचन जितेसँगै पौडेलको संसदीय राजनीतिको यात्रा सुरु भएको थियो । पौडेलले वि.स. २०६४ को पहिलो संविधानसभा, वि.स. २०७० को दोस्रो संविधानसभाको निर्वाचन र वि.स. २०७४ र २०७९ को संसदीय निर्वाचनमा लगातार जित्दै आएका छन् । पौडेलले २०६४ मा तत्कालीन माओवादी नेता भक्ति पाण्डे, २०७० मा तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, २०७४ मा नेपाली कांग्रेसका नेता युवराज गिरी र २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का गणेश पौडेललाई पछाडि पार्दै विजयी भएका थिए ।

अध्यापक माधव पौडेलले लामो समय संसदीय अभ्यासमा रहेर सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुगेकाले पनि पौडेलले यस्तो संयमता अपनाएको हुनसक्ने बताउँछन् । राजनीतिमा फरक आस्थामा राख्ने दल तथा प्रतिस्पर्धीको विषयमा तथ्यगत आलोचना गर्न उचित भएपनि अनावश्यक रुपमा आलोचनामा जानुभन्दा आफ्ना एजेण्डा प्रष्टसँग मतदातामा राख्नुपर्ने बताउँदै उनले अरुले यसो गरे, उसो गरे भन्नुपर्दा मेरो उद्देश्य र लक्ष्य यो हो, मेरो योजना यो हो भनेर जनतामा जानसक्नुपर्ने जनाएका छन् ।

विश्लेषक ऋषि आजादले पौडेलको शालिनता र अन्य आकांक्षी एवम् दलहरुप्रति राखेको सद्भावको प्रशंसा गर्दै अन्य दल तथा आकांक्षीहरुले सिक्नुपर्ने जनाएका छन् । होइन, दैनिक व्यवहारमा अनुभूती गर्ने बनाउनेछौं ।

मिथ्या सूचनाको बाढी आउन थालेपछि ‘एआई तथा एड्भान्स एनालेटिक सेल’ बनाउँदै प्रहरी

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ‘एआई तथा एड्भान्स एनालेटिक सेल’ गठन गर्न लागेको बताएका छन् ।

मिथ्या सूचनाहरूको बाढी नै आउन थालेपछि प्रहरीले त्यस्ता कसुरमा अनुसन्धान गर्नेगरी छुट्टै सेल गठन गर्न लागेको उनले बताए ।

सूचना प्रविधिको दुरुपयोग हरेक दिन झुटा सामग्रीहरू प्रशारण गर्ने कामले बढवा पाएको र त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानुनी उपचारका लागि सेलको आवश्यकता भएको उनको भनाइ छ ।

सोमबार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रियामा बोल्दै उनले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण देशमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको बताए ।

उनले भने, ‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फरमेशन हुने, डिसइन्फरमेशन हुने, हेट स्पिज एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सिर्जित झुटा सामग्रीले बढवा पाइरहनु हामी सबैका लागि साझा चिन्ताको विषय हो ।’

उनले राष्ट्रिय सुरक्षाको मर्मलाई सञचारकर्मीहरूले आफ्नो धर्मको रुपमा आत्मासात गर्न जरुरी रहेको पनि बताए ।

 

प्रधानमन्त्री बन्दुक बोकेर हिँड्दैन भन्दै ओली भने- म त बच्चाबच्चीलाई अत्यन्तै माया गर्छु (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी विद्रोहको बेला २३ जना बालबालिकाको हत्या गरेको आरोपलाई अस्वीकार गर्दै विद्रोह गराउनेहरू नै हत्यामा जिम्मेवार रहेको बताएका छन् ।

आफू बालबालिका र युवाहरूलाई जिन्दगीभर माया गर्ने नेता भएको भन्दै प्रधानमन्त्रीसँग बन्दुक नहुने र प्रहरीलाई गोली चलाउन आदेश नदिने पनि बताए । प्रहरीलेअप्ठ्यारो पर्दा आफैं गोली चलाउने उनको भनाइ छ ।

‘सबैलाई थाहा होला, प्रधानमन्त्री बन्दुक बोकेर हिँड्दैनन् । प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने नदिने केही पनि गर्दैनन् । उनीहरू (प्रहरीस)सँग आफैं आदेश हुन्छ कि अप्ठ्यारो पर्‍यो भने गोली चलाउने,’ उनले झापाली मतदाताहरूलाई भने, ‘जसले सबैभन्दा बढी बच्चा बच्चीलाई जिन्दगीभर माया गरेको छ, जसले जिन्दगीभर युवाहरूलाई माया गरेको छ, युवाहरूको उत्थान कसरी गर्ने भन्ने अभियान चलाएको छ । उही मान्छेलाई बच्चा बच्ची मारेको आरोप !’

उनले आफूले राजीनामा दिएपछि पनि ५४ जना मारिएको भन्दै घटनामा विद्रोह गराउनेहरू जिम्मेवार रहेको आरोप लगाए ।

‘यी अपराधीहरू माथि लुट्न पठाइदिने, तलबाट आगो लगाइदिने, मान्छे निस्कन नपाइ ५४ जना मान्छेहरू त्यसरी मरेका छन्,’ उनले भने ।

झापा–५ का आफ्ना चुनावी प्रतिस्पर्धी तथा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन)तर्फ संकेत गर्दै उनले देश चलाउने परिस्थिति उनैले तयार गरेको आरोप लगाए ।

‘देशमा आगजनी गर्ने वातावरण बनाउनका लागि बन्द र तोडफोड गर्ने, संसद् भवन चलाउने, सिंहदरबार जलाउने कोसिस गरेको प्रहरीमाथि आक्रमण गर्ने गराउने काम गरेर, विद्यार्थीलाई रोकेर अगाडि लगाएर गोली चलाउने वातावरण बनाएर त्यसरी परिस्थिति बिगार्ने काम यिनै अपराधीहरूले गर्छन्,’ उनले भने ।

स्कटल्याण्डसँग इटाली ७३ रनले पराजित

काठमाडौं । जारी टि-२० विश्वकपअन्तर्गतको सातौं खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनले पराजित गरेको छ। 

कोलकत्ताको ईडन गार्डेन रंगशालामा भएको खेलमा स्कटल्याण्डले इटालीलाई पराजित गरेको हो। 

निर्धारित २० ओभरमा २ सय ८ रनको लक्ष्य पाएको इटालीले १६.४ ओभरमा सबै विकेट गुमाउदै १ सय ३४ रन मात्रै बनाउन सक्यो। उसका लागि बेन मानेन्टीले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए। त्यस्तै, ह्यारी मानेन्टीले ३७, जेजे स्मुट्सले २२ रन बनाए। 

यता इटालीलाई १ सय ३४ रनमा समेट्ने क्रममा स्कटल्याण्डका लागि माइकल लिस्कले किफायती बलिङ गर्दै ४ ओभरमा मात्रै १७ रन खर्चेर ४ विकेट लिए। मार्क वाटले २ विकेट लिँदा ब्राड कुर्री, ब्राड ह्वेल, ओलीभर डेविडसनले समान १/१ विकेट लिए। 

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७ रनको विशाल योगफल तयार पार्‍‍यो। उसका लागि ओपनर जर्ज मुन्सीले ५४ बलमा १३ चौका र २ छक्काको मद्दतबाट ८४ रन बनाए। त्यस्तै अर्का ओपनर माइकल जोन्सले ३७ रन बनाउदा ब्रेन्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४१ रन जोडे। 

इटालीको लागि अली हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मुट्सले समान १/१ विकेट लिए।

तस्करको आक्रमणमा तीन सशस्त्र प्रहरी घाइते

काठमाडौं । पर्साको वीरगन्जमा तस्कर समूहको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते भएका छन् ।

वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन सशस्त्र प्रहरी घाइते भएका हुन् ।

आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको सात लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ ।

कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएको थियो । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीको दुईवटा गाडीमा क्षति पुगेको छ ।

छापामारीका क्रममा सशस्त्र प्रहरीले गोदामबाट ५ पोका साडी, कुर्ता-सुरुवाल लगायतका कपडाका सामग्री नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सामानको मूल्य करिब ५ लाख रुपैयाँ बराबर रहेको भएपनि सामानको विस्तृत विवरण र यकिन परिमाण भने हालसम्म सार्वजनिक गरिएको छैन ।

