`

एक क्लिक…त्यसपछि सुरु हुन्छ यस्तो रहस्यमय प्रक्रिया

काठमाडौं। हामीले दैनिक रूपमा मोबाइल वा कम्प्युटरमा ब्राउजर खोलेर कुनै शब्द टाइप गर्छौं र केही सेकेन्डमै वेबसाइट हाम्रो स्क्रिनमा देखिन्छ। बाहिरबाट हेर्दा यो प्रक्रिया अत्यन्तै सहज र सामान्य लाग्छ।  तर यसको पछाडि इन्टरनेटको निकै ठूलो, व्यवस्थित र तहगत प्रविधि सक्रिय हुन्छ।

जब प्रयोगकर्ताले कुनै वेबसाइट खोल्ने प्रयास गर्छ, पहिलो काम उसको डिभाइसले सुरु गर्छ। मोबाइल, कम्प्युटर वा ट्याब्लेट जस्ता उपकरणलाई ‘क्लाइन्ट’ भनिन्छ।

क्लाइन्टले इन्टरनेटमार्फत वेबसाइटको जानकारी खोज्न थाल्छ। जहाँ वेबसाइटका फाइलहरू, डाटा, फोटो, भिडियो र कोडहरू भण्डारण गरिएका हुन्छन्,त्यो ‘सर्भर’ हो। सर्भर भनेको शक्तिशाली कम्प्युटर प्रणाली हो जुन सधैं इन्टरनेटमा जडित रहन्छ र प्रयोगकर्ताको अनुरोध अनुसार डाटा पठाउन तयार हुन्छ।

क्लाइन्ट र सर्भरबीचको सम्बन्ध नै इन्टरनेटको मूल आधार हो। प्रयोगकर्ताले कुनै वेबसाइट खोल्न चाहँदा क्लाइन्टले सर्भरलाई अनुरोध पठाउँछ, र सर्भरले आवश्यक सामग्री फिर्ता पठाउँछ। तर यो प्रक्रिया सिधै हुँदैन, बीचमा धेरै तहका प्रविधिहरू काम गर्छन्।

सबैभन्दा पहिले वेबसाइटको ठेगाना पहिचान गर्नुपर्छ। हामीले ब्राउजरमा लेख्ने नाम मानव भाषामा हुन्छ, जस्तै कुनै डटकम ठेगाना, तर कम्प्युटरले त्यस्तो नाम बुझ्दैन। कम्प्युटरले केवल संख्यात्मक आईपी एड्रेस बुझ्छ, जुन प्रत्येक वेबसाइटको वास्तविक डिजिटल ठेगाना हो।

यही समस्या समाधान गर्न ‘डोमेन नेम सिस्टम’ (डिएनएस) प्रयोग हुन्छ। डिएनएसलाई इन्टरनेटको फोनबुक जस्तै मानिन्छ, जसले वेबसाइटको नामलाई सम्बन्धित आईपी एड्रेसमा रूपान्तरण गर्छ। यो प्रणाली विश्वभर फैलिएका हजारौं सर्भरहरूको नेटवर्क हो। जसले सही ठेगाना पत्ता लगाउन केही मिलिसेकेन्डमै काम गर्छ।

सही आईपी एड्रेस फेला परेपछि क्लाइन्ट र सर्भरबीच वास्तविक डेटा आदानप्रदान सुरु हुन्छ। यो सम्पूर्ण सञ्चार प्रक्रिया ‘टीसीपी/आईपी’ प्रोटोकलमा आधारित हुन्छ। ‘टीसीपी’ ले ठूलो डाटालाई साना भागमा टुक्र्याउने, ती भागहरू सही क्रममा पुनः जोड्ने र डाटा सही रूपमा पुगेको सुनिश्चित गर्ने काम गर्छ।

‘आईपी’ ले ती साना डाटा टुक्रा, जसलाई ‘प्याकेट’ भनिन्छ, कुन बाटो हुँदै गन्तव्यसम्म पुग्ने भन्ने निर्धारण गर्छ। इन्टरनेटको संरचना यस्तो हुन्छ कि यी प्याकेटहरू एउटै बाटोबाट जानु आवश्यक हुँदैन। फरक फरक बाटो हुँदै पनि गन्तव्यमा पुग्न सक्छन्।

यो प्रणालीलाई अझ बुझ्न सजिलो बनाउने उदाहरण हो सडक सञ्जाल। ठूला सामानलाई एकै गाडीमा नहालेर साना साना भागमा बाँडेर पठाइन्छ, र ती भागहरू फरक फरक बाटो भएर पनि अन्तिम गन्तव्यमा पुग्छन्। त्यस्तै इन्टरनेटमा पनि डाटा साना प्याकेटमा विभाजन भएर नेटवर्क हुँदै यात्रा गर्छ र अन्तमा ब्राउजरले ती सबैलाई सही क्रममा जोड्छ।

यसपछि ब्राउजर र सर्भरबीच सञ्चारको अर्को तह सुरु हुन्छ, जसलाई ‘हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल’ (एचटीटीपी) भनिन्छ। ब्राउजरले सर्भरलाई अनुरोध पठाउँछ, जसलाई ‘रिक्वेस्ट’ भनिन्छ। सर्भरले त्यसको जवाफ दिन्छ, जसलाई ‘रेस्पोन्स’ भनिन्छ। यदि सबै प्रक्रिया सफल भयो भने सर्भरले ‘२०० ओके’ भन्ने सन्देश पठाउँछ, जसको अर्थ अनुरोध सफलतापूर्वक पूरा भयो भन्ने हो।

तर इन्टरनेटमा सबै कुरा सधैं सफल हुँदैन। कहिलेकाहीँ विभिन्न त्रुटिहरू पनि देखिन्छन्। ‘४०४’ को अर्थ माग गरिएको पेज भेटिएन भन्ने हुन्छ। ‘४०३’ को अर्थ प्रयोगकर्तासँग पहुँच अनुमति छैन भन्ने हुन्छ, ‘३०१’ को अर्थ वेबसाइटको ठेगाना स्थायी रूपमा परिवर्तन भएको छ भन्ने हुन्छ। र ‘५०३’ को अर्थ सर्भर अस्थायी रूपमा उपलब्ध छैन भन्ने हुन्छ। यी सबै कोडहरू इन्टरनेट प्रणालीमा हुने अवस्थाहरू बुझाउने संकेतहरू हुन्।

सर्भरबाट डाटा प्राप्त भएपछि ब्राउजरको वास्तविक काम सुरु हुन्छ, जसलाई ‘रेन्डरिङ’ भनिन्छ। ब्राउजरले प्राप्त गरेको ‘एचटीएमएल’ फाइल पढेर वेबपेजको आधार संरचना तयार गर्छ। त्यसपछि ‘सीएसएस’ ले त्यस पेजलाई डिजाइन, रंग, लेआउट र सौन्दर्य दिन्छ। ‘जाभास्क्रिप्ट’ ले वेबपेजलाई चलायमान र अन्तरक्रियात्मक बनाउँछ, जसले बटन क्लिक, मेनु खोल्ने, स्क्रोल गर्ने जस्ता कार्य सम्भव बनाउँछ।

यसका साथै वेबपेजमा प्रयोग हुने तस्बिर, भिडियो, अडियो, फन्ट र अन्य सामग्रीहरू पनि लोड हुन्छन्, जसलाई ‘एसेट्स’ भनिन्छ। यी सबै तत्वहरू मिलेर अन्ततः प्रयोगकर्ताको स्क्रिनमा पूरा वेबसाइट तयार हुन्छ। यो प्रक्रिया यति छिटो हुन्छ कि प्रयोगकर्ताले केही सेकेन्डमै सम्पूर्ण वेबसाइट देख्न सक्छ।

विश्वव्यापी रूपमा हेर्दा, एक सामान्य वेबपेज लोड हुन केही मिलिसेकेन्डदेखि केही सेकेन्डसम्म लाग्न सक्छ, तर त्यस समयमा हजारौं नेटवर्क उपकरण, राउटर, सर्भर, डेटा सेन्टर र प्रोटोकलहरू एकसाथ सक्रिय भएर काम गरिरहेका हुन्छन्। इन्टरनेटको यही संरचनाले विश्वभरका अर्बौं प्रयोगकर्तालाई एकै समयमा सेवा दिन सम्भव बनाएको छ।

ब्राउजरमा गरिएको एउटा सानो क्लिक वास्तवमा हजारौं तहको प्रविधि, नेटवर्क र प्रणालीहरूको संयुक्त परिणाम हो।

क्लाइन्टदेखि सर्भर, डिएनएसदेखि टीसीपी/आईपी, एचटीटीपीदेखि वेब रेन्डरिङसम्मको सम्पूर्ण प्रक्रिया मिलेर आधुनिक इन्टरनेटलाई छिटो, भरपर्दो र विश्वव्यापी बनाएको छ।

रोल्पामा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं। रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज बिहान अस्थायी नम्बर प्लेट एमएच१४टीसीजे ४७१ भएको बोलेरो सडकबाट खसेर दुर्घटना भएको हो।

दुर्घटनास्थलबाट हालसम्म नाम, थर र वतन नखुलेका दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

जस्तापाता तथा प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धानको काम गरिरहेको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

जनमतले थला परेको राप्रपा, विभाजनले थप थला पर्दै

 काठमाडौं । एक समय राजसंस्था, हिन्दुराष्ट्र र राष्ट्रवादका मुद्दालाई बलियोसँग उठाएर राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने प्रयास गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले संकटमा फसेको छ।

एकातिर पछिल्लो निर्वाचनले पार्टीको जनाधार कमजोर भएको छ भने अर्कोतिर नेतृत्वबीचको तीव्र द्वन्द्वले पार्टी विभाजनको संघारमा पुर्‍याएको छ। यसले चुनावी रूपमा कमजोर भइसकेको राप्रपालाई थप थला पार्ने देखिएको छ।

गत आमनिर्वाचनमा राप्रपाले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। प्रत्यक्षतर्फ १६२ स्थानमा उम्मेदवारी दिएको पार्टीले जुम्लामा मात्र जित निकाल्यो।

अधिकांश उम्मेदवारले जमानतसमेत जोगाउन नसकेको परिणामले राप्रपाको जनमत अपेक्षाभन्दा निकै कमजोर रहेको देखाएको थियो। समानुपातिकतर्फ पनि पार्टीले सोचेअनुसार उपलब्धि हासिल गर्न सकेन।

निर्वाचन परिणामपछि नेतृत्वको कार्यशैली, पार्टीको राजनीतिक दिशा र संगठन सञ्चालनलाई लिएर प्रश्न उठ्न थालेका थिए।

तर, पार्टीले प्रभावकारी समीक्षा गरेर कमजोरी सच्याउनेभन्दा आन्तरिक विवाद व्यवस्थापनमै समय खर्च गर्‍यो। परिणामस्वरूप विवाद समाधान हुनुको सट्टा झन् चर्किंदै गयो।

यसको चरम रूप महामन्त्री डा. धवलशमशेर राणाले पार्टी परित्यागको घोषणा गरेपछि देखिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन र राणाबीच लामो समयदेखि चलिरहेको शक्ति संघर्ष अन्ततः पार्टी विभाजनतर्फ उन्मुख भएको छ।

राणाले नयाँ राजनीतिक शक्ति निर्माणको अभियान थालेका छन् भने लिङ्देन पक्ष महाधिवेशनमार्फत समस्या समाधान हुने दाबी गरिरहेको छ।

तर, पार्टीभित्रको अविश्वास यति गहिरिएको छ कि दुवै पक्षबीच संवादको सम्भावना न्यून देखिन्छ। राणा पक्षले वर्तमान नेतृत्वको वैधानिकतामाथि नै प्रश्न उठाएको छ भने लिङ्देन पक्षले पार्टीभित्र अनुशासन र एकताको आवश्यकता औँल्याइरहेको छ।

विवाद दुई नेताबीचको व्यक्तिगत टकरावमा सीमित छैन। यसले पार्टीको संगठनात्मक संरचना, कार्यकर्ता पंक्ति र राजनीतिक भविष्यलाई समेत असर पारिरहेको छ।

धेरै जिल्ला र भातृ संगठनमा समेत ध्रुवीकरण देखिन थालेको छ। नयाँ पार्टी गठन भएमा राप्रपाको परम्परागत मत आधार थप विभाजित हुने सम्भावना बढेको छ।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समेत सार्वजनिक रूपमा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै शीर्ष नेताहरूको शक्ति संघर्षले कार्यकर्ता र युवापुस्तालाई निराश बनाएको बताएका छन्। यसलाई पार्टीभित्र बढ्दो असन्तुष्टिको रूपमा हेरिएको छ।

राजावादी आन्दोलनको उभारबाट राजनीतिक लाभ लिन सक्ने अवस्थामा देखिएको राप्रपा अहिले भने आफ्नै आन्तरिक द्वन्द्वमा अल्झिएको छ।

जनमत विस्तार गर्ने, संगठन सुदृढ बनाउने र वैकल्पिक शक्ति बन्ने चुनौती सामना गरिरहेको पार्टी नेतृत्व विवादका कारण झन् कमजोर बन्दै गएको छ।

चुनावी परिणामले कमजोर बनेको राप्रपाले आत्मसमीक्षा र संगठन पुनर्निर्माणमा ध्यान दिनुपर्ने बेला विभाजनको संकट निम्त्याएको छ। यसले पार्टीलाई मात्र होइन, राजावादी राजनीतिक धारलाई समेत क्षति पुर्‍याउन सक्छ।

महाधिवेशन अझै अनिश्चित छ। शीर्ष नेताहरूबीच विश्वासको संकट गहिरिएको छ। संवादको ठाउँ आरोप-प्रत्यारोपले लिएको छ। यस्तो अवस्थामा जनमतबाट कमजोर भइसकेको राप्रपा विभाजनको मारले थप थला पर्ने जोखिम बढ्दै गएको छ।

मधेस प्रदेश : करिब १६ प्रतिशत बालबालिका कुपोषणको शिकार

काठमाडौं। मधेस प्रदेशमा करिब १६ प्रतिशत बालबालिका कुपोषणको समस्याबाट प्रभावित रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीका अनुसार अभियानमार्फत गरिएको परीक्षणबाट यस्तो अवस्था देखिएको हो। स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले प्रदेशका १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा सञ्चालन गरेको पोषण अवस्थासम्बन्धी परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो।

उक्त परीक्षणअनुसार ३५ हजार ८८३ जना बालबालिका कुपोषित, आठ हजार ७७१ जना शीघ्र कुपोषित तथा दुई लाख ३३ हजार १८२ जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार यस्तो अवस्था सङ्कटपूर्ण श्रेणीमा पर्ने बताइएको छ।

तथ्याङ्कअनुसार मधेस प्रदेशमा कुपोषित र शीघ्र कुपोषित बालबालिकाको सङ्ख्या ४४ हजार ६५४ पुगेको छ। यो सङ्ख्या परीक्षण गरिएका कुल बालबालिकामध्ये १५.७६ प्रतिशत रहेको छ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपानका कारण प्रदेशमा कुपोषणको समस्या थप जटिल बन्दै गएको बताए।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेस प्रदेशका प्रदेश सचिव डा. प्रमोद यादवले कृषि उत्पादनका हिसाबले सम्पन्न मानिने प्रदेशमा समेत बाल कुपोषणको उच्च दर देखिनु चिन्ताको विषय भएको उल्लेख गरे।

उपलब्ध विवरणअनुसार नेपालको कुल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हिस्सा मधेस प्रदेशमा बसोबास गर्छ भने देशभर जन्मिने करिब २९ प्रतिशत बालबालिका यही प्रदेशमा जन्मिने गरेका छन्।

जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस केवल औपचारिक उत्सवका रूपमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन बन्नुपर्ने बताएका छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले समाजमा अझै विद्यमान जातीय विभेद र छुवाछूतका घटनाले कानुनी तथा संवैधानिक व्यवस्थामात्र पर्याप्त नरहेको सन्देश दिएको उल्लेख गरेका छन्।

