`

योगेश भट्टराईको चेतावनी : राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राजनीतिलाई रोक्न खोजे ठूलो वितण्डा निम्तिन चेतावनी दिएका छन् । छठ पर्वको अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश दिँदै उनले प्रकृतिलाई थुन्दा आउने विध्वंशको उदाहरण दिँदै यस्तो चेतावनी दिएका हुन् ।

‘जसरी प्रकृतिलाई थुनेर, छेकेर विध्वंश आइरहेका छन्, त्यसरी राजनीतिलाई हामीले थुन्न थाल्यौं, छेक्न थाल्यौँ, यसको बाटो रोक्न थाल्यौँ भने राजनीतिमा पनि ठूलो बितण्डा आउन सक्दछ,’ फेसबुकमा सार्वजनिक भिडियो सन्देशमा भट्टराईले भनेका छन् । पार्टी र समाजमा राजनीतिको प्रकृतिक बहावलाई नरोकेर सहज ढंगले अगाडि बढ्न दिनुपर्ने उनले बताएका छन् । ‘त्यसकारणले चाहे पार्टीभित्र होस्, चाहे समाजमा राजनीतिलाई पनि यसको प्राकृतिक बहावलाई रोक्नु हुँदैन । यसलाई सहज ढंगले अगाडि बढ्न दिनु पर्दछ’, भट्टराईको भनाइ छ।

नेता भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलन मुलुक अकल्पनीय ढंगले अगाडि बढेको पनि टिप्पणी गरेका छन् । २३ र २४ भदौमा भएको घटनाबाट सबैले पाठ सिक्नु पर्ने उनको भनाइ छ । ‘हामीले ती घटनाहरूबाट पाठ सिक्नु पर्दछ । आत्मसमीक्षा गर्नुपर्दछ,’ भिडियो सन्देशमा भनिएको छ, ‘नेपाललाई फेरि पनि लोकतान्त्रिक अभ्यासमा फर्काऔँ । हाम्रो संविधानलाई क्रियाशील बनाऔँ ।’

भट्टराईले सबै राजनीतकि दल र जेनजी आन्दोलनपछि आइरहेका नयाँ शक्तिबीच सहकार्य गरेर देशलाई सही दिशामा लैजानुपर्ने आवश्यकता पनि औंल्याएका छन् । ‘देशका सबै राजनीतिक शक्तिहरूका बीचमा र यो जेनजी आन्दोलनपछि आइरहेका नयाँ शक्तिहरूका बीचमा समेत सहकार्य गर्दै हामीले एउटा सही निकास निकाल्नुपर्ने छ’, उनले भनेका छन्, ‘त्यसक्रममा पनि यो छठले हामीलाई एकता सद्भावको बाटो देखाउन सकोस् ।’

दक्षिण चीन सागरमा खसे अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकु विमान

काठमाडौं । राष्ट्रपति ट्रम्प मलेसिया भ्रमणमा रहेका बेला अमेरिकी नौसेनालाई ठूलो धक्का लागेको छ । अमेरिकी नौसेना प्रशान्त फ्लिटका अनुसार आइतबार दक्षिण चीन सागरमा अमेरिकी नौसेना हेलिकप्टर र लडाकु विमान ३० मिनेटको फरकमा दुर्घटनामा परेका हुन् ।

सौभाग्य, दुवै दुर्घटनामा चालक दलका सबै सदस्य सुरक्षित छन् । अमेरिकी नौसेनाले आइतबार साँझ (स्थानीय समय) सामाजिक सञ्जालमा पोस्ट गरेअनुसार समुद्री स्ट्राइक स्क्वाड्रन (एचएसएम) ७३ मा जोडिएको हेलिकप्टर स्थानीय समय आइतबार दिउँसो २ः४५ बजे विमानवाहक जहाज यूएसएस निमित्जबाट नियमित मिसनमा उडेको थियो। तर समुद्रमा दुर्घटनामा पर्‍यो ।

फ्लिटले जारी गरेको विज्ञप्तिअनुसार एमएच–६०आरसी हक हेलिकप्टरका चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ भने एफ-ए–१८एफ सुपर हर्नेट लडाकु जेटमा रहेका दुई चालकलाई पनि सुरक्षित रूपमा बाहिर निकालिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अमेरिकी नौसेनाले जनाएको छ ।

गृहसहित तीन मन्त्री किन जाँदैछन् मधेस ?

काठमाडौं । गृहमन्त्रीसहित तीन जना मन्त्रीहरू मधेस प्रदेश भ्रमणमा जाने भएका छन् । शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन मन्त्रीहरू मधेस जान लागेका हुन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुन मन्त्री अनिलकुमार सिन्हा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता मधेस जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रीहरूको साथमा गृहसचिव रामेश्वर दंगाल समेत मधेस जाने भएका छन् । मन्त्रीहरू आइतबार र सोमबार मधेसमा रहने छन् ।

सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेको छ । त्यसका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न गृहमन्त्रीसहित मन्त्रीहरू मधेस जान लागेका हुन् । मन्त्रीहरूले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालय प्रमुखहरूसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।

निर्वाचन एक राष्ट्रिय अनुष्ठान : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय पर्वका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गरेकी छन् ।

आज (सोमबार) बिहान छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनबाट अनुमोदन गराउन अपिल गरेकी हुन् ।

‘सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो’, उनले शुभकामना सन्देशमा भनेकी छन्, ‘यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।’

हेर्नुस् प्रधानमन्त्री कार्कीको छठ पर्वको शुभकामना सन्देशः

छठको शुभकामना सूर्यको आराधनासाथ मनाइने महान् पर्व छठको अवसरमा सबैलाई शुभकामना। सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले हामी नेपालीको सांस्कृतिक र सामाजिक रूपमा समेत तराई–पहाड जोड्ने सेतु बनिरहेको छ ।

पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसीयाली छाओस् । छठसहित हाम्रा चाडपर्वहरु हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन् ।

अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ । सबै पक्षले परिस्थितिको संवेदनशीलता र आआफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ ।

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन । आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो । यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।

 

छठका लागि बेहुली झै सिंगारियो वीरगञ्जको घडिअर्वा पोखरी (तस्बिरहरु)

वीरगन्ज । वीरगन्जको घडिअर्वा पोखरी छठका लागि बेहुली झै सिंगारिएको छ । छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्ति जडान गरी सिंगारिएको हो ।

वीरगन्जको घडिअर्वा पोखरी लगायत विभिन्न छठ घाटलाई सजाइएको छ । पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ ।

श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिकको पहिचानका रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।

महाभारतका अनुसार द्रोपदी सहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।

उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

नेपाल प्रहरीका ५ जना डिआइजी बढुवा सिफारिस, भुपेन्द्र खत्री पहिलो नम्बरमा

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजीका लागि एसएसपीहरु पहिलो नम्बरमा भुपेन्द्रबहादुर खत्री, दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पाचौँ नम्बरमा अबिनारायण काफ्ले रहेका छन् । उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

उनीहरूभन्दा वरियतामा अगाडी रहेका दुई डीआईजीलाई भने छुटाइएको छ। एसएसपीहरू शारदा प्रसाद चौधरी र विश्व अधिकारीलाई छुटाइएको छ। उनीहरू एसएसपीमा अगाडी थिए।

Expert Strategies for Live Game Show Wins at Win British Co.Uk

Expert Strategies for Live Game Show Wins at Win British Co.Uk

When you hunt for an online casino that truly understands British players, the options can feel endless. Most platforms promise big bonuses, but few deliver the speed and safety you need. Win British Co.Uk separates itself by pairing a UK gambling license with a suite of features that many rivals lack.

Compared to other popular sites, this casino offers a broader game library, faster payouts, and a dedicated Trophy Rewards program that actually rewards long‑term play. Below is a quick snapshot of how it stacks up against two well‑known competitors.

Feature Win British Co.Uk Competitor A Competitor B
UK Gambling License ✔️ ✔️
Game count (≈) 1,200+ 900 1,050
Live dealer shows 30+ titles 15 22
Withdrawal speed ≤ 24 hrs 48 hrs 72 hrs
Trophy Rewards program ✔️

But what really matters to you as a player? Speed, safety, and a rewarding loyalty scheme. Win British Co.Uk checks all three boxes, making it a solid choice for anyone who wants to focus on the fun rather than the fine print.

The site’s design is mobile‑first, so whether you’re on a phone or tablet, the experience feels smooth. You’ll notice the same crisp graphics on a desktop, too. And because the casino holds a UK Gambling Commission license, your funds are protected under strict regulations.

Understanding the Trophy Rewards Program and Bonus Promotions

One of the most talked‑about features at Win British Co.Uk is its Trophy Rewards system. Unlike generic points programs, this one ties directly to the games you love—especially the live dealer game shows.

Here’s how it works:

  • Every £10 you stake on a live show earns you 1 trophy point.
  • Collect 100 points and unlock a 20% cash back on your next deposit.
  • Reach 250 points and you’ll receive a free entry to a weekly Deal or No Deal tournament.

The program is layered, so the more you play, the higher the tier you reach. It feels like a genuine progression system rather than a gimmick.

Bonus promotions at the site also stay fresh. New players can claim a Welcome Package that includes a 100% match bonus up to £200 and 50 free spins on the popular slot Mega Reel. Existing members get weekly reload bonuses, cash‑back offers, and special live dealer bonuses that boost your stake by up to 30% on selected game shows.

For example, imagine you deposit £100 and receive a 100% match. You now have £200 to play. If you meet the 35x wagering requirement—£7,000 in total bets—you can withdraw the full amount plus any winnings. The site’s clear terms help you plan your play without hidden surprises.

