`

एमालेले प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, दैलेखको ग्यास सञ्चालनमा ल्याउने

नेकपा एमालेले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्या‍उने लक्ष्य राखेको छ ।

एमालेले आसन्न निर्वाचलाई लक्षित गर्दै सार्वजानिक गरेको घोषणापत्रमा समतामूलक द्रुत आर्थिक विकासमार्फत चरम गरिबीको अन्त्यगरी प्रतिव्यक्ति आय करिव ३ हजार अमेरिकी डलर पुर्‍याउने उल्लेख छ । आगामी आधा दशकमा अर्थतन्त्रको आकार एक खर्बले वृद्धि गर्ने र एक दशकमा दुई खर्बले वृद्धि गर्ने लक्ष्य राखिएको छ । कृषि उत्पादन, विद्युत उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ७ प्रतिशतदेखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्ने एमाललेले जनाएको छ । पाँच वर्षमा अर्थतन्त्रको आकार एक सय खर्ब रुपैयाँ र दश वर्षमा दुई सय खर्ब रुपैयाँ पुर्‍याउने एमालेको लक्ष्य छ ।

कृषिको आधुनिकीकरण गर्ने, लगानीमैत्री तथा उत्पादनमैत्री नीतिहरू लागू गर्ने, वित्तीय क्षेत्रको पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, पूँजी बजारको विकास र सुदृढीकरणगर्दै आन्तरिक तथा वाह्य पुँजी आकर्षित गर्ने एमालेको योजना छ । आर्थिक वृद्धिमा गुणात्मक प्रभाव पार्ने क्षेत्रमा राज्यको लगानी बढाउने, बजेटको प्रभावकारी कार्यान्वयन, समयपालना र गुणस्तर सुनिश्चित गर्ने, राष्ट्रिय प्राथमिकताका आयोजना कार्यान्वयनका लागि मात्र सार्वजनिक ऋण लिने र सार्वजनिक ऋण राष्ट्रिय सामथ्र्यभन्दा बढी हुन नदिने एमालेको घोषणापत्रमा उल्लेख छ । आगामी पाँच वर्षमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने एमालेको लक्ष्य छ ।

एमालेको घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पु¥याउने, दैलेखको ग्यास तथा धौवाडी फलाम खानी सञ्चालनमा ल्याउने
नेकपा एमालेले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ ।
एमालेले आसन्न निर्वाचलाई लक्षित गर्दै सार्वजानिक गरेको घोषणापत्रमा समतामूलक द्रुत आर्थिक विकासमार्फत चरम गरिबीको अन्त्यगरी प्रतिव्यक्ति आय करिव ३ हजार अमेरिकी डलर पु¥याउने उल्लेख छ । आगामी आधा दशकमा अर्थतन्त्रको आकार एक खर्बले वृद्धि गर्ने र एक दशकमा दुई खर्बले वृद्धि गर्ने लक्ष्य राखिएको छ । कृषि उत्पादन, विद्युत उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ७ प्रतिशतदेखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्ने एमाललेले जनाएको छ । पाँच वर्षमा अर्थतन्त्रको आकार एक सय खर्ब रुपैयाँ र दश वर्षमा दुई सय खर्ब रुपैयाँ पु¥याउने एमालेको लक्ष्य छ ।
कृषिको आधुनिकीकरण गर्ने, लगानीमैत्री तथा उत्पादनमैत्री नीतिहरू लागू गर्ने, वित्तीय क्षेत्रको पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, पूँजी बजारको विकास र सुदृढीकरण गर्दै आन्तरिक तथा वाह्य पुँजी आकर्षित गर्ने एमालेको योजना छ । आर्थिक वृद्धिमा गुणात्मक प्रभाव पार्ने क्षेत्रमा राज्यको लगानी बढाउने, बजेटको प्रभावकारी कार्यान्वयन, समयपालना र गुणस्तर सुनिश्चित गर्ने, राष्ट्रिय प्राथमिकताका आयोजना कार्यान्वयनका लागि मात्र सार्वजनिक ऋण लिने र सादैलेखको ग्यास तथा धौवाडी फलाम खानीको व्यावसायिक उत्पादन गर्ने विषयलाई पनि एमालेले आफ्नो घोषणापत्रमा समावेश गरेको छ । उत्पादनमूलक उद्योग, खानी, विद्युत, खानेपानी तथा निर्माण क्षेत्र विस्तार गरी कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाउने एमालेको योजना छ । उद्योग स्थापना, सञ्चालन, नाफा, लगानी फिर्ता, कर, भन्सार र वित्तीय सेवामा नीतिगत स्थायित्व कायम गर्ने, ‘एकल बिन्दु सेवा केन्द्र’बाट उद्योगसम्बन्धी सम्पूर्ण सेवा अनलाइन उपलब्ध गराउने, प्रत्येक प्रदेशमा कम्तीमा एक ‘विशेष आर्थिक क्षेत्र’ सञ्चालन गर्ने एमालेको योजना छ ।
सार्वजनिक निकायले सामान खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने कानूनी व्यवस्था लागू गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ । तीन वर्षभित्र निर्यात दोब्बर र पाँच वर्षभित्र तेब्बर बनाउने योजना अगाडी सारिएको छ । ‘निर्यात पहिलो’ नीति लागू गरी प्रशोधित कृषि उत्पादन, सूचना प्रविधि, विद्युत्, औद्योगिक उत्पादन, बहुमूल्य खनिज तथा वित्तीय सेवाको निर्यातलाई विस्तार गर्ने एमालेको योजना छ । भारत र चीनसँगको व्यापारिक पहुँच अधिकतम उपयोग गरि बन्दरगाह तथा भन्सार प्रणाली आधुनिकीकरण गरी ४८ घण्टाभित्र जाँचपास सम्पन्न गरिने व्यवस्था गर्ने उल्लेख छ ।
एमालेले सहकारी क्षेत्रलाई पारदर्शी बनाएर बचतकर्ताको रकम सुरक्षित गर्न कडा नियमन व्यवस्था लागू गर्ने र समस्याग्रस्त सहकारीको छानबिन गरी कानुनी कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । सहकारीलाई उत्पादन, प्रशोधन र बजार व्यवस्थापनमा केन्द्रित गरी सहकारीमार्फत साना उद्यम र कृषकलाई वित्तीय पहुँच विस्तार गरिने घोषणापत्रमा उल्लेख छ ।
नेपाललाई सुरक्षित, आकर्षक र विविध पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, विद्यालय शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री र रोजगारमुखी बनाइने, प्राथमिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याइने, डिजिटल पूर्वाधार विस्तार गर्दै सबै सार्वदैलेखको ग्यास तथा धौवाडी फलाम खानीको व्यावसायिक उत्पादन गर्ने विषयलाई पनि एमालेले आफ्नो घोषणापत्रमा समावेश गरेको छ । उत्पादनमूलक उद्योग, खानी, विद्युत, खानेपानी तथा निर्माण क्षेत्र विस्तार गरी कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाउने एमालेको योजना छ । उद्योग स्थापना, सञ्चालन, नाफा, लगानी फिर्ता, कर, भन्सार र वित्तीय सेवामा नीतिगत स्थायित्व कायम गर्ने, ‘एकल बिन्दु सेवा केन्द्र’बाट उद्योगसम्बन्धी सम्पूर्ण सेवा अनलाइन उपलब्ध गराउने, प्रत्येक प्रदेशमा कम्तीमा एक ‘विशेष आर्थिक क्षेत्र’ सञ्चालन गर्ने एमालेको योजना छ ।
सार्वजनिक निकायले सामान खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने कानूनी व्यवस्था लागू गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ । तीन वर्षभित्र निर्यात दोब्बर र पाँच वर्षभित्र तेब्बर बनाउने योजना अगाडी सारिएको छ । ‘निर्यात पहिलो’ नीति लागू गरी प्रशोधित कृषि उत्पादन, सूचना प्रविधि, विद्युत्, औद्योगिक उत्पादन, बहुमूल्य खनिज तथा वित्तीय सेवाको निर्यातलाई विस्तार गर्ने एमालेको योजना छ । भारत र चीनसँगको व्यापारिक पहुँच अधिकतम उपयोग गरि बन्दरगाह तथा भन्सार प्रणाली आधुनिकीकरण गरी ४८ घण्टाभित्र जाँचपास सम्पन्न गरिने व्यवस्था गर्ने उल्लेख छ ।
एमालेले सहकारी क्षेत्रलाई पारदर्शी बनाएर बचतकर्ताको रकम सुरक्षित गर्न कडा नियमन व्यवस्था लागू गर्ने र समस्याग्रस्त सहकारीको छानबिन गरी कानुनी कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । सहकारीलाई उत्पादन, प्रशोधन र बजार व्यवस्थापनमा केन्द्रित गरी सहकारीमार्फत साना उद्यम र कृषकलाई वित्तीय पहुँच विस्तार गरिने घोषणापत्रमा उल्लेख छ ।
नेपाललाई सुरक्षित, आकर्षक र विविध पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, विद्यालय शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री र रोजगारमुखी बनाइने, प्राथमिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याइने, डिजिटल पूर्वाधार विस्तार गर्दै सबै सार्वजनिक सेवा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने, ई–गभर्नेन्स प्रणाली सुदृढ गरी सेवा प्रवाह छिटो, पारदर्शी र प्रभावकारी बनाउने, जलविद्युत् उत्पादन वृद्धि गरी आन्तरिक खपत र निर्यात बढाउने, वैकल्पिक ऊर्जामा लगानी प्रोत्साहित गर्ने, सडक, रेलमार्ग, हवाई सेवा र द्रुतमार्ग विस्तार गर्ने, युवा उद्यम, स्टार्टअपलाई प्रोत्साहन, सहुलियत ऋण र नवप्रवर्तन केन्द्र स्थापना गर्ने, खेलकुद पूर्वाधार विकास गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता बढाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।
भ्रष्टाचार नियन्त्रणमा कडा कदम चालिने, सार्वजनिक सेवा प्रवाह पारदर्शी गर्ने, न्यायिक, प्रशासनिक र वित्तीय सुधारमार्फत सुशासन सुदृढ गर्ने लगायतका एमालेले देश समृद्ध बनाउने २५ स्तम्भ घोषणापत्रमा समावेश गरेको छ । एमालेले घोषणापत्रमा आफूले विगतमा गरेका कार्यहरुको समेत उल्लेख गरेको छ । एमालेले केही भएन भन्ने भ्रमबाट मुक्त भएर तथ्यमा विश्लेषण गर्न सबैलाई आह्वान समेत गरेको छ ।
एमालेले घोषणापत्रमा विकासको लागि ५ आधारभुत घोषणा, ११ वटा मन्त्रीपरिषद्वाट तत्काल गर्ने काम र २५ वटा समृद्धिका स्तम्भ उल्लेख गरेको छ । पाँच आधारभुत घोषणामा देश पहिला, परिपुर्ण लोकतन्त्र, संविधान, कानूनको सर्वोच्चता र सुशासन, भ्रम होईन, तथ्यमा विश्वास गरौँ, समृद्धिको युगतर्फ नेपाल र मैत्रीपुर्ण विदेश सम्बन्धलाई उल्लेख गरेको छ ।जनिक सेवा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने, ई–गभर्नेन्स प्रणाली सुदृढ गरी सेवा प्रवाह छिटो, पारदर्शी र प्रभावकारी बनाउने, जलविद्युत् उत्पादन वृद्धि गरी आन्तरिक खपत र निर्यात बढाउने, वैकल्पिक ऊर्जामा लगानी प्रोत्साहित गर्ने, सडक, रेलमार्ग, हवाई सेवा र द्रुतमार्ग विस्तार गर्ने, युवा उद्यम, स्टार्टअपलाई प्रोत्साहन, सहुलियत ऋण र नवप्रवर्तन केन्द्र स्थापना गर्ने, खेलकुद पूर्वाधार विकास गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता बढाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।
भ्रष्टाचार नियन्त्रणमा कडा कदम चालिने, सार्वजनिक सेवा प्रवाह पारदर्शी गर्ने, न्यायिक, प्रशासनिक र वित्तीय सुधारमार्फत सुशासन सुदृढ गर्ने लगायतका एमालेले देश समृद्ध बनाउने २५ स्तम्भ घोषणापत्रमा समावेश गरेको छ । एमालेले घोषणापत्रमा आफूले विगतमा गरेका कार्यहरुको समेत उल्लेख गरेको छ । एमालेले केही भएन भन्ने भ्रमबाट मुक्त भएर तथ्यमा विश्लेषण गर्न सबैलाई आह्वान समेत गरेको छ ।
एमालेले घोषणापत्रमा विकासको लागि ५ आधारभुत घोषणा, ११ वटा मन्त्रीपरिषद्वाट तत्काल गर्ने काम र २५ वटा समृद्धिका स्तम्भ उल्लेख गरेको छ । पाँच आधारभुत घोषणामा देश पहिला, परिपुर्ण लोकतन्त्र, संविधान, कानूनको सर्वोच्चता र सुशासन, भ्रम होईन, तथ्यमा विश्वास गरौँ, समृद्धिको युगतर्फ नेपाल र मैत्रीपुर्ण विदेश सम्बन्धलाई उल्लेख गरेको छ ।र्वजनिक ऋण राष्ट्रिय सामथ्र्यभन्दा बढी हुन नदिने एमालेको घोषणापत्रमा उल्लेख छ । आगामी पाँच वर्षमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने एमालेको लक्ष्य छ ।

संघीयता कार्यान्वयनका कानुन छिट्टै टुंग्याउने एमालेको प्रतिबद्धता

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू नयाँ संसद् गठन भएको तीन महिनाभित्र पारित गर्ने प्रतिबद्धता जनाएको छ।

पार्टीले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा अघिल्लो संसद् कार्यकालमा अघि बढ्न नसकेका महत्वपूर्ण कानुनहरूलाई प्राथमिकताका साथ टुंग्याइने उल्लेख गरिएको छ।

२७ भदौ २०८२ मा प्रतिनिधिसभा विघटन भएसँगै संविधानको व्यवस्था अनुसार ३० वटा विधेयक निष्क्रिय भएका थिए, जसमा संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुनहरू प्रमुख छन्।

संविधान जारी भएको करिब एक दशक बितिसक्दा पनि संघीय निजामती ऐन बन्न नसक्दा संघ, प्रदेश र स्थानीय तहबीच कर्मचारी व्यवस्थापन, अधिकार क्षेत्र र प्रशासनिक संरचना स्पष्ट हुन सकेको छैन।

प्रादेशिक लोकसेवा आयोगहरू गठन भए पनि आवश्यक संघीय कानुन अभावमा कर्मचारीहरू अझै संघकै मातहतमा काम गरिरहेका छन्। सुरक्षा क्षेत्रतर्फ पनि संघीय संरचना अनुरूप कानुनी व्यवस्था पूर्ण रूपमा लागू हुन सकेको छैन।

प्रादेशिक सुरक्षा संयन्त्र स्थापना हुन नसक्नु र संघीय प्रहरी ऐन नबन्नु प्रमुख चुनौतीका रूपमा रहेका छन्। संसद्मा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकहरू पनि निष्क्रिय भएका थिए।

विघटित प्रतिनिधिसभाको कार्यकालमा सबैभन्दा धेरै चर्चा भएको विद्यालय शिक्षा विधेयक पनि अन्ततः ऐन बन्न सकेन।

संसदीय समितिमा लामो समय छलफल भए पनि प्रतिनिधिसभा विघटन भएपछि उक्त विधेयक अघि बढ्न सकेन। एमालेले यस्ता सबै विधेयकहरूलाई नयाँ संसद्को सुरुवाती कार्यसूचीमै राखेर छिटो पारित गर्ने जनाएको छ।

यसैबीच, पार्टीले राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गर्ने गैरआवासीय नेपालीहरूलाई थप कर छुट दिने नीति पनि अघि सारेको छ।

विदेशमा रहेका नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको सद्भाव दूतका रूपमा परिचालन गर्दै नीति निर्माण, लगानी प्रवर्द्धन र सामाजिक विकासमा उनीहरूको सहभागिता बढाइने उल्लेख छ।

प्रमुख पूर्वाधार र निर्यातमूलक क्षेत्रमा लगानी जुटाउन वार्षिक एक खर्ब रुपैयाँ बराबरको डायस्पोरा बन्ड जारी गर्ने योजना घोषणापत्रमा समेटिएको छ।

