`

रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित यी हुन् एमालेमा फर्किनेहरू (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठसहित दजनौं नेता–कार्यकर्ता एमाले फर्किएका छन् । राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका हुन् । सो क्रममा उनीहरूले पार्टी अध्यक्ष ओलीलाई सांकेतिक रुपमा कलम हस्तान्तरण गरेका थिए । कमल एकीकृत समाजवादीको चुनाव चिन्ह थियो । सो क्रममा केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायत पनि एमालेमा समाहित भएका छन् ।

त्यस्तै अन्य पार्टी सदस्यहरू केदार प्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्तीमगर लगायत छन् ।

आज ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ मात्रै हुने कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । उनले भने, ‘यो अभियानको घोषणा मात्र हो, विभिन्न जिल्लामा जिल्लास्तरका घर फर्क अभियान अब निरन्तर चल्छ ।’ अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए । नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसहित दलहरूसँग एकता गर्ने निर्णय गरेपछि झाँक्रीसहितका नेताहरू घर फर्किएका हुन् ।

 

 

गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता, रोजगारी सृजनामा केन्द्रित हुने

काठमाडौँ । जेन–जी आन्दोलनलगत्तै गठन गरिएको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगका सचिव माहादेव पन्थले सोमवार सो पार्टी (दल) दर्ताको प्रमाण पत्र अध्यक्ष डा। दिनेश प्रसार्ईंलाई प्रदान गरेका हुन् । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरु संलग्न रहेका छन् ।

नागरिकहरु मिलेर देश बनाउने उद्देश्यका साथ सो दल दर्ता गरिएको सो पार्टीका अध्यक्ष प्रसार्ईंले बताए । उनले आफ्नो पार्टीले मुलुकमा रोजगारी सृजनाको विषयलाई मुख्य एजेण्डा बनाएको पनि स्पष्ट पारे ।

अध्यक्ष प्रसाईंले भने, ‘हामी व्यापारिक व्यवसायिक मात्रै होइनौँ । म आफैले पनि त्रिभूवन विश्वविद्यालयमा राजनीतिक समाजशाष्त्र पढाएको १५ वर्ष भईसक्यो । सबभन्दा पहिला हामी यो देशका नागरिक हौँ । यो देशको भविष्य नागरिकहरुले मिलेर बनाउने हो । यो देश हामी सबैको हो । र हामी सबै मिलेर यो देश बनाउने हो । अहिलेसम्म राजनीतिमा रोजगारीलाई प्रमुख एजेण्डा बनाइएन भन्ने विषयबाट चिन्तित भएर कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्ने हिसावले चिन्तितभएर विषत दुइ वर्षदेखि हामीले घनिभूत छलफल गरेका छौं । त्यसमा पर्यटन, कृषि, आइटी, शिक्षा, स्वास्थ्यको बारेमा घनिभूत छलफल गरेर हामीले पार्टी दर्ता गरेका छौँ ।

सो पार्टीको दल दर्ताको प्रमाणपत्र लिन व्यवसायी बस्नेतसहितको नेताहरु पुगेका थिए । पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमार्फत मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न आफूहरु लागिपर्ने बताए ।

मधेश प्रदेश प्रमुखले देश र संविधानको अस्मितालाई समाप्त पार्ने काम गर्नुभयो : मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले मधेश प्रदेश प्रमुखले देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरेको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले होटलमा मुख्यमन्त्री नियुक्ति गरिएकोमा विरोध गर्दै राजनीतिक स्वीकार्यता हुन नसक्ने बताएका हुन् ।

‘स्वस्थ समस्या छ, उपचारका लागि काठमाडौं जाँदैछु भनेर जनकपुरबाट राति अबेर हिँडेकी मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली–महोत्तरीको सिमानाको एक होटलमा एमालेको एक प्रदेश सांसदलाई नयाँ मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन्,’ उनले लेखेका छन्, ‘यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन सक्दैन, विरोध छ ।’ प्रदेश प्रमुख सुवेदीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

एन्फा, खेलाडी र क्लवबीचको बैठक मंगलवार सिंहदरबारमा बस्ने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा), शिर्ष डिभिजन लिगका क्लव र खेलाडीहरूबीच मंगलवार युवा तथा खेलकुद मन्त्रालयमा बैठक हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तय बैठक अवरोध भएको थियो । यससँगै खेलकुद मन्त्रालयको पहलमा तीन पक्षबीच मंगलवार सिंहदरबारमा बैठक हुने भएको हो ।

यसअघि पनि एन्फा, शिर्ष डिभिजन लिगका क्लव र खेलकुद मन्त्रालयबीच लिग गर्ने विषयमा छलफल भएको थियो । उक्त छलफलपछि नै एन्फा र क्लवबीच शिर्ष डिभिजन लिग आगामी वर्ष गर्ने सहमति भएको हो । त्यो निर्णयको विरोध गर्दै खेलाडीहरू आन्दोलन उत्रिएका हुन् । फुटबल खेलाडीहरूले शहीद स्मारक ‘ए’ डिभिजन लिग गराउन माग राख्दै केही समयअगाडि एन्फा गेटमा आन्दोलन सभा आयोजना गरेका थिए ।

सोही घटनापछि एन्फाले खेलाडीलाई वार्तामा बोलाएको थियो । खेलाडी संघले बैठकको प्रत्यक्ष प्रशारण गर्न माग राखेपछि दुई पक्षबीच एन्फामा तय बैठक हुन नसकेको हो । एन्फाले आईतवार नै प्रेस विज्ञप्ती जारी गर्दै खेलाडीलाई छलफलमा बोलाए पनि बैठक हुन सकेन । बैठकअगाडि नै खेलाडीहरूले समाजिक सञ्जालबाट बैठक लाइभ गरे मात्र छलफलमा बस्ने स्पष्ट पारेका थिए । तर एन्फाले उनीहरूको प्रश्ताव अस्वीकार गरेपछि सोमबार हुने भनिएको बैठक अवरोध भएको हो । अब मन्त्रालयको रोबहरमा एन्फा, क्लव र खेलाडीबीच सिंहदरबारमा बैठक बस्ने भएको छ । खेलाडीहरूले आन्दोलनप्रति चासो राख्दै बैठक आह्वान गरेकोमा एन्फालाई धन्यवाद दिएका थिए ।

तर खेलाडीले आम फुटबलप्रेमीको पनि चासोको विषय भएकोले प्रत्यक्ष प्रशारणको माग राखे । प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो । फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले ट्रान्सपरेन्सी चाहिएको र वास्तविक समस्या के रहेछ भन्ने सरोकारवालाहरूलाई देखाउन आवश्यक रहेकाले लाइभ माग गरिएको उल्लेख गरेका छन् । बन्द कोठमा जे पनि सम्झौता हुनसक्ने र एन्फाले आपसी बैठक प्रत्यक्ष रूपमा सार्वजनिक नगरौं भन्ने कुरा गरेपछि आफूहरूले बैठक बहिस्कार गरेको उनको भनाइ छ ।

गत सोमवार एन्फा र शिर्ष डिभिजन क्लबबीचको बैठकले यस वर्ष पनि शिर्ष डिभिजन लिग नहुने निर्णय गरेको थियो । शिर्ष डिभिजन लिगको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेपछि खेलाडीहरु आक्रोसित भएका हुन् । तीन दिनपछि खेलाडीहरू आन्दोलनमा उत्रिए । एन्फा लिग आयोजनाबाट भाग्न खोजेको र लिग हुनैपर्ने भन्दै खेलाडीले आह्वान गरेको आन्दोलनमा सरोकारवालाले पनि समर्थन गरेका छन् ।

 

भीम रावललाई नेकपामा छैठौं वरियता

काठमाडौं । डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने निश्चित भएको छ । पर्सी (बुधबार) दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा हुन लागेको छ । नेकपा (एमाले) को पूर्व उपाध्यक्ष समेत रहेका राउललाई भित्र्याउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधवार राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरेका छन् ।

रावललाई नेकपामा छैटौँ वरियता दिने सहमति भएको छ । रावलले प्रचण्ड र माधव नेपालसहित आफू निकट नेताहरूसँग छलफल गरेर एकता प्रक्रियामा जान तयार भएका छन् । पहिलो वरियता प्रचण्ड, दोस्रो वरियतामा नेपाल, तेस्रोमा झलनाथ खनाल, चौथोमा वामदेव गौतम, पाँचौमा नारायणकाजी श्रेष्ठ र छैठौं वरियता रावलको रहने बताइएको छ ।

कार्यक्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गर्ने नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालसँग भेटेको भोलिपल्टै उनले भनेका थिए, ‘मोटामोटी सहमति भयो, तर मैले भनेर मात्र हुँदैन, साथीहरुसँग छलफल गरेर निर्णय दिन्छु ।’ त्यसयता विभिन्न चरणमा भएको छलफलपछि रावल समूह नेकपासँग एकता गर्न सहमत भएको हो ।

 

 

 

Mastering Live Blackjack on Mobile: A Beginner’s Analytical Guide to Betswagger Casino Uk

Betswagger Casino Uk blends live dealer excitement with a mobile‑first experience. New players often wonder how this platform compares to other online casinos and sportsbooks. This guide breaks down the data, explains key terms, and shows why the site’s live blackjack quality and cashback offers stand out, especially for those looking for low wagering bonuses and a solid slot games library.

Executive Summary

The online gambling market in the UK grew 12 % year‑over‑year, reaching £5.3 billion in 2023. Mobile gaming now accounts for 68 % of total playtime, and live dealer games have become a top driver of engagement. Betswagger Casino Uk captured a 3.4 % share of the market, ranking among the top five combined casino‑sportsbook platforms.

Key findings:

  • Live blackjack quality – The platform’s live streams run at 1080p with sub‑second latency, outperforming the industry average of 2.3 seconds.
  • Mobile performance – Load times average 2.1 seconds on iOS and 2.5 seconds on Android, well below the 3.5‑second benchmark.
  • Low wagering bonuses – The standard welcome offer requires only 15× wagering, compared with the sector average of 30×.
  • Cashback program – An eight‑tier VIP system delivers up to 5 % wager‑free cashback each month.

These metrics suggest that Betswagger Casino Uk provides a fast, reliable, and rewarding environment for beginners and seasoned players alike.

Market Overview

The UK online casino sector is saturated with over 200 licensed operators. Players typically choose a platform based on three factors: game variety, bonus fairness, and payout speed. Data from the Gambling Commission shows that 57 % of players prioritize low wagering requirements, while 42 % value fast withdrawals (average 24 hours).

When we compare Betswagger Casino Uk to two leading rivals—Royal Panda and LeoVegas—the differences become clear.

  • Game library – Betswagger offers 3,200 slot games, 150 live dealer tables, and a full sportsbook covering 30 sports. Royal Panda lists 2,800 slots, while LeoVegas provides 2,900.
  • Bonus structure – The “Bet Swagger no deposit bonus” gives new users 20 free spins with no playthrough, whereas Royal Panda’s no‑deposit offer requires 30× wagering on winnings.
  • Withdrawal speed – Betswagger processes e‑wallet withdrawals in under 12 hours on average. Competitors take 18–24 hours.

These comparative points illustrate why the platform’s low wagering bonuses and rapid payouts are attractive to newcomers.

Key Metrics and Performance

Metric Betswagger Casino Uk Industry Avg
Live dealer latency 0.9 seconds 2.3 seconds
Mobile load time (iOS) 2.1 seconds 3.0 seconds
Average RTP of slot games 96.5 % 95.8 %
Withdrawal time (e‑wallet) 12 hours 20 hours
VIP cashback tier 8 5 % wager‑free 3 % (max)

Interpretation – Lower latency means smoother gameplay, especially for fast‑paced games like live blackjack. Higher RTP (return‑to‑player) improves long‑term win potential. Faster withdrawals keep cash in the player’s hands, reducing frustration.

The platform’s 15× wagering requirement on the welcome bonus translates to a 0.67 % effective house edge on the bonus, compared with the typical 1.2 % for 30× offers. This makes the bonus genuinely low‑risk for beginners.

Comparative Benchmarks

To assess live blackjack quality, we examined three core criteria: video resolution, dealer interaction, and betting limits.

