`

लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण

सिरहा । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–१८ का ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले आज एक कार्यक्रमबीच पोषण सामग्री वितरण गरिएको हो ।

नगरपालिकाले प्रत्येक महिना फरक–फरक वडामा पुगेर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पोषण ‘प्याकेज’मा चामल, दाल, नुन, तेल, चनालगायत खाद्य सामग्रीका साथै लामखुट्टेको टोकाइबाट हुने डेङ्गीलगायत रोगबाट बच्न झूलसमेत प्रदान गरिन्छ ।

नगरप्रमुख चौधरीले भने, “गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षा गर्नु हाम्रो प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रममार्फत उनीहरूको पोषणस्तर सुधार गर्नाका साथै स्वास्थ्य सेवामा सहज पहुँचका लागि काम गरिरहेका छौँ । आगामी दिनमा यसलाई अझ प्रभावकारी ढङ्गले विस्तार गरिनेछ ।”

नगर स्वास्थ्य शाखाप्रमुख विन्देश्वर चौधरीका अनुसार पोषण प्याकेज नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई लक्षित गरेर वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविकाले वडामा रहेका गर्भवती र सुत्केरीको प्रारम्भिक तथ्याङ्क सङ्कलन, व्यवस्थापन तथा सेवा सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

‘श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन

भक्तपुर ।  श्रम अदालतका अध्यक्ष जनक पाण्डेले देशभरिका श्रमिकको मुद्दा हेर्ने, न्याय सम्पादन गर्ने निकाय श्रम अदालत भए पनि राज्यबाट बेवास्ता गरिएको बताएका छन् । आज श्रम अदालत भक्तपुरले आयोजना गरेको ‘श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाहरूको सङ्ग्रह २०८१ (भाग-३)’ को विमोचन गर्दै उनले श्रम अदालत अझै पनि ओझेलमा परेको धारणा राखेका छन् ।
“श्रम अदालत गठन मात्र गरेर हुँदैन । यसको क्षेत्र बृहत् भएकाले राज्यले यसलाई प्राथमिकतामा राख्दै आवश्यकता परिपूर्ति गर्दै जानुपर्छ । श्रमिकले सहज रूपमा न्याय पाउने वातावरण बनाउन श्रम अदालत व्यवस्थित, सुविधासम्पन्न र अवसरहरू हुनु जरुरी छ”, पाण्डेले भने ।
श्रम अदालत देशभरि एउटा मात्रै रहेको अवस्थामा सबै मुद्दालाई सम्बोधन गर्नुपर्ने अवस्था रहेको उनले बताए । रोजगारदाता श्रमिक दुवै पक्षलाई एउटै ठाउँमा राखेर मेलमिलापबाट समस्याको समाधान खोज्न पहिलो प्राथमिकता दिने गरिएको उनले उल्लेख गरे ।
रोजगारदातालाई श्रम ऐनको दफा १४८ (३)मा भएको व्यवस्थाका बारेमा बुझाउन सके मात्रै पनि अदालतसम्म कम मुद्दा आउने श्रम अदालतका अध्यक्ष पाण्डेले बताए । उनले भने, “यो दफामा श्रमिकले रोजगारी छाडेको १५ दिनभित्र निजले पाउने सम्पूर्ण सेवासुविधा नपाएर मुद्दा हालेर उक्त मुद्दा १० वर्षसम्म लम्बिएर फैसला भएमा श्रमिकले मुद्दा लडेको दिनदेखि काम नगरे पनि फैसलाको दिनसम्मको सबै सेवासुविधा पाउनुपर्छ भन्नेबारे बुझाउन सके सहमतिमा अधिकांश मुद्दा टुङ्गिन्छन् ।”
उनले रोजगारदाताले श्रमिकको श्रमको मूल्याङ्कन गरिदिए समस्यानै नआउने बताए। भक्तपुरमा कार्यालय रहेको श्रम अदालत र बाल अदालतमा नेपाल बार एसोसिएसनको इकाइ नहुँदा समस्या भइरहेको जनाउँदै उनले दुवै अदालतलाई समेटिने गरी बार इकाइ गठन गर्न बार एसोसिएसनलाई आग्रह गरे ।
श्रम अदालतकी सदस्य, उच्च अदालत पाटनको नवनियुक्त न्यायाधीश एवं फैसला प्रकाशन समितिकी संयोजक निशा बानियाँले श्रमिकको मुद्दालाई छिटो फैसलामा पुर्‍याइ न्याय दिनु आजको आवश्यकता रहेको धारणा राखे । श्रम अदालतले विसं २०८१ भित्र सम्पन्न गरेको महत्त्वपूर्ण फैसलालाई पुस्तकमा समेटिएको बताउदै उहाँले श्रमसम्बन्धी सर्वोच्च अदालतद्वारा गरिएका केही फैसलालाई पनि जस्ताकोतस्तै पुस्तकमा प्रकाशित गरिएको उल्लेख गरे ।
रोजगारदाताले कार्यक्षेत्रमा गर्ने विभेद्, श्रमिकले पाउनुपर्ने पारिश्रमिकसम्मका समस्या श्रम अदालतमा आउने बताउँदै फैसला प्रकाशन समितिकी संयोजक बानियाँले यहाँका फैसलालाई हुबहु पुस्तकमा प्रकाशित गर्दा श्रमिक, रोजगारदातालाई कानुनबारे बुझ्ने अवसर प्राप्त हुने विश्वास व्पयक्त गरे ।
पुस्तकले आगामी दिनमा नीति बनाउन सहज हुने, कानुन अध्ययनरत विद्यार्थीका लागि सिकाइको अवसर हुने र कानुन व्यवसायीका लागि पनि सिकाइ हुने भएकाले यसको महत्त्व कानुनी क्षेत्रमा रहेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका केन्द्रीय प्रतिनिधि किरण न्यौपानेले निम्न वर्गका श्रमिकले आफ्नो पारिश्रमिक पाउनका लागि न्याय खोज्दै अदालत आउँदा वर्षौँसम्म यहीँ रुमलिनु पर्‍यो भने न्याय मर्ने बताए । उनले श्रमिकका मुद्दामा छिटो फैसला भई कार्यान्वयन भएमा श्रमिकले वास्तविक न्याय पाउने धारणा राखे ।
अधिवक्ता युवराज लुइँटेलले निजी क्षेत्रको मात्रै नभइ नेपाल सरकारका सम्बन्धित ऐनले समेट्न नसकेको मुद्दा तथा निजामती क्षेत्रका श्रमिकको मुद्दा पनि श्रम अदालतले हेर्ने व्यवस्था हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
कार्यक्रममा प्रकाशन समितिका सदस्य एवं श्रम अदालतका सदस्य शैलेन्द्रकुमार चौरासियाले नेपालमा श्रमिकको समस्या धेरै रहेको चर्चा गर्दै श्रम अदालतले श्रमिकका पक्षमा गरेका फैसलाको सङ्गालो आमपाठकसम्म पुर्‍याउनुपर्नेमा जोड दिए । यस पुस्तक श्रमसम्बन्धी समस्या समाधानमा सहयोगी बन्ने उनले विश्वास व्यक्त गरका छन्।

‘नेपालमा बिचौलिया पुँजीवाद हाबी भयो’

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको आयोजनामा आज यहाँ भएको ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा उनले समाजवादी अर्थतन्त्र हाम्रो लक्ष्य भए पनि बिचौलिया अर्थतन्त्रमा पुगिएको बताए ।

नेता पुनले खुला प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा एकाधिकार बढेपछि नियामक निकायको जन्म र अर्थतन्त्रमा दलाल प्रवृत्ति हाबी भएको बताए । ‘बिचौलियाले नै पार्टी खोलेर देश चलाउने अडान लिन थालेका छन्, उनीहरू सरकार बनाउँछौँ, प्रधानमन्त्री बनेर देश चलाउँछौँ भनिरहेका छन्’, उनले भने, ‘उदारवाद अर्थतन्त्रपछि पुँजीवादी अर्थतन्त्र हुँदै बिचौलिया पुँजीवादी आएको छ, हामीले चाहेको पुँजीवादी समाजवाद हो ।’ नेता पुनले यो सबै अवस्थालाई ध्यानमा राखेर परिवर्तनकारी राजनीतिक शक्तिले आफूलाई परिमार्जन गर्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे ।

‘राज्यले सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्नुले सुशासन कायम नभएको सङ्केत गर्छ’

कर्णाली । राज्यले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्नु भनेको सार्वजनिक निकायमा सुशासन कायम गर्न नसकेकोतर्फ सङ्केत गर्ने सरोकार भएकाहरूले बताएका छन् । निजामती सेवा दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित दिवस समारोहमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी बोध गरी मर्यादामा रहेर सबैले काम गरेमा सर्वोत्कृष्ट कर्मचारी प्रशस्त भेटिनेमा जोड दिएका हुन् ।

सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिपक ढकालले करिब एक दशकसम्म सर्वोत्कृष्ट कर्मचारी राज्यले पाउन नसक्नु दुःखद् विषय भएको बताए । विसं २०७३ पछि राज्यले सर्वोत्कृष्ट कर्मचारी भनेर पुरस्कृत गर्न नसकेको जनाउँदै “के राज्यमा सर्वोत्कृष्ट पुरस्कार दिन लायकका कर्मचारी छैनन ”, उनले प्रश्न गरे ।

उनले सरकारले मुलुकमा सकारात्मक काम गर्ने कर्मचारी खोजेर पुरस्कृत गर्ने र गलब गर्नेलाई दण्डित गर्ने संस्कृति र पद्दतिको विकास गरेमा सुशासन कायम हुने धारणा राखे । यसका लागि सबै सरोकार भएकाहरूले पदीय जिम्मेवारीअनुसार पारदर्शी रूपमा कार्यसम्पादन गर्नुपर्नेमा न्यायाधीश ढकालले जोड दिए ।

कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव लक्ष्मीबहादुर विकले राजनीतिक नेतृत्व र सरकारले जनअपेक्षामुखी काम गर्न सकेमात्र जनताको जीवनस्तरमा सुधार आउने धारणा राखे। जनताको जीवनमा सकारात्मक परिवर्तन हुँदै भएमा राज्यप्रति विश्वास बढ्दै जाने उनले बताए।

प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले सेवा प्रभावबाट सुशासन कायम गरी जनताको मुहारमा खुसी ल्याउनसक्ने अवस्थाले ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराले सार्थकता पाउने धारणा राखे । उनले मुलुकको विकास, समृद्धि र उन्नतिका लागि राजनीति र प्रशासनबीच मित्रताको सम्बन्ध स्थापित हुनुपनमा जोड दिए ।

प्रजिअ उपाध्यायले भने, “स्थायी सरकार र राजनीतिज्ञबीच सुमधुर सम्बन्ध हुन जरुरी छ । दुवै पक्षबीचको सम्बन्ध, सहकार्य र समन्वयमा सुशासनसहित पारदर्शी र उत्तरदायी सेवा प्रवाहमा ऊर्जा प्राप्त हुन्छ ।”

आजै प्रमुख जिल्ला अधिकारीसहित ३४ जनाले रक्तदान गरेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार डिभिजन वन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा आज भानुपार्कको उत्तरमा रहेको पुरातात्विकस्थलमा ५२ वटा पारिजातका बिरुवा रोपिएको छ ।

त्यस्तै, दिवसका अवसरमा कार्यालय प्रमुखद्वारा रकम सङ्कलन गरी मानव सेवा आश्रम र प्रशान्ति वृद्धाश्रम सुर्खेतमा खाद्यान्न वितरण गरिएको छ । त्यसैगरी, नेपाल निजामती कर्मचारी युनियनले प्रशान्ति वृद्धाश्रम र नेपाल निजामती कर्मचारी सङ्गठनले मानव सेवा आश्रमका आश्रितलाई भोजन गराएको प्रशासकीय अधिकृत पौडेलले जनाएका छन् ।

भीपीएन प्रयोग नगर्नू : सञ्चार मन्त्रालय

काठमाडौं । सरकारले भीपीएन प्रयोग नगर्न आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भीपीएन प्रयोग नगर्न आग्रह गरेको हो ।

‘नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निस्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएन प्रयोग नगर्न / नगराउनू,’ मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सरकारले आह्वान गरेको छ । त्यस्तै सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सक्रिय गराइने पनि विज्ञप्तिमा उल्लेख छ ।

सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय कार्यान्वयन गराउन आम नागरिकसँग अपील पनि गरेको छ । यसबीचमा हाम्रो पात्रो र ग्लोबल डायरीले सूची दर्ता गरेको र दर्ता भएपछि नेपालमा सञ्चालन समेत भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता ठाकुरका अनुसार अमेरिकी कम्पनी एक्स र चिनियाँ कम्पनी वीच्याटले सूचीका लागि कागजात मगाएपछि आवश्यक विवरण पठाइएको जनाएको छ ।

जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनको अनुमति

काठमाडौं । जेन-जीलाई प्रदर्शन गर्न प्रशासनले अनुमति दिएको छ । माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न अनुमति माग्न जेन-जी केही विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए ।

भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् ।

निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी सो प्रदर्शन आयोजना गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले  बताए । उनले भने, ‘प्रचलित कानुनको अधीनमा रहेर, तोडफोड नगर्ने शर्तमा हामीले प्रदर्शन गर्न अनुमति दिएका छौँ ।’

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति नेता र उनीहरुको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा युवाहरूको स्वतन्त्र सहभागिता रहने संयोजक सबल गौतम र पुरुषोत्तम यादवले जानकारी दिए । उनीहरुले शान्तिसुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि

काठमाडौँ । नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु हुँदैछ । ‘महिला सरकारी वकिलको सशक्तीकरण फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ मूल नाराका साथ यही भदौ २३ र २४ गते सञ्चालन हुनेछ ।