विदेशमा रहेका नेपालीहरूको सम्पत्ति संरक्षण, लगानीबाट प्राप्त मुनाफा स्वदेशबाट फिर्ता लैजान पाउने कानुनी व्यवस्था, तथा राज्यबाट उपलब्ध सेवा एकल बिन्दूमार्फत प्रदान गर्ने प्रतिबद्धता पनि गरिएको छ।

पहिलो पुस्ताका प्रवासी नेपालीलाई सेवा निवृत्तिपछि स्वदेश फर्कने प्याकेज र दोस्रो पुस्तालाई एक्सचेञ्ज, इन्टर्नशीप तथा स्टार्टअपमा आकर्षित गर्ने नीति लिने उल्लेख गरिएको छ।

भ्रष्टाचारीको महलमा डोजर चलाउँछौँ, गरिबको घरमा होइन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भ्रष्टाचारीको महलमा डोजर लगाउने चेतावनी दिएका छन् ।

आफ्ना वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई गरिब र सुकुम्बासी बस्तिमा डोजर चलाएर आतंक फैलाएको आरोप लागेपछि बचाउ गर्दै लामिछानेले भ्रष्टाचारीको महलमा रास्वपाको सरकार बन्दा डोजर चलाउने बताएका हुन् ।

उनले बालेनले गरिबको बस्तीमा डोजर चलाउँछन् भनेर भ्रम फैलाइएको भन्दै आपत्ति समेत जनाए ।

सुर्खेतमा चुनावी बाचापत्र सार्वजनिक गर्दै उनले भने, ‘कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ । बस्तीमा डोजर चल्छ भनिएको छ । गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चलाउँछौँ । हामी गरिबको व्यवस्थापन गर्छौँ ।’

उनले रास्वपाका सबै उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

 

चुनावपछि जनता दुःखमा, नेता सुखमा हुन्छन्, विवेक पुर्‍याएर मतदान गर्नुहोस् : रवीन्द्र मिश्र (भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्रले अन्य पार्टीका नेता कार्यकर्ताहरूले नै यसपटक आफ्ना चुनावी कार्यक्रमहरू आयोजना गर्ने गरेको बताएका छन् ।

उनीहरूले आफूलाई ‘तपाईंजस्तो मान्छे संसद्मा पुग्नैपर्ने’ भन्ने गरेको पनि बताए ।

गत निर्वाचन (२०७९)मा १२५ मतले पराजित हुँदा आफूहरूलाई नरमाइलो लागेको भन्दै यसपटक जित्नैपर्ने भनेको मिश्रले सुनाए ।

उनले निर्वाचनपछि जनताले दुःख पाउने र नेताले सुख पाउने गरेको भन्दे विवेकपूर्ण मतदाताको अपिल पनि गरे ।

मिश्र यतिबेला चुनावी घरदैलो अभियानमा छन् ।

 

कर्णालीको गरिबी बुझ्ने पार्टी रास्वपा हुने बालेनको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णालीको वास्तविक गरिबी र पीडा बुझ्ने राजनीतिक शक्ति रास्वपालाई बनाउने दाबी गरेका छन्।

बिहीबार सुर्खेतमा आयोजित चुनावी वाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले कर्णालीलाई ‘शिवभूमि’को संज्ञा दिँदै त्यहाँको विकास र सम्मानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

कर्णालीको दु:ख र गरिबीलाई बेच्ने नेता धेरै आए, तर बुझ्ने नेता आएनन्। त्यो बुझ्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’ बालेनले भने।

उनले कर्णालीको उत्पादन र सम्भावनालाई राजनीतिक भाषणमा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। ‘आजको दिनमा सुनजस्तो मानिने डोल्पाको यार्सागुम्बा विश्वभरी पुग्न सक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन। यहाँको उत्पादनलाई देशभरी पुर्‍याउने पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले स्पष्ट पारे।

बालेनले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्त्वसमेत स्मरण गरे। शिव भगवानको पाउमा आएर वाचापत्र घोषणा गर्न पाउँदा खुसी छौँ, उनले भने, ‘यो भूमि सम्भावनाले भरिएको छ, तर नीति र नेतृत्वको अभावले पछि परेको छ।’

उनका अनुसार रास्वपाले कर्णालीलाई सहानुभूतिको विषय होइन, विकासको केन्द्रका रूपमा हेर्नेछ।

समृद्ध नेपाल, सुखी नेपाली बनाउने एमालेको ‘युगान्तकारी महत्व’का १० योजना

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा अर्थतन्त्र, रोजगारी, डिजिटल रूपान्तरण, शिक्षा, महिला सशक्तिकरण, पूर्वाधार, ऊर्जा, स्वास्थ्य, कृषि र पुनर्निर्माणलाई केन्द्रमा राख्दै ‘युगान्तकारी महत्वका’ योजनाहरू अघि सारेको छ ।

घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्धारित समय सीमाभित्र प्रतिबद्धता कार्यान्वयन गरिने बताएका छन् ।

एमालेले पाँच वर्षभित्र देशको अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ र १० वर्षभित्र २०० खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ । प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने प्रतिबद्धता पनि गरेको छ ।

स्वदेशमै वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ । साथै श्रमिकको मासिक न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने उल्लेख छ ।

१८ देखि २८ वर्षका युवालाई मासिक १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराइने तथा स्टार्टअप र उद्यमी युवालाई अन्तर्राष्ट्रिय कारोबारका लागि १० हजार अमेरिकी डलर बराबरको कार्ड उपलब्ध गराइने एमालेको योजना छ ।

प्राविधिक उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्व्याजी ऋण उपलब्ध गराउने जनाएको छ ।

यी हुन् १० युगान्तकारी महत्वका योजना

१.अर्थतन्त्रमा विशाल छलाङ
–५ वर्षभित्र देशको अर्थतन्त्रको आकार १०० खर्ब
–१० वर्षमा २०० खर्ब पुर्‍याउने
–प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर पुर्‍याउने
२. रोजगारी र न्यूनतम पारिश्रमिक
–स्वदेशमै वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने
–श्रमिकहरूको मासिक न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने
३. डिजिटल क्रान्ति
–१८ देखि २८ वर्षका युवालाई मासिक १० जीबी इन्टरनेट डाटा निःशुल्क दिने
–स्टार्टअप/उद्यमी युवालाई अन्तर्राष्ट्रिय कारोबार गर्न १० हजार डलर बराबरको कार्ड उपलब्ध गराउने।
४. शिक्षामा लगानी
–प्राविधिक उच्च शिक्षा पढ्ने विद्यार्थीलाई २० लाखसम्मको निव्र्याजी ऋण उपलब्ध गराउने
–पढ्दै कमाउँदै नीति लागू गर्ने।
५. महिला सशक्तिकरण प्याकेज
–महिला उद्यमीलाई २० लाखसम्म निव्र्याजी ऋण
– सुत्केरी पोषण भत्ता २०,०००
–५ लाखको निःशुल्क जीवन बीमा गर्ने
६. पूर्वाधार विकास
–५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग
–काठमाडौं–तराई द्रुतमार्गको निर्माण कार्य सम्पन्न गर्ने।
७. ऊर्जा र निर्यात
– विद्युत उत्पादन र प्रतिव्यक्ति विद्युत खपत दोब्बर बनाउने
–नेपाललाई दक्षिण एसियाकै स्वच्छ ऊर्जा निर्यातक हब बनाउने
८. स्वास्थ्य र सामाजिक सुरक्षा
–महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता वृद्धि गरेर वार्षिक २०,००० पुर्‍याउने
–सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य बीमा र सामाजिक सुरक्षाको दायरामा ल्याउने।
९. कृषि र आत्मनिर्भरता
– २ वर्षभित्र सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने
– खाद्यन्नमा देशलाई आत्मनिर्भर बनाउँदै निर्यात दोब्बर गर्ने।
१०. पुनर्निर्माण संकल्प
–जेनजी आन्दोलनमा क्षति भएका राष्ट्रिय संरचनाहरूको १ वर्षभित्रै पुनर्निर्माण सम्पन्न गर्ने

नेकपा एमालेको २५ वाचा, ऊर्जावान खेलाडी उत्पादनदेखि अर्थतन्त्र सुधार गर्नेसम्म

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा देशवासीसँग २५ वटा वाचा गरेको छ, जसलाई प्रतिबद्धता पनि भनिएको छ ।

देशको अर्थतन्त्रमा सुधारदेखि ऊर्जामान खेलाडी उत्पादन गर्नेसम्मका वाचा घोषणापत्रमा समेटिएको छ ।

निर्वाचनको दुई सातअघि सार्वजनिक गरिएका वाचाहरू निर्वाचनबाट एकल बहुमतीय सरकार गठन गर्नेगरिको जनमत प्राप्त भए पूरा गर्न सकिने खालका छन् ।

हेर्नुहोस्, २५ वाचा

–हाम्रो अर्थः आधा दशकमा सय खर्ब– एक दशकमा २ सय खर्ब

–मर्यादित श्रमः स्वदेशमै रोजगारी, स्वदेशमै काम

–सुरक्षित, सम्मानजनक वासः आधुनिक, नागरिकमैत्री आवास

–गतिशील गाउँ, आधुनिक सहरः आर्थिक विकासको नयाँ लहर

–सहरको स्वच्छता, पूर्वाधारको पूर्णताः समुन्नत सहर हाम्रो प्रतिबद्धता

–स्वच्छ पानी, सफा आँगनः स्वस्थ नेपाली, हाम्रो अभियान

–उद्योग क्षेत्रको विस्तार, उत्पादनमा बृद्धिः २० प्रतिशत योगदान, राष्ट्रको समृद्धि

–आयात घटाउने, निर्यात बढाउनेः भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने

–आधुनिक खेती, उन्नत व्यवसायः कृषिमै रोजगारी, पर्याप्त आय

–हरियो वन, समुदायको धनः संरक्षण, उपयोग, दिगो व्यवस्थापन

–सहकारीमा सुशासन र पारदर्शिताः बचतकर्ताको हित, हाम्रो प्रतिबद्धता

–पर्यटकको वृद्धि, लामो बसाइः गाउँ, सहरमा काम र कमाइ

–खेतीयोग्य जमिनमा कुलो र नहरः बाह्रै महिना सिँचाइ, खाद्यमा आत्मनिर्भर

–गुणस्तरीय शिक्षा, उन्नत प्रविधिः ज्ञानयुक्त नागरिक, देशका निधि

–स्वस्थ खाना, योग/व्यायामः निरोगी नेपालको महाअभियान

–डिजिटल पूर्वाधारः विकास र सुशासनको आधार

–सुरक्षित यातायात, आधुनिक पूर्वाधारः दिगो विकास, समृद्धिको आधार

–स्वच्छ ऊर्जा, स्वदेशमा खपतः हरित विकास, विदेशमा निर्यात

–पुनर्निर्माण र नयाँ निर्माण

–सुदृढ वित्तीय प्रणालीः उत्पादनशील लगानी

–सिर्जनशीलता युवा, नवीन विचारः समाज रूपान्तरणको सुदृढ आधार

–ऊर्जावान् खेलाडी, देशको शानः खेलकुदको विकास, राष्ट्रको मान

–सफा हात, स्वच्छ प्रशासनः गुणस्तरीय सेवा, जनप्रिय शासन

–सबैसँग मित्रता, छैन कसैसँग शत्रुता

–नेपालका सद्भाव दूत, एनआरएनको सम्मानः मातृभूमिको विकासमा सार्थक योगदान

गरिबको २५ हजार ऋण मिनाहा गर्ने एमालेको प्रतिबद्धता

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा गरिब परिवारलाई लक्षित गर्दै २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने प्रमुख प्रतिबद्धता अघि सारेको छ ।

बिहीबार घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट लिएको २५ हजार रुपैयाँसम्मको ऋण गरिब परिवारको हकमा मिनाहा गरिने बताएका छन् ।

उनले गरिबीको चक्रमा फसेका परिवारलाई आर्थिक राहत दिन यो कार्यक्रम ल्याइएको स्पष्ट पारे ।

एमालेका अनुसार देशभरका वास्तविक गरिब परिवार पहिचान गरी उनीहरूले लिएको साना कर्जा, सहुलियत ऋण वा बैंक तथा वित्तीय संस्थाबाट लिएको २५ हजार रुपैयाँसम्मको रकम सरकारद्वारा मिनाहा गरिनेछ । यसका लागि स्पष्ट मापदण्ड बनाएर कार्यान्वयन गरिने बताइएको छ ।

पार्टीले यस कार्यक्रमलाई आर्थिक पुनरुत्थानको प्रारम्भिक कदमका रूपमा प्रस्तुत गरेको छ । साना ऋणकै कारण कालोसूचीमा परेका वा पुनः ऋण लिन नसक्ने अवस्थामा पुगेका परिवारलाई पुनः आर्थिक गतिविधिमा फर्काउने उद्देश्य रहेको एमालेको दाबी छ ।

घोषणापत्रअनुसार यो निर्णय कार्यान्वयनका लागि सरकार गठन भएलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै समयसीमा तोकेर प्रक्रिया अघि बढाइनेछ ।

यस्ताे छ एमालेकाे घोषणा पत्र (अडियाे र पूर्णपाठ सहित)

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र सार्वजनिक गरेको छ ।

‘डिजिटल’ माध्यमबाट एमालेले ‘देश पहिला’ को मुख्य नारा समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो । काठमाडौंमा सार्वजनिक गरिएको घोषणापत्र समारोहमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरू छन् ।

एमालेले युवा, सञ्चार, प्रविधिलगायत लोकप्रिय कार्यक्रमहरू घोषणापत्रमा समेटेको छ ।

 

अडियाेमा सुन्नुहाेस्:

 

 

पिडिएफ पढ्नुहाेस्:

नेकपा एमालेको घोषणापत्र सार्वजनिक, नारा : देश पहिला

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र सार्वजनिक गरेको घ ।

‘डिजिटल’ माध्यमबाट एमालेले ‘देश पहिला’ को मुख्य नारा समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो ।

काठमाडौंमा सार्वजनिक गरिएको घोषणापत्र समारोहमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरू छन् ।

एमालेले युवा, सञ्चार, प्रविधिलगायत लोकप्रिय कार्यक्रमहरू घोषणापत्रमा समेटेको छ ।

जेन–जी विद्रोह र प्रतिनिधिसभा विघटनसम्बन्धी ओलीका चार गम्भीर प्रश्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै चार गम्भीर प्रश्न गरेका छन् ।

सिंगो समाज प्रश्नैप्रश्नको घेरामा रहेको र आम मतदाताको स्थापित दलहरूमाथि प्रश्न रहेको भन्दै उनले जेन–जी विद्रोह र त्यहाँ भएका घुसपैठदेखि प्रतिनिधिसभा विघटनसम्मका प्रश्न गरेका छन् ।

पहिलो– भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रिँदै थियो ? कि देश बिग्रिएको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ?

दोस्रो– भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्‍यो ? शान्तिपूर्ण कार्यक्रम सकियो भन्दै घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो ?

तेस्रो– भदौ २३ र २४ का घटनाहरू स्वतस्फूर्त थिए कि योजनाबद्ध ? निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो ? आफ्ना कर्तव्य पूरा गरिरहेका सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो ?

चौथो– सरकार संविधान तथा व्यवस्थाका सन्दर्भमा जेन–जी प्रदर्शनकारीका कुनै माग थिएनन् । हुँदै नभएका माग पूरा गरेझैँ प्रणालीमाथि नै धावा बोल्नेगरी प्रतिनिधिसभाको विघटन किन गरियो ?

