`

सुदनको आक्रोशपूर्ण प्रश्न : कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्री ज्यू ?

काठमाडौं । ‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले मुलुकमा विधिको शासन दिन प्रतिदिन कमजोर हुँदै गएको भन्दै गृह मन्त्रालय तथा सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले हाल भइरहेको घटनाक्रमप्रति प्रतिक्रिया दिँदै राज्य शक्तिशाली व्यक्तिहरूका उक्साउने, विभाजनकारी र हिंसात्मक अभिव्यक्तिप्रति आँखामुनि हेरेर मौन बसेको आरोप लगाए ।

गुरुङले दुर्गा प्रसाईले आफ्नो नागरिकतासम्बन्धी तथ्य गलत रूपमा प्रस्तुत गर्दै बदनाम गर्ने प्रयास गरे पनि त्यसभन्दा गम्भीर अभिव्यक्ति दिँदै समाजमा तनाव फैलाउने प्रभावशाली व्यक्तिहरूविरूद्ध राज्य पूर्णतः निस्क्रिय देखिएको उनले बताएका छन् । उनले प्रश्न उठाएका छन्, ‘शान्तिपूर्ण रूपमा सडकमा उभिएका युवामाथि गोली चलाउनेहरू आजसम्म मुक्त छन्, तर त्यस्ता घटनामा गृह मन्त्रालयको कठोरता देखिन्न । अपराधको परिभाषा के केवल कमजोरलाई मात्रै लागू हुन्छ ?’

गुरुङले आफूलाई ‘संविधानविद’ दाबी गर्ने कतिपय व्यक्तिले साना नागरिकलाई कानुनले थिच्ने तर शक्तिशालीलाई उन्मुक्ति दिने संस्कृति संस्थागत गरिरहेको आरोप पनि लगाएका छन् । उनले कटाक्ष गर्दै भनेका छन्, ‘संविधानको कुन प्रावधानले भन्छ–सानालाई ऐन, ठूलाई चैन ? यदि विधिको शासन कार्यान्वयन हुनै सक्दैन भने पुरानो र नयाँ शासनबीच भिन्नता के रह्यो ?’

देशभरबाट उठिरहेको युवा आन्दोलनलाई दबाउने प्रयास गलत दिशातर्फ उन्मुख भएको उनको भनाइ छ । उनका अनुसार हजारौं युवाले आन्दोलनमार्फत दिएका बलिदान र आवाजको सम्मान नगर्ने प्रवृत्तिले शासनप्रति भरोसा कमजोर बनाइरहेको छ ।

गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशित गर्दै भनेका छन्, ‘युवालाई न्याय दिने वाचा गर्ने गृहमन्त्री आज पदको आडमा तिनै युवालाई अपराधी सावित गर्न खोजिरहेको देखियो । शक्तिशाली व्यक्तिहरू भने खुलेआम अभद्र भाषण गर्दै हिंडिरहेका छन्, त्यसमा भने राज्य चुप छ ।’

उनका अनुसार मृतक र घाइते युवाका परिवारले खोजिरहेको सत्यको छानबिन, न्याय र समान व्यवहार बिना जनताको विश्वास पुनःस्थापित हुन सक्दैन । विश्वास नफर्केपछि लोकतान्त्रिक निर्वाचनको वातावरण बन्न नै नसक्ने चेतावनी गुरुङले दिएका छन् । गृहमन्त्रीप्रति बेलाबेला आक्रोश व्यक्त गर्ने गुरुङले भनेका छन्, ‘न्याय बिना जनताको विश्वास बिर्सिएको मुलुकमा निष्पक्ष निर्वाचनको कुरा गर्नु केवल औपचारिकता मात्र हुनेछ।’

 

A Holiday‑Season Guide to Live‑Dealer Fun and Movie‑Inspired Slots at Mango Spins

A Holiday‑Season Guide to Live‑Dealer Fun and Movie‑Inspired Slots at Mango Spins

Live dealer games have become the gold standard for players who want the buzz of a real casino without leaving home. During the festive period, the excitement rises even more – think of a virtual Christmas market where the dealers wear festive hats and the tables sparkle with holiday graphics.

At Mango Spins, the live‑dealer collection includes blackjack, roulette, baccarat and a special “Santa’s Spin” roulette wheel that drops extra bonus chips every hour. These games are streamed in high‑definition from studios that hold a UK gambling license, so you know the outcomes are fair and audited.

The biggest advantage for UK players is the fast‑withdrawal system. When you win, the casino pushes the money to your PayPal or Trustly account within a few hours, much quicker than many traditional online slots. This speed gives you more time to enjoy the next round of festive fun.

Pro Tip: Keep a stable internet connection and use a desktop or a tablet with a larger screen. The clearer the video feed, the easier it is to read the dealer’s gestures and make quick decisions.

For those who love to mix the social vibe of a real casino with the safety of an online platform, live dealers are the perfect match.

Quick Checklist for New Players

  • Create a secure account – use a strong password and enable two‑factor authentication.
  • Verify your identity – upload a photo ID to unlock full withdrawal limits.
  • Choose a payment method – PayPal, Visa or Trustly work instantly.
  • Set a deposit limit – helps you stay in control during the holiday rush.
  • Read the game rules – each live table has a short guide before you join.

Movie‑Magic Slots That Bring Your Favorite Films to the Reels

If you enjoy watching movies and spinning reels, Mango Spins offers a library of movie‑inspired slots that blend cinematic soundtracks with high‑paying features. From a superhero adventure to a classic heist film, the themes keep the gameplay fresh and engaging.

Below is a quick comparison of three top titles that are especially popular this season:

Slot Title Provider RTP Bonus Feature
Star Quest NetEnt 96.5% Free spins with expanding wilds
Heist of the Century Pragmatic Play 95.8% Multi‑level cash‑out bonus rounds
Jungle Jive Evolution Gaming 97.2% Interactive storyline with wilds

Each game offers a welcome bonus that can be claimed on your first deposit. For example, Star Quest gives 50 free spins with no wagering on winnings, while Heist of the Century adds a 100% match up to £200 with a 30× play‑through requirement.

These bonuses are exactly what https://mangospins-casino.co.uk/ delivers to players who want extra value right from the start. The site highlights the welcome bonus, cashback offers, and a tiered VIP program that rewards regular play with faster withdrawals and exclusive promotions.

Industry Secret: Slots with a higher RTP (return‑to‑player) usually give you a steadier bankroll over time. Jungle Jive’s 97.2% RTP makes it a solid choice for players who prefer longer sessions with smaller, more frequent wins.

Pro Tips for Maximizing the Welcome Bonus

  • Read the terms – note the wagering multiplier and eligible games.
  • Play low‑variance slots first – they help you meet wagering without huge swings.
  • Use the bonus on the same day – many casinos set a 48‑hour expiry on free spins.

Safe, Fast and Responsible Play with Mango Spins

When you choose an online casino in the UK, licensing and player protection should be at the top of your checklist. Mango Spins operates under the UK Gambling Commission, meaning it follows strict rules on fairness, data security, and responsible gambling.

The platform offers a range of responsible gambling tools: you can set daily deposit limits, self‑exclude for a chosen period, or use reality checks that pop up after a set amount of playtime. These features help you keep the fun in check, especially during holiday celebrations when it’s easy to lose track of time.

Payments are another strong point. The casino supports PayPal, Visa, Trustly, and more, all of which process withdrawals in under 24 hours for most players. Fast payouts mean you can enjoy your winnings on a Christmas gift or a New Year’s night out without waiting days for the cash to arrive.

Customer support is available 24/7 via live chat and email, with agents trained to assist on bonus queries, game rules, and responsible‑gaming concerns. Knowing help is just a click away adds a layer of comfort that many smaller sites lack.

Did You Know? The UK Gambling Commission requires all licensed operators to contribute to a problem‑gambling fund, which supports charities and research aimed at reducing gambling‑related harm. By playing at Mango Spins, you’re indirectly supporting these initiatives.

Final Thoughts

Whether you’re chasing the thrill of a live dealer table or diving into a movie‑themed slot with festive graphics, Mango Spins gives you a safe, fast, and entertaining experience. The welcome bonus, quick withdrawals, and robust responsible gambling tools make it a standout choice for UK players looking for a regulated online casino.

So this Christmas, spin the reels, place your bets, and enjoy the holiday spirit—always remember to gamble responsibly and have fun!

‘मध्यरात प्रसाईको गिरफ्तारी नागरिक शासनको निकै ठूलो धब्बा’

काठमाडौं । डा. भिमार्जुन आचार्यले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्न कानुनले बर्जित गरेको बताएका छन् ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यरात प्रहरीले घरबाट पक्राउ गरेको घटनाप्रति लक्षित गर्दै डा. आचार्यले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु नागरिक शासनको ‘निकै ठूलो धब्बा’ भएको समेत उनले उल्लेख गरेका छन् ।

मध्यरातमा गिरफ्तार गर्न केले बाध्य बनायो ? भनेर प्रश्न गर्दै उनले सरकारसँग जवाफ मागेका छन् । डा. आचार्यले फेसबुकमा लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नुपर्छ । यसको नियमन राज्यले गर्न पाउँछ । तर, रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानूनतः बर्जित कार्य हो । नागरिक शासनको निकै ठूलो धब्बा पनि हो । यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार !’

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ । प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ । प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै काठमाडौं उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको छ ।

 

प्रधानमन्त्रीले आज दलका नेताहरुसँग संयुक्त छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ म हुने प्रतिनिधिसभा निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चित गर्न आज दलका नेताहरूसँग संयुक्त छलफल गर्ने भएकी छिन् ।

दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने यस छलफलका लागि निर्वाचन आयोगमा दर्ता भएका सबै दलका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा निर्वाचनको तयारी गरिरहेका बेला प्रधानमन्त्रीले सम्पूर्ण दलहरूलाई निर्वाचनमा सक्रिय सहभागिताका लागि अपिल गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, यस छलफलको मुख्य उद्देश्य निर्वाचन प्रक्रियालाई समावेशी र जनमुखी बनाउँदै सबै राजनीतिक शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरित गर्नु हो । प्रधानमन्त्री कार्कीले यसअघि पनि राजनीतिक संवादलाई निरन्तरता दिँदै आएकी छिन्।

उनले यसअघि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छुट्टै छलफल गरेकी थिइन् । त्यस्तै उनले युवा पुस्ताका प्रतिनिधिहरूसँग पनि निर्वाचन प्रक्रिया र समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान गरेकी थिइन् । आजको छलफललाई निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमति जुटाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

बालाचतुर्दशीः यस्तो देखियो पशुपतिको ड्रोन भ्यू

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ ।

आज रातभर दीपदान गरी बसेका श्रद्धालुले भोलि बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गर्दछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् ।

देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो ।

बालाचतुर्दशीः पशुपतिमा दीपदान गर्नेको भिड (तस्बिरहरू)

काठमाडाैं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ ।

 आज रातभर दीपदान गरी बसेका श्रद्धालुले भोलि बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् ।

देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र गरी रात बिताउँछन् ।

शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।

कीर्तिमानी खेलमा विराटनगरको शानदार जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा विराटनगर किङ्सले शानदार जित निकालेको छ । पहिलो दुई अङ्क जोड्ने क्रममा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्‍यो ।

विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । एडम रोस्सिंटनले ३९, अभिषेक तिवारीले ११ र ड्यान डाउवेर्थले २९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा विराटनगरका प्रतिश जिसी, शुभम रञ्जाने, मार्चन्ट डि लिङगे र कप्तान सन्दीप लामिछानेले दुई-दुई तथा बसिर अहमद र सूर्य तामाङले एक÷एक विकेट । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनायो । यो एनपिएल इतिहासकै उच्च स्कोर थियोे ।

यसअघि गत संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो । विराटनगरले यसपटक आफ्नै रेकर्डलाई तोड्यो । यसमा लोकेश बम र मार्टिन गुप्टिलले अर्धशतकीय पारी खेले । गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन हिर्काए । लोकेश ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रनमा आउट भए ।

गुप्टिल र लोकेशले दोस्रो विकेटका लागि १३२ रनको साझेदारीसमेत गरे । यस्तै, शुभम रन्जनेले १६ बलमा ३८, बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । बलिङतर्फ पोखराका मार्ट टेलरले २, आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट लिए ।

 

कर्मचारीमाथि कुटपिटमा संलग्न पूर्व सांसद र लोसपा नेता धरौटीमा रिहा

जनकपुर । मधेश प्रदेशमा मुख्यमन्त्री कार्यालय तोडफोड र कर्मचारी कुटपिट संलग्न भइ पक्राउ परेका पूर्व सांसद परमेश्वर साह र लोसपा नेता जिबेन्द्र झा धरौटीमा रिहा भएका छन् । प्रहरीले उनीहरूलाई अभद्र व्यवहारको अभियोगमा मंगलबार बिहान पक्राउ गरेको थियो ।

त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूलाई अभियोजनका लागि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेल समक्ष पेश गरेको थियो । प्रजिअ लुईंटेलले उनीहरूलाई धरौटीमा छोड्ने निर्णय गरेका हुन् । नयाँ मुख्यमन्त्री नियुक्त भएपछिको विवादमा उनीहरू आफैं संलग्न रहेर कार्यालय तोडफोड र कर्मचारी कुटपिटमा सक्रिय थिए ।

प्रदेश प्रमुखले गरेको नियुक्ति र नवनियुक्त मुख्यमन्त्री यादव पदभार ग्रहण गर्न आउने भन्दै कांग्रेससहितका दलका सांसद कार्यकर्ताहरूले तोडफोड, कुटपिट र राष्ट्रिय झण्डासमेत फाल्नेसम्मको गतिविधि गरेका थिए ।

कुटपिटपछि नेपाल निजामती कर्मचारी युनियनले संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा कात्तिक २४ गते नै ज्ञापन पत्र बुझाएका थिए । लगत्तै प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । त्यसपछि प्रहरीले अदालतबाट आइतबार पक्राउ पुर्जी लिएको थियो । त्यसपछि प्रहरीले आज बिहान उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

विराटनगरले बनायो एनपीएलमा अहिलेसम्मकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २२१ रनको विशाल लक्ष्य दिएको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पहिले ब्याटिङ गरेको विराटनगरले चार विकेटको क्षतिमा २२० रन बनाएको हो। यो एनपीएलकै सबैभन्दा उच्च स्कोर हो।

विराटनगरका लागि लोकेश बम र मार्टिन गुप्टिलले शतकीय साझेदारी गरे । लोकेश र मार्टिनले दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरे। लोकेश ७२ र मार्टिन ६१ रनमा आउट भए । जर्ज मुन्सेले १०, बसिर अहमद २३ र सुभव रन्जाने ३८ रनको योगदान दिए । नारायण जोशी १० रनमा अविजित रहे ।

बलिङमा पोखराका म्याट टेल्लरले २, कुशल भुर्तेल, आकाश चन्द र सागर ढकालले एकएक विकेट लिए ।

 

 

पाकिस्तानमा सुरक्षा कारबाही: उत्तरपश्चिममा दुई छापामा १५ आतङ्ककारी मारिए

इस्लामाबाद । पाकिस्तानी सेनाले मङ्गलबार अफगानिस्तानको सीमा नजिक रहेको देशको उत्तरपश्चिमी क्षेत्रमा गुप्तचर सूचनाका आधारमा दुईवटा गोप्य स्थानमा विशेष छापा मार्दै १५ जना आतङ्ककारीलाई मारिएको जनाएको छ । सैन्य विज्ञप्तिअनुसार डेरा इस्माइल खान र उत्तरी वजीरिस्तानमा गरिएको छुट्टाछुट्टै कारबाहीमा ती आतङ्ककारीको मृत्यु भएको हो ।

सेनाले पहिलो अपरेसन खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत डेरा इस्माइल खान जिल्लामा सञ्चालन गर्दै १० जना पाकिस्तानी तालिबान सदस्य मारिएको पुष्टि गरेको छ । यसैगरी, दोस्रो कारबाही उत्तरी वजीरिस्तानमा गरिँदा थप पाँच जना आतङ्ककारी मारिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सेनाले मारिएका ती व्यक्तिहरूलाई ‘ख्वारिज’ का रूपमा पहिचान गरेको छ । यो शब्द अधिकारीहरूले अफगानिस्तान र भारतद्वारा समर्थन प्राप्त गरेको आरोप लागेका आतङ्कवादीहरूका लागि प्रयोग गर्दै आएका छन् । यसमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) का सदस्यहरू समेत समावेश हुने दाबी गरिएको छ । काबुल र नयाँदिल्ली दुवैले यस प्रकारका आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् ।

पाकिस्तानी तालिबान, अफगान तालिबानसँग छुट्टै तर वैचारिक रूपमा नजिक रहेको समूहको रूपमा परिचित छ । काबुलमा सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि टिटिपीले आफ्नो गतिविधि विस्तार गरेको र मनोबल बढेको सुरक्षा अधिकारीहरूले बताउँदै आएका छन् ।

अहिलेसम्म धेरै टिटिपी नेता तथा लडाकूहरूले अफगानिस्तानको सीमापार रहेका सुरक्षित आश्रयस्थानहरूबाट सञ्चालन गरिरहेको विश्वास गरिन्छ । यसले इस्लामाबाद र काबुलबीचका कूटनीतिक तथा सुरक्षा सम्बन्धलाई थप तनावपूर्ण बनाइरहेको पाकिस्तानी अधिकारीहरूको मूल्याङ्कन छ ।

पोखराविरुद्ध विराटनगरका मार्टिन र लोकेशले बनाए अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका ब्याटर मार्टिन गुप्टिल र लोकेश बमले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरका ब्याटर मार्टिनले २८ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ४ छक्का र घ चौकाको सहयोगमा ५० रन बनाएका हुन् ।

पोखराले ओपनर जर्ज मुन्सेको विकेट दोस्रो ओभरको दोस्रो बलमा लिएपछि मार्टिन क्रिजमा आएका थिए । त्यसैगरी अर्का ब्याटर लोकेश बमले पनि खेलमा अर्धशतक बनाएका छन् । उनले ३३ बलमा अर्धशतक बनाएका हुन् ।

जारी एनपीएलमा अर्धशतक प्रहार गर्ने मार्टिन चौथो र लोकेश पाँचौँ खेलाडी हुन् । दुवैजनाले ताजा अवस्थामा समान ६०र६० रन बनाएर विराटनगरको स्कोर उच्च अंकतिर लगिरहेका छन् ।

श्रमिक पठाउन अवैध क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग

काठमाडौं।  एम्नेस्टी इन्टरनेसनलले बङ्लादेश, भारत, नेपाललगायत श्रमिक पठाउने मुलुकले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न भर्ना गर्ने एजेन्सीको अवैध क्रियाकलापलाई निगरानी, अनुसन्धान र कारबाही गर्न जिम्मेवारी लिन माग गरेको छ ।

एम्नेस्टी इन्टरनेसनलले आज श्रमिकसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै रियाद मेट्रो परियोजनामा काम गर्न साउदी अरब पुगेका आप्रवासी श्रमिकलाई अत्यधिक भर्ना शुल्क तिर्न बाध्य पारिएको, खतराजन्य अत्यधिक गर्मीमा काम गर्नुपरेको र उनीहरूले दशकौँदेखिको गम्भीर दुर्व्यवहारका क्रममा अत्यन्त न्यून पारिश्रमिक पाएको जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले भनेको छ, ‘साउदी अरबमा सञ्चालनमा रहेका वा त्यहाँ प्रवेश गर्न खोज्ने कम्पनीका लागि यी निष्कर्षले स्पष्ट चेतावनीको काम गर्नुपर्छ, विस्तृत मानवअधिकारसम्बन्धी उचित सावधानी वैकल्पिक कुरा होइन ।

प्रारम्भिक चरणमै ठोस प्रक्रिया बिना र सम्भावित मानवअधिकारसम्बन्धी चासोलाई सम्बोधन गर्ने पर्याप्त योजना बिना व्यवसाय प्रत्यक्ष रूपमा श्रम शोषणको प्रणालीगत अभ्याससँग जोडिने हुने वा ती अभ्यासलाई बढावा दिनमा योगदान पुर्‍याउने जोखिममा पर्छन् ।’

एम्नेस्टी इन्टरनेसनलले साउदी अरबले सन् २०३४ विश्वकपसहितका चर्चित अत्यन्त ठूला अर्थात् गिगा–प्रोजेक्ट अघि बढाउँदै गर्दा, अधिकारीहरूले कफाला प्रायोजन प्रणालीलाई पूर्ण रूपमा समाप्त गर्नुपर्ने पनि माग गरेको छ ।

मानव गतिविधिद्वारा सिर्जित जलवायु परिवर्तनका कारण तापक्रम अत्यधिक बढिरहेको सन्दर्भमा उसै पनि चरम गर्मी तापक्रम रहेको देशमा उनीहरूले भोग्नु परेको कठिनाइ थप तीव्र भएको थियो ।

यस्ता दुर्व्यवहार दशकौँसम्म मुख्य पूर्वाधार परियोजनामा संलग्न विभिन्न कम्पनीमा निरन्तर जारी रहेको तथ्यले श्रमिकलाई उचित संरक्षण प्रदान गर्न र उच्च शोषणको जोखिममा पुर्‍याउने प्रणालीलाई भत्काउनमा सरकारको चरम विफलतालाई उजागर गरेको एम्नेस्टी इन्टरनेसनलको बुझाइ छ ।

प्रतिवेदनअनुसार सन् २०१४ देखि सन् २०२५ सम्म रियाद मेट्रो प्रणाली निर्माणमा संलग्न मुख्य ठेकेदार, सहायक ठेकेदार र श्रम आपूर्तिकर्तालगायत विभिन्न विदेशी तथा साउदी अरबका कम्पनीद्वारा रोजगारीमा लगाइएका बङ्गलादेश, भारत र नेपालका ३८ पुरुषसँग एम्नेस्टी इन्टरनेसनलले कुरा गरेको थियो ।

उनीहरूमध्ये प्रायः सबैका लागि दुर्व्यवहार घर छोड्नुअघि नै सुरू भएको थियो किनभने उनीहरूलाई आफ्नै देशका एजेन्टहरूले ७०० देखि तीन हजार ५०० अमेरिकी डलरसम्मको भर्ना शुल्क र सम्बन्धित खर्च तिर्न बाध्य पारेका थिए ।

जसका कारण उनीहरू धेरै जसो भारी ऋणमा डुब्नुका साथै थप दुव्र्यवहारमा पर्ने जोखिम बढेको छ ।

जेनजी आन्दोलनका सहिदः जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो

वीरगञ्ज (पर्सा) । जेनजी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब आलम ठकुराई गुमाएकी आमा नजला खातुन र आफ्नो पति गुमाएकी रोक्सिता खातुनको आँखा अहिले पनि ओभाएका छैनन् । काठमाडौँमा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका छोरा र पतिको यादले दुवै जना अहिलेसम्म पनि सम्हालिन सकिरहेका छैन ।

उनीहरु मात्रै होइन, परिवारका अन्य सदस्यहरुको पनि पीडा कम भएको छैन । आफ्नो घरको सदस्य गुमाउनु पर्दा परिवारमा निराशा र छटपटी भने उस्तै छ । “जेनजी आन्दोलनमा भएको अप्रिय घटनाले मेरो मुटुको कलेजा नै तोडेर लगेजस्तै भइरहेको छ,” गहँभरि आँसु झार्दै आमा नजला खातुनले भने, “आफ्नो सन्तान गुमाउनु पर्दा आमालाई जस्तो दुःख अरू कसलाई नपरोस् ?”

सहिद ठकुराईकी आमा नजलाले आफ्नो साइलो छोरा गुमाएपछि आफ्नो परिवार विक्षिप्त अवस्थामा रहेको बताएका छन् । “घरपरिवारको सहारा रहेको छोरालाई मात्रै गुमाएका छैनौँ । कतारमा सेक्युरिटी गार्डका रुपमा काम गर्दै आएका श्रीमान्को समेत जागिर गुमेको छ,” उनले भने, “जग्गाको नाममा एउटा घरसहितको नौ धुर जग्गा मात्रै छ । चार छोरा र बुहारीको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।”

ठकुराईका बुबा अमरुद्धिन वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत रहेका थिए । जेनजी आन्दोलनमा छोरा बितेसँगै उनले जागिर छाडेर छोराको अन्तिम संस्कारको कर्म गर्न भन्दै नेपाल फर्किएका थिए । अहिले बुबा अमरुदिन भने कामविहीन भएका छन् । छोराको मुस्लिम धार्मिक संस्कार अनुसारको कर्म गर्न भन्दै भारतको नयाँदिल्लीमा इस्मालिम जमाती गर्नका लागि गएका छन् ।

मुस्लिम समुदायमा आफ्नो परिवारको सदस्यको निधनपछि चार महिना संस्कार हुने बताइन्छ । आमा नजलाले आफ्नो परिवारको खम्बा नै ढलेकाले पनि सरकारले आफ्नो परिवारको एक जना सदस्यलाई स्थायी रोजगारीको व्यवस्था गर्नका लागि जोडदार माग गरेकी छिन् । “कलकलाउँदो नौजवान छोरा गुमाएका छौंँ । छोराको मृत्युको पूर्ति त जे दिए पनि हुन सक्दैन् तर परिवारका सदस्यको गुजारा चलाउनको लागि पनि सरकारले एक सन्तानलाई स्थायी जागिरको व्यवस्था गरिदिए केही हदसम्म भए पनि मलमपट्टि हुने थियो ।”

जेनजी आन्दोलनमा सहिद भएका ठकुराईकी पत्नी रोक्सिता खातुनको अवस्था पनि नाजुक भएको सासु नजलाले बताएकी छिन् । ‘‘बिहे गरेको दुई महिना बित्न नपाउँदै छोरा गुमाउनुप¥यो । अब बुहारीले कसको मुख हेरेर बाँच्ली जस्तै भएको छ । हाम्रो त परिवारमा पीडामाथि पीडा थपिएको छ’’, उनी बताँउछिन् छोरा बितेसँगै बुहारीको मुहार कतिबेला पनि उज्यालो भएको छैन । बुहारी अहिले कोठाभन्दा बाहिर पनि निस्किएकी छैनन् ।’’ घटना हुनुभन्दा दुई महिना अघि मात्रै २४ वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सितासँग विवाह बैवाहिक जीवनमा बाँधिएका थिए ।

जेनजी आन्दोलनका शहिद भएका ठुकराईका भाइ मुराद आलमले जेनजी आन्दोलन जुन उद्देश्यले गरिएको थियो, त्यसअनुसार परिवर्तन हुनुपर्ने माग गरेका छन् । ‘‘मेरा दाइ जस्तै धेरै नेपालीले भ्रष्टाचारको विरुद्धको जेनजी आन्दोलनमा आफ्नो ज्यानको प्राण आहूति दिएका छन् । उनको योगदानलाई संस्थागत गर्नका मुलुकमा सुशासन र विधिको शासन हुनुप¥यो नि !’’

जेनजी आन्दोलनमा बितेका ठकुराई वीरगञ्जमा कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गर्नका लागि काठमाडौंँ आएको थिए। ‘‘उनी फुर्सदको समयमा केही घण्टा पठाओ बाइक चलाएर खँर्च जुटाउने गर्दथे’’ भाइ मुरादले भने । असहाब भदौ २४ गतेको जेनजी आन्दोलनमा सक्रिय रुपमा सरिक भएका थिए । उनको फोटो तथा भिडियोले पनि उनी आन्दोलनमा सहभागी भएको पुष्टि गर्दछ ।

कोटेश्वर आसपासको सडकमा प्रहरीको गोली लागेर दाजुको सहादत प्राप्त गरेको मुरादले बताए । ‘‘दाजुको छातीमा दुई वटा गोली लागेपछि बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गर्न लागिएको रहेछ,’’ उनले भने, ‘‘सिभिल अस्पतालमा मृत्यु भएपछि पोष्टमार्टम गर्नका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पु¥याइएको भन्ने सुनियो । हामीले दाजुको शव शिक्षण अस्पतालबाट लिएका हौँ ।’’

मन्त्रिपरिषद्को गत कात्तिक १७ गते बसेको बैठकले भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार वीरगञ्जका असहाब पनि सहिदको सूचीमा परेका छन् ।

परिवारका सदस्य भने सहिदको सूचीमा राखेर मात्रै नपुग्ने बताउ छन् । मुरादले सरकारले आफ्नो दाजुलाई सहिद घोषणा गरेर मात्रै नपुग्ने बताएका छन् । ‘‘हाम्रो दाइलाई सहिद घोषणा गरेर मात्रै हुँदैन । जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको राज्यले उच्च सम्मान गरी उनीहरुलाई सधैँ सम्झिने वातावरण तयार पार्न जरुरत छ,’’ उनले भने, ‘‘जेनजी आन्दोलनका उद्देश्य अनुरुप मुलुकमा भ्रष्टाचाररहित सुशासन र समृद्धि आउन जरुरत भएको छ ।’’

मृतक असहाब नजला र अमरुदिनको पाँच सन्तानमध्येका तेस्रो छोरा हुन् । असहाब वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट व्यवस्थापन सङकायमा कक्षा १२ पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ गएको उनको परिवारको भनाइ छ । असहाबका जेठा दाजु राजाबाबु र माइला दाजु आरिफ सिलाइकटाईको काम गर्दै आएका छन् । अर्का भाइ मुराद कक्षा १२ मा अध्ययनरत छन् भने कान्छो भाइ मुनाफ कक्षा नौमा अध्ययनरत छन् ।

वीरगञ्ज महानगर–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले वीरगञ्जले एक असल युवा गुमाउनु पर्दा मर्माहक भएको बताँउछन्। “असहाब भाइ निकै असल व्यक्ति हुन् । उनको निधनले अपूरणीय क्षति भएको छ”, उनले भने, “जेनजी आन्दालनको उद्देश्यले सार्थकता पाएको खण्डमा ठकुराई जस्ता युवाको उच्च सम्मान हुनेछ ।’’

मुराद आफ्नो जेनजी आन्दोलनमा सरिक भएका युवा विद्यार्थीमा दमन गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दछन् । ‘‘जेनजी आन्दोलनमा अत्याचार गर्नेलाई तत्कालै कानूनी दायरामा ल्याउन जरुरी छ,’’ उनले भने,‘‘दोषीलाई कडाभन्दा कडा कारवाही भएको खण्डमा मात्रै शहिदप्रति सच्चा सम्मान हुनेछ ।’’ जेनजी आन्दोलनमा शहिद भएका प्रत्येक परिवारका सदस्यलाई सरकारी जागिरको सुनिश्चित गर्नुपर्ने मुरादको माग छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी समुनकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका असहाबका परिवारलाई सङ्घीय सरकारले घोषणा गरे बमोजिमको क्षतिपूर्ति उपलब्ध गराइसकेको बताएका छन् । ‘‘सङ्घीय सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई घोषणा गरेको क्षतिपूर्ति उपलब्ध गराइसकेका छौँ,’’ उनले भने । गत भदौ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई रु १५ लाख क्षतिपूर्ति दिने र मृतकलाई शहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

एनपिएलः रवि बने अर्धशतक बनाउने तेस्रो खेलाडी

काठमाडौँ। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो अर्धशतक हिर्काउने खेलाडी रवि बोपारा बनेका छन् । चितवन राइनोजका अलराउन्डरसमेत रहेका रविले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।

उनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्दतले अर्धशतक हाने । रवि ३६ बल खेलेर ५२ रनमा आउट भए । बलिङमा एक विकेट समेत लिएका रवि ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए । इङ्ल्यान्डका रवि दोस्रोपटक पनि चितवनबाट एनपिएल खेल्दैछन् । यो खेल चितवनले कर्णालीलाई चार विकेटले हरायो ।

यसअगाडि यो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियाङ्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए । पहिलो अर्धशतक भने जनकपुर बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ ।

सरकारले जेनजी आन्दोलनका २,४२९ घाइतेलाई तत्काल राहत रकम दिने

काठमाडौं । सरकारले जनेजी आन्दोलनका २,४२९ घाइतेलाई तत्काल राहत रकम उपलव्ध गराउने भएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यस्तै, सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । भने प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिव ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २ दशलमव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।

बैठकले नेपाल स्टक एक्स्चेन्स लिमिटेडको पुनसंरचना गर्न आवश्यक अध्ययन गरि सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए । मन्त्रिपरिषद्ले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम हुने गरी अध्यागमन नियमावलीमा हेरफेर गर्ने र सहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

आर्थिक वृद्धिलाई गति दिन रेल सेवाको आधुनिकीकरण गर्दै पाकिस्तान: प्रधानमन्त्री

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले राजस्व वृद्धि र पूर्वाधार सुधारका लागि आर्थिक विकासलाई गति दिन रेल सेवाको आधुनिकीकरणमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् ।

“पाकिस्तान रेलवेको डिजिटाइजेसन र आधुनिकीकरण उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अत्याधुनिक रेल सेवाले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।

सरकारले देश भरका सबै रेलवे स्टेसनहरू स्तरोन्नति गर्ने योजना बनाएको जनाउदै उनले हाल सम्म ५४ वटा रेलवे स्टेसनहरूमा आधुनिकीकरण पछि दक्षतामा सुधार भई स्थानीय व्यवसायलाई सहयोग पुर्याइरहेको बताएका छन्।

यस बाहेक, शरीफले दक्षिणी सिन्ध प्रान्तबाट दक्षिणपश्चिम बलुचिस्तानमा पाकिस्तान रेलवे लाइनलाई थप परिष्कृत गर्न दुई अरब अमेरिकी डलर ऋणका लागि एसियाली विकास बैङ्क सँग छलफल भइरहेको तथा नेटवर्क आधुनिकीकरण गर्न प्रान्तहरू बीच सहयोग बढाउन आवश्यक रहेको बता्एका छन् ।

उज्बेकिस्तान–अफगानिस्तान–पाकिस्तान रेलवे लाइन परियोजनाबारे बोल्दै उहाँले मध्य एसियामा रेलवे नेटवर्क विस्तार गर्न केन्द्रले सबै प्रान्तहरूसँग मिलेर काम गर्ने बताएका छन् ।

 

प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जान्छौं : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो पार्टी अदालत जाने घोषणा गरेका छन् । आज (मंगलबार) च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित कानुनी लडाइँ सुरु गर्ने बताएका छन् ।

ओलीले प्रतिनिधिसभा विघटन संविधान तथा कानुनविपरीत भएकाले अदालतबाट पुनस्र्थापना बाहेक अन्य निर्णय आउने कुनै ‘संवैधानिक बाटो’ नभएको टिप्पणी गरेका छन् । ओलीले भने, ‘हामी दुईवटा कदम चाल्दै अघि बढ्नेछौँ– पहिलो, यस निर्णयलाई अस्वीकार गर्दै कानुनी उपचार खोज्छौं । दोस्रो, यसको संवैधानिक परीक्षण अनिवार्य छ भन्ने हाम्रो ठहर छ । प्रतिनिधिसभा पुनर्स्थापना बाहेक अन्य फैसला सम्भव छैन ।’

उनीले पटक–पटक संविधान अध्ययन गरेको उल्लेख गर्दै विघटन पूर्ण रूपमा असंवैधानिक र लोकतान्त्रिक मूल्य विपरीत रहेको दोहोर्‍याए । ‘वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक वा संवैधानिक ठहर्याउन सक्दैन,’ ओलीले दाबी गरे । बैठकमा उनले सरकारप्रति कडा आक्रोश समेत व्यक्त गर्दै भने, ‘अराजकता, आगलागि, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने सरकारले संविधान र शान्तिपूर्ण राजनीतिक प्रणालीको मर्म नै कमजोर पारिरहेको छ ।’ ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो पार्टीले सडक र अदालत दुवै मोर्चामा संघर्ष अघि बढाउने बताएका छन् ।

‘यो सरकार क्रान्तिबाट होइन–आगजनी, लुटपाट र तोडफोडबाट आएको हो’
अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको घटना डिप स्टेटको योजनाबद्ध हमला भन्दै अहिलेको सरकार त्यहि षडयन्त्रबाट आएको आरोप लगाएका छन् । ओलीले अन्तरिम सरकार जनक्रान्तिबाट नभई आगजनी, तोडफोड र लुटपाटबाट आएको दावी समेत गरेका छन् । विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले रियल जेनजीहरु त्यसदिन माइतीघरदेखि एभरेष्ट होटलसम्म आएर फर्किएको बताए । उनले फेक जेनजीहरुले भदौ २४ को विध्वंशको योजनाबमोजिम संसद भवनमा आगो लगाउँन खोज्दा प्रहरीले बाध्यात्मक अवस्थामा गोली चलाएको दावी गरे । ओलीले नेपो बेबीका नाममा बाल मनोविज्ञानमा आतंक मच्चाएर थालिएको अभियाने योजनाबद्ध रहेको बताए । उनले प्रधानमन्त्री सुशीला कार्की आफैं जेनजी आन्दोलनमा उत्रिएर बिध्वंशको योजना बनाएको आरोप समेत लगाए।

ओलीले पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको एउटा अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन् । उनले पाण्डेका अभिव्यक्ति पार्टीविरोधी रहेको समेत बताए । उपाध्यक्ष पाण्डेले भनेका थिए, ‘भदौ २३ गते १९ जना मान्छे मार्ने गरी गोली चलाइयो, त्यो कुरा गलत हो । त्यो जसले गरेको पनि, एमाले सरकारले गरेको पनि सरकार दोषी हुन्छ । धरहरा कसले बनाएको, मैले बनाएको भन्ने, गोली कसले चलायो, त्यो त थाहा छैन, त्यसो भन्न मिल्दैन ।’ उनले त्यो अभिव्यक्तिलाई लक्षित गर्दै पार्टीविरुद्धको हमला भएको बताए ।

ओलीले पाण्डेलाई लक्षित गर्दै भने, ‘अहिले पनि हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्ने गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन् । यो हाम्रो पार्टीविरुद्धको स्पष्ट हमला हो । हाम्रो लिडरसिपविरुद्धको स्पष्ट हमला हो । जिम्मा लिनुपर्छ रे, जिम्मा लिनुपर्छ भन्या के ?’

गगन थापाले भने- हामी न झुक्छौँ, न झुकिन्छौँ (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठनको अडान आफूले नछाड्ने प्रस्ट पारेका छन्। अधिवेशनसम्बन्धीको विवाद लम्बिँदै गइरहेका बेला थापाले आफूहरू न झुक्ने, न झुक्किने बताएका हुन् ।

उनले भने, ‘कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो। नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ।’

आगामी पुस १६ देखि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने बताइरहेका बेला उनले मंगलबार समाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै आफूहरू न झुक्ने, न झुक्किने बताएका हुन् ।

उनले पार्टीको जारी केन्द्रीय समिति बैठक कहिले टुङ्गिने निश्चित नभएपनि पार्टीपंक्तिलाई धैर्य राख्न अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ। हामी न झुक्छौँ, न झुकिन्छौँ।’

संस्थापन पक्षले चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान लिइरहेको छ। तर, महामन्त्री थापाले भने अहिलेकै अवस्थामा कांग्रेस भोट माग्न जनतामा जान नसक्ने भन्दै नियमित नभए विशेष महाधिवेशन गरेरै भएपनि नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा रहेको बताए।

 

 

 

 

शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बुधवार टर्की जादै

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्तालाई “पुनर्जीवित“ गरी रूससँग थप युद्धबन्दी आदान–प्रदान गर्न बुधबार टर्कीको भ्रमण गर्ने बताएका छन् ।

यस वर्षको सुरुमा इस्तानबुलमा भएको रूस–युक्रेनको तीन चरणको वार्तामा कुनै सम्झौता नभए पछि वार्ता असफल भएको थियो । मस्कोले भने युद्धविरामलाई अस्वीकार गरी युक्रेनी शहरहरूमा निरन्तर बमबारी गरिहेको छ ।

वार्तालाई पुनर्जीवित गर्ने तयारी गरिरहेको जनाउदै जेलेन्स्कीले साझेदारहरूलाई प्रस्ताव गर्ने समाधानहरू विकास गरेको सामाजिक सञ्जाल मार्फत जनाएका छन् । उनले “पिओडब्लु” मार्फत युद्धबन्दीहरूलाई आदान–प्रदान गर्ने काम पनि गरिरहेको बताएका छन् ।

यस अघि कैदी आदान–प्रदान तथा मृत सैनिकहरूको शव फिर्ता गर्न गत मे – जुलाईको बीचमा इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डलहरू बीच सम्झौता भएको थियो ।

अन्तिम पटक कैदी आदान–प्रदान अक्टोबरको सुरुमा भएको थियो, जसमा मस्को र किभ प्रत्येकले १८५ कैदीहरू साटासाट गरेका थिए ।

जेलेन्स्कीको बयानमा रूसबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

गत हप्ता, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा युद्ध अन्त्ये गर्न रूस “वार्ता प्रक्रियाका लागि खुला“ रहेको बताएका थिए यद्देपी पछिल्लो समयमा रूसले हाल सम्म कुनै योजना तथा प्रतिक्रीया सार्वजनिक गरेको छैन ।

यस अघि बढ्दो रूसी दमन र व्याप्त भ्रष्टाचार घोटालाको बीचमा जेलेंस्की युक्रनी सेना र देशको बिग्रिएको ऊर्जा पूर्वाधारका लागि समर्थन जुटाउन युरोपेली भ्रमणमा रहेका थिए ।

उनले मङ्गलबार स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजलाई भेट्ने कार्यक्रम तय भएको छ । यस अघि, उनले फ्रान्ससँगको सम्झौतामा हस्ताक्षर गरी किएभलाई सय वटा लडाकू जेटहरू र ड्रोनसहितका सामाग्री प्राप्त गर्ने व्यवस्था मिलाएका छन् ।

 

मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचार थिएन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचार नभएको दाबी गरेका छन् ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो । यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो । भ्रष्टाचार हुँदो हो । कुन भ्रष्टाचार कहाँ, कहाँनिरको भ्रष्टाचार रु कुन केस ? अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत् खरिदका, विद्युत् बिक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरू त देखिएका थिएनन त ? अहिले जुन देखिएको छ । त्यो त देखिएको थिएन । यस्तो कुशासन पनि देखिएको थिएन । विकासहिनता, राजनीति, अन्यौलग्रस्त, अराजक यस्तो त थिएन त,’ ।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भएपनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकीर समेत उनले गरे ।

 

 

 

 

अमेरिकी सांसदहरू एपस्टेन फाइल सार्वजनिक गर्न निर्णायक मतदानतर्फ

वासिङ्टन । अमेरिकी सांसदहरूले कुख्यात करोडपति यौन शिकारी जेफ्री एपस्टेनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न बाध्य पार्ने विधेयक एपस्टेन फाइल ट्रान्सपरेन्सी एक्ट अगाडि बढाउने तयारी गरेका छन् ।

यस कदमले राष्ट्रपति डोनाल्ड ट्रम्पले आधुनिक अमेरिकाको सबैभन्दा विवादास्पद केस फाइलहरू मध्ये एक ढाकछोप राख्ने प्रयासलाई अस्वीकार गर्दै नयाँ मोड ल्याएको छ ।

हप्तौँसम्म चलेको प्रतिरोध, पर्दाअघि र पछाडिका दबाब तथा सामग्री सार्वजनिक नगर्न उन्मत्त लबिङका बाबजुद राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो अवरोध हटाउन बाध्य भएको सङ्केत दिएका थिए । करिब १०० भन्दा बढी रिपब्लिकन सांसदहरू नै ट्रम्पको आग्रहविपरीत फाइल सार्वजनिक गर्न तयार भएपछि परिस्थितिले उनको पक्ष कमजोर बनाएको थियो ।

अब प्रतिनिधि सभाले एपस्टेन सम्बन्धी अपरेशन, उनको गतिविधि र सन् २०१९ मा हिरासतमा भएको मृत्युसम्बन्धी सरकारी कागजातहरूको अवर्गीकृत विवरण सार्वजनिक गराउने यो विधेयक पारित गर्ने लगभग निश्चित देखिएको छ । सांसदहरूका अनुसार एक हजारभन्दा बढी सम्भावित पीडितहरूको मुद्दामा जनतालाई सत्य बुझ्ने पूर्ण हक छ । ट्रम्प समर्थक कार्यकर्ताहरूले पनि यो कागजातले डेमोक्रेट तथा अन्य उच्च तहका व्यक्तिहरू लामो समयदेखि जाँचबाट जोगिएको दाबी पुष्टि गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पले अझै पनि फाइल रोक्न विभिन्न उपाय खोज्न सक्ने भए पनि सिनेटमा विधेयक रोकेर वा प्रतिनिधि सभामा पारित भएपछि भिटो गरेर यसको मार्ग अवरुद्ध गर्नु अहिले अत्यन्त गाह्रो देखिन्छ । मध्यावधि निर्वाचन नजिकिँदै गर्दा जनभावना पारदर्शिताको पक्षमा खुलेर उभिएको अवस्थामा यस्तो कदम राजनीतिक रूपमा जोखिमपूर्ण हुने आकलन गरिएको छ ।

यस प्रकरणले रिपब्लिकन नेतृत्वभित्र दुर्लभ दरार पनि उजागर गरेको छ । सुरूमा फाइल सार्वजनिक गर्न उत्साहित देखिनुभएका नेता माइक जोनसन पदभार सम्हाल्नेबित्तिकै पछि हटेका थिए । डेमोक्रेटहरूले उनलाई ‘धोका’ दिएको आरोप लगाए भने एपस्टेन फाइल सार्वजनिक गर्न दबाब दिने राजनीतिक व्यक्तित्वमाथि पनि आरोप–प्रत्यारोप चलेका थिए ।

ट्रम्पले आइतबार ट्रुथ सोसल मा सार्वजनिक गरेको पोस्टमार्फत आफ्नो अडान फिर्ता लिँदै हाउस रिपब्लिकनहरूले फाइल सार्वजनिक गर्न मतदान गर्नुपर्ने बताउनुभएको थियो—“किनकि हामीसँग लुकाउन केही छैन ।”

सोमबार ओभल अफिसमा पत्रकारहरूले सोध्दा उहाँले विधेयक सिनेट हुँदै आएमा हस्ताक्षर गर्न आफू ‘पक्षमा’ रहेको बताएका छन् । तर यो सबै धेरैले ट्रम्पको अनुहार जोगाउने प्रयास मात्र भएको व्याख्या गरिरहेका छन्, किनकि आफ्नै पार्टीभित्रको विद्रोहले उनलाई पछि हट्न बाध्य पारेको देखिएको छ ।

सदनमा सबै डेमोक्रेट तथा चार रिपब्लिकन सांसदले ‘डिस्चार्ज पिटिशन’ मा हस्ताक्षर गरी मतदान प्रक्रियालाई बाध्यतापूर्वक अघि बढाए । यो निकै दुर्लभ र शक्तिशाली संसदीय उपाय मानिन्छ । हाउस नेतृत्वले यसलाई रोक्न कडा प्रयास गरे पनि अन्ततः सफल हुन सकेन ।

– अन्तिम क्षणका प्रयासहरू –

एपस्टेनले सन् २००८ मा वेश्यावृत्तिका लागि नाबालिग प्राप्त गरेकामा गरिएको सजायपछि पनि कम उमेरका किशोरी तथा युवतीहरूलाई लक्षित गरेको भनिएको यौन बेचबिखन सञ्जालमा पुनः फसेको अभियोगमा सङ्घीय मुद्दा खेपिरहेका थिए । उनको मृत्युलाई आधिकारिक रूपमा आत्महत्या भनिएको छ ।

ट्रम्पका महान्यायाधिवक्ता र एफबिआई निर्देशकले गत जुलाईमा एपस्टेनसम्बन्धी फाइलहरूको ‘व्यापक समीक्षा’ सकिएको र सामग्री सार्वजनिक नगर्ने कुनै औचित्य नभएको निष्कर्ष सुनाएका थिए । तर त्यसपछि सभामुख जोनसनले सदनलाई लामो अवकाशमा पठाएका थिए, एपस्टेनसम्बन्धी विद्रोह चर्कँदा सेप्टेम्बर मध्यदेखि करिब दुई महिना विधायन प्रक्रिया भचुअल्ली रोकिएको थियो ।

उनले एक नयाँ निर्वाचित डेमोक्रेट सांसदको शपथ ग्रहणसमेत हप्तौँ ढिलाइ गरेका थिए । उनले अन्ततः डिस्चार्ज पिटिशनमा निर्णायक २१८औँ हस्ताक्षर गरेका छन् । यद्यपि जोनसनले यी कदम एपस्टेनसँग सम्बन्धित नभएको दाबी गरेका थिए ।

गत हप्ता ह्वाइट हाउसले मतदान रोक्नका लागि दुई रिपब्लिकन हस्ताक्षरकर्तालाई राजी गराउने अन्तिम प्रयाससम्म गरेको थियो । तर ट्रम्पले आफ्नी कट्टर समर्थक मार्जोरी टेलर ग्रीनसमेत फाइल सार्वजनिक गर्न समर्थन गर्नुपर्ने भन्दै चाप बढाएपछि परिस्थिति उल्टियो ।। ग्रीनले भने, “के छ फाइलमा, मलाई थाहा छैन, अनुमान पनि गर्न सक्दिनँ, तर सार्वजनिक गर्न यो धेरै किन लडाइँ ?”

ट्रम्पले आफ्ना विरुद्ध आएका आरोप अस्वीकार गर्दै एपस्टेनसँगको सम्बन्ध धेरै पहिले नै टुटिसकेको बताए पनि हालै सार्वजनिक भएका केही इमेलमा एपस्टेनले ‘ट्रम्पलाई सबै कुरा थाहा छ, विशेषगरी केटीहरूका विषयमा’ भनेको खुलासाले भएका शङ्काहरू पुनः बलियो बनाएको छ ।

यदि विधेयक प्रतिनिधि सभाबाट पारित भयो भने डेमोक्रेटहरूले रिपब्लिकनहरूलाई सिनेटमा तत्काल प्रक्रिया अघि बढाउन कडा दबाब दिने तयारी गरेका छन् । विधेयक पास गर्न सिनेटमा ६० भोट आवश्यक पर्छ—यसका लागि कम्तीमा १३ रिपब्लिकन सांसद पार लाग्नुपर्नेछ । त्यसभन्दा अघि वा पछि राष्ट्रपति ट्रम्पले भिटो गरे पनि दुवै सदनले दुई–तिहाइ बहुमतले ओभरराइड गर्न बाध्य तुल्याउने छ ।

सरकारको प्रहार एमालेमाथि केन्द्रित छ, सडकमा जानुपर्छ : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा भएको राजनीतिक घटना क्रमलाई प्रतिगामी भन्दै त्यसकाविरुद्ध पार्टी सडक आन्दोलनमा जानुपर्ने बताएका छन् । मंगलबार पार्टीको विघटित संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन संविधानमिाथिको आक्रमण भएको जिकिर गरे ।

उनले अनधिकृत रुपमा संसद विघटन गरेर संसदबाहिरबाट सरकार गठन गरिएको उल्लेख गर्दै यसका विरुद्ध निर्णायक आन्दोलनमा जानुपर्ने बताए । पौडेलले जनतालाई संगठित गर्दै प्रतिनिधि सभा पुनःस्थापनाका लागि निर्णायक आन्दोलन सुरु गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि बताए ।

उनले भने, ‘गत भदौ २३, २४ को सिरानी हालेर देशमा जुन प्रकारको प्रतिगमन भएको छ यो प्रतिगमनको विरुद्धमा आन्दोलनमा जानुपर्ने, सडकमा उत्रिनुपर्ने जिम्मेवारीमा छौं । हामीले सुविचार लिएर जनताको माझमा जानुपर्ने, जनतालाई संगठित गर्नुपर्ने र आन्दोलित गर्नुपर्ने परिवर्तित भूमिकामा छौं । हामीले हरेक परिस्थितिमा आफूलाई खरो रुपमा उतार्न सक्नुपर्छ जस्तो मलाई लाग्छ । हाम्रो पार्टीको पृष्ठभूमि र हाम्रो पार्टीको विगत पनि त्यस्तै छ ।’

उनले मुलुकमा विकसित घटनाक्रम र पार्टीको भूमिकाका विषयमा पार्टी आन्तरिक छलफलमा जुटिरहेको समेत बताए । पौडेलले अहिलेको सरकारले एमालेमाथि प्रहार केन्द्रित गरेको भन्दै एक भएर सामना गर्नुपर्ने बताएका छ्न् । पौडेलले भने, ‘एमालेलाई ,नेतृत्वलाई, अध्यक्षलाई प्रहार गर्न सरकार उद्दत छ । यसलाई हामीले एक भएर सामना गर्नु पर्दछ ।’

 

संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णायक कदम : ट्रम्पको गाजा योजना पारित

न्युयोर्क । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा द्वन्द्व अन्त्य योजना तथा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने व्यवस्थालाई समर्थन गर्दै अमेरिकाले तयार पारेको प्रस्ताव पारित गरेको छ । परिषद्ले १३–० मतले प्रस्ताव अनुमोदन गरेको हो । परिषद्का स्थायी सदस्य चीन र रुस मतदानबाट अनुपस्थित रहेका थिए ।

यो मतदान इजरायल र हमासले गत महिना ट्रम्पको २०–बुँदे योजना अन्तर्गतको प्रारम्भिक चरण—दुई वर्षदेखि जारी युद्धलाई रोक्ने युद्धविराम तथा इजरायली बन्धकहरूको रिहाइको सम्झौता—स्वीकार गरेपछि भएको हो । यस निर्णयलाई गाजामा प्रस्तावित सङ्क्रमणकालीन प्रशासनलाई अन्तर्राष्ट्रिय वैधता प्रदान गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ, जसले स्थिरता मिशनमा सहभागी हुन चाहने राष्ट्रहरूलाई प्रोत्साहित गर्ने मानिएको छ ।

प्रस्तावमा सहभागी राष्ट्रहरूले ट्रम्पको अध्यक्षतामा रहने ‘शान्ति बोर्ड’ मा भाग लिन सकिने व्यवस्था गरिएको छ । उक्त बोर्डलाई गाजाको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका गतिविधि सञ्चालन गर्ने अस्थायी प्रशासनिक निकायका रूपमा परिभाषित गरिएको छ । साथै, अन्तर्राष्ट्रिय स्थिरीकरण बललाई(आइएसएफ)क्षेत्रको असैन्यीकरण, हतियार नष्ट गर्ने तथा सैन्य पूर्वाधार ध्वस्त पार्ने जिम्मेवारी औपचारिक रूपमा दिने अधिकार पनि प्रस्तावले प्रदान गर्दछ ।

तर हमासले परिषद्को निर्णयलाई अस्वीकार गरेको छ । समूहले आफू निरस्त्रीकरण नहुने दृढता दोहोर्‍याउँदै इजरायलविरुद्धको आफ्नो सङ्घर्षलाई ‘वैध प्रतिरोध’ भनेको छ । हमासले यस प्रस्तावलाई ‘गाजा पट्टीमा अन्तर्राष्ट्रिय संरक्षकता थोपर्ने प्रयास’ भनी आरोप लगाउँदै जनताले यसलाई अस्वीकार गर्ने दाबी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले परिषद्को बैठकमा प्रस्तावलाई ‘प्यालेस्टिनी आत्मनिर्णयतर्फ सम्भावित मार्गचित्र’ को रूपमा व्याख्या गरेका छन् । उनले यसले ‘हमासको नियन्त्रण तोड्ने’ र गाजालाई आतङ्क र भयमुक्त, समृद्ध तथा सुरक्षित बनाउने आधार तयार गर्ने बताएका छन् ।

दोस्रो तर्फ, स्थायी सदस्य रूसले यसअघि सम्भावित भिटोको सङ्केत गरे पनि अन्ततः मतदानमा भाग नलिएपछि प्रस्ताव पास हुन सक्षम भयो । रूस र चीन दुवैले गाजाको भविष्य निर्धारणमा संयुक्त राष्ट्रसङ्घको भूमिकालाई सीमित गर्ने अमेरिकी दृष्टिकोणको आलोचना गरे । रूसी प्रतिनिधि भासिली नेबेन्ज्याले परिषद्ले ‘वासिङ्टनको प्रतिज्ञासहित गाजामा शान्ति बोर्ड र आइएसएफलाई पूर्ण अधिकार दिएको’ टिप्पणी गर्दै यसका ‘विधि र उद्देश्यबारे अस्पष्टता’ रहेको बताएका छन् ।

प्यालेस्टिनी प्राधिकरणले भने प्रस्तावको स्वागत गर्दै यसलाई कार्यान्वयनमा सहयोग गर्न तयार रहेको जनाएको छ । कूटनीतिज्ञहरूका अनुसार रूसी भिटो रोक्न प्राधिकरणको समर्थन निर्णायक रहेको थियो ।

राष्ट्रपति ट्रम्पले सुरक्षा परिषद्को निर्णयलाई ‘ऐतिहासिक’ भन्दै प्रशंसा गरेका छन् । उनले ट्रुथ सोसलमा लेख्दै भने, “शान्ति बोर्डलाई समर्थन गर्दै भएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को अद्भुत मतदानका लागि विश्वलाई बधाई । यसको अध्यक्षता म स्वयं गर्नेछु र यसमा विश्वका सम्मानित तथा शक्तिशाली नेताहरू समावेश रहनेछन् ।”

प्रस्तावले इजरायलभित्र भने असहजता बढाएको छ, किनकि यसको पाठले दीर्घकालीन रूपमा प्यालेस्टिनी राज्यको सम्भावना सङ्केत गर्दछ । यसमा प्यालेस्टिनी प्राधिकरणले सुधार लागू गरेपछि तथा गाजाको पुनर्निर्माणमा पर्याप्त प्रगति भएपछि ‘प्यालेस्टिनी आत्मनिर्णय तथा राज्य स्थापना तर्फ विश्वसनीय मार्ग’ बन्न सक्छ भन्ने उल्लेख गरिएको छ । साथै, संयुक्त राज्य अमेरिकाले इजरायल र प्यालेस्टिनीबीच ‘शान्तिपूर्ण सहअस्तित्वका लागि राजनीतिक क्षितिजमा सहमति खोज्ने संवाद’ स्थापना गर्ने उल्लेखसमेत गरिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने आफ्ना दक्षिणपन्थी गठबन्धन साझेदारहरूको दबाबबीच प्यालेस्टिनी राज्यको समर्थन अस्वीकार गर्दै गाजालाई ‘सजिलो वा कठिन कुनै पनि मार्गबाट पूर्ण विमुद्रीकरण गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

दोस्रो खेल: पोखराले टस जितेर विराटनगर विरुद्ध बलिङ रोज्यो

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

मंगलबार (मंसिर २) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिए ।  खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितमा यो दुई टिमको दोस्रो भेट हो । यसअघि, पहिलो संस्करणमा यी दुई टिमले प्रतिस्पर्धा गर्दा पोखराविरुद्ध विराटनगरले सुपर ओभरमा जित निकालेको थियो ।

प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर र पोखरा लिग चरणबाटै बाहिरिएका थिए । विराटनगरले पहिलो संस्करण पाँचौँ र पोखराले सातौँ स्थानमा रहँदै टुंग्याएको थियो ।

सुशीला कार्की सरकारप्रति ओलीको टिप्पणी : ‘बाघको छालामा स्यालको रजाँइ’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन भड्काएको भन्दै टीओबी (तिब्बतीयन ओरिजिनल ग्रुप) प्रति आक्रोश पोखेका छन् । आज (मंगलबार) एमालेको विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकमा दलका नेता ओलीले तिब्बती शरणार्थीहरूप्रति आक्रोश व्यक्त गरेका हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ ग्रुपका युवाले ‘मलाई मेरो देश चाहिन्छ’ भनेर चिच्याएको भिडिओ भाइरल भएको थियो भने आन्दोलन भड्काउन सो समूह सक्रिय भएको आरोप छ ।

अध्यक्ष ओलीले अहिलेको सरकारलाई ‘बाघको छालामा स्यालको रजाँइ’ को संज्ञा दिए । ‘यो सरकार बनायो कसले ? जनताले बनाएको होइन । सरकार टेलिफोनबाट, डिस्कर्डबाट बनेको हो’ उनले भने, ‘सरकार राजनीतिबाट बन्छ । चुनावबाट बन्छ । त्यसैले यो असंवैधानिक छ ।’ उनले राजनीति, सामाजिक, आर्थिक रुपले पछाडी धकेल्न खोजिएको बताए । यस्तै, उनले अहिले भ्रष्टाचार बढेको दाबी पनि गरे ।

‘देश दोबाटोमा छ । देशको स्वाधीनता, स्वतन्त्रता जोगाएर समृद्धिको यात्रामा अघि बढाउने कि वा नेपाललाई विनास र बर्बादीको बाटोमा लैजाने यो महत्वपूर्ण प्रश्न हो’ उनले भने, ‘देशमा भ्रष्टाचार अहिले बढेको छ । देश लोकतान्त्रिक प्रणालीमा अघि बढेको थियो । अहिले गलत तरिकाले नेपो बेबी भनेर बच्चा बच्चीमा त्रास फैलाइयो ।’ उनले भदौ २३ र २४ को घटना बालबालिका विरोधी अपराध भएको बताए । उनीहरूलाई मानसिक दबाब दिइएको बताएका छन् । ‘बाबुआमाले भ्रष्टाचार गरेका रहेछन् भने पनि बालबालिकाको के दोष ?’ उनले भने ।

अध्यक्ष ओलीले आफूलाई भदौ २३÷२४ गतेको घटना जिम्मा लिनुपर्छ भन्नेहरू पार्टी विरोधी र नेतृत्व विरोधी भएको बताए । अध्यक्ष ओलीले वर्तमान सरकारले खुलेआम भ्रष्टाचारको काण्ड मच्याएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत् खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति समेत जनाए ।

उनले आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भएपनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकिर समेत गरे । अध्यक्ष ओलीले भने ‘देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो । यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो । भ्रष्टाचार हुँदो हो । कुन भ्रष्टाचार कहाँ, कहाँ निरको भ्रष्टाचार रु कुन केस रु अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत् खरिदका विद्युत् विक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरू त देखिएका थिएनन् त रु अहिले जुन देखिएको छ । त्यो त देखिएको थिएन । यस्तो कुशासन पनि देखिएको थिएन । विकासहीनता, राजनीति, अन्योलग्रस्त, अराजक यस्तो त थिएन त ।’ अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकलाई विकासहीनता, अराजकता र अन्योलग्रस्त अवस्थामा पुर्‍याएको समेत बताए ।

प्यालेस्टाइनद्वारा संयुक्त राष्ट्रसङ्घको प्रस्तावलाई स्वागत गर्दै तत्काल कार्यान्वयनका लागि आह्वान

रामल्ला । प्यालेस्टाइनले गाजा पट्टीका लागि अमेरिकाले तयार पारी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले स्वीकृत गरेको प्रस्तावलाई स्वागत गरेको छ । जसले स्थायी युद्धविरामको पुष्टि गर्दै सहायताको निर्बाध प्रवेश र वितरण सम्भव बनाई प्यालेस्टिनी जनताको अधिकारलाई समर्थन गर्दछ ।

प्यालेस्टाइनले गाजा पट्टीमा सामान्य जीवन पुनस्र्थापना गर्ने, गाजाबासीको सुरक्षा सुनिश्चित गर्ने, विस्थापन रोक्ने, इजरायली कब्जा बलहरूको पूर्ण फिर्ती सुनिश्चित गर्ने, पुन र्निर्माण गर्ने कार्यको आवश्यकतामा जोड दिएको छ ।

प्यालेस्टाइनले अमेरिकी प्रशासन, सुरक्षा परिषद्का सदस्यहरू, अरब र इस्लामिक देशहरू, युरोपेली सङ्घ र यसका सदस्य राष्ट्र संयुक्त राष्ट्र सङ्घ लगायत न्युयोर्क घोषणाका साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको पुष्टि गरेको छ । जसले गाजा पट्टी, वेस्ट ब्याङ्क र पूर्वी जेरुसेलममा प्यालेस्टिनी जनताको पीडा अन्त्य गर्न मद्दत गर्ने र शान्ति र सुरक्षा प्राप्त गर्ने विश्वसनीय राजनीतिक प्रक्रियाको लागि मार्ग प्रशस्त गर्ने छ ।

प्यालेस्टाइनले गाजा पट्टीमा आफ्नो पूर्ण जिम्मेवारी ग्रहण गर्न तयार रहेको जनाउदै पट्टी प्यालेस्टाइन राज्यको अभिन्न अङ्ग भएको पुष्टि गरेको छ ।

प्यालेस्टाइनले शान्ति, स्थिरता र सुरक्षालाई बढावा दिई प्यालेस्टिनीको स्वतन्त्रता र आत्म रक्षाको लागि मिलेर काम गर्ने इच्छा व्यक्त गर्ने र सहयोग गर्ने सबै देशहरूको प्रशंसा गरेको छ ।

वेस्ट ब्याङ्कमा जारी इजरायली हिंसाको युरोपियन युनियनद्वारा निन्दा

ब्रसेल्स । युरोपेली युनियनका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि, काजा कल्लासले वेस्ट ब्याङ्कमा निरन्तर जारी हिंसाको कडा निन्दा गर्दै उक्त घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।

ब्रसेल्स स्थित युरोपेली आयोगको मुख्यालयमा प्यालेस्टिनी प्रतिनिधिमण्डल बिच प्रस्तुत टिप्पणीमा, कल्लासले धम्की अभियान, शारीरिक तथा मौखिक आक्रमण, सम्पत्ति र घरहरू नष्ट भएको विषयमा छलफल भइरहेको तथा यस्ता अभ्यासहरू ईयूलाई अस्वीकार्य भएको बताएका हुन् ।

युरोपियन युनियनले सहायता कार्यक्रम, विकास परियोजनाहरू र दुई–राज्य बिचको युद्ध समाधानको लागि प्यालेस्टिनी प्राधिकरणको भूमिकालाई सुदृढ पार्न प्यालेस्टिनी जनताको बलियो समर्थक रहेको कुरामा कलासले जोड दिएका छन् । उनले यसको लागि युरोपेली संघ र प्यालेस्टिनी प्राधिकरण बिचको साझेदारीलाई अझै सुदृढ पार्नेु पर्ने बताएका छन् ।

उनले ईयूले इजरायललाई कब्जा गर्ने शक्तिको रूपमा तत्काल, निर्णायक कदम चाल्न तथा निरन्तरको निर्दोस नागरिक माथिको हिंसात्मक अपराध प्रति जवाफदेही बनाउन अघि बड्नेसमेत उल्लेख गरेका छन् ।

 

राजसंस्था पुनर्स्थापनाका लागि बलिदानी दिन पनि तयार छु : कांग्रेस नेता भण्डारी

काठमाडौं । सनातन हिन्दु राष्ट्रको एजेण्डा उठाउँदै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राजसंस्था पुनर्स्थापनाका लागि आफू कुनै पनि हदसम्म जान तयार रहेको बताएका छन् । आज (मंगलबार) काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै उनले आफू राजावादी नभए पनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनः स्थापना गर्न बलिदानी दिन समेत तयार रहेको बताए । हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गर्ने गरेको उनको आरोप छ ।

उनले भने, ‘म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो । त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । परिआए बलिदान दिन पनि तयार छु । पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइन। मिडियाले पनि यस्तै गर्ने हो मिडिया घेर्ने बेला आइरहेको छ ।’

उनले नेपाली कांग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको भन्दै आक्रोश व्यक्त गरे। कांग्रेसभित्र पद प्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको समेत बताए । उनले थपे, ‘पद प्राप्तिको लागि अहिले मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था छ । म दुःखका साथ भन्छु कांग्रेसभित्र पनि त्यो चरित्र हाबी भएको कारणले आज म बदनाम भएको छु । म भ्रष्टाचारी कांग्रेस भएको छु ।’

 

 

ट्रम्पद्वारा मदुरोसँग संवादको तयारी, मेक्सिकोभित्र अमेरिकी कारबाही ‘ठीक’ हुने अभिव्यक्ति

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग प्रत्यक्ष संवाद गर्न तयार रहेको बताउँदै क्यारेबियन क्षेत्रमा वासिङ्टनको तीव्र सैन्य गतिविधिले उत्पन्न भइरहेको तनावका बीच आफूले उचित समयमा वार्ता खोज्ने सङ्केत दिएका छन् ।

साथै उनले मेक्सिकोभित्र लागुऔषधविरुद्धको अमेरिकी आक्रमणबारे सोधिएको प्रश्नमा आक्रमणप्रति आफूलाई कुनै आपत्ति नहुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले हाल क्यारेबियन क्षेत्रतिर अमेरिकी सेनाको उपस्थिति उल्लेखनीय रूपमा बढाएका छन् । यसलाई उनले भेनेजुएला, मेक्सिको तथा अन्य ल्याटिन अमेरिकी देशहरूमा सक्रिय लागुऔषध तस्करहरूविरुद्धको कारबाहीका लागि आवश्यक कदमका रूपमा प्रस्तुत गरेका छन् ।

पत्रकारहरूले ओवल अफिसमा उनीसँग मदुरोसँग संवाद गर्ने सम्भावनाबारे सोध्दा उनले ‘उचित समयमा, म उनीसँग कुरा गर्नेछु’ भन्दै मदुरोलाई अमेरिकाको हित विपरीत काम गर्ने व्यक्ति भनेर टिप्पणी गरेका छन् ।

भेनेजुएलामा अमेरिकी भूसैनिक प्रवेशलाई अस्वीकार गर्ने कि भन्ने प्रश्नमा ट्रम्पले स्पष्ट रूपमा अस्वीकार नगरी भने, “होइन, म कुनै पनि विकल्प अस्वीकार गर्दिनँ । हामीले भेनेजुएलाको हेरचाह गर्नुपर्छ । उनीहरूले लाखौँ मानिसलाई जेलबाट निकालेर हाम्रो देशतर्फ पठाए ।”

त्यसको केही घण्टापछि राष्ट्रपति मदुरोले आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा संयुक्त राज्य अमेरिकामा ‘भेनेजुएलासँग कुरा गर्न इच्छुक जोसुकैसँग पनि आमनेसामने संवाद गर्न तयार’ रहेको अभिव्यक्ति दिएका छन् ।

यसैबीच, अमेरिकी मरीन सैनिकहरूको एउटा टोली हाल ट्रिनिडाड एन्ड टोबागोमा सैन्य अभ्यासमा संलग्न छ । यो एक महिनाभित्र सो क्षेत्रमा भएको दोस्रो सैन्य अभ्यास हो । यो अभ्यास अमेरिकी तथा भेनेजुएलाली तटहरूबाट करिब १० किलोमिटर टाढा सम्पन्न भइरहेको छ ।

तर ट्रिनिडाड एन्ड टोबागोकी प्रधानमन्त्री कमला पर्सद–बिसेसरले एएफपीलाई पठाएको ह्वाट्सएप सन्देशमा आफ्नो देशले भेनेजुएलामा कुनै पनि प्रकारको अमेरिकी आक्रमणका लागि आफ्नो भूभाग उपलब्ध नगराउने र यससम्बन्धी कुनै अनुरोध पनि पाएको नभएको स्पष्ट पारेका छन् ।

“ट्रिनिडाड एन्ड टोबागोले भेनेजुएलाका जनतालाई हानि पु¥याउने कुनै पनि कार्यमा भाग लिँदैन”, वासिङ्टन र काराकासले वार्तामार्फत मतभेद समाधान गर्नुपर्नेमा जोड दिँदै उनले भने ।

भेनेजुएलाले अमेरिकामाथि विमानवाहक युद्धपोत, स्टील्थ जेट र अन्य सैन्य साधनसामग्री प्रयोग गरी शासन परिवर्तनको उद्देश्य राखेको आरोप लगाउँदै आएको छ । वासिङ्टनले भने राष्ट्रपति मदुरोलाई ‘आतङ्कवादी’ लागुऔषध कार्टेलको नेतृत्व गरेको आरोप लगाएको छ । उक्त आरोपलाई मदुरोले कडा रूपमा अस्वीकार गर्दै आएका छन् ।

एएफपीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरयता अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानीमा लागुऔषध बोकेको आरोपमा डुङ्गाहरूमा हवाई आक्रमण गर्दा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । तर संयुक्त राज्य अमेरिकाले करिब २० भन्दा बढी आक्रमणमा मारिएका व्यक्तिहरू वास्तवमा तस्कर नै थिए भन्ने दाबी पुष्टि गर्न विवरण सार्वजनिक गरेको छैन ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोविरुद्ध जारी कडा बयानबाजीलाई निरन्तरता दिँदै ‘लागुऔषध रोक्नका लागि मेक्सिकोमा आक्रमण हुन्छ रु यसमा मलाई आपत्ति छैन । लागुऔषध रोक्न जे गर्नुपर्छ, हामी त्यो गर्नेछौँ’ भनेर टिप्पणी गरेका छन्। उनले भने, “मैले अहिले गरिरहेको छु भनेर भनेको होइन, तर यदि गर्नुपर्‍यो भने म गर्वका साथ गर्नेछु । यसरी हामी लाखौँको ज्यान बचाउन सक्छौँ ।”

अगस्टदेखि वासिङ्टनले क्यारेबियन क्षेत्रमा आधा दर्जन युद्धपोतसहित महत्त्वपूर्ण सैन्य उपस्थिति कायम राख्दै अमेरिकाको भूमिमा पुग्ने लक्ष्यका साथ गरिने लागुऔषध तस्करीविरुद्ध आधिकारिक रूपमा कडा अभियान चलाइरहेको छ ।

दुर्गा प्रसाईंलाई भेट्न हिरासत पुगेका नौं जना पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा पुगेका नौं जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन् । परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए । उनीहरू चढेर गएको गाडी पनि प्रहरीले खानतलासी गरेको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक समेत रहेका प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुसन्धानका लागि प्रसाईंलाई चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । मेडिकल व्यवसायी प्रसाईंलाई प्रहरीले गए राति उनकै निवास पुगेर पक्राउ गरेको थियो ।

प्रसाईं मंसिर दोस्रो सातादेखि आन्दोलन गर्ने भन्दै त्यसको तयारीमा लागेको अभिव्यक्ति दिँदै आइरहेका थिए । उनीमाथि शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोप छ । सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो । दुर्गा प्रसाईलाई पक्राउ गरेको विरोधमा उनका समर्थक प्रदर्शनमा उत्रिएका छन् । प्रसाईंका समर्थकले जिल्ला प्रशासन कार्यालय काठमाडौंअघि अहिले नारा जुलुशसहित विरोध जनाइरहेका छन् । त्यहाँ प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ । उनीहरूले प्रसाईलाई छाड्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । मंसिर ७ बाट आन्दोलनको तयारीमा रहेका प्रसाईलाई हिंसा भड्किने तथा अराजक गतिविधि गर्न उक्साउन अभिव्यक्ति दिएको भन्दै प्रहरीले मध्यरातमा पक्राउ गरेको थियो ।

 

 

 

कर्णालीलाई चितवनले हरायो, रबि बोपाराको अर्धशतक

काठमाडौं । रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई हराएको छ । चितवनले कर्णालीलाई चार विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो । चितवनका लागि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए । ओपनर दीपक बोहराले ४२ रन जोडे ।

सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन जोडे । बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ तथा मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एक÷एक विकेट लिए । चितवनले एनपीएलमा पहिलो पटक कर्णालीलाई पराजित गरेको हो । यसअघि पहिलो संस्करणमा दुवै खेलमा कर्णालीले चितवनलाई पराजित गरेको थियो । लिग चरणमा कर्णाली ५ विकेटले विजयी भएको थियो भने एलिमिनेटरमा २१ रनले विजयी भएको थियो ।

सियोल–अमेरिका पनडुब्बी सम्झौताले ‘आणविक डोमिनो’ सुरु हुने उत्तर कोरियाको दाबी

सियोल । उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका बीच आणविक–सञ्चालित पनडुब्बी निर्माणसम्बन्धी नयाँ सम्झौताप्रति कडा आपत्ति जनाउँदै उक्त समझदारीले क्षेत्रीय तथा विश्वव्यापी सुरक्षा सन्तुलनमा ‘आणविक डोमिनो’ प्रभाव उत्पन्न गर्ने दाबी गरेको छ ।

प्योङयाङले मङ्गलबार राज्य सञ्चालित मिडियामार्फत दिइएको प्रतिक्रियामा यो कदमलाई खतरनाक सैन्य टकरावका सङ्केतका रूपमा चित्रण गरेको हो ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले गत हप्ता वासिङ्टनसँग लामो समयदेखि प्रतीक्षित सुरक्षा तथा व्यापार सम्झौतामा अन्तिम सहमति जुटेको घोषणा गरेका थिए । उक्त सम्झौतामा आणविक–सञ्चालित पनडुब्बीसमेत विकास गर्ने योजनालाई उल्लेखनीय उपलब्धि मानिएको छ । सियोलले यसले ‘युरेनियम संवर्धन तथा खँर्चिएको इन्धन पुनःप्रशोधनसम्बन्धी आफ्नो अधिकार विस्तार गर्न अमेरिकी समर्थन दिलाएको’ बताएको छ ।

सम्झौतामाथिको पहिलो आधिकारिक प्रतिक्रिया जनाउँदै उत्तर कोरियाले पनडुब्बी कार्यक्रमलाई ‘टकराव भड्काउने खतरनाक प्रयास’ भन्दै टिप्पणी गरेको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी(केसिएनए) ले प्रकाशित गरेको वक्तव्यअनुसार उक्त सम्झौता ‘कोरियाली प्रायद्वीप बाहिरै एसिया–प्रशान्त क्षेत्रमा समेत सैन्य तथा सुरक्षा अवस्थालाई अस्थिर बनाउने गम्भीर विकास’ हो, जसले ‘विश्वव्यापी स्तरमा नियन्त्रण गर्न नसकिने आणविक प्रतिस्पर्धाको स्थिति’ निम्त्याउन सक्छ ।

प्योङयाङले दक्षिण कोरियाले आणविक–सञ्चालित पनडुब्बीहरू सञ्चालनमा ल्याएपछि यस क्षेत्रमा ‘आणविक डोमिनो घटना’ शुरु भई नयाँ शस्त्र दौड चर्किन बाध्य हुने चेतावनी पनि दिएको छ ।

यो प्रतिक्रिया सियोलले सीमा तनाव रोक्नका लागि उत्तर कोरियासँग सैन्य वार्ताको प्रस्ताव गरेको भोलिपल्ट आएको हो । सात वर्षपछि पहिलोपटक प्रस्तुत गरिएको यस प्रस्तावमा राष्ट्रपति लीले कुनै पूर्वशर्तविना व्यापक संवाद गर्न इच्छुक रहेको स्पष्ट पारेका छन् । यो उनका रूढीवादी पूर्ववर्तीहरूले अपनाएको कठोर नीतिबाट पूर्णतः भिन्न छ ।

यसबीच, उत्तर कोरियाले राष्ट्रपति लीको संवाद प्रस्तावमाथि हालसम्म कुनै प्रतिक्रिया नदिएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् ।

कोलम्बियामा सैनिक कारबाहीका बीच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु

बोगोटा । कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूहरूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा परेका बालबालिकाहरूको ज्यान गएको अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । यसै सशस्त्र समूहद्वारा जबर्जस्ती अपहरणमा पारिएका ती नाबालिगहरू सेनाको कारबाहीमा गोलीको शिकार भएको बताइएको छ ।

राष्ट्रपति गुस्ताभो पेट्रोले हालैका दुई सैन्य बम आक्रमणमा पाँच बालबालिकाको मृत्यु भएको प्रारम्भिक जानकारी सार्वजनिक गरेका थिए । कोलम्बियाको मानव अधिकार लोकपालको कार्यालयले सो सङ्ख्यामा सातसम्मको थप पुष्टि गरेको छ । ती बालबालिकाहरूको उमेर सार्वजनिक गरिएको छैन ।

यसैबीच, कोलम्बियाको नेसनल इन्स्टिच्युट अफ लिगल मेडिसिन एन्ड फरेन्सिक साइन्सेजले सोमबार नै अगस्ट २४ मा दक्षिण–मध्य ग्वाभियर विभागमा भएको एक सैन्य आक्रमणका क्रममा तीन नाबालिगको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।

सेना र अभियोजकहरूले अक्टोबर १० मा १९ गुरिल्ला सदस्य र सात बालबालिकाको ज्यान जाने गरी भएको आक्रमणबारे संयुक्त छानबिन सुरु गरेको जानकारी दिएपछि राष्ट्रपति पेट्रोले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै भने, “सबै नाबालिगहरू अपराधी समूहहरूद्वारा जबर्जस्ती भर्ती गरिएका थिए, जसले उनीहरूलाई सीधै वैमनस्य र युद्धको मैदानमा धकेलेको थियो ।”

कोलम्बियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले अपहरणमा परेका बालबालिकाहरूको सुरक्षाका लागि सेना तथा सुरक्षाकर्मीहरूले सकेसम्म सबै उपाय अपनाउनुपर्नेमा जोड दिँदै नाबालिगहरूको मृत्यु भएको घटनाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । रिपोर्टहरूअनुसार कोलम्बियामा औसतमा प्रत्येक दुई दिनमा एक नाबालिगलाई छापामार समूहहरूले अपहरण गरी लडाकूका रूपमा तालिम दिने गरेका छन् ।

राष्ट्रपति पेट्रोले सैनिकहरूको ज्यान जोगाउनका लागि आक्रमणको आदेश दिइएको बताएका छन् । उनले बालबालिकाहरूको ‘दुःखद क्षति’ प्रति गहिरो समवेदना व्यक्त गरेको छ र ‘मैले यो पीडा आफ्नै अन्तस्करणमा बोकेको छु’ भन्दै पीडित आमाहरूसँग क्षमायाचना गरेका छन्।

तर उनले २०१६ को शान्ति सम्झौतापछि निरस्त्रीकरण गर्न अस्वीकार गरी पुनः सक्रिय भएका फार्कका असन्तुष्ट समूहहरूलाई लक्षित सैन्य कार्यवाही रोक्न लोकपालको कार्यालयले गरेको अनुरोध भने अस्वीकार गरेका छन् ।

अभियोजनकर्ताहरूका अनुसार सन् २०१९ देखि २०२३ सम्म विभिन्न सशस्त्र समूहहरूले एक हजार १०० भन्दा बढी बालबालिकालाई अपहरण गरेका छन् । सन् १९९६ देखि २०१६ सम्म यो सङ्ख्या २३ हजार ८०० पुगेको थियो, जसले कोलम्बियामा दशौँ वर्षदेखि जारी हिंसा र बालअधिकार सङ्कटको गम्भीरता झनै उजागर गर्दछ ।

जेन–जी आन्दोलन घटनाको ‘जिम्मेवारी’ ओलीमाथि थोपर्न मिल्दैन : एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालै विघटित प्रतिनिधि सभासम्बन्धी राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनका समयमा घटेका घटनाबारे कडा प्रतिक्रिया दिएका छन् । लगातार दुई बैठकहरूमा दलका सांसदहरूलाई सम्बोधन गर्दै पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको जिम्मेवारीको प्रश्नलाई खारेज गर्दै वर्तमान सरकारको भूमिकामाथि व्यापक असन्तुष्टि व्यक्त गरेका छन् ।

भदौ २३ र २४ गते चलेको जेन–जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको घटना अहिले राजनीतिक बहसको केन्द्रमा छ । तत्कालीन प्रधानमन्त्री ओलीको हैसियतमा उनले यी सबै घटनाको जिम्मा लिनुपर्ने आवाज उठिरहेका बेला पोखरेलले भने, ‘प्रधानमन्त्रीले शान्ति–सुरक्षा कायम गर्ने क्रममा सरकारी संयन्त्रले प्रयोग गरेको बलको प्रत्यक्ष जिम्मा लिनु ‘‘सही व्याख्या’ नहुने दाबी गरे ।

उनले भने, ‘शान्ति–सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गर्दा त्यसको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले नै लिनुपर्छ भन्ने धारणा युक्तिसङ्गत छैन । जेन–जीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समाधान गर्न सक्दैन, बरु देशलाई पछाडि धकेलिरहेको छ ।’ च्यासलस्थित पार्टी कार्यालयमा बसेको विघटित संसदीय दलको बैठकमा पोखरेलले मुख्य एजेण्डा संसद् पुनःस्थापना रहेको स्पष्ट पारे । उनले संविधानले नचिनेको प्रधानमन्त्रीद्वारा गराइएको संसद् विघटन ‘पहिलो दृष्टिमै गलत’ रहेको बताए । ‘विगतका फैसला र नजिरले पनि संसद् पुनःस्थापना आवश्यक देखिन्छ’, पोखरेलले भने, ‘राजनीतिको बिग्रिएको कोर्स यही बिन्दुबाट सुधारिनु पर्छ ।’

‘नहुने चुनावको पैरवी गरेर एमाले हिँड्दैन’
सरकारतर्फबाट सम्भावित निर्वाचनको चर्चा भइरहे पनि एमाले त्यसको विश्वसनीयतामै प्रश्न उठाउँदै अघि बढ्ने पक्षमा छैन । पोखरेलले भने, ‘चुनावको कुरा गर्नेहरू नै चुनाव हुनेमा विश्वस्त छैनन् । नहुने चुनावको पैरवी गरेर एमाले हिँड्दैन ।’ जेन–जी आन्दोलनका घटनालाई राजनीतिक रूपमा प्रयोग गर्दै बनेको वर्तमान सरकारले कुनै पनि राष्ट्रिय संकट समाधान गर्न नसक्ने आरोप पोखरेलले दोहो¥याए । ‘मुलुकलाई अघि बढाउनु पर्नेमा अहिलेको सरकारले उल्टै पछाडि धकेलिरहेको छ’, उनले भने ।

भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर सङ्कटमा

नन्दुरबार (भारत) । भारतको महाराष्ट्र राज्यका दूरदराजका खडेरीपीडित गाउँहरूमा रहेका बालिकाहरू शिक्षा र बाँच्नका लागि गरेको सङ्घर्षबीच दुविधामा परेको मार्मिक यथार्थ सतहमा आएको छ ।

प्रत्येक बिहान १७ वर्षीया रमाती मङ्गला झर्ना गाउँबाट धेरै किलोमिटर टाढासम्म नाङ्गो खुट्टा हिँड्दै पानी ल्याउन स्टिलको भाँडो लिएर प्रस्थान गर्दछन् । जब उनी घर फर्कन्छिन, तबसम्म विद्यालय सुरु भएर सकिनै लागेको हुन्छ ।

“मेरो पुस्तकहरू सुरक्षित राखेको छु”, उनले भन्छिन्, “तर कहिल्यै समयमै फर्कने मौका पाइन भने के हुन्छ रु”

महाराष्ट्रका नासिक र नन्दुरबार जिल्लामा कुवाहरू सुक्दै गएका छन् र वर्षा दिनप्रतिदिन अनियमित बन्दै गएको छ, जसले स्थानीय बासिन्दाहरूलाई कठोर जीवनस्थितिको सामना गर्न बाध्य पारेको छ ।

कामको खोजीमा पुरुषहरू नजिकका सहरतिर रोजगारीका लागि गएपछि मङ्गला जस्ता किशोरीहरूलाई घर–परिवारका लागि पानी जुटाउने जिम्मेवारीअनुसार भारी बोझ वहन गर्नुपर्ने बाध्यता छ । दैनिक घन्टौँ लाग्ने यो कामले विद्यालयमा हाजिरी राख्न अत्यन्तै कठिन बनाइदिएको छ ।

स्थानीय अधिकारीहरूको अनुमानअनुसार यी क्षेत्रका करिब २० लाख जनसङ्ख्याले दैनिक पानीको अभाव भोगिरहेको छ । सन् २०२१ मा प्रकाशित युनेस्कोको प्रतिवेदनले जलवायुजन्य अवरोधहरूले विश्वभर लाखौँ बालिकाहरूलाई शिक्षाबाट वञ्चित गराउने खतरा रहेको चेतावनी दिएको थियो । भारतका ग्रामीण बस्तीहरूमा सो प्रतिकूल प्रभाव पहिले नै स्पष्ट रूपमा देखिन थालेको शिक्षकहरू बताउँछन् ।

हालैका वर्षहरूमा विशेषतया सुक्खा महिनामा विद्यालयमा बालिकाहरूको उपस्थिति तीव्र रूपमा घटेको छ । पारिवारिक जीविकोपार्जनको सङ्कटले धेरै अभिभावकहरू बाध्य भएर छोरीहरूलाई घरमै राख्नुपर्ने वा चाँडै विवाह गरिदिनुपर्ने विकल्पमा पुगेका छन् ।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ, “सुक्खाग्रस्त क्षेत्रमा बस्ने बालबालिकाहरू, विशेष गरी पानी ल्याउने दायित्व पाएका बालिकाहरू विद्यालयमा नियमित हाजिर हुन निकै कठिनाइ भोग्छन्, किनकि पानीको कमी र प्रदूषणका कारण पानी सङ्कलन गर्न लाग्ने समय झनै बढ्दो छ ।”

भारतभरका किशोरीहरूको जीवनमा जलवायु परिवर्तनले पानी ल्याउने जस्तो सामान्य दैनिक कार्यलाई अब अस्तित्व र शिक्षाबीचको गम्भीर छनोटमा परिणत गरिदिएको छ ।

मङ्गलाको कथालाई २५ वर्ष वा सोभन्दा कम उमेरका दक्षिण एसियाली फोटोग्राफरहरूका लागि खुला २०२५ माराई फोटो ग्रान्टमा फोटोग्राफर शेफाली रफीकले आफ्नो फोटोग्राफी शृङ्खलामार्फत उजागर गरेकी छिन् ।

सन् २०२५ को विषयवस्तु ‘जलवायु परिवर्तन’ र यसले दैनिक जीवन तथा त्यसमा संलग्न फोटोग्राफरहरूको समुदायलाई पारेको प्रभावमा केन्द्रित थियो ।

एजेन्सी फ्रान्स–प्रेस ९एएफपी० ले आफ्ना दिवङ्गत काबुल ब्युरो प्रमुख तथा अफगान फोटोग्राफीका प्रेरणादायी व्यक्तित्व शाह माराईको सम्मानमा यो पुरस्कार स्थापना गरेको हो । शाह माराईको सन् २०१८ अप्रिल ३० मा काबुलमा भएको आत्मघाती आक्रमणमा ४१ वर्षको उमेरमा कर्तव्यपालनका क्रममा निधन भएको थियो ।

निर्वाचनमा आयोगमा ‘विप्लव’को बाजागाजासहितको र्‍याली (तस्बिरहरु)

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) आगामी फागुन २१ गतेको चुनावका लागि निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ।

दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरु बाजागाजा सहित आज निर्वाचन आयोग पुगेका थिए। प्रमाणपत्र र चुनाव चिन्ह पाएसँगै आयोग परिसरभित्रै बाजागाजासहित र्‍याली निकालिएको छ ।

 

रविविरुद्धको मुद्दामा पुनर्विचार गर्न सरकार समक्ष रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी प्रकरणमा बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनलाई वर्तमान सरकारले पुनः परीक्षण गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो सरकारले ‘दुराशयसहित’ तयार पारेको प्रतिवेदनकै आधारमा लामिछानेलाई महिनौं जेलमै राखिएको आरोप दोहोर्‍याए ।

वाग्लेले भने, ‘रवि लामिछानेलाई नख्खुमै राखेको ४–५ महिना भयो । भैरहवामा जस्तै परिस्थितिमा उनी राखिनु, त्यो संसदीय छानबिन समितिको प्रतिवेदनकै परिणाम हो । त्यो प्रतिवेदन क्याबिनेटमा पुग्नुअगाडि केही घण्टामै निर्णय भयो । त्यसैले पाना नम्बर ४४९ फेरि पल्टाएर पढ्न सरकारलाई आग्रह गरेका छौँ ।’ उनका अनुसार सहकारी छानबिन समितिको प्रतिवेदनलाई क्याबिनेटबाटै पुनरावलोकन गर्ने साहस वर्तमान सरकारले देखाउनु पर्छ ।

‘कुन बिन्दुमा अनुसन्धान दोहोरिनु पर्ने हो, त्यसबारे कानुनी राय लिनुपर्छ । अदालतमा हस्तक्षेप गर्न खोजिएको होइन’, उनले स्पष्ट पारे । वाग्लेले लामिछानेसँगको भेटमा पार्टीका संगठनात्मक कार्यदेखि राष्ट्रिय राजनीति र लामिछानेको स्वास्थ्यसम्बन्धी विषयमा विस्तृत छलफल भएको बताएका छन् । उनीहरूबीचको भेट करिब सवा ११ बजेदेखि पौने २ बजेसम्म चलेको थियो । आजै विघटित प्रतिनिधिसभाका पूर्व सांसद अमरेशकुमार सिंहले पनि कारागारमै गएर सभापति लामिछानेसँग भेट गरेका छन् ।

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

काठमाडौँ । सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई÷मधेसमा सम्भावित हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको छलफल र परामर्शपछि उक्त कार्ययोजनाको मस्यौदालाई अन्तिम रुप दिएको हो । केही समयअघि गृहमन्त्री ओमप्रकाश अर्यालले हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका काम यथाशीघ्र गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दिनेशप्रसाद भट्टले गृहमन्त्रीको अध्यक्षता रहेको कार्यकारी समितिबाट कार्ययोजना पारित गरेर कार्यान्वयमा लैजाने तयारी गरिएको बताएका छन् ।

कार्ययोजनामा हिमपातबाट हिमाली तथा उच्च पहाडी २९ जिल्ला र हिमपातबाट तराई÷मधेसका २१ जिल्ला प्रभावित हुनसक्ने अनुमान गरिएको छ । कार्ययोजनामा ती जिल्लामा विशेष सावधानी र हिमपात तथा शीतलहरबाट हुने सक्ने जोखिम न्यूनीकरण गर्न विशेष रणनीतिक कार्य समावेश गरिएको छ ।

सरकारले हिमपात र शीतलहरबाट हुन सक्ने सम्भावित क्षति तथा जनजीवनमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय कार्ययोजना जारी गर्न लागेको हो । प्राधिकरणका अनुसार हिमाली तथा उच्च पहाडी जिल्लामा सामान्यतया मङ्सिरदेखि फागुनसम्म भारी हिमपात र तराई÷मधेसका जिल्लामा शीतलहर प्रभाव हुने गरेको छ ।

कोशी, मधेस, गण्डकी, लुम्बनी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरु शीतलहरबाट बढी प्रभावित हुने अनुमान गरिएको छ । कोशीका झापा, सुनसरी र मोरङ, मधेसका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, गण्डकीको नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, लुम्बिनीको नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शीतलहरको प्रभाव पर्ने अनुमान गरिएको छ ।

उदयपुर, मकवानपुर, सिन्धुली र सुर्खेतमा पनि शीतलहरको सामन्य प्रभाव पर्न सक्ने अनुमान छ ।

कार्ययोजना अनुसार हिमपातबाट कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र उच्च पहाडी जिल्ला बढी प्रभावित हुने अनुमान छ । कोशीको ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, तेह्रथुम, र भोजपुरको माथिल्लो क्षेत्र बढी प्रभावित हुने आकलन गरिएको छ । यस्तै बाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा र धादिङ, गण्डकीको गोरखा, मनाङ, मुस्ताङ, बागलुङ र कास्की तथा लुम्बिनीको रुकुमपूर्वमा हिमपातको प्रभाव पर्ने जनाइएको छ ।

कर्णालीको डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बाजुरा, बझाङ, दार्चुला, बैतडी र डडेलधुरा जिल्ला हिमपातबाट बढी प्रभावित हुने आकलन गरिएको छ ।

कार्ययोजनाको कार्यान्वयनसँगै विपन्न र ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सहयोग पुग्ने कार्यकारी प्रमुख भट्टले बताएका छन् । हिमपात र शीतलहरबाट जनजीवनमा पर्न सक्ने प्रभाव कम गर्न एवं प्रतिकार्यका लागि आवश्यक राहत सामग्रीको अग्रिम व्यवस्था गर्न कार्ययोजना तयार गरिएको हो ।

“यसै कार्ययोजनालाई आधार मान्दै हिमपातबाट प्रभावित हुने सबै जिल्ला, प्रदेश र स्थानीय तहबाट स्थानीय परिवेश अनुसारको कार्य योजना बनाई कार्यान्वयन गर्नसमेत सकिने छ”, कार्यकारी प्रमुख भट्टले भनेका छन् । कार्ययोजनाअनुरूप मङ्सिर १५ गतेभित्र हिमपातबाट प्रभावित हुनसक्ने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरी तथ्याङ्क अद्यावधिक गरी लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने रणनीति तय गरिएको छ ।

मङ्सिर महिनाभर हिमपातका कारण उत्पन्न हुन सक्ने विपद् प्रतिकार्यका लागि पूर्वतयारी तथा पूर्वानुमानअनुसार क्षति न्यूनीकरण गर्ने र पूर्वानुमान तथा पूर्वसूचनासम्बन्धी संयन्त्रलाई क्रियाशील बनाई समयमा सम्बन्धित समुदायमा सूचनाको पहुँच दिलाउने रणनीति कार्ययोजनामा उल्लेख छ ।

रातो गुलाफको फूल चिन्ह लिएर चुनावमा जाँदै विप्लवको पार्टी (तस्बिरहरु)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ।

विप्लवलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ। दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरु बाजागाजा सहित आज निर्वाचन आयोग पुगेका थिए।

अर्जुनधाराका किसानलाई मकै रोप्ने मेसिन वितरण

सुरुङ्गा (झापा) । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्य किसानलाई मकै रोप्ने मेसिन वितरण गरेको छ ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद दङ्गालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा मेसिन हस्तान्तरण गरिएको हो । नगर प्रमुख गोम्देनले संस्थाका ज्येष्ठ सदस्य गोपिकृष्ण पराजुली र अन्तर समूह–३ (घ)की अध्यक्ष उर्मिला खतिवडालाई मेसिन वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

अध्यक्ष दङ्गालका अनुसार सहकारीको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत एक समूह–एक मकै रोप्ने मेसिन वितरण गरिएको हो । सहकारीमा आबद्ध २३४७ शेयर सदस्यलाई ४४४ थान मकै रोप्ने मेसिन वितरण गरिएको छ ।

त्यसैगरी अन्तर समूह–४ भाङ्गबारीलाई ४२ थान हलो वितरण गर्ने तयारी गरिएको छ । “किसानले अथक मेहनत गरिरहे पनि भरपर्दो उपकरणको अभावले उत्पादनमा अपेक्षित वृद्धि हुन सकिरहेको छैन,” अध्यक्ष दङ्गालले भने, “यी उपकरणले श्रम गर्न सजिलो बनाउनाका साथै उत्पादन वृद्धिमा टेवा पु¥याउने हाम्रो अपेक्षा छ ।”

सहकारीले वितरण गरेको कृषि सामग्री संस्था र शेयर सदस्यको ५०–५० प्रतिशत साझेदारीमा उपलब्ध गराइएको हो । किसानमैत्री कार्यक्रमलाई प्रवर्द्धन गर्न सहकारीको पहल महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नगर प्रमुख गोम्देनले नगरपालिकाले पनि किसानमुखी कार्यक्रम सहकारीसँगको साझेदारीमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

संस्थाले अर्जुनधारा नगरपालिकाअन्तर्गत वडा नं १, २, ३, ४, ५ र ७ लाई कार्यक्षेत्र बनाउँदै बर्सेनि समूहगत सहकार्यमा मल, बीउ तथा कृषि औजार वितरण गर्दै आएको छ ।