उनले नेपाललाई वि.सं. २०६३ साल जेठ २१ गते ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको र त्यसलाई थप संस्थागत गर्न वि.सं. २०६८ साल जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ जारी गरिएको स्मरण गराएका छन्। यी ऐतिहासिक कदमले समानता, मानव अधिकार र सामाजिक न्यायप्रतिको राज्यको प्रतिबद्धता स्पष्ट गरेको उनको भनाइ छ।

आङ्देम्बेले संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको भए पनि समाजका विभिन्न तहमा जातीय भेदभाव तथा छुवाछूतका घटना अझै देखिनु दुःखद रहेको बताएका छन्। यस्ता अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुर्‍याउने उनको भनाइ छ।

विभेदको अन्त्य केवल कानुन बनाएर वा दण्ड सजायको व्यवस्था गरेर मात्र सम्भव नहुने उल्लेख गर्दै उनले समाजमा समानता, सम्मान, सहिष्णुता र मानवीय व्यवहारको संस्कृतिको विकास आवश्यक रहेको बताएका छन्। उनले जातीय भेदभावविरुद्ध दृढतापूर्वक उभिँदै सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न सबै राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

शुभकामना सन्देशको अन्त्यमा आङ्देम्बेले विविधताबीचको एकतालाई थप सुदृढ गर्दै विभेदरहित, समावेशी र समतामूलक नेपाल निर्माणको अभियानमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उल्लेख गरेका छन्। उनले जातीय भेदभावविरुद्धको दिवसलाई केवल उत्सवका रूपमा नभई समानता र सामाजिक न्यायप्रतिको सामूहिक प्रतिबद्धताको अवसरका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।

कर्णाली सरकारको नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्र केन्द्रमा

काठमाडौं। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै संरचनागत सुधार, सेवा विस्तार र रोग नियन्त्रणका व्यापक योजना अघि सारेको छ।

प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य प्रणालीलाई आधुनिक, पहुँचयोग्य र डिजिटल बनाउने स्पष्ट लक्ष्य देखिएको छ।

नीति तथा कार्यक्रममा प्रदेश अस्पताल, सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न कानुनी व्यवस्था गर्ने घोषणा गरिएको छ। यसका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिने उल्लेख छ।

प्रदेशभित्रका सबै अस्पताललाई प्रदेश सरकारको नाममा पुनः नामकरण गरी विशेषज्ञ चिकित्सकको दरबन्दीअनुसार स्तरोन्नति गर्ने योजना पनि समेटिएको छ। साथै, बिरामीको चाप बढी रहेका र सेवा कमजोर भएका स्थानीय अस्पताललाई भौतिक पूर्वाधारसहित सुदृढ बनाउने नीति लिइएको छ।

स्वास्थ्य सेवा प्रणालीलाई डिजिटल बनाउने उद्देश्यअनुसार सबै स्वास्थ्य संस्थाको अभिलेख डिजिटलाइज गर्ने कार्यक्रम समावेश गरिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई रेफरल तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ। यसले रोग निदान, अनुसन्धान र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान गर्ने अपेक्षा गरिएको छ।

विद्यालय र समुदायस्तरमा स्वास्थ्य सेवा विस्तारलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ। विद्यार्थीको चापअनुसार विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराउने र ‘लिटिल डाक्टर’ कार्यक्रममार्फत विद्यार्थीलाई स्वास्थ्य एम्बेसडरका रूपमा विकास गर्ने योजना उल्लेख छ। यसले प्रारम्भिक स्वास्थ्य सचेतना विस्तार गर्न मद्दत पुग्ने सरकारको विश्वास छ।

क्यान्सर, मुटु, मृगौला, अटिजम, पार्किन्सन, सिकलसेल एनिमिया लगायतका दीर्घ तथा जटिल रोगका बिरामीलाई उपचार सहायता उपलब्ध गराइने नीति पनि समावेश गरिएको छ। आकस्मिक स्वास्थ्य उपचार कोषलाई निरन्तरता दिइने तथा ट्रपिकल रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

बढ्दो नसर्ने रोग नियन्त्रणका लागि समुदायस्तरमै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिनेछ। यसका लागि वर्षभर विभिन्न महिनालाई विशेष स्वास्थ्य अभियानका रूपमा सञ्चालन गरिने नीति लिइएको छ, जसअनुसार फागुनलाई नसर्ने रोग स्क्रिनिङ महिना, वैशाखलाई खोप महिना, जेठलाई पोषण महिना र अन्य महिनालाई अनुशिक्षण तथा अनुगमनका रूपमा प्रयोग गरिनेछ।

योग, ध्यान र मानसिक स्वास्थ्य प्रवर्द्धनमार्फत कर्णालीलाई आरोग्य पर्यटनको केन्द्र बनाउने लक्ष्य पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ। प्रत्येक स्थानीय तहमा योग केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ र ‘कर्णाली समग्र आरोग्यता अभियान’ सञ्चालन गरिने उल्लेख छ।

त्यस्तै, ‘एक जिल्ला एक नमुना स्वास्थ्य स्थानीय तह’ अभियान सुरु गर्ने घोषणा गरिएको छ। सुरक्षित मातृत्व, संस्थागत सुत्केरी सेवा र प्रेषण प्रणालीलाई थप प्रभावकारी बनाइने नीति पनि समेटिएको छ। ‘वन हेल्थ’ अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।

नीति तथा कार्यक्रममा लैङ्गिक समानता, दलित, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, राउटे लगायत सीमान्तकृत समुदायको सशक्तीकरणका कार्यक्रम पनि समावेश छन्। महिला सशक्तीकरणका लागि सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिनेछ। साथै, लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाका लागि उद्धार, संरक्षण र पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ।

अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ। मानव सेवा आश्रम, वृद्धाश्रम र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रजस्ता सामाजिक संस्थाहरूलाई आवश्यक सहयोग उपलब्ध गराइने नीति लिइएको छ।

समग्रमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रलाई सेवा विस्तारदेखि रोकथाममुखी प्रणालीसम्म रूपान्तरण गर्ने महत्वाकांक्षी दृष्टिकोण अघि सारेको देखिन्छ।

संरचनागत सुधार, डिजिटल स्वास्थ्य प्रणाली र समुदायस्तरमा पहुँच विस्तारलाई केन्द्रमा राख्दै सरकारले दीर्घकालीन स्वास्थ्य सुधारको लक्ष्य लिएको छ।

राम राम मात्रै भन्ने स्थितिमा राप्रपा

काठमाडौं। अध्यक्ष राजेन्द्र लिङ्देन र नेता धवलशम्शेर जबराबीचको शक्ति संघर्ष अन्ततः राप्रपा विभाजनमा गएर टुंगिने भएको छ ।

एकातिर चुनावी हारपछि निराश भएका कतिपय नेता कार्यकर्ताले पार्टी धमाधम छाडिरहँदा अर्कातिर अध्यक्ष लिङ्देन आफूलाई पार्टी विधानभन्दा माथि रहेको ठान्दै आलोचना गर्ने नेताहरूलाई कारबाहीका डण्डा बर्साइरहेको बेला पार्टी अनौपचारिक रुपमा विभाजन भइसकेको छ ।

लिङ्देन स्वेच्छाचारी ढंगले अघि बढेको, विधानलाई बारम्बार कुल्चिएको, पार्टीको महाधिवेशन गर्न नचाहेको, पार्टीमा फरक मत राख्नेलाई भित्तामै पुर्‍याउने उनको शैलीको विरोध गर्दै आएका नेता जबराले एक विज्ञप्ति जारी गर्दै लिङ्देनको चिप्ला कुराको पछि नलाग्न समर्थकहरूलाई आग्रह गरेका छन् ।

मंगलबार लिङ्देन जबरालाई फकाउँदै यही जेठको चौथो साता केन्द्रीय समिति बैठक बस्ने र महाधिवेशनको मिति टुंगो लगाउने बताएका थिए । राप्रपाबाट अलग नहुन लिङ्देनको आग्रह थियो । भोलिपल्टै बुधबार जबराले भने लिङ्देनको शब्दजालमा नपरौँ भन्दै पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।

यता राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अध्यक्ष लिङ्देन र जबराको चर्को विरोध गरेका छन् । उनले कहिल्यै मिल्न नसक्ने नेता भन्दै पार्टीपंक्तिलाई निराश भएर पार्टी नछाड्न र आगामी महाधिवेशनबाट पार्टीको सेट नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

हालै राप्रपाका तीन पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीबाट अलग नहुन नेता धवलसहितलाई आग्रह गरेका थिए ।

मानव भर्सेस एआई

काठमाडौं। मानव सभ्यताको इतिहास आविष्कार र नवीन सोचको निरन्तरताले बनेको छ । आगोको प्रयोगदेखि लिएर पहियाको आविष्कार, मुद्रण यन्त्रदेखि लिएर डिजिटल कम्प्युटिङसम्म-हरेक चरणले मानव जीवनको संरचना, सोच र सम्भावनालाई पुनःपरिभाषित गर्दै आएको छ।

यही लामो ऐतिहासिक यात्राको पछिल्लो र सबैभन्दा प्रभावशाली अध्यायका रूपमा आज कृत्रिम बौद्धिकता (एआई-आर्टिफिसियल इन्टेलिजेन्स) उदाउँदैछ।

एआई मानव बुद्धिको विस्तार, प्रतिस्पर्धी शक्ति र सम्भावित विकल्पका रुपमा व्याख्या गरिन्छ। यही कारणले यसको भविष्यलाई लिएर विभिन्न दार्शनिक, वैज्ञानिक र प्राविधिक बहसहरू तीव्र बनेका छन्। ती बहसहरू मध्ये सबैभन्दा चर्चित र विवादित अवधारणा हो। आई.जे. गुड द्वारा प्रस्तुत ‘इंटेलिजेन्स एक्सप्लोजन’ अर्थात् बौद्धिक विस्फोटको सिद्धान्त,जसले प्रविधिलाई मानव इतिहासको ‘अन्तिम आविष्कार’ बनाउन सक्ने सम्भावना देखाउँछ।

तर यही अवधारणा आज गम्भीर प्रश्नहरूको घेरामा छ। के मेसिनले वास्तवमै मानव बुद्धिलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्छ? के प्रविधि आफैं आत्म-सुधार गर्दै अनन्त रूपमा अघि बढ्न सक्छ? वा यो मात्र सैद्धान्तिक,भ्रामक कल्पना मात्र हो,जुन वास्तविक संसारका सीमाहरूले कैद गरेर सन्तुलनमा राख्छन्?

आजको एआई विकास,यसको उपलब्धि, सीमा र व्यवहारिक प्रयोगलाई विश्लेषण गर्दा स्पष्ट हुन्छ कि ‘अन्तिम आविष्कार’ भन्ने धारणा जति आकर्षक छ।  त्यति नै जटिल र विवादास्पद पनि छ। यही सन्दर्भमा यो लेखले एआईको सैद्धान्तिक आधार, व्यवहारिक सीमा, ऐतिहासिक उदाहरण र मानव भूमिकासँगको सम्बन्धलाई विश्लेषण गर्दै यस अवधारणाको वास्तविक अर्थ र सम्भावनालाई उजागर गर्ने प्रयास गर्दछ। 

सन् १९६० को दशकमा गणितज्ञ आई.जे. गुड (आई.जे. गुड) ले अघि सारेको ‘इंटेलिजेन्स एक्सप्लोजन’ अर्थात् बौद्धिक विस्फोटको अवधारणा आज  एआई –आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी सबैभन्दा प्रभावशाली तर विवादित सिद्धान्तमध्ये एक बनेको छ। उनको मूल तर्क सरल तर दूरगामी थियो, उनले भनेका छन्, ‘यदि कुनै यन्त्र मानिसभन्दा बढी बुद्धिमान बन्न सक्यो भने, त्यसले आफैं अझ उन्नत यन्त्र डिजाइन गर्न सक्छ, र यो चक्र निरन्तर तीव्र हुँदै जाँदा मानव बुद्धिमत्तालाई धेरै पछाडि छोड्न सक्छ।’ यही सम्भावनालाई पछि ‘फाइनल इनभेन्सन’ अर्थात् मानव जातिको अन्तिम आविष्कार भन्ने रूपमा पनि व्याख्या गरियो।

तर आधुनिक विज्ञान, प्रविधि र व्यवहारिक प्रणालीहरूले यो दाबीलाई न त पूर्ण रूपमा अस्वीकार गर्छन्। 

आई.जे. गुडको सिद्धान्तको आधार ‘रिकर्सिभ सेल्फ-इम्प्रुभिङ सिस्टम’ अर्थात् स्वयं सुधार गर्न सक्ने बुद्धिमत्ता प्रणाली हो। सैद्धान्तिक रूपमा यस्तो प्रणालीले प्रत्येक सुधारपछि आफ्नो क्षमता अझ बढाउँछ र पुनः अर्को सुधार गर्न अझ सक्षम बन्छ।

यसलाई गणितीय भाषामा एक्सपोनेन्सियल ग्रोथ (घातीय वृद्धि) को रूपमा बुझिन्छ। जसले अन्ततः सिङ्गुलारिटी (सिंगुलारिटी) भन्ने बिन्दुमा पुग्ने अनुमान गर्छ। जहाँ प्रविधिको विकास यति तीव्र हुन्छ कि मानवले त्यसलाई न नियन्त्रण गर्न सक्छ। तर यो अवधारणा अझै सैद्धान्तिक संरचना मात्र हो। व्यवहारिक प्रमाणित प्रणाली होइन।

वर्तमान एआई विकासलाई हेर्दा स्पष्ट हुन्छ कि हामी अझै ‘न्यारो एआई’ को चरणमै छौं। ओपनएआई वा गुगल डीपमाइन्ड जस्ता संस्थाले विकास गरेका प्रणालीहरू अत्यन्त शक्तिशाली छन्। तर ती विशिष्ट कार्यमा मात्र उत्कृष्ट हुन्छन्। यी प्रणालीहरू भाषा, छवि, रणनीति वा डेटा विश्लेषणमा उच्च प्रदर्शन गर्न सक्छन्।

तर तिनीहरूमा मानवजस्तो सामान्य चेतना,आत्मबोध, वा बहु-सन्दर्भीय निर्णय क्षमता छैन। यही सीमाले ‘अन्तिम आविष्कार’ अवधारणालाई तत्काल व्यवहारिक बनिनबाट रोक्छ।

यस सन्दर्भमा सन् २०१६ को अल्फागो र विश्वप्रसिद्ध गो खेलाडी ली सेडोलबीचको खेल एक महत्वपूर्ण उदाहरण हो। अल्फागोले मानव च्याम्पियनलाई पराजित गरेर प्रविधिको क्षमतामा नयाँ मापदण्ड स्थापित गर्‍यो।

तर पछि विश्लेषणले देखायो कि यसको सफलता अत्यन्त विशिष्ट डोमेनमा सीमित थियो। र सामान्य परिस्थितिमा यो मानवजस्तो लचिलो निर्णय क्षमता देखाउन सक्दैन। त्यसैले ‘मेसिनले मानवलाई जित्यो’ भन्ने निष्कर्ष आंशिक मात्र हो।  पूर्ण सत्य होइन।

आई.जे. गुडको ‘अन्तिम आविष्कार’ सिद्धान्तमाथि अर्को ठूलो चुनौती भौतिक र प्रणालीगत सीमाहरू हुन्। इतिहासले देखाएको छ कि अत्यन्त जटिल प्रविधि पनि साना त्रुटिका कारण असफल हुन सक्छ। सन् १९८६ को च्यालेन्जर अन्तरिक्ष यान दुर्घटना यसको स्पष्ट उदाहरण हो, जहाँ ‘ओ-रिङ’ जस्तो सानो यान्त्रिक कमजोरीले सम्पूर्ण मिसन असफल बनायो। 

यसले के देखाउँछ भने प्रविधिको सफलता केवल बुद्धिमत्ता वा डिजाइनमा निर्भर हुँदैन, बरु भौतिक वातावरण, गुणस्तर नियन्त्रण, र प्रणालीगत जोखिम व्यवस्थापनमा पनि निर्भर हुन्छ। एआई प्रणालीहरू पनि यस्तै सीमाबाट मुक्त छैनन्। डाटा, हार्डवेयर, ऊर्जा, सुरक्षा र अनिश्चित वास्तविक संसारका कारण तिनीहरू पूर्ण रूपमा स्वायत्त बन्न कठिन छ।