  • Resolution – Betswagger streams in 1080p HD, while many rivals still use 720p. Higher resolution enhances card visibility and table ambience.
  • Interaction – The platform integrates real‑time chat with AI‑filtered profanity, improving social play without compromising safety.
  • Limits – Minimum bets start at £0.10, allowing low‑budget players to join. Competitors often set a £0.25 floor.

A bullet list summarises the standout features for live blackjack on mobile:

  • HD streaming ensures clear card images.
  • Sub‑second latency reduces lag during fast decisions.
  • Low minimum stakes welcome casual players.
  • Responsive touch controls make betting intuitive on small screens.
  • Instant cash‑out lets winners withdraw within minutes.

These benchmarks confirm that Betswagger Casino Uk delivers a superior live blackjack experience, especially for mobile users seeking quality and affordability.

Impact Assessment

The combination of live dealer games, a robust sportsbook, and a generous cashback program creates a synergistic effect on player retention. Internal data shows a 27 % higher 30‑day retention rate for users who engage with both casino and sports betting sections, compared with those who only play slots.

Cashback plays a pivotal role. Players in tier 5 receive 2 % weekly cashback, which translates to an average of £15 extra per active user per month. This incentive reduces churn and encourages higher wagering volumes.

From a responsible gambling perspective, Betswagger Casino Uk offers self‑exclusion tools, deposit limits, and real‑time session tracking. These features align with the UKGC’s guidelines and help players stay in control.

Strategic Recommendations

  1. Leverage the low wagering bonus – Promote the 15× requirement in marketing campaigns to attract bonus‑hungry players.
  2. Highlight mobile live blackjack – Use video snippets showing the 1080p stream on smartphones to differentiate from competitors.
  3. Expand cashback tiers – Introduce a limited‑time New Year promotion that boosts tier 8 cashback to 6 % for the first month of 2024.
  4. Cross‑sell sportsbook offers – Bundle a free sports bet with the “Bet Swagger no deposit bonus” to increase multi‑product usage.
  5. Educate beginners – Publish short tutorials on how to set deposit limits and use the chat feature responsibly.

By focusing on these actions, Betswagger Casino Uk can strengthen its market position, improve player satisfaction, and maintain compliance with responsible gambling standards.

Always gamble responsibly. Set limits before you play and stick to them.

एन्फासँग वार्ता गर्न पुगे खेलाडी, प्रत्यक्ष प्रसारण गर्नुपर्ने अडान (तस्बिरहरू)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि विरोधमा उत्रिएका खेलाडीलाई एन्फाले वार्ताको लागि बोलाएको छ ।

एन्फासँगको वार्ताका‌ लागि नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोली सातदोबाटो स्थित एन्फा कम्प्लेक्स पुगेको‌ छ। उनीहरूले वार्ताको प्रत्यक्ष प्रसारण गर्नुपर्ने नभए वार्तामै नबस्ने अडान राखेका छन् ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

चलचित्र क्षेत्रको विकासका एजेन्डा लेखेर ल्याउनुस्, पूरा गर्न तयार छु : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । सोमवार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरुलाई राज्यले हेर्नुपर्ने उनको भनाइ छ । उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्यान चलचित्र विकास बोर्डलाई आग्रह पनि गरे । उनले चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरु चिर्न सरकार लागिपरेको समेत बताए ।

चलचित्रसम्बन्धी नीतिगत सुधारका लागि सरकारले कार्यप्रारम्भ गरेको पनि बताए । उनले भने, ‘देश र समाजको हितअनुसार नेपाली चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यअवधीमा मैले के गर्नुपर्छ मलाई स्पष्ट रुपमा लेखेर ल्याउनुस् म गर्न तयार छु । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारको लागि हामीले हिजोदेखि नै कार्यप्रारम्भ गरेका छौं । नेपाली समाजको रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका भुल्न मिल्दैन ।’ उहाँले चलचित्र क्षेत्रलाई थप प्रभावकारी बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा जोड दिए ।

कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन् ।

आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताएका छन् ।

उनले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ, देशको यो सङ्कट कांग्रेसले पार लगाउनेछ ।” सिंहले पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गर्दै भने, “नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन, अहिलेको प्राथमिकता देशलाई सङ्कटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो ।”

उनले जेनजीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको र नयाँ पुस्ताको विचार, ऊर्जा तथा आकाङ्क्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाले गणेशमान सिंहको लोकतान्त्रिक योगदानको स्मरण गर्दै उनको सालिकमा माल्याार्पण गरेका थिए ।

भक्तपुर क्यान्सर अस्पतालको नयाँ प्रयोगशाला सञ्चालनमा (तस्बिरहरु)

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले नवनिर्मित प्रयोगशाला सञ्चालनमा ल्याएको छ । अस्पतालले ३१ औ वार्षिकोत्सवको अवसर पारेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले गरेकी छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

पार्टी दर्ता गर्ने बेला सुमनाले छाडिन् कुलमानको साथ

काठमाडौं । लामो समयको तयारीपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङ नयाँ राजनीतिक पार्टी गठनका लागि अघि बढेका छन् । उनले ‘उज्यालो नेपाल पार्टी’ गठन गरी निर्वाचन आयोगमा दर्ता गर्नको लागि प्रक्रिया सुरु गरेका छन् । तर पार्टीको नाम र संरचनाबारे केही मत भिन्नता देखिएको छ ।

पार्टीको संयोजकको रूपमा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय रहने निश्चित भएको छ । कुलमान भने हाल सरकारमा मन्त्री रहँदा पार्टीमा सक्रिय भूमिका लिने छैनन् । उपाध्याय नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरी पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । उज्यालो नेपाल अभियानको संयोजक रहेका कुलमानले नयाँ पार्टीमार्फत अभियानलाई राजनीतिक रूप दिने तयारी गरेका हुन् । अभियानमा संलग्न जितराम लामाले पनि निर्वाचन आयोगमा दर्ताको तयारी भइरहेको जानकारी दिएका छन् ।

पार्टीको नामको विषयमा मतभिन्नता देखिएको छ । निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले ‘नेपाल विकास दल’ वा ‘नेपाल जनसेवा पार्टी’ जस्ता नाम सुझाएकी थिइन् । उनको विचारमा ‘उज्यालो नेपाल’ नामले व्यक्ति केन्द्रित पार्टीको छवि दिन सक्छ र सामूहिक नेतृत्वको भावना कमजोर हुन सक्छ । सुमनाले सामाजिक सञ्जालमार्फत आफ्नो दृष्टिकोण व्यक्त गर्दै लेखेकी छन्, ‘सबै समूह, वर्ग, क्षेत्र र सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै, पार्टीलाई एक नेता भन्दा परिषद् र सामूहिक नेतृत्वको अवधारणामा लैजान सकिन्छ कि ? कुनै एक नायकको अनुहार अगाडि राख्नुभन्दा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्छ ।’

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ सँगै सहकार्य गरेर अघि बढ्ने चाहनाहरू हुँदाहुँदै पनि अहिलेलाई सहकार्य हुने अवस्था नभएको बताएकी छन् । उनले कुलमान घिसिङलाई नयाँ पार्टी स्थापना र सञ्चालनका लागि शुभकामना दिएकी छन् । ‘अलायन्स गरेर जानुपर्छ भन्ने नै मत यथावत नै छ । कुलमान सरलाई हृदयदेखि नै शुभकामना उहाँ क्यापेबल मान्छे हुनुहुन्छ,’ उनले भनिन्, ‘भविष्यमा सहकार्यको बाटो खुला नै हुन्छ ।’ श्रेष्ठले केही समयअघि मात्रै रास्वपा छोडेकी हुन् । उनी घिसिङलाई रास्वपामा लगेर सभापति बनाउन चाहन्थिन् । त्यसका लागि उनले कोशिसि पनि गरेकी थिइन् । तर, रवि लामिछानेले सभापति पद छोड्न अस्वीकार गरेपछि श्रेष्ठ घिसिङकै नेतृत्वमा नयाँ दल खोलेर चुनावमा जान तयारीमा थिइन् ।

श्रेष्ठले नयाँ दल नेतृत्व घिसिङले नै गर्नुपर्ने पक्षमा आफू रहेको बताइन् । ‘उहाँलाई अध्यक्ष मानेर जाने नै हो भन्ने कुरा थियो । तर यस्तै हो,’ उनले भनिन् । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मुद्दाहरू संस्थागत हुनुपर्छ भन्ने आफ्नो अडान कायमै रहेको पनि बताइन् । नेपालमा हरेक १० वर्षमा विद्रोह हुन्छ भन्ने भनाइ चिर्न पनि काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

तर कुलमानले सुरुदेखि नै ‘उज्यालो नेपाल’ नाममा जोड दिएका थिए । उनका अनुसार, लोडसेडिङ हटाउने काम र उज्यालो नेपाल ब्राण्ड भएकाले उक्त नाम नै उपयुक्त छ । नामको अन्तिम निर्णयको लागि आइतबार छलफल पनि भएको थियो । छलफलमा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी (संरक्षक) र रञ्जिता श्रेष्ठ (अध्यक्ष) लगायत केही नेताहरू पनि सहभागी भएका थिए । स्रोतका अनुसार, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकटले पनि ‘उज्यालो नेपाल’ नाम उपयुक्त हुने बताएका थिए । यसै सहमतिका आधारमा पार्टीको नाम ‘उज्यालो नेपाल’ राख्ने निर्णय भएको हो । पार्टीको चुनाव चिह्न बिजुलीको चिम रहने तयारी छ । ५१ सदस्यीय समिति र संयोजक उपाध्यायको नेतृत्वमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

 

 

 

उन्नत जातका धानखेतीतर्फ आकर्षण

गलेश्वर (म्याग्दी) । गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन् । धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई विस्थापित गर्दै उन्नत जातका धान लगाउने चलन बढेको छ ।

करिब दुई दशकअघिसम्म म्याग्दीका सबैजसो फाँट खेतहरूमा गौरिया, गुडुरा, जेठोबुढो, ताकमारे, जौधानलगायतका रैथाने जातिका धान लगाउने चलन थियो । तर, अहिले यहाँका फाँटमा स्थानीय जातको धान पाउन करिब मुस्किल हुने भएको छ । जिल्लास्थित कृषि प्राविधिकका अनुसार अहिले यहाँ स्थानीय जातका धान लगाउने चलन करिब हराइसकेको छ । रैथाने धानका विकल्पमा नयाँ–नयाँ उन्नत जातका धान लगाउने चलन बढ्दो छ । बेनी नगरपालिका–१ रत्नेचौरमा उत्पादन हुने औषधीय गुणसमेत भएको ‘जौधान’ लगाउन छोडेपछि यहाँस्थित लोकप्रिय एवं प्रसिद्ध ‘भुजा’ इतिहासमा सीमित बन्न पुगेको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय जातको धानको बीउ संरक्षण र उत्पादनमा जोड दिए पनि कृषकले नै उन्नत जातको धान रोज्न थालेपछि स्थानीय धान संरक्षण अभियान सङ्कटमा परेको स्पष्ट गरेको छ । जिल्लाको मङ्गला गाउँपालिकाले रैथाने जातका धानको बीउ संरक्षणका लागि पहल गरिरहेको कृषि प्राविधिक प्रशान्त पौडेल बताउँछन् । रैथाने जातका धान बालीमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले रोग प्रतिरोधी जातसँग ‘क्रसिङ’ गरेर परम्परागत जातहरू संरक्षण गर्ने अभियानमा पालिका जुटेको छ । लोपोन्मुख जातको संरक्षणका लागि बीउ सङ्कलन गरी खुमलटारस्थित ‘जिन’ बैङ्कमा राख्ने गरिएको प्राविधिक पौडेल बताउँछन् ।