महान्यायाधिवक्ताको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधानमल्लले गर्ने सहन्यायाधिवक्ता मीना गुरुङले जानकारी दिएकी छिन् । सम्मेलनमा सम्पूर्ण महिला सरकारी वकिलबीच एकआपसमा अनुभव आदानप्रदान गरी पेसागत अनुभव, चुनौती र अवसरबारे गहन छलफल हुने उनले बताएकी छिन्। “यो सम्मेलन महिला सरकारी वकिलको आवाजलाई राष्ट्रियस्तरमा स्थापित गर्ने ऐतिहासिक कदमका रूपमा लिएका छौँ”, उनले भने, “महिला सरकारी वकिल सशक्त भएमा फौजदारी न्यायप्रणाली थप सुदृढ र विश्वसनीय हुन्छ भन्ने आशाका साथ यो सम्मेलनको आयोजना हुन गइरहेको छ, यो आशा शब्दमा मात्र सीमित छैन, जीवनशैली र जिम्मेवारी बन्नेछ भन्नेमा सरकारी वकिल दृढ विश्वस्त छाँै ।”

सम्मेलनमा महान्यायाधिवक्ताको कार्यालय र मातहत कार्यालय तथा अन्य निकायमा कार्यरत सबै महिला सरकारी वकिलसहित करिब २५० जनाको सहभागिता रहने जानकारी दिइयो । सम्मेलनमार्फत महिला सरकारी वकिलको पेसागत क्षमता अभिवृद्धि र व्यावसायिक विकासका माध्यमबाट फौजदारी न्याय प्रणालीको सुदृढीकरणमा टेवा पु¥याउने उद्देश्य राखिएको छ ।

सम्मेलनमा पाँच वटा कार्यपत्र प्रस्तुत हुनेछन् । कार्यपत्रमा मूलतः महिला सरकारी वकिलको वर्तमान अवस्था, महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजनाले सम्बोधन गर्नुपर्ने महिला सरकारी वकिलको सवालहरू, प्रविधिको प्रयोगबाट हुने कसुरको पीडितको न्यायिक उपचारमा सरकारी वकिलको भूमिका, न्याय सेवामा महिला सरकारी वकिलको सहभागितालगायत मुख्य विषयवस्तुमा केन्द्रित रही प्रस्तुत हुनेछ ।

सम्मेलनमा महत्त्वपूर्ण विषयवस्तुका रूपमा सरकारी वकिलको पेसागत र दैनिक जिम्मेवारीको सन्तुलनसँग व्यावसायिक क्षमता अभिवृद्धिसँग सम्बन्धित विषयमा समूहगत छलफल हुनेछ । यस सम्मेलनका माध्यमबाट कार्यस्थलमा लैङ्गिक समानता र सुरक्षित वातावरण सुनिश्चित गर्ने बाटो खोजिनेछ ।

सहन्यायाधिवक्ता गुरुङले पेसागत चुनौतीलाई अवसरमा बदल्ने रणनीति तय गरिने बताएकी छिन् । महिला सरकारी वकिलको क्षमता र नेतृत्व विकासका लागि ठोस् प्रतिबद्धतासहित घोषणापत्र जारी गरी सम्मेलनको समापन गरिने उनले जानकारी दिएकी छिन्।

सरकारी वकिल समूहमा सहन्यायाधिवक्ता चार, उपन्यायाधिवक्ता ३२ र सहायक न्यायाधिवक्ता ११२ गरी १४८ जना रहेका छन् । यो कूल ५२१ जना दरबन्दीको २८ दशमलव ४० प्रतिशत हो । हाल सरकारी वकिल ५०२ जना रहँदा कूल कार्यरतमध्ये २९ दशमलव ४८ प्रतिशत महिला वकिलको सङ्ख्या छ । विसं २०५५ देखि सरकारी वकिल समूहमा महिलाको प्रवेश सुरू भएको थियो । चार सहन्यायाधिवक्तामध्ये एक जना कार्यालय प्रमुखका रूपमा रहेकी छिन् ।

सरकारी वकिल समूहमा रहेका कूल ३२ महिला उपन्यायाधिवक्तामध्ये सात जना मात्र जिल्ला सरकारी वकिल कार्यालयको प्रमुखको भूमिकामा कार्यरत छिन् । नेपालको पहिलो महिला सरकारी वकिलको नाम शारदा बज्राचार्य हो । विसं २०२९ पुस १३ मा सेवा प्रवेश गरी सचिवसम्मको काम गरेर विसं २०५८ साल भदौ २९ गते उहाँ अवकाश भएको थियो ।

सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीशहरू, राष्ट्रिय महिला आयोगको अध्यक्ष, महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ताहरू, नेपाल न्याय सेवाका महिला सचिव तथा सहसचिवहरू, उच्च अदालत पाटन अनि उपत्यकाको जिल्ला अदालतमा कार्यरत सबै महिला न्यायाधीशहरू, नेपाल बार एशोसियसनको उपाध्यक्षलगायत न्याय सेवाका विशिष्ट व्यक्तित्वहरूका साथै सरोकार भएका निकायका प्रतिनिधि पर्यवेक्षकका रूपमा सहभागिता रहनेछ । सम्मेलनको समापन मङ्गलबार न्यायाधीश शारङ्गा सुवेदीले गर्नेछिन् । सम्मेलनले काठमाडौँ घोषणापत्रसमेत जारी गर्ने जनाइएको छ ।

११ दशमलव ५२ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ११ दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार आजको कारोबारमा परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेर दुई हजार ७०८ दशमलव २५ अङ्कमा कायम भएको हो ।
आज विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक रु चार अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ दशमलव ७२ मा कारोबार भएको छ । आज १७३ वटा कम्पनीको शेयर मूल्य घट्दा ७९ वटाको बढेको छ ।
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर् मूल्य ९.९७ प्रतिशत, एनआइबिएल समृद्धि फण्ड–२ को पाँच दशमलव ८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको पाँच दशमलव १२ प्रतिशतले घटेको छ । साथै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ६२ प्रतिशत, विकास हाइड्रोपावर कम्पनी लिमिटेडको तीन दशमलव ९२ प्रतिशतले ओरालो लागेको छ ।

नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच संयुक्त अभ्यास

काठमाडौं । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच काठमाडौंमा संयुक्त अभ्यास सुरु भएको छ । सगरमाथा फ्रेन्डसिपको पाँचौँ संस्करण अन्तर्गत आइतबारदेखि संयुक्त अभ्यास सुरु भएको हो । भदौ ३१ गतेसम्म सञ्चालन हुने अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन प्रतिआतंकवाद लगायतका विषयहरुमा ज्ञान आदान प्रदान हुनेछ ।

२०७४ सालबाट सुरु भएको अभ्यास नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आएको छ । नेपाली सेनाले विभिन्न विषयमा क्षमता आदान प्रदान गर्ने उद्देश्यले छिमेकी देशका सेनासँग द्धिपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

भारतबारे गलत भएको ट्रम्पले महसुस गर्नुभयो : पूर्व कूटनीतिज्ञ फाबियन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारत–अमेरिका सम्बन्धलाई ‘धेरै विशेष सम्बन्ध’ भन्दै आफ्नो बोली नरम बनाएपछि पूर्व भारतीय कूटनीतिज्ञ केपी फाबियनले आइतबार ट्रम्पले भारतप्रति अपनाएको आक्रामक व्यापार रणनीति अपेक्षित परिणाम नदिएको महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।

विशेषगरी, नयाँदिल्लीले रुसबाट तेल खरिद गर्दा ट्रम्पले थप २५ प्रतिशत कर लगाउने धम्की दिएका थिए । तर फाबियनका अनुसार यसले कुनै ठोस नतिजा ल्याउन सकेन ।

“प्रधानमन्त्री मोदीले सौहार्दपूर्ण एक्सको उचित जवाफ दिए । तर यसबाट हामी तत्कालै यसको अन्त्य हुने निष्कर्ष निकाल्न सक्दैनौँ, मैले यसलाई ‘ट्रिपल टी’ — ‘ट्रम्प–अप ट्रम्प ट्यारिफ’ — भनेको छु । ‘ट्रम्प–अप’ भन्नुको अर्थ आधारविहीन हो । तर अहिले स्पष्ट छ कि राष्ट्रपति ट्रम्पले भारतले धम्कीपछि आत्मसमर्पण गर्ने उहाँको मूल अपेक्षा गलत भएको महसुस गर्न थालेको छ”, फाबियनले भने।

मित्रवत् सम्बन्ध र पारस्परिक व्यापारका लागि खुला रहँदै आएको भारतले एकपक्षीय निर्णय वा दवाव स्वीकार गर्न नसक्ने उनले बताए ।

“ट्रम्पले बुझ्नुपर्ने कुरा के हो भने भारत भनेको भारत हो । भारत सभ्यतागत राष्ट्र हो । भारत कुनै पनि देशको मौन अनुयायी बन्न सक्दैन । भारत सबैसँग मित्रता गर्न र व्यापार गर्न इच्छुक छ, तर निर्देशन लिन सक्दैन”, उनले स्पष्ट पारे ।

यसअघि शुक्रबार (स्थानीय समय) राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा घोषणा गर्दै भारत–अमेरिका सम्बन्धलाई ‘धेरै विशेष’ भनेका थिए । उनले आफू र प्रधानमन्त्री मोदीबीच सधैँ मित्रता रहने विश्वास दिलाउँदै ‘चिन्ता गर्ने कुनै कुरा छैन’ भनेका थिए ।

तर, उनले प्रधानमन्त्री मोदीले ‘हाल गरिरहेका कामहरू’ प्रति असन्तुष्टि पनि व्यक्त गरे।

“के तपाईं अहिले भारतसँगको सम्बन्ध पुनःस्थापित गर्न तयार हुनुहुन्छ ”, भन्ने एएनआईको प्रश्नमा राष्ट्रपति ट्रम्पले जवाफ दिए, “म सधैँ तयार हुन्छु । म सधैँ (प्रधानमन्त्री)मोदीको साथी हुनेछु । उनी महान् प्रधानमन्त्री हुन् । तर मलाई यो क्षणमा उनले गरिरहेको कुरा मन परेको छैन । तर भारत र अमेरिका बीचको सम्बन्ध धेरै विशेष छ । चिन्ता गर्ने केही छैन । बीचमा कहिलेकाहीँ यस्ता क्षण आउँछन् ।”

राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपतिको भावना र सकारात्मक मूल्याङ्कनप्रति ‘गहिरो कदर र पूर्ण प्रतिध्वनि’ व्यक्त गरेका छन् ।

मोदीले भारत–अमेरिका सम्बन्धलाई ‘व्यापक र विश्वव्यापी रणनीतिक साझेदारी’ तर्फ अग्रसर र भविष्यमुखी रहेको उल्लेख गर्दै लेखे, “राष्ट्रपति ट्रम्पका भावनाप्रति गहिरो कदर गर्दछु र पूर्ण रूपमा प्रतिध्वनि गर्दछु । भारत र अमेरिकाबीचको सम्बन्ध अत्यन्तै सकारात्मक र अग्रगामी छ ।”

मिटरब्याज विरुद्ध काठमाडौँको माइतीघरमा धर्ना

काठमाडौँ । मिटरब्याज विरुद्ध सङ्घर्ष समिति नेपालले काठमाडौँको माइतीघरमा आइतबार धर्ना दिएका छन् ।

विभिन्न चार वटा माग राख्दै उनीहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका हुन् ।

उनीहरूले सम्पूर्ण पीडितहरू एक हौँ, जाली तमसुक खारेज गर, मिटरब्याज साहुहरूलाई कारबाही गर र पीडितको जग्गा फिर्ता गर भन्ने माग राख्दै आन्दोलन गरिरहेका हुन् ।

लाल सागरमा अन्डरसी केबल काटिँदा एसिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

लाल सागरमा अन्डरसी केबल काटिएपछि एसिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले आइतबार जनाएका छन् । तर घटनाका कारण भने तुरुन्त स्पष्ट भएको छैन ।

यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियानअन्तर्गत केबलहरूलाई लक्षित गरेको आशङ्का गरिएको छ । उनीहरूले यसलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाब दिने प्रयासको रूपमा व्याख्या गरेका छन् । यद्यपि हुथीहरूले विगतमा यस्ता लाइनहरूमा आक्रमण गरेको कुरा अस्वीकार गरेका थिए ।

स्याटेलाइट जडान र भूमिगत केबलहरूसँगै अन्डरसी केबलहरू इन्टरनेटको मेरुदण्ड मानिन्छन् । सामान्यतया, इन्टरनेट सेवा प्रदायकहरूसँग धेरै पहुँच विन्दु हुन्छन्, जसले कुनै एक असफल भएमा ट्राफिकलाई अर्को बाटोमार्फत सार्न सक्छ । तर यसले प्रयोगकर्ताहरूका लागि इन्टरनेट गति सुस्त पार्ने सम्भावना हुन्छ ।

माइक्रोसफ्टले आफ्नो स्थिति वेबसाइटमार्फत घोषणा गर्दै मध्यपूर्वले ‘लाल सागरमा अन्डरसी फाइबर कटका कारण बढेको विलम्बता अनुभव गर्नसक्ने बताएको छ । वासिङ्टनस्थित कम्पनीले विस्तृत जानकारी नदिए पनि मध्यपूर्व बाहेकको ट्राफिक प्रभावित नभएको स्पष्ट पारेको छ ।

इन्टरनेट पहुँच अनुगमन गर्ने नेटब्लक्सले ‘लाल सागरमा सबसी केबल आउटेजको शृङ्खलाले भारत र पाकिस्तानसहित धेरै देशहरूमा इन्टरनेट कनेक्टिभिटी बिगारेको बताएको छ । संस्थाले यसका लागि ‘साउदी अरबको जेद्दानजिकै एसएमडब्लु४ र आइएमइडब्लुई केबल प्रणालीमा देखिएका विफलताहरू’ लाई जिम्मेवार ठहराएको छ ।