त्यसैगरी, ज्ञानको प्रकृति पनि ‘अन्तिम आविष्कार’ अवधारणासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। अर्थशास्त्री फ्रेडरिक हायेक (फ्रेडरिक हायेक) ले ‘ट्याकिट नलेज’ अर्थात् अघोषित ज्ञानको अवधारणा अघि सारेका थिए।

उनका अनुसार समाजमा धेरै महत्वपूर्ण ज्ञान यस्तो हुन्छ जुन लेख्न, कोडिफाई गर्न वा औपचारिक रूपमा मेसिनमा रूपान्तरण गर्न सकिँदैन।

चिकित्सकको अनुभव, इन्जिनियरको व्यवहारिक निर्णय, वा सामाजिक परिस्थितिको सूक्ष्म बुझाइ यस्ता ज्ञानका उदाहरण हुन्। यदि ज्ञान पूर्ण रूपमा कोडिफाई गर्न नसकिने हो भने, एआईले मानव बुद्धिलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्ने दाबी कमजोर हुन्छ।

अर्को महत्वपूर्ण पक्ष भनेको एआईको वास्तविक संसारसँगको सम्बन्ध हो। आज एआईले अनुसन्धानको प्रारम्भिक चरणजस्तै डेटा विश्लेषण, औषधि अणु पहिचान, वा मोडलिङमा ठूलो गति दिएको छ। तर त्यसपछि आउने चरणहरू जस्तै क्लिनिकल ट्रायल, उत्पादन प्रक्रिया, कानुनी अनुमति,र सामाजिक स्वीकार्यता पूर्ण रूपमा मानव-संचालित छन्। 

अन्तत: महत्वपूर्ण विश्लेषणात्मक निष्कर्ष के हो भने,एआईको शक्ति केवल यसको एल्गोरिदममा मात्र छैन। मानव इनपुट र सन्दर्भमा निर्भर हुन्छ । एआईले डेटा प्रशोधन गर्न सक्छ। तर डेटा चयन, उद्देश्य निर्धारण, व्याख्या र अन्तिम निर्णय अझै मानवकै हातमा रहन्छ।

यही कारणले एआईलाई पूर्ण स्वतन्त्र बुद्धिमत्ताको रुपमा व्याख्या गर्न मिल्दैन। बरु यसलाई ‘अग्मेन्टेड इन्टेलिजेन्स’ अर्थात् मानव बुद्धिको विस्तारको रूपमा  बुझ्न सकिन्छ। 

अन्ततः, भविष्यलाई ‘मानव वा एआई’ को द्वन्द्वको रूपमा नहेरी ‘मानव र एआई’ को सहविकासको रूपमा बुझ्नु बढी यथार्थपरक हुन्छ । यही सहविकासले प्रविधिमा आविष्कारको श्रृंखला जारी रहनेछ।

कोशीमा कति बढ्यो बेरुजु ?

विराटनगर । महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ५८ करोड ६६ लाख ८३ हजार बेरुजु देखिएको जनाएको छ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार प्रदेशका १८२ सरकारी कार्यालय, समिति तथा २६ अन्य संस्थासहित कुल २०८ निकायको लेखापरीक्षणका क्रममा सो बेरुजु देखिएको हो।

प्रदेश प्रमुख पर्शुराम खापुङ लाई नायब महालेखा परीक्षक श्रीकुमार राईले मंगलबार प्रतिवेदन बुझाएका थिए।

प्रतिवेदनअनुसार सरकारी कार्यालयतर्फ असुल गर्नुपर्ने  १४ करोड ६५ लाख १९ हजार, अनियमित भएको  ७ करोड ३२ लाख ६३ हजार, प्रमाण कागजात नपुगेको २७ करोड ४५ लाख ६१ हजार र पेस्की रु ३ करोड ३ लाख ३७ हजार बेरुजु देखिएको छ।

त्यस्तै समिति तथा अन्य संस्थातर्फ असुल गर्नुपर्ने रु ५१ लाख ८५ हजार, अनियमित ४ करोड ६९ लाख ९३ हजार, प्रमाण नपुगेको रु ९० लाख २५ हजार र पेस्की ८ लाख बेरुजु रहेको उल्लेख छ।

प्रतिवेदनले कुल लेखापरीक्षण अङ्कको १.१२ प्रतिशत बेरुजु कायम भएको देखाएको छ। हालसम्म अद्यावधिक बेरुजु भने ५ अर्ब ६३ करोड ५ लाख ३९ हजार पुगेको जनाइएको छ।

त्यस्तै स्थानीय तहतर्फ एक महानगरपालिका, एक उपमहानगरपालिका, ४३ नगरपालिका र ८३ गाउँपालिकासहित १२८ निकायको लेखापरीक्षणबाट पनि ठूलो परिमाणमा बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ।

योगेशले किन सम्झिए बुढा मानिसले डन्डी समातेर बस पल्टिनबाट जोगाएको कथा ?

काठमाडौं। नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीको अभिव्यक्तिपछि उनले पुरानो प्रसंग स्मरण गर्दै कटाक्ष गरेका हुन्।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भनेका थिए, ‘शिर काटेर टेबलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन।’

उनले पार्टीको समीक्षा हुनुपर्ने भन्दै हस्ताक्षर अभियान र विभिन्न गतिविधिले पार्टी एकताबद्ध नहुने धारणा पनि व्यक्त गरेका थिए।

ओलीको अभिव्यक्तिपछि उपमहासचिव योगेश भट्टराईले एमालेको सातौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा एक वरिष्ठ नेताले सुनाएको कथा स्मरण गरेका थिए।

उनले बसभित्रको डन्डी समातेर आफूले बस पल्टिनबाट जोगाएको दाबी गर्ने एक वृद्धको कथा सुनाएको उल्लेख गर्दै व्यङ्ग्य गरेका हुन्।

उनको भनाई जस्ताको त्यस्तै:

नेकपा एमालेको सातौ राष्ट्रिय महाधिवेशनको (जनकपुर)बन्द सत्रमा पार्टीका एकजना बरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनु भएको थियो। एकजना बुढा मानिस बसमा चढेछन् । सीट खाली थिए तर ऊनी सीटमा बसेनन् । उभिएर बसभित्रको फलामको डन्डी च्याप्प समाए । बाटो उबड खवाड थियो । बस गुड्न सुरु गर्यों । बस घरी दायाँ ढल्किन्थ्यो बुढा मानिस बसको डन्डीलाई बायाँ तिर जोडले तान्थे । फेरी बस बायाँ ढल्किन्थ्यो बुढा मानिस डन्डीलाई जोडले दायाँ तान्थे ।

यही रीतले बस अघि बढी रह्यो । बुढा मानिस सोही क्रिया गरिरहे । बुढा असिन पसिन भए । बस गन्तव्यमा पुगेर रोकियो । सबै यात्रु बाहिर निस्के । बुढाले सबैलाई जम्मा गरेर भने आज तपाईँहरू सबै मेरो कारणले बच्नु भयो । यात्रुहरू छक्क परेर सोधे कसरी । बुढाले सगौरव भने पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले पल्टिनबाट जोगाए र तपाईँहरू बच्नु भयो ।

आज मलाई यो कथाको खुब सम्झना भयो ।

संघीय सरकारले रोकेपनि बागमतीमा सार्वजनिक सवारी दर्ता जारी

काठमाडौं। नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्ने संघीय सरकारको निर्णयबीच बागमती प्रदेश सरकारले दर्ता प्रक्रिया यथावत् सञ्चालन गर्न निर्देशन दिएको छ।

श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले सवारी दर्ताको अधिकार प्रदेश सरकारसँग रहेकाले हाल दर्ता नरोकिने बताएका छन्।

संघीय सरकारको पत्र प्राप्त भए पनि त्यसबारे अध्ययन भइरहेको र यातायात कार्यालयमा नियमित रूपमा काम भइरहेको उनले जानकारी दिए।

संघीय सरकारले दुई साताअघि ईभीसहित नयाँ सार्वजनिक सवारी साधनको दर्ता अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको थियो।

व्यवसायीहरूले भने दर्ता रोकिँदा ऋण, ब्याज र किस्ता भुक्तानीमा समस्या हुने गुनासो गरेका थिए।

अमेरिका–इरान सम्झौताको संकेतपछि डिजेल-पेट्रोलको मूल्य घट्यो

काठमाडौं। संयुक्त राज्य अमेरिका र इरानबीच सम्भावित कूटनीतिक सहमतिको अपेक्षासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि टर्कीले इन्धनको मूल्यमा कटौती गरेको छ।

टर्की सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल र डिजेल दुवैको मूल्य घटाउने निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.३८ टर्किस लिरा र डिजेलको मूल्य प्रतिलिटर १.८१ लिराले घटाइएको छ। यस निर्णयले केही समयदेखि महँगो इन्धनको मार खेपिरहेका उपभोक्तालाई आंशिक राहत मिल्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटलाई मूल्य कटौतीको मुख्य कारण मानिएको छ। विश्व बजारमा मानक मानिने ‘ब्रेन्ट क्रुड’ तेलको मूल्य घटेर प्रति ब्यारेल करिब ९४.४० अमेरिकी डलरमा झरेको छ, जुन पछिल्ला दुई साताकै न्यून स्तर हो।

विश्लेषकहरूका अनुसार अमेरिका र इरानबीच जारी वार्ताबाट कुनै सकारात्मक नतिजा निस्कने सम्भावनाले तेल आपूर्तिमा सुधार आउने अपेक्षा बढाएको छ।

यसले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्दै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा दबाब सिर्जना गरेको हो।

टर्कीले गत मार्च महिनादेखि इन्धन मूल्यमा हुने तीव्र उतारचढाव नियन्त्रण गर्न ‘स्लाइडिङ–स्केल’ कर प्रणाली लागू गरेको थियो। उक्त प्रणालीअन्तर्गत अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ पाउने र मूल्य बढ्दा कर समायोजनमार्फत असर कम गर्ने प्रयास गरिन्छ।

यद्यपि मूल्य कटौती भए पनि टर्कीको अर्थतन्त्रमाथि ऊर्जा क्षेत्रको दबाब अझै कायम छ। उच्च ऊर्जा आयात लागत, कमजोर मुद्रा र बढ्दो जीवनयापन खर्चका कारण देशमा मुद्रास्फीति दर अझै ३२ प्रतिशतभन्दा माथि रहेको छ।

टर्कीको केन्द्रीय बैंकले पनि हालै वर्षअन्तसम्मको मुद्रास्फीति लक्ष्य पुनरावलोकन गर्दै आर्थिक चुनौतीहरू अपेक्षाभन्दा जटिल बन्दै गएको स्वीकार गरेको थियो। विशेषगरी मध्यपूर्वमा जारी तनाव, विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा देखिएको अनिश्चितता र तेल बजारको अस्थिरताले टर्कीको अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ।

ऊर्जा बजारका जानकारहरूका अनुसार अमेरिका–इरान सम्बन्धमा हुने प्रगतिले आगामी महिनाहरूमा तेलको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्नेछ। यदि वार्ता सफल भएमा विश्व बजारमा थप आपूर्ति बढ्न सक्ने र त्यसले इन्धनको मूल्यलाई थप दबाबमा राख्न सक्ने अनुमान गरिएको छ।

यद्यपि मध्यपूर्वको भू–राजनीतिक अवस्था अझै संवेदनशील रहेकाले तेल बजारमा अस्थिरता पूर्ण रूपमा अन्त्य भइसकेको छैन।

त्यसैले हालको मूल्य कटौतीलाई स्थायी प्रवृत्तिका रूपमा भन्दा पनि अन्तर्राष्ट्रिय घटनाक्रमबाट प्रभावित अस्थायी सुधारका रूपमा हेरिएको छ।

एक महिनादेखि बेपत्ता असई युवतीसँग झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं। करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई र एक युवती काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन्।

मृतकहरूमा पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरी निवासी सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शक्तिराम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी रहेका छन्।

उनीहरूको शव पाँचखाल नगरपालिका-३ स्थित ठूली सामुदायिक वनभित्र एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार दुवै जनाको शव सडेको अवस्थामा फेला परेको छ। प्रारम्भिक अनुसन्धानबाट घटना केही दिनअघि नभई लामो समयअघि भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार शक्तिराम सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा कार्यरत थिए। उनी वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा गएका थिए। यता शर्मिला चौधरी वैशाख १८ गते शक्तिरामलाई भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।

दुवै जना सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि सम्बन्धित निकायमा निवेदन दिएका थिए। शक्तिरामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा खोजतलासका लागि निवेदन दिएका थिए भने शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दर्ता गराएका थिए।

बुधबार बिहान वन क्षेत्रमा सल्लाको खोटो संकलन तथा अनुगमनका क्रममा पुगेका वन उपभोक्ता समितिका सदस्यहरूले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको थियो।

प्रहरीका अनुसार घटनास्थलबाट बरामद कपडा, व्यक्तिगत सामग्री तथा अन्य कागजातका आधारमा परिवार र आफन्तसँग रुजु गर्दा मृतकहरूको पहिचान खुल्न आएको हो।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बालेनलाई थकाउने, गलाउने र माफी मगाउने विपक्षी रणनीति

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई गलाउने र माफी मगाउने रणनीतिमा विपक्षी दलहरू पुगेका छन् । राजीनामाको लागि दबाब दिने पक्षबाट भने उनीहरू हट्ने भएका हुन् ।

हालै संसद्मा बालेनले भारतअनुकूल हुनेगरी नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्दा संसद् र सडकमा विपक्षी दलहरूले विरोध मात्रै जनाएको छैन, संसद् त बारम्बार ठप्प पारेका छन् । यस्तोमा रास्वपा सभापति रवि लामिछानेलाई भने प्रधानमन्त्री बालेनको सोही अभिव्यक्तिले राजकीय सम्मान भएको छ ।

तर, विपक्षी दलहरूले बालेनलाई जसरी पनि गलाउने र संसद्मा आएर माफी मगाउने रणनीतिमा अपनाएका हुन् । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली भने बालेनलाई देशद्रोही र राष्ट्रघाती भन्दै देशव्यापी आन्दोलन चर्काएर राजीनामा दिन बाध्य पार्न चाहेका थिए ।

अन्य विपक्षी दलहरू माफी मात्रै मगाउने पक्षमा उभिएपछि एमाले पनि राजीनामा दिनेगरी दबाब दिने रणनीतिबाट पछि हटेको छ ।

कांग्रेसले सुरुदेखि नै संसद्मा आएर प्रधानमन्त्रीले माफी मागून् भन्ने रणनीति बनाएको छ । कांग्रेस तत्काल राजीनामाको पक्षमा छैन, तर अभिव्यक्तिलाई गम्भीर कूटनीतिक त्रुटि भन्दै संसदीय दबाब निरन्तर राख्ने रणनीति अपनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि तत्काल राजीनामाभन्दा माफी माग्नेलाई नै प्राथमिकता दिएको छ । नेकपाले प्रधानमन्त्रीबाट गल्ती स्वीकार गराउने र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोर्‍याउने प्रतिबद्धता खोज्ने नीति लिएको देखिन्छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने यसअघि नै प्रधानमन्त्रीको राजीनामा मागेका छन् । यो दल पनि सडक आन्दोलन गरेर प्रधानमन्त्री बालेनलाई थकाउने रणनीतिमा छ । सदनमा विरोध जारी राखेको छ ।

‘डन ३’ विवाद : रणवीरको प्रतिबन्ध फिर्ता

एजेन्सी। बलिउड फिल्मकर्मीहरूको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोयिज’ (एफडब्लुआईसीई) ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ ।

यो निर्णय निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट रणवीर सिंह अन्तिम समयमा बाहिरिएपछि गरिएको थियो । त्यसपछि संगठनले उनीविरुद्ध असहयोगको निर्णय गरेको थियो ।

तर भारतीय मोशन पिक्चर प्रोड्युसर्स एसोसिएसन (आईएमपीपीए) र सिने एन्ड टिभी आर्टिस्ट्स एसोसिएसन (सिन्टा) लगायत अन्य फिल्म संस्थाहरूको आग्रहपछि उक्त निर्देशन फिर्ता लिइएको हो ।