Live Dealer Game Shows: Monopoly, Deal or No Deal, and More

Live dealer game shows bring the excitement of TV right to your screen. Win British Co.Uk hosts a growing roster of titles, each with its own twist.

Monopoly Live

The classic board game meets a live dealer. You watch a real wheel spin, and each segment adds cash or multipliers to your bet. The RTP (return to player) sits around 96.5%, a solid figure for a live game.

Deal or No Deal Live

Based on the famous TV show, you pick briefcases and decide whether to accept the bank’s offer. The live dealer adds personality, and the game’s volatility is high—big swings can happen quickly.

Other Shows

  • Crazy Time – a fast‑paced wheel with bonus rounds.
  • Lightning Roulette – combines traditional roulette with random multipliers.

Each show offers a minimum bet as low as £0.10, making it accessible for beginners. The live chat lets you ask the dealer questions, creating a social feel.

Example: Sarah, a casual player, joined a Monopoly Live session with a £20 bankroll. She placed £2 on the “Multiplication” segment and hit a 10x multiplier. Her win of £20 instantly doubled her stake, and she used the extra cash to try a Deal or No Deal round, where she walked away with a £30 prize. By using the Trophy Rewards points she earned, she later received a free entry to a high‑roller tournament.

These live shows also support instant payouts. Once a win is confirmed, the funds appear in your balance within minutes, and you can request a withdrawal right away.

Fast Withdrawals, Mobile Play, and Player Protection

Speed matters. Nobody wants to wait days for winnings. Win British Co.Uk processes most withdrawals within 24 hours, especially when you use popular e‑wallets like PayPal, Skrill, or Neteller. Bank transfers may take a bit longer, but still under 48 hours.

The mobile experience mirrors the desktop. The site runs smoothly on iOS and Android browsers, and there’s no need to download a separate app. You can join a live dealer show, spin a slot, or check your Trophy Rewards balance while on the go.

Security is backed by the UK Gambling Commission license. All player data is encrypted with SSL technology, and the casino employs rigorous responsible gambling tools. You can set daily deposit limits, self‑exclude, or use time‑out features directly from your account dashboard.

Responsible gambling reminder: Always set a budget before you start playing and stick to it. If you feel you’re chasing losses, take a break and use the self‑exclusion option.

Tips to Play Smart and Stay Responsible

Whether you’re a newcomer or a seasoned player, a few simple habits can improve your odds and keep the experience enjoyable.

  • Know the game rules. Spend a few minutes watching a live show before placing bets.
  • Use the free demo mode. Many slots and live games offer a practice round with no money at stake.
  • Manage your bankroll. Bet no more than 2% of your total funds on any single round.
  • Take advantage of bonuses wisely. Read the wagering requirements and match them to games with high RTP.

Quick Checklist

  1. Verify the site’s UK gambling license.
  2. Set deposit limits in the responsible gambling section.
  3. Choose games with RTP ≥ 96% for better long‑term returns.
  4. Track your Trophy Rewards points and claim free entries.
  5. Withdraw winnings promptly to avoid unnecessary exposure.

By following these steps, you’ll enjoy the thrill of live game shows while protecting your bankroll.

Win British Co.Uk blends a robust UK gambling license, a rich selection of live dealer titles, rapid payouts, and a rewarding Trophy Rewards program. The platform offers a safe, fast, and fun environment for anyone looking to chase big wins in Monopoly, Deal or No Deal, and other exciting game shows. Remember to play responsibly, set limits, and enjoy the journey—your next big win could be just a spin away.

उपत्यकाका तीन सीडीओसँग दुर्गा प्रसाईको छलफल

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका छन् । छ ठलगत्तै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताइरहेका प्रसाईंसँग तीनै जिल्लाका सीडीओले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छलफल गरेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रसाईंले गर्ने भनेको आन्दोलनका विषयमा छलफल भएको जानकारी दिएका छन् ।

‘उहाँ (प्रसाईं) ले गर्ने भनेको आन्दोलनलाई लिएर सुरक्षाका दृष्टिकोणबाट छलफल गरियो । उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू थियौँ,’ उनले सुनाए, ‘हामीले शान्ति सुरक्षामा असर नपर्ने गरी प्रदर्शन गर्न पाइने अधिकार नै छ । सोहीअनुसार गर्न भनेर सुझायौँ ।’ उनले सरकारले आन्दोलनको तयारी गरिरहेको पक्षलाई वार्तामा बोलाइसकेको भन्दै घिमिरेले वार्ताबाट माग सम्बोधनको तयारीमा लाग्न सुझाव दिएको पनि बताएका छन् । सीडीओ र प्रसाईंबीच ४५ मिनेट छलफल भएको थियो ।

राजदूत फिर्ता गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो । सुशीला कार्की नेतृत्वको सरकारले ११ जना देशका राजदूतलाई फिर्ता बोलाएको थियो ।

राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको जिकिरसहित कार्तिक २ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले ‘कारण देखाउ आदेश’ जारी गरेको हो । सरकारले फिर्ता बेलाएका राजदूतहरुमा चीनका प्रा.डा. कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका प्रा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदी रहेका छन् । सरकारले भने ११ देशका राजदूतलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिएको छ ।

 

गफ गर्दिन, कामको कुरा मात्रै ‘ब्रिफिङ’ गर्छु : नव नियुक्त मन्त्री गुप्ता

काठमाडौं । नव नियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् । आज (आइतबार) अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका हुन्।

विगतमा मन्त्रीहरुले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नव नियुक्त मन्त्री गुप्ताको भनाई थियो । उनले मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढने समेत बताए । नव नियुक्त मन्त्री गुप्ताले भने, ‘युवाहरुको माग छ र उनीहरुको कुरा राष्ट्रले नसुनिरहेको अवस्थामा अब त्यो कुरालाई एक ठाउँमा लिएर आउने र इम्पिलिमेन्टतर्फ पनि यो युवा मन्त्रालयको तर्फबाट कसरी यसलाई अघि बढाउने भन्ने विषयमा हामी छलफल गर्छौं । के—के कुरा हुन्छ । पहिला हामी कामै गरौं काम गरेपछि त्यो निर्णयहरु हामी तपाईहरुको अगाडि प्रस्तुत गर्ने नै छौँ । त्यसका लागि कृपया तपाईंहरुले हामीलाई पनि समय दिनुहोला । किनभने हामीसँग सर्ट टाईम छ । रिसोर्सेस पनि थोरै नै छ । काम गर्नुपर्ने धेरै छ । डेलिभरी गर्नुपर्ने धेरै छ ।’

उनले भने, ‘त्यसो भएकाले हामी कामैतर्फ लाग्छौ । हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रस्तुत गर्नेछौं । बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउन । मात्रै यो बोल्दो रहेछ भनेर भएन । बोलेर नै यो सबै कुरा बिग्रेको हो नि । मैले आफू अनुकूल टिमसँग सल्लाह गरेर नेपालमा के कुरा फ्लेजिबल छ त । हामीले आफूसँग भएको रिसोर्सेस पनि हेर्नुपर्ने होला । हुँदै नहुने कुरा भनेर भएन । त्यो गरियो भने फेरि पनि आशा मर्छ नि त । प्रश्न के उठिराखेको छ भने जो गयो बोल्ने त हो नि । कराउने त हो । यसरी बोलीराख्दा हामीलाई पनि चित्त दुख्छ । त्यसो हुनाले हामी जतिसक्दो काम गर्छाैं । अनि कामको कुरा ब्रिफिङ गर्छौं, आज चाहीँ गफगफको ब्रिफिङ हुन्छ ।’ यसअघि उनलाई मन्त्रालयका सचिव डा. हरिप्रसादलम्साल लगायतका उच्च प्रदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।

 

जेनजी मन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालय र मातहतका सबै बैठक ‘लाइभ’

काठमाडौं । जेनजी आन्दोलनको सडकबाट उठेका बब्लु गुप्ता आज सिंहदरबार भित्रिएका छन् । तर पुरानो शैलीका मन्त्री होइन, नयाँ अभ्यासका नायकको रूपमा । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि युवा तथा खेलकुद मन्त्रालय पुगेका उनले पहिलो निर्णयकै रूपमा मन्त्रालय र मातहतका सबै निकायका बैठक अबदेखि ‘लाइभ’ गर्ने घोषणा गरेका छन् । गुप्ताको यो निर्णयले सिंहदरबारभित्र पारदर्शिताको नयाँ संस्कारको संकेत दिएको छ । सरकारी बैठकहरूमा जनताको निगरानी खुला गर्ने उनको अठोट ‘लाइभ शासन’ को पहिलो अभ्यासका रूपमा हेरिएको छ ।

सडकबाट सिंहदरबारसम्मको यात्रा
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन का ती तात्तिएका दिनहरू अझै पनि धेरैको स्मृतिमा ताजा छन् । माइतीघर मण्डलादेखि बानेश्वरसम्म भ्रष्टाचारविरोधी नारासहित भीड उर्लिँदै थियो, अनि भीडमाथि एउटा आकृति—खोपडीअंकित जापानी एनिमीको झण्डा बोकेका बब्लु गुप्ता । दिउँसो संसद् भवनभित्र गोली चल्दा पनि उनी बानेश्वर चोकमै अडिए, घाइतेलाई अस्पताल पुर्‍याउने जिम्मा लिए । त्यो दिनको रक्तरञ्जित आन्दोलनका नायकहरू मध्येका एक, बब्लु, अहिले त्यही आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका मन्त्री बनेका छन् ।