अहिले सामानको लगत संकलन गर्ने र मुचुल्का उठाउने काम भइरहेको छ । गोदाम कसको हो र सामान वैध हो वा होइन भन्ने विषयमा पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  

। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रविले मागे प्रत्यक्ष र समानुपातिकतर्फ घण्टीलाई भोट(भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समानुपातिक र प्रत्यक्ष दुवैतर्फ घण्टी चुनाव चिह्नमा मत मागेका छन् ।

अन्य चुनाव चिह्नमा मत नहाल्न आग्रह गर्दै उनले देशले जित्नका लागि घण्टीमा मतदान गर्न आग्रह गरे । यसअघि नेताले जितको तर देशले हारेको उनको भनाइ छ ।

लामिछानेले नेपालको संसदमा घण्टी नै घण्टी बनाउन तयार हुन मतदाताहरूलाई आग्रह गरे ।

रास्वपासँग यसपटक अब्बल उम्मेदवारहरू रहेको पनि उनले दाबी गरे ।

तर, उनी स्वयं भने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी हुन् ।

ओलीको दाबी : जनतामा राम्रो उत्साह छ(भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू कहिल्यै निरुत्साहित नभएको बताएका छन् ।

यसपटक ‘कत्तिको उत्साहित हुनुहुन्छ’ भन्ने पत्रकारको प्रश्नमा उनले आफू कहिल्यै निरुत्साहित नभएको र जनतामा पनि राम्रो उत्साह भएको बताए ।

‘कहिले पनि निरुत्साहित/हतोत्साहित हुन्नँ । त्यसमाथि जनतामा राम्रो उत्साह छ,’ ओलीले भने ।

चुनावी अभियानको क्रममा घरदैलोमा रहेका ओलीले जनताले आफूलाई सुनिरहेको र देखिरहेको बताए ।

चुनावअघि आफूसँग प्रतिस्पर्धा चर्को हुने कुरा चुनावपछि सकिने पनि उल्लेख गरे ।

ओली शनिबारदेखि चुनाव क्षेत्र झापामा छन् । त्यहाँ उनले मतदातालाई भेट्ने र भोट माग्ने गरिरहेका छन् ।

झापा ५ मा मतदाताको मध्यमार्गी बाटो

यतिबेला फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनले झापा ५ सहित देशको माहोल निकै तातेको देखिन्छ । देशभरमा १६५ निर्वाचन क्षेत्र छन् तर संजालीय र सञ्चारीय दृष्टिकोणले निर्वाचनको इपिसेन्टर भने झापा ५ बनेको देखिन्छ । नेपालको संसदीय इतिहासमा कहिलेकहीँ कम्युनिस्ट इतर दलले निर्वाचन जिते पनि झापालाई लालकिल्ला भनेर पनि चिनिन्छ ।

नेपालको राजनीतिक इतिहासमा झापाको एउटा बेग्लै पहिचान, विशिष्टता र इतिहास पनि छ । झापामा ०२८ सालमा वर्गशत्रु सफाया भन्ने एउटा सशस्त्र आन्दोलन शुरू भएको थियो । ०२८ मा झापाका केही युवा कम्युनिस्ट कार्यकर्ताले चिनियाँ साँस्कृतिक क्रान्ति र नक्सलवादी आन्दोलनको नक्कल गर्दै नेपालमा पनि साम्यवादी सत्ता स्थापना गर्ने लक्ष्यका साथ वर्गशत्रु खत्तम गर्ने अभियान चलाएका थिए ।

यसै अभियानद्वारा ०२८ जेठ २ गते झापाको ज्यामिरगडीमा एक जमिन्दारको हत्या गरिएको थियो भनिन्छ । त्यही हत्या अभियोगमा तत्कालीन पञ्चायती सत्ताद्वारा समातिएका तत्कालीन झापा विद्रोहका युवाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ,कृष्ण कुइँकेललाई सुखानीको जङ्गलमा ०२९ फागुन २१ गते हत्या गरिएको थियो ।

झापा विद्रोहको नामले परिचित त्यस सशस्त्र आन्दोलनमा राज्यपक्षबाट अन्य थुप्रै योद्धाहरूको हत्या भएको थियो । झापा विद्रोह ०२८ देखि २०३२ सालसम्म चलेको एक हिंसात्मक आन्दोलन नै थियो । यस आन्दोलनको एक अभियुक्तका रूपमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १४ वर्ष जेल जीवन बिताएका थिए । झापा विद्रोह के थियो, किन गरियो, यो ठीक वा गलत के थियो भन्ने बारेमा थुप्रै विश्लेषण,टीकाटिप्पणी र समीक्षा गरिएका पुस्तक र लिखित सामग्रीहरू प्रकाशित भएका छन् ।

झापा राजनीतिक चेतनाको दृष्टिकोणले देशका विभिन्न जिल्लाहरूको तुलनामा अगाडि नै छ । देशका विभिन्न क्षेत्रका प्रमुख मुख्य अनुहारहरूलाई हेर्दा झापाली अनुहारहरू प्रशस्तै देखिन्छन् । ती देखिने अनुहारहरूले झापा र समग्र देशको लागि के कति योगदान गरे वा गरेनन्,त्यसको खोज र विश्लेषणको लागि छुट्टै पाटो हुनसक्छ ।

झापाकै टोकला चियाको स्वादसँगै लेख्न बस्दा गिरीबन्धु टि स्टेटको भ्रष्टाचार काण्डको स्मरणले जिब्रो भने च्वास्स पोल्यो । झापाको भौगोलिक बनोटको कुरा गर्नु पर्दा यो जिल्ला नेपालको पूर्वको कोशी प्रदेशमा पर्ने तराईको एक जिल्ला हो । यस जिल्लाको पूर्व र दक्षिणको सिमाना भारतसित जोडिएको छ भने पश्चिममा मोरङ र उत्तरमा इलामसित जोडिएको छ ।

यस जिल्लाको क्षेत्रफल १६०६ वर्ग किलोमिटर छ भने ०७८ को जनगणना अनुसार यहाँको जनसंख्या ९ लाख ९४ हजार ९० रहेको छ । यस जिल्लामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तह छन् । झापा जिल्लामा १३१ वटा वडा रहेका छन् भने यस जिल्लामा ५ वटा संसदीय निर्वाचन निर्वाचन क्षेत्र रहेका छन् । यस जिल्लाको सदरमुकाम भद्रपुर हो ।

झापाका पाँच ओटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ५ मा गौरीगञ्ज गाउँ पालिकाका १,२,३ र ४ वडा, कमल गाउँपालिकाका सातै ओटै वडा, दमक नगरपालिकाका दश ओटै वडा र गौरादह नगरपालिकाका वडा नं ९ बाहेकका ८ ओटा वडा पर्दछन् । फागुन २१ मा हुन लागेको निर्वाचनको लागि यस क्षेत्रमा १ लाख ६३ हजार ३७७ मतदाता छन् ।

गत निर्वाचनमा यस क्षेत्रमा ६४ प्रतिशत मत खसेको थियो । यसैलाई आधार मान्ने हो भने पनि यस क्षेत्रमा आगामी निर्वाचनमा करिब १ लाख १५ हजार मत खस्ने र जसमा करिब १ लाख ५ हजार सदर मत हुन सक्ने अनुमान गर्न सकिन्छ ।

यस क्षेत्रमा फागुन २१ गते हुने निर्वाचनको लागि दुई अतिवादी प्रत्यासीहरू केपी शर्मा ओली र वालेन्द्र साह बालेनको ज्यादा चर्चा भए पनि यहाँबाट नेपाली कांग्रेस,नेपाली कम्यनुष्ट पार्टी, श्रम संस्कृति पार्टी,राप्रपा लगायतका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाबाट रञ्जित तामाङ तथा राप्रपाबाट लक्ष्मीप्रसाद सङ्ग्रौला प्रतिनिधि सभाको लागि हुन गइरहेको यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका १४ जना र १० जना स्वतन्त्र गरी जम्मा २४ जना उम्मेदवारहरू चुनावी मैदानमा देखिन्छन् ।

यस निर्वाचन क्षेत्रका एक बहुचर्चित प्रत्यासी केपी शर्मा ओली यसै क्षेत्रबाट लगातार दुईपटक निर्वाचित जनप्रतिनिधि हुन् भने यिनी झापाकै विभिन्न क्षेत्रबाट लगातार पाँच पटक विजयी भएका प्रतिनिधि हुन् । ओली ०६४ को संविधान सभाको निर्वाचनमा मात्र तत्कालीन झापाकै क्षेत्र नं ७ बाट माओवादीका विश्वदीप लिङ्देनसित करिब १४०० मतले पराजित भएका थिए ।