संगठनका प्रमुख सल्लाहकार अशोक पण्डितले मुम्बईमा सञ्चारकर्मीसँग कुरा गर्दै अन्य फिल्म संस्थाबाट प्राप्त प्रतिक्रियापछि निर्णय पुनर्विचार गरिएको बताए ।

उनले भने, ‘हाम्रो अघिल्लो पत्रकार सम्मेलनपछि हामीले अन्य चलचित्र संस्थासँग सहयोग मागेका थियौं । आईएमपीपीए र प्रोड्युसर्स गिल्ड अफ इन्डियाबाट प्रतिक्रिया प्राप्त भयो ।’

प्रोड्युसर्स गिल्ड अफ इन्डियाले ‘डन ३’ बाट रणवीर सिंहको अन्तिम समयमा बाहिरिने निर्णयले निर्माण कम्पनी एक्सेल इन्टरटेन्मेन्टलाई क्षति पुगेको भए पनि समग्र फिल्म उद्योगको हितका लागि विवाद समाधान गर्नुपर्ने सुझाव दिएको थियो ।

त्यसपछि संगठनले रणवीर सिंहविरुद्धको असहयोग निर्देशन तत्काल प्रभावबाट फिर्ता लिएको घोषणा गरेको हो ।

पण्डितले रणवीर सिंह, एक्सेल इन्टरटेन्मेन्ट र सम्बन्धित पक्षहरूलाई एउटै टेबलमा बसेर मैत्रीपूर्ण ढंगले विवाद समाधान गर्न पनि आग्रह गरेका छन् ।

संगठनका अध्यक्ष बीएन तिवारीले आफूहरू कुनै दबाबमा नझुकेको स्पष्ट पार्दै उद्योगको हित र सहमतिको वातावरणका लागि मात्र निर्णय गरिएको बताए।

बालेनको बोली देशद्रोही, नेपाल उनको पेवा होइन

हालै सम्पन्न निर्वाचनको अप्रत्याशित, अस्वाभाविक र कृत्रिम परिणामपछि देशको समग्र राजनीति एउटा गम्भीर मोडमा उभिएको छ। यस निर्वाचनले हाम्रो पार्टीलाई मात्र नभई सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु, देशभक्तिपूर्ण आन्दोलन र सुशासन तथा विकासको राष्ट्रिय अभियानलाई नै गम्भीर धक्का पुर्‍याएको छ। राष्ट्रिय अस्मितामाथि नै धावा बोलिएको यस्तो अत्यन्त जटिल र संवेदनशील परिस्थितिमा संगठन विभागले आयोजना गरेको यस महत्त्वपूर्ण भेलाको विशेष अर्थ र महत्त्व छ।

मलाई पूर्ण विश्वास छ, यस बैठक र भेलाले वर्तमान नेपाली राजनीतिमा पैदा भइरहेका कतिपय अन्योल, अस्पष्टता र कृत्रिम भ्रमहरुको पर्दा च्यात्नेछ। यस छलफलले पार्टीका सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरुलाई स्पष्ट वैचारिक दिशा प्रदान गर्दै नयाँ विश्वास, नयाँ जोश र अदम्य जाँगरका साथ आ–आफ्नो कार्यक्षेत्रमा फर्किने ऊर्जा प्रदान गर्नेछ।

आजको यस विशेष घडीमा म मुख्य रुपमा निर्वाचनको परिणाम, देशको समग्र राजनीतिक परिस्थिति, राज्य–संयन्त्रको दुरुपयोग र यी सबै घटनाक्रम पछाडिका अन्तर्निहित कारणहरुको चिरफार गर्नेछु। पार्टीको सांगठनिक जीवन, संगठनभित्र देखा परेका मसिना तर गम्भीर समस्याहरु र संगठनलाई आगामी दिनका ठूला चुनौतीहरुको सामना गर्न सक्ने गरी कसरी इस्पात जस्तै बलियो बनाउने भन्ने विषयमा हामीले निर्मम आत्मसमीक्षा गर्नुपर्नेछ। यी सांगठनिक पक्षहरु र कार्यविभाजन लगायतका विषयमा पछि बन्द सत्रमा संगठन विभाग प्रमुख र कमरेड महासचिवले सविस्तार प्रकाश पार्दै निष्कर्ष प्रस्तुत गर्नुहुनेछ। मेरो ध्यान भने अहिले राष्ट्रिय राजनीतिको विद्रुप अनुहार र त्यसमा हाम्रो पार्टीको अडानमा केन्द्रित रहनेछ।

भदौ २३–२४ को घटना स् क्रान्तिको आवरणमा रचिएको आपराधिक षड्यन्त्र
नेपाली राजनीतिको पछिल्लो कालखण्डमा घटेको गत भदौ २३ र २४ गतेको घटनालाई कसैले आन्दोलनु त कसैले क्रान्तिुको जामा पहिराउने कोसिस गरिरहेका छन्। यो स्वाभाविक पनि हो, किनभने आपराधिक गतिविधि गर्नेहरुले आफ्नो अपराधलाई लुकाउन सधैँ ‘क्रान्ति’ कै कवच प्रयोग गर्ने गर्छन्। युवा र नवयुवाहरुको रगत बगाउने, उनीहरुको हत्याको प्रपञ्च रच्ने र देशमा आतंकको राज फैलाउने क्रियाकलापलाई उनीहरुले क्रान्ति नभनेर के भनुन् ! आपराधिक क्रियाकलापको योजना आफैँ बुन्ने, काँक्रा आफू खाने र बियाँ अरुको गालामा टाँसेर आरोप लगाउने प्रवृत्ति नेपाली राजनीतिको क्यान्सर बनिसकेको छ।

तर, यथार्थ के हो भने भदौ २३ र २४ गतेका घटनाहरु कुनै श्वतस्फूर्त जनआन्दोलन वा क्रान्ति थिएनन्। त्यो नितान्त एउटा षड्यन्त्रपूर्ण र पूर्वनियोजित आपराधिक घटना थियो। यो दाबी मेरो मात्र व्यक्तिगत भनाइ होइन। राज्यकै जिम्मेवार निकाय, राष्ट्रिय मानवअधिकार आयोगले भर्खरै सार्वजनिक गरेको आफ्नो प्रतिवेदनको सारसंक्षेपमा स्पष्ट रुपमा उल्लेख गरेको छ कि भदौ २३ र २४ गतेका घटनाहरु पूर्वनियोजित र पहिले नै गहिरो षड्यन्त्र बुनिएको प्रायोजित घटना थिए।

त्यो षड्यन्त्र कसका विरुद्ध थियो रु स्पष्ट छ, त्यो षड्यन्त्र लोकतन्त्रका विरुद्ध थियो र मुख्य रुपमा हाम्रा विरुद्ध थियो। किनकि हामी संवैधानिक र लोकतान्त्रिक हिसाबले अत्यन्त बलियो अवस्थामा थियौँ। हामी जनताको जनमतबाट निर्वाचित, अत्यधिक बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेका थियौँ। जननिर्वाचित त्यस सरकारलाई संवैधानिक, कानुनी र संसदीय बाटोबाट ढाल्ने अनेकौँ प्रयासहरु भए। संसदभित्रका सबै तिकडमहरु असफल भए। जब लोकतान्त्रिक विधिबाट सरकारलाई विस्थापन गर्न सम्भव भएन, त्यसपछि असंवैधानिक, अलोकतान्त्रिक र आपराधिक मार्ग अख्तियार गर्दै मुलुकमा हिंसा र आगजनीको सहारा लिइयो।

त्यस उपद्रवका लागि लामो समयदेखि तयारी र तालिमहरु सञ्चालन गरिएका थिए। सडकमा कसरी आगो लगाउने, अत्यन्त प्रज्वलनशील वस्तुहरुको निर्माण कसरी गर्ने, पेट्रोल बमहरु कसरी तयार पार्ने र सामान्य आगोलाई पनि अति उच्च तापक्रममा दन्किने कसरी बनाउने भन्ने जस्ता विध्वंसकारी तालिमहरु दिइएका थिए।

राष्ट्रव्यापी रुपमा आगलागीका काण्डहरु मच्चाउनका लागि गुगल म्यापको प्रयोग गरियो। कुन नेताको घर कहाँ छ रु कुन व्यापारिक प्रतिष्ठान कहाँ छ रु संसद भवन, सिंहदरबार र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख अंगहरु त सबैले देखेका थिए, तर नेताहरुका निजी निवास र नागरिकका सम्पत्तिहरु गल्ली र बस्तीभित्र लुकेका हुन्थे। त्यस्ता ठाउँहरुलाई गुगल म्यापबाट लोकेट गरेर आक्रमणकारीहरुलाई नक्सा वितरण गरिएको थियो। यो कुनै आकस्मिक आक्रोशको विष्फोट थिएन, यो त अघिल्लै दिनदेखिको योजनाबद्ध तयारीको परिणाम थियो।

चरित्र हत्या र राज्य-संरक्षित अराजकता
यस षड्यन्त्रको अर्को पाटो भनेको मनोवैज्ञानिक युद्ध थियो। देशका लोकप्रिय नेताहरुलाई कसरी अलोकप्रिय बनाउने, उनीहरुका विरुद्ध कस्ता झुटा आरोपहरु सिर्जना गर्ने र समाजमा कसरी भ्रमको खेती गर्ने भन्ने विषयमा एउटा संगठित गिरोह नै परिचालन गरियो। नेपालको सभ्य संस्कृति र सभ्यतामाथि नांगो हमला भयो। असभ्य भाषा, तल्लो स्तरको शैली, अमर्यादित बोली, वचन र व्यवहारको प्रदर्शन गरियो। कसैले सत्यको पक्षमा एक शब्द बोल्यो भने, त्यसका विरुद्ध एउटा साइबर गिरोह नै खटाएर अत्यन्तै लज्जास्पद र अश्लील टिप्पणीहरु गराउने काम भयो। यो शृंखला भदौको घटना अगाडिदेखि नै सुरु भएको थियो र विडम्बनाको कुरा, आजसम्म पनि यो राज्य-संरक्षित रुपमै चलिरहेको छ।

मैले राज्य संरक्षित किन भनिरहेको छु भने, आज देशको अवस्था यस्तो छ कि कोही सर्वसाधारण महिलाले अन्यायको विरुद्ध बोल्दा उनलाई प्रहरी प्रशासनले बोलाएर झपार्छ। राज्यसंयन्त्रले नै असभ्य भाषा र व्यवहारको प्रयोग गर्छ। राज्यशक्तिको चरम दुरुपयोग गर्दै, उल्टै पीडितलाई नै तर्साएर ‘मैले जानिनँछु, गल्ती गरेँ’ भनी माफी माग्न लगाइन्छ र कागज गराएर मात्र छाडिन्छ। कुकर्म गर्नेहरु राज्यको छहारीमा चोखिन खोजिरहेका छन्। यो कुनै लुकेको सत्य होइन।

विगतमा यस्ता क्रियाकलापहरु निर्बाध रुपमा हुने गर्थे भने अहिले झन् बढी योजनाबद्ध र पक्षपातपूर्ण ढंगले भइरहेका छन्। आफूलाई मन नपर्ने वा विरोधी विचार राख्नेहरुका विरुद्ध उजुरी हाल्न लगाउने, बिना प्रमाण गिरफ्तार गर्ने र झुटा मुद्दा चलाउने काम राज्य संयन्त्रबाटै भइरहेको छ। अर्कोतर्फ, आफ्ना आसेपासे वा सत्ता निकट व्यक्तिहरुले जस्तोसुकै जघन्य कुकर्म गरे पनि उजुरी नै दर्ता नगर्ने, उजुरी दर्ता भइहाले पनि अनुसन्धान अगाडि नबढाउने र कारबाहीबाट उन्मुक्ति दिने काम राज्यले गरिरहेको छ।

म यसै मञ्चबाट राज्य संयन्त्र र त्यसमा आसीन व्यक्तिहरुलाई स्पष्ट शब्दमा चेतावनी दिन चाहन्छु- समय र परिस्थिति सधैँ एकैनास रहँदैन। सत्ता र शक्तिको मातमा उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोस्। इतिहास साक्षी छ, १०४ वर्ष लामो जहानियाँ राणा शासन ढल्यो, ३० वर्षे पञ्चायती निरंकुशता ढल्यो, २४० वर्ष लामो राजतन्त्रको अन्त्य भयो। अनेकौँ बलिया तन्त्रहरु इतिहासको गर्तमा बिलाए भने यो वर्तमानको ुअराजक तन्त्रु कति दिनको पाहुना हो रु यो धेरै लामो समय टिक्न सक्दैन।

संवैधानिक विचलन र रबर स्ट्याम्प राष्ट्रपति
भदौ २३ र २४ को राष्ट्रव्यापी उपद्रव र आगजनीलाई सामान्य घटना जस्तो बनाएर पचाउने प्रयास राज्यबाटै भइरहेको छ। यो कुनै सानोतिनो विषय होइन। त्यो आक्रमण केवल भौतिक सम्पत्तिमाथिको आक्रमण थिएनस त्यो देशभक्तिपूर्ण आन्दोलन, देशको सार्वभौमसत्ता, लोकतन्त्र र सुशासनको अभियानलाई निस्तेज पार्न रचिएको चक्रव्यूह थियो। यस अभियानको अग्रमोर्चामा नेकपा एमाले उभिएको हुनाले नै हामीमाथि सबैभन्दा निर्मम प्रहार भयो र हामीले नै सबैभन्दा ठूलो क्षति व्यहोर्नुपर्‍यो।

देशव्यापी आतंकले नागरिकलाई भयभीत बनायो। ‘तेरो घरमा आगो लगाउँछु, तँलाई बाँकी राख्दिनँ’ भन्ने धम्कीका बिच जब नागरिकको घरमा दन्किरहेको आगो निभाउन दुई-चार दिनसम्म राज्यको उपस्थिति देखिँदैन, तब नागरिक आतंकित हुनु स्वाभाविक हो। यही त्रासको मनोविज्ञानलाई भजाएर लोकतान्त्रिक विधिबाट जननिर्वाचित सरकारलाई अपदस्थ गरियो र एउटा असंवैधानिक सरकारको जग हालियो।

त्यसपछिको शृंखला झनै डरलाग्दो छ। असंवैधानिक सरकारको अवैध सिफारिसमा जननिर्वाचित प्रतिनिधि सभालाई गैरकानुनी ढंगले राष्ट्रपतिबाट विघटन गराइयो। राजनीतिक दलहरुसँग कुनै परामर्श गरिएन। संविधान र कानुनलाई लत्याउँदै, सडकबाट उठेका केही व्यक्तिहरु–जसको कुनै संवैधानिक हैसियत थिएन, उनीहरुको आदेशको भरमा संसद विघटन जस्तो गम्भीर कदम चालियो। राज्य संयन्त्रले सल्लाह कोसँग गर्ने रु उल्टो बाटो हिँड्दा आज देशको राजनीतिक र संवैधानिक वातावरण पूर्ण रुपमा विषाक्त भएको छ।

संविधानको रक्षक र पालक हुनुपर्ने राष्ट्रपति आज पूर्ण रुपमा रबर स्ट्याम्प बन्नुभएको छ। संविधानको कुन धारा अन्तर्गत वर्तमान प्रधानमन्त्री नियुक्त हुनुभयो रु के देश चलाउन संविधान चाहिँदैन रु संविधानविपरीत सरकार बन्ने, संविधानविपरीत संसद विघटन हुने, अनि सम्मानित राष्ट्रपतिले ‘मैले बडो जुक्ति लगाएर लोकतन्त्र बचाएँ’ भनेर गर्व गर्ने रु यो कस्तो विडम्बना हो १ गर्नुपर्ने काम नगर्ने र गर्न नहुने असंवैधानिक काममा आँखा चिम्लिएर हस्ताक्षर गर्ने प्रवृत्तिले सम्मानित संस्थाको गरिमालाई धुलोमा मिलाएको छ।

