`

ट्रम्पले दायर गरे बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् ।

फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा बिबिसीमाथि कथित मानहानि तथा फ्लोरिडा भ्रामक र अनुचित व्यापार अभ्यास ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको छ । मुद्दामा दुई छुट्टाछुट्टै गणनाअन्तर्गत प्रत्येकका लागि पाँच अर्ब डलरभन्दा कम नहुने गरी क्षतिपूर्तिको माग गरिएको छ, जसको कुल माग कम्तीमा १० अर्ब डलर पुग्छ ।

उनासी वर्षीय राष्ट्रपति ट्रम्पले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिबिसीले ‘मेरो मुखमा शब्दहरू राखिदिएको’ दाबी गरेका छन् । उनले उक्त वृत्तचित्र सम्पादन गर्दा ‘एआई वा यस्तै कुनै प्रविधि प्रयोग गरिएको हुनसक्छ’ भन्ने आशङ्कासमेत व्यक्त गर्नुभयो र मुद्दा दायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

सन् २०२४ को राष्ट्रपतीय चुनावअघि बिबिसीको प्रमुख समसामयिक कार्यक्रम ‘प्यानोरामा’ मा उक्त वृत्तचित्र प्रसारण गरिएको थियो । सो भिडियोमा सन् २०२१ जनवरी ६ का राष्ट्रपति ट्रम्पका भाषणका दुई फरक–फरक अंशलाई एकसाथ जोडिएको देखिन्छ, जसले उनले आफ्ना समर्थकहरूलाई क्यापिटलमा आक्रमण गर्न प्रत्यक्ष रूपमा आग्रह गरेको जस्तो देखाउने प्रयास गरिएको आरोप लगाइएको छ । त्यही दिन अमेरिकी सांसदहरू जो बाइडेनको सन् २०२० को चुनावी जित प्रमाणित गरिरहेका थिए ।

राष्ट्रपति ट्रम्पको कानूनी टोलीका प्रवक्ताले एएफपीलाई जारी गरेको विज्ञप्तिमा ‘पहिले सम्मानित र अहिले अपमानित भइसकेको बिबिसीले सन् २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने निर्लज्ज प्रयासस्वरूप जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा राष्ट्रपति ट्रम्पको भाषणलाई हेरफेर गरेर उनलाई बदनाम गरेको’ आरोप लगाएका छन् । विज्ञप्तिमा बिबिसीले आफ्ना दर्शकहरूलाई धोका दिने ढाँचा लामो समयदेखि कायम राखेको र त्यो सबै आफ्नै वामपन्थी राजनीतिक एजेन्डाको सेवामा गरिएको दाबीसमेत गरिएको छ ।

बेलायत बाहिरसम्म व्यापक दर्शकवर्ग रहेको ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन पछिल्लो समय उथलपुथलको अवस्थामा छ । गत महिना एक मिडिया रिपोर्टमार्फत सम्पादन गरिएको उक्त क्लिपमा पुनः ध्यान केन्द्रित भएपछि संस्थाभित्र ठूलो विवाद उत्पन्न भएको थियो । यसै घोटालाका कारण बिबिसीका महानिर्देशक तथा संस्थाका शीर्ष समाचार कार्यकारीले पदबाट राजीनामा दिनुपरेको थियो ।

राष्ट्रपति ट्रम्पको मुद्दामा वृत्तचित्रमा सम्पादित भाषणलाई ‘२०२४ को राष्ट्रपति चुनावको ठीक एक हप्ता अघि प्रतिवादीहरूले राष्ट्रपति ट्रम्पलाई क्षति पुर्‍याउने, चुनावको नतिजामा हस्तक्षेप गर्ने र त्यसलाई प्रभाव पार्ने निर्लज्ज उद्देश्यले बनावटी रूपमा तयार गरी प्रसारण गरेको सामग्री’ भनेर वर्णन गरिएको छ ।

बिबिसीले भने राष्ट्रपति ट्रम्पले दायर गरेको कानूनी मानहानिको दाबी अस्वीकार गरेको छ । यद्यपि बिबिसीका अध्यक्ष समीर शाहले राष्ट्रपति ट्रम्पलाई माफीपत्र पठाएको पुष्टि भएको छ । शाहले गत महिना बेलायतको संसदीय समितिसमक्ष पनि डेली टेलिग्राफ पत्रिकामा चुहिएको एक आन्तरिक मेमोका आधारमा प्रसारणकर्ताले आफ्नो गल्ती चाँडै स्वीकार गर्दै सुधारात्मक कदम चाल्नुपर्ने अवस्था आएको स्वीकार गरेका थिए ।

बिबिसीविरुद्धको यो मुद्दा पछिल्ला वर्षहरूमा राष्ट्रपति ट्रम्पले विभिन्न मिडिया कम्पनीहरूविरुद्ध दायर गरेको कानूनी कारबाहीहरूको पछिल्लो कडी हो । तीमध्ये धेरै मुद्दाहरू अन्ततः करोडौँ डलरका सम्झौतामार्फत टुङ्गिएको उदाहरणसमेत रहेका छन् ।

प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिए । संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेशन गर्नुपर्ने उनको भनाई छ । उनले प्रदेशमा मुख्यमन्त्री, वित्तियमन्त्री र प्रशासनमन्त्री भए हुने बताए । संघीयता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता भएको उनले औंल्याए ।

संघीयता छरितो बनाउनको लागी चालु खर्च घटाउनुपर्नेमा उनले जोड दिए । चालु खर्च कम गर्नको लागि सरकारी संरचनालाई डिजिटलाईजेशन गर्नुको विकल्प नभएको उनले बताए । प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज गर्न सके नेपालको चालु खर्च दुई तिहाई कटौती हुने उनको दाबी छ । उनले प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको बताए । प्रविधिको प्रयोगलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न कानूनी स्पष्टता जरुरी रहेको उनको भनाई छ । कानून निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुनेगरी गर्न नहुनेमा पनि उनले स्पष्ट पारे ।

उनले भने, ‘हामीले संघीयता एकदमै बोझिलो भयो भनेर भनेका छौँ । संघीयता एकदमै बोझिलो भयो त्यसकारण यसलाई हटाउनु पर्छ, त्यो समाधान होइन । संघीयतालाई छरितो बनाउने चाहीँ समाधान हो । संघीयतालाई छरितो बनाउन चालु खर्च घटाउनु पर्‍यो । प्रदेश सरकार एउटा मुख्यमन्त्री, एउटा वित्तीयमन्त्री र एउटा एउटा प्रशासनमन्त्री तीन जनाको मन्त्री मात्रै भए हुन्छ । यत्रो म्यानुअल्ली काम गर्नुपर्ने यत्रो ठूलो संरचना आवश्यक छैन । हामीले नेपालको प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज गर्‍यौँ भने नेपालको चालु खर्चको दुई तिहाई कटौती हुन्छ ।’

उनले भने, ‘विकास, समृद्धिसँग यो पक्ष अभिन्न ढंगबाट जोडिएको छ । नागरिक स्वतन्त्रतासँग अभिन्न ढंगबाट जोडिएको स्थिति छ । त्यसैले यसलाई क्रियसनमा कसरी प्रयोग गर्ने त्यसको कानूनी प्रष्टता जरुरी छ । यसबाट केही नकारात्मक विषयहरु पनि आएका छन् । यसलाई दुरुपयोग पनि गरिएको छ । दुरुपयोग हुन नदिनको लागि नियन्त्रण गर्न खोजियो भने त्यो स्वतन्त्रता खोसिएको मानिनु पर्दछ । स्वतन्त्रता खोसेर छिटफुट दुरुपयोग गरिने कुरा बन्द गर्न मिल्दैन । दुरुपयोग गरिने कुरालाई बन्द गर्न अझ यसलाई खुला, फराकिलो र एकदमै स्वतन्त्रताको ग्यारेन्टी गरेर गर्न सकिन्छ ।’
उनले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने कुरामा समस्या नरहे पनि दर्ताको नाममा बन्द गरिने कार्य भने सह्य नहुने बताए । नागरिकको स्वतन्त्रता हनन हुनेगरी कुनै कानून बनाउन नहुने उनको भनाई छ ।

 

 

 

 

 

एमाले महाधिवेशन : अमर, रौनित र लीलामणि निर्विरोध

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत ४० वर्षमुनिका तीन युवा निर्विरोध भएका छन् । यसरी निर्विरोध निर्वाचित हुनेमा ४० वर्षमुनिका दुई मधेसी युवा समेत छन् । एमालेको ११ औं महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार ४० वर्षमुनिका २ जना मधेसी युवाको पदमा दुई जनाको मात्र उम्मेदवारी परेको हो । जसअनुसार ४० वर्षमुनिका मधेसी युवामा अमर कुमार यादव र रौनित साह रहेका छन् ।

दुई जनाको पदमा दुई जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् । यस्तै ४० वर्षमुनिको युवाबााट एमाले केन्द्रीय सदस्यमा लीलामणि गौतम निर्विरोध निर्वाचित भएका छन् ।उनले लुम्बिनी प्रदेशबाट ४० वर्षमुनिको युवामा उम्मेदवारी हालेका थिए । धर्म गिरीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै गौतम निर्विरोध निर्वाचित भएका हुन् ।

 

टी-२० विश्वकप छनोटको तयारीमा रहेको महिला क्रिकेट टिममा विदेशी प्रशिक्षक

टी-२० विश्वकप खेल्न लागेको राष्ट्रिय महिला क्रिकेट टोलिले विदेशी कोच पाएको छ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले भारतका हर्षल पाठकलाई प्रमुख प्रशिक्षकमा ‍नियुक्त गरेको हो ।