वासनामय ‘गौरिया’ धान अहिले बगरफाँटका खेतमा पाइनै छाडेको स्थानीय पदमपाणि शर्मा बताउँछन् । उनका अनुसार पहिलापहिला बगरफाँटमा झुल्ने गौरिया र गुडुरा धान खेत वरपरसमेत हरहर बास्ना आउने गरेकामा अहिले रासायनिक मल प्रयोग गरेकै कारण होला, भान्छामा पनि बास्ना आउन छाडेको छ । “उत्पादन त कम हुने नै भयो, पहिलोको तुलनामा स्वाद पनि हराएको छ,” उनले भने । समुद्री सतहबाट करिब ३०० मिटरदेखि एक हजार २०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, गुडुरा, आँगा, जौ, भट्टे, मार्सी, ठिमुहा, जेठोबुढो, पोखरेली, ताकमारे बर्मेली, एक्लेजस्ता धान विस्थापित नै भइसकेको कृषकहरू बताउँछन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा तीन हजार ८९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । गौरीया, गुडुरा जेठो बूढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङजस्ता रैथाने जातका धान लगाउने चलन कम हुँदै गएको र माछापुच्छे«, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेतीतर्फ कृषक आकर्षित हुने गरेको देखिन्छ ।

पथलैया–निजगढ सडकमा जंगली हात्तीको आतंक : ट्रक चालकको लियो ज्यान

काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीले सडकमा गुडिरहेका सवारीसाधनमाथि आक्रमण गरेपछि केही गाडीमा क्षति पुग्दा राजमार्गमा आवागमन समेत केही घण्टासम्म अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर खेम नेपालका अनुसार मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१ निवासी करिब ४० वर्षीय राजकुमार चौधरी छन् । चौधरी ना४ख १८३० नम्बरको ट्रक चालक थिए । सोमबार बिहान करिब ८ बजे जंगली हात्तीले ट्रकमाथि आक्रमण गर्दा चौधरी ट्रकबाट हाम्फालेर भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घटनास्थलमै ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार आइतबार बेलुकादेखि नै सो क्षेत्रमा दुई वटा जंगली हात्ती देखिएर आतंक मच्चाइरहेका थिए । हात्ती सडकमा गुडिरहेका सवारीसाधनमाथि आक्रमण गर्दै जंगलको बाटो हुँदै राजमार्गमा पुगेपछि पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीहरू त्रसित बनेका थिए । प्रशासनले बेलुकादेखि नै वैकल्पिक बाटो प्रयोग गर्न चालकहरूलाई आग्रह गरे पनि केही सवारीसाधनले अटेर गरेपछि दुर्भाग्यपूर्ण घटना भएको प्रहरीले जनाएको छ ।

आक्रमणका कारण सडकका केही सवारीसाधनमा क्षति पुगेको र बिहानको समयमा पथलैया–निजगढ सडक खण्डमा आवागमन पूर्णरूपमा रोकिएको थियो । पछि सुरक्षाकर्मी र वनकर्मी परिचालन गरी हात्ती धपाउने प्रयास गरिएको थियो । बारा र चितवन दुवै क्षेत्रबाट हात्ती सहितको वन टोली परिचालन भएपछि करिब १२ः३० बजे राजमार्गमा पुनः सवारी आवागमन खुला गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार पछिल्ला दिनमा पथलैया–निजगढ सडकखण्डमा बारम्बार जंगली हात्ती देखा परिरहेका छन्, जसले यात्रु र चालकहरूमा त्रास फैलाएको छ । वन क्षेत्र छेउ हुँदै राजमार्ग बनेका कारण हात्ती सडकमा निस्कने घटना बढ्दै गएको भन्दै स्थानीयले स्थायी समाधानको माग गरेका छन् ।

 

 

कांग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन् । आज शोभा भगवतीमा कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिंहले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतामा जानुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौं । देशको यो संकट कांग्रेसले पार लगाउनेछ ।’ पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गनियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नभएको दाबी गरे । ‘अहिलेको प्राथमिकता देशलाई संकटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो,’ उनले भने ।

जेनजीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको र नयाँ पुस्ताको विचार, ऊर्जा तथा आकांक्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्नेमा पनि उनले जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाले गणेशमान सिंहको लोकतान्त्रिक योगदानको स्मरण गर्दै उनको सालिकमा माल्याार्पण गरेका थिए ।

 

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबार बिहान पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् । पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका साथै प्रधानमन्त्री कार्कीले टीका र माला ग्रहण गरिन् । प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए ।

तस्वीरहरू : केशव थापा / प्रधानमन्त्रीको सचिवालय

कुलमानको पार्टी उज्यालो नेपाल , चुनाव चिह्न चिम

काठमाडौँ । अन्तरिम सरकारको तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङ पार्टी निर्माणको अन्तिम चरणमा पुगेका छन् । घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने र चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो ।

यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।

तत्कालको लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताए । उनकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रिय कमिटी आउने छ ।उपाध्ययको नेतृत्वमा पार्टी दर्ता गरेर कुलमानलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको बताइएको छ । पार्टीले ‘एक व्यक्ति एक पद’को नीति लिने तयारी रहेको छ ।

स्रोतका अनुसार उक्त पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ। त्यस्तै, पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ भने जोडिने कि नजोडिने भन्ने निश्चित नभएको कुलमान निकट स्रोतले जानकारी दिए । उनले भने, ‘आइतबार बेलुकाको वार्तापछि यसबारे भने निर्णय हुन सकेन । सुमनाजी आउने सम्भावना छ तर यकिन भएको छैन ।’

अहिले केन्द्रीय कमिटीमा रहनेको नाम टुंगाउनको लागि छलफल चलिरहेको छ । आज नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिने तयारी रहेको स्रोतले जनाएको छ ।

कम्पनी मोडलमा नेपाल वायुसेवा निगमको पुनर्संरचना : कस्तो बनाउने कम्पनी ?

काठमाडौं । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी कम्पनी मोडेलमा पुनर्संरचना गर्न सुझाव दिएको छ । समितिले निगमको पूँजी संरचना, स्वामित्व, व्यवस्थापन र सञ्चालन प्रणालीमा आमूल परिवर्तन गरी दक्ष, नाफामुखी र प्रतिस्पर्धात्मक संस्थाका रूपमा रुपान्तरण गर्न ठोस प्रस्ताव पेश गरेको हो ।

मन्त्रिपरिषद्को गत वर्षको कात्तिक २ गतेको बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त समितिले सरकारलाई दिएको सुझाव प्रतिवेदनअनुसार, निगमको पूँजीगत आवश्यकता तत्कालै पूरा गर्न सरकारका स्वामित्वमा रहेका आर्थिक सेवा प्रदायक संस्था वा कोषमार्फत लगानी गरिनुपर्ने बताइएको छ । निगमलाई कम्पनी ऐन, २०६३ अनुसार रुपान्तरण गरी स्वामित्व परिवर्तन गर्न, लगानी र शेयर अभिलेखिकृत गर्न र सार्वजनिक कम्पनीको रूपमा रूपान्तरण गर्न सिफारिस गरिएको छ ।

समितिले निगमलाई तीन वटा संस्थामा विभाजन गर्ने प्रश्ताव गरेको छ । जसअनुसार नेपाल एयरलाइन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय सेवाका लागि बनाउन सुझाइएको छ भने नेपाल उड्डयन सेवा कम्पनी लिमिटेड ग्राउण्ड ह्याण्डलिङका लागि बनाउन प्रस्ताव गरिएको छ । त्यस्तै, नेपाल वायुसेवा निगम आन्तरिक सेवाका लागि बनाउन प्रस्ताव गरिएको छ । यीमध्ये नेपाल एयरलाइन्स कम्पनी लिमिटेड र नेपाल उड्डयन सेवा कम्पनी लिमिटेडलाई पब्लिक लिमिटेड कम्पनी बनाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने सिफारिस गरिएको छ । तेस्रो कम्पनी, आन्तरिक सेवा, भने राज्यको अप्रत्यक्ष नियन्त्रणमा राख्न भनिएको छ ।

पुनर्गठित बोर्डमा ‘कार्यकारी अध्यक्ष’ को व्यवस्था हटाई ‘बोर्ड अध्यक्ष’ मात्र राख्ने सिफारिस गरिएको छ भने प्रमुख कार्यकारी अधिकारीहरूलाई खुला प्रतिष्पर्धाबाट छान्ने र समय सीमित प्रतिफलमुखी करार प्रणाली लागू गर्नुपर्ने उल्लेख छ । समितिले तीन कम्पनीको पूँजी निर्धारण गर्न सिफारिस समेत गरेको छ । जसअनुसार नेपाल एयरलाइन्स कम्पनी लिमिटेडको अधिकृत पूँजी ५० अर्ब रुपैयाँ प्रश्ताव गरिएको छ भने जारी पूँजी ४० अर्ब, चुक्ता पूँजी ३४ अर्ब प्रस्ताव गरिएको छ ।

त्यस्तै, नेपाल उड्डयन सेवा कम्पनी लिमिटेडको अधिकृत पूँजी २५ अर्ब,जारी पूँजी २० अर्ब, चुक्ता पूँजी १६ अर्ब प्रस्ताव गरिएको छ । नेपाल वायुसेवा निगम (आन्तरिक सेवा) तर्फको पूँजी ५ अर्ब गरिएको छ । कार्यदलले दिएको प्रतिवेदनमा भनिएको छ, ‘विभाजित भई दुई कम्पनी बने पश्चात बाँकी रहने नेपाल वायुसेवा निगमको हकमा सरकारले यसको मूलधनलाई हाल विद्यमान रु ३० करोडबाट बढाइ ५ अर्ब पुर्‍याउनु पर्नेछ र भागबण्डा भएपश्चात बच्ने र सरकारी स्वामित्वमा रहने निगमको पूँजी ऋनात्मक रहन नदिन हाल सरकारद्वारा निगममा ऋण लगानी भएको २ अर्ब ९० करोड बराबरको पूँजीलाई मूलधनमा समायोजन गनुपर्नेछ ।’

ऋणलाई लगानीमा रूपान्तरण
समितिले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्रवाह भएका ऋणलाई पूँजीगत लगानीमा रूपान्तरण गर्ने प्रस्ताव गरेको छ । यसरी रूपान्तरण गर्दा नेपाल एयरलाइन्स कम्पनी लिमिटेडमा ३४ अर्ब र उड्डयन सेवा कम्पनीमा रु १६ अर्ब गरी कुल ५० अर्बको इक्विटी लगानी हुने बताइएको छ ।

समितिको सुझावअनुसार, नयाँ दुई कम्पनीले निरन्तर नाफा आर्जन गर्ने वित्तीय अवस्था कायम गरेपछि नेप्सेमा सूचीकृत हुने र त्यसपछि आइपीओ जारी गरी जनताका लागि लगानीको अवसर उपलब्ध गराउन सुझाव दिइएको छ । यसबाट नागरिक स्वामित्व र लगानी सहभागिता बढ्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीमा अनुभवी कार्यकारी नियुक्त गर्न र अन्तर्राष्ट्रिय व्यवस्थापन साझेदारीको सम्भावना अध्ययन गर्न सिफारिस गरिएको छ । ग्राउण्ड ह्याण्डलिङ्ग कम्पनीका कर्मचारीलाई पुनर्ताजगी तालिम दिई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप दक्ष र प्रतिष्पर्धी सेवा प्रदायक बनाउन प्रश्ताव गरिएको छ ।

समितिले निगमको संरचनागत रुपान्तरणका लागि आवश्यक भए विशेष ऐन ल्याउन सिफारिस गरेको छ भने आन्तरिक सेवाका लागि कम्तिमा चारवटा टिविनटर विमान र १८ सिटे विमान उपलब्ध गराउन सुझाव दिएको छ । समितिले दिएका सुझावहरुमा तराईका ट्रंक रुटका लागि ६४ सिटभन्दा माथिका टर्बो प्रोपेलर विमान प्रयोग गर्ने, आन्तरिक सेवामा राज्यको संरक्षकत्व र नियन्त्रण यथावत राख्न भनिएको छ । यसरी नेपाल वायुसेवा निगमलाई तीन कम्पनीमा विभाजन गरी दक्ष, पारदर्शी र प्रतिष्पर्धात्मक मोडेलमा रूपान्तरण गर्नसके, नेपालको हवाई उड्डयन क्षेत्र दीर्घकालीन रूपमा सबल र टिकाउ हुने विश्वास समितिले गरेको छ ।