‘बडो जुक्ति’ को नाममा लोकतन्त्रलाई एकपछि अर्को कदम गर्दै सिध्याउने यो प्रयास नेकपा एमालेलाई कदापि मान्य छैन। हाम्रो पार्टी त्रास र भयबाट खुट्टा कमाउने पार्टी होइन। हामी देश, जनता, लोकतन्त्र र सुशासनप्रति पूर्ण प्रतिबद्ध छौँ र विगतमा झैँ त्याग र बलिदानको भावनासहित अगाडि बढ्नेछौँ।

निर्वाचनको नाटक र कृत्रिम परिणाम
हामीले सुरुदेखि नै असंवैधानिक सरकार र त्यसको अनाधिकृत सिफारिसमा भएको संसद विघटनलाई अस्वीकार गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको नीति लियौँ। तर, दुर्भाग्यवश, हाम्रै पार्टीभित्रको एउटा पंक्तिले यो षड्यन्त्रको गहिराइलाई समयमै बुझ्न सकेन। उनीहरुको अलमलका कारण हामीले जति सक्रियतापूर्वक प्रतिवाद गर्नुपर्ने थियो, त्यसमा केही कमी रहन गयो।

अर्कोतर्फ, अन्य राजनीतिक दलहरुले परिस्थितिको गम्भीरता नै बुझेनन्। उनीहरुले ‘चुनाव कि चुनाव’ भन्दै साँच्चैको लोकतान्त्रिक निर्वाचन हुँदैछ भन्ने भ्रम पाले। तर त्यो निर्वाचन थिएन, त्यो एउटा पूर्वनिर्धारित परिणाम ल्याउन मञ्चन गरिएको ुचुनावको तमासाु र नाटक मात्र थियो। पार्टीहरुलाई निषेध गरेर, अनुभवहीन र राजनीति नबुझेका व्यक्तिहरुबाट देश चलाउने परिकल्पना दुनियाँको कुन लोकतन्त्रमा हुन्छ रु के अमेरिकामा रातारात नयाँ पार्टीले देश चलाएका छन् रु डेमोक्रेटिक र रिपब्लिकन पार्टी नै प्रतिस्पर्धामा छन्। भारत वा चीनमा नयाँ पार्टीले रातारात सत्ता कब्जा गरेका छन् रु पक्कै छैनन्। नयाँ दलहरु आउनुलाई हामीले असहिष्णु नजरले हेरेका छैनौँ, तर लोकतन्त्रको आवरणमा भएको यो चुनावी प्रहसन भने गम्भीर छानबिनको विषय हो।

चुनावमा कस्तो सम्म धाँधली भयो भने, मतदान गर्दा औँलामा लगाइने मसी, जुन नङ काटेर नफालेसम्म जाँदैनथ्यो, यसपटक मतदान गरेर नजिकैको घर पुग्दा नपुग्दै उडिसकेको थियो। ब्यालेट पेपरमा लगाइएको छापको मसीको अवस्था के भयो होला रु यो गम्भीर छानबिनको विषय हो। हामीले धेरै चुनाव लडेका छौँ, जनताको नाडी छामेका छौँ। उम्मेदवारले आफ्ना अधिकांश मतदातालाई व्यक्तिगत रुपमा चिनेको हुन्छ। तर, चिन्नै नचिनेका, उम्मेदवारी समेत खारेज भएका व्यक्तिहरुले दोब्बर मत ल्याएर जित्ने अस्वाभाविक अवस्था सिर्जना गरियो। यो पूर्वनिर्धारित योजनाको हिस्सा थियो।

यद्यपि, हामीले यो कृत्रिम परिणामलाई पनि स्वीकारेर संसदमा प्रतिपक्षको रुपमा रचनात्मक भूमिका निर्वाह गरिरहेका छौँ। हामी संसदमा गएका छौँ भन्नुको अर्थ हामी यो षड्यन्त्रप्रति अन्धविश्वासमा छौँ भन्ने होइन। हामीले आँखा खोलेर सम्पूर्ण यथार्थको मूल्यांकन गरेका छौँ र संसदभित्रै रहेर राष्ट्रियता, लोकतन्त्र र सुशासनको पक्षमा लडिरहेका छौँ।

प्रतिशोधको राजनीति र नक्कली आयोगहरुको प्रपञ्च
असंवैधानिक सरकार गठन हुनुपूर्व नै त्यसका योजनाकारहरुले कस–कसलाई कारबाही गर्ने भनेर सूची तयार पारिसकेका थिए। त्यसैको निरन्तरता स्वरूप गौरीबहादुर कार्कीको नेतृत्वमा एउटा आयोग गठन गरियो। कार्की आफैँले पहिले नै ‘फलाना नेताहरुलाई कारबाही गर्नुपर्छ’ भनेर सार्वजनिक रुपमा बोल्दै हिँडेका थिए। त्यही पूर्वग्राही बोलीको इनाम स्वरूप उनलाई आयोगको अध्यक्ष बनाइयो।

मैले सुरुमै भनेको थिएँ-यो आयोग नक्कली हो। यो सत्यतथ्य छानबिन गर्न बनेको आयोग होइन, बरु छानबिन गरेझैँ नाटक गरेर विपक्षी नेताहरुलाई फसाउने ‘टास्क’ पाएको गिरोह हो। त्यसैले मैले त्यस आयोगलाई मान्यता दिइनँ र बयान दिन पनि अस्वीकार गरेँ। तर उनीहरुले आफ्नो लाज छोप्न ुबयान दियोु भनेर झुटो प्रचार गरे।

अहिले फेरि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अर्को कथित समिति बनाइएको छ। यो कुनै संवैधानिक वा कानुनी निकाय होइन। राजा ज्ञानेन्द्रले माघ १९ को ‘कु’ पछि आफ्ना विरोधीहरुलाई तह लगाउन जसरी शाही आयोग बनाएका थिए, यो पनि ठ्याक्कै त्यही प्रकृतिको कदम हो। देशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत लगायतका स्थायी र कानुनी निकायहरु हुँदाहुँदै तिनलाई बेवास्ता गरेर यो नयाँ समिति किन चाहियो रु यसको एउटै उद्देश्य हो– नेकपा एमाले लगायत पुराना पार्टीका नेताहरुलाई छानी–छानी फसाउने। म स्पष्ट पार्न चाहन्छु, यस्ता असंवैधानिक र प्रतिशोधपूर्ण आयोगलाई हामी कुनै मान्यता दिँदैनौँ। म त्यहाँ बयान दिन जान्नँ र सम्पत्ति विवरण पनि पठाउँदिनँ। राज्यले जे गर्न सक्छ गरोस्। यो राज्यसंयन्त्र होइन, यो पूर्वाग्रह र प्रतिशोधको पोको हो।

मेरो घरमा आगो लगाएर सबै सम्पत्ति खरानी बनाएपछि राज्य मलाई नै सम्पत्ति विवरण मागिरहेको छ १ मैले के को विवरण दिने रु त्यही आगोको खरानी उठाएर दिने रु राज्यले छानबिन गर्नुपर्ने कुरा अकुत सम्पत्ति आर्जन गर्नेहरुको हो, तर यहाँ पीडितलाई नै प्रताडित गर्ने काम भइरहेको छ।

गौरीबहादुर कार्की आयोगले भदौ २३ को घटनाको छानबिन गर्ने रे १ जबकि त्यो हत्याकाण्ड उनीहरुकै योजनामा भएको थियो। कसले गोली चलायो रु आजसम्म राज्यलाई थाहा छैन। घटना हुँदा म बालुवाटारमा थिएँ, तत्कालीन गृहमन्त्री रमेश लेखक पनि घटनास्थलमा हुनुहुन्नथ्यो। हामीले सुरक्षा निकायलाई सम्भावित मानवीय क्षति रोक्न र शान्ति सुव्यवस्था कायम गर्न स्पष्ट निर्देशन दिएका थियौँ। तर सुरक्षाकर्मीले कुन परिस्थितिमा गोली चलायो, त्यो अनुसन्धानको विषय हो। यदि राज्यको हतियार दुरुपयोग भएको थियो भने गोली चलाउनेलाई किन पक्राउ गरिएन रु किन अनुसन्धान भएन रु गोली चलाउनेको अत्तोपत्तो छैन, तर केपी ओलीलाई फसाउनै पर्ने !

यस प्रतिशोधको पराकाष्ठा त मेरो व्यक्तिगत जीवनको एउटा अत्यन्त दुःखद घडीमा देखियो। चुनावपछि मेरो पुजनीय बुवाको स्वर्गारोहण भयो। म १३ दिनको काजकिरियामा थिएँ। १३ औँ दिनको काम सकेर म उठेको भोलिपल्ट नै सरकार गठन भयो। अनि नयाँ सरकारको पहिलो क्याबिनेट बैठकले रातारात निर्णय गरेर म स्वयं र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्ने आदेश दियो। बिना कुनै आधार, गौरीबहादुर कार्कीको त्यही हावा र पूर्वाग्रही प्रतिवेदनको भरमा हामीलाई पक्राउ गरियो।

हामीले अदालतमा म्याद थपको विरोध गर्‍यौँ। कानुनसम्मत नभएको कुरा राख्यौँ। तर म अदालतको धेरै आलोचना गर्न चाहन्नँ, तैपनि त्यस्तो गैरकानुनी गिरफ्तारीमा पनि अदालतले तीन–तीन पटक म्याद थप्यो। सम्मानित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दा खारेज गरियो। १३ दिनसम्म राज्य संयन्त्रले सारा शक्ति लगाउँदा पनि हामीविरुद्ध मुद्दा चलाउने एउटा पनि आधार र प्रमाण फेला पार्न सकेन। अन्ततः १३ दिनपछि सरकार मलाई स–सम्मान छाड्न बाध्य भयो। यो घटनाले वर्तमान सरकारको न्याय सम्पादनको नियत र तरिका उदांगो पारेको छ। हामी अदालतबाट स्वच्छ न्यायको अपेक्षा गर्छौं, किनकि न्याय सम्पादनबाटै अदालतको गरिमा बढ्ने हो।

गाण्डिवधारीको निरिहता स् राज्यसंयन्त्रको असफलता
महाभारतको युद्धपछिको एउटा प्रसंग यहाँ सान्दर्भिक हुन्छ। जब कृष्णको अवसानपछि द्वारकामा मुसल पैदा भएर यदुवंशको अन्त्य भयो, तब अर्जुनले त्यहाँ बाँचेका महिला र बालबालिकाहरुलाई सुरक्षित हस्तिनापुर लैजाने जिम्मा लिए। बाटोमा उनीहरुमाथि लुटेराहरुले आक्रमण गरे। अर्जुनले आफ्नो प्रख्यात ‘गाण्डिव’ धनुषमा ताँदो चढाउन खोजे। उनले लुटेराहरुलाई चेतावनी दिँदै भने, ‘म त्यही गाण्डिवधारी अर्जुन हुँ, जसले महाभारतको महायुद्ध जितेको थियो। तिमीहरु जस्ता सामान्य लुटेराले मलाई रोक्न सक्दैनौ।’

तर विडम्बना, त्यस दिन अर्जुनको गाण्डिव चलेन। उनी निरिह बने।

भदौ २३–२४ को घटनामा हाम्रो अवस्था पनि त्यही महाभारतपछिको अर्जुनको जस्तै भयो। हामीसँग जनमत थियो, महाभारत जितेजस्तै राजनीतिक सफलता थियो, तर हामीले सञ्चालन गरिरहेको राज्यसंयन्त्ररूपी ‘गाण्डिव’ अराजक भिल्लहरुको अगाडि पूर्ण रुपमा निरिह साबित भयो। राज्य संयन्त्रले नागरिकको सुरक्षा गर्न सकेन। यस्तो अवस्थामा पार्टी एक्लैले सडकमा प्रतिवाद गरेर मात्रै त्यो विशाल र संगठित षड्यन्त्रलाई रोक्न सम्भव थिएन।

त्यसैले, अब हामीले बुझ्नुपर्ने पहिलो कुरा के हो भने– हामीमाथि विरोधीहरुबाट कुन स्तरको, कति गहिरो र कति संगठित हमला भइरहेको छ। सामाजिक सञ्जाल र कतिपय मिडियाहरु कसरी हामीविरुद्ध हतियारको रुपमा प्रयोग गरिएका छन्, यसको मिहीन विश्लेषण हुनुपर्छ।

जबजको आलोकमा वैचारिक स्पष्टता र पार्टी एकता
यस चौतर्फी प्रहारको सामना कसरी गर्ने रु यसको एउटै मात्र अचुक अस्त्र हो– पार्टीको सुदृढ एकता। यो एकता स्वार्थको होइन, सही विचार र नीतिको एकता हुनुपर्छ। हामीले लिएका राजनीतिक नीति र विश्लेषणहरु पूर्णतः सही छन्। तिनै विचारमा टेकेर हामी एकताबद्ध हुनुपर्छ।

पार्टीभित्र कोही पूर्व फर्किने, कोही पश्चिम फर्किने, एकथोक निर्णय हुने तर बाहिर गएर अर्कोथोक बोल्ने अराजकता अब स्वीकार्य छैन। पार्टीको विधान, विधि, पद्धति र अनुशासनात्मक दायराभित्र रहेर मात्रै संगठन चुस्त र दुरुस्त रहन सक्छ। अहिले पार्टीभित्र समीक्षा गर्नुपर्छु भन्ने नाममा अनावश्यक भ्रम छर्ने, हतारिएर निष्कर्ष निकाल्ने र गुटबन्दी गर्ने प्रवृत्ति देखा परेका छन्। संस्थागत प्रक्रियालाई लत्याएर हस्ताक्षर अभियान चलाउने जस्ता कामले पार्टीलाई न वैचारिक रुपमा बलियो बनाउँछन् न सांगठनिक रुपमा। यतिबेलाको राष्ट्रिय आवश्यकता भनेको सम्पूर्ण तुषहरुलाई पन्छाएर सिंगो पार्टी पंक्ति एक ढिक्का हुनु हो।

हामीलाई जनताको बहुदलीय जनवाद ९जबज० ले निरन्तर मार्गदर्शन गरिरहेको छ। १९९० को दशकमा कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबज आज ३६ वर्षपछि पनि त्यत्तिकै सान्दर्भिक छ। तर यो जडसूत्र होइन। यो ३६ वर्षको लामो लोकतान्त्रिक अभ्यासका क्रममा हामीले जबजलाई अद्यावधिक र समयसापेक्ष परिमार्जन गर्दै लगेका छौँ।

कार्ल मार्क्सले युरोपको सन्दर्भमा प्रतिपादन गरेको मार्क्सवाद नेपालको माटोमा हुबहु लागु हुन सक्दैनथ्यो। त्यसैले नेपाली विशिष्टता र विकसित परिस्थिति अनुसार हामीले मार्क्सवादको सिर्जनात्मक प्रयोग गरेका छौँ। आजको हाम्रो नीति र रणनीति त्यही परिमार्जित जबजको आलोकमा तय भएका हुन् र यसैको आधारमा हामी अगाडि बढ्नुपर्छ। दशौँ महाधिवेशनले स्पष्ट रुपमा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादको अन्त्य गरौँ भन्ने मूल नारा तय गरेको थियो। तर हामीले पार्टी शुद्धीकरणको कामलाई प्रभावकारी बनाउन सकेनौँ। पार्टीलाई कमजोर बनाउने प्रवृत्तिहरुलाई सहेर बस्दा आज पार्टीको धार भुत्ते भएको छ। अब यो गल्ती दोहोर्‍याउनु हुँदैन।

विद्या भण्डारीको सदस्यता : निरन्तरता कि नयाँ प्रवेश ?
पार्टीभित्र र बाहिर विद्या भण्डारीजीको पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर नबुझ्नेहरुले अनावश्यक विवाद सिर्जना गरिरहेका छन्। नबुझ्नुको पनि एउटा हद हुन्छ १ उहाँ राष्ट्रपतिको गरिमामय पदमा आसिन हुँदा स्वाभाविक रुपमा पार्टीको सदस्य हुनुहुन्नथ्यो। जो व्यक्ति सदस्य नै छैन, उसको सदस्यता नवीकरण हुने कुरै भएन। त्यसैले केन्द्रीय कमिटीले विधानसम्मत रुपमै उहाँलाई नयाँ आवेदन दिन आग्रह गरेको थियो। उहाँले आवेदन दिनुभयो र कमिटीले सदस्यता प्रदान गर्‍यो।