यसअघि थाइल्याण्डको महिला टोलीको प्रमुख प्रशिक्षक पाठकलाई नियुक्त गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । पाठकले थाई महिला टोलीलाई टी-२० विश्वकपमा पुर्‍याएका थिए ।

नेपाली महिला टोलीका लागि विदेशी प्रशिक्षक ल्याउनु पर्ने माग खेलाडीहरूले नै गरिरहेका थिए । पहिलो पटक टी-२० विश्वकप छनोटमा पुगेपछि क्यानले विदेशी प्रशिक्षकको खोजि थालेको थियो ।

२०२६को जुन-जुलाईमा ईंग्ल्याण्डमा हुने विश्वकपको ग्लोबल छनोट प्रतियोगिता जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ। घरेलु मैदानमा हुने यो प्रतियोगितालाई लक्षित गर्दै क्यानले अनुभवि विदेशी प्रशिक्षक भित्र्याएको हो।

प्रदीप ज्ञवालीले भने–मन र मत दुवै पाउने विश्वास छ

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी केन्द्रीय कमिटी सदस्य पदका लागि प्रतिनिधिहरूसँग मत मागेका छन् । आज (मंगलबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आफू मात्र होइन, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको समग्र टिमलाई पनि विजयी गराउन अपिल गरेका हुन् ।

११औं महाधिवेशनको सन्दर्भमा ज्ञवाली ओली टिमबाट महासचिवका आकांक्षी थिए । तर अध्यक्ष ओलीले महासचिवमा शंकर पोखरेललाई उम्मेदवार बनाएपछि ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवारी प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव अस्वीकार गर्दै ज्ञवालीले सोमबार केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दर्ता गराएर भृकुटीमण्डपबाट बाहिरिएका थिए ।

फेसबुक स्ट्याटसमा ज्ञवालीले महाधिवेशनले पार्टीको आन्तरिक जीवन मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिमा समेत दूरगामी प्रभाव पार्ने उल्लेख गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई शानदार मतका साथ विजयी गराउन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन् । ‘म सधैं तपाईंहरूकै बीचमा छु, त्यहीं रहन्छु । यस पटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुवै पाउने विश्वास लिएको छु,’ ज्ञवालीले लेखेका छन् ।

 

 

 

राजश्वले भेटेन कुनै लक्ष्य

काठमाडौं । अर्थ मन्त्रालयकाअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको राजश्व संकलन लक्ष्यभन्दा कम भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि तोकिएको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजश्व लक्ष्यमध्ये मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो । तर मंसिर २० गतेसम्म जम्मा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ, जुन लक्ष्यको ७८ दशमलव ७४ प्रतिशत हो ।

मंसिर महिनाका लागि ९५ अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ८० अर्ब २७ करोड रुपैयाँ मात्रै संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यो लक्ष्यको ८४ दशमलव ३१ प्रतिशत हो । मंसिर २९ गते मात्रै ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयको विवरणमा उल्लेख छ । तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वार्षिक राजश्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

उक्त वर्ष मंसिरसम्म ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिइएकोमा मंसिर २९ गतेसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ संकलन भएको थियो । सो वर्ष मंसिर महिनामा मात्र ७६ अर्ब ७६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । अर्थ मन्त्रालयकाअनुसार आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्दा राजस्व संकलनमा दबाब देखिएको हो । जेन—जी आन्दोलनका कारण उद्योग धन्दामा परेको असरले राजश्व संकलनमा समेत असर परिरहेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।

इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भए : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने स्थिति सिर्जना भएको बताएका छन् । मंगलवार काठमाडौंमा डिजिटल राइट्स कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय भएको बताए । यो मानव अधिकारसँग जोडिएको विषय भएको पनि उनको भनाइ छ ।

सामाजिक सञ्जाल वा इन्टरननेट अक्सिजन जस्तै भएको बताउँँदै नेता पौडेलले इन्टरनेको पूर्ण व्यवस्थापन भने गर्न नसकिएको बताए । सामाजिक सञ्जालको निषेध लोकतन्त्रको पक्ष नभएको बताउँदै डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली कांग्रेसको आदर्श, मूल्य मान्यतासँग जोडिएको विषय भएको बताए ।

उनले भने, ‘डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय हो । मानव अधिकारसँग जोडिएको विषय हो । सामाजिक सञ्जाल वा इन्टरननेट अक्सिजन जस्तै हो । अक्सिजन प्रयोग नगरीकन मान्छे बाँच्नै सक्दैन । आज इन्टरनेटको प्रयोग पनि मान्छेका लागि बाँच्नै नसक्ने गरी इन्टरनेट प्रयोगमा धेरै मानिसहरु अभ्यस्त भएको स्थिति छ । त्यसलाई व्यवस्थित गर्ने लोकतन्त्रको मुख्य विषय हो । त्यसलाई निषेध र बन्द गर्ने लोकतन्त्रको पक्ष होइन । डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली काँग्रेसको आदर्श, मूल्यमान्यतासँग जोडिएको विषय हो । नेपाली काँग्रेस कमी कमजोरी थुप्रै छन्, लोकतान्त्रिक मूल्य मान्यतासँग जोडिएको पार्टी हो काँग्रेस ।’ नेता पौडेलले सामाजिक सञ्जालको विषय आफूले उठाएर नै राजीनामा गरेको बताए । सामाजिक सञ्जाललाई पूर्ण ढंगबाट व्यवस्थित गर्न नसकिएको बताए ।

 

 

हर्शल पाठक राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ । पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । उनी थाइल्यान्ड क्रिकेट टोलीको समेत पूर्व प्रशिक्षक हुन् ।

क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । जसबाट पाठकलाई क्यानले छनोट गरेको हो । नेपालले आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेल खेल्दै छ ।

मतदानस्थल पुगे ईश्वर–सुरेन्द्र, के गर्दैछन् ओली ?

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वाचनको माहोल भृकुटीमण्डपमा तातेको छ । मतदान सुरु हुनुअघि नै उम्मेदवार, प्रतिनिधि र नेता–कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल मतदानस्थल पुगेपछि उनका समर्थकहरूले नाराबाजी गर्दै माहोल तताएका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुने भनिए पनि प्राविधिक कारणले ढिलाइ भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मतदान चार बजेतिर मात्र सुरु हुन सक्ने सम्भावना छ । मतदान ढिलो भए पनि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डपमा जम्मा भएका छन् र उम्मेदवारहरूले मतदानस्थलमै बसेर भोट माग्ने क्रम तीव्र पारेका छन् । पोखरेलसँगै उनको प्यानलबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे पनि मतदानस्थलमै सक्रिय देखिएका छन् । उनीहरू प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन जुटाउने प्रयासमा छन् । पोखरेल–पाण्डे समूह मैदानमै उत्रिएको बेला अध्यक्ष केपी शर्मा ओली पक्षका मुख्य उम्मेदवारहरू भने मतदानस्थलमा देखिएका छैनन् ।

ओली पक्ष भने आन्तरिक रूपमा रणनीति बनाउन व्यस्त रहेको बताइएको छ । टिम निर्माणका क्रममा आफ्नै पक्षका केही नेताहरू असन्तुष्ट भएपछि उनीहरूलाई मिलाउने प्रयासमा ओली समूह केन्द्रित भएको स्रोतहरूको भनाइ छ । यही कारण मतदानस्थलमा ओली पक्षको उपस्थिति कमजोर देखिएको छ । यद्यपि ओली पक्षका नेता प्रदीप ज्ञवाली भने भृकुटीमण्डप पुगिसकेका छन् । उनलाई देखेपछि महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले सँगै फोटो खिच्न आग्रह गरेका थिए ।

यस दृश्यलाई धेरैले राजनीतिक सन्देशका रूपमा पनि हेरेका छन् । महासचिवमा दाबी गरेका ज्ञवालीलाई ओली पक्षले उपाध्यक्षमा उम्मेदवारका रूपमा अघि सारेपछि उनी असन्तुष्ट बनेका थिए । त्यसपछि उनले खुला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । ज्ञवालीको असन्तुष्टिले महासचिव पदको प्रतिस्पर्धामा आफूलाई सहज भएको अनुभूति पाण्डे समूहले गरिरहेको छ । समग्रमा, मतदान सुरु हुनुअघि नै एमाले महाधिवेशन राजनीतिक शक्ति प्रदर्शन, आन्तरिक असन्तुष्टि र रणनीतिक चालहरूको केन्द्र बनेको छ । अब मतदान सुरु भएपछि प्रतिनिधिहरूको निर्णयले पार्टीको भावी नेतृत्व कुन दिशामा जान्छ भन्ने स्पष्ट हुनेछ ।

 

 

हामी सबै जुट्नेछौं, हामी सबै जित्नेछौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी आन्दोलन र राष्ट्रको रक्षाका लागि सबै जुट्ने बताएका छन् । एमाले महाधिवेशनमा दोस्रो पटक महासचिवमा उम्मेदवारी दिएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् राष्ट्रको रक्षा नै सबैको कार्यभार रहेको बताएका हुन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।’ आज काठमाडौँको भृकुटीमण्डपमा एमाले ११ औँ महाधिवेशनमा मतदान हुँदैछ । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ भने उनीहरूकै प्यानलबाट उपाध्यक्ष, महासचिवसहित अन्य पदहरूमा समेत उम्मेदवारी दर्ता भएको छ । निर्वाचनमा २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