दक्षिणपूर्वी एसिया–मध्यपूर्व–पश्चिमी युरोप ४ केबल भारतीय समूह टाटा कम्युनिकेसनले सञ्चालन गर्छ । भारत–मध्यपूर्व–पश्चिमी युरोप केबल भने अल्काटेल–लुसेन्टको निरीक्षणमा अर्को कन्सोर्टियमद्वारा सञ्चालित छ । तर दुवै कम्पनीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड ९पिटिसिएल० ले शनिबार नै विज्ञप्ति जारी गर्दै कटौती भएको पुष्टि गरिसकेको छ । तर साउदी अरेबियाले अहिलेसम्म आधिकारिक रूपमा अवरोधलाई स्वीकार गरेको छैन ।

संयुक्त अरब इमिरेट्स (युएई)मा दुबई र अबुधाबीका प्रयोगकर्ताहरूले राज्य स्वामित्वका डु र एतिसालात नेटवर्कमार्फत इन्टरनेट सुस्त भएको गुनासो गरेका छन् । तर सरकारले तत्काल यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

सबसी केबलहरू जहाजका लङ्गर खस्दा काटिन सक्ने भए पनि यस्ता घटनामा लक्षित आक्रमणको सम्भावना पनि रहन्छ । क्षतिग्रस्त केबल मर्मत गर्न प्रायः हप्तौँ लाग्छ र जहाजले समुद्रको पिँधमा काटिएको स्थान पहिचान गर्नुपर्छ ।

गाजा पट्टीमा इजरायल–हमास युद्धलाई लिएर यमनका हुथी विद्रोहीहरूले हालै शृङ्खलाबद्ध आक्रमण चालेका थिए । इजरायलले यसलाई हवाई आक्रमणमार्फत जवाफ दिएको थियो, जसमा विद्रोही नेताहरू मारिएका थिए ।

सन् २०२४ को प्रारम्भमै निर्वासनमा रहेको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीहरूले लाल सागरका समुद्री केबलहरूमा आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको थियो । त्यतिबेला पनि केही केबल काटिएका थिए, तर विद्रोहीहरूले जिम्मेवारी लिएका थिएनन् । आइतबार बिहान हुथीहरूको अल–मासिराह स्याटेलाइट समाचार च्यानलले नेटब्लक्सलाई उद्धृत गर्दै कटौती भएको स्वीकार गरेको छ ।

सन् २०२३ नोभेम्बरदेखि सन् २०२४ डिसेम्बरसम्म हुथीहरूले गाजा युद्धसँगै एक सयभन्दा बढी जहाजहरूलाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएका थिए । ती आक्रमणमा अहिलेसम्म चारवटा जहाज डुबाइएका छन् र कम्तीमा आठ नाविकको मृत्यु भएको छ ।

इरान समर्थित हुथीहरूले छोटो युद्धविराम अवधिमा आक्रमण रोकेका थिए । तर त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा एक सातासम्म तीव्र हवाई आक्रमण चलाइएको थियो । त्यसक्रममा हुथीहरूले दुई जहाज डुबाएका थिए, जसमा चार जनाको मृत्यु भएको थियो भने अन्य केही नाविकलाई विद्रोहीहरूले कब्जा गरेको विश्वास गरिन्छ ।

हुथीहरूको नयाँ आक्रमणबीच इजरायल–हमास युद्धमा सम्भावित नयाँ युद्धविरामबारे छलफल भइरहेका छ । त्यस्तै, इजरायलले हालै १२ दिन लामो युद्ध सञ्चालन गर्दै अमेरिकी सहयोगमा इरानका तीनवटा आणविक साइटमा बम प्रहार गरेपछि तेहरानको आणविक कार्यक्रमबारे वासिङ्टन–तेहरान वार्ताको भविष्य पनि अनिश्चित बनेको छ ।

दुर्गा प्रसाईंलाई जेनजी आन्दोलनमा ‘नट अलाउड’

काठमाडौँ । माइतीघरमा भोली हुने जेनजीको स्तस्फुर्त आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘निषेध’ गरिने भएको छ । प्रसाईं आएको खण्डमा उनीविरुद्ध ब्यानर प्रदर्शन गर्ने तयारी रहेको छ ।

जेनजी युवाहरू मुख्यतया तीन वटा शर्तहरुलाई अघी सार्दै यो आन्दोलनमा उत्रिदैछन् ।

जस्मा पहिलो सरकारले सामाजिक सञ्जाल निशर्त खुलाउनुपर्ने, बुढा नेताहरु प्रधानमन्त्री नबन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुनुपर्नेलगायत माग रहेका छन् । जुन आन्दोलनमा दुर्गा प्रसाईँले आफूपनि सहभागि हुने घोषणा फेसबुकबाट गरेका थिए ।

तर, आज तीनकुनेमा बसेको जेन जेडका अगुवाहरूको बैठकले भने उनलाई सहभागी नगराउने निर्णय लिएको हो । प्रसाईं माइतीघर आएमा ‘नट अलाउड’ को ब्यानर देखाउने निर्णय बैठकबाट भएको छ ।

यस अभियानका एक सदस्य आदित्य मिश्रका अनुसार ‘प्रसाईँविरुद्ध अदालतमा मुद्दा चलिरहेको हुँदा आन्दोलनमा प्रसाईँ आए नट अलाउडको ब्यानर देखाउने निर्णय भएको छ ।

यो आन्दोलन विशुद्ध जेन जेडको भएको समेत उनले दोहोर्याए । आजको बैठकमा अब आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको पनि आदित्यले बताए । जेन जेडले भोलि बिहान ९ बजेदेखि थापाथलीस्थित माइतीघर मण्डलामा आन्दोलन गर्दैछन् ।

 

गाजामा पीडाबारे इजरायली मिडियामा परिवर्तनशील धारणा

गाजामा जारी युद्धको समाचार इजरायली मिडियामा पछिल्ला दिनमा फरक देखिन थालेको छ ।

गत दुई वर्षको अधिकांश समय इजरायली टेलिभिजनहरूले गाजाको पीडाभन्दा इजरायली वीरता, अपहरणमा परेकाहरूका परिवारको दुःख र लडाइँमा मारिएका सैनिकहरूबारे समाचारलाई प्राथमिकता दिएका थिए ।

तर हाल केही च्यानलहरूले कुपोषित बालबालिकाका तस्बिरदेखि लिएर प्यालेस्टिनीहरूको दैनिक जीवनमा भोगिरहेका कठिनाइबारे रिपोर्ट प्रस्तुत गर्न थालेका छन् ।

यो सूक्ष्म परिवर्तन इजरायलमाथि बढ्दो अन्तर्राष्ट्रिय आलोचनाबीच आएको हो, जसले देशभित्रै सैन्य आक्रमण जारी राख्ने कि रोक्ने भन्ने गहिरो विभाजन देखाएको छ । तर बढ्दो प्रदर्शन र मिडिया कभरेजले नीतिमा खासै असर पारेको छैन ।

“यो केवल गाजाको अवस्थाप्रति चासो मात्रै होइन, इजरायलको दृष्टिकोणबाट पनि प्रश्न हो—हाम्रो युद्धको लक्ष्य पूरा गर्ने तरिकाले हामी सही काम गरिरहेका छौँ कि छैनौँ रु”, इजरायलको हिब्रू विश्वविद्यालयका सञ्चार विज्ञ एरान अम्सालेमले भने ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्ध अन्त्यको माग गर्ने व्यापक आन्दोलनलाई बेवास्ता गरेका छन् । सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि दुई वर्ष लामो लडाइँका बीच प्यालेस्टिनीहरूको पक्षमा उठेका आवाजहरू अझै कमजोर बनेका छन् ।

– अक्टोबर ७ को धक्का –

युद्धका पहिलो दृश्यहरूमा हमासका लडाकूहरूले सीमा तोड्दै इजरायली सैन्य शिविर र बस्तीहरूमा आक्रमण गरेका देखिन्थे । गाजाबाट आएको भिडियोमा अपहृत इजरायलीहरूलाई सडकमा घिसारिँदै देखाइएको थियो ।

आक्रमणमा अधिकांश सर्वसाधारण गरी करिब एक हजार दुई सय मारिए र दुई सय ५१ जनालाई अपहरण गरियो । हाल करिब ४८ जना अझै गाजामा छन्, जसमा करिब २० जना जीवित रहेको अनुमान छ ।

यसलाई इजरायलको इतिहासमै भयावह आक्रमण भनिन्छ र अझै पनि स्थानीय समाचारमा प्रमुख स्थानमा छ । सुरुका महिनामा इजरायली समाज ‘हाम्रो ९ र ११’ भन्दै राष्ट्रिय एकतामा उभिएको थियो । यद्यपि अन्तर्राष्ट्रिय मिडियाले चाँडै गाजामाथिको आक्रमणतर्फ ध्यान खिच्यो ।

“युद्धको अधिकांश समयमा इजरायली मिडियाले गाजाको पीडा, भोकमरी वा विनाशबारे निकै थोरै खबर प्रसारण गरेको थियो”, इजरायली समाचार एङ्कर राविभ ड्रुकरले भने, “यदि गरेको थियो भने पनि, त्यो केवल हमासमाथिको आक्रमण कत्तिको प्रभावकारी भयो भन्ने इजरायली दृष्टिकोणमा सीमित रह्यो ।”

इजरायलले युद्ध सुरु भएदेखि सेनाद्वारा नियन्त्रित भ्रमण बाहेक अन्तर्राष्ट्रिय पत्रकारहरूलाई गाजामा प्रवेश दिन बन्देज लगाएको छ । पत्रकार संरक्षण समितिले यसलाई इतिहासकै घातक युद्ध भनेको छ, जसमा कम्तीमा एक सय ८९ प्यालेस्टिनी पत्रकार इजरायली आक्रमणमा मारिएका छन् ।

– गाजाको पीडा देखाउने जोखिम –

गाजाको मानवीय सङ्कटबारे बोल्ने केही पत्रकारहरू आलोचनाको शिकार भएका छन् ।

समाचार एङ्कर योनीत लेवीले जुलाईमा अकालसम्बन्धी रिपोर्टमा ‘यो केवल प्रचारको असफलता होइन, नैतिक असफलता पनि हो’ भनेपछि उनलाई केही विश्लेषकहरूले ‘हमासको प्रवक्ता’ र ‘सैनिकको अनुहारमा थुक्ने’ व्यक्ति भनेर आरोप लगाएका थिए ।

दक्षिणपन्थी च्यानलहरूले भने नियमित रूपमा प्यालेस्टिनीहरू मारिएको र घरहरू भत्काइएकोमा खुसी व्यक्त गर्दै आएका छन् र ‘गाजामा निर्दोष नागरिक छैनन्’ भन्दै अझै कडा कारबाही गर्नुपर्ने तर्क गर्छन् ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ६४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । यो मन्त्रालय हमासद्वारा सञ्चालित भए पनि तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घ र स्वतन्त्र विज्ञहरूले विश्वसनीय मान्छन् । इजरायलले भने यी तथ्याङ्क अस्वीकार गरे पनि आफ्ना आँकडा सार्वजनिक गरेको छैन ।

यसैबीच, इजरायली पत्रकार ज्भी येहेज्केलीले हालै अस्पतालमा पाँच पत्रकार मारिएको आक्रमणलाई स्वागत गर्दै उनीहरू ‘हमाससँग मिलेर झूटा समाचार फैलाउँदै थिए’ भन्ने दाबी गरे । तर इजरायली सेनाले ती पत्रकारहरू कुनै पनि लडाकू नभएको स्पष्ट पारेको छ । मारिनेमा एपीका लागि काम गर्ने मरियम दग्गा पनि थिए।

– परिवर्तनको सङ्केत –

यद्यपि अझै सीमित भए पनि पछिल्ला हप्ताहरूमा केही प्रमुख मिडियामा प्यालेस्टिनीहरूको अवस्थाबारे लामो रिपोर्ट आउन थालेका छन् ।

इजरायली टेलिभिजनहरूले यस वर्षको दुई महिना १५ दिनको मानवीय सहायता प्रतिबन्धका कारण बढेको भोकमरी सङ्कटलाई पनि रिपोर्ट गरेका छन् । केही कार्यक्रममा गाजावासीहरूसँगको अन्तर्वार्ता देखाइएको छ, तर उनीहरूको सुरक्षाका कारण अनुहार ढाकिएको हुन्छ ।

वामपन्थी दैनिक ‘हारेत्ज’ का पत्रकार निर हासोनलगायतले युद्धअघि र युद्धका क्रममा निरन्तर प्यालेस्टिनीहरूको पक्षमा समाचार लेख्दै आएका छन्, जसले हालको इजरायली मिडिया परिदृश्यमा अपवादको रूपमा स्थान पाएको छ ।

“अक्टोबर ७ पछि केही भङ्ग भयो र प्रतिपक्षको पीडाबारे कुरा गर्नु पूर्ण रूपमा अवैध जस्तो वातावरण बनाइयो”, हासोनले भने, “तर म बुझ्छु, इजरायली जनताले सुन्न सक्ने क्षमता राख्छन् । समस्या भने मिडियाले आफैँलाई धेरै रोक लगाइरहेको हो ।”