विद्या भण्डारी वि.सं. २०३४ सालदेखि नै वामपन्थी आन्दोलनमा सक्रिय र २०३७ सालदेखि अविच्छिन्न पार्टी सदस्य हुनुहुन्छ। उहाँले पार्टीको नीति वा सिद्धान्त मन नपरेर सदस्यता त्याग्नुभएको थिएन। राष्ट्रपतिको संस्था दलभन्दा माथि, स्वतन्त्र, तटस्थ र समग्र देश तथा संविधानप्रति जबाफदेही हुनुपर्ने संवैधानिक बाध्यताका कारण उहाँले दलको सदस्यताबाट राजीनामा दिनुभएको थियो। राष्ट्रपति पार्टीको निर्देशन र ह्वीपमा चल्न मिल्दैनथ्यो। कार्यकाल सकिएपछि आफ्नो पुरानो घरमा फर्किनु र पुरानै सदस्यताको कन्टिन्युटी पाउनु एकदमै स्वाभाविक कानुनी र राजनीतिक प्रक्रिया हो।

तर यति सामान्य कुरालाई पनि नबुझेर, सदस्यता दिइएपछि पार्टीभित्रकै एउटा तप्काले ‘हामीले जित्यौँ’ भन्दै विजयी सिकन्दर महान् पल्टेर खुसीयाली मनाउनु हास्यास्पद छ। यो कुनै गुटको हार वा जितको विषय नै होइन। त्यसैले यस्ता सानातिना र अर्थहीन कुराहरुमा खोँचे थाप्ने, निहुँ खोज्ने र बहकिने काम बन्द गर्न म सम्पूर्ण कमरेडहरुलाई आग्रह गर्दछु।

अविचलित यात्राको संकल्प
अन्तमा, म सम्पूर्ण पार्टी पंक्तिलाई फेरि पनि अपिल गर्न चाहन्छु– हामी विचारमा स्पष्ट छौँ, अब व्यवहार र संगठनमा एकताबद्ध होऔँ। विधिविहीनता र अराजकतालाई प्रश्रय नदिऔँ। हाम्रा अगाडि राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र जनअधिकारको सुनिश्चितता गर्ने महान् अभिभारा छ। राज्यशक्तिको दुरुपयोग गरेर हामीलाई जतिसुकै तर्साउन खोजिए पनि, जतिसुकै झुटका पुलिन्दाहरु तयार पारिए पनि सत्यको जित अवश्यंभावी छ।

उच्च मनोबल, फलामे अनुशासन र जबजको मार्गदर्शनसहित आउँदा संघर्षहरुका लागि तयार रहन म सबै कमरेडहरुलाई आह्वान गर्दछु।

‘इलिफेन्ट इन द फग’ टोलीलाई ब्लु डाइमण्ड सोसाइटीद्वारा सम्मान

काठमाडौं। फ्रान्समा आयोजित कान्स चलचित्र महोत्सव अन्तर्गत ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी पुरस्कार’ जित्न सफल नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ का टोली सदस्यहरूलाई बुधबार नील हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) ले सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न निरन्तर मेहनत, लगनशीलता र संघर्ष आवश्यक पर्ने बताइन् ।

उनले एलजीबीटीक्यूए समुदायको अधिकार तथा मानवअधिकारका क्षेत्रमा काम गरेपछि कला क्षेत्रमा प्रवेश गर्दा धेरै चुनौतीहरूको सामना गर्नुपरेको अनुभव सुनाइन् ।

उनले भनिन्, ‘जुन सुकै क्षेत्र होस्, सजिलो हुँदैन, काम गर्न गाह्रो हुन्छ, तर दुख, मेहनत र लगनशील भएर काम गरियो भने सबै कुरा प्राप्त गर्न सकिँदो रहेछ भन्ने मलाई लागेको छ । एलजीबीटीआइक्यूए राइट्स एक्टिभिस्ट अथवा ह्युमन राइट्स एक्टिभिस्टको रुपमा काम गर्दा र त्यसपछि कला क्षेत्रमा प्रवेश गर्दा त्यो सजिलो पक्कै थिएन । विभिन्न चुनौतीहरू थिए । सुरुमा मलाई अनुभव र ज्ञान पनि थिएन, सिक्न समय लाग्यो तर मैले सिकेँ र मेहनत पनि गरेँ । अहिले गर्व लाग्छ ।’

अभिनेत्री लामाले ‘इलिफेन्ट इन द फग’ले कान्स फिल्म फेस्टिभलमा प्राप्त गरेको अन्तर्राष्ट्रिय सफलताले नेपाली तथा एलजीबीटीक्यूए समुदायका कथाहरूलाई विश्वमञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

उनका अनुसार चलचित्रको विषयवस्तु विश्वले स्वीकार गरिसकेको छ र अब नेपाली दर्शकले पनि यसलाई आत्मसात् गर्ने विश्वास छ ।

उनले चलचित्र ‘तिनीहरू’ मानव संवेदनामा आधारित आमा-छोरीको संघर्षपूर्ण जीवनकथा भएको उल्लेख गर्दै समाजमा छायाँमा पारिएका समुदायका कथालाई उजागर गरिएको बताइन् ।

उनले दर्शकलाई चलचित्र हेरेर यसको सन्देश बुझ्न आग्रह पनि गरिन् ।

नेप्से लाग्यो उकालो

काठमाडौं । अघिल्लो दिन २२.२१ अंकले बढेको सेयर बजार बुधबार सामान्य वृद्धि गर्दै २.६६ अंकले उकालो लागेको छ ।

सो वृद्धिपछि नेप्से परिसूचक २,७८० अंकमा पुगेको छ । बजार दिनभर सामान्य उतारचढावबीच कारोबार भएको थियो ।

आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकम पनि बढेर अघिल्लो दिनको ५ अर्ब २६ करोडबाट बढ्दै ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

समूहगत रूपमा आज निर्जीवन बीमा समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । यो समूह ३.३७ प्रतिशतले बढ्दै वैशाख २ यताकै उच्च बिन्दुमा पुगेको छ । बजेटमा तेस्रो पक्ष बीमांक रकम दोब्बर बढाएर १० लाख रुपैयाँ पुर्‍याइएपछि बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षाले लगानीकर्ताको आकर्षण बढेको हो ।

जीवन बीमा १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत र विकास बैंक ०.६६ प्रतिशतले बढेका छन् ।

तर अन्य समूह भने सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार ०.२४, लगानी ०.२०, जलविद्युत् ०.११, फाइनान्स १.१६ र बैंकिङ ०.१३ प्रतिशतले घटेका छन् ।

व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ । एसबीएल डिबेन्चर (२०८४) १४.९३ प्रतिशत, विजय लघुवित्त ८.७३ प्रतिशत, सयपत्री हाइड्रोपावर ७.०५ प्रतिशत र नेपाल इन्स्योरेन्स ६.१७ प्रतिशतले बढेका छन् ।

त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको मूल्य ५.१८ प्रतिशतले घटेको छ । सेन्ट्रल फाइनान्स ३.४८ प्रतिशत, हिमालयन रिइन्स्योरेन्स ३.३९ प्रतिशत र त्रिशूली जलविद्युत् ३.३९ प्रतिशतले घटेका छन् ।

आज कारोबारका आधारमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर शीर्ष स्थानमा रहेका छन् ।

भर्टेल टेक्नोलोजिजको नेपालमा औपचारिक सेवा प्रारम्भ

काठमाडौं । हवाई सेवा वितरण तथा खुद्रा बिक्रीसम्बन्धी नयाँ वितरण क्षमता (एनडीसी) आधारित समाधान सेवा उपलब्ध गराउँदै आएको विश्वव्यापी ट्राभल टेक्नोलोजी कम्पनी भर्टेल टेक्नोलोजिजले नेपालमा औपचारिक रूपमा सेवा प्रारम्भ गरेको घोषणा गरेको छ ।

कम्पनीले जनरल सेल्स एजेन्ट (जीएसए) स्ट्रिम ट्राभल सर्भिसेजमार्फत नेपालमा आफ्नो सेवा विस्तार गरेको हो । सोल्टी होटलमा आयोजित विशेष उद्योगगत कार्यक्रममा ५० भन्दा बढी अग्रणी ट्राभल एजेन्सी तथा पर्यटन र नागरिक उड्डयन क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमले नेपालमा आधुनिक हवाई सेवा वितरण तथा यात्रा खुद्रा बिक्री समाधानप्रति बढ्दो चासो र सम्भावनालाई उजागर गरेको आयोजकले जनाएको छ ।

नेपालका लागि भर्टेलको आधिकारिक प्रतिनिधिका रूपमा स्ट्रिम ट्राभल सर्भिसेजले कम्पनीको उन्नत वितरण मञ्चको स्थानीय कार्यान्वयन र प्रवर्द्धनमा सहयोग गर्नेछ ।

यसमार्फत यात्रा एजेन्सीहरूले हवाई सेवा प्रदायकहरूसँग प्रत्यक्ष पहुँच प्राप्त गर्दै प्रतिस्पर्धी भाडादर, थप सेवा सुविधा तथा सहज आरक्षण प्रणालीमा पहुँच पाउनेछन् ।

कार्यक्रममा भर्टेल टोलीले आफ्नो व्यवसाय–देखि–व्यवसाय (बी–टु–बी) मञ्चसम्बन्धी विस्तृत प्रस्तुति तथा प्रत्यक्ष प्रदर्शन गरेको थियो ।

उक्त सत्रमा एनडीसी प्रविधिमार्फत यात्रा एजेन्सीहरूले सामग्रीमा सहज पहुँच, आरक्षण कार्यक्षमता तथा ग्राहक अनुभवमा कसरी सुधार गर्न सक्छन् भन्ने विषयमा जानकारी दिइएको थियो ।

भर्टेल टेक्नोलोजिजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेरिन जोसले नेपालमा उपस्थिति विस्तार गर्न पाउँदा उत्साहित भएको उल्लेख गर्दै नेपाली यात्रा क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, स्ट्रिम ट्राभल सर्भिसेजका कार्यकारी निर्देशक आशिष के. सेनगुप्ताले नेपालमा भर्टेलको आधिकारिक जीएसए बन्न पाउनु गौरवको विषय भएको बताउँदै आधुनिक हवाई सेवा वितरण प्रविधि भित्र्याएर यात्रा व्यवसायीहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भर्टेलको आगमनले नेपालमा हवाई सेवा वितरण प्रणालीलाई थप सुदृढ बनाउने तथा अन्तर्राष्ट्रिय एनडीसी सामग्रीमा पहुँच विस्तार गरी यात्रा खुद्रा बिक्री प्रणालीलाई आधुनिक बनाउने अपेक्षा गरिएको छ ।

बोर्डको निर्देशन : निजी अस्पतालमा आकस्मिक सेवाबाहेक बीमा सेवा सीमित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाहरूलाई बीमा सुविधा अन्तर्गत आकस्मिक सेवामा आवश्यक पर्ने बिरामीको मात्र उपचार सुनिश्चित गर्न निर्देशन दिएको छ ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहका अनुसार कुनै पनि बिरामीलाई आकस्मिक उपचार आवश्यक देखिएमा मात्र बीमाअन्तर्गत सेवा प्रदान गर्न स्पष्ट निर्देशन दिइएको हो ।

बोर्डले यही जेठ १६ गतेदेखि वित्तीय स्रोत अभावलाई कारण देखाउँदै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूबाट प्रदान गरिने आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो ।

त्यस क्रममा बोर्डले बीमामा अनावश्यक आर्थिक भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाका नाममा उपचार नदिन समेत आग्रह गरेको छ ।

साथै सेवाग्राहीलाई पनि सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन र आवश्यक अवस्थाबाहेक सेवा लिन बाध्य पार्ने प्रयास नगर्न अनुरोध गरिएको छ ।

हाल स्वास्थ्य बीमा बोर्डमा आबद्ध ३६ वटा निजी अस्पतालहरूले बीमितलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

५ किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जना पक्राउ

झापा। नेपाली प्रहरीले झापाका विभिन्न स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका-४ स्थित एक घरमा छापा मार्दा ५ किलो ९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुमन बानियाँले जानकारी दिए ।

सोही घटनासँग सम्बन्धित आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-७ का ३० वर्षीय विनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का करिब २० वर्षीय सागर राईलाई पक्राउ गरेको छ ।

यसैबीच, झापा गाउँपालिका–४ टाघनडुब्बा क्षेत्रबाट पनि ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिमाथि शंका लागेपछि खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा दमक नगरपालिका–१० का ३२ वर्षीय सुरज रायको साथबाट ६ ग्राम १ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका–३ का ४२ वर्षीय बाबुराम दर्जीको साथबाट ८ ग्राम ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

दिल्लीको होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी। भारतको राजधानी नयाँदिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

यो घटना पछिल्ला वर्षहरूमा राजधानीमा भएको सबैभन्दा घातक आगलागीका रूपमा पुष्टि गरिएको छ ।

दिल्लीको दक्षिणी भागमा रहेको घना बस्तीमा अवस्थित ‘फ्लोरिस स्टे’ नामक बेड-एन्ड-ब्रेकफास्ट होटलमा बुधबार बिहान आगलागी भएको हो । आगो तीव्र गतिमा फैलिँदा भवनभित्र रहेका पाहुना तथा कर्मचारीहरू फस्न पुगेका थिए ।

उद्धार तथा खोजी कार्य जारी रहँदा ४० भन्दा बढी घाइतेलाई नजिकका अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा आठ वटा दमकल परिचालन गरी लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो ।

अधिकारीहरूले प्रारम्भिक उद्धारपछि २१ जनालाई मृत घोषित गरिएको पुष्टि गरेका छन् । प्रहरी र आपतकालीन टोलीहरू अझै पनि घटनास्थलमा तैनाथ छन् र थप खोज तथा उद्धार कार्य जारी छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये धेरै अफ्रिकी मुलुकका नागरिक भएको अनुमान गरिएको छ । उनीहरू उपचार तथा अन्य प्रयोजनका लागि दिल्ली आएका थिए । तर आधिकारिक रूपमा मृतकहरूको पहिचान सार्वजनिक गरिएको छैन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनका कार्यालयले पनि सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गरेको छ ।

आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ ।

भारतमा यस्ता घटनाको प्रमुख कारणका रूपमा विद्युत् सर्ट सर्किट, पुरानो तारजडान र सुरक्षा मापदण्डको बेवास्तालाई लिने गरिएको छ ।

रवि भेटेपछि मोदीले भने – ‘नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन तयार छौँ’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको जानकारी दिएका छन् ।

भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

उनले नेपाल र भारतको साझा तथा समृद्ध भविष्य निर्माणका लागि सहकार्य गर्ने लामिछानेको इच्छाको स्वागत गर्दै आफू पनि त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाललाई प्राथमिकताप्राप्त साझेदारका रूपमा लिइएको उल्लेख गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन भारत तयार रहेको स्पष्ट पारेका छन् ।

उनले नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक, सामाजिक तथा जनस्तरको सहकार्य विस्तारमा भारत प्रतिबद्ध रहेको पनि बताएका छन् ।

विपक्षी सांसदहरुलाई ओलीको सलाम, भने- बालेनले देशद्रोही कुरा गरे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशद्रोही अभिव्यक्ति दिएको बताएका छन् ।

ओलीले नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको संलग्नता आवश्यक नरहेको स्पष्ट गर्दै विवादलाई दुई देशबीचको संवादबाटै समाधान गर्नुपर्ने बताए। उनले सीमा विवादका विषयमा बाह्य पक्षलाई समावेश गर्ने धारणा अस्वीकार्य हुने टिप्पणी गरे।

ओलीले नेपालले भारतको जमिन मिचेको भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती कुरा को संज्ञा दिए।

उनका अनुसार नेपालले भारतको कुनै पनि जमिन नमिचेको दाबी गर्दै यस्ता अभिव्यक्तिले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्ने बताए।

उनले प्रतिपक्षी सांसदहरूको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै संसदमा देशको हितमा आवाज उठाउने काम भएको बताए।

साथै संसद सञ्चालन र सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै देशहितका विषयमा पर्याप्त रुलिङ नभएको टिप्पणी गरे।