ईश्वर पोखरेल प्यानलको उपमहासचिवमा आनन्द पोखरेल थपिए

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत उपमहासचिव पदको चुनावी प्रतिष्पर्धामा अन्तिम समयमा रोचक मोड आएको छ । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वमन्त्री आनन्द पोखरेल अब ईश्वर पोखरेल नेतृत्वको प्यानलमा समेटिएका छन् । यसअघि ईश्वर पोखरेल प्यानलबाट उपमहासचिव पदमा योगेश भट्टराई र बैजनाथ चौधरी मात्र उम्मेदवार थिए । तर महाधिवेशनको निर्णायक घडीमा आइपुग्दा आनन्द पोखरेललाई सोही प्यानलमा समावेश गरिएपछि प्रतिष्पर्धा थप चासोको विषय बनेको छ ।

आनन्द पोखरेल र बैजनाथ चौधरी दुवै यसअघि अध्यक्ष केपी शर्मा ओली निकट टिममा रहे पनि पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता निरन्तरताको पक्षमा खुलेर उभिएका कारण उनीहरूलाई पदाधिकारीमा अघि बढ्न अवरोध गरिएको बुझाइ नेताहरूको छ । यही कारण असन्तुष्टि जनाउँदै उनीहरूले यस्तो कदम चालेको बताइन्छ । बागमती प्रदेशमा राम्रो सांगठनिक पकड बनाएका पोखरेल देशभरका कार्यकर्ता माझ परिचित र स्वीकार्य नेता मानिन्छन् ।

यही प्रभावलाई मध्यनजर गर्दै ईश्वर पोखरेल प्यानलले उनलाई उपमहासचिव पदको उम्मेदवारका रूपमा समेटेको नेताहरूको भनाइ छ । पछिल्लो समय काठमाडौं जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालेका पोखरेल र जिल्ला अध्यक्ष दीपक निरौला दुवै विद्या भण्डारी निकट मानिन्छन् । यस कारण काठमाडौंबाट आएका प्रतिनिधिमध्ये ठूलो हिस्सा उनीहरूकै धारमा रहेको आकलन गरिएको छ । दोलखा जिल्लाबाट दुई पटक सांसद निर्वाचित भइसकेका पोखरेल पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । हालसम्म पोलिटब्युरो सदस्य रहेका उनको ईश्वर प्यानलमा प्रवेशले उपमहासचिव पदको चुनावी समीकरणलाई थप रोचक बनाएको छ ।

 

एमाले महाधिवेशनस्थलमा पुगिन् ज्योति मगर, उम्मेदवारका पक्षमा नाच्दै मागिन् मत

काठमाडौं । चर्चित लोकगायिका ज्योति मगर नेकपा एमालेको ११औं महाधिवेशनमा सक्रिय रूपमा देखिएकी छन् । मंगलबार बिहान काठमाडौंको भृकुटीमण्डपमा आयोजित महाधिवेशनस्थल पुगेर उनले केन्द्रीय सदस्यका उम्मेदवारहरूका पक्षमा मत माग्दै प्रचार–प्रसारमा सहभागिता जनाएकी हुन् । महाधिवेशन प्रतिनिधिहरूको भीडबीच मगरले उम्मेदवारका तस्वीर हातमा समातेर मतको अपिल गरिन् । विशेषगरी केन्द्रीय सदस्य पदका उम्मेदवार पूर्णबहादुर गुरुङ र किरण गुरुङको समर्थनमा उनी खुलेर उभिइन् । प्रचारका क्रममा उनी उम्मेदवार समर्थक जुलुसमा समेत सहभागी भइन्, जहाँ ‘आयो एमाले आयो’ जस्ता नारासँगै माहोल निकै उत्साहपूर्ण बनेको थियो ।

जनजाति समुदायका उम्मेदवारहरूको समर्थनमा निकालिएको झाँकीमा पनि ज्योति मगर सक्रिय रूपमा देखिइन् । जुलुसमा सहभागीहरू ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो’ भन्दै नाराबाजी गरिरहेका थिए भने ज्योति मगर नाच्दै र गीतको लयमा नारालाई साथ दिइरहेकी थिइन् । उनको उपस्थितिले महाधिवेशनस्थलको वातावरण अझ रंगीन र आकर्षक बनेको सहभागीहरूको भनाइ थियो । सञ्चारकर्मीसँगको छोटो कुराकानीमा ज्योति मगरले महाधिवेशनको माहोल निकै रमाइलो र ऊर्जावान् लागेको बताइन् ।

आफू उम्मेदवार नभए पनि युवा नेताको रूपमा पूर्ण गुरुङलाई समर्थन गरेको उनले स्पष्ट पारिन् । समावेशिता र पुस्तान्तरणको आवश्यकता औंल्याउँदै उनले युवाले नेतृत्वमा आउनुपर्ने समय आएको धारणा राखिन् । यद्यपि, ज्योति मगर औपचारिक रूपमा एमाले पार्टीमा प्रवेश गरेकी छैनन् । तर पछिल्लो समय उनका सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्तामा एमाले तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति सकारात्मक धारणा व्यक्त हुँदै आएको देखिन्छ । महाधिवेशनस्थलमा उनको उपस्थितिलाई कतिपयले सांस्कृतिक र राजनीतिक सक्रियताको मिश्रणका रूपमा पनि हेरेका छन् ।
कलाक्षेत्रकी चर्चित व्यक्तित्वको रूपमा परिचित ज्योति मगरको यस किसिमको सहभागिताले एमाले महाधिवेशनमा चर्चा पाएको छ भने राजनीतिक कार्यक्रमहरूमा कलाकारको भूमिकाबारे समेत नयाँ बहस सुरु गराएको छ ।

 

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वाचनमा कडा प्रतिस्पर्धा देखिएको छ । केन्द्रीय कमिटीका ३०१ पदका लागि कुल ६०३ उम्मेदवारी दर्ता भएका छन्। पार्टी निर्वाचन आयोगले दाबी, विरोध र उजुरीको छानबिनपछि मंगलबार बिहान उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो। अन्तिम सूचीअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिष्पर्धा हुने भएको छ । उपाध्यक्षमा ११, महासचिवमा २, उपमहासचिवमा ७ र सचिवमा २० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन मंगलबार पदाधिकारीसहित केन्द्रीय कमिटीका लागि हुने कार्यतालिका छ।

तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका ओलीले पूरै प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। उनको प्यानलबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार छन्। महासचिवमा शंकर पोखरेलले निरन्तरता पाएका छन्। उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल तथा सचिवमा भानुभक्त ढकाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मतकुमार कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार बनेका छन् । ओली प्यानलमा नपरेपछि अग्निप्रसाद खरेलले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसैगरी लालबाबु पण्डित पनि सचिवमा स्वतन्त्र उम्मेदवार बनेका छन्। उपाध्यक्षमा टंकप्रसाद कार्की र भीमप्रसाद आचार्य स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन्।

अर्का अध्यक्ष उम्मेदवार ईश्वर पोखरेलले पनि अलग प्यानल प्रस्तुत गरेका छन्। उनको टिमबाट उपाध्यक्षमा गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र अरुण नेपाल उम्मेदवार छन्। महासचिवमा सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार बनेका छन्। उपमहासचिवमा योगेश भट्टराई, आनन्दप्रसाद पोखरेल र वैजनाथ चौधरी तथा सचिवमा गोकुलप्रसाद बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्णबहादुर थापा, रचना खड्का, पुरुषोत्तम पौडेल र इन्द्रलाल सापकोटाले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार पदाधिकारीतर्फ अध्यक्ष १ मा २, उपाध्यक्ष ५ मा ११, महासचिव १ मा २, उपमहासचिव ३ मा ७ र सचिव ९ मा २० जनाको उम्मेदवारी परेको छ। पदाधिकारीमा उम्मेदवारी दिएका अधिकांश नेताहरूले केन्द्रीय सदस्यमा पनि मनोनयन दर्ता गराएका छन्।

केही पदमा भने निर्विरोध चयन भएको छ। मुस्लिम महिला कोटाबाट खाजिदा खातुन सिद्धिकी, प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे, अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी तथा केही क्लस्टरका केन्द्रीय सदस्य निर्विरोध भएका छन्। ४० वर्षमुनिका युवा कोटातर्फ नरेश रोकाया र सुशीलकुमार थापा पनि निर्विरोध चयन भएका छन्। ३ सय १ सदस्यीय केन्द्रीय कमिटी क्लस्टर प्रणालीअनुसार गठन हुनेछ । पदाधिकारी १९ जना रहने छन् भने केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी बन्ने व्यवस्था छ। यसअनुसार अब एमालेमा ३३ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन हुनेछ। नेतृत्व चयनका लागि ओली र पोखरेलबीच प्यानलसहितको प्रतिस्पर्धाले महाधिवेशनलाई थप रोचक बनाएको छ। पार्टीभित्र विधि, पद्धति, नेतृत्व हस्तान्तरण र संगठन सुदृढीकरणका बहसबीच मतदाताले कसलाई रोज्छन् भन्ने चासो बढेको छ।

यस्तो छ उम्मेदवारको सूची

 

मतदानअघि विष्णु पौडेलको अर्थपूर्ण अभिव्यक्ति : नेतृत्वले सन्तुलित भूमिका खेल्नु पर्छ

काठमाडौं । नेकपा (एमाले) को जारी एघारौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उपाध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद पौडेलले अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाटै उपाध्यक्षमा दोहोरिने गरी उम्मेदवारी दिएका पौडेलले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेतृत्व पंक्तिलाई सन्तुलित र प्रभावकारी बन्न सुझाव दिएका हुन् ।