‘१०० ग्रुप’ बाट सुरुआत भएको मानवीय यात्रा
सिरहाको लहान स्थायी बास भएका गुप्तालाई उनका व्यवसायी बुबाले राम्रो पढाइका लागि काठमाडौं पठाएका थिए । लोकन्थलीस्थित सगरमाथा स्कूलमा कक्षा ३ मा भर्ना भएका बब्लुका जीवनका मोडहरू भने सामाजिक संवेदनशीलताका घटनाले कोरिएका हुन् ।
कलेज पढ्दै गर्दा उनले ग्वार्कोमा देखेको सडक दुर्घटनामा रगताम्ये अवस्थामा लडिरहेका एक युवकलाई उद्धार गरेर अस्पताल पु¥याएका थिए । त्यो घटनाले उनलाई भित्रदेखि हल्लायो र त्यसैबाट जन्मियो ‘१०० ग्रुप’, एक स्वतःस्फूर्त युवा समूह जसले रगत खोज्ने, बिरामीलाई सहयोग गर्ने र संकटमा परेकालाई उद्धार गर्ने काम थाल्यो । पछिल्ला वर्षहरूमा ‘१०० ग्रुप’ अस्पताल, दुर्घटना र विपद् उद्धारका अभियानहरूमा सक्रिय रह्यो । सिरहाकी कञ्चन मण्डलको जलाइएका घटनामा पनि बब्लुको समूह अग्रपंक्तिमा थियो—जीवन बचाउन दौडिरहेको।

अब ‘सामाजिक योद्धा’ बाट नीतिगत निर्णयकर्ता

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमाथि ‘जेनजी पुस्ता बाहिर छ’ भन्ने आलोचना भइरहेकै बेला बब्लुको मन्त्रिपरिषद् प्रवेशले त्यो बहसलाई नयाँ मोड दिएको छ । अब बब्लुबाट अपेक्षा छ- सडकको आवाज सिंहदरबारभित्र पुर्‍याउने । उनले मन्त्रालयभित्रको पहिलो हस्ताक्षरमै भनेका छन्, ‘जवाफदेहिता र पारदर्शिता हाम्रो पुस्ताको माग हो, अब अभ्यास पनि त्यहीँबाट सुरु हुन्छ ।’ सामाजिक कार्यकर्ता, आन्दोलनकारी र अब मन्त्रीको भूमिकामा पुगेका बब्लुको यो निर्णयले सरकारी निकायमा सार्वजनिक जवाफदेहिताको नयाँ पानाको सुरुवात गरेको छ ।

 

युवा तथा खेलकुद मन्त्री गुप्ताले सम्हाले कार्यभार (तस्बिरहरु)

काठमाडौं।  नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आजै शपथ ग्रहण गरेका मन्त्री गुप्ताले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । पदभारपछि उनले खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन्।

कर्मचारीहरुलाई नव नियुक्त स्वास्थ्यमन्त्रीको चेतावनी : कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्

काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । पदभार ग्रहण लगत्तै मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै मन्त्री गौतमले यस्तो निर्देशन दिएकी हुन् ।

मन्त्रालयको कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उनले चेतावनी दिइन् । उनले मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरुबाट प्रवाह हुने सेवा समेत नागरिकमैत्री बनाउन निर्देशन दिइन् । उनले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिइन् ।

उनले भनिन्, ‘कुनै पनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । आर्थिक एवं प्रशासनिक रुपमा कुनै पनि गलत काम गर्नु भएन । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरु हुन् । त्यसकारण हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ । म सचिवको रुपमा यो मन्त्रालयमा काम गर्दा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मेरो मुख्य चुनौती थियो । प्रशासनिक रुपमा जति गर्नुपथ्र्यो गरें । तर राजनीतिकस्तरको कुरालाई प्रशासनिक कुराले ह्याण्डल गर्न सक्दैन नि । त्यसकारण मैले अलग हुनु नै ठिक ठानेर राजीनामा गरें ।’ पूर्व स्वास्थ्य सचिव समेत रहेकी उनले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सल्लाहकार समेत रहेकी थिइन् ।

शपथ ग्रहणपछि स्वास्थ्य मन्त्री डा. शर्माले सम्हालिन् कार्यभार, तस्बिरहरु

काठमाडौं।  नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् ।

पदभार ग्रहण गरेलगत्तै मन्त्री शर्माले आफ्नो पहिलो निर्णयको रूपमा जेन-जी आन्दोलनबाट प्रभावित घाइतेहरूसहित सबै व्यक्तिहरूका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छन् ।

सुनारले मन्त्री बन्न पाएनन्, श्रेष्ठले चाहेनन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गर्दा अन्तिम घडीमा दुई प्रस्तावित मन्त्री शपथको सूचीबाट बाहिरिएका छन् । राष्ट्रपति समक्ष चार जनाको नाम पठाइएको भए पनि अन्ततः दुई जनाले मात्र शपथ ग्रहण गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीका रूपमा बब्लु गुप्ताले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनीहरुले पदभार ग्रहण समेत गरिसकेका छन् । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि सिफारिस भएका दलित अभियन्ता खगेन्द्र सुनार विवादमा तानिँदा उनको नाम अन्तिम क्षणमा सूचीबाट हटाइयो । संस्कृति क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका गणपतिलाल श्रेष्ठले मन्त्रालय फेरिएपछि स्वयं जिम्मेवारी अस्वीकार गरे ।

श्रेष्ठको अस्वीकार : संस्कृति अभियन्ता भएर भूमि मन्त्रालय चलाउन सक्दिनँ
प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन् । तर पछि मन्त्रालय परिवर्तन गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने निर्णय भएपछि श्रेष्ठले सो प्रस्ताव अस्वीकार गरे । श्रेष्ठका अनुसार, शनिबार रातिसम्म प्रधानमन्त्री र अन्य मन्त्रीहरूसँगको छलफलमा आफू पर्यटन मन्त्री बन्ने कुरा पक्का भएको थियो । तर आइतबार बिहान सञ्चारमाध्यममार्फत आफ्नो नाम भूमिमन्त्रीका रूपमा देखेपछि उनले असन्तुष्टि जनाए ।

‘मसँग कुनै परामर्श नगरिकन मन्त्रालय फेर्ने निर्णय भएको सुन्दा आश्चर्य लाग्यो’, श्रेष्ठले भने, ‘२४ वर्षदेखि संस्कृति र सभ्यता संरक्षणमा लागिरहेको व्यक्तिलाई भूमि मन्त्रालयमा पठाउनु उपयुक्त ठह्रिँदैन । म मन्त्री बन्नेभन्दा संस्कृति अभियन्ता भएर काम गर्न रुचाउँछु ।’ श्रेष्ठले गुठीसम्बन्धी आन्दोलनमा सक्रियता देखाएका कारण उनलाई भूमि मन्त्रालय उपयुक्त ठानेको सरकारी तर्कबारे पनि असहमति जनाए । ‘गुठी भनेको भूमि होइन, संस्कृति हो’, उनले स्पष्ट पारे ।

सुनार विवादमा परेपछि नाम हटाइयो
श्रम मन्त्रालयका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाम पनि अन्तिममा फिर्ता लिइएको छ । दलित समुदायबाट मन्त्री बन्ने सम्भावना उच्च देखिएका सुनारविरुद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा मुद्दा रहेको तथ्य बाहिरिएपछि प्रधानमन्त्रीले उनको नाम फिर्ता लिएको बताइएको छ ।

अन्ततः दुई मन्त्रीको मात्र शपथ

प्रधानमन्त्री कार्यालयले दिउँसो साढे दुई बजे सबै चार जनालाई शपथ गराउने तयारी गरेको थियो । तर विवाद र अस्वीकृतिका कारण अन्ततः दुई जनाले मात्र शपथ ग्रहण गरे । यस घटनाले मन्त्रिपरिषद् विस्तारको प्रक्रियामा प्रधानमन्त्री कार्कीले सामना गर्नुपरेको आन्तरिक चुनौती उजागर भएको विश्लेषकहरूको टिप्पणी छ ।

 

 

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेनजी आन्दोलनका प्रभावितलाई मनोपरामर्श

काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले शपथ लगतै पदभार ग्रहण गरेकी छिन्। शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन् । पहिलो निर्णयका रूपमा मन्त्री शर्माले जेनजी आन्दोलनबाट प्रभावित घाइतेलगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन्। शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए।

स्वास्थ्य क्षेत्रमा जीवनको तीन दशक बढी समय बिताएकी डा. सुधा शर्मा फेरि सिंहदरबार फर्किएकी हुन् । यस पटक सचिव होइन, स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी मन्त्री बनेकी हुन्। वि.सं. २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेकी डा. शर्माले कार्यकाल बाँकी छँदै राजनीतिक हस्तक्षेप र अस्वस्थ वातावरणलाई कारण देखाउँदै राजीनामा दिएकी थिइन्।

‘संवेदनशील’ घडीमा डा. सुधाको फेरि सिंहदरबार ‘इन्ट्री’

काठमाडौं । स्वास्थ्य क्षेत्रमा जीवनको तीन दशक बढी समय बिताएकी डा. सुधा शर्मा फेरि सिंहदरबार फर्किएकी छन् । यस पटक सचिव होइन, स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी मन्त्री बनेकी हुन् । वि.सं. २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेकी डा. शर्माले कार्यकाल बाँकी छँदै राजनीतिक हस्तक्षेप र अस्वस्थ वातावरणलाई कारण देखाउँदै राजीनामा दिएकी थिइन् ।

तत्कालीन स्वास्थ्य मन्त्री राजेन्द्र महतो र उमाकान्त चौधरीले ‘अनावश्यक दबाब’ दिएको भन्दै उनले सरकारी सेवाबाट अलग हुने निर्णय लिइन् । पद छोडेपछि उनी संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुख (A–५ तह) का रूपमा कार्यरत भइन् ।