०४८ देखि अब आउने निर्वाचनसम्म ओलीको प्रतिस्पर्धा छैटौँ पटक हुँदैछ । पहिलो पटक निर्वाचनमा ४० वर्षे युवा रहेका ओली अहिले ७४ वर्षे जेष्ठ नागरिक भएर राजनीतिमा एउटा अभिभावकीय भूमिका निर्वाह गरी नाति पुस्तालाई अवसर दिनुपर्नेमा अझै पनि चुनावी मैदान छोड्न सकेका छैनन् । अहिलेको निर्वाचनमा पनि यहाँ उमेरकै दृष्टिकोणले हेर्दा पनि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट २७ वर्षीय सुशान्त साम्पाङ राई चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

झापा ५ का जनताले अब पनि हेभिवेट र बहुचर्चित भनिने उम्मेदवार ओलीलाई मतदान किन गर्ने भन्ने बारेमा निकै चिन्तन गर्नुपर्ने देखिन्छ । केपी ओलीका कार्यशैली र क्षमताका बारेमा थुप्रै प्रश्नहरू उठेका छन् । झापा ५ वा देशकै लागि केपी ओलीले के त्यस्तो अद्भूत काम गरे र पुन:उनैलाई जिताउनु पर्ने ? किन एमालेले झापा ५ मा केपी शर्मा ओली बाहेक अर्को कुनै पात्रलाई उम्मेदवार बनाउन सक्दैन ?

एउटै पात्रलाई बारम्बार हेर्दा जनतामा दृष्टिथकान भन्ने कुरा हुँदैन र ? एमालेको यति ठूलो विशाल संगठन हुँदा पनि झापा ५ मा ओलीको विकल्पमा अर्को पात्र पाउन किन नसकेको ? देशलाई पटक पटक राजनीतिक दुर्घटनामा पुर्याएका ओलीलाई झापाली जनताले किन अनुमोदन गरिरहनु पर्ने ? अब पनि झापालीले केपी ओलीलाई विजयी गराउनु भनेको त देशलाई थप दुर्घटनामा लैजान प्रोत्साहन गर्नु होइन र ?

केपी ओलीको नेतृत्वको सरकार हुँदा नै पछिल्लो पटक यही भदौ २३ र २४ को त्यति ठूलो मानवीय,भौतिक,राजनीतिक क्षति र दुर्घटना भयो । देशमा यति ठूलो दुर्घटना हुँदा जिम्मेवार नलिने ओलीलाई मतदान किन गर्ने ? राजनीतिमा इमान्दारिता, जवाफदेहिता, नैतिकता र पुस्तान्तरण भन्ने हुन्न र ? झापालीले कहिलेसम्म ओलीका रेलमार्ग, पानीजहाज, ग्याँसका पाइप लाइन जस्ता दिवा सपना र भ्युटावरका बकम्फुस गफलाई विश्वास गरी मत दिइरहने हो र ? अब त झापा पाँचका मतदाताले सोच्ने कि ?

नेपाली राजनीतिमा प्रमुख रूपमा केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड पूर्ण रूपमा असफल र असक्षम प्रमाणित भएका पात्र हुन् । नेपाली कांग्रेसले त शेरबहादुरलाई पन्छाएर केही नयाँ अनुहार देखाएको छ । प्रचण्ड अझै विभिन्न टाउका जोडेर अस्तित्व बचाउन सकिन्छ भन्दै पूर्वी रुकुम पुगेका छन् । केपी ओली अझै पनि बकम्फुस गफ,उखान टुक्का र खोक्रा सपना बाँड्दै हिँडेका छन् ।

ओलीकै कारण देश बनेन र अझै पनि बन्दैन । ओली देशमा अस्थिरता,सत्ताको खेलखण्ड र सामाजिक विखण्डन गराउन माहिर मध्येका एक पात्रका रुपमा चिनिएका छन् । उनले आफ्नो स्वार्थ पूरा गर्न सबै किसिमका राजनीतिक अस्त्र र विकल्पहरू प्रयोग गरे । आज एमालेमा आन्तरिक लोकतन्त्रको प्रयोग हुन सकेको छैन । एमाले भनेको ओलीको व्यक्तिगत कम्पनीजस्तो भएको छ ।

एमालेमा कार्यकर्ताभन्दा झोलेको प्रभुत्व रहेको छ । केपी ओलीका यति धेरै भ्रष्टाचारका काण्ड,असफलता,गल्ती र कमजोरी छन् कि वर्णन गरेर साध्य छैन । ओलीमा राजनीतिक संस्कार, ज्ञान र क्षमता नै छैन भन्ने कुरा बारम्बार विभिन्न राजनीतिक दुर्घटनाबाट प्रमाणित भएका छन् । यद्यपि यहाँ मैले नेपालको राजनीतिक इतिहासमा केपी शर्मा ओलीको योगदान नै छँदै छैन भन्न खोजेको चाहिँ हैन । अहिले यत्ति भनौँ कि अब देश बनाउने भिजन,योजना र क्षमता ओलीमा छँदै छैन ।

ओलीलाई मत दिँदै नदिनुस् भन्ने लेख हुँदै हैन । त्यो त मताधिकारको प्रयोग हो । केवल ओलीको ऐना देखाइदिएको हो । यहाँ ओलीलाई मत नदिए कसलाई मत दिने त भन्ने प्रश्न आउन सक्छ । कतिपयले अब ओली हैन,बालेन भनिरहेका छन् । बालेनको भिजन, विचार, योजना र सक्षमता के हो ? भनेर खोज्नुपर्छ । यतिबेला बालेनलाई देवत्वकरण र अवतारीकरण गरिएको छ। बालेन राजनीतिक नेता भएर देखिनु पर्छ। जनताले बालेनका बारेमा नजिकबाट चिन्नु र बुझ्नु पर्छ ।

ओली र बालेन बाहेक पनि यस क्षेत्रमा एकसे एक २२ उम्मेदवार छन् । यहाँ ओली र बालेनको बहस र चर्चा गरेर बाँकी उम्मेदवारलाई ओझेलमा पारिनु हुँदैन ।ओली र बालेन बाहेकका अन्य उम्मेदवारहरू पनि योग्य र सक्षम छन् । यहाँ लामो इतिहास बनाएका पार्टीदेखि नयाँ पार्टीका उम्मेदवारहरू र स्वतन्त्र पनि चुनावी मैदानमा छन् । यहाँ केवल यो वा त्यो भन्ने कुनै दुई प्रत्यासीहरू मात्र विकल्पमा छैनन् । यहाँ हेभिवेटको प्रतिस्पर्धा भनेर राम्रा,सक्षम र असल उम्मेदवारहरूलाई ओझेलमा पार्न खोजिएको देखिन्छ।

झापा ५ का मतदाताहरू केवल केही पात्रहरूको चुनावी हावाको पछाडि मात्र नदौडी निकै सचेत भएर मतदान गर्नुपर्ने देखिन्छ। झापा ५ ले पटक पटक प्रधानमन्त्रीको अनुभव गरिसकेको छ । झापाले आफूले जिताएको प्रधानमन्त्रीको अनुहार र काम राम्रोसँग गहिरिएर हेरोस् । झापा ५ का जनतामा विभिन्न दलबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बाहेकका उम्मेदवारहरूलाई विजयी गराउन सक्ने तागत पनि छ ।

झापा ५ ले दुवै अतिवादी पात्रलाई किराना लगाएर लोकतन्त्रमा निषेधको राजनीति गरिनु हुन्न भनेर मध्यमार्गी बाटो अवलम्बन गरी एउटा छुट्टै सन्देश दिन पनि सक्छ । नेपालको संविधान अनुसार प्रधानमन्त्री चयन गर्ने भनेको संसदीय दलले हो । मतदाताले होइन । झापा ५ ले केवल राम्रो,सक्षम,कुशल,असल,इमान्दार जनप्रतिनिधि चुनोस् । झापा ५ ले प्रधानमन्त्रीको लहडमा असल पात्र नगुमाओस् ।