ओलीले एमालेमाथि लक्षित आलोचना र राजनीतिक आक्रमण भइरहे पनि पार्टी अझ सशक्त रूपमा अघि बढ्ने दाबी गरे। ‘एमाले फेरि उठ्छ, धक्का दिनेहरूलाई फेरि धक्का दिन्छ,’ उनले भने।

उनले देशमा अत्याचारको अवस्था बढ्दै गएको आरोप लगाउँदै लोकतन्त्र र जनताको अधिकारको पक्षमा एमाले निरन्तर संघर्षमा रहने बताए।

१८औं इन्डो-नेपाल खुला कराते प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदै

काठमाडौं। टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिता यही शुक्रबारदेखि सुरु हुने भएको छ ।

नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कुल २७३ खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालबाट २५० र भारतबाट २३ खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष र महिला दुवै विधामा समान ११–११ स्पर्धा रहनेछ । खेलहरू मित्रपार्कस्थित टेक्सास इन्टरनेसनल कलेजको प्राङ्गणमै सञ्चालन गरिने प्रतियोगिता संयोजक तथा गोजुकाइ कराते डो संघका महासचिव इन्द्रबहादुर शाही खड्गेले जानकारी दिए ।

दुई दिनसम्म चल्ने यो प्रतियोगिताले नेपाल–भारतबीचको खेलकुद सम्बन्ध थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

गर्मी छल्न फेवातालमा हेलिँदै पर्यटक,लोकप्रिय बन्दै ‘स्ट्याण्ड अप प्याडल बोर्डिङ’ [फोटो-फिचर]

पोखरा। पछिल्लो समय बढ्दो गर्मीका बीच पर्यटकहरू शीतलता र मनोरञ्जनको खोजीमा पोखराको फेवातालतर्फ आकर्षित हुन थालेका छन्।

विशेषगरी आन्तरिक तथा विदेशी पर्यटकहरू गर्मी छल्न फेवातालमा विभिन्न जलक्रीडामा सहभागी भइरहेका छन्।

फेवातालमा पछिल्ला वर्षहरूमा ‘स्ट्याण्ड अप प्याडल बोर्डिङ’ (एसयूपी) युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ। तालको शान्त पानीमाथि विशेष बोर्डमा उभिएर प्याडल चलाउने यो साहसिक तथा मनोरञ्जनात्मक गतिविधिप्रति युवाहरूको आकर्षण बढ्दो छ।

शारीरिक सन्तुलन, व्यायाम र मनोरञ्जन एकैसाथ प्राप्त हुने भएकाले एसयूपी धेरैको रोजाइमा पर्न थालेको व्यवसायीहरू बताउँछन्।

पोखरामा केही समययता तापक्रम वृद्धि भएसँगै फेवाताल क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढेको छ। तालमा डुंगा सयरसँगै स्ट्याण्ड अप प्याडल बोर्डिङ, कायकिङ लगायतका गतिविधिमा सहभागी हुनेहरूको चहलपहल बढेको देखिन्छ।

पर्यटकहरू बिहान र साँझको समयमा फेवातालमा एसयूपी गर्दै हिमाल, ताल र हरियालीको मनोरम दृश्य अवलोकन गर्न पाउँदा छुट्टै आनन्द मिल्ने बताउँछन्।

सामाजिक सञ्जालमा आकर्षक तस्बिर तथा भिडियो साझेदारी गर्न सकिने भएकाले पनि युवा पुस्तामा यसको लोकप्रियता बढेको व्यवसायीहरूको भनाइ छ।

जलपर्यटनसँग सम्बन्धित व्यवसायीहरूका अनुसार स्ट्याण्ड अप प्याडल बोर्डिङले पोखराको पर्यटनमा नयाँ आयाम थपेको छ। तालको प्राकृतिक सौन्दर्यसँगै साहसिक अनुभव लिन चाहने पर्यटकहरूका लागि यो गतिविधि आकर्षणको केन्द्र बन्दै गएको छ।

गर्मी बढेसँगै फेवातालमा जलक्रीडाको रमाइलो अनुभव लिन आउने पर्यटकहरूको चाप अझ बढ्ने अपेक्षा गरिएको छ।

DCIM104MEDIADJI_0654.JPG

DCIM104MEDIADJI_0631.JPG

DCIM104MEDIADJI_0648.JPG

पर्यटन व्यवसायीहरूले सुरक्षित र व्यवस्थित रूपमा सेवा प्रदान गर्दै पोखरालाई जलपर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्।

 

गोली चलाउने पत्ता लाग्दैन, तर नेतृत्वलाई दोष : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी विद्रोहका क्रममा भएको गोलीकाण्डको वास्तविकता अझै सार्वजनिक नभएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

ओलीले राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न व्यक्तिमाथि कारबाही सिफारिस गरे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न नसकेको दाबी गरे।

उनले घटनाको मुख्य प्रश्न कसले गोली चलायो भन्ने रहेको उल्लेख गर्दै त्यसतर्फ पर्याप्त ध्यान नदिइएको आरोप लगाए।

‘कसले गोली चलायो, त्यो पत्ता लगाइँदैन। तर भूतप्रभावी कानुन बनाएर मलाई र रमेश लेखकलाई कारबाही गर्नुपर्छ भनिन्छ,’ ओलीले भने।

उनले आयोगको प्रतिवेदन र त्यसबाट आएका निष्कर्षमाथि प्रश्न उठाउँदै घटनाका वास्तविक दोषी पहिचान गर्नुको सट्टा राजनीतिक नेतृत्वलाई लक्षित गरिएको दाबी गरे।

गोली प्रहारबाट ज्यान गुमाएका र घाइते भएका व्यक्तिका परिवारले अझै पनि घटनाको सत्य तथ्य जान्न नपाएको उनको भनाइ थियो।

ओलीले घटनाका क्रममा भएको हिंसा, आगजनी र गोलीकाण्डबारे निष्पक्ष तथा विश्वसनीय अनुसन्धान हुनुपर्नेमा जोड दिए। उनले दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्ने बताए।

मानव अधिकार आयोगले भने जेनजी विद्रोहसम्बन्धी आफ्नो प्रतिवेदनमा विभिन्न राज्य निकाय र पदाधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै कारबाहीका लागि सिफारिस गरेको छ। तर आयोगको प्रतिवेदन सार्वजनिक भएपछि त्यसका निष्कर्षलाई लिएर राजनीतिक वृत्तमा बहस जारी छ।

यही क्रममा ओलीले घटनाको सबैभन्दा महत्वपूर्ण प्रश्न अझै अनुत्तरित रहेको दाबी गर्दै जेनजी विद्रोहमा गोली चलाउने व्यक्तिको पहिचान र त्यसको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

बजेटमा आइटी क्षेत्रप्रति सकारात्मक नीति, एनएएसएसआईटीको स्वागत

काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि (आइटी) क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि सारिएको भन्दै नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनी (एनएएसएसआईटी) ले सरकारको नीतिगत पहलको स्वागत गरेको छ ।

संस्थाले विज्ञप्ति जारी गर्दै बजेटमा समेटिएका आइटी क्षेत्रमैत्री नीतिहरूले नेपालको आइटी निर्यात वृद्धि, विदेशी मुद्रा आर्जन, उच्च गुणस्तरीय रोजगारी सिर्जना तथा नेपाललाई विश्वव्यापी डिजिटल सेवा गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

बजेटमा सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आम्दानीमा कर सहुलियत दिने व्यवस्था, आइटी क्षेत्रका जनशक्तिका लागि स्वेट इक्विटीसम्बन्धी कर व्यवस्थामा सुधार, तथा व्यक्तिगत आयकरको उच्चतम दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा सीमित गर्ने प्रावधान समेटिएको छ ।

त्यसैगरी भ्याट फिर्ता प्रक्रियालाई थप व्यवस्थित र स्वचालित बनाउने, दोहोरो कर परिहार सम्झौता विस्तार गर्ने तथा कृत्रिम बुद्धिमत्ता (एआई), नवप्रवर्तन र डिजिटल अर्थतन्त्र प्रवर्द्धन गर्ने कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको छ ।

संस्थाका अनुसार यी व्यवस्थाहरूले आइटी उद्योगको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछन् ।

एनएएसएसआईटीले नेपाललाई विश्वस्तरमा प्रतिस्पर्धी आइटी गन्तव्य बनाउन अझै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी कर संरचना र लगानीमैत्री नीति आवश्यक रहेको औंल्याएको छ ।

संस्थाले सरकारसँग सहकार्य गर्दै नेपाललाई दक्षिण एसियाकै अग्रणी डिजिटल तथा आइटी सेवा केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यमा काम गर्ने प्रतिबद्धता पनि जनाएको छ । साथै, देशमै लाखौँ उच्च पारिश्रमिकयुक्त प्रविधि रोजगारी सिर्जना गर्ने अभियानमा सक्रिय रहने उल्लेख गरिएको छ ।

संस्थाले सरकारको १०० बुँदे कार्यक्रम तथा राष्ट्रिय प्रतिबद्धतापत्रमा समावेश भएका आइटी क्षेत्रसम्बन्धी केही महत्वपूर्ण नीतिगत तथा संरचनात्मक व्यवस्थाहरू बजेटमा समेटिन नसकेकोप्रति पनि ध्यानाकर्षण गराएको छ ।

सरकारले बजेटमार्फत डिजिटल अर्थतन्त्रलाई प्राथमिकतामा राखे पनि दीर्घकालीन प्रभावकारी कार्यान्वयनका लागि थप स्पष्ट नीति र संरचनात्मक सुधार आवश्यक रहेको संस्थाको भनाइ छ ।

शाहीले भने – ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवादलाई लिएर नेता ज्ञानेन्द्र शाहीले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनसँग असहमति राख्दै महामन्त्री धवलशमशेर राणाले नयाँ पार्टी गठनको तयारी थालेको चर्चा चलिरहेका बेला शाहीले नेतृत्वप्रति कडा टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौँ। कार्यकर्ताहरू एक अर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन ?’

शाहीले पार्टीभित्रको आन्तरिक द्वन्द्व र पदका लागि भइरहेको प्रतिस्पर्धाले कार्यकर्ता तथा युवापुस्तामा निराशा बढेको आरोप लगाएका छन्।

उनले अध्यक्ष लिङ्देनप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘यतिखेरको समय एक अर्कालाई आरोप लगाएर टुट्ने र फुट्ने होइन, जुट्ने हो। तर तिमीहरूलाई देखेर युवाहरूले के आशा गर्ने ?’

उनले नेताहरूलाई एकताका लागि आह्वान गर्दै भनेका छन्, ‘नेतृत्व भनेको पदमा टाँसिएर बस्ने होइन, आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता हो। एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्। अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन्। यदि तिमीहरूको हिम्मत र दम छ भने ल म बस्छु, तपाईंहरू सँग हामी तीनजना सँगै बसौँ। छलफल गरौँ आउनुहोस्, यो होइन भने यो नाटक किन गरिरहेका छौ ? आफैले आफैलाई भलादमी देखाउन ? तिमीहरूको यो खुरापाती राजनीतिक देखेर भगवान् पनि वाक्क भइसके होलान्।’

नेतृत्व तहप्रति आक्रोश व्यक्त गर्दै उनले थप भनेका छन्, ‘एउटालाई देशभरि हार बेहोर्दासम्म नेतृत्व छोड्नै मन छैन, अर्कोलाई चुनावै नलडी नेतृत्व लिनै पर्ने । पदका लागि यति धेरै हानथाप र अहंकार किन ?’

‘१३ दिन हिरासतमा राख्दा पनि मलाई बालेन सरकारले मुद्दा चलाउने आधार भेटेन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन सरकारले आफूलाई पक्राउ गरेपछि १३ दिनसम्म मुद्दा चलाउने आधार खोजे पनि कुनै प्रमाण फेला पार्न नसकेको दाबी गरेका छन्।

ओलीले आफूलाई पक्राउ गर्नु राजनीतिक प्रेरित कदम भएको संकेत गर्दै अन्ततः सरकारले रिहा गर्न बाध्य भएको बताए।

‘मलाई पक्राउ गरियो। १३ दिनसम्म प्रयास गरियो। तर मुद्दा चलाउने ठाउँ भेटिएन। त्यसपछि छोड्न बाध्य भए,’ उनले भने।

ओली १४ चैत २०८२ मा पक्राउ परेका थिए। उनीविरुद्ध फौजदारी कसुर सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।

अदालतप्रति सम्मान व्यक्त गर्दै ओलीले न्यायपालिकाबाट निष्पक्ष र स्वच्छ न्यायको अपेक्षा रहेको बताए। उनले न्याय सम्पादनको गुणस्तरबाटै अदालतको प्रतिष्ठा स्थापित हुने धारणा राखे।

‘हामी अदालतलाई सम्मान गर्छौँ। अदालतबाट न्याय पाउनुपर्छ। स्वच्छ न्यायको अपेक्षा गर्छौँ,’ उनले भने।

ओलीले राज्य सञ्चालन र न्याय सम्पादनको प्रक्रियालाई विधिसम्मत, निष्पक्ष र न्यायोचित बनाउन आवश्यक रहेको उल्लेख गर्दै अदालतले तथ्य र प्रमाणका आधारमा निर्णय गर्ने विश्वास व्यक्त गरे।

समस्याग्रस्त २३ सहकारीका सञ्चालकहरूको नाम सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सूचना दिन आग्रह

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको सम्पत्तिबारे सूचना दिन सर्वसाधारणसँग अनुरोध गरेको छ।

समितिले ती सहकारीका सञ्चालकहरूको नामसहित विवरण सार्वजनिक गर्दै उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिका नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन आग्रह गरेको हो।

समितिले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिका नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’

त्यसैगरी, समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई सम्बन्धित सहकारीको दायित्व फरफारक, ऋण असुली, सम्पत्ति तथा अन्य स्रोतसाधनको पहिचान गरी व्यवस्थापन गर्न तथा नियमित रूपमा समितिसँग सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरेको छ।

समितिले सहयोग नगरेमा कानुन बमोजिम आवश्यक कारबाही हुने चेतावनीसमेत दिएको छ।

साथै, सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि भएमा वा अद्यावधिक गर्नुपर्ने अवस्था भएमा समितिको कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

२३ समस्याग्रस्त सहकारी सञ्चालकहरुको विवरण हेर्नुहोस

ओलीले भने- सम्पत्ति विवरण चाहियो भने खरानी उठाएर लैजानुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्र पूर्वाग्रह र प्रतिशोधको भावनाबाट सञ्चालित भएको आरोप लगाएका छन्।

उनले विपक्षी राजनीतिक शक्तिलाई लक्षित गरेर विभिन्न गतिविधि भइरहेको दाबी गर्दै त्यस्ता कार्य स्वीकार्य नहुने बताएका छन्।

ओलीले राज्यले निष्पक्ष र कानुनसम्मत ढंगले काम गर्नुपर्ने भए पनि पछिल्ला गतिविधिले प्रतिशोधको मानसिकता झल्काएको बताए। उनले राज्यलाई लोकतान्त्रिक मूल्य र विधिको शासनअनुसार सञ्चालन गर्न आग्रह गरे।

ओलीले कसैसँग अकुत सम्पत्ति रहेको आशंका भए कानुनी प्रक्रियाअनुसार छानबिन गर्न सकिने बताए। तर, पूर्वाग्रह राखेर व्यक्तिलाई लक्षित गरी कारबाही अघि बढाउनु उचित नहुने उनको भनाइ थियो।

सम्पत्ति विवरण मागिएको प्रसंग उल्लेख गर्दै उनले आगजनीका कारण आफ्ना कागजात नष्ट भएको दाबी गरे।

‘आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण खोजिन्छ। फेरि सम्पत्ति विवरण चाहियो भनिन्छ। त्यही खरानी छ, उठाएर लैजानुस्,’ उनले भने।

उनले सम्पत्ति विवरणको विषयलाई लिएर भइरहेको गतिविधिलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गरे। राज्यका निकायहरू निष्पक्ष, तथ्यमा आधारित र कानुनी सीमाभित्र रहेर काम गर्नुपर्नेमा जोड दिँदै ओलीले प्रतिशोधको भावनाबाट प्रेरित कदमले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने बताए।