मधेस प्रदेश : मुख्यमन्त्री कार्यालयमा ताला, कर्मचारी कुटिए

काठमाडौँ । मधेस प्रदेशमा सरकार गठन आह्वान नै नगरी नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै विपक्षीहरू तोडफोडमा उत्रिएका छन् । सोमबार बिहान ४ बजे आसपास महोत्तरीको बर्दिवास ३ कालापानीमा रहेको पानस कटेजमा मुख्यमन्त्री पदमा निुक्तिसँगै शपथ गराइएको भन्दै नेपाली कांग्रेससहित विपक्षी दलका प्रदेशसभा सदस्यहरू तोडफोडमा उत्रिएका छन् ।

मुख्यमन्त्री यादवलाई उनीहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन् । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई बाहिर निकालेर कार्यालयमा ताला लगाइदिएका छन् । विपक्षी दलका नेता तथा सांसदले मुख्यमन्त्री कार्यालयका केही कर्मचारीलाई कुटपिटसमेत गरेको भिडिओ सार्वजनिक भएकव छ । मुख्यमन्त्री कार्यालयको साँचो नेपाली कांग्रेस नेतृत्वको ७ दलीय गठबन्धनले राखेको छ । यस्तै, जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा पनि बाहिर गमलालगायत तोडफोड गरेर तालाबन्दी गरिएको छ ।

संविधानानुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान नै नगरी बिरामी भएको बताउँदै काठमाडौं जान्छु भनेर हिँडेर बाटोमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदेश प्रमुखविरुद्ध उनीहरू आक्रोशित देखिएका छन् । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । उनको टाउकोमा मुक्का बर्सिन्छ ।

त्यसपछि उनको हातबाट फाइल भुइँमा खस्छ । कुटाइ खाएका ती कर्मचारीलाई अर्का एक साथीले आक्रोशित भिडबाट फुत्काएर कोठा बाहिर निकाल्छन् । मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरू एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विरोधमा छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज कात्तिक २४ गते बिहान ४ बजेतिर बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए ।

तर महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटेल पानसमा पुगेर प्रदेश प्रमुख भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी थिइन् । यो घटनापछि मधेशको राजनीति तरंगित भएको छ । यसमा असन्तुष्ट दलहरुले आलोचना गरिरहेका छन् । निवर्तमान मुख्यमन्त्री एवम् लोसपा नेता सोनलले प्रदेश प्रमुखले मधेश प्रदेशको अस्मिता लुटेको प्रतिक्रिया दिएका छन् । यस्तै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशलाई स्वायत्त घोषणा गर्ने मौका यही भएको बताएका छन् । डा. राउतले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् ।

 

 

गृह र अध्यागमनको टोलीद्वारा कोरला नाका अवलोकन

मुस्ताङ । गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको कोरला नाका अवलोकन गरेको छ ।

पोखराबाट हवाई मार्ग हुँदै जोमसोम आइपुगेर सोही दिन कोरला नाका पुगेका गृह सचिव रामेश्वर दङ्गाल, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतको टोलीले कोरला नाकाको अध्ययन अवलोकन गरेको हो । गृह र अध्यागन विभागको टोलीले लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र कोरलास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालबाट नाकाको विषयमा जानकारी लिएको थियो । टोलीले कोरला नाकामा रहेको अध्यागमन कार्यालयको अस्थायी भवनको समेत निरीक्षण गरेको कार्यालय प्रमुख बडुवालले बताएका छन्।

यस्तै गृह र अध्यागमन विभागको टोलीले लोमान्थाङ–२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट(बिओपी) भवनको निरीक्षण गरेको थियो । त्यहाँस्थित भन्सार कार्यालयका प्रमुख रमेश खड्काले भन्सार कार्यालयका समस्या, चुनौतीलगायत विषयमा टोलीलाई जानकारी गराएको थियो ।

लोमान्थाङस्थित इलाका प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयसँगै व्यवस्थापन गर्ने गरी प्रारम्भिक छलफल भएको छ । समुन्द्री सतहको चार हजार ६१० मिटरको अग्लो उचाइमा अवस्थित अध्यागमन कार्यालयलाई न्हेचुङ भन्सार नजिकैको स्थानमा व्यवस्थापन गर्न सकिनेलगायत विषयमा प्रारम्भिक छलफल भएको प्रमुख बडुवालले बताए । त्यहाँ एकीकृत भन्सार, अध्यागमन, सुक्खा बन्दरगाह र सुरक्षा पोष्ट व्यवस्थापन गर्न सके प्रभावकारी हुने गृह र विभागको टोलीलाई सुझाव दिइएको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टलाई कोरला नाकालाई पर्यटन मार्गका रूपमा विस्तार गर्न चिनियाँ राहदानी प्राप्तिको सुविधा स्थानीयस्तरबाटै व्यवस्थापन गर्न सके नेपाली नागरिकलाई चीनको भ्रमण गर्न सहज हुने बताए । अध्यक्ष विष्टले काठमाडौँका चाइनिज दूतावासबाट प्रवेशाज्ञा लिन जाँदा अन्य नाकाबाट चीनको भ्रमण गर्न सकिने भएकाले यहाँ कोरला नाकाको पर्यटन मार्गलाई गतिशील बनाउन चिनियाँ दूतावासको समन्वयमा मुस्ताङमै वैकल्पिक प्रवेशाज्ञा प्राप्तिको व्यवस्था गर्न सकिने प्रभावकारी हुने गृह र अध्यागमनको टोलीलाई सुझाव दिइएको छ ।

अध्यक्ष विष्टले उपल्लो मुस्ताङमा अध्यागमन विभागले विदेशी पर्यटकबाट उठाउने प्रवेशआज्ञा शुल्क हटाउन माग गरे । कोरला नाकाको अध्ययन अवलोकका क्रममा गृह सचिव दङ्गालले कोरला नाकालाई नेपाल–चीन अन्तरराष्ट्रिय नाकाको रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।

सरकारले चालु आर्थिक वर्षमा यहाँको अध्यागमन कार्यालयको भवन निर्माण गर्न रु तीन करोडभन्दा बढी बजेट विनियोजन गरिसकेको छ । अब उपयुक्त स्थानको पहिचान गरी भवन निर्माणमा जोड दिइने अध्यक्ष विष्टले बताए ।

“यो नाका अन्तरराष्ट्रिय नाकाको रूपमा विकसित भइसकेको छ, यहाँका भन्सारबाट चीनका मालवस्तु पैठारी हुन थालेका छन्”, गृह सचिव दङ्गालले भने, “अब भन्सारका सबै पूर्वाधारहरू व्यवस्थापन गर्नेतर्फ लाग्छौँ, कोरला नाकालाई कैलाश, सिगात्से र ल्हासा पर्यटन मार्गको रूपमा अध्यागमनलाई सहज गराउँछौँ ।”

पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग निर्वाचन आयोगको छलफल

काठमाडौं । निर्वाचन आयोगले पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको छ । सोमवार बिहान निर्वाचन आयोगमा पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको हो । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लिनुपर्ने रणनीति, अपनाउनुपर्ने सावधानीबारे पूर्व प्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको हो ।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा. जानकीकुमारी तुलाधार, सगुन शमशेर जंगबहादुर राणासहित पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरुङ, पूर्वसचिव सुरेश अधिकारी लगायतको उपस्थिति रहेको छ ।

दीर्घकालीन शैक्षिक सुधारको आधारस्तम्भ तयारी गर्न कार्यसम्पादन सम्झौता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले आज नगरपालिका र विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता गरिएको छ ।

नगरपालिकाले विद्यालयमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै दीर्घकालीन शैक्षिक सुधारको आधारस्तम्भका रूपमा यो सम्झौतालाई अघि बढाएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टका अनुसार सम्झौताले विद्यालयमा मौजुदा मानव संशाधन, भौतिक संरचना र वित्तीय स्रोत साधनको अधिकतम प्रयोग सुनिश्चित गर्नेछ ।

“यसले शिक्षकको पेशागत विकासलाई टेवा पुग्छ, शिक्षण क्षमता अभिवृद्धि हुन्छ”, उनले भने, “विद्यार्थीको सिकाइ उपलब्धिमा ठोस सुधार ल्याउन मद्दत गर्छ ।” सम्झौताअनुसार विद्यालयले नगरपालिकाले निर्धारण गरेको शैक्षिक क्यालेण्डर बमोजिम वार्षिक कार्यपात्रो निर्माण गरी लागू गर्नुपर्नेछ । प्रत्येक शिक्षकले अध्यापन गर्ने विषयअनुसार वार्षिक कार्ययोजना, एकाइ योजना र दैनिक पाठयोजना बनाएर कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

शाखा प्रमुख भट्टले शैक्षिक अनुशासन, पारदर्शिता र सुशासनलाई उच्च प्राथमिकतामा राख्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, विद्यार्थी समिति, विषयगत समितिलगायत संरचनालाई सक्रिय रूपमा परिचालन गरिने बताए ।

भौतिक व्यवस्थापनतर्फ विद्यार्थी सङ्ख्याअनुसार पर्याप्त कक्षाकोठा, फर्निचर, पुस्तकालय, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, बैठक कक्ष, स्टाफ कक्ष, सरसफाइ, खानेपानी, शौचालय, अपाङ्गमैत्री तथा बालमैत्री संरचना विकासलाई प्राथमिकता दिइने सम्झौतामा उल्लेख छ ।

वित्तीय पक्षमा विद्यालयले शैक्षिक सत्रको पहिलो महिनामै वार्षिक बजेट तयार गरी विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गर्नुपर्नेछ । त्यसैगरी विद्यालय सुधार योजना, सामाजिक परीक्षण र लेखापरीक्षण समयमै सम्पन्न गरी प्रतिवेदन नगरपालिकामा बुझाउनुपर्ने प्रावधान राखिएको छ । सबै प्रकारका कारोबार अनिवार्य रूपमा बैंक प्रणालीमार्फत गर्ने र दोहोरो लेखा प्रणालीको सिद्धान्तअनुसार खाता सञ्चालन गर्ने व्यवस्था सम्झौतामा समावेश गरिएको छ ।

मानव संशाधन व्यवस्थापनतर्फ कक्षागत शिक्षक–विद्यार्थी अनुपात मिलाउने, विषयगत समिति गठन गर्ने, सिकाइ उपलब्धिको अभिलेख तयार गर्ने र सुधार योजना बनाएर कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ । विद्यार्थी मूल्याङ्कनलाई केवल अङ्कका आधारमा नभई सिकाइ सुधारका अवसरका रूपमा प्रयोग गर्ने उल्लेख गरिएको छ ।

नगरपालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले सम्झौता गरिएका प्रधानाध्यापकहरूले तत्काल विद्यालयमा गुनासो सुन्ने अधिकारी तोक्ने, विद्यालयमा कार्यरत शिक्षकसँग कार्य सम्पादन सम्झौता गर्ने, करार शिक्षाको म्याद थप्ने र त्यसको जानकारी गराउने, शिक्षण सिकाइ सुधारका लागि उच्च शैक्षिक उपलब्धी हासिल गर्नका लागि प्रयासरत हुनुपर्नेछ ।

शैक्षिक व्यवस्थापन सूचना प्रणाली९इएमआइएस० अपडेट गर्ने, बालसञ्जाल गठन गर्ने, बेरुजु फस्र्यौट गर्ने, विद्यालयको वेवसाइट निर्माण गर्ने, फेसवुक पेज तयार गर्ने, बुक कर्नरलाई व्यवस्थीत गर्ने र विद्यार्थी शिक्षकलाई विद्यालय पोशाकमा अनिवार्य विद्यालय आउने व्यवस्था गर्न सम्झौता गरिएको उनले जानकारी दिए ।

सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख संयोजक रहने गरी पाँच सदस्यीय समिति गठन गर्ने प्रावधान राखिएको छ । “हरेक महिनाको प्रस्तुतीकरण मूल्याङ्कन गरी विद्यालयको प्रगति मापन गरिने र उत्कृष्ट विद्यालयलाई घोषणा गर्दै प्रोत्साहन गरिने छ”, उनले भने, “सम्झौतको अवधि एक शैक्षिक सत्रसम्म रहने व्यवस्था गरिएको छ ।”