जापानका प्रधानमन्त्री इशिबाद्वारा राजीनामा दिने घोषणा

जापान । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतबार आफू सत्तामा बसेको एक वर्ष नपुग्दै पदबाट हट्ने घोषणा गरेका छन्।
उनको घोषणाले विश्वको चौथो ठूलो अर्थतन्त्रका लागि नयाँ अनिश्चितता थपेको छ । यसबेला जापान बढ्दो खाद्य मूल्यसँग जुधिरहेको छ र आफ्नो महत्त्वपूर्ण अटो क्षेत्रमा अमेरिकी भन्सार शुल्कको असर बेहोरिरहेको छ ।
“अब अमेरिकी करसम्बन्धी वार्ता निष्कर्षमा पुगेको छ, म विश्वास गर्छु यो उपयुक्त क्षण हो”, इशिबाले पत्रकार सम्मेलनमा भने, “मैले पछि हट्ने र नयाँ पुस्ताका लागि बाटो बनाउने निर्णय गरेको छु ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार जापानी अटोहरूमा कर घटाउने आदेशमा हस्ताक्षर गरेका थिए । वासिङ्टनले जुलाईमा टोकियोसँग भएको व्यापार सम्झौता कार्यान्वयन गर्न अघि बढेसँगै यो कदम आएको हो ।
यद्यपि, जापानी अटोहरूले हालको २७ दशमलव पाँच प्रतिशतको सट्टा अब १५ प्रतिशत करm तिर्नुपर्नेछ, जसले अझै पनि प्रमुख उद्योगमा ठूलो दबाब सिर्जना गर्ने बताइएको छ ।
लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० को सुरक्षित नेताका रूपमा परिचित ६८ वर्षीय इशिबा सन् २०२४ सेप्टेम्बरमा पार्टी नेतृत्व जितेर सन् २००० पछि एलडिपीको १० औँ प्रधानमन्त्री बनेका थिए ।
मिडिया रिपोर्टअनुसार, इशिबाले पार्टी विभाजनलाई रोक्न राजीनामा गर्ने निर्णय गरेका थिए । शनिबार राति कृषिमन्त्री र एक पूर्वप्रधानमन्त्रीले उनलाई स्वेच्छिक रूपमा पद त्याग गर्न आग्रह गरेको थिए। गत हप्ता पार्टीका नम्बर दुई हिरोशी मोरियामासहित चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिन सुझाव दिएका थिए।
जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा हारपछि विपक्षीहरूले इशिबालाई चुनावी नतिजाको जिम्मेवारी लिएर पद त्याग गर्न दबाब दिइरहेका थिए । यस कदमलाई ८४ वर्षीय प्रभावशाली पूर्वप्रधानमन्त्री तारो एसोले समेत समर्थन गरेको जनाइएको छ ।
पार्टी नेताका रूपमा इशिबाको कार्यकाल सन् २०२७ सेप्टेम्बरसम्म रहने प्रावधान थियो । तर अब उत्तराधिकारीका लागि प्रतिस्पर्धा सुरु हुने देखिएको छ । इशिबाका प्रमुख प्रतिद्वन्द्वी साने ताकाइचीले मङ्गलबार प्रतिस्पर्धामा उत्रने घोषणा गरे । उनलाई कट्टर राष्ट्रवादी नेताका रूपमा हेरिन्छ । सन् २०२४ को नेतृत्व निर्वाचनमा उपविजेता बनेका हाकिस ताकाइची भने मतदातामाझ कम लोकप्रिय देखिएका छन् ।
अगस्टको अन्त्यमा गरिएको निक्केई सर्वेक्षणले ताकाइचीलाई इशिबाको सबैभन्दा उपयुक्त उत्तराधिकारीका रूपमा देखाएको छ । त्यसपछि कृषिमन्त्री सिन्जिरो कोइजुमीको नाम आउँछ । तर सर्वेक्षणमा सहभागी ५२ प्रतिशतले नेतृत्व प्रतिस्पर्धा अनावश्यक भएको बताएका छन् ।
यसैबीच, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले इशिबालाई समर्थन जनाउँदै ‘इशिबा डन्ट क्विट’  ह्यासट्यागमार्फत पदमा रहिरहन आग्रह गरेका छन् ।
एलडिपीले सन् १९५५ देखि लगभग निरन्तर शासन गर्दै आएको भए पनि हाल मतदाताहरूले पार्टी त्यागेर लोकप्रिय सान्सितो जस्ता सीमान्त समूहतर्फ आकर्षित भइरहेका छन् । यसको कारण बढ्दो मूल्य, विशेष गरी चामल, खस्कँदो जीवनस्तर र पार्टीभित्रका भ्रष्टाचार घोटालाप्रति असन्तोष रहेको विश्लेषकहरूले बताएका छन् ।
लगनशील राजनीतिज्ञ इशिबा विगत वर्ष आफ्नो पाँचौँ प्रयासमा ‘नयाँ जापान’ को वाचा गर्दै एलडिपी नेता निर्वाचित भएका  थिए ।

कोलोन क्यान्सरका लागि रूसी खोप प्रयोगका लागि तयार

रुस । रुसले विकास गरेको क्यान्सर खोपले प्रिक्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यसले सुरक्षा र उच्च प्रभावकारिता दुवै देखाएको छ ।

फेडरल मेडिकल र जैविक एजेन्सी (एफएमबिए) की प्रमुख भेरोनिका स्क्वोर्टसोभाले यो घोषणा पूर्वी आर्थिक फोरम(इइएफ) मा गरेको हो ।

“यो अनुसन्धान धेरै वर्षसम्म फैलिएको थियो, यसको अन्तिम चरण अनिवार्य तीन प्रिक्लिनिकल अध्ययनका लागि समर्पित थियो”, तास समाचार एजेन्सीले स्क्वोर्टसोभाको भनाइ उद्धृत गर्दै भनेको छ, “खोप अब प्रयोगका लागि तयार छस हामी आधिकारिक स्वीकृतिको प्रतीक्षामा छौँ ।”

उनका अनुसार, प्रिक्लिनिकल नतिजाले बारम्बार प्रशासित हुँदा पनि खोप सुरक्षित र प्रभावकारी रहेको पुष्टि गरेको छ । अनुसन्धानकर्ताहरूले ट्युमरको आकार घटेको र ट्युमरको प्रगति सुस्त भएको देखेका छन्, जसको प्रभाव दर रोगको प्रकृतिअनुसार ६० देखि ८० प्रतिशतसम्म रहेको छ । साथै, खोप प्रयोगपछि बाँच्ने दरमा पनि वृद्धि भएको सङ्केत गरिएको छ ।

यस खोपको पहिलो लक्ष्य कोलोरेक्टल (कोलोन) क्यान्सर हुनेछ । यससँगै ग्लियोब्लास्टोमा र ओकुलर मेलानोमा लगायतका विशेष प्रकारका मेलानोमाका लागि पनि खोप विकासमा उल्लेखनीय प्रगति भइरहेको स्क्वोर्टसोभाले बताए । यी खोपहरू अहिले विकासको उन्नत चरणमा पुगेका छन् ।

दशौँ पूर्वी आर्थिक फोरम सेप्टेम्बर ३ देखि ६ सम्म भ्लाडिभोस्टकमा ‘सुदूर पूर्व स् शान्ति र समृद्धिका लागि सहयोग’ भन्ने विषयवस्तुमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सात ट्र्याकअन्तर्गत एक सयभन्दा बढी सत्रहरू आयोजना गरिएका थिए, जसमा ७५ भन्दा बढी देश र क्षेत्रका करिब आठ हजार चार सय सहभागी उपस्थित थिए ।

सामान्यतया, खोपहरू दादुरा खसरा वा चिकनपक्सजस्ता सङ्क्रमण रोक्न प्रयोग गरिन्छन्। यी खोपहरूले प्रतिरक्षा प्रणालीलाई हानिकारक कीटाणु पहिचान र प्रतिक्रिया गर्न प्रशिक्षण दिन्छन्। तर केही खोपहरू विशेष गरी क्यान्सर कोषहरू पहिचान गरी लक्षित गर्न प्रतिरक्षा प्रणालीलाई सहयोग गर्ने उद्देश्यले बनाइएका हुन्छन्।

हाल क्यान्सर खोपहरू केही प्रोस्टेट र मूत्राशय क्यान्सरका उपचारका लागि उपलब्ध छन् भने अमेरिकन क्यान्सर सोसाइटीका अनुसार थप अनुसन्धानहरू जारी छन् ।

क्यान्सर खोपहरू प्रयोगशालामा तयार पारिएका पदार्थहरू हुन् जसले शरीरको प्राकृतिक प्रतिरक्षा संयन्त्रलाई बलियो बनाइदिन्छन् । खोपको प्रकारअनुसार केही क्यान्सर उपचारका लागि प्रयोग गरिन्छ भने केही क्यान्सर रोकथामका लागि, जस्तै एचपिभी (मानव प्यापिलोमा भाइरस) खोप ।

भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक : उपाध्यक्ष पौडेल

ललितपुर । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको सङ्गठनलाई गतिशील, प्रभावकारी र चलायमान बनाउन भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक रहेको बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्नको जवाफ दिँदै उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको अनुमतिमा राजधानी बाहिरका सहरी क्षेत्रमा पनि सम्पर्क समिति बनाउनुपर्नेमा जोड दिए ।

उपाध्यक्ष पौडेलले महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटी १५ जना पदाधिकारीसहित २५१ हुने र सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षको उमेर हदलाई हटाइएको उपाध्यक्ष पौडेलले जानकारी दिए । त्यस्तै, पार्टी सदस्यतामा पनि पार्टी सदस्य र सङ्गठित सदस्य गरी दुई खालको हुनुपर्ने उनको भनाइ थियो । प्रदेश अधिवेशन चार–चार वर्षमा, केन्द्रीय महाधिवेशन पाँच वर्ष हुने उपाध्यक्ष पौडेलले जवाफका क्रममा बताएका छन् ।

‘सही र सूचित नीति, भरोसायोग्य नेतृत्वलाई आधार बनाएर अगाडि बढौँ, एकताबद्ध भएर एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानका साथ अगाडि बढौँ, एउटै व्यक्ति पार्टी र जनसङ्गठनको सदस्य हुन पाउँछ, तर एउटा व्यक्ति एउटामात्रै जनसङ्गठनमा बस्न पाउँछ’, उनले भने ।

उपाध्यक्ष पौडेलले हरेक प्रदेशबाट एक जना केन्द्रीय प्रतिनिधि राख्ने कुरा राम्रो भए पनि विधानमा नै उल्लेख गर्न आवश्यक नरहेको बताए । समूहगत छलफलबाट प्रदेश र स्थानीय तहमासमेत नीति अनुन्धान प्रतिष्ठान बनाउन गरिएको प्रस्तावमाथि जवाफ दिनुहुँदै उपाध्यक्ष पौडेलले पार्टीको नीति तय गर्ने एउटामात्रै नीति अनुन्धान प्रतिष्ठान केन्द्रीय तहमा हुने र स्थानीय कमिटीले सुझाव दिन सक्ने बताए ।

उनले सहकारीलाई पार्टीको संरचनामा समेट्नु उपयुक्त नहुने धारणा राखे । उनले प्रदेश र स्थानीय कमिटीमा १५ प्रतिशत र आयोगका कमिटीमा १० प्रतिशत मनोनयनको व्यवस्था उचित समेत उल्लेख गरे । स्थानीय, प्रदेश र केन्द्रीय तहबाट हुने मूल्याङ्कनलाई व्यवस्थित र वैज्ञानिक बनाउन जरुरी रहेको चर्चा गर्दै उनले नेता तथा कार्यकर्तालाई उत्पादनसंग जोड्नुपर्नेमा जोड दिए ।

‘पार्टी अभ्यासमा भएको कमजोरीले कारबाहीमा समस्या भएको छ, अन्तरघातका सम्बन्धमा थाहा पाउनेबित्तिकै विधानको व्यवस्थाको कार्यान्वयन गरेर कारबाही गर्नुपर्छ, उत्पादन, विकास निर्माण, समृद्धि र जनताका सरोकारसँग जोडिएका कार्यकर्ता निर्माणका लागि ध्यान दिऔं’, उनले भने । उनले प्रदेश र स्थानीय कमिटीमा पूर्वअध्यक्ष वा निवर्तमान अध्यक्षलाई दोस्रो वरियता दिनु घातक हुन्छ र यसले समस्या सिर्जना गर्ने बताए ।

उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नामबाट सृजना भएको पुँजीलाई जोगाएर मिसन–८४ मा निर्णायक शक्तिका रुपमा बदल्न आवश्यक रहेको पनि उल्लेख गरे । महाधिवेशनमा अब पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा आएका सुझावलाई समेटेर आफ्नो प्रस्तुतीकरण गर्नेछन् । शुक्रबारदेखि सुरू भएको महाधिवेशन आज सम्पन्न हुने कार्यतालिका छ ।

एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस

ललितपुर । नेकपा (एमाले) को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको प्रतिवेदन पेस गरिएको छ । ललितपुरमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा विभिन्न समूहको छलफलका क्रममा नेताहरुले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको बताएको एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताए ।

महाधिवेशनको तेस्रो दिन समूहगत छलफलका क्रममा नेताहरुबाट व्यक्त भएका भनाइका सम्बन्धमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको उनको भनाइ थियो । उनले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको पनि दाबी गरे ।

‘सात भूगोल र तीन गैरभूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दसत्रमा प्रतिवेदन पेस गरिसक्नु भयो । दश वटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संवैधानिक नियुक्ति पाइसकेका व्यक्ति पार्टीमा फर्कन नपाउने व्यवस्था विधानमै गर्न सुझाव दिनु भएको छ’, उनले भने ।

सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाह, लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेल, गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङ, बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डल, कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडा, गैरभूगोलका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरूङले आ–आफ्नो प्रतिवेदन पेस गर्नुभएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : प्रचण्ड

लमजुङ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताएका छन् । मध्यपहाडी लोकमार्ग अभियानअन्तगर्त आज लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राखे । आफ्नो पार्टी अहिले सरकार बाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको उल्लेख गरे ।

अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्याङ्कन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताए । उनले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठूलो दल बन्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले माओवादी नेतृत्वको पहिलो सरकारका बेला मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण, गरिब किसानका लागि रु ३० हजारसम्मको ऋण मिनाहालगायत काम गरेको स्मरण गरे । उनले भने, ‘दोस्रो कार्यकालमा सविधान निर्माणदेखि लोडसेडिङ अन्त्य गर्दै अन्य मुलुकलाई बिक्री गरेर देशलाई आर्थिक विकास गरेका थियौँ ।’

तेस्रो कार्यकालमा जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउने, भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने, चीनसँग १४ नाका खोल्ने, सुशासनको अभियान सञ्चालन गर्नेलगायत काम भएका अध्यक्ष दाहालले दाबी गरे । पार्टीले जनताका पक्षमा प्रशस्त काम गरे पनि प्रचारप्रसार नगर्दा जनतासम्म पुग्न नसकेको उनको भनाइ छ ।

यो अभियानले जनतालाई सत्य÷तथ्य बुझ्न र भविष्यमा सही बाटो देखाउन सहयोग पुर्‍याउने अध्यक्ष दाहालले विश्वास व्यक्त गरे । कार्यक्रममा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङलगायत नेताहरूको सहभागिता थियो ।

जेनजी आन्दोलनलाई बालेनको समर्थन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जेनजीले भोलि काठमाडौंमा गर्ने भनेको आन्दोलनप्रति समर्थन जनाएका छन् । उनले उमेर हदका कारण आफू उपस्थित हुन नपाएपनि आफ्नो समर्थन रहेको बताएका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै बालेनले भोलिको र्‍याली स्वतस्फूर्त भएकाले कुनै पार्टीका नेता, कार्यकर्ता, सांसद अभियन्तालाई बाटो बनेर आफ्नो स्वार्थ पूरा नगर्न चेतावनीसमेत दिएका छन् ।

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ ।  प्रिय Gen z भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?’

देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरु जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन नसकिने बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आज प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिका सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहने बताए ।

‘राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन, हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ, सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन । अहिले केही मान्छेहरु विरोध मात्रै गर्ने पात्र पुतली जस्ता भएका छन्’, प्रधानमन्त्री ओलीले भने ।

‘कहलिएका बुद्धिजीवीहरुको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ । पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ’, उनले भने ।

सरकारले एक वर्षअघिदेखि सामाजिक सञ्जाललाई दर्ता गर्न भनेको स्मरण गर्दै उनले भने, ‘अहिले चार जना मानिसको रोजगारी खोसिएकोभन्दा देशको स्वाधीनता ठूलो हो, देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ, स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ’, अध्यक्ष ओलीले भने । उनले असमानता कम गर्दै विभेद्लाई अन्त्य गर्ने पार्टीको नीति रहेको उल्लेख गर्दै छलफलसहित प्राप्त नीतिलाई अङ्गीकार गर्दै ‘मिसन ८४’ को अभिभारा पूरा गर्नेगरी पार्टी अघि बढिरहेको स्पष्ट गरे ।

शिकागोमाथि ‘युद्ध’ चेतावनी, ट्रम्पको कारबाही धम्की

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार शिकागोमा आफ्नो नयाँ नामकरण गरिएको ‘डिपार्टमेन्ट अफ वार’ (युद्ध मन्त्रालय) लागू गर्ने धम्की दिएका छन् । डेमोक्रेटिक नेतृत्वमा रहेका अमेरिकी सहरहरूमा सेना तैनाथ गर्ने उनको दबाबका कारण तनाव झन् बढेको छ । यो कदम वासिङ्टनमा भएको अपरेसनको पुनरावृत्ति जस्तै हो, जहाँ ट्रम्पले नेसनल गार्ड सेना तैनाथ गर्नुभएको थियो र सङ्घीय एजेन्टहरूको संख्या बढाएका थिए । यसलाई लिएर शनिबार राजधानीमा नयाँ विरोध प्रदर्शन भई हजारौँ मानिस सडकमा ओर्लिएका थिए ।

‘शिकागोले छिट्टै थाहा पाउनेछ कि यसलाई युद्ध मन्त्रालय किन भनिन्छ’, ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा लेखे । ‘संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले अमेरिकी सहरसँग युद्ध गर्ने धम्की दिनु भएको छ । यो सामान्य होइन, यो मजाक पनि होइन’, इलिनोइसका डेमोक्रेटिक गभर्नर जेबी प्रिट्जकरले उक्त पोस्टप्रति आक्रोश प्रकट गर्दै भने, ‘इलिनोइस कुनै तानाशाहबाट डराउने छैन ।’

ट्रम्पको पोस्टमा उनको स्पष्ट एआई–निर्मित छवि र उद्धरण समावेश थियो, ‘मलाई बिहान निर्वासनको गन्ध मन पर्छ ।’ यसले सन् १९७९ को भियतनाम युद्ध फिल्म ‘एपोक्यालिप्स नाउ’ को सन्दर्भ दिन्छ । उक्त फिल्ममा लेफ्टिनेन्ट कर्नल बिल किल्गोरले अमेरिकी सेनाले भियतनाममा अत्यधिक ज्वलनशील नापाम हतियार प्रयोग गर्दा ‘नापामको गन्ध मन पर्छ’ भनेका थिए ।

७९ वर्षीय रिपब्लिकन ट्रम्पले अगस्टको अन्त्यदेखि नै शिकागोविरुद्ध धम्की दिँदै आएका छन् । शनिबार शिकागोमा ‘यो फासीवादी शासन रोक’ भन्ने प्लेकार्डसहित विरोध प्रदर्शन भयो । प्रदर्शनकारीहरूले ‘ट्रम्प होइन, कुनै सेना छैन’ भन्ने नारासहित ट्रम्प टावर अगाडि असभ्य हावभाव पनि प्रदर्शन गरेका थिए ।

त्यसै दिन वासिङ्टनमा हजारौँको सहभागितामा भएको विरोध मार्चले ‘कब्जा अन्त्य’ को माग गरेको थियो । प्रदर्शनकारीहरूले उल्टो अमेरिकी झण्डा बोकेका थिए । यो परम्परागत रूपमा राष्ट्र अस्तित्व संकटमा परेको प्रतीक हो ।
ट्रम्पले पहिलो पटक जुन महिनामा लस एन्जलसमा सेना र सङ्घीय एजेन्ट तैनाथ गरेका थिए । त्यसपछि वासिङ्टन र अन्य सहरहरूमा विस्तार गरिएको यो कदम कानूनी चुनौती र तीव्र आलोचनाको विषय बनेको छ । आलोचकहरूले यसलाई बल प्रयोगद्वारा अधिनायकवादी प्रदर्शन भनेका छन् ।

लस एन्जलसका स्थानीय अधिकारीहरूले पनि आइसिई एजेन्टहरूको हिंसात्मक रणनीति विरुद्ध आवाज उठाएका थिए । ती एजेन्टहरूले प्रायः मास्क लगाएर, अचिह्नित कार प्रयोग गरेर र बिना कारण वा वारेन्ट मानिसहरूलाई सडकमै पक्रने गर्थे । शिकागोसहित ट्रम्पले डेमोक्रेटिक नेतृत्वका अन्य सहर—बाल्टिमोर र न्युअर्लिन्समा पनि यस किसिमको कारबाही गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार उनले रक्षा मन्त्रालयको नाम आधिकारिक रूपमा युद्ध मन्त्रालयमा परिवर्तन गर्ने आदेशमा हस्ताक्षर गरे । ‘यसले विश्वलाई विजयको सन्देश दिनेछ’, उनले भने । पेन्टागन प्रमुख पिट हेग्सेथले यस कदमलाई स्वागत गर्दै अमेरिकाले आफ्नो लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने र आवश्यकता परे हिंसा प्रयोग गर्ने संकेत दिएका छन् । –रासस / एएफपी

 

प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएकी छिन् । निजामती सेवा दिवसका अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले सेवा प्रवाहमा विलम्ब नगर्न अनुरोध गरेकी हुन्। सेवा प्रवाहका क्रममा आवश्यक प्रविधिक सहयोग र उपकरणको उपयोग गर्न उनले सुझाव दिएकी छिन्।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन आजको आवश्यकता हो भनेकी छिन् ।
मुख्यसचिव एकनारायण अर्यालले प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी तुल्याउन आफूहरू क्रियाशील रहेको बताए ।
त्यस अवसरमा उपसचिवद्वय राजुप्रसाद गुरागाइँ र चूडाराज न्यौपाने र शाखाअधिकृत सागर मिश्रलगायत १० जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार र ३० जनालाई  निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो ।

सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सङ्घसंस्थाले प्रदर्शन गरेका छन्। सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भन्दै उनीहरूले विरोध जनाएका हुन्।

उक्त विरोध प्रदर्शनमा पत्रकार, अगुवा र सरोकारवालाहरूले सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक कुण्ठित भएको बताएका छन्। उनीहरूले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने बहानामा यसलाई बन्द गर्न खोजिएको भन्दै तत्काल यो निर्णय फिर्ता लिन माग गरे। विरोधमा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेका थिए ।

शिकागोमाथि ‘युद्ध’ चेतावनी, ट्रम्पको कारबाही धम्की

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार शिकागोमा आफ्नो नयाँ नामकरण गरिएको ‘डिपार्टमेन्ट अफ वार’ (युद्ध मन्त्रालय)लागू गर्ने धम्की दिएका छन् । डेमोक्रेटिक नेतृत्वमा रहेका अमेरिकी सहरहरूमा सेना तैनाथ गर्ने उनको दबाबका कारण तनाव झन् बढेको छ ।

यो कदम वासिङ्टनमा भएको अपरेसनको पुनरावृत्ति जस्तै हो, जहाँ ट्रम्पले नेसनल गार्ड सेना तैनाथ गर्नुभएको थियो र सङ्घीय एजेन्टहरूको सङ्ख्या बढाएको थियो । यसलाई लिएर शनिबार राजधानीमा नयाँ विरोध प्रदर्शन भई हजारौँ मानिस सडकमा ओर्लिएका थिए ।

“शिकागोले छिट्टै थाहा पाउनेछ कि यसलाई युद्ध मन्त्रालय किन भनिन्छ”, ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा लेखे।

“संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले अमेरिकी सहरसँग युद्ध गर्ने धम्की दिएको छन् । यो सामान्य होइन, यो मजाक पनि होइन”, इलिनोइसका डेमोक्रेटिक गभर्नर जेबी प्रिट्जकरले उक्त पोस्टप्रति आक्रोश प्रकट गर्दै भने, “इलिनोइस कुनै तानाशाहबाट डराउने छैन ।”

ट्रम्पको पोस्टमा उनको स्पष्ट एआई–निर्मित छवि र उद्धरण समावेश थियो, “मलाई बिहान निर्वासनको गन्ध मन पर्छ ।” यसले सन् १९७९ को भियतनाम युद्ध फिल्म ‘एपोक्यालिप्स नाउ’ को सन्दर्भ दिन्छ । उक्त फिल्ममा लेफ्टिनेन्ट कर्नल बिल किल्गोरले अमेरिकी सेनाले भियतनाममा अत्यधिक ज्वलनशील नापाम हतियार प्रयोग गर्दा ‘नापामको गन्ध मन पर्छ’ भनेका थिए ।

उनासी वर्षीय रिपब्लिकन ट्रम्पले अगस्टको अन्त्यदेखि नै शिकागोविरुद्ध धम्की दिँदै आएको छ । शनिबार शिकागोमा ‘यो फासीवादी शासन रोक’ भन्ने प्लेकार्डसहित विरोध प्रदर्शन भयो । प्रदर्शनकारीहरूले ‘ट्रम्प होइन, कुनै सेना छैन’ भन्ने नारासहित ट्रम्प टावर अगाडि असभ्य हावभाव पनि प्रदर्शन गरेका थिए ।

त्यसै दिन वासिङ्टनमा हजारौँको सहभागितामा भएको विरोध मार्चले ‘कब्जा अन्त्य’ को माग गरेको थियो । प्रदर्शनकारीहरूले उल्टो अमेरिकी झण्डा बोकेका थिए । यो परम्परागत रूपमा राष्ट्र अस्तित्व सङ्कटमा परेको प्रतीक हो ।

ट्रम्पले पहिलो पटक जुन महिनामा लस एन्जलसमा सेना र सङ्घीय एजेन्ट तैनाथ गरेको थियो । त्यसपछि वासिङ्टन र अन्य सहरहरूमा विस्तार गरिएको यो कदम कानूनी चुनौती र तीव्र आलोचनाको विषय बनेको छ । आलोचकहरूले यसलाई बल प्रयोगद्वारा अधिनायकवादी प्रदर्शन भनेका छन् ।

लस एन्जलसका स्थानीय अधिकारीहरूले पनि आइसिई एजेन्टहरूको हिंसात्मक रणनीति विरुद्ध आवाज उठाएका थिए । ती एजेन्टहरूले प्रायः मास्क लगाएर, अचिह्नित कार प्रयोग गरेर र बिना कारण वा वारेन्ट मानिसहरूलाई सडकमै पक्रने गर्थे ।

शिकागोसहित ट्रम्पले डेमोक्रेटिक नेतृत्वका अन्य सहर—बाल्टिमोर र न्युअर्लिन्समा पनि यस किसिमको कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार उनले रक्षा मन्त्रालयको नाम आधिकारिक रूपमा युद्ध मन्त्रालयमा परिवर्तन गर्ने आदेशमा हस्ताक्षर गरे । “यसले विश्वलाई विजयको सन्देश दिनेछ”, उनले भने ।

पेन्टागन प्रमुख पिट हेग्सेथले यस कदमलाई स्वागत गर्दै अमेरिकाले आफ्नो लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने र आवश्यकता परे हिंसा प्रयोग गर्ने सङ्केत गरेको छ ।

मनाङ उपनिर्वाचनका लागि आयोगमा दल दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मनाङमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।

