`

स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता : भारत

नयाँदल्लिी ।  विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने उद्देश्यले भारतले आगामी केही महिना भित्र विभिन्न स्वतन्त्र व्यापार सम्झौता (एफटिए) लाई अन्तिम रूप दिन प्रयास तीव्र बनाएको छ ।

भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ भने ओमानसँग यसै साता पहिलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विवरणहरू अझै सार्वजनिक नभएकाले नाम नखुलाउने सर्तमा अधिकारीहरूले जानकारी दिएका हुन् ।

अधिकारीहरूका अनुसार बिहीबार भारत–ओमान स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ, जसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी ओमानको राजधानी मस्कट पुग्नुहुने सम्भावना छ । यस सम्झौताले द्विपक्षीय व्यापार विस्तार गर्नुका साथै भारतका इन्जिनियरिङ सामान, कपडा, औषधि तथा कृषि उत्पादनहरूको निर्यात प्रवद्र्धन गर्ने लक्ष्य लिएको बताइएको छ ।

स्वतन्त्र व्यापार सम्झौताहरू भारतको दीर्घकालीन आर्थिक रणनीतिको केन्द्रीय आधार मानिन्छ । यी सम्झौतामार्फत विश्वव्यापी आपूर्ति शृङ्खलामा अझ गहिरो रूपमा एकीकृत हुने, निर्यात वृद्धिलाई बलियो बनाउने र दिगो रोजगारी सिर्जना गर्ने भारतको लक्ष्य रहेको अधिकारीहरूले बताएका छन् । कर घटाउने र पूर्वानुमानयोग्य व्यापार नियम तय गर्ने माध्यमबाट यस्ता सम्झौताले भारतीय व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न र नयाँ बजारमा पहुँच विस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

कर विवाद र भूराजनीतिक तनावले विश्व व्यापारलाई थप जटिल बनाइरहेका बेला भारतले व्यापक व्यापार सम्झौता सञ्जालमार्फत बाह्य झट्काहरूको प्रभाव कम गर्ने र आफ्ना निर्यात महत्त्वाकांक्षालाई सुरक्षित बनाउने रणनीति अपनाएको विश्लेषकहरूको भनाइ छ ।

हाल भारतीय निर्यातकर्ताहरूले अगस्टदेखि लागू भएको ५० प्रतिशतसम्मको अमेरिकी आयात शुल्कको दबाब भोगिरहेका छन् । भारत र अमेरिका द्विपक्षीय व्यापार सम्झौताका लागि वार्तामा रहेकै बेला यी शुल्कले कपडा, अटो कम्पोनेन्ट, धातु तथा श्रम–गहन उद्योगहरूमा उल्लेखनीय असर पारेको छ ।

व्यापार विश्लेषक अजय श्रीवास्तवका अनुसार भारतले कडा र अनिश्चित अमेरिकी भन्सार शुल्कको प्रभाव न्यूनीकरण गर्न तथा निर्यात बजार विविधीकरण गर्न एफटिएलाई रणनीतिक उपकरणका रूपमा प्रयोग गरिरहेको छ । उनका अनुसार भारतले हाल २६ देश समेटिने १५ वटा एफटिए र थप २६ राष्ट्रसँग छ वटा अधिमान्य व्यापार सम्झौता गरिसकेको छ भने ५० भन्दा बढी साझेदारसँग वार्ता जारी छ । यी वार्ताहरू सम्पन्न भएपछि चीनबाहेक प्रायः सबै प्रमुख विश्व अर्थतन्त्रहरूसँग भारतको व्यापार सम्झौता हुनेछ ।

हालका वर्षहरूमा भारतले संयुक्त अरब इमिरेट्स र अस्ट्रेलियासँग व्यापक आर्थिक सहकार्य तथा व्यापार सम्झौतामा हस्ताक्षर गरी द्विपक्षीय व्यापार उल्लेखनीय रूपमा बढाएको छ । गत मे महिनामा बेलायत र भारतबीच पनि कडा मेहनतका साथ एफटिएमा सहमति भएको घोषणा गरिएको थियो, जसले स्कच ह्विस्की र अङ्ग्रेजी जिनजस्ता उत्पादनहरू भारतमा तथा भारतीय खाना र मसलाहरू बेलायतमा पठाउँदा लाग्ने शुल्क घटाउनेछ ।

अधिकारीहरूका अनुसार यस्ता पछिल्ला सम्झौताहरूले छरितो वार्ता प्रक्रिया र स्पष्ट व्यापार ढाँचाको आवश्यकता अझ बलियो बनाएको छ । व्यापार सचिव राजेश अग्रवालले यसै साता पत्रकारहरूसँग भनेका थिए, “विश्व व्यापार चुनौतीपूर्ण अवस्थामा रहँदा भारतले धेरै एफटिएहरूमा वार्ता गरिरहेको छ र आगामी वर्ष यी मध्ये धेरैमा सकारात्मक प्रगति देखिने विश्वास छ ।”

यद्यपि नयाँ गति देखिए पनि भारतीय वार्ताकारहरूले साना किसान र घरेलु उद्योगहरूको संरक्षण गर्दै साझेदार राष्ट्रहरूको थप बजार पहुँचसम्बन्धी दबाब सन्तुलनमा राख्नुपर्ने चुनौती सामना गरिरहेका छन् ।

भारत र अमेरिका बीच गिरावटसम्ममा द्विपक्षीय व्यापार सम्झौताको पहिलो चरण पूरा हुने अपेक्षा गरिएको थियो । तर भारतले छुट मूल्यमा रुसी कच्चा तेल खरिद निरन्तर जारी राखेपछि सम्बन्ध केही तनावपूर्ण बनेको छ । वासिङ्टनले यसले युक्रेनविरुद्धको युद्धमा रुसको युद्ध क्षमतालाई सहयोग पुर्‍याएको आरोप लगाउँदै आएको छ ।

हालका हप्ताहरूमा भने सम्बन्ध सुधारतर्फ सङ्केत देखिएका छन् । प्रधानमन्त्री मोदीले रुस–युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको प्रशंसा गरेकाा छन् र दुवै नेताबीच व्यापार लगायत आपसी हितका विषयमा फोनवार्ता पनि भएको छ ।

उप व्यापार प्रतिनिधि रिक स्विजरको नेतृत्वमा अमेरिकी वार्ताकार टोलीले गत हप्ता नयाँदिल्ली भ्रमण गरी भारतीय अधिकारीहरूसँग छलफल गरेको थियो । भारतको विदेश मन्त्रालयका अनुसार उक्त भेटमा भारत–अमेरिका आर्थिक तथा प्राविधिक साझेदारी र द्विपक्षीय व्यापार विस्तारका सम्भावनाबारे विचार–विमर्श भएको थियो ।

यसैबीच न्युजिल्यान्डका व्यापार तथा लगानीमन्त्री टोड म्याक्लेले गत हप्ता आफ्ना भारतीय समकक्षी पियुष गोयलसँग भेट गरी एफटिएका प्रमुख पक्षहरूबारे छलफल गरेको थिए । युरोपेली सङ्घ (इयु) का व्यापार तथा आर्थिक सुरक्षा आयुक्त मारोस सेफकोभिकले पनि गोयललाई भेटेर भारत–इयु एफटिएको प्रगति समीक्षा गर्दै बाँकी मुद्दा समाधान र वार्ता अघि बढाउने उपायहरूमा छलफल गरेका छन् ।

ओलीका ‘विश्वास पात्र’ रिमाल एमाले उपमहासचिवमा पराजित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका ‘विश्वास पात्र’ विष्णु रिमाल उपमहासचिव पदमा पराजित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । लेखराजले १ हजार ४५२, रघुवीरले १ हजार ३६८ र योगेशले १ हजार ३४८ मत पाएका छन् ।

एमालेमा तीन जना उपमहासचिव रहने व्यवस्था छ । उपमहासचिवमा ७ जनको उम्मेदवारी परेको थियो । ओली निकट नेता विष्णु रिमाल चौथो नम्बरमा रहे । उनले एक हजार ९१ मत पाएका छन् । त्यस्तै, पाँचौँ नम्बरमा रहेका आनन्दप्रसाद पोखरेलले ६३५ र छैटौँ रहेका वैजनाथ चौधरीले ५१७ मत पाए। त्यस्तै, अन्तिममा रहेका राजेन्द्रप्रसाद गौतमले २७० मत पाएका छन् ।

हेर्नुस् उपमहासचिवको मत

लेखराज भट्ट – १४५२

रघुवीर महासेठ – १३६८

योगेस भट्टराई – १३४८

विष्णुप्रसाद रिमाल – १०९१

आनन्दप्रसाद पोख्रेल – ६३५

वैजनाथ चौधरी – ५१७

राजेन्द्रप्रसाद गौतम – २७०

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२ सर्वाधिक मत पाए । ईश्वर प्यानलबाट भट्टराई विजयी भएका छन् ।
महासेठले १,३६८, भट्टराईले १,३४८ मत पाएर जितेका छन् । चौथो स्थानमा रहेका विष्णु रिमालले १ हजार ९१ मत ल्याए । आनन्द पोख्रेल ६३५, वैजनाथ चौधरी ५१७ र राजेन्द्र गौतम २७० मत पाए। गौतमले आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरेका थिए ।

एमाले महासचिवमा शंकर पोख्रेल विजयी

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् । यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

एमाले अध्यक्षमा ओलीको ‘ह्याट्रिक’, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् । ओलीले १,६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए । दुई जनाबीचको फरक १,०९९ मत रहेको छ ।