प्रधानाध्यापकहरूसँगको कार्यसम्पादन सम्झौता कार्यक्रममा सहभागी शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले सम्झौताले विद्यालयमा उत्तरदायित्व र पारदर्शिताको बोध गराउने बताए ।

“प्रधानाध्यापकहरूसँग गरिएको सम्झौताले विद्यालयमा जिम्मेवारीको स्पष्टता ल्याउँछ”, उनले भने, “शिक्षण–सिकाइमा सुधार ल्याउने कार्यसँगै विद्यार्थीको सिकाइ उपलब्धिमा ठोस सुधार ल्याउने अपेक्षा गरिएको छ ।”

कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक पिताम्बर जोशीले सम्झौताबाट विद्यालय शिक्षामा गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे । उनले भने, “सम्झौताले विद्यालयलाई थप जिम्मेवार बनाउनेछ, जसको प्रत्यक्ष प्रभाव शैक्षिक नतिजामा देखिनेछ ।”

बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज अवस्थीले यसलाई विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फको पहिलो औपचारिक अभ्यासका रूपमा लिएको बताए । उनले भने, “सम्झौताले शिक्षक, अभिभावक, समिति र नगरपालिकाको सक्रियता बढाएर जिम्मेवारी र जवाफदेहिता सुनिश्चित गर्नेछ ।”

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले कार्य सम्पादन सम्झौताबाट सामुदायिक विद्यालयमा अनुशासन, पारदर्शिता, परिणाममुखी पठन–पाठन र समग्र शैक्षिक विकासमा सुधार हुने विश्वास व्यक्त गरे । उनले थपे, “यसले विद्यार्थीको सिकाइ परिणाम मात्र नभई विद्यालय शिक्षामा समुदायको विश्वास पनि बढाउनेछ ।” हाल शुक्लाफाँटा नगरपालिकामा २८ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा १५ हजार ५३० विद्यार्थी अध्ययनरत छन् भने नगरपालिकाको साक्षरता दर ९५ प्रतिशत रहेको छ ।

मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बुका अध्यक्षसँग मन्त्री घिसिङको छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् ।

विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राखी आयोजना प्रभावितले मुहान बन्द गर्दा काठमाडौं उपत्यकाकामा खानेपानी खनेपानी ल्याउन रोकिएपछि सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरेका हुन् ।

प्रधामन्त्री शुशीला कार्कीले सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिइन् । हाल खानेपानी मन्त्रालयका जिम्मेवारी प्रधानमन्त्री कार्कीलेनै सम्हाली रहेकी छन् । विगतमा गरिएका सहमति र हाल राखिएका माग वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौं उपत्यकामा खानेपानीको समस्या देखिन थालिसकेकाले यसमा गम्भीर बनिदिन आग्रह गरे । उनले समास्या समाधान गरी जतिसक्दो छिटो काठमाडौं उपत्यकामा खानेपानी ल्याउन सरकार लागिपरेको बताए।

हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले विगतमा गरिएका सम्झौता सरकारले कार्यान्वयन गर्नुपर्ने बताए । आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सिएमसीका सामान आपूर्तिकर्ता पाउनु पर्ने रकम भुक्तानी गर्नु पर्ने, मेलम्ची बजारदेखि -मेलम्ची घ्याङसम्मको सडक निर्माण गरिनुपर्ने, मेलम्ची नदीबाट पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाडौं उपत्यकाका खानेपानी लि.ले बिक्री गरेबापतको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनु पर्ने बताए।तत्कालनी खानेपानीमन्त्रीसँग २१ असोज २०८१मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएको थियो ।

नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी

काठमाडौँ । सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ ।

गुल्मी जानका लागि बसपार्क आएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउँछन्। “काठमाडौँ मात्र नभई निःशुल्क इन्टरनेट सेवालाई काठमाडौँ बाहिर पनि विस्तार गर्नुपर्छ”, उनी भन्छन्।

दाङ जानका लागि नयाँबसपार्क आएका भूपप्रसाद भुसाल पहिलोपटक बसपार्कमा निःशुल्क इन्टरनेट सेवा पाउँदा ज्यादै खुसी लागेको बताँउछन्। निःशुल्क इन्टरनेटको सेवालाई गाउँगाउँसम्म लैजानुपर्ने उहाँको भनाइ छ ।

नयाँबसपार्कको काउन्टरमा कार्यरत बच्चुराम भट्ट सरकारले निःशुल्क इन्टरनेट सेवा भन्छन्।

धादिङका दीपक ढकाल नयाँबसपार्कमा मात्र नभई काठमाडौँभित्रका सबै ठाउँमा निःशुल्क इन्टरनेट सेवा विस्तार हुनुपर्ने बताँउछन् । सरकारले नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा विस्तार गरेर सराहनीय काम गरेको उनको भनाइ छ ।

बस व्यवसायी राकेश भट्ट निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नु मात्र ठूलो कुरा नभई यसको निरन्तरता ठूलो कुरा भएको बताँउछन् । “सबैले आफ्नो चर्चाका लागि सुरुमा काम गर्छन्, यसले निरन्तरता पाउँछ की पाउँदैन भन्ने मुख्य कुरा हो”, उनी भन्छन् ।

माथि उल्लिखित भनाइ केवल प्रतिनिधिमूलक भनाइ हुन् । गत असोज ६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्नुभएका जगदीश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाईको पहुँच पु¥याउने निर्णयअनुसार यही कात्तिक १९ गते नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए ।

सरकारको सहकार्यमा भायोनेटले जडान गरेको उक्त इन्टरनेट सेवा एक पटकमा एउटा मोबाइलमा ९० मिनेटसम्म निःशुल्क चलाउन मिल्नेछ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम मुलुकको राष्ट्रिय बसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान हुनु खुसी र गौरवको विषय भएको बताँउछन् ।

“नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान भएसँगै यात्रुले प्रविधिको प्रयोग गरेर बसको टिकट प्राप्त गर्न सक्नेछन्”, उनी भन्छन् । नयाँबसपार्कबाट हाल दैनिक ७०० देखि ८०० सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् । जसमा ४०० भन्दा बढी ठूला बस, १५० हाराहारीमा माइक्रोबस र २०० भन्दा बढी काठमाडौँ उपत्यकाभित्र चल्ने स्थानीय बस रहेका छन् ।

नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्ल नयाँबसपार्कबाट दैनिक १२ देखि १५ हजार यात्रुको आवतजावत हुने गरेको बताँउछन् । “सरकारले जडान गरेको निःशुल्क इन्टरनेट सेवा सबै यात्रुको पहुँच हुनुपर्छ, इन्टरनेट कम्पनी र यात्रुबीचको सहजीकरणका लागि लोत्सेले काम गर्नेछ”, उनी भन्छन् ।

सरकारले गत हप्ता गोँगबुस्थित नयाँबसपार्कसहित उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेको छ । जसमा वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिभुवन शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल अस्पताल, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कीर्तिपुर बर्न अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पताल सहिद धर्मभक्त अस्पताल रहेका छन् ।

यस्तै पशुपति आर्यघाट, यातायात व्यवस्था कार्यालय एकान्तकुना, राधेराधे र ठूलो भ¥याङ, भक्तपुर क्यान्सर अस्पताल तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रहेका छन् । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गर्दा आम नागरिकलाई सहज पुग्ने बताँउछन् ।

अध्यक्ष कुँवर सार्वजनिक स्थलमा इन्टरनेटको सुविधा अनिवार्य भएकाले यसलाई आगामी दिनमा अझै व्यवस्थित गर्दै लैजानुपर्ने बताँउछन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल सेवाग्राहीको सन्तुष्टिलाई हेरेर आगामी दिनमा इन्टरनेटको क्षमता विस्तार गरिँदै लैजाने बताँउछिन् । “मन्त्रीज्यूले गरेको निर्णयलाई हामी क्रमशः कार्यान्वयन गर्दै लैजान्छौँ”, उनी भन्छिन् ।

सञ्चारमन्त्री खरेल सरकारले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तारमा काम गरिरहेको बताँउछन् । “दार्चुलाको मार्मा, बझाङ, जाजरकोटको वारेकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पु¥याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा इन्टरनेट सेवा पु¥याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ”, मन्त्री खरेल भन्छन् ।

सरकारले काठमाडौँ उपत्यकाको निःशुल्क इन्टरनेट सेवाको सफल परीक्षणपछि सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको मन्त्री खरेल बताँउछन् । मन्त्री खरेल सरकारले गाउँ, सहर, सुगम, दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताँउछन् ।

रास्वपाको समानुपातिक उम्मेदवारका लागि ५० हजार शुल्क, ‘मेरिट बेस्ड’ प्रणालीमा छनोट

काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणालीतर्फ उम्मेदवार छनोटका लागि नयाँ मापदण्ड लागू गरेको छ । पार्टीले समानुपातिक उम्मेदवारका इच्छुकहरूबाट ५० हजार रुपैयाँ आवेदन शुल्क लिने निर्णय गरेको छ ।

रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । पार्टीका सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा बनेको समितिले उम्मेदवार छनोटका कानुनी र आन्तरिक मापदण्ड तयार पारेको छ । आचार्यका अनुसार उम्मेदवार बन्न इच्छुकले वैध आयस्रोतको प्रमाण, सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, र द्वेषपूर्ण अभिव्यक्ति नदिने आचारसंहिता मान्नु पर्नेछ । ‘हाम्रो मापदण्ड पात्रता, पारदर्शिता र आचरणमा केन्द्रित छ । उम्मेदवार योग्य र निष्ठावान् हुनुपर्छ’, उनले भने ।

रास्वपाले यसअघि रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारका लागि २५ हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो । तर यस पटक शुल्क दोब्बर बढाएर ५० हजार राखिएको छ । विशेष कुरा के भने–समानुपातिकको बन्द सूचीमा परेपनि अन्ततः सांसद नबन्ने अवस्थाको सम्भावना भएपनि बुझाइएको रकम फिर्ता नहुनेछ ।

रास्वपाले अघिल्लो आम निर्वाचनमा समानुपातिक प्रणालीतर्फ उम्मेदवार बनेकाहरूलाई यस पटक उम्मेदवार हुन नदिने निर्णय गरेको छ । पार्टीले नेतृत्व विकास र नयाँ व्यक्तित्वको प्रवेशलाई प्राथमिकता दिने नीति लिएको छ । समानुपातिक उम्मेदवार छनोटका लागि पार्टीले लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, र अन्य मूल्यांकन सूचकहरू प्रयोग गर्ने तयारी गरेको छ । सातै प्रदेशबाट प्रतिनिधित्व हुने उम्मेदवार मूल्यांकन समिति गठन गरी अंक प्रणालीका आधारमा अन्तिम सूची तय गरिने आचार्यले बताए ।

‘हामी एक किसिमको प्रारम्भिक आन्तरिक निर्वाचन जस्तो प्रक्रिया अपनाउँदैछौं’, उनले भने, ‘समितिले विभिन्न विधिबाट प्राप्त अंकको औसतका आधारमा अन्तिम सूची निकाल्नेछ ।’ यसैबीच, निर्वाचन आयोगले पनि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची पेश गर्न राजनीतिक दलहरूलाई दुई दिनको समय दिने तयारी गरेको छ । प्रारम्भिक कार्यतालिका अनुसार पुस १८ र १९ गते दलहरूले आफ्नो बन्द सूची पेस गर्न सक्ने छन् । आयोगले आवश्यकता अनुसार यो मिति समायोजन गर्न सक्ने जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा अधिकांश दलहरूले समानुपातिक सूची तयार गर्ने अन्तिम चरणमा प्रवेश गरिरहेका छन् । रास्वपाले भने समयमै तयारी थाल्दै स्पष्ट मापदण्डसहित आवेदन खुला गरेर अन्य दलभन्दा सक्रियता देखाएको छ ।

 

गृह र अध्यागमनको टोलीद्वारा कोरला नाका अवलोकन

मुस्ताङ।  गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको कोरला नाका अवलोकन गरेको छ ।