अहिलेका झापा ५ का प्रत्यासीहरू केपी ओली र बालेन बाहेक पनि देशभरिका अन्य एकसेएक प्रत्यासीहरू प्रधानमन्त्री हुनका लागि योग्य छन् । झापा ५ ले लोकप्रियता र हावाको भरमा प्रधानमन्त्रीको मात्र खोजी गर्दा एउटा असल जनप्रतिनिधि नगुमाओस् । झापा ५ का मतदातालाई आगामी निर्वाचनमा इमान्दार,योग्य र सक्षम प्रतिनिधि चयनको लागि शुभकामना ।

(लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)

सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह

काठमाडाैं। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारी लगानी रहेको नेपाल पूर्वाधार निर्माण कम्पनी खारेज गर्नुपर्ने बताएका छन् । पहिले पनि सरकारले लगानी गरेर निर्माण कम्पनी खुलाएको र भ्रष्टाचार गर्ने अखडा बनेको भन्दै सरकारले भ्रष्टाचार हुनसक्ने संस्थाहरु राख्न नहुने बताएका हुन् ।

उनका अनुसार सरकारले यसअघि २०१८ सालमा नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल (एनसीसीएन) स्थापना गरेको थियो । लगातार ६ वर्ष घाटामा गएपछि सरकारले २०६७ सालमा एनसीसीएन खारेज गरेको थियो । अहिले पनि खडा भइरहेको निर्माण कम्पनी राजनीतिका आडमा भ्रष्टाचार गर्ने अखडा बन्न सक्ने उनले बताए ।

‘सरकारले पहिला पनि एनसीसीएन भनेर सञ्चालन गरेको थियो , उक्त निकायले विचौलियाको काम गर्याे,’ अध्यक्ष सिंहले भने,’राजनीतिक नेतृत्वले लाभ लिनका लागि एनसीसीएनका नाममा दिने र एनसीसीएनलाइ प्रभावमा पारेर एनसीसीएनलाई निश्चित कमिशन दिने र बढी भ्रष्टाचार गर्ने अखडाका रुपमा रुपान्तरण गरियो । पछि सरकारले नै एनसीसीएन खारेज गर्याे । अहिले रहेको सरकारी लगानीको नेपाल पूर्वाधार निर्माण कम्पनी पनि त्यसैको पुनरावृत्ति हो ।’

मुलुकको पूर्वाधार निर्माणलाई तिब्रता दिन सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गरेको पाँच वर्ष बिते पनि कम्पनीले अहिलेसम्म कुनै काम अगाडि बढाउन सकेको छैन ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहनेगरी नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड नामको कम्पनी २०६६ साउनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले आफ्नै निर्माण कम्पनी सञ्चालन गर्ने घोषणा गरेको थियो । वर्तमान सरकारका अर्थमन्त्रीले उपभोक्ता समितिको नाममा भइरहेको भ्रष्टाचारलाई रोक्ने निर्णय लिएको र अर्थहिन निर्माण कम्पनी राख्न नहुने सिंहको भनाइ रहेको छ ।

बहुसूचक सर्वेक्षण २०८१/८२ सार्वजनिकः सुदूरपश्चिममा शिशु तथा बाल मृत्युदर उच्च

काठमाडाै‌ं। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ ।  तथ्याङ्क कार्यालयले सोमवार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ । ५ वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ पुगेको छ । साथै नवजात शिशुहरूमध्ये १ महिना उमेर नपुग्दै १७ जना शिशुको मृत्यु हुने गरेको तथ्याङ्क कार्यलयले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । प्रदेशगत तथ्याङ्कअनुसार नवजात शिशु तथा बाल मृत्यु दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको छ ।

सुदूरपश्चिममा प्रति १ हजार जन्ममा २६ बालमुत्यु हुने गरेको छ भने सबैभन्दा कम वागमती प्रदेशमा १० जना रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा बढी ३८ र वागमतीमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर समेत सुदूरपश्चिममा ४८ पुगेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको छ ।

नेपालको कुल प्रजनन दर प्रतिमहिला १ दशमलब ९ मा झरेको छ । तर १५–१९ वर्षका किशोरीहरूमा प्रति १ हजारमा ४८ जनाले जीवित बच्चा जन्माएको पाईएको छ । यो तथ्याङ्कले किशोरी गर्भधारण अझै चुनौतीको रूपमा रहेको देखाउँछ । २०–२४ वर्ष उमेर समूहका ११.२ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै बच्चा जन्माएको पाइएको छ । गत दुई वर्षभित्र सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक गर्भजाँच गराएको छन् । ९०.५ प्रतिशतले स्वास्थ्य संस्थामै सुत्केरी गराएको र २५.३ प्रतिशतले शल्यक्रियाबाट सुत्केरी गराएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

बाल पोषणमा गम्भीर अवस्था
सर्वेक्षण प्रतिवेदनअनुसार ५ वर्षमुनिका बालबालिकामध्ये ३१.५ प्रतिशत पुड्कोपन र २४.३ प्रतिशत तौल कमी (लिखुरेपन) को समस्यामा छन् । मधेस प्रदेशमा तौल कमी भएका बालबालिकाको प्रतिशत सबैभन्दा बढी ३३.२ रहेको छ भने सबैभन्दा कम बाग्मतिमा ९.६ प्रतिशत रहेको छ । यस्तै ६ महिनासम्म आमाको दूध मात्र खुवाउने दर ६९.७ प्रतिशत रहेको छ भने १२–२३ महिनाका बालबालिकामध्ये ८०.७ प्रतिशतले मात्र सबै खोप पूरा गरेका छन् ।
आधारभुत विद्यालय कक्षा (१–५) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरू ४१.२ प्रतिशत रहेको छ । ८५.४ प्रतिशत ५ वर्षमुनिका बालबालिकाहरूको जन्मदर्ता गरिएको सर्वेक्षणमा उल्लेख छ ।

९६.७ प्रतिशत घरमा विद्युत, इन्टरनेट प्रयोग ८२ प्रतिशत
सर्वेक्षणअनुसार ९६ दशमलब ७ प्रतिशत घरपरिवारमा विद्युत सेवामा पहुँच पुगेको छ । प्रदेशगत रूपमा गण्डकी प्रदेशमा पहुँच सबैभन्दा बढी ९९ दशमलव ५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ८० दशमलब ८ प्रतिशत रहेको छ । टेलिफोन सेवा ९५ दशलमलब ५ प्रतिशत घरपरिवारको पहुँच छ भने इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने घरपरिवार ८२ प्रतिशत पुगेका छन् ।
सर्वेक्षणअनुसार नेपालमा ५.१ प्रतिशत तथा ४१.८ प्रतिशत क्रमशः १५–४९ वर्ष उमेर समूहका महिलाहरू तथा पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । नेपालको कूल जनसंख्याको ९८.२ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानीको स्रोत प्रयोग गरेका छन् भने ९२.४ प्रतिशतले सुधारिएको चर्पीहरूको प्रयोग गर्ने गरेका छन् ।

स्वास्थ्य बीमामा न्युन सहभागिता
१५–४९ वर्ष उमेर समूहका महिलामध्ये १७.८ प्रतिशत र पुरुषमध्ये १९.६ प्रतिशतले मात्र स्वास्थ्य बीमा गरेका छन् । पाँच वर्षमुनिका बालबालिकामा यो दर ११.७ प्रतिशत मात्र रहेको छ ।
तथ्याङ्क कार्यालयकाअनुसार यो सर्वेक्षण युनिसेफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको नेपालको चौथो बहुसूचक सर्वेक्षण हो । यस सर्वेक्षणले संघ, प्रदेश र स्थानीय तहमा नीति निर्माणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले महिला तथा बालबालिकाको अवस्था मूल्यांकन, नीति निर्माण र दिगो विकास लक्ष्य (एसडिजीएस) का सूचकहरूको अनुगमन गर्ने उद्देश्यले सर्वेक्षण गरेको हो ।

अवसरहरूको असमान वितरणले मानिसहरूमा असन्तुष्टि जन्माउने गरेको छः गभर्नर पौडेल

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता बढ्ने गरेको बताएका छन् । क्लिकमाण्डुद्वारा आयोजित ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले फ्रान्स र चीन जस्ता देशहरूमा भएको क्रान्ति तथा विद्रोहको उदाहरण दिँदै आर्थिक वृद्धिको प्रारम्भिक चरणमा स्थायित्व बढ्ने भएपनि वृद्धि बढ्दै जाँदा अवसरहरूको असमान वितरणले मानिसहरूमा असन्तुष्टि जन्माउने गरेको बताएका हुन् ।