‘मनाङमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको छ, मुख्य सचिवजीलाई दल दर्ताका लागि जिम्मेवारी दिइएको छ,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । २०७९ मा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार राजिब गुरूङ (दीपक मनाङे) यो क्षेत्रबाट निर्वाचित भएका थिए । सर्वोच्च अदालतले फौजदारी कसुरमा दोषी ठहर भएका मनाङेको सांसद पद खारेज गरेको थियो । उनीमाथि चक्रे मिलनलाई आक्रमण गरेको मुद्दा थियो । रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन मन्त्री खड्काको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइशमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई आज उनकै कार्यकक्षमा भेटेर सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन आग्रह गरेको छ ।

सङ्खुवासभाका सामुदायिक विद्यालयलाई भौतिक रूपमा सुविधासम्पन्न बनाउन आफू क्रियाशील रहेको जनाउँदै उनले मन्त्री पन्तसँग खाँदबारीस्थित लक्ष्मी आधारभूत विद्यालय, चैनपुरको शारदा तथा सरस्वती माध्यामिक विद्यालय, आँखिभूइँस्थित अमरुवा तुम्लिङटारको मनकामना रत्नअम्बिका माध्यामिक विद्यालयलगायत शैक्षिक प्रष्ठिानको स्तरोन्नतिका निम्ति सहयोग गर्न आग्रह गरेका छन् ।

मन्त्री पन्तले उनको अनुरोधलाई सकारात्मक रूपमा लिँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

कांग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयका सम्बन्धमा छलफल गर्ने भएको छ ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु ले गम्भीर असन्तुष्टि जनाएका छन् ।

सभापति देउवाको निवासमा बसेको बैठकमा सामाजिक सञ्जाल बन्दबारे सरकारसँग भेटेर छलफल गर्ने निर्णय भएको बताए ।

सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरी पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

 

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले सो सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारसँग सोबारेमा छलफल गरेपछि पार्टीको धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको उनले बताए ।

इन्स्पेक्टर गुरुङ कारागार चलान

काठमाडौं । पूर्व पत्नीको उजुरीका आधारमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदातलका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका छन् ।

उनीविरुद्ध बलात्कार, ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो । इन्स्पेक्टर गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए ।

पूर्व पत्नीले ललितपुर प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो । इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्व पत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको दाबी उनको दाबी थियो ।

तस्बिरमा हेर्नुस् ललितपुरका हरियाली धान खेत

ललितपुर । असारमा रोपेको धान हरियो हुँदा ललितपुरको रिंगरोड बाहिरका क्षेत्रमा खेतहरु हरिया भएका छन् । किसानहरु धान गोडमेल गर्नमा व्यस्त छन् ।

धानका बोटमा अहिले दाना लाग्न थालिसकेको छ । हरियाली खेत मनमोहक देखिएको छ । अझ आकाशबाट हेर्दा खेतका गह्राहरु आकर्षक देखिएका छन् ।

निजामती सेवाः सैद्धान्तिक अवधारणा र रुपान्तरणको मार्ग

काठमाडौँ । निजामती सेवा राष्ट्रको प्रशासनिक संरचनाको मेरुदण्ड मानिन्छ । यसले राज्यका नीतिगत निर्णयलाई व्यवहारमा परिणत गर्ने र नागरिकसँग राज्यलाई प्रत्यक्ष रूपमा जोड्ने काम गर्दछ । सार्वजनिक प्रशासनसँगै कर्मचारी प्रशासन पनि विकसित भए तापनि आधुनिक अर्थमा निजामती सेवाको अवधारणा १९औँ शताब्दीको उत्तराद्र्धतिर मात्र प्रष्ट भएको पाइन्छ । १९औँ शताब्दीपूर्वका धेरै देशमा संरक्षण प्रणाली र लुट प्रणाली प्रचलनमा थिए । यसले प्रशासनलाई अस्थायी, अक्षम र राजनीतिक प्रभावमा पार्ने गरेको थियो । त्यसको विकल्पका रूपमा स्थायी, दक्ष, व्यावसायिक र राजनीतिक तटस्थ प्रशासनिक संरचनाको आवश्यकता महसुस गरियो, जसलाई आजको आधुनिक निजामती सेवा भनिन्छ ।

अन्तरराष्ट्रिय विकासक्रम

उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा पश्चिमी देशहरूले आधुनिक निजामती सेवाको संरचना स्थापनामा महत्वपूर्ण कदम चालेका थिए । बेलायतमा सन् १८५४ मा प्रकाशित नर्थकोट एण्ड ट्रेभेल्यान रिपोर्टले प्रशासनिक सुधारका आवश्यकता र मार्गदर्शन प्रस्तुत ग¥यो । यस रिपोर्टले तत्कालीन संरक्षण प्रणाली र लुट प्रणालीले प्रशासनलाई अस्थायी, अक्षम र राजनीतिक प्रभावमा पार्ने अवस्थालाई अन्त्यगरी स्थायी, व्यावसायिक, दक्ष र निष्पक्ष प्रशासनिक संरचना आवश्यक रहेको सिफारिस ग¥यो । रिपोर्टको कार्यान्वयनपश्चात् मेरिटमा आधारित भर्ना प्रणाली लागू भयो, जसले योग्य र दक्ष व्यक्तिहरूलाई मात्र सरकारी सेवामा प्रवेश सुनिश्चित ग¥यो । यसले प्रशासनलाई स्थायी, व्यावसायिक र तटस्थ बनाउने आधार तयार गरेको हो ।

त्यस्तै, अमेरिकामा सन् १८८३ मा पेन्डलेटन एक्ट लागू गरी स्पोइल्स प्रणाली अन्त्य गरियो र मेरिट प्रणाली सुरु भयो । यस ऐनले राजनीतिक प्रभावमा आधारित नियुक्ति प्रणालीलाई प्रतिस्थापन गर्दै सरकारी सेवामा योग्य र दक्ष कर्मचारीको चयन सुनिश्चित ग¥यो । यसले प्रशासनमा स्थायित्व, जवाफदेहिता र निष्पक्षता बढाउने वातावरण सिर्जना गरेको हो ।

यसरी बेलायत र अमेरिकामा १९औँ शताब्दीको उत्तराद्र्धदेखि सुरु भएको मेरिट प्रणाली र व्यावसायिक प्रशासनिक संरचनाको अभ्यासले आधुनिक निजामती सेवाको विश्वव्यापी मोडेलको रूपरेखा तय गरेको छ । यी अभ्यासले प्रशासनिक दक्षता, तटस्थता, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नमा मार्गदर्शन प्रदान गरेको छ, जसलाई पछि धेरै देशले आफ्नो राष्ट्रिय सन्दर्भ अनुसार अनुकूलन गरी अपनाएका छन् ।

नेपाली सन्दर्भ

नेपालमा निजामती सेवाको औपचारिक विकास क्रमशः राजनीतिक परिवर्तन र प्रशासनिक सुधारका प्रयाससँग जोडिएको पाइन्छ । विसं २००७ को राजनीतिक परिवर्तनपछि आधुनिक प्रशासनिक सुधारको आवश्यकता महसुस भई प्रारम्भिक प्रयासहरू गरिए । त्यसको परिणामस्वरूप २००८ सालमा लोक सेवा आयोगको स्थापना भई निष्पक्ष र प्रतियोगितामूलक भर्ना प्रक्रियाको आधार तयार भयो । त्यसपछि २००९ सालमा प्रशासन सुधारका लागि बुच कमिसन गठन गरिएको थियो, जसले नेपालमा कर्मचारी प्रशासनलाई व्यवस्थित र उत्तरदायी बनाउन विभिन्न सिफारिसहरू ग¥यो। यद्यपि, नेपालमा आधुनिक अर्थमा निजामती सेवाको औपचारिक अभ्यास भने विसं २०१३ मा जारी भएको निजामती सेवा ऐनसँगै मात्र सुरु भएको हो ।

नेपालको संविधान २०७२ अनुसार, निजामती सेवा राज्यको स्थायी संयन्त्र हो । यसले निष्पक्ष, दक्ष, उत्तरदायी र नागरिकमैत्री प्रशासनिक सेवा सुनिश्चित गर्नुपर्ने प्रावधान राखेको छ । साथै, लोक सेवा आयोगमार्फत प्रतियोगितामूलक र पारदर्शी भर्ना प्रणालीलाई सुनिश्चित गरिएको छ । निजामती सेवा कुनै पनि राष्ट्रको शासन प्रणालीको मेरुदण्ड हो । बेलायत र अमेरिकाले १९औँ शताब्दीमै सुरु गरेको ‘मेरिटमा आधारित प्रणाली’ पछ्याउँदै नेपालले २०१३ सालको ऐनपछि मात्र यसको औपचारिक अभ्यास सुरु गरेको हो । वर्तमान संविधानले यसलाई अझै संस्थागत गर्दै नागरिकलाई सेवा वितरण र सुशासन प्रवर्द्धनमा अपरिहार्य बनाएको छ ।

निजामती सेवा मूलतः गैरराजनीतिक र गैरसैनिक चरित्रको स्थायी प्रकृतिको प्रशासनिक सेवा हो, जसका आफ्नै विशेषताहरू छन् । पहिलो, यो सेवाले राज्यको संविधान, ऐन र कानुनद्वारा संरक्षण प्राप्त गर्छ, जसले यसको वैधानिकता र स्थायित्व सुनिश्चित गर्दछ । दोस्रो, यसमा योग्यता प्रणालीमा आधारित भर्ना र पदोन्नति हुन्छ, जसलाई लोक सेवा आयोगमार्फत निष्पक्ष र प्रतियोगितामूलक ढङ्गले व्यवस्थापन गरिन्छ । तेस्रो, निजामती सेवा कानुनी आधारमा स्थापित भएकाले यसमा तोकिएको तलब, भत्ता र निवृत्तिभरणको सुविधा सुनिश्चित गरिएको छ, जसले सेवाको स्थायित्व र सामाजिक आकर्षण बढाउँछ ।

यससँगै कर्मचारी प्रशासनलाई व्यवस्थापन गर्न केन्द्रीय निकाय ९जस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोग० को व्यवस्था गरिएको छ । निजामती सेवामा निश्चित कर्मचारी प्रशासनिक आधारहरू, सेवाको सुरक्षा र सामाजिक प्रतिष्ठा समेत कायम गरिएको पाइन्छ । यसका अतिरिक्त, सेवामा विशेषज्ञ व्यक्तिहरूको बाहुल्यता, पदसोपानमा आधारित कार्यव्यवस्था, लेखाजोखासहितको लिखित अभिलेख प्रणाली र राजनीतिक रूपमा निष्पक्ष तथा तटस्थ चरित्र यसको प्रमुख विशेषताहरू हुन् । नेपालमा हाल यो सेवा राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी वर्गीकरण गरिएको छ, जसले सङ्गठनात्मक स्पष्टता र पदानुक्रमलाई व्यवस्थित बनाएको देखिन्छ ।

समस्या के छन्

निजामती सेवा सरकार र जनताबीचको मुख्य सेतु हो, तर व्यवहारमा यसले आफ्नो उद्देश्यअनुसार दक्ष, पारदर्शी र जवाफदेही सेवाप्रवाह गर्न नसकेको भन्ने आलोचना खेप्ने गरेको छ । नेपालमा अझै पनि प्रशासन परिणाममुखी नभई प्रक्रियामुखी रहेको गुनासो छ, जसका कारण अनावश्यक कागजी झन्झट र ढिलासुस्तीले नागरिकलाई निराश बनाउँछ । प्रशासनिक निर्णय प्रक्रियामा धेरै तह र निकाय पार गर्नुपर्ने जटिलताले सेवाप्रवाह ढिलो गराउँछ र यसले घुसखोरी र भ्रष्टाचारको सम्भावना बढाउँछ ।

यसैगरी, एउटै प्रकारका सेवा दिने विभिन्न निकायबीच पर्याप्त समन्वय नहुँदा सेवाको दोहोरोपन, स्रोतको दुरुपयोग र नागरिकमा भ्रम बढेको छ ।

नेपालको प्रशासन अझै पनि गोप्यतामुखी संस्कृतिमा आधारित छ । यद्यपि, सूचनाको हकसम्बन्धी ऐन, २०६४ लागू भए पनि व्यवहारमा पारदर्शिता र सूचनामा पहुँच सीमित छ ।

त्यस्तै, कर्मचारी प्रशासनमा अनुशासनको कमी, ढिलासुस्ती, सेवाग्राहीप्रति उदासीनता र गैरजिम्मेवारीपन मौलाएको आरोप छ । स्थानीय तहलाई अधिकार हस्तान्तरण भए पनि प्रशासनिक संरचना अझै केन्द्रमुखी छ, जसले ग्रामीण र दुर्गम क्षेत्रमा सेवा प्रवाह कमजोर बनाएको देखिन्छ । यहाँ व्यक्तिगत स्वार्थ, राजनीतिक सरोकार र पदोन्नतिको चिन्ता जनसेवाभन्दा अगाडि देखिन्छ, जसले सेवाप्रवाहको गुणस्तरलाई घटाएको छ । यससँगै सशक्त र सचेत नागरिक समाजको अभावले प्रशासनिक गलत अभ्यासलाई चुनौती दिन सक्ने दबाब पनि कमजोर बनाएको छ ।

समसामयिक व्यवहारमा नयाँ समस्याहरू थपिएका छन् । डिजिटल सरकार र इ–गभर्नेन्सको चर्चा भए पनि सूचना प्रविधि प्रयोग अपर्याप्त छ, धेरै सेवा अझै पनि कागजमा आधारित छ । राजनीतिक हस्तक्षेप बढ्दो छ, जसका कारण नियुक्ति, सरुवा र बढुवामा निष्पक्षता कमजोर हुन्छ । त्यस्तै, मानव स्रोत विकासमा कमजोरी, आधुनिक सीप र दक्षताको कमी देखिन्छ । कानुनी संरचना भए पनि भ्रष्टाचार अझै व्यापक छ, जसले नागरिकलाई “सेवा लिन घुस दिनैपर्ने”, अनुभव दिलाउँछ ।