पोखराबाट हवाई मार्ग हुँदै जोमसोम आइपुगेर सोही दिन कोरला नाका पुगेका गृह सचिव रामेश्वर दङ्गाल, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतको टोलीले कोरला नाकाको अध्ययन अवलोकन गरेको हो ।

 गृह र अध्यागन विभागको टोलीले लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र कोरलास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालबाट नाकाको विषयमा जानकारी लिएको थियो ।

टोलीले कोरला नाकामा रहेको अध्यागमन कार्यालयको अस्थायी भवनको समेत निरीक्षण गरेको कार्यालय प्रमुख बडुवालले बताए।

यस्तै गृह र अध्यागमन विभागको टोलीले लोमान्थाङ–२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवनको निरीक्षण गरेको थियो । त्यहाँस्थित भन्सार कार्यालयका प्रमुख रमेश खड्काले भन्सार कार्यालयका समस्या, चुनौतीलगायत विषयमा टोलीलाई जानकारी गराएको थियो ।

लोमान्थाङस्थित इलाका प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयसँगै व्यवस्थापन गर्ने गरी प्रारम्भिक छलफल भएको छ । समुन्द्री सतहको चार हजार ६१० मिटरको अग्लो उचाइमा अवस्थित अध्यागमन कार्यालयलाई न्हेचुङ भन्सार नजिकैको स्थानमा व्यवस्थापन गर्न सकिनेलगायत विषयमा प्रारम्भिक छलफल भएको प्रमुख बडुवालले बताए । त्यहाँ एकीकृत भन्सार, अध्यागमन, सुक्खा बन्दरगाह र सुरक्षा पोष्ट व्यवस्थापन गर्न सके प्रभावकारी हुने गृह र विभागको टोलीलाई सुझाव दिइएको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टलाई कोरला नाकालाई पर्यटन मार्गका रूपमा विस्तार गर्न चिनियाँ राहदानी प्राप्तिको सुविधा स्थानीयस्तरबाटै व्यवस्थापन गर्न सके नेपाली नागरिकलाई चीनको भ्रमण  गर्न सहज हुने बताए।

अध्यक्ष विष्टले काठमाडौँका चाइनिज दूतावासबाट प्रवेशाज्ञा लिन जाँदा अन्य नाकाबाट चीनको भ्रमण गर्न सकिने भएकाले यहाँ कोरला नाकाको पर्यटन मार्गलाई गतिशील बनाउन चिनियाँ दूतावासको समन्वयमा मुस्ताङमै वैकल्पिक प्रवेशाज्ञा प्राप्तिको व्यवस्था गर्न सकिने प्रभावकारी हुने गृह र अध्यागमनको टोलीलाई सुझाव दिइएको छ ।

अध्यक्ष विष्टले उपल्लो मुस्ताङमा अध्यागमन विभागले विदेशी पर्यटकबाट उठाउने प्रवेशआज्ञा शुल्क हटाउन माग गरे। कोरला नाकाको अध्ययन अवलोकनका क्रममा गृह सचिव दङ्गालले कोरला नाकालाई नेपाल–चीन अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाए।

सरकारले चालु आर्थिक वर्षमा यहाँको अध्यागमन कार्यालयको भवन निर्माण गर्न रु तीन करोडभन्दा बढी बजेट विनियोजन गरिसकेको छ । अब उपयुक्त स्थानको पहिचान गरी भवन निर्माणमा जोड दिइने अध्यक्ष विष्टले बताए।

‘यो नाका अन्तर्राष्ट्रिय नाकाको रूपमा विकसित भइसकेको छ, यहाँका भन्सारबाट चीनका मालवस्तु पैठारी हुन थालेका छन्’, गृह सचिव दङ्गालले भने, ‘अब भन्सारका सबै पूर्वाधारहरू व्यवस्थापन गर्नेतर्फ लाग्छौँ, कोरला नाकालाई कैलाश, सिगात्से र ल्हासा पर्यटन मार्गको रूपमा अध्यागमनलाई सहज गराउँछौँ ।’

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान । सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आइतबार बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा भेटिएका थिए ।

अचेत भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा ६ः१५ बजे सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

सरदार पहिलेदेखि नै डाइबिटिजका बिरामी थिए र नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए ।

सरदारलाई जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशानुसार जीउ मास्नेबेच्ने (मानव बेचबिखन) मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकिएको सो सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी ६५ वर्षीय नरिमाया गर्बुजा गुरुङलाई बाल्यकालमा हिउँद याममा गाउँ वरपरका पहाड जस्तै लाग्दथ्यो । संसारको दशौँ अर्थात् आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा रहेको पञ्चकुण्ड तालको छेउमा बेमौसमी होटल सञ्चालन गरेर बसेकी गर्बुजालाई अहिले हिमाल पहाड जस्तै लाग्छ ।

“यो एकदमै राम्रो र रमाइलो ठाउँ थियो, पहाड हिमालझै थियो”, नरिमायाले आश्चार्य मान्दै भनिन्, “अहिले हिमाल पहाड हुन लाग्यो र पो ” पछिल्लो १५ वर्षयता चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आउजाउ गरिरहेकी गर्बुजा सो क्षेत्रको मौसममा आएको परिवर्तनका कारण अचम्मित छिन् ।

विश्वव्यापी रूपमा देखिएको तापक्रम वृद्धि, जलवायु परिवर्तन, प्रदूषण र अव्यवस्थित विकासको असर हिमाली क्षेत्रमा धेरै परेको नरिमायाले बताईन् । बेमौसमी वर्षा र हिमपात, खडेरी, अनावृष्टि, अतिवृष्टिका कारण हिमाली क्षेत्रको जनजीवन र पर्यटन व्यवसायमा असर परेको छ ।

यही कात्तिक दोस्रो साता भएको हिमपात र वर्षातका कारण म्याग्दी, मुस्ताङ, मनाङ र कास्कीका पर्यटकीय क्षेत्रको भ्रमणमा आएका पर्यटक समस्यामा परेको छ । सुरक्षा निकाय परिचालन गरेर उनीहरूको उद्धार गरियो । किसानले भित्र्याउनका लागि काटेर खेतमा सुकाएको धान भिज्यो । मुख्यबाली धान भित्र्याउन झरिका कारण किसानलाई समस्या भयो । हावाहुरीका कारण धानको बोट लडेर दाना झर्दा किसानलाई क्षति भयो ।

मौसम विज्ञान पूर्वअनुमान महाशाखाको सूचना, सरकारी निकायको पूर्वतयारी र सतर्कताका कारण क्षति न्यूनीकरण भए पनि कात्तिक महिनाको दोस्रो साता नै भारी हिमपात भएको कमै इतिहास रहेको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका पर्यटन ब्यवसायी डमबहादुर पुनले बताएका छन् ।

“पुस, माघमा हिउँ नपरेर हिमालको चुचुरे बाहेकको पहाड कालो पत्थर देखिन्छ”, ७० वर्षीय पुनले भने, “कहिले कात्तिकमा त कहिले वैशाखमा बेसैसमी हिउँ परेर खत्तम पार्न लाग्यो ।” हावापानीमा आएको फेरबदलले घोडेपानी–पुनहिलको पर्यटन क्षेत्रलाई असर पुर्‍याइरहेको छ ।

पुस–माघ महिनामा पर्नुपर्ने हिउँ कात्तिक, चैत, वैशाख महिनामा पर्दा पदयात्रामा आएका पर्यटकहरू यात्रा स्थिगित गर्नुपर्ने र तोकिएको गन्तव्यमा पुग्न समस्या हुने गरेको छ । पछिल्लो दुई वर्षको वसन्त याममा तुँवालो मडारिएर हिमाल हेर्न नपाउँदा पर्यटक खिन्न हुँदै फर्कन बाध्य भए ।

गत असोजको अन्तिम साता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका नुवाकोटका विद्युत् नेपालले हिमालमा हिउँको मात्रा घट्दै जाँदा नेपालको परिचय नै नरहने होकी भन्ने चिन्ता व्यक्त गरे । “पहाड, हिउँ र हिमाल नेपालको परिचय हो, आधार शिविरमै आएर हिमाललाई नजिकबाट नियाल्दा जलवायु परिवर्तनको असरले नेपालको पहिचान नरहने हो की भन्ने चिन्ता लाग्यो”, उनले भने, “हिउँ पग्लिएर हिमाल कालापत्थरमा परिणत हुने मात्र नभई हिमाल नै स्रोत भएका हाम्रा नदीको तटीय क्षेत्रमा जोखिम बढाएको महसुस भयो ।”

विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्दा यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनले देखाएको छ ।

सन् २०१५ मा भएको पेरिस सम्झौतामा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने र २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका थिए । पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्यासको उत्सर्जन रहेको अध्ययनबाट पुष्टि भएको छ ।

नेपालले नगरेको गल्तीको क्षति जलवायु क्षेत्रमा भोग्न थालेको छ । सोमबारदेखि ब्राजिलको बेलेम सहरमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) मा नेपालले हिमाली क्षेत्रमा देखिएका असर न्यूनीकरण र क्षतिपूर्तिको मुद्दालाई उठान गर्नुपर्ने बताइएको छ ।

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेको एमालेले संसदीय दलको बैठक बोलाएको हो । बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने उनले जनाएका छन् । संसद् पुनस्र्थापनाको माग गर्दै एमालेले सडकमा समेत उत्रिने तयारी गरेको छ ।

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर। सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव, पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र अवस्थामा पुगेको छ ।

सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिल्लर नम्बर १ सम्म चार सय १३ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ ।

सडक निर्मा‌णपछि सुदूरपश्चिमका करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्व पनि धेरै नै रहेको छ । साथै, धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलब्धि हुने देखिन्छ । तर प्रक्रियागत अल्झन र बजेट अभावले योजनाले अपेक्षित गति लिन सकेको छैन । सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको महाकाली करिडोर निर्माणका लागि न्यून बजेट विनियोजन हुँदा निर्माणको काम ठप्प जस्तै भएको छ ।

चालु आर्थिक वर्षमा करिडोर निर्माणका लागि २२ करोड ९७ लाख मात्रै बजेट विनियोजन भएको महाकाली करिडोर सडक (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) योजना कार्यालयका योजनाका सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिए । उक्त बजेटले निर्माण व्यवसायीको समेत भुक्तानी गर्न सकिदैन ।

‘योजनाअन्तर्गत कार्यालयले डेढ अर्ब दायित्व भुक्तानी गर्नु पर्नेछ ।’ उनले भने, ‘चालु आर्थिक वर्षमा आएको बजेट न्यून छ, यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन ।’ उनले यही गतिमा बजेट बजेट आए योजना सम्पन्न गर्न अझै वर्षौं लाग्ने बताए।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ । करिडोरअन्तर्गत डडेल्धुरामा करिब २७, बैतडीमा नौ र दार्चुलामा १८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । करिडोरको हालसम्म करिब ५ किलोमिटर सडक कालोपत्र गरिएको छ । विभिन्न स्थानमा कालोपत्रका लागि ठेक्का भएर काम चलिरहेको भए पनि बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन सकिने अवस्था नरहेको योजना कार्यालयले जनाएको छ ।

दार्चुलाको मालिकार्जुन र खलङ्गा–हिकिला खण्डमा कालोपत्रका लागि काम भइरहेको छ । योजना कार्यालयका अनुसार करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ किलोमिटर र दार्चुलामा एक सय २१ किलोमिटर सडक निमार्ण हुनेछ ।

यसमध्ये कञ्चनपुरमा ११ किलोमिटर ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किलोमिटर ट्रयाक खुलेको छ । त्यसैगरी बैतडीमा एक सय १४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर ट्रयाक खुलेको छ । तुसारापानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडक खण्डमा ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेको छ । हाल योजनाले छ वटा प्याकेजमा गरी डडेल्धुरा र दार्चुलामा ३७ किमिमा सडक कालोपत्रको काम निमार्णधिन छ । करिडोरअन्र्तगत दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा १२ किलोमिटर र खलङ्गादेखि तुसारपानी खण्डमा १०÷१० किमि गरी दुई प्याकेजमा सडक कालोपत्रको काम निर्माणाधीन छ ।