ओलीले देशको राजनीति यतिखेर देश भत्काउने र बनाउने दुई सोचबीच संघर्ष भइरहेको पनि बताए ।

बुढानीलकण्ठदेखि गोदावरीसम्म ‘साइकल लेन’ बनाउने निर्णय

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठदेखि ललितपुरको गोदावरीसम्म साइकल लेन बनाउने काठमाडौँ उपत्यका मेयर्स फोरमले गरेको छ ।

यो निर्णय काठमाडौं उपत्यकालाई स्मार्ट सिटी बनाउने लक्ष्यसँग सम्बन्धित छ । अन्तरपालिका जोड्नेगरी साइकल लेन निर्माण गर्ने निर्णय भएको मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

उनका अनुसार बुढानीलकण्ठको शिवपुरी डाँडादेखि काठमाडौँ र ललितपुर महानगर हुँदै गोदावरीको बोटानिकल गार्डेनसम्मको ‘रुट’ साइकल लेनका लागि तय गरिएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष महर्जनले भने, ‘सो–केस प्रोजेक्ट’का रूपमा अघि बढाउन गुरुयोजना तयार पार्ने निर्णय भएको छ ।’

बैठकले काठमाडौँ उपत्यकाको ट्राफिक जाम र कनेक्टिभिटीको समस्या समाधान गर्न ‘मास ट्रान्सपोर्टेसन’ अनिवार्य हेको निष्कर्षसमेत निकालेको छ ।

चीनमा पटाका विस्फोट हुँदा पाँच दिनमै २० जनाको मृत्यु, केही सहरमा प्रतिबन्ध

काठमाडौं । चीनमा आतसबाजी र पटाका पसलमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँच जना बालबालिकासमेत छन् । चन्द्र पात्रोअनुसारको नयाँ वर्षको उल्लासबीच यो घटना मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो भएको हो ।

राज्य प्रसारणकर्ता चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)ले बिहीबार अधिकारीहरूलाई उदृत गर्दै १२ जनाको मृत्यु पुष्टि भएको जनाएको हो । मृतकमध्ये सात जना वयस्क छन् ।

रिपोर्टअनुसार मृतक पसलका मालिक ‘मिस्टर लिन’बाहेक बाँकी ११ जना आतसबाजी खरिद गर्न आएका ग्राहक थिए ।

नयाँ वर्षका अवसरमा चीनको ग्रामीण क्षेत्रमा आतसबाजी र पटाखा पड्काउने परम्परा लोकप्रिय छ । त्यसले सुरक्षा जोखिम बढाएको भन्दै केही सहरमा प्रतिबन्ध लगाएका छन् ।

गत आइतबार पूर्वी जियाङ्सु प्रान्तको एक आतसबाजी पसलमा भएको विस्फोटमा आठ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

 

रास्वपाका बागमती उपसभापति गौतमले पनि छाडे पार्टी, यस्तो छ उनको आरोप

काठमाडौं । एकपछि अर्को नेताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडिरहेका छन् । बुधबार मधेस प्रदेशका पूर्वसभापति ममता शर्माले पार्टी छाडेकामा बिहीबार बागमती प्रदेशका उपसभापति दिनेश गौतमले छाडे ।

गौतम ती नेता हुन्, जसले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट १० हजार ५७३ मत प्राप्त गरेका थिए । उनले उम्मेदवार छनोट प्रक्रियादेखि पार्टी सञ्चालन विधिमै प्रश्न उठाउँदै साधारण सदस्यसमेत नरहनेगरी दल त्याग गरेका हुन् ।

‘उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको देखिन्छ । वर्षौैंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ, विशेष रूपमा, दुई–चार दिन अघाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको छ,’ उनको राजीनामा पत्रमा उल्लेख छ ।

जान्नेलाई छान्ने भनिए पनि उम्मेदवार छनोटमा चरम चलखेल भएको उनको आरोप छ । ‘पार्टीले सुरुमा २०७९ को निर्वाचनमा जान्नेलाई छान्ने भनेको थियो । तर व्यवहारमा तिनै जान्ने, सीमित व्यक्तिहरू, माथिका व्यक्तिहरूलाई चाकडी गर्ने, खुसी पार्ने, वरिपरि घुम्ने पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ प्राथमिकता दिइएको,’ उनले भने ।

गौतम र शर्मा दुवैले राजीनामा दिँदा पार्टीभित्र चरम आर्थिक चलखेलको गम्भीर आरोप लगाएका छन् ।

हालै रास्वपा नेता डा. प्रणय राणाले त आर्थिक ठगीको आरोप लगाउँदै पार्टी त्यागेका थिए ।

एकपछि अर्को नेताले निर्वाचनको मुखमा पार्टी छाड्दा रास्वपालाई स्वाभाविक धक्का लाग्ने टिप्पणी भइरहेको छ ।

चुनावले नयाँ युगको ढोका उघार्ने प्रधानमन्त्री सुशीला कार्कीको दाबी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने बताएकी छिन् ।

प्रजातन्त्र दिवसको अवसरमा बिहीबार सैनिकमञ्च टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोह त्यसकै परिणति भएको दाबी गरिन् ।

‘म स्पष्ट रूपमा भन्न चाहन्छु– युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन । युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ,’ उनले भनिन्, ‘उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन । त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ ।’

प्रधानमन्त्री कार्कीले प्रजातन्त्र जनताको मुहारमा झल्किनुपर्ने बताएकी छन् ।

‘प्रजातन्त्रको वास्तविक झल्को अन्त कहीँ होइन, आममानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्छ,’ उनले भनिन् ।

सोही क्रममा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको पनि बताइन् । निर्वाचनले नयाँ युगको ढोका उघार्ने उनको दाबी छ ।

सुनचाँदीको भाउ बढ्यो, सुन चार हजार बढ्दा चाँदी कति ?

काठमाडौं । सुनको भाउ आज बढेको छ । आज सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो । तुलनात्मक रूपमा हिजोभन्दा आज सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य पनि आज बढेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ पुगेको छ ।

हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

सुपर-८ को टुंगो, आठ टोलीको उपाधि यात्रामा कसले मार्ला बाजी ?

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर-८ चरणमा पुग्ने आठ टोलीको टुंगो लागेको छ ।

समूह चरणका केही खेल बाँकी रहँदै सुपर-८ मा भारत, पाकिस्तान, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, इंग्ल्याण्ड, दक्षिण अफ्रिकान्युजिल्याण्ड प्रवेश गरेका छन् ।

समूह ‘ए’ बाट भारत र पाकिस्तान उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरण पुगे । अमेरिका, नेदरल्याण्ड्स र नामिबिया भने बाहिरिए ।

समूह ‘बी’ मा श्रीलंका र जिम्बावेले स्थान सुरक्षित गर्दा आयरल्याण्ड, अस्ट्रेलिया र ओमानको यात्रा समूह चरणमै टुंगियो । अस्ट्रेलियाको अप्रत्याशित बहिर्गमन यस संस्करणको ठूलो उलटफेर मानिएको छ ।

नेपाल सहभागी रहेको समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्याण्ड अघि बढे भने नेपाल, इटाली र स्कटल्यान्ड बाहिरिए । समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्याण्डले सुपर-८ मा स्थान बनाउँदा अफगानिस्तान, यूएई र क्यानडा प्रतियोगिताबाट बाहिरिए ।

सुपर-८ का खेल शनिबारदेखि सुरु हुनेछन् । समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे छन् भने समूह-२ मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका प्रतिस्पर्धामा उत्रनेछन् ।

प्रत्येक टोलीले समूहभित्र एक–अर्कासँग खेल्नेछ र शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

उम्मेदवारलाई घरघर पुग्न एमाले अध्यक्ष केपी शर्मा ‌ ओलीकाे विशेष निर्देशन

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको घर घर पुग्न पार्टीका उम्मेदवारलाई निर्देशन दिएका छन् ।

फागुन २१ मा घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले पार्टीका मूलभूत एजेन्डा लिएर जनताको घर घरमा पुग्न सबै उम्मेदवार र नेतालाई निर्देशन दिएका हुन् ।

काठमाडौं फर्किने क्रममा झापाको बिर्तामोडस्थित होटल हेभनमा बोलाएर एमाले अध्यक्ष ओलीले जनस्तरमा रहेका भ्रम चिर्ने गरी जनताका घरमा पुग्न उम्मेदवार र अगुवा नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उम्मेदवार र अगुवा नेता कार्यकर्ताको छलफलमा सहभागी झापा क्षेत्र नम्बर ४- निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीले परिणाम निकाल्ने गरी लाग्न अध्यक्ष ओलीले निर्देशन दिएको बताए ।

‘सबै नेता कार्यकर्ता परिणाम निकाल्ने गरी निर्वाचनमा खटिनुपर्छ’, अध्यक्ष ओलीको भनाइ उल्लेख गर्दै संयोजक ताम्लीले भने, ‘जनस्तरमा रहेका भ्रम चिर्न जनताका घर-घरमा पुग्न पनि उहाँको विशेष निर्देशन छ ।’

छलफलमा झापाका सबै क्षेत्रका उम्मेदवारको सहभागिता रहेको थियो । यसबाहेक निर्वाचन परिचालन कमिटीका संयोजकहरू पनि अध्यक्ष ओलीसँगको छलफलमा सहभागी थिए । उनीहरूले निर्वाचन परिचालनका विषयमा भइरहेको प्रगतिका विषयमा अध्यक्ष ओलीलाई रिपोर्टिङ गरेका छन् ।

अध्यक्ष ओलीसँगको छलफलमा उम्मेदवारहरूले सामाजिक सञ्जालमा देखिए जस्तो अरु कुनै पार्टीको पक्षमा जनमत नरहेको प्रतिक्रिया दिएका छन् । चुनावी प्रचार अभियानका सिलसिलामा भएका नियमित भेटघाट र बैठकहरूमा समेत मतदाताले एमालेको पक्षमा खुलेर समर्थन गरेको र त्यसबाट सकारात्मक परिणाम प्राप्त हुने उम्मेदवारहरूको विश्वास छ ।

राष्ट्रिय सहमति बिना निर्वाचन उपयुक्त हुँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियाे)

काठमाडौँ । ज्ञानेन्द्र शाह ले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको अनुभूति भइरहेको उल्लेख गर्दै राष्ट्रिय सहमति र एकताविना निर्वाचन प्रक्रियातर्फ जानु उपयुक्त नहुने बताएका छन् ।

सम्बोधनका क्रममा उनले वर्तमान परिस्थितिलाई असामान्य र संवेदनशील भएको उल्लेख गर्दै पहिले राष्ट्रिय समस्याहरूको समाधान खोज्नुपर्ने धारणा राखे ।

‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्,’ उनले भने, ‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ। निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने सुनिश्चित गर्न राष्ट्रिय सहमति आवश्यक छ।’

उनले नेपालको वास्तविक शत्रु विपन्नता र अस्थिरता भएको उल्लेख गर्दै आपसी विभाजनले समस्या झन् गहिरो बनाएको टिप्पणी गरे । ‘हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीले अर्को नेपालीलाई बैरी ठान्ने संस्कृतिलाई हामीले बढावा दिएका छौँ,’ उनले भने, ‘यसले देशलाई इतिहासकै गहिरो र दर्दनाक स्थितिमा पुर्‍याएको छ।’

प्रजातन्त्र स्थापनाको ७५ वर्ष पूरा भएको अवसर स्मरण गर्दै उनले राष्ट्रपिता त्रिभुवन प्रति श्रद्धाञ्जली अर्पण गरे । ‘जनता र राजाको संयुक्त प्रयत्नबाट प्रजातन्त्रको मिर्मिरे घाम उदाएको दिवस हामी सबैका लागि स्मरणीय छ,’ उनले भने, ‘ प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धा व्यक्त गर्दछु।’

केही महिनाको झापा बसाइपछि राजधानी फर्किने क्रममा सर्वसाधारणले देखाएको सद्भावप्रति आभार व्यक्त गर्दै उनले भने, ‘मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको बेला देखाइएको प्रेम र सद्भावले हामीलाई अटुट दायित्वबोध गराएको छ।’

सम्बोधनको अन्त्यमा उनले राष्ट्रिय एकता, संवाद र समझदारीमार्फत मुलुकलाई स्थिरता र समृद्धिको मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘सिंगो मुलुक अस्वाभाविक छटपटीमा छ,’ उनले भने, ‘यस अवस्थाबाट बाहिर निस्कन सबै नेपाली एकताबद्ध हुन आवश्यक छ।’

नेकपा (संयुक्त) का उम्मेदवार एमालेमा, भक्तपुर-२काे प्रतिस्पर्धा रोचक (भिडियाे)

भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि भक्तपुर क्षेत्र नम्बर-२ मा चुनावी समीकरण फेरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट उम्मेदवारी दिएका लोककृष्ण दाहाल (एलके दाहाल) बुधबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्दै एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

एमालेको घरदैलो अभियानका क्रममा सूर्यविनायक नगरपालिका–२, बालकोट चोकस्थित चुनाव प्रचार-प्रसार कार्यालयमा आयोजित कार्यक्रममा एमाले उम्मेदवार तथा पार्टी केन्द्रीय सचिव बस्नेतले दाहाललाई टीका, खादा र माला लगाई पार्टीमा स्वागत गरे ।

दाहालले फागुन २१ गतेको निर्वाचनमा आफ्नो उम्मेदवारी परित्याग गर्दै बस्नेतलाई अत्यधिक मतले विजयी गराउन अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त  गरे । ‘देश विकास गर्ने र राष्ट्रियताको पक्षमा दृढ रूपमा उभिने पार्टी एमाले मात्रै हो,’ उनले भने, ‘देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितका लागि एमालेसँग एकताबद्ध भएको हुँ।’

उनले बस्नेतको नेतृत्व क्षमता, विकासप्रतिको प्रतिबद्धता र देशप्रेमी अडानलाई समर्थनको प्रमुख आधार भएको उल्लेख गरे । भक्तपुरको समग्र विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको भन्दै बस्नेतलाई जिताउन आफूले उम्मेदवारी त्यागेको बताए ।

एमाले सचिव बस्नेतले नेकपा संयुक्तका उम्मेदवार नै एमाले प्रवेश गरी समर्थन जनाउनु सकारात्मक संकेत भएको प्रतिक्रिया दिए । उनले यस घटनाले चुनावी अभियानमा थप ऊर्जा र उत्साह थपिएको दाबी गरे ।

एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले देशभर एमालेप्रति जनलहर बढिरहेका बेला उम्मेदवारकै प्रवेशले पार्टीको पक्षमा थप बल पुगेको बताए । उनले एमाले राष्ट्रियता, विकास र सुशासनको पक्षमा दृढ रहेको जिकिर गरे ।

बालकोट क्षेत्रमा आयोजित घरदैलो अभियानमा एमाले नेतृ रामकुमारी झाँक्री लगायत स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

अभियानका क्रममा मतदाताहरूले बालकोटको खानेपानी समस्या समाधान गर्न आग्रह गरेका थिए।

उम्मेदवार बस्नेतले आफू सांसद नरहेका बेला रोकिएका विकास योजनाहरू पुनः अघि बढाउने अभियानसहित मैदानमा आएको बताउँदै बालकोटको खानेपानी समस्या समाधान गर्ने जिम्मेवारी आफूले लिएको स्पष्ट पारे ।

भक्तपुर क्षेत्र नं. २ मा दाहालको एमाले प्रवेशसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने आकलन गरिएको छ।

‘मधेसबाटै घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसको नयाँ सन्देश’

काठमाडाै‌ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने‍ गरी देश निर्माण नै अबको भिजन भएको बताएका छन् ।

मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सबैको समान अस्तित्व र सहभागिताका लागि काँग्रेसले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गरेको बताएका हुन् ।

पार्टी मुख्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्नु आफैँमा सन्देश भएको बताए । नेपाल सबैको साझा देश भएकाले हरेक प्रदेश र भुगोललाई समान रूपमा जोड्न आवश्यक रहेको उनले बताए ।

सबै समुदायको समान अस्तित्व र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उनले जाेड दिए । जनकपुरबाट प्रतिज्ञापत्र सार्वजानिक गर्नुले अपनत्व र समावेशिताको सन्देश प्रवाह गरेको उनकाे भनाइ छ ।

काठमाडौंबाट प्रतिज्ञापत्र सार्वजानिक गर्ने चलनलाई परिवर्तन गर्दै मधेसबाटै घोषणा गर्नु राजनीतिक सन्देशसहितको निर्णय भएको उनले बताए । उनले पार्टी केवल संरचनागत रूपमा नभई सोच र व्यवहारमा समेत परिवर्तनको दिशामा अघि बढेको दाबी गरे ।

उनले भने,  ‘मधेश प्रदेशमा हामीले यसपटक प्रतिज्ञापत्र जनकपुरमा सार्वजानिक गरेका छौँ । मधेसमा हामीले किन प्रतिज्ञापत्र सार्वजानिक गर्‍याैँ, यो आफैँमा प्रश्न हो । काठमाडौबाट नै शुभारम्भ गर्ने चलन चलिआएकोमा नेपाली काँग्रेसले त्यो परम्परालाई बदल्दै काँग्रेस बदलिएको मात्रै होइन, धेरै बदलिएको तस्बिर हरेक क्षणक्षणमा प्रमाणित गर्दै गएका छौँ । नेपाल सबैको साझा हो, हरेक प्रदेश जोडिनुपर्छ, हरेक भुगोल जोडिनुपर्छ । सबैको समान अस्तित्व र समान सहभागिता आवश्यक छ । यसले आफ्नो महत्व देखाएको छ । यसपटक जनकपुर, अर्कोपटक पश्चिममा, अर्को पटक पूर्वमा होला । हरेक जनताको अपन्वत्व होस् भन्ने यसले मान्यता पनि राखेको छ ।’