सेवा प्रवाहमा ग्रामीण सहरी, केन्द्र परिधि र धनी गरिबबीच असमानता विद्यमान छ । दुर्गम क्षेत्रका नागरिकले सहजै सेवा पाउन सकेका छैनन् । साथै, मेहनती र उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन दिने प्रभावकारी प्रणाली नभएकाले कार्य सन्तुष्टि घटेको छ । नागरिकमैत्री सेवा भन्ने भनाइ व्यवहारमा लागू हुन सकेको छैन, किनकि सेवाग्राहीको गुनासो सुन्ने र समाधान गर्ने संयन्त्र कमजोर छ । यी सबै कारणले गर्दा निजामती सेवा सरकार नागरिक बीचको प्रभावकारी पुल बन्न अझै मेहनत गर्नुपर्ने छ । जसलाई सुधार गर्न परिणाममुखी सोच, पारदर्शिता, विकेन्द्रीकरण, प्रोत्साहन प्रणाली र सशक्त नागरिक समाज अपरिहार्य देखिन्छ ।

रुपान्तरणको मार्ग

नेपालमा निजामती सेवाको प्रभावकारिता बढाउनका लागि व्यवहारिक सुधारका उपायहरू अवलम्बन गर्नु आवश्यक छ । पहिलो, परिणाममुखी प्रशासन लागू गर्नु अत्यावश्यक छ । यसका लागि नेपाल सरकारले केही प्रदेश तथा स्थानीय तहमा ‘नतिजामा आधारित बजेटिङ’ र ‘सेवा स्तर सम्झौता’ जस्ता अभ्यास सुरु गरेका छन्, जसले कर्मचारीलाई परिणाममुखी बनाउने र ढिलासुस्ती घटाउने प्रयास गरेको देखिन्छ । दोस्रो, समन्वय सुधार र केन्द्र समीकरण घटाउने उपाय लागू गर्नुपर्नेछ ।

तेस्रो, सूचना प्रविधिको प्रभावकारी प्रयोग अपरिहार्य छ । नेपाल सरकारले इ–गभर्नेन्स नीति स्पष्ट गर्नु पर्नेछ । विभिन्न अनलाइन सेवाहरू जस्तैः सवारी दर्ता, कर भुक्तानी र जन्म मृत्यु दर्ताजस्ता सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने प्रयास भइरहेको छ । यसले पारदर्शिता बढाउने र सेवाग्राहीको पहुँच सजिलो बनाउने कार्य गरेको छ । चौथो, अनुशासन र उत्तरदायित्व कायम गर्ने उपाय अपनाउनुपर्नेछ ।

पाँचौँ, मानव स्रोत विकास र प्रशिक्षण कार्यक्रम अभिवृद्धि गर्नुपर्छ । विभिन्न प्रशिक्षण केन्द्रहरूले निरन्तर कर्मचारीलाई नवप्रविधि, डिजिटलीकरण, सार्वजनिक सेवा मापदण्ड र अन्तरराष्ट्रिय अभ्याससम्बन्धी तालिम उपलब्ध गराउँदै आएका छन् । छैटौँ, प्रोत्साहन प्रणाली मजबुत बनाउने उपाय आवश्यक छ । हाल नेपाल सरकारका केही मन्त्रालयहरूले उत्कृष्ट कर्मचारीको कामलाई वार्षिक पुरस्कार र उत्प्रेरणासँग जोड्ने प्रणाली कार्यान्वयन गरिसकेका छन् ।
सातौँ, सशक्त नागरिक समाजको विकास अपरिहार्य छ । नागरिक समाज र पत्रकारिताको सक्रिय निगरानीले प्रशासनमा पारदर्शिता बढाउने काम गरेको छ । अन्ततः यी सबै उपाय संयोजन गरेर लागू गरेमा नेपालमा निजामती सेवा सरकार नागरिकबीचको प्रभावकारी पुल बन्न सक्नेछ र सेवा प्रवाहलाई दक्ष, जवाफदेही र पारदर्शी बनाउन सकिनेछ ।

अन्त्यमा, नेपालमा निजामती सेवा सरकार र नागरिकबीचको मुख्य सेतु भए पनि यसको प्रभावकारिता सीमित देखिन्छ । प्रक्रियामुखी प्रशासन, निर्णय प्रक्रियाको जटिलता, समन्वयको कमी, गोप्यतामुखी संस्कृति, केन्द्रमुखी संरचना, कर्मचारी अनुशासन र तटस्थताको अभावले सेवा गुणस्तरमा बाधा पु¥याएको छ ।

साथै, प्रविधिको प्रयोगमा कमजोरी, राजनीतिक हस्तक्षेप, मानव स्रोत विकासमा कमी, भ्रष्टाचार, असमानता र प्रोत्साहन प्रणालीको अभावले सेवा प्रवाह अझ कमजोर भएको छ । सुधारका उपायमा परिणाममुखी प्रशासन, समन्वय सुधार, डिजिटल सेवा, अनुशासन, प्रशिक्षण, प्रोत्साहन प्रणाली र सशक्त नागरिक समाज निर्माण आवश्यक देखिन्छ । यी उपाय अवलम्बन गर्दा निजामती सेवा दक्ष, जवाफदेही र पारदर्शी बनी नागरिक सन्तुष्टि प्राप्त गर्न सकिनेछ ।(लेखक नेपाल सरकारका उपसचिव हुनुहुन्छ ।)

नेपालमा धर्म प्रचारको आरोपमा ११ वर्ष प्रतिबन्धसहित अमेरिकन नागरिक ‘डिपोर्ट’

काठमाडौं । नेपालमा धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका एक अमेरिकन नागरिकलाई जरिवाना तिराएर ‘डिपोर्ट’ गरिने भएको छ । अध्यागमन विभागले अमेरिक नागरिक डानियल एस कर्नीलाई ५० हजार जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय गरेको हो ।

उनलाई ११ वर्षसम्म नेपाल आउन समेत प्रतिबन्ध लगाइएको छ । भिसाको उद्देश्य विपरीत इसाइ धर्मको प्रचार गरिरहेको भेटेपछि २०८२ भदौ ९ गते उनलाई पक्राउ गरिएको थियो । उनले बालगृहका बालबालिकाहरूलाई इसाइ धर्म सिकाउने गरेको र धर्म परिवर्तन गर्न लगाउने गरेको आरोप पनि छ । यस्तै फ्रान्सका एक जना र इण्डोनेसियाका ४ जना नागरिकलाई पनि डिपोर्ट गर्ने निर्णय भएको छ ।

फ्रान्सका नागरिक माथिल्ड नाथाइल पर्यटक भिसामा आए पनि व्यवसाय गरिरहेको र डिजिटल कारोबार गरेको भेटिएको थियो । उनलाई ५० हजार जरिवाना गरेर तीन वर्षसम्म पुनः नेपाल आउन प्रतिबन्ध लगाइएको छ । इन्डोनेसियाका नागरिकहरू पनि टर्किस भाषा पढाउने र धर्म प्रचार गर्ने गरेको आरोप छ । उनीहरूलाई पनि ५० हजारका दरले जरिवाना र ३ वर्ष पुनः नेपाल आउन प्रतिबन्ध गर्ने निर्णय अध्यागमन विभागले गरेको छ ।

युद्धको सबैभन्दा ठूलो हवाई आक्रमणमा रुसले किएभस्थित युक्रेन सरकारको सिटमा प्रहार

रुस । रुसले आइतबार बिहान युक्रेनमा युद्धको सुरुदेखिको सबैभन्दा ठूलो हवाई आक्रमण सञ्चालन गरेको छ । यस आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने किएभस्थित युक्रेन सरकारको सिटमा आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।

एएफपीका एक पत्रकारका अनुसार युक्रेनको मन्त्रिपरिषद् भवनको छतमा आगो लागेको थियो र राजधानीमाथि बाक्लो धुवाँ उडिरहेको देखिन्थ्यो । आपत्कालीन सेवाले ड्रोन आक्रमणका कारण किएभका धेरै अग्ला भवनहरूमा क्षति पुगेको पुष्टि गरेको छ ।

साढे तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौतामा मध्यस्थता गरे पनि रुसले कुनै लचकता देखाएको छैन । युरोपेली राष्ट्रहरूले भने हालै मात्र फ्रान्स र बेलायतको नेतृत्वमा शान्ति सम्झौता कार्यान्वयन गर्न गस्ती सेना तैनाथ गर्ने वाचा गरेका थिए, तर मस्कोले यसलाई अस्वीकार्य ठहर गरेको छ ।

युक्रेनको मन्त्रिपरिषद् परिसरमा भएको यो प्रहार युद्धको पहिलो यस्तो आक्रमण हो । घटनास्थलमा पुगेका एएफपीका पत्रकारले उद्धारकर्ताहरूले हेलिकप्टरमार्फत पानी खसाल्दै आगो नियन्त्रणमा लिने प्रयास गरेको देखेका थिए ।

“शत्रुको आक्रमणका कारण भवनको छत र माथिल्लो तल्ला क्षतिग्रस्त भएको छ । उद्धारकर्ताहरूले आगो निभाइरहेका छन्”, प्रधानमन्त्री युलिया स्विरिडेन्कोले टेलिग्राममा लेखे, “हामी भवनहरू पुनर्निर्माण गर्नेछौँ तर गुमेको जीवन फर्काउन सक्दैनौँ । शत्रुहरूले हरेक दिन हाम्रो जनतालाई आतङ्कित पारिरहेका छन् ।”

युक्रेनी वायु सेनाका अनुसार रुसले शनिबार रातिदेखि आइतबार बिहानसम्म युक्रेनमा कम्तीमा आठ सय पाँच ड्रोन र १३ क्षेप्यास्त्र प्रहार गरेको थियो ।

– शिशुको मृत्यु –

एएफपीका पत्रकारहरूले आइतबार बिहान राजधानीमा ठूला विस्फोट सुनेका थिए । किएभको पश्चिममा रहेको नौ तले आवासीय भवनमा भएको आक्रमणमा एक आमा र उनकी दुई महिनाको शिशुको मृत्यु भएको अभियोजकहरूले जनाएका छन् । प्रहरीका अनुसार एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

युक्रेनको उद्धार सेवाले भवनमा लागेको आगलागी र त्यसबाट निस्किरहेको धुवाँका तस्बिर सार्वजनिक गरेको छ ।

दुई दर्जनभन्दा बढी युरोपेली देशहरूले युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा गस्ती गर्ने वाचा गरेका छन् । कतिपयले भूमिगत सेना पठाउने वचनसमेत दिएका छन् ।

किभले भविष्यमा रुसले पुनः आक्रमण नगर्न सुनिश्चित गर्न पश्चिमी सेनाको समर्थनमा सुरक्षा ग्यारेन्टीहरू अत्यावश्यक हुने बताउँदै आएको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा कुनै पनि पश्चिमी सेना अस्वीकार्य हुने र त्यसलाई ‘वैध’ लक्ष्य ठहरिने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला हप्तामा युद्ध अन्त्य गर्ने प्रयासलाई अघि बढाए पनि अहिलेसम्म खास प्रगति हासिल भएको छैन ।

रुसी सेनाले हालसम्म युक्रेनको करिब २० प्रतिशत भूभाग ओगटेको छ । साढे तीन वर्ष लामो द्वन्द्वमा दशौँ हजार मानिस मारिएका छन्, लाखौं विस्थापित भएका छन् र पूर्वी तथा दक्षिणी युक्रेनका धेरै भाग ध्वस्त भएका छन् । यो द्वन्द्व दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा रक्तपातपूर्ण युद्ध बनेको छ ।

आज राति खग्रास चन्द्रग्रहणः शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास ९पूरै ढाकिने० चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ ।

समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए ।

नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गर्ने र नैऋत्य र पश्चिमबाट राति १ः४१ बजे अन्त्य हुने अध्यक्ष ढकालले बताए । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।

यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

ग्रहणका समयमा के गर्ने र के नगर्ने

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा र नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।

सूर्य ग्रहणमा चार प्रहर ९१२ घण्टा० र चन्द्रग्रहणमा तीन प्रहर ९नौ घण्टा० अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् नेपालले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको पनि उनले सुनाए । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नुहुँदैन ।

कुन राशिलाई कस्तो छ आज रातिको चन्द्रग्रहण

आज रातिको चन्द्रग्रहण हेर्दा मेष राशिलाई लाभ मिल्छ । वृष राशिलाई सुख, मिथुन राशिलाई माननाश हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । यसैगरी कर्कटलाई कष्ट, सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता, वृश्चिकलाई खर्च हुने योग देखिएको छ ।

धनु राशिलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीनलाई खर्चको योग रहेको पनि समितिले जनाएको छ । शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशि भएका व्यक्तिलाई आज रातिको चन्द्रग्रहण अतिकष्टदायक रहेको पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

ग्रहणसम्बन्धी आधुनिक एवं वैज्ञानिक धारणा

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छायाँ चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिने जनाएको छ । ग्रेगोरियन पात्रो अनुसार ग्रहण सेप्टेम्बर ७ तारिकको राति र नेपाली पात्रो अनुसार भदौ २२ गते राति पर्छ । नेपाली पात्रोअनुसार सूर्योदयदेखि सूर्योदयसम्मको समयलाई एक दिन गणना गरिन्छ । ग्रेगोरियन पात्रोले मध्यरातदेखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएकाले समय फरक पर्न गएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।

चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने पनि सोसाइटीले जनाएको छ । टेलिस्कोप वा दुरविनको माध्यमले हेरेमा विस्तृतरुपमा देख्न सकिन्छ । वैज्ञानिक मान्यताअनुसार चन्द्रग्रहण हेर्दा कुनै हानीनोक्सानी नहुने अध्यक्ष भट्टराईले बताए ।