१,१३९ मत गणना : कुन पदाधिकारीको कति ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक नतिजाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानललाई स्पष्ट अग्रता देखाएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म ४० वटा भोटिङ मेसिनको गणना सकिँदा कूल १,१३९ मत गणना भइसकेको छ ।

अध्यक्ष पदमा केपी शर्मा ओलीले सुरुदेखि नै फराकिलो अग्रता बनाइरहेका छन् । पछिल्लो विवरण अनुसार ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मतमा सीमित छन् । महासचिव पदमा पनि ओली प्यानलकै उम्मेदवार शंकर पोखरेल अगाडि देखिएका छन् । उनले ६१३ मत प्राप्त गरेका छन् भने सुरेन्द्र पाण्डेले ५२६ मत ल्याएका छन् । प्रारम्भिक चरणमै शंकर पोखरेलले निरन्तर अग्रता कायम राखेका छन् । उपाध्यक्ष पदतर्फ पनि ओली प्यानलको वर्चश्व देखिएको छ । पृथ्वीसुब्बा गुरुङ सबैभन्दा अगाडि छन् भने दोस्रो स्थानमा विष्णुप्रसाद पौडेल र तेस्रो स्थानमा रामबहादुर थापा ‘बादल’ रहेका छन् । यी तीनै उम्मेदवार ओली समूहबाट मैदानमा उत्रिएका हुन् ।

उपमहासचिव पदमा लेखराज भट्ट र रघुवीर महासेठ अग्रस्थानमा छन् । तेस्रो स्थानमा रहेका योगेश भट्टराई भने ईश्वर पोखरेल प्यानलका उम्मेदवार हुन् । सचिव पदमा पनि महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल र शेरधन राईले अग्रता लिएका छन्, जो सबै ओली प्यानलबाट उम्मेदवार बनेका हुन् । बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सकिएपछि मतगणना सुरु गरिएको हो । निर्वाचन आयोगले गणना सुरु भएको केही घण्टाभित्र अधिकांश परिणाम सार्वजनिक भइसक्ने जनाएको छ । हालसम्म आएको नतिजाले एमालेको आगामी नेतृत्वमा ओली समूहको पकड बलियो रहने संकेत गरेको छ ।

कुन पदाधिकारीको कति मत ?

अध्यक्ष

केपी शर्मा ओली – ८४३

ईश्वर पोखरेल – २९६

उपाध्यक्ष

अरुण नेपाल – २२३

गुरु प्रसाद बराल – ५८५

गोकर्ण राज विष्ट – ७१३

टकं प्रसाद कार्की – १८७

पर्शुराम मेघि गुरुङ्ग – ३३४

पृथ्वीसुव्वा गुरुङ – ९००

भिम प्रसाद आचार्य – १४३

रघु जी पन्त – ६१७

रामबहादुर थापा बादल – ७७४

विन्दा पाण्डे – ४७४

विष्णुप्रसाद पौडेल – ८४६

महासचिव

शंकर पोख्रेल – ६१३

सुरेन्द्रप्रसाद पाण्डे – ५२६

उपमहासचिव

आनन्दप्रसाद पोख्रेल – ३३४

योगेश भट्टराई – ७०९

रघुविर महासेठ – ६८९

राजेन्द्रप्रसाद गौतम – १४०

लेखराज भट्ट – ७३४

विष्णुप्रसाद रिमाल – ५४०

वैजनाथ चौधरी – २७१

सचिव

अग्निप्रसाद खरेल – ३७७

इन्द्रलाल सापकोटा – ३०९

कर्णबहादुर थापा – ४४४

कृष्ण गोपाल श्रेष्ठ – ३२५

खगराज अधिकारी – ६८०

गोकुल प्रसाद बास्कोटा –५२८

छविलाल विश्वकर्मा – ४६९

ठाकुर प्रसाद गैरे – ४६२

पद्मा कुमारी अर्याल – ४७८

पुरुषोत्तम पौडेल – २३०

पेम्वा लामा – २५५

भानुभक्त ढकाल – ५५२

महेश बस्नेत – ७८३

यमलाल कडेल – ६२६

रचना खड्का – ४५९

राजन भट्टराई – ५८१

लालबाबु पण्डित – ३९९

विनोदप्रसाद ढकाल – ३५५

शेरधन राई – ४६७

हिक्मतकुमार कार्की – ६७२

 

एमालेको १९ सदस्यीय पदाधिकारी टिममा महिलाबाट अर्याल मात्रै ‘सेफ जोन’ मा

काठमाडौं । नेकपा एमालेको आगामी १९ सदस्यीय पदाधिकारी टिममा महिला प्रतिनिधित्व अत्यन्तै कमजोर हुने संकेत देखिएको छ । जारी मतगणनाको परिणामअनुसार महिलाबाट पद्मा अर्याल मात्र सुरक्षित अवस्थामा देखिएकी छन् । १९ पदाधिकारी पदका लागि ४२ जनाको उम्मेदवारी परेकोमा महिलाको संख्या जम्मा चार जनामा सीमित थियो ।

उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलबाट बिन्दा पाण्डे, सचिवमा संस्थापन पक्षबाट पद्मा अर्याल र पोखरेल प्यानलबाट रचना खड्का उम्मेदवार बनेका थिए भने पेम्बा लामा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा थिइन्। हालसम्मको परिणामले पाण्डे, खड्का र लामा प्रतिस्पर्धामा पछाडि परेको देखाउँछ। सचिव पदमा उम्मेदवार बनेकी पद्मा अर्याल भने जित नजिक देखिएकी छन् । यसअघिको कार्यकालमा पनि सचिव रहेकी अर्यालले यस पटक लोकप्रिय मत पाइरहेकी छन् । पहिलो स्थानका लागि महेश बस्नेत र छविलाल विश्वकर्मासँग उनको कडा प्रतिस्पर्धा चलिरहेको छ । सचिव पदका अन्य दुई महिला उम्मेदवार रचना खड्का र पेम्बा लामा भने शीर्ष ९ भित्र अटाउन सकेका छैनन् ।

उपाध्यक्ष पदकी उम्मेदवार बिन्दा पाण्डेको अवस्था पनि चुनौतीपूर्ण बनेको छ । ११ जना उम्मेदवारबीचको प्रतिस्पर्धामा उनी हाल आठौं स्थानमा छिन्, जबकि निर्वाचित हुन शीर्ष पाँचभित्र पर्नु अनिवार्य छ । यसअघि एमालेको पदाधिकारी टिममा अष्टलक्ष्मी शाक्य र पद्मा अर्याल गरी दुई महिलाको प्रतिनिधित्व थियो । पुस्तान्तरणको पक्षमा वकालत गर्दै अष्टलक्ष्मी शाक्यले यस महाधिवेशनमा उम्मेदवारी नदिएपछि पार्टी नेतृत्वमा महिला सहभागिता थप खुम्चिने देखिएको हो । मतपरिणाम यही प्रवृत्तिमा गए एमालेको आगामी पदाधिकारी टिममा एक मात्र महिला नेतृका रूपमा पद्मा अर्याल सीमित हुने सम्भावना बलियो बन्दै गएको छ ।

 

सचिव पदमा ओली समूहका नौं जना नै अगाडि, पोखरेल पक्ष ‘बढारिने’ सक्ने संकेत

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनअन्तर्गत जारी मतगणनामा सचिव पदका लागि केपी शर्मा ओली समूहका उम्मेदवारहरूको दबदबा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार सचिव पदमा अग्रता लिने शीर्ष ९ जना उम्मेदवार सबै ओली टिमकै रहेका छन्, जसले नेतृत्व तहमा ओली समूहको बलियो प्रभाव स्पष्ट पारेको छ ।

मत परिणामअनुसार ओली टिमका छविलाल विश्वकर्मा र महेश बस्नेतले समान ३११ मत प्राप्त गर्दै अग्रस्थान ओगटेका छन् । उनीहरूलाई नजिकबाट पछ्याउँदै पद्माकुमारी अर्यालले ३०५ मत र शेरधन राईले ३०० मत प्राप्त गरेका छन् । यी चार उम्मेदवारले ३ सयभन्दा बढी मत कटाएर आफ्नो स्थिति थप मजबुत बनाएका छन् । यसैगरी खगराज अधिकारीले २७९ मत, हिक्मत कुमार कार्कीले २७४ मत, यमलाल कडेलले २६९ मत, राजन भट्टराईले २३६ मत र भानुभक्त ढकालले २२५ मत प्राप्त गरेका छन् । हालसम्मको गणनाले सचिव पदमा ओली समूहको स्पष्ट अग्रता देखाएको छ ।

सचिव पदका लागि कुल २० जनाको उम्मेदवारी परेको भए पनि अन्य उम्मेदवारहरूले भने २ सय मतसमेत कटाउन सकेका छैनन्। यसले प्रतिस्पर्धा एकतर्फी बन्दै गएको संकेत गरेको छ । यसैबीच, ईश्वर पोखरेल समूहका तर्फबाट सचिव पदका बलिया दाबेदारका रूपमा हेरिएका गोकुल बास्कोटा भने अपेक्षाकृत कमजोर अवस्थामा देखिएका छन् । हालसम्म बास्कोटाले १९२ मत मात्र प्राप्त गरेका छन् र शीर्ष ९ भित्र अटाउन संघर्षरत छन् । पोखरेल समूहका अन्य उम्मेदवारहरू पनि पछाडि परेका छन् । मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी नै छ । तर अहिलेसम्मको परिणामले एमालेको आगामी नेतृत्व संरचनामा ओली समूहको प्रभाव निर्णायक रहने संकेत दिएको छ।
अरु उम्मेदवारको मतः