उनका अनुसार काँग्रेसले यसपटकको आफ्नो प्रतिज्ञापत्र मधेस प्रदेशको जनकपुरधामबाट सार्वजनिक गरेको छ । काँग्रेसले भिजन १० मा आधारित भएर प्रतिज्ञापत्र सार्वजानिक गरेको उनकाे भनाइ छ ।

‘प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने बनाउनेछौँ । प्रत्येक नेपालीले सपना देख्न पाउने र आफ्नो जीवनकालमा साकार हुनसक्ने बनाउनेछौँ । नेपाललाई पेटभरि खुवाउने र आफ्नो उत्पादनलाई संसारभरी चिनाउनसक्ने किसानको नेपालमा बनाउनेछौँ,’ उनले भने, ‘नेपाललाई हामी छोराछोरीलाई पढाउँदै गर्दा ऋण काढ्नुनपर्ने बनाउनेछौँ । यो नेपाललाई हामी ओखती गर्दैगर्दा डराउन नपर्ने नेपाल बनाउनेछौँ ।’

नेपाललाई मौलिकतामा गौरव गर्ने नेपाल बनाउने उनले प्रतिज्ञा गरे । ‘सँगसँगै आधुनिकतामा लम्किने नेपाल बनाउनेछौँ । यो नेपाललाई विश्वले स्वाभिमानी देश भनेर चिन्ने देश बनाउनेछौँ’, उनले भने ।

प्रत्येक नागरिक हैरानीबाट नगुज्रिने नेपाल बनाउने उनले बताए । ‘यो हाम्रो संकल्प हो, प्रतिज्ञा हो,’ सभापति थापाले थपे ।

ऋण नलिई पढ्ने, डर नलिई उपचार गर्ने नेपाल बनाउँछौँ : गगनकुमार थापा

काठमाडौं । गगनकुमार थापा ले देश निर्माणको स्पष्ट भिजन प्रस्तुत गर्दै हरेक नेपाली नागरिक सम्मानित भएर बाँच्न पाउने अवस्था सिर्जना गर्नु नै आफ्नो राजनीतिक अभियानको मूल लक्ष्य भएको बताएका छन्।

मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपालको भविष्यलाई समृद्धि, सामाजिक न्याय र अवसरको समान पहुँचसँग जोडेर परिकल्पना गरे। उनका अनुसार अबको नेपाल केवल नारामा सीमित नहुने, बरु नागरिकको दैनिकीमा प्रत्यक्ष अनुभूति हुने परिवर्तनतर्फ उन्मुख हुनेछ।

थापाले देश निर्माणको आधार आर्थिक आत्मनिर्भरता र उत्पादनमुखी अर्थतन्त्रलाई बनाए। “नेपाललाई पेटभरि खुवाउने र आफ्नै उत्पादनलाई संसारभर चिनाउन सक्ने किसानको देश बनाउनेछौँ,” भन्दै उनले कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै निर्यातमुखी बनाउने योजना सुनाए।

शिक्षा र स्वास्थ्यलाई उनले सम्मानित जीवनको आधारस्तम्भका रूपमा चित्रित गरे। छोराछोरीलाई पढाउँदा ऋण काढ्न नपर्ने र उपचार गराउँदा डराउन नपर्ने सामाजिक संरचना निर्माण गरिने उनले बताए। यसलाई उनले समावेशी र जिम्मेवार राज्यको संकेतका रूपमा व्याख्या गरे।

उनको भिजनमा नेपाल आफ्नो मौलिक पहिचानमा गर्व गर्ने तर आधुनिकतासँगै अघि बढ्ने राष्ट्र हुनेछ। परम्परा र प्रविधिको संयोजनमार्फत प्रतिस्पर्धी र स्वाभिमानी राष्ट्र निर्माण गर्ने उनको दाबी छ।

“यो नेपाललाई विश्वले स्वाभिमानी देश भनेर चिन्ने बनाउनेछौँ,” उनले भने। थापाको यो अभिव्यक्तिलाई विश्लेषकहरूले आगामी राजनीतिक यात्रामा कांग्रेसको विकास–केन्द्रित एजेन्डा स्पष्ट पार्ने प्रयासका रूपमा हेरेका छन्।

प्रवासी सुदूूरपश्चिमेलाई मत हाल्न आउन रवि लामिछानेको निम्तो (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैँका लागि बन्द हुने दाबी गरेका छन् ।

बुधबार धनगढीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई नेतासँग ‘कन्ट्रयाक्ट’ गर्ने युगको सुरुवात भएको बताए ।

उनले वर्षौंदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्र बनाएर अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए ।

जनतासँग पाँच वर्षको ‘कन्ट्रयाक्ट’ नेपालको इतिहासमा पहिलोपटक रास्वपाले जनतासँग लिखित ‘कन्ट्रयाक्ट’ गरेको दाबी गर्दै उनले ५ वर्षको स्थायी सरकारको अपेक्षा गरे ।

वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैँ पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उनको भनाइ छ ।

भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीहरूलाई सम्बोधन गर्दै लामिछानेले यसपटक देश बदल्नका लागि छुट्टी मिलाएर भए पनि मतदान गर्न आउन आग्रह गरे ।

सिंहदरबार बनाउने मात्र नभइ बदल्ने गरी आफूहरु आएको जिकिर गरे ।

000

यस्तो छ, रविको सम्बोधन

जनताको अधिकारलाई जनताको मुद्दालाई सुदूरपश्चिमको मुद्दालाई सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ । सटर त एउटा बन्द हुनुपर्छ कि हाम्रो सटर बन्द गराइदिनुस कि यिनको सटर बन्द गराउनुस् सटर बन्द हुन्छ । कुशासनको सटर बन्द गर्ने हो । बेथितिको सटर बन्द गर्ने हो । बेरोजगारी अशिक्षा सबै सटर बन्द गर्ने हो एकैपटक २१ गते । इतिहास लेख्ने हो भोट हाल्ने होइन । यहाँ भूमिहीनका समस्याहरु आएका छन्, कैयौं साथीहरूको समस्यालाई लिएर मानिसहरुले पार्टीको एजेण्डा बनाएर वर्षौंसम्म त्यो एजेण्डालाई पर्मानेन्ट बनाएर राखेका छन् सधैं त्यही एजेन्डा राख्ने त्यसलाई भोट बैंक बनाउने। रास्वपाले के गर्छ म तपाईलाई बताउँछु रास्वपाले के गर्छ ।

रास्वपाले राजनीतिक विकृति र विसङ्गति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बल्र्याङ्ग्रे अक्षरले लेख्ने युगलाई अन्त्य गर्छ । पाइँदैन जनताको माग हो त्यसलाई पूरा गर्ने हो । त्यसकारणले हामीले ५ वर्षको स्थायी सरकार यसपटक मागेका छौँ । नेपालको इतिहासमा पहिलोपटक कुनै राजनीतिक दलले जनतासँग कन्ट्राक्ट गरेको छ । जनताले भोट दिने जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने अब यस्तो चल्दैन । अब यस्तो चल्दैन। वाचा जसले गरेको हो पूरा नगर्ने हुने सजाय त्यसैले पाउने हो जनताले सजाय पाउने होइन। यसको लागि ५ वर्षको स्थायी सरकारको हामीले अपेक्षा गरेका छौँ ।’

‘रास्वपाले जान्नेलाई छान्ने भन्दा पनि दागैदाग र मुद्दैमुद्दा भएकालाई छान्यो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेस प्रदेशका पूर्वसभापति ममता शर्माले रास्वपाले जान्नेलाई छान्ने भन्दा पनि दागैदाग भएकाहरू र मुद्दाका चाङैचाङ भएकालाई छान्ने गरेको आरोप लगाएकी छन् ।

उनले सभापति रवि लामिछानेलाई लक्षित गर्दै नेतृत्व नै गलत भएको टिप्पणी गरिन् ।

‘जान्नेलाई छान्ने भनिन्थ्यो तर दागैदाग भएकाहरुलाई छान्ने र मुद्दामुद्दाको चाङ भएकाहरुलाई छान्ने भयो,’ उनले बुधबार कांग्रेस प्रवेश गर्दै भनिन्, ‘त्यहाँ नेतृत्व नै गलत भयो ।’

शर्माले बुधबार मात्रै रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

त्यस क्रममा उनले रास्वपाका निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित भएको भन्दै गम्भीर आरोप लगाएकी थिइन् ।

 

खल्तीमा पैसा नहुनेले शिक्षा र स्वास्थ्य सुविधा पाउनुपर्‍यो, त्यो रास्वपाको एजेण्डा हो : बालेन (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई आफ्नो मुख्य राजनीतिक एजेण्डा बनाउने घोषणा गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक दायित्व रास्वपाले लिने बताए । पार्टीले विपन्न र गरिब नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई प्रमुख एजेण्डाका रूपमा अघि सारेको बताए ।

खल्तीमा पैसा नभएका कारण कोही पनि नागरिक आधारभूत सेवाबाट वञ्चित हुन नहुने धारणा राख्दै उनले विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती र राजनीतिक पूर्वाग्रहको आलोचना गरे । सडक पूर्वाधारको प्रसंगमा पार्टीले २० वर्षसम्म पनि नबन्ने सडकहरूलाई डेढ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

विकासमा दलगत भेदभाव नगरी काँग्रेस, एमाले र माओवादीलगायत सबै दलका समर्थक र आम नेपाली जनता हिँड्ने बाटो निर्माण गर्ने प्रतिवद्धता जनाए ।

सुदूरपश्चिमको पर्यटन र प्राकृतिक सम्पदाको प्रवद्र्धनमा जोड दिँदै उनले बडिमालिका, रामारोशन र खप्तडजस्ता क्षेत्रहरूको महत्वमा ध्यान दिनुपर्ने बताए ।

‘देशलाई स्विजरल्याण्ड बनाउने’ पुरानो नाराभन्दा पनि यहाँको मौलिकतालाई विश्वसामु चिनाउनु पर्ने र सुदूरपश्चिमलाई काठमाडौंसँग सांस्कृतिक रूपमा जोड्नुपर्नेमा जोड दिए ।

बालेनको सम्बोधन

खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्‍यो त्यो हाम्रो एजेण्डा, खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्‍यो त्यो हाम्रो एजेण्डा । दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्‍यो त्यो हाम्रो एजेण्डा । रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्‍यो । यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भने काँग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ ।

मान्छेले देशलाई स्विजरल्याण्ड बनाउनुपर्छ भन्छन्, स्विजरल्याण्डको बाउ बडिमालिका यहीँ छ किन बनाउनु पर्‍यो स्विजरल्याण्ड ? स्विजरल्याण्डको पराकाष्ठा रामारोशन यहीँ छ किन बनाउनु पर्यो स्विजरल्याण्ड ? खप्तड नेशनल पार्क यहीँ छ किन बनाउनु पर्‍यो स्विजरल्याण्ड ? हामी नेपालीहरू माल भएर चल्न नपाएका मान्छेहरू पर्‍यौं । भएको चिज देखाउनै सक्या छैन । सुदूरपश्चिमलाई जोड्नै सक्या छैन । सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुँदो रहेछ । लाख सब्स्क्राइबर भएको, १ मिलियन सब्स्क्राइबर भएको तर त्यो गीत काठमाडौंको चोक चोकमा बज्दैन । जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग । शुरुमा त गीत बज्नु पर्‍यो त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ ।

सुन्दा सानो जस्तो लाग्छ तर त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा । सुदूरपश्चिमलाई सु–नजिक पश्चिम बनाउनु पर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो एजेण्डा । तपाईंहरूलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन, राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो, काम दिनुस् है ।तपाईँहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो के के छ तपाईंहरूको काम हाम्रो उम्मेदवारहरूलाई हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु । भोट नदिए पनि हुन्छ बरु कामको लिस्ट दिनु, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले ।’

महेश बस्नेतलाई अविर लगाएर विजयी हुन मतदाताको शुभकामना (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर–२ का उम्मेदवार महेश बस्नेत चुनावी घरदैलो अभियानमा छन् ।

यसपटक विजयी भएर संसद पुग्न उनी मतदाताको घरघरमा पुगिरहेका छन् ।

बस्नेत मतदाताको घरघर पुग्दा उनलाई कोहीकोहीले त अविर लगाइदिएर विजयी हुन शुभकामना पनि दिएको देखिन्छ ।

 

आर्थिक मन्दीको मार: सहकारीको ऋण असुली प्रभावित

काठमाडौं । देशमा पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित भइरहेको सरकारले निष्कर्ष निकालेको छ ।

अर्थ मन्त्रालयले तयार पारेर कार्यान्वयनमा ल्याएको ५ वर्षे वित्तीय क्षेत्र विकास रणनीतिमा बैंकिङ प्रणालीमा तरलता अभाव र आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित भएको निष्कर्ष निकालिएको हो ।

मन्दीले गर्दा बचतकर्तालाई समयमै रकम फिर्ता गर्न कठिनाइ भएको सरकारी ठम्याइ छ ।

वित्तीय क्षेत्र विकास रणनीतिमा सहकारीका सिद्धान्तहरू परिपालन नहुनु र व्यवस्थापनमा सीमित स्वार्थ समूहको प्रभावले गर्दा सुशासनको गम्भीर समस्या देखिएको उल्लेख छ ।

बचत तथा ऋण सहकारीहरूले खराब कर्जाको यथार्थ विवरण नदेखाउने र कर्जा नोक्सानीका लागि पर्याप्त कोष व्यवस्था नगर्दा वित्तीय जोखिम बढेको छ ।

संघीय प्रणालीमा नियामक निकायहरू तीन तहमा विभाजित हुँदा एकीकृत तथ्यांक प्राप्त गर्न र प्रभावकारी नियमन गर्न कठिनाइ भएको सरकारी निष्कर्ष छ ।

वित्तीय क्षेत्र विकास रणनीतिअनुसार अहिले सहकारी क्षेत्रका लागि, ऋण असुली न्यायाधिकरण गठन भइसकेको छ तर वचत तथा कर्जा सुरक्षण कोषको स्थापना हुन सकेको छैन भने कर्जा सूचना केन्द्रमा आवद्धताको विषयबारे ऐनमा व्यवस्था छ । विस्तृत नियमावली र कार्यविधिहरू निर्माणकै क्रममा भएकाले ठोस परिमाण प्राप्त हुनसकेको छैन ।

आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्म लागू हुने उक्त रणनीतिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वित्तीय क्षेत्रको योगदान हालको ६.६५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

साथै कुल जनसंख्याको ६० प्रतिशतसम्म बीमाको पहुँच विस्तार गर्ने लक्ष्यसमेत रणनीतिमा समेटिएको छ ।

 

लोकप्रियतावादको सिकारबाट नेपाललाई जोगाऔँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशको विकास र लोकतन्त्रको रक्षाका लागि उत्तेजना नभई सुझबुझपूर्ण सहकार्य र बलियो संस्थागत संरचना आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा बढ्दै गएको ‘पपुलिजम’को लहरबाट नेपालको लोकतन्त्रलाई जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

सभापति थापाले विश्वका परिपक्व लोकतान्त्रिक देशहरू समेत अहिले ‘पपुलिजम’को सिकार भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने, ‘हेर्दाहेर्दै पपुलिजमको एउटा ठूलो लहर आएको छ । यसको आक्रमणबाट नेपालको लोकतन्त्रलाई हामीले जोगाउनसक्छौँ कि सक्दैनौँ भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’

उनले क्षणिक लोकप्रियताका लागि गरिने राजनीतिले लोकतन्त्रको मर्मलाई कमजोर बनाउन सक्ने भन्दै सचेत रहन आग्रह गरे ।

राज्यका संस्थाहरू बलियो नभए राष्ट्र असफल हुनेतर्फ संकेत गर्दै सभापति थापाले ‘ह्वाई नेसन्स फेल’ पुस्तकको सन्दर्भ उल्लेख गरे । उनले संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी पाएमा त्यसको भार देशले थाम्न नसक्ने बताए ।

‘लोकतन्त्रलाई दिगो बनाउन र मुलुकलाई सही दिशामा लैजान बलिया संस्थाहरूको निर्माण अपरिहार्य छ,’ उनले भने ।