नेतृत्व चयनको यो घडी निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै पौडेलले लेखेका छन्, ‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमहरूलाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठनमार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ ।’ पार्टीलाई अनुशासित र गतिशील बनाउन नेतृत्वले खेल्ने भूमिका नै निर्णायक हुने उनको संकेत छ । अध्यक्ष ओलीले सोमबार सार्वजनिक गरेको पदाधिकारी सूचीमा महासचिव पदको दाबेदार मानिएका प्रदीप ज्ञवाली नसमेटिएपछि ओली समूहभित्रै असन्तुष्टिको स्वर सुनिएको थियो । ज्ञवालीले आफू दुःखी भए पनि अध्यक्षको साथ नछोड्ने बताइसकेका छन् भने उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका राजेन्द्र गौतमले पनि आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

 

 

 

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिकविज्ञ सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको नेपाली कांग्रेसबाट उमेदवार बन्नका लागि राजीनामा दिएको बताइएको छ । थापाले आफूले केही दिनअघि नै राष्ट्रपति समक्ष राजीनामा पेस गरी स्वीकृत समेत भइसकेको बताएका छन् । ‘मैले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको हो, स्वीकृत पनि भइसकेको अवस्था छ,’ उनले भने, ‘पार्टीको महाधिवेशन आउँदैछ, त्यसैले पार्टीमै क्रियाशील रहने निर्णयमा पुगेँ ।’

२०७९ चैत १६ गते थापालाई राष्ट्रपतिले सल्लाहकारमा नियुक्त गरेका थिए। त्यस बेला थापा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए । धनकुटा कांग्रेसले राष्ट्रियसभाका लागि सुनिलबहादुर थापा, आनन्दसन्तोषी राई, अजितनारायण सिंह थापा, लीला सुब्बा र अञ्जना ताम्लीको नाम सिफारिस गरेको छ भने दलिततर्फ रवीन्द्र नेपाली, अम्बिका परियार र इन्दु दर्नालको नाम सिफारिस गरेको नेपाली कांग्रेस धनकुटाका सचिव राईले जानकारी दिए।

उपत्यकामा बढ्यो जाडो {तस्वीरहरु}

काठमाडौं । पुस महिना लागेसँगै काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम घट्दो क्रममा छ । जसका कारण बिहान र बेलुकाको समयमा काठमाडौं उपत्यकामा चिसो बढदै गएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान गरिएको मापन अनुसार न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उपत्यकामा बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउन थाली सकेको अवस्था छ, भने कतिपय मानिसहरू आगो ताप्न सुरु गरिसकेको अवस्था छ । विशेष गरी बिहानको समयका विद्यालय, कलेज र विभिन्न काममा संलग्न मानिसहरु जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका देखिन्छन् ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

दलिततर्फ १२ केन्द्रीय सदस्यका लागि २८ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौँ । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा दलिततर्फ १२ केन्द्रीय सदस्यका लागि २८ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार दलिततर्फ १२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेमा खुलातर्फ ७ जना, महिलातर्फ ४ जना र एक जना युवातर्फ निर्वाचित हुनेछन् । ती सबै पदका लागि २८ जनाको उम्मेदवारी परेको हो ।

जसमा दलित खुलातर्फ ७ पदका लागि १६ जना, दलित महिलातर्फ ४ पदका लागि ८ जना र ४० वर्षमुनिको दलित युवातर्फ एक जनाका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको हो । दलित खुलातर्फ अफिलाल ओखेडा, खेमराज नेपाली, गोविन्दबहादुर नेपाली, चक्रबहादुर स्नेही, जंगबहादुर नेपाली, ज्यानु कालिकोटे, तुलसीप्रसाद पासी, दानसिंह परियार, प्रदिप रम्तेल, प्रभु हजरा, बुद्धिमान परियार, बोमबहादुर विश्वकर्मा, मनोहर विश्वकर्मा (पौडेल), मेघराज हजरा, मोती विक (महेन्द्र) र हिक्मतबहादुर विकको उम्मेदवारी दर्ता भएको हो । अफिलाल ओखेडा, गोविन्दबहादुर नेपाली, जंगबहादुर नेपाली, प्रभु हजरा र बोमबहादुर विश्वकर्मा अहिले पनि केन्द्रीय सदस्य छन् ।

यस्तै, दलित महिलातर्फ आशाकुमारी विक, दशरथ राम, नन्दा बस्याल, पार्वती विसुंखे, मीनाकुमारी परियार, रुक्मणी राना (बराइली), बिष्णुमाया विक र सरिता जिरेल (खाती) को उम्मेदवारी दर्ता भएको छ । ४० वर्षमुनिको दलित युवामा देवकृष्ण विक, निता घतानी, सरोज विक र हिरालाल विश्वकर्माको उम्मेदवारी दर्ता भएको छ । जसमा आशाकुमारी विक, विष्णुमाया विक र रुक्मणी राना (बराइली) अहिले पनि केन्द्रीय सदस्य छन् ।

केन्द्रीय सदस्य खुलातर्फ १ सय २६ पदमा लागि हुने निर्वाचनमा १ सय ६८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा दलित समुदायबाट जगतबहादुर विश्वकर्मा, जितु गौतम, यमबहादुर परियार, इश्वरबहादुर रिजाल र भागवत विश्वासी नेपाली गरेर ६ जनाले उम्मेदवारी दिएका छन् । जसमा विश्वकर्मा, गौतम र रिजाल अहिले पोलिट ब्यूरो सदस्य छन् । यस्तै केन्द्रीय सदस्य खुलाको महिलातर्फ ५२ पदका लागि ७२ जनाले उम्मेदवारी दिएका छन् । जसमा दलित समुदायबाट बिमला विक र सीताकुमारी सुन्दास छन् । यस्तै, १९ जना पदाधिकारीमा सचिवमा एक्ला उम्मेदवार छविलाल विश्वकर्मा छन् । उनी यसअघि खुलातर्फ सचिवमै निर्वाचित भएका थिए । अहिले खुलातर्फ नै सचिव पदमा दोहोरिएर उम्मेदवार बनेका हुन् ।

 

 

राजेन्द्र गौतमले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उपसमहासचिवम उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन् । उनले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । यद्यपि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेका कारण मतपत्रमा उनको नाम भने रहनेछ । गौतम यसअघि एमालेको प्रचार विभाग प्रमुख हुन् । उनी केपी ओली टिमबाटै उपमहासचिवको आकांक्षी थिए ।

ओलीको टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल उपमहासचिवको उम्मेदवार बनेपछि गौतमले उपमहासचिव पदमै स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले भनेका छन्, ‘पार्टीको एघारौं महाधिवेशनको आज चौंथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै, पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विश्वास लिएको छु । धन्यवाद ।

एमाले महाधिवेशनमा कसैलाई पुरस्कार कसैलाई आंशु उपहार!

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा सोमबार नेतृत्वका लागि उम्मेद्वारी दर्ताको क्रममा विभिन्न दृश्य देखियो । पदाधिकारीका आकांक्षी धेरै भएको अध्यक्ष केपी शर्मा ओलीको समूहमा कसैलाई आंशु उपहार मिल्यो भने कसैलाई पद पुरस्कार । कसैले खुशीखुशी स्वीकार गरे हार भने कुनै समूहले भेटेन चाहिनेजति उम्मेद्वार ।

अध्यक्ष ओलीको अत्यन्तै नजिक रहेका वर्तमान उपमहासचिव प्रदीप ज्ञवाली आफूले चाहेको पद नपाउँदा आंशु झार्दै हिडेका थिए । १०औं महाधिवेशनबाट उपमहासचिव बनेका ज्ञवाली यसपटक महासचिव बन्न चाहन्थे । तर, अध्यक्ष ओली भने महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याउने पक्षमा थिए । आफूले चाहेको पद नपाउने भएपछि उनी केन्द्रीय सदस्य मात्रै हुन्छु, कुनै पद चाहिँदैन भन्दै हिडेका थिए । उनले केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिएका छन् ।

खोजेको पद नपाउने ज्ञवाली एक्ला पात्र होइनन् । रघुजी पन्त, अग्नी खरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, भीम आचार्य, सुहाङ नेम्वाङ लगायतले पनि टिम ओलीको सूचीमा परेनन् । प्यानलमा नपरेपछि रघुजी पन्तले उपाध्यक्षमा स्वतन्त्र लड्ने निर्णय गरे भने लालबाबु पण्डितले सचिवमा उम्मेद्वारी दिएका छन् । यस्तै, सचिव पदका आकांक्षी राजेन्द्र गौतमले उपमहासचिव पदमा बिना प्यानल उम्मेद्वारी दर्ता गराएका छन्

सामाजिक सञ्जाल प्रयोगकर्ता र युवापुस्तामाझ लोकप्रीय रहेका संविधान सभा अध्यक्ष सुवास नेम्वाङ पुत्र  सुहाङ नेम्वाङ भने ओली प्यानलको केन्द्रीय सदस्यमा पनि अँट्न सकेनन् । महाधिवेशन सुरू हुनु अगाडि नै केन्द्रीय सदस्यका लागि उम्मेद्वारी घोषणा गरेका सुहाङले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् ।

ओलीले सचिव बनाउन खोजेका लेखराज भट्टलाई भने भानुभक्त ढकालले सजिलो बनाइदिए । पहिले उपमहासचिवमा टुंगो भइसकेका भानुभक्त सचिवमा नै बस्न तयार भएपछि लेखराज उपमहाचिवको उम्मेद्वार बन्ने बाटो खुल्यो ।