त्यसअघि र पछि पनि उनी विभिन्न सरकारी, अन्तर्राष्ट्रिय र परामर्शदातृ भूमिकामा सक्रिय रहिन् । उनी नेपाल चिकित्सक संघ (NMA) की पहिलो र अहिलेसम्मकी एक मात्र महिला अध्यक्ष हुन् । बागी उम्मेदवारका रूपमा निर्वाचित डा. शर्माले २०६२/६३ को जनआन्दोलनका बेला चिकित्सक र अन्य पेशेवरहरूको साझा संस्था ‘पापड’ (Professional Alliance for Peace and Democracy) की अध्यक्षका रूपमा आन्दोलनको नेतृत्व गरेकी थिइन् । आन्दोलनका घाइतेहरूको उपचार समन्वय गर्ने जिम्मेवारी उनले नै सम्हालेकी थिइन् ।

डा. शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ (Gynecologist) हुन् । उनले नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम (NHSP–II), सुरक्षित मातृत्व कार्यक्रम, र नवजात शिशु स्वास्थ्य रोडम्याप २०३० को नीति निर्माणमा योगदान पुर्‍याएकी छिन् । उनले पछिल्लो समय सेफ मदरहुड तथा न्युनबर्न हेल्थ रोडम्याप २०३० तयार पार्न स्वास्थ्य मन्त्रालय र डीएफआईडीसँग सल्लाहकारका रूपमा काम गरेकी थिइन् ।

उनले युकेस्थित रोयल कलेज अफ ओब्स्टेट्रिसियन एण्ड गायनाकोलोजिस्ट्स बाट फेलोशिप प्राप्त गरेकी छन् । जनस्वास्थ्यमा स्नातकोत्तर गरेकी उनी नेपाल, भारत र बेलायतमा अध्ययन गरेर फर्किएकी विशेषज्ञ हुन् । डा. शर्माले विभिन्न अन्तर्राष्ट्रिय निकाय—डब्लुएचओ, युएनएफपीए, युनिसेफ, र अन्य संस्थामा सल्लाहकारका रूपमा योगदान पुर्‍याएकी छिन् । उनी दक्षिण एशियाली महासंघकी अध्यक्ष, एशिया ओसियाना महासंघको शिक्षा समितिकी अध्यक्ष र नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (NESOG) की पूर्व अध्यक्ष समेत हुन् ।

एफआईजीओ वुमन अफ द इयर अवार्ड सहित उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । उनका सहकर्मीहरूले उनलाई ‘हक्की, निडर र बोल्ड निर्णय लिने’ नेतृका रूपमा चिन्ने गर्छन् । १४ वर्षअघि ‘राजनीतिक हस्तक्षेपले थकित’ भएर सिंहदरबारबाट बाहिरिएकी डा. शर्मा अहिले फेरि त्यही सिंहदरबारमा फर्किएकी छन्—देश चुनावको तयारीमा रहेको संवेदनशील घडीमा ।

‘यो केही महिनाको कार्यकालमा ठूलो परिवर्तन होइन, देशलाई सम्हालेर लैजाने जिम्मेवारी मुख्य हो’, मन्त्री बनेपछि उनले भनिन् । अब सबैको दृष्टि उनीमाथि छ—स्वास्थ्य क्षेत्रमा देखिएका संरचनागत समस्या, स्वास्थ्यकर्मीको मनोबल, सेवा विस्तार र नीतिगत सुधारमा उनका कदम कतातिर जान्छन् भन्ने प्रश्नमा । राजनीतिक दबाबकै कारण सचिव पद छोडेकी तर व्यावसायिक प्रतिबद्धताका कारण फेरि जिम्मेवारी सम्हाल्न तयार भएकी डा. सुधा शर्मा अहिले सिंहदरबारको ‘घुम्ने मेच’ मा दोहोरिएको इतिहास लेख्दै छिन् ।

अर्थमन्त्रीलाई स्थानीय सरकारको ११ बुँदे माग : मितव्ययिताको स्वागत, अधिकार कटौती भए प्रतिवाद

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयुक्त रूपमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटी स्थानीय सरकार सञ्चालनका विषयमा ११ बुँदे ध्यानाकर्षण गराएका छन् । आइतबार अर्थ मन्त्रालय पुगेर महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे र संघका अध्यक्ष भिमप्रसाद ढुंगानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै अर्थमन्त्री खनालले स्थानीय सरकारका मागप्रति सरकार संवेदनशील रहेको र व्यावहारिक मागहरू कार्यान्वयनमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । संयुक्त महासंघले बुझाएको पत्रमा अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको मितव्ययिता सम्बन्धी विज्ञप्तिको स्वागत गर्दै तीन तहका सरकारले खर्चमा संयम र प्राथमिकता पुनर्निर्धारण गर्नुपर्नेमा सहमति जनाएको उल्लेख छ । तर, संघ–महासंघले मितव्ययिता लागू गर्ने नाममा स्थानीय तहको संवैधानिक अधिकार कटौती हुन नहुने चेतावनी पनि दिएका छन् ।

ध्यानाकर्षण पत्रमा अन्तरिम सरकारको प्रमुख दायित्व निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्नु रहेको र स्थानीय तहले त्यसका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । जेनजी आन्दोलनका क्रममा जनप्रतिनिधिमाथि भएको दबाब, आगजनी र तोडफोड जस्ता घटना रोकथाम गरी दोषीलाई कानुनी दायरामा ल्याउन पनि माग गरिएको छ ।

त्यसैगरी, स्थानीय तहमा मितव्ययी अभ्यासको रूपमा अस्थायी तथा करार कर्मचारी घटाउने, अनावश्यक भ्रमण नियन्त्रण गर्ने र नीति–कार्यक्रम पुनःप्राथमिकिकरण गर्ने सुझाव दिइएको छ । अर्थ मन्त्रालयको विज्ञप्तिको बुँदा ५० (ज) ले करार सेवासम्बन्धी द्विविधा सिर्जना गरेको भन्दै अत्यावश्यक सेवा प्रभावित हुन नदिन स्पष्टता मागिएको छ । साथै, संघीय संसदले स्वीकृत गरेका समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान कटौती नगर्न तथा तीन करोड रुपैयाँभन्दा कमका आयोजना रोकिएको भए त्यसबारे स्पष्ट जानकारी दिन पनि आग्रह गरिएको छ ।

तीन तहका सरकारबीच समन्वय र स्वायत्तताको सम्मानका लागि अन्तरसरकारी वित्त परिषद्को बैठक शीघ्र बोलाउन र सम्बन्धित कानुनी संयन्त्र सक्रिय पार्न महासंघले आग्रह गरेको छ । संयुक्त ध्यानाकर्षण पत्रमा सरकारले प्रमुख प्रशासकीय अधिकृत हटाउने निर्णयलाई समर्थन गर्दै खटाइएका कर्मचारी कार्यस्थलमा नपुगेको कारण सेवाप्रवाह अवरुद्ध हुन नदिन कडाइका साथ कार्यान्वयन गर्न माग गरिएको छ ।

आन्दोलनका क्रममा जलेका कार्यालय तथा सवारी साधनका कारण सेवा प्रवाह प्रभावित भएको भन्दै पुनःनिर्माण र सवारी व्यवस्थापनका लागि स्रोत साझेदारीको आग्रह गरिएको छ । स्थानीय तहले आफ्नै आन्तरिक स्रोतबाट सञ्चालन गर्ने कार्यक्रमहरूमा अर्थ मन्त्रालयका परिपत्रले अवरोध नगर्न चेतावनी पनि दिइएको छ । संघ–महासंघले निष्कर्षमा भनेको छ, ‘मितव्ययिता आवश्यक छ, तर मितव्ययिताको नाममा स्थानीय सरकारको स्वायत्तता र सेवा प्रवाहमा अंकुश लगाउन खोजिए त्यसको प्रतिवाद गरिनेछ ।’

 

तेस्रो पटक मन्त्रिपरिषद विस्तार, अझै अपूर्ण

काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद तेस्रो पटक विस्तार भएको छ । कार्कीले आज (आइतबार) थप दुई मन्त्री नियुक्त गरेकी हुन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्ता र डा. सुधा शर्मा गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको रुपमा शपथ दिलाए । यससँगै मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।

आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ समेत मन्त्री हुने भनिएपनि उनीहरुबारे विवाद बाहिरिए पनि शपथ रोकिएको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले यसअघि भदौ ३० गते र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

भदौ ३० गते रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई मन्त्री बनाएकी कार्कीले असोज ६ गते अनिल कुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री बनाएकी थिइन् । कार्कीले पहिलो पटक मन्त्रिपरिषद् गठन गर्दा रामेश्वरप्रसाद खनाललाई अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा ओम प्रकाश अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाएकी थिइन् ।

दोस्रो पटक विस्तार गरेर मन्त्रिपरिषद् ८ सदस्यीय बनाउँदा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, मदन परियारलाई कृषि तथा पशुपंक्षी विकास, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि तथा महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिएकी थिइन् । त्यतिबेला अर्यालयको जिम्मेवारी गृहमा मात्रै सीमित गरिएको थियो । ‘एकाध महत्वपूर्ण मन्त्रालयमा मन्त्री थपिन सक्छन्’ प्रधानमन्त्री कार्कीको सचिवालय सम्वद्ध स्रोतले भन्यो, ‘अब प्रधानमन्त्रीको नेतृत्वमा यही टिमले नै निर्वाचनसम्म काम गर्नेछ ।’

दोस्रो संविधानसभा निर्वाचन गराउने प्रयोजनका लागि १२ वर्षअघि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा १२ जना मन्त्री थिए । त्यतिबेला सबैजसो व्यक्तिहरु पूर्व–प्रशासन पृष्ठभूमिका थिए भने अहिले पनि १२ जनासम्म मन्त्री बनाउने तयारी छ । अहिलेसम्मको उपस्थिति हेर्दा सरकारमा महिला, आदिवासी, दलित एवं मधेशी समूदायको प्रतिनिधित्व भएको देखिन्छ । बब्लु गुप्तालाई मन्त्री बनाएपछि जेन–जी आन्दोलनकर्मी र मधेशी समूदायको प्रतिनिधित्व भएको देखिन्छ । यसअघि मधेशी दलित समूदायबाट रामजी रामको नाम चर्चामा रहे पनि अहिले भने नाम समावेश छैन ।

 

नव नियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नव नियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नव नियुक्त दुई मन्त्रीहरूले शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।

शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् । उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री सिफारिस गरिएको थियो । खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो । सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रुपमा प्रधानमन्त्री सिफारिस गरेकी थिइन् ।

अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो ।

अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए । मिलिन्द कुमारले अविजित ७० रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । लिग–२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थानमा छ ।

पाँच खर्ब ४० अर्बको वैदेशिक व्यापार, करिब चार खर्ब घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात–निर्यात दुवै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात यो अवधीमा १९.७९ प्रतिशतले बढेको हो ।

२०८१/८२ को पहिलो त्रैमासमा ३ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागकाअनुसार चालु आ.व.को पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो भएको यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैँया बराबरको निर्यात भएको थियो । पहिलो त्रैमासमा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

समीक्षा अवधिमा झन्डै १३ प्रतिशतले ब्यापार घाटा बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ३ खर्ब ९५ अर्ब ब्यापार घाटा देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो । चालु आ.व.को समीक्षा अवधीमा आयाततर्फ नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ ।

निर्याततर्फ चालू आवको समीक्षा अवधीमा ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात गरेको छ । यस अवधिमा नेपालले ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.१८ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । –न्युज एजेन्सी नेपाल

 

लोकतन्त्र खोस्ने प्रयास हुँदैछ : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै रहेको दावी गरेका छन् । गोरखामा आयोजित कार्यक्रममा प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मुद्दा माओवादीले मात्रै बोक्न सक्ने बताए । ‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ । अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ’, प्रचण्डले भने ।

‘अब जेन–जी युवाहरूसँग हाम्रो छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ’, प्रचण्डले भने । प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे । ‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो । सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु । चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन’, उनले भने । कार्यक्रममा प्रचण्डले सबै कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भने, ‘अहिले पनि प्रतिगामी खतरा कायम छ । तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन् । त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ ।’

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीका घटना जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीहरूलाई काम कारबाही गर्न रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन दायर गरेका हुन् ।

उनले कार्की र शर्मामाथि जाँचबुझको विषयवस्तुवारे सार्वजनिक धारणा र दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रह देखाएको आरोप लगाएका छन् । उनले अन्तरिम आदेशमार्फत पदाधिकारीहरूलाई काम गर्न रोक लगाउनु पर्ने माग गरेका छन् । जाँचबुझ आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्नेमा घटनाका बारेमा पहिले नै धारणा सार्वजनिक गरिसकेकाले उनीहरूबाट पूर्वाग्रहरहित रुपमा काम हुन नसक्ने जिकिर रिट निवेदनमा छ ।

उनले आयोगका अर्का सदस्य विशेश्वर भण्डारीविरुद्ध समेत निवेदन दर्ता गरेका छन् । आयोगका दुई पदाधिकारीहरू पूर्वाग्राही र विषयवस्तुवारे तटस्थ नभएको अवस्थामा भण्डारीले समेत त्यसमाथि प्रश्न उठाउन नसकेको आरोप रिटमा उल्लेख छ । जेनजी आन्दोलनपछि भएको जनधनको क्षतिवारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र संयुक्त राष्ट्रसंघीय नियोगहरूमा काम गरेका अधिवक्ता विशेश्वरप्रसाद भण्डारी सदस्य छन् । आयोगका आगजनीबाट क्षतिग्रस्त भएको पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवालय स्थापना गरेर काम गरिरहेको छ ।

 

 

सुनारसँगै रोकियो गणपतिलालको पनि शपथ

काठमाडौं । मन्त्री नियुक्तिको लागि सिफारिस भएका दुई जनाको शपथ रोकिएको छ । भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ पनि विवादमा मुछिएको भन्दै शपथ नहुने भएको स्रोतले जनाएको छ । सुरूमा पर्यटनमन्त्रीमा चर्चा गरिएका श्रेष्ठको पछि मन्त्रालय हेरफेर गरिएको थियो । उनको शपथ रोकिनुको कारणबारे विस्तृत खुलिसकेको छैन ।

यसअघि श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनारका विभिन्न काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि उनको पनि शपथ ग्रहण नहुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सुनारसहित चार जनालाई मन्त्री बनाउने र आजै शपथ गराउने तयारी गरेकी थिइन् ।
तर, स्वास्थ्यकर्मीमाथि हातपात र साइबर अपराध मुद्दामा फरार सूचीमा रहेका सुनारको शपथ रोकिने भएको हो । प्रधानमन्त्री कार्कीले सुनालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने तयारी गरेकी थिइन् । आज बब्लु गुप्ता र सुधा शर्मा गौतमको मात्र शपथ हुने भएको हो ।

सुनारलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उत्तिकै महत्व रहेको श्रम मन्त्रालयको जिम्मा दिंदा अन्तर्राष्ट्रिय स्तरमा समेत देशकै गरिमामाथि आँच आउने भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री कार्की पछि हटेको स्रोत बताउँछ । आफूलाई दलित अभियन्ताका रुपमा चिनाउने र दलित अधिकारका लागि विवादित अभिव्यक्ति दिँदै आएका सुनारविरुद्ध सर्वोच्च अदालतदेखि दुई जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा विचाराधीन छ भने सुर्खेत जिल्ला अदालत र काभ्रे जिल्ला अदालतबाट आपराधिक घटनामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको छ ।

अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा सुनारविरुद्ध प्रहरीले सरकारी वकिलमार्फत दायर गरेको साइबर अपराधको मुद्दा जिल्ला अदालत काभ्रेमा विचाराधिन छ । अदालत स्रोतका अनुसार उनलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेकोमा उनी उपस्थित भएका छैनन् । काभ्रे प्रहरीले गत २ साउनमा उनीविरुद्ध मुद्दा दायर गरेको छ । सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा परेपछि सुनारले अधिवक्ता गौतमविरुद्ध फेसबुकमा गालीगलौच गरेर लेखेका थिए । त्यसविरुद्ध उनले साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

ब्यूराले अधिवक्ताको ठेगानाका आधारमा काभ्रेमा पठाएको थियो । साइबर ब्यूरोमा असार ३ गते जाहेरी परेको हो । जसको दर्ता नम्बर ४३३ छ । त्यस्तै अदालतमा दायर भएको मुद्दा नम्बर ०८२–सी २–००१ रहेको स्रोत बताउँछ । उनीविरुद्ध सुर्खेतमा पनि फौजदारी मुद्दा लागेका छन् । सुनारविरुद्ध जिल्ला अदालत सुर्खेतबाट मेहेलकुना अस्पताल तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । अदालतको मु.र.नं. ७८–०८०–०२१४१ र मु.नं. ०८०–ऋ१–०५२२ अनुसार गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको उजुरीमा दायर मुद्दा मिति २०८१ असार १४ गते अदालतमा पुगेको थियो । त्यसको आधारमा अदालतले असार २१ गते ७ दिने पक्राउ पुर्जी जारी गर्दै दैलेख प्रहरी कार्यालयलाई फरार अभियुक्तलाई पक्राउ गरी उपस्थित गराउन आदेश दिएको पक्राउ पुर्जीमा उल्लेख छ ।

पुर्जीमा उल्लेख भएअनुसार, दैलेख जिल्ला नारायण नगरपालिका–२ भैसेखोर निवासी ३१ वर्षीय खगेन्द्र सुनार, डिलबहादुर सुनारका नाति र कमान सिंह सुनारका छोरा हुन् । सुनार हालसम्म पक्राउ परेका छैनन् र अदालतले उनलाई खोजी गर्न निर्देशन दिएको छ । सुनारमाथि अर्को मुद्दामा पनि साइबर ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । केही महिना अगाडी उनले फेसबुकमार्फत सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालविरुद्ध गम्भीर आरोप लगाएका थिए ।

सुनारले सामाजिक तथा जातीय सद्भावलाई खल्बल्याउने उद्देश्यसहित बैतडीको डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण काजी कोलीलाई मन्त्री पालको गाडीले किचेर हत्या गरेको दाबी गरेका थिए । तर प्रहरी अनुसन्धानले उक्त दाबीलाई असत्य ठहर गरेको थियो । ती किशोरको मृत्यु गत साउन १७ गते बालुवा संकलनका क्रममा विद्युत पोल छुँदा करेन्ट लागेर भएको प्रहरीले जनाएको थियो । मृतक परिवारले भोलिपल्टै शव बुझिसकेका थिए ।

सोही प्रकरणमा मन्त्री पालका छोरा मुकेश पालले खगेन्द्र सुनारविरुद्ध तथ्यहीन आरोप लगाएर चरित्रहत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका थिए । उक्त उजुरी आवश्यक कारबाहीका लागि साइबर ब्युरोमा पठाइएको थियो । सुनार बैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा प्रहरी हिरासत बसेको समेत खुलेको छ । सुरुमा नेपाल बिद्यार्थी संघका कार्यकर्ता रहेका सुनार केही समय सञ्चारकर्मी समेत बनेका थिए। पछिल्लो समय दलित अभियन्ताको नाममा अराजक गतिविधिमा संलग्न हुँदै आएका छन् ।

फरार सूचीमा रहेको र विभिन्न आपराधिक कृयाकलापमा संलग्न रहेका सुनारको नाम अन्तिम समयमा आएर मन्त्रीको सूचीबाट हटेको बालुवाटार स्रोत बताउँछ । उनलाई मन्त्री बनाउँदा प्रधानमन्त्री कार्कीको मात्र नभई देशकै इज्जतमा दाग लाग्ने देखिएपछि उनको नाम हटाइएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको नाम शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाए पनि अन्तिममा सुनारको नाम काटिएको हो ।

 

 

 

सिफारिस चारमध्ये दुई मन्त्रीको मात्रै शपथ हुने

काठमाडौं । नयाँ मन्त्रीका लागि सिफारिस भएका चार जनामध्ये दुई जनाको मात्रै आज (आइतबार) शपथ हुने भएको छ । सिफारिस भएका चारमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ आज नहुने भएको स्रोतले जानकारी दिएको छ । बब्लु गुप्ता र सुधा शर्मा गौतमको भने शपथ हुने भएको हो । सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने गरी राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

सुनारको नाममा चौतर्फी विवाद भएपछि प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरेकी थिइन् । छलफलपछि सुनारसहित श्रेष्ठको पनि शपथ रोकिएको हो । ‘बिहान नाम समावेश भएर आएको थियो । अहिले प्रधानमन्त्रीका स्वकीय सचिव आएर प्रधानमन्त्रीले शपथ नगराउने जानकारी गराउनु भयो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो । यता प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने सुनारको नाम मन्त्रीको लिस्टमा समावेश नै नरहेको दाबी गरेका छन् । तर उनको यो दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।

दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएपछि सञ्चार माध्यमहरूमा समाचार आएका थिए । स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

२०८१ असार १४ मा दायर भएको मुद्दा मा अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु’ भदै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो । २०८१ मङ्सिर २१ मा उनलाई पक्राउ गरेर उपस्थित गराइदिन भन्दै अदालतले पत्राचार गरेको थियो । सुनारविरुद्ध सुर्खेत स्थित गुर्भाकोट नागरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरी दिएका थिए । राष्ट्रपति कार्यालयले अहिले दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको छ । तर, सिफारिस भएका मन्त्रीको नाममा विवाद भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

 

 

मन्त्री बन्न लागेका सुनार कांग्रेसका सदस्य, कसले गर्‍यो सिफारिस ?

काठमाडौं । मन्त्री बन्ने सूचीमा नाम आएसँगै विवादमा तानिएका दलित अभियन्ता खगेन्द्र सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ । उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि हुन् । उनी दैलेख जिल्ला प्रतिनिधिसभा क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिका लागि विजयी भएका थिए । उनी पत्रकारिता पृष्ठभूमिबाट दलित अभियन्ता बनेका हुन् । नेपाल प्रेस युनियसनको साधारण सदस्य, नेपाल पत्रकार महासंघको साधारण सदस्य समेत रहेका सुनारले काठमाडौंका विभिन्न रेडियोमा काम पनि गरेका थिए ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले गरेका थिए सुनारलाई मन्त्रीमा सिफारिस
अभियन्ता सुनारलाई मन्त्री बनाउन पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सिफारिस गरेको खुलेको छ । स्रोतका अनुसार आइतबार साढे २ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरेका चार मन्त्रीमध्येका एक सुनार विभिन्न मुद्दामा फरार अभियुक्त हुन् । फौजदारी कसुरमा आरोपित रहेका सुनारलाई सिफारिस गर्ने व्यक्ति अरु नभएर न्यायालयका प्रमुख श्रेष्ठ हुन् । विश्वस्त स्रोतका अनुसार अन्तरिम सरकार निर्माणदेखि कसकसलाई मन्त्री बनाउने भन्नेसम्मको लबिङमा श्रेष्ठ सक्रिय छन् ।

उनैले सुनारलाई मन्त्री बनाउन जोडबल लगाएको खुलेको छ । कल्याण श्रेष्ठले भने आफू मन्त्री सिफारिस गर्ने पोजिशनमा नभएको बताएका छन् । उनले भने ‘मैले चिन्दै नचिनेको मान्छेलाई कसरी मन्त्री बनाउन भन्छु ? त्यसो त मैले बोक्नुपर्ने मान्छे नै होइन । मे के आधारले सिफारिस गर्छु ?’

 

 

मन्त्री नबन्दै विवादमा खगेन्द्र सुनार, छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि छनोट गरेको नाममा अझै छलफल गरिरहेकी छन् । कार्की नेतृत्वको सरकारको मन्त्री बन्नका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएसँगै उनले छलफल तीव्र बनाएकी हुन् । अहिले सुनारको विषयमा प्रधानमन्त्री र केही मन्त्रीले छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । सुनारविरुद्ध विभिन्न अभियोगको मुद्दा दर्ता भएको र प्रहरीको फरार सूचीमा पनि रहेको पाइएपछि अहिले उनको आलोचना भइरहेको छ ।

उनीविरुद्ध अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ । कार्कीले सुनारलाई श्रम रोजगारमन्त्रीमा सिफारिस गरेकी थिइन् । त्यस्तै डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपति लाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री बनाउन सिफारिस गरेकी थिइन् ।

ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाई प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले संयुक्त ‘शान्ति सम्झौता’ मा हस्ताक्षर गरेका छन् । थाइल्याण्ड–कम्बोडिया युद्धविराम सम्झौतापछि अमेरिकाले थाइल्याण्ड र कम्बोडियासँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न कागजातहरू हस्तान्तरण गरेको छ । ट्रम्पले फोनवार्ताको क्रममा जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको ‘द्वन्द्व’ पछि धेरै फोन कलहरू भएको र आफूले द्वन्द्व रोकेको दावी गरेका थिए ।

ट्रम्पले यो सम्झौता ‘दुबै देशका लागि ठूलो सम्झौता’ भएको बताएका छन् । ट्रम्प लामो समयदेखि चलिरहेको सीमा विवाद समाधान गर्न थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौताको हस्ताक्षर समारोहमा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका थिए । ट्रम्प मलेसिया आइपुग्दा उनको स्वागतमा परम्परागत नृत्यको आयोजना गरिएको थियो । उनी कलाकारहरूको समूहमा गएर उनीहरूसँगै नाचगान पनि गरेका थिए । ट्रम्पको व्यापारिक दबाबका कारण जुलाईको अन्त्यतिर थाइल्याण्ड र कम्बोडियाबीच पाँच दिनसम्म चलेको द्वन्द्वपछि युद्धविराम भएको हो । द्वन्द्वका क्रममा दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस् : जेनजी रेडफोर्स संयोजक तिमिल्सिना

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट जेनजी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गरेकी छन् । जेनजी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आईतवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् । उनले माओवादी केन्द्रमा पनि भ्रटाष्चार रहेको उल्लेख गर्दै सरकारले छानविन गर्नुपर्ने बताइन् ।

छानविनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहाललाई पनि जेल हाल्नुपर्ने उनको भनाई छ । उनले रेडफोर्सले भ्रष्टाचार विरुद्ध शंखनाद गरेर आवाज उठाउनले बताइन् । रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार नसहने उनको भनाई छ । उनले यो अब देश जेनजी रेडफोर्सले मात्रै बनाउने दाबी गरिन् । उनले जेनजी रेडफोर्स माओवादीको मात्रै नभएको बताउँँदै नेपालभरीका वामपन्थी, कम्युनिष्ट विचारधारा मन पराउने सबैलाई जोडिन आग्रह गरिन् ।

उनले भनिन्, ‘माओवादी केन्द्रमा भ्रष्टाचार नै छैन, भन्दिनँ म । भ्रष्टाचार छ, त्यो भ्रष्ट्राचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा उनीहरुलाई दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि तपाईहरुले जेल हाल्न सक्नुहुन्छ, यदि उहाँ दोषी देखिनु हुन्छ भने । रेडफोर्स भ्रष्टाचार विरुद्ध शंखनाद गरेर आवाज उठाउँछ । रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन ।’

जेनजी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानविन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिष्पर्धाबाट हुनुपर्ने, उच्च पदस्थ सबै व्यक्तिहरुको सम्पति छानविन हुनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, बन्द अवस्थामा लगायका उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने लगायतका माग अगाडि सारेको छ । – न्युज एजेन्सी नेपाल

 

चितवनमा ११ भारतीयसहित १३९ कैदीबन्दी अझै फरार

चितवन । जेनजी आन्दोलनपछि चितवन कारागारबाट भागेका १३९ जना कैदीबन्दै अझै फरार छन् । जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै नफर्किएको कारागार प्रमुख रवीन्द्रप्रसाद ढुंगानाले जानकारी दिए । फरार हुनेमा दुई बालबालिकासहित छन् ।

यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना यहाँ फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन् । यसअघि सम्पर्कमा आएकासमेत सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन भएकाहरुको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरुमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए ।

यसरी सम्पर्कविहीन भएकाहरुमा धेरै लागुऔषध र जबरर्जस्ती करणीका रहेको उनले जानकारी दिए । फरार भएकामध्ये दुर्लभ एक सिङ्गे गैंँडा चोरी सिकारीसमेत रहेका छन् । कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो ।

फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने उनले बताए । अरु नवलपरासी (वर्दघाट–सुस्ता)पूर्वसहित अन्य जिल्लाका रहेका छन् । हाल फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सबै एकाइमार्फत फरार कैदीबन्दीको खोजी भइरहेको बताए । उनले भने, ‘फरार व्यक्ति पक्राउ गर्न सबैको साथ र सहयोग आवश्यक छ ।’

 

मन्त्री बन्न लागेका खगेन्द्र सुनार दुई मुद्दाका ‘फरार’, उठ्यो न्यायिक र नैतिक प्रश्न

काठमाडौं । जिल्ला अदालत सुर्खेतबाट दुई फरक मुद्दामा फरार अभियुक्त घोषित खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने तयारीमा छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्दै गर्दा, सुनारको नाम मन्त्रीको सूचीमा परेको खबर सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

अदालतका अनुसार, सुनारविरुद्ध मेहेलकुना अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । अदालतको मु.र.नं. ७८–०८०–०२१४१ र मु.नं. ०८०–ऋ १–०५२२ अनुसार, मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको उजुरीमा २०८१ असार १४ गते मुद्दा दायर भएको थियो । त्यसका आधारमा अदालतले असार २१ गते ७ दिनभित्र पक्राउ गर्न आदेश जारी गर्दै दैलेख प्रहरी कार्यालयलाई सुनारलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो ।

अदालतका कागजातअनुसार, दैलेख जिल्ला नारायण नगरपालिका–२ भैसेखोरका ३१ वर्षीय खगेन्द्र सुनार, डिलबहादुर सुनारका नाति र कमान सिंह सुनारका छोरा हुन् । उनी अहिलेसम्म पक्राउ परेका छैनन् र अदालतले उनलाई फरार अभियुक्तका रूपमा सूचीकृत गरेको छ । तर सोही अभियुक्त अहिले मन्त्री बन्ने तयारीमा छन् भन्ने समाचार सार्वजनिक भएपछि कानुनी र राजनीतिक दुवै वृत्तमा आलोचना चर्किएको छ । एकातिर अदालतको आदेश बेवास्ता गर्ने व्यक्ति मन्त्री बन्ने तयारीमा हुनु कानुनी शासनको अपमान भएको भन्दै टिप्पणी भइरहेको छ ।

साइबर अपराध अनुसन्धान अन्तर्गत पनि परेका छन् सुनार
खगेन्द्र सुनारमाथि अर्को मुद्दा पनि छ—साइबर ब्युरोमा । केही महिनाअघि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालविरुद्ध गम्भीर र तथ्यहीन आरोप लगाएका थिए । उनले बैतडीको डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण काजी कोलीलाई मन्त्री पालको गाडीले किचेर हत्या गरेको दाबी गरेका थिए ।

तर प्रहरी अनुसन्धानले उक्त दाबीलाई पूर्ण रूपमा असत्य ठहर गरेको थियो । अनुसन्धानअनुसार, ती किशोरको मृत्यु गत साउन १७ गते बालुवा संकलनका क्रममा विद्युत पोल छुँदा करेन्ट लागेर भएको थियो । मृतक परिवारले पनि भोलिपल्टै शव बुझिसकेका थिए । त्यसपछि मन्त्री पालका छोरा मुकेश पालले खगेन्द्र सुनारविरुद्ध तथ्यहीन आरोप र चरित्रहत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गरेका थिए । उक्त उजुरी हाल साइबर ब्युरोमा छ र अनुसन्धान जारी छ । सुनारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दा समेत रहेको पाइएको छ । अधिवक्ता मनिषा गौतमले हालेको मुद्दामा गत असोज ६ गते पेसी तोकिएको भए पनि सर्वोच्च अदालत जलेपछि स्थगन भएको थियो ।

नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको फैसला चित्त नबुझेपछि सुनारले अदालतबाहिर वितण्डा मच्चाएका थिए । उनले अदालत परिसरमा हुलहुज्जत र गेटमा तोडफोड गर्नुका साथै न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरू दिएपश्चात गौतमले मानहानीको मुद्दा हालेकी हुन् । गत वैशाख २१ मा सो मुद्दा दर्ता भएको रेकर्ड गौतमले राखेकी छन् ।

सर्वोच्चले प्रतिवादी सुनारलाई झिकाउने आदेश दिएको थियो । सोपश्चात सुनारले सर्वोच्चकी न्यायधीस सपना मल्ल प्रधानलाई पनि उनले गालीगलोज गरेर लेखे । सोपश्चात अदालतले टिप्पणी उठाएर मुद्दा दर्ता गरेको थियो । गौतम सर्वोच्च गएपश्चात सुनारले उनलाई गालीगलौज गर्दै फेसबुकमा स्टाटस लेखे । उनले गौतमको तस्विर र फोन नम्बर समेत हालेर उनीविरुद्ध चारित्रिक लान्छना लगाएका थिए ।

पूर्व हिरासत र ठगी मुद्दा पनि
खगेन्द्र सुनार वैदेशिक रोजगारीमा ठगीसम्बन्धी उजुरीमा पहिले पनि प्रहरी हिरासतमा परेका थिए भन्ने विवरण सार्वजनिक भएको छ । उनीमाथि विदेश पठाउने नाममा रकम असुली गरेको आरोपमा केही समय प्रहरी नियन्त्रणमा राखिएको थियो ।

न्यायालय र सरकारबीचको असमञ्जस
फरार अभियुक्तका रूपमा अदालतले खोजी गर्न निर्देशन दिएको व्यक्तिलाई मन्त्री बनाउन लाग्नु सरकारको नैतिक प्रतिबद्धता र सुशासनको मापदण्डमाथि गम्भीर प्रश्न खडा भएको टिप्पणी विश्लेषकहरूले गरेका छन् । कानुनविद्हरूले अदालतको आदेश बेवास्ता गर्दै मन्त्री बन्नु न्यायालयको मर्यादामाथि ठाडो चुनौती भएको बताएका छन् ।

राजनीतिक विश्लेषकहरूको भनाइमा, ‘अदालतबाट फरार अभियुक्तलाई मन्त्री बनाउन खोज्नु भनेको कानुनी शासनलाई ठट्टा बनाउने हो । यस्तो निर्णयले सरकारको विश्वसनीयता मात्र होइन, सम्पूर्ण प्रणालीमाथि जनताको भरोसा कमजोर पार्छ ।’ सम्बन्धित पक्षहरूबाट भने आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।

महाराजगञ्जमा प्रहरीको हत्या आरोपमा थप पाँच जना पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाए । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ छन् ।

सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर पनि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् । उनीहरुले कुटपिट गरेर महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । महाराजगञ्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए । काठमाडौँ जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टस्काराम बिक छन् ।

काभ्रेको रोशी गाउँपालिका घर भएर बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान उत्तम थापालाई कुटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर धुम्बाराही बस्ने ६२ वर्षीय पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएर बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विकले असई रायको हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

महाराजगञ्जमा प्रहरीको हत्यामा संलग्न रहेर पछि पक्राउ परेकाहरू विरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । सुमित तितुङ र दीपक मगरलाई प्रहरीले असार ३१ देखी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न अरू ३ जना आरोपी चाहिँ कार्तिक ३ मा पक्राउ परेका हुन् ।

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३० हजार पर्यटक

गण्डकी । गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका आयोजना प्रमुख डा. रविन कडरियाले बताए । गत भदौमा भएको जेनजी प्रदर्शन र मौसमको अवरोधका कारण भारतीय पर्यटक आगमन घटेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०/८१ मा २८ हजार ७०५ र आव २०८१/८२ को असोजमा ३० हजार ७३२ जना पर्यटक यस क्षेत्रमा भित्रिएकामा जनाउँदै कडरियाले असोज र कात्तिकलाई मुख्य पर्यटकीय याम मानिने बताए । कात्तिकमा अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको उनले उल्लेख गरेका थिए । तिहार लगत्तै मुस्ताङसहित आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको आयोजना प्रमुख कडरियाले बताए । ‘यो याममा विदेशी पर्यटक पदयात्राका लागि यस क्षेत्रमा आउने गर्दछन् । गत कात्तिकमा ३३ हजार ३१० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए’, उनले भने ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि उल्लेख्य संख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका आयोजना प्रमुख डा. कडरियाले बताए । पर्यटकीय यामसँगै मुख्य चाडपर्व र बिदाको समय पनि पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको उनको भनाइ छ ।

यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिने आयोजना प्रमुख डा. कडरियाले बताए ।

बर्सात र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको संख्या घट्ने बताउँदै उनले अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने उल्लेख गरे । उनका अनुसार मुक्तिनाथसहित अन्य धार्मिक गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ । रासस

 

वार्ता असफल भए अफगानिस्तानसँग खुला युद्ध छेडिने पाकिस्तानको चेतावनी

काठमाडौं । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले छलफलबाट समस्या समाधान नभए अफगानिस्तानसँग खुला युद्ध छेडिने बताएका छन् । टर्कीको इस्तानबुलमा शनिबारदेखि दुई देशबीच दोस्रो चरणको वार्ता जारी छ । यो वार्ता सन् २०२१ मा तालिबानले काबुल कब्जा गरेपछिको सबैभन्दा खराब सीमावर्ती लडाइँपछि हिंसामा फर्कनबाट रोक्न पाकिस्तान र अफगानिस्तानले गरेको पछिल्लो प्रयास हो । बीबीसी उर्दुका अनुसार, सियालकोट सहरमा मिडियासँग ख्वाजा आसिफले कतार र टर्कीले धेरै इमानदारीका साथ अफगान तालिबानसँग छलफल चलाइरहेको बताए ।

‘हामीसँग विकल्प छ, यदि कुनै सम्झौता नभए हामीसँग उनीहरूसँग खुला युद्ध छ’, उनले पाकिस्तानबाट टेलिभिजनमा प्रसारित टिप्पणीमा भने, ‘तर, मैले देखेँ कि उनीहरू शान्ति चाहन्छन् ।’ पाकिस्तानी रक्षामन्त्रीले कतारमा वार्ता भएपछि कुनै घटना नघटेको पनि बताए । उनले भने, ‘जुन शर्तहरूमा उनीहरू शान्ति चाहन्छन्, ती बिस्तारै स्पष्ट हुँदै जानेछन् ।’

ख्वाजा आसिफले उनीहरूका सर्त आफूहरूका पक्षमा भए सम्झौता गरिने बताए । पाकिस्तान र अफगानिस्तानबीच सीमामा तनावपछि यसअघि कतारको दोहामा पहिलो चरणको वार्ता भएको थियो । पाकिस्तानी रक्षामन्त्रीले भने, ‘हामी ४० वर्षदेखि अफगानिस्तानका मानिसलाई शरण दिइरहेका छौँ र अहिले पनि ४० लाख वा त्योभन्दा केही कम अफगान यहाँ बसिरहेका छन् । ती मानिससँग हामी दोहामा कुरा गरिरहेका थियौँ, उनीहरू पूरै पाकिस्तानमा हुर्केका छन् ।’ यी दुई देशबीच युद्धविराममा सहमति बनेको छ ।

एकै दिन ११ हजार बढीले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपालीहरूको महान पर्व तिहारको बिदा सकिएर बजार खुलेसँगै सुनको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको भारी गिरावटको प्रभावस्वरूप आइतबार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो तिहारअघिको मूल्यभन्दा निकै कम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, तिहार बिदाअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावटले नेपाली बजारमा पनि ठूलो प्रभाव पारेको छ।

अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको थियो । ‘द फाइनान्सियल टाइम्स’ का अनुसार, मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको थियो । यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो, जसले विश्वभरका लगानीकर्ताहरूलाई चकित पारेको छ ।

गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,११३ डलरमा कारोबार भइरहेको थियो । सामान्यतया शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुने भएकाले सोमबारदेखि यसको थप प्रभाव देखिने अपेक्षा गरिएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गते चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ८० रुपैयाँ थियो ।

लगानीकर्तामा अन्योल : सुनको मूल्यमा आएको यो अप्रत्याशित गिरावटले लगानीकर्ताहरूमा अन्योल सिर्जना गरेको छ । लगातार नयाँ कीर्तिमान बनाइरहेको सुनको मूल्यमा यति ठूलो कमी आउनुले बजारमा नयाँ तरंग पैदा गरेको छ । आगामी दिनमा सुनचाँदीको बजार कता जान्छ भन्ने चासो सर्वत्र बढेको छ ।

 

नेपाल राष्ट्र बैंले आज ९० अर्ब निक्षेप तान्दै

काठमाडौँ । तिहार पछि पनि अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) आईतवार ९० अर्ब निक्षेप तान्दैछ ।

निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ मंसिर २१ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।
यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

 

अमेरिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा अमेरिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लिग–२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थान माथि छ ।

यस्तो छ अमेरिकाविरुद्ध नेपालको प्लेइङ–११

विदेशीको ‘ग्रान्ड डिजाइन’ ले देश भुङ्ग्रोमा गयो : दुर्गा प्रसाई

काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान’ का संयोजक दुर्गा प्रसाईले देशलाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत सुनियोजित रूपमा कमजोर बनाइएको दाबी गरेका छन् । आज (आइतबार) सम्पादकहरूसँग अन्तरक्रिया गर्दै उनले आफूले सुरु गरेको अभियान बैंकको ब्याज नतिर्ने बहाना नभई देशलाई लुटतन्त्रबाट बचाउने प्रयास भएको दाबी गरे ।

प्रसाईले देशमा राजसंस्था र हिन्दू राष्ट्र हटाउनु ‘ग्रान्ड डिजाइन’ को हिस्सा भएको दाबी गरे । उनले भने, ‘किन गिरिजाप्रसादले ‘ग्रान्ड डिजाइन’ भनिरहन्थे ? किन राजसंस्था र हिन्दू राष्ट्र हटाउनु परेको थियो ? यो खेल अहिले आएर प्रष्ट भयो ।’ उनले सिंहदरबार र सर्वोच्च अदालत जस्ता सम्पदामा आगलागी हुनुले व्यवस्था नै सकिएको संकेत गरेको टिप्पणी गरे । उनले हालैको ‘जेनजी’ आन्दोलनमा आफू सहभागी हुन खोज्दा रोकिएको र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिँदै भने, ‘उहाँले मलाई बचाउनु भयो, नत्र म थुनामा हुन्थें ।’ यद्यपि, उनले सिंहदरबारमा आगो लाग्दा बालेनका नगर प्रहरीले दमकल पठाउनुको साटो आन्दोलनकारीलाई पानी बाँडेको भन्दै आलोचना गरे ।

आफू ‘पढेलेखेको नभई भोगेको र बुझेको’ व्यक्ति भन्दै प्रसाईले एक रुपैयाँबाट आफ्नो व्यावसायिक साम्राज्य खडा गरेको बताएका छन् । ‘मलाई बैंकको ब्याज नतिर्न आन्दोलन गर्‍यो भनेर आरोप लगाइयो, तर आज म तपाईंका हातमा प्रमाण राखिदिन्छु,’ उनले भने, ‘म नेपालको सफल व्यवसायी हुँ, तर आफूलाई व्यापारी वा व्यवसायी भन्दिनँ ।’

उनले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण प्रस्तुत गर्दै २०८२ सालसम्मको विवरण देखाएका छन् उनले आफ्नो लगानीको बीएन्डसी मेडिकल कलेजले सबैभन्दा बढी विद्युत् खपत गरी नियमित महसुल तिरेको भन्दै कोशी प्रदेशबाट उत्कृष्ट उपभोक्ताको सम्मान पाएको र त्यो सम्मान आफू प्रहरी हिरासतमा हुँदा पाएको बताएका छन् । प्रसाईले आफ्नो आक्रोश केही सीमित व्यापारी र समूहप्रति लक्षित रहेको बताए । उनले केही मारवाडी समुदायका व्यापारीले बिजुली बालेर पैसा नतिर्ने तर आफू जस्ता व्यवसायीले नियमित भुक्तानी गर्दा पनि राज्यबाट अपहेलित हुनुपरेको गुनासो गरे ।

‘देशमा ४१ हजार मारवाडी परिवार छन्, मेरो विरोध सबैप्रति होइन । बर्माबाट लखेटिएका १६ परिवार छन्, जसले बर्मालाई नाङ्गो बनाए, अब नेपाललाई पनि त्यही गर्दैछन्,’ उनले भने । उनले आफूले देशको पक्षमा बोल्दा र गलत कार्यको विरोध गर्दा विभिन्न लाञ्छना खेप्नुपरेको पनि बताएका छन् । प्रसाईले आफ्नो अभियानको मुख्य जड बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर भएको बताए । ‘बैंकहरूले ७ प्रतिशत भनेर कागज गराउँछन् तर १६–१७ प्रतिशत ब्याज असुल्छन् । यसले गर्दा आम नागरिक, डाक्टर, पत्रकार र व्यवसायी ऋणको पासोमा परेका छन्,’ उनले भने । आफ्नो आन्दोलनकै कारण ब्याजदर ६ प्रतिशतमा झर्न बाध्य भएको र यसको फाइदा सम्पूर्ण नेपालीलाई पुगेको उनको दाबी थियो ।

प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । देश छोडेर जान भनियो भने पनि त्यसका लागि तयार भएको उनले बताए । प्रसाईंले भने, ‘तपाईंहरुले भन्नु हुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नु हुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’ आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।

‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं । सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।’ आफू ‘रेण्डम टाइपको मान्छे’ भएको भन्दै उनले आफ्नोबारे मूलधारका मिडियाले कहिल्यै राम्रो नलेखेको गुनासो गरे । ‘जानेर यहाँ आएँ, नजानेर यहाँ आएँ । तपाईंहरुले गाली गर्दैगर्दा पनि यहाँ आएँ,’ सम्पादकहरु समेत सहभागी कार्यक्रममा प्रसाईंले भने, ‘तपाईंहरुसँग लडेर आएको हो नि त । मेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेन नि, कहिल्यै लेखेन जीवनमा । मेरो नराम्रो लेख्यो, राम्रो कहिल्यै लेखेन ।’

चार मन्त्रीको शपथ साढे २ बजे, गणपतिलालको फेरियो मन्त्रालय

काठमाडौं । नव नियुक्त चार मन्त्रीको शपथ साढे २ बजे हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चार जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जनाएको छ । यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो । स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ । गणपतिलाललाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी गरिएको थियो । अन्तिम समयमा उनको मन्त्रालय हेरफेर गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

यस्तो छ मन्त्री बन्न लागेका चार जनाको पृष्ठभूमि

डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् । यसअघि सम्भावित स्वास्थ्य मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा थियो । त्यसअनुसार उनले पदबाट राजीनामा समेत दिएकी थिइन् । तर उनीमाथि अख्तियार दुरुयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा अनुसन्धान गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की पछि हटेकी थिइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही कात्तिक २ गते मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यद्यपि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी महिला पूर्वस्वास्थ्य सचिवलाई नै दिने निर्णय गरेकी छन् । यस्तै गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे गणपतिले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् । खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए ।

खगेन्द्र दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन् । ०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए ।

बब्लु गुप्ता सामाजिक कार्यक्रममा सक्रिय छन् । उनले कोभिडकालमा निःशुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरुलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन् ।