देशको समृद्धिका लागि एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै उनले ‘टिम नेपाल’को अवधारणा अघि सारे । उनका अनुसार टिम नेपालभित्र ७ वटा प्रदेश, ७ सय ५३ वटा स्थानीय तह, संसदमा रहेका सबै राजनीतिक दलहरू, निजी क्षेत्र र आम नागरिक समेटिनुपर्छ । सबैको साझा प्रयास र अपनत्वले मात्र सरकार र व्यवस्थाले डेलिभरी दिन सक्ने उनको भनाइ थियो ।

यस्तै, कांग्रेसको ऐतिहासिक विरासत र वर्तमान सान्दर्भिकताबारे बोल्दै सभापति थापाले कांग्रेस पुरानो पार्टी भएर पनि सधैँ नवीन रहने जिकिर गरे ।

उनले भने, ‘नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी भएकोमा गौरव गर्छ तर यसले सडकमा आएका नौजवानहरूको आवाजलाई पनि उत्तिकै सुन्छ । त्यसैले यो सबैभन्दा पुरानो पार्टी पनि हो र समयको मागअनुसार चल्ने सबैभन्दा नयाँ पार्टी पनि यही हो ।’

उनले देशको मुहार फेर्न रिस र उत्तेजना काम नलाग्ने बताउँदै राष्ट्रिय एकता र राजनीतिक सहकार्यमा जोड दिए ।

रास्वपाका निर्णयहरू ‘आर्थिक अनियमितताबाट प्रेरित’ भन्दै मधेसका संस्थापक सभापतिले छाडिन् पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित भएको गम्भीर आरोप लगाउँदै रास्वपाको मधेस प्रदेशको संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन् ।

यस्तो क्रियाकलापले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यहरूमा आँच आउने परिस्थिति बनेको शर्माले बताइन् ।

उनले राजीनामा दिँदै भनेकी छिन्, ‘यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु ।’

संगठनमा दिनरात खटिने कार्यकर्ताहरूको योगदानबारे उचित मूल्याङ्कन नभएको तथा विधि र विधानविपरीत क्रियाकलापहरू भएको पनि उनको आरोप छ । यसबाहेक पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको पनि बताइन् ।

यही २१ फागुनको निर्वाचनसम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत भएको अनुभव गरेको पनि बताएकी छन् ।

‘प्रचण्ड असाहय अवस्थामा छन्’

राम कार्की ‘पार्थ’ माओवादी आन्दोलनका वैचारिक नेता हुन् । जेनजी विद्रोह भन्दा अगाडिसम्म तत्कालीन माओवादीमा प्रचण्डमाथि प्रश्न गर्ने थोरै नेताहरूमध्ये उनको नाम अग्रपंक्तिमा थियो । प्रचण्डविरूद्ध धावा बोल्न थालेका जनार्दन शर्मालाई उनले बलियो साथ दिएका थिए । जेनजी विद्रोहपछि कार्की पनि शर्मासँगै प्रगितिशील लोकतान्त्रिक पार्टी निर्माण गर्न अघि सरेका छन् । यही सन्दर्भमा नेपाल वन एचडीका लागि रोहेज खतिवडाले कार्कीसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश:

चुनाव आउन अब धेरै दिन बाँकी छैन। देश दौडाहामा नेताहरुको व्यस्तता देखिन्छ। देश दौडाहामा नभएका नेताहरु पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएर प्रचार अभियानमा छन्। तपाई काठमाडौंमै हुनुहुन्छ। चुनाव लागेको छैन?

यो चुनावले उत्साह पैदा कहिँ पनि गरेको छैन। मलाई लाग्छ, वास्तविक राजनीति चुनाव पछि सुरु हुन्छ। म त्यसैको प्रतिक्षामा छु।

राजनीति चुनाव पछि सुरु हुन्छ भन्नुभयो। अलिकति अमूर्त कुरा जस्तो भयो। यो भनेको के हो र के हुन्छ भन्ने तपाईको प्रक्षेपण हो?

एउटा व्यक्तिको सन्दर्भबाट हेर्दा भदौ २४ गते मेरो घर जलाइयो। त्यो घर भन्दा पनि त्यो पुस्तक अनि त्यहाँ भएका चाहिँ प्रिन्टरहरु, क्यामेराहरु र छपाईका सामानहरु जले । ती सामान मैले एउटा संस्था बनाउनका निम्ति जोहो गरेको थिएँ। त्यो सबै जलेर गयो। अब त्यो व्यक्तिको कोणबाट हेर्दा यी घटनाहरुलाई एउटा चित्र अगाडि आउँछ।

तर, म आफुलाई मार्क्सवादी भन्छु। अरु सन्दर्भबाट हेर्दा अरू चिजहरु देखा पर्छन्।

पूँजीवादी प्रणाली जहिले पनि नयाँ नयाँ ठाउँमा विचरण गरेर र आफुलाई पुनर्संरचना गरेर मात्रै बाँच्छ । जस्तो भारतमा वा नेपालमा जात व्यवस्था यत्रो वर्ष किन बाँच्यो ? अंग्रेज आउँदा पनि बाँच्यो, मुसलमानहरुको आक्रमणमा पनि बाँच्यो । किनभने, यसले आफुलाई पुनर्संरचना गर्नसक्यो ।

पुँजीवादले पनि लामो समयदेखि संकटबाट बाहिर निस्कनका निम्ति आफूलाई पुनर्संरचित गर्नका निम्ति प्रयास गरिराखेको छ। त त्यो चाहिँ अब करिब करिब एउटा उत्कर्षमा जाँदै छ । त्यसैको प्रभाव नेपालमा पनि पर्न थालेको हो।

जब हाम्रा छिमेकीहरु चीन र भारत किनाराका देश थिए, त्यतिबेला यसको प्रभाव त्यति घना देखिँदैन थियो। जब यी देशहरूले विश्व व्यवस्थामा आफ्नो भूमिका खोज्न थाले, चीन एक प्रकारको प्रतिस्पर्धी नै बनेर देखा पर्यो ।  त्यसपछि नेपालमा पनि त्यो प्रभाव घनिभूत रुपमा देखा पर्न थालेको छ।

अहिले जेन्जी विद्रोह र त्यसपछिको घटनाक्रमलाई हेर्ने दुईवटा मुख्य दृष्टिकोणहरु देखिएको छ। एउटा, नेपाली समाजको स्वाभाविक असन्तुष्टिको उपज हो र यसलाई एकदमै स्वाभाविक रुपमा हेर्नुपर्छ भन्ने छ। र, अर्को चाहिँ होइन यो चाहिँ विदेशी षडयन्त्र हो, विदेशीहरुको चलखेल र योजनामा गरिएको कुरा हो भन्ने छ। तपाईँलाई के यो विदेशी षडयन्त्र अथवा भूराजनीतिक घटनाक्रमको उपज हो भन्ने लाग्छ?

होइन, मैले मैले त्यसरी बुझ्दिनँ।

अहिलेको अमेरिका जसरी साम्राज्यवादी ढंगले जान खोजिराखेको छ, त्यसको प्रभाव त पर्छ नै । त्यसलाई नर्कार्न मिल्दैन । तर, सबैकुरा त्यही हो भन्ने बुझ्नु हुँदैन । हामीले नेपालको आन्तरिक कारण पनि बुझ्नु पर्छ ।

नेताहरु दिशाविहीन भएको र जे पायो त्यहीको सहारा लिएको स्थिति देखा पर्यो। यसलाई व्यक्तिको रुपमा बदलाको भावना लिएर हेर्ने एउटा कोण छ। तर, कसैप्रति व्यक्तिगत बदलाको भावना राख्नुपर्ने जरुरी छैन। म त के देख्छु भने हिजो ठूलाठूला नेता मानिएका मान्छेहरु असहाय बन्दै गएका थिए। नेपाललाई अगाडि लैजाने विचारको निर्माण गर्न सकिराहेका थिएनन्। त्यो विचारको निर्माण गर्ने उनीहरुले प्रयत्न पनि गरेनन्।

उनीहरुसँग त्यो प्रकारको अध्ययन र पृष्ठभूमि पनि थिएन। जो-जो नेपाली राजनीतिको सर्वोच्च ठाउँमा पुगेको देखियो, उनीहरू संयोगले त्यहाँ पुगेका थिए। कुनै त्यस्तो आधारहरु नै थिएन, जसले गर्दा उनीहरुले एउटा नयाँ विचार नेपालमा लिएर आउन् र नेपाली समाजलाई अगाडि बढाउन्। त्यसैले, यो परिस्थिति आउनु स्वभाविक थियो ।

तपाईंले बाह्य हस्तक्षेप मात्रै भन्न मिल्दैन पनि भन्नु भयो र भूराजनीतिक घटनाक्रम र विश्व परिवेशसँग पनि जोड्नुभयो। जेनजी विद्रोह र त्यसपछिको घटनाक्रम भूराजनीतिक चलखेल हो कि होइन?

सबै भूराजनीति वा विदेशी षडयन्त्र हो भन्नेमा चाहिँ जानु हुँदैन। त्यहाँ स्नाइपर लिएर बसेका थिए, माथिबाट गोली चलाउँदै थिए, यस्तो चाहिँ पत्याउन सकिँदैन। अमेरिकी सिपाहीहरु काठमाडौंको छतमाथि बसेर स्नाइपर चलाइरहेको चीनले हेरेर बस्छ? यो कल्पना नै गर्न सकिँदैन ।

त्यसोभए हामीले जेन्जी विद्रोह र त्यसपछिको घटनाक्रमहरुमा अमेरिकी प्रभाव वा त्यो किसिमको भूराजनीतिक षड्यन्त्र छैन भनेर बुझ्दा हुन्छ?

त्यस्तो सपाटमा रुपमा हेर्न हुँदैन। अब इन्ट्रेस्ट त स्वाभाविक हुन्छ। नेपाल यति महत्त्वपूर्ण ठाउँमा अवस्थित छ, यसलाई उनीहरूले ध्यान दिनै पर्छ। चाहे त्यो रुस होस् वा अमेरिका वा चीन । विश्व राजनीतिमा भूमिका खोजिराखेको शक्तिले नेपाललाई अहिले ध्यान दिनै पर्छ।

हो, नेपाललाई कसैले पच्याकुचुक गर्न पनि सक्छ। तर, बुद्धि पुर्‍याउने हो भने असाध्यै धेरै फाइदा लिन सक्छ नेपालले।

जेनजी आन्दोलनको सयमा स्वतन्त्र तिब्बत समर्थकहरुको खुला गतिविधि, आन्दोलनपछि बनेको सरकारलाई दलाई लामा र निर्वासनमा रहेको तिब्बती सरकारका मान्छेहरूको तारन्तारको बधाई, त्यसपछि छिमेकी मुलुकहरु श्रीलंका, बंगलादेशको घटनाक्रम हेर्दा ठूलै चलखेल भएको देखिँदैन ?

नेपालको महत्त्व बढेर गएको छ किनभने भारत र चीन अहिले अ विश्व व्यवस्थामा आफ्नो नेतृत्वकारी भूमिका खोजिराखेका छन्। तर मुख्य कुरा त आन्तरिक नै हुन्छ नि।

अमेरिकी प्रभाव नेपाली कांग्रेस भित्र कति होला? एमाले भित्र कति होला? यो नेपाली कम्युनिस्ट पार्टी भन्ने अहिले जो जम्मा भएको छ, त्यो भित्र कति होला? सहजै अनुमान गर्न सकिन्छ। एमसीसीले कसरी पास भयो? अमेरिकाका नीतिहरुको विरुद्ध निस्किने जुलुसमा यी पार्टीका मान्छेहरू को को हुन्छन्?  त्यहाँ पार्टी संरचनामा नपरेका केटाकेटी मात्रै हुन्छन् ।

विदेशीहरुलाई चासो हुन्छ, तर हस्तक्षेप गर्ने स्थिति चाहिँ नेपाली राजनीतिले दिएको हो। केही पनि डेलिभरी भएन। जस्तो तपाईँले भन्नुभयो संविधान बन्यो तर जनताका लागि गर्नुपर्ने कामहरू केही भएन । त्यसले निराशा त उत्पन्न गर्ने नै भयो ।

जसोतसो संविधान बन्यो । गणतन्त्र आयो । तर, गणतन्त्र कहिँ लागु भयो त? नेपालको जात व्यवस्था भित्र गणतन्त्र पुग्यो? नेपालको इतिहासको पुनर्लेखन भयो? नेपालका समाजशास्त्रहरुको पुनर्लेखन भयो त? यहाँको पाठ्यक्रमहरुमा ती कुराहरु पढाइयो?

अहिले पनि जात व्यवस्था भनेको चाहिँ कलंक हो मानव जीवन मानव संसारका निम्ति कलंक हो भन्ने कुरा पढाइन्छ त? सबैभन्दा बढी परिवर्तन ल्याउनुपर्ने ठाउँ त शिक्षा थियो। स्वास्थ्य नीतिमा थियो । जनस्वास्थ्यमा थियो । तर, त्यहाँ ध्यान नै गएन। नेताहरु अन्त्य बरलिए। जेनजी विद्रोह यही असफलताको उपज थियो ।

तपाईँले पटकपटक मार्क्सवादीमाओवादी भनिराख्नु भएको छ। अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध हुनुहुन्छ। त्यो पार्टीको नाममा कम्युनिस्ट पनि छैन। मार्क्सवादी पनि छैन, माओवादी पनि छैन। माओवादी जनयुद्धमा भइराख्दा कुनै दिन तपाईँले कम्युनिस्ट मार्क्सवाद केही नभएको पार्टीमा हुन्छु कल्पना गर्नुभएको थियो?

मेरो जीवन एकदमै बडा उहापोहले भरिएको छ। म लोकतान्त्रिक आन्दोलनबाटै यता लागि कम्युनिस्ट बन्न आएको हो ।

रुमी एउटा भनाई छ फूल फूल्नका निम्ति चट्याङले होइन, शान्त पानीले काम गर्छ । तपाईँको शब्दलाई बलियो बनाउनुस्, आवाजलाई ठूलो नगर्नुस्। अहिले आवाज ठूलो गर्ने बेला होइन शब्दलाई बलियो बनाउने बेला हो ।

हाम्रो पार्टीको नाममा प्रगतिशील लोकतान्त्रिक पार्टी तर त्यसले के लेखेको छ त? आफ्नो दस्तावजेमा द्वन्दात्मक भौतिकवादमा भरोसा गर्छ, मार्क्सवादमा भरोसा गर्छ भनेर लेखेको छ ।

त्यसोभए यो कम्युनिस्ट पार्टी नै हो?

कम्युनिस्ट पार्टी बनिसकेको छैन, त्यसलाई बनाउने कम्युनिस्ट पार्टी नै हो। संसारमा त साम्यवाद त समानतावादी सोच राख्ने धेरैको सपना नै हो । मार्क्सको व्याख्या मान्नु नमान्नु एउटा कुरा हो ।

केही पहिला तपाईँहरुको पार्टीको नेता जनार्दन शर्मा र प्रचण्डको सवाल जवाफ पनि चलेको थियो। प्रचण्डले माओवाद छोडे भनेर जनार्दन शर्माले भन्नुभएको थियो । फेरि पछि प्रचण्डले चाहिँ माओवाद त हामीले पहिला एमालेसँग एकता गर्दै छोडेको हो नि, त्यतिबेलाको तपाईँहरुले केही भन्नुभएन भन्नुहुन्थ्यो। अहिले तपाईँहरुको पार्टीको नाम हेर्यो भने त्यहाँ पनि माओवाद देखिन्छ, न मार्क्सवाद। यो कस्तो पार्टी बनाउने कल्पना गरेर तपाईँहरु प्रचण्डलाई छोडेर अगाडि बढ्नुभएको हो?

हामी प्रचण्डलाई छोड्न होइन, महाधिवेशनमा उहाँसँग लड्न चाहन्थ्यौँ। महाधिवेशनमा एउटा दस्तावेज पेश गर्न चाहन्थ्यौँ तर उहाँ महाधिवेशन नगर्ने र टार्ने ठाउँमा जानुभयो । त्यसले गर्दा हामी उहाँसँग जान सकेनौँ। लेनिनको एउटा भनाई छ, तिमी जहाँ जान पनि स्वतन्त्र छौँ तर मेरो धोतीको फेर त छोड न भन्ने । यसको अर्थ म पनि त स्वतन्त्र छु भनेको हो । त्यसैले, हामीले आफ्नो बाटो तय गर्‍यौं ।

प्रचण्डको अहिलेको राजनीतिक भूमिकाबारे केही टिप्पणी गर्नुस् न, कसरी बुझिरहनुभएको छ?