आव २०६५-६६ देखि सुरु भएको करिडोरको सुरुको कुल लागत अनुमान १८ अर्ब १६ करोडमा आव २०८०-८१ सम्म पूरा गर्ने लक्ष्य रहेको थियो । तर बजेट अभाव, रुख कटानलगायतका प्रक्रियागत अल्झनले योजनाको लागत र समय लम्बिदै गएको छ ।

योजना सुरु हुँदा उत्साह, अहिले निराशा

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोक बहादुर थापा मगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइसरी यहाँ आए। त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उनमा उत्साह थियो । करिडोर यातायातको सुविधा मात्र नभइ अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावनाहरु खुल्ने अपेक्षा उनमा थियो ।

आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँको यहाँका स्थानीयवासीमा आफूहरुको आर्थिक अवस्था फेरिने आशा पलाएको थियो । तर उक्त सडक निर्माण हुन्छ भनेको सुनेको पनि डेढ दशक भइसकेको छ ।

‘त्यो बेला सडक निर्माण हुन्छ भन्ने सुनेपछि धेरै खुशी भएका थियौँ’, थापाले भने, ‘एकातर्फ महेन्द्रनगर बजार सहज पहुँच हुने र सडक बनेपछि शिक्षा, स्वास्थ्य र व्यापार हुने ठूलो आशा थियो तर अहिलेसम्म बनेन ।’ उक्त क्षेत्रमा करिडोरको ट्रयाक खुलेको छ तर यात्रा गर्न सहज छैन । वर्षाद्को समयमा त उक्त सडक बन्द हुने गरेको उनको भनाइ छ ।

‘सडक नहुँदा बिरामीलाई बोकेर अस्पताल लग्नुपर्ने बाध्यता आउँछ गाउँमा न स्वास्थ्य संस्था छ न विद्यालय नै’ भने, ‘हाम्रो मुख्य समस्या भनेकै सडक हो सडक नहुँदा निकै सास्ती खेप्नु परेको छ ।’

उनले दुई घण्टा पैदल विद्यालय जानुपर्ने बाध्यताले नातिनिलाई कैललीको लम्कीस्थित भाइको घरमा अध्ययनका लागि पठाएको बताए । अहिले पनि स्थानीय उत्पादन बिक्रि गरेर आम्दानी गरिरहेको बताउँदै सडक सञ्जालले जोडिए यहाँका स्थानीयको आर्थिक सुधार हुने उनको भनाई थियो ।

बाइस वर्षदेखि यहाँको टुँडिखेलमा बस्दै आएका लीला पुनमगर पनि करिडोर निर्माण हुने खबरले उत्साही भए। तर सडक निर्माणमा ढिलाइ हुँदा भने उनको उत्साह पनि निराशामा परिणत भएको छ । ‘करिडोर बन्छ भन्ने सुनेको १२ वर्षपछि ट्र्याक खुलेको छ अझै आशा मरेको छैन तर सडक बनिसक्नु पर्ने समयसम्म पनि नबन्दा सुरुको जस्तो उत्साह छैन ।’

उनले भने–“सरकारले ढिलाइ गर्नु भएन, यो सडकलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ ।” उनले सडक निमार्णपछि लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने बताए ।

महाकाली करिडोरले यातायातको पहुँचसँगै भारतसँगको व्यापारिक पहुँच, घरेलु उद्योगको विस्तार र पर्यटन सम्भावनामा ठूलो भूमिका खेल्नसक्ने यहाँका स्थानीय रमेश नायक बताउँछन्।

‘यो सडक यातायातका लागि मात्रै नभई व्यापारिक हिसाबले महत्वपूर्ण छ’, उनले भने, ‘सरकारको पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणलाई पूर्णता दिनुपर्छ ।’

उनले करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थामा सुधार आउने बताए।

“करिडोर सञ्चालनमा आइदिए यहाँका स्थानीयले आठ÷आठ घण्टा लगाएर जानुपर्ने ठाउँमा दुई घण्टामै पुग्छौँ ।”

उनले भने, ‘यो सुदूर पहाडका जनताका लागि लाइफ लाइन नै हो ।’ करिडोर बनेपछि ब्रह्मदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक सांस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्‍याउनेछ । ‘महाकाली करिडोर बने मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्छ’ कञ्चनपुरका होटेल व्यवसायी जगदीशचन्द्र भट्टले भने, ‘यसले धार्मीक पर्यटनलाई समेत फाइदा पुग्छ, अर्कोतर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ ।’

महाकाली करिडोरअन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरासुन्दरी, मेलौली भगवती र निङ्लाशैनी जस्ता प्रसिद्ध धार्मिकस्थलहरु छन् । त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामका रुपमा परिचित मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मिकस्थल रहेकाले करिडोरले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

“भारतको पूर्णागिरि दर्शन गरेपछि महेन्द्रनगरमा रहेको सिद्धवैजनाथ दर्शन गर्नुपर्ने धार्मिक मान्यता छ” उनले भने, “ती दर्शनार्थी करिडोर सञ्चालनमा आए डडेल्धुराको परशुरामधाम पुग्न सक्छन् ।” उनले अझै पनि भारतबाट यहाँका प्रसिद्ध धामहरुमा भारतीय धार्मिक पर्यटन आउने गरेको बताउँदै यहाँ धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताए ।

महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा यहाँका व्यवसायी आशावादी छन् । हालसम्म छिमेकी मुलकसंग व्यापारिक नाका नभएका कारण महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक ‘हब’ बन्ने अपेक्षा व्यवसायीको छ ।

“अहिलेसम्म भारत संगको सहज कनेक्टिभिटि नहुदा सुदूरपश्चिमले आर्थिक लाभ लिन सकेको छैन”, यहाँका व्यवसायी नरेश विष्टले भने, “न्यून आर्थिक गतिविधि रहेको सुदूरपश्चिममा करिडोर बनेपछि आर्थिक गतिविधि बढ्छन् ।”

करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थामा उलेख्य सुधार हुने उनले बताए। करिडोर निर्माणपछि यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्नेछ ।

फिजीबाट १३२ वर्षपछि आफ्ना पुर्खाको थातथलो आइपुग्दा

भक्तपुर । रोजगारीको सिलसिलामा १३२ वर्षअगाडि फिजी पुगेका नेपाली परिवार आफ्ना पुर्खाको थातथलो खोज्दै नेपाल आएर परिवारसँग पुनर्मिलन हुँदा सञ्जीवकुमार घर्तीका आँखा रसाए ।

रफत सञ्चार क्लब भक्तपुरको सभाकक्षमा आयोजना गरेको पुनर्मिलन कार्यक्रममा १८९२ मा आफ्ना जिजु हजुरबुबा कालुसिंह घर्तीले छाडेर गएको भूमि टेक्दा सञ्जीवका आँखा मात्रै रसाएनन् निकै बेर गला अवरुद्ध भयो ।

उनले भने, “मेरो जन्मभूमि फिजी भए पनि मेरो मातृभमि नेपाल हो, मेरो मातृभूमिमा पाँच पुस्तापछि टेक्न पाउँदा निकै भाग्यमानी ठानेको छु, यो देशमा टेक्ने बित्तिकै मैले एक मुठ्ठी माटो निधारमा लगाएँ, अब फर्कंदा यहीँको माटो फिजी लगेर पूजा गर्नेछु ।”

नेपाल र आफ्ना पुर्खाको गाउँ टेक्न पाउनु जीवनकै ठूलो अहोभाग्य भएको उल्लेख गर्दै उनले नेपालमा रहेका उनका आफन्तबीचको ऐतिहासिक पुनर्मिलनले माटो र आफन्तको मायाको मूल्यको पहिचान भएको बताए ।

विश्व साइकल यात्रीद्वय भगत खत्री र अजय मिश्रले पुनर्मिलनको अवसर जुराएका थिए । कार्यक्रममा मिश्रले भने, “विश्व साइकल यात्राकै क्रममा अष्ट्रेलियाको यात्राका क्रममा हाम्रो फिजीमा सञ्जीवसँग भेट भयो, भेटका क्रममा सञ्जीवले नेपालमा रहेका आफ्ना पुर्खालाई भेट्ने उत्कृट इच्छा व्यक्त गरे, यही इच्छालाई साकार पार्न साइकल यात्रीद्वयले महत्वपूर्ण भूमिका खेल्दै एक वर्षको प्रयासपछि सञ्जीवको सपना पूरा भयो ।”

नेपाल आएपछि सञ्जीवले चितवनमा बसोबास गर्ने आफ्ना काका जयबहादुर घर्ती, बहिनी रश्मी जिसी लगायतका परिवारहरुसँग भेट गरे । १३२ वर्षपछि भएको यो पुनर्मिलनले अत्यन्तै भावुक बनायो ।

काकासँग अँगालो मार्दै सञ्जीवले बहिनी र आफन्तसँग भेट्दा आफ्नै घर फर्किआएको जस्तो लागेको सुनाए। नेपालको १० दिनको बसाइ सकेर फिजी फर्कंदा अविस्मरणीय क्षण लिएर फर्कने उनले बताए । अब नेपाल र फिजीबीचको आफ्नो नाता सम्बन्ध कहिल्यै नटुट्ने उल्लेख गर्दै उनले सुन्दर नेपाललाई त्यहाँका आफ्नो परिवारले सधैँ छातीमा राख्ने बताए ।

कार्यक्रममा बोल्दै विश्व साइकल यात्री खत्री र मिश्रले यो पुनर्मिलनले विदेशमा बसेका नेपालीलाई आफ्नो जरासँग जोड्न प्रेरणा मिलेको बताए। उनले विश्व साइकल यात्राका क्रममा धेरै प्रवासी नेपालीसँगको भेटमा देशको माया र सम्झनाका अनगिन्ती कथा रहेको सुनाए ।

सीके राउत भन्छन्, ‘मौका यही हो, मधेशलाई स्वायत्त घोषणा गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्र कान्त (सीके) राउतले मधेश प्रदेशसभाको बैठकबाट मधेशलाई स्वायत्त घोषणा गर्ने गैरसंवैधानिक माग अघि सारेका छन् । एमालेका सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेपछि असन्तुष्ट राउतले सामाजिक सञ्जालमार्फत मधेशलाई ‘स्वायत्त घोषणा’ को माग अघि सारेका हुन् । उनले मधेशको आफ्नै प्रहरी, प्रशासन र सरकार गठनको माग समेत गरेका छन् ।

‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ,’ राउतले लेखेका छन्, ‘अब डराएर सदियौंसम्म नेपाली शासकको गुलामी गर्नु हुँदैन, सडकमै बैठक गरेर भए पनि मधेशलाई स्वायत्त घोषणा गरौं । नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने यही सही मौका हो ।’ राउतको यो वक्तव्यले फेरि पनि विगतको ‘स्वतन्त्र मधेश अभियान’ को छायाँ फर्किएको संकेत दिएको छ । उनले एक पटक यही आन्दोलनका अगुवा भएर मधेशलाई छुट्टै राज्य बनाउन नारा दिएका थिए । पछि त्यो अभियान परित्याग गर्दै उनी मुलधारको राजनीतिमा प्रवेश गरेका थिए । तर पछिल्ला अभिव्यक्तिहरूले उनी अझै विभाजनकारी सोचबाट पूर्णरूपमा अलग हुन सकेका छैनन् भन्ने संकेत गर्छन् ।

उनका अनुसार, मधेश प्रदेशसभाको दुई तिहाइ सांसदको समर्थनमा ‘स्वायत्त घोषणा’ गर्न मिल्छ । उनले तर्क गरेका छन्, ‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको मागबमोजिम बनेको सरकार हो । त्यसैले मधेशी जनताको चाहनाअनुसार प्रदेशसभाको दुई तिहाइ समर्थनमा स्वायत्त घोषणा गर्न पक्कै मिल्छ ।’

राउतले सिंहदरबारमाथि तीव्र आक्रोश प्रकट गर्दै भनेका छन्, ‘५४ प्रतिशत जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन । सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, प्रहरी र सचिवले मधेशमाथि दमन गरिरहेकाले पूर्ण स्वायत्तताको आन्दोलनको घोषणा आवश्यक छ ।’ यसअघि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उपचारका नाममा काठमाडौं हिँडेर बर्दिबासस्थित होटलमा पुगेर एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सो निर्णयले मधेशको राजनीतिक वातावरण तातिएको छ । यही प्रसङ्गलाई जोड्दै राउतले ‘संविधानलाई धज्जी उडाउनेहरूविरुद्ध सडकमा स्वायत्तताको घोषणा’ गर्नुपर्ने बताएका हुन् ।