जेनजी आन्दोलनपछि ओलीका लागि बास र सुरक्षा समेत मिलाएका महेश बस्नेत सचिवका उम्मेद्वार बन्ने भएका छन् । उनले सचिव पदको टिकट आफ्ना लागि पुरस्कार भएको बताए । उनले भने, ‘रविलाई गृहमन्त्री चिट्ठामा मिलेको थियो, मलाई सचिव पदको उम्मेद्वारी पुरस्कारमा ।’

सचिवको आकांक्षी रहेकी रामकुमारी झाँक्री भने खुशीखुशी केन्द्रीय सदस्य मात्रै बन्न तयार भइन् । पार्टी विभाजन हुँदा आफैंले हात समातेर लगेका माधव कुमार नेपालको साथ छोडेर एमाले फर्किएकी उनले भनिन्, ‘म पदका लागि एमाले फर्किएको होइन, पार्टीमा योगदान गर्न फर्किएको हुँ । पार्टीले जुन झोला बोकाए पनि बोक्न तयार छु ।’

यता ईश्वर पोखरेलले भने पदाधिकारी बन्ने १९ जना उम्मेद्वार पनि पाउन सकेनन् । उनको प्यानलमा पाँच उपाध्यक्षमा चार मात्रै उम्मेद्वार छन् भने तीन उपमहासचिवमा दुई जना मात्रै उम्मेद्वार बने । नौ जना सचिवको पदमा ईश्वर पक्षले आठ जना मात्रै उठाएको छ । केन्द्रीय सदस्यमा भने ओलीको लिस्टमा परेका पनि धेरै उम्मेद्वारलाई आफ्नो सहयोग हुने ईश्वर पक्षका महासचिव उम्मेद्वार सुरेन्द्र पाण्डेले बताएका छन् ।

ईश्वर पक्षले ओलीसँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेद्वारी दिएका रघुजी पन्तदेखि लालबाबु पण्डितसम्मलाई आफ्नो प्यानलमा ल्याउन छलफल गरिरहेको छ ।

महानगरको खाना मेलामा चटामरीदेखि हाकु छोयलासम्म, झुम्मिए आगन्तुक

काठमाडौँ । नारायण चौरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको रैथाने मौलिक खाद्य स्वच्छता मेलामा राखिएका परिकारमा महानगरवासीको रुचि देखियो । ३१ औँ महानगर दिवसको अवसर पारेर महानगरपालिकाले खाद्य सेवालाई गुणस्तरीयता बढाउन सहभागिता र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको मेलामा यस्तो देखिएको हो । मेलामा ४९ वटा खानाका स्टल थिए ।

मेलामा नेवारी परिकारहरु चटामरी, झुकु, चाकु यमरी, खुवा यमरी, छोइला, अण्डा बारा, मिक्स बारा, फोक्सो, मःम, समयबजी, हाकु छोयला, आलु अचार, मस्यौरा छोयला जस्ता परिकारहरू राखिएका थिए । यसैगरी लिम्बू समुदायका सेर्गेम्बा, याङ्बेन सेट, फाक्सा सेट, गुन्द्रुकको अचार, वाम्युक फिलिङ्गे अचार, चाम्रे सेट लगायतका परिकार थिए ।

फापरको फुलौरा, मकैको फ्याप्लो, कोदोको रोटी, अनादी मसला, बट्टाइ तारेको, कुराउनीको स्वाद पस्किएको थियो । पूर्वी तराईका राजवंशी समुदायले बिहानको खाजाका रूपमा खाने भक्का परिकार मेलाको आकर्षण थियो । जनकपुर तावा माछा, खट्टेको भुजा, मुलाको अचार र लोकल टमाटरको चट्नी सेटको स्वादमा आगन्तुकहरु झुम्मिएका थिए ।

मेलामा महानगरपालिकाभित्रका २४ वटा वडा र अन्य खाद्य तथा आतिथ्यता सेवाबाट परिकार राखिएका थिए । एउटा स्टलमा करिब ५ सय व्यक्ति पुगेर खानाका बारेमा सोधखोज गरेको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट भारती अधिकारीको भनाइ छ । स्टलहरुले ५० हजार रुपियाँसम्मको बिक्री गरेको उनले जानकारी दिइन्।

पतञ्जली जग्गा प्रकरण : माधव नेपालविरुद्धको मुद्दा नयाँ मोडमा

काठमाडौं । पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध परेको उजुरी तामेलीमा राख्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोग (अदुअआ) को निर्णयमाथि विशेष अदालतले प्रश्न उठाएको छ । अदालतले सो निर्णयसम्बन्धी सम्पूर्ण फाइल झिकाउन आदेश दिएको हो । सोमबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २०६९ साल मंसिर २५ गते अख्तियारले उजुरी तामेलीमा राख्ने गरी गरेको निर्णयको फाइल अदालतमा पेश गर्न निर्देशन दिएको छ । आदेशमा उक्त निर्णय कसरी र के आधारमा गरिएको हो भन्ने विषय स्पष्ट पार्न फाइल आवश्यक रहेको उल्लेख छ ।

विशेष अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दासँग सम्बन्धित उजुरीबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०६९-०८-२५ मा भएको निर्णयसहितको फाइल झिकाउनू ।’ यससँगै अख्तियार तथा प्रतिवादी पक्षका साक्षीहरूलाई भौतिक रूपमा वा भिडिओ कन्फरेन्समार्फत उपस्थित गराई बकपत्र गराउन पनि अदालतले निर्देशन दिएको छ । माधव नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीसहितका कानुन व्यवसायीहरूले बहस गर्दै उजुरीलाई तामेलीमा राख्ने निर्णय आफैं विवादास्पद रहेको जिकिर गरेका थिए । उनीहरूले अख्तियारको सो निर्णय कानुनी परीक्षणको विषय हुनुपर्ने दाबी गरेपछि अदालतले फाइल झिकाउने आदेश दिएको हो ।

यसअघि अख्तियारले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आरोपअनुसार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले काभ्रेपलाञ्चोकको साँगामा रहेको हदबन्दी छुटको जग्गा पतञ्जलीलाई खरिद गर्न अनुमति दिएको थियो । त्यस्तै, सोही मन्त्रिपरिषद्ले पछि उक्त जग्गा बिक्री गर्नसमेत स्वीकृति दिएको आरोप छ ।

२०६६ माघ १८ को मन्त्रिपरिषद् बैठकबाट पतञ्जलीलाई ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न अनुमति दिइएको थियो भने २०६६ चैत ६ मा उक्त जग्गा बेच्न पाउने निर्णय भएको थियो । सरकारको सो निर्णयपछि राज्यलाई नोक्सान पु¥याइएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको हो । अख्तियारले माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ। मुद्दाको प्रारम्भिक सुनुवाइपछि विशेष अदालतले असार ११ गते ३५ लाख रुपैयाँ धरौटीमा नेपाललाई थुनामुक्त गर्न आदेश दिएको थियो । अब अदालतले तामेली निर्णयसम्बन्धी पुराना फाइल झिकाएर अध्ययन गर्ने भएपछि यस प्रकरणले नयाँ कानुनी मोड लिने संकेत देखिएको छ ।

 

 

एमाले महाधिवेशन : सकियो उम्मेदवारी दर्ताको समय

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय सकिएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय सकिएको जानकारी दिएको छ । यो सँगै आयोगले कार्यालयको ढोका समेत बन्द गरेको छ । सोमबार दिउँसो ३ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । यी दुवै नेताले प्यानलगत प्रतिष्पर्धा गर्दैछन् ।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्य सहितका पदमा उम्मेदवारी दर्ताको समय सकिएको हो । एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । आज नै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । नेता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्ष उम्मेदवार बनाउने तयारी थियो । तर ज्ञवालीले आफू महासचिव मात्रै बन्ने अडान अन्तिम समयमसम्म राखे । ज्ञवालीसँग विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङले पनि कुराकानी गरेका थिए । ज्ञवालीका स्वकीय सचिव खेमराज ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी परेको बताए ।

उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा दावी गरेका ज्ञवालीलाई उपाध्यक्ष बनाइएपछि असन्तुष्ट थिए ।

अन्ततः ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसले अध्यक्ष ओलीको टीममा खैलाबैला मच्चाएको छ । ज्ञवालीको उम्मेदवारी केन्द्रीय सदस्यका लागि मात्र परेको निर्वाचन आयोग स्रोतले जानकारी दियो । संस्थापन प्यानलबाट शंकर पोखरेल महासचिवका लागि प्रतिष्पर्धामा छन् । इतर पक्षले सुरेन्द्र पाण्डेलाई महासचिवमा अगाडि सारेको छ ।

अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति बन्यो

काठमाडौं । सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो ।

उक्त समितिमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् ।

ओलीले केन्द्रीय सदस्यको सूचीमा राखेका अग्नि खरेलले दिए सचिवमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला क्लस्टरको केन्द्रीय सदस्य उम्मेदवारमा परेका नेता अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन्। स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खरेलले आफ्नो योगदानको मुल्यांकन हुनुपर्ने भन्दै अध्यक्ष ओलीसँग सचिवमा आकांक्षा राखेका थिए।

तर आफूभन्दा जुनियर व्यक्तिहरुलाई सचिव उम्मेदवार बनाइएपछि खरेलले देशभरका महाधिवेशन प्रतिनिधिबाट न्यायको याचना गरेका छन् । उनले आफू पछि नहट्नेगरी सचिवको उम्मेदवार बनेको समेत बताए। २०३६ सालमा पार्टी सदस्य लिएर निरन्तर काममा रहेको र सधैं अध्यक्ष ओलीलाई पार्टी तथा राजकीय काममा सघाएको भन्दै खरेलले सचिवको दावी गरेका थिए।

ओलीले केन्द्रीय सदस्यमा मात्र राखेपछि लालबाबुले दिए सचिवमा उम्मेदवारी

काठमाडौं । संस्थापन पक्ष (केपी शर्मा ओली) को केन्द्रीय सदस्यको सूचीमा परेका लालबाबु पण्डितले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा जारी एमालेको ११ औँ महाधिवेशनमा लालबाबुले सचिव पदमा उम्मेदवारी दर्ता गराएको बताए । यसअघि उनी नेकपा एमाले प्रशिक्षण विभाग प्रमुख भएका थिए । दशौँ महधिवेशनमा पनि पदाधिकारीको आकांक्षी पण्डित सूचीमा नपरेपछि रिसाउँदै फर्किएका थिए । उनले कुन प्यानलबाट उम्मेदवारी भन्ने विषयमा भने उनले खुलाएनन् । उनले भने, ‘अहिले त्यस्तो कुरा नगरौँ । मैले सचिव पदमा उम्मेदवारी दिएको छु ।’

पण्डितले आफू पार्टी संगठनलाई थप सुदृढ बनाउन र विचार, नीति तथा नेतृत्वलाई बलियो बनाउन सचिव पदमा उम्मेदवारी दिएको दावी गरेका छन् । पार्टीमा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई उपयोग गर्दै संगठनात्मक काममा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकोले अहिलेलाई सचिव पदको उम्मेदवारी दर्ता गराएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यको सूचीमा रहेका पण्डितले आफू सँधैँ केन्द्रीय सदस्य भएर बसिरहन नसक्ने बताए । ‘कहिलेसम्म केन्द्रीय सदस्य भएर बस्ने हो र ?,’ पण्डितले भने, ‘अरु कुरा त्यस्तै हो मैले सचिव पदमा उम्मेदवारी दिएको छु ।’

 

 

मेरो कित्ता एमाले नै हो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै स्पष्ट शब्दमा भनेका छन्, ‘मेरो कित्ता एमाले नै हो ।’ एमालेको ११औँ महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीभित्रको प्रतिष्पर्धालाई स्वाभाविक अभ्यासको रूपमा व्याख्या गरे । बास्कोटाले एमालेले निर्माण गरेको राजनीतिक जग र संस्कारभित्र रहेर प्रतिष्पर्धा हुनु अस्वाभाविक नभएको बताए । पद र जिम्मेवारीका विषयमा आकांक्षा हुनु सामान्य भए पनि त्यसलाई गलत अर्थ लगाएर विभाजनको रूपमा हेर्न नहुने उनको भनाइ थियो ।

उनले आफू ईश्वर पोखरेल र केपी ओलीको ‘जन्ती’ न मलामी’ भएको स्पष्ट पार्दै पार्टीभित्रको बहसलाई व्यक्तिगत कित्तामा बाँध्न खोज्नु अनुचित भएको बताए । पत्रकारले ‘तपाईं केपी शर्मा ओली पक्षको हो ?’ भनेर सोध्दा बास्कोटाले व्यंग्यात्मक शैलीमा जवाफ दिए, ‘सबै केपी शर्मा ओलीका हुन्, सबै ईश्वर पोखरेलका हुन् ।’ उनले थपे, ‘म जन्मिनुअघि नै उहाँहरू यो आन्दोलनमा लाग्नुभएको हो । त्यसैले मलाई किन कित्ताकाट गर्नुपर्छ ?’ एमालेको हरेक महाधिवेशनमा प्रतिष्पर्धाको अभ्यास हुँदै आएको उल्लेख गर्दै बास्कोटाले यो चुनाव एमालेभित्रकै लोकतान्त्रिक प्रक्रिया भएको बताए । ‘तपाईंहरू सबै पत्रकार हुनुहुन्छ, तर मिडियाको ब्रान्ड र अनुहार फरक–फरक छ । पार्टीभित्रको प्रतिष्पर्धा पनि त्यस्तै हो,’ उनले भने ।

उनले एमाले फेरिएको होइन, केवल समीकरण फेरिएको दाबी गरे । ‘एमालेको संस्कार फेरिएको छैन, एमालेप्रतिको जनविश्वास कमजोर भएको छैन,’ भन्दै उनले पार्टीलाई नजिकको विगत र टाढाको भविष्य दुवै कोणबाट हेर्न आग्रह गरे । एमालेको इतिहासलाई स्मरण गराउँदै बास्कोटाले भने, ‘एमालेको जीवनभित्र देशको लोकतन्त्र अटेको छ ।’ अन्त्यमा उनले उदाहरण दिँदै पत्रकारलाई प्रश्न गरे, ‘बाउ–छोरा एउटै घरमा बस्दा कहिलेकाहीँ दायाँबायाँ हुँदैमा के सबै सम्बन्ध तोडिन्छन् ?’

रामकुमारी झाँक्रीले दिइन् केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट हालै नेकपा एमालेमा प्रवेश गरेकी रामकुमारी झाँक्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन् । काठमाडौंमा जारी एघारौँ महाधिवेशनमा उनले सदस्य पदमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएकी छन् ।

उम्मेदवारी दर्तापछि झाँक्रीले भनिन्, ‘पार्टीले दिने जुनसुकै मोर्चाको जोखिमपूर्ण जिम्मेवारी लिन सधैँ तयार छु-छौं । मेरा पछिल्ला दिनहरू अत्यन्तै रोमाञ्चक, अविस्मरणीय छन् । नयाँ पुराना सबै कमरेडहरूसँगको एक प्रकारको पुनर्मिलन छ । सबैको माया, स्नेह र भरोसा देख्दा लाग्छ बास्तवमै मैले धेरै कुरा मिस गरेको रहेछु ।’

विन्दा पाण्डेले दिइन् उपाध्यक्षमा उम्मेदवारी, अष्टलक्ष्मी प्रस्तावक

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम जारी छ । काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ विन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् । सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । उनको समर्थकमा भने महेन्द्रप्रसाद श्रेष्ठ छन् । पाण्डे अध्यक्षका प्रत्यासी ईश्वर पोखरलको टिममा छिन् ।

पार्टीमा तेस्रो पुस्ता आइसक्यो, उनीहरुलाई भरोसा गर्नुपर्छ : अष्टलक्ष्मी
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा तेस्रो पुस्ता आइसकेकाले उनीहरुलाई भरोसा गर्नुपर्ने बताएकी छन् । एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्द सत्रको दोस्रो दिन भृकुटीमण्डपमा पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष शाक्यले नयाँ पुस्तालाई भरोसा र विश्वास गर्नुपर्ने बताइन् ।शाक्यले भनिन्, ‘उहाँहरुको योग्यताछ्, विज्ञता छ, प्रविधिले युक्त हुनुहुन्छ, हामी जस्तो होइन नि त ?’ उनले ३÷४ वर्षअघिदेखि नै आफूले पार्टीको सक्रिय राजनीति छोड्ने बताइरहेको प्रष्ट पारिन् ।

‘मलाई टिकट पनि चाहिँदैन, मलाई मन्त्री पनि चाहिँदैन भन्याथें, मेरो बारेमा चिन्ता नगर्नु भनेको थिएँ,’ शाक्यले भनिन्, ‘मैले टिकट पनि लिइनँ, अहिले आएर पार्टीको स्थिति हेरिरहँदाखेरि यति धेरै पार्टीमा दोस्रो पुस्ता भइरहँदा मैलेमात्र पार्टीमा बस्नुपर्छ, पार्टी सम्हाल्नु पर्छ भन्ने मलाई लाग्दैन ।’ उपाध्यक्ष शाक्यले पार्टीका लागि पछाडि बसेर पनि गर्न सकिने बताइन् । उनले पद नै चाहिन्छ भन्ने नलागेको बताइन् । उनले पार्टीको सक्रिय राजनीतिबाट अचानक बिदा लिएको बताइन् । कसैको सल्लाह बिनै, कसैले नभनी नै बिदा लिएको शाक्यले बताइन् । उनले भनिन्, ‘सबै छक्क पनि पर्नुभयो।’

 

वन्यजन्तु सुरक्षाका लागी नेपाल–चीन नाकामा संयुक्त गस्ती टोली परिचालन

मुक्तिनाथ (मुस्ताङ) ।  चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाको छोसेर क्षेत्रमा वन्यजन्तुको सुरक्षाका लागि गस्ती परिचालन बढाईएको छ ।

अत्याधिक चिसोका कारण चरन क्षेत्रमा हिउँ जमेपछि वन्यजन्तु तल झर्ने क्रममा वन्यजन्तु चोरी शिकारी नियन्त्रण तथा बन्यजन्तुको अवस्था बुझ्न गस्ती गर्न थालिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमान्थाङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत इलाका प्रहरी कार्यालय लेमान्थाङ, सशस्त्र प्रहरी बलको (बिओपी) को टोलीले नेपाल–चीनको २७ नम्बर पिल्लरसम्म पुगेर गस्ती गरेको एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिएका छन् ।

प्रमुख पौडेलले भने, ‘जाडोयाम वन्यजन्तुका लागि पनि निकै कष्टकर हुन्छ, चरन क्षेत्रमा आहाराको कमी, बस्ती क्षेत्रमा आउँदा शिकारको जोखिम हुन्छ ।’ पौडेलका अनुसार गस्तीले संरक्षण क्षेत्रमा गस्ती, चरन खर्कमा पासो थापेको देखेमा हटाउने, अवैध ओसारपसार नियन्त्रणमा सघाएको छ ।

माथिल्लो क्षेत्रमा मङ्सिरदेखि फागुन महिनासम्म चोरी–सिकारका दृष्टिले बढी जोखिम मानिने क्षेत्रमा सुरक्षा निकाय, स्थानीय समुदायसँग मिलेर नियमित गस्ती गर्ने गरिएको छ । जाडोयाममा बस्तीमा मान्छेको सङ्ख्या कम हुने र वन्यजन्तुले घरपालुवा जनावरलाई समेत आक्रमण गर्न सक्ने भएकाले समुदायस्तरमा समेत नियमित निगरानीको संयन्त्र बनाइएको छ ।

एक्यापले बस्ती क्षेत्र नजिकै वन्यजन्तुको निगरानी गर्न समेत क्यामेरा जडान समेत गरेको छ । गस्तीमा एक्यापका प्रमुख पौडेल सहित कर्मचारी, सशस्त्र प्रहरी बलको (बिओपी) छोसेरका प्रहरी निरीक्षक अरुण भण्डारी, इलाका प्रहरी कार्यालय छोसेरका असई विष्णु रानाभाटको टोली रहेको थियो ।

सिमा क्षेत्रमा समुद्री सहतदेखि ४९ सय १७ मिटरको उचाइसम्म पुगेको टोलीले चरन क्षेत्रमा हिउँ जमे पनि आहारा प्रजाति र शिकारी प्रजातिका वन्यजन्तुलाई समस्या नभएको जनाएको छ । नेपाल र चीनको सीमा रहेको कोरलास्थित २४ नम्बर पिल्लरबाट २७ नम्बर पिल्लर करिब ७ किलोमिटर टाढा छ ।

कोरला नाकाबाट पश्चिम २३ नम्बर पिल्लरसम्म चिनियाँ र नेपालको सुरक्षा निकायले समेत संयुक्त गस्ती गरीएको छ । यस क्षेत्रमा झारल, घोरल, नाउर, हिमचितुवा लगायतका विभिन्न प्रजातिका वन्यजन्तु लगायत चराचुरुङ्गी समेत पाइन्छ । मुस्ताङको चीनको स्वशासित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ र कोरला नाका रहेको २४ नम्बर सीमा स्तम्भ समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको छ ।

एमाले लक्षित गृहमन्त्रीको चेतावनी : निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनि भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिएका छन् । सोमवार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु, गराउन न्यायोचित नहुने पनि स्पष्ट पारे । उनले वर्तमान सरकार निर्वाचन गराउने गरी बनेको उल्लेख गर्दै त्यस कामलाई सम्पन्न गर्न लागि परेको बताए ।

मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभुति हुनेगरी निष्पक्ष ढंगबाट कार्य सम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरुलाई निर्देशन दिए । मन्त्री अर्यालले जनताले महशुस गर्नेगरी आफ्नो काममा सुधार गर्न पनि सुरक्षा निकायहरुलाई सचेत गराए ।

रघुजी पन्तले पनि छाडे ओली समूह, ईश्वर समूहबाट उपाध्यक्ष उठ्ने

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । केपी शर्मा ओली समूह छाडेर उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् । ‘उपाध्यक्ष पदमा उठ्न मैले मनोनयन फारम लिइसकें,’ उनले सुनाए ।

ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरू बराल र पृथ्वीसुब्बा गुरूङको नाम टुंगो लागेको भनिए पनि ज्ञवाली महासचिव पदमै उठ्ने अडानमा छन् । उपाध्यक्षमा आफ्नो नाम समावेश नभएपछि ओली निकट पन्त ईश्वर समूहबाट उपाध्यक्ष उठ्न लागेका हुन् । स्थायी कमिटी सदस्य तथा पूर्व शिक्षामन्त्री समेत रहेका पन्तले आफू उपाध्यक्ष पदमा विवेकको उम्मेदवार बनेको भन्दै सबै पक्षसँग सहयोगको अपेक्षा राखेको बताएका छन् । यसअघि नवौं महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओली निकट मानिन्थे ।

 

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार: जेलेन्स्की

किएभ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् ।

वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र अन्य सहयोगीहरूबाट कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टीहरू स्वीकार गर्न सक्ने उनले बताएका छन् ।

पछिल्लो समयमा युक्रेन र अमेरिका बिचको द्विपक्षीय सुरक्षा ग्यारेन्टी, र युरोपेली सहकर्मीहरू, साथै अन्य देशहरू–क्यानडा, जापानबाट सुरक्षा ग्यारेन्टीहरू अर्को रूसी आक्रमण रोक्ने अवसर भएको बताउदै जेलेन्स्कीले त्यस्ता आश्वासनहरू कानुनी रूपमा बाध्यकारी हुनु पर्ने बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आफू “मर्यादापूर्ण“ शान्ति र रूसको अर्को आक्रमण नगर्ने दृढ ग्यारेन्टी खोजिरहेको बताउदै मस्कोले युक्रेनी सहरहरू र महत्वपूर्ण पूर्वाधारहरूमा निरन्तर आक्रमण गरी द्वन्द्व लामो बनाएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो दबाबका कारण कूटनीतिक प्रयासहरू तीव्र भएपछि यो टिप्पणी आएको हो । ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुसनर युक्रेनी र युरोपेली प्रतिनिधिहरूसँगको वार्ताका लागि आइतबार बर्लिन पुगेका थिए ।

अल जजिराका अनुसार यस अघि किएभ र मस्को दुवैसँग वार्तामा संलग्न रहेका विटकोफलाई पठाउने निर्णयलाई वासिङ्टनले प्रगतिमुलक हुने विश्वास गरेको जनाइएको छ ।

युक्रेनले अमेरिका र युरोपेली साझेदारहरूसँग मिलेर २०–बुदे योजनाको समीक्षा गरिरहेको उल्लेख गर्दै जेलेन्स्कीले यसले युद्धविराम हुन सक्ने बताएका छन् ।

अधिकारीहरूले जारी कूटनीतिक छलफलका बावजुद रूसले आक्रमण नरोकि जानाजानी जाडो महिनामा नागरिकहरूलाई तातो र पानीबाट वञ्चित गर्न पावर ग्रिडलाई लक्षित गरि हजारौंलाई बिजुली विहीन बनाएको बताएका छन् ।

 

ओलीलाई ‘राजनीतिको पेले’ भन्ने कृष्णगोपाल श्रेष्ठ ईश्वर समूहबाट सचिवको उम्मेदवार

काठमाडौं । लामो समयसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर समर्थक मानिएका कृष्णगोपाल श्रेष्ठले ११औं महाधिवेशनमा ओली समूह छोडेर ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका छन् । श्रेष्ठको राजनीतिक यात्रा लामो र विविधतापूर्ण छ । उनी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक रहँदै आएका छन् र यही सम्बन्धले उनलाई ओलीबाट टाढा पुर्‍याएको बताइन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार, भण्डारीलाई एमाले सदस्यता नदिएको भन्दै श्रेष्ठ ओलीको विरोधी खेमासँग आबद्ध भएका हुन् ।

श्रेष्ठलाई लामो समयसम्म ‘केपी ओलीको डाई हार्ड फ्यान’ मानिन्थ्यो । पार्टीभित्र र बाहिर ओलीविरुद्ध उठ्ने आवाजमा उनी सार्वजनिक रूपले ओलीको बचाउमा उत्रिन्थे । २०७८ सालमा शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दिएको भाषण अझ चर्चित रह्यो । उनले त्यतिबेला ओलीको पक्षमा भन्दै भनेका थिए, ‘केपी ओली इज केपी ओली, केपी ओली राजनीतिको पेले हो ।’ तर अहिले, राजनीतिक परिस्थितिका कारण श्रेष्ठले आफ्नो रुख परिवर्तन गरेका छन् । उनी ओलीको समूह छोडेर प्रतिद्वन्द्वी ईश्वर पोखरेलको पक्षमा आइसकेका छन् र सचिवको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

श्रेष्ठले काठमाडौं उपत्यकामा केन्द्रित रहेर लामो समयसम्म एमालेको राजनीति गर्दै आएका छन् । २०४७ सालदेखि चार पटक संसदमा निर्वाचित भइसकेका उनी छैठौं महाधिवेशनदेखि पार्टीका केन्द्रीय सदस्य पनि हुन् । उनले विभिन्न मन्त्रालयहरूमा काम गरेका छन्–स्थानीय विकास राज्यमन्त्री, सहरी विकास मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन वातावरण मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री । शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयमा दिएको भाषणले राजनीतिक विवाद पनि उत्पन्न गरेको थियो । राजनीतिक विश्लेषकहरूले कृष्णगोपाल श्रेष्ठको निर्णयलाई एमालेभित्रको शक्ति सन्तुलन, भण्डारीसँगको सम्बन्ध र पार्टीभित्रको रणनीतिक चालसँग जोडेर विश्लेषण गरिरहेका छन् ।

एआई र डिजिटल प्रविधिले अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउँदै

शेन्जेन । चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पु¥याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् ।

कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो पहिलो पटक हो कि यी दुई प्रतियोगिता गुआङ्ग्डोङ–हङकङ–माकाओ ग्रेटर बे क्षेत्रका तीनै क्षेत्रमा संयुक्त रूपमा आयोजना भएका हुन् ।