अग्निप्रसाद खरेल – १४९
इन्द्रलाल साप्कोटा – ७४
कर्णबहादुर थापा – १६६
कृष्ण गोपाल श्रेष्ठ – ११४
गोकुलप्रसाद बास्कोटा – १९२
ठाकुरप्रसाद गैरे – १७५
पुर्सोतम पौडेल – ८६
पेम्वा लामा – ८५
रचना खड्का – १६९
लालबाबु पण्डित – ७३
विनोदप्रसाद ढकाल – १४८

महासचिवमा पोखरेलले बढाए पाण्डेसँगको अग्रता

काठमाडौं । नेकपा एमालेको महासचिव पदका लागि शंकर पोखरेलले सुरेन्द्र पाण्डेसँगको अग्रता बढाएका छन् । १,१४१ मत गनिसक्दा शंकर पोखरेलले ६१३ मत पाएका छन् भने सुरेन्द्र पाण्डेले ५२८ मत ल्याएका छन् । मतगणनाको प्रारम्भिक चरणमा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा थियो। मतगणना जारी रहँदा पोखरेलले मतान्तर बढाउँदै लगेका हुन् । पोखरेल ओली समूहका उम्मेदवार हुन् भने पाण्डेले ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका छन् ।

आधा मत गन्दा ओलीको ८४३, पोखरेलको कति ?

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ ।

निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् । १,१३९ मत गन्दा अहिलेसम्म अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका हुन् । ओली र पोखरेलबीच अहिले ५४७ मतान्तर छ । ओलीले मत गणना सुरू भएदेखि लगतार अग्रता लिइरहेका छन् ।

 

ओलीका ‘विश्वास पात्र’ रिमाल ‘रिस्क जोन’ मा

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओली पक्षले अधिकांश पदमा प्रभुत्व जमाइरहे पनि उनका निकटस्थ नेता विष्णु रिमाल उपमहासचिव पदमा भने जोखिमपूर्ण अवस्थामा देखिएका छन् । तीन जना उपमहासचिव रहने व्यवस्थामा सातजनाबीच प्रतिस्पर्धा भइरहेको छ । प्रारम्भिक तथा पछिल्लो मत परिणामअनुसार रिमाल ‘टप थ्री’ बाहिर चौथो स्थानमा छन् । हालसम्म उनले करिब २३० मत पाएका छन्, जबकि शीर्ष तीनमा रहेका उम्मेदवारसँग उनको मतान्तर उल्लेख्य छ ।

मतगणनामा लेखराज भट्टराई सर्वाधिक मतसहित अग्रस्थानमा छन् । यसअघि सचिव रहेका भट्टराईलाई संस्थापन पक्षले उपमहासचिवमै समेटेको हो । दोस्रो स्थानमा रघुवीर महासेठ छन् भने ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई तेस्रो स्थानमा छन् । महासेठ र योगेशबीचको मतान्तर निकै सानो (केवल केही मत) रहेकाले प्रतिस्पर्धा थप रोचक बनेको छ । ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका रिमाल संस्थापन पक्षका भरोसायोग्य मानिन्छन् । उनी पराजित भए अध्यक्ष ओलीका लागि संगठनभित्र राजनीतिक सन्देश जाने विश्लेषण भइरहेको छ ।

यद्यपि मतगणना अझै जारी रहेकाले रिमालले अन्तिम चरणमा मत बढाएर शीर्ष तीनमा स्थान सुरक्षित गर्ने सम्भावना भने कायमै छ । उपमहासचिवको प्रतिस्पर्धामा आनन्दप्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्र गौतम भने स्पष्ट रूपमा पछि परेका छन्। गौतमले त आफ्नो उम्मेदवारी लगभग निस्क्रिय बनाइसकेका छन् । समग्रमा हेर्दा एमाले नेतृत्वमा ओली पक्षको पकड बलियो देखिए पनि उपमहासचिव पदमा विष्णु रिमालको अवस्था संस्थापनका लागि सबैभन्दा संवेदनशील र निर्णायक बनेको छ ।

 

भित्र मतगणना, बाहिर घाम तापेर नतिजाको पर्खाइ (तस्वीरहरु)

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भृकुटीमण्डपको हलभित्र मतगणना चलिरहँदा बाहिर नेता कार्यकर्ता पर्खाइमा छन् । महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारहरू कोही घाम तापेर त, कोही गफगाफ गरेर मतगणनाको प्रतीक्षा गरिरहेका छन् । बिहीबार बिहान मतदान सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना शुरू गरिएको हो । मतपरिणाम एकै पटक सार्वजनिक गरिने निर्वाचन आयोगका उपप्रमुख सानुराजा पोखरेलले जानकारी दिए ।

एमालेले नेतृत्व चयनका लागि ८० वटा विद्युतीय भोटिङ मशिन प्रयोग गरेको थियो । एमालेमा २२६३ प्रतिनिधि रहेकामा २२२७ जना मात्र मतदानमा सहभागी भएका थिए । एमालेको नेतृत्वमा तेस्रो कार्यकालका लागि केपी शर्मा ओली आफैं प्रतिस्पर्धामा छन् । उनलाई ईश्वर पोखरेलले प्यानलसहित टक्कर दिएका छन् । एमालेको महाधिवेशनको उद्घाटन सत्र मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा भएको थियो ।

हेर्नुस्, तस्वीरहरु

तीन महिनामा सरकारले पुनरुत्थान र पुनर्निर्माणको बाटोमा आशा जगायो : मन्त्री खनाल

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनर्निर्माणको बाटोमा आशा जगाउन सफल भएको बताएका छन् । बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उन यस्तो दाबी गरेका हुन् । उनले भदौ २३ र २४ को घटनापछि नेपाल एउटा अनिश्चयको भुमरिमा फस्यो, अर्थतन्त्र ध्वस्त भयो, नागरिकहरु विचल्लीमा परे भन्ने परिदृश्य भन्दा फरक सरकारले ९० दिनमै तीब्र गतिमा पुनर्निर्माण गरेको बताए ।

कच्चा पदार्थ आयातको अंकले उत्पादनका कामहरुमा गतिशिलता बढेको देखाएको बताए । उनले उपभोग्य वस्तुको आयातले उपभोग बढाएको बताए । गत तीन महिनाको अवधिमा भदौ महिनामा केही ह्रास भए पनि असोज, कार्तिक र मंसिर र पुसको आजको मितिसम्म करिव १० प्रतिशतको हाराहारीमा कर राजश्व वृद्धि भएको बताए । उनले भने, ‘भदौ २३ र २४ को घटनापछिको एक हप्तामा जुन हिसावले नेपालीहरुले अनुमान गरेका थिए, नेपाल एउटा अनिश्चयको भुमरिमा फस्यो । अर्थतन्त्र ध्वस्त हुन्छ, नागरिकहरुले बिचल्लीको अवस्था भोग्नुपर्छ भन्ने त्यो परिदृश्यबाट हामी ९० दिनकै अवधिमा निकै चाँडो गतिले हामी पुनरुत्थानको बाटोमा, पुनर्निर्माणको बाटोमा र आशा जगाउने बाटोमा अघि बढेका छौँ । तथ्यांकले पनि हामीले केही प्रगति गरेको देखाउँछ ।’

उनले भने, ‘खासगरी अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् की छैनन्, उत्पादनका कामहरु बढेका छन् की छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ की छैन भन्ने सूचकहरु मूलभुत रुपमा नेपाल सरकारको मूल्यवृद्धिकर, राजश्व संकलन, अन्तःशुल्क संकलन, भन्सार संकलनले संकेत गर्दछ । कच्चा पदार्थ आयातको अंकले उत्पादनका कामहरुमा गतिशिलता बढेको छ । उपभोग्य वस्तु र अन्तर इन्टरमेडेरी वस्तुको आयातले उपभोग बढाएको छ । उत्पादन बढाएको छ । गत तीन महिनाको अवधिमा भदौ महिनामा अलिकति ह्रास भएपनि असोज, कार्तिक र मंसिर र पुसको आजको मितिसम्म करिव १० प्रतिशतको हाराहारीमा यि तीन वटै कर राजश्व वृद्धि भएको छ ।’ मन्त्री खनालले पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरे । नेपालको इतिहासमै अक्टोबर २०२५ मा सबैभन्दा धेरै पर्यटक आएको बताए । अन्तर्राष्ट्रिय जगतले पनि जुनसुकै संकटबाट पनि नेपाल छिटो पुनरुत्थानको बाटोमा जाने गरी हेरिरहेको बताए ।

महासचिवमा सुरेन्द्र भन्दा शंकर अगाडि, कति छ मतान्तर ?