गभर्नर पौडेलका अनुसार नेपालमा पनि उदारीकरण नीतिका कारण केही व्यक्ति धनी भइरहेका छन्, तर यसलाई राम्रोसँग व्याख्या गर्न नसक्दा समस्या देखिएको छ । विशेष गरी नेपाल जस्तो देशमा नवप्रवर्तन (इन्नोभेसन) आधारित सम्पती कमाइभन्दा लाइसेन्स र आयातमा आधारित तरिकाले धनी बन्ने परिपाटीले अस्वाभाविक देखिने गरेको उनको भनाइ छ ।

‘जतिखेर आर्थिक वृद्धिदरहरु अलिअलि शुरु हुनथाल्छ, त्यतिखेर धेरै ठाउँमा अस्थिरताहरु हुन्छ, यो अध्ययनले पनि देखाएको हो,’ गर्भनर पौडेलले भने, ‘आर्थिक वृद्धि बढ्दै गर्दा मान्छेहरुमा असन्तुष्टीहरु बढ्छ । अवसरहरु मैले पाइन, अर्कोले पायो की भन्ने हुन्छ । त्यसले गर्दा मान्छेमा विद्रोह हुन्छ । फान्स होस् या चिनमा भएको क्रान्तिमा त्यो देखिएको थियो । मान्छेहरुले आर्थिक ग्रोथको पहिलो चरणमा स्थायित्व बढ्छ भन्ने गरिएको छ।’

नेपालको आर्थिक उदारीकरण प्रक्रिया र यसले निम्त्याउने सामाजिक प्रभावका बारेमा सचेत हुन जरुरी रहेको उनको भनाइ छ ।

 

प्रधानमन्त्री सुशीला कार्कीको सिरहामा पुत्ला दहन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको पुत्ला दहन भएको छ ।

सिरहाको हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पटक–पटक सवारी दुर्घटना भइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाउँदै स्थानीय युवाहरूले विरोध प्रदर्शन गर्दै सोमबार प्रधानमन्त्री कार्कीको पुत्ला दहन गरेका हुन् ।

उनीसँगै त्यहाँका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र हुलाकी राजमार्ग निर्माणका ठेकेदार किशोरी कलम साहको पुत्ला दहन गरेका छन् ।

उनीहरूले सडकको अव्यवस्थित अवस्था, आवश्यक संकेत चिह्नको अभाव र निर्माण कार्यमा लापरबाहीकै कारण दुर्घटना बढिरहेको दाबी गरेका छन् ।

प्रदर्शनकारी युवाहरूले तत्काल सडक सुधार, ट्राफिक व्यवस्थापन र जिम्मेवार निकायको जवाफदेहिताको माग गरेका छन् ।

सम्बन्धित निकायले चाँडो पहल नगरे थप कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

 

सार्वजनिक सेवा प्रवाहमा सुधार नहुँदा असन्तोष बढेको होः उपाध्यक्ष श्रेष्ठ

काठमाडाैं । रष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा तत्काल सुधार आवश्यक रहेको बताउँदै दैनिक जनजीवनसँग जोडिएका आधारभुत सेवाहरूमा देखिएको समस्या सम्बोधन गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

उनले ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्र जस्ता सेवामा लामो लाइन, झन्झटिलो प्रक्रिया र व्यवस्थापनको अभावका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको बताएका हुन् । उनका अनुसार सरकारले ठूला–ठूला कुरा गर्ने भन्दापनि सामान्य सार्वजनिक सेवामा सुधारमा जोड दिनुपर्छ । सार्वजनिक सेवा सुधारमा विगतदेखि नै सरकारहरुले ध्यान दिन नसक्दा जनतामा असन्तोष बढाइरहेको उनको भनाइ छ । श्रेष्ठले व्यवसाय क्षेत्रतर्फ संकेत गर्दै  राजनीति र व्यवसायबीचको अत्यधिक घनिष्ठ सम्बन्धले नकारात्मक सन्देश फैलिरहेको समेत बताए ।

उनका अनुसार राजनीतिक लबिङ र प्रभावका आधारमा व्यवसाय चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । अब उद्योगी व्यवसायीहरु नविनता र सिर्जनशील बन्न जरुरी छ । व्यवसायीहरूले अब प्रोफेसनलिज्म अपनाउनुपर्छ र नवप्रवर्तनमा ध्यान दिनुपर्छ । ‘सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नुपर्नेछ, ठूलाठूला कुरा आउने गरेका छन्, ति पूरा पनि गर्नुपर्ला तर सामान्य सार्वजनिक सेवा प्रवाह सुधार गर्न नसकिरहेको अवस्था छ,’उपाध्यक्ष श्रेष्ठले भने,’जस्तै ड्राइभिङ लाइसेन्स, पासपोर्ट, राष्ट्रिय परिचयपत्रमा हेर्ने हो भने त्यहाँ लाइन हुने गरेको छ । त्यहाँ सार्वजनिक सेवा लिन लामो लाइन बस्नुपर्ने, झन्झटिलो व्यवस्थाका कारण लामोलाइन बस्नुपर्ने अवस्था छ ।’

उनले भदौ २३ र २४ बाट पाठ सिकेर संचार क्षेत्र पनि धेरै जिम्मेवार हुन जरुरी रहेको बताए। श्रेष्ठका अनुसार अहिले धेरै असन्तोष आउनेमा संचारमाध्यम पनि जिम्मेवार छन् । नेपालमा केही नभएको जस्तो भाष्य संचारमध्यमले गराइरहेको श्रेष्ठको भनाइ छ ।

 

टी–२० विश्वकप : जारी विश्कपमा २०० रन पार गर्ने पहिलो टोली बन्यो स्कटल्यान्ड

काठमाडौं । भारतमा जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आइतबार कोलकाताको ईडेन गार्डेनमा भएको समूह ‘सी’को खेलमा स्कटल्याण्डले इटालीलाई जितका लागि २०८ रनको विशाल लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको विशाल योगफल तयार गरेको हो। यो जारी विश्वकपमा कुनै पनि टोलीले बनाएको पहिलो २०० भन्दा माथिको स्कोर हो।

स्कटल्याण्डलाई विशाल योगफलमा पुर्याउन ओपनरहरू जर्ज मुन्से र माइकल जोन्सले उत्कृष्ट सुरुवात गरे। यी दुईबीच पहिलो विकेटका लागि १२६ रनको बलियो साझेदारी भयो।

जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाए। अर्का ओपनर माइकल जोन्सले ३० बलमा २ चौकासहित ३७ रन जोडे।

ओपनरहरू आउट भएपछि आएका ब्रान्डन म्याकमुलेनले अन्तिम ओभरहरूमा विष्फोटक ब्याटिङ गरे। उनले मात्र १८ बलमा ४ छक्का प्रहार गर्दै ४१ रन (नटआउट) बनाए।

यस्तै, कप्तान रिची बेरिङ्टनले १५ रन बनाए भने अन्त्यमा आएका माइकल लिस्कले ५ बलमै २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको अविजित पारी खेले। लिस्कको स्ट्राइक रेट ४४०.०० रहेको थियो।

इटालीका बलरहरू स्कटल्याण्डका ब्याटरसामु महँगो साबित भए। अलि हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मट्सले १-१ विकेट लिए पनि रन रोक्न सकेनन्।

विशेष गरी ग्रान्ट स्टेवार्ट (४ ओभरमा ४४ रन) र थोमस ड्राका (२ ओभरमा ३७ रन) निकै महँगो साबित भए।

जापान संसदीय निर्वाचन, सत्तारुढ एलडिपीलाई पहिलोपटक दुईतिहाई

काठमाडौँ । जापानमा आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री सनाई तकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले ऐतिहासिक बहुमत हासिल गरेको छ। ४ सय ६५ सदस्यीय प्रतिनिधि सभामा एलडीपीले मात्रै ३ सय ५२ सिट जित्दै दोश्रो विश्वयुद्धपछिको दुर्लभ उपलब्धि दोहोर्याएको छ। एकल पार्टीले दुई तिहाइभन्दा बढी बहुमत हात पार्नु जापानी राजनीतिमा अत्यन्तै असामान्य मानिन्छ।

यसअघि एलडीपीले सामान्य बहुमतसमेत पाउन नसकेर गठबन्धन सरकारको सहारामा सत्ता सञ्चालन गर्दै आएको थियो। लगातार घट्दो जनसमर्थन, आन्तरिक विवाद र विपक्षी दलहरूको बढ्दो प्रभावका कारण अघिल्लो चुनावमा पार्टी कमजोर बनेको थियो। तर, यसपटक प्रधानमन्त्री तकाइचीको नेतृत्व, स्थिर राजनीतिक दिशा, आर्थिक सुधारका प्रतिवद्धता तथा विदेश नीतिमा देखाएको स्पष्टताले मतदातालाई आकर्षित गरेको विश्लेषकहरूको भनाइ छ।

यो विजयसँगै तकाइची सरकार अब संविधान संशोधनदेखि दीर्घकालीन आर्थिक एजेन्डा कार्यान्वयनसम्मका योजनामा अघि बढ्न सक्षम हुने अनुमान गरिएको छ। विशेषगरी जापानको सुरक्षा नीति र सैन्य क्षमतामा सुधार गर्ने कुरालाई एलडीपीले आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएको छ, जसका लागि संसदमा दुई तिहाइ बहुमत महत्वपूर्ण मानिन्छ।

निर्वाचन परिणामले विपक्षी दलहरू भने थप कमजोर बनेका छन्। मुख्य विपक्षी दलहरू बीच गठबन्धन निर्माण हुन नसक्दा र मतदातालाई विश्वसनीय विकल्प दिन नसक्दा एलडीपीको पक्षमा लहर बनेको विश्लेषण गरिएको छ।

एलडीपीको यो विजय जापानको आगामी राजनीतिक दिशालाई ठूलोरूपमा प्रभावित गर्ने निश्चित छ, साथै प्रधानमन्त्री तकाइचीको शक्ति र प्रभाव पनि समग्र रूपमा बढ्ने देखिएको छ।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङ । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन ।

लु प्र ०२००१ प ११०२ नं को पल्सर मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा दुर्घटना गए राति भएको जनाइएको छ ।

सोमबार बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एमाले अध्यक्ष ओली गौरीगञ्ज केन्द्रित कार्यक्रममा

गौरीगञ्ज- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्‌नो निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । 

झापा क्षेत्र नं. ५ अन्तर्गत पर्ने सिमावर्ती पालिका गौरीगञ्जका विभिन्न कार्यक्रम र टोलमा पुगेर मतदाताहरुसँग भेट गर्ने कार्यक्रम रहेको एमाले निर्वाचन परिचालन समितिले जनाएको छ । आजको अध्यक्ष ओलीको कार्यक्रम गौरीगञ्ज बहुमुखी क्याम्पसबाट शुरु हुने छ । सो कार्यक्रममा उनले करिव १ बजे सम्म रहने कार्यतालिका छ । त्यस पछि ओली मतदातासँगको भेटका लागि विभिन्न बस्तिमा पुग्नेछन् । 

पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगी लगायतका बस्तिमा पुगि मतदातासँग भलाकुसारी गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा उनले हुलाकी राजमार्ग तथा नयाँ शहरको रुपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको अवलोकन पनि गर्नेछन् । शुक्रबार देखि ओली आफु उम्मेद्वार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

 उनले शनिबार र आईतबार कमल गाउँपालिकाका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गरे । त्यस क्रममा स्थानीयले यस क्षेत्रको विकासका लागि ओलीले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकि कामहरु पूरा गर्न आग्रह गरेका थिए ।

 

सीआईबीकी असईको नाम, वर्षौंदेखि ठगी गर्ने काम

काठमाडौं । उनी कहिले ‘नेहा’ थिइन् कहिले ‘निशा’ । कहिले अर्कैको नागरिकतामा ‘पुनम कुमारी ।’ यिनै अनेक नामधारी महिलाको साँचो नाम हो– निर्मला महतो ।

२५ वर्षीया उनी यतिबेला प्रहरी हिरासतमा छिन् । उनी कहिले आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को असई भन्थिन् ।

भन्सार र प्रशासनमा बलियो पहुँच भएको दाबी गर्थिन् । नाम अदलीबदली र सीआईबीको असईसँगै भन्सार र प्रशासनमा पहुँज भएको दाबी गर्नुको भित्री रहस्य थियो– सर्वसाधारणलाई झुक्याएर पैसा उठाउने योजनाबद्ध ठगी ।

सर्लाहीको कबिलासी नगरपालिका–१०, सलेमपुरकी २५ वर्षीया महतोले वर्षौंदेखि आफूलाई प्रहरी अधिकृतको रूपमा प्रस्तुत गर्दै रौतहट र सर्लाहीका विभिन्न स्थानमा मानिसहरूबाट लाखौँ रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ठगीको एक प्रमुख घटनामा लालबन्दीका राजेश्वर साह परे । सस्तोमा भन्सारबाट स्कारपियो गाडी निकालिदिने आश्वासन दिएर महतोले उनीबाट पटक–पटक गरी १ लाख ५० हजार रुपैयाँ लिइन् ।

आफू सीआईबीकी असई भएको र भन्सारसम्म सिधा पहुँच रहेको उनको दाबीले साहलाई विश्वास दिलायो । तर गाडी कहिल्यै आएन, पैसा पनि फर्किएन ।

निर्मलाको ठगीको दायरा यत्तिमै सीमित रहेन । रौतहटको चन्द्रपुरका सन्तोषबहादुर विश्वकर्माको ज्वेलर्स पसलबाट उनले २ लाख ७४ हजार रुपैयाँ बराबरको सुनचाँदी लिएर फर्किइनन् ।

गुजराका विजय साह बनियाँसँग घरायसी समस्या देखाउँदै पाँच लाख रुपैयाँ नगद लिइन् । चन्द्रपुरकै प्रविण साहको किराना पसलबाट उधारो सामान लिइन्, स्कारपियो गाडी भाडामा लिइन् र १ लाख २६ हजार रुपैयाँ बराबरको रकम नतिरी सम्पर्कविहीन बनिन् ।

एकपछि अर्को मानिस ठगीमा परेपछि प्रहरीमा उजुरी पर्‍यो । उजुरीका आधारमा गरिएको अनुसन्धानमा सबैभन्दा गम्भीर तथ्य त्यतिबेला बाहिर आयो, जब महतोले अरूको सक्कल नागरिकता प्रयोग गरेर आफ्नै सरकारी पहिचान बनाएको खुलेको छ ।

उनले लालबन्दीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र तस्बिर प्रयोग गरी इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट राष्ट्रिय परिचयपत्र बनाएकी थिइन् । त्यही झुटो पहिचानका आधारमा उनले माछापुच्छ्रे बैंक लिमिटेड, चन्द्रपुर शाखामा पुनम कुमारीकै नाममा खाता खोलेर कारोबार गरेको प्रहरीको भनाइ छ ।

खातामा पर्याप्त रकम नभएको अवस्थामा चेक काटेर दिँदै थप ठगी गरेको तथ्य पनि अनुसन्धानमा खुलेको छ ।

उनी गत ४ माघमा पक्राउ परेकी हुन् । तर, उनको सक्कली पहिचान पत्ता लगाउन प्रहरीलाई २० दिन लागेको चन्द्रपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी रुपा लाबुङले बताइन् । ‘एकभन्दा बढी नाम र कागजात प्रयोग गरिएकाले पहिचान पुष्टि गर्न समय लाग्यो,’ उनले भनिन् ।

हाल महतोविरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान जारी छ । प्रहरीका अनुसार घटनामा थप पीडित हुनसक्ने आशंकासहित विवरण संकलन भइरहेको छ ।

प्रविधिमार्फत चुनावी एजेण्डा संकलन गर्दै घिमिरे, अनलाइनमा पनि मागे सुझाव

झापा- झापा क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बताएका छन् । प्रतिनिधिसभाका निवर्तमान सभामुख समेत रहेका घिमिरेले यस पटक मतदाताका घरदैलोमा पुग्ने परम्परागत शैलीसँगै डिजिटल माध्यमलाई पनि सशक्त रूपमा प्रयोग गरिरहेका छन् ।

उम्मेदवार घिमिरेले आफ्नो चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) तयार पार्न स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता खोजेका छन् । यसका लागि उनले एक क्युआर कोड र वेबसाइट लिङ्क सार्वजनिक गर्दै झापा क्षेत्र नं. २ का मतदाताहरूसँग सुझाव आह्वान गरेका छन् ।