उहाँ दिशाविहीन हुनुहुन्छ। बडो असहाय स्थितिमा हुनुहुन्छ। हिजो विचार हुँदा त्यही प्रचण्ड हो, उहाँलाई केही पनि चाहिएन।

प्रचण्डका बारेमा वा प्रचण्ड जस्तै मान्छेको बारेमा परिवारको ख्यालै गर्दैन, वास्तै गर्दैन गुनासो हुन्थ्यो । आज परिवारहरुसँग जोडिएर बदनाम छन् नेताहरु । भनेपछि कत्रो असहाय परिस्थिति आएछ त? आफ्नो हातखुट्टा धेरै भरोसा गर्न नसक्ने बेलामा मान्छे लठ्ठी टेक्छ। जब आर्थिक लठ्ठी टेक्न थालिन्छ, पदको लौरो टेक्न थालिन्छ, बुझ्नु पर्यो ऊ असाहय भएछ भनेर ।

प्रचण्डलाई यति कमजोर केले बनायो त ?

उनले आफुलाई अद्यावधिक गर्नु पर्थ्यो,  तिखार्दै लैजानु पर्थ्यो । लेननिकै भनाई हेर्ने हो भने पनि अग्रदस्ता (भ्याङगार्ड)को नेतृत्वमा क्रान्ति हुन्छ र सर्वाहारा अधिनायक्तव लागु गरिन्छ । तर, आज प्रचण्डसँग न भ्याङगार्ड छ, न सर्वहारा अधिनायकत्वको कुरा छ । रातारात मान्छे केन्द्रीय समितिमा ल्याएको छ,  जसलाई पाए त्यसलाई उठाएर जम्मा गरिएको छ । कम्युनिज्मको केही पनि थाहा नभएका मान्छेको बहुमत संख्या हुनलाग्यो ।

एउटा अन्तर्वार्तामा उहाँले शीर्ष नेताको घरमा दुईचार करोड पैसा हुनु सामान्य हो भन्नु भएको थियो। उहाँका आर्थिक सम्बन्धका धेरै कुराहरु पनि आए । त्यसले उहाँलाई अलि बढी यतातिर पुर्याएको हो वा यो आवश्यकता थियो ?

म मैले सुरुमा पनि भनेँ, जोसँग लामो समय यसरी काम गरियो उहाँहरु प्रति कुनै पनि बदलाको भाव छैन । खुच्चिङ त्यस्तो पर्यो भन्ने छैन । मलाई त दुख लाग्छ हैन । आज प्रचण्ड चुनाव लड्नका निम्ति रुकुम पूर्व जानुभएको छ, पत्रिकाले लेखिदिन्छ ग्यारेन्टी छैन है । उहाँलाई त्रास आतंक पैदा गर्दिएको छ । एउटा आमा बाबु दुइटै शहीद भएको भर्खर जुँगाको रेखी बसेको केटोबाट तर्सिनु पर्ने अवस्था आएको छ । उसले जति नै भोट पाए पनि प्रचण्ड त हारेकै देखिन्छ नि ।

तर तपाईं पनि प्रचण्डलाई छोडेर जनार्दन शर्मा लगायतसँग मिलेर पार्टी बनाउन पुग्नु भयो ।

मान्छेहरु आउने जाने होला । यो निर्वाचन आइदिएर के फाइदा भयो भने कसको मनमा के-के रहेछन्, क-कसको के-के सिङ पलाउँदो रहेछ भन्ने देखियो । लोभ, लालच, आकांक्षा सबै देखियो । त्यसले फाइदा गर्यो । नयाँ आन्दोलन बनाउनका निम्ति नयाँ पार्टी बनाउनका निम्ति त फाइदै गर्यो ।

एउटा प्रश्न चाहिँ तपाईलाई लक्षित गरेर आइरहेको छ, तपाईलाई वैचारिक रुपमा स्पष्ट र नैतिकताको कसीमा बलियो हुँदाहुँदै जनार्दन शर्मासँग मिलेर पार्टी बनाउने प्रक्रिया कसरी अगाडि बढाउनुभयो ? उहाँको माथि धेरै प्रश्नहरू छन् जुन प्रश्न प्रचण्डमाथि उठेका प्रश्नहरू भन्दा त्यति भिन्न छैनन् ।

एउटा कुरा त परिबन्ध पनि त्यस्तै पर्यो । नेपाली समाजले सतही रुपमा राम्रो भन्ने गरेका मान्छे नै तलुवा चाटेर बस्छन् भने के गरौं ? तत्कालिन माओवादीको र त्यसको सबभन्दा माथिल्लो पदाधिकारीहरुको मिटिङमा चाहिँ सबै पदाधिकारी असाध्यै सिरियस भएर बसेका हुन्थे । किन सिरियस हुन्छन् भन्दा आफ्नो पालो आउँदा के भन्दा प्रचण्ड खुशी हुन्छन्, मुस्कुराउँछन् भन्ने सोचेर । अलिअलि पढेलेखेको कुरा सबै चाहिँ त्यो दुरुपयोग गरिराखेका छन् । यस्तो अवस्थामा आदर्श खोज्न कहाँ जानु ?

नेतृत्वलाई त्यसो गर्न पाइँदैन भनेर कोही त बोल्दिनु पर्यो नि । के जनार्दनले त्यसबेला उभिएर प्रतिवाद गर्थे। त्यसले नै मलाई जनार्दनको नजिक ल्यायो ।

जनार्दनले पाटीमा एउटा राम्रो आयोग बनाउँ र सम्पत्तिहरुको छानबिन गरौं, काण्डहरुको छानबिन गरौ, र त्यो छानबिनमा म अपराधी हुन्छु भने म सार्वजनिक जीवनबाट बिदा हुन्छु भनेको छ । यसको अर्थ विश्वास गर्ने ठाउँ छ । तर, उनको व्यक्तिगत कुराको जवाफ त उनले दिने हो नि ।

अर्को कुरा, पार्टी चाहिँ त्यसैले कुनै व्यक्तिको पार्टी होइन यसमा स्पष्ट हुनु पर्यो । भूपी शेरचनको एउटा कविता छ:

प्रत्येक पहेँलो धातुलाई देख्दा सुनको गजुर भन्न मनलाग्छ

रंगीबिरंगी चराहरुलाई देख्दा वनको मयुर भन्न मनलाग्छ

चाकरी गर्दा गर्दा बानी नै परिसक्यो अब त

कुनै गधालाई देख्दा पनि हजुर भन्न मन लाग्छ ।

नेपाली मिडियालाई यस्तो बानी परेको छ कि पार्टी खोल्न पाएको हुँदैन, फलानाको पार्टी भनेर एउटा व्यक्तिको बनाइदिन्छन् । हामीले यो परम्पराबाट बिदाई लिएर नयाँ युवा नेताहरुको अध्यक्ष परिषद बनाएका छौँ, सामूहिक नेतृत्वको प्रक्टिस गरेको छौं । त्यसमा जनार्दन पनि छैनन्, अरु नाम चलेका हामी पनि छैनौँ ।

यही प्रसंगमा बाबुराम भट्टराईको कुरा गरिहालौं । संविधान जारी भएको लगत्तै अब माओवाद/मार्क्सवादको काम सकियो भनेर हिड्नु भएको थियो । फेरि, उहाँसँगै कसरी पुग्नुभयो ? यो पनि परिबन्ध नै हो?

परिबन्ध होइन । पहिलो कुरा यो बाबुरामको पार्टी होइन, जनार्दनको पार्टी होइन ।

बाबुराम जीले जुन कुरा भन्नुभएको छ, मैले त्यसको प्रतिवाद गरेको छु । मैले जहिले पनि उहाँ सँगै बसेर कि तपाईँ हिजो एउटा जनसरकारको प्रमुख भएको मान्छे जुन आन्दोलनमा त्यति धेरै मानवीय क्षति भएको छ, त्यो मान्छेले अहिले आदम स्मिथलाई र मार्क्सलाई एकै ठाउँमा उभ्याउन मिल्दैन, तपाईँलाई नैतिकता पनि हुँदैन भनेको छु । तपाईँले केही नयाँ पढ्नुभएको छ भने ल्याउनुस् भनेर अहिले पनि म चुनौती दिन्छु । मलाई अर्को फिलोसोफी बताइदिनुस् न त जो उत्पीडनको विरुद्ध काम लाग्छ, आजसम्म यो सातै वटा महादेशमा कहिँ पनि एउटा सानो समुदाय पनि अलिकति मुक्त भएको छ, अलिकति स्वतन्त्रता प्राप्त गरेको छ तर त्यहाँ मार्क्सवाद चाहिँ छैन भने त्यो मलाई देखाइदियोस् भनेको छु ।

मार्क्सवादको नयाँ व्याख्या गर्नुपर्छ, मार्क्सवादलाई विकसित तुल्याउनुपर्छ, यो अपूर्ण छ, यो सब कुरामा सहमति छ । अब बागदानोभ, प्यानाकोक, लक्जमबर्ग र ग्राम्सीहरुलाई रिभिजिट गरेर नेपालले समाजवादको बाटो तय गर्नुपर्छ । उनीहरूलाई हेर्दै हेर्दिनँ भनेर हुन्न, तर आलोचनात्मक रूपमा पढ्नपर्छ भनेको छु ।

तपाईँ अहिलेको चुनावमा जे भए पनि ठिकै छ, मेहेनत गरौँ र पार्टी बनाउँ भन्ने हिसाबले लागिरहनुभएको देखिन्छ । युवाहरू अगाडि सार्नुभएको छ । तर, फेरि एमालेसँग तालमेलको कुरालाई लिएर प्रश्न उठेको छ । कस्तो पार्टी बनाउँदै हुनुहुन्छ तपाईंहरू ?

मैले सुरुमै तपाईँलाई भनेँ नि, निर्वाचनले सबैका स्नायुहरू देखाउँछ । कहाँ लोभ छ, कहाँ डर छ कहाँ आत्मविश्वास छ, यो तमाम चिज देखिन्छ । निर्वाचन पछाडि यसको समीक्षा हुन्छ ।

यो तपाईँहरू सबै बसेर सामूहिक निर्णय गर्नुभएको कुरा होइन र ?

हामी पार्टी निर्माणको प्रक्रियामै छौँ । जहाँ पाँच जना अध्यक्ष हुनुहुन्छ । नेतृत्व परिषद छ । अब उहाँहरूको सँग कसको के कुराकानी भयो, त्यो चिज त आउनु पर्यो नि । अहिले यो चुनाव २१ सम्म जाऔँ ।

चुनाव हुँदैन भन्ने सम्भावना अझै पनि बाँकी छ र?

अहिले जो कर्णधार भएर देखा परेका छन्, उनीहरूबाटै संशय प्रकट हुन्छन् । बेलाबेलामा संशय आइरहन्छ ।

कर्णधार भनेर तपाईँले नयाँ पार्टी वा त्यसका नेताहरूलाई भन्नुभएको हो ?

अब अहिलेको सरकारलाई सपोर्ट गर्ने मान्छेहरू अथवा विकल्पमा ल्याउँछौँ भन्नेहरू देखि यो सरकारका विरोध गर्नेहरूसम्म हेरौं न । एउटाले भदौ २३ को पुरा स्वामित्व लिने, अर्कोलाई २४ को स्वामित्व दिने खालको जुनको कसरत भइराखेको छ, उनीहरूकै बोलिमा स्थिरता छैन । निर्वाचन पछाडि सुशीलाहरू त मुक्त हुनुहोला, दण्डबाट बाँचे भन्ने स्थिति बन्ला तर देशको समस्या समाधान हुँदैन । त्यसका लागि स्वाभाविक रूपमा नेपालले राजनीतिक लडाई लड्नैपर्छ ।

नेपाल अहिले भूराजनीतिक अवस्था, विश्व व्यवस्था र आर्थिक प्रणालीका कारण नेपाल दबावमै रहने देखिन्छ । यो चंगुलबाट निस्किने उपाय के देख्नुहुन्छ त?

कठिनाइ अवश्य छ तर निराश भएर सामूहिक आत्महत्या गर्ने ठाउँमा पुग्नु हुँदैन । त्यस्तो अवस्था छैन । यी कठीनाइसँग जुध्ने हाम्रो बाटो के हुने भन्नेमा गहन संवादहरू हुनुपर्थ्यो । अहिले राजनीतिक पार्टीहरूबीच अर्को पार्टीको मुख हेर्दिनँ भन्ने खालको सम्बन्ध छ । बृहत्तर संवाद र छलफलले नै बाटो पत्ता लाउँछ ।

हाम्रो चुनौति नै हाम्रो तागत पनि हो । नेपालमा अमेरिका, भारत वा चीनले कुनै एकदेशको धेरै प्रभाव बढ्न दिँदैनन्। त्यसैले नेपालले बुद्धिमत्तापूर्वक राजनीतिक कुटनीतिलाई अगाडि बढाउने हो भने सबैले सहयोग गर्छन् । कोही नाङ्गो हस्तक्षेप गर्न नसक्ने स्थितिमा छन् ।

तर, भूराजनीतिक हिसाबले सबैभन्दा संवेदनशील समय छ । नेपाल युक्रेन हुँदैछ भन्ने विश्लेषणहरू सुन्नु भएको छैन ?

यस्ता सनसनीपूर्ण कुराहरू सुनिन्छ । तर्कसंगत केही प्रमाणहरू छैन तर प्रत्येक दिन उहाँहरू बोलेको देखिन्छ । त्यस्तो कुरामा जानु हुँदैन। नेपाल त्यस्तो लाचार अवस्थामा पनि छैन ।

मुख्य कुरा त देशभित्र के भइरहेको छ भन्ने हो । २०-३० लाख युवाहरूलाई काम र व्यवसाय दिन नसक्दा बेरोजगार भएको छ । त्यसले अप्ठ्यारो महशुस गरेर जिउमात्रै तन्काउँदा पनि पुरै सत्ता हल्लिने अवस्था छ । यो बेरोजगारी कहाँबाट उत्पादन भइरहेको छ भन्ने बुझ्नु पर्छ ।

स्वाभाविक रूपमा नेपाल ब्रेटन वुड इकोनोमीबाट अहिले नै बाहिर आउन सक्दैन । तर, नेपालको शिक्षा फेर्ने प्रयत्न गरौँ । १० वर्षमा नागरिकलाई विश्व बजारमा पनि बिक्न सक्ने र यहाँ बसे पनि काममा घोटिने बनाउन सकियो भने अहिलेका धेरै समस्या हल हुन्छन् । हामीले शिक्षाका नाममा सीप वा ज्ञान भएको होइन, आकाशतिर हेर्ने मान्छे तयार गर्यौँ । त्यो उसको दोष होइन, राज्यको दोष हो ।

यी सबै समस्याको जड असल राजनीतिक दल नभएर हो । अहिले हामीले जुन व्यवस्था अभ्यास गरिरहेका छौं, त्यसको मुख्य एजेन्सी भनेको राजनीतिक दल नै हो । हाम्रो प्रयास यस्तै दल बनाउने हो । यसका लागि युवाहरू नै अगाडि सर्नु पर्छ ।

प्रलोपामा १५ औं वर्षदेखि परिक्षण भएका र इमानमा नचुकेका मान्छेहरू छन् । त्यस्तो क्रिम मान्छे अरू पार्टीहरुमा छैनन् । यी युवाहरूले नेतृत्व लिए र अघि बढे भने एउटा राम्रो पार्टी बन्न सक्छ । हामी त्यही वातावरण बनाउने प्रयासमा छौं ।

अन्त्यमा, अब केके गर्‍यो भने मुलुक र राजनीति सहि दिशामा जाला ? तपाईंहरूको पार्टीको भूमिका के हुन्छ ?  

अब हामी सरकार बनाउने ढाल्ने पार्टी बन्ने दिशामा छैनौं । भन्न त हामी धेरै ठाउँमा जित्छौं भनेर नेताहरूले भन्लान्, चुनावमा गएपछि भन्नु पनि पर्छ । हाम्रो त्यस्तो स्थिति छैन । तर, हाम्रो पार्टीबाट जति उम्मेदवार बनेका छन्, असल र राम्रा मानिसहरू छन् । उनीहरू मार्फत हामी सबै दलसँग संवादमा जाने र मुलुकको दीर्घकालिन हित र निकासको बाटो पहिल्याउने प्रयासमा लाग्ने छौं । हामीलाई नेपाली कम्युनिष्ट पार्टी, एमाले, कांग्रेस, रास्वपा कसैसँग दुश्मनी साँध्नु छैन । उनीहरूभित्रको खराब राजनीतिक चरित्र निमिट्यान्न पार्नै पर्छ तर व्यक्तिगत रूपमा कसैसँग बद्लाभाव छैन ।

कांग्रेसको प्रतिज्ञापत्र पारित, आजै जनकपुरबाट सार्वजनिक गरिँदै

काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रको रूपमा ल्याएको प्रतिज्ञापत्र पारित गरेको छ ।

बुधबार बसेको केन्द्रीय समितिको ‘भर्चुअल’ बैठकले प्रतिज्ञापत्र पारित गरेको हो ।

बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको थियो ।

पारित भएको प्रतिज्ञापत्रलाई आज मधेस प्रदेशको राजधानी जनकपुरबाट कांग्रेसले सार्वजनिक गर्दैछ ।

 

विदेशी लगानीमा ५० करोडको छेकबार हट्यो

काठमाडौं । सरकारले स्वचालित मार्गबाट हुने वैदेशिक लगानीमा ५० करोड रुपैयाँको अधिकतम सीमा हटाएको छ । यससँगै उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रिया सहज भएको छ ।

यसअघि स्वचालित मार्गबाट ५० करोड रुपैयाँसम्म मात्र विदेशी लगानी स्वीकृत हुन्थ्यो । तर, हालैको मन्त्रिपरिषद् बैठकले यो सीमालाई हटाएको हो । अब जुनसुकै रकमको विदेशी लगानी पनि तोकिएका क्षेत्रमा स्वचालित मार्गबाट स्वीकृत हुन सक्छ ।

नयाँ व्यवस्थाले मुख्य सात वटा औद्योगिक क्षेत्रका कुल १ सय २ वटा व्यावसायिक क्षेत्रमा कुनै पनि सीमा बिना लगानी भित्र्याउने बाटो खोलेको छ । यसअघि २०८० असोज १५ गते प्रकाशित राजपत्रको सूचनाअनुसार स्वचालित मार्गबाट हुने विदेशी लगानीमा ५० करोड रुपैयाँको अधिकतम सीमा तोकिएको थियो ।

उक्त पुरानो सूचनालाई अहिलेको नयाँ राजपत्रले खारेज गरिदिएको हो । लगानीकर्ताले उद्योग विभागको अनलाइन प्रणालीमा आवेदन दिएपछि आवेदन दिएको तुरुन्तै वा ७ कार्य दिनभित्र स्वीकृति प्रमाणपत्र इमेलमार्फत प्राप्त हुन्छ । यसले कम्पनी दर्ता र उद्योग सञ्चालनलाई छिटो बनाउँछ ।

स्वचालित मार्ग लागू हुने क्षेत्रहरूमा ऊर्जा उत्पादन, कृषि तथा वन उत्पादन, पूर्वाधार, पर्यटन, सूचना प्रविधि आधारित उद्योग, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगलगायत रहेका छन् । सूचना प्रविधि क्षेत्रमा पनि न्यूूनतम लगानी सीमा पनि छैन ।

विदेशी लगानीकर्ताले अनलाइन फारम भर्नुपर्छ । कम्पनीको देश, लगानी रकम, क्षेत्र आदि विवरणसहित अनालाइनमार्फत आवश्यक कागजात अपलोड गरेपछि सबै मापदण्ड पूरा भएमा प्रणालीले स्वतः स्वीकृति दिनेछ । स्वीकृति पाएपछि नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा स्रोत प्रमाणित गर्नुपर्ने हुन्छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा कुल ४० अर्ब २८ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ, जसमा स्वचालित मार्गबाट पनि त्यस्तो लगानी आउने क्रम बढ्दो छ ।

स्वचालित व्यवस्थाले विदेशी लगानीकर्तालाई नेपालमा व्यवसाय सुरु गर्न निकै सहज बनाएको छ ।

सार्वजनिक बहस लोकतन्त्रमा पारदर्शिताको अभ्यास हो: ओली

दमक । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उम्मेदवार बिच हुने सार्वजनिक बहस लोकतन्त्रको पारदर्शिताको अभ्यास भएको बताएका छन्।

उनले हिजो आयोजित झापा-५ का उम्मेदवारहरूबिचको पब्लिक डिबेट कार्यक्रममा सहभागी हुँदै सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतान्त्रिक संस्कृतिको महत्त्वपूर्ण पक्ष भएको धारणा व्यक्त गरे । “उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको जवाफ दिनु नै लोकतन्त्रको पारदर्शिता हो,” उनले उल्लेख गरे।

उनका अनुसार चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व भएकाले उम्मेदवार नागरिकबाट टाढा रहने, वास्तविक अनुहार लुकाउने र तयार पारिएका सामग्रीमार्फत मतदातालाई प्रभावित पार्ने प्रवृत्ति उपयुक्त होइन। उनले प्रश्नबाट भाग्ने वा छलेर आफूलाई राम्रो देखाउने राजनीति आफूहरूले नगरेको बताए। “हामीले आफूमाथि उठेका प्रश्नहरूको उत्तर दिँदै आएका छौँ, आलोचना र विरोध पनि सुन्दै आएका छौँ,” उनले भने, “कतिपय विषयमा आत्मालोचना गरेर सुधार गर्ने प्रयास पनि गरेका छौँ।”

उनले पब्लिक डिबेट आयोजना गर्ने आयोजक, सहभागी उम्मेदवार तथा उपस्थित नागरिकप्रति आभार व्यक्त गरे। आगामी दिनमा पनि नागरिकका प्रश्नको जवाफ दिन तयार रहने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदातालाई सचेत रूपमा निर्णय लिन आग्रह गरे। ‘प्रश्न सोधौँ, एमाले रोजौँ,’ भन्ने सन्देशसहित उनले आफू नागरिकको साथमै रहने बताएका छन्।

महेश बस्नेत ‘विकासवादी’ नेता ! (भिडियो)

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका सचिव महेश बस्नेतलाई मतदाताहरूले ‘विकासवादी’ उम्मेदवारको रूपमा लिएको पाइएको छ ।

बस्नेतले विगतमा भक्तपुर–२ को भौतिक पूर्वाधार क्षेत्रमा राम्रो गरेको भन्दै कतिपय मतदाताहरूले उनको प्रशंसा गरेको पाइएको हो ।

चुनावी अभियानको क्रममा गाउँ टोलमा पुुग्दा बस्नेतको गलाभरी खादा माला देखिने गरेको छ । उनलाई हार्दिकतापूर्ण स्वागत गरेका मतदाताहरूले यसपटक विजयी गराउने प्रतिज्ञा गरेको पनि देखिएको हो ।

अघिल्लो पटक भने बस्नेत कांग्रेस नेता दुर्लभ थापासँग पराजित भएका थिए । त्यसअघिका निर्वाचनहरूमा पटकपटक निर्वाचित बस्नेत एकपटक उद्योगमन्त्री भए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त विश्वास पात्र बस्नेतले विगतमा थुुप्रै योजना भक्तपुर–२ मा लगेका थिए, जसले त्यस क्षेत्रको भौतिक पूर्वाधारको विकास सम्भव भयो ।

यसपटक उनी आफूलाई भक्तपुरको विकास र समृद्धिको विश्वासिलो नेतृत्वको रूपमा प्रस्तुत गर्दै मत मागिरहेका छन् । चुनाव भने अब दुई सातामा हुँदैछ ।

अर्धशतक बनाएर नेपाललाई जित दिलाएका ऐरीले जितपछि के भने ?

काठमाडौं। १२ वर्षपछि टी-२० विश्कप खेलमा जित निकाल्ने क्रममा अर्धशतकीय पारी खेलेका दिपेन्द्र सिंह ऐरी प्लेयर अफ द म्याच बनेका छन् ।

खेल सकिएपछि जितबारे प्रतिक्रिया दिँदै उनले मुम्बईसम्म पुगेर खेलाडीको हौसला बढाउने समर्थकहरूलाई धन्यवाद दिए र आजको जितले आत्मविश्वास बढेको बताए ।

उनले भने, ‘सबैभन्दा पहिले म फ्यानहरूलाई धन्यवाद दिन चाहन्छु । मुम्बईमा आएर साथ दिनुभयो । त्यसले हाम्रो आत्मविश्वास बढेको छ । पछिल्लो विश्वकपमा हामीले जित्न नसकेपनि यो विश्वकपमा जित्न सक्यौं । खुशी छु ।’

आफ्नो अर्धशतकिय पारीले जितलाई सहज बनाएको उनले बताए । ‘२३ बलमा अर्धशतक भनेको राम्रो हो,आज राम्रो गर्न सकेँ,’ ऐरीले भने, ‘यस्तै खालको चेजले हाम्रो आत्मविश्वास बढाउँछ । मैले धेरै डटबल खेल्दिनँ । सिंगलडबल लिन्छु र गलत बलमा बाउन्ड्री हान्छु ।’

 

 

१२ वर्षपछि विश्वकपमा नेपालको जित, स्कटल्याण्डविरूद्ध ७विकेटले विजयी

काठमाडौं । नेपालले १४ वर्षपछि टी-२० विश्वकप अन्तर्गतको खेलमा जित हात पारेको छ ।

मुम्बईको वाङ्खडे रंगशालामा स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै नेपालले जित हात पारेको हो । पहिले ब्याटिङ गरेको स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले ओभर बलमा ३ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै रनको योगदान गरे । उनले २३ बलमा चार चौका र तीन छक्काको मद्धतमा ५० रन बनाए । यससँगै उनी विश्वकपमा दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालका ओपनर कुशल भुर्तेलले ४३ रनको योगदान गरे भने आशिफ शेखले ३३ रन बनाए । कप्तान रोहित पौडेल १६ रन बनाएर आउट हुँदा ऐरीलाई बलियो साथ दिएका गुल्सन झाले अविजित २४ रन बनाए ।

स्कटल्याण्डका माइकल लिस्क एक्लैले तीन विकेट लिए ।

तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले सन् २०१४मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । उक्त विश्वपकमा अफगानिस्तान र हङकङलाई पराजित गरे पनि २०२४को विश्वकपमा भने नेपाल जितबिहिन भएको थियो ।

नेपालमा भ्रम फैलाएको भन्दै दुबइको एमआईबीडीको काठमाडौंमा पत्रकार सम्मेलन

काठमाडौं । माउन्ट इन्स्टिच्युट अफ बिजनेस डेभलपमेन्ट (एमआईबीडी) का निर्देशक डेभिड एवेनेजरले नेपालमा एमआइडीबीबारे भ्रम फैलाएको भन्दै तथ्यमा आधारित जानकारीमात्र सँगै लिने आग्रह गरेका छन्।

नेसनल प्रेस क्लब, अनामनगरमा आज आयोजित प्रेस ब्रीफिङमा सार्वजनिक क्षेत्रमा फैलिएका अन्योल, भ्रम र गलत जानकारीको पूर्ण खण्डन गरेका छन्। उनले मिडिया प्रतिनिधि, शिक्षा सरोकारवालाहरू, विद्यार्थी र अभिभावकहरूलाई सम्बोधन गर्दै भ्रमका पछि नलाग्न आग्रह गरेका हुन् ।

डेभिड एवेनेजरले बताए अनुसार, एमआइबीडी दुबईमा लागू हुने केएचडीए ढाँचाअन्तर्गत सञ्चालन हुने टीभिएट-केन्द्रित संस्था हो। यसले विश्वविद्यालयको दर्जा दाबी गर्दैन र आफ्नै नाममा स्नातक वा स्नातकोत्तर डिग्री कार्यक्रम सञ्चालन गर्दैन। एमआईबीडीले आफ्नो स्वीकृत दायराभित्र ओटीएचएम (ओटीएचएम) डिप्लोमा कार्यक्रमहरू सञ्चालन गर्दछ, जसमार्फत विद्यार्थीहरूले ओटीएचएम लेभल ४, लेभल ५, लेभल ५ बिस्तारित डिप्लोमाको प्रमाणपत्र प्राप्त गर्छन्।

यी डिप्लोमा कार्यक्रमहरू बेलायतमा मान्यता प्राप्त छन् र सामान्यतया बेलायतको ब्याचलरको प्रथम दुई वर्ष (पहिलो वर्ष र दोस्रो वर्ष) सँग म्याप हुने क्षमता राख्छन्। तर, यी कार्यक्रमहरू पूर्ण ब्याचलर डिग्री होइनन्। नेपालमा समकक्षता सम्बन्धी निर्णय टीयू सिडियुले लागू नियम र प्रक्रियाअनुसार गर्छ। लेभल ५ डिप्लोमा पूरा गरेपछि मात्र सामान्यतया ब्याचलर लेभल समकक्षताका लागि आवेदन दिन सकिन्छ।

डेभिड एवेनेजरले थप स्पष्ट पारे, “यी डिप्लोमा कार्यक्रमहरू विद्यार्थीहरूको वैध प्रोग्रेसन पाथवेका रूपमा कार्य गर्छन्। विद्यार्थीहरूले बेलायती विश्वविद्यालयको टपअप रूट मार्फत थप एक वर्ष अध्ययन गरेर पूर्ण ब्याचलर डिग्री प्राप्त गर्न सक्छन्। उदाहरणका लागि, ओ टीएचएम लेभल पाँच पूरा गरी सन्डरल्याण्ड विश्वविद्यालयमा टप-अप पूरा गर्ने विद्यार्थीले फाइनल डिग्रीका आधारमा टीयू सिडियुबाट ब्याचलर तह समकक्षताको लागि आवेदन दिन सक्छ।”

उनले एमआईबीडीको नियामक स्थिति र अनुपालन प्रक्रियामा पनि प्रकाश पारे। उनले भने, “एमआईबीडीले दुबईमा कक्षा सञ्चालनका लागि Kएचडीए को स्वीकृति प्राप्त गरेको छ। साथै, डीडब्लुसीमार्फत व्यापार इजाजत (इन्स्टिच्युट अफ बेसिकको नाममा) प्राप्त गरिएको छ। तर, व्यापार इजाजतले शिक्षा नियामकीय अनुपालनको विकल्प होइन। दुबईमा वैधानिक शैक्षिक सञ्चालनका लागि केएचडीए लाइसेन्स र अनुमति दायरा आवश्यक छ।”

पूर्वाधारसम्बन्धी आरोपहरू खण्डन गर्दै डेभिडले एमआईबीडीसँग पर्याप्त कक्षाकोठा र समर्पित पूर्वाधार भएको बताए। प्रत्येक कक्षामा एकैपटक १५ भन्दा बढी विद्यार्थी अध्ययन गर्न सक्ने क्षमता छ। आधिकारिक समर्थन कागजातहरू उपलब्ध गराउन संस्था तयार छ।

उनले सामाजिक सञ्जालमा फैलिएका अफवाहहरूको नकारात्मक प्रभावबारे पनि चेतावनी दिए। लगातार फैलिएका अप्रमाणित दाबीहरूले विद्यार्थीहरूमा तनाव, चिन्ता र शैक्षिक योजना अवरुद्ध गर्ने खतरा हुन्छ। यसले समय, प्रयास र आर्थिक लगानी गरेका विद्यार्थीहरूको भावनात्मक स्थिति प्रभावित हुन्छ।

डेभिडले स्पष्ट पारे, “गलत जानकारीले केवल विदयार्थीमा मात्र असर गर्दैन, भविष्यका गुणस्तरीय शिक्षा खोजिरहेका विद्यार्थीहरू पनि प्रभावित हुन्छन्। सही तथ्य र मार्गले मात्र विद्यार्थीहरूको शिक्षा पहुँच सुनिश्चित हुन्छ।”

उनले विद्यार्थी अधिकार र विकल्पमाथि जोड दिँदै भने, “विद्यार्थीहरूलाई आफ्ना लक्ष्य, स्रोतसाधन र समयरेखासँग मेल खाने मार्ग चयन गर्ने अधिकार छ। डिप्लोमा मार्ग, स्नातक वा स्नातकोत्तर मार्ग-यी सबै वैध र सम्मानजनक छन्। कुनै पनि मार्गलाई मात्र श्रेष्ठ मान्ने वा अन्यलाई कमजोर ठहराउने दबाब दिनुहुँदैन।”

डेभिड एवेनेजरले एमआईबीडीको शैक्षिक कार्यक्रमहरू पारदर्शिता, नियामकीय अनुपालन र विद्यार्थी कल्याणमा आधारित रहेको बताए। उनले विद्यार्थीहरूले वैध, प्रमाणित र पारदर्शी मार्ग अपनाएर आफ्नो भविष्य बनाउने निर्णय लिन पनि अनुरोध गरे।

सम्पूर्ण जानकारी, कागजात र समर्थन सामग्रीहरू एमआईबीडीले आधिकारिक माध्यमबाट उपलब्ध गराउने प्रतिबद्धता पनि यस प्रेस ब्रीफिङमा व्यक्त गरिएको छ।