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार पोखरेलले ३६४ मत ल्याएका छन् भने पाण्डेले ३०२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । निवर्तमान महासचिव पोखरेल यसपालि पनि त्यही पदमा निरन्तरता दिन ओली पक्षबाट उठेका हुन् । पाण्डे भने ईश्वर पोखरेल पक्षबाट महासचिव लडिरहेका छन् ।

महाधिवेशन प्रतिनिधिले ओलीमाथि भएको प्रहारको जवाफ दिए: महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले महाधिवेशन प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको जवाफ दिएको बताएका छन् ।

महाधिवेशनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएपछि महाधिवेशनस्थल भृकुटीमण्डममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्षका लागि भएको प्रतिस्पर्धामा ओली आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेल भन्दा लगभग तेब्बर मतले अघि देखिएपछि उनले यस्तो प्रतिकृया दिएका हुन् ।

ईश्वर पोखरेल पक्षलाई केही पदाधिकारी दिएर जाने गरी सहमति गरौं भनेर अन्तिमसम्म प्रयास गर्दा पनि पोखरेल पक्ष नमानेको पनि उनले दाबी गरे । ‘केही पदाधिकारी उहाँहरूलाई दिएर सहमति गरेर जाउँ भनेर अन्तिमसम्म प्रयास भएको हो,’ उनले भने, ‘तर उहाँहरू मान्नु भएन, लोकतान्त्रिक विधि मानेर चुनावमै जाने भएपछी चुनावमा गएका हौं ।’

तर, सचेत प्रतिनिधिले पार्टीमा ओलीको आवश्यकता भएको बुझेर त्यसैअनुसार मतदान गरेको उनले बताए ।

उनले सुशिला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र निरंकुश भएको तर्क पनि गर्दै प्रतिनिधि सभा पुन:स्थापना गरी अघि बढ्ने पनि बताए । जारी अधिवेशनमा बस्नेत सचिव पदका प्रत्याशी हुन् ।

सचिवमा पद्मालाई महेश र छविलालले उछिने, पोखरेल पक्ष धेरै पछाडि

काठमाडौं । नेकपा एमालेको ९ जना सचिवका लागि भएको निर्वाचनमा संस्थापन पक्षको एकछत्र दबदबा देखिएको छ । पछिल्लो मतगणना अनुसार संस्थापन पक्षका महेश बस्नेत र छविलाल विश्वकर्माले सर्वाधिक लोकप्रिय मत पाएका छन् । सुरुको अपडेटमा पद्मा अर्याल अगाडि थिइन् भने दोस्रो अपडेट अनुसार बस्नेतले उनलाई उछिनेका हुन् । बस्नेत र विश्वकर्मालाई बराबर ३११ मत आउँदा अर्याललाई ३०५ मत आएको छ । चौंथो सर्वाधिक मत शेरधन राईले पाएका छन् । उनलाई अहिलेसम्म ३०० मत आएको छ ।

टप ९ भित्र अटाएका अन्य ५ उम्मेदवारहरूमा क्रमशः हिक्मत कुमार कार्की यामलाल कँडेल, खगराज अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराई रहेका छन् । ईश्वर पोखरेल पक्षका उम्मेदवार गोकुल बास्कोटालाई सचिवमा बलियो दाबेदार मानिएको थियो । तर, उनी टप ९ भित्र अटाउन संघर्ष गरिरहेका छन् । बास्कोटालाई अहिलेसम्म १९२ मत आएको छ । पोखरेल पक्षका अन्य उम्मेदवारहरू पछाडि परेका छन् ।

एमाले अध्यक्षमा ओली ईश्वर भन्दा तेब्बर मतले अगाडि

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा मतगणना भइरहेको छ । अहिलेसम्म गणना भएअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अगाडि छन् । ओलीले ३३३ मत ल्याएका छन् । अध्यक्ष पदमा ईश्वर पोखरेलले ११० मत ल्याएका छन् । ओली पोखरेल भन्दा तेब्बर मतले आगाडि देखिएका छन् । महासचिवमा ओलीपक्षकै उम्मेदवार शंकर पोखरेल अगाडि छन् । शंकरले २४९ मत ल्याएका छन् । पोखरेल पक्षका महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन् ।

एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङको अग्रता, गोकर्ण विष्ट चौथो स्थानमा

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको नतिजामा उपाध्यक्षतर्फ पृथ्वी सुब्बा गुरुङको अग्रता देखिएको छ । मतगणनाको दोस्रो अपडेटमा गुरुङ अगाडि लागेका हुन् । गुरुङले ३५६, विष्णु पौडेलले ३४९, रामबहादुर थापा बादल ३०९, गोकर्ण विष्ट २५६, रघुजी पन्त २५३, गुरु बराल २४२ र विन्दा पाण्डेले १६९ मत ल्याएका छन् । ५ उपाध्यक्षका लागि भएको मतगणनामा ईश्वर पोखरेल समूहबाट विष्टको अग्रता देखिएको छ । उपाध्यक्षमा अरुण नेपाल (३८), टकंप्रसाद कार्की (४३) पर्शुराम मेघि गुरुङ (४७), भिमप्रसाद आचार्य (२७) र विन्दा पाण्डेले हालसम्म ९८ मत पाएकी छन् ।

एमाले उपमहासचिवमा लेखराज भट्टको अग्रता, योगेश र रघुवीर पछ्याउँदै

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको पछिल्लो मतपरिणाम अनुसार उपमहासचिव पदमा लेखराज भट्टले सुरुवाती अग्रता लिएका छन् । निर्वाचन समितिको प्रारम्भिक विवरण अनुसार भट्टले हालसम्म सबैभन्दा बढी १४७ मत प्राप्त गरेका छन् ।
हेर्नुस् प्रारम्भिक मत
लेखराज भट्ट–१४७
योगेश भट्टराई–१४०
रघुवीर महासेठ–१२६
विष्णुप्रसाद रिमाल–१०५
आनन्दप्रसाद पोख्रेल–७१
वैजनाथ चौधरी–५४
राजेन्द्रप्रसाद गौतम–२६

एमाले सचिवमा पद्मा सबैभन्दा अगाडि, महेश दोस्रो, गोकुलको कति ?

काठमाडौं । एमालेको जारी गणनाको प्रारम्भिक अपडेट अनुसार सचिवमा पद्मा अर्याल १५२ मतका साथ सबैभन्दा अगाडि छिन् । १५० मतका साथ दोस्रोमा महेश र छविलाल विश्वकर्माको १४५ छ । शेरधन राईको १४३ छ । ईश्वर प्यानलका गोकुल बास्कोटा १०४ मतका साथ नवौं स्थानमा छन् । ९ सचिवका लागि जम्मा २० जना प्रतिष्पर्धामा छन्।
हालसम्म कसको कति मत ?
सचिव
अग्निप्रसाद खरेल – ७७
इन्द्रलाल साप्कोटा – ४१
कर्णबहादुर थापा – ९३
कृष्ण गोपाल श्रेष्ठ – ५९
खगराज अधिकारी – १३२
गोकुल प्रसाद बास्कोटा – १०४
छविलाल विश्वकर्मा – १४५
ठाकुर प्रसाद गैरे – ९३
पद्मा कुमारी अर्याल – १५२
पुर्सोतम पौडेल – ५९
पेम्वा लामा – ५०
भानुभक्त ढकाल – १०७
महेश बस्नेत – १५०
यमलाल कडेल – १२७
रचना खड्का – ८३
राजन भट्टराई – ११३
लालबाबु पण्डित – ७३
विनोदप्रसाद ढकाल – ८२
शेरधन राई – १४१
हिक्मतकुमार कार्की – १३८

अध्यक्षमा केपी ओलीको शुरुवाती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूवाती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।

यस्तो छ प्रारम्भिक चरणको मत :-
अध्यक्ष
केपी शर्मा ओली – १५६
ईश्वर पोखरेल – ६७

उपाध्यक्ष
अरुण नेपाल – ३८
गुरु प्रसाद बराल – १०९
गोकर्ण राज विष्ट – १३३
टकं प्रसाद कार्की – ४३
पर्शुराम मेघि गुरुङ्ग – ४७
प्रथवि सुव्वा गुरुङ – १७१
भिम प्रसाद आचार्य – २७
रघु जी पन्त – १२३
रामबहादुर थापा बादल ः १५३
विन्दा पाण्डे – ९८
विष्णु प्रसाद पौडेल – १७३

महासचिव
शंकर पोख्रेल – ११५
सुरेन्द्र प्रसाद पाण्डे –१०८

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल – ७१
योगेस भट्टराइ – १४०
रघुविर महासेठ – १२६
राजेन्द्र प्रसाद गौतम – २६
लेखराज भट्ट – १४७
विष्णु प्रसाद रिमाल – १०५
वैजनाथ चौधरी – ५४

सचिव
अग्नि प्रसाद खरेल – ७७
इन्द्रलाल साप्कोटा – ४१
कर्णबहादुर थापा – ९३
कृष्ण गोपाल श्रेष्ठ – ५९
खगराज अधिकारी – १३२
गोकुल प्रसाद बास्कोटा – १०४
छविलाल विश्वकर्मा – १४५
ठाकुर प्रसाद गैरे – ९३
पद्मा कुमारी अर्याल – १५२
पुर्सोतम पौडेल – ५९
पेम्वा लामा – ५०
भानुभक्त ढकाल – १०७
महेश बस्नेत – १५०
यमलाल कडेल –
रचना खड्का – ८३
राजन भट्टराइ – ११३
लाल बाबु पण्डित – ७३
विनोद प्रसाद ढकाल – ८२
शेरधन राई – १४१
हिक्मत कुमार कार्की – १३८

महासचिवमा शंकर पोखरेलको प्रारम्भिक अग्रता

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक परिणाम आएको छ । निर्वाचन आयोगले २२३ मत गणना गरेर प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । जसअनुसार महासचिवमा शंकर पोखरेलले ११७ मत प्राप्त गर्दा अर्का प्रत्यासी सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त परेका छन् । अध्यक्षमा भने केपी शर्मा ओलीले १५६ र ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।