घिमिरेका अनुसार, आगामी कार्यकाल (२०८२-८७) का लागि बनाइने प्रतिबद्धता पत्रमा जनताका वास्तविक समस्या र आवश्यकतालाई समेट्न यो प्रविधि अपनाइएको हो। “झापा क्षेत्र नं. २ का आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको सुझावलाई नै हामीले हाम्रो मार्गचित्र बनाउनेछौँ,” उनको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भई सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नुभएका घिमिरेलाई यस पटक ‘अनुभवी’ र ‘प्रविधिमैत्री’ उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ। उनले मतदाता भेटघाटका क्रममा स्थानीय विकास, पूर्वाधार र शिक्षाका मुद्दाहरूमा छलफल गर्दै डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावहरूलाई पनि उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

टी-२० विश्वकप: इटालीले टस जित्यो, स्कटल्याण्डलाई ब्याटिङको निम्तो

काठमाडौँ । आइसीसी टी–२० विश्वकपको समूह ‘सी’ अन्तर्गत आज कोलकताको इडन गार्डेन रंगशालामा इटाली र स्कटल्याण्ड आमनेसामने छन्। खेलको टस इटालीले जितेको छ र उसले स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको छ।

इटाली कप्तान वेन म्याडसेनको नेतृत्वमा मैदान प्रवेश गरेको छ। टोलीमा एन्थोनी मोस्का, जस्टिन मोस्का, जेजे स्मट्स, ह्यारी मानेन्टी, बेन मानेन्टी, ग्रान्ट स्टीवर्ट, विकेटकिपर जियान–पिएरो मीड, मार्कस क्याम्पोपियानो, क्रिशन कालुगामेज र अली हसन छन्।

उता स्कटल्याण्डको नेतृत्व रिची बेरिङ्टनले गरिरहेका छन्। टोलीमा जर्ज मुन्से, माइकल जोन्स, ब्रान्डन म्याकमुलेन, टम ब्रुस, विकेटकिपर म्याथ्यू क्रस, मार्क वाट, माइकल लीस्क, ओलिभर डेभिडसन, ब्राड ह्वील र ब्राड करी रहेका छन्।

विश्वकप यात्रामा महत्वपूर्ण मानिएको यस खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ४ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २४० रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य तोलामा ३ हजार ४ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ५०० रुपैयाँ रहेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य २४० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।

रुपन्देहीबाट लामिछानेको सन्देशः परिवर्तनको दुर्लभ अवसर आएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकले इतिहास लेख्ने दुर्लभ अवसर पाएको भन्दै यसपटकको निर्वाचनलाई परिवर्तनको निर्णायक मोडका रूपमा लिन आग्रह गरेका छन् । उनले अब्बल युवा नेतृत्वले मात्रै देशको विकास सम्भव हुने स्पष्ट पारेका छन् ।

रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले यसलाई सामान्य चुनावी सभा नभई जनताको जमघट भएको उल्लेख गरे । ‘यो सभा होइन, जमघट हो । मुलुकले इतिहास लेख्ने अवसर पाएको छ, यस्तो अवसर विरलै पाइन्छ,’ उनले भने, ‘अब्बल युवा नेतृत्वले मात्रै देशको विकास गर्न सक्छ ।’

विगतका निर्वाचन परिणामतर्फ संकेत गर्दै उनले धेरै उम्मेदवारले जिते पनि देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे । ‘धेरैपटक धेरै उम्मेदवारले जिते, तर देशले जितेन । हामी देशलाई जिताउन हिँडेका हौँ,’ लामिछानेले भने ।

उनले जनताको शक्तिलाई कसैले पनि नजरअन्दाज गर्न नहुनेमा जोड दिए । विगतमा सत्तामा पुगेका नेताहरू जनताको अपेक्षाभन्दा आफ्नै इतिहास र शक्ति केन्द्रित राजनीतिमा अल्झिएको आरोप लगाउँदै उनले अब जनताले त्यस्ता प्रवृत्तिलाई पत्याउने अवस्था नरहेको बताए । ‘जनताको ताकतलाई नजरअन्दाज गर्नु हुँदैन । अहिलेसम्म जनतालाई नजरअन्दाज गर्नेहरू आफ्नै इतिहासमा केन्द्रित भए, अब जनताले उनीहरुलाई पत्याउने छैनन्,’ उनले भने ।

रास्वपाभित्रको एकता र आन्तरिक समझदारीबारे उल्लेख गर्दै उनले पद र भागबण्डाको राजनीतिभन्दा माथि उठेर नयाँ पुस्ता एक ठाउँमा उभिएको दाबी गरे । ‘हामी नयाँ साथीहरू एक ठाउँमा उभिएर आएका हौँ, पदमा कुनै भागबण्डा नगरी आएका हौँ,’ लामिछानेले स्पष्ट पारे ।

स्थिर सरकार निर्माणलाई मुख्य एजेन्डा बनाउँदै उनले आगामी पाँच वर्ष राजनीतिक अस्थिरताबाट देशलाई मुक्त गरिने प्रतिबद्धता जनाए । ‘५ वर्षको स्थायी सरकार बनाउने हो, एकै प्रधानमन्त्री रहने हो, त्यसका लागि स्थायी सरकार आवश्यक छ,’ उनले भने ।

विगतमा निर्वाचित जनप्रतिनिधिहरू जनताको मन र काममा कत्तिको पुगे भन्ने कुरा अहिले स्पष्ट भइसकेको उल्लेख गर्दै उनले नयाँ पुस्ताका उम्मेदवारप्रति विश्वास गर्न मतदातालाई आग्रह गरे । ‘अब युवा साथीहरू पहिलो पटक उम्मेदवार बन्दै हुनुहुन्छ, तपाईंको मत खेर जाने छैन,’ उनले आश्वासन दिए ।

लामिछानेले रुपन्देही क्षेत्र नम्बर-१ बाट पार्टीका महामन्त्री सुनील लम्साललाई उम्मेदवार बनाइएको जानकारी दिँदै उनलाई विजयी गराउन आग्रह गरे ।

गगन भिजन– विकासको मोडल परितर्वन गरौँ, त्यसअघि कानुन संशोधन गरौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालमा ठूला पूर्वाधार आयोजना वर्षौंसम्म पनि सम्पन्न नहुने अवस्थालाई गम्भीर प्रणालीगत समस्या भएको बताएका छन् ।

नारायणगढ-बुटवल सडक, पूर्व-पश्चिम राजमार्ग, फास्ट ट्र्याक र मेलम्चीजस्ता उदाहरण दिँदै उनले विकास आयोजनामा ढिलाइ नेपालका लागि दीर्घकालीन बाधा बनेको उल्लेख गरेका छन् ।

थापाका अनुसार नारायणगढबाट बुटवल जाने सडक कहिले बनिसक्छ भन्ने अझै निश्चित छैन । पूर्व-पश्चिम राजमार्ग र फास्ट ट्र्याकको अवस्था पनि उस्तै रहेको भन्दै उनले मेलम्ची आयोजना सम्पन्न हुन २५ वर्ष लागेको स्मरण गराए ।

‘हामीले ठूला-ठूला आयोजना हेर्‍यौँ भने पुग्छ । सबैको कथा उस्तै छ । सहरमा बनिरहेका सडक हेर्दा बल्ल बनेको हुन्छ, केही समयपछि खानेपानीले खन्छ, त्यसपछि ढल आउँछ, फेरि फाइबर बिछ्याउने नाममा खनिन्छ । कहिले बिजुली, कहिले टेलिफोनको अड्डा आउँछ,’ थापाले भने ।

उनका अनुसार यस्तो अवस्था अपवाद होइन, सामान्य अभ्यासजस्तै बनिसकेको छ । सानो, ठूलो वा मझौला कुनै पनि आयोजना समयमै नसकिने प्रवृत्तिले नागरिकको कष्ट मात्र होइन, मुलुकको आर्थिक अवसरसमेत गुमाइरहेको उनले बताए ।

‘यसले हाम्रो दुःख त बढाएको छ नै, आर्थिक अवसर पनि धेरै गुमाइरहेका छौँ । किनकि यसको अपर्च्युनिटी कस्ट नै अत्यन्तै ठूलो छ,’ थापाले भने ।

थापाले समस्या ठेकेदारलाई तर्साएर वा व्यक्तिगत निर्देशन दिएर समाधान नहुने स्पष्ट पार्दै पूर्वाधार क्षेत्रका कमजोरीको जडमै पुगेर सुधार गर्नुपर्नेमा जोड दिएका छन् । संसदमा रहेर काम गर्दा सतहमा देखिने समस्यामात्र होइन, संरचनागत कमजोरीमाथि ध्यान दिन आवश्यक रहेको उनले बताए ।

‘कुनै ठेकेदारलाई तर्साएर समस्या समाधान हुँदैन । कतै गएर  निर्देशन दिन्छु भनेर पनि हुँदैन । सिम्प्टममा होइन, यसको जरामा गएर काम गर्नुपर्छ,’ थापाको भनाइ छ ।

पूर्वाधार क्षेत्र सुधारका लागि कानुनी संरचना, कार्यान्वयन प्रणाली, निकायबीचको समन्वय र दीर्घकालीन योजना प्रणालीमै व्यापक सुधार आवश्यक रहेको उनको जोड छ ।

विश्वकपमा ईङ्ल्याण्डविरूद्धको प्रदर्शनपछि विश्वक्रिकेटमा नेपालको चर्चा , कसले के भने ?