आयोजक समितिका अनुसार, प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण विशेषता प्रविधिको व्यापक प्रयोग हो । विभिन्न स्थलहरूमा इन्टरनेट अफ थिङ्स, कृत्रिम बुद्धिमत्ता ९एआई० र डिजिटल ट्विन्स जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी पहुँचयोग्य र सहयोगी वातावरण निर्माण गरिएको छ ।

बेइजिङका स्वयंसेवक गोङ्ग वेईले एक वर्षदेखि दूरसञ्चार मार्फत साङ्केतिक भाषामा अनुवाद प्रदान गर्दै आएका छन् । प्रतियोगिता सुरु भएयता यस सेवामा माग उल्लेखनीय रूपमा बढेको छ । वीच्याटमार्फत प्रयोगकर्ताहरू केही सेकेन्डमै स्वयंसेवकसँग भिडियो कल गर्न सक्छन्, जसले भौगोलिक दूरी मात्र होइन, मनोवैज्ञानिक दूरी पनि घटाउने काम गर्छ ।

कार्यक्रमका विकासकर्ता शि चेङ्गचुआन, जो आफैं सुनाइमा अपाङ्गता भएका व्यक्ति हुन्, ले साङ्केतिक भाषा अनुवाद सफ्टवेयर र उपकरणहरू विकास गरेका छन्, जुन सरकारी कार्यालय, अस्पताल र विद्यालयहरूमा पनि प्रयोग भइरहेका छन् ।

गुआङ्ग्जौका खेलकुद अधिकारी झेङ चिहाओका अनुसार, विभिन्न स्थलहरूमा स्मार्ट र बाधारहित मोड्युलहरू जडान गरिएको छ । यसमा आपतकालीन सहायता बटन, पहुँचयोग्य प्रश्न प्लेटफर्म, स्मार्ट सेवा स्तम्भ र अनलाइन साङ्केतिक भाषा अनुवाद यन्त्रहरू समावेश छन्, जसले स्थलको केन्द्रीय नियन्त्रण प्रणालीसँग जडान भएर प्रयोगकर्ताको सुरक्षा र सुविधा सुनिश्चित गरेको छ ।

मुख्य मिडिया सेन्टरमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा एआई–समर्थित पहुँचयोग्य प्रणाली, रोबोट र उन्नत व्हीलचेयरहरू प्रदर्शन गरिएको थियो, जसले दर्शकहरूको ठूलो चासो आकर्षित गरेको थियो । निर्माता ल्यु यी’आनका अनुसार, यी उपकरणहरूले उन्नत सन्तुलन नियन्त्रण एल्गोरिदम र भरपर्दो यान्त्रिक संरचनाका माध्यमबाट विभिन्न सतहमा स्थिरता र सुरक्षा सुनिश्चित गर्छन् ।

नयाँ परिचय गराइएको इलेक्ट्रोनिक डार्टबोर्डले व्हीलचेयर प्रयोगकर्ताहरूको सुविधा सुनिश्चित गर्न स्वतः उचाइ समायोजनको सुविधा दिएको छ । सानक्सी प्रान्तको अपाङ्गता डार्ट टोलीका प्रशिक्षक लुओ बाओगाङले भने, “डार्टबोर्डको स्वतः उचाइ समायोजनले यसलाई पारम्परिक मोडेल भन्दा धेरै सुरक्षित र भरपर्दो बनाएको छ, जसले खेलाडीहरूलाई बढी सहजता प्रदान गर्छ ।”

प्रतिस्पर्धा स्थल बाहेक, गाइड डग रोबोटहरूले दृष्टिहीन खेलाडीहरूलाई सहयोग गर्दै छन् भने डिजिटल ट्विन प्रविधिले स्थल सञ्चालनको वास्तविक समय निगरानी सम्भव बनाएको छ । यी आधुनिक उपकरणहरूले प्रयोगशालाबाट वास्तविक संसारमा प्रविधि लागू गर्ने अवसर पाएका छन् ।

आयोजन समितिका उपमहासचिव चेन् स्युजुनले अनुसार यी खेलकुदहरूले अपाङ्गता सेवाहरूलाई सामाजिक विकाससँग सम्पूर्ण रूपमा एकीकृत गर्ने अवसर प्रदान गरेका छन् । उनका अनुसार,“हामी उच्च गुणस्तर र दीगो प्रगतिका लागि निरन्तर प्रयासरत छौं, ताकि अपाङ्गता भएका व्यक्तिहरूले उज्जवल भविष्यको आशा गर्न सकून् ।”

नेकपा एमाले ११ औं महाधिवेशन: मनोनयन दर्ता गरेर निस्किए ओली (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गरेर निस्किएका छन् ।

महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रतिष्पर्धामा उत्रिएका छन् । ११ औं महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।

ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टीपंक्तिको प्रमुख दायित्व भएको बताएकी छन् । सोमवार पार्टी महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो टिप्पणी गरेकी हुन् । ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमाले नेता, कार्यकर्ता पंक्तिले उनको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाई थियो । उनले जेनजी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरुको पक्ष लिन नसकिने पनि स्पष्ट पारिन् ।

नेतृ झाँक्रीले भनिन्, ‘जो नेतृत्वको बारेमा यत्रो ठूलो घेराबन्दी भइराखेको छ । जुन नेतृत्वको बारेमा यत्रो ठूलो एक प्रकारले भन्ने हो भने दृश्य, अदृश्य शक्तिहरुले लडिराखेका छन् । यस्तो बेलामा नेतृत्वको संरक्षण गर्नु, रक्षा गर्नु नै प्रमुख दायित्व हुन आउँछ । त्यही काम अहिले हामी गर्छौं ।’ नेतृ झाक्रीले नेतृत्व चयन गर्ने भएकाले महाधिवेशनमा नेतृत्वको लागि हुने प्रतिष्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने समेत बताइन् ।

 

पुरानै नेतृत्वले पार्टी सम्हाल्न सक्ने अवस्था छैन : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले जेनजी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताएका छन् । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनु पर्ने आवश्यकता रहेको पनि बताए । उनले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरु प्रतिष्पर्धामा रहेको दाबी समेत गरे ।

उनले भने, ‘भदौ २३ र २४ को विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको छ । यस्तो अवस्थामा पार्टीको पुरानै नेतृत्वले फेरि सम्हाल्न सक्ने अवस्था छैन । नेतृत्वप्रति धेरै प्रश्नहरु उठेका छन् । त्यसकारण नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ नेकपा एमाालेलाई अगाडि बढाउनु पर्छ भन्ने नै मुख्य कुरा हो । त्यसैका लागि मैले उम्मेदवारी दिएको हुँ । पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्ने, पार्टीका सदस्यहरुको गरिमालाई बढाउने विषय पनि महत्वपूर्ण छ । पार्टी अहिले नेतातिर फर्किएको छ । अब पार्टी नेतातिर फर्किर भएन, अब जनतातिर फर्काउने र जनताबाट आउने निर्वाचनमा अनुमोदित भएर आउने नेताले नेकपा एमालेलाई राज्यसत्ताको समेत नेतृत्व गर्ने उद्देश्यका साथ हामी चुनावी प्रतिस्पर्धामा छौँ ।’ महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले राज्य सत्ताको समेत नेतृत्व गर्नेगरी आफूहरु आन्तरिक प्रतिष्पर्धामा रहेको उनको भनाइ छ ।

 

धार्मिक सहिष्णुता र शान्ति संरक्षणमा अन्तर्राष्ट्रिय एकता आवश्यक छ

संयुक्त राष्ट्र ।  संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले अष्ट्रेलियाको सिड्नीमा हनुक्का पर्वको अवसरमा भएको आतङ्कवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनका उपप्रवक्ता फरहान हकका अनुसार महासचिवले पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको छिटो र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।

महासचिवले यो कठिन समयमा अष्ट्रेलियाका जनता र सरकारसँग आफ्नो समर्थन र एकजुटता प्रकट गरेका छन्, र देश तथा विश्वभरका यहूदी समुदायप्रति सहानुभूति व्यक्त गरेका छन् । उनले यस प्रकारका हिंसात्मक घटनाले समुदायको शान्ति, मेलमिलाप र सहअस्तित्वका मूल्यहरूमा असर पु¥याउने चेतावनी पनि दिएका छन् ।

साथै, महासचिवले सबै प्रकारका यहूदीविरोधी हिंसाको कडाइका साथ निन्दा गरेका छन् । धार्मिक समुदाय र शान्तिपूर्ण पर्वहरूमाथि कुनै पनि हमला सहिष्णुता, मानव अधिकार र मानवीय गरिमामा प्रतिकूल असर पु¥याउने काम हो भन्ने कुरा उनले औँल्याएका छन् ।

महासचिवको यस अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायलाई धार्मिक सहिष्णुता, मानव अधिकार र शान्तिपूर्ण पर्वहरूको सम्मान सुनिश्चित गर्न सकारात्मक र संयमपूर्ण कदम चाल्न प्रेरित गर्दछ । उनले सबै पक्षलाई संयम, सहिष्णुता र साझा मानवीय मूल्यहरूको संरक्षणमा ध्यान दिन अनुरोध गरेका छन् ।

 

तेस्रो पटक अध्यक्षको प्रतिष्पर्धामा ओली, दर्ता गराए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रतिष्पर्धामा उत्रिएका छन् । ११ औं महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।

यस्तै एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा अहिले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । सो क्रममा पोखरेलले केहीबेरअघि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिष्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।