प्रारम्भिक चरणको मत
अध्यक्ष
केपी शर्मा ओली – १५६
ईश्वर पोखरेल – ६७

उपाध्यक्ष
अरुण नेपाल – ३८
गुरु प्रसाद बराल – १०९
गोकर्ण राज विष्ट – १३३
टकं प्रसाद कार्की – ४३
पर्शुराम मेघि गुरुङ्ग – ४७
प्रथवि सुव्वा गुरुङ – १७१
भिम प्रसाद आचार्य – २७
रघु जी पन्त – १२३
रामबहादुर थापा बादल ः १५३
विन्दा पाण्डे – ९८
विष्णु प्रसाद पौडेल – १७३

महासचिव
शंकर पोख्रेल – ११५
सुरेन्द्र प्रसाद पाण्डे -१०८

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल – ७१
योगेस भट्टराइ – १४०
रघुविर महासेठ – १२६
राजेन्द्र प्रसाद गौतम – २६
लेखराज भट्ट – १४७
विष्णु प्रसाद रिमाल – १०५
वैजनाथ चौधरी – ५४

सचिव
अग्नि प्रसाद खरेल – ७७
इन्द्रलाल साप्कोटा – ४१
कर्णबहादुर थापा – ९३
कृष्ण गोपाल श्रेष्ठ – ५९
खगराज अधिकारी – १३२
गोकुल प्रसाद बास्कोटा – १०४
छविलाल विश्वकर्मा – १४५
ठाकुर प्रसाद गैरे – ९३
पद्मा कुमारी अर्याल – १५२
पुर्सोतम पौडेल – ५९
पेम्वा लामा – ५०
भानुभक्त ढकाल – १०७
महेश बस्नेत – १५०
यमलाल कडेल –
रचना खड्का – ८३
राजन भट्टराइ – ११३
लाल बाबु पण्डित – ७३
विनोद प्रसाद ढकाल – ८२
शेरधन राई – १४१
हिक्मत कुमार कार्की – १३८

एमाले मत गणना : दुबैतर्फ पाँच–पाँच जना प्रतिनिधि

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मत परिणाम आउनेछ । आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मत गणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५-५ जना प्रतिनिधि राखिएको छ । ‘हामीले मतगणना प्रारम्भ गरेका छौं । मतगणनाका लागि एउटा व्यवस्था गरेका छौं । दुई वटै उम्मेदवारको तर्फबाट ५–५ जना प्रतिनिधि राखेका छौं,’ उनले भने ।

ती प्रतिनिधिहरूमा राजनीतिक व्यक्तित्वको रुपमा दुई र अरु प्राविधिकको रुपमा दुई जना पनि राखिएको उनले जानकारी दिए । ‘अन्य एसिस्टेन्टको रुपमा पनि राखेका छौं । मेशिनका प्राविधिक र निर्वाचन आयोगका सदस्य हुनुहुन्छ,’ पोखरेलले भने । प्राविधिकले दिएको जानकारी अनुसार, सबै मतपरिणाम सार्वजनिक गर्नका लागि ३ घण्टा लाग्ने उनले जानकारी दिए । जसका लागि १० वटा बुथको स्थापना गरिएको छ ।

 

एमाले महाधिवेशन : आज अध्यक्ष र दुई आयोगका अध्यक्षको मात्र शपथ

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेशिनमार्फत भएको मतदान बिहीबार बिहान सम्पन्न भएपछि गणनाको प्रक्रिया अघि बढाइएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार मतगणना औपचारिक रूपमा सुरु भइसकेको छ । आयोगका अध्यक्ष विजय सुब्बाले विद्युतीय प्रणाली भएकाले दुईदेखि तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनका अनुसार अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको परिणाम एकैसाथ सार्वजनिक हुनेछ ।

निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ मत खसेका छन् । विभिन्न कारणले ३६ प्रतिनिधि मतदानमा सहभागी हुन सकेनन् । मतदान बुधबार बिहान ९ः२० बजे सुरु भई करिब २१ घण्टापछि बिहीबार बिहान ७ बजे सम्पन्न भएको थियो ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिष्पर्धामा छन् । दुवै प्यानल बाहिर रहेकाहरूले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैबीच केन्द्रीय लेखा आयोगका अध्यक्षमा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगका अध्यक्षमा प्राध्यापक डा. भरतराज पहारी निर्विरोध निर्वाचित भइसकेका छन् । नतिजा सार्वजनिक भएपछि आजै पार्टी अध्यक्ष तथा दुई आयोगका अध्यक्षलाई शपथ ग्रहण गराइने निर्वाचन आयोगले जनाएको छ। प्रमाणपत्र वितरण भने आज नहुने र अन्य प्रक्रिया पछि अघि बढाइने बताइएको छ । एमाले महाधिवेशनको सबैभन्दा चासोको विषय बनेको अध्यक्ष पदको नतिजाले पार्टीको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

योगेश भट्टराईको दावी : एमाले फुट्दैन, महाधिवेशनपछि झन् मजबुत बन्छ

काठमाडौं । नेकपा (एमाले) का निवर्तमान सचिव तथा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टी विभाजनको चर्चा निराधार भएको बताएका छन् । महाधिवेशनपछि एमाले झन एकताबद्ध र बलियो भएर अघि बढ्ने उनको दाबी छ । मत गणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले महाधिवेशनपछि एमाले फुट्छ भन्ने आशा राख्नेहरूलाई कडा सन्देश दिए । उनले भने, ‘यो महाधिवेशनबाट एमाले फुट्छ भन्ने कसैले सोचेको छ भने, उसको हातमा केही पर्दैन । हामी महाधिवेशन हलमै जति मिलेको देखियौं, चुनावी नतिजापछि त्यसभन्दा बढी मिलेर देखिन्छौं ।’

भट्टराईका अनुसार एमाले कुनै व्यक्ति वा समूहले होइन, कार्यकर्ताले जोगाएर ल्याएको पार्टी हो । त्यसैले महाधिवेशनपछि विभाजन हुन्छ भन्ने प्रश्न नै अप्रासंगिक भएको उनले बताए । ‘एमाले फुट्छ भन्ने प्रश्नलाई हामी पूर्ण रूपमा खारेज गर्छौ’, उनले भने । उनले निर्वाचनबाट आउने नयाँ नेतृत्वले पार्टीलाई थप व्यवस्थित, अनुशासित र जनमुखी बनाउने विश्वास व्यक्त गरे । महाधिवेशनपछि एमाले सबै किसिमका राजनीतिक चुनौतीको सामना गर्न सक्षम भएर जनतामाझ जाने उनले दाबी गरे । भट्टराईले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, प्रतिष्पर्धा र बहसलाई कमजोरी होइन, एमालेको शक्ति भएको उल्लेख गर्दै महाधिवेशनले त्यसलाई अझ सुदृढ बनाएको बताए ।

पटक–पटकको स्थगनपछि आज रवि र छविको मुद्दा पेसीमा

काठमाडौं । सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज (बिहीबार) सुनुवाइ हुँदैछ । उच्च अदालत बुटवलमा दायर गरिएको पुनरावेदन निवेदनमाथि आज बिहीबारका लागि पेसी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यसअघि पटक–पटक स्थगित हुँदै आएको सुनुवाइ प्रक्रिया आज भने अघि बढ्ने अपेक्षा गरिएको छ ।

यसअघि गत साता यो मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने त्यसभन्दा अगाडि दुई पटक लामिछाने पक्षका कानुन व्यवसायीहरूको निवेदनका आधारमा सुनुवाइ स्थगित गरिएको थियो । सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते लामिछाने र जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशमा लामिछानेले आफ्नो भागको बिगो रकम बुझाउन मञ्जुर हुँदाहुँदै पनि अदालतले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको उक्त आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै लामिछानेका तर्फबाट गत भदौ ९ गते उच्च अदालत बुटवलमा पुनरावेदन (७३ नम्बर) निवेदन दर्ता गराइएको थियो । सोही निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । आजको इजलासले जिल्लाको आदेश सदर गर्छ वा उनीहरूलाई धरौटी वा साधारण तारेखमा रिहा गर्ने आदेश दिन्छ, त्यसैमा सबैको चासो केन्द्रित छ ।

 

एमाले नेतृत्व चयन : मेशिनको चिप्स झिकेर मुचुल्का तयार गरिँदै, सबै परिणाम एकसाथ सुनाइने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । बिहीवार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सकिएको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा भएको छ ।

अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ । अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना शुरु हुनेछ । ८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने र मतपत्र गणना र मेशिनमा खसेको मतको गणना गर्दा मिल्नु पर्ने हुन्छ । प्रत्यके मेशिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ । कुल ८० मेशिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ ।

त्यसपछि मेसिन लक गर्ने र मेशिनको अलग–अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ । ८ बजेबाट मत गणना प्रारम्भ गर्ने र त्यसको तीन घण्टाभित्र नतिजा घोषणा गर्न सकिने बताइएको छ । महाधिवेशनस्थलमा रहेका एमाले नेता ठाकुरप्रसाद गैरेले मतदानको प्रक्रिया शुरु भएपछि सम्पन्न हुन दुई दिन समय लागेको र ८० वटा मेशिनबाट मतदान भएको र एउटा मेशिनबाट एक जनाले मतदान गर्दा सवा घण्टासमेत लागेको बताए । छिटो छरितो कसरी गर्ने भन्ने बारेमा स्पष्ट भएको बताए । प्रविधिको प्रयोगमा चुस्ततामा कमी रहेको र धेरै कुरा विकास गर्न बाँकी रहेको अनुभव भएको बताए । उनले समयमै मतदान सम्पन्न गर्न चिसो, जाडो सहेर भएपनि मतदान नरोकी सम्पन्न गरिएको बताए ।

कसरी भइरहेको छ एमालेमा मतगणना?

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा बिहीबार बिहान मतदान सकिएपछि अहिले मतगणना सुरू भएको छ । बुधबार बिहान ९ बजे सुरू भएको मतदान झन्डै २२ घण्टामा सकिएको थियो ।

२२६३ प्रतिनिधि रहेको महाधिवेशनमा २२२७ जनाले १९ पदाधिकारी सहित ३०१ केन्द्रीय सदस्य र केन्द्रीय विभागका लागि मतदान गरेका छन् ।  निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबीच प्रतिस्पर्धा छ ।

८० वटा मेसिनबाट भएको मतदानको मतगणना गर्न केही घण्टा मात्रै लाग्ने पार्टी निर्वाचन आयोगले जानकारी दिएको छ। विद्युतीय मतदान भए पनि यी सबै मेसिनलाई एक आपसमा जोडिएको छैन ।

८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने र मतपत्र गणना र मेसिनमा खसेको मतको गणना गर्दा मिल्नुपर्ने हुन्छ । प्रत्यके मेसिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ । कुल ८० मेसिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ । त्यसपछि मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ ।

सबै मेसिनमा परेको मत अलगअलग गणना गरिने छ। यसका लागि पहिले मेसिनका चीपहरू निकालेर कम्प्युटरमा डेटा सारिन्छ । यसपछि यी डेटाको मतपरिणाम हेरिन्छ ।

मतपरिणाम तयार भएपछि सर्वपक्षीय बैठक बस्नेछ र यसपछि नतिजा सुनाइने एमालेले जनाएको छ ।

यसका लागि तीन देखि चार घण्टा लाग्ने आयोगले जनाएको छ ।

एमाले महाधिवेशन : मतगणनाको घडी सुरु, कति बजेसम्ममा आउला नतिजा ?

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएसँगै मत गणनाको तयारी तीव्र पारिएको छ। साढे २१ घण्टा लामो मतदान प्रक्रिया बिहीबार बिहान करिब ७ बजे सकिएको हो ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार बुधबार बिहान ९ः२० बजे विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान निर्धारित समयभन्दा लामो समय चलेर आज बिहान सम्पन्न भएको हो । मतदान सकिएलगत्तै मतगणनाको तयारी थालिएको र आवश्यक प्राविधिक तथा प्रक्रियागत काम पूरा भएपछि गणना सुरु गरिने उनले जानकारी दिए । उनका अनुसार मतगणना सुरु भएको करिब दुईदेखि तीन घण्टाभित्र प्रारम्भिक परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यसैबीच केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले पनि मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको पुष्टि गर्दै बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिए । मतगणनाअघि मुचुल्का उठाउने र उम्मेदवार तथा प्रतिनिधिबीच आवश्यक सहमति कायम गर्न केही समय लाग्ने भएकाले नतिजा आउन तीन घण्टा जति लाग्न सक्ने उनको भनाइ छ ।

महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मात्र मतदान गरेका छन् । विभिन्न कारणले ३६ जना प्रतिनिधि मतदानमा सहभागी हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।

नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । यस बाहेक दुवै प्यानलमा नअटाएका केही उम्मेदवारहरूले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन् । ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । लामो समय चलेको मतदानपछि अब सबैको चासो मतगणनाको परिणामतर्फ केन्द्रित भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा मतगणनाको अन्तिम तयारी भइरहेकाले आजै नयाँ नेतृत्वको चित्र स्पष्ट हुने अपेक्षा गरिएको छ ।

एमाले चुनाव : उम्मेदवार बनेकै नेताले गरेनन् मतदान

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनका क्रममा एउटा अनौठो र चासोपूर्ण घटना सार्वजनिक भएको छ । केन्द्रीय सदस्यका उम्मेदवार रहेका नेताले नै मतदान प्रक्रियामा भाग नलिएको तथ्य बाहिर आएको हो ।

गुल्मीका राजेन्द्र अर्याल, जो महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए, उनले मतदान नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा देखिएको छ । मतदानमा अनुपस्थित उम्मेदवारको सूचीमा उनको पनि नाम देखिएपछि अर्यालसँग सम्पर्क गर्दा उनले यसलाई ‘नो भोट’ को रूपमा व्याख्या गरे ।

अर्यालले भने, ‘मैले नो भोटको सदुपयोग गरें । नेताहरूले अन्तिम सूचीमा नपारेपछि म पनि घर आएर आराम गरें । कहिलेकाहीँ भोट नहाल्नु पनि एउटा सन्देश हुन्छ।’ प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष रहेका अर्याल र निवर्तमान अध्यक्ष गणेश बस्नेत दुवै केन्द्रीय सदस्यका उम्मेदवार थिए । दुवै जना अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका भए पनि उनीहरू ओली प्यानलको औपचारिक उम्मेदवार सूचीमा समेटिएका थिएनन् । यही कारण मतदानप्रति उनीहरूको उत्साह कमजोर बनेको नेताहरूको बुझाइ छ ।

पार्टीभित्र प्यानल राजनीति हाबी हुँदै जाँदा योगदान र अनुभवभन्दा पनि गुटीय समीकरण प्राथमिकतामा परेको भन्दै केही नेता असन्तुष्ट देखिएका छन् । उम्मेदवार भएर पनि मतदान नगर्नु पार्टीभित्रको असन्तोष र निराशाको संकेत भएको टिप्पणी समेत सुरु भएको छ । एमालेको महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा केन्द्रित रहे पनि यस्ता घटनाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, समावेशिता र प्यानल संस्कृतिमाथि पुनः प्रश्न उठाएको छ ।

सकियो एमालेको मतदान, ३६ प्रतिनिधि अनुपस्थित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि गरिएको मतदान प्रक्रिया सम्पन्न भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे टुंगिएको हो । लामो समयसम्म चलेको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनका लागि कुल २ हजार २ सय ६३ जना प्रतिनिधि चयन भए पनि सबैको सहभागिता भने हुन सकेन । निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार जम्मा २ हजार २२७ मत मात्र खसेका छन् । उनका अनुसार ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुन अनुपस्थित रहे । ‘कुल प्रतिनिधिमध्ये २ हजार २२७ मत खसेको छ भने ३६ जना अनुपस्थित हुनुहुन्छ’, उनले जानकारी दिए ।

मतदानका लागि भृकुटीमण्डप परिसरमा ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको थियो । ठूलो संख्यामा प्रतिनिधि सहभागी भएकाले मतदान प्रक्रिया व्यवस्थित बनाउन इलेक्ट्रोनिक प्रणाली अपनाइएको निर्वाचन समितिको भनाइ छ । लामो समयसम्म चलेको मतदानका क्रममा कुनै ठूलो अवरोध वा विवाद नआएको जनाइएको छ ।

मतदान सकिएसँगै अब मतगणनाको अन्तिम तयारी पूरा भइसकेको छ । निर्वाचन समितिका अनुसार मतपरिणाम आजै सार्वजनिक गरिनेछ । बिहान ११ बजे भृकुटीमण्डपमै औपचारिक कार्यक्रम आयोजना गरी मतपरिणाम घोषणा गर्ने, निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने तथा शपथग्रहण गराउने कार्यतालिका तय गरिएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिष्पर्धामा छन् । दुवै नेताले आ–आफ्ना प्यानलसहित उम्मेदवारी दिएका छन् भने केही प्रतिनिधिहरूले प्यानल बाहिर रहेर स्वतन्त्र उम्मेदवारीसमेत दर्ता गराएका छन् । यस महाधिवेशनलाई एमालेको आगामी राजनीतिक दिशा र नेतृत्व संरचना तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार यी हुन् अनुपस्थित :

केन्द्रीय कमिटी
१. मुकुन्द न्यौपाने
२. बसन्त नेम्वाङ
३. बालकृष्ण काउछा मगर
४. ब्रिजेश गुप्ता
५. राजकुमार गुप्ता
६. हरि बहादुर राजवशी

अनुशासन आयोग
१. पोष्ट कुमार नेपाल
२. सरस्वती गौतम
३. सतिलाल राजवंशी
४. प्रदीप प्याकुरेल (सुशील)
(उपस्थित तर कार्ड नभएको)

निर्वाचन आयोग
१. समिर नेपालल
२. रचना राजोपाध्याय

लेखा आयोग
१. अशोक केसी

विभाग
१. धनश्याम कोइराला
२. संजीव रोकाहा

महाधिवेशन प्रतिनिधि

१. कृष्णमाया भुजेल (झापा)
२. लक्ष्मी यादव (बारा)
३. शत्रुधन प्रसाद सिंह (सिरहा
४. राजेन्द्र प्रसाद यादव (पर्सा)
५. अशु आनन्द (पर्सा)
६. मनोजकुमार गुप्ता (पर्सा)
७. विजय कापर (सप्तरी)
८. जितेन्द्र चौधरी (महोत्तरी)
९. दानबहादुर बिक
१०. बब्लु शिवाकोटी
११. सिर्जना नेपाली (प्रवास)
१२.अशिम कोइराला
१३. दिनेश बास्तोला
१४. गिरिराज बेलबासे
१५. राजेन्द्र अर्याल
१६. मिना पोख्रेल
१७. तेजकुमार विक
१८. पल्लवराज भट्ट
१९. तिलक रिजाल
२०. गोमा नेपाली

एमाले मतदानस्थलबाट योगेश भट्टराई : म अन्तिम मतदाता !