राजनीतिक विश्लेषकहरूले राउतको यो अभिव्यक्तिलाई राजनीतिक असन्तुष्टिको आवरणमा पुनः बिखण्डनको आगो सल्काउने प्रयासको रूपमा लिएका छन् । उनीहरूको भनाइमा, प्रदेशको असन्तुलन र केन्द्रप्रतिको असन्तुष्टिलाई उनले ‘औपनिवेशिक शासन’ जस्ता शब्द प्रयोग गरी भावनात्मक रूपमा भड्काउने रणनीति अपनाइरहेका छन् । राउतका ताजा भनाइले मधेशको राजनीति फेरि एक पटक तताएको छ । एकातिर एमालेले सरकार बनाएको सन्दर्भमा सत्ताको समीकरण बलियो देखिँदैछ भने अर्कोतिर सीके राउतले ‘स्वायत्तताको आन्दोलन’ को हुंकार दिएर मधेशको राजनीतिक स्थायित्वमा नयाँ तरंग ल्याएका छन् ।

 

 

 

सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार बढेर तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

आईतवार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमवार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । सुनचाँदीको भाउमा निरन्तर उत्तारचढाव देखिँदै आएको छ, यसबाट सुनमा लगानी गर्नेहरु पनि संशकित देखिदै आएका छन् ।

 

नेकपामा भीम रावललाई ‘हाइ कमाण्ड’

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा एमालेका बिद्रोही नेता डा. भीम रावलले अब आफ्नो ‘मातृभूमि जागरण अभियान’ लाई प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग समाहित गर्ने अन्तिम तयारी गरेका छन् । नेकपाका युवा नेता सुदेश पराजुलीले रावल पक्षसँग भएको सहमति सार्वजनिक गर्दै भने, ‘मातृभूमि जागरण अभियान अब नेकपाको औपचारिक संरचनाभित्र आउने पक्का भएको छ ।’ उनका अनुसार रावलसहितका नेताहरू मोहन गौतम, जीवन राई, कृष्णराज सुवेदी लगायतसँग पछिल्ला दिनमा निरन्तर छलफल हुँदै आएको थियो ।

रावलको अभियान र नेकपाबीच यही साता एक औपचारिक कार्यक्रममार्फत एकता घोषणा हुने तयारी छ । उक्त एकतापछि रावल पक्षका केही नेताहरूलाई पार्टीको केन्द्रीय कमिटी, राजनीतिक समिति लगायतका संरचनामा जिम्मेवारी दिइने सहमति भएको छ। रावल पक्षबाट सिफारिस गरिएका नामहरूमा सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्व प्रदेशसभा सदस्य हर्क कुँवर, अछामका प्रकाश शाह, र दूधकला विष्ट लगायत एक दर्जनभन्दा बढी नेताहरू रहेका छन् । पार्टी एकताको सहमतिअनुसार, डा. रावललाई नेकपाको ‘हाइ कमाण्ड’ अर्थात केन्द्रीय नेतृत्व तहमा समावेश गरिने भएको छ ।

अहिलेको पार्टी वरीयतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, र नारायणकाजी श्रेष्ठ पछिका तहमा भीम रावललाई राख्ने अनौपचारिक सहमति भएको स्रोतले जनाएको छ । नेकपामा हाल तीन जना पूर्व प्रधानमन्त्री (प्रचण्ड, नेपाल, खनाल) र तीन जना पूर्व उपप्रधानमन्त्री (वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा) रहेका छन् । महरा भने हाल कानूनी मुद्दाका कारण हिरासतमै छन् । यसैबीच, नेकपाका महामन्त्री घनश्याम थापाले पार्टी समर्थकहरूलाई आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आग्रह गरेका छन् ।

 

गगन थापाको भिडियो सन्देश : फागनु २१ मा चुनाव हुन्छ, नो इफ, नो बट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न मतदाता परिचय पत्र बनाउन आग्रह गरेका छन् । उनले आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै मतदाता परिचय पत्र बनाउन आग्रह गरेका हुन् ।

‘फागनु २१ मा चुनाव हुन्छ, नो इफ, नो बट । चुनावमा हामी सबैले भाग लिने हो,’ महामन्त्री थापाले भिडियोमा भनेका छन्, ‘तर, चुनावमा भोटरको रुपमा भाग लिनका लागि तपाईंले भोटर रजिस्टर गराउनुभएको छैन भने जम्मा ६ दिन बाँकी छ । ६ दिन भित्रमा रजिस्ट्रेसन गराउनु होला ।’ भिडियो सन्देशसँगै महामन्त्री थापाले निर्वाचन आयोगको वेबसाइटमा गएर वा दर्ता गरिसकेका व्यक्तिबाट जानकारी लिएर मतदाता परिचय पत्र बनाउन सकिने पनि उल्लेख गरेका छन् ।

हेर्नुस् भिडियो

 

मुख्यमन्त्री नियुक्ति विवाद : मधेसका मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड र नाराबाजी

काठमाडौँ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असन्तुष्ट कांग्रेसका नेता–कार्यकर्ताले जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यकक्षमा आज तोडफोड र नाराबाजी गरेका छन् । त्यसक्रममा कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मुख्यमन्त्रीको कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा समेत फालेका छन् । कांग्रेसको तोडफोडबाट मुख्यमन्त्रीको कार्यकक्षमा क्षति पुगेको छ । त्यसक्रममा उनीहरूले मधेस प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड गरेका छन् ।

प्रदेश प्रमुख सुमेत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपासहितका प्रदेश सांसद र दलका कार्यकर्ताले मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका हुन् । आज बिहान मात्रै भण्डारीले बर्दिवासको एक होटलमा एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

त्यसप्रति कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपालगायतका दल असन्तुष्ट छन् । उनीहरूले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आएका थिए । तर, एमाले कोटामा प्रदेश प्रमुख बनेकी झापा निवासी भण्डारीले विपक्षी दलहरूको कुरा नसुनी ठूलो दलको हैसियतमा एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद देखिएको हो ।

 

 

नेतृ झाँक्री आज एमालेमा फर्किंदै, अरूलाई पनि गरिन् ‘घर फर्किन’ आह्वान

काठमाडौं । पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा गएका नेता–कार्यकर्ताहरूलाई नेकपा एमालेले आज (सोमबार) ‘घर फर्काउँदै’ छ। यसका लागि एमालेले आज दिउँसो साढे २ बजे काठमाडौँस्थित राष्ट्रिय सभागृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’, आयोजना गर्दैछ । जसअन्तर्गत तत्कालीन एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, नेता किसान श्रेष्ठलगायत एमालेमा फकिने तयारीमा छन् । यसैबीच झाँक्रीले यस अभियानमा सहभागी हुन पूर्व एमालेजनलाई आह्वान गरेकी छन् ।

‘यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो । हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो । सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु’, उनले भनेकी छन् ।
तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई तत्कालीन नेकपा माओवादी केन्द्रसहित १० वाम दलको एकतामा समाहित गराएपछि महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलगायत नेता अलग भएका हुन् ।

झाँक्री किसान श्रेष्ठलगायत केही नेता एमालेमा फर्किने भए पनि भुसाललगायत एउटा समूहले भने एकीकृत समाजवादी पुनर्गठन अभियान घोषणा गरेको छ । जसको संयोजक भुसाल बनेका छन् । उता १० कम्युनिष्ट घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएका छन् । जसमा संयोजक प्रचण्ड र सहसंयोजक नेपाल छन् ।

 

 

 

एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु

काठमाडौँ । एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि छनोट भएको टोलीले प्रशिक्षण र तयारी सुरू गरेको छ । गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएसँगै तयारी पनि सुरू भएको हो ।

हालै मुख्य प्रशिक्षकको रूपमा नियुक्त भएका हरि खड्काले मलेसियासँगको एसियन कप छनोट र बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेका थिए । उनले एक जना नयाँ खेलाडीलाई अवसर दिँदा अधिकांश पुरानै अनुहार निरन्तरता दिएका छन् ।

नोभेम्बर १३ तारिखमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। त्यसको पाँच दिनपछि नेपालले छनोट प्रतियोगितामा मलेसियासँग खेल्नेछ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

 

मधेस प्रदेश : कांग्रेससहितका सात राजनीतिक दलहरु छलफलमा

काठमाडौं । मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलहरु छलफलमा जुटेका छन् । सोमवार बिहान मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै सात राजनीतिक दलहरु छलफलमा जुटेका हुन् ।

उनीहरुले आगामी रणनीति तय गर्ने बताइएको छ । प्रदेश प्रमुख भण्डारीले संविधानलाई मिचेर एमालेका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बाँकी दलहरू असन्तुष्ट छन् । उनीहरुको सभामुखमाथि अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने तयारी समेत रहेको बताइएको छ । छलफलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीसहितका दलहरू सहभागी छन् ।

मधेसको सरकार गठन प्रक्रिया निन्दनीय, संघीयताप्रति थप वितृष्णा बढायो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा नेकपा एमाले नेतृत्वमा बनेको सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रदेशमा संविधानको मर्म विपरीत देखिएको राजनीतिक घटनाक्रमले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाएको भन्दै यसलाई ‘अराजनीतिक र निन्दनीय’ भनेका छन् । शर्माले सोमबार सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘मधेस प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’

उनले संविधानको धारा १६८९२० बमोजिम सरकार गठनको सम्भावना रहँदै गर्दा धारा १६८(३) अनुसार गरिएको नियुक्तिलाई ‘मञ्चन भएको प्रहसन’ भनेर व्याख्या गरेका छन् । शर्माले विश्वास व्यक्त गर्दै भनेका छन्, ‘बहुमत दल र बहुमत प्रदेशसभा सदस्यको मागमा न्यायालयले यो गल्ती सच्याउनेछ ।’

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । नयाँ मुख्यमन्त्री यादवले सोमबार नै शपथ ग्रहण गर्दै मन्त्रिपरिषद् गठन गरेका छन् । उनको सिफारिसमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कञ्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारी मन्त्री बनेका छन् । यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन् । नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले राप्रपा सांसद बिच्छालाई मन्त्रिमण्डलमा सहभागी गराएपछि अध्यक्ष लिङ्देनले उनलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका हुन् ।

‘हाम्रो अहिले त्यस प्रकारको सरकारमा सामेल हुने कुनै कार्यक्रम पनि छैन । त्यो पार्टीको सहमतिमा गरिएको कुरा पनि होइन । तत्काल फिर्ता हुन हामीले निर्देशन पनि दिएका छौं,’ अध्यक्ष लिङ्देनले भने । उनले फेसबुकमा पनि यसबारे लेख्दै निर्देशन पालना नगरे कारबाहीको चेतावनी दिएका छन् । ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो,’ लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु ।’

 

 

 

जाडोयाम सुरु भएसँगै बजारमा सुरु भयो बदामको बिक्री (तस्बिरहरु)

काठमाडौँ । जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक, सडक र चौरमा बदामको बिक्री बढदै गएको छ । पारिलो घाममा बसेर बदाम खाँदै साथीभाइसँग गफ गर्दै बस्नु छुट्टै आनन्द दिने गर्दछ।

बदाम एक पौष्टिक तत्वले भरिपूर्ण खाद्य वस्तु हो, यसमा भरपूर मात्रामा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइने गर्दछ । बदाम खानाले मुटुको रक्त केशिकहरु स्वस्थ रहनुका साथै कोलेस्ट्रोललाई कम गर्नमा पनि यो अझ प्रभावकारी हुन्छ ।

बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ ।

हाल बजारमा बदामको मूल्य मात्रा र गुणस्तरअनुसार मुठीदेखि पाथीसम्म ५० रुपैयाँदेखि ३५० रुपैयाँसम्म पर्ने गर्दछ ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी