`

विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

महेन्द्रनगर । यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुशीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरे । त्यसपछि परिवारसहित सिङ्गो देश शोकमा डुब्यो । हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज बिहान महाकाली नदीस्थित भुजेला घाटमा अन्त्येष्टि गरियो ।

जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । त्यसपछि सशस्त्र प्रहरी बलको एक टुकडीले विपिनलाई सलामी अर्पण ग¥यो । इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल– हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपिनको हत्या गरिएको जनाइएको छ । विपिन जीवित नरहेकोबारे जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो ।

कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपीनलगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए । सोही क्रममा हमासको आक्रमणसँगै विपिनलाई हमासले अपहरण गरी लगेका थिए । विपिनको खोजीका लागि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा दबाब बढाइए पनि अन्ततः विपिन जीवित नभएको हमासले बताएको थियो ।

विभिन्न प्रक्रिया पुरा गरी सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पु¥याइएको थियो । भुजेलाघाटमा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशीले दागबत्ती दिए । नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेलाघाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए ।

राजदूत नेतृत्वको टोली शवसँगै काठमाडौँबाट विपिनको अन्त्येष्टीसम्म सहभागी भयो । विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहेको परिवारजनको भनाइ छ । शवयात्रामा जनप्रतिनिधि, इजरायली राजदूतसहितको टोली, विपिनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

 

 

नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

नवलपरासी । मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले दिएको जानकारीअनुसार यस रोगबाट हालसम्म ४४ जना सङ्क्रमित भएका छन् ।

कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार यस रोगबाट असोज ५ गतेसम्म १७ जना मात्रै सङ्क्रमित भएका थिए । “पछिल्लो २० दिनमा स्क्रब टाइफसबाट नवलपुरमा २७ जना सङ्क्रमित भएका छन्”, उनले भने, “स्क्रब टाइफसको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ ।” सङ्क्रमितमध्ये हालसम्म ३८ जना निको भइसकेका भन्दै सूचना अधिकारी सुवेदीले छ बिरामी अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।

जिल्लामा डेङ्गी सङ्क्रमण न्यून भए पनि स्क्रब टाइफस एक्कासि बढ्दै गएको भन्दै सुवेदीले यस रोगबारे सावधानी अपनाउनुपर्ने बताए । स्क्रब टाइफसका लक्षण डेङ्गीसँग मिल्दो जुल्दो भए पनि यो रोग मानव स्वास्थ्यका लागि डेङ्गीभन्दा ३० गुणा बढी घातक भएको उहाँले बताउनुभयो । यो रोग मानिसमा एक प्रकारको ‘माइट’ (किर्ना)ले टोक्दा ‘ओरेनसिया सुसुगामुसी’ भन्ने ब्याक्टेरियाबाट लाग्ने रोग भएको सुवेदीको भनाइ छ ।

कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहले विगतका वर्षमा स्क्रब टाइफस सामान्य रुपमा देखिएको भए पनि अहिले यो रोग एक हप्तामा १० जनामा देखिएपछि महामारी हुन नदिन सतर्कता अपनाइएको बताए । समयमै यसको उपचार हुन नसकेमा सङ्क्रमित बिरामीको ज्यान जानसक्ने जोखिम रहेको सिंहको भनाइ छ ।

यस रोगको विरुद्धमा कुनै पनि खोप उपलब्ध नभएको भन्दै उनले यो रोगबाट बच्ने उपाय भनेकै स्क्रब टाइफस सङ्क्रमित माइटको टोकाइबाट बच्नु भएको बताए । स्क्रब टाइफस रोग सार्ने माइटहरु स–साना बोट बिरुवाका झाडी तथा झाडीमा बस्ने मुसाका कानमा पाइने हुनाले सकेसम्म यस्ता झाडी भएका ठाउँबाट टाढा रहनु सिंहले सुझाव दिए।

घर बाहिर यस्ता ठाउँमा काम गर्नुपरेमा माइट निवारक स्प्रे प्रयोग गरेर काम गर्नुपर्ने सिंहको भनाइ छ । शरीरमा रातो बिबिरा आउने, टाउको दुख्ने, जिउ गल्ने, मांसपेसी दुख्ने, टोकेको ठाउँमा रातो दाग देखिने तथा १०४ डिग्री ‘फरेनहाइट’भन्दा बढी ज्वरो आउने यस रोगको लक्षण भएको उनले बताए ।

स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्ने भन्दै उनले दुखाइ कम गर्ने औषधि सेवन गर्न नहुने बताए । अस्पताल गएर चिकित्सकको परामर्शमा मात्रै औषधि खाएमा रोग निको हुने उनको भनाइ छ ।

शान्ति सुरक्षा र निष्पक्ष चुनावको चुनौती नै गृहमन्त्री : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देशमा शान्ति सुरक्षा र निष्पक्ष निर्वाचनको चुनौती नै गृहमन्त्री ओमप्रकाश अर्याल नै भएको आरोप लगाएका छन् । जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा भएको घुसपैठ र विध्वंस मच्चाउने नर्सरीको मुख्य माली गृहमन्त्री नै भएको आरोप लगाउँदै उनले यस्तो बताएका हुन् ।

अहिले पनि गृहमन्त्री अर्याल ईष्र्या, डाह, कुण्ठा र आक्रोशबाट बाहिर निस्किन नसकेको आरोप बर्तौलाको छ । सामाजिक सञ्जालबाट उनले भनेका छन्, ‘यिनी अहिलेसम्म पनि ईष्र्या, डाह, कुण्ठा र आक्रोश भन्दा बाहिर निस्कनै सकिरहेका छैनन् । उनी लुटिएका हतियारहरू खोज्दैनन्, प्रहरीको दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन्, भागेका कैदिबन्दीहरू कहाँ छन् चासो नै राख्दैनन्, हरेकदिन जसो हत्या र हिंसाको घटना घटिरहेका छन् । यसमा फिटिक्कै चिन्ता छैन बरु शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा, अराजकता र अस्थिरताको प्रवर्धनका लागी पुर्वप्रधानमन्त्री, पुर्वमन्त्री, शीर्ष नेताहरू र राजनीतिक दलहरू लाई भड्काउन , उत्तेजित बनाउन, इरिटेसन गर्न हर सम्भव बेलगाम झुटा अभिव्यक्ति र घातक क्रियाकलापहरू गरिरहेका छन् ।’

यही तरिकाले अगाडि बढेमा निर्वाचन तोकिएको समयमा सम्पन्न नहुने र गृहमन्त्रीको कुर्सीमा थप बसिरहन पाइने बुझाइ मन्त्री अर्यालको रहेको उनको आरोप छ । जनादेशबाट जिम्मेवारीमा पुगेको नभई जेन जी युवाहरूको भावना र आकाङ्क्षामाथि धोका दिँदै झुक्क्याएर गृहमन्त्री भएको उनको तर्क छ ।

तिहारमा टोपीको व्यापार नभएको व्यापारीको गुनासो

काठमाडौँ । यस पटकको तिहारमा ढाका टोपीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

काठमाडौंको न्युरोड, ललितपुरको पाटन लगायतका क्षेत्रमा तिहारको भाइटिकाका लागि ढाका टोपीको व्यापार हुने गरेको थियो । यस वर्ष गत वर्षजस्तो टोपीको व्यापार नभएको उनीहरुको गुनासो छ ।

सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएपनि जेनजी आन्दोलनको कारण धेरै शोकमा परेको हुँदा सोचेजस्तो व्यापार हुन नपाएको एक व्यवसायीले गुनासो गरे । आन्दोलनले गर्दा देश शोकमा परेको कारण पनि ढाका टोपीको व्यापार सुस्ताएको उनको भनाइ छ ।

काठमाडौंको न्युरोड, ललितपुरको पाटन, इन्द्रचोक, असन, ठमेललगायतका प्रमुख बजार क्षेत्रमा तिहारको भाइटिकाको अवसरमा ढाका टोपीको व्यापार विगतमा निकै फस्टाउने गरेको थियो । तर यस पटक गत वर्षको तुलनामा टोपीको व्यापार निकै कमजोर भएको व्यवसायीहरूको भनाइ छ ।

नेपालमा ढाका टोपी सांस्कृतिक पहिचानको एक महत्वपूर्ण हिस्सा मानिन्छ । दशैँ, तिहार, विवाह, व्रतवन्ध, तीज, छठलगायतका चाडपर्व र उत्सवहरूमा ढाका टोपीको प्रयोग व्यापक रूपमा हुने गर्छ । विशेषगरी तिहारको भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप ढाका टोपी दिने प्रचलनले यो समयमा टोपीको माग उच्च हुने गरेको छ ।

यद्यपि, यस वर्ष बजारमा सर्वसाधारणले सहजै खरिद गर्न सकिने गरी सस्तो मूल्यमा विभिन्न डिजाइन र गुणस्तरका ढाका टोपीहरू उपलब्ध भएपनि व्यापारले गति लिन नसकेको व्यवसायीहरू बताउँछन् । एउटा प्रमुख कारणको रूपमा व्यवसायीहरूले हालैको जेन—जी आन्दोलनलाई औंल्याएका छन्। आन्दोलनका कारण देशमा शोकको माहोल सिर्जना भएको र यसले उपभोक्ताहरूको मनोविज्ञानमा प्रभाव पारेको उनीहरूको बुझाइ छ ।

नेपालमा चाडपर्व दशैँ–तिहार, विवाह, व्रतवन्धलगायतका उत्सवहरुमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले भाजुभाईलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन अधिक रुपमा रहेको छ ।

 

कुटपिट गरी महिलाको हत्या, श्रीमान घाइते

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिट गरी एक महिलाको हत्या गरिएको छ । प्रहरीका अनुसार गए राति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् । विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएकामा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । गए राति १२ः३५ बजे प्रहरीलाई खबर आउना साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घटनामा संलग्न विश्वकर्मालाई पक्राउ गरेको हो । घरमै लुकिछिपी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । कुटपिटमा धारिलो हतियार समेत प्रयोग भएको स्थानीयले बताएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘महादशा’ बाट प्रमुख हिरो बन्दै प्रभात लामा

काठमाडौं । हाँस्य कलाकारितामा चर्चा बटुलिरहेका प्रभात लामाले अब फिल्मको हिरो बन्ने भएका छन् । उनले किरण नेपालीको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘महादशा’ मार्फत फिल्म क्षेत्रमा डेब्यु गर्ने भएका हुन् । कलाकार लामाका अनुसार लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने उक्त फिल्ममा उनी पूजा शर्माको जोडी बन्ने छन् ।

हाँस्य कलाकारबाट एकैचोटि ठूलो पर्दाको फिल्ममा मुख्य अभिनेताको भूमिका गर्ने अवसर पाउँदा लामा उत्साहित छन् । ‘सिनेमाको अफर आएपछि मनैले यो यात्रामा लाग्नुपर्छ भनेझैँ लाग्यो । अभिनय गर्दै आएको धेरै भए पनि ठूलो पर्दाको मुख्य पात्र बन्नु भनेको बिलकुलै नयाँ अनुभव हो’, प्रभातले भने, ‘त्यसैले उत्साहसँगै अलिकति नर्भस पनि छु ।’

फिल्मका लागि लामा र शर्मासँगै प्रमोद अग्रहरि, प्रेमा लामगाढे, हाकिम गुरुङ, उत्तम प्रधान, निरुता सिंह, श्याम मगर र रियर राईलगायत कलाकार फाइनल भइसकेको फिल्म निर्माण टिमले जानकारी दिएको छ । चर्चित र्‍यापर हाकिम गुरुङले पनि यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्दैछन् ।

राजे के. शाह, श्याम मगर र अमला देवी राईको लगानीमा बन्न लागको फिल्मको कार्यकारी निर्माता सुरज आचार्य हुन् । फिल्मको कथा तथा पटकथा मनीष गौतमले लेखेका हुन् । निर्देशक नेपालीले आफ्नो फिल्मले समाजका विविध तह, मानवीय चुनौती र जीवनका मोडलाई रोचक ढंगले पर्दामा उतार्ने बताएका छन् ।

चीनको कुल गार्हस्थ्य उत्पादन वार्षिक रूपमा ५.२ प्रतिशतले बढ्यो

चीन । पहिलो तीन त्रैमासिकमा चीनको कुल गार्हस्थ्य उत्पादन १०१.५ ट्रिलियन युआन ९लगभग १४.३ ट्रिलियन अमेरिकी डलर० भन्दा बढी पुगेको छ ।

तेस्रो त्रैमासिकमा, देशको कुल गार्हस्थ्य उत्पादन वर्ष–दर–वर्ष ४.८ प्रतिशतले विस्तार भएको छ । पहिलो तीन त्रैमासिकमा तृतीयक उद्योगले वर्ष–दर–वर्ष ५.४ प्रतिशतले विस्तार गरेको छ । जसले प्राथमिक उद्योगको ३.८ प्रतिशत र दोस्रो उद्योगको ४.९ प्रतिशतले वृद्धिलाई उछिनेको छ ।

त्रैमासिक आधारमा तेस्रो त्रैमासिकमा चीनको अर्थतन्त्र १.१ प्रतिशतले विस्तार भएको छ । वर्षको शुरुवातदेखि नै चीनको आर्थिक विकासले दबाबको सामना गर्दै कठिन जित हासिल गरेको उल्लेखनीय प्रगति हासिल गरेको एनबीएसका प्रवक्ताले बताए । आर्थिक सञ्चालनले समग्र स्थिर प्रदर्शन र स्थिर वृद्धि कायम राखेको छ ।

यस वर्षको पहिलो नौ महिनामा चीनको मूल्य अभिवृद्धि औद्योगिक उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले बढेको छ । सेप्टेम्बरमा, उत्पादन वर्ष–दर–वर्ष ६.५ प्रतिशतले विस्तार भएको छ । जसमा उत्पादन र खानी क्षेत्रहरूले तीव्र वृद्धि हासिल गरेका छन् ।

चीनको मूल्य अभिवृद्धि सेवा उत्पादन पहिलो तीन त्रैमासिकमा लगभग ५९.३ ट्रिलियन युआन पुगेको छ । जुन जीडीपीको ५८.४ प्रतिशत हो, जुन गत वर्षको सोही अवधिको तुलनामा ०.८ प्रतिशत बढी हो । चीनको उपभोग्य वस्तुहरूको खुद्रा विक्री पहिलो तीन त्रैमासिकमा वर्ष–दर–वर्ष ४.५ प्रतिशतले बढेर लगभग ३६.५९ ट्रिलियन युआनमा पुगेको छ ।

सेप्टेम्बरमा, उपभोग्य वस्तुहरूको खुद्रा बिक्री वर्ष–दर–वर्ष ३ प्रतिशतले बढेर ४.२ ट्रिलियन युआनमा पुगेको छ । जनवरी–सेप्टेम्बर अवधिमा देशको प्रतिव्यक्ति खर्चयोग्य आय ३२ हजार ५०९ युआन पुगेको छ । जुन मूल्य कारकहरू घटाएपछि वार्षिक रूपमा ५.२ प्रतिशतले वृद्धि भएको छ ।

चीनमा सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर पहिलो तीन त्रैमासिकमा औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर अगस्टदेखि सेप्टेम्बरमा ०.१ प्रतिशत बिन्दुले घटेर ५.२ प्रतिशतमा झरेको छ । चीनको स्थिर सम्पत्ति लगानी पहिलो तीन त्रैमासिकमा वर्ष–दर–वर्ष ०.५ प्रतिशतले घटेर लगभग ३७.२ ट्रिलियन युआनमा पुगेको छ ।

 

तिहारको चौंथो दिन गरियो गाई पूजा

काठमाडौं । नेपालीहरूको महान चाड तिहारको चौंथो दिन आज गाई पूजा गरेर मनाइँदैछ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन् । यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ ।

गौशालामा रहेको नन्दी सेवास्थलमा पनि गाई पूजा गर्नेको भीड छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरुको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्वपूर्ण प्राणी हो । आमाले आफ्ना सन्तानलाई दुध खुवाए जस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पुकारिने गरिन्छ ।

गाईबाट प्राप्त हुने दुध, दही, घ्यु, गहुँत, गोबर आदि प्राचिन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् । कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुने गर्छ । प्राचीनकालमा गाई सबैभन्दा महत्वपूर्ण चल सम्पती मानिन्थ्यो । पृथ्वी सबैको साझाका अभियन्ता आरवी न्यौपानेले नेपाल देवभूमि रहेको र देवभूमिमा गाईको अपमान भइरहेको बताए ।

मानिसमा धर्म सक्किँदा यो अवस्था आएको उनको भनाइ छ । गाईलाई दिइने खानेकुरा ल्याउन पनि पशुपति क्षेत्र विकास कोषले समस्या सिर्जना गरिरहेको गुनासो गरे । बेलुका ९ बजेपछि मात्रै ल्याउ भन्ने, बिहान ल्याउनै नदिने जस्ता समस्या रहेको बताए । गाईलाई बचाए मात्रै नेपालीको धर्म र संस्कृति बाँच्ने भन्दे सबै गाई बचाउने अभियानमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘आज यो विश्वको गुरुदेव, ऋषिभूमि, तपोभूमि र देवभूमि हो । यो देशमा गाईको अपमान भयो । जिउँदो देवतालाई । यो कसलाई दोष दिने ? गाईले आराध्यदेव पशुपतिनाथ पत्ता लगाइदिनुभयो । मानिसमा धर्म सक्कियो । अरुको भाग खोस्न मिल्दैन । गाईलाई चाहिने खानेकुरा पनि दिनुहुन्न । खानेकुरा ल्याउन नदिने अन्याय गरेको छ । गाईलाई बचाउने अभियानमा लाग्नुपर्छ । अन्तरिम सरकारका प्रधानमन्त्रीलाई म अनुरोध गर्दछु गाई कसरी बचाउने ? त्यसमा लाग्नुपर्छ । सरकार जुनसुकै आएपनि गाईको व्यवस्थापन हुन सकेको छैन ।’

गाईको संरक्षणमा लाग्दै आएकी हीरा पाण्डेले गाईलाई आमाकै रुपमा लिइने र जन्मदेखि मृत्यु पर्यन्तसम्म गाईको महत्व रहेको बताइन् । गाईमा ३३ कोटी देवताको नै बास हुने बताइन् । उनले भनिन्, ‘गाई आमाकै रुपमा लिन्छौँ । जन्मदेखि मृत्यु पर्यन्तसम्म रहन्छ । दीपावलीको बेला त महत्व छँदैछ । अरु दिन पूजा गरेको पनि साक्षात ३३ कोटी देवताको नै बास छ ।’ घरमा गाई नभएकाले पशुपतिको गौशाला र अन्य गाई पालन गरेका ठाउँमा गएर गाई पूजा गरेका छन् । —न्युज एजेन्सी नेपाल

कम्बोडियाली प्रधानमन्त्रीद्वारा देशकै ठूलो नयाँ विमानस्थलको उद्घाटन

काठमाडौँ । कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले सोमवार राज्यको सबैभन्दा ठूलो नयाँ विमानस्थल, टेको अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन् ।

जुन देशको उड्डयन विस्तारमा एक महत्वपूर्ण कोसेढुङ्गा हो । उद्घाटन समारोहमा बोल्दै हुन मानेटले २.३ अर्ब अमेरिकी डलरको विश्वस्तरीय विमानस्थलले पुरानो नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गरेको बताए । जुन पूर्ण रूपमा बन्द थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलले हवाई यात्रा र हवाई कार्गो ढुवानीलाई सहज बनाउनेछ । कम्बोडियाको क्षेत्र र विश्वसँगको सम्बन्धलाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरे। विमानस्थल राज्यको मुख्य यात्रु र रसद केन्द्र बन्ने बताए । प्रधानमन्त्रीकाअनुसार ४ किलोमिटर लामो धावनमार्ग भएको टिआइएले लामो दूरीको उडान र सबै प्रकारका विमानहरूको अवतरण गर्न सक्षम छ ।

विमानस्थल परियोजनाको काम २०२० मा शुरु भएको थियो । जसको ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन थियो । कम्बोडियामा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा छन् ।

कांग्रेस चुनावमा जान तयार छ : कार्यवाहक सभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने र त्यसका लागि तयार रहेको बताएका छन् । ‎‎उनले सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गरेका छन् । ‎‎मंगलबार बिहान वीरेन्द्रनगरमा आयोजित कांग्रेस सुर्खेतका पूर्व सभापति एवं जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति स्वर्गीय गोविन्दबहादुर मल्लको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै खड्काले वर्तमान राजनीतिक अन्योलका लागि सरकारलाई जिम्मेवार रहेको बताए ।

‎‎खड्काले भने, ‘कांग्रेस चुनावबाट भाग्दैन, चुनावको वातावरण सरकारले बनाउनु पर्छ । हामी चुनावका लागि तयार छौं । सरकारले वातावरण तयार गरोस् ।’‎‎ उनले कांग्रेस सधैँ लोकतान्त्रिक प्रक्रिया र जनमतको सम्मान गर्ने पार्टी भएकोले निर्वाचनका लागि जुनसुकै बेला तयार रहेको दोहोर्‍याए ।

खड्काले कुनै पनि प्रकारको कानुनी प्रक्रियाबाट हुने छानबिन तथा अनुसन्धानमा कांग्रेसको समर्थन रहने बताएका छन् । तर, वर्तमान सरकारमा रहेका व्यक्तिहरूबाट पूर्वाग्रही तरिकाले राजनीतिक दलका नेताहरूमाथि लाञ्छना लगाउने काम भइरहेकोमा उनले आपत्ति जनाए । ‘अहिले देशमा देखिएको अन्योललाई बढवा दिने काम पनि सरकारमा रहेका व्यक्तिहरूबाट भएको छ,’ खड्काले थपे ।

महाकाली किनारमा विपिनको दाहसंस्कार, घाटसम्मै पुगे इजरायली राजदूत

कञ्चनपुर । हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

महाकाली नदीको किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए। सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो।

अन्तिम संस्कारका क्रममा नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बास घाटसम्मै पुगेका थिए । विपिनको शरीरमा सम्मानस्वरुप इजरालको झण्डा पनि ओढाइएको थियो । त्यसक्रममा इजराली राष्ट्रपतिको शोक सन्देश वाचन गरेर सुनाइयो।

तेलअभिभबाट सोमबार फ्लाइ दुबईमार्फत् काठमाडौं आइपुगेको विपिनको शव साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी पुर्‍याइएको थियो। त्यहाँबाट धनगढी उपमहानगरको शव वाहनबाट भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरसम्म लगिएको थियो।

मंगलबार बिहान घरबाट समाधिस्थल, महाकाली भुजेलाघाटसम्म शवयात्रा निकालिएको थियो। शव यात्रामा पूर्व परराष्ट्रमन्त्री एनपी सावद, पूर्व सांसद तारा लामा तामाङ, इजरायली राजदूत बास र उनकी श्रीमती सहभागी थिए।

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च, मृतकका ५३ परिवारलाई राहत

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते र मृतक परिवारप्रति सरकारको राहत, उपचार र पुनर्स्थापनमा चासो बढ्दो छ । आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि सरकारले हालसम्म ४८ लाख ५८ हजार रुपैयाँ भैपरी खर्चबापत निकासा गरेको छ । मृतकका ५३ परिवारलाई भने १५ लाख रुपैयाँका दरले राहत तथा किरिया खर्च दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदन अनुसार प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले भैपरी खर्च दिइने निर्णयपछि गृह मन्त्रालयले पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकेको जनाएको छ । मन्त्रिपरिषद्ले असोज १२ गतेको बैठकमा घाइतेहरूलाई प्राविधिक समितिको वर्गीकरणका आधारमा राहत उपलब्ध गराउने निर्णय गर्दै तत्कालको लागि भैपरी खर्च दिने व्यवस्था गरेको थियो ।

घाइतेका लागि परिचयपत्र, क्लिनिक र हटलाइनको व्यवस्था
हालसम्म स्वास्थ्य मन्त्रालयले २,४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा बुझाइसकेको छ भने उनीहरूलाई सहज उपचारका लागि २,८७६ वटा परिचयपत्र वितरण गरिएका छन् । तीमध्ये ३८ वटा अस्पतालबाटै वितरण गरिएको छ । घाइतेहरूका लागि तोकिएका अस्पतालहरूमा ‘जेन–जी क्लिनिक’ सञ्चालनमा छन् । ती क्लिनिकमार्फत घाइतेको निःशुल्क उपचार भइरहेको छ । उनीहरूलाई निःशुल्क आवतजावतको व्यवस्था पनि मिलाइएको छ । थप उपचार तथा सहजीकरणका लागि हटलाइन र सम्पर्क व्यक्तिसमेत तोकिएको छ ।

स्वास्थ्य मन्त्रालयले घाइतेहरूको अवस्था हेरी दीर्घकालीन पुनस्र्थापनका लागि प्राविधिक समिति गठनको तयारीमा छ, जसमा घाइते प्रतिनिधिहरू पनि समावेश हुनेछन् । मन्त्रालयका अनुसार अहिलेसम्म एक अर्बभन्दा बढी रकम घाइतेको उपचारमा खर्च भइसकेको छ ।

मृतकका परिवारलाई १५ लाख राहत, केहीलाई हेलिकप्टरमार्फत शव व्यवस्थापन
गृह मन्त्रालयका अनुसार आन्दोलनका क्रममा ज्यान गुमाएका ५३ जना नेपाली नागरिकका परिवारलाई जनही १५ लाख रुपैयाँका दरले राहत वितरण गरिएको छ । तीमध्ये ४९ जनाले राहत प्राप्त गरिसकेका छन् भने बाँकी ४ जनालाई बुझाउने प्रक्रिया चलिरहेको छ । सरकारले मृतकका परिवारको अनुरोधअनुसार शव व्यवस्थापनका लागि दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत शव पुर्‍याएको छ । संखुवासभा, धनकुटा, सिरहा, सुनसरी र उदयपुरमा ६ जनाको शव हेलिकप्टरबाट सम्बन्धित परिवारको जिम्मा लगाइएको हो ।

स्मारक निर्माण र राष्ट्रिय शोक

शहीदको सम्मानमा सरकारले गत असोज १ गतेलाई राष्ट्रिय शोकको दिन घोषणा गर्दै सार्वजनिक बिदा दिएको थियो । त्यस दिन सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । मन्त्रिपरिषद्ले काठमाडौं उपत्यकामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय गरेको छ । यो कार्यको जिम्मा शहरी विकास मन्त्रालयलाई दिइएको छ, जसले प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

न्यायिक छानबिनका लागि आयोग गठन

आन्दोलनका क्रममा भएको दमन र क्षतिको निष्पक्ष छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा न्यायिक आयोग गठन गरेको छ । आयोगलाई घटनाका सबै पक्षबारे विस्तृत जाँच गरी प्रतिवेदन पेश गर्ने जिम्मा दिइएको छ ।

मृतक संख्या र पहिचान

जेनजी आन्दोलनमा हालसम्म ७६ जनाको मृत्यु पुष्टि भइसकेको छ। तीमध्ये ५३ जना नेपाली नागरिक, १० जना कैदी (कारागारबाट भाग्ने क्रममा मृत्यु), १ जना विदेशी नागरिक र नेपाल प्रहरीका ३ जना छन् । अझै १२ जनाको पहिचान खुलेको छैन । सरकारले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ । शहीद घोषणा प्रयोजनका लागि प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रमाण संकलन भइरहेको छ ।

 

 

प्रधानमन्त्रीले बोलाएको वैठकमा को–को हुँदैछन् सहभागी ?

काठमाडौँ । सरकारले आज बिभिन्न सात दलसँग छलफल गर्दैछ । प्रधानमन्त्री सुशीला कार्की उक्त संवादमा हुनेछिन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार आगामी निर्वाचनका सन्दर्भमा आज सात राजनीतिक दलसँग संवाद गर्न लागिएको हो । संवाद दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुने भएका छन् ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा पार्टीबाट उपसभापति वाग्ले र सचिवालय गौतम सहभागी हुने जानकारी दिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रधानमन्त्रीसँगको छलफलमा महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुने भएका छन् ।

तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् । नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाश शरण महत सहभागी हुने तय भएको छ । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ । यस्तै जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी सहभागी हुन लागेका छन् । यसैगरी जनमत पार्टीबाट सीके राउत सहभागी हुनेछन् । राष्ट्रिय मान्यता प्राप्त सात दलका नेताहरूसँग प्रधानमन्त्रीले निर्वाचनबारे आज सामूहिक छलफल गर्न लागेकी हुन् ।

नर्सहरूले आजदेखि कालोपट्टी बाँधेर काम गर्ने

काठमाडौं । नेपाल नर्सिङ संघले तिहारमा पनि आन्दोलन जारी राख्ने भएको छ । जसअन्तर्गत आजदेखि निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने भएका छन् । नर्सहरूको न्यूनतम तलब तथा पेसागत हकहितसम्बन्धी विभिन्न माग राखेर आन्दोलनरत नर्सिङ संघले चरणबद्ध विरोधका कार्यक्रम तय गरेको छ ।

‘आइतबारको औपचारिक वार्ता तत्कालै निष्कर्षमा नपुगे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन साथै सातै प्रदेशमा अनुगमन समिति गठन गरेको विषयलाई स्वागत गर्दै नेपाल नर्सिङ संघ आफ्नो योजनाअनुसार विरोधका चरणबद्ध कार्यक्रम घोषणा गर्दछ। यस आन्दोलनबाट सर्वसाधरणको स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति हामी क्षमा याचना गर्दछौँ । आन्दोलनबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी सरकार तथा सरोकारवाला निकायले बेहोर्न ुपर्नेछ’, संघले भनेको छ ।

संघका अनुसार आज कात्तिक ४ देखि ११ गतेसम्म देशभरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा नर्सहरूले कालोपट्टी बाँधेर काम गर्नेछन् । अनि १२ देखि १८ गतेसम्म दिनको २ घण्टा बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेकका नर्सिङ सेवा बन्द गरिने छ । यसपछि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार थप कार्यतालिका प्रकाशन गरिने संघले जनाएको छ ।

नेपाल नर्सिङ संघले निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको न्यूनतम तलब सुविधा साथै अन्य पेसागत हकहितसम्बन्धी विभिन्न मागहरू राखेर २०८२ वैशाख २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र पेस गरेको थियो । यस विषयमा २०८२ असोज ३१ गते मन्त्रालयको पहलमा पहिलो पटक सरोकारवाला पक्षसँग छलफल भएको थियो । यसपछि यही कात्तिक २ गते आइतबार सम्पूर्ण सरोकारवालासहितको बृहत बैठकमा संघले १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

 

ताकाइची बनिन् जापानकी पहिलो महिला प्रधानमन्त्री

काठमाडौँ । जापानले पहिलो महिला प्रधानमन्त्री पाएको छ। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चुनिएकी टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्।

संसद्‌मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन् । योसँगै जापानमा पहिलोपटक महिला सर्वोच्च कार्यकारी पदमा पुगेको जनाईएको छ ।

उनले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। बहुमतका लागि २३३ मत आवश्यक रहेकोमा त्यो सीमा पार गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो। अब उनलाई माथिल्लो सदनले पनि अनुमोदन गर्ने सम्भावना उच्च छ।

टाकाइचीले आजै साँझ प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको रोयटर्सले जनाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार टाकाइचीको प्रधानमन्त्री चयनले जापानी महिलाहरूको राजनीतिक सहभागिता र सशक्तीकरणका लागि प्रेरणादायी सन्देश दिनेछ।

सन् २०२१ र गत वर्ष गरी दुई पटकको दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची गत भदौमा एलडिपीको नेता चुनिएकी छिन्। सत्तारूढ एलडिपीको नेता चुनिएपछि प्रधानमन्त्री बन्ने निश्चितकरिब हुन्छ।

एलडिपीले पार्टी नेतृत्वको चुनाव दुई वर्ष अगावै गर्ने कि नगर्ने भनेर मतदान हुने तयारी भएपछि सेप्टेम्बर ७ मा इशिबाले राजीनामा दिएका थिए।

गत अक्टोबरमा प्रधानमन्त्री बनेका इशिबाको कार्यकालमा पार्टीले संसदका दुवै सदनमा आफ्नो बहुमत गुमाएको थियो। त्यसपछि टाकाइची दल नेता बनेकी थिइन्।

जापानमा पार्टीको प्रतिस्पर्धामा जित्ने व्यक्तिले प्रधानमन्त्री बन्न संसदमा बहुमत सिद्ध गर्नुपर्छ। जापानमा सन् २०१२ यता एलडिपीकै वर्चश्व छ।

 

सुशीला कार्कीबारे सत्य बोल्दा पक्राउ गर्न खोजिँदै छ : स्वागत नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नैतिकताबारे सञ्चार माध्यममा प्रश्न उठाएको भन्दै अधिवक्ता स्वागत नेपाललाई प्रहरीको साइवर ब्युरोले पक्राउ गर्न खोजेको खुलेको छ । ब्युरोले फोन गरेर उपस्थित हुन भनेको अधिवक्ता नेपालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

अधिवक्ता नेपालले नेपालको संविधान अनुसार पूर्व प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री जस्तो कार्यकारी हैसियतमा बस्न नहुने बताउँदै आएका थिए । ‘आफ्नै विज्ञप्ति र निर्णय विपरित उहाँ सांसदबाट पूर्व प्रधानन्यायाधीश भएर पनि प्रधानमन्त्री बन्नु भयो संविधान बाहिरबाट’, उनले भनेका छन्, ‘यो संसारकै अनैतिकता हो ।’

उनले संविधान विपरित कार्य हुँदा नैतिकताको प्रश्न यसअघि पनि सबै दलका प्रधानमन्त्री हुँदा समेत उठाएको र पक्राउ परेको भन्दै जेनजीले जायज माग उठाउँदा सुधार गर्नुपर्नेमा निरंकुशता लाद्न खोजेपछि चर्किएको बताएका छन् । उनले सुशीला कार्कीले १० करोड घुसको सार्वजनिक गरेको प्रसङ्ग फेरि पनि उठाउने बताएका छन् ।

प्रहरीले गरेको फोनमा आफूले कुरा गर्दा ‘तिहार मनाउनुस्’ भन्ने जवाफ आएको भन्दै आफूलाई तिहार पछि पक्राउ गर्ने तयारी रहेको बुझेको बताएका छन् । नेपालका अनुसार भाइटीका लगाउनुस् न त भनेर प्रहरी अधिकारीले भनेका छन् । तिहारको बेला छ, तिहार मनाउनु हुन्छ कि ? भनेर प्रहरीले सोधेकोमा नेपालले भने, ‘ठीकै छ, दिदीबहिनीको हातबाट भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, आज लक्ष्मीपूजा छ गर्छु तर आउनुपर्छ भने आउँछु, मैले भनेँ । उहाँ (फोन गर्ने साइबर ब्युरोका अधिकारी) ले ठीकै छ तिहार मनाउनोस् न त भन्नु भयो।’

पेसाले अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका प्रवक्ता हुन् । १५ चैतमा पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले आन्दोलनको माग संविधानभन्दा बाहिरबाट समाधान गर्न खोज्नु जायज नहुने भन्दै अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सुशीला कार्कीले उठाएको कदम यसअघिका सरकारभन्दा पनि निरंकुश रहेको दाबी गरेका छन् ।

नेपालको संविधानको ७६ ले गैरसांसद प्रधानमन्त्री बन्ने छुट दिँदैन । त्यस्तै धारा १३२ (२) मा ‘प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन’ भन्ने व्यवस्था छ ।

 

राष्ट्रिय सम्मानका साथ गरियो विपीन जोशीको अन्त्येष्टि

काठमाडौं । हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ।

बिहान ८ बजे विपीनको निवास (भीमदत्त नगरपालिका) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए ।

विपीनको शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।

राति अबेर घरमा शव ल्याइपुर्‍याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो । दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।

तर इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा गत २८ असोजमा इजरायली सेनाले विपिनको सन् २०२३ तिरै हत्या पुष्टि भएको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएको थियो ।

इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

उज्यालो पर्वमा अँध्यारो: विपिनको घरमा

कञ्जनपुर । कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बिहीन छन्। दिउँसैदेखि उनीहरु मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन। तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन्। भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई ती केहीले छोएको छैन।

भीमदत्त—३, कञ्जनपुरस्थित एउटा एकतले घरमा दिउँसैदेखि मान्छे आउने जाने मात्र गरिरहेछन्। ती कोही भैली खेल्न आएका होइनन्। वातावरण पूरै सन्नाटा छ। हो, चौधरीमार्ग—६० स्थित यो घरको व्यथा फरक छ। वरपरका धेरै घरहरुभन्दा भिन्न।

फ्लाई दुबई युएईको सरकारले सञ्चालन गरेको वायुसेवा कम्पनी हो। यसले काठमाडौंका लागि दैनिक ८ वटा उडान गर्छ। सधैँ झैँ सोमबार लक्ष्मीपूजाको दिन पनि फ्लाई दुबईको फ्लाइट नम्बर ५३९ काठमाडौं अवतरण गर्‍यो। दिउँसो २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइटले धेरै नेपाली स्वदेश फर्कायो। जहाजले ल्याएकामध्ये एक जना थिए— विपिन जोशी।तर होइन। उनको कथा फरक छ।

फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ५३९ काठमाडौं अवतरण गर्दा भिमदत्त—३ स्थित जोशी परिवारमा पीडा अझ थपियो। त्यो उडानले विपिन जोशीको शव स्वदेश फर्काएको थियो। नेपाली सेनाको स्काइ ट्रकले साँझ ६:१० बजे शवलाई काठमाडौंदेखि धनगढी विमानस्थल ल्याइपुर्‍यायो। त्यहाँदेखि महेन्द्रनगरसम्मको दूरी सवारी साधनलाई एक घण्टाको हो। सेनाले समन्वय गरेको शव सोमबार राति ७:५० म भीमदत्त—३ स्थित घरैमा पुग्दा त्यहाँको अवस्था दर्दनाक देखियो।

आफ्नै आर्शीवाद शिरोपर गरेर इजरायल गएको छोरा कफिनमा फर्किंदा आमा पदमाको भक्कानो फुट्यो। उनले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन्। डाकोछोडेर रुँदारुँदा उनी अर्धचेत भइन्। उनलाई पानी छम्किएर शान्त गराउनु परेको थियो।
छोराको शव आफ्नै आँगनमा आइपुग्दा बुवा महानान्द भक्कानिए। बहिनी पुष्पा भावविह्ल बनिन्। भीमदत्त नगरपालिका—३ स्थित बिचपुरी मल्किार्जुन टोलमा सन्नटाटा छायो।

कञ्जनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार विपिनको अन्त्येष्टि भोलि मंगलबार महाकाली नदीको घाटमा हुनेछ। सन् २०२३ मा कृषिविज्ञान अध्ययनका लागि इजरायल गएका उनी हमासको आक्रमणमा घाइते भएका थिए।

किब्बुज, आलुमिमा भएको आक्रमण पछि अपहरणमा परेका उनको मृत्यु भइसकेको भनेर इजरायल सरकारले सन् २०२५ अक्टोबर १५ मा पुष्टि गरेको थियो।

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ परिवारलाई बुझाइएको छ। नेपाली सेनाको टोलीले सम्मानका साथ शव हस्तान्तरण गरेको हो।

जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बझेका हुन्। उनको अन्त्येष्टि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली घाटमा गरिने परिवारले जनाएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका जोशीको मृत्यु गत असोज २७ गते इजरायली अधिकारीहरूले पुष्टि गरेका थिए।

युद्धविरामपछि हमासले इजरायली सेनालाई उनको शव हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक रिपोर्टबाट शव विपिनकै भएको प्रमाणित भएको हो।

नेपाल ल्याउनुअघि तेल अवीवमा उनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।

यस्तो देखियो लक्ष्मीपूजामा झिलिमिली बत्तीले सजिएको उपत्यका (तस्बिरहरू)

काठमाडौं । हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ ।

अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरुबाट मनमोहक देखिएको छ ।

तिहारलाई विशेष गरी उज्यालो पर्वको रुपमा समेत लिने गरिन्छ, उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ ।

लक्ष्मीपूजाको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लड लाइटमा बत्ति बलेको छ।

सोमबार साँझ लक्ष्मीपूजाको दिन क्रिकेट मैदानका ६ मध्ये चार वटा फ्लड लाइटमा बत्ति बालिएको हो।

चारवटा हाइमस्ट पोलबाट बत्ति बलेपछि त्रिवि त्रिकेट मैदान झलमल्ल भएको छ।

पार्थीव शरीरमा श्रदाञ्जली दिँदै प्रधानमन्त्रीले भनिन्–विपिन जोशी सबै नेपाली आमाको छोरो हो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

सोमवार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरिन् । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले इजरायल–हमास युद्धका क्रममा नेपाली युवाहरुले भोग्नुपरेको दुःख र संघर्ष अनुभव गर्न नसकिने बताईन्।

प्रधानमन्त्री कार्कीले विपीन जोशी सबै नेपाली आमाहरुको छोरो भएको उल्लेख गर्दै उसलाई विर्सिन नसकिने उनको भनाई थियो । उनले भनिन्, ‘नेपाली युवाहरुले त्यहाँ अपरणमा पर्दा र युद्धमा पर्दा कति दुःख र कस्ट भोगे होलान् । त्यो कुरा हामी अनुभव गर्न सक्दैनौं । एउटा नेपाली छोरो हामी सबै आमाहरुको छोरो हो । अब कसैले पनि विपीनलाई बिर्सिन सक्दैन ।’

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा वन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् । उनको अव आजै कञ्चनपुरस्थित घरमा लैजाने तयारी छ ।

सुदूरपश्चिम सरकारले विपिनको परिवारलाई २ लाख सहयोग गर्ने

धनगढी । हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैंया आर्थिक सहयोग गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानविय सहायता स्वरुप दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने बताए ।

२३ असोज २०८० मा बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदले हमासको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिमका परिवारलाई जनही २/२ लाख रुपैयाँका दरले आर्थिक सहायता गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम प्रदेश सरकारले मृतक ७ जनाका परिवारलाई सहयोग बापतको चेक हस्तान्तरण गरेको थियो ।

सो समयमा विपीन जोशीको अवस्था अज्ञात रहेको थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए । सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्न अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका मध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो ।

मुख्यमन्त्री शाहले स्वर्गीय विपिन जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनमा हार्दिक सवेदना व्यक्त गरेका छन् । इजरायलबाट काठमाडौं ल्याइएको शव नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याउने तयारी छ । धनगढीबाट सेनाले नै उनको घरसम्म शव पुगाउने व्यवस्था मिलाएको छ ।

शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् । शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गरे ।

‘आमनिर्वाचनपछि राष्ट्रिय सहमतिमा अग्रगामी रूपान्तरणका लागि संविधान संशोधन गर्दै सामाजिक न्याय र सुशासनको नयाँ अध्याय प्रारम्भ गर्न सकिने हाम्रो विश्वास छ’, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । उनले शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा देश तथा विदेशमा रहेका समस्त नेपाली जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।

मौलिक सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएको जनाउँदै संयोजक दाहालले यी पर्वहरूले सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्दै राष्ट्रिय एकता बलियो बनाउन प्रेरणा प्रदान गर्दै आएका बताएका छन् । संयोजक दाहालले चाडपर्वले सबैमा आशा र आत्मबलको नयाँ ऊर्जा जगाई राष्ट्रिय एकता र अग्रगमनका पक्षमा उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

विपिनको पार्थिव शरीरमा श्रद्धाञ्जली (तस्बिरहरु)

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार (आज) केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शवमा अहिले श्रद्धाञ्जली अर्पणको कार्यक्रम चलिरहेको छ ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् ।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

पूर्वमन्त्री खड्का भागे भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किएको गृहमन्त्रीको दाबी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्का भागेको भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किएको दाबी गरेका छन् ।

सिंहदरबारमा सोमवार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताए । गृहमन्त्री अर्यालले पुर्वमन्त्री खड्काले नै आफू भारत गएको स्वीकार गरिसकेको बताए । आफूले अन्तर्वार्ता दिँदा पुर्वमन्त्री खड्का नेपाल नभएको उनको दाबी छ ।

उनले भने, ‘उहाँ आफैले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिए भनेर । उहाँ कहिले जानुभएको थियो ? उहाँलाई सोध्नुप¥यो नी । मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? अन्तर्वाता छापिएपछि आउनुभयो नी उहाँ त ।’

गृहमन्त्री अर्यालले आईतवार सञ्चारमाध्याममा पूर्वमन्त्री खड्का नेपाल छाडेर भागेको र केही नेता भाग्ने क्रममा रहको अन्तर्वार्ता दिएका थिए । सोमवार पूर्वमन्त्री खड्काले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेपछि गृहमन्त्री विवादमा मुछिएका छन् ।

केपी ओली कानून भन्दा माथी छैनन्ः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहेको बताएका छन् ।

सिंहदरबारमा सोमवार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताए । पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका थिए ।

गृहमन्त्री अर्यालले ओलीको उक्त चुनौतीलाई कानून मान्दिन भनेको भन्ने संज्ञा दिए । उनले पहिला केपी ओली कानूनभन्दा माथि भएपनि अब नभएको बताए ।

उनले भने, ‘यो चाहीँ कानून मान्दिन भनेको हो, उहाँले । केपी ओली मात्रै कानुनभन्दा माथी बस्ने पहिलाको चाँही त्यस्तो थियो । अहिले हुँदैन ।’

उनले केपी ओलीलाई उपत्यकाका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको आयोगले भनेको बताए ।

विपिनको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितले दिए श्रद्धाञ्जली

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । आज (सोमबार) दिउँसो मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विपिनको शवमा अहिले श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् ।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो । उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् । विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो ।

 

सिटिईभिटिका विद्यार्थीको फेरि परीक्षा लिँदा १ करोड बढी खर्च लाग्नेः मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिटिईभिटिको विद्यार्थीको पुन परिक्षाको लागि १ करोड ७५ लाख खर्च लाग्ने बताएका छन् ।

मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । जेन—जी आन्दोलनको क्रममा कोशी र वाग्मति प्रदेशका सिटिईभिटिका विद्यार्थीको उत्तरपुस्तिका जलेका थिए ।

यहाँका १० प्रतिशत विद्यार्थीको उत्तरपुस्तिका जलेको जानकारी दिदै उनले पुन परीक्षाको लागि तयारी भइरहेको बताए । परिक्षा दिनका लागि काठमाडौं आउननपर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

उनले भने, ‘अस्तीको आन्दोलन(जेन–जी आन्दोलन) मा सिटिईभिटिको विद्यार्थीहरुको उत्तरपुस्तीका जलेको हुनाले जो जसको कापी जलेको उनीहरुको फेरि परिक्षा लिने भन्ने कुरामा विद्याार्थीहरुको भीडभाड भयो । ती विद्यार्थीहरुको जाँच लिने भन्ने सहमति भएको छ । त्यो निर्णयमा कतिपय विद्यार्थीहरुको चित्त बुझेको छैन ।

उनीहरुको माग जाँच नदिई पास हुनुपर्छ भन्ने थियो । जाँच नदिई त कसरी पास गर्न सकिन्छ । खासगरि कोशी र बाग्मति प्रदेशको उत्तरपुस्तिका जलेको छ । करिब १० प्रतिशत विद्यार्थीको कापि जलेको रहेछ । त्यो जाँच उतै हुने, उतैको सेन्टरमा हुने, यता काठमाडौ आउन नपर्ने निर्णय भएको छ । त्यसको रुटिन पनि निस्किसकेको छ । सबै तयारी हुँदै छ । कापी जलेकाहरुको फेरि जाँच लिँदाखेरि झण्डै १ करोड ७५ लाख जतिको खर्च आउँदो रहेछ । त्यो सबै कुराहरुको व्यवस्था भएको छ ।’

उनले सिटिईभिटिको नयाँ सम्बन्धन दिनको लागि समिति गठन गरिएको पनि जानकारी दिए। सम्बन्धनका लागि २०६९ सालदेखी हालसम्म ४४२ वटा निवेदन परेकोले उक्त निवेदनहरुलाई छानविन गरेर दुई महिनाभित्र टुङ्याउने उनले दाबी गरे ।

उनले सिटिईभिटिको सम्बन्धन दिन र सिटिईभिटिलाई परिमार्जन गर्न छुट्टाछुट्टै समिति गठन गरिएको पनि जानकारी दिए ।

जेनजी आन्दोलन आँधीबेहरीपछिको चट्याङ हो : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई आँधीबेहरीपछिको चट्याङसँग तुलना गरेका छन् । शिक्षा मन्त्रालयको प्राङ्गणमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त आन्दोलनलाई दुर्लभ, शक्तिशाली तर अस्थायी घटनाका रूपमा चित्रित गरेका छन् ।

उनले भने, ‘अहिलेको अवस्था संक्रमणकालीन हो । जेनजी आन्दोलन भनेको चट्याङै हो । अहिलेको ठाउँमा यस्तो चट्याङ हजार वर्षपछि पनि नपर्न सक्छ । यसले थोरै विध्वंस ग–यो—त्यो पनि चेतना र चेतावनीको रूपमा ।’ उनले थपे, ‘अब कहिले यस्तो चट्याङ पर्छ, कसैलाई थाहा छैन । तर इतिहासले प्रमाणित गरिसकेको छ — यस्तो क्षणले परिवर्तनको संकेत दिन सक्छ ।’

‘६ महिनापछि फेरि किताब बेच्न जान्छु’
पुनले आफू मन्त्री बन्नुको कारण राष्ट्रप्रति रहेको कर्तव्यबोध भएको बताएका छन् । उनले भने, ‘म कसैले मन्त्री बन भनेको भएर होइन, आफैंले निर्णय लिएर आएको हुँ । परिस्थितिले मलाई बोलायो ।’ आगामी निर्वाचनबारे बोल्दै उनले स्पष्ट पारे, ‘मेरो कुनै व्यक्तिगत मनसाय छैन। म ६ महिनापछि फेरि किताब बेच्न जान्छु ।’ पार्टी खोल्ने सम्भावनाबारे प्रश्न गर्दा उनले खिसिक्क हाँस्दै भने, ‘पार्टी खोल्न कात्तिक ३० गतेभित्र खोल्नु पर्छ रे ! म त किताब बेच्न जान लागेको मान्छे । अब आफै भन्नुस त, पार्टी खोल्नुको तुक हुन्छ ?’

‘चप्पल सजिलो, जुत्ता आडम्बर’
पत्रकारहरूले ‘मन्त्री ज्यू, तपाईँ अझै पनि चप्पलमै किन हुनुहुन्छ ? यो लोकप्रियतावाद होइन ?’ भन्ने जिज्ञासामा पुनले सिधा जवाफ दिए, ‘हेर्नुहोस् साथीहरू, मैले १४ वर्षको उमेरमा चप्पल लगाउँदा देब्रे–बाहिने नचिनेर दुःख पाएको छु । त्यो कुरा मैले मेरो आत्मकथामा लेखेको छु । म सम्पन्न परिवारमा हुर्किएको होइन । अहिले पनि चप्पल लगाउँदा नै सजिलो लाग्छ ।’ उनले आफूलाई जुत्तामा असहज हुने गरेको बताए । ‘जुन तपाईंलाई चप्पल लगाउँदा अप्ठ्यारो लाग्छ, मलाई जुत्ता लगाउँदा अप्ठ्यारो लाग्छ । त्यसैले चप्पल नै लगाउँछु’, मन्त्री पुनले प्रस्ट पारे ।

विपिनको शव आइपुग्यो स्वदेश, भिडियोसहित

काठमाडौं । इजरायलमा अपहरणपछि मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । विपिनको शव आज (सोमबार) भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् । उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने बताइएको छ ।

कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो । उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् । विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

विश्व विद्यालयको कुलपति प्रधानमन्त्री हुनु हुँदैन : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई राम्रो बनाउने विषयमा छलफल भइरहेको बताएका छन् । आज (सोमबार) मन्त्रालयका पत्रकार सम्मेलन आयोजना गर्दै उनले विश्वविद्यालयमा राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आएको जानकारी दिए । ‘भिसि (कुलपति) हरूसँग पनि छलफल भएको छ । विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विश्वविद्यालयलाई कसरी राम्रो बनाउन छलफल भएका छन्,’ मन्त्री पुनले भने, ‘राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आको छ । मस्यौदा बनाउनेछ ।’

उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनु पर्ने बताएका छन् । ‘कुलपति प्रधानमन्त्री हुने चलन छ । अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ । छलफल हुँदैछ,’ उनले भने । उनले आफूले थालेका कामबारे जानकारी दिएका हुन् । पुन असोज ६ गते मन्त्री नियुक्ति भएका थिए ।

‘प्रधानाध्यापक चयनमा राजनीतिकरण रोक्न कार्यविधि बनाउँदैछौं’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालयका प्रधानाध्याकप चयनमा हुने गरेको राजनीतिकरण रोक्न मन्त्रालयले कार्यविधि बनाउन लागेको बताएका छन् । ‘हेडमास्टर चयन गर्ने पनि राजनीतिकरण भएर अयोग्य व्यक्ति हेडमास्टर बन्ने जथाभावी भएको देखेको हुनाले हेडमास्टर छान्नका लागि स्थानीय तहलाई एउटा निर्देशिका (कार्यविधि) बनाएर पठाउने भन्ने छ,’ उनले भने, ‘त्यो कार्यविधि बन्दै छ ।’

त्यस्तै पाठ्यक्रम परिवर्तन गर्नुपर्ने सुझाव धेरैको आएको भन्दै त्यसमा पनि काम थालिएको मन्त्री पुनले बताए । ‘पाठ्यक्रम धेरै पुरानो भयो भन्ने गुनासो आएको हुनाले हामीले पाठ्यक्रम विकास केन्द्रमा नै गएर पाठ्यक्रम कसरी बनाउने भनेर उनीहरुलाई काममा लगाइसकेको छ,’ उनले भने, ‘खासगरी पाठ्यक्रममा नैतिक शिक्षालाई राख्नुपर्ने भन्ने माग छ । पूर्व व्यवसायिक, इतिहासका कुरा राख्नुपर्छ भन्ने छ । संविधानका कुरा राख्ने भन्ने छ ।’

 

सिंहदरबारका सैनिक कमाण्डर सेनाको नियन्त्रणमा

काठमाडौं । सैनिक मुख्यालयले सिंहदरबारमा खटिएका सैनिक कमाण्डरलाई सोधपुछका लागि बोलाएको छ । सिंहदरबार जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको भन्दै सेनाको सर्वत्र आलोचना भएपछि त्यहाँ खटिएका कमान्डरसँग मुख्यालयले सोधपुछ गर्न थालेको हो।

सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्का, भवानीबक्स गण, सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कूल, तेघरी ब्यारेकका शिव भडेललाई अस्ती ३१ गते सरुवा गरिएको सर्कुलर निकालेर सेनाले भित्रभित्रै हिरासतमा राखेको बुझिएको छ । सिंहदरबारमा सेनाको नरसिंह दल गण छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार ठूला घटना भइसकेपछि सम्बन्धित ठाउँमा खटिएका कमाण्डरसँग पृष्ठपोषणका लागि झिकाइएको हो ।

उनले भने, ‘ठूला घटना हुन्छन्, हामीले त्यो घटनाको बारेमा आवश्यक जानकारी लिन सम्बन्धित ठाउँमा खटिएका कमाण्डरलाई झिकाएर सोधपुछ गर्छौं ।’ सैनिक सचिव विभागको आन्तरिक सर्कुलरअनुसार कर्णेल खड्कालाई नम्बर २ बाहिनी अड्डा,धनकुटाको दरवन्दी राखिएको छ । उनले भदौ २४ गतेको विध्वंशका बेला सिंहदरबारमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल,प्रधानन्यायाधीशलगायतलाई त्यहीँको नरसिंहदल गणमा आश्रय दिएका थिए तर सिंहदरवारभित्र दिनदहाडै त्यत्रो आगलागी र क्षति हुँदा पर्याप्त सावधानी अपनाएनन् ।

कार्यवाहक अध्यक्ष खड्काले गरे एन्फा महासचिव राईलाई निम्बलन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवादले नयाँ रूप लिएको छ । कार्यवाहक अध्यक्ष रहेका वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेको सूचना दिएका छन् । एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव राई दुवै अहिले साउदी अरबमा छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रमका लागि उनीहरू उता गाएका हुन् । अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष रहेका खड्का कार्यवाहक अध्यक्ष भएका हुन् । उनले राईको नाममा कात्तिक २ आइतबार लेखेको पत्रमा निलम्बन गरेको सूचना दिएका हुन् ।
त्यस पत्रमा लेखिएको छ, ‘साधारण सभा र कार्यसमितिको म्यान्डेटलाई बेवास्ता गर्दै विधान, विधि र पद्धति विपरीत फुटबल खेलको विकासमै दीर्घकालीन असर पार्ने गरेर के कति आधारमा कसको निर्देशनमा कार्य गर्नु भएको हो ? भनेर तीन दिनभित्र स्पष्टीकरण सोधिएकोमा तपाईँबाट हालसम्म जवाफ प्राप्त नभएकोले अर्को कार्यसमितिको बैठकसम्मका लागि निलम्बन गरिएको छ ।’

पत्र अनुसार यो निलम्बन आइतबारदेखि नै लागू हुनेछ । एन्फा कार्यसमितिमा अहिले चर्को विवाद रहेको छ र त्यहाँ फरक फरक गुट रहेका छन् । वरिष्ठ उपाध्यक्षको यो निर्णयपछि विवाद अझ चर्किने तय छ । यसको कानुनी मान्यतालाई लिएर पनि प्रश्न उठ्ने छ ।

प्रचण्ड सचिवालयबाट राजीनामा दिएको गंगा दाहालको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय सदस्य गंगा दाहालले पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । उनले आफूमाथि विभिन्न भ्रामक सूचना सम्प्रेषित भइरहेको भन्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ सामाजिक सञ्जाल फेसबुकमा उनले भनेकी छन्, ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु । सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ उनी ०७४ मंसिरदेखि प्रचण्डको सचिवालय रहेकी थिइन् ।

निवर्तमान मन्त्री खड्काको प्रश्न : गृहमन्त्री अर्यालले भ्रम छरे, म भागे भन्न मिल्छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नु पर्ने कुनै कारण नरहेको बताएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनि अन्तर्वार्ता दिएलगत्तै उनले सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गरी सो दाबी गरेका हुन् ।

उनले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भनि प्रश्न समेत गरेका छन् । पूर्वमन्त्री खड्काले आफूले मुलुकमा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको जिकिर समेत गरे । उनले राजनीति खर्चिलो हुन्छ भनेर आफूले व्यापार व्यवसाय गरेर राजनीतिमा आएको पनि बताए ।

पूर्वमन्त्री खड्काले भने, ‘उहाँ कानूनको विद्यार्थी हुनुहुन्छ रे भन्ने मैले सुनेको छु । कानूनी राज्यको विषयमा राम्रै जान्नु हुन्छ गृहमन्त्रीजी । म के कारणले भाग्नुपर्ने रहेछ ? म पदमा हुँदा मैले गरेका निर्णयहरु, पदमा नहुँदा मैले गरेका व्यवहार, व्यापारहरु, मैले राजनीतिक गरेको नै राजनीति खर्चिलो छ । आयआर्जन चाहिन्छ भनेर व्यवसाय गरेर त्यसबाट खान लगाउनु पुग्छ भनेर म राजनीति सुरु गरेको मान्छे हो । सायद भ्रष्टाचार विरुद्धमा सबैभन्दा बढी अभियानकै रुपमा लिएर जाने मान्छे हो म ।’ नेता खड्काले आफू श्रीमती डेंगु लागेर विरामी भएपछि उपचारको लागि भारत गएको स्पष्टिकरण समेत दिए । —न्युज एजेन्सी नेपाल

नयाँ शक्तिहरूलाई एक ठाउँमा ल्याउने तयारीमा छौं : सागर ढकाल

काठमाडौँ । युवा नेता सागर ढकालले नेपालको पुरानो राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने उद्देश्यसहित सबै नयाँ शक्तिहरूलाई एकै ठाउँमा ल्याउने तयारी गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै ढकालले अहिले चिया पसलदेखि राष्ट्रपति कार्यालयसम्म सबैले नयाँ अनुहारहरूलाई मिलाउने चाहना व्यक्त गरिरहेको र यो देशव्यापी चाहनालाई मूर्तरूप दिन आफू सक्रिय रहेको खुलाएका छन् ।

उनले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, गोपी हमाल, कुलमान घिसिङ र जेनजी पुस्तासहित सबैमा सकारात्मक शक्ति देखेको बताएका छन् । उनले हर्कको श्रमदान, बालेनको शिक्षा क्रान्ति र गोपीको फोहोर व्यवस्थापन मोडलजस्ता सफल प्रयासहरूलाई देशव्यापी रूपमा लैजानुपर्नेमा जोड दिएका छन् ।

ढकाल भनेका छन्, ‘अब एक्लै हिँडेर कहीँ पुगिँदैन, त्यसैले सबै शक्तिहरू मिल्नु पर्छ र मिलाइनेछ ।’ उनले सबैलाई मिलाउने मोडेलका बारेमा कुरा भइरहेको र योजना बन्दै गरेको जानकारी दिएका छन् । आगामी निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा एउटै चुनाव चिह्नमा ५५ लाख मत कटाउने लक्ष्यसहित काम भइरहेको उनले बताएका छन् ।

‘गएको ७५ वर्षसम्म कुनै सरकारले पूरा कार्यकाल पुरा गरेको छैन । अब यसको अन्त्य गर्नु पर्छ,’ उनले भनेका छन् । उनले अबको ६ महिना ‘म’ नभई ‘हामी हाम्रो देश’ भन्दै मेहनत गर्न आग्रह गरेका छन् । चुनाव जितेमा देशका लागि काम गर्ने वा नजिते पनि आफूले चाहेको व्यक्तिलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाएर आ–आफ्नो काममा फर्किने उनको योजना रहेको छ । उनले देश–विदेशमा रहेका सबैलाई आउँदो ६ महिना सकेको मेहनत गर्न तयार रहन आह्वान गरेका छन् ।

दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी

काठमाडौँ । हिन्दु धर्मावलम्वीहरुको पर्व दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी गरिएको छ ।

धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दिपावली मनाउन भव्य तयारी गरिएको हो । दीपावलीलाई मध्यनजर गरी जनकपुरधामलाई बेहुलीझैँ सजाइएको छ ।

जनकपुरधाम बजारमा चहल पहल समेत बढेको छ । केराको बोट, हरियो पात र फुलमालाले सुनरपट्टी लगायतका क्षेत्र झकिझकाउ पारिँदैछ । मिष्ठान भण्डारहरुमा प्रसादका लागि मिस्ठान किन्नेहरुको भीड लागेको छ । दिपावली सामान्य व्यक्ति भन्दा पनि उद्योगी व्यवसायीहरुले बिशेष तमझामका साथ मनाइरहेको देखिएको छ ।

व्यापारीहरु आ–आफ्ना व्यापारिक प्रतिष्ठानहरुलाई सजाएका छन् । यता जनकपुरधाम उपमहानगरपालिकाले पनि दिपवालीको पूर्वसन्ध्यामा नगर सरसफाई गरिएको थियो । त्यस्तै विद्युतीय पोलहरुमा नयाँ बल्वहरु समेत जडान गरिएको हो ।

 

फूल महंगो भएको उपभोक्ताको गुनासो

काठमाडौँ । यसपालीको तिहारमा फूल महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । विदेशी फूल आयातमा रोक लगाएपछि फूल महंगो हुन पुगेको हो । बजारमा पर्याप्त फूल नभएको कारण महंगो हुन पुगेको उपभोक्ताहरुको गुनासो छ ।

गत वर्षहरुमा झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले एउटैको १ हजार २ सय रुपैयाँसम्म पर्ने गरेको उपभोक्ताहरुको भनाई छ । नेपाली फूलले मात्रै बजारलाई नधान्ने देखिएको छ । विदेशी फूल आयातमा रोकले झनै कालोबजारी बढेको उपभोक्ताहरुले बताएका छन् । प्लाष्टिकको फूल रोकेकोमा भने उपभोक्ताहरुले स्वागत गरेका छन् । उनीहरुले बजार अनुगमनको पनि खाँचो औल्याएका छन् ।

फूलैफूलको पर्व भनेर चिनिने तिहार पर्वको फूल किन्ने उपभोक्ताहरुको बजारमा घुँईचो लागेको छ । काठमाडौ महानगरपालिकाले तिहारको लागी फूल र माला बेच्नको लागी ३२ स्थान तोकिदिएको छ ।

सोमबार लक्ष्मीपुजा भएकोले पनि बजारमा फूल किन्नको लागी विशेष चहलपहल बढेको हो । तिहारमा नेपालीहरुले फूलले घर सजाउने गरेका छन् ।

तिहार बिदामा पनि बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ

काठमाडौं । नेपाली चाड तिहारको विदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने छ भने बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुनेछ । सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ ।

‘सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने छ’, सूचनामा उल्लेख छ ।