चुनाव पूर्वनिर्धारित नतिजाका लागि गराइएको थियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचन निष्पक्ष नभई पूर्वनिर्धारित परिणाम हासिल गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको दाबी गरेका छन्।

ओलीले चुनावलाई ‘तमासा’ र ‘नाटक’ को संज्ञा दिँदै निर्धारित नतिजा निकाल्नका लागि निर्वाचन गराइएको आरोप लगाए।

उनका अनुसार अन्य राजनीतिक दलले वास्तविक प्रतिस्पर्धात्मक निर्वाचन भइरहेको ठाने पनि परिणाम पहिल्यै तय गरिएको थियो।

‘हामीले पहिलोपटक चुनाव लडेका होइनौँ। पटक-पटक निर्वाचन भोगेका छौँ। उम्मेदवारी खारेज भएको उम्मेदवारले समेत दोब्बर मत प्राप्त गर्ने अवस्था देखियो,’ उनले भने।

निर्वाचनमा प्रयोग गरिएको मसी र मतपत्रबारे पनि प्रश्न उठाउँदै उनले ती विषय छानबिनको दायरामा आउनुपर्ने बताए।

ओलीले परिणामप्रति असन्तुष्टि रहे पनि आफूहरूले निर्वाचनको नतिजा स्वीकार गरेको उल्लेख गरे। उनले एमाले राष्ट्रियता र लोकतन्त्रको पक्षमा संघर्षरत रहेको भन्दै पार्टी अन्धविश्वासमा नभई घटनाक्रमलाई गम्भीरतापूर्वक नियालिरहेको बताए।

उनले त्यसपछिको सरकारले गठन गरेको छानबिन आयोगप्रति पनि असहमति जनाए।

आगजनी, तोडफोड र हिंसात्मक घटनापछि बनेको सरकारले पूर्वाग्रही उद्देश्यका साथ आयोग गठन गरेको आरोप लगाउँदै उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाए।

ओलीले आयोगलाई मान्यता नदिने आफ्नो अडान दोहोर्याउँदै आयोगले आफूलाई बयानका लागि प्रश्नावली पठाए पनि त्यसलाई अस्वीकार गरेको बताए। ‘यो आयोग छानबिनका नाममा राजनीतिक प्रतिशोध साँध्न बनाइएको हो भन्ने हाम्रो निष्कर्ष थियो,’ उनले भने।

उनले आयोगले नयाँ शक्तिहरू वा अन्य निकायमाथि अनुसन्धान नगरी पुराना राजनीतिक दलका नेताहरूलाई मात्र लक्षित गरेको आरोप लगाए। आयोगको उद्देश्य सत्यतथ्य खोज्नु नभई निश्चित व्यक्तिलाई दोषी देखाउने रहेको दाबी गर्दै ओलीले त्यस्ता आयोगलाई आफूहरूले स्वीकार नगर्ने बताए।

अराजकताको जगमा बनेको हो बालेन्द्र शाहको सरकार : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको विद्रोह शान्ति, सुशासन र विकासको अभियानलाई अवरुद्ध गर्न योजनाबद्ध रूपमा सञ्चालन गरिएको दाबी गरेका छन्।

उनले उक्त आन्दोलनको मुख्य निशानामा एमाले परेको र पार्टीले सबैभन्दा ठूलो क्षति बेहोरेको बताएका छन्।

काठमाडौंमा बुधबार आयोजित पार्टीको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ओलीले आन्दोलनका क्रममा देशभर भय र आतंकको वातावरण सिर्जना गरिएको आरोप लगाए। ‘तेरो घरमा आगो लगाइदिन्छु भन्ने धम्की दिइयो, ठाउँ-ठाउँमा आगजनी भयो, तर राज्य प्रभावकारी रूपमा देखिएन,’ उनले भने।

ओलीले त्यसबेला आपराधिक समूहहरू हाबी भएको र लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारलाई विस्थापित गरिएको दाबी गरे। उनका अनुसार संवैधानिक सरकार हटाएर असंवैधानिक सरकार गठन गरिएको थियो।

उनले प्रतिनिधिसभा विघटनको प्रक्रियामाथि पनि प्रश्न उठाउँदै संविधानअनुसार सरकारले गरेको सिफारिसलाई बेवास्ता गरी गैरसंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाए।

राजनीतिक दलहरूसँग कुनै सहमति वा परामर्श नगरी सडक आन्दोलनका केही व्यक्तिहरूको दबाबमा निर्णय लिइएको उनको भनाइ थियो।

ओलीले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार अराजकता र वितण्डाको जगमा बनेको दाबी गरे।

उनले त्यसबेला राजनीतिक दलका नेताहरू अपहरणमा परेको, विरोध गर्ने वातावरण नभएको तथा लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको आरोप लगाए।

यद्यपि, प्रतिकूल परिस्थितिका बीच पनि एमालेका नेता–कार्यकर्ताले प्रतिवाद जारी राखेको भन्दै ओलीले पार्टी पंक्तिलाई धन्यवाद दिए। ‘त्यो अराजकताको विरुद्ध आवाज उठाउने काम नेकपा एमालेको अगुवाइमा भयो,’ उनले भने।

विपक्षी दलको आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध गर्ने तयारी

काठमाडौं। राष्ट्रियसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गर्ने तयारी गरेका छन्।

यसअघि सोमबार र मंगलबारको बैठकमा समेत अवरोध गर्दै कार्यसूची अघि बढ्न नदिएका विपक्षी दलहरूले आजको बैठकलाई पनि अवरुद्ध गर्ने योजना बनाएका हुन्।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णका अनुसार, प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयमा दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको भन्दै माफी माग्नुपर्ने माग राखिएको छ। सोही माग पूरा नभएसम्म बैठक अवरुद्ध गर्ने अडान विपक्षी दलहरूको रहेको उनले बताएका छन्।

राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितका दलहरू अवरोधमा उत्रिने तयारीमा छन्। राष्ट्रियसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भने छैनन्।

आजको बैठकको कार्यसूचीमा आगामी बजेटमाथिको छलफल रहेको छ।

तर विपक्षी अवरोधका कारण कार्यसूची अघि बढ्न सक्ने वा नसक्नेबारे अनिश्चित देखिएको छ।

भदौ २३-२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको घटनालाई केही पक्षले ‘क्रान्ति’का रूपमा चित्रण गरे पनि त्यो पूर्वनियोजित र आपराधिक गतिविधि भएको दाबी गरेका छन्।

काठमाडौं बुधबार आयोजित पार्टीको दुई दिने कार्यशालामा बोल्दै ओलीले नवयुवकहरूको हत्या हुने परिस्थिति सिर्जना गर्ने गतिविधिलाई क्रान्ति भन्न नसकिने बताए। उनले उक्त घटना आकस्मिक नभई योजनाबद्ध रूपमा सञ्चालन गरिएको जिकिर गरे।

ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले समेत उक्त घटनालाई पूर्वषड्यन्त्र र प्रायोजित घटनाका रूपमा उल्लेख गरेको दाबी गर्दै त्यसले आफ्नो भनाइलाई पुष्टि गर्ने बताए। उनका अनुसार तत्कालीन बहुमतप्राप्त सरकारलाई संवैधानिक प्रक्रियाबाट हटाउन नसकेपछि अवैधानिक र आपराधिक माध्यम प्रयोग गरेर विस्थापित गर्ने प्रयास गरिएको थियो।

उनले आगजनी, पेट्रोल बम निर्माण तथा विभिन्न सरकारी तथा सार्वजनिक संरचनामाथि आक्रमण गर्न प्रशिक्षण दिइएको आरोप पनि लगाए। संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत तथा विभिन्न व्यापारिक संस्थालाई लक्षित गर्दै सूचना वितरण गरिएको उनको भनाइ थियो।

ओलीले लोकप्रिय नेताहरूविरुद्ध झुटा आरोप लगाउने, चरित्र हत्या गर्ने तथा सामाजिक सञ्जालमार्फत असभ्य र अपमानजनक टिप्पणी गर्ने काम समेत योजनाबद्ध रूपमा गरिएको आरोप लगाए। उनले यस्ता गतिविधिले नेपालको सभ्यता र संस्कृतिमाथि आघात पुर्‍याएको बताए।

उनले महिलामाथि समेत सामाजिक सञ्जालमा असभ्य व्यवहार हुने गरेको उल्लेख गर्दै यस्ता गतिविधिप्रति सरकार मौन बसेको आरोप लगाए। ओलीले यस्तो प्रवृत्तिलाई ‘दुष्कर्मको चक्र’को संज्ञा दिँदै सरकार त्यसबाट अलग नरहेको दाबी गरे।

मन्त्रालयको वेबसाइटबाट गायब भएको आर्थिक विधेयकको पुन: १६ पृष्ठ गायब

काठमाडौं । अर्थ मन्त्रालयले वेबसाइटबाट हटाएको आर्थिक विधेयक २०८३ का १६ पृष्ठ गायब भएको विषय सार्वजनिक भएको छ।

मन्त्रालयले संसद्मा पेस गरिएको विधेयकभन्दा फरक संस्करण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आरोप लागेको हो।

अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते संसद्मा आर्थिक विधेयक पेस गरेका थिए। संसद्मा दर्ता भएको उक्त विधेयक ४६४ पृष्ठको रहेको बताइएको छ। तर अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको पछिल्लो संस्करण भने ४४८ पृष्ठको रहेको देखिएको छ।

यसरी १६ पृष्ठ हटाएर नयाँ संस्करण सार्वजनिक गरिएको दाबी गरिएको छ। साथै, संसद्मा पेस गरिएको र वेबसाइटमा प्रकाशित विधेयकबीच करसम्बन्धी व्यवस्थामा समेत फरक देखिएको आरोप छ।

संसदीय अभ्यासअनुसार संसद्मा दर्ता भइसकेको विधेयक संशोधन गर्न संसद्को स्वीकृति आवश्यक पर्ने जानकारहरू बताउँछन्। संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाका अनुसार संसद्मा पेस भइसकेको विधेयकका प्रावधान सच्याउन वा परिवर्तन गर्न संसद्मै संशोधन प्रस्ताव लैजानुपर्छ।

उनले संसद्को स्वीकृतिबिना मन्त्रालयले एकतर्फी रूपमा विधेयकमा परिवर्तन गर्न नमिल्ने बताए। विशेषगरी करका दर वा करसम्बन्धी व्यवस्थामा हेरफेर भएको भए त्यो झन् गम्भीर विषय हुने उनको भनाइ छ।

यस विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अध्ययन गरिरहेको जनाएको छ। कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसद्मा दर्ता भइसकेको विधेयकमा मन्त्रालयले आफूखुसी परिवर्तन गरेको भए त्यो आर्थिक अपराध वा किर्तेसँग सम्बन्धित विषय हुन सक्ने प्रारम्भिक निष्कर्ष रहेको बताएकी छन्।

उनले संसद्लाई छलेर करका दरमा हेरफेर गरिएको आशंका व्यक्त गर्दै यस विषयलाई संसद्मा उठाइने जानकारी दिएकी छन्। कांग्रेसले आधिकारिक अध्ययनपछि थप धारणा सार्वजनिक गर्ने जनाएको छ।

यदि संसद्मा दर्ता भएको विधेयक र मन्त्रालयले सार्वजनिक गरेको संस्करणबीच वास्तवमै फरक रहेको पुष्टि भएमा यो विषय कानुनी, संसदीय र राजनीतिक रूपमा गम्भीर बहसको केन्द्र बन्न सक्ने देखिएको छ।

गत शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि अर्थ मन्त्रालयले आर्थिक विधेयक आफ्नो वेबसाइटमा अपलोड गरेको थियो। उक्त विधेयक शनिबार दिउँसो मन्त्रालयले हटाएको थियो।

आर्थिक विधेयकमा करसम्बन्धी कानुनहरू संशोधन गरी नयाँ दरहरू समावेश गरिएको हुन्छ।

विद्युतीय सवारीसाधनको करदरमा त्रुटि देखिएपछि मन्त्रालयले उक्त विधेयक आफ्नो वेबसाइटबाट हटाएको जनाएको थियो।

एमाले नयाँ ढंगले उठ्ने विष्णु पौडेलको दाबी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर अघि बढाइने बताएका छन्।

उनले पार्टीलाई थप सुदृढ बनाउने दृढता आवश्यक रहेको भन्दै सम्पूर्ण पार्टीपंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे।

पार्टीको दुई दिने कार्यशाला गोष्ठीलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले एमालेले पछिल्लो निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको स्वीकार गर्दै त्यसलाई स्थायी पराजय नभई अस्थायी असफलताका रूपमा लिएको बताए।

उनले पार्टीले निर्वाचन परिणामको गम्भीर समीक्षा गरिरहेको उल्लेख गरे। ‘हामीले नयाँ ढंगले पार्टीलाई उठाउँछौँ। त्यो दृढता बोकेर अगाडि बढ्नुपर्छ। यसका लागि यस्ता कार्यशालाहरू उपयोगी हुन्छन्,’ उनले भने।

पौडेलका अनुसार निर्वाचनपछि पार्टी सचिवालय बैठक बसेर पराजयका कारणहरूको विस्तृत समीक्षा गरिएको छ।

बैठकले निर्वाचनमा पार्टीले किन अपेक्षित सफलता हासिल गर्न सकेन, त्यसका आन्तरिक र बाह्य कारणहरू के थिए भन्ने विषयमा गहन छलफल गरेको उनले बताए।

उनले सचिवालय बैठकले पार्टी अहिलेको अवस्थामै अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै पुनर्गठनको प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिए। त्यसका लागि निर्वाचनको समीक्षा गर्ने तथा संगठनात्मक पुनर्गठनका प्रस्ताव तयार पार्ने जिम्मेवारीसहित कार्यदलसमेत गठन गरिएको उनले बताए।

पौडेलले पार्टीलाई समयानुकूल ढंगले रूपान्तरण गर्दै आगामी दिनमा अझ सशक्त रूपमा जनतामाझ प्रस्तुत गर्ने लक्ष्य रहेको उल्लेख गरे।

निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए एमाले अध्यक्ष ओली [तस्वीरहरू]

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

अध्यक्ष ओली बुधबार नेकपा (एमाले)ले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालामा सहभागी भएका हुन् ।

पार्टी छोड्दै निनाचन्द्रले भने – ‘धरानको मेयर उठाउँछु भनेर हर्क साम्पाङले ढाँटे’

काठमाडौं। हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईले श्रम संस्कृति पार्टी परित्याग गरेका छन्।

धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत राईले आजदेखि पार्टी र हर्क साम्पाङसँग आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका हुन्।

उनले आफूसँगै १०० भन्दा बढी व्यक्तिले पनि पार्टी छाडेको दाबी गरेका छन्।

धरान उपमहानगरपालिकाको मेयर निर्वाचनमा हर्क साम्पाङलाई जिताउन सक्रिय भूमिका खेलेका राईले आफूलाई भावी मेयर उम्मेदवार बनाउने आश्वासन दिइए पनि पछि धोका दिइएको आरोप लगाए।

उनका अनुसार पार्टी प्रवेश गराउँदा हर्क साम्पाङले आफूलाई धरानको आगामी मेयर उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका थिए। तर पछि धनबहादुर राईलाई अघि सारेपछि आफू असन्तुष्ट बनेको उनले बताए।

‘उहाँले मलाई नै मेयरको उम्मेदवार तपाईं नै हो भन्नुभएको थियो। अहिले आएर अर्कै व्यक्तिलाई अघि सार्नुभयो,’ राईले पत्रकार सम्मेलनमा भने।

हर्क साम्पाङ स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर निर्वाचित हुँदा निनाचन्द्र राई अभियानमा सक्रिय थिए। पार्टी गठनपछि केही समय स्वतन्त्र रहे पनि गत वैशाखमा उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएका थिए।

राईले पार्टीमा प्रवेश गराउँदा मेयर बनाउने आश्वासन दिइएको दाबी गर्दै अहिले नेतृत्वले आफ्ना प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका छन्।

यता, श्रम संस्कृति पार्टीले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।