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले आफू अन्तिम मतदाता भएको बताएका छन्।आज (बिहीबार) बिहान पौने ६ बजेतिर उनले फेसबुकमा लेखेका छन्, ‘म अन्तिम मतदाता !’

यस्तो लेखेर उनले काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि जारी मतदान सकिँदै गरेको संकेत गरेका छन् । आज बिहान ५ः४३ बजे एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले अब सय जति मत खस्न बाँकी रहेको जानकारी दिएका छन् ।

उनले भने, ‘सबै जना भित्र पसिसक्नु भएको छ, अब मेसिनमा सय जति मत खस्न बाँकी होला । अरू एक घण्टा लाग्ला ।’ एमाले महाधिवेशनमा कुल २ हजार २६३ मतदाता छन् । जारी महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । योगेश ईश्वर समूहबाट उपमहासचिव पदमा उठेका हुन् ।

एमाले महाधिवेशन: मतदान सकियो, केही घण्टामा परिणाम

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि भइरहेको मतदान सकिएको छ । बुधबार बिहान नौ बजे सुरू भएको मतदान बिहिबार बिहान साढे ६ बजे तिर सकिएको हो ।

जम्मा २२६३ प्रतिनिधि रहेकोमा २२२७ जनाले मतदान गरेका छन् । ३६ जना महाधिवेशन प्रतिनिधि भने अनुपस्थित रहे ।

विद्युतीय मेसिनबाट गरिएको मतदानको परिणाम केही घण्टाभित्रै सार्वजनिक हुने छ ।

आगामी पाँच वर्ष एमालेको नेतृत्व गर्नका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिपस्पर्धामा होमिएका छन् ।

महाधिवेशनले १९ जनाको पदाधिकारी सहित ३०१ जनाको केन्द्रीय कमिटी निर्वाचित गर्ने छ ।

 

एमाले महाधिवेशनको मतदान सुस्त, रातभरमा पनि नसकिने संकेत

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान अपेक्षाकृत निकै सुस्त गतिमा अघि बढिरहेको छ । लामो मतपत्र, धेरै उम्मेदवार र प्यानलको सूची हेर्दै मतदान गर्नुपर्ने बाध्यताका कारण मतदान प्रक्रिया ‘कछुवा गति’ मा अगाडि बढिरहेको छ । बुधबार बिहान सवा ९ बजेबाट शुरू भएको मतदान साँझ ५ बजेसम्म आइपुग्दा जम्मा ८०२ प्रतिनिधिले मात्रै मत हालेका छन् । महाधिवेशनमा कुल २ हजार २ सय ६२÷६३ प्रतिनिधि रहेका छन् । मतदानको यही रफ्तार कायम रहेमा प्रक्रिया रातभरि मात्र होइन, भोलि बिहानसम्म पनि लम्बिन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् ।

विद्युतीय भोटिङ मेसिन सञ्चालनमा संलग्न राम–लक्ष्मणमध्येका रामका अनुसार सुरुमा फोटो र नाम हेरेर मतदान गर्दा प्रक्रिया छिटो हुने अपेक्षा गरिएको थियो । तर, अध्यक्षसहित सबै पदमा उम्मेदवारहरूको संख्या धेरै हुनु, साथै केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षधरले आ–आफ्नो प्यानल सूची बोकेर मतदान गर्न जाँदा मतदाताहरू अल्मलिन पुगेका छन् ।

उनका अनुसार प्यानल सूची नबोकी मतदान गर्न जानेले २०–३० मिनेटमै प्रक्रिया पूरा गरेका छन् भने सूची बोकेर जानेले डेढ घण्टासम्म समय खर्चिएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले साँझ ५ बजेसम्म ८०२ मत खसेको पुष्टि गर्दै एक मतदाताले औसतमा ३५ मिनेट समय लिएको जानकारी दिए । उनका अनुसार छिटो मतदान गर्नेले ९ मिनेटमै सकाएका छन् भने ढिला गर्नेले २ घण्टासम्म समय लिएका उदाहरण पनि छन् ।

महाधिवेशनमा ६४२ जना उम्मेदवारबाट ३०१ केन्द्रीय सदस्य, १९ पदाधिकारी तथा अनुशासन र लेखा आयोगका पदाधिकारी चयन गर्नुपर्ने भएकाले मतपत्र निकै लामो बनेको छ । यही कारण मतदान प्रक्रिया जटिल बनेको आयोगका अधिकारीहरूको निष्कर्ष छ । एक निर्वाचन अधिकारीले भने, ‘यही गतिमा मतदान भयो भने अझै कम्तीमा १० घण्टा लाग्ने देखिन्छ । रातभरिमा टुंग्याउन पनि गाह्रो हुन सक्छ ।’ अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच कडा प्रतिष्पर्धा भइरहेको छ । मंसिर २८ गतेदेखि शुरू भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयनसँगै समापन गर्ने तयारी भए पनि मतदानको सुस्तताले तालिका प्रभावित हुने संकेत देखिएको छ ।

 

 

 

कोदो, मकै फल्ने बारी बन्यो सुन्तला बगैँचा, बर्षकै १५ लाख कमाई

स्याङ्जा।  स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् ।

सन्ताउनन वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेका  सुन्तला खेतीलाई बिस्तार गर्दै उनले आम्दानी लिन थालेका हुन् । कोदो, मकैबाट भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतका रूपमा रहेको छ ।

विसं २०७५ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्ने भएका सेनले सुन्तलाको बगैँचा बिस्तारमा जोड दिँदै हाल ३६ रोपनीमा व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । उनले यसवर्ष ३०० सुन्तलाका बोटमा फलेको सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका हुन् ।

‘छत्तिस रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचामा रहेको बोटहरुमध्ये यसवर्ष ३०० बोटमा मात्रै उत्पादन भएको हो’ उनले भने, ‘स्थानीय स्याङ्जाकै सुन्तला व्यापारीलाई बोट नै १५ लाखमा ठेक्कामा दिएको हुँ ।’

स्थानीय सुन्तला व्यापारीले बगैँचाबाट सुन्तला टिप्ने, ढुवानी तथा बजारीकरणको काम गरेका हुन् । बगैँचामा पुराना ३०० र नयाँ एक हजार ५० गरी एक हजार ३५० वटा सुन्तलाका बोट रहेका छन् । नयाँ बोट फल्नेक्रममा रहेकाले आगामी वर्षमा उत्पादन र आम्दानी सँगसँगै वृद्धि हुँदै जाने उनले बताएका छन् ।

उनको बगैँचामा स्थानीय जातका सुन्तला र धनकुटाबाट ल्याएर लगाएका ‘खोकु’ जातका सुन्तलाका बोटहरु छन् । ‘यहाँ उत्पादन भएको सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’उनले भने, ‘उत्पादन हुनुपर्‍यो स्थानीय तथा पोखरालगायतका ठाउँका व्यापारी बगैँचामै आउने गरेका छन् ।’ किसानले सुन्तलाको बोट नै वा फुटकरमा दुबै तरिकाले सुन्तला बिक्री गर्ने गरेका छन् ।

बारीमा निर्वाहमुखी रूपमा उत्पादन हुने कोदो तथा मकैले गुजारा चलाउँदै आएका स्थानीय कोदो तथा मकैको विकल्पका रूपमा गरिएको सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गईरहेका छन् ।

‘बुवाले सुरुमा परीक्षणका रूपमा २५ वटा बोट लगाएका थिए, केही वर्ष राम्रो फल्यो अनि बिस्तारै बोट मर्दै गए’ उनले भने, ‘पहिला लगाएका बोटहरु मरेपछि फेरी मैले गोरखाबाट कलमी बेर्ना ल्याएर लगाएँ त्यो पनि पाँच–छ वर्षमै बोटहरु मरे, २८७ वटा बोट जरैदेखि फालिदिएँ ।” सुन्तला कृषक सेनले जस्तै ठुलाडिहीका ३१ घर परिवार व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । प्रत्येक घरले एकदेखि १५ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्दै आइरहेका छन् । सुन्तलामा पटक–पटक असफल हुँदै गर्दा पनि हरेस नखाइ निरन्तर रूपमा अगाडि बढ्ेका सेनले कृषि प्राविधिकको सल्लाह बमोजिम बेर्ना तथा अन्य सरसल्लाह अनुसार पुनः सुन्तला खेती गरेका थिए ।

एमाले महाधिवेशन प्रतिनिधिलाई टोकन, ८ बजेसम्म ‘होल्डिङ सेन्टर’ नपुगे मतदान गर्न नपाउने

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी मतदानलाई व्यवस्थित बनाउन प्रतिनिधिहरूलाई टोकन प्रणाली लागू गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहान सवा ९ बजेदेखि सुरु भएको मतदानमा लामो समय लाइन बस्नुपर्ने अवस्था आएपछि पार्टीले टोकन वितरण गरेको हो ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार अपराह्न साढे ४ बजेसम्म करिब ७२० प्रतिनिधिले मतदान गरिसकेका छन् । महाधिवेशनमा कुल २ हजार २६२ प्रतिनिधि मतदाता रहेका छन् । मतदान प्रक्रियामा एक पटकमा ५० जनालाई मात्र प्रवेश गराइँदै आएको छ भने एक जना प्रतिनिधिले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म समय लाग्ने बताइएको छ । लामो समय उभिनुपर्ने असहजतालाई मध्यनजर गर्दै लाइनमा रहेका र बाहिर रहेका दुवै प्रकारका प्रतिनिधिलाई टोकन बाँडिएको हो । टोकनका आधारमा नै मतदानका लागि बोलाइने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच, एमाले केन्द्रीय निर्वाचन आयोगले टोकन लिएका प्रतिनिधिहरूले बेलुका ८ बजेसम्म अनिवार्य रूपमा होल्डिङ सेन्टरमा पुगिसक्नु पर्ने स्पष्ट पारेको छ । आयोगका सचिव कुन्साङ लामा अनुसार तोकिएको समयभित्र टोकन नलिने वा होल्डिङ सेन्टरमा प्रवेश नगर्ने प्रतिनिधिले मतदान गर्न नपाउने छन् । आयोगका उपाध्यक्ष सानुराज पोखरेलले पनि अपराह्न ४ बजेसम्म करिब ७ सय हाराहारी मत खसेको जानकारी दिँदै बाँकी मतदान प्रक्रिया तोकिएको समय सीमाभित्र सम्पन्न गरिने बताए ।