टी-२० विश्वकप: स्कटल्याण्डले दियो १७१ रनको चुनौति

काठमाडौं । टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मुम्बईको वाङखडे रंगशालामा टस जितेको नेपालले स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो ।

स्कटल्याण्डका मिचेल जोन्सले ७१ रनको महत्वपूर्ण योगदान गरे ।

नेपालका सोमपाल कामी एक्लैले तीन विकेट लिए भने नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

नेपाल र स्कटल्याण्ड दुवै प्रतिस्पर्धाबाट बाहिरिसकेका छन्, त्यसैले यो खेल प्रतिस्पर्धाको लडाईं मात्रै हुने छ । नेपालले यसअघि खेलेका तीनै खेलमा हार व्यहोरेको थियो ।

भक्तपुर-२मा महेश बस्नेतको घरदैलो अभियान सुरू

भक्तपुर। आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतको घरदैलो अभियानमा स्थानीय बासिन्दाद्वारा भव्य स्वागत गरेका छन् ।

मंगलबार बिहान मध्यपुरथिमि वडा नं. ८ मा आयोजित कार्यक्रममा बोडेका बासिन्दाले नेता बस्नेतलाई टीका, माला, खादा तथा दशीको सगुन खुवाउँदै विजयको आर्सीवाद समेत प्रदान गरे। स्थानीयहरूले विकासको दृष्टिकोण भएको नेता मात्र भोटका योग्य हुने बताए।

तीन घण्टाको अभियानका क्रममा बस्नेतले स्थानीय बासिन्दासँग सडक, खानेपानी, ढल लगायतका समस्याबारे छलफल गरे। उनले बस्ती वा वर्गमा विभेद नगरी सबैको आवश्यकता र विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए ।

उम्मेदवार बस्नेतले बोडेका ऐतिहासिक सम्पदा, कला र संस्कृतिको संरक्षण, पर्यटकको आकर्षण, होमस्टे विकास र घरमै रोजगारी सृजना गर्ने योजनाको समेत प्रतिबद्धता व्यक्त गरे। उनले मतदातालाई सूर्यमा मतदान गरी एमालेलाई विजयी बनाउन आग्रह गर्दै अधूरो विकासको काम पूरा गर्ने भरोसा दिलाए।

बोडे क्षेत्रका स्थानीयहरूले विकासमुखी, जनताको पक्षमा र राष्ट्रियताको समर्थन गर्ने पार्टीलाई मात्र भोट दिने दृढता व्यक्त गरेका छन्।

एमाले अध्यक्ष ओलीको ४२ प्रतिबद्धता सार्वजनिक: राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी

दमक। आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । प्रतिबद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ । जसमा सुशासन, भ्रष्टाचार नियन्त्रण,  राष्ट्रियताको सवाल र पूर्वाधाल लगायतका क्षेत्रको विषय समेटिएको छ ।

राजनीतिक दृष्टिकोण
झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहेका ओलीको प्रतिबद्धता पत्रमा केही राजनीतिक विषयहरुमा प्रष्ट पारिएको छ । जसमा उल्लेख गरिएको छ, ‘नेकपा(एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो । २००६ साल वैशाख १० गते स्थापना भई यस पार्टीले ७६ वसन्त पार गरेको छ। स्थापनाकालदेखि हालसम्म यस पार्टीले अनेकौं हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापर्ने दक्षिणपन्थी अवसरबाद र उग्रवामपन्थी भड्कावलाई परास्त गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ सशक्त बनाउँदै अगाडि बढाउँदै छौं । नेकपा (एमाले)ले नेपालमा पहिलोपटक कम्युनिस्ट सरकार गठन गरी २०५१ / २०५२ सालमा लोकप्रिय कामको थालनी गरेको कुरा सबैमा जगजाहेर छ । आज मुलुक त्यही जगलाई टेकेर अगाडि बढिरहेको छ ।’
स्पष्ट कार्यदिशाको अभाव रहेका पार्टीहरू जनताबाट अलोकप्रिय बन्दै एक्लिदै, खण्डित हुँदै गइरहेको उल्लेख गर्दै प्रतिबद्धता पत्रमा नेकपा (एमाले) अनेक बाधा, अड्चनलाई चिर्दै अगाडि बढिरहेको भनिएको छ । ‘२०७४ सालको आमनिर्वाचनपछि नेकपा (एमाले)ले सरकार गठन गन्यो र त्यसको नेतृत्व गर्ने अवसर केपी शर्मा ओलीले पाउनुभयो । कतिपय आन्तरिक कारण र वाह्य शक्तिको षड्यन्त्र र दबाबका कारण त्यो सरकार २०७८ सालमा विघटन भयो र नेकपा(एमाले) समेत खण्डित भई नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलै क्षति पुग्यो । नेपाली जनतामा एकहदको निराशासमेत पैदा भयो । त्यसबाट दक्षिणपन्थी शक्तिहरूले शिर उठाउने मौका पाए ।’

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘२०७४ २०७८ करिब साढे तीन वर्षमा डेढ वर्ष जति कोभिड महामारीले जनजीवनलाई अस्तव्यस्त बनाइदियो । बाँकी दुई वर्षमा मुलुकले पूर्वाधार विकासको इतिहासमा फड्को मारेको जगजाहेर नै छ । २०७५ सालको निर्वाचनबाट कुनै पनि पार्टीको बहुमत नआएपछि सरकार भने अस्थिर बन्दै गयो । सत्ता टिकाउन दलहरुबिच अस्वस्थ गतिविधि हुन थाले । यस्तो बेलामा नेकपा ( एमाले) मुकदर्शक भएर बस्न हुँदैनथ्यो, त्यसकारण स्थिर सरकार दिनका लागि दुई ठुला दलहरूबिच सत्ता साझेदारी गरिएको थियो ।’

स्टन्टबाजी र पपुलिस्ट चरीत्र
एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा राजनैतिक दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाजी र पपुलिस्टहरूले परिस्थितिको फाइदा लिन थालेको पनि जनाईएको छ । स्टन्टबाजी र पपुलिस्टको कुनै दर्शन नीति कार्यक्रम नभई केवल चर्का देखावटी नारा मात्र हुने उल्लेख गर्दै चर्का नाराले सर्वसाधारणमा केही भ्रम पार्ने गरेको जनाईएको छ । त्यसै गरी सामाजिक सञ्जाल र विद्युतीय सञ्चारले गलत र तथ्यहीन कुराहरू प्रशारण गर्दा केही मानिसका दिमागमा भ्रम पार्न सफल पनि भएको भन्दै कृत्रिम बुद्धिमत्ता (एआइ) को नियमनमा कानुनको अभावमा व्यापक दुरूपयोग भएको र त्यस्ता कुरा अनियन्त्रित हुँदा कतिपयलाई भ्रमित बनाएको जनाइएको छ ।

‘सुखी नेपाली समृद्ध नेपाल’को कार्यक्रम

नेकपा एमालेले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा अगाडि सारेको उल्लेख गर्दै यो नारा मात्र नभई कार्यक्रम पनि रहेको स्पष्ट पारिएको छ । यो नाराको विकल्प नरहेको ठहर गर्दै नेकपा (एमाले) जनता र कार्यकर्तामा आधारित पार्टी रहेको र विगतमा भएका राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी प्रति पनि प्रतिवद्धता जनाइएको छ ।

प्रतिबद्धता पत्रका मुख्य क्षेत्र
२०८२ साल फागुन २१ गते हुने निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नं. ५ को उम्मेद्वारको रूपमा अगाडि सारेको र उनलाई अमूल्य मत दिई विजय गराउन अनुरोध गर्दै निर्वाचनपछि निर्धारण गरिएका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाइएको छ ।
प्रतिबद्धता पत्रमा भनिएको छ, ‘सुशासन लोकतन्त्रको सुन्दरता हो । देशमा राजनैतिक अस्थिरताले पर्याप्त सुशासन कायम नभएको कुरा सबैमा जगजाहेर छ । सुशासन कायम गर्ने हाम्रो प्रतिबद्धता र कार्यक्रम रहने छ ।’

यस्तै भ्रष्ट्राचार नियन्त्रणको सवालमा उल्लेख गरिएको छ कि, ‘देशमा भएको भ्रष्ट्राचार र कुशासनको अन्त्य गर्नु अपरिहार्य भएको छ । भ्रष्ट्राचार नियन्त्रण नाराले मात्र सम्भव छैन । त्यसका लागि कार्यक्रमको आवश्यकता पर्छ ।’ विगतमा एमाले सरकारमा हुँदा भ्रष्ट्राचार नियन्त्रणको काम सुरु गरी केही उपलब्धिसमेत प्राप्त भएको उल्लेख गर्दै भ्रष्ट्राचार नियन्त्रणमा शुन्य सहनशीलता अपनाइने उल्लेख गरिएको छ ।

राष्ट्र, राष्ट्रियताको सवालमा, नेपाल भूपरिवेष्ठित मुलुक भएको र यस्ता देशका समस्या विशेष खालका हुने उल्लेख गर्दै भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाउनका लागि छिमेकी देशहरूसँग व्यापार तथा पारवहन सन्धिहरूमार्फत बाट कूटनीतिक रूपमा कार्य अगाडि बढाइने जनाईएको छ । विगतका प्राप्त उपलब्धिलाई संरक्षण गर्ने पनि एमालेको प्रतिवद्धता छ ।

पूर्वाधारलगायतका क्षेत्रमा प्रष्ट पार्दै एमालेले भौतिक पूर्वाधार क्षेत्रको विकासले आर्थिक विकासको ढोका खोल्ने कुरा सबैमा विदितै रहेको उल्लेख गर्दै यस क्षेत्रमा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा पर्याप्त काम भएको जनाएको छ । तर कतिपय काम अधुरा रहेको उल्लेख गर्दै यस क्षेत्रलाई प्रभाव पार्ने काम गर्ने प्रतिबद्धता जनाईएको छ ।

४२ एजेण्डा र प्रतिबद्धता

नेकपा एमाले झापा क्षेत्र नं. ५ को ४२ प्रतिबद्धतामा आर्थिक वर्ष ०८२ / ०८३ मा विनियोजित भइ हाल रोकिएका र अधुरा रहेका सबै विकास निर्माणका कामहरू पूरा गर्न सशक्त पहलकदमी गरिने, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी प्रमाण-पूर्जा उपलब्ध गराउने कार्यलाई तीव्रता दिइने, जनता आवास र विपन्न आवास निर्माणका कार्यक्रमलाई निरन्तरता दिइने, आदिबासी, जनजाति, दलित, सन्थाल, मुस्लिमलगायतका पछाडि पारिएका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने किसिमका कार्यक्रम ल्याउने उल्लेख छ ।

यसै गरि स्वास्थ्य बिमा सेवालाई थप वृद्धि गर्दै अझै व्यवस्थित गर्ने, स्तरोन्नति भइसकेका सबै ग्राभेल सडकहरूलाई क्रमशः कालोपत्रे गर्ने, अधुरो रहेका सबै सामुदायिक भवनहरूलाई क्रमिक रूपमा निर्माण कार्य सम्पन्न गर्ने, आवश्यक स्थानहरूमा अन्न, फलफूल भण्डारणका लागि शीतभण्डार निर्माण गर्ने, प्रत्येक पालिकामा एकएक सुविधा सम्पन्न खेलमैदान निर्माण र क्रमशः वडा स्तरसम्म खेलमैदानलाई विस्तार गर्ने प्रतिवद्धता जनाइएको छ ।

सबै सामुदायिक क्याम्पस र विद्यालयहरूलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउने, कृषिमा सिँचाईको सुविधालाई भूमिगत र सतही सिंचाईका माध्यमबाट व्यवस्थापन गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै बान्त्रिकीकरणतर्फ उन्मुख गराई बजारीकरण गर्न पहल गर्ने, यस क्षेत्रका जनताको कृषि कर्मलाई मध्यनजर गरी आवश्यकताअनुसार जैविक मल कारखाना स्थापना गर्न पहल गर्ने, समग्र कृषि क्षेत्रको विकास गरी खाद्यन्नमा आत्मनिर्भर बनाउने, सबै किसिमका अव्यवस्थित बजारहरूलाई व्यवस्थित गराउने उल्लेख छ ।

यस्तै दमक र गौरादह बजारलाई आधुनिकीकरण गर्दै गौरीगञ्ज बजारमा थालनी गरिएको स्मार्ट सिटीको कार्यक्रमलाई यथाशीघ्र कार्यान्वयन गराउने, यस क्षेत्रमा रहेका अन्य बजारहरूलाई पनि व्यवस्थित बजारको रूपमा विकास गर्दै जाने, रतुवा, मावा, कमल खोलाको तटबन्धन कार्य पूरा गरी किस्नी, बाइसी, गेरिया, भुत्लुङ, केखां खोला, रामचन्द्रे, घान्दुलगायतका खोलाहरूमा आवश्यक तटबन्धन गर्ने । दमक चिसापानी रवि सडक पुनः ठेक्का लगाई निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाइएको छ ।

यसैगरि दमक ३ को महेश चौकदेखि उर्लाबारी जोहने मावा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने, दमक ३ स्थित बिजिनेस टावरलाई सञ्चालनमा ल्याउने र आसपासको जग्गा ल्यान्डपुलिङ गर्न पहल गर्ने, दमकमा रहेका विज्ञान पार्क, इन्द्रेणी ताल, पशुपति सिमसार क्षेत्र र लानेको बाँधलाई विकास गरी पर्यटकीय क्षेत्र बनाउने, नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्ने, दमक ३ मा प्रस्ताव गरिएको मदन भण्डारी रङ्गशाला निर्माणमा पहल गर्ने विषयलाई पनि प्रतिवद्धता पत्रमा समेटिएको छ ।

एमालेले कमल ५ स्थित आदिवासी रङ्गशालालाई आधुनिक स्तरको रङ्गशालाको रूपमा निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने, दमक, कमल र गौरादह नगर अस्पताल साथै गौरीगञ्ज अस्पतालको स्तरवृद्धि गर्ने, पाडाजुँगी – गौरीगञ्ज – आल्टाबारी सडक चौडा गर्दै स्तरोन्नति गर्ने, हुलाकी मार्गअन्तर्गत माई नदी पुलको अधुरो काम पूरा गर्ने, विराट बुद्धपार्कको काम पूरा गर्न पहल गर्ने, खानेपानी आयोजनाका सबै अधुरा निर्माण कार्य सम्पन्न गर्ने, प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानी प्रबन्धका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

निर्माण सम्पन्न भएको दमक सभाहल सञ्चालनमा ल्याउने, कमल स्थित प्रादेशिक आयुर्वेदिक अस्पताललाई सुविधा सम्पन्न शिक्षण अस्पतालको रूपमा स्तरवृद्धि गर्ने, कमल स्थित साधु होलीलाई नमुना सिमसारको रूपमा र बाल्मीकि आश्रमलाई सांस्कृतिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने, स्तुवामाई वृक्षारोपण आयोजनाअन्तर्गतको वन क्षेत्रमा आम्दानीमूलक फलफूलका बिरुवा लगाई यो क्षेत्रलाई फलफूलमा आत्मनिर्भर बनाउने, गौरादह ६ तेलियाडाँगीबाट सिजुवा बजार जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने, गौरादह ५ चप्रामारीदेखि मोरङको कुनामारी जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने प्रतिवद्धता एमालेको रहेको छ ।

यसैगरी, गौरादह ७ स्थित आदिवासी सङ्ग्रहालयको निर्माण कार्य पूरा गर्ने, गौरादह बजारमा रहेको पोखरीलाई आकर्षक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, यस क्षेत्रका विभिन्न पालिकाहरुमा सम्भाव्यता अध्ययन गरी नमुना खेती विस्तार गर्ने । गौरादहको नमुना खेती व्यवस्थित र आत्मनिर्भर बनाउन पहल गर्ने, गौरीगञ्ज स्थित छोटी भन्सारलाई स्तरवृद्धि गर्ने, गौरीगञ्जमा रहेको चौनी सिमसार, मोजोलोम सामुदायिक का र धोद्रामाटी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, यस क्षेत्रमा भएका विभिन्न धर्म, जाति तथा सम्प्रदायसँग सम्बन्धित धार्मिक अनुष्ठान र प्रतिष्ठानहरूलाई संरक्षण तथा प्रबद्र्धन गरिने नेकपा (एमाले) क्षेत्र नं. ५ को चुनावी प्रतिवद्धता पत्रमा समेटिएको छ ।