आज राति ११ः१५ बजेदेखि बिहान ००ः३७ बजेसम्म चन्द्रमा पृथ्वीको सघन छायाँमा रहन्छ जसलाई खग्रास समय भनिन्छ । यो बेला चन्द्रमा रातो देखिन्छ । इन्टरनेटमा भनेजस्तो र राखिएको तस्बिर जस्तो नहुने उनले बताए । बाँकी समय पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्दै र छोड्दै जानेछ जुन समय खण्डग्रास समय हो । आफैं हेरेर सही र गलत छुट्याउन सोसाइटीले सबैमा आह्वान गरेको छ ।

एक्काइसौँ शताब्दीमा पर्ने ८५ वटा चन्द्रग्रहणमध्ये यो एक भएको उनले सुनाए । “तान्त्रिकहरु तन्त्रको साधना तथा अघोरीमन्त्रहरुको साधना ग्रहणका बेलामा गर्दा सिद्घिहुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्छन्”, उनले भने।

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन विभिन्न सावधानी अपनाइन्छ । चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीले हेर्दा केही असर गर्दैन । चन्द्रग्रहणमा आँखालाई हानीनोक्सानी पु¥याउने खालका किरण आएका हुँदैनन् । वैज्ञानिकले समेत ग्रहणका समयमा साधना गरेको उदाहरण छ । विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए भनिन्छ ।

खगोलविद् तथा वैज्ञानिकहरुका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसर मानिन्छ । ग्रहणको प्रभाव केवल मानवजातिमा मात्र नभइ पशुपक्षीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्य बताउछन् ।

यो खग्रास चन्द्रग्रहण नेपालको सबै भागबाट देखिने बिपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ । नेपालका साथै यूरोप, अफ्रिका, र एसिया र अष्ट्रेलियाबाटसमेत आज रातिको चन्द्रग्रहण देखिने समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए ।

यो चन्द्रग्रहण उत्तर तथा दक्षिण अमेरिकाबाट भने नदेखिने पनि उनले सुनाए । ग्रहणको समयमा यो रातो देखिने हुनाले यसलाई रक्तिमचन्द्र पनि भनिन्छ । आज राति ९ः१३ बजेदेखि नै विरल छायाँले ढाक्न सुरु गर्ने समितिले जनाएको छ । राति ११ः१५ बजेदेखि खग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्नेछ । राति ११ः५६ बजे खग्रास ग्रहणको मध्य समय हुनेछ । राति १२ः३७ बजेदेखि खग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्न छोड्ने समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राति ०२ः४० बजे विरल छायाँले ढाक्न छोड्नेछ ।

चन्द्र ग्रहण खाली आँखाले अवलोकन गर्न सकिने र वैज्ञानिक रूपमा हालसम्म मानव जीवनमा ग्रहणको कुनै पनि नकारात्मक प्रभाव रहेको तथ्याङ्क प्राप्त नभएको समितिले जनाएको छ ।

‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईंको साथ

काठमाडौं । ‘जेन जी’ नाममा भोलि (सोमबार) काठमाडौंमा हुन लागेको आन्दोलनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईले साथ दिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गते जस्तो दमन नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा हुन लागेको स्वतःस्फूर्त आन्दोलनमा राजावादी अभियन्ता प्रसाईँले समेत साथ दिने घोषणा गरेका हुन् । ३ वर्षअघि आफूले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्‍याएको भन्दै उनले धन्यवाद दिएका छन् ।

प्रसाईले प्रतिबन्धित फेसबुकमा लेखेका छन्, ‘२२ रुपियाँको भुक्के चप्पलमा सिंहदरबार छिरेका नेताहरूका छोराछोरी आज करोडौंको घडी, लाखौँको जुत्ता–चस्मा र लुइभ्यानटका ४० लाख पर्ने झोला बोकेर हिँडिरहेका छन् । विदेशसम्म–अमेरिका, युरोप, अष्ट्रेलिया, कम्बोडिया सम्म भ्रष्टाचारको सम्पत्ति बगिरहेको प्रमाणसहित आवाज उठाउँदा मलाई कारागार धकेलियो । राजनीतिक दल र सञ्चार जगतले मलाई हेला गरे, तर आज सत्यको पक्षमा जनचेतना जाग्दै गएको छ । म यस कुरामा धेरै खुशी छु !’

‘सामाजिक सञ्जाल बन्द’ को विरोध गर्दा पक्राउ परेका पाँच जना छुटे
सामाजिक सञ्जाल बन्दको विरोध गर्दा पक्राउ परेका पाँच जनालाई प्रहरीले छाडेको छ । शनिबार दिउँसो बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सरकारले बिहीबार रातिदेखि लागू हुने गरी फेसबुक, एक्स, लगायत २५ वटा सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआएको भन्दै बन्द गर्ने निर्णय गरेको छ । सो निर्णयको विरोधमा काठमाडौंको बानेश्वरमा शनिबार युवाहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्दा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले पाँच युवालाई नियन्त्रणमा लिएको थियो । ती पाँचै युवालाई छाडिसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए । ‘निषेधित क्षेत्रमा प्रदर्शन गर्दा नियन्त्रणा लिएका थियौं । अहिले छुटिसकेका छन्,’ उनले भने । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ । अहिले नेपालमा दर्ता भएका भाइबर, टिकटक लगायत सामाजिक सञ्जाल मात्रै सञ्चालनमा छन् । स्थानीय धनबहादुर स्याङ्तानले किराना पसलअगाडि अचानक परेको चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

म्याग्दीमा करिब :एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी । गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१ ८२ मा यहाँबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।
केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम रु ३५ का दरले बिक्री हुँदा रु ६० करोडको कारोबार भएको जानकारी दिए ।
उनका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिकटनका दरले आलु उत्पादन भएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार सात सय ८१ दशमलव तीन मेट्रिकटन सुन्तला प्रतिकिलो रु ८० का दरले ३३ करोड ४६ लाख ७० हजारमा बिक्री भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए ।
म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएकाले आलु र सुन्तलाको उत्पादन बढेको प्रमुख बाँस्तोलाले बताए । आव २०८०/८१ मा एक हजार सात सय ५० हेक्टरमा ३१ हजार चार सय ५० मेट्रिकटन आलु र रु २४ करोड बराबरको तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् ।
सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन् ।
गत आर्थिक वर्षमा केन्द्रको रु ४७ लाख १४ हजार सहयोगमा ४२ वटा फार्म तथा समूहमा आवद्ध एक सय ६४ परिवार किसानले तीन सय ७० रोपनी बगैँचा सुदृढीकरण र ४० रोपनीमा विस्तार गरेका कृषिप्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिए ।
खायन आलु कार्यक्रममार्फत तीन वटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकरण, सिँचाइ पूर्वाधार, ‘प्याकेजिङ’ र ढुवानीका लागि रु ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि रु छ लाख र सुदृढीकरणका लागि रु १९ लाख ८० हजार बजेट प्राप्त भएको छ ।
जिल्लामा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिका–९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । यसवर्ष पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा रु ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि रु १६ लाख ६८ हजार बजेट प्राप्त भएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले जानकारी दिए।

विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय

जापान । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा गर्ने निर्णय गरेका छन्, स्थानीय मिडियाले आइतबार जानकारी दिएका छन् ।

सत्तारूढ पार्टीका सदस्यहरूले माथिल्लो सदनमा भएको विनाशकारी चुनावी हारपछि नयाँ नेतृत्व खोज्दै गरेको अवस्थामा इशिबाले यस्तो निर्णय गरेका हुन्।

लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चालेको हो । त्यसयता उनले संसद्का दुवै सदनमा बहुमत गुमाएका छन् ।

सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेको जनाएको छ भने दैनिक आसाही सिम्बुनले उनलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ ।

शनिबार राति कृषिमन्त्री र एकजना पूर्व प्रधानमन्त्रीले इशिबालाई भेटी स्वेच्छिक रूपमा पद छोड्न आग्रह गरेका थिए । गत हप्तामात्रै पार्टीका नम्बर दुई नेता हिरोशी मोरियामासहित एलडिपीका चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए।

जुलाईमा सम्पन्न माथिल्लो सदनको निर्वाचनपछि इशिबाका विपक्षीहरूले चुनावी हारको जिम्मेवारी लिई पदत्याग गर्न निरन्तर दबाब दिँदै आएका थिए ।

अब नयाँ नेतृत्वको चुनावका लागि जापानभरका एलडिपी सांसद र क्षेत्रीय अधिकारीहरूले सोमबार आधिकारिक अनुरोध पेस गर्नेछन् । आवश्यक बहुमत प्राप्त भएमा पार्टीमा नेतृत्व प्रतिस्पर्धा सुरु हुनेछ ।

चट्याङ लागेर युवकको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा चट्याङ लागेर ३७ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौँडा–१६ सानो आकाशधारा घर भई हाल बाराको निजगढ नगरपालिका–१३ बस्दै आएका बुद्धबहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको हो । स्थानीय धनबहादुर स्याङ्तानले किराना पसलअगाडि अचानक परेको चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

 

सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ : महासचिव पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सके मात्र पार्टी बलियो हुने बताएका छन् । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उहाँले सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने बताए ।

महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिए । उनले वडातहबाट काम सुरू भयो भने प्रत्यक्ष देखिने समेत बताए । महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने बताए । उनले नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्नेमा जोड दिए । उनले पार्टीमा युवा र जनसंगठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले प्रदेशदेखि तल्लो तहमा युवाको प्रतिनिधित्व कम रहेको बताए । ‘४० वर्षका युवा प्रदेश र जिल्ला कमिटीमा जो प्रतिनिधि बनेर आए ती सबै नेता मात्र बने । पार्टीमा ४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने काम कमजोर रहेको छ । हामीले ४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन’, उनले भने ।

महासचिव पोखरेलले पार्टीले केन्द्रीय कमिटीमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेपछि पार्टी सदस्यमा महिला ३३ प्रतिशत नपुगेको बताए । ‘महिलाको पार्टी सदस्यता २६ प्रतिशत मात्र रहेको छ । पाटी सदस्य विस्तार नगरिकन सक्षम नेतृत्व निर्माण हुन सक्दैन’, उनले जवाफ दिने क्रममा भने ।

महासचिव पोखरेलले २०४३ सालमा स्ववियु निर्वाचनमा पार्टीले एउटा मोटरसाइकल उपलब्ध गराउँदा खुसी भएको प्रसङ्ग उल्लेख गर्दै आजको सामाजिक अपेक्षाअनुसार नेताको जीवन सरल हुनुपर्ने बताए । ‘पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली तडकभडक जुन बढेको छ त्यसलाई जनताले निगरानी गरिरहेका छन्’, उनले भने । उनले समूह नेताबाट आएका लिखित प्रस्तावलाई साङ्गठनिक प्रतिवेदनमा समेट्ने जानकारी दिए ।

बन्द सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुझावका आधारमा आज प्रतिवेदनलाई पारित गर्ने र जवाफका क्रममा सुझाव नछुटोस् भनेर थप छलफल गरेर दस्तावेज बनाइने उनको भनाइ थियो । उनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सैद्धान्तिक भएकाले थप समूह नेताबाट छलफल गरेर केही हेरफेर हुनेसक्ने र पार्टी विधानमा हेरफेर नगरिकन महाधिवेशनबाट विधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अहिले छुटेका कुरालाई पछि समेटिने बताए।

ललितपुरको गोदवरीमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली लगायत पेस गरेका दस्तावेजमाथि समूहगत छलफल भएको थियो । ९ वटा समूहमा भएको छलफल निष्कर्ष सुनाउने काम सकिएपछि अहिले महासचिव शंकर पोखरेलले त्यसको जवाफ दिइरहेका छन् । एमालेले आजै विधान महाधिवेशन समापन गर्ने तयारी गरेको छ । अन्तिममा अध्यक्ष केपी शर्मा ओलीले समग्र बिषयमा जवाफ दिएपछि महाधिवेशन टुंगिने छ ।

शाही अनुमोदनपछि थाई टाइकुन अनुतिन चार्नविराकुलद्वारा प्रधानमन्त्रीको पदभार ग्रहण

थाई टाइकुन अनुतिन चार्नविराकुलले आइतबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् ।

राजाको अनुमोदनसँगै उनी देशका नयाँ नेता बनेका छन्। यससँगै कन्जरभेटिभ कार्यकालको नयाँ चरण सुरु भएको छ ।

“महामहिम राजाले अबदेखि श्री अनुतिन चार्नविराकुललाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गरेका छन्”, थाइल्यान्डको संसद्को तल्लो सदनका महासचिव अर्पथ सुखानुन्थले बैङ्ककस्थित अनुतिनको भुमजाइथाई पार्टीको मुख्यालयमा आयोजित समारोहमा शाही आदेश वाचन गर्दै घोषणा गरे ।

अन्ठाउन्न वर्षीय अनुतिनले यसअघि उपप्रधानमन्त्री, गृह मन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा सेवा गरिसकेका छन् । तर उनी विशेषगरी थाइल्यान्डमा सन् २०२२ मा भएको गाजा आपराधीकरण प्रक्रियाका प्रमुख योजनाकारका रूपमा चर्चित छन् ।

उनी दुई वर्षको अवधिमा देशका तेस्रो प्रधानमन्त्री बनेका हुन्। तर उनले गठबन्धनको समर्थन त्यतिबेला मात्रै प्राप्त गरेका छन् जतिबेला उनले चार महिनाभित्र संसद् विघटन गरी नयाँ चुनाव गराउने सर्त स्वीकृत गरेका छन् ।

अनुतिनले लोकप्रिय सिनावात्रा परिवारको फेउ थाई पार्टीलाई सत्ताबाट हटाएका छन् । सो पार्टीले सन् २०२३ को चुनावदेखि नै कार्यकारी सत्तामा पकड जमाइरहेको थियो । तर यसको वंशानुगत नेत्री पेटोङटार्न सिनावात्रालाई गत महिना अदालतको आदेशमार्फत प्रधानमन्त्री पदबाट बर्खास्त गरिएको थियो ।