 

 

 

भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौँ । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ यही पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ ।

सो चलचित्रको विषयमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित कार्यक्रममा निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको बताएका छन् ।

उनले भने, ‘चलचित्रकर्मीको दायित्व मनोरञ्जन दिने मात्र नभई समाजलाई जागरुक बनाउने पनि हो । सोही मूल्यमान्यतालाई आत्मसात् गरी भ्रष्टाचार र सामाजिक विकृतिका विरुद्ध आवाज उठाउँदै देश र जनताका पक्षमा चलचित्र निर्माण गरेको छु । देशभक्त सच्चा नागरिकले सोच्ने कोणबाट चलचित्र तयार गरिएको छ ।’

गत जेन्जी आन्दोलनअघि नै चलचित्रको छायाङ्कन सकिएको उल्लेख गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार, बेथिति र विसङ्गति विरुद्धको आवाजलाई चलचित्रमार्फत् उजागर गर्न यथासक्य प्रयास गरिएको बताएका छन् । उनले चलचित्रले सामाजिक सन्देश प्रवाह गरेता पनि त्यसको शैली चलचित्रकै रहेको स्पष्ट पारेका छन् ।

निर्देशक घिमिरेले चलचित्रको नामले नै कथाको सङ्केत गरेको बताउँदै ‘झरीपछिको इन्द्रेणी’लाई अध्यारोपछिको उज्यालोको रूपमा बुझ्न आग्रह गरेका छन् ।

उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् ।

अभिनेता रमेश उप्रेतीले चलचित्रले अहिलेको समग्र देशको अवस्थालाई चित्रण गरेको बताएका छन् ।‘मैले धेरै समयपछि यो चलचित्रमा काम गरेँ, किनकी यसको विषयवस्तु ठूलो पर्दामार्फत दर्शकमाझ पुग्नुपर्छ भन्ने लाग्यो । आम नागरिकको कथामा बनेको चलचित्रलाई एउटा कलाकारले कलाको माध्यमले न्याय दिनुपर्छ भन्ने महसुस गरी काम गरेका छौँ’, उनले भने । यसै चलचित्रमार्फत नव कलाकारका रूपमा विमोचन दवाडी देखिँदै छन् । उमेरले जेनजी पुस्ताका कलाकार दवाडीले आफ्नो पुस्ताको भावना र आवाजलाई चलचित्रमा समेटिएको बताएका छन् ।

‘म आफैँले पनि चलचित्रको कथा र पात्रसँग ‘कनेक्ट’ भएको महसूस गरेँ । पहिलो चलचित्र पाउनुको खुसीसँगै मेरो पुस्ताको कथा पाउँदा म आफूलाई भाग्यमानी महसुस गर्छु । अहिले मसँगका धेरै साथी विदेशमा गएर अध्ययन गर्ने र भविष्य बनाउने सोचमा छन् । अहिले नेपालमै बस्नु भनेको रहर नभई बाध्यताका रूपमा पनि बुझ्ने गरिएको छ, त्यो प्रवृतिलाई चलचित्रमा समेटिएको छ र समाधान पनि दिइएको छ ।’, उनले भने।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको उक्त चलचित्रमा निर्देशक घिमिरेले कथा लेखन, गणेश कार्की तथा विशाल घिमिरेले पटकथा लेखन र बुद्ध थापाले छायाङ्कन गरेका छन् ।

एमाले महाधिवेशन : मतदानको समय थपियो, किन भइरहेको छ ढिलाइ ?

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान अपेक्षाभन्दा निकै सुस्त गतिमा अघि बढेपछि मतदानको समय थपिएको छ । सुरुमा साँझ ५ बजेसम्म तोकिएको मतदान समय संशोधन गर्दै राति ८ बजेसम्म पुर्‍याइएको हो ।निर्वाचन आयोगका अनुसार राति ८ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका प्रतिनिधिले मत हाल्न पाउने व्यवस्था गरिएको छ ।

बुधबार बिहान सवा ९ बजेबाट सुरु भएको मतदान साँझ ४ बजेसम्म आइपुग्दा जम्मा एकतिहाइ प्रतिनिधिले मात्रै मत खसाल्न सकेका थिए । एमाले महाधिवेशनमा कुल २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । सात घण्टामा ७ सय २० मत खसेको हो । यही गतिमा मतदान अघि बढेमा रातभर मतदान चल्दा पनि टुंगिन कठिन हुने आयोगकै पदाधिकारीहरूले बताएका छन् ।

मतदान प्रक्रियामा प्रयोग गरिएको विद्युतीय प्रणालीका कारण एक जना प्रतिनिधिले औसत ३५ देखि ४० मिनेटसम्म समय खर्चिनुपरेको छ । ८० वटा विद्युतीय मेसिन प्रयोगमा रहे पनि मतदाताको लामो समय खर्चिनुपर्ने अवस्थाले समग्र प्रक्रिया सुस्त बनेको हो । मतदान व्यवस्थापनमा संलग्न रामलक्ष्मण इनोभेसन प्रालिका प्रतिनिधिहरूका अनुसार यही गतिमा मतदान सकिन झण्डै २२ घण्टा लाग्ने अनुमान गरिएको छ ।

ढिलाइ हुनुका मुख्य तीन कारण

मतदान किन यति ढिलो भयो भन्ने प्रश्नको जवाफमा निर्वाचन व्यवस्थापन पक्षले तीन प्रमुख कारण औंल्याएको छ ।
पहिलो–महाधिवेशनको अन्तिम समयमा विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाइनु । एमालेले पदाधिकारी संख्या १५ बाट बढाएर १९ र केन्द्रीय समिति २५१ बाट ३०१ पुर्‍याएपछि भोटिङ मेसिनमा पुनः सेटिङ गर्नुपरेको थियो । उम्मेदवारको नाम र फोटो इन्ट्री गर्न समय लाग्दा मतदान प्रक्रिया स्वाभाविक रूपमा ढिलो भयो ।
दोस्रो–अध्यक्षका दुवै प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलका छुट्टाछुट्टै प्यानल अनुसार प्रतिनिधिहरूले नामसूची बोकेर मतदान गर्नुपर्ने अवस्था । कतिपय प्रतिनिधिले एउटै प्यानलमा सीमित नरही फरक–फरक प्यानलका उम्मेदवारलाई मत दिने भएकाले सूची मिलाउन र रूजु गर्न थप समय लागिरहेको छ ।

तेस्रो–यस पटक सबै पदमा अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था । अघिल्ला महाधिवेशनमा केही पद खाली छाडेर मतदान गर्न सकिने भए पनि अहिले तोकिएको संख्याभन्दा कम उम्मेदवारलाई मत दिए अर्को समूहमा प्रवेश नै गर्न नपाइने नियम छ । यसले पनि मतदातालाई लामो समय मेसिनअगाडि उभिन बाध्य बनाएको छ ।

यसपालि अपेक्षाकृत धेरै पदमा प्रतिष्पर्धा भएको छ । सुरुमा करिब ३० प्रतिशत पद सर्वसम्मत हुने अनुमान गरिएको भए पनि व्यवहारमा त्यो सम्भव भएन । कतिपय स्थानमा ५ पदका लागि ६ जनासम्म उम्मेदवार भएपछि मतदान प्रक्रिया थप जटिल बनेको छ। मतदान सकिएपछि मतगणनामा अझै ३–४ घण्टा लाग्ने अनुमान गरिएको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिष्पर्धा भइरहेको छ भने १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य तथा अनुशासन र लेखा आयोगका पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । मंसिर २८ गते सुरु भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयनसँगै समापन हुने कार्यतालिका भए पनि मतदान प्रक्रियाको सुस्तताले समग्र महाधिवेशन नै ‘लामो दौड’ जस्तै बनेको छ ।

 

 

प्रधानमन्त्रीसँग चिनियाँ राजदूत सोङको भेटवार्ता

काठमाडौं । नेपालका लागि चीनका राजदूत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट भएको हो ।

भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् । राजदूत चेन सोङले नेपालको विकास र समृद्धिमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताए । यो भेटले दुई छिमेकी राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारलाई आग्रह

काठमाडौं । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो । मन्त्रिपरिषद्को असोज ५ को निर्णय अनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि तीन सदस्यीय उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

उक्त गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सुरक्षा निकायका प्रमुखसंग सोधपुछ गदै आएको छ । ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । सोहि अनुसार आयोगको म्याद यही पुस ९ गते सकिँदै छ । त्यसैले जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए । उनका अनुसार अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी गरिएको छ । गत मंसिर २५ गते जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको थियो ।