काठमाडौं। टी-२० विश्वकपमा ईङ्ल्याण्डविरूद्ध नेपालको सशक्त प्रदर्शनपछि विश्व क्रिकेटका दिग्गजहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन्।

साउथ अफ्रिकाका पूर्व क्रिकेटर डेल स्टेनले कुनै पनि बेला नेपाललाई आफ्नो आवश्यकता परेको खण्डमा जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्,’ यदि तपाईंलाई कहिल्यै आवश्यक परेमा म तपाईंलाई मेरो सेवाहरू प्रदान गर्दछु । उठ, उठ र उठ!’

त्यस्तै, भारतीय पूर्व चर्चित क्रिकेटर युवराज सिंहले नेपाल अन्तिम बलसम्म ईङ्ल्याण्डसँग लडेको बताए।
‘ नेपालप्रति ठूलो सम्मान, विश्वका उत्कृष्ट टोलीहरूमध्ये एकसँग भिड्दै अन्तिम बलसम्म संघर्ष गर्‍यो र विश्वास र साहसले के गर्न सक्छ भन्ने देखायो!  यस्तै संघर्षबाट टोलीहरू बलियो बन्छन् र यस्तै बाटो हुँदै च्याम्पियनहरू जन्मिन्छन् । क्रिकेट जगतको नजर अब नेपालतर्फ छ!’

चर्चित कमेन्टटेटर आकाश चोपडाले नेपालले राम्रो खेलेको प्रतिक्रिया जनाएका छन्। ‘धेरै नजिक तर पनि टाढा । राम्रो खेल्यो, राम्रोसँग लड्यो, नेपाल,’ उनले लेखेका छन्।


त्यस्तै, ईङ्लिस कमेन्टटेटर माईकल भाउनले नेपालले असाधारण खेल प्रस्तुत गरेको बताए । ‘क्रिकेटको कस्तो शानदार खेल,’ उनले नेपालको आजको खेलमा प्रतिक्रिया जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्,’नेपाली खेलाडीहरूले देखाएको सीप असाधारण थियो। जे भए पनि अन्तिममा इङ्गल्याण्डको जित नै भयो।’

भारतीय विश्वविख्यात स्पिनर रविचन्द्रन आश्विनले नेपाल उदयीमान तथा विशाल सम्भावना भएको क्रिकेट राष्ट्र भएको प्रतिक्रिया दिए । ‘नेपालको अद्भुत प्रदर्शन। नेपाल क्रिकेट- उदीयमान क्रिकेट राष्ट्रहरूमध्ये उनीहरू निश्चय नै उत्कृष्टमध्ये एक हुन्। अत्यन्तै ठूलो सम्भावना र उज्यालो भविष्य छ।’


कमेन्टटेटर तथा पूर्व भारतीय क्रिकेटर ईरफान पठानले नेपाल क्रिकेटमा सही बाटोमा रहेको प्रतिक्रिया दिए । ‘अन्तिम प्रहारहरु गर्न नेपाल चुक्यो तर नेपाल स्पष्ट रूपमा सही बाटोमा छ,’ उनले एक्समा लेखेका छन्,’उनीहरूले इङ्गल्याण्डलाई दबावमा राखेको देख्दा खुशी लाग्यो।’

विश्वपकमा टेष्ट राष्ट्रलाई हराउने सपना अधुरै, नेपाल ईङ्ल्याण्डसँग ४ रनले पराजित

 काठमाडौं । जारी विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ईङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ। निर्धारित २० ओभरमा १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो। 

नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले २९ बलमा १ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, कप्तान रोहित पौडेलले ३४ बलमा २ चौका र २ छक्काको सहायतामा ३९ रन बनाए ।

लोकेश बमले नेपाली टोलीका लागि आक्रामक पारी खेले । उनले २० बलमा २ छक्का र ४ चौका प्रहार गर्दै ३९ रन बनाए । त्यसअघि ओपनर कुशल भुर्तेलले आक्रामक सुरु गर्दै ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडे ।

उता ईङ्ल्याण्डका लागि लियाम डसनले २ विकेट लिए भने जोफ्रा आर्चर, सम कुरान, विल ज्याक्स र लुके वुडले समान १/१ विकेट लिए।

त्यसअघि, मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले नेपालसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा इंग्ल्याण्डले १ सय ८४ रन जोडेको हो।  उसका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्याकब वेथलले सर्वाधिक ५५ रन बनाए। उनले ३५ बलमा ४ चौका र ४ छक्काको सहायतामा ५५ रन जोडेका हुन्। 

त्यस्तै, इङ्ग्लिस कप्तान ह्यारी ब्रुकले पनि अर्धसतक प्रहार गरे। उनले ३२ बलमा ४ चौका र ३ छक्काको मदतबाट ५३ रन जोडे। विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४ छक्का र १ चौकाको सहयोगमा ३९ रनको विष्फोटक पारी खेल्दा ओपनर जोश बटलरले १७ बलमा ५ चौकाको मद्दतमा २६ रन बनाए। 

यता नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २/२ विकेट लिदा सन्दिप लामिछाने र शेर मल्लले समान १/१ विकेट लिए।

विश्वकपमा टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउने सपना यसपटक पनि अधुरै रहेको छ। अघिल्लो विश्वकपमा पनि नेपाल साउथ अफ्रिका र बंगलादेशसँग सानो मार्जीनले पराजित हुदा विश्वकपमा टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउन चुकेको थियो। 

 

ओलीको चुनाव प्रचार कार्यालयमा बालेन, केहीसँग मिलाए हात, कसे टाप

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित निर्वाचन प्रचार कार्यालयमा बालेन्द्र शाह (बालेन) पुगेका छन् ।

बालेन ओलीका चुनावी प्रतिस्पर्धी हुन् । आइतबार ओलीको प्रचार कार्यालयमा पुगेर उनी केहीसँग हात मिलाएर बाटो लागे । कोहीसँग दोहोरो संवाद गरेनन् ।

संवाद नगरे पनि त्यहाँ एक जनाले भने, ‘बालेनजी ! भेट भयो, खुसी लाग्यो ।’

ओली र बालेन झापा–५ का चुनावी प्रतिस्पर्धी हुन् । दुवैबीच व्यक्तिगत तहमै तिक्ततापूर्ण सम्बन्ध छ । त्यसमाथि चुनावी प्रतिस्पर्धी भएका छन् ।

ओली पनि यतिबेला चुनाव क्षेत्र झापा–५ मै छन् । बालेन पनि त्यहीँ छन् । दुईले एकअर्कालाई चुनौतीका रूपमा प्रस्तुत गरेका छन् ।

ओली तीनपटक प्रधानमन्त्री भइसकेका र झापाबाट ६ पटक निर्वाचित अग्ला कदका नेता हुन् । बालेन पनि काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख हुन् ।

उनले सार्वजनिक रूपमा नभनिए पनि जेन–जी विद्रोहको मुख्य कमान्डर हुन् जुन विद्रोहले ओलीको सत्ता ढलेको थियो ।

अहिले उनीहरू दुवै चुनावी मोर्चामा आमनेसामने छन् ।

कप्तान पौडेल ३९ रन बनाएर आउट

इंग्ल्याण्डसँगको टि-२० विश्वकपको पहिलो म्याचअन्तर्गत नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल ३९ रन बनाएर आउट भएका छन्। 

उनले ३४ बल खेल्दै २ छक्का र २ चौका हिर्काए।  यो सँगै नेपालको चौथो विकेट गुमेको छ। 

नेपाललाई जित्न अब २४ बलमा ५६ रनको आवश्यकता छ